मेरो Tweet

  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv
  • गुड न्युजः गणेश लामाविरुद्ध पनि अवैध सम्पति थुपारेको अभियोगमा विशेष अदातलमा भर्खरै मुद्दा दर्ता भएको छ। कूल पाँच डनविरुद्ध मुद्दा दर्ता भयो

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

…एउटा अर्को कथा

-शुषमा मानन्धर-

“मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए।

“चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै रोष देखिन थालेको थियो। “के तिमीसँग पनि झुट बोलुँला? तिमीलाई त्यही सब बताउन त आज यहाँ बोलाएको हुँ।” ऊ बोलिन। चुपचाप मलाई हेरिरही। सायद मेरो आवाजमा आएको गम्भिरतालाई ख्याल गरी उसले सोधी, “कसरी, कहिले, अनि कसले गर्‍यो?” उसको अनुहारमा अहिले अविस्वासभन्दा पनि थुप्रै आश्चर्यमिश्रित प्रश्नहरु थिए। ऊ जिल्लिएकी थिई।

“हजुर के लिनुहुन्छ?” वेटरले मेरो अगाडि मेनु राख्यो। “के खान्छौ तिमी?” मैले ऊतिर मेनु बढाएँ। उसले त्यसमा आँखै लाइन, “तिमीलाई जे मनलाग्छ, मगाउनू।” ऊ मलाई अझ पनि विस्फारित नेत्रले हेरिरहेकी थिई।

ऊ अर्थात् निशा। मेरी सहकर्मी, हामीले पत्रिकामा सँगै काम गर्न थालेको झण्डै दुई वर्ष हुनलाग्यो। उसलाई राम्रैसँग थाहा छ, म कस्तो मान्छे हुँ। मैले अहिलेसम्म कुनै गर्लफ्रेन्ड बनाएको छैन, न त कुनै महिलासँग गहिरो उठबस नै छ। म अस्तिको मितिसम्म पुरै कुमार केटो थिएँ। म चाहन्थेँ, बिहेको दिन म आफ्नी श्रीमतीलाई उपहारको रुपमा आफ्नो कुमारत्व सुम्पन सकुँ। मनवचनले पनि म सदाचारी रहेको कुरा निशालाई राम्रोसँग थाहा छ, त्यही भएर ऊ मसँग निर्धक्क हिँड्थी, निर्भय हुन्थी। तर यही बीचमा यो घटना घट्यो।

“हजुर के अर्डर गर्नुहुन्छ?” वेटरले दोहोर्‍याएर सोध्यो। “टोष्ट, अन्डा र कफी, दुई ठाउँमा। हुन्न?” मैले निशालाई सोध्दै वेटरलाई मेनु फर्काएँ।

“भन न, यो सब कसरी भो?” वेटर गए लगत्तै निशाले आतुर हुँदै सोधी। कुरालाई कहाँबाट थाल्ने म सोच्दै थिएँ।

निशाका मेरो अनुहारमा टाँसिएका लिसोझैँ दृष्टिमा मेरो लागि सहानुभूति थियो कि, गिल्ला वा लाछी नामर्दपनको व्यङ्गय, सहजै खुट्याउन सकिनँ। जताततै महिला बलात्कारका घटना र समाचार व्याप्त भैरहेको बेला, एउटा युवक बलात्कृत भएको कुरा उसको लागि आश्चर्यलाग्दो मात्र हैन, अनौठो पनि हुँदो हो।

गिलासमा मिलाएर राखिएका न्याप्किनका चाङबाट एउटा न्याप्किन निकालेर अनुहार पुछेँ। थकाली महिलाले चलाएको सडकछेउको यो रेष्टुराँ सफा र आरामदायी थियो। त्यसैले यहाँ खान आउनेहरुको कुनै कमी थिएन। झ्यालमा टिनिक्क तन्काइएका सेता पर्दा र प्रत्येक टेबुलमा राखिएका कोठेदार टेबुलपोशमाथि नून, चिनीका ससाना सिसी, मसलाहरु र आकर्षक फूलदानीले मात्र हैन, त्यहाँ साँझैबिहान बज्ने मोहक धूनहरुले पनि वातावरण अझ रमाइलो बन्थ्यो।

अहिले पनि स्पीकरबाट मधुरो धून तैरिँदै थियो। बिहानको भर्खर आठ बज्यो। अरु ग्राहकहरु आइसकेका थिएनन्। रेष्टुराँमा सिर्फ हामी मात्र थियौँ, सबभन्दा पछाडिको टेबुलमा। पारदर्शी काँचका झ्यालबाहिर सुखद सुनौला घाम पोखिन थालेको थियो। झ्यालको कापबाट काँप्दै आएको एक धर्सो घाम रेष्टुराँभित्र बलिरहेको देखिन्थ्यो।

“केही दिनदेखि मलाई सन्चो थिएन, तिमीलाई थाहा पनि छ।” निशाले सहमतीमा टाउको हल्लाई। “पछिल्लो पटक तिमीसँग छुटेपछि म कोठा फर्कँदै थिएँ। बाटोमा जग्गुलाई भेटेँ।”

“को जग्गु? तिमीले त पहिला कहिल्यै यो नाम लिएका छैनौ।” निशाले न्याप्किन तानी र नाक पुछी।

“तिमी चिन्दिनौ। मेरो पुरानो परिचित हो। हामी धेरै दिनपछि भेट्दै थियौँ, त्यसैले उसले मलाई केही खानपिन गर्दै गफ गर्ने प्रस्ताव राख्यो। हामी एउटा रेष्टुराँमा पस्यौँ। खानासँगै रँगिन झोलपनि थपिएपछि ऊ बढी खुल्न थाल्यो। अचेल उसले सजिलो, बढी तलब आउने र आरामदायी ‘पार्टटाइम जब’ भेटेको कुरा सुनायो। मैले बढी खोतलेपछि उसले एकजना बिदेशी बुढीको साथी बन्ने गरेको र प्रत्येक पटकको लागि निःशुल्क खानपिन र आकर्षक बख्सिस पनि पाउने गरेको कुरा आँखा सन्काउँदै बतायो।

“यु मिन, के ऊ जिगलो थियो?” निशाले लामो जिब्रो काढ्दै रेष्टुराँभित्र चारैतिर दृष्टि डुलाई।

“हो रहेछ, उसैले भनेर थाहा पाएँ।”

हाम्रो ब्रेकफास्ट आइपुग्यो। निशाले अन्डा छोडाउन थाली, “अँ भन्दै जाऊ।”

“जग्गुसँग गफ गर्दागर्दै रातको नौ बज्यो। म ढिलो भयो भनी उठेँ। ऊ चैँ कुनै साथीलाई पर्खनु छ भन्दै त्यहीँ बसिरह्यो। धेरै पेग नलिएको भएपनि मलाई कस्तोकस्तो अनुभव चैँ भैरहेको थियो। लोडसेडिङ परेकोले घर अन्धकार थियो। मैले ढोका ढक्ढकाएँ, घरबेटीले टर्च लिएर ढोका खोल्न आइन्।

“ओहो, ढिलो भएन र?” घरबेटीले भन्दा पनि म क्यै बोलिनँ। चुपचाप कोठाको ढोका बन्द गरेर सुतिहालेँ। भोलिपल्ट चाँडै निद्रा खुलेन मेरो। ब्युँझदा टाउको टन्टन दुखिरहेको थियो। अफिस पनि जान सकिनँ।”

कुरा रोकेर मैले अन्डा मुखमा राख्दै कफीको ठूलो घुट्को पिएँ। निशा पनि पाउरोटी टोक्दै थिई। रेष्टुराँ मालिक्नी हामीलाई चिन्थिन्। “नमस्ते।” उनी किचेनबाट निस्केर हामीतिर मीठो अभिवादन फाली काउन्टरमा गई बसिन्। “भाइ, कफी कस्तो बनेको छ? मैले आफै बनाएकी हुँ।”

“तपाइँका कुरा जत्तिकै मीठो।” उनी मेरो प्रशंसामा मख्ख परिन्।

“अनि के भो?” निशाले कफी पिउँदै सोधी।

“त्यो दिनभरि मेरो मूड जमिरहेको थिएन। टाउको भारी जस्तो, अल्छी लागे जस्तो भएर दिनभरि खाटमा पल्टिनै रहेँ। जसोतसो केही पकाइ खाएँ। साँच्ची भन्ने हो भने म कोठाबाट नै बाहिर निस्किनँ। दिउँसो जग्गुले फोन गरेर भेट्न खोजेको थियो। आउने टाइमचैँ ठेगान हुन्न भन्दै थियो। मैले आफू दिनभरि घरै हुने भएकोले, कुनै पनि बेला आउँदा हुन्छ भनेँ।”

निशाले कुरा सुन्दासुन्दै ब्रेकफास्ट खान सकाइसकेकी थिई। आफ्नो कप हेरेँ, आधा बाँकी रहेको मेरो कफी भने चिसो भैसकेको थियो। मैले एकैचोटीमा त्यसलाई घुट्क्याएँ।

“अर्को एकएक कप कफी थपौँ है?” निशाले मेरो प्रतिक्रिया नकुर्दै अर्को दुइकप कफी अर्डर गरी।

“दिउँसोभरि जग्गु आएन। साँझतिर घरबेटीले भित्र पस्दै सोधिन्, “किन के भो? सन्चो भएन र तपाईलाई? आज त कोठाबाट निस्कनु भएको पनि देखिनँ।” मैले उनलाई अलि सन्चो नभएको बताएँ। उनले नजिक आएर मेरो निधार छामिन्। केही खानुपिउनु भयो कि भएन, भन्दै उनले आफै भान्छा गएर चिया बनाइन्। उनी गएपछि टिभि हेर्न थालेँ। राती आठ बजेतिर बाहिरबाट कसैले कोठाको ढोका ढक्ढक्यायो। खानाको थाल बोकेकी घरबेटी थिइन्। मलाई अप्ठेरो लाग्यो। मैले पर्दैन भन्दा पनि आफूले ल्याएको खाना खुवाइ छाडिन्। काठमाण्डुमा यत्तिको उदार घरबेटी भेटिनु भनेको भाग्यकै कुरा हो। नत्र डेरावालहरुलाई मान्छे कहाँ गन्छन् र?”

“तिमीले भनेको कुरा ठीकै हो। तर मकहाँकी घरबेटी पनि मजाकी छिन् है?” निशाले सही थापी।

“घरबेटीको अपनत्व देखेर म ज्यादै भावुक भएँ। घरदेखि टाढा, एक्लो डेरामा बस्नुपर्दाको पीडा, उनको आत्मीयताले अझ बाक्लियो। जग्गु कतिबेला आउने थाहा थिएन, आउने नआउने टुंगो पनि थिएन।”

“किन, तिमीले फोन गरी सोधेनौ र?” निशाले प्रश्न गरी।

“मैले हैन, फोन त पछि पनि उसैले गरेको थियो। स्वर सुन्दा दुइचार पेग लडाइसकेको जस्तै लाग्यो, तैपनि अलि ढिलो भएसम्म पनि आउँछु भन्दै थियो। घरबेटीले एकछिनसम्म यताउताका कुरा गरिन्। केही चाहिए खबर गर्नु भन्ने अनुरोध गर्दै उनी उठिन्। म पनि टिभी र बत्ती निभाइ पल्टिएँ।”

मगाइएको हाम्रो दोस्रो कफी आइपुग्यो। मैले कप तानेँ र चुस्की लिन थालेँ। “छिटो भन न, अनि? अनि के भयो?” निशा फूःफूः गर्दै पोल्ने कफी सुर्‍क्याउन थाली। एक नजर ऊतिर हेरी म आफ्ना दुबै हत्केला तातो कपमा सेक्न थालेँ।

“त्यो रात जग्गु आएन। झपक्कै निदाएको मान्छे, म त मध्यरातमा ब्युँझेछु। उठेर ट्वाइलेट गएँ। त्यही तल्लाको अर्को पुछारमा रहेको घरबेटीको कोठामा मधुरो बत्ती बलिरहेको थियो। त्यहाँबाट आइरहेको आवाज, मानौँ कोही कुराकानी गरिरहेकाझैँ हल्का गुन्गुन, त्यो टिभीको आवाज थियो कि कुनै व्यक्तिको, अनुमान लाउन सकिनँ। वर्षौँदेखि श्रीमान् विदेशमा अनि छोराछोरीसँग बसिरहेकी एक्ली महिला…कसरी धान्दै होली आफूलाई, सोच्दै थिएँ, मेरो कोठाको ढोका सरक्क खोलियो र बन्द भयो। बत्ती निभाएको थिएँ र झ्यालमा पर्दा डम्म थियो। अँध्यारो थियो, भित्र पस्नेलाई चिनिनँ। त्यतिबेला आउने जग्गु पक्कै थिएन। किनकी त्यतिबेलासम्म त मूलढोका लाइसकिएको हुन्थ्यो।”

“के त्यसो भए भूत थियो त?” निशाले ठट्टा गरी।

“त्यो छायाँ एकछिनसम्म ढोकामा उभिरह्यो। मैले पनि आँखा च्यातिच्याति हेरेँ। अँध्यारोमा आँखा अलि अभ्यस्त हुनथालेपछि त्यो आकृति बत्तिसै लक्षणले युक्त भएकी केटीकोझैँ लाग्यो मलाई।

“हरे, साउनमा आँखा फुट्या गोरुले जतासुकै हरियै देख्छ।” निशा जोडले हाँसी। रेष्टुराँभित्र चिया खाने अरु दुई तीन ग्राहकहरु पनि आइसकेका थिए। सबले फर्केर ऊतिर हेरे। ऊ लजाई। “अनि त्यो अप्सराले के भनी त?” उसले मतिर झुक्दै साउतीमा सोधी।

“केही भनिन, बरु मेरो खाटनिर आई। खाटमा सिरानीनिर बसेर उसले चपक्कै मेरा हात समाती। उसका हातहरु सर्दै मेरा गाला र शरिरमा सल्बलाउन थाले। ती हात नौनीझैँ कोमल र पसिनाले भिजेका थिए। उसको तातो र मदहोस तुल्याउने सास मेरो अनुहारमा ठोक्किइरहेको थियो। ममा डर र रोमान्च दुबै थियो, बोल्न सकिरहेको थिइनँ। मुटुको ढुकढुक निकै चर्को सुनिएको थियो, तर त्यो आवाज मेरै थियो कि उसको छुट्याउन सकिनँ। किनकी मभित्र पनि मुटु निकै नराम्ररी उफ्रिरहेको थियो। उसले आफ्ना पातला र लामा औँलाहरु मेरो कपालमा कोर्न थाली। म लाटो बनेको थिएँ। उसले आफ्ना ताता ओठ मेरो ओठमाथि राखी र जिब्रो भित्र ठेल्न थाली। हजारौँ वाटको करेन्ट लागेजस्तै म डढेर अचेत भएँ। उसले मलाई अँगाली र ममाथि झुकी। ऊ भोक्ता भई, म भोग्य। ऊ त्यो बेला पुरुष भएकी थिई, र म मात्र एउटी विवश स्त्री जस्तै। मैले केही गरिनँ, गर्नु पर्ने सबै उसैले गरी, म मात्र एउटा माध्यम बनेँ। एकछिनपछि ऊ खाटबाट ओर्ली र जसरी आएकी थिई त्यसरी नै गई। उसले एक शब्द बोलिन, तर बन्द कोठाभित्र उसले छाडेर गएकी तातो राग, शरिरभरि म्वाईँका छापहरु र मातलाग्दो थकान खाटमाथि लम्पसार थियो। मेरो स्खलन, मेरो कुमारत्व लुटिएको प्रमाण थियो।”

मैले लामो सास फेरी निशातिर हेरेँ। ऊ ट्वाँ परेर मतिर हेर्दै थिई। यसपालि उसले कुनै प्रश्न गरिन। उसका दृष्टि ममाथि परिकन पनि कतै हराएका थिए, “को रहिछ त ऊ? म त, त्यै घरबेटी होली भन्ने सोच्दै थिएँ।”

“बिहान ब्युँझदा नौ बजिसकेको थियो। मैले सोचेँ, राती निकै मादक सपना देखेछु। अङ्गअङ्गमा बसेको मीठो पीडाले अल्छी बनाएकोले हत्पति उठ्न पनि सकिनँ। अलिबेर पल्टिरहेँ। पछि खाटबाट ओर्लन जसै मैले सिरक हटाएँ, त्यहाँ पहेँलो बुटटा भएको मनलाई उत्तेजित बनाउने गन्धसहितको निलो सल थियो। रातीको घटना मेरो ओछ्यानमाथिको यथार्थ थियो।

अफिस जान तयार हुँदै गर्दा घरबेटी ढोकामा देखा परिन्, “आज कस्तो छ तपाईलाई? एकरातमै तँग्रिनु भयो?” उनको प्रश्नमा म केही बोलिनँ। उनी नै बोल्दै गइन्, “युनिभर्सिटीमा पढ्दै गरेकी छोरी हिजैमात्र आएकी थिई, एकाबिहानै हिँडी पनि हाली। बस् भनेकी थिएँ, पटक्कै मानिन। अचेलका केटाकेटी हामीले भनेको के मान्थे।” सम्झेँ, त्यो घरमा कहिलेकाहीँ देखा पर्ने त्यो अनुहार, जसलाई मैले खासै ख्याल गरेको थिइनँ, घरबेटीकी जेठी छोरी रहिछ। त्यो दिनभरि म सडकमा भौँतारिरहेँ। मेरो इच्छा विपरित, उत्तेजित बनाएर उसले मलाई लुटी। मेरै घरबेटीकी छोरीले बलात्कार गरी मेरो। लोग्नेमान्छेको पनि त बलात्कार हुन सक्छ, जसरी मेरो भयो।”

मैले कथा टुँग्याएँ। निशा चुप लागिरही। अघिसम्म मलाई सुन्ने उसको आतुरी र चुल्बुलेपन कहीँ हराएको थियो। ऊ खाली कपहरुलाई घुर्दै थिई। त्यो गम्भिरताले हल्का बिझाउन थाल्यो मलाई, “निशा, कथा कस्तो लाग्यो? आउँदो हप्ता, हाम्रो पत्रिकामा पेज थ्रीकोलागि राख्न कस्तो होला?” उसले मेरो आँखामा सत्य नियाल्न खोजी। प्रश्नलाई बेवास्ता गर्दे उल्टै सोधी, “अजित, यदि यो, सिर्फ कथा नभै तिमीमा सत्य घटेको भए?”

उसको यो प्रश्न अनपेक्षित थियो। ऊतिर फर्किनँ। “सायद फेरि अर्को एउटा कथा हुन्थ्यो।” म उठेँ र पैसा तिर्न काउन्टरतिर लागेँ।


17 comments to …एउटा अर्को कथा

  • राजन सिलवाल

    शुषमा मानन्धरका कथा पढ्न थालेको धेरै भएको छैन, बढीमा ६ महिना । म उनका कथामा अरूकोभन्दा बेग्लै प्रकारको जीवन्तता भेट्छु र उनले जुन कथा लेखे पनि मलाई कथाकारको निजी कथा त हैन भन्ने लागिरहन्छ । सायद कथाको सबलता पनि त्यही होला । उनी प्रयोग र चुनैाती मन पराउने कथाकार हुन् । नरनारीका सानाभन्दा साना वैयक्तिक सम्बन्धका खटपटदेखि यैानिक समस्याहरूको शल्यक्रिया गर्नमा शुषमाजीका कथाहरू सफल छन् । उनका कथाका पात्रहरू स्वयं बोल्दछन् र कथाकारले कहिल्यै कुनै कुरा सिकाइरहनु पर्दैन । कथाकार पनि पाठकसँगै बसेर कथा सुनिरहेको हुन्छ ।

    यो कथा धेरैका नजरमा वाहियात लाग्न सक्छ । किनभने हामी पाठकहरू पनि एउटा विश्वास बोकेर हिँडेका छैाँ । हामीलाई आफूले देखे सुनेका कुरा मात्र तत्काल विश्वास गर्ने बानी परेको छ । अनि हामी लैँगिक सवालमा कताकति पूर्वाग्रही पनि छैाँ । जेन्डर भनेपछि महिला मात्रै सम्झने हाम्रो बानी छ । बलात्कार भनेपछि हामीलाई छिन्नभिन्न वस्त्रकी रगताम्य कुनै नारी वा बालिका वा मानसिकरूपले अबला पात्रको दयनीय अवस्थाको बिम्ब आँखा अगाडि आउँछ । पुरुषको बलात्कार हुन्न भन्नु नारीहरूलाई कमजोर सम्झने प्रयत्न पनि हो भन्ठान्छु म । मेरा लागि यो कथाको विषयवस्तु रोचक त हुँदै हो तर एउटा नारी कथाकारले लेख्नुचाहिँ चानचुने साहस हैन भन्ने लाग्दछ । यैान कथा लेख्न साहस चाहिन्छ जुन शुषमा मानन्धरमा देख्दछु म ।

    कथामा बहाव छ, पाठकले दिक्क मान्नुपर्ने ठाउँ छैनन् र पात्रहरूप्रति सकिनेजति न्याय गरिएको छ ।
    राजन

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • आशा

    मलाई त् कथा एकदमै नौलो खालको र राम्रो लग्यो. कथा मा नया प्रयोग भएको छ. जहिले पनि कथा एकै धारमा बग्नु पर्छ भन्ने त् छैन नि. आखिर यो कथा पत्रिका को कोलन भर्न सिर्जित भनेर अन्त मा भनिएकै छ नि……

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • hridaya

    यो कथा चाही अलि स्तरिय भएन है शुष्मा जी, येही भाव मा पनि तपाइले स्तरिय प्रस्तुति दिन सक्नुहुन्थ्यो जस्तो लगेर भनेको ! तपाइको शुभ चिन्तक जो परे, जे परे पर्ला लौ भन्दिए है मैले त !!! अरु पहिले पहिले लेखे जस्तै गरेर लेख्नुस न भन्या…के गरेर लेख्या हो एस्तो !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 5

  • कृष्ण भारद्वाज, सिड्नी अस्ट्रेलिया

    कथा एकदम रमाइलो छ, लड्डु जबर्जस्ति ख्वाए पनि राम्रो संग ख्वाए पनि मिठो हुन्छ ( बलात्कार गर्दा पनि केटाले खुसि भएको अवस्था ) ! शुस्माजी लाइ धेरै धेरै धन्यवाद !!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 8

  • Shankar

    “ममा डर र रोमान्च दुबै थियो,। मुटुको ढुकढुक निकै चर्को सुनिएको थियो । उसले आफ्ना पातला र लामा औँलाहरु मेरो कपालमा कोर्न थाली। म लाटो बनेको थिएँ। उसले आफ्ना ताता ओठ मेरो ओठमाथि राखी र जिब्रो भित्र ठेल्न थाली। हजारौँ वाटको करेन्ट लागेजस्तै म डढेर अचेत भएँ।” ल साथी हो के यस्ता अनुभव र बयान बलित्क्रित व्यक्तिको हुन्छ ?
    यहाँ न पुरुषले नाइँ भनेको छ न त ढोका खोलेर वा बत्ति बाल्न खोज्ने प्रयास नै भयको छ बरु उल्टो रोमान्चित भै रहेको छ पाजी.| अनि भन्छ “मेरो बलात्कार भयको छ” |
    शुश्माजी होश गर्नुस, यस्ता वाहियात कथा लेखेर अब अर्को पटक माइसंसारका पाठकहरुको समय बर्बाद नगर्नुस |

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

  • murari

    सुष्माजी को कथा राम्रो लाग्ने गर्थ्यो तर यसपालिको कथा चाही वाहियात नै रहेछ है, सी ग्रेडको सिनेमाको कथा जस्तो/ पुरुशमाथि पनि क्रुर घटना भएका छन् तर लेखेको तरिका अनि पुरुष माथि भएको पिडा भने यो कथा ले अलिकति पनि उजागर गर्न सकेको छैन/ बरु यो कथा मा त टिनयेजेरले रोमान्टिक सेक्शयुल फ्ळेजर फील गर्ने भन्दा केहि पनि छैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 3

  • रामकुमार पण्डित

    कथा निक्कै रोमान्टिक लाग्यो | पढ्दै जादा आफुलाइ पनि यौन उन्मादले पगाल्दो रैछ | सायद चिसो व्यक्तिले पढ्यो भने पनि तुरुन्तै तात्दछ होला | यस्तो घटना यदाकदा सुन्नमा पायिञ्छ | आजकलका केटाहरु धेरै जसो यस्तै घटनाको लागि तड्पिरहेका हुन्छन | आमा र छोरी मिलेर उसको कपडा सपडा च्यातेर भियाग्रा खुवाएर घन्टौ घण्टा उसबाट आनन्द लिने प्रयास गरेको देखाई दिएको भए अझ रोचक हुने थियो | साच्चिकै बलात्कार हुने थियो | जे भए पनि कथा राम्रो छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 7

  • बुद्ध (कोरिया )

    रिसानी माफ होस्……….. महेश भट्ट ले बनाउने कुनै बलिउड फिल्म को कहानी जस्तो लाग्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 3

  • Bishnu

    कथा लाई नराम्रो भनेमा प्रतिसोद हुनेछ तर कथा भनको समाजमा हुन सक्ने सम्भाब्या घटना हरुको आधारमा रचिएको हुन्छा तर नेपालको सन्दर्भमा अलि उपयुक्त भयेनाकी भन्ने हाम्लाई लैरछा

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 8

  • Shree...

    सुष्माजी को सबै कथा हरु मध्ये सबै भन्दा कमसल लाग्यो यो कथा.. कुनै adult उपन्याशको केहि अश्लील हरफ झिक्ने हो भने यो कथा हुन जाने देखिन्छ …

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 5

  • जति मोर्डन नै भए पनि यो कथाले भनेको जस्तो चाही अलि भएको छैन कि नेपाली समाज । जे भए पनि कथा राम्रो छ…तर अहिलेको सन्दर्भमा यो कथा पश्चिमा समाजको ऐना हो । अहिले नै नेपाली समाजको ऐना मान्ने बेला भएको छैन……

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 7

  • Damodar Dhungel

    दुवै पछे ले रमाइलो गरेको पनि बलात्कार हुन्छ र यो त पाठक को लागि पनि रोमान्चक हुने रमाइलो पल हो .

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया

    बाफ्रे हाम्रो समाज पनि मोर्डन हुँदै छ, कथा भनेको समाज कै ऐना हो !!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 4

  • Yash Ghimire

    यस्तो नि कथा हुन्छ ? कमसेकम आजकालको कथा पढ्दा बास्तबिकताको समानान्तर भएर हिदोस / एउटा लोजिक लिएको होस् न ….

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 10

  • DP Dhakal, Boston USA

    जे होस् कथा राम्रो छ

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 17

  • shshank

    शायद धेरै केटाहरुको सपना हुन् सक्छ/ हा हा हा

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 5

  • Sneha

    कसैको इच्छा विपरीत गरिन्छ भने त्यसलाई बलात्कार भन्न मिल्छ यो कथामा पुरुषले कतै प्रतिवाद गरेको छैन जवर्जस्ती भएको छैन त्यसैले यसलाई बलात्कार भन्न मिल्दैन !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 105 Thumb down 8

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker