-मेघराज रसाइली-
“सर, प्लिज यो मुद्दालाई अब फिर्ता लिईदिनुस्। हाम्रो तर्फबाट गल्ती भएको कुरा हामीले स्वीकार्यौं” राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, मानव संसाधन विभाग प्रमुख विष्णुप्रसाद वैद्य फोनमा मलाई भन्दै थिए, “तपाईले कानुनी प्रकृयाबाट नै जाने भन्नु भयो भने हाम्रो बैंकको साख गुम्छ। यत्रो प्रतिस्पर्धामा हामी धरासायी हुन्छौं। यो सरकारी बैंक भएकोले डुब्यो भने तपाईको पनि डुब्छ। उक्स्यो भने हामी सबैलाई फाइदा हुन्छ।”
“मलाई पनि यो मुद्दा मामिलामा रुचि छैन। मैले त बरु केही समय लिनुस् तर मेरो सामान खोजेर दिनुस् भनेकैं थिएँ नि। तपाईका कर्मचारीहरुले खोजिदिन्छु भन्नुको साटो उल्टै हामीलाई दुर्ब्यवहार गरे। सकेको गर भनेर चुनौति दिए। त्यसपछि मैले जे सक्थें त्यही गरें।”
“उहाँहरुबाट भएको त्यस्तो व्यवहारप्रति म माफी माग्छु तपाईसँग। प्लिज, पुरानो कुरा बिर्सिदिनुस्।” बैद्यले बिन्तिभाउ नै गरे। उनले छलफलका लागि राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखाका खजान्ची नानीछोरी श्रेष्ठ र प्रबन्धक द्धिजराज भट्टलाई केन्द्रीय कार्यलाय सिंहदरबारमा बोलाएका रहेछन्।
मुद्दाको छिनोफानो सकभर कार्यालय भित्रै सल्टाउनको लागि उनले मलाई पनि आउन अनुरोध गरे। मैले आनाकानी गरेपछि उनले भने, “यहाँ खजान्चीजी बिचरा रोइरहनु भएको छ। अघिल्लो खजान्चीले गरेको कामले उहाँलाई पनि अप्ठ्यारो पर्यो। पुरानो खजान्चीले जागिर छोडिसकेकोले उसलाई कार्वाही गर्न पनि मिलेन। समस्या बुझिदिनु पर्यो सर। हजुर जसरी पनि यहाँ आइदिनुस्।”
मैले बैंकमा धितो राखेको सुनमा एउटा औठी साटिएको र उक्त औठी पित्तल जस्तो भएको विषयलाई लिएर बैंक र म बीच मुद्दा हाल्नेसम्मको अवस्था आएको थियो। सामान उकास्न जाँदा यो हेराफेरी भएको कुरा पत्ता लागेको थियो। धितो बापतको पैसा तिरिसकेको थिएँ तर सामान भने बुझेको थिइनँ। मेरो यो लडाई बैंकका कर्मचारीले गरेको दुर्ब्यवहार र अब्यवस्थित प्रणालीविरुद्ध थियो।
दश मिनट कुर्नुस अनि म नै तपाईलाई फोन गरुँला भनेर मैले फोन राखें। उजुरीको प्रकृया सुरु गर्दा मैले उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाको परामर्श लिएको थिएँ। त्यसैले मैले परामर्शको लागि पुन: बानियालाई फोन गरें। उहाँले कानुनी प्रकृयामा जानु त ठिकै हो तर यो अत्यन्तै लामो र झन्झटिलो प्रकृयाबाट जानु पर्ने हुनाले एक पटकलाई उहाँहरुले भनेको कुरा मानिदिनुहोस् न त भन्नुभयो। मञ्चकी सचिव बिमला खनाल समेतले मलाई त्यही सुझाएपछि मैले पनि बैंकलाई एकपटकको लागि माफी नै दिनुपर्ला भन्ने मनस्थिति बनाएँ।
मैले बैद्यलाई फोन गरेर केन्द्रीय कार्यालय नआउने बरु पुल्चोक शाखामै कुरा गरुँला भनें। किनकी मेरो कार्यालय सानेपाबाट पुल्चोक नजिकै पर्दछ। बैद्यले मलाई भनें, “त्यसो भए म उहाँहरुलाई त्यहीं पठाईदिन्छु। उहाँहरुले तपाईसँग हात जोडेर माफी माग्नुहुनेछ। तपाईको साटिएको सामान बराबरको रकम दिनुहुनेछ। तर मुद्दा चाँही अब अगाडि नबढाउँ है सर। बिन्ति छ। ”
म पुल्चोक शाखा पुगें। खजाञ्ची दिदीले मलाई नमस्ते गरिन् र प्रबन्धकको कोठामा लिएर गइन्। उनको स्वर भासिएको र आँखा सुन्निएका थिए। अस्ति असोज २१ गते शेरनी जस्ती गर्जने खजान्ची दिदी आज पाँचौं दिनमा असिनाले चुटेको मुसो बनेकी थिइन्। भनिन्, “भाइ, म नयाँ आएकी। अघिल्लो खजान्चीले कसरी काम गर्यो मलाई थाहा भएन। अब यसलाई हामी भित्रै मिलाउँ। नत्र मेरो जागिर तलमाथि पर्छ। मलाई माफ गरिदिनुस्।” उनले हातै जोडिन्। त्यसभन्दा अगाडि बोल्न उनको अवरुद्ध गलाले साथ दिएन। आँखाबाट बररर आँसुका ढिक्का झरे। यस्तो स्थितिमा म पनि द्रवित भएँ।
मेरो चुनौति अब्यवस्थित प्रणाली र गैरजिम्मेवार संस्थाप्रति लक्षित थियो। खजान्ची दिदीको अहिलेको अवस्था देखेर निकै दया लाग्यो। मैले भनें, “दिदी, खराब नियतले मेरो सामानमा हेराफेरी भएको होइन रहेछ भने केही समय दिन्छु, खोज्नुहोस् भनेकैं थिएँ। तपाईले नै मान्नु भएन।”
उनले पटक पटक मसँग माफी मागिन्। बैंक प्रबन्धक भट्टले पनि उनलाई सहज बनाउन प्रयत्न गरे। मैले पनि उनलाई बिचलित नहुन ढाडस् दिएँ।
मेरो आफ्नै सामान खोजिदिने मेरो पहिलो माग पुरा हुन नसक्ने उनले बताएपछि नोक्सान भएको गहना बराबरको सुनको आजको मुल्यको रकम दिनुस् भनेर मैले नै भनें। उनीहरुलाई ‘के खोज्छस् कानो, आँखो’ भने झैं भयो।
मैले धितो राख्दा डिजिटल तराजुमा जोखेर राखेको थिएँ। अहिले त्यो बिग्रेकोले फेरि परम्परागत तराजुमा जोख्ने परिपाटीमा बैंक पुगिसकेको रहेछ। त्यस्तो तराजु विश्वासिलो नहुने हुनाले हामी तीनैजना नजिकैको सुन पसलमा गयौं। मेरो नोक्सान भएको तौल पत्ता लगायौं। २०६९ असोज २५ गतेको सुनको मुल्य अनुसार मैले नोक्सान भएको तौलको रकम बुझें। न एक रुपैंया बढी न एक रुपैंया कम। सो रकम खजान्ची दिदीले आफ्नो थैलीबाट तिरिन्।
बैंकमा फर्केर मैले आफ्नो सहिसलामत रहेको जति गहना बुझें र जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न निकायमा दिएको उजुरी फिर्ता लिनेछु भनेर सही गरिदिएँ।
मैले धितो राखेको सुनमा हेराफेरी भएको घटना पत्रपत्रिका, एफएम र सामाजिक सञ्जालबाट ब्यापक प्रचार भएको थियो। त्यसैले मलाई बैंकले क्षमा मागेर क्षतिको सोधभर्ना गरेको कुरालाई लिएर ब्यापक टिप्पणी भयो। धेरैजसोले यसलाई मेरो जीत भएको भन्दै बधाई दिए। केहीले चाँही मैले थप रकम असुलेर सम्झौता गरेको आरोप समेत लगाउन भ्याए। कतिले चाँही यो मुद्दालाई सर्वोच्च अदालतसम्म पुर्याएर दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्छ ता कि भविष्यमा अरु कसैले त्यस्तो अपराध गर्न नसकोस् भन्ने तर्क गरे।
तीमध्ये माई संसारमा तेन्जिङ गाबा ‘हिमाली’ ले गरेको टिप्पणीले मेरो मन छोयो। टिप्पणी यस्तो थियो : तपाइँको घरमा चोर पसेर भएभरको सामान चोरेर लग्यो रे। अनि तपाइँले त्यो चोर पत्ता लगाएर पक्रनु भयो रे। त्यसपछि चोरले तपाइको सामान फिर्ता गर्छु वा त्यसको मुल्य तिर्छु भन्यो भने कुरो सकिन्छ र ? कुरो त अब पो सुरु हुन्छ त। कि कसो ?
तेन्जिङजीले भनेको कुरा शत प्रतिशत सही हो। कुरा बल्ल सुरु भएको थियो। यो मुद्दालाई निरन्तरता दिएको भए बर्षौ लाग्न सक्थ्यो मुद्दाको किनारा लाग्न। हुन त मैले जँघार तर्न आँट गरिसकेपछि खुट्टो कमाएको होइन तर म श्रम गरी खाने मान्छेले त्यसमा समय दिन सकुँला कि नसकुँला भन्ने दोधार पनि मनमा पलाएर आयो। साथीभाइ र चिनेजानेकाले पनि धेरै ‘क्रान्तिकारी’ नबन्न सुझाए।
तेन्जिङजी, कुरा सुरु भएको थियो तर अन्त्य हुन पाएन। यस्तै भयो। मैले बैंकलाई माफ गरें।
(घटनाको सुरुवात कसरी भयो? जान्नको लागि मेरो अघिल्लो पोष्ट ‘सुनको औँठी पित्तलको बनाएर यसरी ठग्यो बैँकले’ पढ्नुहोस्)
[यस्ता घट्ना भविष्यमा हुन नदिन ग्राहकले कस्तो सावधानी अपनाउनु पर्ला ? बैँकले के गर्न सक्छ ? आफ्नो विचार तल लेख्नुहोला।]





हैन यो त धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै भएन र?यहाँ त मुख्य गल्ति गर्ने मानिस को चाही केहि कुरै छैन तर अर्कै बाट रकम चाही असुल उपर भएको देखिन्छा l खासमा सजाएको भागिदार त पहिलेको कर्मचारी नै हुनुपर्ने हैन र? कि कसो हो?
मन परे हरियो नपरे रातो !
1
0
सजाय दिनु पर्ने लाई माफ गरिदिने यो त जनताको लाचारीपना हो/
मन परे हरियो नपरे रातो !
1
0
स्यावास जनता बनेको त येस्तई हुनु पर्ने रहे६ अब थाहा पायो कि नेपालको कनुन्नी गुश खोरी मा कसको दोस रहे६ जनताको सजाय दिनु पर्ने ठाउमा माफी दिने मुर्ख
मन परे हरियो नपरे रातो !
1
0
सर
मलाई चित्त नाभुझेको कुरा चै के भने, त्यो पुरानो खाजंसी लै बैंक ले कारबाही गर्यो कि गरेन. त्यो फेरी अर्को बैंक मा गएको छ र तय पनि तेस्तै गर्न सक्छ/. एक चोटी को चोर सधै को चोर/ येस्मा बैंक को भन्दा पनि त्यो पुरानो खाजंसी को गल्ति छ. बैंक लै माफ गरे पनि, त्यो पुरानो खाजंसी लै बैंक ले कारबाही गर्ने सर्त मा गर्नु पर्दथियो, अनि यो कुरा पछि अरु कर्मचारी हरुको लागि नसिहत बन्दथियो/
धन्येबाद
मन परे हरियो नपरे रातो !
8
0
माफ गर्नुस, गलत नियत र अनैतिक अनि गैर जिम्मेवारीका बिरुद्द कारबाही गर्ने त्यस्तो मौका पाउँदा पनि २५०० रुपैयाँ बढी लिएर सम्झौता गर्ने मेघराज रसाइली लद्दु पत्रुकार ???? मेडियाको मात्रै यत्रो दुरुपयोग ?
मन परे हरियो नपरे रातो !
10
0
संसार मा सबै भन्दा ठुलो सजाय माफी दिनु हो, जुन तपाई ल दिनु भयो / तादी मान्छे हो भने तेस लै यति सजाय ले पुगो नत्र भने……अब मान्छ कि पशु बन्ने भन्ने कुरा को विचार उसैले गरोस्
मन परे हरियो नपरे रातो !
8
10
जानी जानी बेइमान गर्ने लाई माफी दिनु पनि अपराध नै हो . यसरी जानी जानी बेइमान गर्ने लाई माफी दिदै रह्यो भने बेइमानी गर्नु सबै लाई हौसला दिनु हो. / मलाई नब जी को कुरा मा सहमत छैन
मन परे हरियो नपरे रातो !
15
1
बदमास लाई सजाए हुनै पर्छ / त्यो पनि सबै ले देख्ने गरि / अनिमात्र अरु को पनि मुटुमा ढ्यागरो बज्छ /नेपाल बिग्रेको नै येही कारण हो जे कुरा पनि भित्र भित्रै लुक्छ /
मन परे हरियो नपरे रातो !
14
0
माफ गर्नु होला इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक हुनु पर्नेमा भूलबस क्लिनइनर्जी बैंक हुन गएछ………………….
मन परे हरियो नपरे रातो !
1
1
त्यो पुरानो खजान्ची जसले सरासर भ्रस्टाचार गरेको थियो त्यो उम्कियो तेसैले त्यो अहिले काम गर्ने बैंक क्लिनइनर्जी बैंकले कारबाही गर्नु पर्छ नत्र त्यो बैंकमा सुन धितो राख्नेहरुको सुनको पनि कुनै ग्यारेन्टि छैन तेसैले क्लिनइनर्जी बैंकमा सुन धितो राखेर ऋण लिने मित्रहरु होस् गर्नु होस् र आजै गएर बैंकमा तेस्तो भ्रस्टाचारिको उजुर गर्नुस होस्………..सबैको भलो होस्
मन परे हरियो नपरे रातो !
7
0
पहिलेको खजान्चीले चोरेको रे अनि अहिलेको खजान्चीले रुदै माफी माग्दै पैसा तिर्यो रे … हा हा हा ..And Rasaili jee believed this. This is possible in Nepal only.. Rasaili jee, You made all of us , the well wishers a CONDOM(use and throw).. You used Media, blog and the bloggers only for your mean purpose… Very Sad, not a single word of THANKS to any one who supported your cause… Height of selfishness !!!
मन परे हरियो नपरे रातो !
28
3
हात्ती आयो हात्ती आयो फुस्सा …
दोषी लै कारबाही नहुने भए पछि जे गरेनी भो … चोरेको चिज(पैसा) फिर्ता भो सजाए र क्षेतिपूर्ति खै ?? रसाइली जीले राम्रै stunt बाजी गर्नु भो… कमसेकम मुद्दाको झमेला न बेहोरेने क्षेतिपूर्ति त माग्नु पर्थियो ; जे भए पनि २५ को ६० पाउनु भो बधाई छ ..
तेसैले नेपालमा एउटा उपभोक्ता आदलत चाहिन्छ जहाँ ढिलोमा पनि एक महिना भित्र फैसला होस् .. यो एक दम जरुरत छ ..
मन परे हरियो नपरे रातो !
21
0
मेघराज जी ले माफी दिनु अर्कै पाटो हो/ त्यसले एउटा घटनाको अन्त्य गराउछ/ फेरी वहा पैसाको कारोबारगर्न राष्ट्रिय बाणिज्य बैंक जाने नजाने वहाको कुरो हो/ मुख्य कुरो पद्दति को पनि हो/ जनताले तिरेको कर बाट सिदो पिठो खाएर जनताको काम गर्छु भनेर कर्मचारीले कसम खाएका हुन्छन/ त्यसैले त्यो कार्यलाई जनताको सेवा गरेको भन्ने परिभाषा नै गलत हो/ कर्मचारीले सेवा गरेका हैनन्/ सेवा गर्न ज्यालाको अनिबार्य आशा गरिएको हुदैन र सेवा अनिबार्य पनि हुदैन/ तर कर्मचारीले जनताको काम सरकारले दिएको तलबको कारणले गर्ने हुन् जुन अनिबार्य सर्त हो/ तर बिडम्बना नै भन्नुपर्छ नेपालका सरकारी कर्मचारीले त्यो कुराको हेक्का कहिल्यै राख्दैनन्/ मेघराज जी बैंक लाइ ले माफी दिदा ति कर्मचारी लाइ बैंकले किन माफी दिने/ मेघराज जी ले परिश्रम गरि खाने व्यक्तिले मुद्दा मामिला गर्न नभ्याउने हुनाले माफी दिएँ भन्नुभएको छ; वहा आफ्नो ठाउमा सहि होला तर थैलीबाट रकम झिकेर वहालाइ क्षतिपूर्ति दिने खचांजी दिदिको नियत के हो? यदि उनीभन्दा अघिका खचान्जिले बदमासी गरेका भए त्यसको सजाय किन ति दिदि ले पाइन्? पहिलेका खचांजी पनि त मरेका हैन रहेछन; अर्को बैंकमा जागिरे रहेछन…तिनलाई कानुनि कारबाही गर्न राष्ट्रिय बाणिज्य बैंक, अहिले कार्यरत बैंक वा सरकारले किन सक्दैनन्? त्यसैले यो घटनामा राष्ट्रिय बाणिज्य बैंक, पुल्चोक शाखाका कर्मचारीको मिलेमत्तो शंका किन नगर्ने? खचांजी दिदीले आफ्नै थैली बाट मात्र रकम तिरेकी हुन् भने त्यो औंठी उनले नै गायब बनाएकी हुन् भनेर किन नभन्ने? औंठी उनले नालागेकी भए किन पैसा आफ्नै थैलीबाट तिरिन? बैंकले तिर्नु पर्ने हैन र? मेघराज जी ले त बैंकमा पो धितो राख्नुभाको थियो; दिदीको घरमा पक्कै हैन/ यदि उनले बदमासी गरेकी नै हुन् भने उनको जागिर मेघराज जी वा राष्ट्रिय बाणिज्य बैंकले किन बचाईराख्ने? राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय ले आफ्ना मातहतका कर्मचारीको चोरी र ठगि कार्यलाई किन बचाउ गर्छ? किन कारबाही गर्दैन? त्यसैले मेरो बिचारमा मेघराज जी मानविय पक्षबाट सहि हुनुहुन्छ तर बैंक र त्यो ठगि कार्यमा संलग्न त्यसका कर्मचारी माफी पाउन योग्य पटक्कै छैनन्….तर चोरले चोरलाई कारबाही गर्नेकुरा पनि त भएन नि….
मन परे हरियो नपरे रातो !
23
2
मिडिया शक्ति को पुरा सदुपयोग(दुरुपयोग?) गर्नु भो, तर जे गर्नु भए पनि आफ्नो पैसा फिर्ता पाउनु भयो | बधाई छ | तपाईलाई आफ्नो पैसा फिर्ता पायो पुग्यो, नया खाजांची लाई पैसा तिर्न लगाउनु भयो, तपाई को फगत इगो मा मलम लग्यो, तपाई को टेन्सन सकियो हैन त? पुरानो खाजांची लै चाही केहि गर्नु पर्छ जस्तो लागेन? तपाई को आफ्नो व्यक्तिगत स्वार्थ को लागि मिडिया को यत्रो प्रयोग गर्नु भयो, तपाई को ठाउँ मा हामी जस्तो सर्वसाधारण परेको भए हालत के हुन्थ्यो? कस्तो गैरजिम्मेवार पत्रकार तपाई ta, छ्या ! साझा सवाल को producer रे, कम्ति मा साझा सवाल मा यो बिषय उठाउन सक्नु हुन्थेन? ५० हजार (सुन को मूल्य ) मात्र लिएर तपाइँले यो केस छोड्नु भयो भन्ने कुरा मा मलाई रत्ति भर विश्वास छैन, पत्रकार हरु कसरि भ्रस्टचारी हरु को payroll मा बस्छन् थाह भएकै कुरा हो, कुरा शंकास्पद छ है !
सबै को भलो होस्, जय नेपाल |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
1
क्षमा दिनु सामान्यतया राम्रो भएपनि यो माफि गलत भयो . बरु यसलाई नंग्याउनु पर्थ्यो . यस्ता गल्तीले सजाय पाउनै पर्ने हो . यसले दण्डहीनतालाई प्रश्रय दिन्छ, अपराधीलाई मुक्ति.
मन परे हरियो नपरे रातो !
14
0
अब पिडितले आफ्नो समान पाई सके पछि के नेपालमा चोर लाई कारबाई गर्ने कुनै कानून नै छैन र? पिडित ले आफ्नो समान त पाई हाल्छ, वहा ले पनि पाउनु भयो, राम्रो भयो..तर चोर त चोर नै भयो नि…चोरी गरे को समान फिर्ता गर्ने बित्तीकै चोरी नै माफ त हुदैन नि…अब कुनै अभियोग नै लगाउन मिल्दैन र? चोरी र ठगि जस्तो सामाजिक अपराध लाई कुनै पनि हालत मा माफ गर्न मिल्दैन..उपभोक्ता मंच जस्ता संस्था हरु ले यस्तो मुद्धा लड्नु पर्छ..चोर लाई खोर मा हाल्नै पर्छ..नत्र त्यस्ता चोर हरु को मनोबल अझै बढ्ने छ..आफ्नो बैंकमा भएको ठगि को जिम्मेबारी नलिने राष्ट्रिय बाणिज्य बैंकका अधिकारी लाई थुक्क!!!!!! संस्था कहिले पनि कलंकित हुदैन..तिमीहरु जस्ता भ्रस्ट कर्मचारी नै कलंक हौ..
रसाइली जी- तपाई त पत्रकार जस्तो मान्छे..साधन स्रोत पहुच भएको मान्छे..समाज कै सुसुचित गर्ने जिम्मेवारी लिएको मान्छे..आफ्नो समान पनि पाई हाल्नु भयो..अब गुमाउन केहि पनि छैन..comments हरु पढी हाल्नु भयो होला..अब एउटा जिम्मेवार नागरिक बनेर मुद्धा हाल्नुस. कुनै न कुनै निकाय त पक्कै पनि छ जसले एस्तो ठगि को छानबिन गर्छ..चोरी भनेको चोरी नै हो..तपाई ले आफ्नो सामान पाउने बित्तीकै उजुर गर्ननै नमिल्ने त पक्कै पनि होइन..अब एउटा leader को भूमिका निर्वाह गर्नुस..साधारण जनता को प्रतिनिधि बन्नुस… .एउटा उजुरी बाणिज्य बैंक मा दिएर त्यसको बोधार्थ बाकी सम्बन्धित सबै निकाय हरु मा दिनुस जस्तै उपभोक्ता मंच, राष्ट्र बैंक, जिल्ला प्रसासन कार्यालय, प्रधान मन्त्रि कार्यालय etc. त्यस पछि तपाईको सानो झिल्को ले लगाएको डढेलो ले येस्ता चोर र ठगहरु लाई कसरि खान्छ त्यो हेर्नुस..हामी सबै को आश अब तपाई मा छ..अग्रिम सुभकामना!
मन परे हरियो नपरे रातो !
11
0
हो यसरी अपराध गर्दै माफी पौने भएकोले अपराधी हरु मौलाएको छन् भन्ने मलाई लाइरहेको छ ….अपराधीलाई सजाय दिए फेरी गल्ति गर्दैन कि यसमा तपाइको के विचार छ ……?
मन परे हरियो नपरे रातो !
12
0
ठगि हरु जाहाँ पनि हुन सक्छा . तेसैले सर्बप्रथम आफै नै सजक हुनु पर्छा . यो घटना मा मेघराज रसाइली जी ले सुन फिर्ता लिने बेला मा जसरि आफ्नो समान को हेक्का राखी जुन सजगता तथा अडान लिनुभयो त्यो राम्रो थियो. एस्तो हुन नदिन व्यक्ति ले बैंक मा सुन राख्ने बेला मा राम्रो संग बैंक ले जोखेको परिमाण को एक कापी आफु राख्ने . समान को विवरण राम्रो संग टिप्ने अनि फिर्ता लिने बेला मा पनि बैंक का कर्मचारी को आगाडी आफु संग भएको कापी तथा अरु विवरण मा मिल्ने समान मात्र लिने . लामो समय पछि सुन फिर्ता लिन जाँदा आफ्नो समान के के छ, कस्तो छ पहिले नै विचार गर्ने . तेस्तै समान राख्ने र लिने पनि उही सके सम्म यौटै व्यक्ति हुनु पर्ने . कथम कदाचित आफ्नो समान लिने बेला मा त्यो समान गडबड भएको महसुस भएमा मेघ राज जी ले जस्तै समान नबुझी प्रतिबाद गर्ने तथा सम्बन्धित निकाय मा आफ्नो कुरा राख्ने .
मन परे हरियो नपरे रातो !
7
0
यो मुदा खास मा बैंक / सरकार ले पुरानो खाजंजी संग लड्नु पर्ने हो, आखिर सरकारी बैंक को इजत त गयो नि ….. खै के खै के ? एस मा त तपाई ले मुद्धा बारे मा सोज्नु भन्दा अक्तियार र पुलिश प्रसासन ले अनुसन्धान गरि कानुन को कत्घरा मा उभ्यउनु पर्ने होइन र ? यो देश मा सरकार लै एस्त कुरा हेर्ने फुर्सद कहाँ ….
मन परे हरियो नपरे रातो !
24
0
कुरो नया खाजंजी को भन्दा पनि पुरानो खाजंजी को बारेमा हो …जागिर छोड्यो भन्दै मा सुख पाउने …. निजले एदी गल्ति गरेकै हो भने क्रिमिनल बराबर सजाय हुनपर्छ ….. मेघ राज जी तपाई ले बैंक ले गर्दा समय बर्बादी हुदा के मुआब्जा पाउनु भो त ? हामी नेपाली अलि बढी छेमा दिने हुनाले होकी क्रिमिनल हरु मौलाए का ?
मन परे हरियो नपरे रातो !
28
0
मानवता भएको ले तपैले राम्रो गर्नु भयो. कसै लै माफ दिनु मानवता को चिनो हो. तर एस्तो कहानी फेरी फेरी दोहरिने समस्या छ नेपाल मा तेसै ले यहाँ का सरकारी कर्मचारी र सरकार ले राम्रो तरिका मा काम गर्नु जरुरि छ.
मन परे हरियो नपरे रातो !
4
1
हरहर्केको कुरा सोह्रै आना ठीक हो । त्यो पैसा रिषी धौडेल ले दिएको कि बैँकले दिएको को खजान्चिनीले देको ? बैँकले देको भए धौडेल जोगियो । त्यो धौडेललाई हत्कडी लाएर कोच्नु पर्ने थियो ।
मन परे हरियो नपरे रातो !
9
0
म पिडित को ठाउँ मा भैदे को भए त्यो चोर डाका लुटेरा लाइ मुद्दा सुद्दा होइन (किनकि यो देश मा अहिले कानुन भन्ने चिज तेल लिन गएको छ ) घर जाने दोबाटो मा कुरेर वा उठाएर अनकन्टार ठाउँ मा लगेर ठोक थिए ! र निधार मा लेख थिए किन र के करारण ले ठोके को भनेर ! यसले अरु चोर डाका लुटेरा लाइ सतर्क बनौन्थियो कि अरुको सम्पति र देश को सम्पति लुटेर खायो भने के हुन्छ भनेर !
मन परे हरियो नपरे रातो !
6
2
चर्को बोली बोल्न नसक्ने नेपाली खोई कसरी बाच्ने हो यो नेपालमा ?? यो त प्रतिनिधि घटना मात्र हो यस्ता त सयौ ठाउमा हजारौं हुन्छन् !!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
1
मेघराज दाइ नमस्कार, सर्वप्रथम त तपाइलाई बधाई छ तर नेपालमा उपभोक्ताको हकहित अनि कर्मचारि को ब्योहार परिबर्तन को लागि भएपनि तपाईले मुद्दा हाल्नु भएको भए बेस हुन्थ्यो जस्तो लाग्यो मलाई त
मन परे हरियो नपरे रातो !
28
2
मेघराज जी
युद्दमा विपक्षीलाई सिध्याउनै पर्छ भन्ने छैन नि,
यसरी नै स्खलीत बनाएर आत्मसमर्पण गर्न लगाउदा पनि हुन्छ /
जे होस् राम्रो काम गर्नु भएकोमा धन्यवाद अनि बधाई छ /
अब यसरी नै अरु २-४ जनाले पनि यस्ता धाधलीहरुको यसरी नै पर्दाफास गर्ने हो भने, “सुनलाइ पित्तल बनाउने जादुगरहरु” को चमत्कारमा कमि आउनेछ भन्ने मेरो बुझाई छ /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
74
6
I commented earlier that this is the only country in the world where refund of bribe money can be taken as an excuse or a punishment. Given our situation, I think Rasaili move was a correct one. We have to look into his calculation. It takes ages to settle this case – because of our corrupt judiciary system. You have to hire lawyers and they just seek to milk you all the way – because of corrupt lawyers. Therefore, it is right move. He had inflicted enough damage to the bank and their staff members. We need to post the picture of the staff members, so that they can be punished in the near future. Agencies like CIAA, NVC should now start investigating the case and possibly sue the bank manager for their negligence.
मन परे हरियो नपरे रातो !
11
4
रसाइलिजिले जे गर्नुभयो ठिकै गर्नुभयो | गल्ति महसुस गराउनु र क्षतिपूर्ति भराउनका लागि नै त हो नि मुद्दा मामिला गर्ने | यदि उहाले मुद्दा नै हालेको भएपनि नेपालको कानुन अनुसार यस्तो गल्तिलाइ मानबिय त्रुटी भनेर त्यहि क्षतिपूर्ति तिराउने र हदै भए २-४ दिन जेल (यदि त्यस्तो ब्यबस्था रहेछ भने) निर्णय हुने त थियो होला नि अदालतबाट | तर त्यसको लागि कति समय कुर्नुपर्थ्यो त्यो आफ्नै ठाउमा छ | अघिल्लो खाजांचीले बदमासी गर्यो कि पछिल्लोले भन्ने त उनीहरुलाई नै थाहा होला | तर गल्ती चाहि पछिल्लो खाजांचीकै हुन आउथ्यो यदि अदालती प्रक्रियामा गएको भएपनि | किनकि कुनैपनि सस्थाको जिम्मेवारी एकजना बाट अर्कोमा सर्दा पुरानो ले नयालाइ सबै सामान, लेखापढी बुझाउनुपर्छ र नया ले सबै ठिक छ छैन भनि जाचेर बुझ्नुपर्छ | यी नया खाजान्चिले त्यसो नगरेको भए उनीकै गल्ति / बदमासी देखिन्छ | त्यसैले त उनको आशु पनि आयो अनि आफ्नै खल्तीबाट पैसा पनि तिर्नुपर्यो | यसबाट पाठ सिकेर अरु सेवाग्राहीहरु सित राम्रो ब्यबहार र काम गरिन् भने तपाइको माफीको सहि मूल्य हुनेछ | आशा गरौ त्यस्तो होस् |
मन परे हरियो नपरे रातो !
12
4
एउटा उखान छ “मान्छे मरेर रोएको होइन, काल पल्केर रोएको” त्येस्तै रसाइली ज्यु तपाईलाई ठगि गरेर मात्र सजाय दिनुस भनेको होइन अब आइन्दा अरुलाई एस्तो गर्ने आट नगरुन भनेर नै हो| सामान फिर्ता भएकोमा खुशी लाग्यो तर दण्डहीनता लाइ प्रशय दिएको मा निकै नै दुख लाग्यो| रसाइली जी तपाइँले त आफ्नो लागि काम गर्नुभयो, कमसेकम तपाइँ जस्तो जागरुक मान्छेले दोषी लाइ सजाय दिन सकेको भए साधारण ब्याक्ति हरु अनि श्रीमान् र छोरा हरु बिदेश भएका सोझा महिलाहरु (जो आफ्नो कुरा राख्न सक्दैनन् ) लाई ठुलो सहयोग हुने थियो| (बिचार गर्नुस त तपाइँ जस्तो पढेलेखेको अनि पहुच भएको मान्छे लाई त एस्तो व्यावहार गर्दछन, अन्य साधारण लाई त झन् ) नया खचांजीले गल्ति गरेको छैन भने किन रुन पर्यो?? अनि मुख्य दोषी लाई खोइ त कार्यवाही भएको … साह्रै नरमाइलो लाग्यो| नेपालमा कुनै एस्तो निकाय छैन जो एस्तो क्रियाकलाप को छानबिन गरेर दोषी लाई कठघरामा उभ्याउन सकोस?
मन परे हरियो नपरे रातो !
17
1
मेघराज सर, एउटा नेपाली हृदयले माफी गरे ठिकै हो| माफी दिने व्यक्ति महान हो|
प्रकाशमा ल्याउनुभो, राम्रो गर्नुभो| खाजान्ची दिदीको आँसु सम्झेर माफी गर्दिनुभो,
त्यो तपाइको महानता हो| आशा गरौ यसबाट बैंकको आँखा खुलियो|
हामी नेपालीले १२००० नेपाली मार्ने सेना, प्रहरी, राजा र माओवादीलाई त् माफ दियौ|
१०१ बर्ष सम्म देशको सम्पति बाउको सम्पति सरह गर्ने निरङ्कुश राणालाई त माफी दियौ भने यो सानो कुरामा माफी दिनु नै ठिक छ|
आपसी सद्भावनाले मन जित्न पर्छ तर भ्रष्ट कुरोको खुलासा पनि गर्दै जान पर्छ|
मन परे हरियो नपरे रातो !
22
7
जस्तो भए पनि अन्तिममा तपाईले आफ्नो पैसा पाउनु भयो त्यसमा धेरै नै खुसी
लाग्यो तर भविस्यमा यस्तो हुने छैन भनेर ग्यारन्टी चाही दिन सक्छ नेपाल बाणिज्य बैंक ले ?
मन परे हरियो नपरे रातो !
4
3
ल बधाई छ!
सबैलाई दुनियालाई उल्लु बनाउन नै त मजा आउछ क्यारे!
जो सुकैले खोकुन जतिसुकै खोकुन अन्तातोगोत्वा खोक्नुको कारण खोक्नेकै घाटी र छातीको फोहोर सफा गर्नेत हो! अरुकोलागी भलै कसैले खोक्छ र!
यी बन्धुले पनि तेसैगारे जुन सबैले गरेका छन्!
उचाले चिच्याय खोके मच्चिय, मच्चाय अनि आफ्नो दुनो सोझ्याय अब तै चुप मैचुप!
बस,
आफ्नो दुनो सोझिय पछी दुनियादारी को गोरेटो सफागर्न कसले दुख गरोस गाठे!
एकादेशको कुरो यहि खत्तम!
ल सबैलाई बधाई छ!
मन परे हरियो नपरे रातो !
23
6
निशाजी, खजांची दिदिले सामान नचोरेको भएपनि उहाँको पनि गल्ति छ. आफ्नो customer ले केहि complain गर्न आयो भने मद्दत गर्ने कि गालि गरि पठाउने? मेडिया मा खबर छापिसकेपछी खजांची दिदिले आफ्नो इज्जत र काम जोगाउन आफ्नै खल्ती बाट भए पनि घुस सरि पैसा दिएको हो. कामकुरो सामसुम पार्न दिएको हो यो घुस.
मेघराजजी ले क्षतिपुर्ती पाएको होइन आफ्नो गोजी भरेको हो.
पैसा पाउनु अगी सम्म अदालतको धोका सम्म पुग्ने आँट थियो, जब गोजी भरियो अनि आफै माथि शंका लाग्यो. वाह, क्या गज़ब.
पैसा पाउँदै मा कसुरवारलाइ माफी गर्ने मेघराजजीको “दानी” व्यवहारले भ्रस्ताचार लाइ बढावा दिन मद्दत पुगेको छ.
मन परे हरियो नपरे रातो !
28
7
होईन यो सुवास भन्ने मान्छे हो की जन्तु हो??? ल तपाईको १ तोला सुन मैले हराँए रे। अब तपाईले मलाई के गर्नुहुन्छ??? मुद्दा लड्नुहुन्छ?? यदी लड्नुभयो भने २ बर्षमा मुद्द छिनिन्छ र मैले केही महिना जेल जानुपर्छ। अर्थात मैले केही हजार क्षतिपुर्ति दिनुपर्छ। तर त्यो मुद्दा लड्दा लड्दा एक त तपाईको महत्वपुर्ण समय बर्बाद हुन्छ। अर्को तपाईको २ बर्षको खर्च ५ तोला सुनको मुल्यभन्दा बढी हुन्छ। अनि के त्यही सहमतिमा हराएको जति क्षतिपुर्ति दिँदा कसलाई फाईदा?? मलाई कि तपाईलाई??? अवस्य पनि तपाईलाई नै फाईदा हुन्छ किनकी तिरेको क्षतिपुर्तिले तपाईलाई त्यति नै सुन किन्नसक्नुहुनेछ। अर्को तपाईको अनावश्यक महत्वपुर्ण समय बच्नेछ र तपाईको अनावश्यक खर्च जोगिनेछ। अनि यसलाई तपाई गोजी भरेको भन्ने?? पहिलो कुरा गोजी कस्ले खाली गरिदियो त्यो पनि बुझ्नुपर्यो।
मन परे हरियो नपरे रातो !
3
13
हे उप-बुजुर्ग Bikash ,
जन्तु जस्तो त आफै बिचार पोख्दैछ अरुलाई जन्तु भन्दै छौ!
यहा सुन हरायको कुरा होइन! छली गरियको धोका गरियको र सस्थागत पहुचाद्वारा जनताको काम गर्न सरकारको जागिर खायर बसेको व्यक्तिले (कर्मचारीले) सस्थागत तबरले जनतालाई छल ढाट गरि जनतालाई बेबकुफ बनाउने र ठग्ने नियतको हो!
यहा मेघराज त ल टाठाबाठा मान्छेभय मेडियाको पहुँच भयका आफ्नो कुरालाई मेडिया र जनता समक्ष उचाल्न सक्ने मान्छे भयर उसले आफ्नो गुमेको धन फिर्ता पायो तर यस्तो कति गरिब निसाहाया अशिक्षित मान्छेहरु होलान जो आफु थगीयको कुरा भन्न सक्दैनन्? ल ठिक छ मेगराजले त आफ्नो थैली आफुले बुझ्नु अगाबै हेर्यो र सुन र पित्तल चिन्यो अनि बम्कियो मच्चियो जगतलाई नै उचाल्यो आफ्नो दुनो सोझ्यायो आफ्नो पैसो वोसुल्यो तर तेस्तै अबस्थामा अरु कति होलान जसले थैली फर्छ्यौट गरि थैलीको मुखै नखोली घरापुगेकाहुन अनि घरमा हेर्दा पित्तलको वा सुनको जलप लगायको सामानमा चित्त बुझाउन परेका हुन्!
अब येही यो घटनालाई अलिकति मोडेर हेरौ ल!
यदि यी मेघराज ले कुनै कारण बस सो सुनको औठी नक्कली भयको कुरा सामान बुझ्दा तेही बैंकमा पत्तो नपाइ घर पुगेर वा बैंक बाट बाहिरिसकेपछी थाहा पाई फर्की कम्प्लेंत को लागि बैंक पुगेको भय उसको हालात के हुन्थ्यो होला? तेही तत्कालै त मेघराज जस्ता टाठाबाठालाई हप्काउन र थर्कौना सक्ने ले यो अबस्थामा उसलाई के गर्दो हो! मलाइ लाग्छ यदि तेस्तो अबस्था भयको भय यी रसाइली हाल पुलिस कोठीमा बन्द हुन्थे होला यतिबेला!
अब अर्को पाटो,
यदि यत्तिको स्वोत छली र धोकाबाजी अनि सस्थागत र भूमिगत तबरको ठगीमा रंगेहात भेटायको अबस्थामा अनि मेघराज जस्ता टाठाबाठा र मेडियाको पहुँच लिनसक्ने व्यक्ति सो क्रिमिनल कुकार्यको बिरुद्द कानुनि उपचार र सजायमा यो मुद्दालाई नापुर्याय अरु कसले गर्नेछ भनेर कुर्ने र कसको पालोमा हुनेछ भनेर कुर्ने?
अनि यस्ताले समाज बिग्रियो सरकार यस्तो उस्तो भनेर किन बढी कुरा छाट्ने? अब के हक छ यिनीसंग कि कुनै भ्रस्टाचार र गैर कानुनि काम गरेकालाई सजाय दिनुपर्यो दिनुपर्छ भनेर मच्चिन? आफ्नो पालोमा आफ्नो दुनो सोझ्यायर छाड्ने अनि समाज र देश बिग्रियो भ्रस्टाचार र गैरकानुनी काम भयो भनेर किन भाषण छाट्ने?
हुन त मेघराज रसाइलीको व्यक्तिगत तबरले सोचेमा कुरा अर्कै हुनसक्छ! यो उनको महानता हुनसक्छ कसैलाई माफ गरिदिनु, त्यो भन्छनि माफी दिनसक्ने महान हुन्छ भनेर तेस्तै महान होला रसाइली व्यक्तिगत तबरले तर सस्थागत र देशको अनि समाजको कुरागर्दा मेघराज रसाइली एउटा सामाजिक उत्तरदायित्वो बिहिन व्यक्तिगत स्वार्थ र लाभमा नै रम्ने मान्छे हो भन्छु म!
यिनले यहा हामि माझमा यिनको घटना उछिल्यायर यिनले आफ्नो दुनो सोझ्याउने बल प्राप्तगारे!
हामीलाई चाहि यसो टाइम पास गर्न र हा हुइ गर्न रमाइलो भयो!
कुरा तेत्ति हो!
मन परे हरियो नपरे रातो !
13
0
अंह, मेरो पनि चित्त बुझेंन| तपाइले आफ्नो सामान वा बराबर मुल्यको रकम पाउने अधिकार हो, लडेर पाउनुभो| अब जसले अपराध गरेका छन् उनीहरुलाई कानुनत सजाय हुनैपर्छ|
रसाइलीजी, तपाई बुझेका व्यक्तिको जिम्मेवारी के त्यही हो? यो प्रकरणमा जो कर्मचारी छन् उनीहरुलाई तुरन्त निलम्बन गरेर यो प्रहरीमा रिपोर्ट गर्नपर्ने हैन र भन्या? कर्मचारी अहिल त्यँहा जागिरे होस् वा नहोस, यो संसारमै त् होला| त्यसलाई पनि कारवाही गरिनपर्छ|
रसाइलीजी, आफ्नो कुमलो पाए पछी अरुको पछी जेस्कै होस् भन्ने क्षमाशील होइन| त्यस्ता व्यक्ति समाजमा दायित्वपूर्ण हुन् जसले फेरी त्यस्ता अपराध दोहोराउन नदिन सजाय दिलाउँछन|
उपभोगता मंचको भनाई पनि उत्तरदायित्वपूर्ण छैन| उनीहरु त्यस मन्चमा नबसेर गाबिसको पारपाचुके पंचायतमा बसे उपयुक्त देखिन्छ| के हाम्रो देशमा कानुन भन्ने चिज चार कोशे झाडीमा हरायो कि?
मन परे हरियो नपरे रातो !
15
1
अपराधीलाई दण्ड नदिई त्यसै छाड्ने हो भने भबिस्यमा हुने अपराधको मात्रा बढ्छ | दण्डको मूल उद्देस्य भबिस्यमा हुने अपराधलाई घटाउने हो | त्यसैले अपराधीले दण्ड त पाउनै पर्छ | अपराधीलाई दण्ड नदिएर वा कम दण्ड दिएर अपराधीलाई पुरस्कृत गर्ने हो भने अपराध स्वतः बढ्छ नै | यो संग सम्बधित एउटा मेरो लेखको लिंक तल दिएको छु |
http://www.mysansar.com/archives/2010/02/id/9450
मन परे हरियो नपरे रातो !
10
1
- यस्तो घटना हुन नदिन यो बैंकका सबै जिम्मेवार कर्मचारीहरुलाइ हदै सम्मको कारबाही गर्नु पर्थ्यो | तेसो भएन नराम्रो लाग्यो | यदि कारबाही गरेको भए बैंक डुब्नु भन्दा उसको उसको इज्जत भबिस्यमा राम्रो हुन्थ्यो किनभने यस्तो दुस्कर्म अरुले भबिस्यमा गर्ने आँट गर्दैन थियो |
- तपाइँले सामाजिक संजाललाइ आफ्नो फाइदा को लागि राम्रै प्रयोग गर्नु भयो, बधाई छ !! तपाईले यहि संजाल मार्फत तपाइलाई नैतिक समर्थन दिने जनताको मत र विचार के छ भनेर सोध्न छुटाउनु भयो | तपाइँले बैंक लाइ माफी दिए पनि तपाइँलाइ माफी दिन मेरो भित्रि मन मानेको छैन | बैंक जस्तो संस्थाले जानाजानी गरेको कुकर्मलाइ कहिले माफी दिन मिल्दैन जस्तो लाग्छ |
मन परे हरियो नपरे रातो !
15
1
रसाइली जी,दुनो सोझ्याई हाल्नु भो बधाई छ।
मन परे हरियो नपरे रातो !
11
6
तपाईले पनि आफ्नो नामको कर्म देखाईहाल्नु भो, तपाईको पारिवारिक नाम देखेर कुरा बुझिहाँले।
मन परे हरियो नपरे रातो !
4
15
Bikash जी
तपाईले पनि आफ्नो नामको कर्म देखाईहाल्नु भो, तपाईको पारिवारिक नाम देखेर कुरा
बुझिहाँले।यसको मतलब के?के तपाइको पारिवारिक नाम नै छैन?त्यो त तपाइको नाम लेखाइ बाट नै था हुन्छ।बिचारको कुरा गर्नुस परिवारको हैन!!
मन परे हरियो नपरे रातो !
10
0
आफ्नो पारिवारिक नाम भने केटाहरु ले झन रयाग गर्छन भनेर विकासः ले न भनेको होला !! लोल
न डराउ ब्रो सबै तिमि जस्तो हुन्नन के !!!
मन परे हरियो नपरे रातो !
2
0
आफ्नो पैसा फिर्ता आयो खुशी को कुरा हो तर सर ले आगाडी बढाइ सकेको कानुनी प्रोसेस चै बिचै मा नछाडनु भएको भए राम्रो हुन्थ्यो र छाड्नुपर्ने नै भएको भए सबै कुरा हरु यहाँ नराखिदिनु भएको भए राम्रो हुन्थ्यो होला ताकी फटाहा हरु को समझ्धारी सहि मान्छे पनि मिल्नुपर्ने रहेछ भन्ने सुन्न पर्ने थिएन कि ….
मन परे हरियो नपरे रातो !
2
1
रसाइली जी,
तपाइले त आफ्नो सामान पाउनु भो, पाउनु नै पर्थ्यो…बधाई छ !
सरकारी बैकले तपाईलाई हर्जाना तिर्यो, तर त्यो पैसा चोर संग फिर्ता लिएर होइन, जनताले तिरेको करबाट……! के हजुरको लड़ाई तेसैको लागि थियो त ?
याद गर्नुस त, तपाइले बैद्य सरले भनेको
“….अघिल्लो खजान्चीले गरेको कामले उहाँलाई पनि अप्ठ्यारो पर्यो। पुरानो खजान्चीले जागिर छोडिसकेकोले उसलाई कार्वाही गर्न पनि मिलेन।…..” उक्तिलाई कसरि पत्याउनु भयो? त्यो चाइ अचम्म लाग्यो…!
जागिर छोडेर गयो भन्दैमा, गरेको अपराध (चोरी)को दण्ड नहुने वा कारबाही नगर्ने भन्ने पनि हुन्छ र ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
196
0
अब बैंक ले त्यो पुरानो खलांची लै कानून को दायेरा मा लाउन जरुरि छ अब , नत्र ठुलो ठुलो आपराद गरेर काम छोडे पछि सजाए नहुने भए एस्तो अपराद बढ्दै जान्छ
मन परे हरियो नपरे रातो !
30
1
……….. भनाइको मतलब, बोल्न सक्नेले मात्रै बैंकमा सुन धितो राखौ! ऐरे- गैरेले सबैखाले बदमासिहरुलाई सहदै गरौँ !!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
71
0
यसबाट बैंक र कर्मचारीले “सके लुटौ नसके माफी मागेर टारौ” भन्ने पाठ सिक्ने त हैन?? जे होस् अब सर्बसाधारणले एकदम होसियार हुनुपर्ने स्तिथि छ नेपालमा | “जो होचो उसकै मुखमा घोचो” गर्ने अवस्था छ | अब बैंक मा धितो राख्न पनि भिडिओ रेकर्ड गर्नु पर्ला जस्तो छ|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
43
1
तपाई पत्रकार भएको ले यो सब media मा दिएर प्रचार प्रसार गर्नु भयो | तपाई ले आफ्नो media power use गरेर आफ्नो सामान त फिर्ता लिनु भयो | तर तपाईको जस्तो case त कति भयो होला कति|
तपाई साधारण मान्छे भएको भए तपाईको कुरा न त कोहि पत्रकारले पत्याउछ न त media अगाडी आउछ |
कोहि साधारन मानिस तपाईलाई आएर एस्तो भयो भन्दा के तपाई पत्रकारहरुको हैसियेतले येस्तै सहयोग गर्नु हुन्छ?
अर्को जसले तपाई को सामान लग्यो तेस्को नाम चाही किन येस्मा छैन? त्यो कुन बैंक मा काम गर्छ? ताकी त्यो बैंकमा धितो रक्नेहरु सतर्क होस् | जसले गरेको होइन तेस्लाई पैसा तिराएर के पुरुसार्थ गर्नु भयो ? एसको गहिराई सम्म जाने कोहि पत्रकार मा आँट छैन?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
130
0
सबै राम्रै भयो , तपाइले आफ्नो सुनको क्षति पूर्ति पाउनु भयो , खाजान्चिले ले आफ्नो जागिर जोगायो र पहिलेको खाजान्चिको पनि सबै थोक बच्यो अझ झन् त्यो त मख्ख परेको होला तर मित्र मोहदय , तपाई त पढेलेखेको अनि पत्र पत्रिका मा पहुच भएको वा भनम अलि ठुला बडा ,हुनेखाने मान्छे पर्नु भयो तर अरु सर्वसाधारण जनताहरु जुन त्यस री नै ठगिनु भयो र फेरी थागीन्नन नभनौ हरु ले के गर्ने त ????
हाम्रो नेपाल बिग्रनु र रार्मो नियम कानून लागु नहुनु मा के तपाइँ जस्तो मान्छेहरुको दोष छैन भन्नु उपयुक्त नहोला र ???? नेताहरु ४ वर्ष लगाएर संबिधान बनाउदैनन, अहिले फेरी चुनाव गर्ने आँट गर्दैछन किन ??? किन भने नेपाली जनताहरु धेरै जस्तो यस्तै छन् आफ्नो गर्जो तर्यो सबै बिर्सियो अनि गल्ति गर्नेहरुलाई माफी दियो र आफुले आफुलाई बडा ठुलो र ज्ञानी सम्झियो ,,,,हा हा हा ….कति राम्रो बानि है ???? मित्र हो देश लाइ बनाउन आम माफी होइन सक्दो नियम कानून अनुसार चल्नुस र अरुलाई पनि कानून अनुसार चल्न सिकाउनुहोस ì अपराधीहरु र कानून बिरुध्ध काम गर्नेहरुलाई माफी दिएर महात्मा नबन्नुस ì धन्यबाद,
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
54
0
धेरै वर्ष अगाडिको मह जोडीको लक्ष्मी भन्ने टेलिचलचित्र को याद आयो..
मन परे हरियो नपरे रातो !
22
1
मेघ जी तपाइले कहाँ कहाँ सम्पर्क गर्नुभयो (उपभोक्ता संरछन मंच आदि ) तिनीहरुको फोन number र सम्पर्क ठेगाना दिनुभए अरुहरु लै पनि मर्कामा काम लाग्थ्योनी !
मन परे हरियो नपरे रातो !
26
0
aashishjii,
अचम्म को कुरो भयो? येदी रसाइली जी ले आफ्नो औठी फिर्ता पाउनु भएको भए र चाहेर बेच्न खोजेको खण्डमा उहाले आजकै मूल्य आनुसार रकम पाउनुहुन्थ्यो होइन र? आनि कसरि दोब्बर तेब्बर पाएर माफ दिएको कुरा आयो, आली बुझाई दिने कस्ट गर्ने हो कि?
आनि यहाँ लेख छपाएको आसय चाही simple छ/ भ्र्स्ताचारिको पर्दाफास….खोइ बुझेको?
मन परे हरियो नपरे रातो !
9
4
अनि भ्रस्टचारी चाहीको रहेछ ? नया खजान्ची , पुराना खजान्ची वा अन्य कोहि , त्यो त बुझिएन नि ??
मन परे हरियो नपरे रातो !
1
0
पुरानो खंजाची ले जागिर छाडिसकेको हुदा उसलाई कारवाही गर्न मिलेन रे! उसले गरेको काम को बदला नव खंजाचीलै तिराउने ? खै के हो ?
मन परे हरियो नपरे रातो !
30
0
काम पुरानो खंजाची ले गरेको भने त बैंक बत्त निकाले पछी नि उसलाई कारबाही हुनुपर्ने हो उसैलाई तिराउनु पर्ने हो नि !जागिर छाडिसकेको भनेर धर पाउछ र ? तेसो हो भनेत सुन चोर्दै अरुथौमा सर्दै गरे भो नि पछी आएकी खंजाची महिला को गल्ति छैन भने किन उनले आफ्नो थैली बात पैसा तिरिन ?कि गल्ति नहुदा नहुदै जागिरको सवाल ले तिर्न बाध्य बनायियो? कुरो गडबड लाग्यो काम गर्ने मुसोले चोट पाउने भ्यागुतो ले नहोस…
मन परे हरियो नपरे रातो !
27
0
यो सार्है नै गलत भयो| तपैले त आफ्नो पैसो पाउनु भयो चुप लाग्नु भयो| यहि चलन ले नै गर्दा हो भ्रस्टचारी, अपराधीहरुको मनोबल बढ्ने| यस्तो अपराध गर्दा त पिडित ले आफ्नो सम्पति पाई कन बैंकले जरिवाना र सजाय दुवै पाउनु पर्ने हो| मलाई दुख लग्यो कि तपाई पत्रकार (?) जस्तो सचेत नागरिकले आफ्नो पैसो पाए पछि अपराधिलाइ सजाय दिलौना पट्टि लाग्नुहुन्न भने अन्य साधारण जनताको त के कुरा गर्नु| मलाई लाग्छ तपाइले जनमानसमा गलत निर्णय सम्प्रेसन गर्नुभयो आफ्नो निर्णय ले.
मन परे हरियो नपरे रातो !
30
0
I’m happy that they got their gold back..but a bit disappointed in the way the issues is resolved. If someone (whosoever it may be) does something wrong (whatsoever it may be), they must be held accountable for it. I feel so sorry for the Cashier who ultimately had to bear the loss for something she didn’t do..It should have been investigated further and brought the culprit to book. It is a ‘criminal offense’ and should not be let go in the name of reputation of the company or person..I think even now a criminal charge can be filed on what happened..
मन परे हरियो नपरे रातो !
18
0
गलत भयो मेघ राज जी | त्यहा तेसरी ठग्ने चलन नै बसिसकेको रहेछ ,तपाइको केश ले फेरी ठग्दा सतर्क हुने तह सम्म उनीहरुलाई तपाइले पुर्याउनु भयो |
फेरी ठग्ने आट नै गर्न नसक्ने गरि सबक दिनुपर्ने थियो |
ति आँसु किन झरेका थिए, किन हाकिम मुलायम भएको थियो ?
मन परे हरियो नपरे रातो !
40
1
मलाई चाही एकदमै कुरो बुज्यो, कहिले कहिँ बोल्दा बोल्दै धेरै बोलिंछा आफु लै पत्तो नै हुदैन..ठिकै गर्नु भो, तर कुरो सकिएको छैन ..बल्ल सुरु भो..अब सबै ले सचेत हुन जरुरि छ, आफ्नो हक को लागि बोल्न जरुरि छ..
मन परे हरियो नपरे रातो !
11
3
तपाईको पैसा फिर्ता पाएको कुराले खुशी लाग्यो र यति चाडै टुंगो लगाउन सक्नु भएकोमा बधाई छ | तर मुख्य दोषी ऋषि केशब धौडेल जो शायद अहिले पनि धेरै मान्छेहरुलाई ठगी रहेको हुनसक्छ, उसले केहि पनि सजाय नपाएकोमा धेरै आस्चर्य र क्रोध पनि जाग्यो | नेपालमा चोरले सजाय नपाउने त एउटा नजीर जस्तै बसिसकेको छ | जब सम्म सजाय दिने परिपाटीको बिकाश हुदैन, यस्ता चोरहरु सधै मौलाई रहनेछ र भएका चोर जस्तोकी ऋषि केशब धौडेलहरुले अझै पनि ठग्दै जानेछन् | त्यसैले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको इमेल info@idbank.com.np मा सबैले इमेल गरी ऋषि केशब धौडेल जस्ता ठगहरु भए सम्म आफुहरुले उक्त बैंकमा पैसा नराख्ने भनौ |
मन परे हरियो नपरे रातो !
34
0
आशिष जी , यो लेख छपाउनु पर्ने कारण तपाई जस्तो विद्वान लाई केहि सिक्षा मिलोस भन्ने आसय हो जस्तो लाग्छ मलाई त
मन परे हरियो नपरे रातो !
3
5
नेपालको कानुन दैब ले जानुन छ ..त्यो पुरानो खजान्जी लै मुक्के करबि गरेर मुख भत्काउनु पर्छ तर नया खजनजी दिदि ले पनि टर्न ओवर गर्दा राम्ररी हेरेर मात्रै टर्न ओवर लिनु पर्ने …
मन परे हरियो नपरे रातो !
6
0
चित्त बुझेंन/ त्यो बैंकमा तेस्तो घोटाला अरु कति भयो होला यता तिर सोच्नु समेत भयन/ तपाईं ले त् तपाईंको सुनको औठी नकली भयको तेही पत्ता लगाउनु भयो र सुरुमा तपाईं लाई नै तेसरी थर्काउन खोज्यो भने घर पुगे पछी मात्रै आफु लुतियाको कुरा थाह पाउने लाई उनीहरुले कस्तो ब्यबहार गर्छ होला त्यो सोच्नु भयन/ कति मान्छेहरु पिडित भैसकेको होला तिनीहरु बात?
तपाईंले तेस्ता कर्मचारीहरु र निकम्मा ब्यबस्थापनलाई दण्ड दियर जनताको बैकलाई तेस्तो भ्रस्ट कर्मचारी बात मुक्त गर्ने मौका पायर पनि मात्र आफ्नो रकम उपर भै हाल्यो भनेर छोड्नु भयो/ तितो सब्द तपाईं माथि प्रयोग गर्न त् चाहिंन तर तपाईंले अपराधीलाई प्रशय दिने काम गर्नु भयो चाहि भंछुनै/ यक व्यक्तिले अर्को व्यक्ति माथि केहि हानि नोक्सानी गरेको भय बेग्लै कुरा/ तर यो त् संस्थागत बेईमानीको कुरा हो; माफी गर्नु हुँदैनथ्यो/
तपाईंले नेपाल बायु सेवा निगमलाई हारती ट्राभेल्स माउटेन भ्वायज ट्राभेल्सहरुले बैंकमा रकम जामा नगरेको तर तेही बैंकको कर्मचारीहरुले रकम बैंकमा रकम जम्मा छ भनि गरेको सिफारिस सहितको चेकहरु बुझायर बिसौ करोडको ठगि गरेको कुराहरु पढ्नु भयकै होला समाचार पत्रहरुमा/ तेती बेला पनि बैंकको उच्च कर्मचारीहरुले यस्तै तपाईंलाई भने जस्तै त्यो पुरानो कर्मचारी बैंकमा अब कार्यरत छैन भनेर जिम्मेवारी बात पन्छेको थियो/
मन परे हरियो नपरे रातो !
33
0
जे गर्नु भयो ठीकै गर्नु भए जोस्तो छ, तर जे होस खजान्ची लाई रुवाउने सम्म त पार्नु भयो, नत्र त्यस्ता ले कति सर्वसाधरण लाई रुवाऊथे होला !
मन परे हरियो नपरे रातो !
8
12
शेर्पा जी तर त्यो खचांजी को आसु नक्कली त परेन ? रसाइली जी ले भने जस्तै केहि दिन अगाडी बाघ बन्ने खचांजी कसरि रुना सकेको होला….
मन परे हरियो नपरे रातो !
17
0
क्षेतीपूर्ति प्राप्त गर्नु भएको मा मेघराजजी लाई बधाई !
उहाँ मेडिया कर्मी, त्यस माथि BBC जस्तो प्रतिष्ठित संचार माध्यमको producer हुनु भएकोले बैंकका कर्मचारी उहाँ समक्ष हार मानेर क्षेतीपूर्ति दिएका हुन् ! साधारण ब्येक्ति भएको भए कहाँ पाउनु? उल्टा के के आरोप लगाएर गर्नु दुख दिन्थे नि !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
0
काइदा भयोनी रसाइलीजी तपाइलाई…
दुई बर्ष अगाडी २०-२५ मा किनेको सुनको आज दोब्बर तेब्बर भाउ पाउँदा किन माफी दिनुहुन्न थियो त तपाई बैंकलाई? माई संसारमा किन छपाउनु भयो त एति बबण्डर मचाउन?
मलाई तपाईको सुन हराएकोमा नराम्रो लागेको छ तर तपाइको अन्त्यको “हुन त मैले जँघार तर्न आँट गरिसकेपछि खुट्टो कमाएको होइन तर म श्रम गरी खाने मान्छेले त्यसमा समय दिन सकुँला कि नसकुँला भन्ने दोधार पनि मनमा पलाएर आयो। ” भन्ने बाक्यले चाहीले अलिक प्रश्नचिन्ह लगाएको छ…
तपाइको लेख यहाँ छपाउने आसय चाही प्रस्ट पारिदिनु हुन्थ्योकी?
गरमागरम बहस! तपाईँको के विचार छ?
32
50
आशिश्जी !! उहाले त पैसा त मागेको होईन नी। उहाले त उहाँकै आफ्नै सुन मागेकै हो तर पैसा मागेको होईन। बैंकले पनि उहाकै आफ्नै सुन दिन नसके पछि के गर्ने??? कि नयाँ त्यस्तै सुन किनेर दिनुपर्यो की त्यही सुनको मुल्य बराबरको क्षतिपुर्ति दिनुपर्यो।
बुझपचाएर बस्नेलाई त अब केही भन्न सकिन्दैन।
मन परे हरियो नपरे रातो !
2
6
अब यस्ता कर्मचारीहरुलाई धितो लिने बेलामा आँखामा पट्टि, दुवै हातमा पछाडी लगेर डोरीले बाधेर मात्र बहुमुल्य सामानहरु लेनदेन गर्नु पर्छ./
मन परे हरियो नपरे रातो !
12
0
यो एउटा निकै राम्रो उदाहरण हो कसरि हामी हरु ठगिन्छौ भन्ने | त्यो पुरानो खजान्ची जसले सरासर भ्रस्टाचार गरेको थियो त्यो उम्कियो | र त्यो नया खजान्ची दिदी जसको दोष थिएन उनि सजायमा परिन | यो कुरा अब प्रेसमा आइ सकेको छ | सामाजिक संजालमा फैलिसकेको छ | अब त्यो पुरानो पुरानो खजान्चीलाइ कारवाही हुने कि नहुने ? अब त्यो बिषयमा बहस गरौ |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
4