User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

‘अख्तियार आफै घुस खानतर्फ लाग्यो’

काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले पठाएको पत्र जस्ताको तस्तै-

हामी काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय बिकास मंत्री नारायनकाजी श्रेष्ठको ठाडो निर्देशनमा देहाय बमोजिमको अनियमितता, हिनामिना र भ्रष्टाचार भैरहेको र यसबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै कारबाही भएन।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतकर्तता केन्द्रमा पैसा खाएर कुनै कारबाहि नगर्ने कर्मचारीका नाम हामी क्रमस बिस्तारै पत्रिकाहरुलाई दिदै जान्छौं।


स्थानीय स्वायत्त शासन ऐन २०५५, आर्थिक प्रशासन नियमावली, २०६४, सार्वजनिक खरिद ऐन २०६३ मा भएका कानुनी ब्यबस्थाहरुको गम्भिर उल्लंघन गरी काठमाडौं महानगरपालिकाको काठमाडौं टावर बनाउने टेण्डरमा ब्यापक धांधली गरेको छ। यसमा स्थानीय विकास र अख्तियार दूरुपयोग अनुसन्धान आयोगका दुबै सचिब, स्थानीय बिकासका सह सचिब रेशमी पाण्डे, कार्यकारीअधिकृत केदार बहादुर अधिकारी, दलका मान्छे र काठमाडौं महानगरपालिकाका भ्रष्टाचारी कर्मचारीहरुले २ करोड पेश्की लिएर मिलोमतोमा काठमाडौं टावर बेच्न लागेको छ।

काठमाडौं महानगरपालिकामा बिना मापदण्ड होडिङ्ग वोर्ड राख्न स्विकृति दिई १० बर्ष यता ३७ करोड भन्दा बढी हानी नोक्सानी, भ्रष्टाचार र हिनामिना भएको, कामपाको क्षेत्रभित्र विभिन्न स्थानहरुमा गैरकानूनी ढंगले नगर प्रहरी, राजस्वका कर्मचारीको मिलोमतोमा पार्किङ्ग संचालनबाट कामपालाई हानी नोक्सानी पुर्‍याइ १० बर्ष यता ४३ करोड भन्दा बढी हानी नोक्सानी, भ्रष्टाचार र हिनामिना भएको, अनि हामीले काठमाडौं महानगरपालिकामा भएका हानी नोक्सानी, भ्रष्टाचार र हिनामिनाबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतकर्तता केन्द्रमा लिखित र मौखिक जानकारी गराउदा पनि कुनै कारबाहि नहुने, बरु अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतकर्तता केन्द्रलाई मालमालाई गरी पैसा खाने बाटो भएको छ।

अरु निकायमा २।४ लाखको भ्रष्टाचारको अनुसन्धान र कारबाहि गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं महानगरपालिकामा अरबौंको हानी नोक्सानी, भ्रष्टाचार र हिनामिना हुदा पनि कुनै कारवाहि नगरेको र मिलोमतोमा कारवाहि गरे जस्तो गरी दलालहरु मार्फत ठूलो रकम खाने गरेको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतकर्तता केन्द्रका कर्मचारीले काठमाडौं महानगरपालिकाबाट मासिक ठूलो रकम पैसा खाने गरी एजेन्टहरु मार्फत काम गराई भ्रष्टाचारको कुनै कारबाहि गर्दैनन। काठमाडौं महानगरपालिकामा हानी नोक्सानी, भ्रष्टाचार र हिनामिनाको ज्वलन्त प्रमाणहरु काठमाडौं महानगरपालिकाको लेखा परिक्षण प्रतिबेदनहरुबाट स्पष्ट देखिदा पनि कुनै कारबाहि भएको छैन। अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई काठमाडौं महानगरपालिकाको लेखा परिक्षणबारे, अनियमितता, हिनामिना र भ्रष्टाचारका गंभीर बिषयहरुबारे पटक पटक जानकारी गराउदा पनि कारबाहि नहुनु ज्यादै रहस्यपूर्ण रहेको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतकर्तता केन्द्रले काठमाडौं महानगरपालिकाको लेखा परिक्षण प्रतिबेदन अनुसन्धानको लागी फोटो कपी गरेर लगेको ४।५ बर्ष भन्दा बढी हुँदा पनि किन कुनै सोधखोज हुँदैन जब कि बारा वा सिराहामा ५।१० करोड, सुडान घोटालामा ३०।४० करोड, नेपाल वायुसेवा निगमको जहाज खरिद प्रकरणमा ५ करोड, चिरन्जिवि वाग्लेको २ करोड, जय प्रकाश गुप्ताको ६०।६५ लाख, खुम ब. खड्का, गोबिन्द राज जोशी, मोति लाल बोहरा, अच्युत क्रृष्ण खरेल, प्रदीप शमशेर जबरा, पूर्व सचिवहरु नगेन्द्र प्रसाद घिमिरे, चक्रबन्धु अर्याल, पदम प्रसाद अर्याल आदीको १।२ करोड मा कारबाहि गर्ने तर त्यस्तै ठूला र गंभीर मानिएका भ्रष्टाचार काण्ड भन्दा ज्यादै बिशाल र नजानिदो भ्रष्टाचार, अनियमितता र हिनामिना बिगत १०।१५ बर्षमा करिब ४ अर्ब ६८ करोड भन्दा वढीको अनियमितता, हिनामिना र भ्रष्टाचार ) भएको भए पनि कारबाहि छैन।

बिगत १०।१५ बर्षको काठमाडौं महानगरपालिको लेखा परिक्षण प्रतिवेदनको राम्रो अनुसन्धान किन गर्दैन अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई यो गम्भीर प्रश्न छ।

लेखा परिक्षकहरुले पनि पैसा खाएर लेखा परिक्षण प्रतिवेदन बनाउछन। लेखा परिक्षण कम्पनीले थोरै कबोल गरी लेखा परिक्षणको काम हात पार्ने अनि कामपाका भ्रष्टाचारी कर्मचारीहरुसंग मोलमोलाइ र मिलोमतोमा गलत लेखा परिक्षण प्रतिवेदन वनाउछन र ठूलो रकम लिन्छन। राष्ट्रिय सतर्कता केन्दले र अरु श्रोतबाट अरबौंको भ्रष्टाचार, अनियमितता र हिनामिनाबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई धेरै जानकारी र प्रतिबेदन दिन्छन र राष्ट्रिय सतकर्तता केन्द्रले पनि काठमाडौं महानगरपालिकाको निरिक्षण गरि मिति २०६७/६/१२ च.नं. ११८ को प्रतिवेदनमा काठमाडौं महानगरपालिकामा भएका भ्रष्टाचार र हिनामिना रोक्न निर्देशन दिए पनि कामपाका भ्रष्टाचारी कर्मचारीहरुसंग मोलमोलाइ र मिलोमता गरी पैसा खाएर त्यस्ता प्रतिवेदन उपर कुनै कारवाही भएको छैन।

आय आम्दानी रु १ लाख ५० हजार भन्दा बढी हुनेमा स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीको, २०६४ को १६७ को उपदफा १, आय आम्दानीको ब्यबस्था संम्बन्धि उपदफा ४ पुरै, धरौटी संम्बन्धि उपदफा ५, १६८ को उपदफा २ र ३ समेतको उलंघन गरी गराई र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ बमाजिम प्रतिस्पर्धा गराई बढी बोल कबोल गरी टेण्डर गरी दिनु पर्नेमा कार्यकारीअधिकृत केदार बहादुर अधिकारीले पैसा खाएर का.म.पा.लाई करोडौंको हानी नोक्सानी पुग्ने गरी पार्किगं र होडिङ्ग वोर्डको स्वीकृती, संम्झौता नविकरण गरी दिएको र त्यस्तो भ्रष्टाचार, अनियमितता र हिनामिनाको फायल र कागजपत्रहरु र अन्य प्रमाणहरु लुकाएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका घुस्याहा डांकाहरु बीर अस्पतालको थेारै सामान खरीदमा कारबाहि गर्ने तर कामपाको जिन्सी शाखाबाट करोडौंको सामान खरिदमा प्रतिस्पर्धा नगरीे, कम गुणस्तर र महंगो सामान लिने, कार्यालयलाई ल्याएको खानेपानीका जारहरु हाकिमका घरहरुमा लाने गरेको र त्यस्ता खानेपानीको कुनै रिकर्ड नराखी मिलोमतोमा भूक्तानी दिएको , कार्यालयलाई ल्याएको खानेपानीको सम्झौता अनुसारको नभइ कम गुणस्तर भएको, ऐन, नियम अनुसार वार्षिक जिन्सी निरिक्षण नगरेको, का.म.पा. भित्र २० औं लाखका फर्निचरको हिनामिना भएको, कामपामा धेरै वर्ष अगाडि देखि पत्रपत्रिका खरिदमा नियम विपरित विना प्रतिस्पर्धा कामपालाई वार्षिक हानी नोक्सानी पुर्‍याउने गरी खरिद गरेको, पत्रपत्रिकाको विवरण र रेकर्ड नराखी कम पत्रपत्रिका लिने तर वढी विल वनाई भुक्तानी गरी धेरै लामो समय देखि भ्रष्टाचार गईरहेको, आर्थिक प्रशासन नियमावलीको दफा ३१ अनुसार नभएको, कामपाका जिन्सी सामानको अध्याबधिक लगत नराखिएको,

कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईलाई चाकडी गरी काम गरे जस्तो देखाउन गरेको सफाइ कार्यक्रममा पनि कार्यकारी अधिकृत केदार बहादुर अधिकारीकेा ठाडो निर्देशनमा जिन्सी शाखाबाट प्रतिस्पर्धा नगरीे नगराइ ३० सौं लाखको सामान खरिदमा अनियमितता, हिनामिना र भ्रष्टाचार भएको र कारबाहिको लागी का.म.पा.का कर्मचारीहरु यसबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतकर्तता केन्द्रमा लिखित र मौखिक जानकारी गराउदा पनि कुनै कारबाहि नभएको, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कारबाहि गरे जस्तो देखाउन केहि कागजपत्र लगे पनि पैसा खाएर अहिलेे सम्म कुनै कारबाहि गरेन।

नियमानुसार कामपाको पुराना सामानहरु लिलामनै नगर्ने, गरे पनि मिलोमतोमा कम दर राखेर ती सामानहरु लिलाम अनियमित तरिकाले गरी बेचेर करोडौंको हिनामिना र नोक्सानी गरेका छन।

काठमाडौं महानगरपालिकाको लेखा परिक्षण प्रतिवेदनले नै बार्षिक १६ करोड पाकिंड.को पैसा उठ्ने भनेर लेखा परिक्षकले भने पनि र यसबारे धेरै पटक अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाइ जानकारी गराएपनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कुन कुन वडामा वा स्थानमा कस कस संग सम्झौता गरी आय आम्दानी रु १ लाख ५० हजार भन्दा बढी हुने भएकोले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ बमाजिम प्रतिस्पर्धा गराई बढी बोल कबोल गराएर गरेको वा प्रतिस्पर्धा छलेर कसरीपाकिंड. स्वीकृती दिएको भन्ने सम्मको पनि नसोधेको र त्यस्तै होडिङ्ग वोर्डको स्वीकृत दिदा पनि अनियमितता गरी गैरकानूनी ढंगले कामपालाई हानी नोक्सानी हुने गरी कुन कुन वडामा वा स्थानमा कस कस संग सम्झौता गरी आय आम्दानी रु १ लाख ५० हजार भन्दा बढी हुने भएकोले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ बमाजिम प्रतिस्पर्धा गराई बढी बोल कबोल गराएर गरेको वा प्रतिस्पर्धा छलेर होडिङ्ग वोर्डको स्वीकृती दिएको भन्ने सम्मको पनि नसोधेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगकै मान्छेको मिलोमतोमा यी सब भैरहेको छ।

कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले कर्मचारीले गर्ने काम आफैले लिई नक्साशाखाका आफ्ना मान्छ मार्फत पैसा खाएको छ। होडिङ्ग वोर्ड, गैरकानूनी ढंगले पार्किङ्ग, धर जग्गा कर, निर्माणको काम, सार्वजनिक जग्गा निजि बनाउने शिफारिस, प्रत्येक महिनाबारी ३५ बडा कार्यालयबाट उठौती, अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक सहायता वितरण गर्ने निर्देशिका बनाएर मात्र आर्थिक सहायता, अनुदान वितरण गर्ने निर्देशन दिएता पनि सो को उलंघन गरी मनपरी नियम र मापदण्ड विपरित आफ्ना मान्छेहरुलाई आर्थिक सहायता अनुदान वितरण गरिएको छ। कर्मचारीहरुलाई सरुबाको हल्ला चलाएर पैसा उठाउने र फेरी नगर्ने, भ्रष्टाचार, अनियमितता कर्मचारीहरुलाई तर्साउने र पैसा खाएर कारबाहि नगने, बालाजुको कामपाको जग्गा ऐन, नियम मापदण्ड विपरित प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी भोटरलाई बाडेको छ।

हामीले भ्रष्टाचार र हिनामिनाबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा गरेका उजूरी पनि दिएका छौं र पछि पनि दिन्छौ पत्रिकाहरुले न्याय गरीदिनु होला।

का.म.पा.का कर्मचारीहरु

पहिलो पटक उजुरी मिति २०६९/९/६
दोश्रो पटक उजुरी मिति २०६९/९/११
तेश्रो पटक उजुरी मिति २०६९/९/१४
चौथो पटक उजुरी मिति २०६९/९/१७

श्री अख्तियार दूरुपयोग अनुसन्धान आयोग
काठमाडौं

विषय : छानविन गरी कारवाही होस

स्थानीय बिकास मंत्री नारायन काजी श्रेष्ठ र प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको मिलोमतोमा पैसा खाएर ख्वाएर महानगरपालिकाका कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रचलित ऐन कानुन र स्थानीय स्वायत्त शासन ऐन २०५५, आर्थिक प्रशासन नियमावली, २०६४, सार्वजनिक खरिद ऐन २०६३ बिपरित काठमाडौं टावर बनाउने टेण्डरमा ठूलो रकम लेनदेन गरी भ्रष्टाचार, अनियमितता हुन लागेको बारे यस भन्दा अगाडी पटक पटक अख्तियार दूरुपयोग अनुसन्धान आयोगको २ नम्बर महाशाखामा हामी कर्मचारीहरुले लिखित र मौखिक जानकारी गराउदा हामी हेर्छौ अहिले तपाइहरु ज्ाानुस भनी उजुरी दर्ता पनि नगरी कुनै कारबाहि नगरेकोले पुन निबेदन दिन आएका छौ।

टेण्डर पाउन पूर्ब योग्यताको लागी ठेक्दारले पेश गरेका अनुभव, आर्थिकबारेका कागजहरु किर्ते र आफैले बनाएर पेश गरे पनि त्यस्तै नक्कली कागजहरुको आधारमा कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले ठेक्दारबाट कराडौ रकम खाएर जबरजस्ती मुल्यांकन गरेको छ। मूलुकि ऐनको अदालती बन्दाबस्तमा किर्ते गर्नेलाइ कारबाहि गर्ने भने पनि रकम खाए पछि कुरा मिलेको छ।

यसरी दिन लागेको काम तत्काल रोकी छानबिन गरी राीष्ट्य योजना आयोगका जस्तै टेण्डरको अनुसन्धान गरी सबै कागजहरु छापा मारी कडा कारवाहिकालागी अनुरोध गर्दछौ।

का.म.पा.का कर्मचारीहरु

वोधार्थ
सम्माननीय श्री प्रधानमन्त्रीज्यू
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
स्थानीय बिकास मन्त्रालय
राष्ट्रिय सतकर्तता केन्द्र
श्री राष्ट्रिय पत्रिकाहरु

पहिलो पटक उजुरी मिति २०६९/९/६
दोश्रो पटक उजुरी मिति २०६९/९/११
तेश्रो पटक उजुरी मिति २०६९/९/१४
चौथो पटक उजुरी मिति २०६९/९/१७

श्री अख्तियार दूरुपयोग अनुसन्धान आयोग
काठमाडौं

विषय : छानविन गरी कारवाही होस

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको ठाडो निर्देशनमा स्थानीय स्वायत्त शासन ऐन २०५५, आर्थिक प्रशासन नियमावली, २०६४, सार्वजनिक खरिद ऐन २०६३ मा भएका कानुनी ब्यबस्थाहरुको गम्भिर उलंघन गरी काठमाडौं महानगरपालिकाको काठमाडौं टावर बनाउने टेण्डरमा ब्यापक धांधली गरी काठमाडौं महानगरपालिकालाई अरबौंको हानी नोक्सानी, भ्रष्टाचार र हिनामिना गरेका छन। आर्िर्थक अनुशासनको नारा दिएर काठमाडौं महानगरपालिकाका सबै कर्मचारीहरुलाई भ्रष्टाचारी भन्ने र आफु चोखो भन्ने कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले काठमाडौं महानगरपालिकालाई ध्वस्त बनाएकोले कारबाहि होस। काठमाडौं टावर बनाउने टेण्डरमा काठमाडौं महानगरपालिकाकासंग मुद्दा लडिरहेको इन्नोभेटिभलाई प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको ठाडो निर्देशनमा दिन लागेको छ। उसले पेस गरेका कागजहरु किर्ते र नक्कली हुन। त्यहि किर्ते र नक्कली कागजहरुको आधारमा कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले आफ्ना दलाल कर्मचारीहरुलाई हतियार बनाएर रिटायर हुने बेलामा २० लाख खाएर जबरजस्ती मुल्यांकन गरी गएको छ। काठमाडौं महानगरपालिकाका हामी कर्मचारीहरुले कानुन र प्रक्रृया पुरयाउन भन्दा हामीलाई दवाव दिएर बाहिरको मान्छेबाट कार्यालय बाहिर ठेक्दारसगं बसी कागज बनाएर हामीलाई दवाव दिएर मुल्यांकन सीमतिलाई सहि गराएकाले यसको छानविन र न्याय दिन पत्रकारहरुलाई अनुरोध गर्दछौ। उनले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी, स्थानीय बिकास मंत्री नारायन काजी, अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई मिलाउन भनी ठेक्दारबाट कराडौं पेस्की लिसकेको छ। यसमा कानुनी हैसियत नभएका दलका नकच्चरा फटाहा प्रतिनिधिहरु प्नि मिलेका छन र पैसा खाएर कार्यकारी अधिकृत केदार बहादुर अधिकारीलाई भ्रष्टाचार गर्न सगाएका छन। त्यसैले ताहांं अख्तियार दूरुपयोग अनुसन्धान आयोगबाट सबै किर्ते र नक्कली कागजहरुको आधारमा कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले आफ्ना दलाल कर्मचारीहरुलाई हतियार बनाएर करोडौं खाएर काठमाडौं टावर दिन लागेको काम तुरुन्तै रोक लगाई छानबिन गरी दुधको दुध पानीको पानी गरी दिन र फायल, कागजपत्रहरु र अन्य प्रमाणहरु कब्जामा लिई सत्य तथ्य बुझी बुझ्न लगाई कडा कारवाहिको सुरु गरेमा काठमाडौं महानगरपालिकामा लहरो तान्दा पहरो खस्ने भएकोले तत्काल भ्रष्टाचार, अनियमितता र हिनामिनाको पहरो खसाई दिन अनुरोध गर्दछौ।

शान्ति छाओस संबिधान पनि आओस

का.म.पा.का कर्मचारीहरु

वोधार्थ
सम्माननीय श्री प्रधानमन्त्रीज्यू
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
स्थानीय बिकास मन्त्रालय
राष्ट्रिय सतकर्तता केन्द्र
श्री राष्ट्रिय पत्रिकाहरु

पचौ पटक उजुरी मिति २०६९/९/२३

श्री अख्तियार दूरुपयोग अनुसन्धान आयोग
काठमाडौं

विषय : छानविन गरी कारवाही होस

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको ठाडो निर्देशनमा स्थानीय स्वायत्त शासन ऐन २०५५, आर्थिक प्रशासन नियमावली, २०६४, सार्वजनिक खरिद ऐन २०६३ मा भएका कानुनी ब्यबस्थाहरुको गम्भिर उलंघन गरी काठमाडौं महानगरपालिकाको काठमाडौं टावर बनाउने टेण्डरमा ब्यापक धांधली गरी काठमाडौं महानगरपालिकालाई अरबौंको हानी नोक्सानी, भ्रष्टाचार र हिनामिना गरेको बारे का.म.पा.का कर्मचारीहरुले धेरै पटक उजुर गरे

स्थानीय बिकास र अख्तियार दूरुपयोग अनुसन्धान आयोगका दुबै सचिबले पैसा खाएर र हिसिला यमीको दबाबमा कुनै कारबाहि नगरी टेण्डर टेण्डर स्विक्रित गर्न लागेकोछ।

टेण्डर पाउन पूर्ब योग्यताको लागी ठेक्दारले पेश गरेका अनुभव, आर्थिकबारेका कागजहरु किर्ते र आफैले बनाएर पेश गरेका र त्यस्तै नक्कली कागजहरुको आधारमा कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले काम गरेको छ। पहिले हाल्नु पर्ने कागज नहाले पनि पछि मिलोमतोमा बाहिरबाट नपुगेको कागज थपी मिलाएको छ।

टेण्डरको कागज का.म.पा.का कर्मचारीहरुलाई थाहा नदिई बाहिरको मान्छेबाट कार्यालय बाहिर ठेक्दारसगं बसी प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको मान्छेलाई मिल्ने गरी बनाएको छ।

यसमा स्थानीय बिकास र अख्तियार दूरुपयोग अनुसन्धान आयोगका दुबै सचिब, स्थानीय बिकासका सह सचिब रेशमी पाण्डे, कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले नेपाली सेना, नागरिक उड्र्ढयन प्राधिकरणको स्वीक्रिति नलिइ प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय बिकास मंत्री नारायन काजी श्रेष्ठको ठाडो निर्देशनमा ठूलो रकम खाएर स्थानीय बिकासले टेण्डर स्विक्रित गर्न लागेकोले फायल, कागजपत्रहरु र अन्य प्रमाणहरु कब्जामा लिई सत्य तथ्य बुझी बुझ्न लगाई कडा कारवाहिका गरी तत्काल भ्रष्टाचार, अनियमितता र हिनामिना रोक्न पत्रकारहरुलाइ अनुरोध गर्दछौ।

का.म.पा.का कर्मचारीहरु

वोधार्थ
सम्माननीय श्री प्रधानमन्त्रीज्यू
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
स्थानीय बिकास मन्त्रालय
राष्ट्रिय सतकर्तता केन्द्र
श्री राष्ट्रिय पत्रिकाहरु

37 comments to ‘अख्तियार आफै घुस खानतर्फ लाग्यो’

  • Mohan

    काठमाडौँ नगर पालिकाका एउटा पनि कर्मचारी घुसखोरी र भ्रस्टचार बाट चोखो छैनन् . कार्यकारी अधिकृत केदार बहादुर अधिकारी त उनीहरुको हाकिम नै भैहाल्यो. यी उजुरी हरु सबै भागबन्डामा नमिलेर परेका हुन् त्यसैले मेरो त एक पैसाको पनि सहानुभूति छैन यिनीहरुमा.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • सामन्ती स्वास्नीलाई काखी च्यापेर सामन्तबादको जरा उखेल्न लागि परेका नेता प्रम बाबुराम भट्टराई
    ( आफ्नै घरको दुर्गन्ध थाहा नपाउने ( थाहा पाएर पनि नपाए झैँ गर्ने नेता प्रधान मन्त्रि )
    अनि कम्युनिस्ट समर्थक जनता
    पुष्प जी हरु भन्नु हुन्छ “बाबुराम अनि माओवादी अन्धविरोधीहरूले बुझून, यहाँ कुरो हिसिलाले गरेको भनिएको फोहोरको मात्र होइन, १०-१२ बर्षदेखि थुप्रिएको फोहोरको कुरो भैराछ ।”
    कठै कति लाचार आस्था अझै पनि !
    बेईमानी नेताहरु ( चाहे त्यो कम्युनिस्ट होस् या ऐमाङ्ग्रेस या जुनसुकै )
    एकपल्ट चिनिसके पछि तिनलाई मनको आस्थाबाट delete गर्न अझै कतिन्जेल हिच्किचाई रहने ???

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 48 Thumb down 5

    • पुष्प

      “लुनाजी भ्रस्टाचारी हुनुहुन्छ” भनेर कसैले अख्तियारमा उजुरी गर्दैमा मैले तपाईंलाई भ्रस्टाचारीको जस्तो व्यवहार गरिहाल्ने ?

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 11

  • Sisir

    यी सब लुटेरा भ्रस्ट फटाहा हरुलाई बाधेर घास हाल्नु पर्ने ..
    राजकुमारी हिसिलाको त के कुरा गर्नु पर्यो र !! सुजाता संग मित लाइदिए हुन्छ ..

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 2

  • dhruba

    द्वन्द कालमा हामी ११ बर्समा भत्केका संरचना २ बर्समा बनाउछौ भन्ने नेताजी गौबिकश भवनहरु बनैसाक्नु त भयाछैना नि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 0

  • Manoj

    एक बर्ष अगाडी मैले एउटा इमेल Hello सरकारमा पठाएको थिए , कुनै reply पाएको छैन
    हेल्लो सरकार पुब्लिचिटी को लागि मात्रै हो जस्तो लाग्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 2

  • पुष्प

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 17 Thumb down 63

  • Ram Adhikari

    बाबुराम भट्टराईले हिसिला यामिसंग सम्बन्ध बिच्छेद नगरे उनको राजनीतिक भविष्य अन्धकार छ/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 76 Thumb down 1

  • यी सब खान पल्केका र अहिले खान न पाएको घुसिया कर्मचारी हरु को उजुरी जस्तो लग्यो /देस भक्ति हौ तिमि हरु भने दिनहु बिरोद किन गर्दैनौ?जनता सग किन समर्थन माग्दैनौ?तिमि हरु कै नियत मा खोट देख्छु म त,तपाई को नि?

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 3

  • samrat~

    भ्रस्टाचार निवारण आयोग गर्न गठित भएको अख्तियार दुरुपयोग जस्तो संस्था र अहिले को प्र. म मुख मा राम राम बगली मा छुरा, मतलव आफ्नो ब्यांक मा चाइ १ लाख रुपैया तर त्यो सिरिमति, नाम को मात्र हिसिला अनुहार हेरे भने सबै भन्दा हिसी न भएको आइमाई को गुप्त बैंक मा करोडौ त के पुग्ला अरबोउ त पक्कै छ यो कुरा धुर्ब सत्य हो हरु नै भ्रस्टचारी मा लागे पछि हामि जनता ले काहा गुहार माग्न जाने अब ? तर पख्लास ३५ वर्ष बन्दुक मा राज गर्ने रोमानिया को चाउ चेसको र सिरिमति लाइ त एकदिन जनता ले सडक मा ल्याएर सिध्यायो यो साउने भेल जस्तो आएको श्रीमान श्रीमती कति दिन लुत्ला एक न एक दिन जनता ले सडक मा ल्याएर चाउ चेसको को हालत गर्ने छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • raju

    हैन पैसा कहाँ लुकाउनु भएको छ बाबुरामजी? मेरो सम्पत्ति त बिसलाख भैसक्यो त! तपाइँको त एघार को एघारै!!!—तर मेरो चाही बुढी आफ्नै भएकोले बुढीको पनि सम्पत्ति जोड्नै पर्यो र त्यति पुगेको, तर तपाइँको त छुट्टै हो भन्ने सुनेको थिए, हो भने त विचार गर्नुस है बाबुरामजी, तपाईको कमाई, बुढीको समाई, अर्कैको रजाइ होलानी! म जस्तो पैसा नभएका भुक्का नेपालको गल्लि गल्लिमा थुप्रै भेट्टइनछन् है, हुन्छ भने बुढीलाई बाधेर राख्दा राम्रो होला, नत्र भने सम्पत्ति देखिए के अप्ठ्यारो पर्ला र ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 41 Thumb down 1

  • Pramod Lamichhane

    यो बाबुराम भट्टराई ले पढेको त गोबरै रैछ! चुनाब घोसणा गर्न सहमति नलिने, चुनाब गर्न नसक्ने, कुर्सि चै छोड्न नमान्ने, भ्रस्टचार मा सुन्य सहन्सिलता भनेको हामीले नबूजेको रैछ नि…भ्रस्ट चरी लै कर्भाही गरेमा नसहने भनेको रैछ…….बुडो गोरुले गाई ओगटेर बसेको जस्तो………..सत्ता ओगट्यो बस्यो…….बेइमान ! ऐले सम्मकै नलाएक प्रधान मन्त्रि मा पनि बोअर्ड frist भो!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 48 Thumb down 3

  • PoShaj

    मेरो मन मा पनि बाबु रामे प्रधान मन्त्रि भए पछि त कहिँ विकास होल़ा भन्नि लगेअको थ्यो तर बाबु रामेजस्तो देस को कलंक प्रधान मन्त्रि कोहि भएं न ! यो जति खत्तम नेता त को होला र नेपाल मा कि सो मित्र हरु !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 2

  • Himal

    नेपाल बिगारेको नेता र कर्मचारीहरुले नै हो. एउटा कार्यालयमा दस दल का भातौरे कर्मचारी हरु, आफ्ना बाहेक अरु दल का नेता प्रधानमन्त्री, कार्यकारी भए भने येस्तै पत्र लेख्छन . काम नगरी गफ गरि गरि तलब लिन्छन. एस्तो चिट्टी लेखेको भरमा कारबाही गर्न थाल्ने हो भने, आख्तियरमा एक लाख कर्मचारी ले पनि पुग्दैन. के हो का मा न प का कर्मचारी हरु भनेको ? ति एक पनि हुन्छन, सबै पनि हुन्छन. लंगूरहरु, एस्तो गर्नु भन्दा जे काम को लागि भर्ना भएको हो तेही काम गरे पो केहि हुन्घ्यो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 5

  • Gaurab Nepali "Oodaaseen"

    सारमा भन्ने हो भने, राजा ज्ञानेन्द्रलाई मात्र दोषी चस्माले हेर्नुको प्रतिफल हो ! ज्ञानेन्द्रको कुकर्म लै एकातिर र गिरिजा देखि बबुरम्सम्मको कुकर्मलाई अर्कोतिर तराजुमा राखेर जोखे हुन्छ ! धन्न यी भुत हरुको खाजा बिदेशमा गयर पसिना बगौनेको रेमिट्यान्स ले चलेको छ ! नेपालीको क्रय शक्ति लै हेर्ने हो भने नेपाल होइन नेपाली कति गरिब छन् भन्ने कुरा भित्रियको रेमिट्यान्स बात खाजा खानेले बुझ्न सक्ने कुरा भयन तसर्थ, राजा ज्ञानेन्द्रलाई मात्र दोषी चस्माले हेर्नुको प्रतिफल नै हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 0

  • Ramesh Kaji

    Baluram’s actions prove he is cold, opaque, unlawful, and immoral, and he prefers shadowy deals. His intentions were questionable and are so.

    Baluram stood first in SLC rank nationwide. Then he added higher degrees. Because of those records, he is regarded as an intelligent person.

    However, we are concerned with his actions and intentions. His actions and intentions, not his intelligence, are pertinent to our safety and well -being.

    An unintelligent individual can have good intentions. Contrariwise, an intelligent individual can have bad intentions.

    Morale: Intelligence and intention are two different attributes.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • sujan

    यो बाबु रामराज्य त राना पन्चे कांग्रेसे एमाले ज्ञानेन्द्रे प्रचंडे हरु भन्दा गए गुज्रेको भान हुन्छ / आफु चाही दुध ले धोएको जस्तो देखाउने अनि पछाडी पछाडी गु भन्दा गनाउने घृणित आफ्नै पत्नी बाट गर्ने/ गराउने /// या त यो बिश्वको नं. १ पत्नी भक्त हो जो उस अगाडी “चु” सम्म बोल्न सक्दैन , या ऊ आफैले यो सब गराउदै छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 3

  • Samsundar

    डा बाबुराम उर्फ श्रीमती बाबुराम को सरकार पनि देखियो , बाबुराम को सरकार आए पछि हाम्रो देश ले यौता बाटो लिन्छा भ्रस्टाचार र दण्डहीनता मा केहि भएपनि अंकुश लग्छ , संबिधान लेखन र चुनाव को प्रक्रिया द्रुत गति का साथ् पुरा हुन्छ र मा कु ने , झल्लु , देउबा , गिरिजा र प्रचण्ड जस्ता असफल पूर्व प्र म हरुलाई बाबुराम ले उधरहण कायाम गर्नेछन भनेको त आज एस्तो दीन पो देख्नु पर्यो | हुनत प्रचण्ड ले बाबुराम को नाम प्र म मा किन सिफारिश नगरी सत्र पल्ट किन रामचन्द्र सित जुहारी खेलेको होला जस्तो लागेको थियो , तर आफु शेर्पा गाडी चढी बुढी लै प्राडो मा , राष्ट्र को करोडौ खर्च गरि गरिब -को घर मा एक रात आदि नाटक गर्ने बाबुराम लै राम्रो चिनेको रहिछन उनीले | बाबु राम ले येही गति मा आघि बढे भ्रास्ताचार , दण्डहीनता र लोंदुप दोर्जे को हुने प्रतियोगिता मा पनि बोर्ड फस्ट हुने हुन् कि भन्ने हामी लै लागि रैछ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 87 Thumb down 5

  • madan bajracharya

    अख्तियार दुरुपयोग निवारण आयोगमै पार्टीको कोत्तामा प्रमुख नियुक्ति हुने भन्दा ठुलो अख्तियारको दुरुपयोग अरु हुनै सक्दैन/ त् जतिञ्जेल पार्टीको कुत्ता पहरेदार बन्ने ब्यबस्था हुन्छ पार्टीका चोरलाई भुक्ने कोहि कतै हुँदैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 2

  • Narendra Dai

    धोका दिनेलाई के भनम र खै भनेको यहि हो!

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • sushil

    बाबुराम साचिकै येति काईते होलान भनेर कसले सोचेको थियो होला. महारोग पो रैछन यार यी board first त.
    हुनत के के न विद्वानको पगरी भिराउने हामीनै हौ. अब के गर्नु?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 86 Thumb down 5

  • Sagar

    केहि भन्नु छ ? बाबुराम को पुच्छर हरु लाई?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 64 Thumb down 3

  • Basantina

    किन मानिसहरु यो मुलुक छाड्न मात्रै कोसिस गर्छन कुरा प्रस्टै छ. हामि नेपाली आफै नाजुतुन्जेल यो डाँका तन्त्र रहिनै रंछा.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 0

  • AMRIT THAPA

    स्वास्नी मार्फत घुसखोरी गर्ने आफु जोगी बनेको नाटक गरेर जनता (भेडा) हरु लै उल्लु बनाउने “चेपगाडा बाबुरामे ” को बारे मा अझै केहि भन्नु छ कि समर्थक हरु लाई??

    तेस्ता झुत्रे PhD त अहिले थुप्रै नेपाली ले गरिसक्या छन् , विश्व का टप university अनि research ma पनि छन् नेपाली हरु – way bettter than “चेपगाडा बाबुरमे ” | हाम्ले पनि गर्या छम ..बाबुरमे को जस्तो इंडिया बाट होइन अमेरिका बाट |

    जमाना मा SLC मा boardfirst भए पछि नेपाली हरु ले उसको जिन्दगी भरि लै “राम्रो मान्छे ” को बिल्ला भिरैदिये …shame on “भेडा” nepali. अनि मित्र राष्ट्र बाट PhD गरेपछि त “बेस्ट मान्छे of नेपाल ” को बिल्ला भिरैदिये नेपाली भेडा हरु ले …. यसै को आड मा उसले जे गरे नि , जति नै देशद्रोह अनि थुप्रै जघन्य अपराध गरे / गराए पनि ,जिन्दगी भरि उसलाई “पढेको मान्छे , राम्रो मान्छे ” भनि रहन्छन नेपाली हरु …

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 166 Thumb down 17

    • Milan Bhandari

      Hidden due to low comment rating. Click here to see.

      धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 32 Thumb down 80

      • AMRIT THAPA

        तपाई ले कमेन्ट बुझ्नु हुन्छा भने अबश्य संदर्विक लग्छ .. तपाई लाइ लौ ” एसले phd गरेको देखौन खोज्यो” भन्ने लग्यो भने तपाई को दिमाग कमेन्ट बुझ्न तिर लाग्दैन – कमेन्ट पुरा बबुरमे मा focusing छ म मा होइन /
        (ब्रो ले कुन university को भन्ने सोधाई मा .. त्यो येहा को बिषय बाहिर को कुरा हो )

        मन परे हरियो नपरे रातो ! Thumb up 56 Thumb down 23

        • Milan Bhandari

          बाहिर को कुरा भएपनि तपाई हरु जस्तो विद्वान मान्छे ले देश लाइ चिन्न जरुरि छ नि अमृत जी, तेही भएर मैले तपाई कुन university मा Ph D गर्दै हुनुहुन्छ भनेर सोधेको हो | कृपया भन्नुस न कुन university बाट गर्नु हुदै छ |

          मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 26

          • santosh

            ओ महामुर्ख महामहिम तपाई यहा झगडा को बिजारोपण गर्न आउन भाको कि सल्लाह सुजाब गर्न ? कसैले phd गरेको छ रे भने तिम्रा ढाड मा किन काउकुती लाग्यो ? यस्ता बकम्फुसे कुरा गर्न साटो गरेर नेपाली – नेपाली मा भिदौन साटो बरु खोला न कुनै xxx ब्लग !! यसलाई अर्काको प्रगति देखेर दाहाले पानी बिना को माछो जस्तो भएछ

            मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

      • AMRIT THAPA

        अर्को सानो कमेन्ट त गर्ने बिर्सेछु ,,,
        तपाई को “येत्रो विद्वान” भन्ने कुरा को कमेन्ट मा :
        PhD गर्ने बित्तिकैइ “विद्वान ” को tag लगाई दिने तपाई को *महा मुर्खता* प्रति पनि गहिरो दुख लग्यो |
        हेर्नुस पढाई ले तपाई लै सैधान्तिक ज्ञान मात्र दिन्छा, विद्वान बन्न लाइ चाइने सब कुरा दिने होइन | नैतिकता, आचरण ,… जस्ता कुरा हरु आफै ले बनाउने कुरा हुन् |

        इतिहास खोलि हेर्नुस .. थुप्रै PhD गरेका (तपाई को बुझाई मा ‘विद्वान’) हरु पनि अपराधी छन् (एउटा उदहारण त बाबुराम भट्टराई पनि आउछ कि ?? हा हा हा हा )
        कुरो अलिक बुझ्नु भो कि अब …

        मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 3

        • Milan Bhandari

          होइन किन निकै मान्न हासे जस्तो छ नि || भनेपछि तपाई विद्वान होइन रैछ | मैले झन् विद्वान भनेको त उल्लु, पटमुर्ख पो हुनुहुदो रैछ | Ph D गर्ने अज्ञानी, बिबेक हिन, अनि बाबुराम जस्तै उल्लु राम तपाई पनि हुनुहुदो रैछ भन्ने बुझे है मा मह मुर्ख ले | धन्न lottery लगेर Ph D गरे जस्तो छ ब्रो ले | कहिले कहिँ admission committee ले भर्ना लिदा झुक्कीन्चन अनि तपाई ले भने जस्तै मान्छे Ph D गर्न पुग्छन | यो भन्दा अब अरु comment गर्दिन मा |

          मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 24

          • AMRIT THAPA

            मिलन भण्डारी जी ,

            यो ब्लग तपाई हाम्रा व्यक्तिगत कुरा / पढाई / कुन बिश्वबिध्यालय मा गरेको PhD को चर्चा गर्ने ठाउँ पक्कै होइन | येस्ता असान्दर्भिक कमेन्ट गर्नु भन्दा ..कमेन्ट नै नगरेको बेस |
            फेरी दोहोर्याएर भन्छु : मेरो येहा को कमेन्ट बबुरामे र घुसखोरी मा focusing छ म मा होइन

            PhD गर्दै मा विद्वान को बिल्ला नाभिरैदिनुस भनि रा छु मा … तपाई भने मैले PhD गरेको था पाउने बितिकै मलाई समेत ‘विद्वान’ को बिल्ला भिरैदिनुहुन्छा … अब के भनम तपाई लै म ??

            तपाई ले “अक्तियार आफै घुस खान तिर लग्यो ” भन्ने शिर्सक पढ्नु / बुझ्नु भा कै छैन … सिधै कमेन्ट मा जानु भयो | अनि कमेन्ट पनि २ अथवा ४ वोटा सब्द पढेर ‘मुख फर्कौना’ लग्नु भयो .. “बोल्नु भन्दा पैला बुझ्नु जरुरि हुन्छा मित्र !!”

            मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

    • neerose

      Hidden due to low comment rating. Click here to see.

      धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 16 Thumb down 71

      • AMRIT THAPA

        neerose,

        (१) मेरो कमेन्ट को कुरो कत्ति पनि बुझे जस्तो लागेन तिम्ले | मलाई राम्रो भन त मैले भनेकै छैन … आफै बढ़आई किन बोल्छौउ तिमि ? (सब कुरा बढ़आई चढाई बोल्ने बनि परेको जस्तो छ मित्र लै )

        (२) हिड्ने गोरु कुन बाटो मा हिड्यो भन्ने पनि हेर (गलत या सहि बाटो मा हिड्यो ) तेसैले उखान गलत ठाउँ मा प्रयोग भयो र कुनै मिठास भएन उखान मा |

        (३) तिम्रो कुरा हरु मा कुनै तर्क (“किन” को उत्तर हो तर्क भनेको ) देखिदैन मात्र तिम्रो व्यक्तिगत कथन हरु हुन् तिम्ले लेखेका, तिम्रो आफ्नो बुझाई हो |
        (४) के तर्क अनि आधार छ तिमि मा बाबुराम आकाश जस्तो बिसाल अनि राम्रो छ भन्न मा ..के प्रमाण अनि उदहारण छ बाबुराम ले जनायुधा मा सोझा जनता हरु भद्कौदा गरेका प्रण हरु पुरा गरेको ?

        तिम्रो माओबादी मित्र हरु ले सर्बसाधारण माथि गरेको बिस्वस्घात को लागि तल को लिंक मा आज को अन्तरबार्ता पनि हेर (कसरि सोझा मान्छे भद्कयेका थियेउ येही बाट थाहा हुन्छा ) :
        http://www.ekantipur.com/nep/2069/9/28/full-story/360761.html

        मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 10

      • santosh

        पुष्प को नाम मा बितृष्णा को टर्रो स्वाद हरु भएर होला, पुस्पे ले सर्प ले काचुली फेरे जस्तै neerose नाम धारी अर्को काचुली लगायो l तर सर्प ले जति सुकै काचुली फेरे पनि तेस्ले काचुली संगै बिष पनि बोकेको हुन्छ l यो बिष कति सारो बिषालु छ त्यो त नेपाल को ऐले को स्थिति ले जगजाहेर गरेकै छ नि l तर मुर्ख ! साँप तैले कति जना लै तोकेर आफ्नो बिष फैलाउन सख्छ्स र ? तेरो बिष को मात्रा के ३ करोर नेपाली लाई लाश बनाउन सक्ने छ ?? लुकेर तोक्ने तेरो बानी – पख कुनै दिन वाक्क दिक्क अनि बेरोजगार ले प्रतातिद भएका नेपाली को हात मा मा पर्लास त्यो दिन तैले देख्ने छस हामी जनता हरुको बिष वमन l !! कुनै एउटा नेपाली हु म भनेर छाती मा हात राख्न सक्ने ले तेरो कम्मेन्ट मा like गरेका छन? तेरो हालत र इतिहास मा देखिएका बिस्व का तानाशाही हरु का हालात अन्त मा समान हुन्छन l

        मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 4

  • बिश्व

    मलाइ त फेरी त्यहि लेखको याद आयो ………’अहिले सम्म हामीलाई कसैले त्यसो गरेको जानकारी वा उजुरी आएको थाहा छैन आएकै भए किन कारवाही भएन बुझेर दोषीलाई अवश्य कारवाही हुन्छ’ !… तर यहाँ दोषी को ? कारवाही गर्ने कसले ? हिसिलाको अघोषित एजेन्ट केदार बहादुर अधिकारि बिरुद्द उजुरी………त्यो पनि भट्टराइको राज-काजमा ?? यो व्यर्थको कोशिश मात्र हुने हो फाइदा यत्ति हो कि धेरैले यो पढन पाइयो ! यी प्र.म. को आर्थिक कारोबार सबै पर्दा पछाडिबाट हिसिला कमरेडले गर्दी रहेछिन अनि कमाउनै लाइ मन्त्रि भएको स्पष्ट भैसकेका अर्का कमरेड नारायणकाजी समेत……. यी भट्टराइ लाइ केहि गर्लान भनेर ठुला मुद्दाको उजुरी गर्नु त आफैलाई गिज्याउनु मात्र हो ! यिनले गर्न सक्ने भनेको त सडक किनारका होटलको निगरानी,मिठाइ पसलमा छापा अनि दोषी संरक्षण ………..यस्तै हो ! यिनी आफै त्यो न-गर फालिकाको डन्ड़े हुने लायक मान्छे रहेछन !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 96 Thumb down 3

  • प्रकाश छेर्लुंगे

    भ्रस्टाचार बिरोधि हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईको खाने दाँत यस्तो छ | हामी देखाउने दाँतको चर्चा मै मख्ख छौ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 129 Thumb down 7

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker