मेरो Tweet

  • Wow~ Flickr ले त क्रान्ति नै गर्‍यो नि 1 TB स्पेस फ्रि दिएर। अब फूल रेजोल्युसनको फोटो ढुक्कैसँग अपलोड गरिन्छ t.co/w0hYADkpOb
  • @KC_Prasanna @arpan_shrestha ..and just now, i got new PIN from Butwal. Its a long story, will write blog on it. Thanks for your help.
  • हिरो अर्जुन र हिरोइन निशा दुवैले सगरमाथा चढे। बधाई! अब उनीहरुले असफल फिल्मको सगरमाथा चढ्न नपरोस् भन्ने कामना पनि !

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

रेखाको चड्कन खानेको स्पष्टिकरण- मैले नि हानेँ, मुख सुनिन्ने गरी हान्न सक्थेँ, ‘अबला नारी’ भएकोले छाडिदिएँ

गाइजात्राको अङ्कमा रेखा थापासम्बन्धी अश्लील, अभद्र सामाग्री छापेपछि चर्किएको कान्ड कुटाकुटसम्म पुग्यो। यसअघि रेखा थापाको पक्षबाट मात्र कुरा आइरहेकोमा आज सौर्य दैनिकमा पूरै एक पेजको स्पष्टिकरण कुटाइ खाने पत्रकार चिरन्जीवी पौडेलले लेखेका छन्। त्यसमा उनले लेखेका छन्- ‘अलि बढी उत्तेजित भएको भए उनलाई त्यहाँ मुख सुन्निने गरी पिटेर पठाउन सक्थेँ। तर ‘अबला नारी’ सम्झेर संयम राखेँ।’ उनले यस्तो लेख छापेकोमा कुनै पछुतो नभएको भन्दै अर्को गाइजात्रामा पनि यस्तै लेख्ने र रेखा थापालाई पात्र बनाएर लेख्नसक्ने बताएका छन्- ‘म विनम्रतापूर्वक जानकारी दिन चाहन्छु, यस्तो गाईजात्रे लेख आगामी वर्ष पनि लेख्नेछु । यदि सिनेमा क्षेत्रमा टिकिरहे रेखा फेरि पनि पात्र बन्न सक्छिन्।’

उनको त्यो लामो पुराणबाट केही अंश पढ्ने भए भित्र आउनुस्।

घटना यसरी भएको रहेछ

उनले केको आधारमा लेख्यौ भनेर सबैभन्दा हास्यास्पद प्रश्न गरिन् । मैले सहज रूपमा उत्तर दिएँ, ‘गाईजात्रे लेखमा पनि आधार चाहिन्छ र, कल्पना गरेर लेखेको हुँ ।’
त्यसपछि उनी जुरुक्क उठिन् र भनिन्, ‘म पनि कल्पना गर्छु है ।’ मेरो नजिकै आएर उनले एकाएक गालामा एक थप्पड हानिन् । म महात्मा गान्धी थिइनँ, एउटा गालामा झापड खाएपछि अर्को गाला थाप्ने । मेरो खुन तात्यो । केही सोच्दै नसोची तत्कालै आºनो देब्रे हातले उनको दायाँ गालामा चड्काएँ । त्यसपछि रन्थनिएकी रेखाले मेरो घाँटी समाउने प्रयास गरिन् । तत्कालै बोधराज सर उठेर बलपूर्वक छुट्याउनुभयो । घम्साघम्सीका क्रममा उनको नङले मेरो घाँटीमा चिथोर्न पुग्यो । चिथोरेको दाग अझै पनि छ । त्यसो त म अलि बढी उत्तेजित भएको भए उनलाई त्यहाँ मुख सुन्निने गरी पिटेर पठाउन सक्थेँ । तर ‘अबला नारी’ सम्झेर संयम राखेँ ।
बोधराजसरले दुवैजनालाई रिस शान्त गर्न आग्रह गर्नुभयो । उहाँ दुवैलाई मिलाउनतिर लाग्नुभयो । ‘दुवैजनाको बराबरी भयो,’ उहाँले भन्नुभयो, ‘यो कुरा यो कोठाबाट बाहिर नजाओस् । यसलाई ठूलो इस्यू बन्न नदिऊँ ।’ मलाई उहाँको कुरा उचित लाग्यो । एउटा राष्ट्रिय दैनिक पत्रिकाको समाचार सम्पादकसित हिरोइनको कुटाकुट परेको विषय ठूलै इस्यू बन्न सक्थ्यो यदि बाहिर ल्याएमा । तर, त्यसले आफूलाई केही फाइदा नहुने महसुस गरेँ । रेखाले पनि छिट्टै ‘रियलाइज’ गरेझैँ देखिइन् । यस घटनालाई त्यहीँ टुंग्याउने र बाहिर कसैलाई नभन्ने मौखिक सहमति जनाइन् । एकछिनअघिको तनाबपूर्ण वातावरण अस्वाभाविक रूपमा एकाएक शान्त भयो । उनले मेरो हिर्काइको पीडा पटक्कै देखाइनन् । उनले शान्त भएर आºना कुरा राखिन् र मैले पनि सहज रूपमा जवाफ फर्काएँ।

कुरा यसरी बाहिर आयो

तर, रेखाको प्रतिबद्धता केवल नाटक रहेछ । उनीहरू बाहिरिएको केही घन्टामै लगातार फोनको घन्टी बज्न थाल्यो । सबैको प्रश्न थियो, ‘रेखाले पिटिन् रे नि हो ?’ सौर्यमा फिल्म रिपोर्टिङ गर्ने कुवेर भाइ र म दुवैले ‘सामान्य तनाब मात्र भएको हो, हात हालाहाल भएको होइन’ भन्दै घटनालाई ढाकछोप गर्ने प्रयास गर्‍र्यौं। तर, केही लागेन । रेखाले सौर्य दैनिकको गेटबाट निस्कनासाथै भटाभट नजिकका पत्रकारहरूलाई फोन गरेर ‘पत्रकारलाई थप्पड लगाएँ भन्दै छाती पिटेको उनीनिकटका केही पत्रकारबाट पुष्टि भयो । ती पत्रकारका अनुसार उनले आफूले थप्पड हानेको कुरा गरिन् तर खाएको कुरा निकालिनन् । एक कान–दुई कान हुँदै ‘रेखाले थप्पड हानेको’ खबर मिडिया र चलचित्रकर्मीमाझ फैलियो । तैपनि हामी यो कुरा मिडियामा नल्याउने र आºनै पत्रिकामासमेत नछाप्ने कुरामा दृढ रह्यौँ । तर, यो समाचार एकतर्फी रूपमा आउन थाल्यो । जुन अहिलेसम्म पनि जारी छ ।
नेपाली समाजमा समाचार र अफवाहबीचको दूरी अत्यन्त छोटो छ । समाचारहरू अफवाहमा परिणत हुन वा अफवाहहरू समाचार बन्न सजिलै सक्छन् यहाँ । अफवाहबाट समाचार छुट्याउनु भनेको चामलबाट सेता ढुंगा निकाल्नुभन्दा कठिन हुन्छ । त्यो दु:ख यहाँका धेरै मिडियाकर्मीले गर्दैनन् । त्यही भएर रेखा र मबीच भएको झापड हानाहानको घटना ‘रेखाले पत्रकारलाई धुलाई दिइन्’ भन्ने किसिमले आइरहेको छ । बग्रेल्ती खुलेका अनलाइन मिडिया, एकाधलाई छाडेर, अफवाह फैलाउने धन्दा नै चलाइरहेका छन् । कुरोको चुरोसित उनीहरूलाई कुनै चासो हुँदैन, सनसनी फैलाउन पाए पुग्छ ।

पछुतो छैन

गाईजात्रे सामग्री छापेकामा मलाई अहिले पनि कुनै पछुतो छैन । कतिपयले यसलाई अश्लील भनेका छन् । तर, श्लील र अश्लील भन्ने कुरा नजरमा भर पर्छ । म व्यक्तिगत रूपमा कत्ति पनि विश्वस्त छैन, यो सामग्री गाईजात्राको दिनसमेत छाप्न नहुने गरी अश्लील थियो भन्नेमा । यसलाई अश्लील भन्नेहरूको तुलनामा राम्रो भन्नेहरूको संख्या धेरै बढी पाएको छु । सौर्य दैनिकको वेबसाइटमा १९ गतेदेखि आजसम्म निरन्तर सबैभन्दा बढी पढिएको सूचीमा यो १ नम्बरमा छ । फेसबुकमा बग्रेल्ती सेयर भएका छन्।

पत्रकारले नै साथ दिएन

कतिपय पत्रकारले नै रेखालाई स्यावासी दिइरहेको पाउँछु । त्यतिबेला आफू १२ वर्षदेखि संलग्न रहेको क्रियाशील रहेको पेसाप्रति नै हीनताबोध भएर आउँछ ।

फेरि पनि लेख्छु, ‘अबला नारी’सित सिंगौरी खेल्दिन

त्यसैले म विनम्रतापूर्वक जानकारी दिन चाहन्छु, यस्तो गाईजात्रे लेख आगामी वर्ष पनि लेख्नेछु। यदि सिनेमा क्षेत्रमा टिकिरहे रेखा फेरि पनि पात्र बन्न सक्छिन् ।
धेरैले यस प्रकरणमा चुप लागेर बस्दा हाम्रो संस्था निरीह भएको वा कमजोरी स्विकारेको रूपमा बुझेका छन् । हामी यसकारण मात्र चुप लागेका छौँ कि एउटी ‘अबला नारी’ सित सिंगौरी खेलेर हामीलाई कुनै युद्ध जित्नु छैन । आशा गर्छु, यो प्रकरण अब थप लम्बिने छैन।

उनको पूरा स्पष्टिकरण र गाइजात्रामा उनले के लेखेका थिए त्यो पढ्न सौर्य दैनिकको यो लिङ्कमा क्लिक गर्नुस्।

यो बारे सो घटनाका प्रत्यक्षदर्शी सुरेशदर्पण पोखरेल यसो भन्छन्-

को हुन् सुरेशदर्पण ? उनैले लेखमा यस्तो लेखेका छन्-
उनीसितै आएका अपरिचित व्यक्ति रहेछन् सुरेशदर्पण पोखरेल । उनले आफूलाई चलचित्र निर्माता संघको कार्यबाहक महासचिवको हैसियतले आएको बताए । उनले भने, ‘हेर्नुस्, उस्तै हिरोइन् भएको भए, यो लेख पढेर आत्महत्या गरिसक्थे ।’

माथि उनको स्पष्टिकरण पढेपछि तपाईँलाई के लाग्छ, यो प्रकरणमा को दोषी छ ? आफ्नो प्रतिक्रिया तल कमेन्टमा लेख्नुहोला। कमेन्ट लेख्न नभ्याए तल मत दिनुहोला।

मेरो विचार यस्तो छ-

गाईजात्रा भन्दैमा जे पनि गर्न छुट हुन्न

गाईजात्रा अश्लीलता प्रदर्शन गर्ने पर्व हैन। तत्कालीन राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको मृत्युबाट शोकाकूल भएकी रानीलाई ‘मानिसहरु अन्यत्र पनि मरेका छन् र मर्छन्’ भनी उनलाई सान्त्वना दिन सर्वसाधारणका घरबाट गाईजात्रा निकाल्ने प्रचलन चलाएका हुन्। हँसाउने र विकृतिविरुद्ध व्यङ्ग्य गर्ने परम्परापछि यसमा जोडिएको हो। पञ्चायत कालमा पत्रपत्रिका तथा विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष बन्देज लगाएको अवस्थामा गाईजात्रामा एक दिन जे लेख्दा पनि छुट पाइन्थ्यो। बिस्तारै यो छुटको गलत फाइदा उठाउँदै अश्लील कुरा र कार्टुनहरु गाइजात्रे पत्रिकामा छापिन थाले। यो विकृति थियो, यसलाई सच्याउन तर्फ बेलैमा पाइला चालिएन र यस्तो अवस्था आयो। स्वतन्त्रतासँगै जिम्मेवारी पनि जोडिन्छ। गाईजात्रा भएकोले जे पनि छाप्न पाइन्छ भन्ने सोचलाई नै पहिले निर्मूल गर्नुपर्छ। कानुनै खोज्ने हो भने गाईजात्राको दिन यो यो छाप्न हुन्छ, यो यो छाप्न हुँदैन भन्ने केही पनि लिखित छैन। गाईजात्रा भन्दैमा कानुनले छुट दिँदैन। रेखा थापा प्रवृत्ति हैन, व्यक्तिप्रति लक्षित पेन्टीको भद्दा, अभद्र र अश्लील जोक गर्न गाईजात्रा भएकैले पाउनु पर्छ भन्नु महाकूतर्क हो।

रेखा थापाले कुट्नु गलत थियो। मन नपरेको कुरालाई कुटेर हैन प्रक्रिया अनुसार गएर असन्तुष्टि जाहेर गर्ने हो। तर रेखाले मात्र हैन मैले पनि कुटेको थिएँ है भनेर ‘गर्व’ को शैलिमा सार्वजनिक गर्नु अझ मुखै सुन्निने गरी पिटेर पठाउन सक्थेँ भनी शाब्दिक दादागिरी देखाउनु त झन् समग्र पत्रकारिता जगतले नै लाज मान्नुपर्ने कुरा हो।

यो पनि पढ्नुस्-
पत्रकार कुटिँदा किन पत्रकार दुःखी भएनन्?

77 comments to रेखाको चड्कन खानेको स्पष्टिकरण- मैले नि हानेँ, मुख सुनिन्ने गरी हान्न सक्थेँ, ‘अबला नारी’ भएकोले छाडिदिएँ

  • Keshab

    आँफुलाई महान देखाउन खोज्दै छ अझै यो बेबकुफ, येस्तैले हो पत्रकारिताको बेइजत गर्ने …..

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

  • Rudra Gautam

    When I read this article in Mysansar, I became curious to read the original article by this so called journalist, Chiranjibi Poudyal. After reading the original article and and his justification about the article, I became really surprised about WHAT THE HELL THIS MAN THINK ABOUT HIMSELF. How can he write such vulgar article and still try to make fun of it? This is just untolerable. Does not matter whether it is about rakha thapa or anyone else……….this silly bustard is mentally sick. Whatever is Rekha Thapa, it is her personal life and, no one has right to write such shameful article and make public. This silly sick c–t has given the excuse of GAIJATRA. Ok fair, if u sick c–t think you can imagine and write anything in GAIJATRA (you don’t not know the significance of gaijatra) why don’t you write such article about your sister and make public. Oh! god….probaby he would do even that…..coz he seems mentally quite sick. My suggestion go the Psychiatric for complete check-up. They will tell you whether you are Infectious to rome in our society. U Sick….

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • Pasang

    हो येस्ता चोर पत्रकारहरुले तेस्कै दिदि बहिनीहरुको नचाहिदो समाचार हरु प्रकासन गर्दै हिडछन्, छिमेकी देशले के गर्दैछन, सिमा मिचेको एस्तो समाचारहरु चै वास्ता छैन/ एस्तो पनि पत्रकार हो र !! एस्तो पत्रकार भनौदा हरुले सम्पूर्ण पत्रकारिता क्षेत्र नै बदनाम गरेको छ. थुइया गोरु !!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 6

  • basu

    रेखा को मात्र कुरा होइन तेस्मा अरु समान्न्य नारी भए को भए अरु कुरा हुने थियो !!! मलाई एक तह नारी लाई हात फर्काए भने को मन परेन अर्को कुरा एस लेख क लेखक ज्यु ? तपैलई मेरो प्रश्न तपाई को श्रीमती लाई अरु कुनै पत्रकार ले एस्तो लेख लेखेमा तपाई क गर्नुहुन्छ ??? तथापी अरु को मौलिक हक माथि तपाई किन हस्तछेप गर्नु हुन्छा? उनि नांगै हिडूनकि या कपदालागयर ??निस्पक्छ्ये पत्रकारिता गर्नुस न तपैलई कोषले रोके को छ ? यहाँ देश को छ चिन्ता तिमि अरु को कट्टु कट्टु भन्छौ? काम नपाएर अरु को श्रीमती को कुरा काट्दै बस्ने ?

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 4

  • रबिन्द्र न्यौपाने

    एकदम राम्रो लेख्नु भएको छ पत्रकार ज्यूले । हाम्रो देशको गन्य मान्य भनाउदाहरुको अगाडी सुष्मा कार्कीले नाँगो नाच देखाउदा केही नहुने ?? गाइजात्रामा सबै कुरा छुट हुन्छ भन्ने मान्यता राख्ने हो भने पत्रकार ज्यूले लेखेको मिनिस्कर्ट को कथा पनि एकदम राम्रो छ । पत्रकार ज्यूले लेखेको कुरालाए अश्लिल मान्नेहरुले गाइजात्राको बेलामा देखाइने नाँगो नाचलाइ के भन्छन् ?? कि यो त भजन हो वनेर बस्छन ??

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 18

  • kisaan Thapa

    रेखा ले पत्रकार बन्धु लाइ तबला मानिछन् भने पत्रकार ले चाहिं रेखा लाइ अबला ठानेछ /

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 3

  • Priyanka Gurung

    गल्ति कसको थियो भन्दा पनि हात कसले हाल्यो? संसारको इतिहासमा हेर्न हो भने पनि, हात जसले हाल्छ, उसको पहिलो गल्ति हुन्छ. एसको अर्थ पत्रकार चोखो छ भनेको पनि होइन तर हात कसै माथि हलिहल्नु चै गल्ति हो.

    हामी प्रताक्छा देख्न सक्छौ एस संसारमा, एक देशले अर्को देशलाई कति सम्म भन्छन भनेर!! त्योसो भए एक देशले अर्को देशलाई हमला गरि हाल्ने? एस्तो भएमा संसार कस्तो होला??

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 7

  • सबै त भन्दिन तर धेरै जसो पत्रकार हरु देश भादुवा नै छन् है

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 2

  • पत्रकार भन्दैमा मन परि लेख्ने , जता मल्खु उतै ढल्कु गर्ने हाम्रा पत्रकार मित्रहरुलाई रेखा जी जस्तै थुप्रै नारि हरु चण्डी , दुर्गा , काली भएर ठिक पर्नु पर्ला कि , पत्रकार हरुले निमुखा अबला पिडित हरुलाई दबौछा भन्ने प्रमाण त आन्ग्काजी शेर्पा जी को काण्डलाई हेरे पुग्छा है मित्र हरु …..

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 2

  • sonam

    यो पाखण्डी पत्रकारलाई बलको निकै घमण्ड रहे६…..मैले भेटे भने ३ महिना हस्पिटलमा सुत्नु पर्ने गरेर ठोक्छु यसलाई………

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 9

  • aditi

    मलाई पढ्ने बित्तिकै त रिष उठेको थियो त्यो पत्रकार प्रति अहिले त दया लाग्यो
    बिचरा मानसिक बिरामी रहिछ यस्तालाई दया गर्नु पर्छ साथी हो नत्र देश कै महा नाइका जस्तो कलाकारको सम्मान होइन सार्बजनिक ब्यिजत गर्न दुइ पैसे दिमाग खर्च गर्थ्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 7

  • susila

    जे जस्तो भएपनि हात हलाहल गरेर कहिले पनि समाधान हुने होइन . दुवै जना शिक्षित ब्येक्ति हो बुझ्नु पर्ने हो

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

    • शरद-क्षितिज पारीबाट

      १२ बर्ष देखि पत्रकारितामा रहेका पत्रकार र सायद त्यहि हाराहारीमा सिनेमा जगतमा रहेकी नायिका रेखा थापा दुबैले आ-आफ्नो अस्तित्व र दायित्व चिन्न नसकी आ-आफ्नो मुखमा फोहर छ्यापेर दंग परेको निर्लज्ज अनुहारको यथार्थ हो यो !

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • yam pun

    मन परेको लाउनु र मिठो लागेको खानु व्यक्तिगत अधिकार हो ! रेखा थापा लाई मिनी स्कर्ट लगाउदा सजिलो हुन्छ भने कुनै पनि पत्रकार महोदयले असजिलो मान्नु पर्दैन ! गाइजात्राको दिन भनेर गाइजात्रा लाइ नै “गाइजात्रा” बनाउनु भएन नि!
    पत्रकार जी ले एक चोटी युरोपको भ्रमण गरेर अर्को सालको गाईजात्रामा लेख लेख्दा राम्रो हुन्थ्यो कि ?????????????????????????????????????

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

  • LAXMAN

    रेखा को चड्कन भेटेपछि एसको त दिमाख नै खल्बलियाको जस्तो लग्यो… पत्रुकार जी अब तपाई को दिमाख लाई उपचार गर्न जरुरि छ/ यदि रेखा ले तपाई को देब्रे गलामा हानेको भए एकपटक रेखा लाई अनुरोद गरेर दाहिने गलामा हान्न लगाउनुस खल्बलियाको दिमाख ठेगान मा आउछ …

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 4

  • raja

    पौडेलकै प्रवृतीले एकदिन सबै पत्रकार समाजका नेता झैँ भन्नेछन् अनि हामी छी छी र दुर दुर गर्न थाल्नेछौँ ।। सम्हाल पत्रकारहरुले नै यो स्थीतीलाई

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

  • योगेश आदी, न्यूयोर्क

    नम्बर १ भनेर पगरी गुथेको नायिकाको यो तल्लो स्तरको चर्चा र हर्कत अनि बौद्धिक व्यक्तित्वको उपमा थाप्न पछी नपर्ने पत्रकार जस्तो व्यक्तिको निच क्रियाकलाप देख्दा घृणा लाग्यो !!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 10

  • Bimal Banjade

    रेखा लै दुइ चार झापड हानेको भए चाही हुन्थ्यो…अलि नाटक गर्छे त्यो फुच्ची

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 19

  • काउचा मगर

    लाग्छ दुवै जना त्यति राम्रा पात्र होइनन्…गाइजात्रा भन्दैमा “जे पायो त्यहि लेख्न पाइने,जे पायो त्यहि भन्न पाइने, जे पायो त्यो गर्न पाइने” बारेमा अब आउदो दिनमा सर्बोच्च अदालतले केहि आदेश जारी गर्नैपर्छ ….संबिधान त खोइ कहिले बन्छ कुन्नि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • Uday

    गाइजात्रा भनेर अब मैले चिरन्जीवी पत्रकारले आफ्नो महिला पत्रकार संग को कथा बनाएर लेखे भने के सौर्य पत्रिकाले छाप्छ त्यो article . क्यानम यो पत्रकारलाइ त मानहानिको मुद्धा हाल्नु पर्छ. ए बाबा छोटो लुगा लगाएपनि नांगै त हिडेको छैन नि. फेरी उनीहरुको personal life संग जोडेर तेस्तो लेख्नु त भएन नि. यो मुला पत्रकार. मैले रेखा थापा को support मा लेखेको त होइन तर यो किटे पत्रकार को कुरा कति तल्लो. Pornographic गाइजात्रा हो कि क्या हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 6

  • nawaraj

    ज जसले गाइजात्रामा एस्तो लेख लेख्नु सहि भनेका छन् तिनीहरुको आमा र दिदि बहिनीलाई पनि पात्र बनाएर येस्तई लेख लेख्नु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 10

    • sam

      पुरै गलत | नियम कानून हुनुपर्यो | अश्लिल सामग्री लेख्ने अनि प्रकाशन मा ल्याउने दुबैलाई उचित दण्डको व्यवस्था हुनुपर्यो |

      मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 2

  • Resham Thapa

    पत्रकारनै झुर लाग्यो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 6

  • durga basyal

    पौडेल ब्रो पत्रकार भए भन्दैमा जे पनि गर्न पाउछ र ? राम्रो काम गरेको भए तिम्रो सबैले साथ दिने थिए नि र अब बितिसकेको कुरालाई यो गर्न सक्ने थिए भनेर नाखोक्दा हुन्छ हिम्मत हुनेले बोल्दैन गरे र देखाऊछ र अर्को वर्ष पनि यो काम गर्यो भने तिम्रो दात जानसक्छ विचार गर ल ……….

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 5

  • rameshji

    रेखा थापा को मिनिस्किर्ट मा सबै भन्दा बढी उत्तेजित हुने मान्छे त यो पत्रकार पो रैछा, तेसैले दिन मा सपना देख्दै बस्दो रैछ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 2

  • यज्ञमूर्ति तिमिल्सिना

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 18 Thumb down 53

  • छि यो पत्रकार भन्ने चिरन्जिबी पौडेल , ठाडो भासमा भन्दा “तेरो यो लेख मलाई-सबैलाई घिन लाग्यो, अनि धेरैले पढ्यो भन्ने कुरा,
    कति सम्म गिरेर कल्पना गर्दो रहेछ भनेर हेरियो गल्ति भयो हामी बाट” |

    साउदी अरब

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 11

  • Nir jang Godar Thapa

    हो मान्नु पर्दछ! पौडेल महोदय लाई अझै रेखा थापालाई चडकायें भन्न समेत पछी नपर्ने पत्रुकार अझै १२ बर्षे पत्रकारिताको अनुभव बटुलेका ले अझै अर्को साल नयाँ अनुभव बटुल्ने चाहना राखी रहेछन रेखा जी नभुल्नु होला है , अर्को सालको गाई जात्रामा साथै आउदो यमपन्चक को दोश्रो दिन पुजा गर्न नभुल्नु होला अचुत जी ले भने जस्तै ! के भन्नु खोइ मलाई पौडेल महोदयको फेसबुक मा नारायणहिटी संग्रालयको छाना मे बसेको फोटो ले झन् मित्रको बहादुरीको प्रसंशा नगरी रहन सकिन धन्य हो पत्रकार महोदय निक्कै शक्ति हुदो रैछ पत्रकारिता मा ……………….

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 8

  • Suman

    पत्रकार जी को लेख अलि नै बढी भएको जस्तो लाग्यो ! गाईजात्र भनेर जस्तो पनि लेख्न छुट हुदैन | पत्रकार मित्रले आफ्नो लेखमा गोप्य कुरा देखिएको भनेर लेख्नुले सायद उनीहरु बीचको पहिलाको रिसिबीको बदला लिन सुनियोजित तरिकाले लेखेको लेख जस्तो लाग्छ | गाईजात्रा लाई सभ्य तरिकाले व्यंग्य गर्ने चाडको रुपमा बिकाश गरौ, अस्लिल र बदला लिने पर्बको रुपमा बिकाश नगरौ |

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी

    यस बिषयलाई लिएर आएका कमेन्टहरु र बहसमा त मलाई झट्ट एउटा गित को याद आयो मित्रहरु “यहाँ त पिउने मा पिलाउनेको झन् बदनामी भो/”
    रेखाले चाही आफ्ना चलचित्रहरुमा घर परिवार संगै बसेर हेर्नै लाज लाग्ने गरि कहिँ कहिँ सुट दिएर अभिनय गर्न हुने एउटा पत्रकारले उसको अभिनयको कल्पनामा कथा पस्कन नहुने?
    फेरी त्यो कथामा पात्रको नाम र पेशा मिल्यो भन्दैमा त्यो त्यहि फिल्मकी इनै रेखा थापा नै हुन् त? यत्रो कथा बस्तुमा आधारित चलचित्रमा अभिनय गर्ने कलाकारले पनि त आफ्नो आचार संहिता को पालना गर्नुपर्ने होइन र? त्यसो हो भने अब जनता श्रोता दर्सक हरुले कसैको जीवनसंग मेल खाने खालको अभिनयको क्लिप्स काटेर यो मेरो जीवनसंग सम्बन्धित कथा/व्यथा/दृश्य/अंश/भाग किन राखिस् भन्दै नेपाली कलाकारहरुको गालामा चड्कन मार्दै हिडे भैगो नि/ नत्र रेखा आफैले आफ्नो लाज ढाक्न नसक्ने बजारमा रेखाको अनेक चुट्किला बन्ने बिचरो चिरन्जिवीले एक पेज एक अंकमा लेख्दैमा उनको सारा बेइज्जती हुने ? यो भन्दा हाँसोलाग्दो अरु के नै हुन्छ र?
    फेरी मैले यहाँ पत्रकारको पक्षमा लेखेको भने पक्कै होइन किनभने ऊ पनि रक्सि बेच्न बसेकै हो अनि रक्सि पनि रेखाले पिएकै हो त्यसैले त “यहाँ पिउनेमा पिलाउनेको झन् बदनामी भो/”

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 26

  • Basanta

    जब पत्रकार पत्तुरकार बन्छ तब यस्तै हुन्छ . गाइजात्र भन्दैमा अरुको नाम मा मनलाग्दी गर्नत पाइदैन नि .. जब आफुलाई वा आफन्तलाई पर्छ तब मात्र यस्तो कुरा को अर्थ बुझिन्छ झन् पत्रिकाको सम्पादक भएर यस्तो काम गर्न त एक्दमनै सुहेना

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 15

  • dhan gurung

    गाइजात्रा भनेको त रमाइलो गर्ने र व्यंग्य गर्ने चाड पो हो त, न कि भद्दा जोक बनाएर कसैको अपमान गर्ने. मैले पनि पढे त्यो लेख दिएको लिंक बाट तर मलाई त खासै की रमाइलो लागेन बरु घिन लग्यो. पत्रकार भनौदो अल्पत्राकर हरु बढी भएसी येस्तई हो. लाटो देसमा गाड़ो तन्नेरी भने जस्तै जसको सक्ति उसको भक्ति गर्न त पाईयेननि. भत्केको देसको बिग्रेको पत्रकारको अर्को एउटा उदाहरण !

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 10

  • Rajaram

    “I slapped her with my LEFT hand…” it is ones natural instinct to use the hand they he normally uses to defend from or respond to a threat. If this person is thruthfully narrating the event then it is very likely he is a leaft handed fellow. I am an investigator by profession, I am just thinking out loud.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 11

  • Bharat

    पैला पढेर लागेको थियो रेखा खत्तम रहिछ|
    तर अहिले पत्रकारको मन्तब्य पढेर लाग्यो, दुवै खत्तम रहेछ|
    माओवादीको भौतिक कारवाही भन्ने शब्द सुन्दै रिस उठ्छ|
    तर यी दुवैलाई भौतिक कारवाही नपुगेको|

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 3

  • तीर्थ

    यस्ता कुपत्रकारलाई सार्बजनिक अपराधको मुद्दा लाउनु पर्थ्यो रेखा थापाले र अझ बढी कुटपिट गर्नु पर्थ्यो, जब यसको छोरी-बेटीलाई पनि अरुले कल्पनाको खबरलाई समाचार बनाई लेक्छ, अनि थाहा पाउछ यो पाखण्डी पत्रकारले

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 67 Thumb down 45

  • chandramagar (Africa ,Seychelles)

    भाई पत्रकार; जे गर्योऊ सो भयो अब रेखा थापाको जिबनिमा पी एच डी गर्नु लाग्यो भने तिमि पछाडी रेखा अगाडी हुन्छिन त्यसकारण यो खेल छोड्नुमा भलाई छ भन्ने मलाई लाग्छा बरु राम्रो मान्छे को कथा लेख जसले मुटु छोस यदि तिमि राम्रो साहित्य पढेको छौ भने यो सोध प्रतिसोध को कुरा फेरी नगर्नुस ल भाई लै मेरो सल्लाह /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 68 Thumb down 9

  • रेखा !!!!!!!! जिन्दगि फिल्म मा जस्तो बनाउछु भनेर हिड्ने यौटा ओवर स्मार्ट केटि हो तेस्ता संग यौटा पत्रकारिता गरेर हिड्ने मान्छे टक्कर लिन खोज्ने को सहि होला सामान्य मान्छे ले पनि छुट्टाउनु पर्ने कुरा हो , कस्तो ठाउमा हात हाल्ने विचार गर्नु है पत्रकार जी अरु थप्पड पनि पर्लान !!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 17

  • Bardan

    थुक्क पानीमरुवा भाते! आफ्नै देशको चेली बेटी बारे अभद्र कुरा पनि लेख्ने अनि कति फुर्तिले चड्कन फर्काए पनि भन्ने? अलि कति त लाज सरम लाग्नु पर्ने नि! कुजात नामर्द!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 83 Thumb down 33

  • Gocool

    यो लेख पढ्दा सायद लेखकको रेखा थापासंग पहिले देखि नै व्यक्तिगत दुस्मनी थियो किस जस्तो लग्यो! यस लेखमा धेरै नै अस्लिल शब्दहरु प्रयोग गरिएका छन्! जुन एक पत्रकारले पत्रकारिताको मर्यादा बिपरित जानु नहुने हो!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 10

  • Ram prasad

    यी पत्रकार हैनन् पत्रुकार हुन्. आहिले पनि नारी लाई अबला ठान्ने लाई के भन्नु र खै ? रेखाले थप्पड हान्न लाएक नै छन् ति पत्रुकार .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 68 Thumb down 19

  • Ujjwal

    को सहि , को दोषी भनेर धेरै गार्हो प्रश्न गर्नुभो, दुवै उही ड्यांगका मुलाहरु हुन् |
    उनको लेखमा “मान्छेको जस्तो औकात हुन्छ, त्यस्तै व्यवहार देखाउँछ ” भनेर लेख्या रैचन |
    रेखा थापाले एक झापड लगाईन , तिमि ले पनि एक झापड लगायौ , तिमि र रेखा थापा बीच के फरक रह्यो? तिमि जौ , उनि कोदो कसरि भईन ? कोहि भन्दा कोहि कम छैन | दुवै उस्तै हौ तिमीहरु

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 7

  • Jenish

    Two words – this man is ‘uncivilised’ and ‘uneducated’. Does writing porn article make you journalist? I think you’re in the wrong profession, go and write a book about your imaginary sex life.

    I am surprised he is still employed, shows you the quality of newspapers these days.

    Jenish

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 8

  • tulasi wosti

    पत्रकारको नाम मा कलङ्क रहेछ यो चोर पत्रकार, लेख्ने नै भय आफ्नै दिदि, बहिनि र आमा काकी हरुको बारेमा लेखोस न एस्तो कुरा हरु, अनि उसले लेखेको लेख, उसको बुढी र दिदि बहिनि लै पनि पढ़न दियोस न त …………..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 58 Thumb down 17

  • गगने

    यो ब्लगमा इस्यु बनेर आयपछी पढियो के लेखेको रहेछ भनेर, नत्र यसकुरा प्रती चासो त थियन!
    जब पढे अनि त मलाइ भन्ने कर लाग्यो रेखाले चड्काइछिन् गालामा!
    मा त भन्छु,
    राम्रै गरेछ रेखाले, अझै अर्को गालामा पनि द्या भय हुने थियो!
    अझै घुरबा संग भन्दैछ अर्को साल पनि लेख्छु भनेर!
    गाइजात्रा भन्दैमा यो चिरन्जिबी भन्ने पत्रुकार लाइ अर्काको निजि अनि पारिबारिक जिबनको उछित्तो काडेर भद्दा मजाक बन्नेगरी चरित्र हत्या गर्नेगरी लेख्ने अनुमति कसले दियो, नेपाल पत्रकार संघ ले? कि उक्त हिरोइन वा उसको पतिले?
    त्यो हिरोइनको पति गयर हान्नुपर्ने अझै हातले होइन लातले!
    त्यो के भान्छा नि ‘लातको भुत बातले मान्दैन भनेर,
    हाहाहा! आफ्नै अफिसमा आयर आफ्नै गालामा दाग बस्ने गरि चड्काउने नारीलाई अबलारे!
    जनै पुर्णे होस् या फौ पुर्णे, गाइ जात्रा होस् या घोडे जात्रा यसरि निंच तरिकाले अर्को कसैको (चाहे त्यो आफ्नो ब्याबसायिक जीवनमा बेश्यानै किन नहोस) चरित्र हत्या गर्ने गरि यस्तो भद्दा र छुद्र लेखा लेख्ने र अझै तेस्मा घमण्ड गर्ने घटिया मान्छेहरुलाई हामीले पत्रकार भनेर भन्नु परेको छ! घृणा लाग्छ!
    कि यति लेखेपछि एउटा सानो प्राथिपूर्ण स्पस्टिकरण दिदै ‘घटना र प्रसङ्ग बस कुनै कसैसंग मेल खाना गयामा क्षमाप्राथी छौ यो लेख्नुको आशय कसैको चरित्र हत्यागारने नभई सिर्फ बिशुद्द मनोरंजन हेतु हो’ भन्ने लेखेको भय हुने वा पात्रको नाम अलिकति बंग्यायर सिधा नजोडिने किसिमको गरेको भय हुने, पतिपत्नीलाई नै सिधै यस्तो छुद्र र अश्लिल अनि चरित्र हत्या गर्ने तरिकाले लेख्नु र कार्य गर्नु सिधा अनैतिक र असामाजिक मान्नुपर्छ!
    यो लेख यति निंच छ तेतिनै यो पत्रकार भनाउदो ले दियको स्पस्टिकरण पनि दरिद्र र पाखण्डपूर्ण छ!
    अझै रेखालाई मैले पनि देब्रे हातले गालामा हानिदिया मुखै भात्कैदिना सक्ने थिय, भनेर घमण्ड पो गर्दो रैछ!
    थुक्क घटिया पाजी!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 68 Thumb down 18

    • Jenish

      Gagan ji,

      You spoke on the behalf of most of my sansar readers. I couldn’t agree more. I am very surprised that there are still some looser (thumb down) who still think it’s right to write this kind of disgusting article in the name of Gai Jatra. I don’t have anything to write against, but I feel sorry for these people. God help them!!!

      Jenish

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 11

  • देवेन्द्र शर्मा BPKIHS, Dharan

    नेपाल क पत्रकार लै अनुसासन अनि अलि बौद्धिक तबर ले प्रस्तुत हुन् आबस्यक छ. बस्ताब मा कुरा रेखा को भन्दा नि येस्मा प्रोयोग भएको पत्रकार को मानसिकता हो…. मेरो विचार मा रेखा प्रति त्यो पत्रकार क्रेजी भएर प्रस्फुटन भएका कुरा हरु हुन् …….. यो एउटा Disaster Mind को संकेत हो….. रेखा पनि आफु लै अलि नारी कै रुप मा प्रस्तुत हुन् आबस्यक छ ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 5

  • Ek Labya

    MY PAIN MAY BE THE REASON FOR SOME BODY’S LAUGH.
    BUT MY LAUGH MUST NEVER BE THE REASON
    FOR SOME BODY’S PAIN.
    ————————
    By Charlie Chaplin:

    YOUR BELIEFS OF TAKING ADVANTAGE FROM GAI JATRA FESTIVAL DON’T MAKE YOU A GREAT JOURNALIST. AND,
    THE BAD NEWS ALWAYS HIT THE HEADLINE DOES NOT MEAN THAT IT IS NECESSARILY GOOD NEWS.
    ————–
    EK LABYA

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 3

  • kusum

    अर्काको निजि जीवनलाई गाइजात्रा नठान्नुस पत्रकार हो कि लात्रकार महोदय!!!! जे गरिन रेखाले ठिक गरिन.अर्को साल कोर्रा खानुहोला साबधान!!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 81 Thumb down 25

  • Sara

    चड्कन खाएर यो पत्रकारलाई अलि कति पनि हिनता बोध भय्र्को रैनाछा झन् उर्जा पाएजस्तो छ अर्को साल पनि लेख्छु भन्दै छ त ! एसले कोर्राको अलिबढी उर्जा खोजेको होला र पो …..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 64 Thumb down 22

  • म रेखाको पक्षमा या विपक्षमा बोल्दिन | तर पत्रकारकै भनाइले भने प्रतिक्रिया लेख्न बाध्य बनायो |
    “म व्यक्तिगत रूपमा कत्ति पनि विश्वस्त छैन, यो सामग्री गाईजात्राको दिनसमेत छाप्न नहुने गरी अश्लील थियो भन्नेमा” भन्ने पत्रकारको गाइजात्रा सम्बन्धि मानसिकता बुझ्न गाह्रो परेन | कस्तो संकुचित मानसिकता रहेछ |
    अर्को कुरा: यही लेख यो पत्रकारले अन्य कुनै पनि पत्रिकामा पठाएको भए छापिंदैन्थ्यो पक्कै पनि | यो त आफ्नो हात, जगन्नाथ गरेकोले निकृष्ट लेख प्रकाशन हुन पाएको हो | पत्रकारजीले बुझ्नु पर्ने हो |
    धेरैले पढे भन्नुको के मतलब हो ? कतिले पुरा पढे र मन पराए भन्ने पो महत्वूर्ण हो | धेरैले मन पराएको भए पत्रकारले यही लेख एक एक पटक आफ्नो आमा, दिदि बहिनिलाइ पढ्न दिने हिम्मत गरोस त |
    नारी पुरुष सरह समान हो भनेर बिगुल फुक्नु पर्ने पत्रकारले नारीलाई “अबला”को संज्ञा दिनु अर्को संकुचित मानसिकताको उदाहरण हो |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 126 Thumb down 15

  • Rajeev

    Rekha Thapa should file a case againist this journalist. What a crap guy. He doen’t know how to behave with a person. He should be fired from his job. Shameless guy ! Rekha should give one more slap to this guy !

    मन परे हरियो नपरे रातो ! Thumb up 43 Thumb down 14

  • Raaz

    नपुन्सक रहेछ यो पत्रकार भनौदो , “देब्रे हातले उनको दायाँ गालामा चड्काएँ” कसरि एसले सोचेयो होला कि यो एसको महान कार्य हो भने र , यो त् एउटा निच , कुसंस्किर्तिक , पतित कार्य हो यो एउटा नारी माथि हात उठायो , नारी कसरि अबला हुन्छे जसले तिमि जस्तो पत्रकार भनौदो सम्म लै नि जन्म दिन सक्छ …..

    यहाँ अबला तिमि भा ए को छौ पत्रकार भनौदो महासय , अझ लेखे लेखेर आफ्नो नपुंसकता को प्रदर्सन गर्छौ….तिमि मा अलिकति पनि पुरुसर्थ बाकी छ भने? सक्छौ भने ? त्यो विधा मा आफ्नो कलम चलाउ जसले देसको हित गर्ने छ , मनुस्य जति को हित गर्ने छ, …न कि गाइजात्रा वा कुनै बहाना मा कसैको चरित्त्र हत्या गरेर झापट खउ

    मन परे हरियो नपरे रातो ! Thumb up 50 Thumb down 11

  • यस्ता वाइयात कुरामा के दिमाग दुखाउनु….रेखा र पत्रकार दुइटै एकै ड्यांगका मुला हुन् । रेखाको पनि फिल्मी क्षेत्रमा केनै इज्जत बाकी छ र ? १२ वर्षे पत्रकारको लेख पनि पढ़िहालियो । अश्लिल, श्लिल्को कुरै के छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 12

    • Aakar Bhushan Nepali

      रेखालाई किन र के को दोष ? उसको आफ्नो जीवन हो जसरि मन लाग्छ त्यसरी बिताउछन्| दोष त यो आफुलाई सबै भन्दा बढी जान्ने सुन्ने भनि स्वयम् घोषणा गर्ने यस्ता केहि पत्रकारहरुको हो जो अरुको सफलतामा जलेर भष्म हुन खोज्छ |
      अरे गाईजात्रा नै भए पनि civility त हुन्छ नि अलिकति !

      मन परे हरियो नपरे रातो ! Thumb up 45 Thumb down 12

  • Madan Dawadi (Belgium)

    होईन त्यो लेखमा कँहा के अश्लिल छ र? सबैकुरालाई indirect शब्द प्रयोग गरिइको छ। direct पढ्ननै नमिल्ने अश्लिल शब्द त के छ र? फेरि पनि रेखा थापाको केशमा पत्रकारहरु अलि पानिमरुवानै हुन्छन।नत्र भुवन केसी लाइ शताब्दिदेखि च्रतित भनेको बेलामा पत्राकारहरु हाँस्दा रेखाले हाँस्ने पत्राकारलाई बाहिर जान भन्दा सबै निर्य भयर भित्रै बसेका थिय।

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 9

  • Shyam Shrestha

    यहाँ दुबैजनाको समान गक्ति देख्छु म त .. रेखा थापाले गरेको कुनै घटना, प्रसंगलाई आधार बनाएर त्यो व्यंग्य गरिएको भए जायज हुनेथियो तर पत्रकार महाशय अलि बढी नै कल्पनाशील परेछन हुदै नभा’को सत्य, तथ्य संग कुनै सम्बन्ध नभाको लामो, भद्दा मजाक गर्नु भएछ जसले गर्दा उनले आक्रमण को सामना गर्नु पर्यो .. हाम्रो देशमा गाइजात्राको प्रमुख निशाना प्राय नेताहरु बन्ने गरेका छन जुन कुरा जायज पनि छ किनकि यिनीहरुको कारण नै देश दिन प्रतिदिन भ्रस्ट, गरिब र लाचार भै सक्यो.. तर कलाकारलाई पनि त्यो स्तरमा राख्नु त राम्रो हैननि कलाकारले आफ्नो मेहनत, कलाकारिताको पसिना खाने हो उस्तै परे देशको नाम पनि राख्छन,,, नेताहरुले जस्तो कलाकार ले जनताको रगत, पसिना चुस्ने काम गर्दैनन् ,.. कलाकारको सम्मान गर्न बिर्सेछन जसले गर्दा चड्कन भेटे .. र उक्त घटना बाहिर नल्याउने सहमति भएपछी पनि रेखा थापाले त्यो घटनालाई बाहिर ल्याई छाडे जसले उनको बौद्धिकता तल्लो स्तरको रहेछ भन्ने कुरा प्रमाणित गर्छ ..समग्रमा भन्नु पर्दा दुबैजना तेस्रो श्रेणी ‘सी’ ग्रेड क परेछन …

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 10

  • Kamal

    थुक्क पत्रकार जस्तो पढे लेखेको गरिमया पेशामा लागेको मान्छे रे, अलिकती पनि हिनता छैन? गाइजात्रा भन्दैमा तल्लो स्तरको पत्रकारिता! एसलाई त मानहानी मुद्दा लगाउनु पर्नी बल्ल ठीक हुन्छ।
    सौर्या दैनिकलाई c grade पत्रिकाको दर्जा दिनु पर्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 10

  • अनुराधा पौडेल पेरिसबाट

    अबला नारी रे वाह !! जो चोर उसैको ठूलो स्वर !! अझपनि कमजोरै देख्छ रेखा थापालाई ।

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 15

  • keshab

    मरो औटा प्रस्न छ पत्रकार जु लाई तपैले कुन पत्रकार को धर्म र कानुन माथि टेकेर यस्ता व्यक्तिगत जिबनमा आसर गर्ने लेख लेखु भयो ?? के तपैका नजरमा महिला हरु सधै आबाला मात्रै हुन्छन ???

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 8

  • के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी

    बास्तबमा गाइजात्रा अस्लिल पनि होइन र भद्दा पनि होइन / गाइजात्रा त एउटा विसंगति र बिकृतिका बिरुद्ध खुला रुपमा पेस हुने पर्व बनेको छ/ र यसले यक हदसम्म भएपनि रेखाको मन छोएछ. नत्र त्यो कथा संग जोडिएर रेखा थापा किन सिधै सौर्य दैनिकको कार्यालयमा दौदिनुपर्थ्यो र? बास्तबमा त्यो कथा रेखा को जीवनसंग मेल खाएर नै उनि यति आगो भइन्.त्यसैले चिरंजिबिको लेखमा त्यति अस्लिलता र उछृंखलता पनि भेटिदैन त्यो त सिल्सिकेवर नाटक जस्तो पो छ त /
    जे होस् रेखालाई साच्चिकै आफ्नो चाल ढाल हाम्रो समाजमा पच्य रहेनाछ भनेर नै अन्तरात्माले स्वीकारेको अवस्था त हो अब यो गाइजात्रा पछी उनको प्रस्तुती र व्यवहार मा कत्तिको परिबर्तन आउँछ त्यो भने हेर्न बाँकी नै छ?
    कि कसो मित्रहरु????

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 46 Thumb down 36

  • pramod

    गाइजात्राको नाममा अरुको व्यक्तिगत कुरामाथि ब्यङ्ग गरेर रमाइलो मान्ने हाम्रो मानसिकता नै यस्ता घटना को कारक तत्वो हो / गाईजात्रामा गरिने ब्यङ्ग अचेल त व्यक्तिगत आक्छेप बडी ब्यङ्ग कम छ जस्तो लाग्छ / हास्य कलाकार देखि पत्रकार सम्म सबैलाई लागु हुने आचार संहिता बनाउन जरुरि छ जस्तो लाग्छ/ गाईजात्रामा अरुलाई जे भन्न नि छुट हुन्छ भन्ने मानसिकता नै गलत हो जस्तो लाग्छ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 60 Thumb down 9

  • rakchyaka

    यो पत्रकार आफ्नो दिदि बैनी को बारेमा किन लेख्दैन…यो चोर पत्रकार सारै मात्तेको छ आजकल
    …साले

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 9

  • शिव

    लेख अलि बढ़ी नै छ .
    धरै ले पढे भनेर मात्रै राम्रो हुँदैन . वास्तबमा नपढी के थाहा राम्रो के नराम्रो के . मैले पनि पढे तर मलाई अति अस्लिल लग्यो . अदालत मा मुद्धा हाले देखि फंस्छा साथी .

    facebook मा धरै share गर्नु मात्रै पनि राम्रो को लिमिट होइन . मान्छे लै नराम्रो share गर्ने आदत धरै छ .
    चेतना भया .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 70 Thumb down 13

  • त्यसरी लेख छाप्नु मेरो विचार मा राम्रो होइन , यसलाई त थप्पड मात्रै होइन कोर्रा हान्नु पर्छ | छाप्न पाई भन्दैमा जे पायो त्यहि छाप्नु राम्रो होइन, १२ बर्ष देखि पत्रकारिता गर्दै आयको मान्छे भयर नि केहि थाहा नभयको असभ्य मान्छे जस्तै लेख छाप्नु राम्रो होइन , कसैले तिम्रो श्रीमती , दिदि , बहिनि , छोरी को यस्तो लेख छाप्छ भने तिमि लाई ठिक लाग्छ ? यस्तै २ ,४ जना पत्रकार ले गर्दा इमान्दार पत्रकार हरु को नाम बदनाम भैरहेको छ
    , धिक्कार छ १२ बर्ष देखिको तेरो पत्रकारिता लाई , अबला नारी सोचेर संयम बने भन्ने मुर्खले अबला नारीको किन इज्जत गर्न जानेन ,
    अर्को चोटी को गाइजात्र मा रेखा को होइन तेरो श्रीमतीको जाइजात्रे लेख छाप पाषा राम्रो यसैमा होला नत्र ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 74 Thumb down 17

  • dipak shrestha

    समाज प्रति को दायित्व भन्दा बेक्तिगत बिषयलाई धेरै प्राथमिकता दिने काम पत्रकार बाट हुनाले थप्पड प्रकरणले अर्को सनसनी मचायो | पत्रकारिता को नाममा एस्तो karya हुनु दुखद कुरा हो |

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 10

  • Ramesh k c

    नेपाली पत्रकार हरु २/४ जना बाहेक सबै कुहिएका आलु हुन् , उनीहरु आफुनै सर्बेस्वोर्बो हु भन्ने सोच्दछन, उनीहरुले जे गरेपनि ठिक हुन्छ भन्ने ठान्छन र आफ्नो मर्यादालाई ख्याल नगरी जे पनि लेख्ने गर्दछन चिरन्जीवी पौडेल त एक उदाहरण मात्र हुन् उनलाई दोष दिनु भन्दा पनि सम्पूर्ण पत्रकारहरुको आचरण सुधार्नु पर्ने देखिन्छा नेपाल मा ..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 11

  • यो पत्रकार भन्ने जन्तु नै रैछ ! पत्रकार वायो भन्दैमा जे मन लग्यो तेही लेखना लग्यो वने यसले झापड मात्रै होइन अरु बढी के के पो भेट्छ , नेपालि पत्रकारिता बद्नाम भएको यस्तै पत्रुकर जन्तु ले गर्दा नै हो ! कुनै पार्टी को खल्ती वा उद्योग पतिको खल्ती बाट बनेको पत्रकार हरु चिन्नु सक्नु पर्छ पत्रकार महासघ ले !

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 16

  • xyz

    What a stupid journalist is this? I think he needs more lessons on how to behave.

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 10

  • Sisir

    रेखा चाही कुन सलिल हुन् र ??
    मलाई त रेखाको इस्टर(C grade दचिन भारतीय भद्दा हेरोनी जस्ती) हेर्दा त्यो लेख केहि नौलो लागेन ,सधै झैँ रेखाको Publicity stunt जस्तो लग्योबरु ..
    घर, मोबाइल र इन्टरनेटमा दैनिक लुकी लुकी XXX , पोर्न हेर्ने, अनि यो अस्लिल त्यो अस्लिल भन्ने पाखण्डी हुन् …
    रेखा जस्ती घमण्डीले त्यो चड्कनबाट केहि पाठ चाही पक्कै सिकिन होला / येही घमण्डले गर्दा होला नेपाली फिल्मका अदिकाम्स नायक र पुराना कलाकारहरु संग रेखाको बोल चाल नै छैन रे…

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 77 Thumb down 80

    • nisha

      रेखा थापा चाहे जो सुकै जस्ती सुकै हुन् , अनि गाईजात्रा, गोरुजात्रा जे सुकै होस् … कुनै पनि पत्रकारले कसैकापनि व्यक्तिगत कुरामा त्यहि हद सम्म लेख्न नपाउनु पर्ने हो . हाँस्य-व्यंग्य नै लेख्नु पर्दा उनको कलाकारिता माथि लेखेको भए हुन्थ्यो, कलाकारिता माथि को व्यंग्य एउटी कलाकारप्रति हुन्थ्यो कोहि व्यक्ति माथि होइन … मैले यो लेख अनलाइन खबर म पढ्दा खेरिनै मलाई दिक्क लागेको थियो, हाम्रा पत्रकार साथीहरुको अत्यन्त निम्न स्तर देखेर .. अझ यो स्पस्टिकरणमा बारम्बार “अबला नारी” भनेर अत्यन्त प्रतिभाशाली पत्रकार महोदयले भन्न खोज्नु भएको के ?

      मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 20

  • Atma Ram Thapaliya

    बारम्बार ‘अबला नारी’-‘अबला नारी’ भनेको सुन्दा गिदी पनि रनक्क तातेर आयो । भन्न खोजेको के ? महिला दोस्रो दर्जाको मान्छे अनी तिमी चाँही पुरुष तेसैले उत्तम दर्जाको ? अर्को गाईजात्रामा तिम्री आमा र तिम्री दिदी-बहिनी सँगको तिम्रो सम्बन्ध अनी तिम्री श्रीमतीको कुनै पनि पुरुषसँगको सम्बन्धबारे कन्त-बिजोग हुने गरी कल्पना गरियो भने तिमी स्विकार्न तयार छौ ? तिमी जस्तै एकाद मान्छेहरु (पत्रकार होइन) को कारणले पत्रकारहरु समेत ‘अबला पत्रकार ’ भनेर नछाडिन सक्छन । Mr. चिरन्जीवी पौडेल ! You are a Macho. We can´t accept Machoism as a journalism !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 84 Thumb down 21

  • Sansar Shrestha

    यो तलको पंक्ति १२ बर्ष काम गरेको पत्रकार जी ले लेखेको रे के मतलब हो यसको ?

    “” नेपाली समाजमा समाचार र अफवाहबीचको दूरी अत्यन्त छोटो छ । समाचारहरू अफवाहमा परिणत हुन वा अफवाहहरू समाचार बन्न सजिलै सक्छन् यहाँ । अफवाहबाट समाचार छुट्याउनु भनेको चामलबाट सेता ढुंगा निकाल्नुभन्दा कठिन हुन्छ । त्यो दु:ख यहाँका धेरै मिडियाकर्मीले गर्दैनन् । “”

    हेर्नुस त् बज्जियाले तेस्तो लेख्ने मान्छे ले रेखाको बारेमा कुन सत्य लेख लेख्यो यसले ? निच स्तर को लेख छापेर कसैको व्यक्तिगत जिबन गाइजात्रे पत्रिकामा मजाकको पात्र बनायर पस्किन मिल्छ ? आफै झुठ लेख्ने र बोल्ने अनि मैले नि थप्पड हाने रे, बज्जिया त् अर्को साल पनि छाप्छु रे. १२ बर्ष भयो रे, हेर गति केहि सिप नलागेर एस्तो कुकृति तिर लागेको ? अब एसले एक थप्पड हैन ठुलै चाही झाप्पद पो खोजे जस्तो छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 53 Thumb down 17

  • Dinesh

    मलाई त लाग्यो यो पत्रकार भन्ने मान्छे मानसिक रोगि छ, जस भित्र निक्कै धेरै यौन कुण्ठा ब्याप्त छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 105 Thumb down 25

  • म पनि पत्रकारिता क्षेत्रको अध्यनमा लागेको करिब १२ वर्ष भैसक्यो, खै कहिल्यै त्यस्तो आचारसंहिता कतै पढेको छैन! कतै मेरो बुझाईमा कमि भएको त हैन! वास्तवमा पत्रकारितालाई व्यापारको माध्यम बनाउने दुई-चार जनाको कुसोंचले देश उधोगतिमा झरिरहेछ! आधुनिक विश्वका धेरै विकसित देशहरु असल र मर्यादित पत्रकारिताले धेरै अगाडी छन्! यी १२ वर्षे पत्रकारलाई चाहिँ श्लील र अश्लिलको फरक समेत थाहा छैन! अझै लेख्छन रे अर्को साल, अब चाहिँ धेरै जनाको झाप्पड खाने दाउमा छन् जस्तो छ! उमेश जी, आचारसंहिताको पुस्तक एउटा किनेर दिने कि पौडेल महाशयलाई!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 117 Thumb down 21

  • ‘रेखा थापा’ मलाई मन नपर्ने मान्छे मध्ये कि हुन् तर पनि ‘गाइजात्रे लेख’ पढ्दा नै यो ‘पत्रुकार’ गनाई सकेको थियो अझ ‘यो’ लेखेर त ‘ढल’ मै झर्यो…. ” त्यतिबेला आफू १२ वर्षदेखि संलग्न रहेको क्रियाशील रहेको पेसाप्रति नै हीनताबोध भएर आउँछ ।” हेर्नुस त यो हरफ .१२ वर्ष मा नि नचेत्ने लाई यहाँ ‘यमपन्चक’ को दोस्रो दिन पुजा गर्छन/धर्य गर ‘पत्रुकार’ जी येस्पाली रेखा ले पुजा गर्ने भईन तिम्लाई…….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 106 Thumb down 16

  • पुष्प

    रेखाको गाला चड्काएँ रे ! बेइज्जतीको बदला पनि कल्पनामै रेखालाई चड्काएका होलान् । चड्कन अझै पुगेको रहेनछ ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 143 Thumb down 38

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker