मेरो Tweet

  • RT @mugaali: @dotNP मलाई नि Kumari Bank को सर्भिस चित्त बुझेन । आजकाल बरु टोलको स्टेसनरी पसल को साहुजीलाई मेसेज पठाउछु, तुरुन्त आइपुग्छ पीन…
  • कास्कीमा आफूलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेर मरणासन्न भएका लेखनाथ नगरपालिका डेरा गरी बस्ने ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ।
  • Rekha Thapa le hatiyar uthaune re aba, k sunnu paryo ni t.co/lH4UHm7KpH

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

गोरु जुधाउने ठाउँमा नेताहरु जुधे

अनि नेताहरु सँधै जुधिरहेका त छन् नि, कुन ठूलो कुरा भो र भन्ने यहाँहरुलाई लाग्यो होला। व्यङ्ग्य गरेर नेताहरु जुधेको भन्न खोजेको होला भन्ने लाग्यो कि ? त्यसो हैन। तपाईँहरुलाई थाहा छ नि नुवाकोटको तारुकामा वर्षेनी माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ। यस पटक भने त्यहाँ गोरु जुधाउनु अघि नै नेताहरु जुधे। गोरु जुधाउने समितिको अध्यक्ष को बन्ने भन्नेमा माओवादी, कांग्रेस र एमाले नेताहरुबीच विवाद भयो। अनि त समिति नै दुई टुक्रा।


माओवादी र कांग्रेसको समूहले तारुकाको पहिलेदेखि गोरु जुधाइरहेको ठाउँ चन्दनीमा गोरु जुधाउने भयो भने एमालेको समूहले चाहिँ ठूलोपोखरीमा जुधाउने।

माओवादी-कांग्रेसको गोरु जुधाइमा १२ हल गोरु जुध्दैछन् भने एमालेको गोरु जुधाइमा छ हल गोरु। यो राजनीतिक गोरु जुधाइका अतिरिक्त बेत्रावतीमा चाहिँ अर्को गोरु जुधाइ पनि हुँदैछ। त्यहाँ पाँच हल गोरु जुधाइँदैछ।

राष्ट्रिय राजनीतिमा पनि कुर्सीका लागि दलहरु जुधिरहेका छन्। त्यहाँ एमाले र कांग्रेस मिलेको भए पनि यहाँ भने माओवादी र कांग्रेस मिलेका रहेछन्। गोरु जुधाउने एउटा सानो काम समेत यिनीहरुले मिलेर गर्न सक्दैनन् भने देशका ठूल्ठूला काम कसरी गर्न सक्लान् लौ !

28 comments to गोरु जुधाउने ठाउँमा नेताहरु जुधे

  • मुढेहरुले पनि पार्टी खोलेका छन् क्यारे ….हेरौ के खुल्क्याउदा रहेछन ….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 2

    • Roshan

      स्यांगजाली,हयांगजाली,महाजाली,दाविलो,टुप्पेहरुले डलर,नेरु,भारु,युरो.पाउण्ड सब खाएर पानी मात्र पिएर बनाएको नेपाल देशको गति यहि होला/ यी टुप्पेहरुको हातमा जापान,कोरिया,चाइना,पर्यो भने एक रातमै नेपाल जस्तै बिकास गर्थ्यो होला /

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Rajendra Giri

    अब अर्को महिना नेता हरु लाई येसरी नै टूडिखेल मा जुधाउने पालो.. जसले जित्छ उही यो देश को प्रधामन्त्री को कुर्सि मा बस्न पाउञ्छ……. ल साथी हो अब कुन गोरु (नेता) मा बाजी थाप्ने हो थापुम है..

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

    • Roshan

      सत्ता मोहको कारण एमाले,कांग्रेस,फोरम र माओबादीका टपरे गोरुहरूको युद्दले देश तहस नहस मात्र नभएर राष्ट्र र राष्ट्रीयत नै धरापमा परेको छ/जसको कारण गरीव युवा पिंडीहरु बेरोजगारको समस्याले ज्यान जोखिममा मोलेर बिदेशिनु परेको छ/त्यस्तै बिदेशिएका महिला दीदी बहिनीहरुको अस्तित्व समेत लुटिएको छ/तर एमाले,माओबादी,कांग्रेस,फोरम यस बारे मौन छ/अव यी आठ जनाको गाला पढ्काउन होइन छाला तार्न सव एक जुट हुनु पर्छ/सिद्दांत मात्र चिच्याएर केही हुनेवाला छैन ,जव उसको चरित्र,शील स्वभाव र दृष्टिकोण राम्रो छैन भने/

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • कुरो यहाँ नाक चुच्चे र नाक थेप्चे को हैन ,कुरो होत खाली मुडे दिमाख र तिखो दिमाख
    को मात्रहो नाक थेप्चे हरुको मुडे दिमाखले जतिसुकै नाक चुच्चे हरुलाई सरापे पनि थेप्चे हरु मुडे दिमाख कै कारण अगाडी आउन नसकेको कुरा ऐना जस्तै clear छ.
    येदि चुच्चेहरुले थेप्चेहरुलाई अगाडी आउन नदिएको भन्नेहो भने आज नेपालको सरकारी /ब्यापारिक /प्राबिधिक सबै क्षेत्र हरुमा चुच्चे हरुको जति हाली मुहाली छ तेतिकै नेवार समुदाय (साएद उहाहरु पनि आफुलाई थेप्चे कै line मा राख्न रुचाउनु हुन्छ क्यारे ) को
    बरचस्वो छ.
    अझ भनौ प्राबिधिक line मा (docter,pilot,engineer)चुच्चे र नेवार बाहेक थेप्चे हरुको संख्या कति छ एक चोटी खोजि गरौत,येदि थेप्चे हरुको मुडे दिमाख ले खोजी गर्न सक्दैन भने म अर्को coment मा data दिउला,कि येस्मा पनि चुच्चे हरुले आउन नदिएको भन्नेकी?तेसो भन्नु र school मा पढ्ने बेला मा भर्ती हुन दौडने र class को पछाडी बसेर हल्ला मात्र गर्ने अनि result मा फेल हुदा teacher हरुलाई पिट्न कसिनु यौटै कुरा हुन्.
    तेसैले मुडे दिमाख ले बल मिच्याई कुरा मात्र नगरौ ,ठण्डा दिमाखले येथार्थको धरातल मा उभिएर नाक थेप्चे भएपनि दिमाख तिखो बनाउने कोसिस गरौ !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 16

    • Roshan

      आ हा,हा,सुद्दिप,
      तीक्ष्ण दिमाग भएकै कारण आज देशले यो अवस्था भोग्नु परेको होला हैन/चुच्चेले कुन चाहिं त्यस्तो अजीवको चिज आविस्कार गरेर देखाएको छ लौ भन त ,बरु भ्रष्टचार गर्न देश हरिकंगाल बनाउन,एक आपसमा जुधाउन,छलकपट गर्न,दलाली गर्न,मान्छे बिगार्न चाहिं चुच्चेहरु बाट नै पो सिक्नु पर्ला कि कसो हो?अजीवको दिमाग भएको भए त देशको अवस्था किन यस्तो हुन्थ्यो होला र ,आकास छुने हुनु पर्थ्यो/किन भएन?

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • MR.ROSHAN u are soo…पाखण्डी तिमीहरुको येस्तै पाखण्डी बुद्दि को कारण तिमीहरु पछाडी परेको हो भन्ने कुरा तिम्लाई कसले सम्झाई दिने?यदि टपरे हरुको पनि तिमीहरु जस्तै पाखण्डी बुद्दि हुन्थ्यो भने उनीहरु पनि अगाडी आउन सक्ने थिएनन्..हामी school पढदा गोरखपुर् मा भर्ति खुलेको थाहा पाएमा school का
    कोठाहरु आधा खाली हुन्थे,पढ्ने बेलामा सधै class को पछाडी बसेर हल्ला मात्र गर्ने
    अनि result मा फेल हुदा गुरु हरुलाई पिट्न कस्सिने सबै तिमीहरु जस्तै मुडे दिमाख भएका हरु हुन्थे,अनि टपरे हरु दुखो गरेर पढेर माथि पुगे भनेर अहिले उनीहरुकै सत्तो
    सराप गर्छौ?जागिर खान लोकसेवा पास गर्न पर्छ भन्ने थाहा छ कि छैन
    ?तिमि हरु पनि fight गरेर नाम निकालेर माथि जनालाई कसैले रोकेको थिएन

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 11

    • Hillman, Myagdi

      नेपाल यिनै टपरे र भांग तान्ने पखण्डी हरुका लोभ र लालचका कारण नै ईतिहासको कालखण्ड देखी २१सौ शाताब्दी सम्म पनी सड्यन्त्र, धोखाधडी, अन्याय, अत्याचार, र अत्यन्त गरिबीको अवस्था बाट गुज्री रहेको छ!

      ईतिहासको कालखण्ड देखी अहिले सम्मको नेपालको ईतिहा केलाउने हो भने कुनै न कुनै सड्यन्त्र वा टिक्डम गरेर यी टपरे हरु नै सत्तामा हावी छन्! अझै आधुनिक नेपालको राज्यसत्ता संरचना (व्यवस्थापिका., नय्यापलिका र कार्यपालिका) को विश्लेषण गर्ने हो भने त झन् शिर देखी पुछार सम्म यी टपरे हरु नै हावी छन्!

      आफुलाई बुद्दिजीवी र पढे लेखेका हौँ भन्ने यी टपरेहरू साच्चै नै पढे लेखेका बुद्दिजीवी हुन्थे भने त राज्यको महत्तवपूर्ण अहोदामा बसेर चरम भ्रष्टाचार गरी राज्यलाई धमिराले जसरी भित्रभित्रै खोक्रो बनाउने थिएन होलान नी?

      यस कारण यो नेता भनाउदाहरु जुधेको कारण पनी सेवा नभएर लुटन नपाएर नै हो! त्यसकारण पढेलेखेका लोकसेवा पास भएको धाक नलागौँ! को कती पानीमा छ भन्ने कुरो सबै छर्लंग छ!

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 10

    • Roshan

      पाखण्डी तिमि हौ सुद्दिप,यो एकाइसौ सताब्दीको मध्य तिर आइ पुग्दा पनि अझै आँखामा छारो हालेर झुक्याउने प्रयाश नगर/यदि तिमीहरुले झैँ अन्य कुनै जातले एकलौटी शासन चलाएको भए
      तिम्रो मुख बाट के कस्ता शब्दहरु निस्कन्थ्यो,एक पटक आफैले आफैलाई सोधी हेर त ?
      पाखण्डी आफै हौ,अरुलाई पाखण्डी भन्न लाज सरम लाग्दैन/

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

    • Roshan

      धेरै फुर्ति लगाउनु पर्दैन,सुद्दिप,तेश्रो श्रेणीमा उतिर्ण भएको टपरे शोर्ष फोर्षको आधारमा नेपाल सरकारको छात्रब्रिद्दि सुविधामा डा.र इञ्जोनियर पढ्न गएको धेरै देखेको छु/बढी गफ नलगाउ नाम किटानी गरेर लेखे पछि थाहा पाउलास/

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Nabin BHai

    पर्यायबाची सब्द हो नि त

    गोरु=नेता

    अच्चम को कुरा नै हैन

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • tulsi paudel

    गोरुहरु त खुरु खुरु जोत्ने काम गर्छन/ यी दल का “गोरुहरु” लाई ति इमान्दार गोरुहरु संग तुलना गरेर गोरुको नै खिल्ली उडाउने काम नगरम है / बोल्न सक्ने भय तिनीहरुले भन्थे होला “थुक्क हामीहरुलाई ति बदमास पाखण्डीहरु संग तुलना गर्ने” /

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

    • Roshan

      प्रकृतिकले देशको भुगोलको बनोट र त्यस भूगोल भित्र बसोबास गर्ने बासिन्दहरुको इतिहास र संस्कृतिलाइ परपुर्वकाल देखि गौरवपूर्ण संग सिंगारेर राखेको भएता पनि बिगत दुईसय चालीस बर्ष अघि देखिको एकल जातीय शासकहरुको अधर्मी,छलकपट,दुष्ट चरित्र,अमानवीय ब्यबहारको कारणले ति बालियों भूगोलको बनोटमा पहिरो जान थालिएको छ ,बिबिध संस्कृतिमा बिकृति फैलिन थालिएको छ,इतिहांशको पाना च्यातिएर मेटिन थालिएको छ/ यसो हुनको बिशेष कारण दश बर्षे जनयुद्दका नायक,प्रजातान्त्रिक समाजबादका नायक,बहुदलीय जनबादका नायकहरुको भाषा मात्र फेर्ने र रूप कद्दापी फ़ेर्न नसक्नुको मुख्य कारण हो/ देशमा राजनीतिक स्थिति चिन्ताजनक रहेको छ/हिंशा बढेको छ अराजकता फैलिएको छ /यी छद्म भेषी प्रजातंत्रबादी र जनबादी भनाउदाहरुले देशका अशिक्षित गरीव नागरिकहरुलाई झुक्याएको झुक्याएकै छ/पढ़े लेखेकाहरु सव फटाह,गुण्डा,दलाल,छन/देश पटकपटक परिवर्तनको संघारमा पाइल टेकी सकदा पनि यी फटाह प्रजातंत्रबादी,लोकतंत्रबादी र जनबादी,भनाउद टपरे जनैबादीहरूले यो प्राकृतिक शौन्दर्य देश नेपाललाई बिश्वमा एक असफल राष्ट्र बनाउन न्वारन देखिको बल प्रयोग गरेर भारतको दलाल भएर लागी परेको छ/

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 15

  • साएद गोरु बोल्न सक्ने भैदेको भए ! गोरु ले पनि भन्थियो होला तिमीहरु देशद्रोही भ्रस्टचारी गदार आतंकबादी दल भन्ने दलाल ज्यानमारा र ज्यानमाराहरु को हितेसी को लागि लडेर हाम्रो सिङ्ग किन भाच्ने भनेर ! तर यहाँ आफुलाई मानब भन्ने हरु चाही आफ्नो केहि स्वार्थ पुरा गर्न को लागि इनै दल भन्ने दलाल हरु को पालुवा कुकुर बनेर बसेका छन !

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 2

  • Sisir

    भने पछि गोरु जुधाउने समितिमा पनि गोरुहरु नै रहेछन ..

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 0

  • बुद्ध (कोरिया )

    थुक्क पाजी हो जग हसायेरै छाड्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • रबिन्द्र राज गिरी

    राजनैतिक दलहरु गोरु नै हुन् | यदि यो कुरामा कसैको द्विविधा छ भने अब त्यो द्विविधा नरहोस् भनेर उनीहरुले (दलहरुले) नै यो प्रष्ट पारिदिएका हुन् भन्ने मलाई लागिरहेको छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 0

    • balaram

      यी गोरु लाइ जुधाउने काइते गोरु …… तिनलाई पनि जुधाउने…. केन्द्र तिर का महागोरु !
      जस्तै,

      आफै आफै मा जुध्ने तुच्छ मानब, मानब मानब लाइ जुधाउने “महा मानब” ………….
      आफै आफै मा ठग ठाग गर्ने ठग नेता, ठग नेता लाइ पनि ठग्ने नेता “जन नेता” !

      मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • Ram Thapa

    खासै नौलो कुरो हैन. ती जुधाउने पनि गोरुनै त हुन् नि माथिकाले जोत्ने र जुधाउने.

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 2

  • Ram Adhikari

    होइन कुनचाई गोरुले जित्यो त जुधाईमा “ माओबादी, काँग्रेस या एमाले“

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 2

  • Lalit Narayan

    थुक्क पाजी, नेता भनौदा भातमाराहरु हो, यस्ता साना साना कुरा त मिलेर गर्न सक्दैनन् भने देश चलाउने कसरी ? त्यहि गोरु चुट्ने लौरोले चुट्दै काशी तिर धपाउनु पर्ने !

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • Roshan

    गोरु जुधाउन,एमाले,कांग्रेस,माओबादीका गोरुहरुको छलफल,गोरुले गोरु जुधाउनु कुनै नौलो कुरो
    होइन/संसार कहाँ बाट कहाँ पुगी सक्यो,नेपालका गोरुहरु गोरु जुधाउने बारे बिबाद /

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • बासु

    फुटाहा र पद लोलुपताको उत्तम उदाहरण।

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Basanta Thapa,Maryland,USA

    पशु बली बिबाद मा आए झैँ पशु जुधाई पनि बिबादमा आउनु पर्छ \जसरी निर्दयी तरिकाले अरु को अगाडी बली दिइन्छ ,यसरी निर्दोष पशु जुधाई पशु माथी अन्याय गर्नु पनि हुदैन \ जहा सम्म साढे जुधाइ समितिमा नेतृत्वको लागी राजनैतिक लडाई भएछ यस्ता सामाजिक नेतृत्वमा कुनै पनि दल संग आबद्द नभएका समाजसेवी राखिनु धेरै राम्रो हुन्थ्यो \ धर्म ,सस्कार र मनोरंजन को नाम मा पशु वा मानब कसै माथी पनि अन्याय गरिनु हुदैन \

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

  • नेपालका राजनैतिक पार्टीहरुको यो लज्जास्पद गोरुजुदाईले अबस्य पनि गरिब,दुखी र अनेकौं समस्याले पिल्सिएका मानिसहरुको जिबनमा कुनै परिबर्तन आउने छैन. चाहे माओबादीको शाशन होस् या काओबादीको. यिनीहरु त गोरुहरु पनि हैनन, गल्लीका भुस्या कुकुरहरु हुन(रेबिज लागेर बौलाएका,जहाँ जतिखेर,जसलाइ पनि टोक्न सक्छन) दिमागमा कुर्सि भन्दा अरु केहि छैन. थुक्क कुकुरहरुहो, तिमीहरु जस्ता नेताहरु जन्मनु भन्दा त तुहिएर मरेकै भए नेपाल आमालाइ हाइसन्चो हुने त थियो. गरिब देशका धनि भुसिया कुकुरहरुको हड्डी जुदाई भन्दा कसो होला ?

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • Hridaya

    भैसे गोरु (यादब) लाई रेफ्री राखेर झुसे गोरु (झुशील) र शेरे गोरुको एक टिम तथा चंडे गोरु र भट्टे गोरु को अर्को टिम, झल्ले गोरु

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 4

    • vijay

      सत्ताधारी पी एच डि गोरु, रक्सिको भाँडो जुंगे गोरु र, वैद्य हो कि झाक्री गोरु नि त लाइन मा छन् नि !

      मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 1

      • Alikhit

        सत्ताधारी पी एच डि गोरु = भट्टे गोरु
        रक्सिको भाँडो जुंगे गोरु = चंडे गोरु
        वैद्य हो कि झाक्री गोरु = ?

        मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 2

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker