मेरो Tweet

  • हिरो अर्जुन र हिरोइन निशा दुवैले सगरमाथा चढे। बधाई! अब उनीहरुले असफल फिल्मको सगरमाथा चढ्न नपरोस् भन्ने कामना पनि !
  • @KC_Prasanna @arpan_shrestha I got call from Nabil today, stating they are 'looking' in it and will call later or send new PIN by sms
  • हाम्रो अनलाइन संस्करण धधध।भचबवमजबलष्।अयm मा नियमित रूपमा समाचार सम्पे्रषण भइरहनेछ पो रे ! t.co/5MoZRGQq4P

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

झिलिमिली बत्ती बलेको, लक्ष्मी पूजा गरेको

घरमा बालेको दियो।


तिहारको आज महत्त्वपूर्ण दिन- लक्ष्मी पूजा ! दीपावली ! तपाईँहरु सबैलाई दीपावलीको शुभकामना। सबतिरको अन्धकार हटोस्। केही फोटो खिचेर राखेको छु। तपाईँहरुको तिहार कस्तो भयो, लेख्नुस् है कमेन्टमा।




17 comments to झिलिमिली बत्ती बलेको, लक्ष्मी पूजा गरेको

  • gopi karki

    हे माता लक्ष्मी,
    सम्पूर्ण नेपालीको मन मस्थिस्कामा रहेको औसीको कालो,
    दीपवालिको दीपले नस्ट पारि,
    खुसि र चमक अनकन्टारमा रहेको गोठ देखि घर आगन र मनमा सधै सधैको लागि यो कालो रातलाई चिरेर आइदेउ,
    महलमा मात्र होइन, झुपडीमा पनि
    बाहिरि आखाले मात्र देखिने गरि होइन, भित्रि मन र मस्तिस्क्ले पनि
    तिहार आएको भनि सबैले भन्न सकिने गरि , सबैको अनुहारमा उज्यालो लिएर आइदेउ,
    हाम्रो नेपाललाई सधै माताको आशिर्वाद रहिरहोस,

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • २०६९ साल को शुभ दीपावलीको हार्दिक- मंगलमय शुभकामना स्वदेस तथा बिदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा ..

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • मनाउनु नहुने भएकाले अरूको घरको झिलीमीली हेरेर चीत्त बुझाईयो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • तिहार आयो ,झिलिमिली छायो ,दिदि – भाई ,भाई-बहिनीमा हर्ष र उल्लाश ल्यायो | यम पंचक का दिन वाट दिदि बहिनीले दाजु भाई लाइ भाई टिका को निमंत्रना गरिसके पछी दिदि भाई ,दाजु बहिनी बीच को माया, प्रेम , स्नेहको बन्धन लाइ यम राजले पनि छुटाई लान सक्दैन भन्ने किम्बदन्ती छ | तिहार: काग-कुकुर ,गाइ-गोरु र लक्ष्मी को धुमधाम संग पुजा गरेर गोरु तिहारको भोलि पल्ट दाजु -भाइ लाइ दिदिबहिनेले टिका लगाई दिई नेपाली हरुल्ले हर्शोलाश का साथ मनाउने परम्परा छ | तेसै कारण पनि नेपालीहरुको निम्ति तिहार बिशेष महत्तो र रमाइलो चहाड मानिन्छ |
    म नावालक र अबुझ छदा मेरो( आमा र बहिनि ) सानैमा स्वोर्ग वास भएपछी आमा: ममताको निम्ति र भगिनी : तिहारमा टिका लगाउन अभाव भयो भनी बेस्करी रुन्थेरे भनी मेरो हजुर्मुवा भन्नु हुन्थियो | तेश्पछी मेरो बुवाले अर्को आमा बिबाह गरि वहावाट जन्मेको छोरी वा मेरो बहिनि वाट अहिले पनि टिका लगाउदै छु | कुनै कुनै समय बिशेष कारण टिका लगाउने अबसर नपाउदा अति दिक्दार लाग्थियो | यस्तो अनुभव अन्य नेपाली दाजु भाई दिदि बहिनी हरुलाई पनि हुदो हो जस्तो लाग्छ | यस दिपावली र तिहारमा कोहि कसैको पनि निदार खाली नहोश भन्ने शुभेक्षा राख्दै सबै नेपली दाजु भाई दिदि बहिनि मा शुभकामना ब्यक्त गर्द छु |

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • सार्थक

    लक्ष्मीपूजा गरियो, दीपावली गरियो, प्रसाद बाडियो, खाइयो, Youtube मा भए पनि लक्ष्मी भजन, देउसीभैलो गीत बजाइयो, सुनियो, हेरियो | आफ्नो देश अनि गाउँघरमा छँदा बिगतमा मनाएको दशैँ, तिहार अनि घरपरिवार, साथीभाई सम्झिएर एक छिन एक्लै टोलाइयो | अरु त के नै पो गर्नु र परदेशमा ?

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

  • तारा मगर थापा, खाडी दुबइ

    हामि खाडी तिर जोत्न आको गोरुलाई दशैँ न तिहार ! युरोप अमेरिका तिर छिर्नेहरुले त बरु परिवार सहित भएकाले एसो जागर गर्छन रोटि सोती बनाउछन, आफ्नो सस्कृतिलाइ जगेर्ना गर्न र रमाउन ! एता जम्मै गोरु मात्रै छन् कुन बेला डुटी सकिएर पकाउनको अल्छिले खबुस (अरबी रोटि) चपाएर घुपुलुक्कै सुतुला जस्तो हुन्छ ! तर एस्तो मौकाहरुमा नेपालमा रहने आफन्तहरुलाई फोन गरेर मनग्य पैसो भने भुस पारेका हुन्छन ! तर हामि योजना बनाउदै छौ भोलि बिहिबार सुक्राबारे छुट्टी पनि परेको हुदा र भाइटीकाको साइत पनि भएकोले बिसेश दिन बनाउने सुर छ, योजना यो छ कि बिना आकारका भए पनि सेल रोटि हाल्ने, अचारका परिकार हरु अलिक धेरै बनाउने, पृष्टभूमिमा देउसी गित बजाइरहने अनि लाइट अफ गरेर मैन बत्ति बालि पुजा-आजा गर्ने अनि खानपिन .. हेरु भोलिको दिन कत्तिको जम्छ ! फेसबुक्मै भए पनि फोटो चाही शेयर गर्न होला …………

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

  • Ritesh Thapa

    येसो राजनीति कार्येकर्ता भनौदो हरु को कमेन्ट (सुभकामना संदेश) सुन्न पाए हुन्थ्यो |

    Luna
    Harke
    Gagane
    Puspa
    Madan

    कि दाजु भाइ, दिदि बहिनि हरु लै एस्तो समाचार मन पर्दैन |
    मेरो तर्फ बाट सबै जनालाई सुभकामना छ है सिर्फ पार्टी को नेता अनि कार्येकर्ता लाइ बाहेक |

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 3

    • रितेश जी
      ( लुनालाई पनि राजनीति कार्यकर्ता भन्दिनु भा ? लुना सर्बसाधारण नेपाली जनता हो कुनै राजनीति दलको कार्यकर्ता होईन . ऐले सम्म कुनै दलको सदस्यता लेको
      छैन .
      समर्थन भन्ने कुरा राम्रो बिषयको भए जुन दलले ल्याको भए पनि गरिन्छ , नराम्रो नकारात्मक लागे बिरोध गरिन्छ . चित्त नबुझेको कुरामा असमहत जनाउन
      पाउनु लोकतान्त्रिक अधिकार भित्रको कुरा हो )

      सबैको मन सक्दो रमाओस , तिहारको शुभ कामना सबैलाई .

      मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

      • सार्थक

        मैले त लुना जीलाई उहाँको लेख, कमेन्ट आदिमा कही कतै पनि राजनीतिक कार्यकर्ता जस्तो देख्दिन । ठीक लागे राजा, माओवादी वा अन्य कुनै पार्टी, संस्था वा ब्यक्तिको समर्थन ठीक नलागे बिरोध गर्ने गरेको पाएको छु । उहाँको अभिब्यक्तिमा सधैं नेपाल र नेपालीप्रती माया र चिन्ता नै बढी पाएको छु । माइ संसार मात्र नभएर म उहाँको बिचारहरु नेपाल प्लसमा पनि पढ्ने गर्छु । तर मैले पनि लुना जीको बिचार ठीक लाग्दा समर्थन ठीक नलाग्दा असहमती जनाएको छु ।

        अरु साथीहरुको बारेमा त्यती याद भएन तर पुष्प जी अलिक बढी माओवादी झुकाव भएको मान्छे जस्तो लाग्छ र सोही अनुरुपका बिचारहरु आउँछ उहाँबाट । मैले देखेको माइ संसारका धेरै पाठकहरु उहाँप्रति अन्धो रुपमा पुर्वाग्रही छन किन कि उहाँको बिचार पढ्दै नपढी रातो (Thumbs Down) मा क्लिक गर्छन । तर उहाँको झुकाव जता तिर भए पनि उहाँका कतिपय बिचारहरु भने गहन र मननिय किसिमका आउँछन जसबाट मैले त धेरै जानकारी र ज्ञान पाएको छु ।

        मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 1

  • Resham

    राम्रा तस्बिरहरु राख्नु भएकोमा धन्यवाद. बरु यसपालिको भाई टिका को साइत चाँही कति बजे रहेछ? कृपया जानकारी पाउन.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Deepak Limbu

    यो पटक अनौठो भयो / प्राय संधै तिहारताका दरौंदी बगरका छेस्का छेसकी जस्ता सेल रोटी फोटाले फेसबुक १ महिना हेर्न नहुने गरि पुरिन्थे / अहिले त कतै कतै sandy ले लतारेको न्यु योर्क बगर का कचिंगर जस्ता फोटा देखिएका छन् / हिन्दु श्रद्धालु हरु सबैलाई लै million को powerball / mega mill हात लागोस / अरु त हामी तोरीलाहुरे र डोरीलाहुरे salarymen / women को जिन्दगीमा के नै आशिर्बाद काम लाग्ला र ! जय देस जय प्रचण्ड !!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 25

  • baba

    बिदेशमा बसेको नेपाली बिधार्थी म. दिनभरिको(१४ घण्टा काम पछिको) थकान मेटाउन यसो इन्टरनेट खोलेको. आफुले गर्न नसकेनि साथीभाई र इस्टमित्रले लक्ष्मीपूजा गरेको हेरेर मन प्रफुल्ल बनाउदै छु. अब एकछिन पछी गुन्द्रुक उमालेर भात खानु पर्ने स्थिति छ. कहा* लक्ष्मी पुजा गर्नु र? तिहारको मंगलमय उपलक्ष्यमा सम्पूर्ण नेपाली युबा दाजु भाई तथा दिदीबैनी हरुलाई बिदेशमा सुनले लिपिएको हुदैन भन्दै विदेश बस्ने हामि जस्तो नेपालिको रिस नगर्न र विदेश हु*इकिने सोच सके सम्म नराख्न सद्बुध्ही मिलोस भन्ने कामना गर्दछु. नेपाल र नेपालीको सधै जय होस् . धन्यबाद.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 1

  • शुभ दीपावली शालोक्य जी … राम्रो फोटो हरु राख्नु भाको रहिछ हेर्दै मन प्रसन्न भयो .. मेरो पनि दीपावली राम्रै भैराको छ भन्नु पर्छ है परदेश मा मस्ती duty सकी फर्किएर लेट night लक्ष्मी पुजा गरेको बालेको deyo कुरेर बसिरको chu. धन कि देवी को आगमन को आस मा ……

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • Mohan

    सम्पूर्ण पाठक लेखक तथा जनता हरुलाई तिहार २०६९ तथा नया वर्ष १११३ को हार्दिक शुभ कामना .

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Suraj

    सालोक्यजी गारो गरिदिनु भो त!!!! अब घर को याद ले मार्ने भो

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Deep Shrestha

    शुभ दीपावली

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • काउचा मगर .

    “तिहारै आयो, लौ झिलिमिली, सुन हजुर पाठक फेशबुकमा,,,,,,,, …माइसंसार युनिटलाई धेरै-धेरै धन्यवाद सहित शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना अनि ,,,,माइसंसार डट कम् को हाम्रा निरन्तर पठन अनि प्रत्रिकृया जारी राख्नु हुने साथीहरुलाई पनि शुभदिपवालिको मंगलमय शुभकामना…छ यो “कृष्ण काउचा मगर” को….

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker