मेरो Tweet

  • @jwalabizay welcome, send at blog@mysansar.com
  • आजको मुसलधारे वर्षा हुँदै गर्दा खिचेका केही फोटोहरु- जलमग्न काठमाडौँ ! t.co/pisUzAMiOm via @mysansar
  • छिमेकी दाइ बित्नुभो। अनुहार झल्झली आइरा'छ। मान्छेको जीवन यस्तै रैछ। मरी लानु के छ र! #अनित्य

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?

माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भाषण गरे, पत्रिकाहरुले छापे। पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनको कथन थियो। पत्रकार महासंघका अध्यक्षले नै यसो भनेपछि नेपालका अपराधीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन पनि पाइँदो रहेछ भनेर सर्वसाधारणलाई पर्न सक्छ। तर वास्तवमा यो गलत कुरा हो। नेदरल्यान्डसको द हेगमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) कुनै पनि नेपालीविरुद्ध मुद्दा चलाउन सकिँदैन। नेपालमा भएका कुनै पनि घटनाको छानबिन गरी मुद्दा चलाएर दोषी वा निर्दोष ठहर गर्ने क्षेत्राधिकार अन्तर्राष्ट्रिय अदालतलाई छैन। किन ?

किनभने नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानको पक्षमा हस्ताक्षर गरेको छैन। रोम विधानको जगमा नै यो अदालत खडा भएको हो। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले नेपाललाई सो अदालतमा पठाएको भए मुद्दा चल्न सक्थ्यो। तर त्यो पनि भएको छैन।

विश्वास गर्नुभएन ? त्यसो भए संयुक्त राष्ट्र संघ मानवअधिकार उच्चायुक्तको कार्यालयको यो रिपोर्ट पढ्नुस्। त्यसमा स्पष्ट भनिएको छ- नेपालमा द्वन्द्वकालमा भएका अपराध अन्तर्राष्ट्रिय फौजदारी अदालतको क्षेत्राधिकारभित्र पर्दैन।

अन्तर्राष्ट्रिय चासोका गम्भीर अपराधहरु जस्तै नरसंहार, मानवियताविरोधी अपराध, युद्ध अपराधका लागि व्यक्तिहरुमाथि मुद्दा सुनुवाई गर्ने ठाउँ हो अन्तर्राष्ट्रिय अदालत। ६० देशले रोम विधानमा हस्ताक्षर गरेपछि सन् २००२ को १ जुलाईदेखि यो अदालत अस्तित्वमा आएको हो। अहिले रोम विधानमा हस्ताक्षर गर्ने देशहरुको संख्या १२१ पुगिसक्यो। तर छिमेकी देश चीन र भारतसहित नेपालले पनि यसमा हस्ताक्षर गरेको छैन। चीन र भारतले यसको विरोध पनि गर्दै आएको छ। हस्ताक्षर गर्ने राष्ट्रहरुको सूचि यहाँ हेर्नुस्।

हस्ताक्षर गर्ने १२१ देशहरुमा दक्षिण अमेरिकाका सबै देशहरु, युरोपका झण्डै सबै देशहरु र आधा जति अफ्रिकाका देशहरु छन्। रुससहित ३२ देशले हस्ताक्षर त गरेका छन् तर आफ्नो देशको संसदबाट त्यसलाई पारित गरेका छैनन्। अमेरिका, इजरायल र सुडानले भने आफू यो विधानको पक्षमा नरहेको बताइसकेका छन्। उनीहरुले अघिल्ला प्रतिनिधिहरुले गरेको हस्ताक्षरका कारण कुनै कानुनी बन्धन नरहने घोषणा पनि गरेका छन्। यसमा हस्ताक्षर नगर्ने ४१ देशमा नेपाल पनि पर्छ।

कर्णेललाई चाहिँ किन समातेको त ?
कर्णेल कुमार लामालाई बेलायत सरकारले त्यहाँको कानुन अनुसार पक्रेको हो। अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन पक्रेको हैन। त्यहाँको कानुनमा यातना र युद्ध अपराधलाई विश्वव्यापी क्षेत्राधिकार (Universal Jurisdiction) अन्तर्गत राखेकोले जुनसुकै देशमा अपराध गरेको भए पनि पक्रन र त्यहीँको अदालतमा मुद्दा चलाउन मिल्छ। यस्तै कानुन बेलायतबाहेक
अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इजरायल, मलेसिया, स्पेन जस्ता देशहरुमा पनि छन्। युरोपेली देशहरुमध्ये सबैभन्दा कडा कानुन बेल्जियमको मानिने रहेछ। तर यस्तो क्षेत्राधिकार मान्ने र नमान्नेबीच चर्को बहस छ। Universal Jurisdiction भन्दै मलेसियाको युद्ध अपराधसम्बन्धी अदालतले तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई दोषी ठहर गरेको थियो सन् २०११ को नोभेम्बरमा।

Universal Jurisdiction को व्यवस्था भएका देशहरुले पनि अर्काको देशका नागरिकलाई जहाँ पायो त्यहीँ च्याप्प समात्न जाने हैन, त्यहाँको कानुनी व्यवस्था अनुसार कसैले त्यही देशमा उजुरी दिएमा र त्यही देशमा त्यो आरोपी भएमा समातेर मुद्दा चलाउने हो। कर्णेलको मामिलामा त्यही भएको हो।

अब डेकेन्द्रका अपराधीहरुलाई कारबाही गराउने नै हो भने Universal Jurisdiction को व्यवस्था भएका देशहरुमा उजुरी दर्ता गराउने मात्रै हैन कि अपराधीहरुलाई पनि समातेर त्यही देशमा पठाइदिनुपर्छ। कि चाहिँ सरकारलाई दबाब दिएर रोम विधानमा हस्ताक्षर गर्न लगाउनु पर्छ। अनि बल्ल कारबाही हुन्छ।

80 comments to के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?

  • सार्थक

    नेपालले त भारतीय (बिहारी, युपीवाला) लाई नागरिक्ता दिने, भारतलाई नदिनाला, जलश्रोत सुम्पिने, एअरपोर्ट सुम्पिन्ने, नेपाललाई नाफाभन्दा घाटा बढी हुने बिपा, धान्नै नस्क्ने WTO सन्धी सम्झौताहरुमा पो हतार हतार ह्स्ताक्षर गर्छ त, यस्ता मानवता बिरोधी सन्धी सम्झौताहरुमा कहाँ हस्ताक्षर गर्छ त ?
    यो सरकार लगायत सबै नालायक नेता भनौदाहरुलाई अराजकता र दण्डहिनताको मुलुक भनेर नेपालको कुख्याती कमाउनु छ संसारमा ।

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • Bibek Thapa

    उमेश जी तपाइको जानकारी राम्रो छ तर हत्या जस्तो आपराधिक क्रियाकलापमा सग्लग्न भएर मनाबधिकरको ठाडो उलंघन गर्ने हाम्रा देशका नेताका नाममा चुरीफुरी देखाउने नमुनाहरुलाई जनताहरुले नै स्याल खेदेको जसरि खेद्नुनै बेस हुन्छ! नेपाली जनता पहिला जसरी अब चुप बस्दैनन् त्यसैले यस्ताको पक्ष्च्यमा नबोली, नलेखी हामीलेनै यस्ता देशघातीहरुलाई अन्तर्राष्ट्रिय अदालतमा खडा गर्न एकजुट हुनुपर्छ सायदै आपराधिक मानसिकता भएकाहरुलाई जे सुकै भएपनि अन्तर्राष्ट्रिय अदालतले कारबाई गर्छ नै होला त्यो भन्दा अगाडी त हाम्रो नेपालमा पनि त कानुन मरेको छैन नि! आनुहोस तपाईपनि साथमा साथ दिनिहोस….

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • यो ‘गाउले’ नि नेपाली नै हो ‘नेता’ नि हो अनि येस्ता आधार बिना को काइते कुरा गरिहाल्छन नि दिमाग भए’ता………

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

  • Anup Adhikari

    जनयुद्ध मा लड्ने माओबादी का धेरै दाजु भाई हरु लाई Brainwash गरेर लड्न pathako प्रचण्ड लाई पनि कारबाही hunai पर्चा | अहिले आएर सत्य तथ्य खुलेको छ कि. प्रचण्ड कुनै kranti चहन्थेनन, मात्र सत्ता प्राप्ति थियो | नत्र किन आज माओबादी को sabai maag सेलायो |
    काँग्रेस एमाले पनि कारबाही मा पर्नै पर्छ यो देश आज जुन स्तिथि मा पुगेको छ तेश मा सबै भन्दा बडि जिम्मेवार 1 number मा काँग्रेस र २ number मा एमाले छ | ४६ साल पछि janata ले यीनलाई धेरै jimmewari दिएका थिय | तर काँग्रेस आफ्नै पेट वर्ण तिर लाग्यो भने एमाले खाली बोलेर मात्र बस्यो | अहिले आएर बाहुनबाद भन्ने सब्द निकै famous भाको छ त्यो सब्द को क्रेडिट मा राजा भन्दा पनि म काँग्रेस लाई दिन्छु | यो नेपाल को तितो यथार्थ हो | काँग्रेस ले खाली आफ्नो चाकडी गर्ने बाहुन साथी हरु लाई मात्र जागिर दिदै आएको छ | काठमाडौँ बाहिर जाने हो भने गाऊ गाऊ मा कच्ची सडक हरु पहिला पोवेर्फुल बाहुन दाजु भाई हरु को घर अगाडी जनचा ani मात्र अरु जात का मान्छे हरु को बस्ति bhitra जान्छ | हाम्रो समाज यो सबै देखि देखि पनि केहि नबुजि बसी राख्य छ |
    आब कुरा आयो राजा हरु को | तिनी हरु को त के कुरा गर्ने पृथ्वी नारायण शाह र राजा बिरेन्द्र बाहेक अरु सबै आफ्ना नातेदार का मात्र राजा हुन् |

    युद्ध ताका यी सबै ले गरेका kartut त sabailai nai थाहा छ |
    १. माओबादी : कि माओबादी म आइज नत्र मार, कि भात खान दे कि मार, कि आफ्नो बिद्धार्थी सबै लाई हाम्रो कार्यक्रम मा पठाई दे कि मार येस्तै येस्तै |
    २. राजा र सैनिक : माओबादी को गन्ध आयो कि ठोक गोलि | चाहे जो सुकै होस् | जनता पाथी सकेको अत्याचार गर | पत्रिका बाँध गर , tv बन्ध गर एस्तै एस्तै | मान्छे त कति मारे maare .
    3. काँग्रेस : माओबादी हो भन्ने सुराकी लगाएर आफ्ना दुश्मन हरु को सफाये |
    ४. एमाले : देश को एक ठुलो पार्टी को हैसियत भएर पनि भाले न पोथी को भूमिका निर्बाह गरेको | बेला बेला मा काँग्रेस ले जस्तै गरेको |

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 7

  • bibek dhakal

    केहि हुनी वाला छैन भनेर भविष्यको ठोकुवा गरेर जान्नी टोपलिहाल्दिन तर पनि किनकिन यो माओवादीलाई नेताहरुलाई यी कर्नेललाई जस्तो कारवाही हुन्छ भन्नेमा चाही संकै छ. तपाइहरुलाइ कतिको याद छ छैन, द्वन्दकालमा (अझ ज्ञानेन्द्रले शासन हातमा लिएपछि!) त पत्रिकाहरुमा यस्तो समाचारहरु आउथे मानौं हत्या गर्ने, मानव अधिकार हनन गर्नेहरु त खाली “आर्मी”,”प्रहरी” मात्र हुन् , माओवादीले त केहि गरेकै छैनन्. दुवै पक्षको कर्तूतलाई जस्तो हो तेस्तै नछापेर एक पक्षको मात्र ज्यादती बढी देखाउन मा हाम्रो “media-house” पनि जिम्मेवार छ. मानव अधिकारवादीहरुको त कुरै छाडौं – आर्मी ले गरेको दमन चाही दमन माओवादीले गरेको चाही ( पार्टी को मान्छे वा पत्रकार नपारुन्जेल) नजरअन्दाज! एउटा “एभिडेण्ट” उदाहारण- कृष्णमोहन र (अध्यापिका ) नुडूपको प्रात: विचरण को दौरान हत्या. ल ठिक छ कृष्णमोहन त पुलिस को हेड परे….तर नुडूप लाइ हत्या गर्नेको कुनै मानवअधिकारवादीले केहि खोजीनिती गर्यो? उनका टुहुरा भएका ३ छोरीहरुप्रति सहनाभुती नि के जाओस र खोजीनिती गर्न – उहाहरुलाई डलर दिने निकायलाइ well-heeled/”समुन्नत” परिवारको केस, अझ “प्रतिक्रान्तिकारी” लाग्ने केस त देखाउनै मिलेन नि! media र मानवाधिकारवादीहरु त्यो बेलादेखि निस्पक्ष भएर आफ्नो दायित्व सम्हालेका भए,परेको खण्डमा दुवै पक्षलाई हस्तक्षेप गरेको भए सायद कुरा अर्कै हुन्थ्यो होला. अझै पनि के यो “

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

  • गगने

    तेस्तै हो नेपालको पत्रकार!
    यिनीहरु आफ्नो औकात हैसियत गच्छे बिबेक बिद्वता सब पन्छौछां एकातिर र आफुलाई सर्बशक्तिमान महादेव भन्दा ठुलो ठान्दछन!
    जे बोलेपनि हुन्छ,
    मैले बोलेपछि सब चुप हुने पर्छ सबैले मान्ने पर्छ भनठाञ्छन!
    बिल्ला भिरेपछि जहा छिरेपानी हुन्छ!
    जे लेखिदियपनी हुन्छ,
    जे बोलिदियपनी हुन्छ,
    यस्ता धेरै काण्ड र घटना छन् उजगार गर्ने पर्दैन सबैले देखि भोगेका छन्!
    तेसैले त पत्रकार होइन पत्रुकार भन्दछन तनी!

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 7

  • The news regarding Col Kumar Lama , posted on Kantipur National news paper as Col Kumar Lama met his wife ( Mrs Lama) on friday.
    This is 100% false news, how nepali National news paper like Kantipur can post such false news?

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

  • बिक्रम नेपाली

    —————————————————————–
    कनक मणि दीक्षितलाई पनि कारवाही गर्नु पर्यो ।
    —————————————————————–
    केसव बराल (प्रत्यक्ष दर्शी)को बयानका आधारमा कनक मणि दीक्षित जस्तो घोर अपराधी उम्किन नपाओस है साथि हो
    —————————————————————–

    केशब बरालको बयान: “कनकमणी दिक्षित सरलाइ पनि कार्वाही हुनुपर्‍यो दिक्षित सरको सुराकीको आधारमा सर्वसाधरण रुकुम घर भइ पाटनमा बस्ने ज्ञानमणी गौतम, प्रबेश रावल, रविराज थापालाइ २०५९ सालमा हत्या भएको छ । त्यतिबेला सेनालाइ लिएर हत्या गर्न लगाउने कनकमणी सरलाई कोठामा गएको प्रत्यक्ष देख्ने स्यालापाखा २ रुकुमका केशव रावललाइ थाहा छ । होकी होइन भन्ने केशव रावललाइ सोधे थाहा भै हाल्छ नि । सर्वसाधारण मान्छेलाइ माओबादीको आरोप लगाएर मार्न लगाउनु भएको हो दिक्षित सरले कुरा कस्तो परेछ भने उहा पसलम पत्रिका पढ्न जानलागेका वेला ज्ञानमणी गौतम र दिक्षित सरको जम्का भेेट हुदा ज्ञानमणी आफ्नै सोरमा हिडेका वेला दिक्षित सर संग ठोकिन पुग्नु भएछ । अनि दिक्षित सरले ज्ञान मनिलाइ आंखा छैन भाइ भन्नु भएछ छ तेरो छैन तैले हेरे पनि त हुन्छ नि भनेर त भनेकै आधारमा माओबादीको आरोप लगाएर मार्न लगाउनु भएको रहेछ यो कुरा केशव रावलले दुरुस्त राख्नुहुन्छ” ।

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 8

    • rai

      कनक मणि दीक्षित राजाबादी थिए तेतिबेला उसले सुराकी गरेको हो भन सकिन्छ

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 3

    • sandesh

      यी बिक्रमजी ले पनि के के भंचन , श्रोत के हो नि ?

      अनि अर्को ब्लगमा बाबुरामको जर्नेल राजु बस्नेत को बारेमा हिमाल शर्माको अन्तरबार्ता राखेका थिए | मेरो कमेन्ट पनि पडियो होला नै है | मैले कर्नेल राजु बस्नेतलाइ के गर्नु पर्थ्यो बाबुरामले भनेर लेखेको छु त्यहाँ | तेस्तो अपराधीलाई कर्नेल बाट जर्नेल बनाएर …! बिक्रमजी को बाबुराम सम्म पहुच छ भने मैले भनेको कुरो भन्दिए हुन्छ , राजु बस्नेतलाइ के गर्नु पर्थ्यो भनेर……

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Ram Krishna Khadka

    पहिला ब्रिटिश सरकारले तुरुन्त कर्नेल लामालाई रिहा गर्नुपर्छ / किनकि British don’t deserve any right to arrest a Neplese. It is not mandatory to us to fallow their stupid law and they must understand that we are independent nation.

    Second the Lama must have to arrested from the airport and cased to the court.
    Thank you

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 48

  • vivek

    भावनामा बगेर प्याच नबोलौ साथी हो l यो एकपल्ट सोच्ने कुरा हो l चोर होस् , हत्यारा होस् फटाहा होस् जे सुकै होस् लामा तर नबिर्सौ उ हाम्रो आफ्नो नेपाली सेनाको कर्नेल हो l आफ्नै देसको तेस्तो गरिमामय पदको आफै बेइजात नगरौ l
    मित्र हो यदि उ दोषी हो भने , दोषीलाई आफ्नो देसको भूभागभित्र मारेनी हुन्छ काटेनि हुन्छ , तर आहिले देशको प्रतिष्ठाको कुरा हो l आफैले आफ्नो राष्ट्रिय सेनाको कर्नेल लाइ विदेश मा बद्नाम बनाउनु हामी सबैको राष्ट्रिय अनि आत्मा स्वाभिमान ति गोरेको खुट्टामा चढाउनु हो l and it applies to all politicians too, it is not right thing to do……..सहिद को आत्माले धिक्कार्छ साथीहो please lets not do it.

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 46 Thumb down 65

    • bish

      भावनामा बग्ने कुरा होइन / पदको आडमा सर्वसाधारणलाइ हेप्ने, पदको दुरुपयोग गर्ने र सुरछा गर्न भात खाएकाले नै हत्या समेत गर्ने माथि देशले कारवाही नगरे पनि बेलायेतले चासो दिएकोमा बेलायेती नागरिकमा आभार ब्यक्त गरौ /

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 24

  • cRIS

    नेतागीरी गर्ने नेपालका मान्छेहरुको credibility यस्तै बकम्फुसे कुरोहरु गर्दै सोझा-साझा जनतालाई रनभुल्लमा पारी आ-आफ्नो दुनो सोझ्याउने कार्यले गर्दा नै, शून्य छ| अनि ति शून्य भारीकाहरुलाई अघि लगाई हिड्ने जनमानसलाई खै के भन्ने?? wake up!

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 1

  • कविराज

    सालोक्य जी

    तपाइले माथि लेख्नु भएको लिंक http://www.icc-cpi.int/en_menus/asp/states%20parties/Pages/the%20states%20parties%20to%20the%20rome%20statute.aspx मा जादा मैले सुडानले पनि हस्तक्षर नगरेको पाए. तर सुडानको राष्ट्रपति ओमार अल-वशिर लाई त डार्फुर क्षेत्र मा हिंसा फैल्यएको भनेर त अन्तराष्ट्रिय फौजदारी अदालतले दोषी ठहर्याएको छ, हैन र? त्यसैले उनि जथाभावी विदेश जादैनन्. जाने देशले हामी समात्दैनौ भन्ने प्रत्याभूति दिएपछि मात्रै त्यस देश जान्छन.

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

    • सुडानको केस विशेष हो। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले निर्णय गर्‍यो भने रोम विधानमा हस्ताक्षर नगरे पनि अन्तर्राष्ट्रिय अदालतले छानबिन गर्न पाउँछ। सुरक्षा परिषद्ले सिफारिस गरेको यो पहिलो केस थियो। ३१ मार्च २००५ मा सुरक्षा परिषदमा भएको मतदानमा ११ देशले सिफारिस गर्नेमा भोट गरेको थियो भने अमेरिका, चीन, ब्राजिल र अल्जेरिया गरी चार राष्ट्र अनुपस्थित रहेको थियो।
      http://www.un.org/News/Press/docs/2005/sc8351.doc.htm

      मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 1

  • Yogen

    यो पनि राम्रै हो/ पहिला पहिलान्याए नपाए गोर्खा जानु भनेर भएको थिए अब त न्याए नपाए यूरोप तिर जानु भन्ने लाग्यो/ ल ल साथी नेता हरु लाई यूरोपको निम्तो दिने होइन?

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 2

  • Sudip Sharma

    सालोक्य जी, जानकारी को लागि धेरै धेरै धन्यबाद..मैले बुझे अनुसार Rome Statute Ratify गर्नु भन्दा पहिले को case हरुमा चाही त्यो Effective हुदैन..एस्को मतलब अब नेपाल ले Rome Statute मा sign र Ratify गरे पनि पहिले को घटना को बिषयमा मुद्दा चलाउन मिल्दैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

    • Shree...

      येदि तेस्तो हो भने, नेपाल को बिशेस अदालतको निर्णय जस्तो भयो.. तर त्यो निर्णय पनि त सर्बोच ले पछि खारेज गर्यो!

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • mahesh

      हामि शान्ति को मार्ग मा छौ कि द्वन्द को मार्ग मा?
      हो हिजो दुवै पक्ष बात ज्यादती भए होलान, संख्या मा गन्ने हो भने तत्कालिन राज्य पक्ष बात गरिएको र माओबादी बात गरिएको ज्यादती को अनुपात ४:१ छ. एमाले समर्थक इन्सेक को प्रतिबेदन हेरे हुन्छ.
      ति ज्यादती लाइ सत्य निरुपण आयोग बाट ब्यबस्थित गर्ने भनेर १२ बुदे मा हस्ताक्षर गर्ने हरु डेकेन्द्र थापा को मुद्दा मात्र किन उठौछान?
      १) भैरव नाथ गण बाट ६० जना लाइ लगेर एक चिहान बनाउने तत्कालिन सेनापति प्यारजंग थापा लाइ कारबाही नगरेर थमौती गर्ने गिरिजा हुन् र तत्कालिन भ्याली को कमाण्ड हेर्ने तोरण बहादुर सिंह लाइ बढुवा गर्ने माकुने र बिद्या भण्डारी हुन्, येस्मा किन मुख खोल्देनौ.
      २)मैना सुनुवार हत्या काण्ड को , क्याप्टेन निरन्जन शाह लाइ युन ले मिसन बाट फर्काएर कारबाही को सिफारिस गर्दा र काभ्रे जिल्ला अदालत ले गिरफतार को आदेश दिदा तेस्ला लाइ नमानेर बचाउने माकुने र बिद्या भण्डारी हुन्.
      ३) कृष्ण सेन पनि पत्रकार नै हुन्, उनि लाइ यातना दिदै तिन ताला माथि बाट खसालेर मार्ने आदेश दिने खुमे र शेरे लाइ कारबाही किन नगर्ने? किन तत्कालिन भ्याली डि आइ जी अमर सिङ्ग शाह लाइ कारबाही को माग गर्देनौ एमाले को संगठित कार्यकर्ता शिव गाउले? के कृष्ण सेन को हत्या चाहि क्रुरत्ता मा पर्देन?
      ४) कन्चन प्रियदर्शी,राज कुमार केसी,संगीता थापा,जय कुमार आचार्य पत्रकार थिएअनन? के उनि हरु को हत्या चाही मानवीयता पूर्ण थियो?
      ५) सामना को कलाकार चुन्नु गुरुङ लाइ मेजर रबि थापा को कमाण्ड मा बलात्कार गरेर जिउदै पुरिएको थियो पोखरा मा, के त्यो हत्या चाहि मानवीयता थियो?
      माओबादी ले राज्य ले भन्दा ४गुना बढी गैर्ह न्यायिक हत्या गरेको छ.
      ६) बाल कृष्ण दुन्गेल को मुद्दा माकुने प्रम बहेकै समय मा सर्बोच्च ले गरेको थियो, तेस्पछि झाले नाम को झल्ला प्रम भयो, बाल कृष्ण लाइ तेती बेला किन जेल नहालेको र अहिले तेस्को दोष बाबुराम लाइ लगाएको? के माकुने र झाले तेती बेला जुम्रा मार्न व्यस्त थिए?
      तेसकारण आज गाउ घर मा भए को अपराध लाइ लिए जस्तो होइन युद्द काल को ज्यादती, येदि तेस्लाई सत्य निरुपण आयोग मा नलागेर उधिन्ने हो भने राज्य पक्ष को ज्यादती, तिन लाइ चलाउने र ५०-५० लाख को टाउको को मूल्य तोकें हरु लाइ पनि कारबाही को दयारा मा ल्याउने हो त?
      येदि तेस्तो हो भने कर्नेल लामा को गिरफतारी मा किन कराउने?

      गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 54 Thumb down 34

      • mahesh

        निरन्जन बस्नेत को ठाम मा निरन्जन शाह भएछ, माफि चाहन्छु.

        मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 10

      • kapil

        दमदार तर्क महेश जी,
        मलाई कुरा गर्न धेरै आउदेन, तर तपाई ले भनेको ठिक हो. माओबादी ले बिश्वास ले सेना बिघटन गर्यो, तर माओबादी सेना बिघटन गरी पछि माओबादी लाइ दुख दिने नियत देखिन्छ, नत्र भने १६००० मध्य १२००० को हत्या (राज्य बात गरिएको) चाहीजायज थियो? शायद मोहन बैद्य ठिक थिए, सेना समायोजना गर्न हुदेन भनेर!

        मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 22

      • AMRIT THAPA

        महेश जी,
        तपाई ले नाम लिएका अपराधी हरु र अपराधी लै सघाउने हरु अझै पनि जीवित नै छन् … यो बाबुरमे को सरकार ले तिनी हरु लै सजाय किन नगरेको त भन्नुस त ??
        बाबुरमे को सरकार मा पनि त कानुन रैनछ नि .. हैन त ?? के फरक छ र यो बाबुरमे को सरकार झाले र माकुने को सरकार भन्दा …

        येदि उस्तैई सरकार आउनु थियो भने किन गरेको जना अन्दोलान ??? किन उक्साएको आन्दोलन को लागि सोझा साझा नेपाली हरु ? प्रचंडे र बाबुरमे लाई कुर्सि चाइय थियो तेसैले जनान्दोलन को नाम दिएर सोझा साझा नेपाली भादेरा जातियता अनि बिद्रोही भावना को virus ल्याएको ? किन गरेको जनता को भावना माथि खेलवाड ? किन आन्दोलन पछि को आश देखाएर दिएर धोका दिएको जनता लाइ ? — हेर्नुस कुनै मिकलाल माओबादी खाओबादी संग यी प्रश्न को उत्तर छैन …

        मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 14

        • mahesh

          अमृत जी
          किन बाबुराम सरकार को नाम लिनु भएको? शान्ति प्रक्रिया मा माओबादी आए पछि कति सरकार बने? गिरिजा, प्रचण्ड, माकुने, झले को सरकार पछि बाबुराम को सरकार बनेको होइन? किन ति सरकार ले कारबाही गरेन त? कि तेस्को दोष पनि सबै बाबुराम ले लिनु पर्ने हो? बाल कृष्ण ढुंगेल को केश माकुने प्रम हुदा नै सर्बोच्च ले फैसला गरेको होइन? तेती खेर लुतो कन्यौदै बस्ने माकुने र झले अहिले आएर दण्ड हिनता भनेर कराउन मिल्छ? यहाँ भन्दा खुराफाती कुरा केहि हुन्छ?

          मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 26

          • AMRIT THAPA

            महेश जी
            पैला का सरकार ले कारबाही गरेनन.. भ्रस्टाचार गरे , सहि कुरा हो … सब नालायक सरकार बने (स्मरण रहोस : नेता हरु ले नबुझेर , नजानेर देस बिग्रेको होइन .. तिनी हरु ले त जानी जानी आफ्नो व्यक्तिगत स्वार्थ को लागि सब खत्तम बनाएका हुन् )

            अब जवाफ दिनुस :

            वर्तमान सरकार को कर्तब्य के ? झले , माकुने , प्रचंडे सरकार ले झैँ लुतो कन्याएर बस्ने ? कि पैला देखि का भ्रस्टचारी अपराधी लाइ खोजि खोजि कानुन को दायेरा मा ल्याएर कारबाही गर्ने ?
            कि पैला का सरकार ले त गरेनन यो सरकार ले किन गर्ने भनेर दोष अरु लै थुपारेर बस्ने ?

            के गरि रा को छ त वर्तमान बबुरमे चेपगादा को सरकार ले ::
            पैला कै सरकार जस्तो भै रा छ … उस्तै परे निरंकुस्ता लागौन्छा यो सरकार ले ..
            पैला कै सरकार को मा जस्तो भ्रस्टाचार दण्डहीनता ले प्रोत्साहन पाई रा को छ र भ्रस्टचारी अपराधी हरु मौलाएर चरम पुगेको छ

            तेसो भए बाबु रामे को सरकार किन चाइयेको त ?

            मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 11

            • Rijan Thapa

              मेरो गोरु को बार्है टक्क गर्न हुन्न अमृता जी……..अलि अमृत बाणी बोल्न पर्यो || बाबुराम ले त भनेकै छन् नि यो युद्धकालिन घटना लै सत्य निरुपण आयोग बाट समाधान गर्न पर्छ || अहिले उनि ले कारवाही गर्न पर्छ सबै लाइ भनेर हिडेका छैनन् नि || पहिले आयोग मा छानबिन गरौ अनि तेस अनुसार कम कारवाही अगाडी बढाउ भनेका छ || अनि सत्य निरुपण आयोग रास्ट्रपति ले थन्काएर राखेका छन् || खुरुक्क यो अध्यादेश पास गर्न लाइ किन ढिला गरेका हुन् कुन्नि || येह कसै ले कसै लाइ बदला को भाव ले भन्दा पनि तेही नीति संगत आयोग को सिफारिस अनुसार कार्य अगाडी बढाउने हो || रिस पोख्न र आफु अनुकुल र आफ्नो मनमानी अनुसार बादबिवाद गरेर केहि फाइदा छैन || जुन बाबुराम जी ले पठाएका थिए बिधेयेक रास्ट्रपति समू त्यो बिधेयेक रत्रपति ले तुरुन्त पास गर्नु पर्थ्यो || एक एक लाइ ल्याउदै गर्दा युध्हा सम्बन्धि मुद्धा मा खोइ चोखो छैन || देखि हाल्नु भयो राज्य पक्ष्य बाट नै तेस्मा ठुलो नरसंहार भएको छ || र नरसंहार को समय मा तत्कालिन सरकार (कांग्रेस, एमाले अनि राजाबादी) नै एसको भागिदार हुन् || अनि अर्को कुरा जति तपाइलाई आफ्नो आफन्त जन ले ज्यान गुमौदा दुख्छ तेती नै सोझा साझा जनता अनि पक्ष्य बिपक्ष्य येह बहस गर्ने को दुख्छ || येति होइन आफ्नो सोचाई ठिक हो एक्पक्स्ये को मात्रै हिसाब गर्नु पर्छ भन्ने हो भने सिधै त्यो फेरि मारकाट निम्त्याउने बाटो मात्रै हो || कमेन्ट गर्दा एकपटक निस्पक्ष्य दिमाग ले सोचेर गर्नु होला || यो कमेन्ट गर्ने भनेको ठाउँ कसैलाई रिस पोख्न को लागि होइन ||| स्वस्थ बहस मार्फत एसले देश लाइ निकास दिने कुनै उपाए देवोस ||| र साथी हरु जहिले पनि कमेन्ट गर्दा यो कुरा चाही क्याल गरौ || देश धेरै दुबिसक्यो र अब पनि पार्टी कै खुट्टा समातेर बस्ने हो भने देश कहिल्येइ पनि बन्दैन येस्तै गरि अनन्तकाल सम्म चलिरहन्छ || न देश ले निकास पाउछ न त जनता नै सुखी हुन्छन || देश अस्तब्येस्थ छ तेही माथि हामी जनता त झन् ||

              मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 10

              • madan bajracharya

                राजन थापाज्यु
                यो प्रस्तावित आयोगमा निम्न त्रुटिहरु स्पस्ट देखिन्छ/
                ०१. अहिले थातिमा रहेको “सत्य निरुपण तथा मेल मिलाप आयोगको अध्यादेशमा के कस्तो ब्यबस्था गर्ने भनियको छ त्यो सार्वजनिक गरेको छैन/

                ०२. तेस्तो अध्यादेस मानव अधिकारको हनन गर्ने पार्टीकै सरकार बात प्रस्तावित हुनुले यो अध्यादेस मार्फत गठन हुने आयोगले देकेंद्र्लाई जस्तै मार्नेले सजाय पाउने कुरामा कमै मात्र आस गरिन सकिन्छ/

                ०३. यो आयोगको नाम पछाडिको “मेलमिलाप” सब्दले पनि पीडकलाई सजाय नगर्ने बरु उल्टै पिडितलाई सुका मोहर लियर पीडक सिट मिलापत्र गर्न बाध्य गर्न खोजेको स्पस्ट देखिन्छ/

                ०४. क्रान्ति क्रान्तिकारीलाई दमन गर्ने नाममा निर्दोष नागरिकहरुलाई अनाहकमा अमानवीय यातना दिने बात तिराईनु पर्ने रकम अत्याचार गर्नेकै श्री सम्पति बात तिराईनु पर्छ/ तर यो आयोग बनायर रास्ट्रको ढुकुटी बात तिराउने प्रयास गरेको जो कोहिले बुझ्न सकिन्छ त् यो आयोग बनाउने प्रयास मात्र अत्याचारीलाई उन्मुक्ति दिलाउन गठन गरियको जस्तै देखिन्छ/

                यदि जनयुद्धको बेला भयको निर्दोस मानवको हत्या र मानव अधिकारको हनन भयकोमा छानबिन गर्ने र के कस्तो सजाय दिने भन्ने कुराको निर्क्यौल गर्न स्वतन्त्र नागरिक समाज र सर्वोच्च अदालतको न्यायाधिस हरु बाटै “सत्य निरुपरण आयोग” को गठन हुनु पर्छ/ तव मात्रै अपराधीले सजाय पाउन सक्छ र अन्यायमा परेको नागरिकले न्याय पाउन सक्छ/

                मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

              • AMRIT THAPA

                राजन जी,
                पैला .. तर्क दिएर मेरो कुरा कत्नुस .. उखान जबर्जस्ति मिलाउन खोजेर होइन .. तपाई को उखान अनुसार मैले “मेरो सब कुरा ठिक” भनेको छैन …बरु मैले येहा गलत कुरा चै गरेको छैन.. चित्त बुझ्दैन भने तर्क दिएर बुझौनुस ..

                अनि उखान उचित ठाउँ मा प्रयोग गर्दा स्वाद र मिठास अर्कै हुन्छा भन्ने पनि बुझ्नुस

                तेसो भए त युद्ध काल भनेर .. तेती बेला का सब ज्यानमारा अपराधी लै उन्मुक्ति दिए भै हाल्यो नि … त्यो बेला त जसले जे गरे नि हुने रैछ नि त
                हेर्नुस युध कालिन भनेर दोहोरो भिडन्त मा मारिएका दुवै पक्ष्य (सरकार अनि माओबादी लुटेरा ) का सहिद हरु लाइ लिन सकिन्छा

                कुनै हतियार नभएको साधारण व्यक्ति लाइ गरेको हत्या लै कदापी लिन सकिदैन …कसरि भन्न सक्नुहुन्छा एस्तो हत्या व्यक्तिगत रिस मा भएको होइन भनेर ?

                मेरो विचार मा युध काल भनेर सब व्यक्तिगत लुटेरा , हत्यारा , अपराधी हरु लाइ उन्मुक्ति दिन कदापी मिल्दैन … जसले दोहोरो भिडन्त मा सहिद भए उनीहरु लै मात्रै लिन सकिन्छा /

                मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

      • madan bajracharya

        महेशज्यु
        लोकतन्त्रको नारा लगायर आज सरकारको नेत्रित्वो समेत गर्दै गरेको पार्टीले अरुको अपराध गनेर आफ्नो अपराध दवाउनु राम्रो कुरा होईन/ जनयुद्धको मर्यादा राख्नु छ र मावोबादी पार्टी लोकतन्त्र (अर्थात नागरिको हरायक किसिमको अधिकार जसमा अन्यायमा परेका नागरिकले न्याय पाउने अधिकार पनि हुन्छ) को हिमायती हुन् भनेर प्रमाणित गर्न पनि आफ्नो कार्यकर्ताहरु बात नागरिक र पत्रकारहरुको हत्या भयकोमा कार्यवाही गरेर देखाउनु पर्छ/ मावोबादिले यस्तो उदाहरण स्थापित गरे भबिस्यमा पनि कसैले निर्दोस नागरिकहरु माथि अत्याचार गर्न सोच्न पनि सक्दैन/

        सेना र मावोबादी लडाकु बिचमा र उनीहरुले यक अर्का माथि गरेको युद्ध अपराध १२ बुंदे सम्झौता र लडाकुहरु समेत सेनामै समाहित गरि सके पछि ती कुराहरु अब उठाई रहनुनै नपर्ने अबस्थामा यो सत्य निरुपण तथा मेल मिलाप आयोग कसलाई को सिट मेल मिलाप गराउन हो; निर्दोस नागरिकको हत्याराहरुलाई आफन्त अनाहकमा मारियाका परिबार सिट? यो कसरि न्याय संगत हुन्छ महेशज्यु?

        फेरी कसै कसैले जनयुद्धको बेलामा निर्दोष नागरिकहरुको अनाहकमै हत्या गरेको कुरा उठाय शान्ति प्रक्रिया भंग हुन्छ भन्ने उदेक लाग्दो कुरा उठाईरहेको छ/ शान्ति प्रक्रिया युद्धरत सेना र लडाकु सिट मात्रै सम्म्भंदित बिषय हुन्/ निर्दोष नागरिक र पत्रकारको हत्या जनयुद्ध सिट सम्भंदित बिषय नै होईन/

        पार्टीको नीति बिपरित नागरिकको हत्या गर्नेलाई पार्टीले बचाउन खोजेमा नागरिक समाजमा जुन असन्तोषको जुन लहर उत्पन्न हुन्छ तेस्ले कुनै पनि प्रकारको शान्ति प्रक्रिया भंग हुन् सक्छ/ लोकतन्त्रको लागि लडाई लड्ने पार्टी माथि जनताको बिस्वास गुम्ने हुन्छ/ निर्दोष नागरिक तथा पत्रकारको हत्या जनयुद्धको पाटो बन्ने सक्दैन बनाउन दिनु पनि हुँदैन यदि जनयुद्धको मर्म र मर्यादा कायम राख्नु छ भने!!!!/

        मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 6

        • mahesh

          मदन, अमृत जी
          अहिले को अबस्था तत्कालिन राज्य पक्ष र माओबादी को बीच हार जित नभई शान्ति सम्झौता मा गैर टुंगिएको हो. र एसको महत्वपूर्ण कुरा हो कि जनयुद्द को क्रम मा माओबादी वा सत्ता पक्ष बात भएका ज्यादती लाइ अन्य अपराध जस्तो नगरी सत्य निरुपण आयोग मार्फत टुंग्याउने भनिएको हो. भनि रहन नपर्ला कि जनयुद्द को दौरान मा करिव १२००० जति सरकारी सेना प्रहरी(तत्कालिन राज्य पक्ष )बात मारिएका हुन् र तेस्को पनि ९०% दोहोरो भिडन्त मा नभई माओबादी को आरोप मा समातेर हत्या गरिएका हुन् चाहे त्यो दोरम्बा होस् कि भिमान, केराबारी होस् कि ठुमी वा कोटवाडा होस् कि खारा! के ति सबै लाइ फौजदारी अभियोग लगाएर अदालती प्रक्रिया मार्फत जाने ? तेसो हो भने को रहन्छ बाकि? अनि के हुन्छ शान्ति सम्झौता? हो शान्ति प्रक्रिया मा आएपछि भएका अपराध लाइ जोगाउन पाइदेन तर जुन युद्द को क्रम मा र त्यो युद्द ले ल्याएको दबाब ले जुन शक्ति को नेता संग शान्ति सम्झौता गरियो, अनि तेही युद्द को क्रम मा भएको घटना लाइ लिएर तेही पार्टी को कार्यकर्ता लाइ मुद्दा लगाउने? दिकेन्द्र वा अर्जुन लामा के तिनी हरु युद्द को क्रम मा मारिएका हुन्. हो युद्द को क्रम मा भएका घटना लाइ उधिन्ने हो भने किन माओबादी पक्ष लाइ मात्रै तारो बनाउने? सबै भन्दा धेरै हत्या गर्ने सरकारी पक्ष र संकटकाल लगाएर टाउका को मोल तोक्ने हरु लाइ पनि शुरु गरौ न त? अनि तेसो गरियो भने के होला शान्ति प्रक्रिया?

          मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 6

          • madan bajracharya

            महेश ज्यु
            क्रान्ति भनुन बा जनयुद्ध; त्यो जनताको निमित लडेको थियो जनतालाई मार्नको निमित होईन/ अधिकार बिहिन बनायको कारणले नै जनयुद्ध गरेको भन्दै आयको मावोबादिले जनतालाई मार्नु हुन्छ? हुँदैन भने जनता मार्ने आफ्नै कार्यकर्ताहरु र तत्कालिन सेना र सरकारको पदाधिकारीहरुलाई कार्यबाही गरेर मावोबादिले देखाई दिनु पर्छ/ अपराधिलार्र दण्डित गरेमा शान्ति प्रक्रिया अबरुद्ध हुन्छ भन्नु गलत हो/

            युद्धको मैदानमा धुनमा पिसियर मरेको र बन्धकी बनायर यातना दिंदै जिउन्दै पुरेको घटनालाई यकै हिसावले अरुले त् लिय लिय तपाईं जस्तोले पनि तेस्तै सोच्ने!!!/

            मावोबादिले गरेको नराम्रो कामलाई नराम्रै भनेमा मावोबादीको अशुभ चिन्तक त् हुँदैन मित्र महेश्ज्यु/ भोलि पनि चुनाव त् हुन्छ नै/ चुनावमा ई दल तथा नेताले होईन जनताले भोट दिन्छन/ त् आज मावोबादिले गलत काम गरेकोलाई पनि सहि भन्ने व्यक्तिले भोलि जनताको मत कसरि पाउने हुन्छ? जनता बात टाढा बसेका नेताहरु आज दिल्लीको कमारा बनेको तपाईंले देख्दै आउनु भयकै छ; त् …….बाकि कुरा तपाईं जस्तो बुद्दिजिविलाई मैले भन्नु पर्दैन/

            मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

            • mahesh

              मदन जी
              जनता लाइ मार्न भनिएको के हो?को हो जनता नभएको?चाहे त्यो भ्रस्ट होस् वा चाहे त्यो अपराधी, तिनी हरु कुनै न कुनै पार्टी का कार्यकर्ता र नेपाली नागरिक हुन्. अहिले माओबादी बिरोधि हावा चलाइएको ले डेकेन्द्र थापा लाइ निर्दोष वा निरिह मान्ने हरु ले ६०/६१ को दैलेख लाइ हेरे के होला? दैलेख का सरकारी जासुस भनेकै डेकेन्द्र र कृष्णा शाह(महिला) थिए. सुराकी कै कारण ले माओबादी को जिल्ला समिति क सचिव सहित ७ जना एकै थलो मा एक चिहान भएका थिए र प्रकाण्ड(खडग बहादुर बिश्वकर्मा) जो पछि मन्त्रि पनि भएका थिए ति बाल बाल बचेका थिए.युद्द भुमि मा तरवार को धार मा हिड्ने लाइ थाहा हुन्छ युद्द कति निर्मम हुन्छ र दुश्मन कसरि camouflage गरेर आउछ भन्ने कुरा. न कि हिटर ताप्दै कम्युटर को की board चलाएर प्रायोजित समाचार को आधार मा निष्कर्ष निकालेर.

              मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

              • mahesh

                अनि मदन ज्यु
                राज्य बात मारिएका २४ जना र मिलन नेपाली लगाएत बेपत्ता बनाइएका ३ जना पनि पत्रकार नै थिए, तिनी हरु कुनै युद्द को बेला दोहोरो भिडन्त मा मारिएका थिएअनन, लौ सेना संग बन्दुक लिएर लादन जादा मारिएका कामरेड जित,बलबाहु रक्तिम जस्ता को त कुरा नगरौ, हामी तेस्लाई हत्या भन्देनौ त्यो भिडन्त मा भएको मृत्यु थियो, त्यो बाहेक राज्य ले समातेर मारेका करिब १०००० जना नेपाली नागरिक होइनन? कृष्ण सेन लाइ तिन तला बात जिउदै फालिएर मारिदा, राजकुमार केसी को आखा झिक्दै काक्रो चिरेर चिरे झैँ चिरिएर हत्या गरिदा कता जुम्रा मार्दै थियो यो पत्रकार महासंघ? डेकेन्द्र त के कुरा हो र, धमला लाइ पनि “समाचार को पछि दगुरिरहने, प्रेस स्वतन्त्रता को लागि लादने,निर्दोष पत्रकार” भन्ने येही महासंघ हो जसको अध्यक्ष अहिले एमाले को संघठित सदस्य केपी गुट को बफादार मान्छे शिव गाउले छ.

                मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

                • madan bajracharya

                  महेशज्यु/
                  अपराधिलाई जनताले नै दण्ड दिंदैन सरकारले दिन्छ/ अहिले सरकारको नेत्रित्वो मावोबादीले गर्दै छ/ त् तपाईंले भनेका अपराधहरु माथि कार्यबाही गर्ने दाईत्वो पनि माओबादीले नेत्रित्वो गर्दै गरेको सरकारकै हो/

                  क्रान्ति र अपराध यक्दम फरक कुराहरु हुन्/ अपराधीलाई कार्यबाही गर्दैमा शान्ति प्रक्रियामा बाधा पर्ने कुरा अपराधमा संलग्न व्यक्तिले मात्रै भन्न सक्छ/

                  मावोबादीको सरकारको पालामा जनता माथि अत्याचार गर्नेले दण्ड पाउँछ भन्ने नजिर स्थापना गर्ने सुनौलो मौका पाउँदै हुनु हुन्छ; यस्तो मौका खेर फाल्नु भयो भने महेशज्यु भोलि चुनावमा जनताको अगाडी उभिन पनि गाह्रो हुने कुरामा अलि बिचार गर्नुस/

                  सेना र क्रान्तिकारी बीचको कुरा क्रान्तिको पाटो हुन् सक्छ/ तर सेनाले होस् बा क्रान्तिकारीले; निर्दोष जनताको हत्या गरेको छ भने तेस्लाई क्रान्तिको पाटो मान्नु महागलत मात्रै होईन नागरिक माथि अर्को अत्याचार हुनेछ/

                  संधै नेता नेता बिचमा सहमति गरेरै मात्र सरकारमा जहिले पनि पुग्न सकिंदैन/ लोकतन्त्र कै निमित जनयुद्ध लड्नु भयको हो भने लोक माथि अत्याचार भयको कुरा दवायर लोकको नजरमा नगिर्नुस/

                  यति याद गर्नुस कि जनयुद्ध जितेकै कारणले मावोबादी देसको सबै भन्दा ठुलो पार्टी बनेको थियनन/ मावोबादिलाई देसको सबै भन्दा ठुलो पार्टी बनायको जनताले नै हो त् अन्यायमा परेको जनतालाई न्याय नदिनुले कस्तो अर्को चुनावमा कस्तो नतिजा निक्लन सक्छ त्यो बारेमा सोच्नु राम्रो हुनेछ/

                  अन्तमा महेशज्यु याहाले त् कमसेकम निर्दोस पत्रकार डेकेन्द्रलाई अमानवीय यातना दिंदै जिउन्दै पुरेकोमा उहाको परिबार प्रति सहानुभूतिको दुई सब्द त् लेख्नु पर्थ्यो; किन सहानुभूतिको दुई सब्द व्यक्त गर्नुमा पनि यस्तो कन्जुस्याईं महेशज्यु?

                  मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

              • madan bajracharya

                महेशज्यु
                तपाईको माथिको प्रतिक्रियाको अन्तिम हरफमा “…..न कि हिटर ताप्दै कम्प्युटरको कि बोर्ड चलायर प्रायोजित समाचार बात निस्कर्ष निकालेर” भन्ने बाक्यको अर्थ म राम्रै बुझ्छु/

                तपाईंलाई म मित्र मान्छु ठान्छु तर तपाईंले ठान्नु भयन/ तर यति कुरा याद गर्नुस पार्टीको कार्यकर्ता र समर्थक भिन्न भिन्न प्रकारको हुन्छन/ कुनै दलको नीतिको समर्थन गर्छ कुनै मात्र आफ्नो नेताको नीतिको समर्थन गर्छ/ त्यो भन्दा पनि अर्को किसिमकाले आफ्नो बोलि र नीति नमान्नेलाई सत्रु मान्छ/ तेस्ताले गर्दानै दल जनताको नजरमा गिर्दै जान्छ/
                अर्को कुरा; जो अरुलाई सत्रु भन्छ त्यो नै सबै भन्दा पहिला सत्रु बन्छ/ सत्रु बनेर सत्रु बनायर राजनीति कसैले गर्नै सक्दैन/

                अब तपाईंले पत्रकार डेकेन्द्र सरकारी सुराकी भयको भन्नु भयो/ जवकी पत्रकार देकेंद्र्को हत्या गर्नेहरुले पत्रकार डेकेन्द्र यउटा राम्रो सहयोगी र सज्जन व्यक्ति भयको भनेर प्रहरीमा बयान दिंदै देकेंद्र्लाई मारेकोमा पछुतो समेत गरेकोछ/ त् कसको कुरा पत्याउने महेशज्यु?

                मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Dev

    अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्यान्ड, मलेसिया, स्पेन यी देशहरु मा कोही पनि माओबादी का डाकाहरु गएको थाहा भए मा तुरुन्त उजुरी गरि हालौं | बाबु राम, प्रचंडे, बैद्य लाई त कुनै हालत मा छोड्ने कुरै आउदैन |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 148 Thumb down 37

  • dor prasad

    गाउले पत्रकार हुन् वकिल होइनन ….. नेपाली बुद्धिजिबी मा अनुसन्धान गरेर बोल्ने परम्परा छैन …. अरु देशमा भए कानुनी सलाहकार संग सल्लाह गरेर बोल्थे कि ? मलाई लाग्छ यो बेला गाउले ले के भने भन्दा दोषी हरुलाई सजाय भयो कि भएन वा कसरि गर्न सकिन्छ भन्ने हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 46 Thumb down 8

    • Pratik

      पत्रकारलाइ जानकारी हुनुपर्यो, हैन भने बोल्नु भएन आफुलाई थाहा नभएको कुरा, पत्रकारले नै जानकारी नभएको कुरा बोल्दै हिड्ने हो भने पाठकले के बुझ्नु, कसलाई विश्वास गर्नु ? त्यो पनि गाउले जस्तो व्येक्तिले ..

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • bibek dhakal

    खै यो international jurisdiction भन्ने कुरामा पनि “ठुला लाइ चैन सानालाई ऐन” थेओरि लाग्ने रहेछ जस्तो छ.
    हजारौ हजार गुम्बा हरु भत्काउने, लाखौ भिक्षु हरु मार्ने , “फ़ालुन गोंग” नामक “healing practice” फोलो गर्नेलाइ पनि यातना दिने मार्ने , कैयौं ( असली आकडा कति होला?) बिधार्थीहरु, पत्रकारहरु मार्ने, बेपत्ता पार्ने हाम्रो छिमेकी राष्ट्र लाइ चाही ” international jurisdiction” को दायरा भित्र लेराउन किन नसकेको होला? कि त चीनका ठुला सैन्य शासकहरु माथि उल्लेखित देश भ्रमण नै गर्दैनन् कि? यदि गरेको भएपनि तिब्बती शरणार्थी वा तिब्बत मामला मा तेत्रा संस्था खोल्ने विदेशीलाई यो “दुर्लव” कानून बारे पत्तै नभाको हो कि? ल ठिक छ, भ्रमण नै नगरेको भएपनि लिबिया, इराक जस्तो देशमा जनताको माया लागेर तुरुन्त हस्तक्षेप गर्ने अनि उत्तर कोरिया लाइ नाकाबन्दी गर्ने हाम्रो “अमेरिकालायत” (अमेरिका+बेलायत) ले चीन संग चाही झन् किन व्यापारिक सम्बन्ध बढिराखेको ? खै सारै बुझ्न गारो कुरा हरु !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 4

    • mahesh

      बिबेक जी
      यो अन्तरास्ट्रिय अदालत पनि साना लाइ मात्रै हो. जस्तै सत्ता च्युत भएका लैबेरिया क रास्ट्रपति चार्ल्स टेलर, स्लोबोदान मिलोसोविक, कद्दफी र सम्भवत एक्लै भएका सिरिया को र सुदन को बसिर हरु लाइ लाग्ने हो. जर्ज बुश, टोनीब्लेअर,, (झुटा निहु झिकेर इराक मा आक्रमण गरि १० लाख इराकी को हत्या गर्ने)
      हु जिन्ताओ, मन मोहन सिङ्ग, बेन्जामिन नेतान्याहू
      हरु को ५० हात परे बाट भाग्दछ यो अदालत.

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

      • bibek dhakal

        त्यै त , मलाइ लागेको कुरा तपाइंलाई पनि तेस्तै लागेछ ! . तर तपाइको लिस्टबाट “मनमोहन सिंह” लाइ चाही हटाए हुनी हो, बुढा ले तेस्तो नरसंहार वा यातना दिने काम गराको जस्तो लागेन!
        तैपनि एउटा अचम्म मलाई के लाग्छ भने हामी ” मानव-अधिकार” को विषयमा भूगोल को कुरा न-आउने , राष्ट्रवादको कुरा न आउने भन्छौं तर मानव अधिकारको व्यापक हनन गर्ने चीन लाइ भन्दा बढी भारत लाइ घ्रिडा गर्छौं र चीनविरोधी भन्दा भारतविरोधी कमेन्ट मन पराउछौं .. “free tibet” को मुद्दा मा अरुलाई दुख नदिई आफुलाई जलाई “self-immolate” सम्म गर्ने Tibetan हरुको लागि एक थोपा आसु झार्नु परै जाओस् ” हाम्रो देश मा आएर मोराहरुलाई राजनीति किन गर्नुपर्ने” भन्छौं .( मैले “in general” र केहि अगाडिसम्म को पबलिक फोरम/युट्युब कमेन्ट आधारमा कुरा गरेको हुँ, अहिले एकाएक परिवर्तन आको भए चाही थाहा छैन ) के यहि हो हाम्रो “भूगोल-निरपेक्ष ” मानव अधिकारको sentiment? त्यो चाही किन होला?

        मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

        • mahesh

          बिबेक जी
          शक्ति रास्ट्र को प्रम लाइ यो कानुन ले छुन सक्देन भन्ने सन्दर्भ मा शक्तिशाली भारत को प्रम को प्रसंग मा आएको हो मनमोहन सिङ्ग को कुरा.

          मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 3

        • mahesh

          इंडिया ले नेपाल मा चाइना ले भन्दा बढी दुख दिएको ले anti indian sentiment बढेको हो जस्तो लाग्दछ मलाइ त.

          मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 7

          • madan bajracharya

            महेशज्यु
            यदि तपाईं उही हामीले बुझेको महेशज्युनै ९माअवोबादि दलको यौटा बुद्धिजीवी) हुनु हुन्छ भने तपाईंले ” इन्डियाले नेपाललाई चाईनाले भन्दा कम दुख दियकोले….” भन्नु भयर यकदम गलत कुरा गर्दै हुनु हुन्छ/ यदि तपाईं उहा नै होईन भने छिन् नेपाल सम्भंदको ईतिहास सम्झन आग्रह मात्रै गर्न सक्छु/

            मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

            • mahesh

              मदन जी
              मैले इंडिया ले चाइना ले भन्दा बढी दुखः दिएको भनेको छु कम होइन.

              मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

            • गगने

              मदनाजी, आफ्नै कमेन्ट पोस्ट भयको भन्दा माथिल्लो लहर स्थानमा एक पटक घोरियर पढ़नेकी मदन जी ले के भन्यो भनेर हौवामा आफ्नो मनतर्के कुराहरुलाई चिच्याई चिच्याई प्रमाणित गर्ने कुरा राम्रो होइन भन्ने हाम्लाई लाइराछ के!

              मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

              • madan bajracharya

                गगनेज्युको “हाम्लाई”
                ०१. याहाहरुले निशुल्क क्रान्ति गर्नु भयको थियनन भन्ने कुरा त् आफ्ना लडाकुहरुलाई क्रान्तिको भाडा रास्ट्रको कोष बात तिरायकै बात प्रमाणित भैसकेको छ/ तर त्यो रास्ट्र बात तिरायको क्रान्तिको भाडा पनि “हाम” नै गर्नु भयकोछ/ तपाईंको “हाम्लाई” सब्दले समेटेको तेही “हाम” गर्नेहरु मात्रै हो/

                ०२. महेशज्युले माथि भने झैँ सेना नागरिक र लडाकु र जनयुद्धमा मरेका मारियाका सबै नागरिकहरुनै हुन्/ ठिकै भन्नु भयो महेशज्युले/ तर नागरिकहरुमा पनि आफु नागरिक भय झैँ अरुलाई पनि नागरिक नमान्ने पनि हुन्छन/ तपाईंको “हाम्लाई” तिनिहरुनै हुन्/

                गगनेज्यु; तपाईंका ती “हाम्लाई” हरुले आम निर्दोष नागरिक तथा पत्रकारहरुलाई जनयुद्धको नीति बिपरित अमानवीय यातना दियर मार्नेहरुलाई जनयुद्धको महान योद्धा साबित गर्न खोजेर जनयुद्धको बद्नाम गर्दै हुनु हुन्छ र जनयुद्धका साँच्चैको महान नेता तथा योध्दाहरुलाई समेत बद्नाम गर्न उद्द्यत भयको देखिन्छ/ हिजोको सरकारले अपराधी पालेको थियो त् आज लोकतन्त्रको लागि जनयुद्ध लड्ने दलको सरकार तिनीहरु भन्दा भिन्न भयको देखाउनुस/ नभय जनताले तपाईंहरुलाई गालिनै नगरे पनि “उही द्यांग को मुला” भन्नेनै छ/

                मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • bibek dhakal

    तेत्रो ३ ३ पल्ट जनआन्दोलन गरेर जहानिया राणा शासन, पंचायती व्यवस्था अनि अन्तिम मा आएर “राजसंस्था” फालेर गणतन्त्र लेराउने जनताहरु अहिले चाही किन हाम्ले सकेनौ , सरकारले हाम्रो सुन्ने भएन, बिदेशी ले कारबाही गर्नु पर्यो , अन्तराष्ट्रिय अदालतमा मुद्दा लैजानु पर्यो भनिराखेका ? के भयो, कहाँ गयो त्यो सडक बाट “सरकार ढलाइदिन्छौं भन्ने जोश? के अब ताकत रहेन “अन्याय” विरुद्द आफैं लड्ने ? किन अहिले एक्कासी आएर एकताका काम न काजको र अति “ईल्लोजिक्ल” कुरामा समेत निक्लीने “देशभक्ति” सेलाएर अहिले ” अपराधि लाइ कारवाही गर्न भूगोल ले छेक्दैन” र “यी सबलाइ बेलायतको जेल मा कोच्नु पर्छ” सम्मका अभिव्यक्ति आएको? खै, कसरी यस्तो परिवर्तन एक्कासी आयो म हर्षीत वा दुखी भन्दा पनि अचम्मीत चै छु !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 5

  • Ratna Thapa Magar

    धेरै धेरै धन्य बाद सालोक्य जी ,
    जानकारीका लागि,
    अब बेलायत भ्रमणमा को को आउदैछन येसो सुटुक्क खबर गर्नु होला

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

  • suman

    धेरै धेरै धन्येबाद मी संसार लै ………..
    अब मा पनि यो नेता चोर हरु लै खबर दार गर्छु , अब आइज युरोप तिर मेरो lawer लै भने र नेता हरु लै २ -४ दिन भए पनि जेल हाल्छु अनि नेपाल को पाप युरोप मा तिर यूरो मा ………
    चिन्ता न मान मेरो lawer फी को महिले फ्री lawer पाउछु ….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 2

  • kedar

    भाग भाग ज्यान मारा हो भाग / …………… तेस्तो कडा कानुन भएको बेल्जियममा लर्को लागेर पुग्ने माओबादिहरु त त्याहाका नेपालीहरुले येही थाहा नापायेर पो बचेका रछन, अब कुन कुन जाने भए खोरमा, लर्को पनी बन्द हुने भो, कतिको त बास नै उठ्ने होला / येसरी नै सबै सुसुचित हुने हो भने त check and Balance राम्रै हुने भो / good job mysansar .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 1

  • अन्तरास्ट्रिय अदालत मा यो केश न लाग्ने हुदा सकिन्छ भने बेलायत सरकार लाई अनुरोद गरि यी फटाहा,ज्यान मारा कमरेड हरु लाई बेलायत तिरै लागि कारबाही गर्ने हो कि?

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 1

  • Puru Joshi

    धेरै राम्रो खबर पढ्न पाइयो . लेखको लागि धेरै धेरै धन्यबाद .

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 2

  • आहो यौटा कुरा बाट भने खुसि लाग्यो है/ अब जो चोर फटाहा अस्ट्रेलियामा आउछ म पनि उजुरी हाल्छु र अरु साथीहरु जो अस्ट्रेलियाम हुनुहुन्छ यसलाई मनन गरिरहनु होला / अब हामीलेनै जहाँ बाट हुन्छ त्यहि बाट सुरुगर्नु पर्छ. यिनेहरुलाई विदेश आउन बाट त्रसित बनाउनु पर्छ . यति राम्रो खबरको लागि MY SANSAR लाई धेरै धन्बाद . जुर्मुराउने बेला अयोहै AUS मित्रहरु बट्ठो ढुकेर बसी राखौ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 124 Thumb down 2

    • Surya

      बिदेशमा आयो भने त यिनीहरुलाई उजुरीमात्र हाल्ने हैन २ – ४ झाप्पुपनि हान्नु पर्छ.

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 0

      • Rajendra

        सुर्य जी
        विदेश मा नेता आउँदा झापु हान्नु भो भने त आफै मामा घर मा बास होला नि त्यता विचार गर्ने कि ? बरु नेपाल जाँदा नै हाने विदेश मा बस्ने बाट पैसा नि पाइने . दुइ चार दिन जेल बशे पछि फेरि फेमस हुन नि पाइने हैन र .

        मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 2

  • Govinda

    हेगमा मुद्दा चलाउन कठिन छ तर मामिलाको अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ । तेति गर्नसके पनि अपराधी जोगाउन खोज्नेलाई अप्ठेरामा पार्नसकिन्छ र

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 2

  • Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 46 Thumb down 89

  • AMRIT THAPA

    लौन हाम्रो देस का सब नेता , हत्यारा माओबादी का लुटेरा , अपराधी हरु लै बेलायत घुम्ने निम्ता दिउ अनि उतै पक्रेर … लामा कै हालत बनाए कसो होला ??
    नेपाल का सब अपराधी हरु बेलायत migrate हा हा हा हा … गजब हुनी रैछ / नेपाली जनता को बोझ हट्थ्यो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 134 Thumb down 4

  • रबिन्द्र राज गिरी

    तथ्यपूर्ण जानकारीको लागि “मेरो संसार” लाई धेरै धेरै धन्यबाद छ |

    हामी नेपालीको बानि के छ भने बुझ्दै नबुझी आबेसमा जे मनमा आयो त्यहि बोलिदिन्छौं | हाम्रा पत्रकार “गाउँले” बन्धुले पनि त्यहि गरिदिनु भयो | तर यस्ता कुराले जनमानसमा भ्रम मात्र फैलिन्छ | समाजलाई सुसुचित गर्ने उदेश्य बोकेको पत्रकार जगतले त त्यस्तो भ्रमपूर्ण कुरा नगर्नु पर्ने हो | तर उहाँ पनि नेपाली नै त पर्नु भयो, त्यसमा पनि नेपाली राजनेताहरुको संगतमा परेको | त्यसैले आबेसमा फुत्त मुख बाट चिप्लियो होला | यदि यसो होइन भने “गाउँले” बन्धुले आफुले बोलेको कुरालाई सच्याउनु पर्छ | होइन भने नेपाली “राजनेता” र समाजलाई सुसुचित गर्ने “पत्रकार” मा के नै भिन्नता रह्यो र |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 4

    • balaram

      हिजो सम्म माओबादी लाइ गालि …. अब आज पत्रकार लाइ गालि. हे दैब ………. अब कसैले हो मुद्दा चलाउन पाउछ भन्यो भने फेरी माओबादी फलानो ढिस्कानो लाइ लानु पर्छ ….जाक्नु पर्छ ……. क्याबात फेरी भन्न मन लग्यो “पिध नभाको लोटा ”
      पिध नभएको लोटा भन्नाले रास्ट्रपति देखि माग्ने झुत्रे सम्म ! गाउले बन्धु देखि हामि सबै !

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 33

      • रबिन्द्र राज गिरी

        यो गालि होइन बलराम जी | “राम्रो” लाई “राम्रो” र “खराब” लाई “खराब” भन्नु “गालि” होइन | कोहि पनि सधैं “राम्रो” र “नराम्रो” भईरहन सक्दैन | “गुण” र “दोष” को आधारमा “ठिक” कि “बेठिक” छुट्याउने हो | तपाईं “मेरो संसार” को नियमित पाठक हो भने सायद केहि समय पहिले “बाबुराम नै अहिलेको परिप्रेक्ष्यमा ठिक समाधान हो” भन्ने मेरो प्रतिक्रिया तपाईंले पढेको हुनुपर्छ | मानिस “राम्रो” र “नराम्रो” भन्ने कुरा उसको कामले नै देखाउंछ | यदि शिब गाउँले ले त्यो भनेको हो भने त्यो ठूलो गल्ति हो | पत्रकार महासंघको अध्यक्ष जस्तो मानिसले विचार नगरी त्यसरी बोलेको हो भने त्यो कुरालाई ठिक हो भनेर चुप बस्न मिल्दैन भन्ने मलाई लाग्छ | जिम्मेवारी हामी सबैको छ, अझ पदमा बसेपछि जिम्मेवारीको धेरै विचार गर्नु पर्छ भन्ने मलाई लाग्छ |

        मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 2

        • balaram

          रबिन्द्र जी मैले तपाई लाइ भन्न खोजेको होइन “परमधाम मन्त्रि” सिर्शक मा जस्ता खाले कमेन्ट देखिएको थियो त्येस लाइ इंकित गर्न मात्र खोजेको ! हो हामि नेपाली
          इज्जत बिना का फकिर होउ ! पिध बिनाका लोटा होउ र अधैर्यता का निम्छरा होउ ! व्यवस्था ले समाधान दिन्छ भन्ने छाडेर व्यक्ति ले समाधान दिन्छ भन्दै हिड्ने हामि कति पागल ! हिजो प्रचण्ड ठिक- ९० दिन मा प्रचण्ड बेठिक, माकुने ठिक – १०० दिन मा माकुने बेठिक, झलनाथ ठिक ९० दिन पछि झलनाथ बेठिक, बाबुराम त पहिले देउतै भय अहिले राछास !

          कुन माइकालाल ले १००-२०० दिन मा १२ % आर्थिक वृद्धि, अमन चयन, शान्ति सुरछ्या लगाएत सबै कुरा को प्रत्याभूति दिन सक्छ ? १९४५ मा कम्निस्ट सासन आयको देश चीन पनि सबै चिज सन्तुलन मा ल्याएर बिकास गर्न लाइ ४० वर्ष कुर्नु पर्यो !बिस्व कै सबै भन्दा ठुलो प्रजातान्त्रिक देश भनेर लम्बेतान भासन गर्ने भारत लाइ ५५ वर्ष कुर्नु पर्यो ? सान्ति प्रक्रिया चल्दै छ, संबिधान बनेको छैन! राष्ट्र पति महोदय सरकार को अध्यादेश काखी मा च्यापेर हिरो गिरि देखाउने तल्लिन छन् ! एस्तो भुमरी को बेला मा बिगत का कुरा हरु लाइ समाधान तर्फ होइन समस्या तर्फ सोची सम्झी आगो झोस्न चाहने हरु लाइ के भन्नु ! घर मा आगो लाएर रमाउने तपाई, हामि हाम्रा देश का जनता अनि नेता सबै होउ !

          मन परे हरियो नपरे रातो ! Thumb up 49 Thumb down 14

          • dor prasad

            ये साथी नेपाली ले १२% आर्थिक ब्रिधि को आस गरेका छन् जस्तो लाग्दैन …. नेता ले गर्न सक्ने भनेको संबिधान लेख्ने हो … एसको लागि कुनै जादु चहिदैना … नेपाली ले नेता हरुको सत्ता लोलुपता र कर्म हिनता लै घ्रिनाता लै हेला गरेका हुन … कुनै बेला प्रचण्ड, बाबुराम, झलनाथ, ….. आसाका केन्द्र थिय …. जब सत्ता मा पुगे पछि सकल्ली रुप देखियो … यो यिस्थिति आयो …. संबिधान लेखेर सान्ति प्रक्रियाले आफ्नो बाटो लिएको भय यो अवस्था औदैना थ्योकी !

            मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 9

            • balaram

              डोर प्रसाद जी,
              इन्टरनेट चलाउनु हुन्छ, सबै देश को इतिहास हेर्न सक्नुहुन्छ ! यहा सवाल झलनाथ, प्रचण्ड को होइन यहा सवाल व्यवस्था को हो ! प्रचण्ड र बाबुराम यो ब्यबस्ता को स्कुलिङ्ग भाका मान्छे होइनन ! यहा त दछ प्रजापति को टाउको काटेर बोकाको टाउको जोडे जसरि उनीहरु अहिले को बेवास्था मा आएका हुन् ! यो बेवास्था मा उनीहरु ले केहि गर्न सक्दैनन् ! कम्निस्ट अधिनायेक को सोच राख्ने मान्छे ले त्येही तरिका बाट मात्रै समाधान दिन सक्छ ! रुप नेता को होइन तपाई हाम्रो सक्कली देखिएको छ ! कुनै एक बेवास्था लाइ स्पस्ट बहुमत दिन नसक्ने हामि जनता नै नपुंसक होउ !

              हामीले अरु भन्दा आफै तर्फ हेर्दा राम्रो हुन्छ !

              मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • xyz

    नेपालको पत्रकार जस्तो उपबुज्रुक र भ्रस्ट कोहि पनि चिन्न होला uni हरु आफुलाई je पनि जान्दछु र साबि ठान्छन

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 5

  • जिउदै गाड्दा कसरि सास गयो होला ? यिनीहरु लाई फासी हुनु पर्छ . यदि यिनीहरुलाई छाड्ने काम भयो भने नेपाल मा सबै अपराध माफ गरि जसले जे गरे पनि हुने भनेर छाडी दिया हुन्छ. अनि बाबुराम हरु लाई गाड्नु पर्ला कस्तो हुदो रहेछ ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 78 Thumb down 16

    • Rijan Thapa

      तिमि ले बाबुराम लाइ गाड, तिमि लाइ फेरि अरु ले जिउदै गाड्चन किनकि तिमि संग रिसाउने हरु पनि त छन् होला नि || कानुनी हिसाब ले समाधान खोज्नु को साटो गाड्ने रे || रिस फेर्ने काम गर्ने हो भने सबै ले सबै लाइ गाड्चन || तेती भएर अलि सोच बिचार पुर्याएर कुरा गर ||

      गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 33 Thumb down 49

      • Rajendra

        रिजन र सुनिल जी
        जी किन हो एस्तो सारो झगडा बरु रिंग मै उत्रे कसो होला . किन गाड्ने र फाशी दिने बरु रिङ्ग मै , दुवै जना नेपाल गएको बेला टेस्ट गरे कसो होला

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

        • Rijan Thapa

          राजेन्द्र जी ,

          कुरो त तपाई ले भनेको ठिक हो जस्तो लग्यो नेपाल मा || तर मा चाहि रिङ्ग मा उत्रिने बेला चाही आको छैन है || अहिले देश अनि विदेश का नेपाली हरु मा येही नै छ || त त र म म नै चलिराको छ || मेरो आसय त क हो भने रिस ले मात्रै हुदैन || एउटा ले अर्को लाइ थान्को लगाउने हो भने अर्को लाइ फेरि अर्को ले थान्को लगाई हालचा नि || तेही भएर एसको इस्थायी समाधान गरु भन्ने कुरा मात्रै हो || येसरी रिङ्ग मा आउने इस्थिती न आओस भन्ने मात्रै मेरो कामना हो ||

          मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • एन गिरी ,यू .एस ए

    सालोक्य जी , कस्तो कुरा न बुज्नु भाको ? पत्रकार सभापतिले हेग को अन्तरास्ट्रिय अदालत होईन कि लामा लाइ कारवाही हुदै गरेको बेलायतको अदालत लाइनै अन्तरास्ट्रिय भन्नु भा होला …आखिर मुद्दा र सजाय उतौ मात्र होला जस्तो छ ……

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 3

  • sushil

    हेर पत्रकार नेता को अल्प वुद्धि, आँफू लाई थाहा नभयको कुरा त पब्लीकमा नबोल्नु नि? International court मा लाने भए सबै जघन्य अपराध तथा आपरiधिहरुलाई पक्कै पनि लानै पर्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 4

  • Nabin Adhikari

    अध्यक्ष शिव गाउँले बढी अनि खोकेछन :-) जॆ भए पनि हत्रयारा कारबाई हुने पर्छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 5

  • Kiran Upreti

    बुझ्नु न सुझ्नु डाँडामाथि कुद्नु भनेको यही हो।

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 4

  • Prabudha

    हैन अंतरास्तिया फौजदारी अदालत भनेको हैन…लामा लाई जस्तो जुन देसमा मुद्दा चल्छ तेही भनेको होला….

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 6

  • द्रोण

    न्याय को मुद्दा हाल्नु ,अपराधीलाई दण्डित गर्नु सालिन उपाय हो कानुनि राज मा |तर अन्त्ररास्त्रिय अदालतको को ढोका पनि बन्द भएपछी के गर्ने अब ?
    नेपाल को कानुन भ्रस्ट नेत्त्रित्त्व बर्ग को खल्ती मा भएकोले ,१८ सताब्दीको वेस्टर्न वोर्ल्ड को जस्तो निया निसाफ फिट हुन्छ जस्तो लाग्छ |
    माने पिस्तोल को नोक बाट न्याय निसाफ गर्ने ,कल्पना गरौ एमाले को नेता ,कांग्रेस को नेता मावोबादीको नेता आमने सामने उभिने र गन ब्याटल गर्ने जो जित्छ ,उही पी यम हुने|

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 9

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker