मेरो Tweet

  • राजधानीकै एयरपोर्ट त खत्तम भन्ने समाचार आइराबेला। भरतपुर विमानस्थलमा विदेशीलाई दुर्व्यवहार, चकलेटसम्म खोसे http://t.co/Ph0QTOwpeq

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

अलच्छिनीलाई के माया अर्काले कमाको पैसाको !

-दीप्स शाह-

दिदी निकै च्याँट्ठिएर बोल्दै थिइन्। “आमैले केके गर्छिन् कतिको पैसा उरलधुरल गर्छिन् चियो गर्नु है! अलच्छिनLलाई के माया अर्काले कमाको पैसाको!” एसो भनिरहँदा दिदीको अनुहारमा देबी चढेको प्रतित हुन्थ्यो। निधारमा गाँठा परेका झैँ लाग्थे। ‘आमै’मलाई गाह्रो परेन उनले सासुआमाको कुरा गरेकी हुन् भन्नलाई। आफुले प्रस्टै अलच्छिनी भनेर नानीहरुलाई सिकाउने ती दिदी कति हदसम्म असल बुहारी होलिन् र सासुलाई सम्मान गर्दिहोलिन् भन्ने बुझ्न गाह्रो थिएन। तिनका पोइलाई जन्माएर हुर्काएर बिहेबारी गरेर अहिले बुहारी लाई परदेश पठाएर नातिनातिना स्याहारेर बस्न सक्षम बुढीआमालाई तिनले सिकाउनुपर्दो हो खर्चपर्च कसरी गर्ने भनेर! उनको शब्दबाट थाहा लाग्थ्यो कि स्वाबलम्बी बनेर दुई पैसा आर्जन गरेकोमा तिनलाई कती दम्भ छ भनेर। दिदी निकैबेर अरु फत्फताइन् तर मेरो दिमागमा त्यै “अलच्छिनी” शब्दले घन ठोकिरह्यो निकै बेर।


‘पुरुषको काम कमाइ गर्ने , महिलाको काम घर गृहस्थी थमाइ गर्ने’ भन्ने उखान आज शनै शनै बिस्थापित हुँदैछ। यो अत्यन्त स्वागतयोग्य कुरा हो। पछिल्लो दशकबाट महिलाहरु पनि घरको संघार नाघेर कामकाजी बन्न थालेको र स्वावलम्बी हुन थालेकोले यस्ता थोत्रा र निरंकुशी उखान टुक्काहरु बिस्तारै मिथ्या बन्दै गएका छन्।

अबका नेपाली महिला घरदेशमा मात्रै कामकाजी नरहेर परदेश सम्म पुगेर शिक्षाउपार्जन अर्थोपार्जन गरी परिवार र समाजलाई टेवा दिन सक्ने भएका छन्। भलै यो सुरुवात हो तर आमा हजुरआमाहरुको पिँढिको तुलनामा अहिले आएको यो बिशाल अन्तरलाई भने सन्तोषपूर्ण नै मान्नु पर्छ।

नारीपुरुष समानताको तिब्र असर र उपलब्धी मान्न सकिने यो परिवेश सङ्गै कतीपय नकारात्मक अवस्थापनी सिर्जना भएको भने नकार्न सकिन्न। आधाजसो शिक्षित र कामकाजी महिलाहरुको मानसिकता यस्तो पनि छ कि समानताको अर्थ लोग्ने या परिवारका अन्य सदस्यलाई हेप्नु हो। स्वाबलम्बी हुनुको अर्थ आफुले मान्नुपर्ने नाता कुटुम्ब लाई उचित सम्मान दिन नपर्ने अवस्था हो। हामीले यो भुल्नु हुँदैन कि समानताको अर्थ कसैले कसैलाई बरोबर हेप्नु नभएर बरोबर सम्मान गर्नु हो। लोग्ने र परिवारबाट सधैं हेलित पेलित महिलाहरुको आर्तनाद यै हुन्थ्यो कि पुरुषसमाजले नारी पुरुष समानताको अर्थ बुझ्दैनन् या बुझ्न चाहदैनन्। नारिलाई सम्मान गर्दैनन्। हेप्चन् र किचेर खुट्टामुनी राख्न खोज्छन्। तर जब अहिले आएर तिनै महिलाले समानताको आडमा लोग्ने या परिवारका अन्य सदस्यलाई उचित सम्मान गर्न जान्दैनन् या चाहँदैनन् भने हिजो नबुझेर हेप्ने पुरुष र आज बुझेँ भन्ने नारीमा के नै फरक रह्यो त?

तुलनात्मक रुपमा घरदेशमा रहेका कामकाजी महिलाको तुलनामा परदेश पुगेर पसिना पोखिरहेका आधुनिक शिक्षित महिलाहरुको अनुभब र कमाइ उच्च हुन्छ नै तर यसको मत्लब यो होइनकी अनुभबी र आर्थिक मजबुती हुनु घर परिवार र समाजमा रहने हुने आवस्यक संस्कार र रिती अनी मान्यजन प्रतिको सद्व्यबहार लाई लात हान्नु।

कुरा परदेशकै प्रसंगबाट। बिगत केही बर्ष यता आर्थिक चपेटाको मारमा परी म स्वयँ बैदेशिक रोजगारमा छु मध्यपूर्बी विकसित देश इजरायलमा। इजरायल भनेको नेपाली कामदारहरुको निमित्त एक उत्कृष्ट रोजगारको गन्तब्य हो । अझै महिलाहरुको सवालमा अत्यन्तै सुरक्षित माहोल पनि हो (एकाध छिटफुट अपराधीक घटना बाहेक) सन्तोषजनक कमाइ र पूर्ण सुरक्षानुभूती हुने यो मुलुकमा आउने कामदारहरु आम्दानी र सुरक्षाको सवालमा शायदै कोही असन्तुष्ट होला । तर सत्य यो पनि हो पैसाले मान्छेलाई कहिल्यै पुग्दैन। महिलाअधिकारलाई समुच्च सम्मान र सुरक्षित गरिएको यो अत्याधुनिक मुलुकको कमाइ र हावापानीले हामीलाई धेरै कुरा दिएको छ। धेरै ज्ञान अनुभब सुम्पेको छ। धेरथोर आर्थिक भरथेग दिएको छ। कहिँन कहीँ हाम्रा सन्ततीलाई उज्यालो भबिस्यको किरणको थोरै आभास दिएको छ तर यो सबै उपलब्धीलाई हामी मध्य कतीले सही सदुपयोग गर्दै छौँ? खासगरी घर परिवार एकसुत्रमा माया र सदभाबको डोरिले बाँधेर राख्ने भनेर मानिएका हामी महिलाले?? सबैले गल्ती गरेका छन भन खोजिएको अवस्य होइन तर नबिर्सौँ नकारात्मक तत्व थोरै भएपनी सबै साकारात्मक तत्वमाथी हावी भैदिन्छ ।

केही समय पहिलेको कुरा हो। एकदिन सार्वजनिक बुथमा पुगेँ कलिङ्ग कार्ड बाट घरमा फोन गर्न भनी। उसो त निकैबेर उभिएर पालो कुर्नुपर्ने बाध्यतालाई हृदयङ्गम गरी प्रायजसो म सेल बाटै कल गर्छु तर त्यसदिन अलिक लामै भलाकुसारी गर्नुथियो घरमा सबैजाना सँग। शायद कुनै सानोतिनो चाड थियो होला नेपालमा। तखाना मर्काजित(केन्द्रिय बस पार्क) को छैठौँ तल्लामा रहेको लहरै पब्लिक बुथमा पुगेर हेरेँ सबैमा कतै काला जाती, कतै इण्डियन, श्रीलङ्कन, फिलिपिनो र नेपालीहरु फोनवर्तामा मग्न रहेछन्। अलिक परको बुथमा हेर्दा ३५ उमेरकी हाराहारिकी एक नेपाली दिदी फोनमा मस्त रहेछिन। पालो कुर्नुनै पर्ने भएपछी म तिनै दिदिको छेउमा उभिएर पर्खने निधोले त्यतै लागेँ। फोनमा दिदीका अन्तरङ्ग कुरापनी हुनसक्थे त्यसैले टाढा उभिनु पर्थ्यो मैले तर फेरी दिदीक कुरा सकिनासाथ् अर्कोले फोन कब्जा गर्लाभनेर अलिक नजिकै उभिएँ।

बसपार्कको त्यो गुञ्जनयुक्त माहोल न हो टाढाको आवाज फोनमा प्रस्ट सुन्न कठिन् थियो नै उसो र दिदी निकै च्याँट्ठिएर बोल्दै थिईन्। कसैको आन्तरिक कुरो सुन्ने ध्रिष्टता नहुंदानहुँदै पनि फोनको पालोको लोभले मैले सबै कुरा सुन्नु परेको थियो। उनको वार्ताले मलाई थाहा लाग्यो कि पहिले नानीहरु सङ्ग बोलिन्। धेरै पढ्नु, ज्ञानी हुनु,चक्चक नगर्नु यस्तैयस्तै सम्झाइन् जो हरेक आमाबाबाले गर्नेगर्छन्। त्यहासम्म ठिकै थियो तर जब कुराको पुछारतिर भनिन् “आमैले केके गर्छिन् कतिको पैसा उरलधुरल गर्छिन् चियो गर्नु है! अलच्छिनिलाई के माया अर्काले कमाको पैसाको!” एसो भनिरहँदा दिदीको अनुहारमा देबी चढेको प्रतित हुन्थ्यो। निधारमा गाँठा परेका झैँ लाग्थे। ‘आमै’मलाई गाह्रो परेन उनले सासुआमाको कुरा गरेकी हुन् भन्नलाई। आफुले प्रस्टै अलच्छिनी भनेर नानीहरुलाई सिकाउने ति दिदी कतिहद सम्म असल बुहारी होलिन् र सासुलाई सम्मान गर्दिहोलिन् भन्ने बुझ्न गाह्रो थिएन। तिनका पोइलाई जन्माएर हुर्काएर बिहेबारी गरेर अहिले बुहारी लाई परदेश पठाएर नातिनातिना स्याहारेर बस्न सक्षम बुढीआमालाई तिनले सिकाउनुपर्दो हो खर्चपर्च कसरी गर्ने भनेर! उनको शब्दबाट थाहा लाग्थ्यो कि स्वाबलम्बी बनेर दुई पैसा आर्जन गरेकोमा तिनलाई कती दम्भ छ भनेर। दिदी निकैबेर अरु फत्फताइन् तर मेरो दिमागमा त्यै “अलच्छिनी” शब्दले घन ठोकिरह्यो निकै बेर।

त्यही बीचमा निकै अल्छी लागेर दुई पटक आफ्नो राजालाई मिस कल गरेँ । त्यो एक जनाउ पनि थियो कि म केही बेरमै फोन गर्दैछु भनेर। बसपार्कभित्रको माहोल हेर्दै केके सोच्दै थिएँ “नकराउ!” भन्ने दिदिको अर्को चिच्याहटले मेरो ध्यान उनैतिर तान्यो फेरि।

यतिबेला सासुको बखान सकेर सासुका छोरासङ्ग चिलट्ठिँदै रहेछिन् । कुराको अनुमानमा शायद उताबाट श्रीमानले पैसा पठाउ भने होलान्। झिटिगुन्टी बन्धक राखेर, साउ ढाँटेर ,परिवारनै दाउमा राखेर आशाको दियालो बाली श्रीमतिलाई कमाउन पठाएपछी उसैसँग पैसाको आशा नगरे को सँग गर्ने श्रीमानले?? सके त नमागी कनै पठाउनु बेस्। घर चलाउन व्यबहार गर्न पैसा चाहिन्छ भन्ने त थाहा हुन्छ नै। झन मागिसके पछी गर्जन गर्नु कती उचित! हुन सक्छ कुनै बदमाश जुवाडे थिए हुनका लोग्ने, होला पैसाको खोलो कतै बगाएका होलान् श्रीमतिको कमाइमा। तर के त्यसरी सार्वजनिक बुथमा उभिएर श्रीमानलाई हकार्नु बुद्दिमानी ठहर्ला!! हामीले यो कहिल्यै नभुलौँ कि तुच्छ शब्द , अपमान र तितो व्यबहारले मान्छे कहिल्यै सुध्रिँदैन न त बिग्रिनलागेको सम्बन्ध बन्छ।

कुरैकुराको शिल्शिलामा दिदीले यती भयानक शब्दहरु ओकलिन् म स्तब्ध भएँ। यस्तो लाग्थ्यो उनी आफ्ना श्रीमान सङ्ग नभएर दासयुगको कुनै मालिक्नी आफ्नो नोकरलाई सबक सिकाउँदै छिन्। बिचबिचमा सासुलाई पनि मिसाएर अपमानका शब्द चढाउँदै थिईन्। दिदीले जती पनि तुच्छ शब्दले हकारीन् आफ्नो लोग्नेलाई, ति शब्दको चौथाइ अंश मात्रैपनी मलाई मेरा राजाले भन्दाहुन् त मेरो हृदय हजार ठाउमा चिरा पर्दाहुन्, म अपमानबोधले भुतुक्क मर्दी हुँ। ति त उनका लोग्ने थिए। हाम्रो संस्कारमा हुर्केको लोग्नेमान्छे जतिनै समव्याबहारिक भएपनी उसको भित्र ‘म लोग्ने हुँ’ भन्ने भाबना त जीवितै हुन्छ र त्यो हुनुपनी पर्छ। हाम्रो संस्कारले जतिपनी साँघुरो मान्यतालाई काखी च्यापेपनी केही यस्ता मुल्यवान पाठपनी बोकेको छ कि हामीले आफन्त, मान्यजन र बिबिध अलगलग नाता सम्बन्धमा के कसरी कसलाई कस्तो सम्मान गर्नुपर्छ भन्ने हामीलाई त्यसले बोध गराउँछ। लोग्नेले पैसा माग्दा दिदीले यसरी झपारिन् उनले अलिकती पनि सोचिनन् शायद यदी उनको ठाउमा ठीक उल्टो उनको श्रीमान हुँदा हुन् र तिनले त्यसरी आज पैसाकोलागी गिड्गिडाउनु परेको होस् र श्रीमानबाट त्यस्तै गाली खानु परेको होस्। ,,,अहँ उनले त्यो सोचेकै थिइनन् ।

दिदी निकै बेर घाइते शिँहिनी झैँ गर्जीरहिन् म चुपचाप् सुनिरहेँ। त्यतिबेला मेरो समेत धैर्यताको बाँध टुट्यो जतिबेला दिदी च्याँट्ठीन् ” त्यो आमा भनाउदीलाई काखी च्यापिरौ न! मैले छोड्पत्र गरिनछु भने के! ” त्यतिबेला मिल्थ्यो भने दिदीलाई उल्टो हातले बजाउन मन लागेको थियो मलाई। उनको सम्पूर्ण सम्स्याको जड् सासु रहिछिन् र लोग्नेले पैसा माग्दा सासुले खान्छिन् भन्ने चिन्ता रहेछ। कारण अरु पनि थिएहोलान् तर त्यतिन्जेलको सम्बादले भने त्यही नै बताउँथ्यो। महिलाले कुन समाजसँग हक माग्ने जब उसले आफ्नै वर्गलाई सम्मान गर्न सक्दैन। आफ्नी आमा समानकी सासुलाई उनी आफ्नो जीवनको काँढा मान्छिन् भने उनले किन सपना देख्नु नारी हकहित र समानताको??? कतिका सपना देख्दै छोरा जन्माएर हुर्काएर त्यो बुढेसकालमा कहाँ जाउन् ति आमै!! आफ्नी जन्मदातालाई घरबाट लखेटेर स्वास्नीलाई खुशी राख्नुपर्ने हो भने म लोग्नेमान्छे हुँदो हुँं त जिन्दगीभर बुढो कुमार बस्थेँ बरु। दुई अक्षर पढेर , देश नाघेर स्वाबलम्बी बनेर घर चलाऊन सक्षम महिलाको त त्यो व्यबहार हो भने ति बुढी आमैले त्यो भन्दा अक्षम्य पाप के गरिन् होली र त्यत्रो अपमान !! अनी जतिनै समानता भनिएपनी समानताको अर्थ आफु चाँही कसैलाई नटेर्ने, कसैको सम्मान नगरने , पनि त होइन। बिचरा श्रीमानले उताबाट के भन्दै थिए कुन्नी दिदी अझै झन अमिली हुँदै थिइन्।

मेरो अनुहार समेत रिसले तातो रातो भएपछी म फोनको पालो लात मारेर अन्तै लागेँ। तर मेरो मन साम्य भएन। थाहा छैन दिदी अझै कतिबेर गर्जीन् तर मेरो मनको तुफान दिनैभरी रोकिएन। हुनसक्छ दिदी एक मात्र कमाउ मान्छे होलिन् परिवारमा र समस्याको थुप्रोले उनलाई चिढाएको होला। हुनसक्छ लोग्ने गलत गर्दा हुन्। यो पनि होला कि सासुआमा अली बेसी नै फजुल गर्लिन्। या त लामो समयको परदेशी बसाइले बिरक्तिएर मन खल्बलिएको होला तर जे सुकै भएको होस् सभ्यता,शिष्टता र सम्बन्धको सम्मानमा नै आँच आउने गरी कमाएको पैसाले जिन्दगीको कुन आनन्द किन्नु!! त्यो भन्दा त झ्याङ्ग्प्वाले झुपडी भित्रको आत्मिय सम्बन्धमा मौलाएको बिपन्नतानै मिठो होला अवस्य। मलाई थाहा छैन दिदीले कती शिक्षा आर्जन गरेकी थिईन्। तर सुट्ठिसारो अशिक्षित हाम्रा हजुरआमाहरुलाई अझै बेसी थाहा छ सम्बन्धको सम्मान र इज्जत भन्ने कुरा। उनको बोलीचाली र हाउभाउबाट लाग्थ्यो उनलाई आफ्नो कमाइमा ,स्वाबलम्बनमा धेरै अहम छ। एक हद सम्म त्यो जरुरीपनी हुन्छ । अझै एक नेपाली महिलाले अर्को नेपाली महिलाको यो स्वाबलम्बी जीवन देखेर मलाई साच्चैनै गर्व पनि नलागेको होइन तर उनमा जुन घमण्ड र हेपाहा प्रब्रित्ती थियो, त्यो देख्दा भने मेरो मनले भन्यो कि अवशरले मान्छेलाई यती बिगार्ने हो भने , यती अहंकारी बनाउने हो भने बरु मान्छे अज्ञानी नै रहोस्।
अवस्यपनी हामी सचेत हुनु जरुरी छ। परिवारलाई सम्झाउनु, सिकाउनु र आत्मिय बातावरण बनाइरहनु आवश्यक छ तर यतीपनी त होइन कि बन्नुको साटो झन बिग्रेर जाओस्।

हामीले भुल्न नहुने कुरा के हो भने जतिसुकै समानता ,आधुनिकता आओस् तर परिवार समाज भनेको एक निस्चित मापदण्डले घेरिएको हुन्छ जहाँ अलगलग सम्बन्ध र नाता अनुसारको सम्बोधन्, सम्मान र शिष्टता हुन्छ । त्यसलाई हामीले पालन गर्नैपर्छ यदी सुन्दर सुखी सफल परिवार र असल समाज चाहने हो भने। नत्र आधुनिकताको नाममा समानताको ढ्वाङ्ग फुकाइमा हामी झन पछी धकेलिरहेका हुन्छौँ र एक्लिँदै गएका हुन्छौँ । त्यसबेला दम्भले फुलेर पोकोपारेको धनले न त परिवार सम्बन्ध किन्न सकिन्छ न त जिन्दगीको सन्तुष्टी नै हासिल हुन्छ।
सम्मान गरेर अलिकती झुकेर हामी कोही पनि सानो हुंदैनौ र हामीले केही गुमाइरहेकापनी हुँदैनौ। खासगरी पारिवारिक मामलामा त हामीले झुक्न जान्नै पर्छ किनकी समर्पण बिना कुनै सम्बन्ध चल्दैन।

सम्मान गरौँ सम्मान पाउँ!! (बिशेष गरी दिदिबहिनीहरुमा समर्पित!!!)

1654 Total View 9 Today View

42 comments to अलच्छिनीलाई के माया अर्काले कमाको पैसाको !

  • मन को पोखरी बाट बाध फुटाई निर्धक्क शाथ बोल्न र भन्न पनि गाह्रो यो हाम्रो देसमा देसका शत्रु नेता नै भयका ले साहरै दुख लागेको छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Prakash

    दिप्स जी
    सलाम जी तपाइको लेखलाई! राम्रो र यथार्थबादी !
    -प्रकाश

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • हामीले भुल्न नहुने कुरा के हो भने जतिसुकै समानता ,आधुनिकता आओस् तर परिवार समाज भनेको एक निस्चित मापदण्डले घेरिएको हुन्छ जहाँ अलगलग सम्बन्ध र नाता अनुसारको सम्बोधन्, सम्मान र शिष्टता हुन्छ । त्यसलाई हामीले पालन गर्नैपर्छ यदी सुन्दर सुखी सफल परिवार र असल समाज चाहने हो भने। नत्र आधुनिकताको नाममा समानताको ढ्वाङ्ग फुकाइमा हामी झन पछी धकेलिरहेका हुन्छौँ र एक्लिँदै गएका हुन्छौँ । त्यसबेला दम्भले फुलेर पोकोपारेको धनले न त परिवार सम्बन्ध किन्न सकिन्छ न त जिन्दगीको सन्तुष्टी नै हासिल हुन्छ।
    सम्मान गरेर अलिकती झुकेर हामी कोही पनि सानो हुंदैनौ र हामीले केही गुमाइरहेकापनी हुँदैनौ। खासगरी पारिवारिक मामलामा त हामीले झुक्न जान्नै पर्छ किनकी समर्पण बिना कुनै सम्बन्ध चल्दैन।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • arjun

    तपाइको लेख प्रति आभारी छु खास गरि विदेश गइ कमाउने महिला हरुले येस्तई गरेका छन् यो सहि साचो हो,पुरुष ले कमाएर पठाउदा साएद तेस्तो बेबहार नगर्ला तर महिला ले कमाएर पठाउदा एक आध लाइ छोडी सबैको येस्तई घटना सुन्न मा आएको छ/जसले गर्दा पारिबारिक सम्बन्ध मा चिसो पन आउछ र सम्बन्ध बिच्छेद पनि हुन गएको छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • pabi

    लेख राम्रो छ/दुवै पक्छे लै समेटेको छ/हाम्रो संस्कार लै भुल्न न हुने कुरा र ति महिला को पनि कुरा छ.उस्को श्रीमान गतिलो र संस्कारी हो भने,स्वास्नी लै विदेश पठाउने थिएन/घर परिवार लाइ कमायर,संस्कार मा राख्ने काम लोग्ने को हो कि,अर्को देश मा पथायर,संस्कारहीन बनाउने काम?उ कति पिडित भयर,आफ्नो सन्तान साथै,लोग्ने,शासु को जिम्मेवारी लिएर जना पर्यो होला?सोच्नु योग्य छ/स्वास्नी को तेस्तो दुर्बेबहर,सहने बानि परेको त्यो लोग्ने,कति हुतिहारा होला?स्वास्नी को कमाइ ,कतै क्यासिनो र अन्तै त् गको छैन?.इ सबै थाहा पाएर त् उ बोलेकी होइन?नत्र जस्तै भएनी,हाम्रो नेपाली दिदि-बैनी..तेती गिर्न सक्दिन,आफु दुख गरेर पनि,परिवार चलाउचे नै.होइन भने,लोग्ने अपांग नै,हो भने..येश लेख अनुसार,,त्यो लोग्ने पिडित नै हो,विदेश गएर कमाउने,ले एती घमण्ड गर्नु ठिक होइन,समानता को कुरा हुन्छ भने,चाहे,लोग्ने होस् या स्वास्नी,,दुवै ले परिवार मिलेर चलाउने,,बेला आएको छ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Aditya

    धेरै राम्रो लेख मन छुने अति उत्तम उदगार धन्यवाद लेखिका ज्यु ,सबै महिला वर्ग ले गर्व गर्न सक्नु पर्छ.कि संसारमा पैसा होइन मानव जाति को Kalyan को काम गर्न सकिएमा मात्र पुरस्कृत होइंचा भन्ने भावना सहित को लेखक महिला भएकोमा . महिला को दुख्ख महिला ले भन्दा बढी अरु कसले बुझ्न सक्ला र? लोव र लालचा ,अनि अहंकार र घमण्ड भनेको जिन्दगि को बिख हो .पिएमा जिन्दगि नस्ट नपिएमा अथवा रच्यान्म फ्याकेमा जिन्दगि स्वोस्था चेतना भया.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • हामी सबसेले सबैको मर्का बुझ्न पर्दछ, ज्ञानको अभावमा सवे वरवरौना थाल्द्चऔ . अर्ति देन जति सजिलो हऊंछ त्यति कार्यन्वयनमा आउन सक्दैन

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • gunje

    दीप्स शाहको कथा भनेर पढ्न सुरु गरे तर संदेश रहेछ! दाजु भाई लाई पनि सम्झेर यौटा राम्रो कथा पनि कसो होला!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Milan

    धेरै राम्रो लेख लाग्यो … सम्बन्ध को महत्व पैसा भन्दा धेरै माथि हुन्छ र सम्बन्ध लाई बिगारेर कमायको पैसा ले कहिले पनि खुसि र सुख दिदैन . यो कुरा नारी पुरुस सबै ले बुझ्नु जरुरि छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Daya Machamasi

    दिप्स शाह जी लाई यो लेख पढ्दा पढ्दै धेरै धन्यवाद दियँ, पुरुषले जति महिला ले कमाउने र पुरुष जति महिला शरिरीक रुपले बलियो हुने हो भने आज नारिजतिले पुरुष जातिलाई नाम्लोले बाँधेर गोरु जोतिरहेको होला | पशुपतिमा पर्बतिको पूजा आजा हुन्त्यो होला त्याँहा साँधेको ठाउमा गाई हुन्थ्यो होला, अरु के के होला तपाई आफै लेख्नुस ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • जयप्रकाश सुनुवार

    गजब को प्रस्तुती, कोखामा ताकेर नाकामा मजाले दिनु भएछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Muna Rai

    धेरै ज्ञानबर्द्धक लेख बिसेस गरि हाम्रा आधुनिक महिलावर्गले चिन्तन मनन गर्न लायक ! लेखकलाई मुरी मुरी धन्यवाद !!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • विकास

    बुहारीले सासुालाई आमा सरह र सासुले बुहारीलाई छोरीसरह व्यवहार गर्ने हो भने, त्यो परिवारमा सुख र शान्ति छाउँछ। तर, यो संयोग किन होला बिरलै मात्र पाइन्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • B Ghimire

    समानताको अर्थ कसैले कसैलाई बरोबर हेप्नु नभएर बरोबर सम्मान गर्नु हो.
    तुच्छ शब्द , अपमान र तितो व्यबहारले मान्छे कहिल्यै सुध्रिँदैन न त बिग्रिनलागेको सम्बन्ध बन्छ।
    सभ्यता,शिष्टता र सम्बन्धको सम्मानमा नै आँच आउने गरी कमाएको पैसाले जिन्दगीको कुन आनन्द किन्नु!……..इ आदि सब्द ले पक्कै पनि सबैको मन छोयो होला …!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Baburam Dahal

    सारै राम्रो र यथार्थ चित्रण गरिएको रहेछ लेखमा …लेखिका लाइ अझ लेख्ने प्रेरणा मिलोस…

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Chandra/afghan

    लेख अत्यन्तै सान्दर्भिक र पारीपक्व लाग्यो, पढुन्जेल म पनि कता कता हरायछु मन नै कुडियो! अल्प शिक्षा अनिस्ट भन्छन शायद त्यो नै हो कि, अली कती भित्री ज्ञान भाईदियको भए शायद लेख मा भयकी पात्र ले त्यस्तो नबोल्ने थिइन होला कि ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Madhu Rijal

    साँचै राम्रो रैछ……ओहो धन्य त्यो पुरुष जसले तपाईं जस्ती असल र बुझ्ने श्रीमती पाए….हरेक नारीमा यस्तै राम्रो सोचको विकास हुने हो भने नेपाली समाजमा ब्याप्त नारी माथिको बिबेध छिट्टै अन्त हुन्छ….पुरुषलाइ जति दोष लगाए पनि महिलामाथि को अन्यायमा धेरै जसो नारी कै हात हुने गर्छ…..तर एक नारीले अर्की नारीको मर्म बुझ्ने र सम्मान गर्न सिके हामी संधै सुखी हुने थियौं……धन्यवाद लेखको लागि…तर एक पटक कान्तिपुर तिर छापे हुने हो….माइसंसार त कतिले पो पढ़लान र……

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • kiran

    अरुलाई abuse गर्ने चाहे male होस् या famale त्यो आँफैमा नराम्रो हो | रह्यो सम्मान को कुरा यदी उनी हरुले (husband and family) उस्लाई सम्मान गर्ने गरेको भये आफु लाई सम्मान गर्ने मान्छेलाई अपमान गर्ने पक्कै गर्दैनथिन होला | आफ्नो आमा समान को कोही हुँदैन किन सासु लाई आमा सँग तुलना गर्नु ? आफु भोकै बसेर बुहारी लाई खान दिने सासु कतै छन ? मैले त कथामा पनि पढ्न पाएकी छैन त्यस्ता सासु सासुरा को बारेमा | सबैले आफ्नो कर्तब्य पुरा गर्ने हो तर बुहारी को कर्तब्य अरुलाई खुशी राख्नु होइन | आफ्नो बाबु आमा को सेवा श्रीमती लाई गराउने ?अनी छोरी हुर्काउने आमा ले मेरी छोरी अरुको घरको सहयोगी बनोस भन्ने सपना देखछिन होला होइन ? इज्जत र सम्मान हजुर आमालाई थाहा छ ? ७-८ जना केटा केटी लाई हुर्काउदा माया सेवा कम्जोरी मा मसाज त के छोरा छोरी को आची कहिले नछुने, अनी सुत्केरी मा माइती पठाउने, सधै दासी जस्तो व्यबहार गर्ने त्यस्ता husband मानेर बस्ने हजुर आमाको मज्बुरी थियो सामाजिक | कुरिती लाई सामाजिक मुल्य मान्यता भनेर मान्ने होइन नराम्रा कुराहरु हटाउने हो अब | Wife is friend not servant | If men are educated enough to see the inequality around….help to make the country better place.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • gitabashyal

    घर छोडेर केहि टाडा जादैमा आफ्नु नेपाली पहिचान र सस्कार भुल्नी हरुलाई यो लेख बाट राम्रो चेतना मिलोस भन्नि कामना गर्दछु,

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • ruparimal

    पहिले त यो लेख लेख्नि पौरखी हात भएका दिप साह लाई हृदय देखि धन्यवाद,हजुर को लेख पढेर म यति आभारी भए खुसि को सिमा छैन,म पनि ६ वर्ष देखि यहि काम गर्दै आएको हुनाले हजुर को कूरामा १००% सहमत छु,अझ भन्नि हो भनि नेपाली दिदि बहिनि हरु ले यहा आएर जति सिप,ज्ञान,सिकेर तेतिकै धन आर्जन गरेको छन,त्यो भन्दा बडी कु कृति पनि बोकेका छन भन्दा केहि फरक नपर्ला,उधारण दिऔ भनि खासै साद्धे छैन,नदिउ भनि लेख्न मन लागेको छ, यहाँ को सस्कार ले नेपाली दिदि बहिनि म़ा एकासी ल्यएको परिबिर्तन ले भोलि नेपाल जानी हुन् या यही बन्द बस्त गरेर बस्नी हुन् त्यो त तेस्तै बाटो म़ा लागेर म नेपाली केटि हु भन्दै हिड्नी हरुलाई थाहा हुनु पर्छ,नांगा,सरिर .हात मा रक्सि को बोतल,छाडा बोलि,साथ मा गुण्डा जस्ता केटा हरु,लिएर देश को बिजेत गर्नी र सारा नेपाली दिदि बहिनि को एइजेत मा गेम खेल्नी हरुलाई यो लेख ले आखा खुलोस भन्नि आशा गरू यदि हजुर ले भन्नु हन्छ भनि ८;१० वटा भिडियो हरु छन म सग सार्बजनिक गर्न सक्छु त?किन कि मलाई धिक्कार लागेको छ यहाँ दिदि बहिनि हरु को यथार्थता देखेर,

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Nabin

    निकै सान्दर्भिक लेख, जुन अहिले को नेपाली समाजको ज्वलन्त उदाहरण हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Hari Prasad Lamichhane

    धेरै महिला हरु यो समस्या ले ग्रसित छन् आशा छ के हि न के हि बुद्धि पलाउने छ यो लेख पढेर.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Om Nath Koirala

    यो कथा हामि अधिकाँश नेपाली हरुको घर घरको कथा हो | “कहिले सासुको पालो कहिले बुहारीको पालो” भन्ने नेपाली उखान नै छ | तर एउटा के सत्य हो भने आफुले जे रोपिन्छ फल पनि तेही नै लाग्छ | जहर रोपेर अमृत पक्कै फल्दैन | तेसैले हामीले कस्तो सस्कार पाएका छौ, कस्तो वातावरणमा हुर्केका छौ, कस्तो समाजमा बाचेका छौ तेस्को प्रभाव हामि मा प्रतेछ-अप्रतेछ परेकै हुन्छ | ति दिदीको बेबहार समाज र परिवार बाटै सिकेर आएको हुनु पर्छ | तेसैले उनले जे खाएकी छन् तेहिनै उकेलेकी हुन् | धेरै कम मानिस हुन्छन जो हिलोमा कमल झैँ फुलेका हुन्छन |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Dev Gurung

    धन्यबाद छ सायद यो लेख पढेपछी धेरै महिलाहरुलाई पारिवारिक सम्बन्दको मूल्य मान्यता र आफ्नो कर्तव्यको ज्ञान महसुस हुनेछ इ अति राम्रो र ज्ञान बर्धक लेख छ I

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • निर्मला खड्का

      ” जब अहिले आएर तिनै महिलाले समानताको आडमा लोग्ने या परिवारका अन्य सदस्यलाई उचित सम्मान गर्न जान्दैनन् या चाहँदैनन् भने हिजो नबुझेर हेप्ने पुरुष र आज बुझेँ भन्ने नारीमा के नै फरक रह्यो त?

      अवशरले मान्छेलाई यती बिगार्ने हो भने , यती अहंकारी बनाउने हो भने बरु मान्छे अज्ञानी नै रहोस्।”

      यीनै शब्दहरु सधैँ जसो मेरो मन मस्तिस्कमा छटपटी रहेका हुन्छन र मैले कतै यसरी सम्झाउने प्रयाशमा “नेता न हौ भो ” भन्ने प्रतिक्रिया पाउँछु तर दुख लाग्दैन मलाई ।
      मेरो भनाइ पनि यस्तै हो। म पनि भन्छु आत्म सम्मान गुमाएर बाँच्नु भन्दा त आत्महत्या नै गर्नु बेश तर स्वाभिमान बचाउने भनेर विपक्षले जस्तै ब्यबहार र बाटो अपनाउन पर्छ भन्ने छैन। यस्ता धेरै उपायहरु छन् जसमा सम्मान दिएर सम्मान साथ स्वाभिमानको लागी लड्न सकिन्छ। तर हामीलाई पैसा भएसी सबै पाइन्छ र अरु कोइ र केहि चाहिदैन भन्ने मानसिकता बोकेका दिदि बहिनिहरुसंग विचार साट्दा मन धेरै दुख्छ । मेरो भन्नु यती हो समय चक्र घुमेर हामी तिनै सासुको अवस्थामा पुग्दा हाम्रा बुहारीले पनि त्यस्तै ब्यबहार गर्दा के होला ? आज कमाएको पैसा र आजको यो अवस्था कालान्तर सम्म रहन्न भन्ने कुरा जस्तै अबुझ्ले पनि बुझ्न सक्ने कुरा हो र जस्तो रोपिन्छ त्यस्तै फल्छ र काट्नु पर्छ जस्ता सामान्य कुरा सबैले बुझ्न सक्छे नै ।

      दीप्स जीका कलमबाट कोरिएका हरेक शब्दहरु साँच्चै उहाँको हृदयभित्र रहेकी एक सम्मानित नारी बोलेकी हुन भन्ने म सोच्छु । हुन त बिगतमा मैले इजरेलमा रहेर शुरु देखि पढ्ने गरेको र मलाई मन पर्ने लेखक ( कुनै पनि बिधामा ) दीप्स शाह र कृष्ण पक्ष थापा हुन् । एउटा अत्यन्तै गम्भिर बिषयमा लेखिएको ज्ञानबर्द्धक लेखको लागी हार्दिक धन्यबाद प्रिय लेखिका !

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • gobinda

    ओहो कस्तो मनै खाने गरि लेख्नु भएको / सम्मान गरेर कोहि सानो हुदैन, सम्मान गरौ अनि सम्मान पाउ / अहम ले मान्छे लाई जलाउछ, यो कुरा सबै मा चेतना भया….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Situ Awasthi

    आफु पनि कुनै सासु बन्ने कुरा थाहा छैन होला ति दिदि लाई !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • yobaraj pathak

    Title is against women prestige .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ramesh

    सारहै राम्रो लेख. मुटु छोयो.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • देवेन्द्र कार्की

    लेख राम्रो लाग्यो| नेपाली दिदि बहिनीहरु जसले २/४ पैसा कमौना शुरु गरेका छन् एक पटक यो लेख पढ्न मेरो पनि अनुरोध छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • श्रीषा प्रधान

    विदेश, बिशेष गरि खाडीका देश मा नेपालि महिला काम मा जादा नेपाल को परिपेक्ष्य मा महिला स्वतन्त्र भए, पुरुष सरह सक्श्यम र शक्तिशाली प्रमाणित भए भन्ने मानसिकता त्यहा गएपछि मात्र थाहा हुने कुरो हो; ति देश महिला हरुको लागि नरक हो, त्यहाको कानुन ले महिला लाइ पशु सरह पनि मान्यता दिदैन, आफ्नै देश का महिला लाइ पनि पुरुष को दास को स्थान हुन्छ, महिला बिरुद्ध गजब गजब का हामीले कल्पनै गर्न नसक्ने प्राचिन कानुन हरु अभ्यास गरिन्छन, हाम्रा दिदि बहिनि हरु त्यहा पुग्ने बित्तिकै त्यहा को नारकीय जीवन बिताउन बाध्य छन् ति देश हेरी नेपाल सयौ गुणा नारि लाइ सम्मान गर्ने र स्वतन्त्र देश हो ! तर पेट्रोल को पैसा भने त्यस्तै देश हरुमा फल्ने भएकाले र नेपाल मा अस्थिरता भएकाले नेपालि हरु हामफालेर दास हुन लागि परेका छन् ! साथि हो, आफु ले चिने जति लाइ यो सम्बाहन गरिदिनु, त्यहा महिला लाइ काम गर्न पठाउनु भनेको नरक मा हत्कडी लगाएर बस्न पठाउनु हो चाहे त्यो इज्रैल होस् या कुनै मुसलमान देश !
    श्रीषा प्रधान

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Mukti Adh

    Salute for your artical

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • jagan karki

    ‘सम्मान गरेर अलिकती झुकेर हामी कोही पनि सानो हुंदैनौ र हामीले केही गुमाइरहेकापनी हुँदैनौ।’
    वास्तवमा महिलाका दुश्मन महिला नै हुन्!जस्तै:-सासुले बुहारीलाई गर्ने व्यवहार,नाति (छोरा) जन्माउँ दबाव दिनु,आफ्नो छोरा लाइ नाति जन्माउने लालसामा अर्की बिहे गर्न उस्काउनु,अर्की महिलाको जीवन बर्बाद हुन्छ भनेर जान्दा जान्दै पनि सौता बन्न नहिच्किचाउनु,बुहारी कमाउने भएपछी सासूलाई गर्ने नराम्रो व्यवहार (यहि लेखमा एक बुहारीले सासूलाई बोलेको नराम्रो वचन) आदि हुन्!!
    ‘आधाजसो शिक्षित र कामकाजी महिलाहरुको मानसिकता यस्तो पनि छ कि समानताको अर्थ लोग्ने या परिवारका अन्य सदस्यलाई हेप्नु हो। स्वाबलम्बी हुनुको अर्थ आफुले मान्नुपर्ने नाता कुटुम्ब लाई उचित सम्मान दिन नपर्ने अवस्था हो।’तपाईका यी हरफहरु चित्त बुझ्दो व्यंग्यात्मक (सकारात्मक संदेशरुपी ) झापड………….हो!!
    अन्त्यमा:-सामाजिक परिवर्तन महिलाहरु बाट नै शुरु गर्नु पर्छ र पुरुषहरुले पनि आफ्नो पुरुषार्थको खोक्रो आडम्बर छोडी,’म पनि कुनै महिलाको कोख बाट जन्मेको हु’ भन्ने ज्ञान लिन जरुरु छ!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • बिषम नेपाली

    ‘फलेको बृक्षको हाँगो नझुकेको कहाँ छर’ भन्ने हुनुपर्नेमा घरको एकमात्र आम्दानिको आधार भएका महिला जो पहिले दशै‌ कहिले आउला र भातखान पाउलाको अबस्थामा हुन्थे ती सबलाई आफ्नो कमाईको ठूलो घमण्ड हुन्छ त्यस्ताहरु यस्तै हुन्छन । त्यसैले हाम्रो उखान छ नि ‘पानी खाने मुलको बिहे गर्ने कुलको’ ‘टुप्पाबाट पलाएको’ त्यसै भनिएको होईन । हुन त यो कथा हो, तर यसमा लुकेको बास्तबिकता छ । महिला ले महिलालाई गर्ने ब्यबहार र महिला पछाडि पर्नुको कारण पनि यहि हो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • उपासक उदास

    बनमान्छेलाई मानिस र मान्छेलाई मानव को उपल्लो तह सम्म पुर्याउने पुल भनेकै जीव्जन्तुहरुमा नपाइने गुणहरु मानिसले आफूभित्र विकसित गर्न सकेकोले हुन् . यति सम्म गरि देखाउन नै अहिलेका मान्छेलाई गाहारो महसूस हुन्छ भने हाम्रा आदर्श र विभूतिहरु , जसलाई हामीले नै महामानवको उच्च दर्जा दिने गरेका छौं , त्यसको बाटो कहिले पच्छ्याउने होला ? अरु गर्न नसके पनि कम्तिमा ती महामनाहरुले अपनाएको चरित्रको हजारमा एक अंश त हामीले व्यवहारमा उतारौं , पशु सरह तुच्छ भएर जिउँदो मुर्दा नबनौं . बस.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Bhakta Magar

    अति राम्रो लेख लेख्नुभएकोमा तपाईलाई धन्यवाद भन्न चाहन्छु। यो लेखले मेरो पनि हृदय छोयो र केहि लेख्ने कोशिशमा छु। व्यक्तिगतरुपमा तपाई जस्तोसुकै भएपनि तपाईको यो लेखमा छरिएका भावना र बिचारलाई म सलाम गर्न चाहन्छु। तपाई जस्तै अरु महिलाहरु(तपाईको जस्तै विचार भएको) हुँदोहो त निश्चय नै हाम्रो परिवार कति सुखमय हुनेथियो होला। अनि मलाई भन्न मन लागेको कुरा नेपाली महिलाहरु (सबै होइन) आधुनिकताको नाममा किन यति धेरै बिग्रेको होला। अन्तमा तपाईको लेखभित्रको मलाई मन परेको गर्वित शब्द र वाक्यहरु जस्ताको त्यस्तै “दिदीले जती पनि तुच्छ शब्दले हकारीन् आफ्नो लोग्नेलाई, ति शब्दको चौथाइ अंश मात्रैपनी मलाई मेरा राजाले भन्दाहुन् त मेरो हृदय हजार ठाउमा चिरा पर्दाहुन्, म अपमानबोधले भुतुक्क मर्दी हुँ। ति त उनका लोग्ने थिए। हाम्रो संस्कारमा हुर्केको लोग्नेमान्छे जतिनै समव्याबहारिक भएपनी उसको भित्र ‘म लोग्ने हुँ’ भन्ने भाबना त जीवितै हुन्छ र त्यो हुनुपनी पर्छ। हाम्रो संस्कारले जतिपनी साँघुरो मान्यतालाई काखी च्यापेपनी केही यस्ता मुल्यवान पाठपनी बोकेको छ कि हामीले आफन्त, मान्यजन र बिबिध अलगलग नाता सम्बन्धमा के कसरी कसलाई कस्तो सम्मान गर्नुपर्छ भन्ने हामीलाई त्यसले बोध गराउँछ। त्यो भन्दा त झ्याङ्ग्प्वाले झुपडी भित्रको आत्मिय सम्बन्धमा मौलाएको बिपन्नतानै मिठो होला अवस्य। हामीले भुल्न नहुने कुरा के हो भने जतिसुकै समानता ,आधुनिकता आओस् तर परिवार समाज भनेको एक निस्चित मापदण्डले घेरिएको हुन्छ जहाँ अलगलग सम्बन्ध र नाता अनुसारको सम्बोधन्, सम्मान र शिष्टता हुन्छ । त्यसलाई हामीले पालन गर्नैपर्छ यदी सुन्दर सुखी सफल परिवार र असल समाज चाहने हो भने।”

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • RP Khanal-Surkhet

    लेख मा बास्तबिकता त पस्किनु भएकै छ र यो समय सान्दर्भिक पनि उतिकै छ / यो लेख हरेक महिलाहरु ( जो बिदेशमा रोजगारी को शिलशिलामा हुनुहुन्छ ) ले एक पटक पढ्नै पर्ने लायक छ /
    रुद्र खनाल -दमाम साउदी

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Sam Nepali

    I am touched with the wisdom of the writter, Even only part of(not necessary all) Nepalese female are like the writter, our problem would have been completely solved. I don’t want to repeat the version of that evil soul erupted by the pride of some wealth gather “not sure from right source” (could have been earned from p…) otherwise it won’t make you that worse in general. I feel better to praise the writter for her wisdom and godly thinking rather than waste time to comment that evil soul.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Birkhe

    “सानै देखी छुचो हुन्छ, दूस्ट मानिसको मती!
    घोच्ने ती जङली कडा पहिले नै तिखा कती,
    {………………………
    ……………………….}
    फलेको ब्रिक्षको हागो नझुकेको कहाँ छ र ।”
    कबिशिरोमणी ज्यू को शब्दहरु सापट लिये।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • lhakpa Sherpa

    लेखाई राम्रो लाग्यो, ब्याबाहर माँ पनि यस्तै भई दिएको भए झनै राम्रो हुन्थ्यो !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • प्रकाश सिग्देल काठमाण्डौं

    लेखकको आशय संग पूर्ण सहमत छु। जन्म दिने बाबुआमा लाई सम्मान दिन नसक्नेलाई पनि आफ्नो सन्तानको चाहिं किन माया लाग्नु नि ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • प्रविण कुमार

    “परिवार समाज भनेको एक निस्चित मापदण्डले घेरिएको हुन्छ जहाँ अलगलग सम्बन्ध र नाता अनुसारको सम्बोधन्, सम्मान र शिष्टता हुन्छ” यो मुलमन्त्रलाई सबैले कण्ठस्त गर्ने सोही अनुसार ब्यवहारमा लागू गर्ने हो भने घर स्वर्ग र परिवार भगवान सरह हुन्छन् । जय होस दीप्स शाहजीको ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0