
पूर्व युवराज पारस शाहले नेताहरुको नालायकी देखेर दिक्क भई राजतन्त्रप्रति आस्था राख्नेहरुको अपमान गरेका छन्। उनी थाइल्यान्डको पर्यटकीय शहर फुकेटमा गाँजासहित पक्राउ परेका थिए। दशैँको महानवमिका दिन निवासमा गाँजा भेटिएपछि पक्राउ परेको भए पनि यो विषयमा नेपालमा अहिलेसम्म हामीलाई सुइँकोसमेत थिएन। लगेर प्रहरीले एक रात खोरमा थुनेछ पनि। पक्राउ परेका व्यक्ति नेपालको भूपू युवराज भएको थाहा पाएपछि त्यहाँको प्रहरीले नेपाली दूतावासमा खबर गरेछन्। गएको सातामात्रै त्यो खबर काठमाडौँमा रहेको थाई दूतावासले पनि परराष्ट्र मन्त्रालयमा खबर गरेको रहेछ। त्यसैबारे परराष्ट्र मन्त्रालयमा अस्ति छलफल भएपछि बल्ल यो कुरा बाहिर आएको थियो। आजका पत्रिकाहरुमा छापिएपछि त झन् सबैले थाहा पाइसके।
थाई पत्रिका ब्याङ्कक पोस्टले पनि आज योबारे समाचार छापेको छ। फुकेट प्रहरी अधिकारीलाई उद्धृत गर्दै दिइएको जानकारी अनुसार एउटा होटलमा केटा र केटीबीच झगडा पर्दा प्रहरीले छुट्याउन जाँदा गाँजा भेटिएको रहेछ। ती महिला को रहिछिन् भन्ने चाहिँ खुलाइएको छैन।
पक्राउ परेको भोलिपल्टै उनी धरौटीमा रिहा त भए तर अदालतमा मुद्दा चल्दैछ। बिचराको पासपोर्टसमेत प्रहरीले जफत गरेर राखेको छ। तारेखमा छुटेको भएर १२/१२ दिनमा हाजिर भइरहनु पर्छ। त्यसो त वारिसलाई पठाइदिँदा पनि हुन्थ्यो। तर अदालतले मानेन। मुद्दाको टुङ्गो नलागुन्जेल उनले देश छाड्न पनि पाउँदैनन्। समर्थकहरुले राजा आऊ देश बचाऊ भनिरहेको बेला अब राजा जाऊ, छोरा बचाऊ भन्नुपर्ने स्थितिमा आएको छ।
थाइल्यान्ड राजतन्त्रात्मक मुलुक हो। त्यहाँ राजाले चाहे त्यस्ता मुद्दा तुरुन्त खारेज गरी पारसलाई फर्काइदिन सक्छन्। त्यहाँको राजामा क्षमा दिने अधिकार छ। केही दिन अघिमात्रै एक अमेरिकी नागरिकलाई ६ महिना जेल सजाय हुने कसुर हुँदाहुँदै उनले माफीको घोषणा गरेका थिए। आफू पूर्व राजा भएको हैसियतले उनले केही पहल गर्ने हो भने पूर्व समकक्षी राजा भूमिबोल अदुल्यादेजले पारसलाई पनि माफ गरिदिन सक्छन्। किनभने नेपाल र थाइल्यान्डको राजाको सम्बन्ध राम्रै थियो। ज्ञानेन्द्रकै पिता राजा महेन्द्रको पालामा २०१७ सालमा नेपाल र थाइल्यान्डबीच दौत्य सम्बन्ध स्थापित भएको थियो। दिवंगत राजा वीरेन्द्रले २०४० सालमा थाइल्यान्डको औपचारिक राजकीय भ्रमण पनि गरेका थिए।
त्यसैले समर्थकहरुले राजा जाऊ, छोरा बचाऊ नारा लगाउन ढिला गर्न हुन्न। देश बचाउने अधिकार खोसिएको अवस्थामा रहेकोले जनताले फर्काइसकेपछि मात्रै देश बचाउन आउन मिल्छ। छोरालाई चाहिँ बचाउन खासै गाह्रो काम हैन। संकटका बेला पनि बाउले नहेरे बाउ-छोराको सम्बन्धको अर्थ नै के रह्यो र। बजाएर बसे भइहाल्यो नि गीत- तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न मन लाग्यो, ऐना हेरी आफैसँग प्रश्न सोध्न मन लाग्यो… के थाहा, त्यो गाँजा न कसैले पारसलाई फसाउँनकै लागि मात्र पो राखिदिएको हो कि। उनी आफैले पनि बयानमा त्यहाँ भेटिएको ३.५ ग्राम गाँजा मेरो हैन भनेकै छन्। छोरा बचाउन ढिला गर्न हुन्न।
के सजाय हुनसक्ला ?
थाइल्यान्डको कानुनमा लागू पदार्थलाई पाँच वर्गमा विभाजन गरिएको छ। एकमा हिरोइन, दुईमा कोकिन र अफिमलगायत पर्छ भने गाँजा चाहिँ पाँचौमा पर्छ। केही लागू पदार्थको कारोबारमा मृत्युदण्डसम्मको व्यवस्था छ भने गाँजाको हकमा बढीमा एक वर्ष जेल वा २० हजार थाई मुद्रा भाट वा दुवै सजाय हुनसक्छ। यो अधिकतम सजाय हो। कममा उनी २ हजार भाट जरिवानामै छुट्न सक्छन्। थाइल्यान्डमा ड्रगको कारोबार गर्ने भनेर शंकाको सूचिमा नेपाली पनि पर्ने गर्छ। हेर्नुस् त्यहाँको कानुनी व्यवस्था र थाइल्यान्डमा तोड्न नहुने दुई कानुन
पारसको के पारा यो ?
देशमा अहिले राजतन्त्रप्रति अभूतपूर्व समर्थन उर्लिएको छ। नेताहरु गाला बचाउँदै भिडबाट बच्न खोजिरहेका बेला पूर्व राजा खुल्लमखुल्ला जनताबीच पैदल हिँडिरहेका छन्। एकताका माइसंसारमा माओवादीका पक्षमा चर्का कमेन्ट लेख्ने ‘लुना’देखि नेताले देश बिगारेर ‘र्याक’ गरेको ठान्ने प्लस टु पढिरहेकी ‘जुना’ (ज्ञानेन्द्रले मोबाइल र इन्टरनेटसमेत काटेर कू गर्दा भर्खर चार क्लासमा पढ्दै गरेकी)सम्ममा राजतन्त्रप्रति मोह बढेको छ।
पूर्व नेपालदेखि पश्चिम नेपालसम्म धार्मिक भ्रमणका क्रममा मानिस उनलाई हेर्न ओइरिन्छन्। राजतन्त्रले राम्रो गरेकोले भन्दा पनि नेताहरुको अलोकप्रियताले राजतन्त्र फर्काउनु पर्ने धारणा राख्नेहरुको संख्या अझ बढ्दो छ।
पछिल्लो संविधान सभामा राजतन्त्रसमर्थक भनेर आफूलाई खुल्लमखुल्ला भन्न पनि डराउनु पर्ने स्थिति थियो। त्यस्तो कठिन परिस्थितिमा पनि राजावादी पार्टी राप्रपा नेपालले १ लाख १० हजार ५१९ भोट ल्याएर समानुपातिकमा चार सिट जितेको थियो। जबकि त्यतिबेला चुनाव प्रचार गर्नसमेत उनीहरुलाई डर थियो। कालान्तरमा गणतन्त्रवादी भनाउँदा नेताहरुले तिनै चार भोट आफू प्रधानमन्त्री बन्नका लागि माग्दै गरेको दृश्य उनीहरुलाई सहज लागे पनि गणतन्त्रको नारा सडकमा उराल्ने समूहले लाज पचाएर हेरेकै हो। अहिले अर्को चुनावको कुरा चल्दै गर्दा अनुमान लगाउन सकिन्छ, स्थिति के होला, कस्तो बनाउन सकिएला।
साढे दुई सय वर्ष पुरानो राजतन्त्रको विरासत जोगाएर सत्तामा फर्कने योभन्दा राम्रो उर्बर समय अहिले छैन। त्यसका लागि पृथ्वीनारायण शाहका पूर्खा भएको नाताले मात्रै भए पनि पारस यतिबेला गाउँगाउँ, सहरसहर डुलेर राजतन्त्रको पक्षमा जनमत ल्याउने काममा जुट्नु पर्ने हो। बाउसँग मतभेद भएको भए आफ्ना छोराकै भविष्यका लागि भए पनि यो जोखिम उनले उठाउनु पर्ने हो। त्यसो त उनको पक्षमा पनि समर्थन त कम छैन भन्ने त रुबेल चौधरी कान्डमा देखिएकै हो। तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका छोरीज्वाइँ रुबेल चौधरीसँग सौराहामा झगडा भएर गोली चलाउँदा उनको पक्षमा अपार समर्थन र चौधरीको पक्षमा अपार घृणा देखिएको थियो। अन्ततः चौधरी देशै छाडेर भाग्नुपर्ने स्थिति आयो। तर पारस भने परिस्थितिले मागिरहेको बेला लाछी हिसाबले देश छाडेर गए।
बेलायतको गद्दी उत्तराधिकारी विलियमकी श्रीमती जस्तै नेपालीले सुन्दरी ठान्ने हिमानीलाई छाडेर पारस परिवार बिगारी त्यही सौराहा गोलीकान्डपछि विदेशमा बस्दै आएका छन्। लामो समयदेखि बेपत्ता उनले दशैँ र तिहारको चाडबाडमा समेत श्रीमती र छोराछोरीको आँसु ख्याल गरेनन्, बहिनी प्रेरणाले मखमली माला लिएर कुरेर बसेकी होलिन् भन्ने वास्ता गरेनन्। यता ६५ वर्षका वृद्ध पिता तेस्रो पटक पनि काकतालीले राजा बन्न पाइहाल्ला कि भनेर राजतन्त्रप्रतिको समर्थन देखाउन सकी नसकी देश डुलेर ऊर्जा सकाइरहेका छन्। युवा जोश जाँगर भएका छोराको ऊर्जा भने थाई प्रेमिकासँग बैँकक र फुकेटमा खर्च भइरहेको छ। आफ्नै छोरालाई समेत ल्याएर सम्झाएर तह लगाएर राख्न नसक्ने हो भने नेताहरुको संगतले उद्दण्ड भइसकेका नेपाली जनतालाई के तह लगाएर राख्लान् भनेर प्रश्न उठ्न थाल्यो भने त्यसको सम्पूर्ण दोष उनलाई नै जानेछ।
यो पनि हेर्नुस्-
केटी काण्डले पारस र हिमानीबीच बोलचाल बन्द





हुन त अघि नै मैले भनेको थिए, ज्ञाने सर नालायक पक्कै हो, तर आफ्नै दाईको परिवार सखाप पार्ने खालको चाही होइन भनेर| तर अधिकांश नेपाली जनताले ज्ञानेलाई हत्यारा भन्नुको कारण पनि उनकै नालायकीपन नै हो| त्यतिकै पनि खुला नभएको नेपाली राजतन्त्र, त्यसमाथि पनि एक पछी अर्को शाही बेकुफिले गर्दा शंकाले लंका जलाएको मात्रै हो क्या|
१. ज्ञाने सरले राजा बिरेन्द्रको परिवारको सामुहिक हत्या भएपछी, यसलाई व्यापक तरिकाले अनुसन्धान गराउनु पर्थ्यो, त्यो पनि अन्तरास्ट्रिय अनुसन्धान टोलि बाट एकदम पारदर्शी तवरमा| यसरि घटनाको निस्पक्ष छानबिन नगरे पछी दोष त उसैलाई जान्छ, जसलाई त्यो काण्डबाट सबभन्दा बढी फाइदा छ| यहाँ नेर ज्ञाने सरको बुद्दीले आची ज्युनार गरिबक्स्यो|
२. ज्ञाने सरले दाइको परिवारको सारा सम्पतिको उचित अनुसन्धान गराएर समाज सेवाको लागि ट्रस्ट बनाउन पर्ने थियो| यस्तो गरेको भए कमसेकम ज्ञाने सरलाइ दोष दिनेहरुले दुइ चोटी सोच्नु पर्ने हुन्थ्यो| यहाँ नेर ज्ञाने सरको लोभिपनाले आची ज्युनार गरिबक्स्यो| के गर्नु बनिया (ब्यापारी) न परे|
३. त्यो हत्याकाण्ड भएको घरले जति सुकै झ्याउ गरेपनि त्यसलाई भत्काउने कस्ट गरेर ज्ञाने सर कति झल्लु रैछ भन्ने स्पष्ट भयो| शंका गर्नेहरुलाई थप उर्जा प्रदान गरिबक्यो ज्ञाने सरले|
४. घटना भएको एक दुइ दिनमै बक्तब्य निकालेर डाइनिन्ग टेबलमा राखिएको स्वचालित हतियार अकस्मात आफ-से-आफ पड्किनगइ घटना भएको हो भन्ने चरम बकम्फुसे गफ ठोकेर ज्ञाने सरले सारा नेपाली जनतालाई बेकुफ मात्रै सम्झीबक्सेन, आफ्नो खुट्टामा आफै बन्चरो समेत प्रहर गरिबक्स्यो गोबर गणेश सरकारले| थुक्क सरकारको शाही भुस भरिएको बुद्दी|
५. पारस महामानव सरकार जो कि जनताको नजरमा धेरै नै बदनाम थियो, लाई युबराज बनाउनु नहुने थियो महाराजले|
६. राजा भएको छोटो समय मै सत्ताकब्जा गरिबक्स्यो सरकारले| यसको लागि आफु कतो लोकप्रिय छु भन्ने पनि थाहा पाउनु पर्थ्यो सरकारले| खाली हो मा हो मिलाउने झुण्डको बिचमा हिरो भएर हुन्छ|
७. सारा परिवार सखाप पारेर गद्दी हासिल गरेको भए त्यति सजिलै छोड्ला जस्तो मलाइ लाग्दैन| सरकार चोर होइबक्से पनि सरकारको समर्थनमा पनि काफी सेना थिए जस्तो लाग्छ| आफ्नो परिवारको नृशंश हत्या गर्ने मान्छेले अरु दुइ चार हजार मार्न पछी नपर्नु पर्ने हो|
मन परे हरियो नपरे रातो !
15
3
हैन इनको घेंटामा घाम कहिले लाग्छ…..!!!!
आफनै घर मुन्तिर शोभा भगबती को बगरमा त्यत्रो गाजाको फाँट छ???????????
बेकारमा मैला- बा लाई मात्र टेन्स… ……… ………
मन परे हरियो नपरे रातो !
14
1
साला पारस पनि प्रकाश जस्तो, नेपालको कलंक . यी पातकी हरुलाई कालो मोसो लागैदिनु राम्रो होला
मन परे हरियो नपरे रातो !
32
5
झन्काहा बाऊ को सन्काहा छोराको को के बखान गरि रहनु,”गुहुलाई चलायो गन्ध आफ्नै नाकमा”
मन परे हरियो नपरे रातो !
21
19
जोंइन, जर्किन , जुवा र जोडी को बानि त सबैलाई हल्का हुन्छ नै , नानि अलि चर्की परिछंन / पारस लाई नानि ले बाउ को बिहे देखाई दिने भईन /
मन परे हरियो नपरे रातो !
8
6
अफिमबाट गाँजाको नशामा झर्न बाध्य भएछन् पारस, तैपनि सु:ख नदिने भए क्यार !
२-४ महिना कोचेकै वेश, कानुनको पाठ हाललाई नेपालमा सिकाउन सम्भव छैन, उतै सिक्नेछन् जेलको पीडा । के थाहा सुध्रिन्छन् कि? देशलाई योगदान गर्नसक्ने सामर्थ्य र ज्ञानको सदुपयोग गर्छन् कि?
मन परे हरियो नपरे रातो !
23
4
हामी नेपाली लै एस्ता कुकुर जस्तो बानी र नेपाल र नेपाली को इज्जत मा धक्का र दाग लगाउन खोज्ने हरु हामी नेपाली हरु र नेपाल को लागि एस्ता राजा हरु को खाछो छैन / हामी लै हाम्रो देस नेपाल र नेपाली भनेर आगाडी बढ्ने हरु को खाछो छ एस्ता नेता आयाम जो कोइ पनि राजा र नेता हुने छ र हामी हरु को समर्थन छ कृपया ढोका खुला छ;/
मन परे हरियो नपरे रातो !
12
21
होइन यो लेख ले के भन्न खोजेको ? ज्ञानेन्द्र लाइ हाइ हाइ गरे जस्तो झल्किन्छ त !!!
मन परे हरियो नपरे रातो !
11
30
ज्ञानेन्द्र र प्रचण्ड देस र जनता लाइ मुठी मा राखन खोजे , आफनै छोरा हरु लाइ सकेनन
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
60
6
गाजा भनेको लागु पदार्थ भनेर राजपुत्रलाई थाह न हुन् पनि सक्छ है |नेपाल मा धेरैले हरियो तरकारी झैँ सेबन गर्ने हुनाले र सिबजिको देश मा बस्ने हुनाले सिब बुटी चलाएको हुनसक्छ |
होटेल मा एक्लै पराइ आइमाई सग चै के गर्दै हुनुहुन्थ्यो ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
5
शंकर जी
त्यो हरियो तरकारी को बारे मा त भगवान शंकर लाई थाहा हुनु पर्ने हो तर
परश जी होटेल को कोठा मा के गर्दै होला सबै ले थाहा भएको कुरा हो
मन परे हरियो नपरे रातो !
5
0
however ! 1st of all he is a Nepali … leave wishes for his recovering ..
About an attitude , Proud , arrogant and Madness it depends according to their own Owe ..
मन परे हरियो नपरे रातो !
10
18
http://www.mysansar.com/2012/11/2818/
यो पढ्दा हिमानी प्रति साहनुभूति जागेर आयो / केटि बहादुर नै रहिछ जस्तो लाग्यो /
मन परे हरियो नपरे रातो !
23
3
प्राय धेरै को कमेन्ट पढियो,
मेरो बिचारमा चाहि एउटा नेपालि भएर सोच्ने बेला हो जस्तो लाग्छ न कि उस्को कर्तुत सम्झेर गालि गर्नु । आफ्नो नागरिकलाइ बिदेशि जेलमा सड्न दिनु राम्रो पक्कै होइन एउटा आम नागरिकको बिचारमा, ब्यक्तिगत भन्दा पनि रास्ट्रेय सोच राख्नु पर्छ यस्तो बिसयमा ता कि बिदेशिले हाम्रो नागरिकलाइ आखा गाड्न नसकोस । भलै हाम्रो देसमा राजतन्त्र नहोस, नेताले आचि नै खाउन तर पनि उ हाम्रो नागरिक हो । उ खराब हो थाहा छ, सक्छौ भने हामि त्यस्तो कानुन बनाउ (नेतालाइ कान पक्डेर लाइनमा ल्याउ) ता कि कोहि पनि कानुनको नजरबाट उम्किन नसकोस, उस्लाइ आफ्नै देसमा ल्याएर सजाय दिउ तर हाम्रो नागरिकलाइ बिदेसिले touch नगरोस ।
जय नेपाली जनता, जय रास्ट्र
मन परे हरियो नपरे रातो !
34
30
पारसलाई आम माफीको अपिल गर्नु भन्दा थाई देशको कानून अनुसार कारवाही होस् भन्ने कामना . किनकि आफ्नो देशमा भएको भए एकछिनमै मंत्रिसंत्री गएर छुटाएर लिएर आउंथे होला र समात्ने प्रहरीको पनि राता रात सरुवा हुन्थियो . कारवाहीको गुन्जईसै हुँदैन थियो आफ्नो देशमा तसर्थ पनि थाई देशमा कानून अनुसार कारवाही होस् .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
51
8
नानि देखि लागेको बानि यस्तै हो कालो पादर्थ्ले राजपरिवारको समुल हत्या भो अब फेरी त्यहि कालो पदार्थको चर्चा , कालो मन, कालो धन, कालो चस्मा, कालो धन्धा, कालो शासन, कालै ब्यबाहार यस्तै हो राजा देश भत्काउ होईन अब राजा जाउ छोरा बचाउ त्यतातिर गए छोरा त् बच्लान ?
मन परे हरियो नपरे रातो !
26
5
भेडा त भेद्दै हो , एक ताका मेरो संसारको blogger लै माबादी भनेर लान्छना लगाउने ,
अहिले फेरी राजावादी भनेर गालि गर्ने | अलि कति भएको दिमाग प्रयोग गर्ने हो भने, धन्यबाद दिनु blogger लै जसले मात्र समाचार र समिक्छ्य पस्कि रको छ \ कुरा ठिकै हो , बाउको धर्म निभाउ , छोरालै गएर बचाऊ \ नेता हरुले पार लाउन सकेन , अनि आँखा जति राजा पट्टि | एती होइन यो ब्लोग पोस्टको सार?
भाको दिमाग डब्बा भित्र, थुतुनो मात्र पर-पर
दिमाग लगा पासा दिमाग
मन परे हरियो नपरे रातो !
26
9
साथीहरूले Bangkok Post को news नपढे जस्तो लाग्यो । यसो पो लेख्या छ त हौ ।
“The woman confessed to the police but the former crown prince decided to fight the charge, the officer said.”
हाम्रा गुवराजाधिराज त महान प्रेमी पो साबित भए त बा :द
http://www.bangkokpost.com/breakingnews/323376/ex-crown-prince-of-nepal-arrested-in-phuket
मन परे हरियो नपरे रातो !
9
2
“नानी देखि लागेको बानी” भनेको येस्तै पो हो कि !
मन परे हरियो नपरे रातो !
12
8
जो आएपनि केहिहुनेवाला छैन.नेपालका जनता चाही सधै भरि सहि अनि नेता चाही बदमाश? कस्तो अचम्म ! ती नेता हरुचाही मंगल ग्रहबाट आएका हुन् र? की विदेश बाट नेपाल बिगार्न राता रात आएका बिशिस्ठ अनि अनौठो गुणधारी मानब हुन्? सब आखिर नेपाली जनता नै हुन्.जनता मात्र सुध्रिनुस ज्ञाने पारस कोहि चाहिदैन.नेपालमा त कानुन नै छैन भनेनी हुन्छ? हक मात्र खोज्नु भन्दा अनुसासित अनि मिहेनती नागरिक बन्नुस.कानुनको पालना गर्नुस ,माया र सम्मानको सभ्यता सिक्नुस अनि सिकौनुहोस.नेताले कुन बेला देश बनाइ देला र मोज गरौला भनेर हुन्छ र?.जब हामीले कानुन मान्छौ तब आफै कानुन बलियो हुदै जान्छ.हतार नगरौ नराम्रो लाई तिरस्कार गर्दै राम्रोको प्रसंशा गर्न सिकौ.बेलामा कर तिरौ.गलत गर्नेको उजुरी गरौ.परिवारमा आम्दानीको बाटो सिर्जना गरौ.जब जनता सिक्षित अनि सम्पन्न हुन्छन अनि देश आफै बन्छ.समय लाग्छ.प्रतिक्षा गरौ.हाम्रो पालामा न भएनी छोरा छोरीको पालामा देश पक्का पनि बन्छ.कंगाल जनता भएको कंगाल देशमा आएका कंगाल नेताहरु धनि बन्नुको विकल्प नै छैन.सभ्य आचरण अनि सिक्षा नै सम्पन्नता हुन्.देश प्रति माया अनि इमान्दारिता राख्नुस ,आफ्नो बारेमा आफै सोची भबिस्य बनाउदै गर्नुस.नेतालाई गाली गरेर समय बर्बाद नगर्नुस.अब फेरी राजा आएर हामीलाई घाडो भयो भने त्यो बेला हजारौ मर्दा पनि राजतन्त्र जाने छैन.राजाले सजिलै गद्दी छाडेर धेरै सिकिसकेका छन्.हामी नेपाली आफ्नो भाग्य आफै बनाउन सक्छौ.परिबर्तनको लागि आजै देखि बिहान बेलुकी ब्रस गर्ने बानि सुरु गर्नुस.किनकि परिबर्तन गफमा हैन आफैमा जरुरि छ.सके सम्म आफ्नै देशमा बनेको मन्जन प्रयोग गर्नुस.
मन परे हरियो नपरे रातो !
21
2
हत्तेरिका ! पारसले फेरी कर्तुत गरेछ ? यसपाली फस्यो| ओराली लाग्या मृग जस्तै त खेद्न नहुने नि गाँठे (जाबो ३.४ ग्राममा) |नेपालका पुर्व युवराज त यसरि जाकिन्छन भने नेपाली नागरिकको के गति होला नेपाल बाहिर |होस् पुर्याउँ है सबले !
……………….
लौ त ,जे होला राम्रै होला, उतै वितोस यिनको चोला | बरु देश त्यागेको घोषणा गरे हुन्थ्यो नि यो धुन्धुले | राजसंस्थाका लागि पनि राम्रो हुन्थ्यो |समरण रहोस अहिले नेपालको अस्तित्व संकटमा परेको छ | त्यसैले सजिएका हैन सच्चिएको राजतन्त्र एउटा संकट मोचक हुन सक्छ |ढिलो भए पछी पछुताउनु पर्ला कथित अग्रगमनवादीहरु, लक्षण त गणतन्त्रले हदै सम्म नराम्रो देखाइ सकेको छ, चेतना भया !
मन परे हरियो नपरे रातो !
23
4
यो र एसको बाउ कुलंघारको के कुरा / एसले जानेकै येत्ति हो / एसले नेपाल र नेपालीको जति बेइजत गर्यो त्यहि नै एसको कर्म अनि छमता हो /
जब एकदिन पुलिसको भिडन्तमा यो कुलंघार मारियो भन्ने समचार आउँछ तब एस्को इहलिला समाप्त हुन्छ / अनि बल्ल नेपालीले येस्ता कु-समाचार र बेईजत्ति सुन्नु पर्दैन /
यो चाप्टर यहि बन्द गर्नु उपयुक्त छ /
मन परे हरियो नपरे रातो !
21
27
Thailand को कानून अनुसार अधिकतम सजाय भयो भने यसले कानून के हो भन्ने कुरा बुझ्ने राम्रै मौका पाउनेछ | ज्ञानेन्द्रले बचाउने कोशिस गरेमा उ जस्तो मुर्ख मनुस्य संसारमा अरु कुनै हुनेछैन | नेपालले सिकाउन नसकेको पाठ Thailand ले सिकाउने छ पारसेलाइ | सड्न देउ बेकारको जीवनलाइ जेलमा दश बीस बर्ष |
मन परे हरियो नपरे रातो !
22
15
Poor little fellow!!
Based on his nature I can simply say he will bring a storm in Nepalese politics at some point in future if he survive these frequent incidents.
He will not let it go easily.
मन परे हरियो नपरे रातो !
19
4
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
26
125
प्रचण्ड ले कहाँ जनता मार्यो? Oh my god!! प्रतिक जी !
मन परे हरियो नपरे रातो !
26
7
भुमजी, तपाई नि कस्तो कुरा नबुझेको| हिटलरले पनि कहाँ मान्छे मरेको हो र? युद्धमा त मान्छे मर्छन नि कि कसो?
मन परे हरियो नपरे रातो !
10
1
हो नि प्रचण्ड सर त नेपालको गान्धी नै हो क्या| हामीलाई थाहा छ क्या यस्तो सानोतिनो कुरो त| हेहे|||
मन परे हरियो नपरे रातो !
36
5
प्रचण्डे त गान्धी भन्दा १०सौ गुना ठुलो शान्ति को दुत नै हो क्या /
बुद्धल़िया त प्रचंडेले ज्ञान दिएको हो /
नेहरु त बाबुरामे को चेलो नै हो /
येहो हो नया नेपाल जहा नेपाली जनताले माओबादी भाटहरुको उट-पट्याग, प्रचंडेको सर्कश, अनि बाबुरामेको सर्व-सत्ताबाद देख्नु भन्दा केहि छैन /
सुन्नु बाहेक केहि छैन /
मन परे हरियो नपरे रातो !
5
0
जडिबुटी सम्झेर घरमा राख्या होला नि / एक दुइ स्टिक नतानी निन्द्रै लाग्दैन होला केटो लाई,अनि बिचरा के गरोस ////
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
111
11
ज्ञानेन्द्रले बेलैमा पाता फर्काएर राखेका भए अहिले यो हविगत आउँदैन थियो । के गर्नु बुढा आफैँ पिडित परे। धन्न बाँचेकै छन् हो अहिलेसम्म पनि !
बले
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
97
13
होइन माफीको अपिल चाही किन गर्नु पर्यो नि ???? यिनीहरुले चाहि सानो सानो गल्तीमा पनि माफी नै पाउनु पर्ने ??? ठुलो ठुलो गल्तीमा सम्मान पाउनु पर्ने ???? “राजा जाउ छोरा बचाउ ” रे लाजै मर्दो , को राजा ? कसको राजा ? जाउ माइसंसार सम्पादक तिमि पनि थाइल्यान्ड जाउ र बेस्सरी रोउ ,साथमा साथ् देउ गाजा पनि तान ,तिम्रो पत्रकारिता र हृदय महान छ बेबकुफ ,
गरमागरम बहस! तपाईँको के विचार छ?
75
92
प्रबिण गुरुङलाई गाडीले जबर्जस्ति धक्का दिएर मारेर नक्कली ड्राइभर भुजेल ल्याएर अपराध लुकाउन गरेको करतुत कसले बिर्सेको होला? यसबेला थाई प्रहरीमा अच्युत खरेल जस्तो प्रहरीको नालायक हाकिम भैदिएको भए काण्ड अर्कै हुने थियो होला| जर्नेल विवेक शाहले किटेरै लेखेका छन् आफ्नो पुस्तक “मैले देखेको दरबार” मा नक्कली ड्राइभर ल्याएर पारसलाई बचाउने उपाय अच्युत खरेलको उपज हो भनेर|
प्रबिण गुरुङको आत्माले पारसलाइ मात्र होइन, उनलाई जोगाउने सबैलाई एकदिन न एकदिन पोल्छै पोल्छ| अहिले त् केवल चार ग्राम हिरोइन मात्र फेला परियो, भविष्यमा पनि पारसेले अरु के के उफर्माउलो मचाएर देशको शान बिदेशमा पनि राख्दै जानेछन| यस्ता डुकुलंठंनले बाउको सिंहासन चुर बनाए, नेपालीको मुखमा पनि कालो लाउँदै जानेछन्| मुख्य कुरो नेपाली जनताको पसिना चुसेर ज्ञानेले राखेको धन पारसले पानी सरह बगाउँदै आएको छन्, ज्ञाने पुजा र मन्दिरमा मस्त छन्| उल्टो गङ्गा बगे पनि राजतन्त्र फर्केर आउने छैन भन्ने कुरो बुझौं| राजगद्दी समाप्त भएको पुर्ब राजालाई हेर्न जनता आउँदैमा र दलहरुको आपसी कलह र स्वार्थीपनाले मात्र उल्टो गङ्गा बग्ने होइन| नेपालमा रातन्त्र धराशायी भएकोमा गिरिजा र माओवादीलाई मात्र श्रेय दिन उचित छैन| आफैमा मक्किएर धर्मराएको राजतन्त्रलाई गिरिजाले देशको भन्दा निजी स्वार्थमा र माओवादीले प्रभुको संचालनमा जोडले धक्का दिंदा आफै झरेको हो| केपी ओली त्यसबेला रत्नपार्कमा काजु बुकाउँदै थिए भने माधव नेपाल मोहोर राखेर ज्ञानेलाई प्रधान मन्त्रि जागिर बकस माग्न तयारी गर्दै थिए |
खास कुरो यही हो| प्रचंडेले अहिले आएर पारसको सट्टा प्रकाशलाई तयार गरिरहेको छ| हेर्दै जाउँ|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
122
33
साले यो निमेष भन्ने खाते को हो? पारस को गाजा कारोबार गर्ने दलाल हो जस्तो छ नि? तेही भएर उफ्री उफ्री कराउदै छ जता पनि पारस को पक्छामा. अब जे गर्नु थाई प्रहरी ले गर्छ, हामी येस्मा बोल्नु केहि जरुरि छैन. साले त्यो पारसलाई अलि महिना जेलमा कोच्नु पर्ने अनि बल्ल देख्थ्यो आफ्नो कर्तुत र नियम कानुन भन्ने कुरा. येसो भन्दा मा माओ बादी खाओ बादी भन्ने ठान्नु होला मित्र हरु. मा कुनै बादी होइन. just नेपाली.
गरमागरम बहस! तपाईँको के विचार छ?
60
70
मैले तिम्लाई साले धने भने भने त्यो ठिक हुन्छ ? आदर गर्न सिक आफु भन्दा बिपरित विचार राख्नेको पनि
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
4
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
14
56
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
26
73
हाहाहा यो मान्छेको चित्त दुखेर पित्त फुट्ने बेला भइसकेछ
बिचरा…आइन्दा राजा आऊ, देश बचाऊ भनेर नारा नलाउनू राजा आइबक्स्योस्, देश बचाइबक्स्योस् भन्नु र भन्न लाउनु
नत्र ब्लगरले यस्तै व्यङ्ग्य हानिरहनेछ
मन परे हरियो नपरे रातो !
48
21
खै के भन्नु हजुर ….राम्रो खबर सुन्न पाइने होइन नराम्रो सुन्ने बानी बसिसक्यो
मन परे हरियो नपरे रातो !
31
3
६ / ७ वर्ष जंगल मा बस्ने मुला छुचुन्द्रे हरु ले त के के खाई सके , देश नै बेची सके भने हाम्रा पारश को परिवारले त २३८ वर्षा पो राज गरे का हुन् नि / जाबो ४ ग्राम गाँजा मा येत्रो हल्ला ? जाँड रक्सि र अरु के के खाने को शंख्या नेपाल मा ९८ प्रतिशत होला ./…. ६ महिना को कुर्ची छोड्न येत्रो टेन्सन यिनी हरु ले बरु के के खए होलान छान बिन गर्नु पर्छा ???.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
109
15
त्यही २३८ वर्ष एउटा परिवारले मात्र राज गरेर यो देश एस्तो भाको मित्र, सोच I
‘६/७ बर्ष जंगलमा बस्ने मुला र छुचुन्द्रो हरु !! ‘, के तिनीहरु नेपाली हैनन् मित्र कि त्यो पारसे को सन्तान को मात्र हक छ सुख शुबिधा युक्त जिवानमा भन्न खोजेको?? हैन भने संकिर्ना मानसिकता OR RACIEST THOUGHT किन?? कि काठमान्डू मा जन्मने व्यक्ति मात्र सबै कुराको हकदार?? खै म पनि काठमाडौँ मै जन्मेको हुर्केको मान्छे हूँ, तर त्यो कर्णाली का गरिब सोझा वा त्यो जाजरकोट का नेपाली दाजुभाई सबै को हक उत्तिकै देख्छुत, नेता वा राजा परिवर्तन गर्ने हैन सोच परिवर्तन गर्ने बेला भैसक्यो ढिला नहोस….
कुनै एक परिवार वा व्यक्तिले मात्र बर्साउ सम्म राज गर्ने सपना नदेखे हुन्छ अब, चाहे त्यो प्रचन्ड होस् वा ज्ञानेन्द्र, चाहे त्यो कोइराला होस् वा माकुने, झाले वा कमले, शेरे I जसले यो खत्तम सिस्टम लै चिरेर आफ्नो वा कुनै एक व्यक्ति वा पार्टीको स्वार्थ भन्दा माथि उठेर प्रत्येक नेपाली र प्रत्येक जिल्ला गाउ शहर को बारेमा मात्र सोच रख्छा त्यो नेता वा नेपालीको खाचो छ, तर पुरै सिस्टम “२३८!!” वर्ष देखिका त्यहि पढेका सिकेका जानेर जान्ने पल्टेका म र तपाई अनि हामी जस्तै कर्मचारी सरकारी हाकिम अनि स्वार्थी छेमेकी राष्ट्र ले कुनै व्यक्ति लै खुरु खुरु सजिलै काम गर्न देलान?????????????????????????????
मन परे हरियो नपरे रातो !
15
13
मित्र, के तेसो भए अहिले कर्णाली को हुम्ला र जुम्ला क मान्छे हरु ले देश चलाए का छन् त? अनि अहिले के जनता हरु सुख र शान्ति मा छन् त? सबै ले काठमाडौँ मा घर र गाडी किने का छन् त? मित्र २३८ वर्षा र यो दश वर्षा को बीच जनता ले गर्ब गर्ने धेरै हैन मात्र दुइ वटा फरक देखाई दिनु होस् ! बेरोजगारी का कारण प्रतेक दिन १५०० भन्दा बढी युवा र हाम्रा चेली बेटी हरु खाडी मुलुक मा बेचिनु परे को घटना तपाईं लाई थाहा छ कि छैन ??? उधोग हरु धोस्त भए को कुरा कत्ति को बुझ्नु हुन्छ कुन्नि ??? येस्तई येस्तई कारण ले गर्दा यो बिते को यौ कहाली लाग्दो दस वर्षा भन्दा त तेही २३८ वर्षा को राजा हरु को शासन काल बढी प्रगतिशील र जना मुखी देखिन्छा .///
मन परे हरियो नपरे रातो !
6
0
कम से कम ज्ञानेन्द्रलाई “”राजा”" त भने “मेरो संसार” ले
तिललाई पहाड बनाउने हाम्रो चलन छ
नेपालमा जता ततै गाँजा फल्छ र सितैमा टिप्न पाइन्छ
आफ्नो आङ्गको भैसी न देख्ने आर्काको जुम्रा देख्ने भने झैँ यो कुरा मलाई लाग्यो
सुरज श्रेष्ठ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
72
12
कुकुर को पुच्छर १२ वर्ष ढुङ्ग्रो मा राख्दा त सिधा हुदैन . कुकुर को पुच्छर सिधा हुनु र पारस सुध्रिनु उस्तै हो . हामी सबै को पशुपतिनाथ ले कल्याण गरुन भन्ने माईला दाई को छोरो यो हालत मा कसले कल्याण गर्ने हो …… ?
मन परे हरियो नपरे रातो !
29
9
अब आँफै अनुमान गर्नुस बिरेन्द्रको हत्त्यारा को हुन् सक्छ ????????????????????
मन परे हरियो नपरे रातो !
34
44
राजसंस्था र पारसलाई संगै जोडेर हेर्नु भन्दा नेपालको बस्ताबिकतालाई बुझ्नु न्यायोचित आफैमा ठहरिन्छ ! ठग रुबेल चौधरीलाई एक फोनको भरमा नेपालबाट बंगलादेश भगाउने उही कोइराला बजे हुन् आज उनि बाबुरामलाई घोक्रायर त्यो कुर्सीमा र्याल चुहौदै छन् ! छान्दा खण्ड आफ्नो स्वास्नी हुँदा हुँदै अर्काको स्वास्नी भगाउने बहादुर पारस भन्दा कैन्यु बहादुर साबित भयकै हुन् यी बहादुर र चौधरी बहादुरको तुलनामा ३ ग्राम गाँजा ? यी त भय तपसिलका दुई कुरा बाँकि कुरा सर नेपाली जानकार छन् र त नेताहरुलाई थप्पड हान्दै राजाको सवारीमा फुलमाला चधौन्दै! ब्रोअद सेंसको चस्माले हेर्ने हो भने नेपाल सके सिक्किमीकरण नसके भुटानीकरण को दोसाँधमा अल्झियाको यो बरिबेश्लाई ३ ग्राम गाँजा संग कसरि दाज्ने! क्कुखुराले चल्ला काटेपछि केहि समय छोप्छ र न्यानो दिन्छ ! चल्ला ठुला भय पछी तितर बितर हुन्छ आफ्नै तरिकाले बाँच्छ माउ पछी लगेर हिन्दैना ! if paras does something bad he will pay the price not his father.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
66
3
गधालाई धोएर कहिलै गाई बन्दैन !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो नपरे रातो !
24
9
खै आफ्नो घरमा गधा पालेको छैन, भएनी पारा तेही हो महिनामा ३ दिन २ घण्टा पनि आउछ | जिन्दगीमा मेलम्ची आएछ र गधा पाइएछ भने धोएर भनुला है
मन परे हरियो नपरे रातो !
19
2
सत्य कुरो त के हो भने, राजा विरेन्द्र जिउँदै भएको भए नेपालबाट राजतन्त्र यति छिटै र सजिलै अन्त्य नै हुने थिएन, तर ज्ञानेन्द्र राजा भएपछि राजतन्त्रको दिनगन्ति सुरु भो। कुन लोभ , सनक र उक्साहाटमा माघ १९ को कदम लिए थाहा छैन तर त्यो कदम जनताबाट पुरै तिरस्कृत भयो र त्यसले राजतन्त्रकै अन्त्य गर्यो। अहिले धार्मिक भ्रमणमा हिंड्दा जन समर्थन पाए पनि राजतन्त्र पुनरागमन पुर्याउन चाहिने जति संख्यामा चाहीं जनसर्थन नभएको देखिन्छ। राजतन्त्र फेरी फर्किने कुरामा मलाई निकै शंका छ।
नेपाली समाजको मानसिकता अझै सम्म पनि युरोप अमेरिका जति त छैन नै , भारत चीन जति पनि छैन। ट्राफिक नियम पालना गर्नु पर्यो भनी बस ड्राइभरले हड्ताल गर्छन्, चीट चोर्न पाइएन भनेर विद्यार्थीले आन्दोलन गर्छन्, घुस खान नैसर्गिक अधिकार हो जस्तो गर्छन कर्मचारी। यस्तोमा अहिले practice गरिएको टाइपको प्रजातन्त्र वा लोकतन्त्रले देशलाई उँभो लगाउँदैन। नेपाली समाजलाई अहिलेको भन्दा अलि कडा ब्यवस्था नै चाहिन्छ जस्तो लाग्छ। तर त्यो राजतन्त्र फर्काएर हुन्छ जस्तो चाहीं लाग्दैन, राजतन्त्र फर्किने संभावना पनि निकै कम देख्छु म।
मन परे हरियो नपरे रातो !
36
6
ज्ञाने सर त खाली “येस् योर हाइनेस” भन्ने गुटको बिचमा रमाउने व्यक्ति हो| वहालाई हो मा हो मिलाउने बाहेक रचनात्मक आलोचनाहरु मन नपर्नु वहाको पतनको प्रमुख कारण हो| त्यसमाथि वहाको “बेस्ट फ्रेन्ड” नै शरद चन्द शाह, जो कि एक ताका नेपालको “पब्लिक एनेमी न. १” भन्दा फरक नपर्ला| जनताको भावना को कदर नगर्नु नै राजा र नेताहरुको पतनको कारण हुन जान्छ| खोइ अहिलेको नेता भनाउदाहरुले कुरा बुझेको?
आर्को कुरा हाम्रो मित्र पारस सर त गाजा र एक जना आइमाई को साथ् होटेलबाट गिरफ्तार भाको रैछ नि| पारस सरकार त गणतन्त्रबादीहरुको लागि भगवानले पठाएको अनुपम उपहार नै हो क्या| हिहिही|
http://www.bangkokpost.com/news/local/323403/police-arrest-former-nepal-crown-prince
पारस आऊ, देश बचाउ|||
हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ|
मन परे हरियो नपरे रातो !
10
7
नेपाली राजतन्त्रको पतन हुनु को पछाडी सब भन्दा ठुलो भूमिका वहाहरुले आफ्ना सन्तानहरुलाई उचित संस्कार दिन नसक्नु र नातागोताहरुलाई ठिक ठाउँमा राख्न नसक्नु नै हो जस्तो लाग्छ मलाई| पारस यसको एक उदाहरण मात्रै हो| बिरेन्द्र एक भलादमी राजा भए पनि ज्ञानेन्द्र र धिरेन्द्र लाठ्साबहरुको चर्तिकलाको बारेमा नेपाली जनता बाट केहि लुकेको छैन| यस्तै राजा महेन्द्रका भाइहरु पनि कम थिएनन| रानी एश्वर्यका भाइहरुको करामात त नमिता सुमिता काण्डका बारेमा थाहा हुनेलाइ केहि भनि राख्न नपर्ला| अधिकांश जनताले नपत्याए पनि दरबार हत्याकाण्ड गर्ने मेरो विचारमा दिपेन्द्र नै हो र उनलाई प्रदान गरिएको संस्कार नै नेपाली राजतन्त्रको कफनमा हानिएको अन्तिम किला हो| जय नेपाल|
मन परे हरियो नपरे रातो !
32
5
ज्ञानेन्द्र र प्रचण्ड बहादुर बाउ को, बहादुर छोरा हरु
मन परे हरियो नपरे रातो !
38
3
जाबो एक डोज त राखेको रहेछा | माफ गर्नु पर्ने थाई पुलिस ले |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
80
8
नेपाल को ३ करोड जनता हरु मा कम्ति मा आधा भन्दा बढी अभावग्रस्त जीवन जिउन बाध्य छन l यो हाम्रो कमजोरी अनि निर्दोष पना होकी हामी यस्तो घडी मा पनि ई नालायक हरु ले हामीलाई हाम्रो दुख को भवसागर बाट पार लगाउला भन्ने आशा छ l तर ई र यस्ता नेपाल मात्रै हैन बिश्व: हल्ल्लाउने दुखद समाचार हरुले हाम्रो मुटु निरन्तर छिया- छिया पारिरहंछ्न ll कुरा कति ग्राम गाँजा कहाँ र कहिले भन्दा पनि कुरा एस्तो देश को विषम अवस्था मा पनि जो बाट हाम्रो अन्तिम आशा थियो र छ (?) हरु ले हामी लाई हौसला र आँत दिनु को साटो हाम्रो गरिबी को नाम मा चुस्की लाउने अनि डिस्को र बार मा गएर तरुनी हरुसंग गंग्नम स्टाइल मा डान्स गर्दा हाम्रो नेपाली मन कति को रुन्छ – त्यो पनि राजा को छोरो भलै भूपू किन नहुन ll अब हाम्रो भिजेका आँखा ले कसलाई कुर्ने ? कसको बाटो हेर्ने ??
अनि, असिछित त निर्दोष हुन् गल्ति हुन्छ, सच्यौन पर्छ तर यहा एस्तो गम्भीर परिस्थिति प्रति गैर जिममेवर कम्मेन्ट गर्ने विद्वान हरुलाई खै के भन्नु ???? राम नाम सत्ते हो ll आफ्नो बारे मा मात्र कति सोच्छौ ?? एक दिन मर्ने पर्छ के हामी संग देश को बारे मा सहि कम्मेन्ट गर्ने फिटिक्कै फुर्सद छैन ??
मन परे हरियो नपरे रातो !
3
6
सन्तोष जी गम्भीर हुनु पर्दैन| सेन्स ओफ ह्युमर भन्ने चिज पनि होला नि तपाई संग | हो त्यहि use गर्नुस येस्मा |
मन परे हरियो नपरे रातो !
4
1
सेन्स अफ ह्युमर को परिभाषा थाहा छ राज जी तपाई लाई ? कुकुर ले टोक्यो भन्दै मा कुकुर लाई नै तोक्ने बनि त छैन मेरो त्यैपनि तपाई जस्तै लाई लक्छित गरेर नै भनेको मैले माथिको अंश हरु !!
मन परे हरियो नपरे रातो !
1
3
जेभयो राम्रो भयो क को राजा
योबराज हो नि चोर पो त खलक
मन परे हरियो नपरे रातो !
19
37
भूपू युवराजले नेपालमा गाजा को factory खोलेको भए पनि कसैले समात थिएन होला तर बुद्धि भ्रस्ट भए पछि कसको के लाग्छ र
मन परे हरियो नपरे रातो !
39
8
यो त नेव्स मा आएको मात्रै हो….सिवारात्रि मा पुरै नेपाल ले गाजा पिउछा…प्राय सबै केटा मान्छे पर स्त्री गमन गर्नु गर्व ठंचन…..आब यो कुन ठुलो कुरो भयो र…..यहाँ लेख्ने साथी हरु नै कति यी दुवै किर्यकलप मा सामेल हुनु होला
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
88
11
आफ्नो बिग्रेको छोरालाई सहि बाटो हिडाउन नसक्ने ज्ञानेन्द्र नेपाली को राजा! आफ्नो छोरालाई साहिबाटो ल्याउन नसक्नेले के देश मा राम्रो गर्ला ? पाजी पारश धेरै फस्नु पर्ने हो के गर्ने साथी थाइलेडं को पुलिस नेपालको भन्दा घुसखोरी छ!
मन परे हरियो नपरे रातो !
23
39
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
43
125
असिना प्रसादले भने जस्तो प्वाक्क मुखमा हान्नु जस्तो .. कुरा नगर लिम्बु भाई | १३००० कैले मारेछ मलाई त थाहा छैन त खै समाचार तिर नि सुनेको छैन त | तेत्रो घटना येसो हाम्ले नि थाहा पाउन पर्ने हो
मन परे हरियो नपरे रातो !
50
17
यो मान्छे ले कमेन्ट गर्दै छ जसलाई कसले के गरे को छ भन्ने नै ठ छैन.
भाई तिमि पनि भारत नेपाल को muslate जस्तै रहेछौ. किनकि एक चोटी नेपालगंज मा मुस्लिम हरु ले बिरोध गर्दै थियो तसलिमा नसरीन को किताब लज्जा को. तेती खेर तेह को C D O ले उसको नेता संग प्रश्न गर्यो त्यो किताब मा तेस्तो के लेखेको छ जसको तपाई हरु ले बिरोध गर्दै हुनुहुन्छ. उत्तर थियो त्यो त ठ छैन, तेसतै यो मान्छे ले पनि भनेको
मन परे हरियो नपरे रातो !
2
0
३.५ ग्राम गाजा रे ? कुन चाहिले तानेर फ्यालेको ठुटो ले पारस फस्यो जस्तो छ बिचरा…
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
150
8
पाना भरिको कमेन्ट लेखेर पढ्न नै अल्छी लाग्दो हुनु भन्दा छोटो कुरा.. प्रकाश दाहाल ले बाउको रास्ट्रपति बन्ने सपना अनि पारस ले बाउको धर्म को नाम मा गुहार्दै हिड्दै गरेको राजतन्त्र फर्काउने सपना मज्जा ले पोलेर खाइ दियका छन् स्याबास पारस अनि प्रकाश
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
94
7
Nimesh Paudyal seems to be in relation with paras ..everywhere i can see his comment defending him and gynendra ..wake up folks , we changed gyanendra because we dont like him and we never thought that parties will do ” DHOKA ” with us !
मन परे हरियो नपरे रातो !
17
32
सबैको कमेन्ट हेरियो पढियो कसैले कठै बरा भने भने कसैले बल्ल खाईस भने त्यो आ-आफ्नो ठाउमा छ बाहिय शत्रु मित्रु सबैको हुन्छ !
तर बाहिय शत्रु भन्दा आन्तरिक आफ्नो मनलाई काबुमा राख्न नसक्नु त्यो नराम्रो काम गर्न उक्साउने मन नै सबै भन्दा ठुलो शत्रु हो !
जससँग जीन्दगी जिउन्जेल्ल सम्म तपाई हामीले संघर्ष गरि राम्रो बिचारको मनले जिती रहनु पर्छ ,,हारेको दिन भनेको हाम्रो खुट्टा चिप्लेको हो जसले स्यानो ठुलो हानी अवश्य गर्दछ !
यो सबै कुकृत्यको जगको मालिक भनेको मूल जड नै आफै द्वारा प्रतिपादित हो जसको लागि संकलित गर्न धेरै समय लाग्छ अझै लाग्दै जाने छ रोकिने सम्भावना निकै कम देखिन्छ तापनि सुधार्ने मौका सबैलाई निकै मिल्छ ! आफुले उब्ज्याको नराम्रो कामले घर गाऊ शहर देश नै छाडे पनि हामीलाई निरन्तर पछ्याई रहन्छ ! जहाँ गए नि कर्म र कपाल संगै भन्या यहि हो ! जसले जे भने नि बुझेनी नबुझेनी ! जसले जस्तो कार्य कर्मको भण्डारले भकारी भरि रहेको हुन्छ अहिले नै यहि जुनीमा नै त्यसको प्रतिफल प्राप्त गर्दछ जो दुधको दुध पानीको पानी झैँ छर्लंग हुन आउछ ! यसर्थ नराम्रो बाटो डोर्याउने मनको अगाडी घुडा नतेक्नु नै सबै भन्दा ठुलो बहादुरी हो ! यदि दोधारमा पर्नु भो भने दुवै बाटोलाई केलाएर हेर्नुहोस ! नराम्रो बाटो स्पस्ट हुन्छ तापनि हामीले नजर अन्दाज गर्न खोज्छौ त्यो भन्या नराम्रो बाटो तिर हाम्रो मन हमेशा जान खोजि रहेको हुन्छ ! त्यसलाई नो भन्ने हुन्न भन्ने कदापी यो नहुने काम गर्दिन भन्ने अठोट गर्नुहोस यदि बिबाहित हुनुहुन्छ बालबच्चा ,बुढी, बुबा आमा अनि आफ्नो जिम्मेवारी सम्झिनु होस् , यदि अबिबाहित हुनुहुन्छ भने आमा बुबा भाई बहिनि अनि आफ्नो कर्तब्य सम्झिनुहोस अवश्य पनि नराम्रो बाटो जानु बाट आफुलाई धेरै हद सम्म बचाउन सक्नु हुनेछ ! मेरो आफ्नो सोचाइ शायद सबैलाई मेल नखान पनि सक्छ मेरो यो व्यक्तिगत धारणा मात्र हो ! यसरि अगाडी बढ्दा आफ्नो घर परिवार सुन्दर भई अनि सबैलाई एउटा स्वस्छ समाज अनि देश निर्माणमा टेवा दिने मौका मिल्छ कि ???
मन परे हरियो नपरे रातो !
38
0
गिरीजाले देश वेचेर खायो,वि,पीले नेपालबाट विमान अपहरण गरीयो माधव नेपालले खोला नाला सव वेचियो,प्रचण्डले दशौ हज़ार नेपाली कोटियों तर ठुलो कुर्ा भएन, जवो ४ गरम गाजाको यंत्रों कुर्ा यो नेपाली किन वुझन सकिनदैन। ज्ञनेनदरलाई नमस्कार गनॅ नरुचाउने तर रामवरण यादवलाई रुचाउने। यो देशमा न राजाको आवश्यक छ न राष्ट्रपतिको।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
136
19
बि पी ले अपहरण गर्यो र त राना शासन हट्यो नि बुद्धु !
मन परे हरियो नपरे रातो !
8
11
नेपालको कानुनले त छोएन, बिदेशको कानुन ले छुन्छ कि … अन्याय मा पनि नपरुन् … अपराधि ठहरिए उम्किन पनि नपाउन् … भिर बाट खस्न लागेको गोरुलाई … गुड लक नभनेर के भन्नु र…काँध हाल्ने कुरो भएन क्यारे … कठै …
मन परे हरियो नपरे रातो !
45
7
“राजा जाऊ, छोरा बचाऊ !” के राम्रो शिर्षक !! लुना जुना कमल हरुले लगाउने नारा यहि हो अब ल !पार्टीहरुले राम्रो काम गर्न नसके नि तिनीहरु जस्तो नराम्रो त गर्दैनन् नै !!!नेपालमा नपाएको सजाय थाइलेडं ले दिने भो धन्यवाद थाइलेडं प्रहरी नछोड है /
मन परे हरियो नपरे रातो !
41
37
२ ,४ महिना भाको थियो यिनको नाम मेडिया मा न आयको फेरी अर्को कमाल गरेछन .. नेपाल मा हुने खाने को छोरा हरु सबै उही ड्यांग का मुला हुन् . पारस Vs प्रकाश दाहाल .. को भन्दा को कम
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
81
10
मानिसले हरेश र चरेश खानु हुन्न भनेर भनिन्थियो/ खोइ के के समाचार सुन्न पाइन्छ अचेल. कति देशमा त लागु पदार्थ खानेलाई फासी दिन्छन / अब पारसले चाही सबै परिवार छोडेर अर्को केटि संग घुम्दै गाजा खादै अर्काको देशमा ट्यापे बनेर कानुनको जन्जालमा किन फसेर बसेको होला त? नेपालीहरुलाई पनि मर्का पर्ने गरि थाईलेन्दमा गाजा खाएर जेलमा ओ परेछन त पारस त ./ लौ बधाई छ भन्नु त पर्ला नि अब के भन्ने?
मन परे हरियो नपरे रातो !
16
4
राजा जाऊ पारस लाई बचाऊ भन्ने नारा कसले बनायो ? यो नारा जसले बनायो उसै ले आफ्नो घर खेत सबै बेचेर बैंकक मा गएर पारस लाई माफी को अपील गरे हुन्छ / हामी लाई केहि आपति छैन / बरु कमल थापा लाई पनि गुहार्नुस /
जानी जानी गल्ति गर्ने लाई माफी को लागि अपील गर्नु आफ्नो देश को बेइजत होइन र ?
मन परे हरियो नपरे रातो !
26
14
निश्चय नै यो दुखद कुरा हो . सक्छन् सुधरिउन् , सक्दैन् भने बरु उतै मरुन् .
तर यस्ता समाचार सुन्न नपरोस् .
रह्यो राजतन्त्रको कुरा , राजा जिउदै छन् , राजाको नाति जिउदै छन् .
हाम्रै नेताहरुको ब्यबहारले गर्दा राजतन्त्र सम्झिनु पर्या हो . राजाले गद्दी छाडे पछी
मुलुक उँभो लाग्दै जाँदो हो त कसको हिक्मत हुदो हो राजतन्त्र ल्याउ देशको अस्मिता बचाउ भन्नलाई .
नेताहरुको असली रुप छर्लंग हुदा हुँदै अब कुन मनले तिनको समर्थन गर्ने ?
कुरा नेताहरुको समर्थन बिरोध भन्दा पनि नेपालको राजनीतिक सामाजिक आर्थिक
अबस्था सब डामाडोल भो ! बर्बाद भई’राछ . हेर्नुस नेपालको राजनीति अबस्था ?
कसरी हल्लाउछ भारतले नेपालको राजनीतिलाई ? यो हदसम्मको हस्तछेप पैला
त भा’को थेन यसरी !!! यो सब देख्दा देख्दै पनि ??? नेपाल भारतको दोस्रो भुटान भा’को चुपचाप सहेर बस्ने ? सार्बभौम स्बतन्त्र देश हो नेपाल , यस्तो देशको नागरिकले यो सब चुपचाप सहन सक्छ ???
नेपालको आर्थिक बजार हेर्नुस ! पसल पसलमा कस्तो समान बिक्रीमा राखिन्छ ?
सब खासा हंकन भारत तिर बाट ल्याईएको सामान सजिएको छ . हाम्रै नेपाली
छेमता सीपमा बनेका सामान सजिएका पसल एकाध मात्रै छन् ( अति थोरै )
जो स- साना ब्यापार पनि गर्ने साहस राख्दैनन् ( सक्तैनन् ) ति बिदेशी भूमिमा
श्रम शिप बेचिरहेका छन् — अनि तिनका स्वास्नी उता लोग्ने यता / लोग्ने उता
स्वास्नी यता — त्यस पछी देखिएको समस्या — ( सबैले समस्या नभोगे पनि धेरैको परिबारको बिजोग भा’कै छ ) त्यस पछी सन्तानको भबिस्यको कुरा — आमा बा को दुर्गतिले भोग्नु परेको सन्तानको पिडा — तिनको भबिष्य — आर्थिक
असफलताको कारणले सामाजिक स्वरूप डामाडोल भई’रा छ —–
उता नेताहरुको कुरा चै ? हिजो साधारण रुपमा देखिएका हरुको आज कायापलट
भा’को छ — तिनका नातेदार / आसेपासेहरुको पनि कायापलट भा’को छ —
अनि देश ? देश त उँधो लाग्या छ राजनीतिक आर्थिक सामाजिक सबै छेत्रमा .
कुन मनले यो पार्टी र त्यो पार्टी जिन्दाबाद / फलानो नेता ढिस्कानो नेता जिन्दाबाद भनु ?
अझै पनि ढिला भा’को छैन . मुलुक उँभो लगाउन सकिन्छ , मुलुकको अस्मिता जोगाउन यदि यहा सच्चा देश भक्तहरुले हातेमालो गर्ने हो भने .
दुखे पछी औषधि उपचार खोज्छ मान्छेले .
सबैलाई देश दुखोस बेस्मरि .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
131
38
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
51
114
लुनाजीको राजभक्तिलाइ खोइ म के भनुँ ! राजतन्त्र भनेको सामन्तवादको पृष्ठपोषक हो र हाम्रो समाजले सामन्तवादको जन्जिर ८०% चुन्डालिसकेको छ र यो पुन्जिवादतिर उन्मुख छ| समाज बिकासको सिद्वान्त र हाम्रै समाजको आर्थिक सम्बन्धहरुले गर्दा राजतन्त्र बाधक सिद्व हुन्छ| संसारको कुनै ठाउँमा राजतन्त्र राम्ररि चलेको छ भनेर त्यसलाई नजिर बनाउन मिल्दैन| हाम्रो राजतन्त्र अफाप सिद्व भएर नै त मिल्किएको होला| अनि अर्को कुरो- ज्ञानेन्द्र आउँदा एक्लै आउँदैन, पारस, कमल थापा, जगत गौचन र शरदचन्द्र प्रभितिहरु हुल बाँधेर आउंछन र देशको बाँकी रहेको सम्पतिमा बह्र्मलुट मच्चाउन्छन| यो कुरा घाम झैं छर्लंग हुँदाहुँदै लुनाजिहरु राजतन्त्रको किन वकालत गरिराखेका छन्? जन-राजनीति गर्नेहरु नै कालान्तरमा देशको लागि सहायक सिद्व हुन्छ| २१ औं शताब्दीमा पनि शासकलाई देवत्वकरण गरि उसको छत्रछायामा बस्न खोज्नु कस्तो दरिद्र मानसिकता हो? गालि गर्दै, थप्पड हान्दै भएपनि अहिलेका नेतालाई नै झेल्ने हो र हुर्काउने हो| राजनीतिको थिति बसेपछि सबै ठिक हुनेछ ! टेन्सन नहीं लेनेका !!!
गरमागरम बहस! तपाईँको के विचार छ?
40
61
Lama sir I don’t think monarchy is totally useless in Nepal. There are still hopes from monarchy. What are the outcomes of republican system after the abolish of monarchy? rampant corruption and instability. All leaderz are nuts. In monarchy,there was a single person but you can see now,a long line,which is ready to suck the nation. the never ending process.
मन परे हरियो नपरे रातो !
44
12
टंकजी! राजनीतिक परिवर्तनहरु सुगम तरिकाले आउँदैन| संक्रमण अवस्थामा अनेकौं बिकृतिहरुबाट गुज्रिनु पर्छ| संक्रमणको अवधि तात्कालिन नेताहरुमा भर पर्ने कुरा हुन्| नेपाल अपवाद नभएर संसार भरि नै यो लागु भएको छ र यहाँ अमेरिकामा पनि बराक ओबामा परिवर्तनको संवाहक भएर निस्केका छन, तर उनलाई अनुदारवादिहरुले खोंचे थापेर काम गर्न दिईरहेको छैन| बिस्वभरी नै चलिरहने अग्रगामी र पश्चगामीको लडाइंमा अन्तोत्वगत्व समयसंग हिँडनेहरुकै जित हुन्छ|| समाज बिकासको सिद्वान्तले यहि भन्छ|
मन परे हरियो नपरे रातो !
4
22
साले यो ट्यापेलाई खाली खुट्टा बिहान बिहान सडक बढार्न लगाउनु पर्ने !!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
105
41
हैन अब अमेरिका मा त बैध भैसकेको गाँजा थाइलेडं जस्तो पर्यटकीय देश मा चाहिँ अबैध नै रैछ! पारसलाई कारबाही गर्नु भन्दा बरु त्यो गाँजा बैध गर्नु पर्छ भनेर एकचोटी आन्दोलन चर्काउनु पर्छ कि क्या हो ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
159
25
कमेन्ट लेख्न पायो भन्दैमा हसायेरै मार्न त पाइदैन नि हौ. हस्दैमा पेट नै दुख्यो.नेपाल मा जस्तो आन्दोलन बाटै सबै समस्या समाधान हुन्न होला.जे होस् तपाइको तर्क रमाइलो अनि ब्यङ्ग पूर्ण लाग्यो
मन परे हरियो नपरे रातो !
11
2
सालोक्य ब्रो तिमि जाउ पारस लाई बचाउन ,
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
66
25
के बचाउन जाने भनेको? के मृत्युदण्ड हुन्छ भन्ठान्नु हुन्छ कि क्या हो ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
57
8
नेपालको जेल हो र – तस्कर, ज्यानमारा, बलात्कारी , अपहरनकारी पनि बलबुता को भरमा ससम्मान छुट्नलाई ? जे पनि हुन सक्छ । कम्ती मा १ बर्ष जाक्दिये भने नेपालीहरु लाई LAW and order भनेको कस्तो हुँदो रहेछ भन्ने था हुन्छ ।
मन परे हरियो नपरे रातो !
25
8
के खालको लेख हो? अपराध गर्नेलाइ सजायको माग गर्नु त कता कता माफीको लागि पहल रे ।।।
मन परे हरियो नपरे रातो !
50
14
कमल थापा अझ पनि भन्लान है—– पारस आऊ देश बचाऊ…….
हिन्दु राज्य—जय सम्भु !!!!!!!!!!
मन परे हरियो नपरे रातो !
39
32
गाँजा हाम्रो धर्म मा तेती नै पबित्र मनिन्छ जति wine कुइरे हरु को धर्म मा ! खास मा अब नेपाल मा पनि फेरि गाँजा लाई बैध गराउनु पर्छ ! पहिला बैध नै थियो र बिस्व भर बाट हिप्पी पर्यटक हरुको लहर लाग्थ्यो ! पछि सायद पश्चिमेली देश को पहल मा अबैध गरिएको हो ! बैज्ञानिक हरु को पनि सहमत छ कि गाँजा भन्दा चुरोट बढी हानिकारक हो, रक्सि त झन प्राणघातक !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
84
17
चुरोटमा २ डोज चिलिममा १ डोज रैछ , १० ग्राम त मेरै खल्तीमा होला , के को बिचरा अम्मली लाई दुख देका!! बाउको बिडो थाप्ने छोरो , ज्ञानेन्द्र पनि त फेरी कुन चै दुधले नुहाको परो र , देस भरि का मुर्ति र दाईलाइ पत्तासाफ , छोरो गजेडी , गद्दी चोर नेता ले लुटे! हैन नेपालमा ठिक चै को छ ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
118
23
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
54
89
मेरो दाई छैन हजुर , तपाई बने स्वागत छ , रह्यो कुरो कमेन्ट को , त्यो सलोक्याजी लाई जिम्मा दिउ ब्लक garnalaai ! प्रमाण त नस्ट गरेर मारेको घर नै भत्काए पछी कहाँ बाट ल्याउनु ,सार र तत्व बुझ्नु paryo sir , प्रमाण त न भगवान भाको छ न त सैतान , कुरो विश्वास र संकाको हो , घाम जस्तै छर्लंग कुरा लाइ फेरी प्रमाण नै किन चाहियो र
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
85
25
हुन् त तपाइले प्रविन गुरुंगलाई पनि पारसले मारी बक्सेको होइन भनि सेला प्रमाण जो छैन !!खित खित
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
82
18
मुर्ति को थाहा नभएपनि एउटा कुरा चाही क हो भने ज्ञानेन्द्र जी बिरेन्द्र राजा हुदा Mahendra Conservation Trust को प्रेसिडेन्ट हुनुहुन्थ्यो. तेती बेला त्यहाँ को बाघ र गैडा मासिएर संख्या एकदमै कम भएको थियो. तेती बेला नै गैडा को खाग र बाघ को छाला बेचेको भएर त अहिले पारस जी dope तान्दै chill गरिरचन. मुर्ति चाही अलि थाहा भएन तर हुनसक्छ किनभने मुर्ति तस्कर गर्नु भनेको चानचुने कुरा होइन तेस्को लागि ठुलै पावर चाहिन्छ. एक त आफ्नै देश बाट निकाल्न गारो अनि अर्को देश मा पनि गैरकानुनी. ज्ञानेन्द्र नभई तेस्तो काम अरु कसले आतना सक्छ.
मन परे हरियो नपरे रातो !
14
9
ज्ञानेन्द्र को चाहना र भारत को आइडिया….यी नै हुन् बिरेन्द्र को हत्या पछाडी का तत्व ! हैन कुन जमाना मा हुनुहुन्छा ?
मन परे हरियो नपरे रातो !
8
8
ज्ञानेन्द्र ले देश लुटेको fix नभए नि नेता ले देश लुटेको सहि नै हो. हाम्रा नेता चै कुन दुध ले नुहाएका छन् र ? त्यसैले नेता भन्दा त अब राजा नै ठिक जस्तो छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
70
12
छि छि ! हाम्रा सन्तति ले नसरापलान र हामीलाई ? के छोड्नेछौ हामीले उनीहरुको लागि ? एउटा रुढिबादी प्रतिगमनकारी राज्य ?
मन परे हरियो नपरे रातो !
3
5
यहि त हो राजा र नेताको फरक भनेको/राजाले लुटे पनि चोरे पनि जे गरे पनि हामी जनताले न बोल्न पाउछौ न लेख्न पाउछौ न केहि गर्न सक्छौं तर नेताले गरेको कामको मजाले बिरोध गर्न पाइन्छ नि र आफ्नो मतको सदुपयोग गरेर तिन चित लडाउन पनि त पाइन्छ नि साथी हो
मन परे हरियो नपरे रातो !
5
2
whatever smoking is injurious to health ..and ” ganja ” is very fatal to life..many country have very tuff rule against it sir!
मन परे हरियो नपरे रातो !
4
14
पारस शाह अब नेपाली नागरिक मात्र हुन् – नेपालमा त उनलाई जे गर्दा पनि छुटकारा मिल्दै गयो l यो घटनाले उनले केहि सिक्न सके,भबिस्यमा उनकै परिवार को हीत हुन्थ्यो l
जहासम्म नेपालीको इज्जतको कुरो छ, तेस्को हुर्मत लिन कसैले पनि बाकी राखेका छैनन् -चाहे नेता हुन्,कलाकार हुन्,खेलाडी हुन् ,आफुलाई निकै ठुलो नागरिक सम्झिनेहरु हुन् सबैलेनै l जहासम्मन बाबुले सहयोग गर्नु पर्छ भन्नेकुरा छ ,ज्ञानेन्द्र ले पनि छोराले एक दनक चाही भेटोस भन्ने चाहेको हुनसक्छ l
मन परे हरियो नपरे रातो !
36
1
फेरी तेही कालो पदार्थ
वाह पारे वाह ..
अर्को प्रसङ्ग :
” त्यस्तो कठिन परिस्थितिमा पनि राजावादी पार्टी राप्रपा नेपालले १ लाख १० हजार ५१९ भोट ल्याएर समानुपातिकमा चार सिट जितेको थियो।”
कतिलाई अलि हजम नहोला एउटा कुरा चाही के ग्यारेन्टी गर्न सकिन्छ भने अबको चुनाबमा राप्रपा नेपालले प्रतक्षयमा एउटा सिट पनि जित्दैन तर कम्तिमा पनि यसको डबल भोट पक्का ल्याउछ … कटु एथार्थ … हेर्दै जानु होला …
मन परे हरियो नपरे रातो !
22
23
जाबो ३.५ ग्राम त्यो नि गाँजा !!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
57
9
गाँजा संग पक्राउ पर्नु नराम्रो हो तर हामी सबै विदेश मा छौ र विदेश भोगेको छौ. विदेशमा नेपालीले कहिक्ले कहिँ गाँजा खानु सामान्य हो तर ३.५ ग्राम को लागि पक्राउ पर्नु सामान्य कुरो होइन. थाई प्रहरी नेपाली भारती प्रहरी जस्ती भ्रस्ट छ …पैसा असुल्न पक्राउ गर्य जस्तो देखिन्छ …. यसको मतलब मा पारस को पक्ष्य मा होइन आफ्नो विचार मात्र पोखेको …
मन परे हरियो नपरे रातो !
38
6
ठिकै भन्नु भो , थाई प्रहरी नेपाली प्रहरी भन्दा धेरै तर भारतीय प्रहरी भन्दा अलिकति कम भ्रस्ट छन् .. थाई प्रहरी र थाई कारागार त संसारमा एकदमै बदनाम मानिन्छन … पैसा दिएर पारेले सबै कुरा सेटल गर्न सक्छन , आखिरी त्यहाँ पनि पैसा बोल्छ ..
मन परे हरियो नपरे रातो !
26
2
तेही भन्या, फेरि पारस लाई पनि गाँजा खान थाईल्याण्ड नै जानु पर्ने ! तेही नागार्जुन जंगलमा जति भने नि पाइन्छ नि !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
72
2
राजतन्त्र फर्कियोनै भने पनी पारसे चैं नफर्किने पक्का भयो !!!!
मन परे हरियो नपरे रातो !
40
13
नाम मात्रै पारस ! काम त गजेंडी वाला गर्यो यार !पहिला महिला लाई बलात्कार को पनि आरोप लाग्य थियो , अरु पनि थुप्रै अपराधी कार्य गर्यो येसले ! भगवान गरोस येसलाई लामो सजाय होस् !
जय नेपाल
मन परे हरियो नपरे रातो !
33
23
हैन अमित जी, जे भन्दे नि हुने हो र? तपाई कै छबिलाल दाजु का छोरा प्रकाश ले चाहिँ के-के गरेनन ! द्वन्द काल मा छबिलाल दाजु ले तेस्तो गर्ने लाई बाँकी छोड्थे होला त ?
गरमागरम बहस! तपाईँको के विचार छ?
45
36
को छबिलाल ???
मन परे हरियो नपरे रातो !
21
9
र म अहिले को कुनै पार्टी को समर्थक हैन ! र मलाई राजतन्त्र नि चाहिया छैन ! भुल चुक ले मलाई माओबादी समर्थक न ठान्नु होला !! माथि को विचार मेरो पर्सनल सोच हो !
मन परे हरियो नपरे रातो !
32
3
हाम्रो सलोक्याजी लाइ पनि पारस प्रति कति दया लागेको हो ! आखिर नानीदेखि लागेको बानी जहाँ रहेपनि किन बिर्सिउन | अब पारसलाई बचाउने अभिभारा कमल थापा र उनका समर्थक लाइ समेत गुहारेर विभिन्न मागका मध्ये एउटा माग पारसलाई बचाउन नेपाल सरकारले थाई सरकारलाई अनुरोध पठाई देओस भन्ने माग पनि थप्दा कमलथापा र उनका समर्थक प्रति ज्ञानेन्द्रको बिस्वाश अझ बढ्ने थियोकी ?
मन परे हरियो नपरे रातो !
12
29
होइन हजुर, बरु प्रचण्ड लाई चाहिँ १५००० मारेको केस मा हेग अदालत मा उभ्याएर फासी दिदा पुरै बिस्व का जनता मा कानुन प्रति विश्वास बढ्ने थियो !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
77
23
हैन यो निमेष भन्ने को भुसतिघ्रे हो ?? खाली प्रचण्ड को मात्र कुरा ल्याएर जोड्छ त;
नेपाली समाज, राजनीति, अनि इतिहास पनि केहि थाहा छ कि खाली मान्छे मरे मान्छे मरे भनेर कराउने मात्र हो? critical हुनु राम्रो हो, तर cynical हुनु दरिद्र मानसिकता को उपज मात्र हो .
मन परे हरियो नपरे रातो !
12
19
बिनाश काले बिपरेत बुद्धि
गरिब नेपाली जनता लाई बेवास्ता गरेको ज्ञानेको पाप कराउदै छ
मन परे हरियो नपरे रातो !
26
35
अनि तपाई को प्रचण्ड को पाप चाहिँ कहिले कराउने हो ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
79
15
….माइला दाइको छोरो पारस कहिले नि सुध्रिने भयन बा …अब अमेरिका पठाय हुन्छ तेता गाजा ओबामा ले (फोकट मा त होइन किनेर ) खुलम खुल्ला टन्न तान्न पाउने बनाउदै छन् ..थाइलेडं मा होइन …कि पशुपति पठाऊ ……नांगे बाबा हरु लाई साथी ….
मन परे हरियो नपरे रातो !
34
10
नागार्जुन को जंगल मा जति भने नि पाइन्छ त्यो पनि सित्तैमा !
मन परे हरियो नपरे रातो !
21
7
त्यही जंगलमा गाँजाको पात खोज्दै टिप्दै पारससँगै टन्न तानेर मस्त हुने गर्या थ्यौ कि के हो ? त्यही भएर गुण तिरेको ?
मन परे हरियो नपरे रातो !
15
7
उसैले रोपेको होला
मन परे हरियो नपरे रातो !
12
4
उसको घरमा भेटे पछी उसको नभए पनि राख्नु पनि अपराध हो | त्यो मुलालाई उतै खोरमा राखेनी हुने..घर परिवार छोडेर लाजै बिना अर्को केटि संग बस्नेलाई.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
48
8
“घर परिवार छोडेर लाजै बिना अर्को केटि संग बस्नेलाई.”
-> हैन तपाईलाई कसले भन्छ हँ येस्तो कुरा? हामीलाई पनि श्रोत भन्नुस न ! कहिले कहिँ जोक सम्झिएर हास्नु हुन्छ.
मन परे हरियो नपरे रातो !
18
40
अनि १५ हजार मारेको चैँ तपाईँ आफ्नै आँखाले देख्या हो त ? हामीलाई पनि स्रोत भन्नुस्
मन परे हरियो नपरे रातो !
28
29
very bad news ,crinimal should be penalize whatever he is !
मन परे हरियो नपरे रातो !
18
10
नेपाली राजतन्त्र बेयिज़त डट कम |
मन परे हरियो नपरे रातो !
32
13