अन्ततः दुई महिनासम्मको म्याद थपाथप गरी सहमति खोज्ने काम व्यर्थ भएपछि राष्ट्रपति रामवरण यादवले आज सहमतिका लागि म्याद बिनाको वक्तव्य जारी गरेका छन्। मंसिर ८ देखि सुरु भएको मिति तोकेर म्याद थप्ने यात्रा आज टुङ्गिएको हो। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सहमति गर्न पहिलेको जस्तो निश्चित मिति तोकिएको छैन। मिति तोकिँदा त सहमतिका लागि खासै केही नगर्नेहरुले मिति नतोकिएको अनिश्चितकालीन म्यादमा केही गर्ला भनी सोच्नु बेकार हुनेछ। नालायक प्रतिपक्षीहरुका कारण बाबुराम भट्टराईको स्वेच्छाचारी शासन अझै बलियो हुने डर अब झन् बढेको छ। कम्तिमा २० गतेदेखि हुने माओवादीको महाधिवेशनसम्म यो देशमा दलहरुबीच वार्ता, बार्गेनिङ केही हुँदैन भनी ढुक्क भए हुन्छ।
योसँगै राष्ट्रपतिले पहिलो पटक म्याद जारी गरी विज्ञप्ति निकालेलगत्तै आन्दोलन छाडेका विपक्षी गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम बनाएका छन्।
यस्तो छ आन्दोलनका कार्यक्रम-
(क) माघ ६ गते पत्रकार डेकेन्द्रराज थापाको हत्याका विरुद्ध दैलेख सदरमुकाममा आन्दोलनकारी राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा विरोध प्रर्दशन तथा विरोध सभा आयोजना गर्ने।
(ख) माघ १२ गते देशका सबै जिल्ला सदरमुकामहरुमा संयुक्तरुपमा विरोध प्रर्दशन तथा विरोधसभा आयोजना गर्ने।
(ग) शहीद सप्ताह (माघ १० देखि १६ गते) लाई शहीद दिवसका साथै वर्तमान काम चलाउ सरकारको निरंकुशताको प्रतिरोध सप्ताहका रुपमा मनाउने। शहीद दिवसका दिन माघ १६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने।
(घ) माघ १९ गते बागलुङमा विरोध प्रर्दशन र विरोध सभा गर्ने । यो कार्यक्रमको संयोजन राष्ट्रिय जनमोर्चाले गर्ने।
(ङ) माघ २० गते विराटगरमा विरोध जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेकपा (एमाले) ले गर्ने।
(च) माघ २१ गते नेपालगञ्जमा विरोध जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेपाली काँग्रेसले गर्ने।
(छ) माघ २२ गते पोखरामा विरोध प्रदर्शन र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेकपा (एमाले) ले गर्ने।
(ज) माघ २३ गते धनगढीमा विरोध प्रदर्शन र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेकपा (एमाले) ले गर्ने।
(झ) माघ २४ गते जनकपुरमा जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेपाली काँग्रेसले गर्ने।
(ञ) माघ २५ गते भैरहवामा जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने।
(ट) माघ २६ गते शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरी खुलामञ्च, टुँडिखेलमा जनसभा गर्ने। यो कार्यक्रमको संयोजन संयुक्त रुपमा गर्ने।





some body save my country from these wolves (political parties) .. एउटा सत्ता नछोड्ने अर्को सत्ता कब्जा गर्न खोज्ने ..अफि लादेया छन् मरेका छन् .. जनता को दुख कोले हेर्ने ?
मन परे हरियो नपरे रातो !
1
0
जीबन बर्मा जी ले भनेजस्तो, यी काँग्रेस र एमाले हरु संग अहिले को समस्या को समाधान गर्ने उपाय छ भने खुल्ला रुपमा जनता सामु राख्ने नत्र झुसिल कोइरालालाई बोक्दैमा देशको समस्या समाधान हुन्न.
अलि अलि मुलुक सपार्ने हो भने बाबुरामसंग सरकारमा सामेल भएर तुरन्त चुनाब गर्दा मुलुकले अलिकति भए पनि राहत पाउने थियो. तर यिनको बुद्धिमा किरा परेको धेरै बर्ष भाकोले यो कुरा बुज्दैनन.
मन परे हरियो नपरे रातो !
1
1
शितल निवासलाई सुगाको पिञ्जरा मान्ने हो भने रामबरण यादव र सुगाको बिचमा खासै फरक होला जस्तो लाग्दैन/ देस यस्तो अबस्थामा पुग्दा पनि सिकायको सुगाले अर्थ नबुझिकनै गोपी कृष्ण गोपी कृष्ण भने जस्तै राम बरण यादव सहमति गर सहमति गर मात्रै भन्दै आयको छ/ यति मात्रै भनाउनु थियो भने १०० रुपैया पनि नपर्ने क्यासेट भरेर बजाउंदै गरे पुगी हाल्थ्यो; किन यति महँगो रास्ट्रको कोष माथि घाँदो पालेको होला/
मन परे हरियो नपरे रातो !
3
2
१. ज्ञानेको सरकार फालेर पनि बन्न नसकेको ट्रयाकमा आउन नसकेको देश, यो नाथे बाबुरामको सरकार फालेर मात्रै ट्रयाकमा आउने वाला छैन ?
२. कांग्रेस-एमालेको आन्दोलनमा जनताले तबसम्म साथ् दिनु हुदैन, तबसम्म ति ढलले आफ्नो ढलका अपराधीहरुलाई (परसुराम बस्नेत देखि विकास कोइराला सम्म, खुमबहादुर खड्का देखि महेस बस्नेत सम्म) निस्काशित गरेर जेल हाल्ने सहस देखाउदैन सक्दैन !
चेतना भया !
मन परे हरियो नपरे रातो !
14
1
हर्केज्यु
कांग्रेस र यमालेको बारेमा jधेरै तितो तर सत्य कुरा गर्नु भयो/ मावोबादिले पनि यदि उनीहरु आफ्नो यो सत्तारोहणलाई जनताको पुरस्कार हो भनेर मान्छन भने सत्तामा पुगी सके पछि बाबुरामले गरेका गल्तिहरु सच्याउन्दै यस्ता गल्ति गर्नेको बिकल्प दिनु पर्छ/
अहिले बाबुराम गुट जनमतकै आधारमा मात्रै सत्तामा पुगेको टिकेको होईन/कसरि पुगे कसरि टिक्दै आयको छ सबैले देखे बुझेकै कुरा हो/ अहिलेको प्वाल परेको अन्तरिम संविधानले रास्ट्रपतिलाई कू गर्ने अधिकार दियको छैन/ तर कू त् भयकै छ र यो कू गराउने शरण हो, करण हो बा को हो?
निर्वाचित सदनलाई भंग गर्नुलाई नै कू गरेको मानिन्छ/ निर्वाचित सदन भंग अर्थात कू गर्ने नै कामचलाउ सरकारको प्रमुख बन्छ/ त्यो पनि बनेकैछ त् अन्तरिम संविधानले ब्यबस्था नै नगरेको तरिकाले सत्तामा तिकेकाले जनमतको प्रतिनिधित्वो गर्दैनन्; कसको गर्छ त्यो त् देखिंदैछ हर्केज्यु/
स्पस्तनै भन्ने हो भने हिजो राजालाई “श्रीमान् गम्भीर प्रचंद्र प्रतापि” भन्नेको सरकार बन्थ्यो/ आज श्रीमान् “शरण-करण” प्रचंद्र प्रतापि गाउनेको सरकार बनेको छ/ जनताले श्रीमान् शरण-करण प्रचंद्र प्रतापि भजन गाउनेलाई बहुमत दियको थियन त् कसरि कसले कसलाई कू गरेर सत्तामा तिकायाको हो स्पस्ट छ मित्र हर्केज्यु/
आधा मावोबादिलाई नै स्विकार्य नभयको यस्तो कू बात बनेको सरकार धेरै लामो सम्म जनताको घाँदो बनिरहन सक्दैन/ बिकल्प दिनु पर्नेले यसको बिकल्प दिंदैनन भने यो सरकारलाई पनि कू त् गरिन्छ्नै तर त्यो कू अब जनताले गर्छ/
मन परे हरियो नपरे रातो !
0
0
नेपाल भन्ने देशका प्रधानमन्त्री बाबुराम ले नेपाल देशको सन्चो अन्तै छ भने त्यहि देशका राम्बरंले सन्चो तिमीसित छ भन्ने प्रमाणित गरिदिय भ्रमण गरेर! बर बुंदे गरायर लियको सन्चो अब सितिमिति त्यसै फिर्ता हुनेवाला छैन, कि छ? छ भने, ज्ञानेन्द्रको लौरो र बैद्यका ;लठैत बिना अब त्यो सन्चो असम्भब छ होला तब सम्म दुबैको कुर्सीमा खिया लाग्ने छैन कि!
मन परे हरियो नपरे रातो !
1
0
देश भड्खालोमा जादै छ .. भारतको आसिर्बाद भैन्जेल ढोंगी लेन्डुप दोर्जेको यो नालायक भ्रस्ट फासिवादी सरकार चलि नै रहने छ .. राजकुमारी हिसिलाले देश लुतिनै रहनेछन, मधेसी दलको त कुरै भएन .. देश सिक्किमी / भुटानी कारण तिर लम्किदै छ .. सच्चा देश भक्तहरु जागरुक हुनु पर्ने बेला आएको छ , स्वतन्त्र नागरिक आन्दोलनको जरुरत छ ..
रस्त्रपतिमा अलिकति पनि हिम्मत छ भने सेना र अदालतलाई साथ लिएर तु निर्बाचन गरि जनताको नासो जनतामै दिनु उपयुक्त हुनेछ , नत्र के को देशको अभिभाबक …
मन परे हरियो नपरे रातो !
7
5
यी राजनीतिक पार्टी हरुले जनताआइ अझै पनि भेडा नै सोच्छन . तिमीहरुलाई सत्तामा पुर्याउन जनता किन सडकमा खट्ने?? चुप लागेर संबिधान सम्मत बाटोमा हिड्यो भने बरु जनताको साथ् बढ्छ तर यो आन्दोलन सान्दोलन भन्यो भने आन्दोलन सफल त हुन्न नै अर्को चुनाबमा तिमीहरुको आउनु पर्ने भन्दा पनि कम सिट आउछ यो निश्चित हो.
थोरै कुरा अरु जोडौ है
डा होम मुर्तिको लेख त सबैले पढ्नु भो होला. सो अनुसार त बाबुराम भट्टराई ले सरकार छोड्नु पर्ने कुनै कारण नै छैन रहेछ. फेरी माओबादिले प्रचण्ड प्र म हुदा सेनापति प्रकरण मा सरकार छाडेको कुरालाई गम्भीर गल्ति नै भनेको छ. माओबादि त सत्ता कब्जा कै लागि भनेर १३००० मान्छेको ज्यान जाने गरि युद्ध गर्यो भने अहिले को एति सजिलो परिस्थितिमा माओबादिले अरुलाई “लौ त नि” भनेर सरकार छोडिदिञ्छ होला ? अहिले त बाबुराम सरकार टिकाउन एउटा झिगा पनि मार्नु परेको छैन. तेसैले चुनाब नहुने बाताबरण लम्बिनु भनेको माओबादि को आफ्नो सत्ता लम्बिनु हो . तेती कुरा नबुझेर बिपक्षी पार्टीहरु अब हाम्रो पालो सरकार चलाउने भनेर केटा केटि पार देखाउदै छन् त्यो पनि ४-५ महिना को लागि.
मन परे हरियो नपरे रातो !
4
1
नेपालमा राष्ट्रपतिको कुनै आवश्यकता छैन न त ६०१ संसदों नै ,सिफॅ असल नियत भएको राजनीतिज्ञ भए देश चलाउनु गाह्ो छैन।
मन परे हरियो नपरे रातो !
10
2
असल नियत भयको राजनीतिज्ञ ले देश चलाउन पाय त हो! यी उचाल्या कार्यकर्ता अनि जनबर्गिय संगठन, स्वार्थि नेता र पार्टिको लबिङ्ग गर्ने विभिन्न एन जी ओ र विभिन्न पेशागत संगठन हरु को हुट्टिट्याउ र बिछट्या कार्यले पो देश नाबंया त! कसैलाई केहि गर्न दिने होइन स्वोतान्त्रता बढी भाको पट्टि फुकाल्द्या कुकुर को नियत बोकेको मान्छेहरु बढी हाबी भयर हो बिग्रेको!
सबैलाई आफ्नै दुनो सोझ्याउनु छ!
देशलाई निर्बाध पाच बर्षीय एकल नेत्रित्वोको रास्ट्रपतिय पद्दति (अमेरिका जस्तो) मा लाग्ने गरि सिधा निर्बाचनमा जानुनै एकमात्र उपाय देखिन्छ!
मन परे हरियो नपरे रातो !
6
1
गगनेज्यु/
हामीलाई असल बिधि र असल नीतिको जरुरत छ/ विधि अन्तर्गत शासन हुने ब्यबस्थामा सज्जन सडकमा र अपराधि जेलमा जेलमा हुन्छ/ हामिकाहा यसको उल्टो हुनुले नै प्रमाणित गर्दै छ कि देसमा विधिको होईन अपराधिक व्यक्तिको शासन छ/
आआफ्नै कूस्वार्थको समिश्रणलाई सहमतिको नाम दियर जनता र जनमतलाई निरह बनाउदै आयकाहरुनै लोकतन्त्र प्राप्तिमा बाधक बन्दै आयकोछ/ आफ्नै देसको रास्ट्रप्रमुखलाई अधिकार बिहिन बनायर भारतलाई सम्राट मान्ने ई नेताहरुले आफु जस्तै आम नेपालीलाई स्वतन्त्र देसको नागरिक हौँ भन्नमा ठुलो बाधा गर्दै आयको छ/ यस्ताको भिड बात जव सम्म सिंहदरवारलाई मुक्त गर्न सकिंदैन नेपालमा विधिको शासन हुने लोकतन्त्र आउनै सक्दैन/
मन परे हरियो नपरे रातो !
3
0
जनता ले कांग्रेस ,एमाले लाइ सत्ता प्राप्ति आन्दोलन को लागि साथ् दिदैंन ,किनकि जनता पनि चेतान्सिल भैसके ,मावोबादी सत्ता मा टिक्न जे गर्न पनि तयार छ ,तिकडम गर्ने र राजनीति गर्ने मा गिरिजा पछि बाबुराम प्रचण्ड नै निस्के ,बिचरा रामबरण ले के गरोस ?
राजनीतिक धुरन्धर भएर उसले त्यो पद पाएको हो र , एकातिर मधेस आन्दोलन आर्को तिर गिरिजा र ,प्रचण्डको आपसी खुट्टा ताना तान , ”र ” को भारतीय मूल को नेपालि सासक राख्ने ग्रयाण्ड डिजाइन अन्तर्गत उनलाई रास्ट्रपति बनाएका न थिए |
बास्तब मै नेपालको लागि रामबरण बरदान नै साबित पनि हुन् गए , एकातिर जनजाति भएको ले नेपालि जनताको समर्थन आर्को तिर इन्डिया को बिहार र उत्तर प्रदेशको शक्तिसाली यादब सासक को समर्थन , ”र ” ले खोजेको जस्तो पनि उनि परे ,नेपालि पन (दौरा ,सुरुवाल ,ढाका टोपी ) पनि उनैले जोगाएको छ ,बिस्तारै रामबरण नै राजा को भूमिका मा देखा पार्लान जस्तो छ ,देश को लागि अहम र ठोस निर्णय गर्ने त् दिल्ली छ दै छ |
मन परे हरियो नपरे रातो !
18
4
एमान्ग्रेसी लाई मेरो एउटा प्रश्न ? तिमि हरु किन यी कम गर्न सक्दैनौ ?
बाबु राम लाई किन फाल्नु पर्यो ?
बाबु राम लाई फाले पछि को पी एम हुने |
कति जना र को को मन्त्रि हुने |
के के काम जुन बाबु राम ले गर्न ससकेको थियो, त्यो गर्ने ?
कति समय पछि चुनाब गराउने ?
निर्बाचन आयोग मा कस्ता व्यक्ति राख्ने र किन उनि हरु योग्य छन् ?
अरु संबैधानिक निकाय मा कस कस लाई नियुक्ति गर्ने ?
देश को बिकाश कसरि गर्ने |
भ्रस्टाचार कसरि काम गर्ने |
के तिमि हरु यी कुरा जनता लाई भन्ने सक्छौ ? सक्दैनौ भने तिमि हरु लाई तिमि हरुका भरौटे भन्दा अरुले किन साथ दिने ?
मन परे हरियो नपरे रातो !
33
11
चुपो बस्ने रास्ट्रपति! चुपो बस्ने रमिता हेर्ने!
यी खोइराते टट्टुहरुलाइ प्रम बनाउन आफुलाई किन बिबादमा घसेट्नु!
अब फेरी रास्ट्रपति हुने भन्या तेस्तै हो, तेसैले चुपो बस्ने भैरहेको सरकार संग मिल्ने चुपो बस्ने| तेसो गर्दा सबैको भलो हुन्छ आफ्नो पद पनि सकेसम्म लम्बिन्छ, बिबाद पनि हुदैन! नत्र नेपालीको नभई सिर्फ कांग्रेसको रास्ट्रपति हुन्छ अनि आफ्नो पदलाई मात्र नभई आफुलाई समेत आजीवन बिबादमा घसिटेर दुनियाको गालि र धिक्कार खै रहनु पर्छ!
चुपो लाग्ने संबैधानिक दायरामा बस्ने खुरुखुरु संविधानले दियको काम गर्ने हाइ सन्चो गर्ने!
बिबादमा किन आउनु कांग्रेसी भैयाको लागि!
मन परे हरियो नपरे रातो !
12
5
आजको स्थितिले पनि देखाउँछ कि देसमा पार्टीको सभापति नै हाकिम हुने रास्ट्रपति होईन जनताले चुनेकै कार्यकारिणी अधिकार भयकै रास्ट्र प्रमुख चाहिन्छ भनेर/ हाम्रो देसको दलको नेताहरु (नागरिकको होईन!!!) ले राजा हटाउन चाहेको राजा निरंकुश हुने भयकोले भन्दा उनीहरु सबै राजाको पनि राजा महाराजा बन्न मात्रै भयको आज स्पस्ट देखिन्छ/ यसै भयर नै उनीहरुले देसको रास्त्र्पतिलाई अधिकार बिहिन बनायको थियो/ त् देस आज अनिर्णयको बन्दि बन्यो/
राजतन्त्र धेरै हद सम्म निरङ्कुश नै हुने ब्यबस्था हो/ राजतन्त्रमा बहुमत भन्दा राजाको हुकुम माथि हुन्छ/राजाको कमजोरी भनेकै उ जनतालाई होईन आफुलाई देसको अन्तिम निर्णायक शक्ति मान्नुहो/ यहि कारणले राजतन्त्र अनुपयुक्त भयको हो भने त् अहिलेका ई आफुलाई राजा मात्रै होईन महाराजानै ठान्ने नेताहरु कस्ता छन् त् ?
ईनिहरु पनि त् बहुमत नमान्ने नै हुन् त् ईनिहरुको “अहिलेको तन्त्र” ( लोकतन्त्र भयको मान्ने आधारनै छैन) पनि त् निरंकुश भन्दा निरङ्कुश राजतन्त्र भन्दा बढिने निरङ्कुश देखियकैछ/ के यस्ता कुनै नेपालीको नेता बन्न लायक छन्? छैन भने आज सम्म ईनिहरुको हतियार बन्दै गरेको “चुनाव” लाई अब जनताले जनताको हतियार बनाउन सक्नु पर्छ/
मन परे हरियो नपरे रातो !
7
5
अहिलेको जस्तो संक्रमणकाल सायद नेपालमा २००७ भन्दा अगाडि पनि आएको थिएन होला / बाबुराम भट्टराई-सरकार जस्तो अटेरी सरकार न त कहिले थियो, न त संविधानको संरक्षक भनेर स्थापना गरिएको शक्तिहीन राष्ट्रप्रमुख नै ……अनि यो “नौटंकी नेताहरुको साथ दिईरहने बुद्धू केटाहरु” लाई एउतै दयांगमा खाल्डो बनेर पुरेतापानी राजनीतिक समस्या त्यति सजिलै सुध्रिदैन होला…..अब शक्तिविहीन( powerless) राष्ट्रपतिले राष्ट्रप्रमुखको हैसियतमा अलिकति संविधानको ख्याल गरेर कामचलाउ प्रधानमन्त्रीलाई गलहत्याएर राष्टपति सासन लगाउनु नै उचित हुन्छ होला…… यो “माघ भनेको स्वस्थानी ब्रतको महिना हो कि??????? आन्दोलनको महिना हो ???? फेरी हामी सर्वसाधारणले फेरी नपाउने दुख्ख पाउने भयौ… हर हर महादेव, मतिभ्रस्तहरुले कैलाश पर्वत भएको देशलाई वर्वाद पार्न लागे…यिनीहरुलाई छिट्टै सदवुद्धि दिनुपर्यो….
मन परे हरियो नपरे रातो !
19
26
साह्रै जान्ने!
बुजुर्ग!
यसैलाइपो बनाउनु पर्ला जस्तो छ रास्ट्रपति, कस्तो गल्ति भयछ राम बरण लाइ बनायर!
अरुलाई त खाल्डो खनेर पुर्ने रे, यसलाई त खाल्टो नखनि सिधै ट्वाइलेटमा फ़्लस गर्नु पर्ने खालको रैछ!
मन परे हरियो नपरे रातो !
13
9
झलनाथ ले छाडे
माधवले छाडे
प्रचण्ड ले पनि छाडे
तर बाबु को हातमा त्यो चिज परेपछि जति फकाए पनि बाबुले नछाड्ने भो
बाबुलाई थाहै छैन उले त्यसरी च्यापेर राखेको चिज अब उसैको लागि नराम्रो हुन्छ भन्ने कुरा
मन परे हरियो नपरे रातो !
9
21
to end this current political deadlock the opposition must form a parallel government and other government bodies as the maoist did during the war however it should excludes the formation of police and the army.
मन परे हरियो नपरे रातो !
3
15
आखिर प्रमाडीत भयोकि राजा महेन्द्रले किन २०१७ सालमा राजनैतिक कदम चालेर दल्हरलाई
प्रतिबन्धित गरेरे पंचायत् बेबस्था लेरावउनु परेको रहेछ / आज जनताहरु पहिले भन्दा बढी पढेका र जागरुक हुदा त यो अवस्था छ / पंचायत् बेबस्था त अहिले आएर प्रमाडीत भयो कि त्यो बेला भनेको नेपाल को स्वर्णकाल रहेछ / नेपाल र नेपालीको भाग्यमा ग्रहण तेसबेला देखि सुरु भयो जब २०४६ को आन्दोलन भयो / नेपालमा प्रजातन्त्र जनताको चाहनाद्वारा भन्दा पनि बन्द, तोडफोड,हत्या र आतंक, संरचनाहरु भात्कायर मज्बूरिमा पार्टी हरुले बाध्य परेर लेरयेका हून / म प्रजातन्त्रको बिरोधि होइन / प्रजातन्त्र भनेको अधिकांश जनताको भित्रि मन र असल नियतको लागि हुनु पर्दछ / येदि बहुदल बेबस्था चाहिएको थियो भने २०४७ सालको संबिधान ठिकै थियो नि / किन १४००० मान्छेको बलि दिएर गणतन्त्रको जरूरी थियो / हैन भने कुनै डेमोक्रेटिक देशहरुलाई बोलाएर संबिधान लेख्न लगाए हुन्छ / भारतमा पनित आखिर ब्रिटिशहरुले संबिधान लेखेर गएका थिय/
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
63
4
राष्ट्रपतिको पद खारेज गर्दिए हुन्छ| भत्ता खान मात्रै राख्या जस्तो भयो यल्लाई पनि तेही ज्ञाने जस्तै|
मन परे हरियो नपरे रातो !
43
19
विरोधसभा ले काम गर्ने वाला छैन जस्तो लाग्छ ! बरु सबै मिलेर बाबुराम जी लाई र हिसिलाजी लाई देश निकाला गर्नु पर्यो . यस्ता काम नलाग्ने प्र.म. र महा-भ्रस्टचारी प्रधानमन्त्री देश लाई चाहिएको छैन
गरमागरम बहस! तपाईँको के विचार छ?
50
66
प्रधानमन्त्री भट्टराई एक्काइसौं शताब्दीको हिट्लर : नेता माकुने नेपाल ले भनेर भनि सके पछी यो सब को नाटक किन नि ? बरु बबुरा बाबुराम ले नर संघार (Holocaust) कता बाट सुरु गर्ने हो त्यो पॊ हेर्न बाकी छ त ?
मन परे हरियो नपरे रातो !
31
42
प्रतिपक्षीहरुका आन्दोलन को कार्यक्रम देखेर दया लगेर आयो , यो त nanglo ठटाएर धुर्बे हात्ती tarsauna खोजे जस्तो पो भयो नि , खुबी छ भने तत्काल अर्को कार्यक्रम घोसणा गरेर अब ४ दिन भित्रमा राजिनामा नदिए त्यो बाबु राम भट्टराई लाई बालुवाटार परबेश मा रोक लगाउन सक्नु पर्छ, हुनत तेसो गरे पनि पर्धान मन्त्रि को कार्यालय नै हिसिला को माइती घरमा सारेर भए पनि काम chalauchan भन्ने हाम्लाई lairacha , पुरै नांगी नै सकेपछि लाज भन्ने कुरो के नै बाकी रहयो र अब ?
अनि हाम्रा प्रेसिडेन्ट को चाला देखेर निकै टिठ लगेर आयो , सायद यो संसार को सबै भन्दा निरिह प्राणी उहा नै हुनुहुदो रहेछ विचरा,
मन परे हरियो नपरे रातो !
26
26
उ बेला कुकुर बिराला जस्ता कांग्रेस र तिनको ब्यबहारले आजित जनताको चाल बुझेर ज्ञानेंद्रेले सत्ता हत्तयायेपछी दाजु भाइ भाका कांग्रेस एमालेहरु ३ भाइ हुन धेरै दिन छैन / म लेखेर दिन्छु यो एमाओबादिको बच्चा खेल खेल्दा खेल्दै येहीं कतै पुगेर टुंगिन्छ र कुन भुस्तिघ्रेले मर्याक मुरुक पारेपछि लौ म पनी तिमेरुलेनै उ बेला स्थापित गराइदेको आफ्नै भै हुँ भन्दै आउने दिन धेरै छैन, पर्खिनु मात्रै पर्छ /
मन परे हरियो नपरे रातो !
16
5
कांग्रेस ले हसायो
प्रधानमन्त्री निर्बाचन को खेल मा सामेल हुने, अनि तेही निर्बाचन प्रक्रिया(जुन प्रक्रिया को आफु मात्र सच्चा संग्रक्षक भएको दावी गर्दछ कांग्रेस) प्रक्रिया मा पराजित भए पछि बैधानिक प्रक्रिया बात आएको सरकार लाइ नमानेर कांग्रेस लाइ प्रधानमन्त्री दिनु पर्ने रे. कांग्रेस ले बिर्सियो कि सत्ता नपाएर मनस्थिति खल्बलियो कांग्रेस को, किनभने सरकार:
१) कि आन्दोलन को बल मा बनाउन सकिन्छ
२) कि जनमत को आड मा
३) कि संसदीय बहुमतीय आड मा
कांग्रेस ले सरकार को नेतृत्व के को आधार मा दावी गरेको हो? आफ्नो भूपू महामन्त्री रास्ट्रपति भएको ले उसको निगाह मा मागेको हो?
सरकार को नेतृत्व बाहेक अरु कुरा गर्न नै चाहदें कांग्रेस अझ उ सत्त्ता मुखी होइन रे! यहाँ भन्दा उदेक लाग्दो कुरा के हुन्छ अरु?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
87
37
तेसैले त केहि दिमाग भएकाले जे भए पनि बाबु राम नै ठिक भन्नु परेको छ | किन भने एमंग्रेसी त बाबु राम भन्दा १०००० गुना खराब र निकम्मा छ्न | उनि हरु को छल एक पटक सत्ता पाए पछि हज्जारौ वर्ष सासन गर्ने हो |
तेसैले बाबु राम ले सत्ता छाड्नु हुन्न यी काला कांग्रेसी लाई?
मन परे हरियो नपरे रातो !
23
8
एकदम ठिक भन्नु भयो बर्मा जी | यो कांग्रेस र एमाले सत्ता मा हुदा सिर्जना गरेको गुण्डातन्त्र, र गुण्डा हरु का नाइके हरु देश मा हाबी भएको ले नै अहिले अलि गार्हो छ माओबादी हरु लाइ (बिसेस गरि बाबुराम जी लाइ ) | तर पनि अझै ढुक्क भए हुन्छ बाबुराम जी को समर्थन मा केहि कमि आएको छैन | यी मेडिया भनौदो पार्टी क मुखपत्र हरु ले बाबुराम को नकारात्मक कुरा लेख्दैमा सबै लाइ उल्लु भनाए भन्ने सोच्दा होलान | तर अन्त मा धोका कांग्रेस र एमाले लाइ नै हुन्छ | तेही भएको हो संबिधान सभा को चुनाब मा पनि | माओबादी को नकारात्मक कुरा लेख्दियो अनि कमेन्ट पनि तेही पार्टी का चाटुकार ले माओबादी को नकारात्मक नै लेख्दिये, र लग्यो कांग्रेस र एमाले लाइ कि हामी त धेरै माथि छौ | अन्त मा नराम्ररी पछारियो | येही हो फेरि हुने | माओबादी को खुब downfall भाछ भन्ने सोचे होलान कति ले तर बास्तबिकता अर्कै छ | कांग्रेस एमाले का साथी हरु लाइ थाहा छैन कि, समर्थन देखौन माओबादी कमेन्ट हरु कति प्रकासित नै गर्दैनन् | बेलै मा सबै तिर विचार पुर्याउ है साथी हो नत्र फेरि भ्रम मा परेर लोप्पा खयियेला |
मन परे हरियो नपरे रातो !
12
12
माओबादी ले प्रतिपक्ष्ये लै प्रधान मन्त्रि को नाम दिन भन्यो, अनि फेरी एउटा बहाना निकाल्यो | प्रचण्ड ले भनेको सत्ता कब्जा नै येही हो, सरकार मा आफु, कानुन आफ्नो हात मा, पोलिचे , सेना सब हात मा अनि लडाकु | भारत को बुही चडेर बबुरावान कति दिन सत्ता कब्जा गर्न सक्छ | बिचार रस्त्रिपति सोझो भयारे हो, येदि रामबरण को ठाउँ मा प्रचंडे, बबुरमे भयको भए पहिले नै कु गरि सक्थाये | अब चुनाब गर्ने भनेर संबिधान सभा भंग गर्ने, अनि घरि चुनाब घरि पुनर्स्थापना , यो माओबादी को नेपाल लै भारत को प्रान्त बनाउने चाला मात्र हो | सब जाना माओबादी भण्डाफोर तर्फा लग्न पर्चा |
मन परे हरियो नपरे रातो !
34
45
लाग लाग तिमि त पहिला देखि नै भण्डाफोर मा लागेका हौ नि | गिरिजा, माकुने मिलेर कालापानी बेच्दा पनि लागेकै हौ | सुस्त बेच्दा पनि लागेकै हौ | लाउडा काण्ड मा पनि लागेकै हौ, China South काण्ड मा पनि लागेकै हौ | तिमि त धेरै राष्ट्र लाइ बचाउने कुरा मा लागेका छौ नि | धन्य होस् तिम्रो |
मन परे हरियो नपरे रातो !
10
5
नेपाल मा को कति नालायक बन्ने भन्ने प्रतिस्पर्दा भए जस्तो छ ..
मन परे हरियो नपरे रातो !
34
1
बक्तब्य मात्र जारी गरेर के गर्नु ?मेरो बिचारमा यस्तो अवस्था मा राष्ट्रपति ज्यु को bold देचिसिओन को खाचो थियो !
फेरी यो opposition हरुको आन्दोलनको कार्यक्रम ????
दुनिया हसाउने खेल मात्र ……………
मन परे हरियो नपरे रातो !
36
6