मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

जन्म, जननी र जन्मस्थल

-मनोज गजुरेल-

मेरो जन्मस्थल ‘भँडारीबारी’ हो। ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,
मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)
पर्दैन, किनभने ‘मामाङ्खे’ एउटा दुर्गम गाबिस हो। सदरमुकाम फुङ्लिङ्
बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले
दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं
बिकट गाउँहरुको प्रतिनिधि गाउँ पनि भएकोले मोटरबाटोले छुन अझै दशकौं
कुर्नुपर्छ होला ! आशा छ, यो लेख आफ्नो जन्मस्थल देशका दुर्गम गाउँमा
भएका लाखौं पाठकहरुको प्रतिनिधि ‘सत्यकथा’ हुनेछ।

Manoj Gajurel
‘अञ्जुली थापी, मुलको पानी, गाउँले पारामा (मेटेको तिर्खा बिर्सिएको छैन तिर्तिरे धारामा’ – पेदाङ गाउँको पहरामा पानी पिउंदै काका शेखर।

अफ्रिकाबाहेक नेपाली पुगेका सबै महादेश टेक्ने अवसर पाइयो। अवसरले नै
दुई दर्जनभन्दा बढि राष्ट्रहरुको यात्रा गरायो। संसारका सयौं शहर शयर
गर्ने साइत जुर्‍यो। असंख्य पर्यटनस्थल अवलोकनको मौका मिल्यो। जीवनका
सामान्य आवस्यकता पूरा भएकै थिए। तर भित्री हृदयमा एउटा अतृप्त इच्छा
सलबलाई रहेको थियो– आफूले पहिलो पाइला टेकेको जन्मस्थललाई स्पर्श गर्ने!
त्यो इच्छा पनि पनि यसपटक पूरा भएको छ। यस उपलक्षमा मेरो जन्मस्थल
‘भँडारीबारी’मा तपाईंहरुलाई पनि ह्रदय खोलेर स्वागत गर्न चाहन्छु।

०३० साल बैसाखमा जन्मिएको म। कार्तिक ठूली एकादशीको दिन काका र बुबालाई
सदाकालागि बिदा गरियो। ०३१ सालमा मावली गाउँ खेवाङ्तिर बसाईं जन्मभुमी
टेक्ने मौका मिलेको थिएन। तर ३८ बर्षपछि आज त्यो महान् माटोमा पाईला
राख्दैछु। माटोको मायाको यो गाथाले तपाईंलाई पनि तान्नेछ भन्ने अपेक्षा
गर्दछु।
Manoj Gajurel
‘कावेलीमाथि पुरानो साँघु कसले पो फेर्दिएला, मक्कियो खाँबो सकियो आयु खै कस्ले हेर्दिएला’ – तेल्लोक र पेदाङ् गाबिस जोड्न कावेली साँघु।

दशैंको पूर्व सन्ध्या । काठमाण्डौबाट भद्रपुर-इलाम-फिदिमहुँदै
‘भँडारीबारी’सम्मको यात्रा स्मरण हो यो । मावलीगाउँ ‘खेवाङ्’बाट बिहानको
तिनबजे काका शेखर र मावलीभाइ बद्रिसहित् जन्मगाउँको यात्रा शुरु हुन्छ ।
जंगलको बाटो, राँकोको प्रकास, तुसारोको चिप्लो– चिप्लिएर घुँडा र
ढुँगाको युद्ध कतिपटक भयो, गनिसाध्ये छैन । भोक र तिर्खाको पिंडा
भनिसाध्ये छैन । तर जन्मथलोको तरङ्ग यति चुम्बकिय हुँदोरहेछ कि कठिनभन्दा
कठिन परिस्थितिमा पनि पाईलाहरु आफ्नै लयमा चल्दा रहेछन् ।

कैले ठाडै उकालो त कैले ठाडै ओह्रालोको यो सातघण्टेयात्रा कल्पनाको सागरमा पौडिदै
सम्पन्न भएको पत्तै भएन । जब पाईला तुसारोमा चिप्लिन्थे, तब मेरी आमाका
आँशुको याद आउँथ्यो । तिसबर्षको उमेरमा पतीवियोगपछि ७ जना भल्ट्याङ्
भुल्टुङ् च्यापेर माइतीघर फर्किएकी आमाका आँशु यही बाटोमा कति झरे
होलान्, भावुक हुन्छु ! मिर्मिरेमा अलैंची टिप्नेहरुको सऱ्याक सुरुकको
आवाजलाई पिताजीको ‘आत्मा’ पसिना बगाईको ठान्थें, र भ्रमित हुन्थें ! यस्तै
भ्रमहरुसंग भौतारिंदै मिर्मिरे हुँदा हामी कावेली नदीमा पुग्छौं, जुन
नदिमा मेरा आधा दर्जन पुर्खाका अस्तुहरु पनि बगेका छन् ।
Manoj Gajurel
‘गलाभरी सयपत्री निधारभरी रङ्ग, सनाई, झ्याम्टा, नगराले मनै भयो दङ्ग!’ – बाल्यकालका सुनौला सात बर्ष बिताएको मावली गाउँ खेवाङ्ले दिएको माया।

बिर्तामोडबाट पाँचथरको गणेशचोकसम्म सुबिधासम्पन्न यात्रापछि शुरु
हुन्छ-‘गल्ड्याङ् गुल्डुङ् एक्सप्रेसमा रामनाम यात्रा ।’ पञ्चायतकालका शहीद हरि
नेपालको गाउँ ‘सिनाम’को पंचमीसम्म ‘खाल्टाखुल्टी हाइवे’ गएपछि यात्रा अगाडी बढ्छ,
‘एघार नंबर पैदल यातायात’बाट ! हिरुवादिन, तेल्लोक, पेदाङ्हुँदै मेरो
मावलीगाउँ ‘खेवाङ्’ पुग्दा इतिहासका पानाहरु एकपछि अर्को गर्दै पल्टिन
थाल्छन, तिनलाई मा सदृस्य सम्झने प्रयास गर्छु !

यो गाउँमा मैले आफ्ना वाल्यकालका ‘सुनौला सातवर्ष’ बिताएको बिताएको छु ।
तर जस्तो छोडें, त्यस्तो रहेनछ ! योजना आयोगको दुरदृष्टि नपरेपनि जन
सहकार्यको कारणले ‘पेल्ट्री सेट’बाट त्यो बिकट पहाड झलमल्ल बनेको रहेछ !
यातायातको नाममा पाइला गन्दै हिड्नुको बिकल्प नभएपनि बाटोमा बिदेशी
कञ्चनजंघा आरोहीहरु बग्रेल्ती
भेटिंदा रहेछन् । उद्योगधन्दाको नामो निसान नरहेपनि अलैंची खेतीबाट
छानामा ‘डिसहोम’ जडान गर्नेहरु ‘साँगादिन’भरी देख्दा गर्वले छाती फुलेर
झण्डै सर्टका टाँक चुडिएनन् !
Manoj Gajurel
‘वर पिपल फैलिए, ठूली माइली ए!’ – लिम्बु संस्कृतिमा लोकप्रिय ‘धाननाच’ प्रस्तुत गर्दै खेवाङ्का दिदीबैनीहरु।

मावली गाउँ ‘खेवाङ्’ले हामीलाई ‘झोलीका देउता’सरह स्वागत र सम्मान गऱ्यो
। ‘खेवाङ्’ लिम्बु भाषा भएपनि त्यहाँ लिम्बु सहित् बाहुन, क्षेत्री,
कामी, दमाई,नेवार, गुरुङ् लगायतका जातीहरु बसोबास गर्दछन् । दशैंको मुख
थियो, लिम्बुनी माइजुहरु घर रंग्याउन कमेरो र मझिटोको ‘कलर कम्बिनेसन्’
गरिरहेका थिए । लिम्बु मामाहरु सबै जातीका युवा समेटेर तिहारको तयारी
गरिरहेका देखिन्थे । सामाजिक सञ्जालमा हुने ‘अराजक लडाईं’को दुर्गन्धले
मेरो
‘खेवाङ्’लाई आजसम्म गिजोलेको रहेनछ । ‘बाहुनबाद’ र ‘जातीबाद’को
भालेजुधाईमा खेवाङ् अझैं ‘भाइचारा’को शन्देश बोकेर ठिङ्ग उभिइरहेको
पाउँदा मनमनै त्यो माटो र पानीलाई सलाम टक्राऐं ।

ए, म त तपाईंलाई मेरो जन्मथलो पो लैजादैछु, हगि ! उहाँ मेरो कान्छा काका, शेखर !
आफु बित्नु अघि बुबाले मलाई उहाँकै जिम्मा लगाउनु भएको थियो
रे–‘एकमुठीको छ मुठे, मर्न नदिनु’ भन्दै ! बिचरा काकु ! हेर्नोस् त,
कैंडा लागेर हिड्नै सक्नु भएको छैन तरपनि जन्मथलोको चुम्बकले उहाँलाई बेस्सरी
तानि रहेको छ ! आउनोस्, काकु, आउनोस् !!
Manoj Gajurel
‘दुर्गमका हामी केटाकेटी खरले छाएको स्कूल थियो, खरी र पार्टी बोक्दथ्यौं, कापी र कलम मुस्किल थियो’ – मैले शिशु कक्षा (अहिलेका नर्सरीजस्तो) पढेर क ख सिकेको झुप्रोस्थल जहाँ अहिले सुविधासम्पन्न घर बनिसकेछन्।

पैदलयात्राको दुईदिन पछि । हुर्रे ! लौ, आईपुगियो मेरो मामाङ्खे !
‘ममहांग’ (मम नामका लिम्बु राजा)को गाउँ ! ‘माबो’ थरका लिम्बुहरुको थात
थलो ! सयौं वर्षअघि ठराईतिरबाट आएका संग्रौला, खरेल, सिवाकोटीहरुको
बासस्थान ! धर्म/संस्कार गर्न पाँचथरबाट डेढसय बर्ष अगाडी झिकाईका मेरा
पुर्खाको कर्मभूमि !!

अहिले त ९५ प्रतिशत ‘माबो’हरु बस्दा रहेछन् । केही क्षेत्री र
दमाइजातिमात्र । ‘अहा, कति राम्रो घर, गाबिस भवन हो ?’ सयबर्षको
हाराहारीमा पुगेका पूर्व गोर्खा सैनिक फूल बहादुर माबोले ‘लिम्बुवानी खस
लवज’मा जवाफ फर्काए– ‘आरे हाओ, के को गाबिस हुन्थ्यो, लिम्बु सांस्कृतिक
संग्राहालय नि हाओ ।’ एकमात्र लिम्बु संग्राहलय, कञ्चनजंघा ट्रेकिङ
रुट, आधार शिबिरबाट नजिकको दोश्रो गाबिसजस्ता थुप्रै परिचय बोकेको ‘मेरो
मामाङ्खे’ले पनि एकराते मिठो माया र सम्मान दियो !

कसैले ‘सेकेण्ड सरको छोरा’ त कसैले ‘जेठा पण्डितको नाती’ भनेर संबोधन
गर्नुभो । मितेरी संबन्ध भएका लिम्बुहरुले ‘भतिज’को मान् दिनुभयो भने
मावली मित साइनो रहेका दर्जीहरुले ‘भान्जा’को संमान गर्नुभयो । संमान
कार्यक्रममै काकाले कानमा खुसुक्क भन्नुभयो–‘ यो मित साईनोको संस्कृति र
माटोको माया अरु संबन्धभन्दा निकै बलियो पो हुन्छ त !’ बिमतीको कुरै
थिएन, मैले सहमतीमा टाउको हल्लाऐं ।
Manoj Gajurel
‘बाबा र ज्यूको धुरी है भरी परेवा हुरुरु, छाडेर गयौ ए मेरा बाबा मन रुन्छ धुरुरु’ – म जन्मिएको मझेरी, बुबा बितेको बलेंसी र आमा रोएको आँगनको स्पर्शपछि शुभचिन्तक महानुभावहरुसँग।

म कल्पना गर्छु, यो सत्यकथा तपाईंहरु मध्ये धेरैजना मिल्नसक्छ ।
तपाईंहामी कोही कुनै दुर्गम गाउँबाट स्थानीय बजार झऱ्यौं होला ! बजारबाट
शहरमा बसाईं सऱ्यौं होला ! शहरबाट राजधानीमा स्थायी बसोबास थालियो होला !
कतिपयले देश नै छोडेर युरोप, अमेरिका, बेलायतमा घरजम गर्नुभयो होला !
तर…हाम्रो हृदयमा जन्मस्थलको तरङ्ग जिवनपर्यन्त रहन्छ । किनकी जन्म,
जननी र जन्मस्थल- यी सबै मानिसको रगतसँग जोडिएका सम्बन्धहरु हुन् ।

हरेक मान्छेकालागि आफ्नो जन्मस्थल एउटा तिर्थस्थल हुनुपर्दछ । सयवटा
तिर्थ भन्दा एउटा जन्मस्थल आनन्ददायक हुँदोरहेछ । त्यसैले यसो गरौं न, अब
‘बर्थप्लेस टुरिज्म’को ‘कन्सेप्ट’ अगाडी बढाऔं । म तपाईंलाई मेरो
ताप्लेजुङ्गको मामाङ्खे घुमाउने ‘स्कीम’ ल्याउँछु । तपाईं मलाई लमजुङ्को
घलेगाउँ डुलाउने कार्यक्रम बनाउनोस । उहाँले जुम्लाको गाउँ पैयां
‘भिजिट’मा लैजानुहुन्छ । तिनले संखुवासभाको मादीको मजा चखाउने योजना
बनाउलान् ! किनकि स्थाई रुपमा थात्थलो छोड्नेहरुले सके बर्षमा एकपटक,
नसके जिवनमा एकपटक जन्मस्थल पुग्नैपर्ने रहेछ । यस्तो भयो भने जन्मस्थलले
छुटेका आफन्त भेटेर फुरुङ्ग हुनेछ, हामीहरुले बिर्सिएको माटोको सुगन्ध
पाएर आनन्दित महसुस गर्नेछौं ।
Manoj Gajurel
‘यलम्बर राजा डुल्थे रे उहिले यो वन पाखामा, संस्कृति बसोस् नबिझ्नेगरी सबैका आँखामा।’ – मामाङ्खे गाबिसमा रहेको एकमात्र लिम्बु सांस्कृतिक संग्रहालय।

अब मेरो जन्मघर पुग्ने बेला भयो है ! लु, हेर्नुस, पारी ‘हाङ्गोलाको’ अनकण्टार
भीर, वारी चिहानडाँडा ! अनि बिचमा रहेको यो ऐतिहासिक घर !! स्थानीय
शिक्षक लक्ष्मी ताम्लिङ्ले भन्नुभयो–‘ ल मनोजसर, तपाईं जन्मिएको
भँडारीबारी भन्ने घर यही हो ।’ ………………हर्षासुले मेरा आँखा
भरिए । घर वरिपरी
घुमें । दलिन सुम्सुम्याऐं । भित्तो छामें । अँगेनामा बसें, बार्दलीमा
चढें । संझना नभएपनि वाल्यकालका घटनाहरुलाई कल्पना गर्दै अँगेनाको डिलमा
थचक्क बसें ।

घरमा अहिले स्थानीय ‘लिम्बु काका’ बस्नुहुँदो रहेछ । ससाना भाइबैनीहरु रहेछन् ।
उनिहरुलाई चकलेट दिएँ । भावनामा आएर अंगाले हालेर मेरो कथा सुनाउन थालें
। बाहिरबाट टिका माबोकाकाले ठट्टा गर्नुभयो–‘भाइबैनीहरुसंग अंश मागेको
हो कि क्या हो मनोजजी, छिटो निस्कनु पऱ्यो ?’

निस्कने बेलामा फेरी ‘म जन्मिएको मझेरी’ नियालें । ‘बुबा बितेको
बलेंसी’मा टोलाऐं । ‘आमा रोएको आँगन’मा एकोहोरिऐं । अनि त्यही आँगनको
एकमुठ्ठी माटो टिपेर झोलामा राखें । अनि जन्ममुभी र जन्मदातालाई मनमनै
धन्यवाद दिएर साथीहरु संगै कावेली नदितिर ओरालो लागें, गीत गुनगुनाउँदै–
‘बायाँ पर्‍यो कञ्चनजंघा, खेवाङ् पर्‍यो दायाँ
यो छातीको दायाँ बायाँ मामाङखेको मायाँ π’

Manoj Gajurel
‘नाँच्छन् गाउँछन् हँसाउछन्, समाजसेवा गर्छन्, संस्कृतमा सिलोक भन्छन्, बाहुन् छक्क पर्छन्।’ – सय वर्ष हाराहारीमा बहु प्रतिभाशाली फूलबहादुर माबो लिम्बु अर्थात् सक्कली तक्मेबुढा।

Manoj Gajurel
‘वर पिपल रोप्ने, चौतारो चिन्ने चलन गाउँमा, जिन्दगी भन्नु पाहुनामात्रै संझना नाउँमा’। खेबाङ्को एउटा चौतारोमा राखिएको सम्झना पाटी।

41 comments to जन्म, जननी र जन्मस्थल

  • Dipendra Paudel

    यत्रो वर्ष पछि बल्ल गाउँ को याद आएछ गजुरेल लाई . नेता लाई त गाउँ फर्केनौ भनेर धेरै satire हान्थेउ त. आफु चै यत्रो वर्ष कता हराएका थियोउ ? सायद तिम्लाई पनि काठमाडौँ छोड्न मन लागेन होला . हुनत तेस्तो सुबिधा सम्पन्न ठाउँ छोडेर के गाउँ जन्थेउ र ? तिमि पनि त्यहि dyang का मुला त होउनि . अरु लाई चै प्वाक्क भन्ने आफु चै तेही काम नगर्ने .

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • ananta risal

    तपाइँ को शब्द शब्दमा वजन छ, म पनि भर्खरै मेरो शशुराली गाउ – दानग देउखुरी र स्वर्ग द्वारी पुगेर आए* ! हो दशवटा स*सारको तीर्थ भन्दा नेपालि जनजीवन र गा*उ नै कता कता रमाइलो छ ! अबको लुम्बिनी र बुद्धस्तल हेर्दा त बिदेश जानु नपर्ने भान दिलाउ*छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Narayan

    आहा मेरो चै मनले सारै नै खुशी पायो . म पनि अस्ति ६,७ महिना अगाडी गको थिए . काबेली को मच र ताप्लेजुंग को हावापानी को स्वाद अनि पुर्खाको कर्म thalo को मज लिएर आए वास्तब मा बिर्सन nasakine छ ताप्लेजुंग

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Drona KC, USA

    Very very touchy article. Congratulation ! and thank you Manoj ji for this expression, It made me cry remembering my village.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Keshav, MD, USA

    फुल अफ नेगेटिविज्म ! सारै चिच्चा बानि ! यी शव्दहरूले एकदम
    सुहाएको छ हामी नेपालिहरुलाई ! यस्ता सोचाइ
    नत्याग्ने हो भने हामी विकसित समृद्ध संसारका अविकसित
    दरिद्र दोपाया मात्रै रहनेछौ !

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 8

  • Dilli Raj Limbu (Mabo)

    मामान्खे समाज, काठमाडौँ का सल्लाकार मनोज दाइ यसरि नै हाम्रो गाउ मामान्खे, ताप्लेजुंग लाइ संसार माझ चिनाउनु पर्छा एस को लागि समाज तथा मामान्खे बासि को तर्फा बाट तापाई लै देरै देरै धन्यवाद दिन चाहन्छु आउने दिन हरु मा पनि यसरि नै आगाडी बडू… तेस्को लागि समाज हरपल तयार छ ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • रबिन्द्र राज गिरी

    “हरेक मान्छेकालागि आफ्नो जन्मस्थल एउटा तिर्थस्थल हुनुपर्दछ। सयवटा तिर्थ भन्दा एउटा जन्मस्थल आनन्ददायक हुँदोरहेछ”।

    जस्तोसुकै खडेरी परेको मनलाई पनि चसक्क छुने तपाईंका वाक्यहरु | धेरै धेरै धन्यबाद छ तपाईंलाई आफ्नो जन्मथलो सम्झेर भक्कानिदै दुई थोपा आँसु झार्ने मौका दिनु भएकोमा |

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 1

  • Nigam NH USA

    मनोज तुफान हो
    जसले हाम्रो दुक्ख उडाई दिन्छ
    मनोज गंगा हो
    जसले हाम्रो मयल पखाली दिन्छ
    हो मनोज गजुरेल हो जो
    हाम्रो हिर्दयमा गजुर झैं बास गर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 9

  • yam narayan (dubai)

    “जन्म भयो झुपडीमा हिमालको कोखमा,स्वच्छ निर्मल छहराको जल पिए भोकमा” मनोजजी यो खाडी मा बसेको डोरी लाउरे लाई पनि मन थाम्न गार्हो भो |

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

  • मलाई पनि मेरो जन्म घर संखुवा सवा चैनपुरको याद आयो मनोजजीले बडा
    मार्मिक सत्य र मन भित्र छुने गरि लेख्नु भएछ तेस्को लागि धन्यवाद ,

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • आँखा रसायो मुटु भक्कानियो तर कति छिटो सक्नु भएको हो नेपाली फिलिम जस्तै भो लास्टमा !

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • द्रोण

    we all are familiar with Manoj.This is not a masterpiece of him,he has got more than this.
    But, still it is touchy and memory provoking.
    we all were dragged down to our past,we tried to laugh,we became emotional finally it ended like we came out of dream all of a sudden.
    i suggest Manoj ji to start at least one mini project in his village.that will give him a mental peace.

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • गगने

    जदौ! गजुरेल ज्यु,
    “मेरो जन्मस्थल ‘भँडारीबारी’ हो। ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,
    मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)
    पर्दैन, किनभने ‘मामाङ्खे’ एउटा दुर्गम गाबिस हो। सदरमुकाम फुङ्लिङ्
    बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले
    दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ !”
    भनेर पढ्न सुरु गर्दा झन्डै खित्काहाल्नुपर्ने स्तिथि बाट सुरुभयको पढाइ झन्डै बीचतिर पुग्दा मन र तेसपछी गला अबरुद्द गर्दै तुरन नभ्यौदै आखा टिलपिलाई सकेको थियो!
    बेजोडको प्रस्तुति हसाउन मात्र होइन परिआय रुवाउन पनि अग्रपंक्तिमै हुनुहुदो रहेछ!
    संगसंगै तपाहिको कुरा बर्थ्प्लेस टुरिजमको प्रस्ताब हरु पनि निकै गहन पाय र यो साच्चै आन्तरिक पर्यटनमा निकै योगदान र फलदायी सिद्द हुने कुरामा मलाइ संका छैन, साच्चै यो आफ्नो जन्मथलो पाउना घुमाउन लैजाने हामि कलेज पढ्दा गर्थेउ छुट्टीमा साथीभाई लाइ गाउ लैजान्थेउ तर यहि कुरालाई एउटा नाराका साथ् अगाडी बढाउन सके आन्तरिक पर्यटनको लागि निकै सार्थक र राम्रो हुनेथियो!
    “‘ यो मित साईनोको संस्कृति र माटोको माया अरु संबन्धभन्दा निकै बलियो पो हुन्छ त !’”
    लाखौ रुपया हाल्नु पर्दैन किनभने यो कुरा अमुल्य छ! तपाहिकै छन्द र स्टाइलमा देको है मैले पनि!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

  • Gaurav Nepali "Oodaaseen"

    टुरिस्ट भयर गाउँ घुम्दा सम्झना यस्तै हुन्छ मनोजजी
    तर, त्येही गौम्मा बसेर घुक्लुक्क घुक्लुक्क धिँदो खाई जीवन बाँकि बितौंदा
    सायद श्लोक को पधेरी अन्धेरिमा सुस्तौँदो हो ! हैन भने ल मनोजजी, आफु मात्र टुरिस्ट हुने होइन, त्येही गाममा बसेर आफुले सिकेका कुरा सिकाई ति गम्मका पहुच नभयका सबैलाई टुरिस बनाउने सौभाग्य मिलोस, कामना!

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

    • शशांक लामा, न्युयोर्क

      नहुने र अस्वाभिक कुरा गर्ने नेपालीको कस्तो चिच्चा बानी! मनोजले त बर्थप्लेस टुरिजमको कुरा गरिराखेको छ| गाउँको दुख एकजनाले हटाउन सक्दैन| सबैले नै गाउँ घुम्दै गरे गाउँ सम्झनामा भैरहन्छ र मौका पर्दा गाउँलाई मदत गर्नुपर्ने हेक्का हुन्छ | मनोजजी ले भन्न खोजेकै त्यहि हो| हामी एकैचोटी ठुला ठुला कुरा गर्छौ|

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 6

      • Binod Timilsina

        यस्तै सिधा कुरा गरे भै गो नि आँशु झर्यो रे , वाहियात गाउ छोड्दा चै झरेन किनकी सहरको हावा जो लागेको थ्यो

        मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 20

  • Binod Timilsina

    गफै त हो ठुले गर्न जनिएकै छ,बस्ने त काठमाडौँ शहर मै हो नि !!कि कसो त,ठुलेको गफ पढेर कोहि सहर छाडेर गाऊ पसे भने त गफ जानेको फाइदा गाउहरुले पाउथे कि !

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 20

  • Doleswar

    हैन सारै गजब गर्नु भएछ हौ लुंगाले | आफु पनि गाउँ जान नपाएर रोगाको छ नि हौ | पोहोर पनि जाउँ जाउँ भन्यो, के के आइलाग्यो जान पाइएन | यो पाला त पाइन्छ कि | मेरो फतिज अस्ति मात्र गाउँ (तह्र्थुम) गएर आएको थियो | उसलाई एकपटक छोएँ , गाउँ पुगे जस्तै भयो | सबै सोधें गाउँको हालखबर | त्यो सक्रान्ति को हाट, त्यो लांकुरीको रुख, त्यो अतिथि भवन, त्यो मदन मेला, कुखुराको भाले जित्न चिप्लो बाँसको टुप्पा बाट झण्डा निकाल्ने खेल, त्यो धान नाच, सुनले ढाकेका लिम्बुनी दिदि बहिनिहरु सबै एक पटक सम्झनामा आए | अहिले यो कमेन्ट लेख्दैमा पनि मेरो आँखा रसाए हौ लूँगा |

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • Manoj

    Nice article. Lots of cosmetics. Everybody loves those kinds of articles because almost every one has gone through this phase once in his/her life. Lots of likes are obvious. Every one gets emotional and that’s natural. I want to be a little bit realistic. The old saying is-truth is bitter. Writing all those kinds of articles don’t produce any fruitful or concrete results in term of development of the country. Lets map ourselves how much we did contribute in terms of development, not in term of how much emotional we are in terms of feelings. That’s why out country is so behind. I would love to see those kinds of articles which are objective oriented, not the feeling sharing. That would help our country to go ahead.

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 17

    • शशांक लामा, न्युयोर्क

      नहुने कुरा गर्ने नेपालीको कस्तो चिच्चा बानी! मनोजले त बर्थप्लेस टुरिजमको कुरा गरिराखेको छ| गाउँको दुख एकजनाले हटाउन सक्दैन| सबैले नै गाउँ घुम्दै गरे गाउँ सम्झनामा भैरहन्छ र मौका पर्दा गाउँलाई मदत गर्नुपर्ने हेक्का हुन्छ | मनोजजी ले भन्न खोजेकै त्यहि हो| हामी एकैचोटी ठुला ठुला कुरा गर्छौ|

      मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 16

      • jeevan verma

        नेपाली को सोच बडो अनौठो छ | मुख्य कमेन्ट मा पनि नकारात्मक ( -negative comment ) अनि त्यसको प्रतिबादलाई पनि नकारात्मक ( -negative comment ). यसैले मैले भन्ने गरेको छु – नेपाल को मुख्य समस्या भनेको अतार्किक सोचाईहो ( irrational थिन्किंग)|

        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 8

  • GOPAL POUDYAL

    मलाई पनि इलाम चारखोल पचेबाको याद आयो .राम्रो लेख !!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • CA Hari Prasad Lamichhane

    सार्है राम्रो लाग्यो, मेरो त घर नै गाउ मै छ ऐले पनि, गाउ घर ढुंगा माटो, सबै सम्झिए मैले पनि

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • aavash

    म पनि सहरिया हरु ले भन्ने गर्ने एक गाउले पाखे को छोरा हु त्यसैले नै होला मनोज जी को लेख पढे हेरे तर मेरो मन मैले छाडी आयको मेरै पाखा पखेरा अनि मेरो बिछोडियाको आफन्त हरु को यादमा सम्झिदै जली रह्यो .. Great Job मनोज सर And Thanx Mysansar प्रस्तुति को लागि ..

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • raksha

    एकदम राम्रो लेख मेरो मन छोयो. आँखाबाट त आँसु नै आयो. जननी जन्म भुमिस्च स्वोर्गा दपि गरियेसी भनेको येही होला है.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • हो नि हौ येस्तई दुर्गम दुर दरजो गाउ बस्तीमा हुर्केका हामी अझै मेरो गाउको दुर्गमताको कुराको याद आउछ जहाँ आजसम्म गाडी पुग्न सकेको छैन पैदल यात्रा गरेरै पुग्नु पर्छ / कथा तपाइको जस्तै छ मनोज सर/

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • शशांक लामा, न्युयोर्क

    मनोजजी कलाकारितामा मात्र पोख्त नभई लेखकका रुपमा पनि उम्दा रहेछन| प्रस्तुतिमा मिठास र संदेश दुवै छन् | एकथरी लेखकहरु जोडदार प्रस्तुति दिन्छन, तर तिनका लेख सन्देशहीन, निचोडबिहिन र उदेश्यबिहिन हुन्छन| मनोजजीको लेख यस्तरी सलल बगेको छ कि मैले पनि मामंखे घुमे हाव! लेख्दै गरम है !

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 1

  • निपेश अधिकारी / मियुनिख , जर्मनी

    मर्म स्परसी लाग्यो अझ तपाई जन्मिएको घर बुबा बितेको बलेंसी र आमा रोएको आँगनको झन् ……………………..

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • Damodar Dhungel

    धेरै हसाउने मान्छे तर यो यात्रा बिर्तान्त बाट झन्नै रुवाउनु भयो म तराई झापा को तोपगाछी २ म जन्मिएको भए पनि तपाई ले बाल्य काल को कुरा गर्दा मेरो पनि मन बाल्ये काल तिर गयो र केहि छेड टोलाए .

    वर पिपल रोप्ने, चौतारो चिन्ने चलन गाउँमा,
    जिन्दगी भन्नु पाहुनामात्रै संझना नाउँमा’।

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • Basantina

    भाबुक हुनुमात्रै सबैथोक होइन आफ्नो जन्म थालोकोलागी पनि केहि गरेर भाबुकता पोख्नु होस्

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 6

    • jeevan verma

      भाबुक हुनुमात्रै सबैथोक होइन — तर यो पहिलो पहिला भने हो र केहि गर्ने यात्रा यहि बाट शुरु हुन्छ | कुन प्रकार को discussion भै राखेका छन भन्ने नबुझी पण्डीत्याई देखाउनु भो | के म सोद्न सक्छु तपाई ले कति गर्नु भएको छ आफ्नु गाउको लागि ? तेस्तै मैले मेरो गाउको लागि मैले के गरेको छु भनेर देखाउनु पारो ?

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 7

      • Keshav, MD, USA

        फुल अफ नेगेटिविज्म ! सारै चिच्चा बानि ! यी शव्दहरूले एकदम
        सुहाएको छ हामी नेपालिहरुलाई ! यस्ता सोचाइ
        नत्याग्ने हो भने हामी विकसित समृद्ध संसारका अविकसित
        दरिद्र दोपाया मात्रै रहनेछौ !

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • jeevan verma

    तर हाम्रो हृदयमा जन्मस्थलको तरङ्ग जिवनपर्यन्त रहन्छ — मनोज जी यो सास्वत सत्य हो | म पनि आफ्नो जन्म स्थल छाडेर कर्म थलो झरेको करिब ३० वर्ष हुन् लागेछ | अनि लगभग ८ वर्ष देखि त्यो कर्म थलो पनि छाडेर अहिले विदेशिएको छु | यी सबै चाहना मात्र होइनन बाध्यता पनि हुन् धेरै का |

    संखुवासभा को अति दुर्गम धुपु भन्ने गाउमा जन्मिएको हु म पनि | सुन्दै छु अहिले त मेरो घर बाट १ घण्टा पर सम्म मोटर चल्छ रे | अब नेपाल आएको बेला म पनि मेरो जन्म स्थल जाने विचारमा छु |

    भाभुको लेख को लागि धेरै धेरै धन्य बाद

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • kedar

    कती भाबुक लेख, दुइ थोपा आँसु झार्दै पढें / आँसु नै झार्ने खालका हरफ हरु

    सामाजिक सञ्जालमा हुने ‘अराजक लडाईं’को दुर्गन्धले मेरो ‘खेवाङ्’लाई आजसम्म गिजोलेको रहेनछ। ‘बाहुनबाद’ र ‘जातीबाद’को भालेजुधाईमा खेवाङ् अझैं ‘भाइचारा’को शन्देश बोकेर ठिङ्ग उभिइरहेको पाउँदा त्यो माटोलाई मैले मनमनै सलाम टक्राऐं।

    हर्षासुले मेरा आँखा भरिए। घर वरिपरी घुमें। दलिन सुम्सुम्याऐं। भित्तो छामें। अँगेनामा बसें, बार्दलीमा चढें। संझना नभएपनि वाल्यकालका घटनाहरुलाई कल्पना गर्न थालें।

    निस्कने बेलामा फेरी ‘म जन्मिएको मझेरी’ नियालें। ‘बुबा बितेको बलेंसी’मा टोलाऐं। ‘आमा रोएको आँगन’मा एकोहोरिऐं । अनि त्यही आँगनको एकमुठ्ठी माटो टिपेर झोलामा राखें। अनि जन्ममुभी र जन्मदातालाई मनमनै धन्यवाद दिएर साथीहरु संगै कावेली नदितिर ओरालो लागें,

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • Durga Adhikari

    मनोज जी, तपाईको आफ्नो जन्म घर हामीलाई पनि घुमाउनु भयकोमा धेरै धन्यबाद/ मुटुनै छुनेगरी लेख्नु भयको यो यात्राले हामी गाउमा जन्मेका र कामको खोजीमा बिदेसिन बाध्य भयका नेपालीहरुको मनमा जन्मस्थल प्रतिको अगाध मायालाई प्रबल बनायको छ/ अर्को बर्ष म पनि मेरो जन्मभूमिको दर्सन गर्ने अठोटम छु/
    “जिन्दगीको तिर्शाना मेट्न, आउदैछु म आमालाई भेटन”/
    “बस्न पाय आमाको काखमा, सुन फलौछु ति बाझा पाखामा”/
    जय मातृभूमि/

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • lama kanchha japan

    मेरो संसार ले गरेको सबै काम आज भोलि राम्रो लग्न थाल्यो .
    राजनीति भन्दा बेग्लै सिर्जना का कुरा अनि ओझेलमा परेका कुरा अगाडी ल्याउनुहोस सदैब शुभकामना छ

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • जानकी घिमिरे

    मेरा आँखा रसाए, म अवाक भएँ…..हजुरहरुनै भन्नुहोस् न म के गरी यो मन थाम्न सक्छु..मनोज दाज्यू हजुर त हसाँउनु हुन्थ्यो त किन रुवाउनु हुन्छ यसरी, कि म नै कमजोर भइछु कि क्या हो…

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

  • आती नै सुन्दर भावना हरु बाट आफ्ना आत्मा लाई ओकल्नु भायाको हाम्रा मित्र मजोज गज्रुरेल जी बाट यस्ता भावना हरु हामी प्राय प्रवास लागेका यात्री हरु मा यो विचार ले आवस्य पोल्छा धन्यवाद गजुरेल जी हजुर को भावना पड्दा आफु नै बगे सरि भयो
    सेवंग्मी जाई प्रेम .

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • गगने

    ” मन रसायो, आखा भिजायो! तपाहिको लोक यात्रा अनि प्रस्तुतिले मस्तिस्क नै सजायो!”
    सलाम!
    बढी लेख्दा कतै यो बेजोडको प्रस्तुति र जन्मभूमिको गाथाले भरियाको स्मरणमा खोटपो लगाउछकी भनि यसको सुन्दरता र तपाईलाई सलाम गर्दै यतिमै तुर्छु अहिले!

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • आफु जन्मेको ठाउँ मरुभुमि नै किन नहोस , आमा र जन्मभूमिलाई चाहेर पनि भुल्न सकिन्न अनि मेरो अन्तिम ईच्छा पनि तेही हो …..आज हसाउनु को साटो गाउँलाई सम्झाएर भाबुक बनाउनु गजुरेल सर ….

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • anup_gorkhe

    मलाई पनि आफु जन्मे को गाउँ को घरको याद आयो !!! राम्रो प्रस्तुति …

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

eXTReMe Tracker