मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

नमिता-सुनिताको हत्यापछि यस्तो भएको थियो

[नमिता-सुनिता हत्याकान्डबारे हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा 'मेरो कथाहरुको कथा'मा विस्तृत लेखेका छन्। यहाँ त्यो पुस्तकबाट यही हत्याकान्डसम्बन्धमा केही अंश उद्‌धृत गर्दैछौँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर पत्रकार किशोर श्रेष्ठले 'दरबार हत्याकान्डपछि दबाइएको अर्को हत्याकान्ड' लेखेका छन्। ]

२०३८ साल देशको लागि लाजमर्दो शुरुआत लिएर आयो। काठमाडौंबाट पोखरा घुम्न भनी आएका नमिता र सुनिता भण्डारी तथा मिरा पराजुली वैशाख २४ गते हराए। वैशाख २९ गते नमिताको लाश सेतीनदीमा फेला पर्‍यो। आषाढ ६ गते सुनिताको लास सेती नदीको तीर बगरमा फेला पर्‍यो। मिराको मर्दो हो वा जिउँदो पत्ता लागेन। केही दिनपछि वनपाले चूडामणिलाई पनि गोली हानी मारिएको लाश असार महिनाको पहिलो हप्तामै फेला पर्‍यो। यसले स्थिति अरू जटिल र भयावह हुन गयो। स्थानीय प्रशासन हत्यारा पत्ता लगाउन असफल रहृयो। पोखरा शहरको स्थिति अस्तव्यस्त भयो। गुण्डागर्दी यति बढ्यो कि, रात्री शिक्षालयहरूमा र बिहान सबेरैका शिक्षालयहरूमा महिलाहरू जान छाडे। सिनेमा हलहरूमा महिला दर्शकहरू पस्न छाडे। महिला तथा कमजोरहरू घरबाटै ननिस्केर आफ्नो सुरक्षा गर्न थाले। यस स्थितिमा श्री ५ को सरकारले त्यहाँ भइरहेका उच्चस्तरका अधिकारीहरूलाई सरुवा गर्नु तत्काल उपाय हुने सोच्यो।

यही कारणले भाद्र १७ गते कास्की जिल्लाको प्र.जि.अ.को काममा खटाइएँ। १८ गते बिहान साविक प्र.जि.अ. पद्मराज सुवेदीसँग विन्धवासिनी भगवतीको दर्शन गरी र्फकंदा, काखमा घर हुने पेण्टकमेज लगाएको पुजारी रुद्रनाथ बाहुनले सुवेदीसँग ठट्टा मजाक गर्‍यो। भन्यो – ‘ती राँडीहरू मर्दा के ! राँडीहरूको चिलाउँदा हाम्रो सि.डी.ओ.को सरुवा भयो।’ सुवेदीले असजिलो मान्नुभयो। मैले उसको चालढाल हेर्दै रहेँ। काठमाडौंमा श्री ५ का प्रमुख सचिवले गोप्य कुरामा भनेको सम्झेँ – ‘विन्ध्यवासिनीको पुजारी कामुक छ रे। हरेक जातिका आइमाईको योनीको आकारप्रकार बताउँछ रे। हेर्नू है।’ उसका कौवाका फुल खोज्ने आँखा र सुवेदीसितको स्तरहीन सम्बन्धका कुरा हेरेँ। यसै बेलादेखि नमिता, सुनिताको हत्यामा त्यस बाहुनप्रति मैले अनुसन्धान शुरु गरेँ।
भाद्र २३ गते साँझ ५ बजे प्रहरी एस.पी., डि.एस.पी. र जिल्ला इन्स्पेक्टरलाई बोलाई पोखराको स्थिति र परिस्थिति बुझी पोखरामा हत्या अपराधहरू भइरहने र अपराधी पत्ता नलाग्ने भै आएका धेरै घटनाहरू छन्, तिनीहरूलाई मध्यनजर राख्दै अपराध कर्मी, गुण्डागर्दीलाई पर्ूण्ारूपमा र कडाइका साथ नियन्त्रण गर्ने। नमिता, मीरा, सुनिता र चूडामणिको हत्यारालाई उम्कन नपाउने गरी अनुसन्धान गर्ने, स्थानीय, प्रशासनबाट हुने सबै सहयोग सहभागिता मबाट हुनेछ। तपाईंहरू पछि हट्नु र डराउनुपर्दैन’ भन्ने निर्देशन र हौसला दिएँ।
भाद्र ३१ गते नमिता, सुनिताको हत्यारा पत्ता लगाउन चितवन मालका ख. रामप्रसादलाई कास्की मालमा सरुवा व्यवस्था मिलाई दिनुहुन भनी गृह मन्त्रालयलाई अनुरोध गरेँ। आश्विन ४ गते दाहिने साँप्रोमा पिलो आएर पुरानो कम्पाउण्डरद्वारा फोरी सफा गरी कपासको ठेँटी कोचेर बाहिर निस्कन नसके पनि बसेर गर्ने काम गर्दै बसेको थिएँ। ३.३० बजे ‘सेती त्रिवेणी नजिक अलिकति माथितिर खोलामा दुई ठूला ढुङ्गाको कापमा बोरामा हाली राखेको एउटा पुरानो लास छ’ भन्ने सूचना पाएँ। प्रहरी इन्स्पेक्टर राणालाई खबर गरी ‘लास उठाए र आजै अस्पताल दाखेल गरी लासजाँच गराउनू। कुहेसडेको भए पनि लासको सनाखत हुन सक्छ कि – हेर्नू, हेराउनू। त्यस्तो नभएमा बेवारिसी लासको सद्गत गराइदिनू, बोरा र बाँधेका रस्सीहरू अफिसमा राख्नू’ भन्ने निर्देशन दिएँ।
भोलिपल्ट आश्विन ५ गते ११ बजेसम्म प्रहरीबाट त्यसबारे केही खबर आएन र जिल्ला प्रहरीमा गई इन्स्पेक्टर र अरू १३ जना प्रहरी जुनियर अफिसरहरूलाई लिई र्‍यालेचौर जाने बाटो भएर भीरबाट झरी काली खोला गएँ। त्रिवेणी थोरै माथि अर्को खोलाको तीरमा बोरामा हाली मुख बाँधी फ्याँकेको पुरानो लासको स्थिति हेरेँ। त्यहाँ थाहा भयो – जनसर्म्पर्क अधिकारी मुकुन्द केशरी पाण्डेले आश्विन १ गते नै थाहा पाएका रहेछन् र २ गते बिहान इन्स्पेक्टर, सव इन्सपेक्टर १ जना, पुलिस १ जना र नीज जन सर्म्पर्क अधिकारी १ गई हेरेछन्। फुटेको बोराबाट देखिएर निस्केको लासको तल्लो हर जाँघका हाडहरू एउटा खुट्टा करङ्ग भएको, मासु माटो र बोरामा टाँस्सिई सकिएको अवस्थाको लास देखेछन् – बोरा खोली धोई पखाली हेरेछन् – यसरी हेर्दा लास आइमाईको भन्ने यकिन गरेछन्। उनीहरूको भनाइमा लास कुर्ने र पोष्र्टमर्टमहरू गराउने कुरा बेकार सम्झेर फर्केछन्।
हिजो ४ गते मैले दिएको निर्देशन बमोजिम प्रहरीले केही नगरी र आज पनि ११ बजेसम्म कुनै खबर नगरेकोबाट मलाई प्रहरी इन्स्पेक्टरलाई किन हिँजै लास उठाइएन – लासजाँच किन गराइएन -’ भन्ने शङ्का लाग्यो। हिजोको मेरो निर्देशन बमोजिम काम नभएको कारणले गत राती खोलामा बाढी आएछ – लास छ भन्ने थाहा भएपछि प्रमाण गुमाउन खोज्ने गिरोहमध्ये कसैले राती वा कुनैबेला बाढीमा लास बगाइदिएछ। उनीहरूले १ गते र २ गते देखेको लासबारे जति कुरा गरे त्यति सुनेँ। त्यहाँ भए पाइएसम्मका हाडखोर बटुल्न लगाएँ। मैले पनि खोजेँ, खोजाएँ। संयोग बालुवामा पुरिएका २ वटा मासुका डल्ला, २ वटा करङ्ग, एउटा कम्मर जोर्नीको हाड फेला पर्‍यो। हातहातमा लिएर फर्कियौँ। म चढेको गाडीमै राखी अस्पताल पुर्राई इस्पेक्टर ओमविक्रम राणालाई ‘जाँच गरेर प्रतिवेदन लिई मात्र आउनू। तपाईं राणा भएकोले डा. कुमार शमशेर राणाबाट लासको जाँच गराउन सजिलो होला, बस्नुस्। तपाईंले २ गते लास देख्नुभएको थियो, त्यसको आधारमा लासजाँच गर्राई प्रतिवेदन लिई आउनू’ भनी छाडी फर्केँ। साँझ फोनमा लासजाँचको प्रतिवेदनबारे प्र.इ. राणाले ँलास महिलाको हो, वयस्क महिलाको हो। उमेर र मृत्युको कारण आदि सग्लो लास नहुँदा अनुमान गर्न सकिँदैन’ भने।
मैले सोधेँ -’लाश कति पुरानो रहेछ – सोध्नुभयो कि –’ ‘प्रतिवेदनमा त छैन। कुरा कुरामा ५ मैना जति पुरानो हुनुपर्छ भन्थे डाक्टरले’ भने। यो कुरालाई मन्त्रालयमा जानकारी दिएँ। मेरो ठहरमा मिरा पराजुलीको लास हुनर्ुपर्छ’ भन्ने लाग्यो। अरू १ हप्तापछि यतातिर सोधखोज गर्दै बुझेँ। कुनै उमेर पुगेको महिला हराए मारिएको बुझिन आएन। यसले गर्दा पनि उमेर पुगेकी महिलाको लास, अनि बोरामा हाली नदीमा फ्याँकेको अवस्था, नमिता सुनिताको हत्या र लासको प्राप्तिबाट मिरा पराजुलीकै लास लाग्यो।
‘एउटा बाख्रो चितुवाले मारेको त गाउँभर थाहा हुन्छ भने काठमाडौंबाट गएका युवतीहरू मारिनु, हत्यारा पत्ता नलाग्नु, बोराको लास १ गते देखेर ४ गतेसम्म पनि प्रशासनमा जाहेर नगर्नु, ४ गते नै लास ल्याई पोष्टमार्टम नगराउनु, ४ गते राती सो लास बाढीले बगाउनुबाट अत्यन्त ठूलो र प्रभावशाली गिरोहबाट यो हत्या भएको छ। पुराना धेरै अनुसन्धानकर्ता त सरूवा भैसके। एउटा ज.स.अ. पाण्डे छन्। उनी र प्रहरी इन्स्पेक्टर पनि प्रभावमा परी ४ गते बोराको लासको संरक्षण गरेनन्। यो गिरोह सक्रिय र उपस्थित छ’ भन्ने लाग्यो। र, अरू र्सतर्कताकासाथ अनुसन्धान गर्नुपर्छ’ भन्ने विचार बनाएँ।
आश्विन ९ गते ७.३० बजे वनपालेका हाकिम जिल्ला वन कार्यालयका डी.एफ.ओ. ललितरत्न शाक्यकहाँ गएँ। ‘नमिता, सुनितामाथिको अपराध नदेखे, थाहा नपाएको भए तपाईंका पाले चूडामणिको हत्या हुने नै थिएन। मर्नुभन्दा पहिले उसले त तपाईंलाई भनेकै हुनर्ुपर्छ साथी ! यो केशमा अनुसन्धान पूरा गर्न चाहन्छु। सहयोग गरिदिनुस्’ भनी सम्झाई बुझाई गरेँ। ‘तपाईं हामीजस्तो युवक राष्ट्रसेवक यस्तो क्रुर जङ्गली जनावरको राज्यमा झैं यति ठूलो अपराध भएको देखे जानेर बस्न हुँदैन। कुनै दिन, हाम्रो परिवारमा पनि यस्ता घटनाहरू घट्न सक्छन्। त्यसबेला समाजको आवश्यकता पर्दछ’ भनी सहयोग गर्न विनम्रतापर्ूवक आग्रह र अनुरोध गरेँ। हात मिलाएँ। भोलिपल्ट १० बजे पनि दिउँसो डी.एफ.ओ. शाक्यलाई बोलाई कुराकानी गरेँ। उनीसँग व्यक्तिगत मित्रता बढाउने सिलसिलालाई अगाडि बढाएँ।
१५ गते विहीबार डि.आइ.जी. चन्द्रवीर र्राई आएछन्। सोझै जिल्ला प्रहरी कार्यालयमा गई भीमबहादुर तामाङ्गको हत्या बारेको मिसिल हेरेछन्। ‘नमिता सुनिताको हत्यातर्फकति प्रगति भयो – के कसरी अनुसन्धान हुँदैछ –’ जस्ता कुराहरू सोधेछन्। अरू केके भने भन्ने त थाहा भएन। काठमाडौं झिकाइएको कर्मचारी आई अनुसन्धानको शैली र गतितर्फबुझी फिर्ता भएको कुरालाई खास अवरोध खडा नभएसम्म केही शङ्का गर्न उचित ठानिनँ। अव्यक्त भावनामै राखेँ। डी.एफ.ओ.लाई सर्म्पर्क गरेँ- ‘साथी ! कति प्रगति भयो सुन्न पाऊँ’ उनले भने पर्सि बिहान भेट्छु – नमिता, सुनिता र चूडामणि तीनैजनाबारे केही न केही खबर ल्याउँछु।’
आश्विन १७ गते गृह सचिव विष्णुप्रताप शाहले अञ्चलाधीशलाई ‘सि.डी.ओ.लाई काठमाडौं पठाइदिनू’ भन्नुभएछ। थाह पाई भोलि जाने निधो गरी प्रतिवेदनका रूपमा नमिता, सुनिता, चूडामणिको हत्या सम्बन्धमा दिनभर र रातीसम्म कुराहरू बुझदै सङ्कलन गर्दै गरेँ – सहायक अञ्चलाधीश दामोदर उपाध्यायले भन्नुभयो -’के कसको आदेश निर्देशनमा हो – समयमै प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, दबाउँन नै खोजेको छ भन्ने जनसाधारण समेतको मनमा परेको छ। हामी यस केशमा सफल हुन सक्ने अवस्था छैन।’ आज बिहान डी.एफ.ओ. आउने भनेको आएनन्। तर, पनि साँझ रातीसम्म बसी बुझेसम्मका कुराहरू सङ्कलन गरी गृह सचिवलाई जानकारी दिने प्रतिवेदन तयार पारेँ। प्रहरीबाट लास बरामद अर्थात् मौका तहकिकात गर्दा खडा गरेको लासको प्रकृति मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन बाझिएको छ। जस्तै – प्रहरीको प्रकृति मुचुल्कामा सुनिताको योनीबाट रगत निस्केको, च्यातिएको भन्छ भने पोष्र्टमर्टमले माछाले खाएको भन्छ – खाएको माछाले नै हो भन्ने डाक्टरलाई थाहा हुने कुरा हैन ! साथै, माछाले खाएको भए मृत्युपछि खाएको हुनर्ुपर्छ र मृत्युपछि खाएकोमा रगत आउनुपर्दैन। चूडामणिको प्रकृति मुचुल्कामा काँखीमुनि एकातिर पाँच पैसा छिर्ने प्वाल अर्कोतर्फलोटा छिर्ने भ्वाङ्ग भन्छ भने, पोष्र्टमर्टममा गिद्धले खाएको भ्वाङ्ग भन्छ। गिद्धले नै खाएको भन्ने डाक्टरले थाहा पाउने कुरा हैन। साथै, लासको शरीरको अन्त पनि गिद्धले खाएको हुनुपर्ने – छैन। त्यस्तै चूडामणिकी स्वास्नीलाई प्रहरीबाट ‘चूप लागे तिमीले आवश्यक धन पैसा सबै पाउँछ्यौ र दुःख पर्दैन भनी आश्वासन दिएको -उनले भन्छिन्), प्रहरीले यस सम्बन्धी चासो राख्ने भद्र भलादमीलाई दुःख दिएको, शहर बजार गाउँगाउँमा खडा गरेको आतङ्क, गुण्डागर्दीलाई नियन्त्रण नगरी भयावह स्थिति सिर्जना हुन र बढ्न दिएको आदिआदि कारणले यो घटनालाई गण्डकी अञ्चल स्तर र कास्की जिल्लास्तरका प्रशासन, तथा प्रहरीले दबाउने प्रयास गरेको देखिन्छ। अथवा अञ्चलाधीश गणेशमान श्रेष्ठ, डी.आइ.जी. चन्द्रबीर र्राई, डाक्टर कुमार शमशेर राणा, जनसर्म्पर्क अफिसर मुकुन्दकेशरी पाण्डेहरूलाई यस हत्या काण्डबारे जानकारी रहेको हुनर्ुपर्छ। साथै, यिनीहरू बाहेकमा शाही सेनाका कर्र्णोल क्षेत्रविक्रम शाह र डी.एफ.ओ. ललितरत्न शाक्यलाई पनि थाहा हुनर्ुपर्छ भन्ने सुनिन्छ र देखिन्छ पनि। के कसको निर्देशन र स्वार्थमा यो भइरहेको छ – त्यसतर्फभने यो प्र.जि.अ. अनभिज्ञ र अन्दाज गर्न क्षमताहीन छ। यी सबै कुराहरू पोखरा शहर बजारका आम जनताबाट सुने, विश्लेषण गरेका निष्कर्षहुन् तर उनीहरू आफै हत्या गर्नमा भने संलग्न देखिन्नन्।
दशी प्रमाणहरू दबाउन, बिगार्न र फुस्सा पार्न प्रहरीले समयदेखिनै क्रियाकलाप गरेको देखिन्छ। तर्सथ, यही पृष्ठभूमिमा प्रहरी प्रशासनको माध्यमबाट यो परिस्थितिमा मबाट हत्यारा पत्ता लगाउने कार्यमा सफलता सम्भव देखिराखेको छैन…..।’ आदि। भोलिपल्ट आश्विन १८ गते ११ बजे वायुयानबाट काठमाडौं आएँ। १ बजे मन्त्रालयमा गई गृह सचिवलाई भेटेँ। प्रतिवेदन बुझाएँ। यस सम्बन्धी बुँदा बुँदामा सोध्नुभयो। सुन्नुभयो। भोलि बिहान घरमा बोलाउनुभयो। भोलिपल्ट आश्विन १९ गते ७ बजे नै पुगेँ। निर्देशन दिने सिलसिलामा ‘अनुसन्धान ध्यानपर्ूवक गर्नू, सबैसँग मिलेर गर्नू’ भन्नुभयो। विदा भएर प्लेनबाटै ११.३० बजे पोखरा फर्केँ।
आश्विन ३० गते साँझ ६ बजे डी.एफ.ओ. ललितकहाँ गएँ। उहाँले ‘म आफै त हत्याबारे पूरा कुरा जान्दिन जान्ने मान्छे बाहिर छ। लिन पठाउनर्ुपर्छ। बाटा खर्च चाहिन्छ। के गर्ने – भन्नुभयो। मैले ‘बाटा खर्च लिनुस्’ भनी गोजीमा भएको ५ सय रुपैयाँ दिएँ। उहाँले लिनुभयो र भन्नुभयो -’शायद चाँडै खुल्छ। मैले खास मान्छे पत्ता लगाइसकेँ’ धन्यवाद ! दिएर फर्केँ। मेरो मनमा आशा पल्हाएको अनुभव गरेँ।
कार्तिक ४ गते १२ बजे डा. कुमार शमशेर राणाजीलाई ‘नमिता, सुनिता, चूडामणिको हत्याको अनुसन्धानमा सहयोग गर्नुहोस् डा. साहेव।’ भनी सहयोगका लागि आग्रह गरेँ। उहाँले मैले देखेको कुरा त पोष्र्टमर्टम रिपोर्टमा लेखेकै छु नि ! भनी बुज्रुकाइँ छाट्नुभयो। कुरा बुझेपछि अरू बढी शरण परिनँ। साँझ ५ बजे अञ्चलाधीशका नङ्ग मासु पोखरा नगर योजनाका प्लानर पदमबहादुर क्षेत्रीलाई बोलाई भेटेँ। अनुसन्धानका कुरा चलाएँ। उहाँले चिप्ला कुरा गरेर टार्नुभयो। म पनि व्यक्तिगतरूपमा अनुग्रह प्राप्त गर्न चाहन्नथेँ। यसपछि उहाँहरूसँग फेरि कुरा गरिनँ।
कार्तिक ९ गते दिउँसो अञ्चलाधीशले भन्नुभयो -’सुनिताहरूको हत्यारा पत्ता लगाउने कार्य म गरिरहेको छु। यस्तो अचूक माध्यम पाएको छु। तपाईं सक्नुहुन्न, म सक्छु।’
‘वास्तवमा, यो केशले राष्ट्रलाई नै हल्लाइ दिएको छ। यस्तो ठूलो केशको अनुसन्धान हजुरबाटै भए सुहाउँछ पनि’ मैले भनेँ। ‘भोलिदेखि मेरो अनुसन्धान शुरू हुन्छ। तपाईं पनि बस्ने’ ‘हवस्।’ भोलिपल्ट कार्तिक १० गते कार्यालयीय काम गर्दै थिएँ। २ बजे उहाँको फोन आयो -’आउनुस् त।’ तुरन्तै उठी अञ्चलाधीशको कार्यालयमा गएँ। त्यहाँ स्याङ्जाको प्र.जि.अ., एउटा मोटो मान्छे तीन सिटे सोफामा लम्पसारै भएर अडेसिएर बसेको थियो। अञ्चलाधीशलाई नमस्ते गरेर उसका नजिक गएर बसेँ। एकछिनपछि सेनाको कर्र्णोल छत्रविक्रम शाह र जनसर्म्पर्क अधिकारी पाण्डे हरू आउनुभयो। केही मिनेटपछि एस.पी. पनि। ‘जन्तु ! उही जन्तु !’ भन्ने कुरा गरे जनसर्म्पर्क र स्याङ्जाली प्र.जि.अ.ले गरिरहे। ‘नयाँ प्रयोग गर्न लागेको।’ अञ्चलाधीशले भन्नुभयो। मैले ‘हवस्।’ भनेँ। उहाँले एस.पी. तिर फर्केर भन्नुभयो – ‘यहाँ ठिक छैन, डी.आइ.जी. साहवको कोठामा जाउFm एकान्त ठाउँ बेश हुन्छ।’ ‘हवस्। त्यहीँ ठिक हुन्छ।’ एस.पी. रामविनोद सिंहले भन्नुभयो।
यसपछि त्यहाँको बैठक उठ्यो। अञ्चलाधीश बाहिर निस्कनुभयो। हामी पछिपछि निस्क्यौँ। दर्ुइ गाडीमा बसी पर्ूवतिर लाग्यौँ। अलिकति गएपछि उत्तर लाग्यौँ। राम्रो प्यागोडा शैलीको बर्ूजावाला भवन आयो – त्यही रहेछ डी.आइ.जी.को कार्यालय ओल्ह्र्यौं। भित्र पस्यौँ। दक्षिणी भागमा एउटा ठूलो कोठा रहेछ। स्व. श्री ५ महेन्द्रको सेनाको पोशाकमा रहेको र रानी रत्नको भव्य फोटाहरू आँखामा परे। खुशी लाग्यो – मन रमायो। अर्कोपट्ट िवर्तमान राजा श्री ५ वीरेन्द्र र रानी ऐर्श्वर्यको भव्य फोटोहरू देखा परे। प्लाष्टिकका फूलमालाहरू लगाएका फोटाहरू तुलना गरेर हर्ेदा त ‘जिउँदा राजा रानीको फोटोमा माला ! स्वर्गीय राजाको फोटोमा माला छैन ! हो ! पोखरामा उल्टा कामहरू नै भइरहेका छन् भन्ने मेरो मनमा लाग्यो। तर, सबै फोटाहरूमा धुलो मैलो बढी फोहोर – शायद फोहोरी खेलको पर््रदर्शन होला’ भन्ने लाग्यो।
अञ्चलाधीश, कर्र्णोल, एस.पी., दक्षिण कुनामा, स्याङ्जाको सि.डी.ओ. र म, उत्तर कुनामा, पर्ूव कोणमा मोहडा गरी दुइ जना नयाँ मान्छेहरू बसे। ती दुइमा एउटा गाले, झुपुल्ले, कपाले, मोटो छोटो, अग्लो गुरूङ्ग। अर्को ठिक उल्टो – दुब्लो पातलो सिखुटे चुच्चे बाहुन। बाहुनको पिठ्युँमा झोला थियो। प्लाष्टिकको रस्सीवाल खकनजस्तो गरी दुइ कुममा भिर्ने झोला। कोखामा राखेर बस्यो। मोटो गुरुङ्गले बन्ािएर बसेपछि भन्यो ‘तिमीले आफ्नो गुरुलाई बोलाऊ।’ सिखुटे बाहुनले भन्यो – ‘दिनमा गुरुलाई बोलाउने गरेको छैन, राती भए हुन्थ्यो। ……. गुरुले आज्ञा हुन्न कि -’ ‘हुन्छ, बोलाउन, म जान्दछु नि।’
‘धूप हाल्नुपर्छ।’
‘म धूप ल्याएको छु। गरे हुन्छ।’ गोजाबाट एक प्याकेट धूप बत्ति झिकेर दियो।
सिखुटे बाहुन अलि बनिएर कार्पेट माथि बस्यो। झोला खोल्यो। लामो रूद्राक्षको माला झिक्यो। भूइँमा राख्यो। डल्लो पारेर गुटमुटाएर राखेको सेतो धोती पटुका झिक्यो।
‘के पटुका फर्ेनपर्छ -’ गुरुङ्गले सोध्यो।
‘अँ।’ उसले भन्यो
‘त्यसो भए त्यो ढोका खोली भित्र गएर लुगा फर्ेर्नुस्।’ एस.पी.ले भने। ऊ गयो। दुवै मिनेटमा मैलो पटुकाको कछाड बेरेर, मैलो कालो पेण्ट हातमा लिएर आयो। पुरानै ठाउँमा बस्यो। हामी सबैलाई जुत्ता खोल्न लगायो। सबैले बाहिर आई जुत्ता खोल्यौँ। भित्र फर्केर बस्यौँ।
मोटे गुरुङ्गले आदेश गर्न थाल्यो। दुब्लो बाहुनले टुनामुना शुरू गर्‍यो। टोपी राख्यो, रुद्राक्ष काखमा राख्यो। धूप बालेर मन्त्र भन्न थाल्यो मनमनै। ओँठ चलेको देखिन थाल्यो।
उता गुरुङ्ग कर्ुर्सर्ीीथि नै पलेँटी कँसेर बस्यो। एउटा धूप बाली मनमनै टुनामुना मन्त्र गर्न थाल्यो। दूवैले सँगसँगै टुनामुना गर्न थाले। निष्पट्ट सुनसान कोठामा, ती दर्ुइको अनुहार, आकृति र प्रकृति, प्रवृत्तिमा हामी सबैका नजर केन्द्रित भए। गुरूङ्गले मन्त्र पढिसकेपछि बालेको धूप पछाडि लगेर सङ्गठन चार्ट टाँगेको प|mेममा घुसार्‍यो अनि आँखा लगाएर निष्पट्ट भएर बस्यो।
उता बाहुनले रुद्राक्षको माला लगायो, अनि केके जप्यो। चार पाँच मिनेटपछि बुरुक्क उप्रिmयो, थेँचार्रियो र बस्यो अनि उलुलुल्ल आवाज निकालेर करायो, दर्ुइ हातका औँला लडाएर भाँच्दै बायाँ ढल्केर – ज्रि्रो ल्याम् ल्याम् पार्दै उलुल्ल गर्दै भन्यो – ‘हेर। मनुवा म भनेको पृथ्वीतलको मालिक वासुकी नाग हूँ। ….. हेर के भन्छस्। ……. मनुवा भन्।’ मोटो गुरुङ्गले अञ्चलाधीशलाई हेरेर भन्यो -’के सोध्ने -’
उहाँले भन्नुभयो- ‘निरा मरेकी छ कि छैन -’ मलाई त बल्ल पो थाहा भयो – ‘नाटक नम्बर ‘एक’ अर्थात् निरा, नमिता सुनिताको हत्या काण्ड धामी बसालेर सोधी पत्ता लगाउने प्रयास रहेछ यो !’
एस.पी. साहबले भने ‘निरा पराजुली मरेकी छ कि जिउँदै छ -’
बाहुनले भाँच्चिंदै ल्यामल्याम ज्रि्रो पार्दै कराउँदै, हातका औँला लडाउँदै भन्यो – ‘हेर हेर मनुवा चिठी आएको छ कि छैन -’
‘चिठी आएको छैन मर्दो ज्यूँदो छुट्टाएर भन।’
‘१०/१५ दिनभित्रमा चिठी आउनेछ। त्यसबाट सबै थाहा लाग्नेछ, हेर मनुवा।’
यसैबेला उलुलुलुल्ल गरेर गुरुङ्ग जोडले करायो – जोश बल तेजको बलियो मान्छे जोडले काम्दा त्यो डि.आइ.जी.को निवास नै थर्केको भान हुन्थ्यो। कर्ुर्सर्ीीथि नै ‘हेर, हेर मनुवा म भनेकी आदिशक्तिबाट उत्पत्ति भयाकी भगवती हूँ’ भनेर काम्यो। घरै थर्कायो। सुनसान घरभित्र सबै चुपचाप रहेको, साँझ पर्दै गएको बेला, त्यो दृश्य आकर्ष लागेन। भयङ्कर लाग्यो। घरमात्र हैन जमिनै थर्केजस्तो लाग्यो।
‘म मरेको मसान ल्याएर तेरो दाहिने काँधमा राखिदिन्छु, त्यही मसाने हवाबाट सबै खुल्नेछ जे सोध्नु छ सोधी हेर। मनुवा, सुनिताको मसान घुम्न गएको छ। खोजी ल्याइदिन्छु। हेर ! हेर !!’ गरेर विस्तारै नर्मल अवस्थामा आइबस्यो।
अर्को बाहुनले ज्रि्रो ल्यामल्याम पार्दै थियो। ‘तेरो कुममा मलाई खेल्न दे है – म मरेका मान्छेको हावा ल्याएर तेरो कुममा राखिदिन्छु’ गुरुङ्गले भन्यो।
‘हेर मनुवा यो दिनमा मसान सबै खेल्न गएको छ, आउँदैन, हेर मनुवा ! यो मध्यान्ह हो’ बाहुनले भन्यो र ज्रि्रो भित्रायो। काम्न छोड्यो र बस्यो।
‘पख बस १५ मिनेट जति, मेरा गुरुले खोजेर ल्याउनुहुन्छ। पर्खेर बस।’
आनाकानी गर्दै ‘दिनमा हुँदैन, दिनमा म गुरु बोलाएको छैन’ भन्दै बसिरह्यो। २० मिनेट जति बस्दा पनि गुरुङ्गको कुराअनुसार हावा आएन।
‘लौ त ! भरे गर्नुपर्ला’ भन्दै अञ्चलाधीश उठ्नुभयो। हामी सबै उठ्यौँ।
‘तैपनि एकछिन बसौँ’ भनी जन सर्म्पर्कले रोक्यो। म भने अफिसमा बढी व्यस्तता छ भनी कार्यालयमा फर्की काम हर्ेन थालेँ।
साँझ ७.३० बजे पुनः जम्मा भयौँ। दिउँसोजस्तै गरेर बस्यौँ। मोटे गुरुङ्ग र दुब्ले बाहुन कोचमै बसेर फर्माउन थाले ‘मास, खरानी, बेसार, चामल, फूल र धूप चाहिन्छ।’ प्र.जि.अ. निवास नजिक भएकोले मकहाँबाट लिई आउनू भनी अञ्चलाधीश कार्यालयको पियनलाई भनेँ। कुरैकुरामा बार्‍ह सत्ताइस कुरा हुँदा २० मिनेट जति गएपछि आवश्यक सामान आइपुग्यो। बाहुन कार्पेटमा झरी बस्यो। गुरुङ्ग कर्ुर्चीमै। गुरुङ्गले धूप बाल्यो, बलेको धूप हातमा लिएर म्याम् म्याम्, म्याम् म्याम् गरेकोजस्तो ओठ चलाएर मन्त्र गर्‍यो। आफू वरिपरि घुमाएर बाल्दै गरेको धुवाँवाला धूपलाई मैलो चुरोटका ठूँटावाला एस्ट्रेमा ठडायो। धूपले कोल्टे परेर धूवाँ दिन थाल्यो।
दुब्लो बाहुनले चामलमा खरानी बेसार मिसायो। मन्त्र जप्न थाल्यो। ओँठ चलायो। खरानीको मिसावट हातमा, निधारमा, कुममा र छातीमा लगायो। फूल लिएर अगाडि पछाडि एउटा कागजमा पुजा गर्‍यो अनि पानी भरिएको जगमा फूल हाल्यो। ढोग्यो अनि रुद्राक्षको माला घाँटीमा लटरम्म पार्‍यो। एक मिनेट जति माला लगाई झिक्यो र अगाडि राख्यो।
सलाई कोरेर धूप बाल्यो। जप गर्न थाल्यो अघिजस्तै। १ मिनेट जति जप गर्‍यो। रुद्राक्षको माला बत्तीको धूवाँमाथि घुमाइघुमाई धुवाँर्‍यो। घाँटीमा लगायो अनि सोझो ढाड पारेर बस्यो। मन्त्र, टुनामुना गर्‍यो। १ मिनेटसम्म उलुलुल्ल उलुलुल्ल गर्दै दिउँसोजस्तै गरी औँला गाँसेर, लडाउँदै, दायाँबायाँ कोल्टे पर्दै भन्यो – ‘हेर ! हेर !! मनुवा …………… म ………… पृथ्वीको मालिक ……….. वासुकी ……………..नाग हूँ। ……….. हेर हेर ………………… मनुवा। ……………….. हूँ ! हूँ !!’
गुरुङ्गले सोध्यो -’के छ – भन्नुपर्‍यो।’ ‘हेर हेर मनुवा …….. म सुनिताको मसान ……हावालाई ……….. ल्याइदिन्छु। जे सोध्नु छ सोध मनुवा। सबै कुरा थाहा पाउलास्।।’ बाहुनले काम्दै भन्यो। तुरुन्तै हुँक्का छोडी, छोडी आइमाईको जस्तो रूञ्चे आवाजमा रुन थाल्यो अनि अया गर्दै …… कराउन , चिर्रिन ….. थाल्यो। सुनितालाई मार्दाखेरि उसले भोगेको कष्ट पर््रदर्शन गरेको जस्तो भान भयो। हामी सबै निश्चल भएर हेरी राख्यौँ। एकछिनमै बक्न थाल्यो -’म केके गरुँला, कत्रो मान्छे हुँला भनेर पढ्दै थिएँ। …… घुम्न आएका बेला मलाई फकाएर ठूलो घरमा लगे अनि पाँच जनाले छुरी हानेर मारेका हुन्’ भनेर हूँ हूँ गरी रुन थाल्यो।
‘कसरी मारे – त्यहाँ कसरी लगे – त्यो कसको घर हो – मार्नेहरू कस्ता र कोको थिए -’ अञ्चलाधीशले सोध्नुभयो।
‘सिनेमा हेर्न भनेर त्यो घरमा ल्याए। माथिल्लो तलामा लगेर पालैपालो करणी गरेपछि घर पछाडि रुखको आडमा लगी छुरी हानी मारे। घर चिन्दिन ठूलो घर हो, त्यो घरभन्दा दुई घरमाथि होटल छ। मार्ने ५ जना थिए। एउटा वनको पिउन पनि थियो। ऊ कहिले हामीतिर कहिले गुण्डातिर गथ्र्यो। …… उसलाई पनि पछि मारी दिए।’
‘को हुन् ती पाँचजना – कस्ता थिए – नाम बताऊ।’
‘एउटा थानाको पुलिस अफिसर हो, नाम जान्दिन, अरूले सर भन्थे, एउटा त्यो पिउन, अरू ३ वटा गुण्डा हुन्, नाम जान्दिन ‘ भन्दै फेरि रुन थाल्यो।
एस.पी. साहवले सोधे – ‘पुलिस अफिसर कस्तो थियो – नचिनेका मान्छेसँग कसरी सर्म्पर्क भयो – त्यस दिन कहाँबाट त्यहाँ आयौ -’
यसैबेला मोटे गुरुङ्ग उलुल्ल गर्दै दिउँसोजस्तै गरी काम्यो र फलाक्यो – ‘हेर ! हेर ! हेर ! म भनेकी सृष्टिकर्ता ! ………… आदिशक्तिबाट उत्पत्ति भएकी त्रिलोककी महाशक्ति भगवती हूँ। हेर ! हेर ! हेर ! सुनिताको मृत आत्माको हावा ल्याएर यो धामी खेलाइ दिन्छु। जे सोध्नुपर्छ सोध ‘ भन्दै उलुल्ल गर्दै रोकियो। उतापट्ट िबाहुन भने रोइरहेको थियो।
एस.पी. साहवले फेरि दोहोराए – ‘पुलिस अफिसर अरू अफिसरहरू कस्ता थिए – कसरी तिनीहरूसँग गयौ। भन हामी त्रि्रो हत्या गर्नेहरूलाई सजाय गर्र्छौं।’
‘हेर ! हेर !! हेर !!! मलाई घुमाउन लगे। अघिल्लो दिनहरूमा पनि भेट भएको थियो। प्रेम भावना बस्न गयो। सिनेमा हर्ेन भनेर त्यो घरमा लगे। उपल्लो तलामा लगे। एकछिनपछि घर पछाडि रुखका आडमा लगी चुपी हानी मारे। मान्छेको नाउँ जान्दिन। पुलिस अफिसर गोरोगोरो छ, दाहिने गालामा कोठी छ, मझौला अग्लो छ, अरूले सर भन्थे, एउटा गुण्डा कालो र घुङ्ग्रे कपाल भएको थियो। अरूको याद भएन ‘ भन्दै बाहुन आइमाईको स्वरमा रुँदै रह्यो।
‘मीरा र त्रि्रो बहिनी के भए -’
‘उनीहरू पहिल्यै छुटेका थिए, मारिसकेका छन् तिनै गुण्डाले ‘रुँदै रह्यो।
‘तिमीलाई किन लगे – त्यहाँ करणी गरे कि गरेनन् -’
‘सिनेमा हेर्न भनी लगे। त्यहाँ लगेपछि करणी गरे। सबैले गरे। किन यसो गर्‍यौ – भन्दा राती १ बजे मलाई मारे’ भन्दै रोइरह्यो।
अब गुरूङ्गले नेतृत्वदायी प्रश्न गर्न थाल्यो -’सिनेमा हेर्न गएको कि, भिडीओ हेर्न गएको -’
बाहुनले रूञ्चे स्वरमा हातका औँला लडाउँदै भन्यो ‘भिडीओ हर्ेन गएको।’
कस्को घरमा – श्यामकृष्णको घरमा हो कि र्-र्’
अँ श्यामकृष्णको घरमा हो।’
‘के दुइतले घर छ -’
‘अँ दुइतले घर छ।’
‘मारेको घरको पछाडि वरको रूख छ -’
‘अँ वरको ठूला पात भएको दूध आउने रूख छ।’
‘मारेर फाल्न बोकेर लग्यो -’
‘अँ पाँच जनाले बोकेर लगे र सेती नदीमा फँ्याकिदिए।’
‘के छुरी नै हानेको -’
‘हो, छुरी हानी हाल्यो छातीमा, म बेहोस भइहालेँ। छुरीले हानी मारेको हो।’
मलाई त्यो सब नाटक फोस्रो, रद्दी, नीच नाटक मन परेन र भनेँ- ‘गुरूङ्ग तपाईंले यसरी नेतृत्वदायी प्रश्न नगर्नुस्। यस्तो बेफ्वाकको कुरा गरेर के फाइदा – जबकि पोष्टमार्टममा छुरी हानेको देखिएको छैन।’ अञ्चलाधीशले मेरो मुखमा हेर्नुभयो। तर, केही भन्नुभएन।
गुरूङ्गले मलाई केही भनेन। तर, बाहुनलाई भन्न थाल्यो -’हेर सुनिता …… साँचोसाँचो बता ……. नत्र मैले तँलाई यहीँ बाँधेर राख्छु, जान दिन्नँ ……। टन्न बाँधेर राख्छु। भन साँचो कुरा।’
बाहुनले रूञ्चे स्वरमा भन्यो ‘मैले आज जे भनेँ यत्ति हो …। मेरो वैतरणी भएको छैन … म वितारामा परेकी छु। मेरो वैतरणी भयो भने म खुशी हुन्छु। सबै कुरा सत्यसत्य भन्नेछु,, फेरि भन्नेछु। आज म भन्न सक्तिनँ…..। म अपठ्यारामा परेकी छु।’
‘तँ बोल्ने को होस् – ….. सत्य कुरा भन, वैतरणी हुन्छ।’ मोटे गुरुङ्गले सबैको दम भएझैँ गरेर कड्किँदै भन्यो।
‘म सुनिता हुँ। मेरो वैतरणी भएपछि सबै कुरा भन्छु, अैले म अपठ्यारोमा परेकी छु, भन्न सक्तिनँ।’ रुञ्चे स्वरमै भन्यो। ‘अँ..अँ…. अँ अँ।’ गर्‍यो। आइमाईको स्वरमा रोयो अनि टक्क रोकियो। आँखा च्यायो। पुलुक्क हेरेर अञ्चलाधीशलाई भन्यो -’हवाको कुरा कति साँचो, कति झुटो। म जान्दिनँ हजुर, हजुरहरूले सुनिबक्स्यो होला त्यही हो।’ एस.पी. साहबले सोधे -’तपाईंलाई अघि भनेको कुरा सबै सम्झना छ -’ उसले भन्यो -’छ।’
कर्र्णोल शाहले सोधेपछि अघि काम्दै रुँदै गरी भनेको कुरा दोहोरायो। तर, पुलिस अफिसरको कुरा भनेन। मैले सोधेँ – ‘सबै सम्झना छ भन्नुभयो तर पुलिस अफिसरको बारे भन्नुभएन।’ ‘त्यो त सम्भिmन्न’ भन्यो। यसैबेला बत्ती निभ्यो। सबै उठ्यौँ। लाइटको सहाराले उसले मालासाला झोलामा हाल्यो। सबै बाहिर निस्क्यौँ।
गुरुङ्ग र बाहुनलाई गेष्ट हाउसमा खाना खाई त्यहीँ सुत्न भनी पठाएँ। अञ्चलाधीश, कर्र्णोल, जनसर्म्पर्कहरू अञ्चलाधीशकहाँ गए। एस.पी. र म प्र.जि.अ. निवासमा आयौँ। बस्यौँ। यो नाटकबारे विचार विश्लेषण गर्‍यौँ। एस.पी.ले मलाई सोधे – ‘यो नाटक किन र केको लागि -’
‘तपाईंलाई कस्तो लाग्यो त -’ मैले सोधेँ।
‘मलाई त अञ्चलाधीशले पुलिसलाई पFmसाउन प्लट बनाउँदै त छैनन् – भन्ने लाग्छ।’
‘एस.पी. साहब। तपाईं र म सुनिता, नमिता हत्याकाण्डले जनसमाज बिथोलिएपछि खटाइएका कर्मचारी हुनाले अञ्चालधीशले हामीप्रति विश्वास राख्दैनन्। हत्याकाण्डबारे, अञ्चलाधीश, डि.आइ.जी., डी.एस.पी., र अञ्चलाधीशका खास मान्छेहरूलाई थाहा छ। तर, उनीहरूका मानिसका मालिक हुनाले दवाइ आएका छन्। हामीहरू अपराध अनुसन्धानमा लाग्यौँ। यो थाहा भएपछि हाम्रो ध्यान अन्त मोड्न, द्विविधामा पार्न, अन्यौलको स्थिति सिर्जना गरी देखाउन र हामीलाई दिग्भ्रमित पार्न खेलिने नाटक षडयन्त्रमध्ये यो एउटा नीच नाटक हो। हामी यस्ता प्लटलाई बेवास्ता गरी अनुसन्धानमा हाम्रै विवेक र बुद्धिले अगाडि बढ्नर्ुपर्छ। जबसम्म हामी जिम्मेवारी बोकिरहेका हुन्छौँ। समय र परिस्थितिले साथ दिएसम्मै यस्ता षडयन्त्रसँग संर्घष्ा गर्दै बढ्नर्ुपर्दछ।…. प्रशासन र राजनीति तथा समाजको सहयोग लिन यी शक्तिलाई परिचालन म गर्छर्ुु तपाईं प्रहरी शक्तिलाई सही परिचालन गरी अनुसन्धानमा अगाडि र उपयोगमा ल्याउनुहोस्।’ प्रहरी शक्तिले साँच्चिकै काम गरिदियो भने अपराधी पत्ता लागी छाड्नेछ तर साहव ! हत्याको समयका डि.आ.इ.जी., डी.एस.पी.हरूकोे प्रभाव प्रहरी शक्तिमा परिरहन हुन्न। त्यो च्याप्टर क्लोज -ती दिन गए) भएको पारी नयाँ विचार र नयाँ प्रयास लिई अगाडि बढ्न प्रहरी शक्तिलाई परिचालन गर्नुपर्छ नत्र हामीलाई प्रहरी शक्तिबाटै धोका हुनेछ।’
‘म नयाँ शुरुआत गरेर प्रहरी शक्ति परिचालन गर्छु भएको प्रगति, कार्यशैली वा उठाउनुपर्ने कदमबारे दैनिक यसैबेला अनुभव र विचार आदानप्रदान गर्ने गरौँ।’ यस्तै सरसल्लाह र प्रशासन, प्रहरी, पञ्चहरू तथा र्सवसाधारण जनताको सहयोगमा हाम्रो स्तरबाट हाम्रो विवेक विचारमा आफ्नै ढङ्गले अनुसन्धान कार्य जारी राखौँ।
अञ्चलाधीशको टुनामुनावाला नाटकजस्ता गलत तरिका अपनाई ठूलो धनरासी खर्च गरिरहेको उचित छैन। टुनामुनाजस्ता वकम्फुसे माध्यम के कसलाई देखाउन र अन्यौलमा पार्न गरिन्छ – यसरी पनि हत्या पत्ता लगाउन सके त खुसीको कुरा हो। तर, यस्तो तरिकाबाट सम्भव छँदै छैन। मान्छे ठूलो पदमा बसेकै नाताले महान् हुँदैन, काम र चरित्रले महान् हुन्छ। चरित्र र काम हर्ेर्ने परिपाटी देशमा स्थापित हुनर्ुपर्छ न कि मान्छे !’ यस्तै कुराहरू गरी आजलाई छुट्टयिौँ।
०३८ कार्तिक २२ गते ८.३० बजे डि.एफ.ओ. ललितरत्न शाक्यले बोलाउनुभए बमोजिम उहाँका घरमा गएँ। एकछिन बसेपछि एकजना महिला आइन्। धेरै कुराहरू गरेपछि उनले भनिन् ‘आषाढ ५ गते साँझ भोल्गाजस्तो रसियन जीपमा राखी सैनिकले बन्दुक तालिम गर्ने ठाउँमुनि लगी पेस्तोलले हानी चूडामणिलाई मारी सेती नदीमा फालेका हुन्। त्यसरी हत्या गर्ने प्रहरी ४ जना हुन्। ह. कृष्ण बहादुरलाई चिन्दछु। अरूलाई चिन्दिनँ। अरू कृष्णबहादुरबाट खुलोस्।’
उनलाई ‘आवश्यक पर्दा खबर गर्नेछौँ। नमिता, सुनिता र मीराको हत्याबारे राम्रो बुझनुहोला र फेरि भेट्न आउनुहोला’ भनी रु ३००/- हातमा राखिदिएँ। बिदा गरेपछि, डी.एफ.ओ.लाई ‘साथी भोलि काठमाडौं जाऊँ, गृह सचिव र प्रधानमन्त्रीसँग दुवैजनाले भेटौँ। साथै, तपाईंले काम गरेकोमा तपाईं पुरस्कार र सम्मान, प्रगतिका लागि प्रधानमन्त्री र गृह सचिवमा म तपाईंको सबै कुरा राख्छु। यसरी अगाडि बढौँ, काम गरौँ। भोलि बिहानको प्लेनमा काठमाण्डौं जाऊँ’ भनेँ। उनले ‘हुन्छ’ भनेपछि भोलिको काठमाडौंको कार्यक्रम बनाई फर्किँदासमेतको दुवै जनालाई हवाइ जहाजको टिकट लिएर आएँ।
भोलिपल्ट कार्तिक २३ गते ७.३० बजे काठमाडौं पुग्यौँ। म नेपाल लजमा बसेँ। उहाँ कतातिर बस्न जानुभयो। १० बजे मन्त्रालयमा गई सचिवलाई भेटेँ। मसँग डि.एफ.ओ. आएका छन्। उनलाई हत्याबारे जानकारी छ। हजुरले भेटी ‘म तपाईंको कदर गराउँछु। हत्यारा पत्ता लगाउने काम गर्नुस्’ भनी हौसला दिनुपर्‍यो’ भनेँ। उहाँले भोलि १० बजे उहाँकै ‘घरमा लिई आउनू’ भन्नुभयो।
भोलिपल्ट बिहान प्रधानमन्त्रीकहाँ गएँ। भोलिको समय लिएँ। १० बजे डि.एफ.ओ. शाक्यलाई लिई गृह सचिवकहाँ गएँ। उहाँसँग कुरा हुँदा उनले यसरी भने – ‘चूडामणिलाई प्रहरीले जीपमा राखी लगेका थिए। दिनभरि प्रहरीमा राखी साँझ गाडिमै राखी लगी शाही सेनाले तारो हान्नेमुनि चौरको ढीकमा पेस्तोलले हानी मारेका हुन् र नदीमा फ्याँकिदिएका हुन्। जसमा हवल्दार कृष्णबहादुर एक जना छ। अरू ४ जना छन्। यसैबाट नमिता, सुनिताको हत्या पत्ता लाग्नेछ।’
सचिवले ‘धर्ैयपर्ूवक ती कुरा सुन्नुभयो र भन्नुभयो -’राम्रोसँग खोज्दै जानुस्। काम गर्नेलाई कदर गर्नेछौँ। यो सबै कुरा प्यालेसमा पुग्छ, अन्त खुल्नेछैन’ यसपछि डी.एफ.ओ. साहव अलि ढुक्क हुनुभयो र मप्रति अलि आत्मीय पनि। कार्तिक २५ गते ८ बजे प्रधानमन्त्रीकहाँ गएको फेरि समय सर्‍यो। २७ गतेको मात्र समय पाइयो। त्यतैबाट दरबारका प्रमुख सचिव रञ्जनराज खनालकहाँ पसेँ। ‘डि.एफ.ओ.लाई लिई आएको, गृह सचिवसँग उहाँको भेटघाट गराइसकेँ। प्रधानमन्त्रीलाई भेटेपछि र्फकन्छु भन्दै नमिता, सुनिता, मीरा, चूडामणिको हत्या सम्बन्धी अनुसन्धानमा आजसम्म भएको विवरण जानकारी गराएँ। उहाँले भन्नुभयो – ‘र्सतर्क हुनू, हत्याराले तपाईंलाई पनि मारिदेला। एक जनालाई मार्नेले अरूलाई पनि मार्न सक्छ ……..तपाईंलाई पनि मार्ला है बँच्नुस्।’ ‘मारेछ भने के गर्ने र ! कर्तव्य पालन गर्दा एक दिन मर्नै पर्छ’ भनेँ। ‘तर बाँचेर काम गर्नुस्’ भन्नुभयो। ‘प्रयास त त्यही गर्छु तर …………..।’ विदा भई फर्किँदा बाटोमा मनभरि कुरा खेले ‘यो हत्यारा कहाँ र कति बलियो छ – अहिलेसम्म सुरक्षित छ। पत्ता लगाउन खोज्दा आफ्नो प्राणको प्रश्न उठ्छ !’
कार्तिक २६ गते बिदा हुने सर्न्दर्भमा गृहमन्त्री, गृह सचिवकहाँ गएँ। कुराहरू धेरै भए। तर, यस पटक गृह सचिवले गत पटकहरूमा झैँ राम्रो उत्साह र हौसला देखाउनुभएन। अनुसन्धानमा लाग्ने खर्चबारे कुनै आश्वासन र हौसला दिनुभएन। त्यसबेलाका प्रहरी जिम्मेवार अफिसरहरू हत्यारासँग मिलेको भन्ने कुरा डि.एफ.ओ.बाट पेश भएपछि उहाँको विचारमा केही बदलाव आयो कि – मैले बुझन त सकिनँ तर शङ्का र द्विविधा लाग्यो। साथै, प्रमुख सचिवको -’मारिदेला …….. बँच्नुस् …….. बाँचेर काम गर्नुस्’ शब्दहरू सम्झेँ। अरू द्विविधामा परेँ। ‘शायद यो हत्यालाई दवाउन नै चाहन्छन् कि सबै।’ गृहमन्त्रीले भने ‘राम्रो हौसला दिनुभयो। तर, उहाँको हौसलामा केही दम रहँदैन।’ भोलिपल्ट कार्तिक २८ गते बिहानै ८.३० बजे प्रधानमन्त्रीलाई भेट्न गएँ। भेटेँ। पोखरा नमिता, सुनिताको हत्याबारे कुराकानी भए। ‘खोज्नुस्। सकेसम्म हत्यारा पत्ता लाउनुस्। केही परे मलाई खबर गर्नुस्’ त भन्नुभयो। तर, उहाँको भनाइमा पनि भित्रैदेखि भनेजस्तो लागेन। यस पटकको काठमाडौंको यात्राले मेरो मनमा द्विविधामात्र सिर्जना गर्‍यो – ‘के नेपालका ठूलाठूलाहरू हत्यारा पत्ता लगाउन चाहँदैनन् – ……. मलाई यो सब किन भन्दैनन् — म कसरी बुझूँ – उनीहरूको भित्री मन – …… मन खल्बलिने परिस्थिति रहेको अनुभव त गरेँ। तर, पोखरा फर्किँदासम्म शङ्कातिर स्पष्ट हुन र उनीहरूको आशय बुझ्नतिर लाग्यो भने कर्तव्य पथबाट विचलित हुनुपर्ने हुन्छ, तर्सथ, सबै कुराहरूलाई बेवास्ता गर्दै, नबुझेझैँ गर्दै आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा अनुसन्धान कार्य जारी राख्ने अठोटलाई अगाडि बढाइराखेँ। कार्तिक २७ गते चार बजे पोखरा फर्केँ। डि.एफ.ओ. पनि सँगै फर्के। साँझ १० बजे एस.पी.जी आउनुभयो। मैले काठमाडौंका, उहाँले पोखराका कुराहरू आदानप्रदान गर्‍यौँ।
मार्ग १० गते दरबारले नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गलाई पोखरामा गई नमिता, सुनिताको हत्याको अनुसन्धानमा मद्दत पुराउनू भनी पठाएछ र उहाँ आउनुभयो। भोलिपल्ट मार्ग ११ गते दिउँसो ३ बजेतिर नारायणी अञ्चलाधीशको नेतृत्वमा, गण्डकी अञ्चलाधीश, एस.पी. जनसर्म्पर्कहरूसँग म पनि गएँ। पृथ्वी नारायण क्याम्पसमुनि खरबारी खोल्साखोल्सी, बयरघारी, तुल्सी वनमा तित्रा च्याँखुरा खोजेझैँ -’यहाँ आए होलान् – केटाकेटीहरू भएर यो त्यो घारीमा, त्यो कुनामा, ……… केटीहरूलाई रेप गरे हुनन्। त्यो पुलबाट हिँडे हुनन्। पुलबाट आउँदा वा जाँदा चूडामणिले देखे होला। तब उसलाई पनि मारिदिए हुनन्।’ यस्तैयस्तै कुराहरू गर्दै, अनुमान गर्दै, पाखापखेरा खोँच, झोराहरू हर्ेर्दै हिँड्यौँ। मलाई यो पनि अर्को प्रकारको नाटक लाग्यो र भनेँ – ‘जेठको घटना अहिले आएर तुल्सी वन, पाखापखेरा खोजेर हत्यारा पत्ता लाग्ने त होइन ! हामी यो के गरिरहेका छौँ – ……… यसो नगरौँ, यसबाट केही कुरा पत्ता लाग्दैन। …….. यो ठाउँ खोज्ने त त्यसैबेला थियो। अब सान्दर्भिक छैन यो तरिका।’ ‘के भन्नुभाको तपैंले – हत्याको वातावरण कसरी कहाँ तयार भयो – भनी पृष्ठभूमि खोज्दा यो सब अध्ययन हुनर्ुपर्छ नि’ भन्न्ुभयो नारायणी अञ्चलाधीश गुरुङ्गले। यसबारे अरू छलफल गरेनौँ। एकछिन पुलतिर हेरी फक्र्यौ। गण्डकी अञ्चलाधीशको आयोजनामा ड्रागन होटलमा गयौँ। साँझको खाना त्यहीँ खायौँ। राती १२ बजेसम्म त्यहीँ हत्याकाण्डबारे नै छलफल र समीक्षा गर्‍यौँ। खास त, दर्ुइवटा अञ्चलाधीशले छलफल गर्नुभयो। हामी श्रोतागण भएर सुन्यौँ।
मार्ग १४ गते जानुका अधिकारीको माध्यमबाट चूडामणिकी श्रीमतीलाई बालमन्दिरमा भेटेँ। १० देखि १२ बजेसम्म ‘नमिता, सुनिता, मिराबारे चूडामणिले तपाईंसँग कुरा गर्नुभएको थियो कि – के भन्नुभएको थियो – साथै, चूडामणिकै हत्या कसरी कसबाट भयो भन्ने लाग्छ -’ भनी सोधेंँ। उनले केही कुरा नभएको र थाहा नभएको कुरा गरिन्। दर्ुइवटा छोराछोरी एस.ओ.एस.मा राखी पढाइदिने र अरू आवश्यक सहयोग पनि उपलब्ध गराइदिने आश्वासन दिँदै ‘हत्याराको खोजीमा लागी मलाई सहयोग गर्नुस्’ भन्ने आग्रह गरेँ। पौष ७ गते एस.ओ.एस. बालग्राममा उनका ४/४ वर्षा दर्ुइवटा छोराछोरीलाई लगी राखिदिएँ पनि। तर, उनीबाट अनुसन्धानलाई मद्दत हुने गरी केही सहयोग भएन। एकतर्फी चाकडीजस्तो त भयो। अपराधीको अपराधबाट बिचल्लीमा परेेका परिवारलाई सेवा पुराउन पाएकोमा खुशी नै लाग्यो। देवताकै सेवा गरेको अनुभव त भयो।
यस्तैयस्तै क्रमबाट त्यस्तैत्यस्तै विभिन्न नाटकहरू हर्ेर्दै, देख्दै मेरोतर्फाट हुने अनुसन्धान अगाडि बढाउँदै राखेँ। प्रशासन, प्रहरी, एस.पी., नयाँ इन्स्पेक्टर पोखराबासी पञ्च, वुद्धिजीवी तथा र्सवसाधारण जनताको विश्वास र मायाँ तथा सहयोग राम्रो प्राप्त हुन सक्यो। जसबाट आफ्नो कर्तव्य पालनको बाटोबाट हिँड्दै गरेँ। मेरो कार्यनीतिले शहर बजार, होटल, सेती नदीदेखि गाउँगाउँसम्म व्यापकरूपमा काम हुँदै गयो र पोखरा तथा कास्की जिल्लाभर शान्ति सुरक्षाको स्थिति राम्रो हुँदै आयो।
फाल्गुण २६ गते मंगलबार बिहान ६ बजे नै फोन आयो – कहाँ कताबाट को बोलेको भन्ने परिचय नदिइकन भन्यो – ‘सि.डी.ओ. हो -’ मैले भनेँ – ‘हो, म सि.डी.ओ.मा काम गर्ने मान्छे बोल्दैछु’ भनेँ। उसले ‘ए। तँ सि.डी.ओ., फूर्ति नगर है तैले, जे गरिस्, यत्तिमा बस। अरू अगाडि बढिस् भने तेरो या त यहाँ बसाइ छैन, या खैरियत छैन। कुरो आफै बुझ। अगाडि नबढ !’ भन्यो। फोन राखिहाल्यो। मैले जवाफ दिने मौकै दिएन। मैले त्यसलाई खास महत्त्व नदिई आफूलाई सधैझैँ सक्रियरूपमा अगाडि लगिराखेँ। ७.३० बजे डि.एफ.ओ.कहाँ पुगेँ। उनले बडो राम्रो व्यवहार गर्दै माथि लगे। चिया र प|mाइड अण्डा झिकाए। खाँदै कुराकानी गर्दै उनले ‘नमिता, सुनिता, मीरा र चूडामणिको हत्याबारे’ विस्तृत कुरा गरे। मैले छलफल गरेँ। सोधेँ। दुवैले समीक्षा गर्‍यौँ। बहस गर्‍यौँ। हत्या, अपराध, भ्रष्टाचार, पक्षपात आदि स्थितिबारे दुःखपर्ूण्ा समीक्षा गर्‍यौँ। जसअनुसार ‘जेष्ठ १६ गते दर्ुइजना केटाहरू काठमाडौंबाट नमिता, सुनिता, मीराहरू आएकै बसमा आए। बाटोमा ती केटीहरूलाई बिस्कुटहरू पनि दिँदै, पोखरामा कहाँकहाँ घुम्ने – कहाँ बस्ने – सोध्दै आए। १७ गते उनीहरू बसेको ठाउँ वरिपरि टहल्लिएर फर्किएका पनि थिए।
जेठ १८ गते काठमाडौंबाट एउटा नीलो कार आयो र व्यारेकमा पस्यो। बस्यो। यसपछि बसमा आउने केटाहरूलगाई कहाँ जान्छन् के गर्छन् भन्ने कुरामा पछि लगाई कारमा आउनेहरूले नीज केटीहरूसँग भेटघाट गरेर विश्वासमा ल्याई जेठ २४ गते पोखरा बजार ब्यारेकमा खाने बस्ने निम्ता गरी लगे। यसपछि उनीहरूको लासमात्र फेला पर्‍यो।
डी.एस.पी. मुल्मीलाई पैसा खुवाएर र अरू ओहदाधारीलाई माथिको प्रभावमा पारेर केश पचाउने कुरा मिलाई सोही कारमा काठमाडौं फर्के। चूडामणिले यो घटना आफ्ना आँखाले देखेको हो र प्रहरीसँग भनेको हो, त्यसबेला छाडिदिए। पछि खुल्ने डरले आषाढ ५ गते नीजलाई प्रहरीले पक्री डी.आइ.जी.को गाडीमा राखी जि.प्र.का.मा ल्याएर राखे। राती पेस्तोलले हानी मारेर पुरातत्त्वमुनिबाट सेतीमा खसाली बगाइदिए। केटीहरूलाई मार्ने हत्यारा निलो कारमा काठमाडौंबाट आएका व्यक्तिहरू हुन्। चूडामणिलाई उनीहरूकै निर्देशनमा प्रहरीले मारेका हुन्’ भन्ने कुरा आज सम्मको सुनाइबाट बुझिन आएको कुरा गर्‍यौँ। ‘काठमाडौंबाट निलो कारमा आउने विनोदशङ्कर श्रेष्ठ र राजु राणा हुन्’ भन्ने पोखराको जनसमाजमा चर्चा भइरहेको विषयमा पनि कुरा गर्‍यौँ। साँझ फोन गरेर गृह सचिवलाई अवगत गराउदै त्यहीँ आएर निवेदन गरूँ कि – लिखित प्रतिवेदन जाहेरी गरूँ – अरू कार्यवाही के कसरी अगाडि बढाऊँ -’ भन्ने अनुरोध गरेँ। उहाँले ‘आवश्यक पर्दा म झिकाउँछु, लिखित पठाउनुपर्दैन, यी त सुनिरहेकै कुरा हुन्। अरू सत्यतथ्य खोजी जारी राख्नू। नयाँ अञ्चलाधीशले पनि केही गर्नुहोला’ भन्नुभयो।
‘हवस्’ भनेँ। सो निचोड अस्वीकृत भएको, अनुसन्धान गर्ने जिम्मेवारी पनि अञ्चलाधीशतिर गएको कुरा बुझेँ। दरबारलाई सि.डी.ओ.ले सोझै लेखापढी गर्ने जिम्मेवारी थिएन र त्यो जिम्मेवारी गृह मन्त्रालयको थियो। प्रमुख सचिवलाई व्यक्तिगतरूपमा जानकारी गराउँदा ‘गृह मन्त्रालयको आदेश निर्देशन बमोजिम गर्नू’ भन्नुभयो। प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पोखरामा सबैतिरबाट सुनिन आएको कुरा नै निष्कर्षो रूपमा अवगत गराउँदा कार्यवाहीलाई अगाडि बढाउने तातो जिम्मेवारी महशुस भइरहेको र स्थानीय प्रशासनलाई अगाडि बढ्न तताएको अनुभव भएन अनि ‘ताप्के नताती बिँड तातेको’ अनुभव गरेँ।
यसमा झिनो रूपमा कहीँकहीँ नीर शाहको पनि नाम आएको थियो। काठमाडौंमा भेट हुँदा उहाँले ‘म अपराधमा संलग्न नहुँदा नहुँदै पनि ममाथिको हल्लाले मेरो मन दुखेको छ, नखाएको विष लाग्ने हो भने त मेरा जहान परिवार छोराछोरीको विचल्ली हुन्छ, हजुरले सही छानबिन गरिदिनुपर्‍यो’ भन्नुभएको थियो र उहाँको फोटो मागी ल्याएको थिएँ। त्यस फोटोबाट फोटाहरू निकाली प्रचारमा ल्याइदिएँ। ताकि हत्यारा यही हो भनी कसैले प्रतिक्रिया जनाउँछ कि – देखाउँछ कि — भनी केही युवकहरूलाई फोटो दिएर ठाउँठाउँमा देखाउँदै प्रतिक्रिया माग्दै गर्नू भनी लगाएँ। चैत्र १ गते ‘के.सी.ले ‘चिया पसलमा बसी फोटो टेबुलमा राखी लगभग ५० जनालाई देखाए। कसैले पनि यस फोटोप्रति शङ्का गरेनन्।’ भन्नुभयो।
‘मरेको बाघको जुँगा उखेल्ने।’ भनेजस्तै अरू पक्का गर्न नीर शाहलाई खेलकुदका कार्यक्रमहरूमा पोखरा बोलाएँ। र्सार्वजनिक फिल्डमा सहभागी बनाएँ। कसैबाट पनि उहाँलाई नमिता, सुनिताको हत्या काण्डमा सम्मिलित भएको प्रतिक्रिया दर्शाएन – औँलाएन। यसपछि उहाँप्रति शुरुशुरुमा शङ्का गर्नेहरूको पनि शङ्का निवारण भयो। अर्थात् उल्लिखित अपराधमा उहाँको सम्मिलन छैन भन्ने पुष्टि हुन आयो।
उता चैत्र १ गतेदेखि नयाँ अञ्चलाधीश खड्गबहादुर जी.सी. अनुसन्धानतर्फसक्रिय हुन थाल्नुभएको लाग्यो – साँझ डी.आइ.जी. कार्यालयमा रुकु र रुद्रमणि -विन्धवासिनीको पुजारी) लाई सपरिवार बोलाउनुभएछ। मलाई र एस.पी लाई पनि बोलाउनुभयो। गयौँ। १० बजेसम्म सोधखोज गर्नुभयो। मलाई गृह सचिवले अञ्चलाधीशले पनि अनुसन्धान गर्नुहोला भनेको ठिकै रहेछ’ भन्ने लाग्यो र उहाँलाई सुझावको रूपमा भनेंँ – ‘अनुसन्धान गरेर मात्र के हुन्छ र शङ्का लागेका वा अभियुक्त देखिने खालका मानिसमाथि बुझने कारकेर गर्नेजस्ता कार्यवाही हुने भएमात्र अनुसन्धानको महत्त्व हुन्छ – अहिलेसम्मको अनुसन्धान स्वाङ्ग, ढ्वाङ्ग र केटाकेटी खेलेको वा जनताको आँखामा छारो हालेको मात्र हुन गएको छ।’
उहाँले ‘अब त्यसो हुन्न, म कार्यवाही शुरु गर्राई छाड्छु।’ भन्नुभयो। तर, के कति अनुसन्धान अहिलेसम्म भएको छ – को कसैमाथि शङ्का वा अभियुक्त देखिएजस्तो छ कि – केही सोध खोज गर्नुभएन र मैले पनि यो कुरा छ भन्ने कुरा गरिनँ। चल्ती गाडी आफ्नोआफ््नो बाटोमा चल्दै गयो। ‘दामोदर रेग्मीमार्फ नमिता, सुनिताका बाबुआमासँग उहाँहरूका विचार र निष्कर्षलिनुपर्‍यो ! अनुसन्धानको तरिका अरू केही छ कि – उहाँहरूलाई कुनै व्यक्तिमाथि शङ्का छ कि – भेट्नु पर्‍यो’ भन्ने विचार गरी चैत्र ५ गते बिहान काठमाडौं फोन गरी साथी रेग्मीलाई ‘भोलि बिहान १० बजे मुग्लिङ्गमा भेटौँ’ भन्ने प्रस्ताव राखेँ, अञ्चलाधीश, स.अं. र एस.पी.हरूलाई पनि जाऊँ भनी आग्रह गरेँ। उहाँहरूले पनि कार्यक्रमलाई स्वीकार गर्नुभयो।
भोलिपल्ट चैत्र ६ गते ८ बजे हिँडी १०.१० बजे मुग्लिङ्ग पुगेँ। २ बजेसम्म महावीर गुरुङ्गका लजमा बसी पर्खेँ। मृत बच्चीहरूका बाबु माधवराज भण्डारी २ बजे आइपुग्नुभयो। ठिक यसैबेला अञ्चलाधीश, सहायक अञ्चलाधीश र एस.पी.हरू पनि आइपुग्नुभयो। सबै जम्मा भएर बजारभन्दा अलिकतिमाथि सडकको अफिस अतिथि कक्षमा निस्क्यौँ। आजसम्मका अनुसन्धान सम्बन्धी अनुभव र माधवका विचारहरू आदानप्रदान गर्‍यौँ। कुरैकुराको सिलसिलामा अञ्चलाधीश जी.सी.ले भन्नुभयो ‘मीरा चरित्रहीन केटी हो, उसले केटासँग मिलेर उनीहरूका अनुसार केटीहरूलाई फँसाउन पोखरा ल्याएर आएकी हो। ऊ जीवित छ’ भन्ने कुरा पनि सुनिन्छ नि ! भण्डारीको विचार के छ -’ भन्नुभयो।
माधवले भन्नुभयो – ‘मीरा पराजुली निर्भीक केटी थिई, साथै, चरित्रहीन हैन। साथै, बाँचेकी छ भन्ने कुरा वाहियात हो।’ यसबाट मेरो निष्कर्षा पुष्िट मिलेको अनुभव भयो। बोराको लास वयस्क आइमाईको लास मीराको लास नै हुनर्ुपर्छ। ऊ निर्भीक केटी भएकीले बलात्कार हुँदा प्रतिवाद गर्न खोज्दा उसलाई पहिला नै मारिएको हुनर्ुपर्छ। चरित्रहीन र जीवित छ जस्ता कुरा हत्याराका तर्फाट फैलाएका हल्ला फसाद हुन’ भन्ने लाग्यो। आयन्दा लाग्ने कुरा वा अनुभव र जानकारी आदानप्रदान गर्ने सल्लाह गरी बिदाबारी भयौँ। अञ्चलाधीशको टोली पोखरातिर फर्की हाल्यो। म मेरी जीवनेश्वरी बुटवलबाट आउने हुँदा एकछिन बसेँ। माधवसँग पुनः कुरा भए।
उहाँले भन्नुभयो – ‘र्सर्ूयबहादुर ! देवीलाई पूजा गरेझैँ गरी पालेका हृदयका टुक्रा दर्ुइदर्ुइवटी छोरीहरूको यसरी जङ्गली पाराले हत्या भयो। म कति दर्ुभाग्यवाला हूँ। …… हत्यारा कति पापी हो। जे गरे भए पनि नमारी दिएको भए, मलाई जिन्दगीभरि रुनुपर्ने थिएन।’ गहभरि आँसु गर्नुभयो। म छोराछोेरीको बाबु ! मेरो पनि दील उहाँकैसँग मिल्यो – त्यस्तै हालतमा भएर सोधेँ – ‘भण्डारी ! मीरा वा जनसाधारणबाट शङ्का गरिएका केटाहरूसित छोरीहरूसित वा तपाईंसित कुनै दुश्मनी वा मनमुटाव वा बदलाको भावनाजन्य मानसिकता केही थियो – थिएन –’ ‘थिएन, केही थिएन। मीरासित छोरीहरू खूब मिल्थे। त्यस्तो केही थिएन’ भन्नुभयो। फेरि एकछिन रोकिएर आँखा पुछ्दै भन्नुभयो, -’र्सर्ूयबहादुर म त यताउता सर्म्पर्क गर्छर्ुुसाथीहरूसँग भेटघाट गर्छर्ुुसहने प्रयास गर्छर्ुुसहन प्रेरित हुन्छु। तर, श्रीमती छोरीहरूकी आमा !! उसको बेहाल छ। अहिलेसम्म पनि उसलाई सहने शक्ति आइरहेको छैन। खाना खान बस्छौँ- छोरीहरू सम्झेर आँखाभरि आँसु गरी कच्रक्क भाग छोडेर कोठामा जान्छे। घोप्टो परेर रुन्छे। सम्झाइबुझाई गरी एउटा रोटी त खाऊ भन्छु। मेरो मन राखी दिन रोटी लिन्छे, मुठीमा डल्लो पारी आँसुले भिजाएर बेहोशी र एकसुरे भएर कोठामा जान्छे, धेरैजसो दिनहरूमा बाहिरै निस्कन्न। भगवान् पुकार्दै आँसूमा डुबेर सक्किइसकिएकी छे’।
‘खान बस्छौँ, छोरीहरू सम्झेर, आँसु बगाउँदै रोटी मुठीमा डल्ला पारेर आँसुले भिजाएर बेहोशी र एकसुरे भएर कोठामा जान्छे !’ उहाँको यस्तो अभिव्यक्तिले मलाई पनि विहृवल बनायो। उहाँ त यो सब व्यक्त गरिसक्दा गिलो भइसक्नुभएकेा थियो। मैले भनेँ ‘भण्डारी मैले अनुसन्धानमा कुनै कमी हुन नदिई म सक्दो प्रयास त गर्छर्ुुर ….. तपाईंले काठमाडौंलाई जति बुझनुभएको छ। त्यति मैले बुझेको छैन।’
‘कैफियत काठमाडौंबाटै छ। अञ्चलाधीश वा ठूलो पद पदाधिकार वा ठूलो ठाउँबाट अनुसन्धान अथवा हत्यारामाथि कार्यवाही हुनेवाला छैन, हुने भए भइसक्थ्यो, हुन्न, तपाईंबाट केही हुन्छ कि भन्ने आशा गरेको छु। तर, म्यासिनरी तपाईंभन्दा पहिलेदेखि नै ठूलोबाट सञ्चालित छ। यो पनि बुझछु र तपाईंबाट गरिने आशामा पनि शङ्का गर्छर्ुु………………।’ यस्तै कुराहरू गरेर दुबै रोयौँ। बिदा हुने बेलामा आÇनी श्रीमती सफलादेवी भण्डारीको पुकार र सराप उद्धृत गर्दै – ‘मेरा निरीह छोरीहरू र मिरासमेतको रगतले पोलेर अपराधीहरू, अपराधीका संरक्षकहरू अङ्गभङ्ग भई सपरिवार मास्सिएको र समूल नास्सिएको देख्न पाऊँ।’ भन्नुभयो।
यस भेटबाट म ‘नमिता, सुनिता, मीरा र चूडामणिलाई हत्या गरिएको अनुसन्धान कार्यवाहीलाई अरू संवेदनशील भएँ। तर, माथि उल्लेखित विचार, विश्लेषण र निष्कर्षभन्दा विन्धवासिनीको पुजारी रुद्र बाहुन र बसमा काठमाडौंबाट केटीहरूसँगै आएका केटाहरूको माध्यमबाट तीनवटै केटीहरूको अरू दर्ुइ जना तन्नेरी तथा निकै खानदानी र सौकिन परिवारका जस्ता देखिने दर्ुइ जना मान्छेसित फेवातालमा भेट भएको र डुँगा सयलसमेत गरेको, जेठ २४ गते ५/६ बजेतिर महेन्द्रपुल तरी व्यारेकतर्फलागेको भन्नेसम्म सुन्नमा बाहेक अरू थप जानकारी प्राप्त हुन सकेन।
अपराधीका रूपमा जनसमाजमा व्यापक रूपले चलेको चर्चाका आधारमा कानूनी प्रक्रियाअनुसार बुझनेसम्मको कार्यवाही गर्न, गराउन पनि केन्द्र लागेको अनुभव भएन। यो बुझेका भण्डारीले कसैमाथि किटानी दरखास्त दिन पनि सक्नुभएन। साथै, राष्ट्रलाई नै हल्लाइदिएको केश हुनाले कानूनी रूपमा, खास अनुसन्धानकर्ताको रूपमा, श्री ५ को सरकारका अङ्ग- केन्द्रीय, स्थानीय, प्रभावशाली स्तरका व्यक्तिहरूको चरित्र, प्रकृति र प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जिम्मेवारी बोकेको निकाय र तहहरूबाट तत्सम्बन्धी अनुसन्धान कार्यबाही हुने देखिन आएन।
चैत्र १५ गते डी.एफ.ओ ललितरत्न शाक्य काठमाडौं गएकाले भोलिपल्ट १६ गते बिहानै हिँडी ११ बजे काठमाडौं पुगेँ। डी.एफ.ओ. सँग सर्म्पर्क गरी गृह सचिव विष्णुप्रताप शाहसँग भोलि बिहान ७.३० बजेको समय लिएँ। भोलिपल्ट उहाँ बसेको लजमा गई उहाँलाई लिएर सचिवकहाँ गएँ। दुवैजना भएर सचिवलाई भेट्यौँ। उहाँलाई डि.एफ.ओ.ले भन्नुभयो -’सर। मेरा मान्छेबाट सुनेबमोजिम नमिता सुनिताको हत्या काठमाडौंबाट पोखरा केटीहरूको पछि लागि, गएका तीनजनाबाट भएको हो। वा.अ. ११३२ नं.को कारमा पोखरा गएका हुन्। चूडामणिको हत्या भएको हा,े आत्महत्या वा अरू कारणले मृत्यु भएको होइन’ सचिवले ‘कसरी पक्का भयो -’ भन्नुभयो।
उहाँले ‘त्यो त नभनौँ’ भन्नुभयो। सचिवलाई ‘डि.एफ.ओ.सँग हजुरले मात्र कुरा गर्नुपर्‍यो। ताकि, पूरा कथा बताउन सक्नुहुन्छ होला ! किनकि, डराइरहनुभएको भान हुन्छ। उहाँलाई सुरक्षाको ग्यारेण्टीमा शङ्का छ त्यति पनि मेरो पुच्छर नछोडाइ र कुरा, व्यवहार, सम्झाइबुझाई आदि प्रयासबाट मात्र निस्केको हो’ भनी अनुरोध गरेँ। प्रतिवेदन तयार पारेर उहाँकोको हातमा बुझाएँ। कार्यक्रमअनुसार भोलिपल्ट बिहान उहाँको र डी.एफ.ओ.को बीचमा कुरा भयो। के के कुरा भए – मैले दुवैबाट थाहा पाइनँ र सोधिनँ पनि। लगत्तै र क्रमशः प्रधानमन्त्री र गृहमन्त्रीकहाँ गई घटना सम्बन्धी जानकारी गर्राई ‘विशेष अदालत वा आयोग गठन गरी खटाइ पठाएर अनुसन्धान कार्यवाही गर्नु उपयुक्त हुन्छ’ भन्ने सुझाव दिएँ। तैपनि सत्य, न्याय र इन्साफका लागि काम गरिआएको र अथक परिश्रम लगाएर अनुसन्धान गरेको नमिता, सुनिता, मीरा र चूडामणिको हत्या सम्बन्धमा कार्यबाहीको लागि केन्द्रले आदेश निर्देशन गर्छ कि, विशेष अदालत वा आयोगहरू गठन गर्छ कि, भनी श्री ५ को सरकारको मुख हर्ेर्ने गरेँ। तर, त्यस्तो केही भएन। नेपाल आमाका कलिला विरुवारूपी छोरीहरू र सानै तहबाट भए पनि नेपाल आमाको सेवा गरिरहेको चूडामणिको हत्यामा उनीहरूको आत्माको चीर शान्तिको लागि पर््रार्थना गर्नुबाहेक अरू बाटो थिएन। त्यसै गरी शान्त भएँ। केही दिनपछि नीज डी.एफ.ओ. ललित रत्न शाक्यको पोखराबाट कञ्चनपुरको डी.एफ.ओ.मा सरुवा भयो। सोपछि, उनी पनि भेटघाट गरेनन् र सरुवा भएको ठाउँमा जाँदा जान्छुसम्म भनेनन्। एकाएक सरुवा भई गए भन्ने सुन्नमा आयो।
२०३९ साल वैशाख २१ गते बिहान सचिवले ‘भरे ४ बजे हिँडी काठमाण्डौं आउनू र मेरो घरमा मलाई भेट्नू, म रातीसम्मै पर्खिरहन्छु, सुत्तिन’ भन्नुभयो। ७ बजेमात्र पोखराबाट निस्कन पाएँ। मुग्लिङ्गमा खाना खाई राती १.३० बजे उहाँको घरमा पुगेँ। उहाँ सुत्नुभएको थिएन। आफै ढोका खोल्नुभयो। मलाईभित्र लानुभयो। दर्ुइजना भएर बस्यौँ। कास्की जिल्लाको समाजिक, आर्थिक, राजनीतिक तथा पर्यटकहरू आदि विविध पक्षमा कुराकानी भए।
नमिता, सुनिताको हत्यापछि समयमै अपराधी पत्ता लगाउने जस्तोकाम कारवाही गर्न नसकेकोले, हत्यारा उम्किन गएकोबाट विभिन्न हल्लाहरू उठ्न गई पोखराको शान्ति सुरक्षाको स्थिति ब्रि्रन गएकोले त्यसबेलाका अञ्चलाधीश गणेशमान श्रेष्ठ, डी.आइ.जी.चन्द्रवीर र्राईदेखि तल जिल्लाको प्र.जि.अ. पद्मराज सुवेदी र इन्स्पेक्टर बाबुराम पुन समेतलाई गर्भमेण्टले फाएर गर्दैछ – शायद चाँडै नै निर्ण्र्ााहुन्छ होला ! तपाईंको राय के छ -’ भन्नुभयो।
‘क्षेत्र तथा अञ्चलस्तरका अञ्चलाधीश, डि.आइ.जी.हरूबारे त म जिल्लास्तरको कार्मचारीले के निवेदन गरूँ ! केन्द्रले नै सोँचोस् ! जहाँसम्म जिल्लाको प्र.जि.अ. र जिल्लाको प्रहरी इन्स्पेक्टरलाई फाएर गर्ने कुरा छ त्यसो गर्न हुँदैन। किनकि, अञ्चलाधीश बसेको जिल्लाका प्र.जि.अ. र डी.आइ.जी. एस.पी.हरू बसेको क्षेत्र तथा अञ्चल जिल्लाका जिल्ला प्रहरी इन्स्पेक्टरले उनीहरूको आदेश निर्देशनबेगर केही गर्न सक्ने कुरा हुँदैन। गर्न खोजे भने मनमुटाव हुने, धपाइने, कार्य सम्पादनमा बाधा अड्चन आदि हुने हुन्छ र कठिनाइको सामना गर्नुपर्ने हुन्छ। तर्सथ, सि.डी.ओ. पद्मराज सुवेदी र इन्स्पेक्टर बाबुराम पुनलाई कुनै कार्यवाही हुनुहुँदैन – अन्याय हुन्छ ‘ भनी अनुरोध गरेँ। ‘मेरो पनि यही विचार थियो। तपाईंको राय मिल्यो। म उनीहरूको लागि प्लीड गर्छु भन्नुभयो।
यसपछि चिया पिएर आइरहेको स्थानीय चुनावबारे निर्देशनहरू लिएर बिदा भएँ। पढिरहेका छोराछोरीलाई भेटी वैशाख २२ गते बिहान पोखरा फर्केँ। पछि प्रकाशमा आयो – ‘श्री ५ बाट अञ्चलाधीश गणेशमान श्रेष्ठलाई त गत पुषमै अवकाश मिलेको थियो। डी.आइ.जी. चन्द्रवीर र्राई र डी.एस.पी.हरूलाई श्री ५ को सरकारले अवकाश दियो। टाठो भएर सुनेँ- ‘प्र.जि.अ. र इन्स्पेक्टरको अवकाश रद्द भएछ। सचिवले साँच्चै प्लीड गर्नुभएछ’ भन्ने लाग्यो।
२०४८ साल आषाढ ११ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि मलाई जागिर खोसेर ढाक्रे भएको बेला निज प्र.जि.अ. स्थानीय विकास मन्त्रालयको सचिव हुनुभएको थियो। त्यही बेला दृष्टि साप्ताहिक पत्रिकालाई अन्तर्वार्ता दिनुभएछ। जसमा भन्नुभएछ – ‘म कास्कीको सि.डी.ओ.मा बसिरहन पाएको भए, नमिता सुनिताको हत्यारा पत्ता लगाउँथेँ। मलाई सरुवा गरी द्वितीय श्रेणीको प्र.जि.अ. र्सर्ूयबहादुर सेनलाई खटाएकोले हत्याकाण्ड दबिएर गयो।’ ‘उहाँलाई विवेक, विचार भएको मान्छेको रूपमा देख्थेँ, किन व्यालेन्स गुमाउनुभएछ त -’ भन्ने लाग्यो र यो पनि लाग्यो – ‘त्यसबेलाको गभर्नमेण्टबाट फायर हुनबाट बचाएकोले त्यसो भन्न पाउनुभएछ।’

16245 Total View 90 Today View

34 comments to नमिता-सुनिताको हत्यापछि यस्तो भएको थियो

  • Jas LIMBU

    मैले यो काण्ड बारे मा एक line मात्र सुने को थिए त्यो एक लिने पनि निकै रोचक लागेको थियो मा सानो हुदा. ऐले अनायासै कुनै एउटा घटना पढ्दा पढ्दै झल्यास्स त्यो line को याद आयो र अझ रोचक मानेर पढे l त्यस घटना बारे मा एउटा यस्तो प्लोत बन्यो कि यस बाट निकै राम्रो फिल्म बन्न सक्ष l सी. डी. ओ. सेन को मा तारिफ गर्छु l उहा लै एक salute .

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • raj loo

    नमिता र सुनिता काण्डको सत्य घटना पढेर करिब २५ वर्ष पहिलेको सम्झना आयो | एक जना दाई हुनुहुन्थ्यो ” किरण पराजुली ” उहा लाजिम्पाट बस्नु हुन्थ्यो जब धीरेन्द्रको मोटर आउथ्यो आक्रोसमा आउनुहुन्थ्यो र मार्छु भनेर रिसाउनु हुन्थ्यो | आज मात्र थाहा पाए एस काण्डमा उहाको मिरा पराजुली(दिदि या आन्टी ) पनि स्वर्गीय हुनुभएको रहेछ | यो ठाउमा येदि मा भएमा साएद मेरो पनि तेही आक्रोस हुन्थ्यो नै ……………………………… मलाई पनि राजदरबारको संलग्नता नै छ भनेको सुनेको थिय अरु खोजमा तेसबेला र अहिले पनि गएन

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 2

  • Nabin Rakal

    सायद अब हामिले को हौ, हामी के चाहन्छौ भन्ने कुरा मनन गर्ने बेला आएको छ । चाहे त्यो म हु या अरु कुनै नेपाली जस्ले नेपाली हुनु म गर्व गर्च, हामी कुरा थुला गर्छौ तर काम गर्दैनौ । देश म सबै चिज को अभाव छ तर हामी जे कुरामा पनि चित्त बुझै राखेका छौ ।
    मैले बल्ल थाहा पाए कि कुनै बेला देश म नमित-सुनिता काण्ड भएको थियो भनेर, ति काण्ड अहिले पनि नहुने होईनन्, भएका छन तर हामी दोशी लाई कार्बही नगर्न बिबश कहौ त्यो पनि आफ्नै कारणले । मैले वा एक दुइ जना युवक ले चाहेर हुने केइ पनि होईन, हामीले चाहनु पर्छ । आवाज बुलन्द गरौनु पर्छ । दोशी चहे त्यो जो सुकै होस ज्ञानेन्द्र होस य प्रचन्द, पारस होस या प्रकाश अफु ले गरेको को गल्ती को सजाए उस्ले पौनै पर्छ ।
    यो एउटा नेपाली युवक को आवज हो जस्ले न एक्ली केइ गर्न सक्छ तर उस्ले सयौ आफु जस्तै युवक खोजी रहेछ जसलाई नेपाली हुनु म गर्व गर्छ ।
    सुनिदिने कान होस
    बोलिदिने आवज होस
    सँगइ हिंड्ने पाइला होस्
    चिन्तन गर्ने मन होस
    तब हुन्छ बल्ल समृद्ध नेपाल को निर्माण ।
    हामी सक्छौ तर आट गरौ ।
    हामीले गर्द हाम्रो पुस्ता लाई उज्वल विहानी को किरण देख्न दीउ ।
    भोली हाम्रो दिदी बहिनी वा दाजु भाइ हरुले नमिता सुनिता व डेकेन्द्र थापा ले जस्तो नियती भोग्न नपरोस ।

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 4

  • योगेश आदी, न्यूयोर्क

    बाघको खोल ओढेर स्यालको रजाइ भएको रहेछ ! शक्तिको दबदबाले नेपाललाई सधै गाज्यो , अझै गाज्दै छ !!

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • On April 22, 2010, my daughter Aubrey Sacco, 23 years old at the time, disappeared while trekking in Langtang National Park, in Nepal. Despite many on-ground searches of the area and many interviews of trekkers and villagers by Nepal Police and our own investigations, no evidence has been found. Villagers at Lama Hotel have changed their stories of having seen Aubrey at Lama Hotel to “never having seen her.” Despite a substantial reward being offered, no one has come forward with information.

    In June 2012, 23rd year old Debbie Maveau from Belgium, was found murdered near Dhunche, also in Langtang National Park. No evidence has been found in Ms. Maveau’s investigation.

    please send us any information or question you might have
    [email protected]
    thank you

    We are outraged that the government of Nepal has not been able to do more to find our daughter. Also, why hasn’t anyone come forward to say what they know about Aubrey and about Debbie, these two young independent women, in the prime of their lives.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 96 Thumb down 2

  • pramod

    नमिता सुमिता काण्ड मा दरबारको नै हात रहेको कुरा सबै लाई थाहा भएको नै हो यदि सुर्यबहादुर सेनले त्यस काण्डको खोज र अनुसन्धान गरेका भए के उनलाई दरबारले अन्चलाधिश बनाउथ्यो होला र ? उनको यो कथा खाली दरबारलाई जोगाउन लेखिएको जस्तो देखिञ्छ यसमा उनले दरबारको सम्भावना नै राखेका छैनन् . दरबार संग कुरा गर्न पाएको भए हुन्थ्यो भनेका छन् सबैले संकाको रुपमा लिएको निर शाह लाई क्लिन चिट दिएका छन् ज्ञाने र धीरे को सम्भावना नै नराखी अरु नै दुइ व्यक्तिलाई संकामा राखेका छन्. उनि प्र. जी. अ. हुँदा र अन्चलाधिश हुँदा नै उनलाई चिनिएको नै हो उनि कस्ता व्यक्ति हुन् भनेर

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 6

  • U.M. Tigela

    नमिता सुनिताको चर्चित काण्डको बारेमा मैले पनि धेरै जान्ने बुझ्ने मौका पाएँ | उमेश जी लाई धेरै धेरै धन्यवाद |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • Lakshman

    यो सेन भन्ने जन्तु पनि पंचायत कालको अन्चलाधिस हैन र ??? आफु प्र जीअ भएर आफ्नो पदिय जिम्मेवारी पुरा गर्न नसक्ने , अपराधि लाई पक्रन नसक्ने ले अब यो दस बकवास लेखेर केहि फाइदा छैन / पंचायत कालमा दरबार को मान्छेको बिरुद्ध जाने आँट कसको , सबै कठपुतली भएर नै बस्नु पर्थ्यो /

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 1

  • shashi

    पढेर सारै दुख लग्यो , तर यो हत्यारा पता लगाउन लाई धामी बसाय को भन्ने सुन्दा अचम्म नै लग्यो, हासो पनि लाग्यो.

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • dilip gurung

    आखिर एक शोकविह्वल आमाको श्राप लागि छोड्यो| पाप धुरी बाट कराउछ भनेको यहि हो|
    **********
    बिदा हुने बेलामा आफ्नी श्रीमती सफलादेवी भण्डारीको पुकार र सराप उद्धृत गर्दै – ‘मेरा निरीह छोरीहरू र मिरासमेतको रगतले पोलेर अपराधीहरू, अपराधीका संरक्षकहरू अङ्गभङ्ग भई सपरिवार मास्सिएको र समूल नास्सिएको देख्न पाऊँ।’ भन्नुभयो।
    ***********

    ज्ञानेले सत्ता लिए पछि केस डिसमिस गरियो भन्ने सुन्छु| यहि भतुवालाई अनुसन्धान गर्नु पर्ने हो| तर हाम्रा नालायक नेता भनाउदाहरु बाट यस्तो आशा गर्नु आफै बेकुफ बन्नु मात्रै हो|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 119 Thumb down 5

  • pradhyumna raj sharma

    एस्तो दर्दनाक र हृदयबिदारक घटनाका साछी नेपाली जनता हुनु परेको छ ,अहिलेका मुल्धारे मिडियाले त यो कुरा कहिले उठाउन सक्दैनन् ,धन्य mysansar छ र जान्न बुझ्न पाइञ्छ बेला बेलामा ! त्यो पापी बिनोद शंकर श्रेष्ट हो भने तेस्लाई अहिले पाता फर्काए ति आत्मा लाई कति चैन मिल्दो हो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 72 Thumb down 4

    • mitra

      पुराना घटनाहरुलाई राम्ररी तिथीमिती समेत राखेर शंकास्पद व्यक्तिहरुको नाम समेत उल्लेख गरी लेख्नु भएकोमा लेखकलाई बधाई. तपाईंले तपाईंको काम सक्नु भयो (जो त्यसबेला तेत्ति सम्भव हुँदैनथ्यो होला), अब, त्यो जिम्मा हाम्रो अहिलेका निरीह, अकर्मण्य जस्तो देखिने न्याय-प्रणालीको काँधमाथि छ, आफ्नो दम देखाउनको निम्ति यो उनीहरुको परीक्षाको घडी पनि हो.
      पाले चूडामडीको हत्यामा नाम आएका हवलदार हरि, तत्कालीन अन्य C.D.O., D.S.P., अन्चालाधीश्हरु, D.I.G., इन्स्पेक्टर, S.P., प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, सैनिक छाउनीमा कार्यरत लगायत सबै कर्मचारी र जानकारी भएका जनताहरुले पनि अब बक्के फुटाउनु पर्ने बेला भयो.
      ढिलै भए पनि मृतकहरुका हत्याहरुलाई सजाँय र समुचित राहत मुआवजा (क्षतिपूर्ति भन्न त मिल्दैन.) दिलाउने काम अविलम्ब गरिनु पर्छ.

      मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 0

  • yam pun

    नमिता सुनिता काण्ड, दास ढुंगा काण्ड र दरबार हत्याकाण्डको पर्दाफास दिल्लीबाट संचालित नपुंसक हरुको सरकारले गर्न सक्दैन भन्ने कुरा घाम जत्तिक्कै छर्लंग भैसक्यो! सबैलाई चेतना भया!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 10

  • diwakar

    बिदा हुने बेलामा आÇनी श्रीमती सफलादेवी भण्डारीको पुकार र सराप उद्धृत गर्दै – ‘मेरा निरीह छोरीहरू र मिरासमेतको रगतले पोलेर अपराधीहरू, अपराधीका संरक्षकहरू अङ्गभङ्ग भई सपरिवार मास्सिएको र समूल नास्सिएको देख्न पाऊँ।’ भन्नुभयो।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 63 Thumb down 1

  • rajbarsingha thapa

    होटेल संकर को साहु लाई लगेर २/४ बाघ झाप्पु ठोके मा २ दिनमै सबै कुरा सर्लक्क हुन्छ …किन नाना भाति को हल्ला ……..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 145 Thumb down 1

  • sudhir

    यो काण्ड दबाएको कारण ले नै दरबार ले ओली लाइ
    अन्ह्चाल्धिश बनाएको थियो
    .यो कुरा बुझ्नु जरुरि छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 75 Thumb down 3

  • sanu sharma

    this case sounds like more dangerous than Delhi Damini case, so, this case should be reopened and punished the criminals.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 2

  • Manoj

    कार को नम्बर थाहा भएपछी अपराधी पत्ता लगाउन त्यति गार्हो न हुनुपर्ने हो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 106 Thumb down 1

  • aman

    no one above law.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Ramesh Kaji

    घटना जघन्य छ, यसको Investigation अपुरो हुनु अमान्य हुन्छ
    अपुरो investigation हुन दिने तत्कालिन सरकार दोषी त पक्कै छ
    तर, अघिल्लो पोस्टमा, धेरै comments हरुले केहि व्यक्तिहरु लाई दोष लगाए, त्यो हावादारी ताल हो
    तात्कालीन राजपरिवार का धेरै सदस्यहरु विरुद्ध लेखिन्छ
    त्यस्तै क्रममा राजा बिरेन्द्र को Swiss bank मा सम्पति छ भनिन्थ्यो, जुर Swiss government ले छैन भन्यो
    त्यहि Swiss government ले हरेक बर्ष नेपालि हरुले Swiss banks मा बर्षेनी कति पैसा जम्मा गरे भनेर कमसेकम पछिल्लो तिन, चार बर्ष देखि विवरण दिदा कोहि बोल्दैन
    अनुमान चाही गर्ने, अगाडी को फोहोर नदेख्ने

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 23

  • नमिता-सुमिता काण्ड ,दाशढुंगा काण्ड र दरवार हत्याकाण्ड ! शायद यी तिन हत्याकाण्डका हत्याराहरु को हुन् भनेर कहिलै पत्ता लाग्दैन |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 4

    • balaram

      स्मरण रहोस : दाश ढुंगा हत्याकाण्ड नभई सामान्य दुर्घटना थियो ! होइन भने उनकै पार्टी र उनकै श्रीमती पटक पटक सरकार मा जादा हत्या काण्ड भए पक्कै छानबिन हुन्थ्यो होला !
      एउटा सामान्य दुर्घटना लाइ सत्ता को उकालो मा उक्लिन हत्याकाण्ड को नाम मा भ्रम फिजाइएको थियो यो कुरा नाबुज्ने हरु अब घास खान गए हुन्छ !

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 32

  • bibekanand

    हत्यारा पत्ता लगाउन नदिने समूह भगवान भन्दा पनि धेरै थुन मा ब्याप्त छन् / यस्तो कानुन को पालना नहुने देश मा कोहि कहिल्ल्येइ पनि सुरक्षित हुन सक्दैन/ भोलि गएर तिनै हत्याराका छोरी हरु पनि त अरु को सिकार हुन सक्छन नि तर आफुलाई नै नपर्दा सम्म कहाँ बुध्धी आउछ र? कुत्ता पपिस्ट हरुलाई !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 0

  • krishna

    यस्तै कुराहरू गरेर दुबै रोयौँ। बिदा हुने बेलामा आÇनी श्रीमती सफलादेवी भण्डारीको पुकार र सराप उद्धृत गर्दै – ‘मेरा निरीह छोरीहरू र मिरासमेतको रगतले पोलेर अपराधीहरू, अपराधीका संरक्षकहरू अङ्गभङ्ग भई सपरिवार मास्सिएको र समूल नास्सिएको देख्न पाऊँ।’ भन्नुभयो……….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 61 Thumb down 2

    • binit

      मुख्य संरक्षक टाउकोमा गोलि लागि अंगभंग भै मरिसकि ! अरु बाकि को पनि तेस्तै होस् !

      मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 1

  • arjun sapkota

    मेरो विचार मा तेस्बेलाको राज्ज्य सत्ता ले नै बलात्कार गरेर मारेको हो ,तै भयर राजा देखि उनका भरौटे हरु ,सेना ,पुलिसे ,अनि हुकुमत का सुर्यबदुर सेन ,खड्ग बादुर लगायत का मान्छे हरु सबै प्रत्श्य र परोक्ष्च रुप मा दॊसि छन् ,यी सबै जीवित तथा मुर्दा जे भय नि यिनलाई सुख शान्ति र कैलै अन्द्न्दा कैलै नहोस ,र अघिल्लो जन्म मा नीच योनि बाट जन्म होस् ,निर्दोस हरु लै सुख होस् ,दैब तीन क़ा दाहिना होउन यही कामना

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 2

  • puru

    तेही पापी ,तेही अपराधी राजा हुन खोज्दैछ लाछी ,
    नमिता र सुमिता को रगतले आफुलाई पखाली ,
    इश्वर को हृदय ढुंगा नभए कहा उम्केला यो जाली ?
    मुन्टो भाच्ने छ समयले किन राख्थ्यो पखाली ?
    उसको मनमा ऐले त बज्र पर्यो होला नि तर्सि ,
    हाम्फाल्ला कि फेरी सेतितिर उसले भय बस तर्सि ,
    अनुहार उसको यो बेलामा खिची माइ संसारमा राखौ ,
    पढौ अनि मुहार उसको खुल्लाकी सारा तर्सि ,
    तेही हो हत्यारा अब आवाज किन हामि नगर्ने हो तर्सि ?
    नंग्रा दार्हा सब भाचीएनि बस्छौ हो किन तर्सि ?
    नेपालि हो सब मिलि अब भाच्ने हो मुन्टो पर्सि ,

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 3

  • kedar

    हो हो हो…. येही सराप ले अहिले सम्म काम गरिराखेको जस्तो छ, बाँकी अरु पनी समुल नस्टको बाटोमै छन् ………………………….
    बिदा हुने बेलामा आÇनी श्रीमती सफलादेवी भण्डारीको पुकार र सराप उद्धृत गर्दै – ‘मेरा निरीह छोरीहरू र मिरासमेतको रगतले पोलेर अपराधीहरू, अपराधीका संरक्षकहरू अङ्गभङ्ग भई सपरिवार मास्सिएको र समूल नास्सिएको देख्न पाऊँ।’ भन्नुभयो।

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 2

  • Bishwaraj

    नमीता- सुनीताको कसरी हत्या गरीएको थीयो भन्ने बारे धेरै बुझ्नु सकीयो माइ संचारबाट- अमर लामा- जसलाई अपहरण गरेर कीर्तीपुरको नयाँ बजारमा लगेर हत्या गरीएको थीयो- येसबारे पनी कसरी र कसले भन्ने बुझ्न पाए राम्रो हुने थीयो-

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 0

    • Rijan Thapa

      एकदम राम्रो कुरो उठाउनु भयो || सिधा भन्दा त मदन भण्डारी र जीवराज आश्रित को हत्यारा हरु को कुरो उठाउन पर्यो जोड तोड ले || लौ त सलोक्ये जी यो बारे मा एउटा ब्लग लेखि हलु त || अनि हुन्छ कुरो ||

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 5

      • balaram

        स्मरण रहोस हजुर : दाश ढुंगा हत्याकाण्ड नभई सामान्य दुर्घटना थियो ! होइन भने उनकै पार्टी र उनकै श्रीमती पटक पटक सरकार मा जादा हत्या काण्ड भए पक्कै छानबिन हुन्थ्यो होला !
        एउटा सामान्य दुर्घटना लाइ सत्ता को उकालो मा उक्लिन हत्याकाण्ड को नाम मा भ्रम फिजाइएको थियो यो कुरा नाबुज्ने हरु अब घास खान गए हुन्छ !

        मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 12

  • गगने

    यो मुद्दाको पुनरउठान गर्न सकिदैन?
    अपराधीको संरक्षण गर्ने को त नमिता सुनिता को मातापिताको श्राप अनुसार बंश स्वाहा भयको नै हो जस्तो छ भने एउटाको अनि बंश उधोगतितिरै नासिदै छ!
    अब बाकि रहेका अपराधि र तत्कालिन समयमा अपराध ढाक्न लुकाउन सहयोग गर्ने हरु लाइ खोतलेर कारबाही गर्नुपर्ने देखिन्छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 4

  • subhash siddhi

    विधिको शासन भनेको केवल कानूनहरु को ठेली बनाएर जनताले महसूस गर्ने कुरो होइन.
    घरको अनुशासन निरन्तर कायम राख्न घरमूलिले आफै नै उदाहरण बन्न केहि त्याग गरेर आदर्श स्थापित गर्नु जरूरी हुन्छ. उ बेला को उखान – जैस राजा , वैसा प्रजा ! यो बेलाको बोलि – जस्तो नेता , त्यस्तो जनता ! पन्चे राजकुमारहरुको सिको प्रजाले गरे त , आज पर्खाल-मन्त्रीको सिको परकाशेले पनि पेश गरेर ‘मर्द’को मोडेल देखाए . तसर्थ, आफुले मात्र आफैलाई संभाल्न सकिन्छ – ‘शान्ति चाहनेले आफ्नो थुतुनो र मुतुनो आफ्नो वशमा राख्न सिकौं ‘ / ३० वर्ष पुरानो घाउ बाट सबैले सिक्नु पर्ने पाठ यो बाहेक अरु के नै हुन् सक्ला र !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 114 Thumb down 2

  • [...] 'मेरो कथाहरुको कथा'मा लेखिएका केही अंश उद्धृत गरिएको ब्लग पनि धेरैले रुचि दिएर पढे। यही [...]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0