
यो गजबको कला कात्तिक पूर्णिमाको अवसरमा असनको अन्नपूर्ण मन्दिरअघिल्तिर बनाइएको हो। यो गजबको कलामा प्रयोग भएका अन्नहरु के-के हुन् त ? हेर्नुस् भित्र।

पहेँलो देखिएको चिज गहुँ हो। सेतो मकै हो भने कालो र खैरो गरी दुई रङ्गमा भटमास प्रयोग भएका छन्। सजावटका लागि फलफूल र मिठाइको पनि त्यहाँ प्रयोग भएको छ। बकुलाः, चना, केराउ, मुला आदि पनि प्रयोग गर्ने चलन छ।

नेपालको झण्डाको प्रतिक तीन कुनेको आकार भटमासले बनाइएको हो। सेतो चिज मकै र लावाः हो भने चन्द्र र सूर्यको प्रतीक मिठाइ हो।
कलशको प्रतीकको रुपमा बनाइएको आकृतिको बीचमा राखिएका चिज पान हो।
कात्तिक पूर्णिमालाई उपत्यकाका रैथाने नेवार समुदायले सकिमिला पुन्हिका रुपमा मनाउँछन्। यो पर्वमा टोल-टोलमा अन्न (हलिमलि) प्रदर्शन गर्ने चलन छ। प्रदर्शनपछि यसलाई प्रसादका रुपमा बाँडिन्छ।
यी फोटो मोबाइलले खिचेको भएर खासै राम्रो नदेखिएको हुनसक्छ। तर साँच्चिकै प्रत्यक्ष हेर्दा भने गज्जबको देखिएको थियो।
यो त भयो असनको अन्नपूर्ण मन्दिरअगाडिको फोटो। अरु ठाउँमा कस्ता थिए त ? फेसबुकमा अपलोड गरिएका केही फोटोलाई नेपालजात्राले संकलन गरेको छ। शर्मिला मुलेपति राजभण्डारीको सौजन्यमा प्राप्त केही फोटो-

यो भक्तपुरको न्यातपोल मन्दिरअगाडिको टौमढीमा प्रदर्शन गरिएको कला।

यसमा मुसा किन बनाइएको होला जस्तो लाग्यो होला तपाईँलाई। खासमा विष्णु, गणेश वा कलश बनाउने चलन हो। गणेश बनाउन गाह्रो भएर गणेशको वाहन बनाइदिएका हुनसक्छन्। हिजोकै दिनदेखि महिना दिन लामो कात्तिसेवा भन्दै स्वयम्भू र चोभारमा जाने क्रम सम्पन्न हुन्छ।











i am proud of being nepali!!!
मन परे हरियो नपरे रातो !
0
0
आहा कति राम्रो संकृति र कला ! यस्तो राम्रो संस्कृति लाइ ‘काठमान्डू’ बाहिर किन प्रचार नगरिएको होला !!!
- जो काम पहिलेका ‘शिछ्या विद र संस्कृति को वकालत’ गर्ने हरुले गर्नु पर्ने हो, जो काठमाडौँ मा ‘घर’ जोड्ने काम र भट्टी पस्ने काम मा ब्यस्त भएर पो होला कि नगरेको !
मन परे हरियो नपरे रातो !
1
0
वाह ! कला होस् त् यस्तो -तारिफयोग्य ….
मन परे हरियो नपरे रातो !
14
2
धेरै राम्रो कला , पहिले कहिले notice नगरेको ! Thanks to mysansar for sharing with us !
मन परे हरियो नपरे रातो !
27
2
मेरो देश मेरो गौरव . बिरोध मा बोल्ने हरु दुवा तिर्की र मुखमा हान्नु जस्ता हरु.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
45
4
हाम्रो संस्कृति हाम्रो सम्पदा
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
67
0
This is why I am so proud to be a Nepali.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
47
4
हाम्रो समुदायमा अनेक किसिमका चाडपर्ब मनाईन्छ त्यो आफैमा गौरबको कुरा हो | यो अन्न कला पनि हेर्न पाइयो एकदम राम्रो लग्यो |
मन परे हरियो नपरे रातो !
32
1
४ थरि मात्र होइन , मुख्य कुरो को नाम नै छुटेछ . त्यो हो – लावा ! यस बाहेक मिथाइहरु र फ्ल्मूल का विभिन्न नामको फेहरिस्त छुट्टै छन् .
महवपूर्ण कुरो ,यस कला को नाम नै दिएनन नि . यसको नाम हो – ” हलिमली ब्वयेगु ”
यसको मूल शब्द हुन् – ‘ हव्य मण्डप ‘ अर्थात् होम गर्न योग्य अन्न र ब्रीही को मण्डप !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
126
4
माथिको तस्वीरमा देखिएको सेतो खाद्यलाइ मकै भनि बताइएको गलत हो. किनकी
खास प्रकारको धानलाई भुटेर तय्यार हुने कुरा यही ‘ लावा ‘ हुन् जसबाट माला पनि उनिन्छ .
मन परे हरियो नपरे रातो !
4
0
सेतो खाद्य लावा मात्र हैन, मकै पनि थिए त्यहाँ । तपाईँले नदेखी नजानी लेख्नुभयो । म आफै त्यहाँ उपस्थित थिएँ । मैले त्यहाँ मकै पनि देखेको थिएँ । त्यसैले तपाईँ पनि गलत हुनुहुन्छ । मकै र लावा दुवै थिए त्यहाँ ।
मन परे हरियो नपरे रातो !
2
0
हाम्रो Nepal को Culture नै हाम्रो गौरव हो.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
73
6