राष्ट्रपतिले सहमतीय प्रधानमन्त्री माग्दै सात दिने अल्टिमेटमसहित शुक्रबार जारी गरेको विज्ञप्तिबारे आज बसेको मन्त्रिपरिषद्को बैठकले कडा प्रतिक्रिया जनाएको छ। सरकारको निर्णयले मुलुकको कार्यकारी अधिकारबारे द्वन्द्व चर्किएको छ। सरकारले राष्ट्रपतिको यसअघि जेठ १६ गते जारी प्रधानमन्त्री पदमुक्त भई कामचलाउ भइसकेको भन्ने विज्ञप्ति पनि संविधानको भावनाविपरीत रहेको भनेको छ। अब यही विषयमा सर्वोच्चमा मुद्दासमेत पर्ने निश्चित छ। राष्ट्रपतिको कदमबारे अब सर्वोच्चबाटै फैसला हुने देखिन्छ। सरकारको निर्णयमा सर्वोच्चको यसअघिकै फैसलाको अंश पनि उद्धृत गरिएको छ। कटवाल कान्डमा ढिलो गरी (कटवालले अवकाश पाइसकेपछि) भएको फैसलामा उल्लिखित यो अंशलाई सरकारले हतियार बनाएको छ -‘नेपालको कार्यकारिणी अधिकार संविधान र अन्य कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित हुने र राष्ट्रपतिबाट प्रयोग हुने अधिकार निरपेक्ष नभई अन्य निकाय वा पदाधिकारीबाट भएको निर्णयको आधारमा त्यसको अन्तिम उद्घोषण गर्ने सम्ममा सीमित रहेको देखिने भन्ने सिद्धान्त प्रतिपादन भएको’।
सरकारको यस्तो विज्ञप्तिपछि अब राष्ट्रपतिसित दुई वटा विकल्पमात्रै बाँकी छ- कि सेरमोनियल हैसियतमा चुप बस्ने कि देशको विशिष्ट परिस्थिति भन्दै कार्यकारी अधिकार आफ्नो हातमा लिई प्रधानमन्त्रीलाई बर्खास्त गरेको घोषणा गर्ने। दलहरुबीच केही दिनमा सहमति भएन भने यो दुवै विकल्पमध्ये एउटामा जानै पर्ने हुन्छ। दुवै कदमले विवाद र द्वन्द्व बढाउने निश्चित छ।
कस्तो छ मन्त्रिपरिषद्ले गरेको निर्णय, हेर्नुस्
राष्ट्रपतिको कार्यालयको प.सं. स.०६९÷७०, च.नं.३७, मिति २०६९।०८।०८ को पत्रबाट “सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले संवत् २०६५ साल जेठ १५ गतेदेखि प्रारम्भ भएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ गतेपश्चात समाप्त भई व्यवस्थापिका–संसद समेत नरहेको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गरिरहने व्यहोरा समेत मिति २०६९।०२।१६ मा जानकारी गराइएको र मुलुकमा विद्यमान राजनीतिक एवम् संवैधानिक गतिरोधको अन्त्य गर्दै जनताको चाहना बमोजिम संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी निकास दिने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशसमेतलाई ध्यानमा राखी सरकार, राजनीतिक दलका नेता, तथा प्रतिनिधिहरूसँग सामूहिक एवम् व्यक्तिगत रुपमा पटक पटक छलफल गर्दा पनि संविधानसभाको अवसान भएदेखि हालसम्म राजनीतिक सहमतिको निरन्तर प्रयास रहे तापनि राजनीतिक सहमति कायम भई राजनीतिक एवम् संवैधानिक निकास निस्कन र प्रधानमन्त्रीको चयन हुन नसकेकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. को संवैधानिक प्रावधानबमोजिमको कर्तव्य समेत बोध गर्दै नेपालको अन्तरिम संविधान, २०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा(१) बमोजिम संवत् २०६९ साल मंसिर १४ गते विहिबारका दिन दिनको १६ः०० बजेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न’ राजनीतिक दलहरूलाई आव्हान गर्नुभएको व्यहोरा अनुरोध गर्दछु” भनी नेपाल सरकारका मुख्य सचिवलाई लेखिआएको पत्रको व्यहोरा आजको मन्त्रिपरिषद्को बैठकमा मुख्य सचिवबाट पेश हुँदा देहायबमोजिम गर्ने ः
१. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३७ को उपधारा (१) मा नेपालको कार्यकारिणी अधिकार यो संविधान र अन्य कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित हुनेछ भन्ने व्यवस्था भएको,
२. सम्माननीय राष्ट्रपतिको अधिकारक्षेत्रको सन्दर्भमा सम्मानित सर्वाेच्च अदालतबाट मिति २०६७।६।१४ मा संवत् २०६६ सालको WF ०००८ को श्रीकृष्ण सुवेदी बिरुद्ध सम्माननीय राष्ट्रपति डा.रामवरण यादव समेत भएको उत्प्रेषणको रिटमा ‘नेपालको कार्यकारिणी अधिकार संविधान र अन्य कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित हुने र राष्ट्रपतिबाट प्रयोग हुने अधिकार निरपेक्ष नभई अन्य निकाय वा पदाधिकारीबाट भएको निर्णयको आधारमा त्यसको अन्तिम उद्घोषण गर्ने सम्ममा सीमित रहेको देखिने भन्ने सिद्धान्त प्रतिपादन भएको,
३. नेपालको लामो लोकतान्त्रिक संघर्षको अनुभवको आधारमा वर्तमान संविधानमा संवैधानिक राष्ट्रपतिको व्यवस्था गरिएको हुँदा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६.क. लाई कार्यकारिणी अधिकारको रुपमा सम्माननीय राष्ट्रपतिले प्रयोग गर्न सक्ने नदेखिएको,
४. नेपालको अन्तरिम संविधान, २०६३ ले सम्माननीय राष्ट्रपतिलाई स्वविवेकले आदेश जारी गर्ने वा कसैलाई कानूनी हैसियत दिने वा कानूनी हैसियतबाट हटाउने अधिकार दिएको नदेखिएको,
५. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) को प्रावधान व्यवस्थापिका–संसद कायम रहँदाको अवस्थामा व्यवस्थापिका–संसदद्वारा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनको लागि भएकोले यथास्थितिमा सो धारा प्रयोग हुन नसक्ने,
६. वर्तमान सरकार व्यवस्थापिका—संसदबाट निर्वाचित सरकारको निरन्तरता भएको हुँदा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम व्यवस्थापिका–संसदको सदस्य नरहेकोले प्रधानमन्त्री पदमुक्त भएको भन्ने राष्ट्रपति कार्यालयबाट जारी भएको मिति २०६९।२।१६ को विज्ञप्ति समेत नेपालको अन्तरिम संविधान, २०६३ को भावना विपरीत रहेको । व्यवस्थापिका–संसद नरहेको अवस्थामा मिति २०६९।८।८ मा पुनः प्रधानमन्त्रीको सिफारिस गर्न आव्हान गर्नु संविधानतः विरोधाभाषपूर्ण रहेको,
७. राजनीतिक दलहरू बीच सहमति कायम गरी सो सहमतिलाई मन्त्रिपरिषद्बाट हुने सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र वर्तमान गतिरोधको अन्त्य गर्न सकिने,
८. मिति २०६९।८।७ मा बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक निकासका लागि राजनीतिक दलहरूलाई सम्माननीय प्रधानमन्त्रीले गरेको आव्हानलाई पारित गरी सोको जानकारी सम्माननीय राष्ट्रपतिलाई गराइसकिएको र वर्तमान गतिरोधको अन्त्य गर्न सरकार जुनसुकै लचकता अपनाउन र त्याग गर्न तयार रहेको,
तसर्थ, राष्ट्रपतिको कार्यालयको मिति २०६९।८।८ को उपर्युक्त पत्र नेपालको अन्तरिम संविधान, २०६३ को भावना र मर्म विपरीत रहेको ठहर गर्दै उपर्युक्त व्यहोरा सम्माननीय राष्ट्रपतिलाई राष्ट्रपति कार्यालयमार्फत जानकारी गराउने ।




अब चुनावनै हुने हो भने प्रतक्ष्य पद्दतीबाट निर्वाचन हुनु पर्छ अनी मात्र जनताले शही मान्छेलाई भोट हाल्न पाउने छन,नत्र समानुपातिक पद्दतीबाट त पार्टिले हत्यारा, भ्रस्टचारी,अपहरण्कारी अनी देशद्रोही जो सुकैलाई पनि सन्सद बनाउन सक्छ| प्रतक्ष्य पद्दती बाट चुनाव भयो भने जनताले असल नेतालाई स्वागत गर्न अनी खराब नेतालाई भोटे कुकुर लगार खेदाउन पाउनेछन|
मन परे हरियो नपरे रातो !
1
0
अब राष्ट्रपतिलाई पनि अफ्ठेरो छ कि सम्भिधन भन्दा बाहिरको कदम उठाउदा काउन्टर productive हुन्छ भनेर उहाँ लाई थाहा हुने पर्ने हो सेरोमोनिअल भैसके पछी .अब कि त उनले माओबादी लाई नै बढार्नु सक्नु पर्ह्हा त्यो म सम्भब देख्दिन किन भने माओबादी सम्भिधान सभा को सबभन्दा ठुलो सक्ति भएर चुनाब जितेको छ. होइन भने राष्ट्र पति ले पनि राजिनामा दिनु पर्ने हुन्छा नैतिकता को आधार म़ा. सरकार बदल्नु गिरोउनु उनको अधिकार भित्र परेन.
एदी त्यसो भएमा देस धेरै धुखाद मोड म़ा जानेछ र हामी जनता ले फेरी फेरी रक्तपात देख्न भोग्न नपरोस .
मन परे हरियो नपरे रातो !
5
3
कुनै पनि र कस्ती पनि व्यक्ति प्रम होस् उसलाई असंबैधानिक तबरले ह्युमिलियत गर्दै षडयन्त्र पूर्ण तरिकाले चक्रब्युहमा फसायर निकाल्ने दुस्सहास गर्दछ भने तेस्को खुलेर बिरोध अनि प्रतिकार गर्नुपर्दछ!
झन् बाबुराम भट्टराइ त संबैधानिक तबरले जितेर प्रम भयको व्यक्ति हो! सबै कुरा संबिधान सम्मत छ आधिकारिक छ र उहालाई असफल बनाइ गलहत्याउने दुस्कार्य हुदैछ! जनतालाई लोप्पाख्वाउने इस तेरो जनप्रिय प्रम, इस तेरो विद्वान प्रम भनेर जनतालाई देखाउने र बाबुरामको बैज्जत गरि निकाल्ने षडयन्त्र पाक्दैछ!
इतिहाशमा यस्तो बारम्बार भयको छ चाहे भीमसेन थापालाई होस् या बीपीलाइ!
तेसैले यो षडयन्त्रको प्रतिकार गर्नपर्छ!
जनता बोल्नुपर्छ, आबस्यक परे जनता उठ्नुपर्छ! जनता जाग्नुपर्छ यो षडयन्त्रको बिरुद्द!
यो षडयन्त्र लाइ असफल बनाउनुपर्छ!
बाबुरामले यो चक्रब्युह तोड्नुपर्छ देशको लागि जनताको लागि!
हामीले सत्यको साथ् दिनुपर्छ र हालको अबस्थामा प्रम डा भट्टराइ नै सबैभन्दा सत्य हो!
झुठको साथ् दिने एकदिन आत्मालोचना सहित गिदगीदाउने छ! भ्रममा मच्चिने हरु पनि एकदिन धिक्कारिने छ! छिटो नभय इतिहाशमा धिकारिने छ!
मन परे हरियो नपरे रातो !
24
9
हामी जनता लाई शान्त नेपाल चहियो_ मलाई लाग्छ सरकार को लागि सबै जन मिल्नु को बिकल्प छैन।। स्वार्थ सबै जन ले त्याग्नु पर्छ
मन परे हरियो नपरे रातो !
2
0
यदी नेपालका राजनिितक पार्टी हरू साच्चीकै लोकतान्त्रिक र बहुदलीय बयबस्थामा बिस्वास छ भने किन चूनाबमा जान डराएका हून ? ज़बकी प्रधान मंत्री द्वारा चुनाबको घोषणा भय पछी रास्टपतिद्वारा बाबुराम सरकारलाइ काम चलाउ सरकार तथा चूनाबी सरकारको मान्यता दिएको थियो तर बिपच्छी पार्टी हरूले एक संबैधानीक तरिकाले भयको निर्णयलाइ नमानेर काम चलाउ प्रधान मंत्रीको राजिनामा मागेर क़ानूनी सून्यता ल्याउन बिपच्छी दलहरु किन पछि लागे ? संबैधानीक करिकाले निर्बचित भएको प्रधान मंत्रीको निर्णयलाइ नमानेर असंम्बैधानीक तरिकाले प्रधान मंत्री नियुक्त गरेको प्रधान मंत्रीले अब घोषणा गर्ने नया चुनाव लाइ अहिलेको गठबंधन सरकारले के को आधार मा मान्छ ? कुरो आउछ राजनीतिक सहमती , तर यों असम्भव कूरा हो किन भने सरकारको कुरा बिपच्छी नमान्ने अनी बिपच्छी को कूरा सरकार नमान्ने ।
मन परे हरियो नपरे रातो !
15
3
हन म्याद गुज्रेका राष्ट्रपतिले के गर्न खोज्या हो? गिरिजाले आफैलाई पहिलो राष्ट्रपति नबनाएको झोंकमा प्रचन्डलाई लोप्पा ख्वाउन आफ्नै हनुमान रामवरणलाई राष्ट्रपति र एमाले संग मिलेर चरेसानन्दलाई उप राष्ट्रपति बनाएका हुन्|
एमाले र मधेसी दलहरु लामो समय समय सम्म पावरको नजिक रहेर पावर भोको छन्| एमाले त् निकम्मा पार्टी हो| आफु पावरमा भएको बेला घुस चन्दा उठाएर जिल्ला अफिस निर्माण गर्ने र आफ्नै भुँडी भरने मात्र काम भएको छ| माधव नेपाल र झलनाथ खनाल प्रधान मन्त्रि हुँदा देउबालाई पनि उछिन्ने गरि असक्षम प्रधान मन्त्रि भए| माधव नेपालले त् खुलेआम आफ्नो भाई लाई हंगकंग को महाबाणिज्यदुतमा जागिर दिए| झलनाथले जति पैसा खर्च गरे पनि यसपाला इलाम बाट चुनाव जित्ने होइन| बाजी| कांग्रेसलाइ अहिले एमान्ग्रेस भनेसके| कांग्रेसमा कसैको हुति छैन|
चुनाव गराउन कुनै पनि दललाई सरकार चलाउन नदिऔ|
जसले अन्तरिम सरकारमा बस्छ उनलाई चुनावमा प्रचार गर्न, भाग लिन र अर्को पांच बर्ष सम्म कुनै सरकारी नियुक्तिको लाभ वा गैर लाभको पद नलिने गराईनु पर्छ|
तब मात्र निष्पक्ष चुनाव हुन् सक्ने सम्भावना छ|
मन परे हरियो नपरे रातो !
20
6
मित्र हजुर लाई हिसिला तमिला काण्ड थाहा छैन कि बुझेर पनि बुझपचाउन खोज्दै हुनुहुन्छ ?? हुनत टाँगा तान्ने घोडालाई यताउति हेर्छ भनेर आँखामा छेक बार लगाएको हुन्छ रे
मन परे हरियो नपरे रातो !
0
0
सबै दलहरु मेरै गोरुको सोर्है टक्का भन्ने उक्तिसंग चरितार्थ हुन्छ ! जब सम्म अहमबाद त्यागि सबै दल बल व्यक्ति समाज अगाडी बढ्दैन तबसम्म जनताबाद आउने छैन ! सबै बाधा व्यवधान हति सक्यो अहिले सम्म आई पुग्दा ,अब कसलाई बाधक भन्ने दोष लाउने ठाउँ पनि छैन तापनि किन हामी देशको समृद्धि तर्फ अघि बढ्नको साटो नेपाल आमाको भबिष्य अन्योल तिर धकेली रहेकाछौ ??? के साच्चई हामीले अन्य बाहिय शक्तिको हस्तछेप चाहेका हौ त ??? यदि यसरि नै भाई भाई लडे गवार लुते भन्ने उक्ति लागु नहोस भन्न चाहन्छु ! अग्रज समाज सेवी भद्र भलाद्मी व्यक्ति ब्यक्तिव्तोहरुलाई समय छदा नै सहि बुद्धि बिबेकले देशलाई उधो गति तर्फ जान बाट रोकियोस् ? यो कुरो सबै दलले प्रस्टसंग बुझेकै हो बुझी बुझी बुझ पचाउनेलाई बुझाउन गाह्रो मात्रै होइन निकै कठिन हुन्छ जो अहिले साबित भएको छ !
अहिलेको अहम परिस्थितिमा बास्तवमा कसको कदम ठिक वा बेठिक भन्ने तर्क गर्नु भन्दा अब कसो गर्दा जुक्ति संगत हुन्छ जसले सम्पूर्ण नेपाल र नेपाली जनताको सदा भलो हुन्छ त्यो सोच्ने बेला हो नकी एक आपसमा लुछाचुडी गरि आरोप प्रत्यारोप लगाउने ! जसलाई बुझ्न उच्च ओहोदामा बस्ने व्यक्ति बिशेषको प्रमुख भूमिका हुन्छ यदि तेसो गर्न सक्दैन भने तेस्ता व्यक्ति विशेषलाई यवं सहयोग नगर्ने व्यक्तिलाई समेत पदबाट बन्चित गराइनु पर्छ !
मन परे हरियो नपरे रातो !
4
0
माईसंसारका पाठकहरु यति धेरै वकिलहरु हुनुहुदो रहेछ आज मात्रै थाहा पाईयो।
मन परे हरियो नपरे रातो !
19
4
हामीहरु मेरो संसार मा कमेन्ट गर्ने र ति राजनैतिक नेता जो पढ़को लागि देशै डुबाउने बिचा के फरक छ? ति राजनीतिक नेताहरु सत्ता र पदको लागि एक ले अर्को को खुट्टा तान्छ/ हामीपनि आ आफ्नो आस्था भएको पार्टीको लागि अन्धो भक्त भएर आफ्नो बिपक्षी पार्टी र नेता र समर्थकसाथिहरु लाई गाली गलोज गर्न पछि पर्दैनौ/
मलाई त नेपालमा दिर्घकालिन शान्ति, संबिधान, आर्थिक, सामाजिक बिकाश चाहिएको छ / तपाइलाई नि? तेसैले जो आएपनि देशमा दिर्घकालिन शान्ति, संबिधान, आर्थिक, सामाजिक बिकाश गरे पुग्छ/ आफ्नो ब्यतिगत स्वार्थ भन्दा देशको स्वार्थलाई ठुलो महत्वो दिएर देश बनाए मान्छे काट्ने डा. वा मान्छे बचाउने डा. जो भएपनि फरक पर्दैन/
तेसैले हामीहरुले राम्रो को लागि राम्रो भन्न सक्नु पर्यो/ आफ्नो नेताले कालोलाई सेतो भनेपनि हो भन्ने बानी छोड्नु पर्यो/
मन परे हरियो नपरे रातो !
12
1
अब 7 दिन मा सहमति त पक्कै जुट्दैन । तेस्पछी रास्ट्रपति ले ‘दलहरु ले सहमति जुटाउन नसकेकोले येही सरकारलाई आर्को चुनाब नभएसम्म मान्यता प्रदान गरिन्छ ‘ भन्दा देश र जनता को लागि बेश होला।
छातीमा हात राखेर भन्दा पछिल्ला समाएका प्रधामन्त्री मा बाबुराम नै बरु देश र जनता लाइ सुहाउने प्रधानमन्त्री हुन् । अब हाम्ले को संग आस गर्ने ‘रामचन्द्र ‘ कि ‘सुशील’ कि ‘झाले’ र ‘गक्ष्यादर ‘। माफ गर्नुहोला बाबुराम ले गर्ननसकेको यी बादर्मुखे ले के गर्लान। गर्ने नै हो भने कि नया अनुहार आउनुपर्यो, सर्बशो त्यागेर देश र जनताको सेवा को लागि । धिक्कार छ राम्रो मान्छे को यहाँ खुट्टा तनिन्छा, तेसैलेता हामी स्वोर्गमा पनि नारकिया जीवन बाचेका छौ।
पुनश्य: म माओबादी होइन।
मन परे हरियो नपरे रातो !
35
6
फेरी यो धारा र उपधाराको कुरो कोटटियो है ! वाक्कै भैयो! के को धारा? काठमाडुमा धारै छैन, धारा भएपनि पानी छैन| सत्र सत्र चोटी प्रधानमन्त्रीमा उठेर अभासी लगाई दिएपछी यस्तो भएको होला!
मन परे हरियो नपरे रातो !
9
3
आन्तरिक संबिधानमा प्रधानमन्त्री हुन संबिधानसभाको सदस्य हुनुपर्छ| आफुले नै संबिधान सभाको अबसान गरेपछि, हाँगाको टुप्पामा बसेर फेद्तिर काट्ने कालिदास लाई के भन्ने र? हो पहिलेको अबस्थामा प्रधानमन्त्री कार्यकारी थियो, हुनुपर्छा| तर सधै यहि अवस्थामा म मात्रै सरकारमा बस्ने भन्ने मानसिकता राखेर हिड्ने हो भने खै हामी जनता latiko पापा हेरेझैँ कतिदिन बस्नो हो? मैले त देखेको, आफ्नो विचार मिल्ने पार्टीको भए संसारै मरुभूमि बनाए पनि वाहवाह गरिदिने अर्काको भए सितल छहारी दिन्छु भन्दानी ल यल्लेता सिद्ध्यौना लग्यो गुहार-गुहार भन्ने चलन गिरिजा सरकारको पाला देखि हिमनदइझई निरन्तर चलिरहेको देख्दा मलाई त वाक्क लाग्छ, तपाइलाई नी?| याँहाको कमेन्टको लहरले पनि, कोहि निस्पक्स्च्य भएको पैन्दैना| हामीनै यस्तो एकल्कात्ते भएपछी नेताहरु हामीलाई गोरु बनाएर दाइगर्द| अनौठो नहुनेनै भयो नि| अहिलेको अवस्था भनेको एउटा परिपाठी बसाउने हो| सुरुमै बच्चालाई अनुशासन सिकौना सकिएन भने पछिको प्रयाश कुनै काम लाग्दैन|
मन परे हरियो नपरे रातो !
8
9
रास्ट्रपति को मनसाय उही कटुवाललाई थमौती पत्रजस्तै गरि सरकारको मुख्य सचिवलाई पठाउनु र प्रधानमन्त्री लाइ नैतिक समस्यामा पारि राजिनामा गर्छ भन्ने लागेको होला. तर प्रधानमन्त्री bhhatari आफ्नो र संबैधानिक बिषयमा अटल र बिस्स्वास भयको र अरु कसै लाइ तोदराया नागन नदिने जुन बचन दियका छन् त्यो नै बलियो आधार हो.
अब रास्त्रपतिले झोलातुम्बा ली घर गयाहुन्छा. रास्त्रपतिको जुन पत्रले देशलाइ बिभाजन र मुटभेट ल्ययाको छ. फेरी पनि म भन्छु रस्त्रपतिले देश लाइ र आफुलाई नै खाडल मा हाल्न खोजे को छ.
गरमागरम बहस! तपाईँको के विचार छ?
58
59
यिनी हरुले आ आफ्नै अधिकार का कुरा गर्छन तर जनताको अधिकार के हो मतलब छैन,ढिलो चांडो चुनावमा त आओ न थाहा पाउने छौ कसको कति अधिकार रहेछ !!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
58
1
व्यक्ति ज्ञानेन्द्रको समर्थन कदापी होइन तर यी मुलाका साग हरुको रजाई देख्दा त एउटा अनुसासित राजसंस्था देस लाई चाहिएको भान भो , हुन् त म कुनै बेला हार्ड कोर माओबादी थिए अहिले यी एमाले भाको देख्दा बिरक्त लागेर आउदैछ ! आखिर भोलि का दिन मा तख्तापलट नहोला भन्न सकिन्न
मन परे हरियो नपरे रातो !
51
12
यस्तै हो अरुको रिमोट कन्ट्रोल मा चल्ने देस का नेता भय पछी
मन परे हरियो नपरे रातो !
26
2
Look what happens next?my prediction is situstion becomes more worse
,contoversy rises then finally a representative comes from Delhi to settle the dispute.
I hate to say this.
मन परे हरियो नपरे रातो !
21
1
नेपालको राजनीतिमा अर्थ राजनीतिको ४. टरनिग पोइन्ट
१. राजा महेन्द्र – सामन्ती अर्थ राजनीतिक कालमा बिदेशी सहायोगमा देशको अध्योगिकी करण र विकास पुर्बाधार गरे
२. रामसरण महत- निजीकरण – सरकार भनेको दाल र चामल बेचेर बस्ने संस्था होइन भन्दै निजीकरण अगाडी बढाए. सिद्दान्त त् कुरा ठिक थियो तर कांग्रेसले चरम राजनीतिक हस्तछेप गरेर थला बसेका सस्थानहरु कौडीको भाउमा बेच्नु आफु र आफ्ना आसे पासे धनि हुने भन्दा केहि चाला भएन, माटाले बनेको घरको RCC गरेको छाना हाले झैँ देशको कानुन केहि नगरी नेपाली बजार बिदेशी सामानलाइ खोलिदिंदा देशको अर्थनीति तहस नहस भयो..अन्तत निजि छेत्र भनेका कर दाता र रोजगार दाता हुन् उनीहरुको विकास बिना लोक कल्याण कारी राज्यको कल्पना गर्न सकिन्न…
३. एमाले ९ महिने कार्य काल- यो समयमा आफ्नो गाम आफै बनाम भन्ने नाराको साथ विकासको तल बाट माथि भन्ने सिद्दान्तलाइ मनन गरिएको पाइयो, यो एकदम बस्तुपरक सिद्दान्त थियो तर स्थानीय निकाय नभएको वर्तमान अवस्थामा यो नीति कमाऊ तन्त्रमा दुरुपयोग भएको छ, एमालेले यो नीति उत्पादनको लागि भन्दा पनि पुर्बाधार तिर बढी फोकस गरेको थियो…बस्ताबमा यो उत्पादन र पुर्बधन दुवै तिर प्रयोग गर्नु पर्ने थियो.. यो नीति एमालेले (डा मंगल सिद्दी मानन्धर +भारत मोहन बाजे) ल्याएको हो तर एमालेले नै यो नीति समाउन सकेन, किन भने यो नीतिमा रहेर देशको विकास गर्न सरकारमा जान नै पर्दैन आफ्नो संगठन प्रयोग गरेर विकासको अलि अलि मात्र केहि गरेको भए पनि एमालेले अर्को ४० बर्ष सासन गर्ने अवसर पाउथ्यो तर जब सुर्य बहादुर र लोकेन्द्र बहादुरका टांग मुनि छिर्न थाल्यो तब उसको लिंग हराउन थाल्यो…अझ पनि ढिलो भएको छैन एमालेले यो नीतिको अपनत्व लिंदै सहकारीको सहयोगमा नेपालका हरेक गाउहरुको विकासको चित्र बनायो भने लिंग पलाउन सक्छ.
४. बाबुराम भट्टराई- नेपालको इतिहासमा बाबुराम एक जबर्जस्त अर्थ राजनीतिग्य हुन् उनले निजीकरण, सहकारीकरण र सरकार भन्ने तिन खम्भे नीति बोले, रोजगारी र उत्पादनसंग विकासलाइ जोडे ( यो एकदम यथार्थ बादी छ ) एमालेको पालासम्म विकास भनेको पुर्बाधारलाइ बुजिंथ्यो तर भटराईले विकास भनेको सम्रिद्दी हो भने, यसैले उनले माइक्रो लगानीको कुरो अगाडी ल्याए, स्वरोजगार कार्यक्रम बंगलादेशका प्रोफेसर डा युनिसको थेउरीसंग बढी प्रभावित भएको देखिन्छ, बिडम्बना बाबुराम पछी छिरेका एमालेका अर्थमन्त्रिहरुले यो नीतिलाइ गुण्डा पाल्ने नीतिमा दुरुपयोग गरे. बाबुरामले मेगा प्रोजेक्टको कुरा पनि छोडेका छैनन्, रास्ट्रिय गौरब भन्दै पुर्बधार विकासको कुरा पनि गर्छन.. यथार्थमा बाबुराम सम्रिद्दीको कुरा गर्ने एक मात्र नेपालका प्रधान मन्त्रि हुन्, उनको खुट्टो तान्नु भनेको सतिले सरापेको देशमा भिमसेन थापाहरुको भलो हुँदैन भन्ने उखान दोर्यनु मात्र हो, यथार्थमा बाबुराम भनेका माओबादी नेता भन्दा पनि ३ करोड नेपालीका भाग्य हुन् यो कुरो सबैले नबुज्नु बिडम्बना हो…………………………………….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
135
22
राष्ट्रपतिको कदम मन्त्रीपरिषदले असंवैधानिक भनेपछि अबको राजनीति मुठभेडतिर हो शंकै छैन ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
53
1
अब तिन बिकल्प मात्रै देखिन्चन मेरो बिचार मा /
१.– संसद, सम्भिधान केहि पनि नभएको अबस्था मा सबै कुरा ब्यथिति मा छ तेसैले अदालत ले पनि केहि भन्न सक्ने अबस्था र लागु गर्न सक्ने अबस्था छैन तेसैले बाबुराम, प्रचण्ड, सुशील, खनाल , ओली, देउबा, पौडेल , ठाकुर , यादव, गछादर ले ठण्डा दिमाग ले सोचेर सबको साझा स्वतन्त्र ब्यक्ति वा नागरिक समाज को व्यक्ति खोजि गरि उसको नेतृत्वमा मन्त्रीमंडल बनाइ छिटो भन्दा छिटो प्रजातान्त्रिक पर्क्रिया बाट स्वतन्त्र चुनाब गराई राष्ट्र पति लाइ राजनीति मा नमुसी चुनाबी प्रतिनिधि बाट सम्भिधान लेखि राष्ट्र चलाउनु पर्दछ / तेत्रो भारत मा १ खर्ब जनता भएको देश्ह्मा ५०० जना चुनाब बाट संसद बंचन तेसैले २०० जति को मात्रै प्रतच्या बाट चुनाब गराउने र हारेकालाइ राष्ट्रिय सभा ल्याउने वा नल्याउने जस्तै माकुने, ओली जस्ता हरुवालाई संसद मा प्रवेश र प्रम सम्म भए हरुवा हरु /
२. – माथि को केहि गर्न नसके २०४७ को सम्भिधान लाइ फोटोकपी गर्ने राजा लाइ tipex लगाएर रास्ट्रपति राखने अनि तो २०४७ को सम्भिधन जनता ले बनाएका थिए तो बेलायेत र भारत को जस्तै कपि छ तेसैलाई नै सदर गर्दिने अनि भै हाल्छ नित् अनि चुनाब गर्दिने /
३.- तेसो पनि नभए अन्तिम बिकल्प हामीले सकेनौ तेसैले सैनिक , रास्ट्रपति लाइ जिम्मा लगाइदिएर् उनीहरुले नै चुनाब गराएर प्रजातन्त्र ल्याइदिए भै हाल्योंइता जस्तै पाकिस्तान, बंगलादेश, श्रीलंका, बर्मा मा जस्तै ….
—-सब नेपालि मिलि जस्तै राजा, दल, जनता, नागरिक समाज, छिमेकि राष्ट्र ,सैनिक सब मिलि राम्रो निकाश जस्तै १ नम्बर को बिकल्प मा गयो भने राष्ट्र, जनता को हित मा गई प्रजातान्त्रिक पदत्ति बाट कुनै जात भात को कुरो नगरी प्रजातान्त्रिक पदाती उप्नाई देश का गरिब , दलित, निमुखा जनता लाइ धनि बनाउने पदती अपनाई देश निर्माण मा सब नेपाली एक हुनु पर्दछ / हजारौ बिदेसिएका नेपाली ले भारत मा जस्तै ठुला ठुला कम्पनि मा लगानी , वा hydro electric वा tourism सेक्टर मा लगानी गर्न प्रेरित गर्ने हो भने नेपाल भन्ने संसारको सुन्दर देश १० वर्ष मै सम्मुनति तिर लम्कने आशा लिएको छु नत्र भने बिदेशी हस्तछेप भन्दै अरुलाई गालि दिदै देश कहिँ पनि पुग्दैन तेसैले भारत र चिन भनेका संसार का उदयमान महासक्ति हुन् तेसैले उनीहरु ले केहि हस्तछेप कसैलाई गर्दैनन् तेसैले उनीहरु बाट हामीले सहयोग माग्नु पर्दछ देश बिकाश गर्न लाइ , नेपाल भन्ने देश सयुक्त राष्ट्र संग को सदस्य भएको ले कुनै डर छैन कसैले खाइ दिन्छ भन्ने तेसैले भारत र चिन संग हात लामो गरि एकढिक्का भई नेपाल को बिकाश को लागि सहयोग दुवै बाट चाहिन्छ तेसैले दुबैलाई सहयोग माग्ने हिम्मत भएको ब्यक्ति को नेतृत्व देश लाइ चाहिएको छ /
तेसैले प्रजातन्त्र लाइ जीवित राखी चुनाबी प्रक्रिया बाट अरबौ खर्च भए पनि चुनाब नै हो सरकार बैधानिक बनाउने अन्तरास्ट्रिय जगत र भारत र चिन लाइ सहयोग माग्न को लागि नत्र पार्टी पार्टी मिलि फलानो प्रम भनेर तेस्को बैधानिकता केहि हुदैन तेसैले छिटो भन्दा छिटो स्वतन्त्र चुनाब स्वतन्त्र व्यक्ति हरु बाट गराई सम्भिधान, बनाउ, सरकार बनाउ, ऐन कानुन बनाउ , भ्रस्टचारी लाइ कानुन बनाइ जेल कोच , गरिब निमुखा सब जनता लाइ माथि उकाश आर्थिक क्रान्ति बाट / जात भात (racial ) को कुरो बन्द गर भौगौलिक को आधार मा प्रधेश बनाइ बिकेन्द्रिकर्ण नीति ल्याउ अनि नेपाल भन्ने देश १० वर्ष मै संसार को माझ शान्ति प्रिय , प्रजातान्त्रिक बिकसित देश भनेर सबैले चिनुन र बिधेसियेका धनि गरिब नेपाली ले नेपाल मा लगानी गर्ने बाताबरण र बिदेशी ले पनि लगानी गर्ने बाताबरण बनोस जस्तै भारत का धनि, चिन का धनि, युरोप का धनि, अम्रिका का धनि ले पनि स्वतन्त्र रुपमा सुरचित लगानी गर्ने बाताबरण बनोस /
सबैले पहिले गल्ति गरेका छन् भने आफै अत्मोचालाना गरि , सबै कुरा बिर्सी देश बिकाश को बाटो संतिप्रिया र प्रजातान्त्रिक चुनाब बाटै गर्नु पर्दछ छिटो भन्दा छिटो तेसैले राष्ट्र पति ले जे गर्नु भएको छ ठिकै गर्नु भएको छ सबै पार्टी मिलि स्वतन्त्र ब्यक्ति को मनोनाएं गरि राष्ट्र पति कहाँ पठाउ अनि चुनाब लोकतान्त्रिक स्वतन्त्र गरौ अनि संबिधान ६ महिनामा बनाइ कुनै जात भात को प्रदेश नबनाउ जस्तै खोला, नाला , हिमाल को नाम राखी सबलाई मान्य हुने प्रजातान्त्रिक प्रदेश बनाउ /
मन परे हरियो नपरे रातो !
9
12
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
50
82
घिन लाग्दा नेता हरु
मन परे हरियो नपरे रातो !
27
2
अब एउटामात्र विकल्प छ, धेरै देखियो, भोगियो यो बिरालो ले मुसो खेलायो जस्तो यी बकम्फुसे भ्रस्टचारीहरुले हामी र हाम्रा सपना, शान्ति पूर्वक बच्ने कामना माथि खेलबाड |
नेपाली जनताको बृहत्तर नेपाल देख्ने चाहना, राति बत्ति बालेर दुइ गास खाने चाहना, स्वन्त्रता पूर्वक हास्ने बाच्ने चाहना सबै मलिन हुदै गयो | येत्रो खेल भयो, के पायौं त हामीले ? केवल धोका !!!
आब फेरी जाग्ने बेला आएको छ, इतिहास सच्च्याउने बेला आएको छ| यो आधा दशक लामो मनपरितन्त्र, हत्या हिंसा हाम्रो गौरव र भबिस्य होइन प्रस्ट भएको छ| साथै देशलाई बिकशित गर्दै अग्रगमन तिर लाग्ने बाटो होइन, बरु विभिन्न नाटक रच्दै असफल राष्ट्र बनाउने बिदेशी खेल हो प्रस्ट भएको छ | देश र जनताको हितकारी व्यवस्था, नेपाली माटो सुहाउदो व्यवस्था भनेको संबैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र नै हो, आज घाम जति छर्लंग भएको छ | भन्ने ले राजाबादी भनुन, प्रतिगामी भनुन, तर मेरा लागि, बूढा बाउआमा र समस्त नेपालीका लागि सबै परिवार संगै शान्तिपूर्वक बाच्न पाउनु, केहि काम गरेर जीवन यापन गर्न पाउनु र स्वाभिमानी नेपाली भै आफ्नै धर्तीमा मर्न पाउनु नै अग्रमन हो |
बरु एक सिंहले थर्कमान पारोस, यी सयौं सिंहको छाला ओडेका स्यालको थर्काई पुग्यो भन्ने बेला आएको छ |
जय नेपाल
मन परे हरियो नपरे रातो !
43
16
राष्ट्रपति को कदम यस कारण असंवैधानिक होइन
-संविधानसंविधान सभा नरहेको
-चुनाव पनि हुन नसके को
- अ.संविधान मा सहमति मा …गर्ने भन्ने उल्लेख,हाल का प्रधानमन्त्री ले सहमतिजुटाउन नसकेकको
-राष्ट्रपति भत्ता खान मात्र राखिएको होइन एस्तै संकट का लागी हुन
-राष्ट्रपतिले आफै चलाऊ छु भनेका पनि छैनन सबै मिलेर आउ भनेका छन
-संविधान !!संविधान नभई अन्तरिम संविधान भएको ले,जस मा एस्तो अबस्थामा परिकल्पना नगरेको ले
गरमागरम बहस! तपाईँको के विचार छ?
85
90
रमेश मित्र राष्ट्रपति त उहिले नै खुस्किसके ! संबिधान सभा नै नभएपछि तेस्को सदस्य रास्ट्रपति कसरि रहन्छ ? बाबुराम पनि खुस्किसके तर कार्यकारी भएका कारण ले देशलाई प्रधानमत्री बिना राख्न नमिल्ने भएकाले उनि काम चलाऊ हुन् ! अब रामबरण दाजु जाऊ जनकपुर भैंसी चराउन !
मन परे हरियो नपरे रातो !
7
12
निमेश जी एस को दोस् बाबु राम लाही जान छ उनी कति अदूरदर्शी नेता भन्ने दर्साउ छ कि न कि संबिधान को संशोधन नगरी निर्बाचन जानु हुने थिएन /
मन परे हरियो नपरे रातो !
1
2
अब हाम्रो देशाआ राष्ट्रपति शासन लागु हुनु पर्छ अमेरिकामा जस्तो ! होइन भने यो दिशा बिहिन दलहरुको किचलो कहिले पनि अन्त हुँदैन ! बाँदरको हातमा कुखुराको अन्दा भनेको यहि हो ! कुनै पनि बेला कर्कलाको पानि झैँ जता पनि ढल्न अनि दुई जिब्रे विचार राख्ने कुटिल चाल खेल्ने यी असली जनताका शुभ चिन्तक होइनन केवल जनतालाई ढाल बनाएका मात्र हुन् यो कुरो बुझ्नु जरुरि छ सचेत जनताले ! बादरले न आफ्नो घर बनाउछ न अरुलाई बनाउन दिन्छ भनेकोनै नेपालको अहिलेको राजनीतिक दलले उब्ज्याको परिस्थिति हो ! जो कोहि पनि सत्ता भोगी जनतालाई बनाउदै छ रोगि अनि देश कसरि बन्छ देश नै खोक्रो बनाए पछी,यी धनका भोगी र सत्ता भोगी रोगि राजनीतिक अकुशल कार्य कर्ताले एउटा सहि निर्णय र दिशा तर्फ देशलाई डोर्याउन नसक्ने अहिलेका पार्टी सबै दिमाग र भिजनको कमि भाका नान्ग्गा बाबा सरह नै हुन् ! भोलि देखि खरानी धसी नान्ग्गा जोगी बनेर जंगल पसे हुन्छ ! अनि नेपाल आमालाई राहत मिल्ने थ्यो कि ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
54
11
नेपाल असफल राष्ट्र बन्दैछा
मन परे हरियो नपरे रातो !
28
7
बन्दै छ होइन बनिसक्यो भन्नुस गोकर्ण जी !!
मन परे हरियो नपरे रातो !
6
1
साथी हो मेरो विचार मा यो कदम रस्त्रपतिको असम्बैधानिक हो . पहिले माओ बादी ले कार्यकारी रास्ट्रपति बनाउने भन्दा कांग्रेस र एमाले ले रास्ट्रपति सिरिमोनियल बनाउने भनेर भन्ने . आहिले आएर तिनी हरु ले नै उचालेर रास्ट्रपति कार्र्यकारी आधिकार नभएको व्यक्ति लाई असम्बैधानिक कदम चाल्न उस्कएको हुनाले रस्त्रपतिले यो कदम चाले को हो.यसको लागि ठुलो जिम्मेवार निभाको एमाले हो जसमा के पी ओली र माधव नेपाल को ठुलो भूमिका chha त्यस पछी कन्द्रेस को i.के पी ओली र नेपाल ले गर्दा आहिले देश को यो दसा भए को छ किन कि माओबादी संग त एमाले पो मिल्नु पर्थ्यो यादी माओबादी र एमाले मिले को भए संबिधान आइ सथयो किन कि कांग्रेस र माओबादी को त सिदान्त उत्तर र दछिन् को हो नि त तर एमाले को सिदान्त ke हो त ?
गरमागरम बहस! तपाईँको के विचार छ?
68
45
बाबुराम चै नमरुन्जेल सम्म प्र. म. भैरहने रे ???
गरमागरम बहस! तपाईँको के विचार छ?
65
33
गतहप्ता त्यो मौबादिको अग्नि सापकोटाले रस्त्र्पतिले बजेट पास गरेर अविवाबक को भूमिका खेले भनेको अनि तेस्को पर्सि पल्टै सातदिन भित्र सहमतिको सरकार गठन गर्नु भन्दाचै रस्त्र्पतिको असम्भैदानिक र रास्त्र्घाती कदम चाले भन्ने? “ताक परे तिवारी नत्र गोतामे”! तिमीहरुको कुरा साधारण जनताले त के हजार जिब्रो भएका सेशनागले नि बुझ्न सक्दैन!
मन परे हरियो नपरे रातो !
53
20
एमांग्रेसले हुँदाखाँदाको राजालाई उचालेर त केही लागेन; देशमा गणतन्त्र ल्याउन उनीहरू पछी लाग्ने पर्यो । अब आफ्नो पार्टीको मान्छे भन्ठानेर खूब उचालिराख्या छन; रावणलाई । तर बिचार गर, हिजो महाराधिराजसँगै अनि तिनका आसेपासे पाखा लागे, भोलि महाराष्ट्राधिराजसँगै पाखा लाग्नुपर्ने छ । त्यसैले जतिसक्दो छिटो संबिधान बनाउन बाँकी सहमति गरी संबिधान सभा ब्युंताएर नयाँ संबिधान बनाउनतिर लागे हुन्छ ।
गरमागरम बहस! तपाईँको के विचार छ?
69
74
साथी त्यो रास्ट्रपति पदसंगको कुरा हो नकी मान्छे, भोलि तिम्रै भित्ते रास्ट्रपति साँच्चै भए बने नि ?????
मन परे हरियो नपरे रातो !
22
24
मान्छेको कुरा भए त ठीकै हो, तर यहाँ त गधा जस्तो भारी बोकाउन खोजिंदैछ ।
मन परे हरियो नपरे रातो !
23
26
पुष्पजी
मलाई तपाँईका कमेन्टहरु तार्किक लाग्थ्यो तर आजको कमेन्टले निर्णय परिवर्तन गरिदियो
मन परे हरियो नपरे रातो !
4
11
एउटा प्रतिक्रिया नराम्रो लाग्दैमा आफ्नो सोच परिवर्तन गर्ने प्रेमजी ?
मन परे हरियो नपरे रातो !
4
5
यदि यो विज्ञप्ति ले कथं दलहरू को सहमति को सरकार बन्यो भने राष्ट्रपतिज्यू लाई महाभियोग होइन महासम्मान मिल्नेछ । त्यसैले पर्खौं ।
मन परे हरियो नपरे रातो !
40
9
रास्त्रपतिको यो कदम असम्बैधानिक नै हो! यो देशमा कोही पनि निएम कानून मान्न तयार छैनन! सबै मूढे बलको भरमा चल्न खोज्छ्न! सहमति हुन सक्ला “काले काले मिलेर खाऊं भाले” भनेर दुई चार मीटिंग गर्न पाउने भए! मिल्लान भाऊ पाए भने! नत्र मिले पनि फेरी उस्तै हो! जनता यो नाटक हेरेर वाक्क भैसके! त्यों भन्दा त अहिलेकै ठीक छ, निस्फिक्री काम गर्न दिउंन अर्को एक बर्ष केही बिकास हुने लक्षण देखिंदैछ! सायेद तेसैले गर्दा होला सबैलाई सहन गाह्रों भएको!
मन परे हरियो नपरे रातो !
27
18
कसैले सहमति नगर्ने, चुनाब हुन् पनि नदिने, संबिधान पनि न बनाउने, बर्सौ सम्म देश बन्धगी राख्ने नेता हरु लै कोर्रा कसले लगाउने ? इच्छा सक्ति भय ७ दिन होइन सात घण्टा मा सहमति हुन्छ . खाली सत्ता को खेल छ …. रस्तापति ले पनि चुप लगेर बसे मा अबको सात वर्षा पनि चुनाब हुदैन, सितल निबास मा जिन्दगि बिताउन पाउने छन् … खै के गर्न खोजेका हुन् ……
मन परे हरियो नपरे रातो !
32
4
i think President is crossing his limit…if really wants progess then he should support and should work together with baburam bhattarai., since Baburam bhattarai is still best PM.
मन परे हरियो नपरे रातो !
34
37
नपाउनेले केरा पायो बोक्रै सिट खायो | भैसी गोठालालाई रास्ट्रपति खान कहाँ पच्छा र ?
गरमागरम बहस! तपाईँको के विचार छ?
54
69
अनि जंगली ले त खुब जनता को भलो गरे बिगत १५’ १६ बर्ष देखि, हैन त ? बकवास !
अनि भैंसी गोठालो भनेर के भन्न खोजेको? माओबादी जसरि जनताको रगत को होलि खेलेर सत्ता मा पुगेको होइन राम बरण ! उसको आफ्नै व्यक्तित्व ले पुगेको हो. फेरी भैंसी गोठालो भनेर हेप्ने औकात तिमीहरु कोछैन. तिनै कृषक तेहा छन् र त खान पाएको छौ, तिनि हरु ले पेशा छोडे खान्थ्यौ अनि घर बसी बसी दूध ! हुन त लुटेरै खाने बानि परेको ले नि होला. आफ्नो मुर्खता को परिचय आफै दिन्छु तिमीहरु….अरु ले केहि explain नै गर्न नपर्ने .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
77
30
तिम्र भरौटे हरु को बिरोद गर्ने जति सप्पै माओबादी ? कस्तो विद्वान | सम्भवत कालिदास ( हागा मा बसेर त्यसको फेद काट्ने ) पनि हास्थे होलान तिमि लाई देखेर |
कुरा को मर्म बुझेर मात्र अर्काको कुराको कमेन्ट गर्नु |
मन परे हरियो नपरे रातो !
23
41
“मान्छे काट्ने डा. ले भन्दा मान्छे बचाउने डा. ले नै देश बचाऊन सक्छन कि” भन्ने हाम्लाई लाईरछ !!!
गरमागरम बहस! तपाईँको के विचार छ?
54
29
भैंसी गोठालो भनेर हेप्ने, बोल्ने सोमत नि नभएको मान्छे त केवल माओबादी नै हुन सक्छा !
गरमागरम बहस! तपाईँको के विचार छ?
57
23
तिम्रा बाउ पनि अझै भैसी को गोबर सोर्दै छन् होइन र …. नभए अस्ति दशैँ मा घर गएको बेला गोबर फलेको हात तिम्रो गनौदै होला एक पटक सुंग त ……. बिचार भैसी गोठाले लाई थाहा रहेनछ तिम्रो भित्ते रस्तापति चड्कन चिउरा लाई पठाउन त ………
मन परे हरियो नपरे रातो !
15
8
शैक्षिक क्षेत्रमा सधै फर्स्ट हुने घमण्डमा राजनीति गरेको होला यी गोर्खाका बबुरो तर नराम्रो संग फेल खाएछ! अब जाचमा फेल भए पछी कपि re-totaling गराउने, डिपार्टमेन्ट घेर्ने, कुर्सि फोर्ने आदि मात्रै बाकी त छ नि! त्यै गर्न लाग्या होला!
गरमागरम बहस! तपाईँको के विचार छ?
61
46
अर्को चुनाब नभयसम्मको लागि यो सरकार निमित्त हो भनेर किन भानियना? कार्यकारी प्रमुखको जानकारी बिना रस्त्रपतिलाई कसले दियो अधिकार अल्टिमेतुम जारी गर्न ? खोपाको रास्ट्रपति मोहदय्ले कांग्रेसको एजेन्डा त्याग्नु पर्यो ! रास्ट्रपति र प्रधान मन्त्रि संगै हिंडे निकाश निस्कन्छ भन्न चाहन्छु मा!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो नपरे रातो !
42
25
मै खाऊ हिसिला लाउन , सुख सयल छोरी मोज गरुन l
हिसिला हासुन प्रचण्ड नाचून सबै जनता मरून दुर्बल हरु l
भनि दाह्राधस्ने बाबुराम देखि छक्क परी l
चिताखित्का छाडी बैध बा हासे मरी मरी l
मन परे हरियो नपरे रातो !
46
23
म रोउ कि धोउ अबुझ मन बाधु म कसरी |
कि सित्तैमा बेचु सडक बीच फाल्तु कस सरि |
भो हैरानी देश मा ,प्रगति पथ ठप्पै हुन् गयो
सबै नेता हासे सकल जनता रुन गयो |
मन परे हरियो नपरे रातो !
2
2
हो नेपालको अन्तरिम संबिधान अनुसार रास्टपति सेरेमनीयल हून्छ जसको काम सरकार द्ववारा गरिएको काम कारबहिलाइ लाइ क़ानूनी मान्यता दिइन्छ । तर नेपाल एक यस्त्व देश हो जहाँ संबैधानीक रास्टपती अाफ्नो सरकारको काम कारबाइ छोडेर बिपच्छी दलको कूरा सुन्दै हिडछन । यिदी एस्तै गर्ने भय किन गर्न पर्यो चूनाब जून देशमा जनता द्वारा चूनीयर गएको सरकार को काम कारबाहीलाइ मान्यता दिइन्न भने । रास्टपतिले पनी मेरो सरकार भनेर सम्बोधन गर्नुको साटो , मेरो सरकारको बिपच्छी पार्टी हरुको काम कारबाइ ठिक छ भनेर सम्बोधन गरे भइहाल्छनी ।
मन परे हरियो नपरे रातो !
32
13
देशलाई निकास त दिनै पर्यो नि ! अब नया सरकार गठन गरेर चुनाब मा जानु ठिक हुन्छ !रास्ट्रपति को कदम जायेज छ ! बखेडा गर्नु को तुक छैन !
मन परे हरियो नपरे रातो !
33
24
नेपालको अन्तरिम संबिधन २०६३ को धारा “छक्का”को उपधारा “नामर्द” बमोजिम संबिधान बनाउन नसके पनि, संबिधानसभा बचाउन नसकेपनि, चुनाब गराउन नसकेपनि, सहमति कायम गर्न नसके पनि मैले जे गर्छु त्यो मात्र संबैधानिक हो. म हजारौं को रगत पिएर अनि आँशुले नुहाएर आको हुँ, गोरखाको गाउँ बाट आको गरिब सिँगाने, छुच्चो बाहुनलाई कसैले चलाउन पाउदैन किनकि मा बोर्ड फस्ट हुँ.
मन परे हरियो नपरे रातो !
37
18
राजनीतिमा कुरा बुझ्न गाह्रो छ , बिकाशकोलागी नभई स्वार्थकोलागि भिड्न थालेपछि थुक्क ….थुक्क …हाम्रो राजनेताहरु …
मन परे हरियो नपरे रातो !
24
0
बिपक्षीदल खुरुक्क चुनाबको लागि सहमति मा आए समाधान भैहाल्यो नि, सरकार बनाउने होइन, चुनाब गर्न को लागि न हो ? सधै सबै क्रेडिट आफ्नै नाममा हुनु पर्ने भावनाले हामी जनताको बिजोग भयो?
मन परे हरियो नपरे रातो !
17
6
अब येस्तई हो हाम्रो देश मा के गर्ने भारत को आखा अनि सति ले सरापेको देश मा यो भन्दा आशा पनि के गर्न सकिन्छ र खाली सत्ता को लागि राजनीति गर्ने देश येस्तई त हो नि यसै गरि कंगो,सोमालिया, अफगानिस्तान हुने हामी पनि त्यहि बाटो मा छौ नैतिकता नभएको प्रधान मन्त्रि पाउनु नै हाम्रो दुर्भाग्य हो नेपाल बाहेक संसार को कुनै पनि देश मा प्रधान मन्त्रि येसरी तसिदैदन आफु आन्तार्गत सानो गल्ति भए पनि नैतिक आधार मा राजिनामा दिन्चन त्येसको मतलब आर्को राम्रो मान्छ आउछ भन्ने होइन तर सिस्टम त मूव हुनु पर्यो नि तर हाम्रो देश मा अरु त कुरा आफु ले गर्ने भनेको निर्बाचन गराउनु नसक्दा पनि मा ठुलो भन्ने अनि सत्ता मा बस्ने अनि मा बाहेक आरु को छ र प्रधानमन्त्री भनेर जिद्दी गर्ने प्रधान मन्त्रि भएपछि येस्तई हो एसको मतलब प्रधान मन्त्रि कार्यकारी छैन अनि आरु बाबुराम भन्दा राम्रो मान्छ छ भनेको पनि hoina त्यो त समय आएपछि देखियाला तर प्रधान मन्त्रि हुने अनि प्रधान मन्त्रि को जिम्मेवारी बहन गर्न न sake पछि त छोड्नु पर्यो नि aaucha आर्को त्यो पनि नभए फेरी आर्को औच यसै गरि भीमसेन थापा पनि नेपाल मा कति जना प्रधान मन्त्रि भए के भो र येस्तई त हो नि समय संग हिड्नु पर्यो नि देश रहे जिबन रहे बाबुराम भोलि फेरी प्रधान मन्त्रि भै हल्चन नि येसरी मा बाहेक अरु कोहि पनि प्रधान मन्त्रि हुन सक्दैन भन्ने तर्क ले त देश चल्दैन नि अबमानौ आस्ति घुष प्रकरण सार्बजनिक भा को एक जना मन्त्रि ले राजिनामा दिए एदी उनले पनि किन राजिनामा दिने ? मा भन्दा राम्रो मान्छ को छ अनि उसले घुष खादैन भन्ने के प्रमाण छ दिदैन भनेको भए हामी ले उसलाई पागल भन्थेउ भने बाबुराम पनि पागल हो त्येश कारण पागल लै प्रधान मन्त्रि हुने आधिकार हुदैन त्येस को babaजुद हामी बाबुराम को इमंदिरता को कदर गर्छु अनि परमेश्वोर संग प्रार्थना गरौ कि उनलाई प्रचण्ड नाम को ग्रहण ले चाडो छोडोस अनि फेरी प्रधान मन्त्रि बनुन अनि उनको बुद्धि अनि योग्यता को घाम ले हामी सबै नेपाली र नेपाल को दुख को बादल हटोस् जै पशुपति नाथ जै nepal
मन परे हरियो नपरे रातो !
9
4
देसको अन्तरिम संबिधान मान्ने हो भने यो काम रास्तापतिको होइन | आखिर रास्तापतिको हालत पनि पूर्व राजाको जस्तै बनाउने भए हाम्रा राजनैतिक पार्टीहरुले ….जय नेपाल
मन परे हरियो नपरे रातो !
13
11
संबिधान मा ब्यबस्था नै नभएको कार्यकारिणी लिन खोजेर संबिधानको उलंघन गर्ने राष्ट्रपतिको तलब आवास सुरक्षा लगायत अरु सुबिधा भोलि देखि नै किन बन्द नगर्ने ? राष्ट्र लाई ठुलो भुमरीमा फसाउने, दोश्रो ज्ञानेन्द्रलाई अब किन जनताको करले पाल्ने ?
आफु खुसी गर्छु संबिधान मान्दिन, कार्यकारिणी अधिकार चाहिन्छ भन्ने हो भने शितल निवास छोडेर नेपाली कांग्रेसको नेता बन्न जानु नि.
मन परे हरियो नपरे रातो !
21
20
अनि त्यसको ठाउमा हजुर सितल निबास जानेकी ……………अनुहार हेर्दै…………….
मन परे हरियो नपरे रातो !
0
0
यो केहि होइन | ‘काही नभएको जात्रा …….गाउँ मा’ मात्र भएको हो | जानेर होस् वा नजानेर होस् , संसदीय प्रणालीमा राजनीतिक पार्टीहरुको र सरकार को सहमितिमा बाहेक यो समस्या हल हुँदैन | अनि अझै महत्तो पूर्ण कुरा के हो भने संसदीय प्रणालीमा प्रधानमन्त्री को अधिकार कम्तिमा पनि संसद भंग गरेर जनता मा चुनाब मा जान पौने हुन्छ | यो उदहारण हाम्रै देश मा पूर्व प्र म गिरिजा ले प्रयोग गरेकै हुन् | मात्र कुरा रह्यो निर्बाचन मा कसरी जाने |
अब नेता हरुले के बुझ्नु पर्यो भने निर्बाचन मा जानु नै पर्छ तर असली ढंग ले कानुन सम्मत | ठिक्छ अहिले रास्ट्रपति राम बरण ले खराब नियत नराखेका होलान, तर कालान्तर मा कोहि खराब नियत भएका रास्ट्रपति हुन् आएको खण्ड मा उ अहिले कै नजिर ले निरक्कुश हुन सक्ने सम्भावना हुन्छ, तसर्थ राजनीतिक नेताहरु ले संसदीय प्रणालीमा छोटो स्यर्थ हेरर खराब नजिर राख्नु हुँदैन |
हामीले त येसो अलि अलि जानेको येही समाचार मध्यम बाट न हो, अन्तिम काम राजनैतिक पार्टी हरुकै हो | देश को भलो होस् | ६० प्रतिसत जनता खुशी भय जस्तो लाग्दैन | अनि हामि निरिह जनता ले रिस उठेयो भने हान्ने ढुंगा न हो ??????
मन परे हरियो नपरे रातो !
11
3
अब यो रास्ट्रपति पनि जाने भयो. कसैले चाहना राख्नु एउटा कुरा, इच्छा राख्नु एउटा कुरा तर कानुन त सबैले पालना गर्ने पर्छ. त्यसमाथि राष्ट्रपति जस्तो अलंकारिक व्यक्तिले चाहदैमा यो सरकार मन परेन भन्दैमा जे पायो तेही गर्न खोज्ने ? कटवाल काण्डमा ढिलो गरि सर्वोच्चले गरेको फैसल्ला मात्र पल्टाए पुग्छ, राष्ट्रपति को संबैधानिक अधिकार कति हो भनेर बुझ्न. बाबुराम सरकारले जनताले सोचे अनुसार काम गर्न सकेन भन्नु र कुनै पनि नियम कानुन मान्दिन भन्नु उही हुने सक्दैन. अदालतले जनताका मुद्दामा कति ढिलो (२० वर्ष सम्म पनि) फैसला गरिदिन्छ, कानुन त तेसो गर्न मिल्दैन. के तेसो भनेर म अदालतको कुनै पनि फैसला मान्दिन भन्न पाउछ र जनताले ? हरेक कार्यालयमा जनताले सेवा लिन कति गारो छ तेसो भन्दैमा ती कार्यालयको काम आफैले गर्न मिल्छ ? अख्तियारले मुद्दा दायर गरेकोलाइ बिशेषले सफाई दियो भन्दैमा जनता आफैले कारवाही गर्ने मिल्छ ? त्यसैले राष्ट्रपति यहानिरा नराम्रोसंग फसेको छ अब ऊ संग बाहिर आउने धारा उप धारा नै बाकि छैन. कटवाल काण्डमा जस्तो खुरुक्क छोड्ला चुप लगेर बस्ला भनेर सोचेको होला शायद. नेपाली जनतालाई कुनै किसिमको तानाशाह स्वीकार्य छैन, त्यो चाहे ज्ञानेको नाममा होस् चाहे रामबरण को नाममा होस्. जय नेपाल.
मन परे हरियो नपरे रातो !
24
17
राष्ट्र पति पुर्ब राजा ज्ञानेन्द्र को शैली अपनाएर फेरी मुलुक लै अझ गहिरो द्वन्द मा फसौना लाग्यो. यो हुदै नभएको अधिकार प्रायोग गर्न को लागि उचाल्ने सहयोगी हरुले हाम्रो सेरोमनियल रास्ट्रपति लै साचिकै अप्ठ्यारो परिस्थिति सिर्जना गरिदिए. यो असंबैधानिक कदम को हामी सम्पूर्ण नेपाली जनताले नियाली रहेका छौ.
गरमागरम बहस! तपाईँको के विचार छ?
93
117
ज्ञ्नेद्र ले आफ्नो हातमा सत्ता लिने कदम र सहमति को सरकार लै ७ दिन येउतै भन्न मेल्दैन …. सरकार लै बर्सौ सम्म सहमति को रटान दिने तर सहमति नहुने र सत्ता को आयु लम्बाउने हरु का रेड अलेर्ट हो …. देश संबिधान बाट चल्न छोडेको धेरै भो …. नेता हरुले रास्ट्रपति बिरुद्ध अदालत मा जानु भन्दा सहमति गरुन ७ दिन भित्र र देश लै निकास दिउन ….
मन परे हरियो नपरे रातो !
29
9
सबै ले आ आफ्नो हैसियत मा रहेर काम गरे त विवाद नै आउदैना नि
नेपाली को परे यस्तै छ
खाली किचाड़ो रडाको
देश को बिकाश चाहिएको हो फोहोरी राजनीति होइन
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
47
4
दुवै जना जुगा धारी परेछन, यो “जुगाको लडाई” देशलाई चै निकै महँगो पर्छा जस्तो छ …
मन परे हरियो नपरे रातो !
43
6
होइन अब नेताहरुले केहि गर्न सक्दैनन् भने राष्ट्रपतिले शासन लिएर चलाए भो हजुर. देशमा निकास लिएर राम्रा काम गरे बेश हुन्छ /
गरमागरम बहस! तपाईँको के विचार छ?
93
73
रास्ट्रपतिले पनि नेताको जस्तै व्यवहार गरिराका त छन् नि. उनले जे गरिराखेका छन् त्यो कांग्रेस को नेताको भन्दा के फरक गरिराका छन् त…नेपाल को समस्या भनेको सबै मान्छे नेतानै हुन खोज्नु हो. आफ्नो अधिकार प्रयोग गरेर काम गर्ने भने कुनै लफडा हुने थिएन.
मन परे हरियो नपरे रातो !
34
13
सत्ताको लागि लुछाचुडी गर्ने भुस्याहा कुकुर हरुलाई ठेगान लगाउन कोहि न कोहि त निस्कनै पर्यो नि…हामीलाई त केहि आपत्ति हुनेछैन एदी त्यो राम बरण नै भए….
मन परे हरियो नपरे रातो !
19
16
सत्ताको लागि लुछाचुडी गर्ने भुस्याहा कुकुर हरुलाई ठेगान लगाउन कोहि न कोहि त निस्कनै पर्यो नि — यति सम्म ठिक छ , तर एउटा घुस्याहा कंग्रेस्सी ले देश लाई बचौला भन्ने लाई खै के भन्ने ?
मन परे हरियो नपरे रातो !
3
4
अनि को हुने त? तिम्रै रक्सि को भाड़ो भित्ते रास्ट्रपति ?
मन परे हरियो नपरे रातो !
3
4