1. I wish I’d had the courage to live a life true to myself, not the life others expected of me.
यो धेरैले महसूस गर्ने विषय रहेछ। मृत्युअगाडि मानिसहरुले आफ्नो इच्छा, सपनाहरुलाई फर्केर हेर्दा रहेछन्। अनि कति पूरा भयो कति भएन मूल्याङ्कन गर्न थाल्दा रहेछन्। धेरैले त आधा सपना पनि पूरा भएको नपाउँदा रहेछन्। कारण ? आफैले गरेका वा नगरेका निर्णय। स्वास्थ्य ठीक हुँदासम्म त के वास्ता र! जब स्वास्थ्य बिग्रन थाल्छ, तब धेरै ढिला भइसकेको हुन्छ।
यो बिन्दूमा आएर मैले फर्केर हेर्ने हो भने म पनि यही अनुभव गर्छु। मैले मेरो लागि यो जीवन जिएको छैन। मेरा पनि धेरै इच्छा, आकांक्षाहरु पछि पूरा गरौँला नि भनेर थाती राख्ने गरेको छु।
2. I wish I didn’t work so hard.
बोन्नीले हेरविचार गरेका प्रत्येक पुरुष बिरामीले यस्तो भन्दा रहेछन्। उनीहरुले आफ्ना बच्चाहरुको हुर्काइ बढाइ र आफ्नी पत्नीसँग बिताउने समयलाई मिस गर्दा रहेछन्। कति महिला बिरामीहरुले पनि यसो भन्दै पछुतो मान्दा रहेछन्। तर धेरै महिला पुरानो पुस्ताको भएकोले उनीहरु अहिलेको पुस्ताको जस्तो कमाउन काम गर्नुपर्ने थिएनन्। तर सबै पुरुषले भने मर्नुअघि यति धेरै काममा व्यस्त भएकोमा पछुतो मान्दा रहेछन्।
अहो, म पनि त्यस्तै त छु। ब्लग र जागिर भन्दै व्यस्त भएर मैले पनि आफ्नो परिवारलाई कहाँ समय दिएको छु र! यति व्यस्त भएर मैले पाउन खोजेको चाहिँ के? अब उनीहरु जस्तै मर्नुअगाडि पछुतो मान्ने ?
3. I wish I’d had the courage to express my feelings.
धेरै मानिस विवाद किन गर्ने भनेर आफ्नो भावनालाई दबाउने गर्छन्। परिणामस्वरुप सम्झौताको जीवन बाँच्छन्, कतिलाई त त्यही कारणले रोग लाग्छ। हामी अरुको प्रतिक्रियालाई नियन्त्रण गर्न सक्दैनौँ। इमान्दारीपूर्वक कुरा राख्दा सुरुमा मानिसहरुले फरक किसिमले व्यवहार गरे पनि पछि सम्बन्ध नयाँ र स्वस्थ उचाइमा पुग्छ। अथवा त्यो अस्वस्थ सम्बन्धबाट मुक्ति मिल्छ। जुनै कुरा भए पनि जित तपाईँ कै हुन्छ।
यो कुरामा चाहिँ मृत्युअघि म पछुतो मान्दिनँ होला। यो समस्या मैले भोग्नु परेको छैन।
4. I wish I had stayed in touch with my friends.
धेरैले मर्नु केही हप्ताअघिसम्म आफ्ना पुराना साथीहरुको महत्त्व थाहा पाउँदा रहेनछन्। धेरै आफ्नो दैनिक जीवनमा यति व्यस्त हुँदा रहेछन् कि पुरानो मित्रताको लागि केही समय नै बाँकी नहुने रहेछ। साथीहरुलाई महत्त्व नदिएकोमा मर्नुअघि धेरैले पछुतो मान्दा रहेछन्।
अहो, यस्तो पछुतो त म पनि गर्छु होला। साथीहरुका लागि म पनि कहाँ समय निकाल्छु र!
5. I wish that I had let myself be happier.
मृत्युशैय्यामा पुगेपछि अरुले के सोच्दा रहेछन् भन्ने मनमा नहुने रहेछ। अनि मैले आफूलाई धेरै खुशी र सुखी बनाउन सक्थेँ भन्ने महसूस गर्दा रहेछन्। आफ्नो खुशी नै मुख्य छनौट हुनुपर्छ भन्ने सत्य मर्नुअघिसम्म धेरैलाई थाहा नहुने रहेछ।
हो त, मेरो पनि स्थिति त्यही हुने हो कि।
यो उनीहरुका लागि पछुतोको कुरा थियो तर हाम्रो लागि राम्रो पाठ हुनसक्छ। सकेसम्म मर्नुअगाडि केही कुरामा पछुतो मान्न नपरोस्, अब म त्यसतर्फ ध्यान दिने प्रयास गर्नेछु। तपाईँलाई माथिका पाँच मध्ये कुन-कुन अवस्था आफूसँग मिल्ने लाग्यो ? कति राजनीतिक कुरा मात्रै गर्ने, आउनुस् आज आफ्नै विषयमा पनि केही कुरा गरौँ।
[ब्रोन्नीले यही अनुभवमा आधारित The Top Five Regrets of the Dying - A Life Transformed by the Dearly Departing नामको पुस्तक लेखेकी छिन्। मैले किताब पढेको छैन। माथिको ब्लग उनको ब्लगमा राखिएको अनुभवबाट साभार गरिएको हो]






आफु नमरी शोर्ग देख्नु पाईदैन भन्ने उखन सबै साथिहरुलाई अवगद होला येस लेखको कमेन्ट जुनै हिसाब लेखे ता पनि मर्ने बेलामा पस्यताप र पछुतो बिनाको मृतु यस लोक मा छैन … मेरो विचारमा मृतु अघि पछुतो सबैलाई हुन सक्छ
मन परे हरियो नपरे रातो !
0
0
जिन्दगी को अन्तिम छेन मा मानिस हरु रुने कारण मद्ये एउटा कारण चाही धर्म पनि एक हो / अन्तिम छेन मा उ आफु खात मा सुति रहेको हुन्छा अनि उसको नातेदार हरु रुइ रहेर कोहि पुरोहित लै दान दिई रहेको हुन्छा किन कि मर्ने मान्छे राम्रो संग पार होस् भनेर तर मर्ने मान्छे ले एउटा कुरा तेती खेर थाहा पाउछ कि उसले जिन्दगि भरि उसले आफैलाई चिनेन , आत्मा ज्ञान थाहा पाएन र अन्तिम छेन मा पार हुने बिधि थाहा पाएन जसले गर्दा उ आफु त पार भएन भएन उसको नातेदार हरु पनि नहुने भो भनेर रुइ रहेको हुन्छा तेसैले हामी ले सकेसम्म आत्मा ज्ञानी गुरु को सरन मा गएर त्यो गुह्य कुरा लै थाहा पाऊ र आफ्नो जीवन को कल्याण गरौ ताकी अन्तिम छेन मा हामी ले त्यो परम शक्ति लै चिनेर उनी परम पिता परमात्मा को सरन मा जुन शान्ति संग . किन कि गीता मा भनेकै छ नि ” अन्त मता सो गता ” आफ्नो स्वास को अन्तिम छेन मा जसले जो सम्झिन्छ उ मृत्यु पछि तेही हुन्छा तेसैले सचा सद्गुरु को सरन मा हामी ले बेलै मा जानु पर्छ र आफुलाई चिन्ने त्यो परम सत्य ज्ञान लिनु पर्छ जसले हामी लै जन्म र मृत्यु को यो संसारिक चक्र को खेल बाट सदा को लागि पार गरि दिनु हुन्छा जसलाई बुध्ह धर्म ले निर्वाण प्राप्ति भन्यो र हिन्दु धर्म ले संसारिक चक्र को मुक्ति ” हामी ले धर्म लै जहिले पनि सार मा बुझेनौ तेसैले हामी ढोंगी भयौ , धर्म को बास्तविक अर्थ त उही समय को तत्व दर्शी गुरु को सरन मा गएपछि प्राप्त गर्ने छौ . जय श्री सत्चितानन्द .
मन परे हरियो नपरे रातो !
2
0
जीवनको उत्तर्धामा अनगिन्ति ख्वैशारू पुरा त हुन्नन् नै किनकि चाहनाहरु पुराहुने कुरै होइनन त्यसैले जे जस्तो छ सुखी र खुशी भएर रमाउनु सक्नु पर्छ ” आशा आशा नै हो हुनसक्छ निराशा , जीवन जिउनलै हो पुरा हुन्न पिपाषा “………./
मन परे हरियो नपरे रातो !
4
0
साचैनै उपरोक्त कुराहरुलाई मैले जीवन निर्देशन पाठको रुपमा लिएको छु | सकेसम्म यी कुराहरुलाई आत्मसाथ गरेर मर्नुअघि कुनै पश्चताप नहुने प्रयास गर्ने छु |
मन परे हरियो नपरे रातो !
4
0
परिवार, साथी भाई र आफ्नो व्यक्तिगत खुसीको निम्ति समय दिन पाइएन भनेर पछुताउने लाइ सबैबाट टाढा बसेर, दैनिक जिबनमा ब्यस्त भएर तिनै परिवार र आफन्त लाइ सम्पन्न बनाउन सकें, छोरा छोरी लाइ राम्रो शिक्षा दिन सके भन्ने खुसि पनि त होला नि । जिम्मेबार मानिसले आफ्नो जिम्मेबारी पुरा गर्नको निम्ति कत्ति कुरामा सहमति र सम्झौता गर्नै पर्ने हुन्छ । अपवाद का बाध्यता बाहेक प्राय सबै निर्णय मानिसले आफ्नै बिबेकले गर्छ । केहि पाउन केहि गुमाउनु पर्छ भन्ने मान्यता पनि राख्छ भने फेरी अन्तिम मा पछुतो किन?? सन्तोष मन नै सबै भन्दा ठुलो कुरा हो । सबैले सबै चाहना पुरा गर्न कदापी सक्दैन । हाम्रो जिबन हत्केला हो भने चाहना भनेको सागर हो । हत्केलामा सागर अट्दैन त्यसरी नै जिन्दगीमा सबै चाहना पुरा हुदैन । नया सालमा साथी संग भोज खाने मान्छे ले श्रीमती संग नया सालको पहिलो खाना खान छुटाएको हुन्छ । जत्ति जे छ त्यो नै हाम्रो हो । उपलब्धि बिहिन परिश्रम गर्नु र परिवारलाई रुवाएर आफु पनि एक्लो बस्नु मुर्खता हो । यस्ता मुर्ख लाइ न सुरुमा न अन्तिम मा कहिले पछुतो हुदैन । मानिसले आफैले गरेको निर्णय ले र आफैले समातेको बाटोले उसको भविष्य निर्धारण गर्छ । अतः जे पाएँ यो नै मेरो हो र जत्ति पाए यत्ति नै मेरो हो भन्ने एक किसिमको सन्तोष मनमा मान्नुहोस, कुनै कुराको पछुतो हुने छैन ।
मन परे हरियो नपरे रातो !
6
0
यी सबै कुराहरु यस्ता कुराहरु हुन् जुन बिकसित रास्ट्रका मानिसहरुलाई लागु होला तर हामी गरिब देसका मानिसहरुलाई केहि हधसम्म मात्र ठिक हो . बास्तवमा यस्ता शास्ताव कुराहरु समाजमा रहेका विसंगति र राजनीतिमा रहेको महेल पखाल्न को लागि जोड्न सकिने प्रसङ्ग हुन् . आज पनि अधिकाम्स जनासमुदायेहरु निम्न तलबमा बाचिरहेका छन् . दिनभरी मेहनत नगरी उनीहरुको बाच्ने आधार छैन . साएद १० प्रतिसत नेपालीहरु होलान त्यस्तो सुखी र उच्छस्थरिय जिबंसैयामा रमाएका , उनीहरुलाई यो कुराको अबगत होश कि उनीहरु पनि गरिबजस्तै लम्पसार पर्ने छन् . मृत्यु सबैको साथी हो. त्यसैले बेलैमा पाप, र अत्याचारको निर्मुल गर्नु हरेक नागरिकको कर्तब्य हो . असल देशको शासक्देखी लिएर असल कामदार अथवा समाजसेवी अथवा एउटा बुडी आमाको लागि असल छोरो , बुहारी जोकोही हुनु यो पापबाट बाहिरिनुको विकल्प हुनसक्छ . आफुसंग पैसा हुदा मात्र चन्द्र दाहिने हुने हुन् . तर स्वास्थ्य सबैको अजम्बरी होइन . यो पानि धमिलियेजस्तई हो . कुनै पनि बेला क होला कसलाई के थाहा . धर्म गर्ने लै न त धर्मसालामा मुर्ति को नै पुञ्ज गर्नु पर्छ न त हरेक पल भगमन को नाम लिनु नै पर्छ . यो त असल कर्म र आत्मासन्तुस्टिबाट प्राप्त हुने हो . झैझगडा रिश्राग, मै खाउ मै लगाउ भन्ने प्रभुत्वबाट बाहिरिनुहोस कुनै कुराको पछुतो हुने छैन मृत्युसैय्यामा तपाइहरुलाइ . धन्यबाध . जय नेपाल .
मन परे हरियो नपरे रातो !
2
0
सार्है चित्त बुझ्दो र मनन योग्य लेखको लागि उमेशजीलाई धेरै धेरै धन्यवाद|
मन परे हरियो नपरे रातो !
1
0
मृत्यु पछिको जीवनबारे अज्ञानीमा त भ्रम छंदैछ, तर ज्ञानीहरुले सुद्व आफ्नो परलोक सुधार्न लाखबत्ती बालेको देखेर म तिन छक्क पर्दछु| मलाइ प्याच्च नास्तिक भन्न नहतारिउँ|कुरो आस्तिक र नास्तीकको नभएर मृत्यु पछिको अमुर्त जीवनबारे फेसबुकमा मैले राखेको धारणालाई म यहाँ राख्दैछु| शरीर खोल हो र आत्म गुदी हो भन्ने कुरो यहाँ केहि साथीहरुले राख्नुभएको छ |
“मैले पहिलो जन्ममा तपाईंको यति ऋण खाएको थिएँ, लौ लिनुहोस्” भनेर अहिलेसम्म कोही फर्काउनु आएको छैन| अर्कोतर्फ आत्मा मर्दैन अरे ! आत्मा त abstract हो| मानिस जिवित अवस्थामा छंदा उसका इन्द्रेयिहरुको चलखेलबाट निस्कने अनुभुती नै आत्मा हो। उस्का हृदयभित्र प्रष्फुटित हुने ज्वारभाटा, संवेदना,उतार चढाव नै आत्मा हो, इन्द्रियहरुको अन्तर्कृयाबाट निस्कने समष्टी नै आत्मा हो। जब इन्द्रियहरुको मृत्यु हुन्छ, आत्मा आफसेआफ नामेट हुन्छ। हामी दाल, भात,तरकारी, अचारलाई समष्टिमा “खाना” भन्छौँ, तर यि चिजलाई अलग अलग छुट्ट्यायौ भने “खाना” को अस्तित्व हराउंछ। शरिरको अंगहरुको क्रियाकलापबाट उपज हुने आत्मा शरीरसंगै नाश हुन्छ। तर म मरेपनि मेरो आत्मा मर्दैन, त्यो मलाई थाहा छ्, मैले अहिले नै देखिरहेको छु- मेरी छोरीको मुहारमा, उसको बानी-ब्यहोरामा, उसले बोकेका मानवीय संवेदनाहरुमा, गुण र दोषहरुमा। यस असार संसारलाई मैले एकदिन चटक्कै छोडनु पर्छ, मेरो भौतिक शरीर हुंदैन, तर मेरो आत्मा छोरीभित्र बाँचिरहेकै हुन्छ,,श्वास लिईरहेको हुन्छ, नयाँ नयाँ अनुभुती बटुलिरहेको हुन्छ। शायद पुनर्जन्म यसैलाई भनिएको हो कि?
मन परे हरियो नपरे रातो !
16
2
जीवन जिउने क्रममा मानिसबाट जानी नजानी असल खराब दुवै कर्म हुन्छन| आदर्शवादी जिन्दगी बाँच्न कठिन छ, तथापि खराबै मात्र कर्म गर्ने नियति हुनुहुन्न| असल काम मात्र गरेर जिउन नसकिने होइन, जति पनि जिउन सकिन्छ| जीवन यस्तरी जिउनु पर्छ कि बुढेसकालमा जब शारीरिक रुपले अशक्त भएर कुनामा राल सिंगान चुहाएर बस्नुपर्दा पश्चाताप र ग्लानि गरेर जिउनु नपरोस, आफुले जिएको कृतिम जिन्दगीलाइ सम्झेर आफैलाई धिकार्नु नपरोस| “जिन्दगी भर मैले कालोलाइ कालै र सेतोलाई सेतै भने” भनेर जिन्दगीका अन्तिम क्षणहरु गौरवान्तित भएर जिउनु नै सार्थक जीवनी हो|
मन परे हरियो नपरे रातो !
9
2
मर्नु भन्दा पनि एस्तो माथिका कुराहरु बिदेसमा बस्ने मान्छेहरुलाई राम्ररी थाह हुने रैछ आफ्ना परिवार , साथी, इस्ट मित्रहरुसंग तदिएर बस्न पर्दा नै आफुलाई थाहा हुने रैछ कि आफ्ना ति बितेकपल्हारुलाई कसरि missuse बहेको थ्यो बह्नेरा तेसैले मा त आफ्नी देसमा फर्कनासाथ यो सबै feelingharulai आत्मसाथ गरेर समाए सदुपयोग गर्नेछु……………………
मन परे हरियो नपरे रातो !
12
0
म त सही समयमा सहि निर्णय लिन नसकेर पछुताएको छु | हरेकको एउटा न एउटा समय आउँछ भन्छन मेरो पनि आएको थियो तर मैले त्यो मौका लाई चिन्न सकिन | त्यो मेरो जिबनको सबैभन्दा ठुलो भुल भयो | अहिले पनि सम्झिदा सारै नरमाइलो लाग्छ | तर के गर्ने समयले कोल्टे फेरिसक्यो बगेको खोला फर्केर आउदैन अब पछुताउनु बाहेक अरु केहि छैन |
मन परे हरियो नपरे रातो !
11
3
मर्नु भन्दा पनि एस्तो माथिका कुराहरु बिदेसमा बस्ने मान्छेहरुलाई राम्ररी थाह हुने रैछ आफ्ना परिवार , साथी, इस्ट मित्रहरुसंग तदिएर बस्न पर्दा नै आफुलाई थाहा हुने रैछ कि आफ्ना ति बितेकपल्हारुलाई कसरि missuse बहेको थ्यो बह्नेरा तेसैले मा त आफ्नी देसमा फर्कनासाथ यो सबै feelingharulai आत्मसाथ गरेर समाए सदुपयोग गर्नेछु……………………
मन परे हरियो नपरे रातो !
24
0
“आखिरी रहेछ श्री कृष्ण एकै ” महाकबि लक्ष्मी प्रसाद को अन्तिम अवस्था (मर्ने बेला) को अन्तिम बाक्यंस हो यो ! बास्तबमा प्राणी मर्दैन, प्राणको खोल सरिर छोड्ने मात्र हो ! जिबन यति गहिरो छ कि त्येसको सतह छ छैन भन्नै गार्हो छ ! माथिका पाँच बुंदाहरु भौतिक बाद मा समाहित छन् ! भौतिक बाद नशियर जाने चिज हो ! हाम्रा नेता गणहरु यहि भौतिक बाद मा रमाउदै बिलिन हुँदै गय ! उनीहरको जिबन कसरि evolve हुनेहो त्यो त उनीहरुको कर्म काण्ड बाटै निर्धारित हुने हो !
मन परे हरियो नपरे रातो !
16
2
यो लेख को कृतार्थ छु म |
जीवन मरन सत्य हो |
भागवत गीता को कुनै पनि पन्तीलाइ दोह्रेर जति पटक पडेनी पटकै पिछे एक पछि अर्को बिचार आउछ | यो धर्मको बारेमा मात्र होइन |यो त् आफ्नो बाचुन्जेल र मर्ने र मरेर गए पछि कस कसले के के भन्छ होला ???सबैलाई सम्झनुस !!सबलाई राम्रो गरेको छ???? सब महसुस हुन्छ| अहिले सम्म मैले के गरे ?
आफैमा प्रस्न उठ्छ |अब के गर्ने ?आफैमा असल सोभाब बन्न सक्छ || यसको लागि :- फचेबूकमा जानुस bhagvat geeta ताइप गर्नुस| कसैलाई दुख नदिएर आफै अगाडी बदन कतिको मज्जा ??एक चोटी मात्र चाख्नुस !बस !!!!
मन परे हरियो नपरे रातो !
10
1
स्व.गिरिजाले पनि त मर्ने बेलामा केहि सम्झे होलान नि त्यस्तै स्व.भटराइले अनि पछी प्रचण्ड बाबुरामहरुले पनि सम्झेलान ! यो ब्लग चैँ एकपल्ट प्रचण्ड र तिनका हनुमानहरुका साथै देशलाई बन्धक र जनतालाई अँध्यारोमा राख्ने सबै नेताहरुले एकपल्ट पढी दिए यो ब्लग बाट पाठ सिकेर जनतालाई सुखी बनाउथेकि !
मन परे हरियो नपरे रातो !
34
3
सालोक्य जी,
तपाइलाई धेरै धेरै धन्यवाद / हामीले मर्नेबेलामा पछुताउनु पर्ने कुरालाई अहिलेनै सम्झाई दिनुभएकोमा / अब म पनि त्यति बेला पछुताउनु पर्ने कुरालाई आहिलेदेखी नै पुरा गर्न थाल्छु /
मन परे हरियो नपरे रातो !
35
0
Salokya ji, for me, if i continue to live as i do now, i would feel all the regrets that Ms Bronni found. Thanks for helping us remind ourselves what are the most important things in our lives.
मन परे हरियो नपरे रातो !
4
2
मेरो पनि हालत उही हो सालोक्य दाई, मलाई बोंनी को फर्स्ट पोइन्ट ले निक्कै दुखायो , मैले मेरो आफनै लाइफ जिएकै रहेनछु, जिउने कोसिस गर्ने छु अनि सेकेन्ड पोइन्ट ले पनि आखा खोलिदिएको छ i wish i did not work so hard र चार नम्बर बुदा ले मेरो भावना बुझिदिएको जस्तो लाग्यो
मन परे हरियो नपरे रातो !
7
1
माइ संसार मा नेता लाइ गालि गर्ने ,पार्टी लाइ गालि गर्ने गर्दा गर्दा थकाइ लागिसक्यो |
उनीहरुलाई केहि फरक पर्ने हैन ,सैतान को नाउ लियो भने झन् बलियो हुन्छन पो भनिन्छ त् |तैपनि तेस्ता समाचार को महत्त्व अति नै छ तर साथै
येस्ता आधात्मिक चिन्तन ,जिबन,दर्सन ,त्यागि समाज सेबी हरुको जिबन गाथा ल्याएर माइ संसार ले हामीलाई नौलो रंग बेला बेलामा थाल मा हालिदिनु पर्यो |
अचार को काम गर्छ |
कहिले काइ क्विज,पजल पनि लयूनुस |कहिले चुटकिला |कहिले फोटो |
मन परे हरियो नपरे रातो !
8
1
मलाइ यी ५ वोटा बुदामा कुनैले मर्ने बेलामा पछुतो लाग्ने छैन- यी सबै मेरो लागी परको कुरो हो- यी बुदामा नभएको अर्कै बुदाको कुराले भने मलाइ सधै , मरेर जाने बेला सम्म सताउने छ- जुन कुरो – म अली अगाडी नै जन्मेछु क़ी के हो , कीन अहीले जस्तो त्यो समयमा लब, सब, गर्ने साधन, अनी मोबाइलहरु नभएको होला -
मन परे हरियो नपरे रातो !
8
1
सालोक्यजी को जाने बेला आईसकेको हो र ?
माई संसारको अभिभारा कसले लिने हो नि अब ?
मन परे हरियो नपरे रातो !
4
25
हो त …जन्मेपछी मर्नु पर्छ नै ….मर्नुभन्दा अगाडी पछुतो भनेको बोन्नीको जस्तै….. हामी पनि पैसा-पैसा,परिवार र छोराछोरीको भविष्य भन्दै जति समय परिवार बाट टाढा रहेर जिउनुपरेको हुन्छ …चाहेको पुरा भएपनि / नभएपनि त्यतिबेला सम्म धेरै ढिलो भैसकेको हुन्छ ….”पछुतो न.२”
मन परे हरियो नपरे रातो !
12
1
घर छोडेर हिड्दा जुङाको रेखी मात्र बसेको थियो। सानो सपनाको पोको बोकेर राजधानी छिरेको म आजकल सपनाको आकार ठुलो भएर हो की के हो, मुग्लानमा हराएको पनि १० बर्ष भन्दा धेरै पो हुन लागेछ। घर परिवार, साथी भाई , पख पखेरा , देउराली भञ्ज्याङ मेरो लागि त सागरमाथा जस्तै कठिन भएछ।
एउटा रोटीको लागी सबै अनमोल खुशी बन्धकी राखेछु जस्तो लागि रहेको छ ।
माथिको ५ बुदाहरु ले मैले यो बीचमा के गुमाए भन्ने कुरा याद् दिलायो
मान् छुने लेखको अनुवाद राखी दिनु भएकोमा धन्यबाद लेखक लाई!
मन परे हरियो नपरे रातो !
36
0
साँच्चै नै मेरो इजरायलमा ४ वर्षे कामको अनुभव ठ्याक्कै यो लेख सँग मिल्दो जुल्दो लाग्यो । ४ वर्षमा मेरा दुइ जना इजरायली इम्प्लोयरहरूको मृत्यु भइ सकेको छ जसलार्इ मैले स्याहार सुसारको काममा सहयोग गर्थे । हाल म तेस्रो इम्प्लोयरकोमा कार्यरत छु ।
उनीहरू मर्ने बेलामा केही महिना अघिबाट ती दुवै जनाको पछुतो उस्तै थियो, पहिलो कुरा उनीहरू आमालाइ सम्झिदै रूँदै गरेका हुन्थे, आमाको नाम लिदै आमाको लागि केही गर्न नसकेको बताउँदै पछुतो गर्दथे,
त्यस्तै अर्को उनीहरू जन्मेको ठाउँ जान चाहिरहेका हुन्थे, आफ्नो जन्मभूमीलाइ केही गर्न नसकेकोमा उनीहरूको एकदमै ठूलो पछुतो थियो जसले उनीहरूलाइ पिरोलीरहेको थियो । यो यैाटा वास्तविक घटनाको कुरो हो जुन मेरा आँखा अगाडि घटेका हुन ।
त्यसैले मर्ने बेलामा पछुतो गर्नु भन्दा बाँच्दा खेरी नै जन्मभूमी र जन्मदाताहरूको लागि लागि केही गर्न उत्तम होला, पछुताउनु परे पनि कम पछुताउनु पर्ला……
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
102
3
पक्कै पनि हरेक मान्छे आंफुले अंतरमन देखिनै चाहेको कुरो पुरा हुन नसकेकोमा पछुतो मान्ला / चाहेको कुरा नपाएकोमा असंतुस्टी र पाएकोमा संतुस्टीको अनुभव गर्नु मानव गुण नै हो / हरेक मान्छे जीवनमा आनंद चाहन्छ / आनंद नै मुक्ति हो / अत मान्छेले जीवनमा आनंद प्राप्त गर्न नसकेकोमा पछुतो मान्नु पर्ने हो / हैन र?
मन परे हरियो नपरे रातो !
9
3
मृत्यु त् जीवन
यथार्तमा भन्ने हो भने शरीर निस्क्रिय हुनु नै मृत्यु होईन; जन्मेको यो शरीर यक दिन त् निस्क्रिय हुन्छ नै/ शरीरको मृत्युले व्यक्तिको मात्रै अन्त हुन्छ तर कसैको ब्यक्तित्वोको अन्त हुँदैन/ ब्यक्तित्वोको परिचय कर्मले दिन्छ पद पहिरन र नाम उपनामले दिंदैन/ सम्झनु पर्ने ब्यक्तित्वो र उदाहरनिय कर्मले जीवनलाई अमरत्वो प्रदान गर्छ/ सम्झनु नपर्ने जीवन बाच्नुलाई जीवन भन्न सकिंदैन/
व्यक्तिले आफु साँच्चैको जीवन्त ब्यक्तित्वो हो बा बारम्बार मर्दै बाँच्दै गरेको हो भन्ने कुरा उ आफैले गरेको कर्म ठिक थियो बा थियन भनेर सोचे मात्र पनि अनुभूति भैहाल्छ/ आफैले आफुलाई दुर्जन भयको महसुस गर्नु पर्ने अबस्था आउनु र आर्यघाटमा आफ्नो अन्तिम स्वास लिंदै गरेको व्यक्तिले महसुस गर्ने असहायपनको अबस्था भन्दा फरक हुँदैन/
दुस्कर्म गर्दै गर्ने महाशक्तिसाली व्यक्तिहरु पनि यक दिन त् आफ्नो अन्त होस् भनेर कामना गर्ने व्यक्तिको प्रतिकार गर्न नसक्ने अबस्था भोग्ने पर्ने हुन्छ/ तव तेस्तो व्यक्तिले साँच्चैको यमराज देख्न थाल्दछ/ हिजो सम्म आफुलाई “सलाम साप” भन्ने कै हात बात आफुलाई हत्कडी लगाईन्दा कसैले आफुलाई बाचेको महसुस गर्न सक्दैन/ यो कुरालाई लियर सोच्नुस त् गोबिन्दे-गुप्ते आदि हातमा हत्कडी लगायर जेल तिर घिचारिन्दै गरेको देखेर सुनेर तेस्तै गति आफुले पनि भोग्नु पर्ने अबस्था निर पुगेको “खुमे” ले अर्को स्वास पनि कति तर्सिंदै लिंदै गरेको होला/ अर्को स्वास पनि तर्सिंदै लिनु पर्ने खुमेको जस्तै जीवनलाई जीवन्त मान्न सकिन्छ?
तर यसको बिपरित राम्रो कर्म गर्ने व्यक्ति जस्तै गंगालालहरु रानाको गोलि खाँदै गर्दा पनि आफुलाई अझै जीवन्त भयको गौरव महसुस गरेको कुरा आफु माथि गोलि हान्ने तिर उन्मुख भयर “तेरो बाउलाई खुट्टामा होईन छातीमा गोलि हान” भने बात प्रमाणित हुन्छ/
“कर्म” ले गर्दा कोहि मरेर पनि बाँच्छ त् कोहि स्वास लिंदै पनि मर्दै गरेको हुन्छ/ पछुताउनु नपर्ने र आफैलाई संतुस्ति दिने कर्मले आफुलाई जिबन्त भयको महसुस गराउँछ/ तर आफैले बा अरु कसैले पनि कसैले गर्दै आयको कर्म अन्त होस् भनेर चाहनु पर्ने अबस्था आउँछ भने तेस्को कर्म गर्ने व्यक्ति मृत्यु तर्फ उन्मुख भयको हुन्छ/ भन्नुको अर्थ सत्कर्मि अमरत्वोको ज्योति नजिक नजिक हुँदै जान्छ भने दुस्कर्मिले अर्को स्वास पनि याचना पुर्वक लिनु पर्ने हुन्छ/ यस्तो जीवन जिउनेलाई बाँचेको उ आफैले भन्न सक्दैन/
जीवन र जीवन्तता अनि मृत्यु को परिचय ब्यक्तित्वो ले दिन्छ त् त् मित्रहरु सोचौं र सोधौं आफै सिट आफ्नो ब्यक्तित्वो र आफुले गरेको कर्म सत्कर्म हो बा होईन भनेर/ सन्तुस्ट हुन् सक्ने बातावरणमा बाच्दैछौँ भने हामि स्वर्गमा छौं नभय नर्कमा/ असन्तुस्ट भयर पछुताउन्दै बाच्नु पर्ने जीवन नै बास्तविक मृत्यु हो/
नसोध, सोध्नै पर्दैन कसै सिट आफु बाँचेको छ बा मरेको
आवरण, नाम-उपनामले दियको परिचय सत्य होला नहोला
आफ्नै मनले चिनायको परिचय नै बास्तविक परिचय हुन्छ
आफैले आफ्नो परिचय अन्यथा पाउनु मृत्यु उन्मुख हुनु हो
हिजो माननीय मन्त्रि आज कैदी भनेर चिनिनु “मर्नु” नै हो
मन परे हरियो नपरे रातो !
19
5
मदन जी
अभिलासा राखेर जिबन जिउनु कसरि बुद्द्वात्त्व हुन्छ ?सासरिक यस ,भौतिक पदार्थ मा आशक्ति देखाउने हो भने त् तेही अनुसार ओली ,बाबुराम भैहालिंछ नि धेरै तल ओर्ह्लिने हो गुप्ता ,गोबिन्द्व ,खुम , दिपक मनांगे ,मिलन चक्रे भैयेला |
सब पदार्थ को बोध हुनु ,दुख र सुख मा सम्यक आचरण हुनु ,नाम ,यस अपयस, घृणा ,मोह
सबै भन्दा पर रहेर न मानिस ले बुद्द्वात्त्व प्राप्त गर्ने हो नि |
मदन जी ज्ञान ले तापाई ,हामीलाई यहि बसेर मंगल ग्रह देखाई दिन्छ , क्युरोसिती को पिक्चर पर्खन पर्दैन |
बुद्द्वात्त्व को धेरै चरण हुन्छ ,म तपाइको भनाइ सग यो मानेमा सहमत छु कि तपाइले भन्नु भएको बाटो बुद्द कहा पुर्याउने हो |
जब तपाइँ स्वयम् बुद्द हुनुहुन्छ ,तेस्पछी तपाइको भित्रि आखा खुल्छ ,बाहिर जड हुनुहुन्छ |
सम्जनुस बुद्दलाई आएर गालि गर्यो ,के के भन्यो ,उसले कुनै प्र्क़तिक्रिया देखायो ?
मन परे हरियो नपरे रातो !
10
0
प्रतिक्रिया लेख भन्दा छोटो भएकै राम्रो..!!
मन परे हरियो नपरे रातो !
31
5
बुद्दत्त्व सुद्दत्त्व भनेर धेरै ज्ञान गुनका कुरा गर्नु सजिलो छ तर सत्ता मा बसेर राज्य कोष को महमा पौड़ी खेल्न पाउदा समेत चोखो निस्किनु कति गार्हो हुदो रहेछ भन्ने कुरो यता आएर उच्च तह का नेता हरु धमा धम भ्रष्टाचारी ठहर हुदा हामी लाई थाहा हुदै छ , अब भन्नु होला आज सम्म के सबै जना भ्रष्टाचारी ठहर भएका छन त ?
अब आफ्नो ओर पर भएका ४६ पछिका राज्य कोष मा पहुच हुने नेता हरू लाई हेर्नुस त, के तिनीहरु लाइ तपाईको अंतर्मनले चोखो देख्छ त ?
मन परे हरियो नपरे रातो !
1
0
तेही त प्रतिक्रिया लेख्न येत्रो मेहनत गर्ने हरुले अझै थोरै मेहनत गरेर एउटा लेख नै लेखेको भए समय पनि सदुपयोग हुन्थ्यो कि, कृपया!!!!
मन परे हरियो नपरे रातो !
2
0
यो लेख ले मलाई पनि केहि लेखना मन लग्यो ……आफु जवान रहिन्ज्यल …..आफुले गरेको नराम्रो कुरा हरुई प्रति वास्ता हुदैन मान्छे लाइ तर जब उमेर ढल्किदै जान्छ उसले आफुलाई एक्लो महसूस गर्दै जान्छ ………….अनि एकान्त मा बसेर पहिलाका नराम्रा कुरा हरु जो आफु;ले गरेको थियो सोच्न थाल्छ ……उसलाई पचुतौ पनि हुन्छ तर तेत्ति बेलामा उसको कुरा सुन्ने मान्छे पनि कोहि हुदैन …….अनि भगवान संग माफी मग्न थाल्छ ,मैले एस्तो गरे उसो गरे मलाई माफ गरीदीनु भनेर …….अनि जब मृत्यु सैयामा पुगेको हुन्छ ,उसलाई आफु ले गर्न नपाएको र भन्न नमिलेको कुरा हरु भन्न थाल्छ .त्यो बेलामा ढीलो भैसकेको हुन्छ ……मैले भन्न खोजेको कुरा केहो भने ,मान्छे बाट गल्ति त भैहाल्छ, तर आफुले गरेको गल्ति तूरुन्तै स्वीकार गर्यो भने ……मान्छे को जिवों सफल हुन्छ .मर्ने बेलामा यो गर्न पाएन र त्यो गर्न पाएन भन्नु नै पर्दैन……..
मन परे हरियो नपरे रातो !
23
1
सायद सबैले यस्तै सोचेको भए ,अझै पनि हामि ढुंगे युगमै हुन्थियौ होला …मेरो स्वास्नी,मेरो छोरो/छोरी,कामगर्दा दुक्ख, विलाशी जीवन ,मात्र सोचेको भए आजको यो बिकाश सम्भब थिएन होला …त्यसैले आदरणीय माई संसार प्रेमी पाठकहरु यी सब अल्छीले गर्ने मात्र कुरा हो, जीवन मा केहि पाउन केहि गुमाउन सिकौ …दुवै हातमा लड्डु कैलेई सम्भब छैन..
मन परे हरियो नपरे रातो !
13
3
मानिसले एकदिन आफु पनि मर्नु पर्छ भन्ने सोच्यौ भने भ्रष्टाचार, बिकृति, विसंगति र भिबेद सबै कुरा हटेर जानेछ .
मन परे हरियो नपरे रातो !
16
1
पाँचै बूँदा अहिलेका अधिकांशको समस्या हो; चाहे ऊ हुनेखाने वर्ग होस् वा हुँदा खाने वर्ग होस् । तर यी सब एकआपससँग जोडिएका कुराहरू हुन् । आफूलाई खुशी राख्नु भनेको के ? के व्यक्तिगत खुशीमात्र खुशी हो ? खुशी भनेको त परिवार, सन्तानको खुशीमा पनि हुन्छ । यसका लागि मेहनत गर्नैपर्छ । हुन त पैसाले खुशी किन्न सकिन्न, तर जतिसुकै आदर्शका कुरा गरेपनि खुशी हुन पैसा हुनैपर्छ, खासगरी आफ्ना परिवारका लागि । हुन त मर्नेबेलामा आफ्ना परिवार, सन्तान वा साथीभाई वरिपरि नहुनुले आफूले गरेको मेहनतमा पछुतो मान्ने अवस्था आउला । तर त्यो पछुतोमा पनि एकखालको खुशीचाहिँ पक्कै लुकेको हुनुपर्छ ।
व्यक्तिगतरूपमा कुरा गर्दा दिनको १५ घण्टाभन्दा बढी काम गर्ने गरेपनि केही समययता कामको अवधि अलिकति घटाएर आफ्नो परिवारका लागि समय दिने निर्णयमा पुगेको छु । तर साथीहरूका लागि समय निकाल्न नसकिरहेकोमा थकथकीचाहिँ लागिरहन्छ ।
मन परे हरियो नपरे रातो !
37
26
कमल जी को कुरा १६ आनै ठिक हो . जुन कुरालाई मैले पनि आफ्नो परिवार भित्र महसुस गरेको छु .
मन परे हरियो नपरे रातो !
5
3
बिचारको कुरा हो विचार राख्न पाउनु पर्छ,माथि को कुराले मलाई अलि सोच्नु पर्ने बनायो.सायद तेसैले म कमेन्ट गर्दैछु होला.
अवस्य नि मान्छे मर्नु अघि आफ्नो अतित सम्झन्छ.आफुले बिगारेको कुरा भन्दा बेसी आफु खुसि र दुखि भएको पल सम्झन्छ.एस्तो भएको भए या एस्तो गर्न पाएको भए भन्ने कुरा मनमा आउनु सव्भाविक हो.मर्ने बेलामा मा किन मर्दैछु भनि सोच्नु अघि म किन मर्ने भनि आवेश आउनु नि सक्छ.मर्ने वाय्क्तिले ,आफुलाई छल गर्ने र आफुले गरेको सम्झन्छ होला.तेती नै बेला उसले दुनिया बुझेको हुन्छ,तर अफ्सोच्च दुनिया ले उसको निम्ति केवल घाटको पानी मात्र देखेको हुन्छ.उ बाच्ने आसमा झिनो सांस लिने कोसिस गर्छ,आफ्न्तिहरु गारो भयो भनि जल ठोप्लिदिन्छ्न.अनि सांस र प्यासको खेल समाप्त.
जय नेपाल आमाको
मन परे हरियो नपरे रातो !
10
3
In real world we are living under numbers of limitations (social limitation, income limitation,moral limitation, geographical limitation, political limitation, knowledge limitation, energy limitation, hearing/sight/tolerating limitation, speed limitation, etc.) but at the same time our desires are always beyond these limitations. In my opinion the point of happiness or satisfaction is that where our real life equals to our desire. Unfortunately, no one has reached that point (desire=reality) yet and it is impossible untill we live into the competitive society with human ego. So feeling regrete is very common and not a strange issue. All credit goes to modern materialistic and capitalist social structure full with so many social/economic ego or competitiveness. We are losing the spritiual peace, morality to survive luxary life. Willingly or unwillingly we have to envolve into income earning activities, which is the main sourse of unsatisfaction and frustration.
मन परे हरियो नपरे रातो !
11
3
बिसेस गरि हामी नेपाली ले मिस्स गर्ने कुरा वनेको number २ नै हो जस्तो लग्यो मलाई त
मन परे हरियो नपरे रातो !
3
2
N° 3 is really for me and my life. And suffering with this also.
मन परे हरियो नपरे रातो !
3
5
यी सब सास्वत सत्य हुन् / मानिस धन, येस, प्रसिद्दीको पछि लाग्दा-लाग्दा जीवनको साना-साना कुरा जुन अपार आनन्ददायी हुन्छ तेस्लाई मिस गर्छ / पाच अवस्ता एक अर्काको फरक नभई परपुरक अवस्था हुन् / आफ्नो चाहना नमारी, संतुलिक कायेम गरि परिवार र पैसामा उत्तिको नै समय दिएर साथिभाईको बिच हासेर-नाचेर सुखसंग बाच्नु सक्नु त भौतिकजगतको “मोक्ष्य” प्राप्त गर्नु जस्तो भैहाल्यो नि / जेहोस यो किताब चै मेरो पढ्नु पर्ने पुस्तकको लिस्टमा पर्ने भो /
मन परे हरियो नपरे रातो !
5
0
कातिलाई त् बाच्ने नै च्यालेन्ज भै रहेछ त् मोर्ने प्लान गरेर को बस्छ होला ?
जे घटना यहा घट्छ , दुख ,सुख यी सबै रिपिटेड सिरियल जस्तो हुन् | कसैले भोगिसकेको ,
कोइ त्यो बाटो हिडिसकेको पुनरावृत्ति मात्र हो |
यहि सम्झेर दुख मान्न पर्दैन , दुखि हुनु न हुनु , सम्पन्न भएर बा आटेको काम गरेर मात्र हुने कुरा हो र मित्र ? यो त् रोग हो ,मान्छे पिछे फरक आदत हो |
फेरी मृत्यु कसरी आउछ ?झ्वाट्ट लैजान्छ कि ,ओछ्यान मा हिन्दि सिरियल सिध्याएर मात्र मोर भन्छ के थाह ?
तेसैले सादा सोचौ ,सादा जिबन यापन गरौ ,सरल बनु ,महत्त्वाकंश्या रोग हो ,आत्मश्लाघा रोग हो ,घमण्ड रोग हो,आक्रोश ,बदला सबै रोग हो ,मुक्त होउ यी सब बाट | किनभने मैले न लेखेको किताब ले ,मैले न गरेको आविस्कार ले
सुर्य चन्द्र को गतिमा फरक पार्दैन ,दिन रात ,मौसम मा परिबर्तन लेउन्न|
ल्याउन पनि हुन्न? आज फ्युजन ,र फिस्सन रियाक्सन ले शक्ति को स्रोत त् ल्यायो ,देखायो तर हामीलाई बारुद को बिछ्यौना मा सुताई रहेछ , इज्रैली र अमेरिकीलाई
इरान ले न्युक्लियर बम बनाउला भन्ने चिन्ता छ |
हिरोसिमा र नागासाकी मा भोग्ने हरु छन् |
मन परे हरियो नपरे रातो !
28
0
केहि थपौ
एसको मतलब यी बैज्ञानिक उपलब्धि को उपादेयता सिद्द गर्न खोजेको हैन ,निश्चय पनि
जसको दिमाग मा सिर्जन्सिलता छ उ जन्मेकै हुन्छ केहि बनाउन र निर्माण गर्न त्यो प्रकृति ले नै अह्राएर उसले गर्छ |मैले त् लाखु ,करोडौ बन्न न सकेका बुद्द ,आइन्स्टाइन ,प्रचण्ड , माधब प्रसाद घिमिरे हरुलाई दुख न मान्नुस मात्र भन्न खोजेको है |
मन परे हरियो नपरे रातो !
10
1
I wish I didn’t work so hard. मर्ने बेला मा साएद म पनि एस्तै कुरा मा पछुतौछु होला .
मन परे हरियो नपरे रातो !
6
2
मलाई पाँच बिषय मध्य दोस्रो number को चाही मुटु नै छुने खालको लाग्यो , हामीले वास्थमा आफ्ना बच्चाहरुको हुर्काइ बढाइ र आफ्नी पत्नीसँग बिताउने समयलाई मिस गर्यौ भने पक्कै पछुतो लाग्ने छ , तेसैले सधै इजत र पैसा भनेर आफ्नो परिवारलाई छोडेर तेस्को पछाडी दौडिन चाही हुन्न जस्तो लाग्छ, आफ्नो परिवार जस्तो ठुलो कुरा यो संसार मा अरु केहि हुन्न होला !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
213
8
कुरो त गहिरो छ … धर्म, पाप र भगवान आराधन चाही सोच्दा रहेन छन् …..के सबै (सज्जन र दुर्जन ) सबै को सोचाइ येउतै हुदो रहेछा त ?
मन परे हरियो नपरे रातो !
12
2