मेरो Tweet

  • Nagarik News - प्रतीक प्रधान 'नागरिक' दैनिकका प्रधान सम्पादक: t.co/Ik8xGruOUE
  • Yes, it's formal. Prateek pradhan is our new editor from today.
  • @jwalabizay welcome, send at blog@mysansar.com

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

कानुनमा महिलाको स्थान पशुभन्दा तल

पशु अधिकारवादीहरुलाई खुसीको खबर। नेपाल शायद् विश्वमा एउटा मात्र त्यस्तो देश होला, जहाँ महिलालाई भन्दा पशुलाई बढी अधिकार दिइएको छ। कुरा बलात्कारको हो, जसलाई कानुनी भाषामा ‘जजक’ भनिन्छ- अर्थात् जबर्जस्ती करणी। महिला हिंसाको विरोधमा सडकमा उत्रनेहरुलाई थाहा छ कि छैन कुन्नि, नेपालको कानुनमा बलात्कार भए कानुनी कारबाही अघि बढाउन उजुरी गर्नुपर्ने हदम्याद महिलाको केसमा भन्दा पशुको केसमा बढी छ। महिलाको बलात्कार भए ३५ दिनभित्र उजुरी गर्नुपर्छ, पशु (स्त्री जाति चौपाया)को बलात्कार भए एक वर्षको म्याद। नपत्याउनु भएको ? ल कानुन हेर्नुस्-

हेर्नुस्, मुलुकी ऐनको महल १४ मा जबर्जस्ती करणीको ११ नम्बरको बुँदा।

त्यसमा भनिएको छ जजक (बलात्कार) भएको मितिले ३५ दिनभित्र नालिस नदिए लाग्न सक्दैन।

अब पशुसम्बन्धी व्यवस्था हेरौँ,

मुलुकी ऐनको महल १६ मा  पशु सेक्स (करणी) बारे उल्लेख छ।

त्यसको ५ नम्बर बुँदामा चार खुट्टे पशुसँग सेक्स गरेको मितिले एक वर्षभित्र नालिस नदिए लाग्दैन भनिएको छ।

महिलालाई बलात्कार गरे एक महिनाभित्रै उजुरी गर्नुपर्ने, पशुसित गरेकोमा चाहिँ एक वर्षभित्र गरे हुने – यो भेदभाव किन गरिएको रहेछ ? किन महिलालाई हाम्रो कानुनले पशुभन्दा पनि तल्लो स्तरमा राखेको रहेछ ? पशुसित गर्नु ठूलै अपराध, महिलालाई गर्नु चाहिँ त्योभन्दा सानो अपराध ठानिएको हो कि ?

२०२० सालमा लागू भएको यो ऐन कसैलाई अहिलेसम्म असान्दर्भिक किन लागेन ? २०५८ सालमा मुलुकी ऐनको एघारौँ संशोधन गर्दा १० वर्षभन्दा मुनिको बालिकालाई बलात्कार गरे १०-१५ वर्ष, १० वर्षभन्दामाथि १६ वर्षमुनिकोलाई गरे ७-१० वर्ष र १६ वर्ष वा त्योभन्दा माथिकी महिलालाई गरे ५-७ वर्षको कैद सजाय दिने बनाइयो। सामूहिक बलात्कार गरे, गर्भवती, अशक्त, अपांग महिलालाई बलात्कार गरे थप पाँच वर्ष कैदको व्यवस्था गरियो। बलात्कार गर्न सहयोग गर्नेलाई एक वर्षको सट्टा ३ वर्ष र १६ वर्षमुनिको भए दोब्बर सजाय हुने व्यवस्था गरियो। नाबालाकसँग अप्राकृतिक मैथुन गरे गराए पनि बलात्कार गरेकै मानी सजायमा थप एक वर्ष कैदको व्यवस्था गरियो।पीडितको बयान गराउँदा महिला प्रहरी कर्मचारी र त्यो नभए समाजसेवी महिलाको रोहवरमा अन्य प्रहरी कर्मचारीले गर्नुपर्ने, मुद्दाको कारबाही चल्दा सम्बन्धित कानुन व्यवसायी, पीडित महिला, उनको संरक्षक र मुद्दा हेर्ने अधिकारीले अनुमति दिएका प्रहरी र अदालतका कर्मचारीमात्र इजलासमा उपस्थित हुनसक्ने व्यवस्था पनि गरियो।  तर यो ३५ दिने हदम्यादलाई भने परिवर्तन गर्न कसैले आवश्यक ठानेनन्। किन हो कुन्नि !

यस्तो किसिमको कानुनी व्यवस्थाका कारण पीडितहरु मर्कामा पर्ने गरेको र पीडकहरु खुल्लमखुल्ला हिँड्ने गरेका धेरै उदाहरण छन्। शनिबारको राजधानी दैनिकमा एउटा पीडादायी उदाहरण पढ्न पाइन्छ-

दुवाकोट भक्तपुर स्थायी घर भई काठमाडौंको शंखमूलमा जुत्ता पसल गर्ने कान्छा विकले १३ वर्षकी किशोरीलाई बलात्कार गरे। २४ वर्षे छोराको बाबुसमेत रहेका कान्छा विकले आफ्नी नातिनीसमानकी १३ वर्षीया नाबालिका मुना (परिवर्तित नाम) लाई चक्लेट खुवाएर फकाएर बलात्कार गरे । पर्दाफास सात महिनापछि भयो।  बलात्कारको सिकार भएकी मुनाले डेढ महिनाअघि सन्तान जन्माइन् । उनलाई बलात्कार गर्ने कान्छा विक भने अझै पनि कानुनको कठघरामा आएका छैनन्। बलात्कारबाटै मुनाको गर्भ रहेर बच्चा जन्मे पनि बलात्कार गरेको ३५ दिन बितिसकेको भन्दै प्रहरीले विकलाई कुनै कारबाही नगरेको हो।

 

25 comments to कानुनमा महिलाको स्थान पशुभन्दा तल

  • नेपाली समाजमा महिलालाई मात्र किन प्रशय ? जबकि पुरुष पनि महिला बाट थागीयाको घटना सार्बजनिक भयका छन् तर किन तेस्मा कुनै आन्दोलन हुदैन ??????????

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • singh raja

    अपराध सहेर बस्स्नु ठुलो अर्को अपराध हो, तेसैल्लय ३५ दिनभित्र उजुरी होइन, ३५ सय वर्ष भित्र उजुरी गरे सम्म valid गर्नुपर्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • raj oli

    महिला अपराध र हिम्सा समब्दी राम्रो कानुन बनौन को लागी हाम्रो जस्तो नेपाल मा अक् सच्चा, इमान्दार महिला परधान्मंत्री को जरुर आबसेक छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • BB Rai

    गाउको ढिडो खाएर बिर्सेको अनि अमेरिका को बर्गर को dhamasa दिने कुलंगार हरुले कमेन्ट नगरेको राम्रो !!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 6

  • Sachin

    नेपाल को कानुन बनाउने ले जानुन

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Mohan

    महिला र पशु संग तुलना गर्नु भन्दा पनि अपराध को उजुरी दिन पिडित पछ्या कहिले सछ्यम भयो भन्ने हेरिनु पर्छ जस्तो लाग्छ. विदेश तिर २०-२५ वर्ष अघि गरेको बलात्कारको उजुरी २०-२५ वर्ष पछि गरेर पनि पिडित पछयले न्याय पाएका छन्. दर त्रास धम्की, एवम उजुरी गर्नु पर्छ भन्ने ज्ञान तथा कार्य सैली को अभाव को कारण बाट कति पय घटनामा ३५ दिन भित्र उजुरी नपर्न सक्छ. तसैले नेपालमा भएको बिध्यमान कानून एंन पनि सोहि अनुशर सच्च्याउनु पर्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • Ram Adhikari

    हो त!
    घरमा पालेको गाईलाई तिमी!!
    श्रीमतीलाई त भनिन्छ हाम्रो नेपाल मा!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • Alikhit

    मान्छे ले बोल्न सक्छ उजुरी गर्न सक्छ, तर पशु ले बोल्न नसक्ने भएकोले यो नियम बनाएको हो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

  • madan bajracharya

    नेपालले मानवको जिउ ज्यानको मोल पशुको भन्दा कम तोकेको अर्को उदाहरण सवारी साधनले किच्चियर गाई मरेमा आजीवन कारावास हुने भनियको र मानव मरेमा मात्र काज क्रिया खर्चको नाममा १७ हजार जरिवाना तोकेकोलाई लिन सकिन्छ/ अरुत अरु गाडीले किच्चियर भैसी मरेमा तिराईने जरिवाना पनि मानिस मरेमा तिराईने जरिवाना भन्दा कम छ!!!/ अनुमान गर्नुस यदि यदि यउतै गाडीले यउटा भैसी यउटा गाई र यउटा मानिस मरेमा कानुनले त्यो गाडी चालकलाई कुन मरेकोमा बढी सजाय दिन्छ?

    यस्तै कुरालाई लियर सरकारले गाडी दुर्घटनामा मानिस मरेमा सजायको रक्कम बढाउन खोज्दा यातायात ब्यबसाई र तिनीहरुको संगठनले चक्का जाम गरेर त्यो जरिवानाको रकम बढाउन नदियको थियो/

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 0

  • Bishwaraj

    धेरै कुरोमा तल छन्- नेपाली महीलाहरु- यो हुनु श्रीमान्लाइ भगवान सरह मानेर खुट्टा ढोगेर पतीको ब्रत बसेर गास्त्रीक उब्जाएर आफै नीच भएर बसेर पनी होला- Nepalese Women love their husband to dominate them … !! This is the reason why our Nepalese women are going backwards… !! – लु जा-

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 28

  • बलात्कार र महिला हिंशामा दिनदिनैको बढोत्तरी हुनुको प्रमुख कारण कथित ३५ दिने ‘हदम्याद’ अनि प्रमाणित भैहाले सजाएँ सारै फितलो हुनाले पनि हो | महिलालाई कानुनले गरेको विभेद हेर्न सालोक्य जी ले उदाहरण स्वरुप राख्नु भएको कान्छा बि.कको छोरी पर्याप्त छिन | तलब भत्ता र आफ्नो सुबिधा बढाउन दस चोटी बिधेयक ल्याएर कानुनको संसोधन गर्ने हाम्रा माननीयहरुबाट महिलाको पक्षमा सशक्त कानुन बन्ला भन्ने आशा कम छ | हामी आफै जागरुक भएर चर्को दबाब दिऔं र भनौं -”महिला बेचबिखन कर्ता र बालबालिकाको बलात्कारीलाइ मृत्युदण्ड दिने कानुन बना | अनि यो पशुलाइ भन्दा महिलालाइ तल्लो स्तरको दर्जा दिएको कानुन तुरुन्त संशोधन गर |”

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 2

    • माफ गर्नुहोला माथि मेरो कमेन्टमा ‘बलात्कारी कान्छा बी. क.’ हुनुपर्नेमा ‘कान्छा बि.क को छोरी भएछ ‘ | यसरि सच्याएँ ‘ … सालोक्य जीले उदाहरण स्वरुप राख्नु भएको बलात्कारी कान्छा बि.कको पिडितानै पर्याप्त छिन ” |

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • सुभाष सिद्धि उदास

    हाथी र हिन्दू धर्म उस्तै भएको प्रमाण ! धर्मशास्त्रको देखाउने दाँत भनेको – ” यत्र नार्यस्तु पुज्यन्ते , रमन्ते तत्र देवता ! ” = जहाँ नारीको सम्मान हुन्छ , त्यहाँ देवता वास गर्छन !
    तर चपाउने दाँत भनेको हिन्दू राज्य हुँदाको कानूनको खाकामा नारीको स्थान अहिले लोकतन्त्र वा गनतन्त्र भनेता पनि बदल्ने कुनै पहल हुने छाँट देखिएको छैन . तुलसीदासले आफ्नो ‘राम चरित मानस’मा प्रष्टै लेखि दिएको स्मरणीय छ – ‘ ढोल , पशु और नारी ….,यह सब ताडन के अधिकारी ! ‘ नेपालको ऐनमा यही धारणा प्रतिविम्वित हुनुमा के आश्चर्य मान्नु ?

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 4

  • योगेश आदी, न्यूयोर्क

    कानूनमा ठिकै त छ त ! मानिस जनावर भन्दा सामाजिक हिसाबले संबेदनशील हुने भएकोले प्रमाणहरु नस्ट नहोस र सकेसम्म न्यायको ढोका चांडो धक्धकाउन जाओस भन्ने हेतुले यस्तो गरिएको हो /
    कुनै पनि महिला बलात्कृत भएको ३५ दिनसम्म उनि स्वयम् वा नातेदार चुप लागेर बस्ने छैनन् / सकेसम्म चाडै अस्पताल वा प्रहरी कार्यालय पुगेकै हुन्छ /
    बलात्कार गरेको घाउ, शरीरको अवस्था तथा विर्य आदिको प्रमाण नस्ट नहोस भनेर नै चाडै गरेको हो /
    जनावरसंग तुलना गरेर विश्लेषण गर्नु सान्धर्विक होइन /

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 14

    • Shila

      आदिको आधा बुद्धि !
      नाममै न्युयोर्क जोड्ने मित्रले एक पटक अमेरिकाका विभिन्न राज्यमा बलात्कारको FIR दर्ता गर्ने म्याद कति राखेको छ बुझ्नुस् । अनि कुरा गर्नुस् । बडो कानुनका व्याख्याता भइखाको ! माथि ब्लगमा राखिएको उदाहरण पनि पढ्नुस् । महिलामात्र हैन यहाँ बालिका पनि बलात्कृत हुन्छन् । जसले थाहा नपाएरै शोषण भोग्छन् डर करकापले ३५ दिनपछि मात्रै कुरा खुले अपराधी चोख्खै । यति बुद्धि पनि नभएको मान्छे न्युयोर्क मै मरेको राम्रो । नेपाल नआउनू !

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

      • योगेश आदी, न्यूयोर्क

        शिलाजी, आदिको अर्थ आधा होइन, आदत हो / अमेरिकाको कुरा उठाउन सान्धर्बिक देखिन / मैले कानूनको व्याखाता बनेर प्रतिक्रिया दिएको होइन, मैले त अझ महिला माथिको घटनाको संबेदनशीलतालाई पुष्टि गर्न चांडो भन्दा चांडो न्यायालय समक्ष पुग्नुपर्छ भन्न खोजेको हुँ / अन्तमा शिलाजी, अक्षर लेख्ने र बिबेक प्रयोग गर्ने मानिसले लेख्दा अलिकति संयमित र अनुसासित भएर लेख्ने गर्नुस / मैले त प्रतिक्रिया लेख्ने व्यक्तिको बर्तमान अवस्थिति कहाँ हो, सो खुल्दा अझ राम्रो होला कि भनेर मात्र राखेको हुँ, तपाइँ जस्तो व्यक्तिहरु न्यूयोर्क शब्दसंग नै लघुताभास महसुस गर्नुहोला भन्ने सोचेको थिइन / पक्कै पनि बाँचेर देशको लागि केहि गर्न नेपाल नै आउने छु /

        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 6

  • kumar

    माइसन्सारमा उल्लेखित कानुनी बिभेद हेर्दा महिलालाइ पशु भन्दा तल राखिएको देखिन्छ । तर बिचार गर्नुहोस त पशु र मानिस एकै हो ? महिला लाइ जजक गरेको अबस्थामा ३५ दिनको समय के साच्चै कम हो त? कसैलाइ जजक गरेको अबस्थामा ३५ दिन भित्र उजुरी गर्न सक्ने (भौगोलिक) अबस्था वा पहुँच के नेपालमा छैन? के करणी गरेको १ वा २ बर्ष पछि उजुरी गर्ने ब्यबस्थाले नेपालमा जजक को अपराधमा कमी आउँछ वा पिडक संग बर्गैनिंग गर्ने मौका पाईन्छ ? महिलालाइ दिइएको समयको अनुपातमा पशुलाइ बढि नै समय दिइएको होला तर यसलाइ तुलना गर्नु भन्दा पनि अनुसन्धानमा प्रमाण संकलनलाइ बढि महत्व दिइएर ३५ दिनको ब्यबस्था भएको हो।

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 11

    • बिश्व

      अहिले पनि हाम्रो मुलुकमा राणा हरुको पालाको कानून चल्दैछ ! यहि कानूनको कारण पनि हो कि यी अपराध हरु बढेका ? यो त्यो बेलाको २००-५०० होला जति बेला २ जना छोरा-छोरीको बाजा बजाएर धुम-धामले बिहे गर्दा पनि यति पैसा लाग्दैनथ्यो होला, तर अब अहिले यति पैसामा बिहेको लगन पनि हेर्दैनन् पण्डितले ! अलि कडा कानून बनाउने र प्रहरीले पनि च्याप समात्ने अपराधीलाई र अफिसको फोनको तार फुकालेर पहिला ठोकिहाल्ने अनि तपसिल बमोजिम गर्दै गर्ने….. अझ यो जबज गर्ने बिरहरुलाई त धेरै दुख नदिने, त्यो पैसा-सैसा पनि नातिराउने क्या …च्याप्प समातेर त्यहि नाम लिन नमिल्ने…..तर अघि सरेर बिराउने बस्तु क्या….हो त्यहि चिट्ट टोपाज ब्लेडले काटेर उसैको खल्तीमा राखिदिने र भन्ने ….जा बाबु चौतारोमा बसेर घाममा सुका……….यस्तो कानून बनाउन पर्छ जस्तो हामीलाई लाइराछ !

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • Bikash Sharma

    नेपालका पहिले देखिनै विद्वान गुरु कहलिएकाले बनाएको कानुनको चाला ! तन्नेरी भनेपछि तिनका पनि महादेवका जस्तै तेस्रो आँखा खुल्छन होला हैन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 10

  • धन्यबाद उमेश जी अत्यन्तै संबेदनशील बिषयलाई महत्वपूर्णका साथ् इंकित गर्नु
    भएकोमा .
    बलात्कार सम्बन्धी मुद्दामा अब कडा भन्दा कडा कानून लागू गरिनै पर्छ .
    खास गरि यस्ता अपराधमा अपराधको प्रकृति हेरी ( जस्तो कि बालबालिकाप्रति
    भएको यौन अपराध ( बलात्कार या ललाई फकाई यौनजन्य कार्य भएको )
    महिलालाई बलात्कार गरिएको
    सामुहिक बलात्कार
    जस्ता जघन्य अपराधमा अपराधिको सर्बोस्सा हरण सहित लामो समयको जेल
    सजाय हुने कानून बन्न जरुरि छ .
    ” सर्बोस्सा हरण सहितको लामो समय जेल सजाय ” अन्य किसिमका जघन्य
    अपराध जस्तो कि : बालबालिका तःथा महिला/ पुरुष बेचबिखन गर्नेको हकमा पनि
    लागु गरिनु जरुरि छ .
    हामी कल्पना गरौ यस्ता जघन्य अपराध हामी या हाम्रो परिवारमा घट्न गयो —
    त्यो जाबो २-४ – ७ बर्ष र केही हजार / लाखको सजाय दिदा हाम्रो आत्माले
    शान्ति पाउछ ?
    अनि
    यस किसिमका अपराध गर्ने अपराधि मनोब्रितीका मान्छेहरुको आत्मबल गिर्छ ???
    गम्भीर अपराध गरिदा दिईने सरल सजाय पनि एक कारण हो समाजमा यस्ता जघन्य अपराध झन भन्दा झन बढ्दै जानु ———-

    अचम्मै लाग्छ यस्ता कम्जोर नियम कानूनमा किन संशोधन गरिदैन ???
    सम्बन्धित निकायहरुको गम्भीर पहल होस् यस्ता कम्जोर कानून तू संशोधनको
    लागि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    झारा टार्ने काम भए भोली तिम्रा परिबारमाथि पनि यस्ता बज्रपात पर्न सक्छ –
    बेलैमा चेतना भया !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 5

    • Bishwaraj

      लुना जी माओबादी हो की राजाबादी- मान्नु पर्छ काँचुली फेर्नु सक्नु भएकोमा – भगवान्ले पनी साथ् दिएकै हो – लुना जी लाइ-

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • यो कानुन बनाउदा भएको गल्ती हो. यसलाई तुरुन्त सच्याउनु पर्दछ. साधारणतया कानुनबनाउदाताका कुन कानुनको धारा खण्ड के प्रयोजन ले बनाइएको भन्ने बारेमा भएको डिबेट को कपि राखिन्छ. तेसैले पछि गएर किन तेस्तो कानुन बनेछ भनेर स्टडी गर्न चाहनेले हेर्न सक्दछ. तर मुलुकी ऐन ता जंगबहादुरले बनाको. तेस्बेलाको कुनै रेकर्ड नै नहोला. रेकर्ड नै भए पनि यो ता सार्है असमान ब्यबस्ता भयो. यसलाई तुरुन्त परिबर्तन गरिनुपर्दछ. यो कुरा मा ता संसदमा नेताहरुको सहमती हुनुपर्ने हो. सायद कसैले याद नगरेर होला.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 9

  • हामिहरु माझ बिद्दमान कानुन मात्र होईन नितीशास्त्र र धर्मशास्त्र जसलाई समाज को एना भनेर भन्छौ तिनैमा पनि महिलाहरु को स्थिती पुरुषको तुलनामा सुर्य को आगाडी दीप जस्तो बनाइयको छ । हिजो निती शास्त्र र धर्म शास्त्र बनाउदा कत्ती पनि नैतिकता नदेखायको हाम्रो समाज ले आज कानुन पनि त्यसैलाई अनुसरण गरेर बनायको छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 5

  • धन बीर लोपचन

    हामी नेपाली कतिपय व्यवहार, सोचाई र आचरणमा पशुसंग मिल्दो जुल्दो भएर होला पशु अधिकारवादी हुन् गएको| गाई खाने वा नखाने वा पुज्ने भन्ने बिषयमा केही समय पुर्ब न्वारन देखिको वल लिएर माईसंसारमा पक्ष र बिपक्षमा वहस गर्यौ, मन्तब्य पोख्यौ, तर केही भएन| स्थिति जस्ता तस्तै| समयको परिवर्तन संगै हाम्रो सोचाई अनि मुल्य मान्यतामा पनि सुधार आउँन पर्ने हो| तर हामी एकातिर परम्परामा अडिग रहन चाहन्छौ भने अर्कोतिर आधुनिक पनि भैटोपल्छौ| बिशेस गरेर हाम्रो न्याय र दण्ड प्रणालीमा आमुल परिवर्तन र सुधारको आवश्यक छ|
    यस ब्लगको शीर्षकको सन्दर्भमा, महिला अधिकारवादीहरुले तीज पर्वलाई परम्परागत ढंगमा नमानेर कुन रुपमा मान्ने हो भनेर गहिरेर सोची अग्रगामी कदम बढाउँन आवश्यक देखिन्छ| हिन्दु धर्ममा नारीको स्थान पुज्यनीय छ तर तीज परम्पराले पुरुषको स्थान पुज्यनीय देखाउंछ|
    दुई खुट्टे होस् वा चार खुट्टे, सिङ्ग भएको होस् वा सिङ्ग रहित, पशु भन्दा मान्छे उत्कृष्ट भएको कारण मान्छेमा विवेक हुन्छ| तर समयमा र ठाउँमा त्यो विवेक प्रयोग नगरे पछि पशु र मान्छेमा के फरक?

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 6

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker