मेरो Tweet

  • बधाई छ नेपाली टिमलाई बर्मुडाविरुद्ध आठ विकेटको विजयमा। अझै आइतबार सिंगापुर, सोमबार अमेरिका र बुधबार मलेसियालाई जित्न बाँकी छ।

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

पुस्तक अंशः खोज (भाग ६)

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक हप्ता प्रकाशन हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ पाँचौँ भाग यहाँ

परिवर्तनका पलहरू
कर्ण शाक्य
कुनै पनि इतिहासको परिवर्तन एउटा पल र एउटा क्षणबाट निर्धारण हुन्छ। इतिहासमा धेरै यस्ता क्षणहरू छन्, जुन क्षणमा गरिएको एउटा निर्णयले सम्पूर्ण इतिहासको स्वरूप परिवर्तन गरिदिएको हुन्छ। लक्ष्मणले रावणकी बहिनी शूर्पणखाको नाक नकाटेका भए रामायण नै रचिँदैनथ्यो होला। द्रौपदीले दुर्योधनलाई ‘अन्धोको छोरो अन्धो’ मात्र नभनेकी भए महाभारतको इतिहास रचिने थिएन होला। सन् १९९५ मा तत्कालीन जनमोर्चाका नेता डा. बाबुराम भट्टराईले दिएको चालीसबुँदे प्रस्तावलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यानपूर्वक सुनिदिएका भए देशमा त्यति ठूलो धनजनको क्षति हुने थिएन होला। यस्ता पल र क्षणका अलिखित र अदृश्य उदाहरणहरू कति छन् कति! राष्ट्रको इतिहासमा मात्रै होइन, हामी आम मानिसको जिन्दगीमा पनि यस्ता केही महŒवपूर्ण पलहरूले हाम्रो भविष्यको दिशानिर्देश गरिरहन्छन्। त्यसैले यी पल र क्षणलाई चिन्ने र बुझ्ने मानिसलाई बुद्धिमान् भन्यौँ भने बेठीक हुँदैन। भन्छन् मानिस दुई किसिमका हुन्छन् रे — एउटा प्रोएक्टिभ, अर्को रिएक्टिभ। प्रोएक्टिभ व्यक्तिले समस्या आउनुभन्दा पहिले नै विचार गरेर समस्या सुल्झाउँछ भने रिएक्टिभ व्यक्तिले समस्या आइसकेपछि त्यसलाई सुल्झाउन खोज्छ।


बुद्धिमान् मानिसले परिवर्तनको बिहानी र यसका मोडहरूलाई चिन्नैपर्छ। समय र सत्यको वास्तविकतालाई मूल्याङ्कन गरेर कहिले र कसरी आफ्नो चिन्तन र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्छ, त्यो थाहा पाउनु धेरै आवश्यक छ। त्यति मात्र होइन, परिवर्तनको प्रक्रियामा आफूले आफैँलाई सकारात्मक रूपले परिवर्तनशील बनाउन आफ्नो यथार्थतालाई पनि बुझ्नुपर्छ। कति जगमा कति तलासम्मको घर बनाउनुपर्छ, आफ्नो बुद्धिको औकात कति छ र त्यसले कतिसम्म काम गर्न सक्छ, एक–अर्काबीच कति हदसम्म सहयोग लिनेदिने गर्नुपर्छ र एक–अर्कालाई कति र कसरी प्रयोग गर्नुपर्छ भन्ने आँकडा निकाल्नु र बुझ्नु पनि एउटा सामाजिक विज्ञान नै हो र विज्ञानसँगसँगै मनोविज्ञान पनि हो। उँट र गधाले कति हदसम्म बोझ बोक्न सक्छन्, त्यो कमैलाई थाहा हुन सक्छ। तर हद नाघेपछि एउटा सानो वजनले पनि उँटलाई थचक्क बसाउँछ भन्ने कुरा हामी सबैलाई थाहा छ। यी महŒवपूर्ण पक्षहरूलाई ह्दयङ्गम गर्न सक्यौँ भने हामी आकस्मिक परिवर्तनका पलहरूलाई चिन्न र बुझ्नमा चनाखो हुन सक्नेछौँ।

संसारमा राजनीतिजस्तो परिवर्तनशील तरल दर्शन अरू कुनै छैन। हाम्रो देशको एउटा कटु विडम्बना के हो भने विगतका दिनहरूमा राजनीतिले नेपालमा धेरै कोल्टो फेर्‍यो र सधैँ राजनीतिले हाम्रो समाजमा चाहिनेभन्दा बढी प्रश्रय पाइर≈यो। विदेशमा मानिसलाई राजनीतिको ‘र’ पनि उच्चारण गर्ने समय हुँदैन। तर नेपालमा बच्चादेखि बूढासम्म राजनीतिक गफमा चुर्लुम्म डुबिरहेका हुन्छन्। एउटा मन्त्रालयमा नयाँ मन्त्री आउने हल्ला चल्नासाथ त्यहाँ महिनौँसम्म काम हँुदैन। को मन्त्री आउला, कस्तो नीति अपनाउला भन्ने कुरामा सबै कर्मचारीहरू अडकलबाजी गर्दै समय बिताउँछन्। नयाँ मन्त्री आउने बेलामा मात्र होइन, मन्त्री जाने बेलामा पनि यस्तै अन्योलपूर्ण स्थिति हुन्छ। ठूला–ठूला निर्णय गर्नुपर्‍यो भने अल्झाउने र सानातिनालाई थन्क्याउने गरिन्छ। बस्, प्रशासन त झुसिल्कीराजस्तै घिसि्ररहेको हुन्छ। कसैलाई कुनै वास्ता हुँदैन। त्यस्तै भयो हाम्रो देशमा विगतका दिनहरूमा। त्यस बेला राज्य त थियो, तर प्रशासन थिएन।

हामी देशको राजनीतिक समस्यालाई सुल्झाउने बेलामा सम्पूर्ण सामाजिक, आर्थिक र प्रशासनिक मुद्दाहरूलाई बिर्सिने गर्छाैँ। धेरै भइसक्यो सरकारी संस्थान र प्रतिष्ठानहरू अनाथ स्थितिमा चलिरहेका छन्। पहिले–पहिले एउटा मन्त्रालयको सचिव भनेपछि उसको आधिकारिक क्षमता नै विश्वसनीय हुन्थ्यो। अहिले मन्त्रालयका हाकिमहरू एउटा वरिष्ठ सुब्बा वा क्लर्कजस्तै छन्। हाकिम भएर निर्णय दिन नसकेपछि त्यो संस्थान विनास्टेरिङको गाडीजस्तै हुँदैन र? चालकविना एउटा गाडी त गुड्न सक्तैन भने सक्रिय नेतृत्वविना सरकारी कार्यालयहरू कसरी चल्न सक्छन्? जब राजनीतिको बाक्लो कुहिरोमा हामी अलपत्र हुन्छौँ, कहाँ, कहिले, के र कसो गर्ने हो, कसैलाई थाहा हुँदैन। एउटा कन्डक्टरले बस गुडाएजस्तै, अनि प्लेन अटोपाइलटका माध्यमबाट हावामा उडिरहेजस्तै गरी नेपालका संस्थान र प्रतिष्ठानहरू पशुपतिनाथको भरोसामा चलिरहेका छन्।

जुन बेला म होटल–व्यवसायमा सक्रिय थिएँ, त्यो बेलामा पनि एउटा वनविज्ञका नाताले प्रकृतिसंरक्षणसम्बन्धी सभा–सम्मेलनमा भाग लिन समय–समयमा विदेशमा जाने गर्थे। त्यो बेला एउटा सानो होटलको व्यवस्थापक भएर पनि म आफ्नो दैनिक काम छोडेर लामो समयका लागि देशबाहिर जान सक्तिनथेँ। मेरो एउटा सानो होटल त नेतृत्वविना चल्न सक्तैन भने राष्ट्रकै महŒवपूर्ण सरकारी कार्यालयहरू हाकिमविना कसरी चल्न सक्छन्? कतिपय सरकारी कार्यालयका वरिष्ठ कर्मचारीहरू त ट्रेनिङ र अध्ययनका लागि भनेर महिनौँसम्म कार्यालयबाहिरै बसिदिन्छन्। कुनै पनि संस्थान वा प्रतिष्ठान, चाहे त्योे निजी होस् वा सरकारी, प्रमुख व्यक्ति हुनु र नहुनुमा धेरै फरक पर्दछ। हाकिमले व्यवस्थापनको रेखदेख गर्छ, वित्तीय चेकहरू बनाउँछ र बेलाबखतमा महŒवपूर्ण निर्णयहरू दिन्छ। कसरी चल्छन् लामो समयसम्म हाकिमविना कार्यालयहरू?

त्यति मात्र होइन, नेपालका कतिपय संस्थान र प्रतिष्ठानहरू अब ज्ाोसुकैले पनि चलाउन सक्ने भइसकेका छन्। सम्बन्धित ठाउँमा सम्बन्धित विषयविज्ञ व्यक्तिले नै काम गर्नुपर्छ भन्ने अवधारणा अब हामीकहाँ रहेन। पार्टी–पार्टीबीच मन्त्रालयहरूको भागबन्डा हुन्छ भन्ने कुरा त सुनेको थिएँ, तर नेपालमा राजनीतिज्ञले मात्र होइन, विशिष्ट व्यक्ति र बुद्धिजीवीहरूले पनि ‘लाभको पद’का निम्ति दौडधुप गर्दा रहेछन् भन्ने कुरा पनि थाहा पाइयो। राजनीतिक नियुक्तिको योे हारालुछ खेलमा ती बौद्धिक व्यक्तित्वहरूको सजिलै लेखाजोखा गर्न सकिन्छ। बोल्ने बेलामा स्वाभिमानका ठूलाठूला कुरा गर्ने अनि पदका लागि जुत्ता खियाउँदै चाकरी

गर्न हिँड्ने। देशका लागि समर्पित हुँ भन्दै बौद्धिक व्यापार गरी हिँड्ने यी अवसरवादी व्यक्तिहरूलाई चिन्नुपर्छ। ठूलाठूला शीर्ष नेताहरूले यस्ता स्वार्थी व्यक्तिहरूलाई किन चिन्न नसकेका? किन त्यस्ता व्यक्तिहरूका लागि नेताहरूले आफ्नो प्रतिष्ठाविपरीत काम गरिरहेका?

पावर भएर पैसा चाहिने नेता र पैसा भएर पावर चाहिने व्यापारीहरू एउटै ड्याङ्का मूला हुन्। पूर्वमुखी शक्ति र भक्तिका यी सूर्यभक्तहरू पश्चिम दिशामा कहिल्यै हेर्न रुचाउँदैनन् र सधैँ पैसा र पावरकै इर्दगिर्द जुकाजस्तै सुँघी–सुँघी घुमिरहेका हुन्छन्। यिनीहरूकै साँठगाँठमा फलानाको फलानालाई नै नियुक्त गर्नुपर्छ भन्ने राजनीतिक र व्यापारिक होडबाजीमा देशको प्रशासनिक संयन्त्र लामो समयसम्म लथालिङ्ग भइरहेको हुन्छ। उनीहरूसित राज्य सतर्क हुनुपर्छ।

हाम्रो देश अहिले परिवर्तनको सङ्घारमा छ। २४० वर्षको जहानिया शासनपछि गणतन्त्रात्मक नयाँ युगको सुरुवात भएको छ। परिवर्तनको प्रक्रियाबाट यो व्यवस्था पनि अछुतो छैन। समय र सत्यको वासस्थानमा लोकतन्त्रको कल्पवृक्ष राम्ररी हुर्किने र सप्रिने हुँदा हामीमा परिस्थिति र वातावरणको ज्ञान हुनैपर्छ। एक डिग्री तापक्रमले यो भौतिक संसारमा कति परिवर्तन ल्याउन सक्छ भनेर हामी धेरै कम सोच्छौँ। हिउँ चिसो भएर जमेको भए ठोस हिउँको ढिक्का शून्य (०) डिग्री तापक्रमसम्म हिउँ नै भएर बस्छ। तर त्यो हिउँमा एक डिग्री मात्र तापक्रम बढे पनि त्यो हिउँ ठोस पदार्थबाट तरल पानीमा परिणत हुन्छ। तरल पानी ९९ डिग्रीसम्म तरल नै भएर बस्छ। तर जब ९९ बाट १०० डिग्री पुग्छ, फेरि एक डिग्रीको फरकले त्यही तरल पानी बाफ भएर माथि उठ्छ। अनि त्यो पानीको बाफलाई वातावरणको चिसोको १ डिग्रीले फेरि शीतमा परिणत गराइदिन्छ। हो, मात्र एक डिग्रीको उतारचढावले हिउँ पग्लेर पानी बन्छ अनि पानी उम्लेर बाफ बन्छ। विज्ञानको यो प्राकृतिक नियमलाई हामीले बुझ्न सकेनौँ भने यस्तो भौतिक पदार्थमा मात्र होइन, हाम्रो व्यक्तिगत, सामाजिक एवम् राजनीतिक अवस्थामा पनि कायापलट हुने खालको परिवर्तन आउन सक्छ।

सन १९९० को आन्दोलनले चिसो र जमेको निर्दलीय पञ्चायती शासनलाई तरल प्रजातन्त्रमा ढालिदिएको थियो। त्यसपश्चात् सत्र वर्षसम्म उम्लिरहेको अस्थिर राजनीतिक व्यवस्थालाई सन् २००६ को जनक्रान्तिले अन्योलपूर्ण राजनीतिक बाफमा परिणत गराइदियो। पछि त्यो आकृतिविहीन राजनीतिक बाफलाई ऐतिहासिक शान्तिवार्तालेेे चोखो र शुद्ध लोकतन्त्रमा अवतरण गराइदिएको थियो। विश्वमा कहीँ नभएको, कहीँ नसुनिएको र कहिल्यै नसोचिएको त्यो ऐतिहासिक शान्तिवार्ताले हरेक नेपालीको शिर गौरवले ठाडो पारिदिएको छ।

नेपालको तेस्रो जनआन्दोलनपूर्वको शान्तिसम्झौताअन्तर्गत सुरुवात गरिएका विभिन्न अविस्मरणीय घटनाक्रमहरूले सबै दलहरूलाई एउटै प्रजातान्त्रिक आचरणमा ढालेर जिम्मेवारीको बोध गराइदिएका छन्। सारा संसारले नेपाललाई हेरिरहेको छ। जनआन्दोलनताका लोकतन्त्रका निमित्त सम्पूर्ण नेपाली जनता उत्रेका थिए। कुनै एक राजनीतिक सिद्धान्त बोकेका मानिसहरूका जत्था मात्र तिनीहरू थिएनन्। जनताले नै राजनीतिक दलहरूको आन्दोलनलाई साथ दिएका थिए। ती जनताप्रति अब सबै राजनीतिक दलहरू जिम्मेवार भएका छन् र हुनु पनि पर्छ। बितेका दिनहरूमा सात दल र माओवादीहरू प्रजातन्त्रको ढाल लिई राजनीतिक युद्धभूमिमा उत्रेका थिए र उनीहरूले शान्तिको हतियार प्रयोग गरेर नै अद्भुत सफलता हासिल गरे। त्यसपछि सम्पूर्ण राजनीतिक पार्टीहरू लोकतन्त्रको अस्त्र लिई शान्तिको ढाल बोकेर अगाडि बढे। अन्ततः संसारमा कसैले पनि कल्पना नगरेको राजनीतिक परिदृश्य नेपालमा देखापर्‍यो।

विगतको आन्दोलनको बेला परिस्थिति तनावपूर्ण थियो। काठमाडौँ बाहिर गइयो भने बाटोमा केही हुन्छ कि, घर फर्कन सकिने हो कि होइन भन्ने डर र त्रास भइरहन्थ्यो। पछि त राजधानीमै पनि डरलाग्दो परिस्थितिको सिर्जना भयो। जब रिङरोडलाई आन्दोलनकारीहरूले घेरे, क्रान्तिले अर्कै रूप लिन थाल्यो। कल्पना नै गर्न नसकिने विशाल आन्दोलनको सुरुवात भयो। सारा संसारको ध्यान हिमालको काखमा अवस्थित यो सानो मुलुकमा केन्द्रित भयो। शान्तिको नाराबाट क्रान्ति ल्याइयो र अन्ततः लोकतन्त्रको स्थापना भयो। नेपालको आन्दोलन अविकसित मुलुकहरूको ज्ास्तो अर्धनग्न निमुखाहरूको जमात थिएन, न त यहाँ अफ्रिकाका बनाना रिपब्लिकहरूका जस्ता बन्दुकधारी आन्दोलनकारीहरूले हवाई फायर गरेर शक्तिप्रदर्शन नै गरेका थिए।

लाखौँलाख चिन्तनशील, शिक्षित, सुकिला र सभ्य तर जागरूक आन्दोलनकारीहरूको भावपूर्ण प्रदर्शन थियो त्यो। आन्दोलनको स्वरूप झ्वाट्ट हेर्दा दक्षिण कोरिया र जापानजस्ता विकसित मुलुकहरूमा हुने खालको देखिन्थ्यो। यसपालिको जनआन्दोलन पनि अन्तर्राष्ट्रिय स्तरको थियो। जुलुस, कोणसभा र पर्चाका साथसाथै देशविदेशबाट इन्टर्नेट, मोबाइल र अन्य आधुनिक सञ्चारमाध्यम प्रयोग गरी जनआन्दोलनको परिचालन गरिएको हुँदा सायद त्यसलाई हामी एक्काईसौँ शताब्दीको इ रेभोल्युसन पनि भन्न सक्छौँ।

बौद्धिक एवम् दार्शनिक चिन्तनको सुरुवात भगवान् बुद्धले यही नेपालको धर्तीबाट सुरु गरेका थिए। अहिले पनि सशस्त्र आन्दोलनमा विश्वास गर्ने माओवादीज्ास्तो क्रान्तिकारी राजनीतिक पार्टी बहुदलीय प्रजातन्त्रमा समाहित भएकाले शान्तिपूर्ण तरिकाले नेपालमा नयाँ लोकतन्त्रको सूत्रपात भएको छ। यसबाट समकालीन राजनीतिक विश्वका लागि एउटा नवचिन्तन र नवदर्शनको शङ्खनाद भएको छ। यसले सशस्त्र सङ्घर्षमा होमिएका विश्वका अधिकांश राजनीतिक पार्टीहरूलाई एउटा नयाँ सन्देश दिएको छ। संसारका हरेक मुलुकमा सरकारपक्षका विरुद्ध निरन्तर लडिरहने कुनै न कुनै भूमिगत राजनीतिक जत्था हुन्छ। उनीहरू आफ्नै सिद्धान्त र लक्ष्यप्राप्तिका निमित्त जिन्दगी दाउमा राखेर सङ्घर्ष गरिरहेका हुन्छन्। उनीहरूलाई पनि लाग्दो हो कतिसम्म यो अन्तहीन सशस्त्र लडाइँ लडिरहने भनेर। नेपालको उदाहरण हेरेर अब विश्वभर भूमिगत रूपले क्रान्तिमा होमिइरहेका अनेक राजनीतिक पार्टीहरू मूलधारको राजनीतिमा उत्रेर बुलेटबाट भन्दा ब्यालेटबाट जनताको मन जित्न कोसिस गर्नेछन् र चुनावमार्फत् जनताको अभिमत प्राप्त गरेर राज्यलाई शान्तिपूर्वक चलाउन सक्नेछन्। यसै गरिने हो भने उनीहरू त्यस्तो अन्तहीन लडाइँमा किन होमिइरहने? तसर्थ नेपालको यो उदाहरणले विश्वमा नै एउटा नयाँ राजनीतिक परिवर्तन ल्याउन सक्छ।

त्यति मात्र होइन, नेपालमा उदय भएको यो राजनीतिक नवचिन्तनले धनाढ्य मुलुकहरूलाई पनि एउटा सन्देश दिएको छ। न्यूनतम जनसङ्ख्या हुँदाहुँदै पनि पृथ्वीका अधिकांश प्राकृतिक स्रोतहरू उपभोग गरेर उनीहरूले विश्वमा अनेक अप्राकृतिक विसङ्गति सिर्जना गराइदिएका छन्। त्यस्ता धनाढ्य मुलुकहरूलाई पनि यसले अप्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय समाजवादी व्यवस्थाको स्थापना हुन सक्ने चेतावनी दिएको छ। वास्तवमा भन्ने हो भने ‘हुने’ र ‘नहुने’ बीचको यो वर्गीय वादविवादलाई कहिलेेसम्म जातीय र राष्ट्रिय स्तरको साँघुरो घेराबाट मात्रै हेरिरहने? समाजवादको सिद्धान्तलाई सकारात्मक तरिकाले रूपान्तरण गर्न सकियो भने के यो नारा र ‘इनक्लाब’ ले विश्वको असामान्य जीवनस्तरलाई पनि परिवर्तन गर्न सक्तैन र?

वर्तमान राजनीतिक परिवेशलाई नियालेर हेर्ने हो भने माओवादी पार्टीले विज्ञानयुक्त गणितीय रणनीतिका कारणबाट छोटो अवधिमै संविधानसभाको चुनावमा अकल्पनीय जीत हासिल गर्‍यो। संविधानसभाको चुनाव हुनुभन्दा एक–दुई महिनाअगाडि मच्छिन्द्रनाथको पूजा गर्न म र मेरो परिवार चोभार, नाला, बुङ्मतीमा गएका थियौँ। त्यो बेला गाउँका हरेक गल्ली र चोकहरूमा माओवादीका झन्डा फरफराइरहेका थिए र घरघरमा प्रचण्डका पोस्टर टाँसिएका थिए। त्यहाँ अन्य कुनै पार्टीहरूको नामोनिसान थिएन। भोट लिने ठाउँमा नेताहरू न्ाजाने अनि टीभी च्यानलमा भने गह्रौँ—गह्रौँ शब्दहरू छानी–छानी प्रयोग गर्दै बहस मात्र गर्ने! अनि कसरी जितिन्थ्यो चुनाव? राजधानीभन्दा दस किलोमिटर पर पर्ने गाउँहरूमा त उनीहरूको उपस्थिति थिएन भने गाउँघरमा ती पार्टीहरूको प्रभाव के थियो होला? चुनावी जीतपछि माओवादीले तुरुन्तै उद्यमीहरूको घरदैलोमा गएर आर्थिक क्रान्ति ल्याउने प्रतिबद्धता जाहेर गरी उनीहरूको मन जित्ने प्रयास गरे। जबकि पहिले–पहिले राजनीतिक नेताहरू चुनावको दौरानमा उद्यमी–व्यापारीहरूका घरघरमा पुगेर भोट त माग्थे तर चुनाव जितेर मन्त्री बनेपछि सबैलाई बिर्सिदिन्थे।

राजनीतिमा कसैले कसैलाई छल्यो भनेर लान्छना लगाउनु त्यति तर्कपूर्ण हुँदैन। राजनीतिको खेलमा पक्षले विपक्षलाई छल्ने गर्छन्। चलखेलको यो खेलमा छल्ने मूर्ख हँुदैन, छलिने मूर्ख हुन्छ। ‘साम, दान, दण्ड, भेद’ यो राजनीतिको पुरानो खेलको नाम हो। महाभारतदेखि कोतपर्वसम्म, पृथ्वीनारायण शाहदेखि जङ्गबहादुरसम्म अनि गिरिजाप्रसाद कोइरालादेखि पुष्पकमल दाहालसम्म यो ‘साम, दान, दण्ड, भेद’को राजनीति चलिरहेको थियो र भविष्यमा यस्तो हुँदैन भनेर भन्न सकिँदैन।

गहिरिएर सोच्यौँ भने माओवादीको क्रान्तिबाट ल्याइएका हरेक परिवर्तनका पल र क्षणहरूले विज्ञानसङ्गत राजनीतिक अर्थगणितलाई

प्रस्ट्याउँछन्। पच्चीस–तीस वर्षसम्म भूमिगत भई तपस्या गर्न सक्ने मान्छेहरू साधारण हुन सक्तैनन्। अ‘ध्यारो कोठामा बसेर मनमस्तिष्कलाई निरन्तर मन्थन गर्दै दिमागलाई क्रियाशील र गतिशील बनाएर निस्किएका निचोडहरू टालटुले र ढुलमुले हँुदैनन्। ठूलाठूला काव्य, महाकाव्य र दर्शनहरू पनि यस्तै विचारका मन्थनहरूबाट उमि्रन्छन्। मलाई लाग्छ, माओवादीे पार्टीले एक्काईसौँ शताब्दीको आधुनिक समाजको सत्य, समय र सन्दर्भलाई हृदयङ्गम गरी देश चलायो भने उनीहरूले भनेजस्तै दस वर्षमा यो देशलाई एउटा नयाँ आयाममा पुर्‍याउन सकिन्छ। यो कुनै गाह्रो कुरो होइन, किनभने हाम्रो देशमा सबै थोक पर्याप्त छ।

राजनीतिक चिन्तनको जागरण सभ्य समाजको परिसूचक हो। कहिलेकाहीँ आन्दोलनहरू चाहिन्छन्, किनभने सकारात्मक क्रान्तिको ज्वरोविना देश सुस्त हुन्छ। यसो भन्दाभन्दै पनि म यहाँ के भन्न चाहन्छु भने ज्वरो ९८ डिग्रीबाट झरेपछि मानिस कमजोर त हुन्छ, तर १०४ डिग्रीभन्दा माथि पुग्यो भने बहुलाउँछ पनि। विगतका दिनहरूमा जब देशमा आन्दोलन च्ार्किरहेको थियो, त्यो समय अन्योलपूर्ण थियो। एकातर्फ लोकतन्त्रको बहाली चाँडै हुन्छ कि भन्ने आशा, अर्काेतर्फ सशक्त आन्दोलनले डरलाग्दो रूप लिएर जाला कि भन्ने त्रास। खासगरी मेरो घर नक्साल दरबारसँगै भएको हुँदा जब टीभीमा लाखौँलाखको जनसागरले दरबार घेर्ने सुरसार गरिरहेको देखियो, त्यस बेला हाम्रो परिवार आतङ्कित भएको थियो। केही गरी आन्दोलनकारीहरू प्रहरीको घेरा तोडेर सहरभित्र पसिहाले भने र त्यसलाई रोक्न सैनिक बलले गोली चलाइहाल्यो भने त्यहाँ के होला भनेर कल्पनासमेत पनि गर्न सकिएन। किताबमा पढ्ने र सिनेमामा हेर्ने खालका ती डरलाग्दा सम्भावनाहरू उन्नाइस–बीस दिनस्ाम्म आफ्नै वरिपरि दिनरात मँडारिइरहेका थिए।

मेरो घर अलि भित्र गल्लीमा पर्छ। केही गरी सैनिकले लखेट्ता मानिसहरू भाग्ने क्रममा त्यो गल्लीभित्र पसे भने आन्दोलनकारीहरू ठ्याम्मै ‘जलियाँवालाबाग’ मा जस्तै खोरभित्र थुनिने थिए। कथंकदाचित त्यस्तो भयो भने के गर्ने भन्ने कुरामा म डराउन थालेँ। केही गरी त्यसो भइहाल्यो भने ढोका खोल्नू र उनीहरूलाई भाग्ने मौका दिनू भनेर मैले मेरो परिवारलाई भनेको थिएँ। मेरी श्रीमतीले ‘हामीले यसो गर्‍याँै भने फेरि प्रहरीहरूले नै हामीलाई गोली हान्ने हुन् कि?’ भनेर सोधिन्। उनले भनेको कुरो सम्भव थियो। तर त्यो सम्भावनालाई त्याग्नु एउटा मानवताको धर्म थियो। त्यसो त भएन, तर त्यो सम्भावनाले म र मेरो परिवार अत्यन्त त्रसितचाहिँ अवश्य भएका थियौँ।

बन्द र हडतालका बेला घरायसी समस्या मात्र होइन, हाम्रो होटलको व्यवस्थापनमा पनि ठूला–ठूला कठिनाइहरू आए। बन्दका कारण सबै स्टाफहरू काम गर्न आउन सकेनन्। सीमित स्टाफहरूको सहयोग लिई हामी सबै परिवारहरू नै होटलमा काम गर्न थाल्यौँ। होटल सुचारु रूपले सञ्चालन गर्ने क्रममा पर्यटकहरूले मात्र होइन, हामीले पनि दुःखहरू सहनुपर्‍यो। पहिले–पहिले होटलमा ग्राहकहरू नआउँदा दिक्क लाग्थ्यो, त्यस बेला त होटलमा ≈वार≈वार्ती पाहुनाहरू आउँदा झ्याउ पो लाग्यो। उन्नाइस दिनसम्म सारा सहर बन्द भएकाले हामीलाई पर्यटकहरूमा अत्यावश्यक सेवा पुर्‍याउन हम्मेहम्मे पर्‍यो। होटलमा ग्राहकहरू टन्नै थिए। भनेजति पैसा तिरेका पनि थिए। उनीहरूलाई सेवा दिनु हाम्रो कर्तव्य थियो। तीन दिनसम्म त पाहुनाहरूलाई राम्रै सेवा पुर्‍याइयो। तर पछि बिस्तारै कठिनाइहरू आउन थाले। धाराबाट पानी नआउने हुँदा हरेक दिन झन्डै तीन–चार ट्रक पानी किन्नुपर्थ्यो। बन्द र हडतालमा कसले पानी ल्याइदिने? आफूहरूले ननुहाईकन पाहुनाहरूका लागि पानी बचाइयो। साबुन, ट्वाइलेट पेपर भनेजति दिन सकिएन। पछि खानाको स्टक पनि सकिन थाल्यो। मिर्मिरे उज्यालो हुनासाथ परिवारका सबै सदस्यहरू बजारमा गएर जे–जे खानेकुरा पाइन्थ्यो त्यही–त्यही किन्न थाल्यौँ। हँुदा–हँुदा खाना पकाउने ग्यास पनि बिस्तारै सिद्धियो। पछि त दाउरा र पुराना अखबारसमेत बालेर बचेखुचेका खाना पकाई पाहुनाहरूलाई सेवा प्रदान गरियो।

नेपाललाई माया गरी आउने ती पर्यटकहरू पनि कति भलादमी! हाम्रो देशको आन्दोलनलाई उनीहरूले भित्री हृदयदेखि नै साथ दिए। उनीहरूले कहिल्यै पनि गुनासो गरेनन्। पछि त उनीहरू होटलको रेस्टुरेन्टमा भएको दालभात खाएर नै सन्तुष्ट भए। मलाई थाहा थियो, वास्तवमा त्यो बेला होटलमा बस्ने ग्राहकहरू हामीलाई खानाका लागि भनेजति पैसा तिर्न सक्थे। तर हामीले त्यसो गरेनौँ। मैले छोराहरूलाई भनेँ, ँयही बेला हो हामीले आफ्ना ग्राहकहरूको मन जित्ने। कमाउने मात्र हो भने हामीलाई धेरै मौकाहरू आउँछन्, तर ग्राहकको मन जित्ने अवसर

बिरलै आउँछ। त्यसैले समय र परिस्थितिलाई ख्याल गरेर हामीले रेस्टुरेन्टको खाना महँगो नगरौँ, अझ सकिन्छ भने जति परल मोल हो त्यति मात्र लिऊँ। होटलमा बस्ने पर्यटकहरू ग्राहक मात्र नभएर हाम्रा ‘पर्यटकीय राजदूत’ पनि हुन्। एकचोटि हाम्रो सत्कारले उनीहरूको मन जित्न सक्यो भने उनीहरू हामीलाई सधैँ मद्दत गर्नेछन्।

नभन्दै होटलमा बस्ने थुप्रै पर्यटकहरूले आ–आफ्नो देश फर्केर गएपछि हामीलाई थुप्रै धन्यवादपत्र पठाए। यो पनि एउटा अद्भुत अनुभव थियो। आन्दोलनको दौरानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले व्यक्तिविशेषको योगदानबारे मूल्याङ्कन गर्ने हो भने हामीले पनि एउटा होटल–उद्यमीका हैसियतले भैपरिआएको विषम परिस्थितिमा आफ्नो सुविधा कटौती गरेर राष्ट्रका विदेशी पाहुनाहरूलाई अतिथि–सत्कार प्रदान गरी आफ्नो कर्तव्य पालना गर्‍यौँ जस्तो लाग्छ।

नेपालको आन्दोलन एउटा ऐतिहासिक ‘टाइमबम’ थियो। यस्ता क्रान्तिका क्षणहरू कहिलेकाहीँ आवश्यक हुन्छन् र तिनीहरू फलदायी पनि हुन सक्छन्। तर सधैँ आन्दोलन गरेर देशलाई अप्ठ्यारो परिस्थितिमा झुन्ड्याइरहन भने सकिँदैन। पेशेवर राजनीतिज्ञहरूका निमित्त त सायद यो अवस्थाले केही फरक नपार्ला, तर हामीजस्ता काम गरेर खानुपर्ने उद्यमीहरूलाई धेरै कठिन पर्छ। हाम्रो जिन्दगीमा आफ्नो परिवार मात्र होइन, थुप्रै कर्मचारीहरू संलग्न छन्। उनीहरूलाई तलब दिनुपर्छ। पर्यटकहरू आएनन् भनेर उनीहरूको तलब रोक्न भएन। पर्यटक आए पनि नआए पनि होटलमा बत्ती बाल्नैपर्छ, फ्रिज चलाउनैपर्छ, मर्मत–सम्भार गर्नैपर्छ। यी सबैको खर्च पर्छ। कहिलेकाहीँ पर्यटकहरू आएनन् भने रातभरि मन छटपटिइरहन्छ, कसरी त्यति ठूलो खर्च धान्ने भनेर। त्यत्तिका जिम्मेवारी बोकेर पनि एउटा मानिस आरामले कसरी निदाउन सक्छ? म त एउटा उदाहरण मात्र हुँ। नेपालमा मजस्ता हजारौँ उद्यमीहरू छन् र हरेक उद्योगअन्तर्गत लाखौँ मानिसहरू काम गर्छन्।

देशको ऐतिहासिक आन्दोलनका निमित्त हरेकले त्याग र तपस्या गर्नुपर्छ, यसमा कुनै विवाद छैन। तर आन्दोलनका नाममा सधैँ कृत्रिम राजनीतिक क्रियाकलाप गरेर हामी लामो समयसम्म आफैँमाथि नाकाबन्दी लगाइरहन सक्तैनौँ। एकचोटि बन्द–हडतालका बेलामा मेरो दुई वर्षको

नातिलाई झाडापखाला लाग्ोको थियो। बन्दका कारण नातिलाई कुनै डाक्टरकहाँ जँचाउन सकिएन। रातभरि बच्चालाई नराम्ररी झाडापखाला लाग्यो। अनि बिहान चारै बजे छोरा र बुहारी बच्चालाई बोकेर कान्ति अस्पताल पुगेँ। म त भाग्यमानी थिएँ, त्यसैले नातिलाई केही भएन। तर लाखौँ जनताका घरदैलोमा कतिपय त्यस्ता अभागी मानिसहरू होलान् जसले बन्द, हडताल र कफ्र्युको चपेटामा ज्यान गुमाउनुपरेको होला र कतिपयले आफ्नो वेदना चुपचाप सहिरहेका होलान्। देशलाई माया गर्ने नेताहरूले समाजका ती स्वरविहीन क्रन्दनहरू सुन्न सक्नुपर्छ र बुझ्न सक्नुपर्छ। लोकतान्त्रिक पद्धतिमा हामीले सधैँ आन्दोलनलाई मात्र होइन, बौद्धिक अभ्यासलाई पनि प्राथमिकता दिनुपर्छ। होइन भने नेपोलियन कलमदेखि किन डराउँथे? एक्लो गान्धीले विश्वकै सम्राटलाई भारतबाट भगाएका थिए। भारतका वरिष्ठ समाजवादी नेता जयप्रकाश नारायणले आन्दोलन गर्नुभन्दा पहिले ‘जुर्म चाहे जितनी भी हो, हात हम नही उठाएंगे’ भनेर आफ्नो सर्त अगाडि राख्ोका थिए। नेपालमा सशस्त्र क्रान्तिले आन्दोलनलाई चुलीमा पुर्‍याए पनि वास्तवमा शान्तिकै अन्तिम ब्र≈मास्त्र प्रयोग गरेर देशले लोकतन्त्र प्राप्त गर्न सफल भएको हो भन्ने कुरा हामीले भुल्नु हुँदैन।

आन्दोलनपश्चात देशमा नयाँ राजनीतिक आयाम सुरु भयो। सधैँ आशा र विश्वासमा बाँच्न रहर गर्ने व्यक्ति भएको हुँदा म यो देशलाई सधैँ स्वर्गै भन्ठँन्छु। तर कहिलेकाहीँ मलाई लाग्छ, हामी चौरासी व्यञ्जनका स्वादिष्ट परिकारहरू अगाडि राखेर कुनै एक रोगका कारण खान नसकेका बिरामीहरूजस्तै भएका छौँ। देशभित्रका अनेक सम्भावनाहरू देख्तादेख्तै पनि निराश र विवश भएर बाँचिरहेका छौँ। यसरी बाध्यताको बन्धक भएर बाँच्न सजिलो छैन, त्यसैले म यसबाट मुक्त हुन चाहन्छु। साठी वर्षसम्म आफ्नो र आफ्नो परिवारका निमित्त काम गरियो। अब देशका निमित्त केही गरौँ भन्ने जाँगर छ र देशको उन्नति हेरेर मर्ने ठूलो रहर छ। देशमा अहिले लोकतन्त्र स्थापित भइसकेको छ। जनता चनाखो छ। आशा छ, जनप्रतिनिधिहरूले अब चेतिसकेका छन्। यस्तो अवसरमा पनि हामीले चिन्तन र विवेकको प्रारम्भिक र अत्यावश्यक वास्तविकतालाई बुझेर देशविकास गर्न सकेनौँ भने हामी सधैँ पछि परिरहनेछौँ।

वास्तवमा राजनीति एउटा अन्तहीन प्रक्रिया हो। यसमा पूर्णविराम कहिल्यै आउँदैन। समयसापेक्ष परिवर्तन हुने चिन्तन नै राजनीति भएकोले राजनीतिको गतिशील र परिवर्तनशील प्रक्रियालाई कहिल्यै रोक्न सकिँदैन। यो त निरन्तर चलि नै रहन्छ। यस अर्थमा राजनीतिकोे निश्चित गन्तव्य हँुदैन। तसर्थ राजनीतिक समस्या समाधान भएपछि मात्र अन्य सामाजिक र आर्थिक समस्याहरू सुल्झाउनुपर्छ भन्ने सोचाइमा पुनर्विचार गर्नु आवश्यक छ। वास्तवमा बाँच्न र पेटको भोक मेटाउन हामीले सामाजिक र आर्थिक विकास गर्नैपर्छ। बग्गीको घोडाले जस्तै राजनीतिक मुद्दालाई मात्र केन्द्रविन्दु बनाएर अन्य सामाजिक र आर्थिक आवश्यकतालाई हामीले बिर्सनु हुँदैन। सामाजिक र आर्थिक विकासका लागि मौकाहरू पर्खिरहनुपर्दैन। विकास भनेको गरिहाल्ने काम हो, आशा गर्ने चीज होइन।

1124 Total View 18 Today View

3 comments to पुस्तक अंशः खोज (भाग ६)

  • very good i like this book i want read this book all because may be on this book every thing are posetive

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • तुयू भाजु उदास

    यी कुराहरु केहि अंश साँचो होलान .तर यथार्थ के हो भने आर्थिक विकाशको आधार सम्वन्धित समाजको दार्शनिक सिध्दान्त मा निर्भर हुन्छ .र यस्ता सिध्दान्त हरु त्यस समाजमा प्रचलित धर्म र विश्वासमा आधारित हुन्छन . नेपाली समाजको सन्दर्भमा ,अन्य धार्मिक सम्प्रदायमा न भएको , एक विश्वास – दान गरेर स्वर्ग पाइन्छ भन्ने छ .यसले गर्दा समग्र समाजको आर्थिक जीवनमा गहिरो प्रभाव परेको छ . उत्पादनशील कार्यमा लगानी गर्नु भन्दा अनुत्पादक समारोह र रवाफमा खर्च गर्ने मनोवृत्ति व्याप्त भएको छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Birkhe

    आहा! निस्चयनै राजनीति आफ्नै गतिले बहिरहन्छ। हामीले पुग्नूपर्ने त आर्थिक सम्रिद्धीमा पो हो त।

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1