आजका सबैजसो राष्ट्रिय दैनिकहरुले महान्यायाधिवक्ता मुक्ति प्रधान पक्राउ परिने डरले अमेरिका नगएको एकै व्यहोराका समाचार छापेका छन्। कसैले अगाडिको पेजमा ठूलै महत्वका साथ, कसैले भित्री पेजमा। सबै समाचारको सार एउटै देखिन्छ- अमेरिकाको एउटा युनिभर्सिटीले एउटा कार्यक्रममा बोलाएको रैछ। त्यसमा सहभागी हुन जान लागेका बेला अन्तिम अवस्थामा भ्रमण रोकिएछ। किन रे भन्दा कर्णेल कुमार लामालाई बेलायतमा पक्रेको जस्तो प्रधानलाई पनि पक्रन्छ भनेर डराएर रे।
लौ यस्तो कुरा सुनेपछि को खुशी नहोला माओवादीबाहेक ? दण्डहीनतालाई प्रश्रय दिने, मानवअधिकार उल्लङ्घन गर्ने यी सबलाई देशमा नभए विदेशमा भए पनि पक्रेर कारबाही गर्नैपर्छ भन्नेहरु धेरै छन्। तर पक्राउ पर्ने डरले गएनन् र गएमा पक्राउ पर्छन् भन्दै आत्मरतिमा रमाउनु र वास्तविकता फरक हुन्छ। मलाई त यी समाचारहरु पढेर भएको छोटो दिमागले विश्लेषण गर्दा शंकै लाग्यो। समाचारमा अमेरिकाको बोस्टनमा रहेको युनिभर्सिटी अफ न्यु हेभेन भनिएको रहेछ। खासमा त्यो नामको युनिभर्सिटी त बोस्टनमा छँदै छैन पो रहेछ।
कान्तिपुरको समाचारमा लेखिएको छ-
अमेरिकाको बोस्टनस्थित युनिभर्सिटी अफ न्यु हेभेनले प्रधानलाई ‘फौजदारी न्याय प्रणाली, विधिको शासन र फोरेन्सिक साइन्स’बारे अध्ययन भ्रमणमा बोलाएको थियो।
काठमाडौँ पोस्टको समाचारमा पनि लेखिएको छ-
Pradhan and three other officials had an invitation to a talk programme at the University of New Haven in Boston.
त्यसैगरी राजधानीको समाचारमा लेखिएको छ-
अमेरिकाको बोस्टनस्थित क्रिमिनल जस्टिस सिस्टम एन्ड फोरेन्सिक साइन्स कलेजले आयोजना गरेको सम्मेलनमा भाग लिन जान लागेका प्रधानले आइतबार बिहान एकाएक भ्रमण रद्द गरेका हुन्।
कस्तो युनिभर्सिटी रहेछ त यो भनी खोजी हेर्दा University of New Haven को साइट भेटियो। यो युनिभर्सिटी बोस्टनमा हैन, Connecticut राज्यमा पो पर्ने रहेछ। बोस्टनबाट त Connecticut २३० किलोमिटर जति टाढा पर्ने रहेछ। युनिभर्सिटी बोस्टन पोस्ट रोडमा चाहिँ पर्ने रहेछ। कुन चाहिँ बढी जान्नेले त्यसैलाई बोस्टन भन्ठानेको हो कि!
अमेरिकाले किन समात्ने ?
के साँच्चिकै महान्यायाधिवक्ता मुक्ति प्रधान अमेरिका जाँदा समात्न मिल्छ त ? समात्छ होला त ? कर्णेल कुमार लामाको केसलाई योसँग जोड्नु मनको लड्डु घिउसित खानु जस्तो मात्रै लाग्यो। कर्णेल लामालाई त नेपालको अदालतमा पनि अभियोग थियो, उनीविरुद्ध बेलायतमा उजुरी पनि दर्ता भएको थियो। उनी यातना दिनमा प्रत्यक्ष संलग्न थिए। मुक्ति प्रधानको त त्यस्तो कुनै अभियोग छैन। न अमेरिकामा उजुरी नै दर्ता भएको छ।
फेरि अमेरिकामा बेलायतको जस्तो तेस्रो देशमा भएको आफ्नो देशसँग सम्बन्ध नै नभएको घटनालाई लिएर मुद्दा चलाउन मिल्ने Universal Jurisdiction भएको कानुन पनि छ जस्तो लाग्दैन। अमेरिकालाई प्रभाव पर्ने विषयमा भए छुट्टै कुरा। अहिलेसम्म Universal Jurisdiction को आधारमा कुनै विदेशी नागरिकलाई विदेशमा भएको, अमेरिकालाई चासो नभएको घटनालाई लिएर समातेर कारबाही गरेको पनि छैन। अन्तर्राष्ट्रिय फौजदारी अदालतको जग रोम विधानमा हस्ताक्षर गरेर पनि पछि हटेको देश पो हो त अमेरिका।
अर्को देशको महान्यायाधिवक्ता जस्तो संवैधानिक पदको व्यक्तिलाई अमेरिकाले पक्रेर बित्थामा कुटनीतिक तनाव किन निम्त्याउँथ्यो होला र। बरु भिसै दिन्नथ्यो नि उस्तै मन नपरेको भए। उता गएको बेलामा पनि कहीँ समात्छ होला त ! कर्णेल लामाको केसमा त उनीसित आइएलआर भिसा थियो र पो भिसा लगाइरहनुपरेको थिएन। नत्र आइजी कुबेर रानालाई बेलायतले मानवअधिकार उल्लंघनको अभियोग लागेको भन्दै भिसा नदिएको अपुष्ट खबर त उतिबेला पनि आएकै हो नि।
फेरि अमेरिका माओवादीप्रति नरम पनि भएको छ अहिले। उतिबेला आतंककारी सूचिमा रहँदा त प्रधानमन्त्रीहरुलाई भिसा दिएको थियो अमेरिकाले। अहिले त त्यो सूचिबाट पनि हटाइसकेको छ।
भिसा फिर्ता भएको रे!
‘कान्तिपुर’को समाचारमा भनिएको छ-
पहिल्यै तय भइसकेको प्रधानको भ्रमणका लागि अमेरिकी दूतावासले दिइसकेको भिसा उनले थापाको बयान रोक्न दिएको आदेशपछि ‘रिभोक’ (फिर्ता) गरिदिएको थियो । ‘अनेक दौडधुप गरेपछि हिजो फेरि भिसा जारी भयो,’ महान्यायाधिवक्ता कार्यालयका एक कर्मचारीले भने
यो पनि विश्वासलाग्दो देखिएन। एक पटक भिसा रिभोक भइसकेपछि फेरि त्यही भिसामा आउनै नपाइने रहेछ। भिसा जस्तो कुरा पनि कहिले रिभोक गर्ने अनि फेरि लौ त भैगो त नि भनेर दिने पनि हुन्छ ? पढ्नुस् अमेरिकी विदेश मन्त्रालयको भिसा रिभोकसम्बन्धी नीति विस्तृतमा यहाँ क्लिक गरेर।
जसलाई डर लाग्यो भनियो, उसको भनाई नै छैन
समातिने डरले अमेरिका नगएको भनेर कान्तिपुर, काठमाडौँ पोस्ट, राजधानी, नागरिक र रिपब्लिकामा समाचार छापिएका छन्। तर राजधानीबाहेक कसैले पनि जसलाई डर लागेको भनिएको हो, उसको भनाई नै हालेको छैन। डर लागेको त डर लाग्ने मान्छेलाई पो थाहा हुनुपर्ने हो, यहाँ त अरुले नै डराए रे भन्ठान्दै समाचार लेखेका छन्। के हो त कुरा भनेर महान्यायाधिवक्ता मुक्ति प्रधानलाई फोन गरेर किन डराउनुभएको भनेर सोधेको त ‘मैले के गरेको छु र, किन डराउनु’ पो भन्छन्। हिजो समाचार लेख्नुअगाडि कुनै पत्रकारले फोन गरेनन् त भनेर सोध्दा ‘तीर्थ कोइराला र एउटा एफएमसित कुरा गरेको थिएँ, अरु कसैले फोनै गरेका थिएनन्’ भने। अनि जान चाहिँ किन नगा’त रे नि ? ‘राजनीतिक संकट गहिरिएको बेलामा अमेरिकाको युनिभर्सिटीमा जानु ठूलो कुरा हो कि मुलुकको समस्या ? मेरो प्राथमिकतामा अमेरिका परेन’, उनको जवाफ। यहाँको समस्या सल्टाएर जाने उनले बताए। हुन पनि यही अहिले उनी र प्रधानमन्त्रीविरुद्ध नै सर्वोच्चमा मुद्दा परेको स्थिति छ अवहेलनाको। उनको कामै पर्यो प्रधानमन्त्रीलाई कानुनी सल्लाह दिने। उनका अनुसार भ्रमण स्थगित मात्रै गरेको रे। भिसा रिभोक गरेको भन्ने चाहिँ के हो नि भनेर सोध्दा प्रधानले भने. ‘उहाँहरुलाई जे जे लाग्यो, लेख्नुभो नि। मेरो भिसा एक महिनाअगाडि नै लागेको हो।’
दण्डहीनता नहोस् भन्ने हामी सबैको चाहना हो, अपराधी र उनीहरुका समर्थकहरुबाहेक। पत्रकार डेकेन्द्र थापाको कुरा उठाउँदा माओवादीहरु अर्का उनीहरुका कार्यकर्तासमेत रहेका पत्रकार कृष्ण सेनको कुरा उठाउँछन्। कसैले मैना सुनारको कुरा उठाउँदैनन्। द्वन्द्वको बेला द्वन्द्वको कुनै पक्ष नै नरहेकी किशोरी मैना सुनारलाई यातना दिई दिई मारिएको थियो। त्यसैका दोषी भनिएकालाई बढुवा गरिँदा पनि ठूलो इस्यु बन्दैन। मैना सुनार पत्रकार भइदिएकी भए मात्रै ठूलो इस्यु बन्थ्यो कि! मार्ने आफैले डेकेन्द्रलाई जिउँदै गाडेको हो, उनको आत्माको शान्तिका लागि प्रायश्चित गर्न चाहन्छु भन्दाभन्दै पनि अनुसन्धानै रोक्न किन परेको हो बुझिनसक्नुछ। यसको विरोधमा समर्थन छ। अरु गैर न्यायिक हत्याको विषयमा पनि यसैगरी आवाज उठनु पर्छ। गैरन्यायिक हत्यालाई सत्य निरुपण आयोगले सम्बोधन गरी टुङ्गो लगाउनु पर्छ। त्यो आयोग अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गठन गर्नमा पो हामीले जोड दिनुपर्छ, द्वन्द्वको शान्तिपूर्ण निकास त्यसरी पो हुन्छ। (स्मरण रहोस्, महान्यायाधिवक्ताले जसरी आयोग गठन नहुनुमा सबै दोष राष्ट्रपतिको टाउकोमा थोपर्ने अभिव्यक्ति दिइरहेका छन्, त्यसमा उनीहरुको स्वार्थ छ। सरकारले पठाएको त्यो आयोग गठनसम्बन्धी अध्यादेश अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छैन भनी राष्ट्रसंघले असहमति जनाइसकेको छ)
अहिले डेकेन्द्रको मुद्दा जसरी उठिरहेको छ, त्यो अचम्मलाग्दो छ। यहाँ सर्वोच्चले दोषी ठहर गरिसकेका तत्कालीन माओवादी सभासद बालकृष्ण ढुंगेललाई समेत समात्न सकिएको छैन। खुल्लमखुल्ला हिँडिरहेकै छन् र कानुनी राज्यको उपहास गरिरहेकै छन्। त्यसमा कसैलाई चासो नै छैन। शायद उनले कुनै पत्रकारलाई मारेको भए पो यसो हुने थिएन कि! मुद्दा चलाउने नचलाउनेबारे अन्तिम निर्णय गर्ने अधिकार भएको महान्यायाधिवक्ता त्यो निर्णय गर्ने बेला नहुँदै किन अनुसन्धान रोक्न निर्देशन दिइरहेका हुन्- बुझ्न सकिँदैन। महान्यायाधिवक्ताको यो कुरा गलतै हो, तर त्यसो भन्दैमा हुँदै नभएको समाचार लेखेर भ्रममा पार्नु त अर्को गलत काम हैन र भन्या!
सम्बन्धित समाचारहरु पढ्नुस्-
पक्राउ परिने डरले अमेरिका गएनन् महान्यायाधिवक्ता (कान्तिपुर)
महान्यायाधिवक्ता अचानक किन अमेरिका उडेनन् ? (नागरिक)
पक्राउको डरले अमेरिका गएनन् महान्यायाधिवक्ता (राजधानी)
‘Jittery,’ AG Pradhan cancels trip to the US (The Kathmandu Post)
AG postpones US visit fearing arrest (Republica)




नेपाली पत्रकार र पत्रिकाहरुले यस्तै हचुवा तालमा काम गर्दै गएको खण्डमा एक दिन सडकमा पुग्नुको बिकल्प छैन ।
मन परे हरियो नपरे रातो !
19
16
गौरव नेपाली जी अमेरिका इन्ट्री गर्न दिने र नदिने ” कस्टम अफिसियल” को सुझबुझ मा भर पर्ने कुरो हैन ! यो इमिग्रेशन अफिसर (तपाई को भनाइ मा अफिसियल ) को स्वविवेक मा भर पर्ने कुरा हो ! जुन कुरा अमेरिकन एम्बेसी मा लेखेरै राखिएको हुन्छ ! कस्टम अफिसियल को काम चाही कसले कुन प्रकार का, कति मूल्यका समान बोकेर आएका छन् त्यो जाच गर्नु हो !साथै बहुमुल्य समान र ठुलै रकम बोकेर यात्रा गर्दै हुनुहुन्छ भने त्यो पनि उनीहरुलाई बताउनु पर्छ !
मन परे हरियो नपरे रातो !
3
0
अहिले डेकेन्द्रको लाशमाथि बसेर माओबादीले जनताको लागि लडाई गरेको मन नपरेका हरुले माओबादीलाई सिध्याउने उपयुक्त मौकाको रुपमा यस लाइ प्रयोग गरेका हुन्. पदम कुँवर ले प्रचण्डलाई थप्पड हान्दा खुशी मनाउनेहरुले प्रचण्ड र बाबु रामलाई पनि थुन्नु पर्छ भन्न थालेका छन्. मेरो पर्सना छ द्वन्दमा कति मारिए? १५ हजार मरियेकामा १२००० माओबादीका नाममा राज्यले जनतालाई मरेको छ, के ति पनि प्रचण्ड र बाबुरामले नै मारेका हुन्? देशमा संकटकाल लगाएर सेनालाई जनता मार्न अनुमति दिने शेर बहादुर र बामदेव ले गरेको चाही के हो नि? कालिकोटमा ३२ चेपाङ्ग्लाइ लहरै गोलि ठोकेर मरेको कारबाही हुनु पर्छ कि पर्दैन? रामेछापमा युद्द बिराम को बेला बाबुराम तामांग लगायत १७जनालाइ गोलि ठोकेर मारेको,शिवपुरीमा ४९ जना ज्युँदै गाडेको, गौरमा २९ जना मारेको कसले हो थाहा छ मित्र हरु? कि त्यो पनि प्रचण्ड र बाबुरामले नै हो? उसो भए झापा काण्डमा मान्छे मारिएकोले माधब नेपाल अनि खाफ्गा ओलीलाई जेल हाल्नु पर्यो, ओखल्धुङ्ग तिमुर्बोतेमा मान्छे मरेकोले सुशीललाई जेल हाल्नु पर्यो, अफगानिस्तानमा अमेरि फौज मारेकोले बरक ओबामालाई जेल हाल्नु पर्यो. कि सबैलाइ जेल हाल्नु पर्यो. बिस्तृत शान्ति सम्झ्यौताले माओबादीका सबै मुद्दा फिर्ता लिने भने पछि माओबादीलाई फसाउने १२००० मान्छे मर्ने हरु चाही खुल्ले आम हिड्ने यो सम्भब हुन्छा? के सबै माओबादीलाई पुराना मुद्दामा फसाएर बैद्यको मोबादिमा जौ अनि फेरि हतियार उठाएर फेरि लडाई शुरु गर भनेको हो?
मन परे हरियो नपरे रातो !
26
53
नेपालको अहिलेको अवस्था (राडी को राज्य ) बनाउनमा नेपाली मिडिया को प्रमुख हात छ . यिनीहरुले यसरि समाचार सम्प्रेछन गर्छन आजको हेड line – रेखा थापा ले प्राइम मिनिस्टर भेटिन भोलि रेखा थापा ले झुठो बोलिन .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
53
4
प्रधानको ठाडो आदेशको कुरा, डेकेन्द्र हत्याका कुरा, माओबादी ज्यादतीका कुरामा सबैको एकमत नै छ – “यो ठिक होइन.”
तर त्यो भन्दा पनि गलत नेपाली पत्रकार र तिनीहरुको कथित राज्यको चौथो अंग – पत्रकारिता छ . मलाई त पुरै पत्रिका नै विज्ञापनको किताब जस्तो लाग्छ. कुनैले माओबादीको बिज्ञापन गर्छन कुनैले कांग्रेसको , एमालेको आदि आदि. अनि सबैका आफ्ना आफ्ना २ नम्बरी ब्यापारी हरु त भै नै हाले . उदाहरण हरु त हरेक दिन नै भेटिहाल्छन. हिजो कै कुरा Image Channel प्रसारण रोकिएको कुरा मा बुझ्नु न सुज्नु सबैले आ आफ्नै ढ्यांग्रो फुकिहाले तर बास्तबिकता अर्को तिर.
मन परे हरियो नपरे रातो !
41
5
संसारका विभिन्न कुनामा बस्ने सम्पूर्ण न्याय प्रेमी मित्रहरुले आ-आफ्नो प्रयास बाट नेपालका सबै दुराचारिहरुलाई जहाँ भेट्यो त्यहीं खोरमा जाक्ने अभियान चलाओस त …नेपालमा न्याय र मानव अधिकार बहालीमा अनौठो परिबर्तन देख्न पाइनेछ |
मन परे हरियो नपरे रातो !
22
0
सालोक्य जी ले के बुझ्न जरुरि छ भने क्रिमिनल इन्वेस्तीगेशन लाई रोक्ने कानूनी अधिकार मुक्ति वा उन्मुक्ति प्रधान लाई छैन. उनले इल्लिगल काम गरिसके. यसको बारे मा युनिवार्सल जुरिस्दिक्सन वयेका देश मा कारबाही हुन्छा. अमेरिका त्यस्तै देश हो. पक्रिने वा नापक्रिने उसैमा छोडौ. तर उजुरी चाही पार्नुपर्यो. त्यसको कमि हुदैन उनि जाने राज्यमा नै नेपली वकिल हरु प्रसस्तै छन्. अर्को कुरो के हो भने विसा रेवोक गरिएको होइन तर दिने कि नदिने भन्ने दोमन को अवस्था भएरै उनको अप्प्लिकासन एक हप्ता भन्दा बढी पेंदिंग रह्यो जब कि रेड पस्स्पोर्ट र पररास्ट्र को नोते भएपछी चौबिस घन्टामा विसा लग्छ. त्यसैले उन्मुक्ति प्रधान को हाई हाई नगरौ.
मन परे हरियो नपरे रातो !
36
8
आखिरी यो मुक्ति प्रधान कुन चाही गतिलो मान्छे हो र !!!
हिजो कान्तिपुरमा यो पातकिको अन्तरबार्ता सुन्दा देशको संबैधानिक ओहोदामा कस्ता कस्ता स्वाँठहरु रहेछन भन्ने प्रस्ट भो .. एस्तो देशमा न्यायको आशा गर्नु बेकार छ …
Are you enjoying your job ? भनेर सरल प्रश्न गर्दा पनि मेल मिलाप आयोगको रटान दिदै थियो .. जब पिडित परिवारले नै न्याय चाहियो भन्दैछ भने भुत्रो गर्छ यो नक्कली मेल मिलाप आयोग ले ?? यो सब अपराधी र हत्यारालाई उन्मुक्ति दिने मेलो मात्र हो र तेश्का एक मतियार हुन् यी उन्मुक्ति प्रधान .. अपराधीको लागि त यो सरकार स्वर्णिम समय भा छ … इतिहासमै यो सरकारले जति डाका, लुटेरा, हत्यारा, बलात्कारीलाई आम माफी दिएको छैन … राजनीतिक पार्टीको झन्डा बोक, अपराध गर , बाबुराम सरकार छदैछ , किन चिन्ता !! छ्या सुशाशन ..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
73
11
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
27
62
हरेक मुद्दा मा माओबादी को ब्याख्या मात्र सहि भन्ने भ्रम हाम्रा डाक्टर प्रम लाइ त रहेछ, माओबादीका अरु “ठेट्ना” को त के कुरा गर्नु र!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
48
8
पत्र-पत्रिका, रेडियो, टीवी (समाचारमुलक) को काम भनेको घटनालाई सकभर जस्ताको तस्तै श्रोतबाट जनतासमक्ष प्रस्तुत गर्नु हो. एउटा प्रजातान्त्रिक पद्दति भाको र चौथो अंगलाई समाचार प्रस्तुतिको लागि छुट भाको देशमा एउटा आइडियल समाचार संस्थाको कर्तव्य त्यै हो जस्तो लाग्छ . ल ठिकै छ संसारमा थोरै मानिस मात्र “आइडियल” छन र मिडिया पनि सामान्य व्यक्तिहरुबाट चलेको संस्था हुनाले यो मामलामा १००% इमान्दार हुने आस त गर्न सकिन्न . तैपनि सम्भव भएसम्म कुनै पनि तथ्यलाई पक्षविपक्षको पूवाग्रहबाट मुक्त रही सम्प्रेशन गर्न सक्नु पर्ने हो .
तर दुख को कुरा यहाँ मिडियाले जनतालाई सहि सूचना द्वारा सूसूचित गर्नु सट्टा ठिक उल्टो काम गरिरहेको छ – जनतालाई यसरि सोच्, यसलाई समर्थन गर्, यसको बिरोध गर् , यो कुरालाई बिर्सिदे, यो कुरा सम्झिराख जस्तो. हकर हरुले “ल हानाहान, हानाहान! दुइ रूप्या मात्र दुइ रुपया मात्र !!” भन्दै कराउदै हिड्ने सान्तिनो ट्याबलोइड वा राजनैतिक पत्रिकाले तेसो गर्नु त ठिकै छ तर बिडम्बना यहाको दुइ ठुला दैनिक संचालक मिडिया हाउस र चर्चित पाक्षिक पत्रिका संचालक “एलिट” समुहको ताल तेस्तै छ.
मन पर्यो भने उसैको समर्थन मा छाप्नु लेख छाप्यो, “चम्चा”हरुले पनि नगर्ने बढाई चढाई गर्यो पछि चित्त नबुझे खन्नु खैरो खन्यो. त्यो भन्दा पनि बढि कुन घटनाक्रम भैरहदा एकपक्षको मात्र समाचार दिने र सके हुदै नभाको समाचार छाप्ने – मानम पत्रिकाको काम भनेको जनतालाई सुचित गराउनु सट्टा उचाल्नु हो | उदाहरणको लागि दोश्रो आन्दोलन लगत्तै राप्रपाले कहिँ सानो भेला गर्दा विधार्थी संगठनले लखेट्दा खेरि त्यो समाचार हेडलाइन मा “राजावादीहरु खेदिए” हुन्थ्यो मानम गाउँ पसेको स्याल खेदिएको होस्. भने पछि कुनै कांग्रेस कार्यकर्ताको भट्टिमै झगडा परेपनि “फलानो कार्यकर्ताबाट कांग्रेस कार्यकर्तालाई निर्मम कुट्पिट”! दोश्रो जनान्दोलन ताका पनि “आर्को पक्ष” को समाचार, आन्दोलनको क्रममा आन्दोलनकारीबाट भएका (पक्कै भाका थिए) तोडफोड, कुटपिट (थोरै नै भएपनि) समाचार पृष्ठमा ठाउँ पाएन. भने माओवादी आन्दोलन(१६-१७ दिने ताका!) सान सानो क्षतिको “डिटेल” लाइ ध्यान दियियो. होला,पहिलो केस जहाँ व्यापक देशवासी को समर्थन थियो र मिडिया को पनि थियो तर त्यो भन्दैमा मिडिया ले “सत्य” समाचार र “सबै” समाचार छाप्ने / फ़ूक्ने आफ्नो कर्तब्य बिर्सेर एउटा “प्रोपागाण्डा” वा “पब्लिसिटी” को माध्यम बन्नु ठिक होला ?
ए बाबा , जनताको नि बुद्दि छ नि जनता नि भेडा त हैनन् नि ! भाको कुरालाई जस्ताको तस्तै छापौं न, जनताले आफ्नो ” conscience” प्रयोग गरिहाल्छन नि . भोलि कुनै अपहरणकारी समतियेला रे र त्यसलाई जनताले बीच बाटोमै कुटेर मार्ला रे . अब त्यो अपहरणकारी प्रति सहनाभुती जाला भनेर पत्रिकाले नछाप्ने कुरा आउदिन र त्यस्तो सहनाभुती जादैन पनि.
र अन्त्यमा, हामि पाठक स्रोता हरु पनि कम छैनौं. कुनै लेख वा समाचार सुन्नु अगाडी हामिले पूर्वाग्रह राखिसकेको हुन्छौं! हाम्लाई कुनै “वादी” मनपर्दैन र समाचारमा त्यो “वादी” को फेवर मा समाचार छापिए (चाहे सत्य किन नहोस !) हामी भन्छौं – ” ह्य! मुला त्यो पत्रिका फलानो “वादी” रहेछ , के पढ्नु यस्तो जाबो”. फेरी अर्को दिन त्यहि “वादी” को विपक्षमा समाचार छापिए वा टीवी मा प्रशारण भए हामी दङ्ग पर्छौं र कमेन्ट गर्छौं – “ठिक कुरा गर्यो! यो मात्र निस्पक्ष मेडिया रहेछ!!! ” जस्तो तल एकजना “फडिन्द्र” नामक मित्रले mysansar ले मुक्ति प्रधान को पक्षमा लेख्न थाल्यो भन्नु भएछ यो “ब्लग” पढेपछि. तर यहाँ त सालोक्य जी (जसले डेकेन्द्र थापाको हत्यारा पक्राउ गर्नुपर्ने मनसाय साथ् केहि दिन अघि अर्को ब्लग लेख्नुभाको थियो!)ले खालि मेडिया हरु को ” yellow journalism” लाइ खोज र अध्ययन पश्चात हाम्रो अगाडी रख्दिनु भाको हो ! फडिन्द्रजि, मुक्ति प्रधानको विरोध तपाई मात्र नभएर म , सालोक्यजी लगायात धेरै ले गरेका छन्. तर यो भन्दैमा उनको विरुद्द छापिएका “झुटा” समाचार लाइ पढेर दङ्ग पर्ने .
हामि जैले सत्यलाई पुर्वग्राले छोप्न चाहन्छौं ! कुनै पनि सत्यलाइ निस्पक्ष भएर सुन्न वा पढ्न हैन हामीले “सोचेको” सत्यलाई अरुले समर्थन गरेको हेर्न वा सुन्न चाही खोज्छौं. पत्र पत्रिकाले मात्र हैन नेताहरुले पनि हाम्रो यहि कमजोरी को फाइदा उथाउछ्न. तेसैले कुनै नेताको वा कुनै “घट्ना” विरोध मा सरकारी दमनको बिरुद्द छाती थप्नु भन्दा सत्य कुरा लाइ पुर्वग्रहबिहिन भएर आत्मसात गर्ने बहादुरी देखाउं! यो नै पक्का ‘बहादुरी’ (“मर्दांगी” वा “औरतां”गी )हो जस्तो लाग्छ
मन परे हरियो नपरे रातो !
21
4
नेपालका पत्रकारिताको दर्पण यो लेखले केहि हदसम्म उजागर गरेको छ| यसरी हावादारी कथनमा नेपालका पत्रकारिता कसरी जियाँलो गरिरहेको छ, अचम्म छ|
मन परे हरियो नपरे रातो !
28
5
। अमेरिकाको बोस्टनस्थित युनिभर्सिटी अफ न्यु हेभेनले प्रधानलाई ‘फौजदारी न्याय प्रणाली
भने पछी यो नेकंग्रेसी पत्रुकार पागल नै रहेछ ? स्ट्रीट को नाम र शहरको नाम को अन्तर थापा नपाउने के ले पत्र कार को बिल्ला भिर्ने ?
मा पनि अहिले New Hampshire Ave Maryland मा बस्छु | के यसको मतलब म New Hampshire state मा बस्छु भन्ने त ? पागल पत्रु कार
मन परे हरियो नपरे रातो !
29
43
पत्रकार का येस्तै साना साना गल्ति ले गर्दा बाबुरामे का भतुवा हरुलाई उसका जघन्य क्रियाकालाप को पनि ढाकछोप गर्ने बहाना दिन्छा .
मन परे हरियो नपरे रातो !
34
24
हुनत उतिबेला टाउकोको मूल्य नै तोकेको अपराधी मानेको व्यक्ति हो ‘मुक्ति प्रधान’… तर पनि अमेरिकालाई यस्ता झारपातलाइ समात्ने फुर्सद कहाँ होला र !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
78
8
I’m so convinced that journalist Dekendra Thapa murder case is being used as a political weapon for power shift in Nepal. All of our journos are somehow connected to different political parties and have been playing roles in power change at different times. In short, Media has never been independent in Nepal.
Soon after the assassination of Communist leader Madan Bhandari, CPN-UML came to power with a slogan ‘Justice to Late Bhandari’. But what really happened? Was any probe ever carried out to hunt Bhandari’s murderer? His own wife was in power following his assassination but she wasn’t curious at all to know the reason behind her widowhood.
In a similar fashion, mystery behind Royal Palace massacre was never unveiled, even though so called ‘pro-democratic party’ and ‘oldest party’ Nepali Congress NC was in Power and it’s ‘Great Leader’ GP Koirala was the premier.
After the People’s revolution part 2, Maoists came to power and they threw their weight behind Bal Krishna Dhungel, a murderer sentenced for life by the Supreme Court of Nepal. These are just a few examples on how our ‘Predator State’ has always fooled its people and journos have silently approved those gestures.
I haven’t heard of journalists affiliated with or backed up by political parties in rest of the world. But yeah, this is Nepal, where they call themselves as ‘the fourth estate’ and work in the interests of political parties. What a shame!!
Dekendra’s murder was barbaric. His culprits must be brought to justice. And NJF and its cubs should work in favour of rule of law rather than misinforming people with false infos and working for power-shift.
मन परे हरियो नपरे रातो !
34
4
अमेरिका जान लागेका महान्यायाधीवक्ता मुक्ती प्रधान मानवअधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले आइतबार इंडिया को आकाश मा उडीरहयाको बेला अचानक देश को माया लागेर फर्किएका छन् ।
पुरा समाचार हेर्न को लागि खै का जानु पर्छ I DON’T KNOW ..
मन परे हरियो नपरे रातो !
31
3
येही हो नेपाली पत्रिका को औकात | होइन पत्रिका लाइ कुनै कानुन लाग्छ कि लाग्दैन | सालोक्य जी तपाई पनि पत्रकार तेही भएर तपाइँ ले येसो खोजेर बतैदिनुहोस त सारा जनता लाइ येदि पत्रकार ले गल्ति सूचना सम्प्रेसन गरेमा के के सम्म कानुन लाग्छ भनेर ||
नेपाल को मेडिया कति को हावा हुदै छ || नेपाल को मेडिया को असली अनुहार क हो भनेर यो लिंक को समाचार र यो ब्लग एउटा सानो उदहारण हो | नेपाल बिगार्न मा ठुलो हात मेडिया को पनि छ |
http://www.onlinekhabar.com/wp-content/uploads/2013/01/press-union.jpg
मन परे हरियो नपरे रातो !
14
4
I get a sense from this post that Salokya is trying advocate in favour of the Maoist. This is sad. I thought you were impartial and true to your profession but I am beginning to think that I am wrong.
The key fact is – if Prachand / Baburam had not started the bloody war against Nepalese people, there would not have been such a casualty. They waged this war to achieve their own purpose. If you do not agree with me, read the reactions or opinion of majority of your readers on this blog.
The bottom line is people who killed Dekendra are murderers and people who are trying to protect these murderers are also committing a serious crime.So no ifs & no buts, they all have to face the justice.
If other people the Army / Police have also committed such crime, they also have to face the justice. The maoist are in the seat now, what are they waiting for ?
मन परे हरियो नपरे रातो !
39
11
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
28
77
Too many downward thumbs to u mr. Gagane. But I myself really comply and appreciate ur views and version. For others ur views seem to favour the Maoists but I must say those are on the side of poors and poverished
मन परे हरियो नपरे रातो !
3
15
बनको बाघले नखाए पनि मनको बाघले चाहिं खाएको हुन् सक्छ /
मन परे हरियो नपरे रातो !
17
2
मैले नबुझेको कुरो, कान्तिपुरले झुठो लेख्यो (विमानस्थल बाट फर्केको कुरो ), नागरिकले पनि झुठो लेख्यो , राजधानीले नि झुठो लेख्यो , visa revoke भएको कुरा पनि झुठो अब साचो समाचार के हो त ? सालोक्य जी ले लेखेका कुरा चाही शतप्रतिशत साचो हो त ? कसरि साचो मान्ने ? जहाँ सम्म मुक्ति प्रधान को कुरो छ तेस्लाई त सत्य मान्न सकिन्न, जसले माहान्यायाधिवक्ता जस्तो पद मा बसेर कानुन को धज्जी उडाई दिन्छन !, अब भोलि मुक्ति प्रधानले पत्रकारको हत्यारा संग बयान लिन मैले रोकेको कहाँ हो र , त्यो त पत्रिकाले झुठो खबर छाप्यो भन्लान तेस्लाई सहि समाचार मान्ने कि गलत ? भोलि बाबुराम ले मुक्ति प्रधान र मुक्ति प्रधानले बाबुराम लाइ हत्यारा बचाउने त्यो पो हो म कहाँ हो र भनेर दोष लगाए भनेर कुनै पत्रिकाले लेख्यो भने तेस्लाई सहि मान्ने कि गलत ? एउटा कुरा चाही शतप्रतिशत सत्य हो . त्यो के भने हामी बिचरा नेपाली अभागी रहेछौ, जो सत्य समाचार पढ्न बाट पनि बन्चित छन् , येही हो नेपालीको “मानव अधिकार” ! अर्को सत्य, मुक्ति प्रधान र बाबुराम लाई देश को माया छ भने त्यो सबै नेपालीको लागि घातक र दुर्भाग्यपुर्ण हुनेछ !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
12
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
47
82
बिगत केहि दिन देखि हेर्दै छु यो ब्लग मुक्ति प्रधानको बचाउमा खुलेर लागेको छ
दालमा कालो पक्कै छ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
153
76
यसलाई भन्छ आँखा कालो अनि दालमात्र हैन सबथोक कालो देख्ने
यो ब्लगमा अहिलेसम्म डेकेन्द्र प्रकरणबारे तीन वटा ब्लग छापिएको छ जो जोकसैले यहीँ हेर्न सकिने विषय हो
एउटा ब्लगको शीर्षक छ
के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?
http://www.mysansar.com/2013/01/3532/
त्यसमा मुक्तिको म पनि लेखिएको छैन तर नेपालले रोम विधानमा हस्ताक्षर नगरेकोले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्ने क्षेत्राधिकार छैन भनेर प्रमाणैसहित लेखिएको छ
अर्को हो
जिउँदै गाड्नेको पक्षमा ‘परमधाम मन्त्री’
http://www.mysansar.com/2013/01/3517/
जसमा प्रधानमन्त्रीलाई निकृष्ट ढंगले गाली गरिएको छ ।
अब यो फडिन्द्र भन्नेले विगत केही दिनदेखि के हेरेर चाहिँ यो ब्लग मुक्ति प्रधानको बचाउमा खुलेर लागेको देखे ? जवाफ दिन सकिन्छ भने दिउँ है ब्रो
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
81
36
फणिन्द्र जी सडकमा अरुलाई बिनसित्तैमा उरालेर मानिसलाई उत्तेजित गराउने तपाँइको वर्गलाई साँचो कुरा के लेखेको हो भन्ने कुरामा बिश्वास लाग्दैन नि । साँचो कुरा त्यही हो जुन जुन अपराधिहरु छन् ति सबलाई कारबाही हुनुपर्छ । चाहे सेनाको सेनाको कर्णेल चाहे नागरिकहरुको हत्यारा चाहे प्रहरीको बर्र्दीमा रहेको हत्यारा ।
मन परे हरियो नपरे रातो !
51
19
‘राजनीतिक संकट गहिरिएको बेलामा अमेरिकाको युनिभर्सिटीमा जानु ठूलो कुरा हो कि मुलुकको समस्या ? मेरो प्राथमिकतामा अमेरिका परेन’, उनको जवाफ।
भनेसी, रामबरण महोदय चै देशलाई अलिक माया नगर्ने रैचन कि क्या हो? अस्ति इन्डिया जादा अहिलेको जस्तै त गन्जागोल राजनीति थियो हैन र? सायद युनिभर्सिटीकै कुरा थ्यो क्यारे, म्याद थपि थपि गाथे त गाठे! कुरो के हो?
मन परे हरियो नपरे रातो !
15
19
300 Boston Post Road West Haven, CT 06516
यो ठेगाना हो त्यो New Haven university को. बोस्टन मा भा को भनेर के गलत भयो त?
स्ट्रीट को नाम बोस्टन हो नि त! अनाबस्यक कुरो गरेर! के हामीले दरबार मार्ग मा रहेको फलानो.. भन्ने चलन छैन र?
गरमागरम बहस! तपाईँको के विचार छ?
71
47
काठमाडौँ को पोखरा मार्ग मा रहेको घरलाई पोखरामा रहेको भन्न त पाई येन नि, पोखरा छुट्टै सहरको नाम हो भने पोखरा मार्ग काठमाडौँको सडकको नाम हो । त्यसैगरी बोस्टन अमेरिकाको ठूलो सहरको नाम हो भने बोस्टन पोस्ट रोड सडकको नाम हो
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
83
24
फेरि जान्ने भइटोपलेको हेर न । यत्रो लेख लेखिसकेपछि सालोक्यले नेटमा खोजेन होला त युर्निभरसिटीको ठेगाना । यहाँ ठेगाना कपि गरेर जान्ने हुन पर्छ र ? अमेरिकामा बासिंगटन स्ट्रीट हजारौं छन् । त्यसो भए बासिंटन स्ट्रीटलाई वासिंटन भन्ने ठाँउमा अबस्थित भनेर लेखिदियो भने के बुझिन्छ ? न्युर्योक स्ट्रीटमा बस्नेले म न्युर्योकमा बस्छु भनेर भन्छ ? न्युह्याम्सायर एभिन्यु नाटिक म्यासेचुसेट्समा बस्नेले म न्युह्याम्सायरमा बस्छु भन्छ ? अर्कोकुरा स्ट्रीटको पुरा नाम बोष्टन पोष्ट रोड हो न कि लेखमा भनिए जस्तो बोष्टन मात्रै । अमेरिकामा हार्वड एमआइटी कँहा पर्छ भन्यो भने बोष्टन भनिन्छ । उनीहरुको स्ट्रीट ठेगाना भनिन्छ र ? त्यत्रो आफुलाई नम्बर एक दैनिक भन्नेले यस्ता कुराहरु भेरिफाइ गर्न पर्दैन ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
61
13
त्योत माओबादीको खेदो भनेको हो | यदि हामी देश भक्त हौ भने दुध को दुध पानी को पानी व्यवहार गर्न सक्नु पर्छ | बाबु राम ले डेकेन्द्र को केश मा गरेको व्यवहार मा हामी ले पानी उसलाई गाली गरिउ, तर नेकाग्रेसी र यिनी हरुका पिछलग्गु पत्रीका हरु को काम भनेको एकोहोरो रुप मा माओबादी को खेदो भन्नु हो |
लुट तन्त्र का भरौटे
मन परे हरियो नपरे रातो !
8
18
“लुट तन्त्रका भरौटे !!!”
खाओबादी , धन युद्ध , क्यास माओबादी – यी हुन् अहिलेका चल्तीका सब्दहरु ..
लुट तन्त्रका भरौटे को को हुन् तपाई आफै जान्ने सुन्ने हुनुहुन्छ …
जय होश ..
मन परे हरियो नपरे रातो !
16
2
साधारण तया भिसा लाग्दैमा कोहि कसैको इन्ट्री को केहि ग्यारेन्टी हुन्न ! कस्टोम ओफ़िसियल को सुझबुझमा भर पर्छ ! बाँकि कुरा मुक्ति प्रधान नै जानुन ! पत्रिकाले लेझेको कुरा ५०/५०% हुन्छ जुन ५०% विश्वास गर्ने नगर्ने पाठकको सुजबुझ मा भर पर्छ !
मन परे हरियो नपरे रातो !
27
7
यो ‘खाते’ पत्रकारिता गर्ने हरु ले जानेरै “काइते” राजनीति गरेको प्रमाण हो/ प्रमाण आफै बोल्छ/ यिनीहरु र N.G.O संचालन गर्ने हरु भनेको ‘एउतै सिक्काका दुइ पाटा हुन्’
यिनीहरु कै “काइते” कारणले देश ले आज यो गति बेहोर्नु परिरहेको छ/ कुनै प्रस्ट दिसा निर्देश गर्ने पत्रकारिता को खाचो परिरहेको छ/
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
57
10
एस बिसय मा माओबादी प्रबक्ता पुस्पजी को केइ छेड मा धारणा आउच होला | तर जहाँ सम्म लाग्छ प्रधान दैलेख को बयान रोक्न हरसम्भव प्रयास गरिरछन् | तेइ रोक्न को लागि नगयाको हो | CrimeMinister बबुरावन को आदेश मा होला |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
70
19
आजभोली केहि पत्रकारहरुलाई भाङ लाग्या जस्तो छ | अरुले वाह वाह भन्छन भन्दैमा सहि कुरालाई छोडेर आफुलाई जे मन लाग्यो त्यहि लेख्नु त पत्रकारिता होइन त | आज पनि अर्को रमाइलो समाचार आयो ‘इमेज च्यानल केवलमा बन्द गरेको’ भन्ने बारेमा | एक दुइ पत्रिका हुदै एमालेको प्रेस चौतारी र कांग्रेसको प्रेस युनियनले त ‘प्रधानमन्त्री कार्यालयबाट पत्र काटेर नै बन्द गर्न लगाएको’ भन्दै घोर आपत्ति सहितको बक्तब्य नै निकालेछन | पछि कुरोको चुरो त केवल टिभी सम्बन्धि सरकारी निर्णयको बिरोध स्वरूप केवल वालाहरुले नै पो च्यानल काटेको रे | कहा सरकारको बिरोधमा काटेको कुरोलाई सरकारले काट्न लगायो रे ! यो ‘स्रोत’ भन्ने कुरा के रहेछ भन्या त पत्रकारको आफ्नै सोच्ने दिमाग पो हो जस्तो छ | जे लेख्न मन लाग्छ, ‘स्रोत’ का आनुसार भन्दियो कति मज्जा | न कसैले खोज्ने त्यस्तो ‘स्रोत’ न कसैले भेट्ने |
पत्रकारहरुले के ख्याल गर्नुपर्यो भने हाम्रो ‘तालि’ पत्रकारले लेख्ने सहि समाचारलाइ मात्रै हो न कि भ्रम सिर्जना गर्ने कुनै पनि गलत समाचारलाइ | एउटा समाचारमा जनताले तालि बजाए भन्दैमा नेताहरुले जस्तो भेडा नसोचौ | अनि हामी पाठक पनि जस्तो जस्तो हावा चल्छ पत्रिकामा उतै उतै नहल्लिऔ |
व्यक्तिगत रूपमा भन्नुपर्दा त मैले आजभोलि कुनै पनि पत्रिकामा छापिएको समाचार सहि हो वा होइन भन्नलाई माई संसार मा क्रस चेक गर्ने गर्छु | आजका दिनसम्म उमेशजी प्रति चाहि बिस्वास छ | यो विश्वास नटुटोस है |
मन परे हरियो नपरे रातो !
48
23
यी पत्राकार हरु को कुरा गरिसाध्य छैन,
अनुजा बानिया लाइ उछिल्यायर हिरो बनाइदियो, रास्त्रपतिले धन्यबाद दियो धन्न दोसल्ला उढाउन भ्याउनुभयन, उस्तै परे सी एन एन हिरो बनाइदिने थियो ति बानिया नानीलाई, भोट हाल्न हामि थिदै थियौ!
अर्को डाक्टर अपहरण माओबादिले गर्याहो भनेर ठुकुवा गरेको पनि पत्रकार नै हो!
तेसैले नै नेपालि पत्रकारलाई पत्रकार होइन पत्रुकार भनेका हुन्,
यिनीहरु आफ्नो र आफ्नो गुट वा आफुलाई हड्डी दिनेको लागि समाचार पस्किञ्छन र आबस्यकता अनुसार कहाकहा कुन अक्षर,शब्द मधुरो बनाउनुपर्छ वा हटाउनुपर्छ त्यो गर्छन!
जस्तो “होइन” भन्ने समाचार आफुलाई बेफाइदा छ र हो भन्नेचाहि आफ्नो स्वार्थमा जोड दिन्छ भने “होइन” को “इन” भन्ने दुइ अक्षर हटाइदिञ्छ यदि हटाउने नमिल्ने भयमा मधुरो गरि पढ्नै नमिल्ने बनाइदिन्छ! वा पहिले आफ्नो स्वार्थानुशार लेख्छन र यदि कम्प्लेण्ट आयमा हप्तादिन पछि कुनै कुनामा ” —मितिको — समाचारमा — हुनुपर्नेमा अन्यथा हुन गयाकोले सच्याइयको छ!” भनेर कर्म पुरा गरिदिन्छन तेतिन्जेल सम्म उसको स्वार्थानुशार समाचार ले भ्रम फैलाई सकेको हुन्छ!
यो खुबीको लागि नेपालि पत्रकार लाइ बिश्वोको कुनै पत्रकारले भेटाउन सक्दैन (उछिन्ने त कुरै छाडौ)
तेसैले पत्रकार पनि पत्रुकार भै पर्चाकार विशेषण आभूषण पायको छ त!
मन परे हरियो नपरे रातो !
16
9
एदी देशको माया लागेको भय किन विमानस्थल सम्म पुग्नुभायाको?????????? के देशमा समस्या उहा त्यहाँ(विमानस्थल) पुगेपछि मात्रै सुरु भयको हो र ? देशको स्थिति थाहा हुदाहुदै यात्राको लागि निस्कने, अनि उड्ने बेलामा कसले के डर देखैदियो अनि आफ्नै माया लागेर फर्के जस्तो लग्छ.
नोट: कुनै ठाउको ठेगाना गलत लेख्दैमा पुरै समाचार माथि संका गर्न मिल्दैन.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
94
21
खै काँ लेखिएको छ विमानस्थलसम्म पुगेर नि फर्केको भनेर ? म पनि यो सालोकेलाई गाली गर्ने बहाना खोज्दै थिएँ । देखाइदिनु न त्यस्तो लेखेको, मिलेर गाली गरौंला
मन परे हरियो नपरे रातो !
38
15
अमेरिका जान लागेका महान्यायाधीवक्ता मुक्ती प्रधान मानवअधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले आइतबार विमानस्थल पुगीसके पनि फर्किएका छन् ।
पुरा समाचार हेर्न यहाँ जानुहोला.
http://www.onlinekhabar.com/2013/01/32154/
मन परे हरियो नपरे रातो !
23
7
शिव जी, तपाईँ जसले जे भन्यो त्यही पत्याएर बस्ने कि आफ्नो दिमाग पनि अलिकति प्रयोग गरेर हेर्ने ? यो अनलाइनखबरले गरेको पित पत्रकारिता हो । तपाईँलाई थाहा होला यो खबर अनलाइनखबरले पत्रपत्रिकाबाट भन्ने सेक्सन अन्तर्गत छापेको छ । http://www.onlinekhabar.com/category/newpapers/ मतलब यसले पत्रपत्रिकामा छापिएका समाचारलाई राख्छ । यो समाचारमा कान्तिपुरमा छापिएको समाचारको आधारमा बनाइएको हो । कान्तिपुरमा छापिएको समाचार यो हो पढ्नुस् http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=287693 ल अब तपाईँ आफै भन्नुस् कान्तिपुरको समाचारमा कहाँनिर विमानस्थल पुगेर पनि फर्केको लेखिएको छ ? अनलाइनखबरको पत्रपत्रिकाबाट समाचार लेख्ने मान्छेले बढी जान्ने भएर लेखेको हो कि हैन तपाईँ आफै भन्नुस् ।
मन परे हरियो नपरे रातो !
24
27
अब पत्रिका ले नै गलत कुराहरु लेख्छ भने हामि कसरि सुसुचित हुने???? हामी साधारण मनिश्हरुले सबै कुरा येही पत्रिकहरुबाट थाहा पाउने त हो. यी पत्रकार को पगरी ओढेकहरुले जनतालाई येसरी झुक्कौना भयन र हामीलाई गलत सूचना सम्प्रेषण गरेर भ्रममा पर्नु भयन. जहासम्म दिमाग खियाउने कुरा गर्नुभयको छ: येदि म जस्ता सर्बसाधारण वा अन्य पेशामा संग्लग्न व्यक्तिहरु यी कुराहरुमा दिमाग खियाउने हो भने बाकि काम कसरि हुन्छा ????????? के मैले मेरो काम अरु पेशा भयको मनिषलाई गर्न लगाउ ? जसको जे काम हो उसले त्यो काम पूर्ण र सफल हुने गरेर गर्नु पर्छ र अरुको काम अनि आफुलाई राम्रोसंग ज्ञान नभयको काममा हात हाल्नु पनि हुदैन.
मन परे हरियो नपरे रातो !
35
3
सब भन्दा उत्तम उपाए पत्रिका पढ्ने बानि छोड्नुस मैले जस्तो … पढेर केहि फाइदा छैन …
मन परे हरियो नपरे रातो !
6
0
‘राजनीतिक संकट गहिरिएको बेलामा अमेरिकाको युनिभर्सिटीमा जानु ठूलो कुरा हो कि मुलुकको समस्या ? मेरो प्राथमिकतामा अमेरिका परेन’, उनको जवाफ।
जान चाहि किन गएनन् थाहा भएन तर यो भनाइ चाहि ईनको गोहीको आशु मात्र हो
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
71
7
हरुवा गोरु को छेरुआ दाउ… नेपाल को माया लागेर नागको रे हाहाहा … माओबादी को पुछार …..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
112
11
मुक्ति जी महान रहेछन देश को लागि अमेरिका घुम्न न जाने !!! हिजो नेपाल का मन्त्रि, प्रधान मन्त्रि रास्ट्रपति ले येसो भनेन क्यारे ! तेसै ले होला सबै ले डराएको सम्झेका …… हेरौं यो समस्या कसरि सल्तिदो रहे छ ….
मन परे हरियो नपरे रातो !
45
6
नेपाली पत्रकार नेपाली मिडिया को कुरा गरेर पनि हुन्छ ? पीत्पत्रकरिता को उत्क्रिस्ता नमुना हो नेपाल | केहि दिन यता को समाचार हेर्दा थाहा हुन्छ | कान्तिपुर को समाचार हेर्नुस न पढ्दा आफैलाई लाज लाग्छ | येदि नेपाल को कोहि सत्रु छ भने पहिलो नेपाली मिडिया हुन् जो पार्टी को झन्डा बोकेर स्वतन्त्र प्रेस को कुरा गर्छन | येदि हैन भने किन कमेन्ट ब्लक गर्छन ? CNN ले कमेन्ट ब्लक गर्दैन तर किन कान्तिपुर र नागरिक ले कमेन्ट ब्लक गर्नु पर्ने? अनि रेतिंग हेर्नुस तिनी हरु आफै रेट गर्छन कमेन्ट पनि कस्तो अचम्म गाँठे ? अनि स्वतन्त्र प्रेस , अभिव्यक्ति स्वतन्त्रता ? येही हो अभिब्यक्तो स्वतन्त्रता ?
मन परे हरियो नपरे रातो !
34
12
वेल डन सालोक्य जी ,
बास्तविकता नबुझी मन गढ़ानते टुंग न पुछरको समाचार लेख्ने पत्रकार र प्रकाशन गृह लाइ तपाई को यो खोज ले नराम्रो लोप्पा खुवाई दिएको छ |
तिनीहरुलाई भित्ता पुग्ने गरि दिनुभयो ….वेल डन
मन परे हरियो नपरे रातो !
34
19
यो सब पत्रकार को नाचैदो हल्ला हो. हामि ले देखि हाल्यो नि घरायसी घर झगडा को कारण बाट मारियाको .पत्रकार ….. सिंह लै सहिद घोसना गर्न पत्रकार ले दियको दबाब
मन परे हरियो नपरे रातो !
14
9
देश मा संकट को इस्थिती छ भनेर अमेरिका जाने रद्द गरेको रे ? केहो आज किन एस्तो अचम्म को कुरा सुन्न परेको ! देश मा भुकम्प आएर जान धनको तेत्रो छेती भैरहेको बेला देश को कर्येकारी प्रमुख भनिने क्राइम मिनिस्टर ले तिमीहरु मरे मर बचे बाच म चाही अमेरिका गएरआउछु भनेर देश लाइ लथालिङ्ग छोडेर त् गए ! अनि राष्ट्र प्रमुख ले पनि दल भन्ने दलाल हरु लाइ आफुले दिएको समय को बेवास्ता गर्दै घर को नोकर सहित आफ्नो जम्बो परिवार लाइ राष्ट्र को ढुकुटी बाट खर्च गरेर भए पनि भारत ले दिन लागेको तक्मा छोडेनन् ! अब यो ज्यानमारा को हितेसी माओबादी को पालुवा कुकुर ले देश को परिस्थिति लाइ बुजेर अमेरिका जाने रद्द गरेको भनेर कसरि बिस्वास गर्ने ? कसरि ???????????
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
134
21
you know everything mate !!!! मन मा जॆ आयो तेही समाचार. poor our journalist.
मन परे हरियो नपरे रातो !
10
11
Journalism always be based on the facts. Whatever you have mentioned here, I believe are based on realities.
Thanks for your clarification.
मन परे हरियो नपरे रातो !
11
7