
आज नेपालको मौलिक संवत नेपाल संवतको नयाँ वर्षको दिन। सँधै झैँ काठमाडौँको वसन्तपुरमा सांस्कृतिक झाँकीसहित विशाल र्यालीले नगर परिक्रमा गर्यो। राष्ट्रिय विभूति शंखधर साख्वाले काठमाडौँका सबै बासिन्दाको ऋण चुक्ता गरी ऋणमुक्त बनाएको खुसियालीमा यो संवत् सुरु भएको हो। हेर्नुस् आज बिहान खिचेका केही फोटोहरु
देशको नाममा रहेको र शासकको नाममा नरहेको यो संवत् ८८८ वर्षसम्म आधिकारिक संवतका रूपमा सरकारी कामकाजमा समेत प्रयोग हुने गरे पनि पछि राणाकालमा विक्रम संवत् प्रचलनमा ल्याई यसलाई हटाइएको थियो। वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो।

यस्तो सांस्कृतिक जुलुस निस्कन थालेको धेरै भने भएको छैन। पञ्चायत कालमा एक भाषा एक भेषको नीति अनुसार अन्य जातजातिको संस्कृति र भाषामाथि दमन गरिएपछि यस्तो जुलुस आन्दोलनका रुपमा थालिएको थियो। भिंतुना (शुभकामना) जुलुसमा सहभागी हुनेलाई प्रहरीले पक्रने समेत गर्थ्यो।

आजै नेवारहरुले म्हपूजा पनि गर्ने गर्छन्। म्हः पूजाको नामकरण नेपाल भाषाको म्हः र पूजा यी दुईवटा शब्दबाट हुन गएको छ। म्हः को अर्थ नेपालीमा शरीर हो। यसको समग्र अर्थ शरीरको पूजा हो।
शरीरको अभावमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने हुँदा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार गरिने पूजा भएको बताउनुहुन्छ।
जोशी शरीरप्रति रहेको चैतन्य (चेतना) तत्वलाई प्रतिनिधित्व गराइने गरी करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्वलित दीपलाई मानवदेहसँग परिकल्पना गर्ने गरिएको बताउनुहुन्छ।
जोशी भन्नुुहुन्छ– म्हः पूजा गर्नका निमित्त बाहुन पनि नचाहिने तथा शुभसाइत पनि हेराउन नपर्ने भएपनि मण्डलको निर्माण गरी ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाका साथै विभिन्न फूल अक्षतालगायत सयपत्री फूलले पूजा गरिने म्हःपूजामा विशेषतः आफूले आफूलाई वास्तविक (यथार्थ) धरातलमा महसुस गरिन्छ।
बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने गरेको पाइन्छ। यस सम्प्रदायले गर्ने म्हःपूजाको स्रोत उही भएपनि पूजाको शैली भने केही फरक छ। यस सम्प्रदायअन्तर्गत विभिन्न नौ किसिमका बिही (गेडागुडी) को प्रयोग गरी मण्डल निर्माण गरिन्छ। सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिएको हुन्छ।



















सकल नेपाः भाजु मयजु पिन्त न्हू द ११३३ या भिन्तुना
मन परे हरियो नपरे रातो !
17
0
नेपाल सम्बत लाईनै रास्ट्रिय सम्बत गर्नु पर्छ / देशको सबै चाड पर्ब येही पात्रोले चल्छ
मन परे हरियो नपरे रातो !
30
6
Nhu Dah 1133 wa Sonty ya Vintuna.
Naya Barsha 1133 ra Tihar ko Suvakamana.
Happy Sonty and & Happy New Year 1133.
God Sonty och Gott Nytt År1133.
Joyeux Sonty et Meilleur Nouvelle Année1133.
मन परे हरियो नपरे रातो !
15
1
ने सं ११३३ न्हूदँया भिन्तुना !
मन परे हरियो नपरे रातो !
20
1
सम्पूर्ण नेपालीहरुको रािष्ट्रय सम्वत् नेपाल सम्वत् नै हो । नेपाल सम्वत् ११३३ नव वर्षको उपलक्षमा हािर्दक मंगलमय शुभकामना ।
मन परे हरियो नपरे रातो !
28
8
नेपाल सम्बतको शुभ कामना, नेपाल सरकारले बिक्रम सम्बत नहटाए | नेवा: राज्यमा नेपाल सम्बत लागु गर्नु पर्छ, बिक्रम सम्बत बाहिरबाट ल्याएको र ब्यवारिक पनि छैन|
मन परे हरियो नपरे रातो !
25
15
समस्त नेपालिहरु लाई नेपाल् सम्बत् ११३३ लागेको शुभ उपलक्छे मा मेरो हार्दिक् मङल्मये शुभकामना छ।।
मन परे हरियो नपरे रातो !
20
2
न्हुदया भिन्तुना सकल नेपामी पिन्त .
हाम्रो पहिचान, हाम्रो संस्कृति र हाम्रो परम्परा जोगाउनु राम्रो पक्ष हो .
मन परे हरियो नपरे रातो !
36
1
नेपाली हुनुमा गर्व छ /
मन परे हरियो नपरे रातो !
24
2
हार्दिक सुभकामन नेपाल संवतको र भिन्तुना
मन परे हरियो नपरे रातो !
22
0
एमान्ग्रेसको जुलुस नेपाल सम्बतको जुलुसको आधा उधि पनि थिएन| अझ आन्दोलन गर्छु भन्छ| मैले भनेको मान्ने हो भने कुनै एउटा बहाना बनाएर आन्दोलन हाफेकै राम्रो होला!
मन परे हरियो नपरे रातो !
30
15
एमान्ग्रेसको जुलुस भनेको बाहुनहरुको आन्दोलन हो | त्यो पनि अर्को बाहुनलाइ प्रधानमन्त्री बनाउनको लागि अनि नेपालमा जम्मा जम्मी बाहुनहरुको जनसंख्या १२.५% तेशमा पनि विभिन्न बाहुन रुपी दलहरुमा छरेका छ, अनि कहाँ जनता आउछन्, एमान्ग्रेसको जुलुसमा | नेपाल सम्बत जस्तो नया वर्ष मनाउन आएका नेपालीहरुको लामलाइ एमान्ग्रेस जस्तो घिनलाग्दो बाहुनहरुको आन्दोलन संग तुलना गर्न मिल्दैन | नेपाल सम्बतको सुभकामना !
मन परे हरियो नपरे रातो !
36
20
जे कुरामापनि जात भात ननिकाली कुरा गर्न सकिदैनाकी के हो ?! नेपालमा जात भात को कुरा गर्ने हरु सबै बिदेशी गोराहरुको गुलामहरु भन्ने अझै थाहा छैनकि के हो ? सबै नेपालीहरुले थाहा पाइसके भो एस्तो बकम्फुसे कुरो गरेर अफुनो परिचय नदिदा राम्रो होला .
नेपाल सम्बतको शुवकामाना !!
मन परे हरियो नपरे रातो !
18
7
बिदेशी गोराहरुको गुलाम सोच्ने नेपालमा बाहुन बाहेक कोहि पनि छैन होला | हाम्रो पहिचानलाइ र संस्कृतिलाइ मेटाउदै, बाहुनहरुको एकाधिकार लगाउदा ठिक अनि सबै नेपालीहरुलाइ अधिकार दिंदा चाही जात भातको कुरा भन्ने, नेपाल अहिले सम्म जातीय राज्य गर्नेनै बाहुन हो, २४० वर्ष देखि अहिले सम्म बाहुनको एकाधिकार छ, खै त अरुहरुको पहिचान र संस्कृति प्रति समान ? अब भन्नु कसले जातीय राज्य गरेको छ !
मन परे हरियो नपरे रातो !
7
3
आफ्नो संस्कृति आफुले जोगाउनु पर्यो नि त साथी ,माथि आकाश बाट आएर कसैले जोगाइ देला भन्ने नसोचे हुन्छ ,आफुहरु बिदेसी को इसारामा बेक्तिगत स्वार्थको लागि नेपाली बीच फाटो लगाउदै हिड्ने ,बिदेशी गाडी अनि पहिरन पहिरिदै बिदेशी परिकार खानु पर्ने ,विदेश मा गएर जस्तो सुकै काम गर्ने अनि नेपालमा काम गर्न लजाउने , अनि २-४ जना बाहुन नेता हरु ले देश बिगारेको कारण देखाई अरु सर्ब साधारण बाहुनहरु लै पनि दोष लगाउने अनि जे कुरा पनि जात भात को गर्ने ,तर आफ्नो जात को भ्रस्ट नेताहरु नदेख्ने !!
एस्तो मानसिक प्रवृति ले कसैलाई पनि भलो गर्दैन र सधै पछाडी नै परिन्छ ,अरुलाई दोस दिएर नबस्नोस आफ्नो संस्कृति आफै जोगौनोस ,जय नेपाल ~
मन परे हरियो नपरे रातो !
2
6
भिन्तुना है भिन्तुना !!!!!!!!!!
मन परे हरियो नपरे रातो !
24
2
नेपाल सम्बत ११३३ न्हुँ दंयाँ भिन्तुना !
मन परे हरियो नपरे रातो !
24
0
सबैलाई नेपाल सम्बत ११३३ को शुभकामना !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
1
ने सं ११३३ न्हू दँया भिन्तुना !!!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
42
1
ने सं ११३३ न्हू दँया भिन्तुना !!!!
मन परे हरियो नपरे रातो !
33
1
सबैलाई नेपाल सम्बत ११३३ को शुभकामना !
हिन्दुस्थानको गुजरात, महाराष्ट्र र अन्य दक्षिणी राज्यमा लक्ष्मी पूजाको भोलिपल्ट नेपाल सम्बत झैँ नया बर्ष हुन्छ। मेरो विचारमा अवश्यपनि नेपाल सम्बत र हिन्दुस्थानको केहि राज्यमा हुने नया बर्षको सम्बन्ध हुनु पर्दछ।
सुरज श्रेष्ठ
मन परे हरियो नपरे रातो !
35
2
अनौठो त कुरा त के भने गुजरातमा मनाइने नयाँ वर्ष (Bestu Varas) को संवतलाई विक्रम संवत भनिन्छ । हाम्रोमा चल्ने विक्रम संवत २०६९ वैशाखमा सुरु भइसके पनि गुजरातमा भने आज बल्ल २०६८ साल सकिएर २०६९ सुरु भएको छ http://diwaliwalafunda.blogspot.com/2012/11/gujarati-newyear-2069-vikram-samvat.html
मन परे हरियो नपरे रातो !
21
0
सम्पूर्ण नेपाली मा यो नेपाल सम्बतले एकताको संदेश दिओस…नया बर्ष ११३३ को सबै नेपालीहरुलाई सुभकामना…..
साल मात्र फरक हो, उनीहरुको पनि चन्द्र लाई आधार मानेर नया बर्ष सुरु हुने भएको ले तेस्तो भएको हो…
मन परे हरियो नपरे रातो !
12
1
दक्षिण तथा दक्षिणपूर्वी एशियाका धेरैजसो सौर्य-संवत आधारित परम्परागत नयाँ वर्षहरू मध्य अप्रिलको आसपास मनाइने गरेको देखिन्छ, संवतको नाम जे सुकै भए पनि | यी संवतहरूले मान्ने सक्रान्तिको समय र अहिलेको खास ग्रीष्म र हिउँद सक्रान्ति बीचको फरक हेर्ने हो यी लगायत पश्चिम एशियाका देशहरूमा मनाइने नवरोज वसन्त सक्रान्तिको अवसरमा पारिएका छन् | विभिन्न नयाँ संवतको सुरुवात गर्नेले विशेष अवसर र चलन्चल्तिकै नयाँ वर्षको दिन पारेर शुरु गर्नु खासै नौलो होइन होला |
मन परे हरियो नपरे रातो !
3
5
नेपाल संबत ११३३ या लसताय् सकल नेपा:मिपित दुनुगलंनिसे न्हुदँया भिन्तुना !!!!!
मन परे हरियो नपरे रातो !
24
0
नेपाल शम्वत मान्नु राम्रेा हो तर
देशमा ईस्वि शम्बत को प्रयोग नहुदा हामी नेपाली हरुले २ वटा शम्बत कन्ठ गर्नुपर्ने बाध्यता छ । यदि देशले ईस्वि सम्वत को प्रयोग गरेको भए कानुनी कीताबखाना मा लामो लाईन बस्नु पर्ने थिएन ।॥
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
66
17