मेरो Tweet

  • यस पटक बुद्ध जयन्ति बुद्धले सिकाएको मौलिक विधि अनुसार मनाउन पाइएन। Missing Vipassana ! Missing Dhamma Shringa !! भवतु सब्ब मंगलम् !
  • Nagarik News - प्रतीक प्रधान 'नागरिक' दैनिकका प्रधान सम्पादक: t.co/Ik8xGruOUE
  • Yes, it's formal. Prateek pradhan is our new editor from today.

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

श्रद्धाञ्जलिको एउटा तरिका – बाला चतुर्दशी


आज बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख र समृद्धिको आशिर्वाद दिन्छन् भन्ने धार्मिक बिश्वास छ। हेर्नुस् केही वर्षअघि यो दिन खिचेका फोटोहरु-



पशुपतिका विभिन्न सत्तल, पाटीहरुमा बिहानदेखि रातिसम्म दियो जलाएर बस्छन्। कोही त सिरकै ओढेर त्यो चीसोमा बसेका देखिन्छन्। केहीले भने त्यसरी जलाएर नबसे पनि गएर दियो बागमतीमा बगाउने गर्छन्।

भिडियो हेर्नुस्। यो भिडियोमा बाग्मती नदीमा बग्दै गरेका दियो रमाइलो देखिन्छ। भिडियो हेर्न तल क्लिक गर्नुस्-

8 comments to श्रद्धाञ्जलिको एउटा तरिका – बाला चतुर्दशी

  • arun

    परम्परा र संस्कृति जोगाउनु राम्रो कुरा हो र त्यसमा समय सापछय सुधार गर्नु बुद्धिमानी हो/ सत्बिज छर्ने ठाउं ठाउं मा च्यारिटी हरुले ढ्वांग हरु राखी दिए हामी हरुले भुईमा छर्नु को साटो ढ्वांग हरुमा राख्ने थिऔ/ जो पछि केलाएर उचित प्रयोग गर्न सकिने छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • शशांक लामा, न्युयोर्क

    बाला चतुर्दर्शिका दिन छरिएको सदमी र बालिएको बत्ती म्रितात्माले प्राप्त गर्दैन भन्ने कुरा घाम झैँ छर्लङ छ|तर पनि दिवंगत भएका आफ्ना प्रियजनलाई बर्षको एकदिन भएपनि औपचारिक रुपमा सम्झिनु र भावनात्मक सम्बन्ध गाँस्नु यस चाडको सुन्दरत्तम पक्ष हो| यस्ता चाडले बिना तडक भडक निरन्तरता पाइरहनुपर्छ|”त्यसदिन पशुपतिको पाखाभरी मैले आमा देखेँ, मन्दिरका भित्ता भित्तामा,खोलामा र चौतर्फी आमै आमा देखेँ, मन, मुटु र आँखाभरी आमा ब्याप्त थियो” आफ्नो दिवंगत आमाको सम्झनामा सदमी छर्न गएका मेरा मित्र प्रोफेशर जंगव चौहानको यो अभिब्यक्ति हो|

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Bidhan

    बाबा पशुपतिनाथ को दर्शन गर्न पाइयो I जय सम्भो सबैको भलो होस् !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Shailendra sharma

    परम्परा अनि संस्कृति मान्नु राम्रै हो तर अनाहकमा अन्न बाटोमा छरेर खेर फाल्नु तेती ठिक होइन जस्तो लाग्छ.मैले देखे अनुसार तेस्दीन फालेको अन्नले ५,००० भन्दा बढी भोको पेट भरिन सक्छ.परम्पराको निरन्तरता अनि मूल्य कायम राख्नु हो भने तेस्लाई समय अनुकुल र ब्यबहारिक रुपान्तरण गरिनु पर्छ.ताकी भाबी पुस्ताले येस्लाई सजिलै खुशीसाथ आत्मसाथ गरुन.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 8

  • सार्थक

    प्रित्रीहरुप्रति श्रद्धा गर्नु एकदमै राम्रो कुरा भए पनि यो एक किसिमले खाध्यन्नको नोक्शानी हो तरै पनि चराचुरुङ्गी लगायत अरु जीब जन्तुको लागि आहार हुन्छ भन्ने अर्थमा समग्रमा सकारात्मक रुपमै लिनु पर्छ यो प्रचलनलाई ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • Subhash Siddhi Udaas

    अहिलेको वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने , शतबीज (सदमी) छर्ने को निहुमा उहिलेका हाम्रा दूरद्रष्टा र बुद्धिमान पुर्खाहरुले दुइटा कार्य गराउन खोजिएको देखिन्छ . १. आम्दानी नभएका चरा-चुरुन्गीको वंश लोप नहोस भनी हिउँद याममा आहार उपलबध गराउनु. २. कैलाश पर्बतमा रहेका रुख बिरुवाहरु नष्ट नहोस भनी मलजल गर्न लगाई वन जंगल संरक्षण मा टेवा दिने संस्कार विकास गर्नु.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • arjun sapkota

    समस्त देह बिहिन आत्माहरुलाई परमात्मा प्राप्ति को कामना
    आजै को दिन मा उनीहरु को मुक्ति होस्

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Ram K Bimali, birtamod, jhapa

    अनार्दिने धनुर्देव संखचक्र गजाधर
    अक्षय पुंडरिकाक्ष्य प्रेत्मोक्ष्य प्रदोभव // सबै पितृहरुको उद्दार होस् !!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker