मेरो Tweet

  • भिडियोमा हेर्नुस् कुकुर तिहारका दिन केपी ओली र रामचन्द्र पौडलले यसरी देउसी खेले :: Pahilopost http://t.co/95uJSLySvc via

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

पुस्तक अंशः खोज (भाग ८)

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’को अंश
खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। पाँचौँ भाग यहाँ।
छैटौँ भाग यहाँ
सातौँ भाग यहाँ

मन्दविष
-कर्ण शाक्य-
मानिस धन नभएर गरिब हुने होइन, मानसिक दरिद्रताले गरिब हुन्छ। धनी बन्नका निमित्त त मानिसको सोच प्रगतिशील हुनुपर्‍यो, चिन्तन सकारात्मक हुनुपर्‍यो, क्रियाकलाप व्यावहारिक हुनुपर्‍यो र चित्त शुद्ध हुनुपर्‍यो। विश्वविख्यात लेखक हर्मोन हेजका नायक सिद्धार्थले अल्याख धन कमाए, उनी बाहुबली एवम् शक्तिमान् भए। भौतिक एवम् शारीरिक सुखका निमित्त अनगन्ती नगरबधूहरूसित जिन्दगी बिताए। तर उनको आत्मालाई सन्तोष कहिल्यै भएन। अन्तमा उनी एउटा माझी भएर नदीको किनारामा बसी यात्रुहरूलाई नदीबाट पार लगाउँदालगाउँदै चित्त शुद्ध भएर अरहन्त भए र उनले निर्वाणसमेत प्राप्त गरे। अर्का महान् लेखक जेरल दुरलले एनिमल फार्ममा वर्गहीन समाजका बारेमा व्यावहारिक कुराहरू प्रस्ट्याए र वी आर अल इक्वेल बट सम आर मोर इक्वल द्यान अदर्स भनेर एउटा व्यङ्ग्यात्मक धरातलीय दार्शनिक पक्षलाई स्थापित गरे।

त्यसरी नै द रिसिभर भन्ने एउटा सानो पुस्तकमा युटोपियाका नाममा दुःखविहीन स्वर्गको बयान गरिएको छ। त्यहाँ दुई किसिमका जाति बस्थे। एउटा दिने या गिभर, अरू लिनेहरू या रिसिभर्स। त्यो युटोपियामा रिसिभर्स दुःख, रोग, समस्या, भोक, सम्झना, सोच आदिबाट मुक्त थिए। त्यति मात्र होइन, उनीहरूले कुनै दःुख नपाऊन् भनेर स्मरणशक्तिसमेत क्षीण गराइदिएको थियो ताकि तिनीहरू भूत र भविष्यलाई बिर्सेर आजको जिन्दगीमा मात्र सुखी भएर बाँचून्। यो युटोपियाको व्यवस्थापन गर्न त्यहाँ एउटा गिभरको पनि व्यवस्था गरिएको थियो जसले सबै समस्याहरू सम्झेर, ब्ाुझेर युटोपियाको व्यवस्था गर्न सकोस्। एकचोटि उक्त युटोपियाका एकजना मानिसलाई गिभर न्ष्खभच को जिम्मेवारी दिएपछि विस्तारै उसलाई थाहा भयो — आरामको अनुभव थकाइ मेटिएपछि मात्र हुँदोरहेछ र मीठो खानाको स्वाद भोक लागेपछि मात्र हुँदोरहेछ।

होइन भने संसारको कुनै पनि सुखको अर्थ हुँदैन। किताबको अन्तिममा युटोपियाको वास्तविक जीवनलाई मूल्याङ्कन गरेर उक्त गिभरले स्वर्गरूपी युटोपियाबाट कसरी छुटकारा पाउने भन्ने विषयको व्यथालाई मार्मिक रूपले प्रस्तुत गरिएको छ।

समाजमा न्यायको अवधारणा वा सेन्स अफ जजमेन्ट भएन भने त्यहाँ बाँच्न धेरै गाह्रो हुन्छ। जब भौतिक सुविधा र सहुलियतको आँकडाबाट न्यायको छिनोफानो गरिन्छ, त्यो बेला सभ्यता र विवेकको आधारलाई मूल्याङ्कन गर्न कठिनाइ पर्छ। जुन बेला समाजमा सामाजिक न्यायको अवधारणालाई बेवास्ता गरिन्छ, त्यो बेला मानिसको जिन्दगी कष्टकर हुन्छ। सम्पन्नता र विपन्नताबीचको सीमाङ्कन विभिन्न रूपरेखाहरूबाट प्रकट हुन्छन्। माथिदेखि तल्लो स्तरसम्म पनि यस्ता मनोवैज्ञानिक विभाजनहरू भइरहन्छन्। सहरमा एउटा धनाढ्य सम्पन्न हुन सक्छ। तर गाउँमा एक बोरा चामल राखेर व्यापार गर्ने एउटा सानो पसलेले पनि सम्पन्न वर्गमा परेको हुन्छ। के त्यो गाउँको सानो साहुजीलाई पनि सम्पन्न वर्गमा राखेर त्यसलाई सामाजिक न्यायबाट वञ्चित गराउन मिल्छ? के सम्पन्नता र विपन्नताको मूल्याङ्कन भौतिक स्रोत, साधन, सुविधा, सहुलियत र धनदौलतले मात्र गर्ने हो? होइन भने व्यापारी र उद्यमीलाई मात्र यो वर्गमा किन राख्ने? विभिन्न सरकारी पद र राजनीतिक सहुलियत प्राप्त गरेका नेता र वरिष्ठ प्रशासकहरूको सुविधालाई मूल्याङ्कन गर्नुपर्ने कि नपर्ने? सुविधा, सहुलियत र साधनलाई तुलनात्मक दृष्टिकोणले हेर्ने हो भने एउटा धनाढ्य व्यक्ति र वरिष्ठ नेता वा उच्च ओहदाका कर्मचारीहरूका बीचमा के नै ठूलो भेदभाव छ र?

एकताका मेरो घरमा काम गर्ने बगैँचेले घरको कोठाबाट जर्मनीको ग्राउन्डिक कम्पनीको टेपरेकर्डर र ट्रान्जिस्टर चोरेर लग्यो भनी मेरै घरमा काम गर्ने भान्छेले सुनायो। भोलिपल्ट बगैँचेलाई बोलाएर ‘ट्रान्जिस्टर तिमीले लिएका हौ?’ भनी सोद्धा उसले ‘लिएको छैन’ भनी किरिया खायो। यसो विचार गर्दा बगैँचेले लिएको जस्तो त लाग्थ्यो, तर ‘मैले लिएको छैन’ भनेपछि उसलाई जबर्जस्ती गर्ने कुरा पनि भएन। पछि ‘ल छोडिदिऊँ, भइहाल्यो’ भनेर मैले त्यो वादविवादलाई लामो गर्न चाहिनँ। तर भान्छेले भन्यो, “होइन सर † घरमा चोरी भएको पत्ता नलगाईकन त्यसै फासफुस गरेर पठाइयो भने भोलि हामीलाई यहाँ बस्न गाह्रो हुन्छ। आज त सानो ट्रान्जिस्टर र टेपरेकर्डर चोरियो। भोलि गरगहना हरायो भने हामी पनि शङ्काको घेरामा पर्छौ। त्यसैले यसलाई सामसुम गर्न हुँदैन। जसरी भए पनि माल हराएको कुरो पत्ता लगाउनैपर्छ।”

भान्छेको कुरो पनि हो जस्तो लाग्यो। किनभने माल हराउनुभन्दा पनि ठूलो कुरो त के थियो भने त्यो माल कसले लिएको छ भन्ने शङ्का पछिसम्म मनमा गढिरहन्थ्यो र शङ्का–उपशङ्काको वातावरणमा बस्न पनि त्यति सजिलो हुँदैनथ्यो। चोर्नेले चोरिसकेको थियो, फेरि त्यो बेला भर्खर–भर्खर आएको ग्राउन्डिक कम्पनीको टेपरेकर्डरकोे महŒव नै अर्कै थियो। त्यस्तो वस्तु चोरी भएकोमा चित्त पनि दुख्यो, तर गर्ने के? जबर्जस्ती गर्नु भएन। भान्छेले बारम्बार ‘त्यो सामान चोरेको बगैँचेले नै हो, मैले आङ्खनै आँखालेे देखेको हु’ भनी अनेक कसम खायो। मैले भान्छेलाई ‘तिमीले देखेका हौ भने किन चुप लागेर बसेका त?’ भनेर पनि सोधेँ। उसले भन्यो, “सरले बनाउन उसलाई बाहिर पठाउनुभएको होला भन्ठानेँ।”

आफूले छिनोफानो गर्न नसकेपछि पुलिसकहाँ पठाउँछु भनेर डर देखाउने हो कि भनेर सोचेँ। तर त्यो तरिकाले पनि मैले काम लिन सकिनँ। आखिर भान्छेको सुझावअनुसार बगैँचेलाई पुलिस चौकीमा अरू कुनै मान्छेका साथ पठाइदिएँ। चौकीमा एउटा पुलिसले अलि गाली गरेपछि एकैछिनमा बगैँचेले पनि आफूले ट्रान्जिस्टर र टेपरेकर्डर लिएर गएको सकारेछ। ‘ल, भोलि नै ट्रान्जिस्टर फर्काउन ल्याउनू’ भनेर बगैँचेलाई पुलिसले घर पठाइदिएछ।

म त ‘अब ठिकै हुन्छ होला’ भन्ठानेर बसेको थिएँ, भोलिपल्ट त पुलिस इन्स्पेक्टरले हामीलाई पो चौकीमा बोलाए। अनि उल्टो हामीलाई नै ‘ठूला मान्छे हौँ भनेर के तपाईँहरू साना मान्छेलाई जस्तो पायो त्यस्तो लान्छना लगाउने?’ पो भने। हामी त एकदम अकमक्क पर्‍यौँ। बगैँचेले हिजै कबुलिसकेको कुरो आज फेरि कसरी उल्टियो? हामी छक्क पर्‍यौँ। फेरि हामीले त्यो मान्छेलाई कुनै अपशब्दसमेत बोलेका थिएनौँ। पुलिस चौकीमा बगैँचेका परिवार र उसका दस–बाह्रजनाजति मान्छे पर्खिरहेका रहेछन्। उनीहरूले ठूलो मान्छेसित पैसा लिएर हामीजस्तो गरिबलाई पेलेको भनेर इन्स्पेक्टरलाई लान्छना लगाएका हँुदा उसले पनि हामीलाई उल्टै दोष लगाउन खोजेको रहेछ। मलाई त्यो बेला लाग्यो — आर्थिक रूपमा सम्पन्नहरूको भन्दा विपन्नहरूको आवाज चाँडै प्रभावशाली हुँदो रहेछ। अनि मैले महसुस गरेँ — त्यो त सम्पन्नता र विपन्नताबीचको मनोवैज्ञानिक खाडल मात्र थियो। हामीले एउटा जिम्मेवार नागरिकका हैसियतले गर्नुपर्ने काम मात्र गरेका थियौँ। आफूले कुनै कानुन हातमा नलिई सम्बन्धित पुलिस चौकीमा पठाएर केरकार मात्र गर्न पठाएका थियौँ। आफ्नो घरबाट कुनै चीज हरायो भने एउटा जिम्मेवार नागरिकले गर्नुपर्ने कर्तव्य पनि त्यही थियो। तर परिस्थितिलाई त्यो स≈य भएन। विपन्न समाजमा सम्पन्न भएर बाँच्न त्यति सजिलो हुँदो रहेनछ।

सायद सन् १९९६ ताकाको कुरा हो, एक दिन म नयाँ गाडी चढेर भोटाहिटीअगाडिको जेब्रा क्रसिङमा हरियो बत्ती आउला र सडक पार गरौँला भन्दै पर्खेर बसिरहेको थिएँ। भर्खर नयाँ गाडी किनेकोले टुँडिखेल घुमेर आइरहेको थिएँ। वास्तवमा बागबजारबाट म आफ्नो घर खुरुक्क जान सक्थेँ। तर नयाँ गाडीको ‘लुÏत’ लिन बडो जान्ने भएर भद्रकाली हुँदै टुँडिखेल घुमेर वीर अस्पतालको बाटोमा ड्राइभ गर्न पुगेँ। गाडीको ‰याल खोली साइडको ऐनाको प्रतिबिम्बमा आफ्नो टिलिक्क टल्केको गाडीको आकृति मख्ख परेर हेर्दै सुसेल्दै थिएँ।

त्यही बेला एउटा मान्छे देब्रे हातमा दही र काँचो फूलको पोको बोकेर साइकलबाट आइरहेको मैले देखेँ। रातो बत्ती भएको हुँदा उसले एकैचोटि ब्रेक लगाएर साइकल रोक्न खोज्यो। तर सन्तुलन गर्न नसक्ता साइकल मेरो गाडीमा ढ्याम्म ठोकियो र ऊ साइकलबाट खसेर पिच सडकमा बज्रन पुग्यो। उसको दही पनि छताछुल्ल पोखियो र फूलहरू पनि सबै फुटे। गहिरो सास फेर्दै ‘हरे, कस्तो वाइयात मान्छे † के भयो मेरो नयाँ गाडीलाई †’ भन्दै म ढोका खोलेर साइकलले बजारेको गाडीको भाग हेर्न पुगेँ। नयाँ जापानिज गाडी, पातलो बनावट। साइकलको एकै ठक्करले गाडीको अगाडिपट्टिको भाग त ≈वात्तै भित्र पसेछ। कति चित्त दुख्यो भने भनेर साध्यै छैन। एकछिन त रिसले दिमागै अस्तव्यस्त भयो। अब के भन्ने? के गाली गर्ने? फेरि साइकल चढ्ने मान्छेको दही पनि पोखिएको र सबै फूल फुटेको देखेपछि माया पनि लाग्यो। मैले भनेँ, “हत्तेरी भाइ † राम्ररी साइकल चलाउनुपर्दैन? के गरेको? हेर त, गाडी त क्वाच्चै गयो नि †”

साइकल चढेर आएको मान्छे मेरो गाडी बिग्रेको देखेर डरले अलि नर्भस भएर हातमा फु–फु गर्दै ऐया–ऐया भनेर आफ्नो भूललाई लुकाउन खोजिरहेको थियो। हेर्दाहेर्दै त्यहाँ मान्छेहरू झुम्मिहाले। म पनि ‘अब यो मान्छेलाई के भन्ने † यसले मेरो गाडी बनाउन के नै हर्जाना तिर्न सक्छ र †’ भनेर केही नबोलीकन आफ्नो गाडीभित्र पसेँ। रातो बत्ती गएर हरियो बत्ती आइसकेको रहेछ र मेरो गाडीका कारणबाट पछाडि थुप्रै गाडीहरू पर्खेर बसेका रहेछन्। मैले अगाडि जान गाडी स्टार्ट गर्न खोजेँ। त्यही बेला दुई–तीनजना मान्छेहरू आएर मेरो गाडीको बनेटमा मुठीले बजार्दै ‘गाडी साइडमा राख्नुस् †’ भन्दै ठूलोठूलो स्वरले कराउन थाले। जबर्जस्ती गाडी गुडाउने त सवालै भएन। “क्या हो दाइ, टिलिक्क टल्केको गाडी चढेर तपाईँले मान्छेलाई एक्सिडेन्ट गरेर भाग्न खोज्ने?” — एकजना युवकले मेरो ‰यालको ऐनामा नियाल्दै भन्यो।

त्यहाँबाट उम्कने त कुरै भएन। आफ्नो गाडी भोटाहिटी जाने बाटोको साइडमा पार्क गरेर मैले उनीहरूलाई भनेँ, “मलाई किन रोक्ने भाइ? मैले कहाँ एक्सिडेन्ट पारेको हुँ र? म त हरियो बत्ती आउला भनेर पो पर्खेर बसेको थिएँ। उः त्यो साइकलवालाले पो मेरो गाडीलाई ठोकिदियो।”

तर जब हुलमा कुनै दूर्घटना हुन्छ, त्यहाँ भूल साइकल चलाउने मान्छेको हुँदैन, गाडी चलाउने मान्छेको हुन्छ भन्ने सोच हावी भइसकेको हुन्छ। त्यस्तै असमझदारीका कारण होला, एकजना व्यक्तिले मलाई चेतावनी दिँदै भन्यो, “टल्केको, चम्केको गाडी चढेपछि अरूलाई के भयो भन्ने कुराको वास्ता गर्नुपर्दैन?”

सडकमा लडेको साइकलवालालाई देखाउँदै उसले फेरि भन्यो, “हेर्नुस्, उहाँलाई चोट लागिसक्यो। ल, गाडीमा राखेर तुरुन्तै अस्पताल लिएर जानुस्।”

वास्तवमा साइकलवालालाई केही पनि भएको थिएन। साइकलबाट लडेर देब्रे कुइनो जमिनमा घिस्रेको हुँदा अलिअलि छाला खुइलिएको थियो र त्यहाँ रगतका केही थोप्लाहरू देखिएका थिए। हुलले आफूप्रति सहानुभूति देखाएका कारण उसमा आत्मबल जागेको जस्तो देखियो। त्यसैले फु–फु गर्दै ऊ ठूलो चोटपटक लागेको जस्तो अभिनय गर्न थाल्यो। मनमा रिस पनि उठ्यो, तर के गर्ने? त्यो हुलमुलमा बढ्ता भएर करायो भने पब्लिकको लात खानुपर्ला भनेर खुरुक्क साइकलवालालाई गाडीमा राखेर अस्पताल लिएर जान खोजेँ। त्यति मात्र कहाँ हो र, त्यहाँ उपस्थित हुलले गाडीको पछाडिको डिक्की खोलेर साइकल पनि त्यसैभित्र कोचेर राखिदियो।

मलाई थाहा थियो जनताको त्यो मप्रतिको व्यक्तिगत रिस होइन। रिस हो टल्केको गाडीप्रतिको। र, त्यही विपन्न र सम्पन्नबीचको खाडलको तीतो
सत्य थियो। त्यो बेला मलाई लाग्यो — के यहाँ मिहिनेत गरेर राम्रो गाडी चलाउन नपाइने भयो त? काम गरी दुई–चार पैसा कमाउने मान्छेहरूप्रति यत्रो वितृष्णा किन? किन उनीहरूलाई शोषकको वा सामन्तको रूपमा हेरिन्छ? मान्छेलाई टल्कने गाडीसँग किन तौलने? के हुनेले मात्र भूल गर्छ? नहुनेहरूबाट भूल हुन सक्तैन?

एउटा उद्यमीले वर्षौँवर्ष मिहिनेत गरेर, दिनको दस–बाह्र घन्टा परिश्रम गरेर, बैङ्कबाट ऋण लिएर, अनेक व्यापारिक जोखिम बोकेर, उद्योग गरेर जीविकोपार्जन गर्छ। त्यति धेरै मिहिनेत गरेर पैसा कमाउँदा पनि उनीहरू नयाँ–नयाँ गाडीहरू फेर्न सक्तैनन्। मेरै उदाहरण दिने हो भने १२ वर्ष भयो मैले

एउटै गाडी चलाइरहेको छु। नयाँनयाँ गाडी चलाउन त मलाई पनि मनलाग्छ। मन लागेर के गर्नु, उद्योग–व्यापार छ भन्दैमा सजिलै नयाँ–नयाँ गाडी कहाँ फेर्न सकिन्छ र? तर हिजोसम्मका साधारण व्यक्तिहरू एकचोटि शक्तिशाली राजनीतिक नेता भएपछि वा उच्च ओहदामा पुगेपछि नयाँ–नयाँ टल्कने गाडीहरू प्ा्केरी–फेरी चलाउँछन्, त्यो पनि सरकारी पेट्रोल र ड्राइभर राखेर।

नेता र वरिष्ठ कर्मचारीका सुविधाहरूको लिस्ट हेर्‍यो भने धेरै लामो हुन्छ। अस्पतालमा स्वास्थ्य जाँच गर्न जाँदा उनीहरूले लाइनमा पर्खनुपर्दैन, भीआईपी टि्रटमेन्ट पाउँछन्। पेट्र्ोल, डिजेल, ग्यास आपूर्ति गर्न उनीहरूलाई गाह्रो छैन। हाहाकार हुँदा पनि सजिलै पाउँछन्। जुन बेला मन लाग्यो, त्यो बेला विदेशको भ्रमण गर्न पाउँछन्। भन्नासाथ सबै सेवा उपलब्ध हुन्छ र जहाँ गए पनि सम्मान पाइन्छ। मान्छेलाई त्योभन्दा बढी के चाहियो? तर मिहिनेत गरी काम गर्ने उद्यमीहरूले त्यस्तो सेवा र सम्मान कहाँ पाउने? चार दशकसम्म होटल चलाएर उद्योग सञ्चालन गर्दा पनि मलाई आफ्नो कडा रोगको उपचार विदेशमा गराउन आर्थिक रूपले धौ–धौ हुन्छ। तर मन्त्रीहरूको त कुरै छाडौँ, अनेक नेता र वरिष्ठ कर्मचारीहरू उपचार गर्न विदेशका महँगा–महँगा अस्पतालहरूमा जान्छन्। उनीहरूले पैसा नतिरेका हुन सक्लान्, सायद उनीहरूको स्वास्थ्य–उपचारको खर्च सरकारी कोषबाटै भएको हुन सक्ला। तर सहुलियत त पाए नि, सुविधा त पाए नि † मानिसले आखिर किन काम गर्छ? यस्तै केही महŒवपूर्ण मानवीय सेवा, सुविधा र सम्मानका लागि त हो †

जिन्दगीभर त्याग र तपस्या गरी राजनीतिमा हामिएका नेताहरूले विदेशमा उपचार र शल्यक्रिया गर्न जानु हुँदैन भन्ने मेरो मनसाय होइन। उनीहरू हाम्रो राष्ट्रका सम्पत्ति हुन् र उनीहरूलाई बचाउनु, आवश्यक सुरक्षा दिनु, सहुलियत दिनु र सम्मान गर्नु राज्यको मात्र होइन, हामी सबै राष्ट्रवासीको दायित्व हो, हाम्रो कर्तव्य हो। त्यति मात्र होइन, हाम्रा सम्माननीय नेता र वरिष्ठ कर्मचारीहरू, नीतिनिर्माताहरूलाई पनि यस्तै आवश्यक सम्मान, सुविधा र सहुलियत प्रदान गर्नुपर्छ। शनिबार वा बिदाको दिन गाडी चलाउन दिनु हँुदैन, विदेशमा भ्रमण गर्न जान दिनु हुँदैन वा तारेहोटलहरूमा सभासम्मेलन गर्न लगाउनु हुँदैन भन्नेजस्ता साँघुरा र सङ्कीर्ण सोचका कुरा गरेर उनीहरूको बौद्धिक उत्पादकत्वमाथि अङ्कुश लगाउनु हुँदैन र उनीहरूले गरेको योगदानको अवहेलना गर्नु हुँदैन। उनीहरू सिर्जनशील र क्रियाशील भए भने उनीहरूको सकारात्मक नेतृत्वले अन्ततोगत्वा देशलाई नै मद्दत गर्छ। त्यसैले उनीहरूको सक्रिय गतिविधिमा हामीले रोक लगाउनु हुँदैन। उनीहरूलाई राज्यले आफ्नो औकातअनुसार दिन सक्ने सुविधा र सहुलियत दिएर राख्नुपर्छ, किनभने

सकारात्मक माहोलमा मात्र दिमागले राम्ररी काम गर्न सक्छ। राष्ट्रनिर्माता र नीतिनिर्धारकहरूको जीवनस्तरलाई सुदृढ गर्न सकियो भने उनीहरूका दिमागबाट राम्रा–राम्रा कुराहरू निस्कन्छन्। अनि यसको फाइदा अन्ततः देशले नै पाउँछ।

यस्तै विचार हामीले मिहिनेतपूर्वक काम गरेर समाज र देशको विकासमा प्रत्यक्ष भौतिक एवम् आर्थिक योगदान दिने कर्मशील उद्यमीहरूप्रति पनि गर्नुपर्छ। कुनै पनि काम गर्ने मान्छेलाई कसेर होइन फुकाएर प्रोत्साहन गराउनुपर्छ। अनि विकसित हुन्छ समाज र देश। एभललथ धष्कभ उयगलम ाययष्किज भनेजस्तै सङ्कुचित र सङ्कीर्ण विचारधाराबाट विकासका प्रक्रियाहरूलाई निचोर्न थालियो भने विकास कहिल्यै हुँदैन।

उद्यमी र व्यापारीहरूलाई सधैँ ‘यिनीहरू भ्ा्रष्ट छन्, मुनाफाखोर छन्, स्वार्थी छन्’ भनेर मात्र अडकलबाजी गर्ने हो भने हामी आलोचना कस–कसलाई गर्न सक्तैनौँ? कतिपय नेताहरूलाई ‘मिहिनेत नगरी गफ गरेर मौकाअनुसार भाषण गर्दै सपना बेच्ने व्यापारी हुन्’ भनी आलोचना गर्न सकिँदैन र? राष्ट्रहितभन्दा निजी र पार्टीगत हितमा बढी ध्यान दिने स्वार्थी भन्न सकिँदैन र? तर कुनै पनि व्यक्तिविशेषको मूल्याङ्कन त्यसरी नकारात्मक तरिकाले गर्नु हुँदैन। जसरी समाजले नेता र वरिष्ठ कर्मचारीहरूलाई सम्मान गर्छ, त्यसै गरी उद्यमीहरूलाई पनि राम्रो दृष्टिकोणले हेर्नुपर्छ। पैसा कमाए भनेर मात्र उनीहरूलाई छिःछिः र दुर्–दुर् गर्नु हुँदैन। यहाँ नेता र वरिष्ठ कर्मचारीहरूलाई भ्रष्ट भन्न खोजिएको होइन। उनीहरू पनि जिन्दगीमा धेरै मिहिनेत गरेर सफल भएका हुन्। त्यस्तै, कतिपय उद्यमीहरू पनि दिनरात मिहिनेत गरेर आ–आफ्नो क्षेत्रमा सफल भएका छन्। त्यसैले उनीहरूलाई हेर्ने सोचमा फरक ल्याउनु उपयुक्त हुँदैन।

सम्पन्नता र विपन्नताको परिभाषा छुट्याउन त्यति सजिलो छैन, जति हामी विचार गर्छाै”। यसको सीमा कहाँसम्म हुन्छ, त्यो पनि हामीलाई थाहा
छैन। किनभने यो अत्यन्त अन्तर्सम्बन्धित विषय हो। पैदल हिँड्नेलाई साइकल चढ्ने, साइकल चढ्नेलाई मोटरसाइकल चढ्ने अनि मोटरसाइकल चढ्नेलाई गाडी चढ्ने मोह हुन्छ। त्यस्तै सुकुम्बासीलाई जग्गावाला हुने, जग्गावालालाई घरवाला हुने, पियनलाई सुब्बा हुने, सुब्बालाई सेक्सन अफिसर हुने, सेक्सन
अफिसरलाई सचिव हुने, सिपाहीलाई क्याप्टेन हुने, क्याप्टेनलाई कर्णेल हुने, कार्यकर्तालाई नेता हुने अनि नेतालाई मन्त्री हुने इच्छा जाग्छ। सम्पन्नता र विपन्नताको यो अन्तहीन सिमानालाई कसले सीमाङ्कन गर्ने? ‘हुने’लाई गाली गरेर ‘नहुने’हरू ‘हुने’ बन्न सक्तैनन्। जबसम्म यो भौतिकवादलाई बौद्धिक

रूपमा परिभाषित गर्न सक्तैनौँ, तबसम्म यो हुने र नहुने, ठूलो र सानो अनि सम्पन्नता र विपन्नताको लडाइँ कहिल्यै टुङ्गिदैन। यो लडाइँ वैमनस्य, रिस–इवि र ईर्ष्याले कहिल्यै अन्त हुँदैन। तसर्थ व्यक्तिविशेषको सम्पन्नतालाई सम्पत्तिको आधारबाट मात्र नाप्न हँुदैन, उसले प्राप्त गरेका अन्य सम्मान र सुविधाको आँकडाबाट पनि त्यसको मूल्याङ्कन गर्नुपर्छ।

सम्मृद्धिको व्याख्या भौतिक र आर्थिक मूल्याङ्कनबाट मात्र गर्ने हो भने हामीले के कुरा पनि विचार गर्नुपर्छ भने वास्तवमा धन र सुविधा भनेको एउटा मन्दविष ९क्यिध एयष्कयल० मात्र हो। धनले मानिसको कल्पनालाई मासिदिन सक्छ, सपनालाई मेटाइदिन सक्छ, अनि सुविधाले मानिसलाई अल्छी र परजीवी बनाइदिन सक्छ। त्यसैले होला नेपालमा धनका आधारबाट अधिकांश मानिसहरूले दुई पुस्तासम्म पनि सम्मृद्धिलाई निरन्तरता दिन नसकेका। पैसा या धनले मात्र सम्मृद्धि र सफलता हासिल गर्न सकिने भए गुल्मीको गाउँमा जन्मे–हुर्केका कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका उपमहासचिव कसरी बन्न सक्थे † आफूलाई सधैँ मजदुर भनी हिँड्ने गिरिजाप्रसाद कोइराला नेपालमा ६–६ पटकसम्म कसरी प्रधानमन्त्री बन्न सक्थे † चितवनको एउटा गाउँमा जन्मेर रामपुरको कृषि क्याम्पसमा अध्ययन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेपालका मात्र होइन, विश्वकै स्थापित राजनीतिक व्यक्तित्व कसरी बन्न सक्थे † यस्तै सयौँ उल्लेखनीय उदाहरणहरू छन्। यदि सम्पन्न परिवारमा जन्मेको व्यक्ति मात्र ठूलो हुने भए डा. बाबुराम भट्टराई, डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला र नेपालका अधिकांश मन्त्री, सचिव र डाक्टरजस्ता व्यक्तिहरू सफल हुन सक्तैनथे होलान्।

नेपालमा सफल देखिएका अधिकांश मान्छेहरू निम्न वा मध्यमवर्गीय परिवारबाटै आएका छन्। हामीले आजका सम्पन्न व्यक्तिहरूलाई शोषक र सामन्तको सङ्ज्ञा दिने हो भने आजका श्रमजीवी व्यक्तिहरू मिहिनेत गरेर भोलि सम्मृद्ध भएपछि के उनीहरूलाई पनि पछि सामन्त र शोषक भन्ने?

यो सत्य हो — मानिस एउटा सक्षम मानिस भएर बाँच्न उसका केही आधारभूत आवश्यकताको पूर्ति हुनैपर्छ। तर त्यो आधारभूत आवश्यकताको बाबजुद पनि माथि उक्लेर सफल हुन मानिसको दिमागमा त्यसबाहेक अरू केही कुरा पनि हुनुपर्छ। त्यसैले आजकाल न्भलय्कभ त्जभयचथ अन्तर्गत यो नवीनतम सोचलाई प्रस्ट्याइएको छ। यो विज्ञानसङ्गत कुरा हो। यसमा धार्मिक, सामाजिक र राजनीतिक एकधारे विश्लेषण र तर्क लागू हुँदैन। शैक्षिक र सामाजिक वातावरणबाट अवश्य पनि मानिसको सोच परिवर्तन हुन्छ, यद्यपि विज्ञानले के प्रमाणित गरिसकेको छ भने हरेक मानिसमा आफ्नै प्रकारको एउटा जिन हुन्छ जसले उसको मानसिक संरचनाको निर्धारण गर्छ र त्यहीअनुरूपको क्रियाकलापबाट अघि बढ्दै गएपछि उसको भविष्य निर्माण हुन्छ। त्यसैले प्रत्येक मानिसको जिन फरक हुने भएको हुँदा संस्कार र मानवीय कर्तव्यको माध्यमबाट मनुष्य–समाजमा सक्षम र असक्षमबीचको दूरी केही हदसम्म कम त गर्न सकिन्छ, तर मेट्न कठिन हुन्छ। कुवाको भ्यागुतोजस्तै बनेर सधैँ रिसइविका कारण एकले अर्काको खुट्टा तान्दै वादविवादमा मात्र अल्भि्करहने हो भने हामीले एक्काईसौँ शताब्दीको यस संसारमा कसरी विकास गर्दै जाने?

मलाई लाग्छ, विश्वको भौगोलिक परिवेशमा हामीले नेपाललाई अब भूमण्डलीकरणको अवधारणाबाट हेर्नुपर्छ। यसै सन्दर्भमा म यहाँ दुईवटा ग्रामहरूको परिकल्पना गर्न चाहन्छु — एउटा नेपाग्राम, अर्काे विश्वग्राम। नेपाग्राम भौतिक दृष्टिकोणले अत्यन्त सानो भए पनि साङ्केतिक रूपमा विश्वग्रामभन्दा ठूलो छ। किनभने नेपाग्ा्रामभित्र एक ठाउँबाट अर्काे ठाउँमा पुग्न पन्ध्र–बीस दिन लाग्छ। त्यहाँ विज्ञान र भौतिक विकासको पाइला पुगेेको छैन। इमेल–इन्टरनेट चल्दैन। चिठीपत्र त्यहाँको माध्यम हो। तर चिठीपत्र पुग्न पनि महिनौँ दिन लाग्छ र कहिलेकाहीँ हराउन पनि सक्छ। नेपाग्राम प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले पनि धेरै ठूलो छ। त्यहाँ होचो भूभागदेखि विश्वको सबभन्दा अग्लो भूभागसम्ममा अनेक जातजातिका मानिस बसोबास गर्छन्। अहिलेसम्म त्यहाँका जातजाति, जस्तै : मधेसी भैया, नेवा भाजु र पहाडी कान्छाहरूमा सांस्कृतिक विविधता र पृथक्–पृथक् बासस्थानका कारण मनोवैज्ञानिक विरोधाभास आएको छैन। आÏनै संस्कार–संस्कृतिमा रमाउँदै अरूको देखासिकी नगरेका हुनाले पहाडी कान्छाको ‘छ्याङ’ नेवा भाजुले चाखेको छैन, नेवा भाजुको ‘थो’ मधिसे भैयाले पिएको छैन, अनि मधिसे भैयाको ‘ताडी’ दुईटैले अनुभव गरेका छैनन्। पहाडी कान्छा दोहोरी गीतमा छमछम नाच्छ, नेवा भाजु राजमतीको धुनमा हराउँछ, अनि मधेसी भैया मैथिली/भोजपुरी सङ्गीतमा मस्त हुन्छ। आ–आफ्ना मौलिक संस्कार र सांस्कृतिक सन्तुष्टिका कारण एकले अर्कालाई ईर्ष्या र रिस गर्ने मौकै पाउँदैनन्। उनीहरूमा एक–अर्काको देखासिकी गर्ने बानी छैन। एकले अर्कालाई तुलना नगर्ने भएकाले उनीहरू अहिलेसम्म आ–आफ्नै जीवनशैलीमा रमाइरहेका छन्।

नेपाग्रामका सोझा मानिसहरू काललाई पर्खेर बाँच्तैनन्। उनीहरूलाई त देवताले टपक्कै टिपेर लान्छ। उनीहरूले कम जिन्दगी बाँचेर पनि आफ्नो आयुलाई लम्ब्याउन जानेका छन्। वर्षमा ३६५ दिन हुन्छ, तर नेपाग्राममा दिन पनि लामो हुन्छ, रात पनि लामो हुन्छ। जहाँ लक्ष्य छैन, त्यहाँ समयलाई कसले

पर्खिन्छ? त्यसैले समय छैन भनेर दौडधुप गर्नुपर्ने आवश्यकता नै पर्दैन। समय प्रशस्त छ। नेपाग्रामका मानिसहरू जति दिन बाँच्छन्, एक्लो र सीमित भएर बाँच्तैनन्। उनीहरू सामूहिक जिन्दगी बाँच्छन्। दुःख एक्लै काट्छन्, तर सुख बाँड्छन्। चित्त दुखेपछि बच्चाजस्तो क्वाँ–क्वाँ रुन्छन्, अनि खुसी हुँदा खित्का छाड्दै हाँस्छन्। उनीहरूको मनको आकाशमा आकाङ्क्षाको चङ्गा उड्दैन। सन्तुष्टिको धरातलमा मात्र उनीहरू बाँच्ने गर्छन्।

अज्ञानता कहिलेकाहीँ अमृत पनि हुँदो रहेछ। यही अज्ञानताको अमृत पिएका हुँदा नेपाग्रामका पहाडी कान्छा, नेवा भाजु र मधिसे भैयाहरूलाई ज्ञान र विज्ञानको सङ्गति र विसङ्गतिले अहिलेसम्म सताएको छैन। निम्नस्तरीय सुविधा हुँदाहुँदै पनि उनीहरू आफ्नै प्रकारको सुखमा रुमल्लिएका छन्। भौतिक साधनबाट वञ्चित भएर पनि उनीहरू दुःख मानेर बाँचिरहेका छैनन्। उनीहरूमा आस्था छ, विश्वास छ र सन्तुष्टि छ। एक टुक्रा मासुलाई पनि चपाई–चपाई मजाले स्वाद लिन्छन्। पित्तलका गहनामा आफूलाई सजाउँछन्, लोकगीत र नाचमा चुर्लुम्म डुब्छन्। विलासिता उनीहरूले देखेका छैनन्, वाइन र स्याम्पियन उनीहरूले पिएका छैनन्। न त उनीहरूले आधुनिक जिन्दगीको अनुभव गरेका छन्, न त त्यसको सपना हेर्ने नै कोसिस गरेका छन्। नेपाग्राम अहिलेसम्म विशुद्ध मानवीय बासस्थानको वास्तविकतामा बाँचिरहेको छ। तर अब यो भूमण्डलीकरणको प्रक्रियामा नेपाग्राम एक्लो बस्न सक्तैन। उसका सामु दुई विकल्प छन् — या त घडीको सुईलाई रोकेर नेपाग्रामको यथास्थितिमा बाँच्नु या बिस्तारै आधुनिक विश्वग्राममा चाहेर पनि नचाहेर पनि समाहित हँुदै जानु।

नेपाग्रामको साङ्केतिक तुलनामा विश्वग्ा्राम धेरै सानो छ। त्यहाँ जहाँ पनि दस–पन्ध्र घन्टाभित्रमा पुगिन्छ, तर त्यो ग्रामको जीवनशैली अत्यन्त जटिल छ। त्यहाँको भेदभावपूर्ण होडबाजीमा ‘वसुधैव कुटुम्बकम्’को मर्म र भावना हराइसकेको छ। त्यहाँ मानिसहरू धेरै बाँच्छन्, तर आयु भने एकदमै छोटो छ। आयु लम्ब्याउने आधार धेरैलाई थाहा भइसके तापनि बाँच्ने प्रक्रिया सिक्न खोजेका छैनन्। सुखको लक्ष्यमा सधैँ दौडे पनि लक्ष्य दिनप्रतिदिन टाढा भइरहेको छ। ज्ञान र विज्ञानको आकाशमा त उनीहरू पुगेका छन्, तर उनीहरूको जिन्दगीको जरो हावामा झुन्डिरहेको छ। विश्वग्रामका सबै मानिसको मनको घैँटो सधैँ खाली नै हुन्छ। त्यहाँको धरातलीय सत्यता सम्पन्नता र विपन्नताको पिङमा सधैँ अल्भि्करहेको हुन्छ। गन्तव्य एकैछिनमा भेटिन्छ, एकैछिनमा हराउँछ। सम्मृद्ध मानिने त्यो ग्राममा समस्या र चुनौतीले मानिस जेलिएको छ — जसलाई पुगेको छैन, त्यसले पुगेकाहरूलाई गाली गरिरहेको हुन्छ र जसलाई पुगेको छ,

त्यसले नपुगेकाहरूमाथि दोष थुपारिरहेको हुन्छ। विश्वग्राममा सम्पन्नताको वर्ग हुँदैन, किनभने त्यहाँको सम्पन्नता क्रियाशील, गतिशील र अन्तहीन छ। विश्वग्रामका सायम काका ९क्ब्क गलअभि० र अङ्ग्रेज साब होऊन् वा चिनियाँ काजी वा भारतीय बाबु, या गोरखे वा कङ्गोली (अफ्रिकाको साङ्केतिक कङ्गोवासीहरू), सबै आ–आफ्ना लक्ष्यप्राप्तिका लागि आ–आÏनै किसिमले सधैँ दौडिरहन्छन्।

विश्वग्राम भविष्यको वास्तविकता मात्र होइन, बाध्यता पनि हो। विश्वग्राममा बाँच्न सायम काका र अङ्ग्रेज साबहरू मिहिनेत गर्छन्, जिम्मेवारी र कर्तव्यको पालना गर्छन्, अनि ज्ञान र विज्ञानका माध्यमबाट आफूलाई सम्पन्न बनाउँछन्। त्यसैले होला सायम काका र अङ्ग्रेज साबहरूले संसारका अधिकांश स्रोत र साधनलाई अनि सम्पूर्ण ज्ञान र विज्ञानलाई आफ्नो हितका लागि परिचालन गर्न सकेका, अनि उनीहरूको विकासबाट निस्केको प्रदूषणजति जम्मै गोरखे र कङ्गोलीहरूको थाप्लोमा थुप्रन पुगेको। विश्वग्रँमका चिनियाँ काजी र भारतीय बाबुहरू भने आफ्नै स्वार्थमा अल्मलिइरहेका छन्। उनीहरूलाई सायम काका र अङ्ग्रेजी साबले माथि त तान्दैतान्दैनन्। त्यस्तो अवस्थामा उनीहरूसँग गोरखे र कङ्गोलीहरूको टाउकामा टेकेर उक्लनुबाहेक अर्काे उपाय के छ र?

स्थिति जस्तोसुकै भए पनि विकासमूलक आधुनिक जीवन विश्वग्रामको अपरिहार्यता हो। यसबाट अब कोही पनि पछि हट्न सक्तैनन्। एकाधिकारको संरचनाबाट सिर्जित यो विश्वग्राममा सायम काका र अङ्ग्रेज साबहरूले राज गरिरहेका छन्। उनीहरूकै मातहतमा अहिलेसम्म विश्वग्राम चलिरहेको छ। चिनियाँ काजी र भारतीय बाबुहरू उनीहरूको आर्थिक उपनिवेशवादको नियन्त्रणबाट छुट्न खोजिरहेका छन्। तर विश्व्ाग्रामका गोरखे र कङ्गोलीहरू अलिअलि शिक्षा पाउँदैमा आफूलाई खूब भाग्यमानी भन्ठान्छन्। जतिसुकै पढे पनि, विकास गरे पनि सायम काका र अङ्ग्रेज साबहरूको त कुरै छाडौँ, चिनियाँ काजी र भारतीय बाबुहरूका अगाडि उनीहरूको केही लाग्दैन। उनीहरू आफ्नो ल्याकत र ताकतमा नबाँची भिक्षाको हारालुछमा आफैँलाई परजीवी बनाइरहेका छन्, अनि सधैँ ‘भएन’ र ‘पुगेन’ को दलदलमा फसिरहेका छन्। सायम काका र अङ्ग्रेज साब आफूले हासिल गरेको विकासमा उन्मादित छन्। चिनियाँ काजी र भारतीय बाबु विकासको दौडमा आँखा चिम्लेर लागिपरेका छन्। अनि गोरखे र कङ्गोलीहरूचाहिँ खालि ईर्ष्या गरेर जिन्दगी बिताइरहेका छन्।

जस्तोसुकै अवस्था भए पनि र चाहे पनि नचाहे पनि अब नेपाग्राम विश्वग्राममा समाहित भएर बाँच्नुपर्ने बाध्यता छ। त्यसैले अब नेपाग्रामले बाँच्ने तरिका सिक्नुपर्छ। विश्वग्राममा बाँच्ने हो भने गोरखे र कङ्गोलीहरूले पनि साँघुरो गोरेटो छोडेर आधुनिक युगको फराकिलो राजमार्गमा हिँड्न सिक्नुपर्छ। जिन्दगी दौड हो, दौडमा भाग लिनैपर्छ। पशुपन्छीको बसाइँसराइमा समेत लागू हुन्छ यो प्राकृतिक नियम। उड्न सक्ने र दौडन सक्ने बाँच्छ। जो सक्तैन, त्यो विलीन भएर जान्छ। असक्षमलाई सधैँ संरक्षण गरेर सक्षम बनाउन सकिँदैन। असक्षमलाई सक्षम बनाउन दौडमा उतार्नैपर्छ। अन्यथा सबै प्रयास र प्रक्रियाहरू अल्पकालीन मात्र हुन्छन्।

648 Total View 27 Today View

1 comment to पुस्तक अंशः खोज (भाग ८)

  • yogen shrestha

    i love to read this book continue… thank you

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1