उहिले जेठ १४ आयो, जेठ १४ आयो भनेर देशमा खुबै हङ्गामा मच्चाइन्थे, केही अघिदेखि चाहिँ एक थरिले मंसिर ७ आउन लाग्यो, मंसिर ७ आउन लाग्यो भनेर हौवा मच्चाए। राष्ट्रपतिले मंसिर ७ गतेभित्र सहमति गर्नुस् नभए म ‘कदम’ चाल्छु भनेर अल्टिमेटम दिए रे भन्ने कुरा मिडियामा आयो। मिडियामा आउने कुरा र हुने कुरामा धेरै अन्तर हुन्छ। नभन्दै त्यस्तै हुने देखियो। मंसिर ७ आउनुअघि नै हिजो पाँचै गते बजेटको टनटन सकियो। एक तिहाइ बजेटमात्र पास गर्ने भनी बताएको भन्ने राष्ट्रपतिले खुरुक्कसँग बाँकी पूरै अवधिको लागि दुई तिहाइ बजेट पास गरिदिए। विपक्षीहरुले चिट्ठी लेखेर सरकारले ल्याए पनि पास नगर्नू है भनेर त्यत्रो अघिदेखि गरिरहेको लबिङ खेरै गयो। मंसिर ७ मा बाबुराम भट्टराई नेतृत्वको सरकारले निर्वाचन घोषणा गरेको तर गर्न नसक्ने भएकोले त्यो मितिपछि देश थप शून्यतामा जान्छ भन्ने तर्क गर्नेहरुलाई पनि सरकारले झापड हानेर एकलौटी किसिमले वैशाखमा निर्वाचन गर्ने निर्णय गरिदियो। माओवादीले फेरि एक पटक कङ्ग्रेस-एमाले लगायत विपक्षीहरुलाई थाङनामा सुताइदियो। मंसिर ७ पछि राष्ट्रपतिले प्रधानमन्त्री बाबुराम भट्टराईलाई घोक्रेठ्याक लगाउला कि भनेर आश गरिबसेकाहरुलाई आकाशको फल आँखा तरी मर हुन गयो।
आखिर मंसिर ७ गतेपछि राष्ट्रपतिले गर्ने भनेको पनि सहमतिमा प्रधानमन्त्रीको नाम दिन सार्वजनिक आह्वान गर्ने न हो। त्यसरी सहमतिमा प्रधानमन्त्रीको नाम नआएसम्म त बाबुराम भट्टराई कै सरकार कामचलाउ रहने हो। अहिले पनि भट्टराई सरकारको हैसियत काम चलाउ नै हो। अब हेर्नुस् यो सहमति भनेको भ्यागुताको धार्नी जस्तै हो, कहिले पनि हुनेवाला छैन। माओवादीले मात्रै मान्दिनँ भने पनि सहमति हुँदैन। अनि सहमति नभए संसदमा बहुमतको आधारमा चुन भन्नुपर्ने हुन्छ अन्तरिम संविधान अनुसार , अब संसदै छैन कसरी भन्नु! झन् अन्यौल बढाउने कुरा मात्र हुन्छ। बाबुरामले त्यसै संविधान सभा विघटन गर्या हुन् र! सत्ताकब्जा त उतिबेलै भइसक्यो। विपक्षीहरुलाई माओवादीले झुलाएको झुलायै छ। हेर्नुस् त जेठ १३ मा जस्तो थियो हालत, अहिले छ महिनासम्म पनि उस्तै छ।
बजेटको खड्गोले अत्याएर सरकार ढाल्ने दाउमा थियो विपक्षी। तर प्रचण्डले चलखेल गरेर बाबुरामलाई राजीनामा दिन लाउँछु भन्दै गोप्य ‘भद्र सहमति’ गरेर बजेट पास गराइछाडे। यस सम्बन्धमा पत्रकार किशोर श्रेष्ठले फेसबुकमा लेखेको विवरण रोचक छ-
सोमबार बिहान राष्ट्रपतिसामु दलहरूबीच एउटा सहमति बन्यो, बाबुराम भट्टराईले मार्गप्रशस्त गर्ने। त्यसनिम्ति प्रचण्डले साँझ मधेसीबाहेकका तीन पार्टी कतै बसेर भावी प्रधानमन्त्रीको टुंगो लगाउने प्रस्ताव राखे। यसबीच सुशील कोइराला शौचालय गएको मौका छोपेर एमाले अध्यक्ष झलनाथ खनालको कानमा खुसुक्क भने, ‘हेर्नुस् है कामरेड, कांग्रेसलाई कुनै हालतमा दिनुहुन्न। अरू नै कोही प्रधानमन्त्री हुनुपर्छ, यस विषयमा सजग रहनुहोला।’
राष्ट्रपति भवनबाट निस्किएर खनालले बल्खुमा स्थायी समितिको आकस्मिक बैठक डाके। प्रचण्डको कानेखुसीबारे त्यहाँ बृहत् छलफल भयो र सर्वसम्मत निर्णय गरियो, ‘यो कांग्रेस र हामीलाई फुटाउने चालबाजी हो। कांग्रेसले उम्मेदवारी दिन नसके अर्कै कुरा, नत्र हामीचाहिँ आफ्नो अडानबाट पछि हट्नुहुन्न। बोली फेर्नुहुन्न। प्रचण्डको चास्नीमा कुनै हालतमा फँस्नुहुन्न।’
प्रचण्डले नै साँझ कांग्रेस सभापतिकोमा भेला हुँदा प्रधानमन्त्रीका उम्मेदवारको नामसमेत सोचेर आउने सल्लाह गरेबमोजिम बाबुराम भट्टराईको समेत उपस्थितिमा अर्को बैठक बस्यो। त्यहाँ भएको सहमति यसप्रकार थियो-
१) प्रधानमन्त्रीले तुरुन्तै मन्त्रिमण्डलको बैठक बोलाई सरकार परिवर्तनसम्बन्धी प्रस्ताव पास गर्ने।
२) सोहीबमोजिम अर्को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई पत्र लेख्ने।
३) राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकृत गर्नुअघि नै अर्को प्रधानमन्त्री आपसी सहमतिमा चयन गर्ने। उक्त प्रम तीन पार्टीभित्रैबाट छानिने।
४) पाँच वा छ गतेभित्र सरकारको समग्र स्वरूपबारे टुंगो लगाइसक्ने।
प्रचण्डले ‘ल उसोभए यिनै बुँदामा सहमति भयो है त, यो कुरा निर्णय नहुँदासम्म प्रेसमा नलाने है !’ भनेर वाचा-कबोल पनि गराए। सोहीबमोजिम तीनै दलका नेताहरू कुरा मिलेन भन्दै दुनियाँलाई ढाँटेर बाहिर निस्किए तर रातभर अनेक खेल भयो। हिजो बिहान मन्त्रिमण्डलको बैठक बस्यो। राष्ट्रपतिकोमा चुनावी खर्च १० अर्बसमेत छुट्याइएको पूर्ण बजेट लाने र वैशाखमा चुनाव गर्ने प्रस्ताव पनि पास भयो। आखिर साँझको सहमति बिहानै भुस भयो।
बजेटबारे उद्योगी व्यवसायीहरुसँग अन्तर्क्रिया गरिरहेको थियो विपक्षी गठबन्धनका नेताहरु। त्यही कार्यक्रम गर्दागर्दै सरकारले त बजेट पनि लाने भयो अनि वैशाखमा संविधान सभाको चुनाव पनि घोषणा गर्यो भन्ने खबर आएपछि नेताहरु ट्वाँ। त्यही कार्यक्रममा दुई बुँदे खेद प्रस्ताव पारित गरेर वाचन गरियो। रामचन्द्र पौडेलले त कङ्ग्रेसी वकीलहरुको कार्यक्रममा गएर राष्ट्रपतिले आफूहरुको विरोध हुँदाहुँदै पनि बजेट अध्यादेश पास गरेकोले उनीविरुद्धै पनि सडक आन्दोलन गरुँला झैँ आशय दिने भाषण ठोके। आन्दोलन गर केटा हो भनेर कङ्ग्रेस नेताहरुले विद्यार्थीहरुलाई आदेश दिएर त होला पुतलिसडकतिर राति नै केही विद्यार्थीहरुले नाराबाजी गरी प्रदर्शन पनि गरे।
वैशाखमा चुनाव गर्न चुनौति दिइ हिँडेका थिए कङ्ग्रेस सभापति सुशील कोइराला। अब वैशाखमै निर्वाचन गर्ने भनेर सरकारले निर्णय गरेपछि के गर्ने ? मिति चाहिँ फेरि सहमतिमा तोक्ने भन्या छ सरकारले। यो सहमति नभएर वैशाखमा निर्वाचन भएन भने फेरि पनि मोज बाबुराम र माओवादीलाई नै हो। सत्तामा बस्ने म्याद अझै लम्बिन्छ सहमति नभए। विपक्षीले छोड भन्दैमा बाबुरामले किन छोड्छ र ? पाएको सत्ता माओवादीले सित्तै किन छाड्छ ? आफ्नै कार्यकर्ताको झापड खाएर लोकप्रियताको ग्राफमा ओरालो लागिसकेको प्रमाण दुनियाँले नै देखिसकेकै छ, चुनाव मै नगई सत्तामा बसिरहन पाए त झन् हाइसन्चो नि माओवादीलाई। आफ्नै नेतृत्वमा चुनावमा जान विपक्षीहरु सहमतिमा आए राम्रो, नआएर चुनाव नभए झन् राम्रो पो छ त उनीहरुलाई।
बाबुरामलाई हटाउने अर्को उपाय आन्दोलन हो। तर नेविसंघ र युवा संघका केही ठिटाहरुलाई सडकमा उफार्दैमा आन्दोलन सफल हुन्न। न नागरिक समाजको खोल ओढेका केही लोभीपापीहरुको जमातले आन्दोलनको घोषणा गरेर हुन्छ। जनआन्दोलन हुनुपर्छ, जसको बलमा परिवर्तन गरिन्छ। तर जनता नेताको पछि लागेर उनीहरुको कुर्सीका लागि आन्दोलन गर्ने मनस्थितिमा छँदै छैनन्, पाए झापड हान्ने मूडमा छन् बरु। टुँडिखेल एउटा त पूरा भर्न नसकेर वसन्तपुरतिर आमसभा गर्दै हिँड्नेहरुले आन्दोलनको उभार ल्याउने कुरा कसरी पत्याउनु।
त्यसैले देशमा अझै केही समय यस्तै अन्यौल हुने र माओवादी पार्टी अनि बाबुराम एन्ड कम्पनी ग्याङले गङनम स्टाइलभन्दा खतरा डान्स गर्दै सत्तामा हालीमुहाली गरी मोज गर्ने क्रम जारी रहने प्रष्टै छनक देखिन्छ।





बागमती, विष्णुमत, बुन्गमती, श्रीमती, निजामती,बिमति र अन्य मति झैँ “सहमति” होला झैँ सहमति ठानेका होला नेपाली राजनैतिक कार्यकर्ताहरुले !!!
माओबादी को चक्कर मा बल्ल परे राजतन्त्र, कांग्रेस तन्त्र, एमाले तन्त्र र झुत्रे पार्टी तन्त्र हरु
सुरज श्रेष्ठ
मन परे हरियो नपरे रातो !
1
0
जब सम्म आफु होइन देश बनाउछु भन्दैनन् ,देश कहिले बन्दैन \ जब देश बन्छ सबै थिति बन्छ ,बस्छ \ बिचारले देश बच्दैन ,बन्दैन देश प्रेम ले देश बच्छ ,बन्छ \ जहा आफु मात्र र आफुलाई मात्र भनिन्छ त्यहा मानबता कहिले रहदैन \ नेपालको राजनीति ,नेता बिचारले ग्रस्त छ ,देश प्रेमले ग्रस्त छैन \ देश अनेकताले कहिले बन्दैन ,एकताले बन्छ \ आफू मात्र भन्छ,आफु मात्र बन्छ अरु लाइ सधै प्रतिगामी देख्छ र एकदिन आफु पनि प्रतिगामीमा बदलिन्छ \ किनकि सत्ता र सम्पत्तिले हर मानिसको चरित्र र उदेस्य फेराऊन सक्छ \
हजार चोटी चुनाब गर ,हजार चोटी आन्दोलन र क्रान्ति गर जब सम्म देश र भिन्न बिचारलाई समेटी जनताको साचो प्रगति र सिस्टममा देश र जनता बसाउने स्थिति बनाउदैनौ तब सम्म कुनै बाद ,समुह ,बिचार ,पार्टीको माग ,घमण्ड दर्साउने चुनाबले कुनै असल र स्थाई परिणाम ल्याउन सक्दैन \
मन परे हरियो नपरे रातो !
10
1
खासमा भन्नेको भने अब एमाले कांग्रेस या अन्य कसैले बजेट बिनियोजन को बिरोध गर्नु मा कुनै तुक छैन | यो बजेट त उनीहरुले बनाएको बजेट हो रासट्पति ले सिफारिस गरिदीए |
अब बिरोद गर्नु भनेको आमाले कांग्रेस ले केवल कुर्चीको राजनीति गर्छ भन्ने संदेश जान्छ |
एमाले कांग्रेश को आन्दोलन मा जनता हरु झाले , के पी या सुसिलेलाई प्रधानमन्त्री बनाउन जनता हरु टाउको फुतौना सडक मा जान्दैन |
अब बाबुराम ले तलका कुराहरु पुरागरेरा एमाले कांग्रेस को नाक भाच्नु पर्छ |
१. काठमाडौँ को सडक को पिच
२. विकास मुलक काम
३. बेरोजगार युवालाई रोजगारीमूलक कामको सुबिधा
मन परे हरियो नपरे रातो !
17
5
माओबादीले काँग्रेस र एमाले लै थान्ग्नामा सुतायो …
यहाँ तीन दलको (ढल?) काम भनेकै एक ले अर्कालाई थान्ग्ना सुताउने न हो| यो खेल को बास्तविक शिकार त नेपाल आमा हो जसलाई यी तीन दलहरुले पालै पालो थान्गना सुतौन्छ
मन परे हरियो नपरे रातो !
6
1
थान्ग्नामा सुताउने खेल नेपाली राजनीतिको विशेषता नै हो| १७ साल अघि कंग्रेस्सले राजाबादीहरु तथा अरु वाम पन्थी हरु लाइ टाउको उठाउन नदिएर चुनाव गराय आफै २/३ सिट जितेर सत्ता कब्जा गरे तर राजालाई धेरै विस्वास गरेर सेना चाही राजालाई दिएर| १७ साल पछी पन्चे हरु ले कांग्रेस किनेर, वामपन्थी मारेर वा अंगालो हालेर ३० वर्ष सम्म एकलौटी गरे| ४६ पछी कांग्रेस-एमाले र पूर्व पन्च कम्पनिले उग्र वामपन्थी मारेर २० वर्ष सम्म सत्ता कब्जा गरे| तेस पछी ज्ञानोदय भयो उनले पनि त्येही गरे जो कांग्रेस-एमालेले गरे| अब एमओबदिको पालो|
मन परे हरियो नपरे रातो !
5
1
फेरिपनि देश पछाडी धकेलिए, एमान्ग्रेसलाई इतिहासले धिकार्छ !!!!!!
मन परे हरियो नपरे रातो !
21
7
राजतन्त्रलाई फ्यालेर गणतन्त्रमा जाने अभिमत नेपाली जनताले दिइसकेको छ| देश संक्रमण अवस्थामा छ| पुरानो सत्ताका जुके मानसिकताहरु अझै पनि साशन र प्रशासनमा ढाडीएर बसेका छन्| राजनीति फेरीए पनि सामन्ती संस्कार फेरिएको छैन| हिजोका जाज्वल्यमान पार्टीहरु नेपाली कांग्रेस र एमाले अहिले लघुताभासले पिडित भएर प्रतिगामीको भूमिकामा छ | सहमतिको नाममा देशलाई पछी धकेलिंदै छ, जबकी समयको मागानुसार त अगाडी फडको मार्नु पर्ने हो| समाजवाद, जनवाद, नौलो जनवाद व्यवस्थाको लागि हाम्रो देश अहिले तयार भैसकेको छैन, उदेश्य राख्नु बेग्लै कुरो हो| हामीले चयन गर्ने बाटो भनेकै पूंजीवादको बिकास गरि देशमा आर्थिक क्रान्ति गर्ने हो| मार्क्सवाद अनुशरण गर्नेहरुले पनि सस्तो लोकप्रियतामा नलागी मार्क्सकै सिद्वान्त अनुरुप पूंजीवादको बिकास मार्गद्वारा नै समाजवादमा गए बढी व्यवहारिक हुनजाला| लक्ष साम्यवादकै राख्दा कसैलाई पनि खति हुँदैन| नराम्रा मध्ये सबैभन्दा राम्रो पार्टी माओवादी हो भन्दा कुनै अतिशयोक्ति हुनेछैन| झन प्रधानमन्त्री बाबुरामले ” हामीले अहिले तय गर्ने बाटो भनेको नै पूंजीवादको बिकास हो” भनेर पटक पटक भनेका छन् | “पुँजीवाद” को बाबुरामले वकालत गर्दा कान्ग्रेसियाहरु दङ्ग पर्लान| तर पूंजीवादको अवधारणा पनि कार्ल मार्क्स कै हो! एकथरी अबुझहरुले बि पी को ठान्दा रहेछन! बाबुराम दुधले नुहाइएका बत्तीस लक्षणले युक्त व्यक्ति होइनन| उनको पार्टी जस्तै उनि पनि नराम्रा मध्ये राम्रा हुन| उनको विकल्प खोज्नु बेकार हो|
मन परे हरियो नपरे रातो !
28
8
बाबुराम दुधले नुहाइएका बत्तीस लक्षणले युक्त व्यक्ति होइनन —– तर नेपाल मा सम्भावित पी एम मध्ये राम्रा छन् | झाले, शेरे, राम चन्द्रे , माकुने भन्दा चाही बाबु राम सयौ गुना राम्रा, एंड केहि गर्न सक्ने (क्षमता भएका गर्लान नगर्लान अर्कै कुरा हो ) व्यक्ति हुन् | उनको विकल्प धेरै टाढा क्षितिज मा पनि देखिएको छैन |
मन परे हरियो नपरे रातो !
16
8
कतै नभाको जात्र हाम्रै देश मा छ के गर्ने ?……..हाती आयो हाती आयो फूसा …
मन परे हरियो नपरे रातो !
12
2
जसले जति नै कुरा गरे पनि नेपाल चलउने साचो भारत मा छ.प्रचण्ड ले भारत संग मिलौन नसक्नाले छोड्नु पर्यो. अब बाबुराम ले सब हुन्छ भनेर बसेको छ. तेसै ले अब नेपाल मा केहि हुने वाला छैन. बीपक्ची सबै पार्टी हरू लाई PM खान परेको छ उनि हरू को केहि agenda नै छैन. किन संबिधान आएन तेस्को Guilty भएकै छैन. खाली जनता लाई भूलौना अनेक नाटक गरेर बसेका छन्.
अब भारतको निर्देशन मा मात्री केहि परिवर्तन हुन्छ. बाबु राम लाई कृपा हुन्जेल अरू पार्टी ले हल्ला गरेर केहि हुने वाला छैन. रास्ट्रपतिले पनि भारत को निर्देशन मा budget पास भएको हो.
Ayugam
मन परे हरियो नपरे रातो !
28
1
बैशाखमा चुनाव गर्ने भए गर, नत्रभने! भनेर सुशिलादाले के हुंकार गरेका थिए , बाबुरामले लुत्रुक्क भएर चुनावको घोषणा गरि पो हाले है ए गाँठे! बित्थामा त्यसो भनेछु भनेर सुशिलदालाई थकथक लागेको त छैन !!!???
मन परे हरियो नपरे रातो !
17
9
“बाबुरामलाई हटाउने अर्को उपाय आन्दोलन हो। तर नेविसंघ र युवा संघका केही ठिटाहरुलाई सडकमा उफार्दैमा आन्दोलन सफल हुन्न। न नागरिक समाजको खोल ओढेका केही लोभीपापीहरुको जमातले आन्दोलनको घोषणा गरेर हुन्छ। जनआन्दोलन हुनुपर्छ, जसको बलमा परिवर्तन गरिन्छ। तर जनता नेताको पछि लागेर उनीहरुको कुर्सीका लागि आन्दोलन गर्ने मनस्थितिमा छँदै छैनन्, पाए झापड हान्ने मूडमा छन् बरु। टुँडिखेल एउटा त पूरा भर्न नसकेर वसन्तपुरतिर आमसभा गर्दै हिँड्नेहरुले आन्दोलनको उभार ल्याउने कुरा कसरी पत्याउनु।
त्यसैले देशमा अझै केही समय यस्तै अन्यौल हुने र माओवादी पार्टी अनि बाबुराम एन्ड कम्पनी ग्याङले गङनम स्टाइलभन्दा खतरा डान्स गर्दै सत्तामा हालीमुहाली गरी मोज गर्ने क्रम जारी रहने प्रष्टै छनक देखिन्छ।”
साह्रै चित्त बुझ्यो माथिका कुरा – लु अब आन्दोलन हाफे भयो!!!
मन परे हरियो नपरे रातो !
19
3
जनता जाग्नु को विकल्प छैन . निरन्तर खबरदारी को खाचो छ . गणतान्त्रिक मुलुक मा जनता जनार्दन हुनुपर्छ , आब पनि नेता को लै लै मा लग्यो भने सहिद को आत्मा ले सराप्ने छ हामी लाई. Jai नेपाल .
मन परे हरियो नपरे रातो !
19
17
रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन जनता जाग्नु ? अरुबेला त राती सुतेर बिहान जागेकै छ नि जनता !!!!
मन परे हरियो नपरे रातो !
31
6
भद्र सहमति? के हो भद्र सहमति भनेको ? तालुमा आलू फल्नेगारी चड्कन खाने नेता पनि कोहि भद्र हुन्छ? कुरा सुन्दैमा हाँसो उठ्छ! धन र पवोर ले मत्मत्तियर मानिसको बुद्धि सुन्नेमा झर्छ, खोक्रो दिमागबाट भद्र सहमति भनेको के हो? यी खोक्रेहरु बात आशातित हुनुनै भ्रममा सुत्नु हो !
राजसंस्थालाई पाखापरि राखेर एमंग्रेस लै ठंग्नामा सुताउनु नै माओबादीको विजय हो भन्ने लाटोले पनि बुझेको कुरा हो नै! एमंग्रेसका लातागांदाहरुले २०४६ देखि एक्बर्सा पहिले सम्म मन्त्रि प्रधान मात्री खयकै हुन् क्यारे!
भाबिस्यबानी:(क) राजसंस्था + राप्रपा/माओबादी या (ख) राजसंस्था+राप्रपा एमंग्रेस (ग)एमंग्रेस+माओबादी यो नै नेपालको सुदुर भबिस्यको कोर्स हो ! क मा लामो भबिस्य ख मा मेदियम भबिस्य ग मा नो भबिस्य !
मन परे हरियो नपरे रातो !
14
10
होसियार/ होसियार/ होसियार/
नेपाली जनतालाई धरै गहिरो खाल्डोमा हाल्ने काम भहिरहेकोछ/ संबिधान बंन्य सम्भावना धेरै कम छ/ बाबुरामको नेत्रितो रहुन्जेल अनन्य पार्टीहरुले केहि काम गर्न दिदैनन र संबिधान बनाउने कुराको आवाज सम्म पनि सुन्न पायिदयिन/ चुनाबमा जान कसैको पनि हिम्मत छैन किनकि यी धुर्तहरुलाई राम्ररी थाहाछ कि चुनाबमा यिनीहरुले जनताको सामना गर्नु पर्छ/ साथै चुनाबबात प्रस्ट बहुमत कसैको पनि आउनेवाला छैन/ यसरि पालै पालो देश र जनता लुट्ने कार्य जारी रहने छ/
होसियार/ होसियार/ होसियार/
मन परे हरियो नपरे रातो !
23
5
यो लेख मलाइ मन परेन । प्रधानमन्त्री हटाउन नसकेकोमा दुखी हुनुभएको हो शालोक्यजी ? के प्रधानमन्त्रि फेरीनु देशको समस्याको समाधान हो र ? सरकारले शुरूमै गरेको चुनावी घोषणालाइ विपक्षीहरूले स्वीकार गरिदिएको भए अहिले चुनाव भैसक्थ्यो र नया सरकार अाइसक्थ्यो हैन र?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
56
10
यो लेख को पनि मुख्य कुरा बाबुरामले सजिलै प्रधानमन्त्रि पदबाट राजिनामा दिएनन भन्ने नै रहेछ | हे जान्नेबुझ्ने, अनि राजनीति गर्ने र नगर्ने, मेरा नेपालीहरु, र देश बिदेशमा बसेर पैसा कमाउने र अति दू:ख गर्ने देशप्रेमी नेपालीहरु (नेता र पार्टी प्रेमी हरुपनि) होइन……. अहिले सम्म २०४८ देखि नेपालको कुन चाहि प्रधान मन्त्रि ले आफ्नो नैतिकता को आधारमा सजिलै संग राजिनामा दिएको छ ????? जनताहरुले चुनावमा हराएकहरुले त लाज पछाई पचाई सके सम्म PM को कुर्सि नाछादन खोज्ने देशमा, सजिलै अरु कसले छाड्छन र भनेको ?? खोइ कुरा बुझेको ??? कुरा गर्यो कुरा कै खति भने जस्तै ,,गाँठे!!!!!!
मन परे हरियो नपरे रातो !
26
4
अहिले सम्म २०४८ देखि नेपालको कुन चाहि प्रधान मन्त्रि ले आफ्नो नैतिकता को आधारमा सजिलै संग राजिनामा दिएको छ — त्यति मात्र होइन बाबु राम संसद द्वारा चुनिएका पी एम हुन्. अहिले संसद छिन उनीले किन राजिनामा दिने ? के कांग्रेसी फटाहा हरु लाई लुट्न? पहिले लुटेको सकियो?
साला कंग्रेस्सी र एमाले का पी एम को कुर्सि रुपी हड्डी मा झगडा गर्न छाड | बहादुर छौ भने निम्न कम गर
अब कसको नेतृत्व मा मन्त्रि मण्डल गठन गर्ने
को को मन्त्रि हुने
के के राम्रा कम गर्ने
कुन कुन सुधार गर्ने
अनि मात्र जनता केहि हद सम्म साथ देला नत्र तिमि हरु को आन्दोलन मा १० जना सिबाय अरु हुन्न
मन परे हरियो नपरे रातो !
19
8
अब जति सक्दो छिटो दलहरुले चुनाब मा सहमति गरेर जादा सत्ता पक्ष भन्दा प्रतिप्क्ष पार्टीलाई नै फाइदा हुन६ चुनाब मा जित्न सकेको खण्डमा नत्र अबको दिनमा सबै नेताहरु प्रचण्ड को पछि लागे केहि होला | प्रचण्ड ले यसरी राजनैतिक रुपमा आपनो कला, चतुरई.देखाइ सकेका ६न्, यति पनि बुज्न नसक्नी प्र्तिप्क्क्ष पार्टीहरुको के कुरा गर्नी हो |
मन परे हरियो नपरे रातो !
19
3
अब बिपक्षी दलका नेताहरु, आन्दोलन को कुरा गर्न छाडेर निस्पक्ष्य चुनाब गराउने बाटो तिर लाग/ यदि तिमीहरुलाई साचै नै जनमत को बिस्वाश भए चुनाबमा जाउ / होइन भने देशलाई बन्धक नबनाऊ/
मन परे हरियो नपरे रातो !
32
2
बाबुराम नै ठिक जस्तो लाग्छ मलाई त,हुन त मैले राज्य बाट केहि पाउने आशा पनि छैन र अरु नेता आएर केहि गरि देला जस्तो मलाई लाग्दैन,आफुले दुख गरेको कमाई त सजिलो संग खान पाएको छु,देश बिकशित भएको मात्र देख्न चाहन्थे तर बिकाश को गति कछुवाको चाल मा छ/ त्यसैले मा त भन्छु”" नेता को पछी लाग्ने होइन,”"i hate politics
मन परे हरियो नपरे रातो !
23
9
सम्पादक ज्यु , यो प्रधानमन्त्री हटाउन को लागि जन आन्दोलन गर्नु पर्छ भन्ने हरफहरु मलाई चाँही ठिक लागेन.
“बरु एक दिन देश बन्द हुदा देश र जनता लाई कति घाटा हुन्छ र कति समयले पछाडी पर्छ भन्ने जस्तो कुराहरुको facts and figures राखिदिनु भयो भने भेडा आन्दोलनकारिहरुको पनि आँखा खुल्थ्यो कि!!”
देश खत्तम नै भै सक्यो. अब विश्वमा नै उल्टो बाट पहिलो हुन लागि सक्यो नेपाल. कुनै पनि मेडिया हरु ले नकारात्मक सोचाई आउने लेख हरु सम्प्रेषण गर्नु हुदैन.
बाकि आयो यो चोर नेताहरुको …. अब आएर ६०१ चोरहरु भए. मलाई त बरु एउटी चोर भए देश त जनता लै फाइदा हुन्छ जस्तो लाग्छ. त्यहि भएर मा फेरी भन्छु “राजा आउ देश बचाऊ”
bottemline : नेपाल र नेपालीलाई शान्ति, सुरक्ष्या, बिकाश … एक छाक नै खाए पनि आनन्द ले खान सक्ने वातावरण को खाँचो छ…. के के छ के के … लेख्ने नै हो भने जति लेखे पनि सकिदैन….
मन परे हरियो नपरे रातो !
10
16
मित्र राजाहरुले नि ३०/३५ बर्ष त चहल पहल दिएकै हो नि खै त नेपाल बिकास भाको देखिएन त, झन जनताहरुलाई चाहिने आवश्यक शिक्षा दीक्षा नै राम्ररी दिन सकेन, न त नेपाल को हरियो बन वाट देश विकास गरे न जलस्रोत लाइ नै उपयोग गरे | मात्र विदेशमा टन्न पैसा बैंकमा हाले | अब फेरी के आश गर्नु र फेरी ??????
मन परे हरियो नपरे रातो !
7
7
Prakash पम जी,
त्यति बेला मा विश्व मा developing countries मा पर्ने नेपाल अहिले one of the poor and undepeloped countries भनेर बिश्व भनेर चिनिन्छ. देश बिकाश को कुरा नै गर्ने हो भने अहिले को बिकाश र त्यो बेला को बिकाश लाई compare गर्न नसकिने होइन. regardless how the new technology and systems have been introduced to world .
सारंसमा मैले भन्न खोजेको यो सबै पार्टी हरु लाई कुर्सि नै चाहिन्छ त्यस मा कुनै २ मत छैन त्यसैले यो चोरहरुबाट मा चाई केहि आश गर्न सक्दिन. कि चाई at least यूअतई दल ले ५ वर्षा देश चलाउनु पर्यो त्यो सम्बव नै छैन. त्यसै ले सधै नया चोर हरु लाई रजाइ गर्न दिनु भन्दा बेश त पैसा भएकै १ वोटा चोर लाई धिकुती को चापी दिदा राम्रो भन्ने कुरा मात्र हो.
मन परे हरियो नपरे रातो !
0
0
अब को सक्ति भनेको कि माओबादी, कि ज्ञानेन्द्र हो , बीच क एमाले , काँग्रेस भनेको हल्ला गर्दै गर्छन, हार गुअहार गर्छन खान नपार.
राजा बादी र माओबादी बीच को लडाई मा एमाले कांग्रेस पेलिंचन, र पेलिनु पनि पर्छ, हिजो माओबादी को टाउको मा tag लाउने पनि इनैहुन , अनि माओबादी सित फेरी मिलेर ज्ञानेन्द्र लाई हटाउने पनि इनैहुन,
ज्ञानेन्द्र ले आफु लाई hatako मात्र सम्जिंचा अनि माओ ले आफु माथि को tag लाको samjincha , अनि duitai मिलेर pelchan यो हिजडा पार्टी हरु लाई हेर्दै जाउ
मन परे हरियो नपरे रातो !
33
3
कि निकास दिनु पर्यो …नभए, अब पदम कुँवरको नेतृत्वमा चुनावी सरकार बनाउन सहमति गर्नु पर्छ नेताहरुले l
मन परे हरियो नपरे रातो !
36
35
बाबुराम सहमतिको चिल्लो कुरा गर्ने तर सत्ता छड्ने कुरो आयो कि अनेक टिकदम। अब कङ्रेस्स, एमाले र अरु सानादलले खरानी घसे हुन्छ, किनकी माओवादीले एती कै यो सत्ता छाड्छ भन्ने लाग्छ भने त्यो दिवा सपना हो। मओबादीले बुनेको जालो जुन तयार गर्न यिनै दल्हरुले सघाएका थिए अहिले आफै जेलिये Labyrinth जस्तो।
मन परे हरियो नपरे रातो !
40
14
बैशाख मा नै निर्बचन हुनुपर्छा भन्दै भासन ठोकने झल्लू अनि हिम्मत भय चुनाबमा आई ज माओबादी भन्दै चुनौती दिने सुसील कोइरालो , आब तिमिहरुलाई चुनाबमा जान के ले छेक्यो हँ ? पहिला मलाई सरकारको नेत्त्रितो देओ अनि मात्र चुनाबमा जाऊला पानी भन्ने कुरा हो र लोकतान्त्रमा /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
74
6
मा यो sarkar लई किन गाली गलौच गरौँ ? कसै संग एसको सहि विकल्प छ नेपालमा ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
69
8
बाबुराम सत्तामा बसेर हालीमुहाली गर्ने होइन, सामन्त अनि प्रतिगामीका अवशेषहरूलाई तह लगाउने, भ्रष्टाचार, कालोबजारी जस्ता अराजकतालाई पहिले निमिट्यान्न गर्ने काममा बाबुराम लागिरहेका छन् । तर ती सबै अराजकताका नाइकेहरूले अझै पनि अवरोध पुर्याउने काम गरिरहेका छन् । दुइथरी गास सिलिन्डर ल्याउने सरकारको योजनालाई कथीत व्यापारीहरूले नमान्नु एउटा सानो उदाहरण हो । व्यापारी मात्र होइनन यसलाई लागु नै गर्न सकिंदैना भनेर सरकारको उच्च तहमा बस्नेहरू नै ती कालाव्यापारीहरूको साथ् दिइरहेका छन । त्यसैले परिवर्तन सजिलो छैन, मूल कुरो परिवर्तन को मुद्दाबाट विचलित हुनुहुँदैन र माओवादी नहोस । शुभकामना !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
117
37
still PM baburam bhatarai is the best option among all political leaders..so i am in favour of this present Dr.Baburam Bhattarai lead government….why should we people have to join Andolan to make only next PM??
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
73
13
आफै नीति नियम बनायो, आफुलाई गार्हो पर्ने भए फेरी modify गर्यो, आफै चुनाब को मिति तोक्यो, हार्ने जस्तो भए फेरी सार्यो, आफै चुनाब लड्यो, आफै सत्तामा गयो, अर्को सत्तामा पुग्यो भने आन्दोलन गर्न जनता छदै छन्, जनता अलि बाठा हुन थाले भन्ने लाग्यो भने २- ४ जना तालुमा रौ नभएका हरु जम्मा गरेर “नागरिक समाज” बनाएर जनता उचाल्यो. फेरी ५-६ महिना मोज गर्यो, अर्को पार्टी आउछ फेरी “जनता” को लागि भन्दै उफ्फ्रियो…. निरन्तर निरन्तर उही चक्र
ए राता मकै देश तिनका बाउको ससुराली हो??
खोइ कुन चै नेताले अलि पहिल्लेई भन्या थ्यो रे “जनता भनेका भेडा हुन्” भनेर, तेस्तो खुलेआम बुझ्ने भाषामा भेडा भन्दा पनि हाम्रो घैटोमा घाम लागेन. बरु “हाम्लाई भेडा भन्ने” भनेर ति नेतालाई अघिल्लो साल चुनाबमा हराइदियौ
हामि (जनता) बास्तबमै भेडा नै रहेछौ. फेरी चुनाब आएपछि यो पार्टी र त्यो पार्टीको भन्दै पाखुरा सुर्कने, टाउको फोर्ने आफु आफु नै हो.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
52
1
मलाई त पहिले नै लागेको थियो यो चुनाब हुन् सक्दैन , माओबादी ले सत्ता मा बस्ने काम लम्बाउने हो भन्ने, माओबादी को कुरा पहिले त ७०% जति जनता ले विश्वास गर्थे अहिले तिमि हरुको काम देखेर ३०% जनता ले पनि विश्वास मान्न छ्ड़े अब
मन परे हरियो नपरे रातो !
22
51
जब जब अहिलेको अवस्था आउछ जनताहरु खाली प्रधानमन्त्री फेर्ने कुरा बाहेक गर्दैन । के सरकार परिवर्तन मात्र समस्या समाधान हुने हो र ? प्रधानमन्त्री अहिलेको बाबुराम भट्टराईनै ठीक छ । चुनावपछी जो सुकै होस । अहिलेको सरकारले एउटा मिती तोक्ला नयाँ सरकारले बदर गर्ला । एउटाको निर्णय अर्कोलाई मान्य नहुने । 「डुंगा खियाउने धेरै भयो भने डुंगा पनि पहाडमा चढ्छ ।」 हामी जनताले अब चुनाव नभए सम्म नेताहरुको कृयाकलाप निगरानी बेला हो । अहिलेको नेताहरुमा प्रधानमन्त्री बन्न लायकको मान्छे नै को छ र ? कती न आँफै प्रधानमन्त्री बन्न पाउने जस्तो प्रधानमन्त्रीको बिरोध गर्छ । कि राजा कि बाबुराम । दुइटा मध्ये एउटाले मात्र नेपालको बर्तमान समस्याको समाधानगर्न सकिन्छ । नेताहरुलाई पालैपालो मोज गराउने , देश कङाल बनाउने सोच । आखिरी बाबुराम भट्टराईको ठाउमा झन अर्को भ्रस्ट नेता आयो भने फेरी पदम कुवरलाई दु:ख हुँदैन ?पहिला अहिलेको सरकारलाई चुनावको तिथी मिती निस्चित गराउ । चुनावमा त्यी नेताहरु कहाँ जान्छ र ? एक त अब चुनावमा नयाँ अनुहारहरु मैदानमा आउने छन । अबको चुनावमा अनपढ , औठाछाप , गुण्डागर्दीबाट चुनाव जित्ने मौका नदिउ । एउटै पार्टी भित्रपनि राम्रो नेता र गलत नेताहरु छन । उनीहरुलाई हामी जनताहरुले राजनैतीक दल नभइ ब्यक्तीको बिचार ,उनीहरुको मनोभावना बुझेर हामी जनताले भोट दिए त सबै ठीक भईहाल्छ नि । अहिले नै बाबुरामलाई राजीनामा देउ भनेर दबाबदिने काम जनता आँफै मुर्ख बन्नु मात्र हो । स्याल र गिद्धको कथा जस्तो अहिलेको ९० प्रतीसत नेताहरु ब्यक्तीगत स्वार्थको लागि राजनीति गर्दैछन । अब नेताको भाषणबाट प्रभाबित भएर होइन । उनीहरुको कामबाट खुशी भएर भोट दिने बेला हो ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
76
5
एउताले अर्को पछार्ने खेलमा देश र जनता पछारिएको कसले बुझ्ने ..
येस्तई पारा हो भने अब देश र जनता खाल्टोमा जान मात्र बाकि छ ..
मन परे हरियो नपरे रातो !
28
1
त्यत्रो जनताको बलिदान गरि प्राप्त भएको लोकतन्त्रले देशमा के के होला भनि प्रतिक्ष्यामा रहेका हामि जनतालाई अदुरदर्शी नेताहरुले जंगबहादुरका पाराले सत्ता कब्जाकै खेल खेलेर ( एक टुक्रा खाने कुराका लागि कुक्कुर बिरालोको झगडा जस्तै गरि झगडा गरि }देशलाई यस्तो भड्खालोमा पुर्यायो / के अब देश सधै यस्तै अबस्था बाट गुजार्नु पर्ने हो ?
मन परे हरियो नपरे रातो !
24
2
भद्र सहमति को कुरागरेर जनता लै किन ढाट्नु???? अस्ति पछिल्लो बैठक बाट त्येई सुसिले होइन मुलुक अब disaster हुने भो… यदि सहमति भएको भए किन असो बोलियो???? के यो सुशिले को जे बोले पनि true हुने? अब न ढाट एमाले कांग्रेस नेपाली जनता बाठा भै सके.
मन परे हरियो नपरे रातो !
43
9
खै नेपालको सहमति आहा! कति राम्रो सब्द तर भैदियो दुर्गति, अनि सहमति बन्यो विष्णुमति, अनि देश र जनता बने बागमती, नेता बने पशुपति ,सिधा जनता अझै चढा उन्छान भेटि , सारो tension पो भयो नेपालको राजनीति देखि!
मन परे हरियो नपरे रातो !
20
0
काशी कश्मिर अजब नेपाल !!!!
कही न भएको जात्रा नेपालको हाँडी गाउँ मा !!!
खाने ले खादै गर्छ नेपालमा, हेर्ने ले हेर्दै !!
राणाले खाए, शाहले खाए, पंचेले खाए, कांग्रेसले खाए, एमाले ले
खाए अब माओबादीको खाने पालो !!
साधारण नेपालीहरु आफ्नै ठाममा!!!
सुरज श्रेष्ठ
मन परे हरियो नपरे रातो !
21
2
Now the situation is somewhat like this,No party is powerful,no one is powerful ,the country is in full control of nobody .
All the politician,president, prime minister ,national leader have become very opportunist.
The only element possessing total power is the devil on the south side of our country.He can create revolution tomorrow if he wants ,he can transfer power ( the frequent visit of our national leaders proves it) etc
Is not it strange?
Some people still don’t believe it,Many people actually feel it.
I am not talking about a paper tiger,I am mentioning about ourselves being under the size of real tiger.
मन परे हरियो नपरे रातो !
15
1
ढाट को निम्तो खाइ पत्याउनु नेपालि नेता को बोलि जाल छ्प्टाउनु
मन परे हरियो नपरे रातो !
19
1
यो बजेटलाई रोक्न खोजेर विपक्षी दलहरुले चाहिं कुन महान काम गर्दै थिए । उनीहरुको नेतृत्वमा सरकार बनाइदिन कै लागि देशलाई नै ठप्प पार्नु कुन हदसम्मको सहि काम थियो? सरकारले विपक्षीले चाहेकै समयमा चुनाव घोसणा गर्यो यसमा के नराम्रो भो त? तपाईंलाई लाग्छ, कांग्रेस एमालेले सरकारको नेतृत्व गरे भने चुनाव हुन्छ? जवसम्म राजतन्त्र फर्किने पकापक्की हुँदैन उनीहरुले चुनावको घोसणा नै गर्दैनन् । किनभने उनिहरुलाई माओबादीलाई टक्कर दिने दुश्मन चाहिएको छ र त्यो राजाले पुरा गर्नेछन् । अनि फेरी, चुनाव नै नगराउने – राजिनामा नै नदिने खेल चलि रहन्छ । होइन भने आउन न त चुनावी सरकारमा, महत्वपुर्ण मन्त्रालयहरुको अफर दिएकै छ – ठुलो पार्टीको हैसियतले माओबादीले प्रधानमन्त्रीको दाबी गर्नु नाजायज पनि छैन । तर उनीहरु सरकारमा आउदैनन, किनभने उनीहरुलाई चुनाव नै गराउनु छैन त्यस्तो संविधान नै बनाउनु छैन जसमा माओबादीले उठाएको कुराहरु समावेश गरिएको होस् ।
त्यसैले माओबादीको नेतृत्वको सहमतीय सरकारले नै चुनाव गराउनु पर्छ, र यो नै सबैभन्दा सहज वातावरण हुन्छ । तर देश तिब्र ध्रुविकरणको दिशामा अघि बढिसकेको हुँदा जबसम्म त्यसले आफ्नो स्वरूप लिंदैन चुनाव हुन वा संविधान बन्न कम्तिमा पनि अबको 2 वर्ष लगभग असम्भव छ ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
81
29
साचिकै माओबादीले काँग्रेस र एमाले लै थान्ग्नामा सुतायो . एमाले र काँग्रेस किन चुनाब देखि दराई रहेछ . खुरुक्क चुनाब मा जितेर देखाउना सके त भइहाल्यो नि .खाली प्रधान मन्त्रि को कुर्सि चाहिएको छ .जनता को लागि केहि नगर्ने .खाली सत्ता चाहिने अनि यिनीहरुलाई थान्गनामा नासुताये कसलाई सुताउने त? मोज गर माओबादी तिमीहरुकै दिन छ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
97
9
मित्रहरु, निस्पक्क्ष र स्वतन्त्र नेपालीहरुले देखेका र बुझेका के छन भने, नेपाली काँग्रेस र एमालेको भिजन भनेको चही प्रधान मन्त्रीको कुर्सी/ सरकार प्राप्ति र मिसन भनेको चही सडयन्त्र,जालझेल र जनमानसमा भ्रम फैलाई सरकारलाई कुनै पनि हालतमा कुनै कार्य योजनाहरु अगाडी बढ्न नदिई सरकार असफल भयो भनी राष्ट्रपतिलाई उक्साई राष्ट्रपतिको आडमा सरकार गिराउने खराब नियतीका साथ काँग्रस र एमाले नेताहरु लागी परेका देखिन्छन । काँग्रेस र एमाले समर्थक मित्रहरुलाई मेरो प्रस्न छ, यी जेठा र माईला पार्टीले बिगतका दिनहरुमा धेरै पटक राज्य/सप्ता सम्हाले, तर के नै पो परिवर्तन ल्याएर ???? बरु झन बित्रृष्णा बढी ल्याए ०४६/०४७ पछि । यी कुराहरुलाई तपाईहरु सुईकार्नु हुन्छ या हुन्न ??? मलाई लाग्दछ, त्यही बित्रृष्णाको कारणले माओबादीकी जन्म भएको हो । यसको दोस पनि काँग्रेस र एमाले पार्टी नेताहरुले नै लिनै पर्दछ र उनीहरुको नै मुख्य जिम्मेवारी छ । अरुलाई दासारोपन गरेर काँग्रेस र एमाले नेताहरुले माफी पाउने वाला छैन र माफी दिईनु पनि हुँदैन स्वभमानी नेपालीहरुले ।काँग्रेस र एमाले नेताहरुलाई कडा भन्दा कडा सजाय दिनुनै नेपाली जनताहरुका लागी सर्बोतम न्याय हुनेछ ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
77
12
धर्म जी
लेखाई को भाषा राम्रो देखिए पनि पढ्दै गए पछी तपाइको कुरा एकदम हासो उठ्दो लाग्यो.
यदी तर्क को लागि मात्रै तर्क गर्ने हो भने
“त्यही बित्रृष्णाको कारणले माओबादीकी जन्म भएको हो । यसको दोस पनि काँग्रेस र एमाले पार्टी नेताहरुले नै लिनै पर्दछ र उनीहरुको नै मुख्य जिम्मेवारी छ”
- यदी तपाई घर छोडेर बिग्रिएर बरालिएर हिड्नु भो भने तेस्तो दोष तपाइको पिताजी ले लिनु पर्छा भन्ने जरुरि छ??
आथवा , प्रकाशले श्रीमती हुदा हुदै अर्कैको श्रीमती भगायो, तेस्को दोष प्रचण्डले लिनुपर्छ भन्ने जरुरि छ?
फेरी
काँग्रेस र एमाले समर्थक मित्रहरुलाई मेरो प्रस्न छ, यी जेठा र माईला पार्टीले बिगतका दिनहरुमा धेरै पटक राज्य/सप्ता सम्हाले, तर के नै पो परिवर्तन ल्याएर ????
- मायोबादी ले त ५ वर्ष (सरकारमा आएको) मै देशको एस्तो हालत बनाएको छ भने कल्पना गर्नुस अब लामो समय सत्ता पायो भने के गर्ला.
खैर, म कुनै पार्टी संग आबद्ध छैन. कुनै पनि पार्टीले आफ्नो भन्दा देश र जनताको हित मा धेरै सोच्ने भए नेपाल धेरै अगाडी बढी सक्थ्यो. मैले भन्न खोजेको के भने अझै पनि हामि जनता हरु यो पार्टी र त्यो पार्टी भनेर आफु आफु झगडा गर्ने अनि ई फटाहा नेताहरुलाई साथ् दिरहने हो भने ईनिहरुले तपाई हाम्रो रगत पसिनामा अझै रजाइ गर्नेछन.
जय देश
मन परे हरियो नपरे रातो !
26
41
मित्र, हरीजी |
सर्व प्रथम मेरा भनाई र लेख प्रति तपाईले दिनु भएको प्रतिकृया प्रति म स्वागत गर्दछु | मित्रजी, यी मेरा भनाईहरु सम्पूर्ण जाहेज हुन् भनी म तपाईहरु प्रति मेरै गोरुको बाह्रै टक्का भन्न चहाँदिन | तर मलाई लाग्दछ कुनै पनि बिषय बस्तुहरुका बारेमा तपाई हामीले लेख्दा वा प्रतिकृया दिईनु पुर्व ति बिषय बस्तुहरुका वास्तविक कारण पत्ता नलगाई, अध्यान नगरी/नबुझी आफ्ना भनाईहरु यसरी प्रकट गर्दा हाम्रा नेपाली समाजहरुमा नकारात्मक सोंच र असर पर्छकी भन्ने मलाई लाग्दछ | त्यसैले तपाई हामीले आफ्ना भावनाहरु वा ज्ञान, कला, सिपहरु आदि\ईत्यादी प्रकट गर्नु पर्दा एउटा कुनै न कुनै आधार/माध्यम लिनै पर्ने हुन्छ र पर्दछ पनि | मैले लिएका ति आधार/माध्यमहरु भनेका चही बुद्ध धर्म सम्बन्धित एउटा लेख/ग्रन्थका आधारमा लेखिएका हुँ | मित्रहरु, ति सब्द हुन “कारण” | मित्रहरु, तपाईहरुलाई बिस्वास लाग्ला या नलाग्ला | तर गहिराईमा गएर सोँच/बिचार गरी मनन गर्नु भयो भने, “कारण” सब्दको अर्थ अति बैज्ञानीक सान्धर्भिक छन्/हुन भन्ने मलाई लाग्दछ | त्यसैले कुनै कारण बिना न त्यसको उत्पती हुन्छ न अन्त्य नै हुन्छ, त्यसो हुनु नै एउटा “कारण” हुन | तसर्थ उत्पती हुनु भनेको अन्त्य हुनु पनि हो भनी भुझ्न र जान्न अति आवस्यक छ र प्राकृतिक नियम पनि हुन | यसलाई चाहेर वा नचाहेर हामी कसैले नकार्न सक्दैनौ | मित्रहरु……., होईनर…….. ????
मन परे हरियो नपरे रातो !
2
4
मित्र हरीजी,
तपाईलाई एक-एक सब्दको जवाफ दिने थियो तर मैले त्यसलाई अतिआवास्यक ठान्दिन | किनकी, हामीहरुले एक आपसमा भएका कमी कम्जोरीलाई गहिराईमा गई चिन्तन र मनन गर्नु सर्बौत्तम बुद्दिमानी ठान्दछु | एउटा कुरा, मैले जानेका र बुझेका कुराहरु मित्रहरु संग बाँड्न/आदान प्रदान गर्न चहान्छु | मित्रहरु, कुनै पनि चिज/बस्तुहरुलाई पूर्ण रुपको आकार दिनु पुर्व, असी (८० %) प्रतिसत जति त्यो धनी/अभिभावकहरुका हातमा हुन्छन भनि बुद्दीजिवी वर्गहरुका भनाई र बिभिन्न लेख/किताबहरुमा पाईन्छ | यसलाई आधार मान्ने हो भने, क-कसको के कति भूमिका हुन्छन स्पस्ट बुझ्न सकिन्छ | मित्रहरुलाई स्मरण गराउन चहान्छु, भाग्यमा छ भनि डोकोमा दुध दुएर दुध कदापि अड्दैन |
मन परे हरियो नपरे रातो !
5
0
जे भै रहेको छ, बिचार एमाले कांग्रेस लाइ थान्गनामा सुताउने काम भएको छ. गयो गयो कांग्रेस एमाले को पनि दिन गयो, जनतालाइ सधै भेडा बनाएर हिड्ने दिन एमाले कांग्रेस गए, त्यहि भएर विचार, सागुरो र गल्लि गल्लि तिर पो आम सभा गर्दै हिडेका छन , २ हजार मानिस जुटाउन नसक्नेले आनादोलनको अधिबेहरी ल्याउछु भन्नु एमाले काग्रेसको दिवा सपना हो र माओबादीलाइ गङनम स्टाइलमा दिन २ गुना रात ४ गुनाको दरले भ्रस्त्रचार गर्ने र सत्ता लम्ब्याउने काम भै रहेको छ . जनता ले एमाले कांग्रेसको जुलुस मा साथ् होइन बरु झापड र जुत्ताको माला, अनि आइ परे बरु गाउ देश निकाला गर्ने जन आन्दोलन हुन सक्छ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
68
8
राजनिती भनेकै अरुलाई थाङ्नामा सुताउने अनि आफु मस्ती गर्ने त रहेछ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
3
म यी धोकेबाज,आतताई,हत्यारा,भ्रष्टाचारी दुराचारिहरुलाई बिर्सन चाहन्छु/कतै कहिँ नाम लेखिएको देख्न चाहन्न/नाम सुन्न चाहन्न/कृपया यी राष्ट्र घाती,जनघातिहरुको चर्चा नगराई दिनुहोस/जनता हक्क,दिक्क,निरन् भएर गालामा बजाउन थालिसके/तर पनि लाज सरम छैन/किन चर्चा गरिरहनु/
मन परे हरियो नपरे रातो !
25
10
के गर्ने देश को दुर्भाग्य राजनेता जन्मेनन . अब कहिले सम्म देश मा येस्तई हुने हो थाहा छैन . राम्रा मान्छे राजनीति को अग्र पंक्ति मा कहिले आउन नपाउने, आउन पनि नसक्ने अनि बदमास हरु ले आउन पनि नदिने. अब ति पुराना सडे गलेका गन्ह आउने नेता बाट के आस गर्नु. झापड खाऊँन कि गालि खाऊँन लाज भएपो फरक पर्छ. कुरा ठुला ठुला देश विकास, प्रजातन्त्र का नैतिकता सुन्य. के नैतिक त नै नभएका मान्छे बाट प्रजातन्त्र को अभ्यास हुन सक्छ ? आस गर्ने ठाउँ नै रित्तो छ, चड्कन ले भएँन, कुर्सि ले काम गरेन के चै गर्ने ?
मन परे हरियो नपरे रातो !
14
3
एकादेशमा लास्टई नास्तिक, जो भगवान भनेसी फिट्टी पनि नमान्ने, गोरे नेपाल आएछ l गोरेले संसार भरका सबै देश घुमिसकेको रैछ l Bible, Quran देखि लिएर पुरणसुरान सबै पढिसकेको, church आदि सबै ठाउँ घुमेको, तैपनि उसलाई भगवान भन्नेमा थोपो बिस्वास नलाग्ने l
तेस्तो गोरे नेपाल घुमेछ अनि केहि नेपालको बारेमा नि अध्यन गरेछ l
आफ्नो भर्मण सकेर देश फर्कने बेलामा हेर्दा त गोरेले पुरै खरानी धसेको , पहेला कपडा रुद्रक्ष्य लाएर ए पुरा बम्भोले भन्दै भगवानको मन्त्र जप्ने भएछ बा l यो देखर सबैजना दंग भएछन l कसैले हैन येत्रा मठमन्दिर छन् गोरे तेसैले आस्तिक भो भन्दा रैछन, भने कसैले गोरे सन्क्यो भन्ने सोचेंछ्न l
Investigation गरेर खोज्दै जादा
आठ class pass नगरेका मान्छे सरकारमा जानछन् ; कामै नगर्ने संसद तैपनि केहि नगरी मर्यो ; कर्मचारीले कहिले कामै नगर्ने ; जनताको ताल पनि तेस्तै l नेपालको यस्तो राजनैतिक ताल देखेछ l अनि तैपनि देश मजाले चलिरहेको देख्दा उ पुरा निश्चिन्त भएछ यो देश भगवान पशुपतिनाथको HEADQUARTER हो अनि उनकै सक्तिमा यो देश अडिएको हो भनेर पहेलो कपडा लगाएर खरानी धसेछ
Moral of the story: जय बाबा पशुपतिनाथ llllll
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
116
7
अरु काइते उफ्रेका नि खान नपाएर हो , आखिर मोज कुर्सीमा हुनेकै रैछ ! अरु तेस्तै हो तपैले दिएको प्रस्तुति निकै राम्रो लाग्यो , ग्याँग्नम वाला . यी मुला नेता हरुले साच्ची देसको भलो चाहदा हुन् त एउटो नाथे प्रधानमन्त्री को नाम त चयन गर्न सक्दा हुन्, अर्काले खाला भन्ने त्रास मा सबै मर्ने भए
मन परे हरियो नपरे रातो !
32
1
यो त अतिनै भएन र सत्ता पक्ष्य सत्तामा तिकीरहेन चालचल्ने बिपक्ष्य सत्ताको लागि मरी हत्य गर्ने ! अनि नेपाली समाज सहमति सहमतिभनि भ्यागुतोले जस्तो त्वार त्वार कराई राख्ने / खबरदार भ्यागुते पारानेताहरु देशलाई अझ कति बर्बात गर्ने? देशलाई एस्तो सिथित्तिमा पुराउने नेताहरुलाई अब त एक थपड होइन एक एक दर्जान झापड दिनु पर्ने बेला भयो आयो/
मन परे हरियो नपरे रातो !
17
0
राष्ट्रपति ,सरकार दुवै आफ्नो आयु बढाउन यो नाटक गरि रहेका छन / विपक्षी गठबन्धन तेस्को साथ दिइरहेका छन / जनताको करमा बर्म लुट गरि रहेका छन/ यीनिहरु लाही
जनता प्रति विश्वास छैन/
मन परे हरियो नपरे रातो !
23
2
बिपक्षी दलका नेताहरुले कहिले बुझ्ने हो, चुनाब नै अहिलेको उत्तम बिकल्प हो भनेर । किन डराईरहेका छन् कुन्नी ? मँसिर ७ को हौवा ठोकेर साँढेको फल बकुल्लाले कुरे जस्तो प्रधानमन्त्री कुरी बसेकाहरु, अब त निद्राबाट ब्युँझ । अब पनि आन्दोलन गरेर कुर्सी ल्याउछु भन्नु भनेको जनतामा थप निराशा उत्पन्न गराएर अझ बढि थप्पड ऋँखला थप्नु हो । होशियार !!!
मन परे हरियो नपरे रातो !
33
3
ठिकै हो नि बाबुराम ले पनि मोज गरोस न तेसै धेरेई पढेको छ पढेको मान्छे भनेको पढेको मान्छे हो नि तेस्तो जाबो एसएलसी इन्टर डिल हरु ले आलु खाय l कांग्रेस एमाले मोर हरु लाइ ठिक छ l बाबुराम ले जे गरे ठिक गरे यी रास्टपति पनि लौमुते मदिसे रहेछन l यो नेता लाइ त ज्ञाने र पारसे ले ठिक पर्थो के गर्नु जंगल मा कुकुर चरौदी छ l
मन परे हरियो नपरे रातो !
21
3
खुल्काईस एमाले र कांग्रेस आन्दोलन ..
मोरल —प्रचण्ड(भस्मासुर ) ले तिमीहरु बिरालो ले मुसा खेलैदिया जस्तै खेलायो खेलाउदै छ र फेरी पनि तिमि हरु को येस्तई पारा हो भने अजै खेलाऊछ ..
सुझाब —खुरुक्क भजन गायर बस ..र युवा हरु लै नेत्रित्व देउ ..तिनी हरु ले ठिक पारछन जंगली लै
बुकुने
मन परे हरियो नपरे रातो !
17
19
मैले लेख्न नजानेर मात्रै हो ! नत्र ठ्याक्कै यस्तै लेखिदिन्थे .
जे लेख्नु भो उमेशजी ले यो आर्टिकलमा शत प्रतिशत तथ्य अनुभबको आधारमा नै लेख्नु भा’छ .
पिरको कुरा के भने बिप्पा बाजेको सत्ता आयु लम्बिए संगै क्यै सकारात्मक
पक्ष्य देखिने छन् : सडक ब्यबस्थापन देखि लिएर लोद्सेदिंग आदि कुरामा
सुधार आउने छ — यस्ता सुधारले सोझा सर्बसाधारण रनभुल्लमा पर्ने छन् –
अनि क्रमश ?
भारतको जुठोमा लुटपुटिएको नेपाल ( माफ गर्नुस यसो भन्दा मन त दुखि’राछ
तर यस्तै हुदै जाने छ ) दोस्रो ठुलो भुटान बन्ने छ —
कामना गरौ नेपाल भारतको भुटान नबनोस् !
हाम्रा मिडियामा जनतालाई जगाउने साहस आओस् !
रास्ट्रप्रेमी नेपाली जनतामा देशको माया पलाओस् !
रास्ट्रघाती गद्दार बिदेशी दलालहरुको पराजय होस् !
छिट्टै नै यो देशमा देश भक्त जंग बहादुरको उदय होस् !
हे भगवान ! नेपाललाई भारतको भुटान हुनबाट जोगाउ .
मन परे हरियो नपरे रातो !
40
28
भद्र सहमतिमा बजेट पास भएछ भनेर ल अब त लफडा सकियो भनेर लामो सास फेरेको ५ मिनेट भाको थिएन फेरी छिड्के लगाकै खबर पो आउछ बा आ आ आ आ
मन परे हरियो नपरे रातो !
37
1
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
6
76
सोल्टी ओ अमर सोल्टी घुमीफिरी फेरी आन्दोलनको कुरा चाँही नगर ल
मन परे हरियो नपरे रातो !
17
2
ऋषि धमला लै बनाए कसो होला उहा त झनै राम्रो नि ?……….के छ विचार अमर जी ? आखिरमा Rishi Kai वकालत गर्ने त Ho नि उसले पनि
मन परे हरियो नपरे रातो !
5
3
कुरा ठिक हो | शम्भु थापा र ऋषि धमला एउतै द्यांका मुला हुन् |
मन परे हरियो नपरे रातो !
6
2