-हरिराज पोखरेल, बेल्जियम-
राजदूत कुनै पार्टी विशेषको हुनुहुन्न किनभने उसले समग्र देशको प्रतिनिधित्व गर्छ। बिदेशमा सबै नागरिकका लागि अभिभावकको भूमिकामा बस्नु पर्छ। तर नेपालका लागि बेल्जियमका राजदूत राममणि पोख्रेल भने कुनै कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ताका रुपमा देखिने गरेका छन्। बेल्जियमका लागि नेपाली राजदूत भए पनि उनी कूटनीतिक मर्यादा नाघेर एकीकृत नेकपा माओवादीको कार्यकर्ताको जस्तै भूमिकामा देखिने गरेका छन्। फोटोमा देखिएको उनको भूमिका त्यसैको प्रमाण हो।

गत अक्टोबर १४ मा नेकपा माओवादीको भ्रातृ संगठन जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन भनेर प्रचार गरिएको थियो। प्रचार त्यो गरिएपनि खासमा एकीकृत नेकपा माओवादीको अधिवेशन मुख्य एजेण्डा थियो। त्यसैका लागि जनप्रगतिशिल मञ्च बेल्जियमको नामबाट माओवादी अध्यक्ष प्रचण्ड, बिदेश विभाग प्रमुख राम कार्की र अर्का केन्द्रीय नेता युवराज चौलागाइलाई निम्ता गरियो। त्यस दिन उनीहरुले मोर्चाको अधिबेशन गरे। तर त्यही सेरोफेरोमा पार्टीको अधिबेशन पनि राखे। तर गोप्य रुपमा। एनेकपा माओवादी खुल्ला छ नेपालमा। तर किन बेल्जियममा गोप्य रुपमा राखियो त पार्टीको अधिबेशन ? किनभने यो युरोपेली युनियन र बेल्जियम दुबैको कानुन अनुसार गैर कानुनी काम हो। त्यही गैर कानुनी काम गरेकाले उनीहरुले यसलाई गोप्य राखे। गोप्य तरिकाबाटै अधिबेशन सम्पन्न गरे। महामहिम राजदूत जस्तो पदमा बसेर राममणि पोख्रेल पनि त्यही गैर कानुनी काममा सहभागिता जनाए। सभामा उपस्थित भए।
बेल्जियमको मात्रै होइन, युरोपेली परिषदकै कानुनले युरोपेली परिषदमा रहेका कुनै पनि देशमा अन्य देशको राजनीतिक संघसंगठन खोल्न वर्जित छ। यी देशमा कुनै पनि संघसंस्था चाहे त्यो सामाजिक नै किन नहोस् कानुनी रुपमा दर्ता नगरी त्यसका नाममा कुनै पनि गतिविधि गर्न पाइन्न। कहीँ कतै सभा सम्मेलन र भेटघाट गर्न पनि पाइन्न। त्यसैले एनेकपा माओवादीको भूमिगत अधिवेशन गर्न उनीहरुले नेपाली जनप्रगतिशिल मञ्चको नाम अघि सारे। यही मञ्चका नामबाट उनीहरुले हल लिए। बेल्जियम प्रशासनलाई देखाए। तर भित्र गोप्य रुपमा एकीकृत नेकपा माओवादीको सम्मेलन गरे। त्यसमा महमहिम राजदूत राममणि पोख्रेल पनि एकीकृत नेकपा माओवादीका कार्यकर्ताका रुपमा उपस्थित भए। मन्तब्य राखे र गैर कानुनी काममा संलग्न भए। सरकारको नेतृत्व गरेको पार्टीका अध्यक्ष, देशकै एक प्रमुख नेता भएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि त्यही गैर कानुनी रुपमा सम्मेलन गरेर गए। युरोपेली कानुन उल्लंघन गरे।

राजदूत पोखरेलले बेल्जियममा भएका नेपाली कार्यक्रममा आफु बिगतमा एकिक्रित नेकपा माओवादीको सदस्य भएपनि राजदूतम छनौट भएपछि पार्टी सदस्यता त्यागेको बताउने गरेका छन् । तर माओवादी पार्टीको युरोप अधिबेशन भन्दै सहभागि हुने र पार्टीका गोप्य बैठक राजदूत निवासमा आयोजना गर्ने उनको क्रियाकलापले उनी माओवादीका कार्यकर्ता जस्ता देखिन्छन् ।
उनीहरुले पार्टीको अधिबेशन गुपचुपमा त गरे । तर त्यहाँ स्पष्ट रुपमा एकीकृत नेकपा माओवादीको जिल्ला अधिबेशन नै भनेर लेखिएको थियो । यदि यो राजनितिक अधिबेशनबारे बेल्जियमको प्रशासनले जानकारी पाएको भए प्रचण्ड र महामहिम राजदूत सबैलाई गिरफ्तार गरेर कारवाही गर्न सक्थ्यो। गैर कानुनी रुपमा राजनितिक क्रियाकलाप गरेको भन्दै कडा कारवाही गर्न सक्थ्यो । यसले नेपाल र नेपालीको बेइज्जत त हुन्थ्यो, बेल्जियममा नेपालीले अन्य गतिबिधी गर्दा पनि अप्ठेरो पार्न सक्थ्यो ।





एका दुइ बाहेक चाहे राजदूत हुन् वा बाणिज्यदुत ति सबैले पार्टीका नेताहरुको चाहिने भन्दा बादी चाकडी गरेर पाएको पद हो. छ्यमताले पाएको पद हो र ??? तेसो हुँदा तिनीहरु सबैलाइ राजदुत भन्नु भन्दा पनि पार्टीको दुत भन्न राम्रो र सान्दर्भिक हुन्छ . अमेरिका; बेलायत; अस्ट्रेलिया आदि आदि राम्रा मुलिकमा राजदुत वा नियोग बनेर जाने छोरा छोरी इस्टमित्र सबै लाने अनि नेपाल फर्कंदा ति सबै जना लाइ उतै छोडेर आफु मात्र फर्कने यस्तो छ नेपाली पार्टीका दुतहरु को चाला . यो भन्दा ठुलो बेइजति अरु के हुन सक्द छ नेपाल र नेपाली को ???
मन परे हरियो नपरे रातो !
5
0
घटिया जमातका घटिया मान्छेहरुको घटिया चाला । आफ्नो स्तर भुल्ने, त्यसको मर्यादा नराख्ने र सार नेपाल र नेपालीको मार्यादाको प्रतिक पदमा बसेर पनि तन मनले आफूलाई पार्टीको बफादार कार्यकर्तामा मात्र सिमित राख्ने बेल्जियमका राजदूतको पगरी गुथेका राममणि पोख्रेल भनौदा दुई खुट्टेलाई योभन्दा बढी अरु के नै भनौं र ? देश त बिगारे बिगारे बिदेशमा पनि नेपाल र नेपालीको नाम बदनाम गरेरै छाड्ने भए यी कुलङ्गारहरुले ।
मन परे हरियो नपरे रातो !
10
1
कुरा बेल्जियमको अदालत सम्म पुगे राजदुत समेत बेल्जियम बात सायद फर्कनु पर्ने अबस्था आउन सक्छ र यो राजदुतको प्रभु नेताहरु बेल्जियम जाने कुरा उठे मात्र पनि लण्डनमा कर्नेल जस्तै सामातिने हो कि भनेर तर्सिने छन् होला/ जे भयो ठिकै भयो/
मन परे हरियो नपरे रातो !
16
0
यसलाई खाते पारा वा पर्स्न्यलिती भन्नु पर्ला ! आजको जमानामा प्यापरी बर्ग ठुला ठालु हुन् ! बाँकि सबै( जो आफुलाई राजदुत सम्झेर ठालु बन्छन) भरौटे हुन् !
मन परे हरियो नपरे रातो !
14
1
यो राजदुत को फुर्ति धेरै देखिरहेको छु . बेल्जियम, का साथी हरु ले पररास्ट्र मा निबेदन हालेर घोक्रे ठ्याक लगाउ न हौ . हुन त पररास्ट्र पनि के कम छ र यसलाई बहिस्कार गरे हुन्छ .
मन परे हरियो नपरे रातो !
22
8
हाम्रा नेता-अभिनेताहरुको विदेश तिरको हर्कतको कुरो गरेर के साध्य,
नेपालाँ ठालू भएर हिडेको बिदेशां अरुले कुकुरबिरालोलाई जति पनि भाउ नदिए पछि के गरुन त् ?
मैले मेरै आखाले धेरै पटक देखेको छु महाबाणिज्यदुतज्युद्वारा
# भातखुलाई (शुभ अन्नप्रासन) समारोहको उद्दघाटन
# छेवर (प्रथम पटक कपाल काट्ने) समारोहको उद्दघाटन
# गुन्यु-चोलो समारोहको उद्दघाटन
# जन्म-दिवश (Happy birthday ) समारोहको उद्दघाटन
# ,,,,,,,,,,
# ,,,,,,,,,,
हग्नेलाई भन्दा देख्नेलाई लाज़
जदौ
मन परे हरियो नपरे रातो !
21
1
मलाइ त कैले काही यो माइसंसारको कमेन्टहरु हेर्दा त्यो य़ुट्युब मा म्युजिक भीडियो हरुमा अर्थ न बर्थ को प्रसङ्ग केहि नमिल्ने पाकिस्तान र भारत अनि हिन्दु र मुस्लिम समर्थक हरुको झगडा याद आउछ. हामी चाही धर्म को नाममा झगडा गर्दैनौ तेती हो तर यो पार्टी त्यो पार्टी, यो जात त्यो जात (अहिले अलि कम भाको छ!) को कुरा चाही हरेक केस मा झिक्छौँ. के रमाइलो लाग्ने हो? सबैजना राजनैतिक रुपमा तटस्थ त नहोलाउँ, म हुनुहोस पनि भन्दिन तर आफुलाई मन पर्ने पार्टी को बिरुद्द कुनै प्रसङ्ग निक्लियो भने हाम्रो सेन्टिमेन्ट यति दुक्छ कि त्यो सेन्टिमेन्ट लाइ जोगाउन हामी कडा प्रतिक्रिया तत्काल दिन्छौं, अर्को पार्टी ले झन् ” यस्तो गर्या छ , तिमि के कुरा गर्छौ” आदि – अनि फेरी आफुलाई मन नपर्ने पार्टी को प्रसङ्ग निक्ल्यो भने एति हर्षित हुन्छौं कि उत्तेजनामा अलिकति पनि सन्दर्भ नमिल्ने त्यो मन नपरेको पार्टीका पुराना कुरा झिक्छौँ. मानौं मन को शान्ति पाउने बाटो भनेको कसरि आफुले समर्थन गरेको, आफुलाई मन पर्ने पार्टी भन्दा अर्को पार्टीलाई नराम्रो देखाउने. हामी आफुले समर्थन गरेको राजनैतिक दल को राम्रो पक्ष देखाउनु पर्यो भनेको आर्को दलको नराम्रो पक्ष भन्दा कम भएको भन्ने कारण दिन्छौं, तिनीहरुले जस्तो यस्तो काम, उस्तो काम त गर्य छैन नि भन्छौं- यहि नै हो राम्रोपन नाप्ने कसी? नेताहरुले पनि त्यहि गर्छन अब उनीहरुलाई समर्थन गर्ने भरौटे हरुले किन नगरुन?
……यो ब्लग को सन्दर्भ जोडम. होला यी लेखक कांग्रेसी होलान, एमाले होलान जे सुकै होलान (माओबादी त पक्कै हैन होलान!) वा स्वतन्त्र बिचार राख्ने पनि होलान. राम्ररी ब्लग पढ्नुस मैले त कतै त्यस्तो बेठिक कुरा लेख्या जस्तो पाईन. लेखक अनुसार, बेल्जियम मा दर्ता नगरिकन कुनै पनि पार्टी सम्मेलन गर्न नपाइने रहेछ. र यो गैरकानूनी रहेछ. अब यसरि गैरकानूनी समारोहमा राजदूत स्यवं गईदिनाले भोलि थाहा पाएमा त्यहाँ बस्ने नेपाली, बेल्जियम आउन खोज्ने नेपाली, अनि त्याहा बैधानिक रुपमा सभा सम्मेलन गर्ने अरु नेपालीलाइ समेत गारो हुन सक्छ भन्ने कुरा गर्नु भाको हो. अब यसमा हिजो मिनेन्द्र रिजाल र गगन थापाको नेपाल झन्डा माथि बियर राख्य कुरा कहाँ बाट आयो, डेकेन्द्र थापा को कुरा कहाँ बाट आयो, अनि बिदेशका राजदुतहरु यहाँ बैधानिक रुपमा आयोजित पार्टीका सभाहरुमा भाग लिएको कुरा कसरि मिल्न गयो , माओबादीले गरेका अरु नराम्रो काम को कुरा कसरि आयो?
हाम्रो ताल यस्तो छ कसरि बन्छ देश?
मन परे हरियो नपरे रातो !
13
17
बिबेकजी,
तपाइको कुरामा पूर्ण सहमत जनाउदै मैले उल्लेख गरेको उदाहरण (गगन थापा र मिनेन्द्र रिजाल) लाइ तपाइले गलत बुझ्नुभयो कि जस्तो लग्यो | मैले पनि तपाइले जस्तै भन्न खोजेको हो कि पहिला कांग्रेस विरोधीहरुले त्यो फोटो उछिल्याए र अहिले लेखकले (पक्कैपनि माओबादि मन नापरेरै होला) यो फोटो उछिल्याउनु दुवै उस्तै हो | यी कुरा बिरोध गर्नका लागि सेन्टिमेन्ट जगाउने काम मात्रै हुन् भन्न खोजेको हो | म अहिले बसिरहेको देशमा पनि बिदेशीहरुलाई राजनीतिक पार्टीको भात्रिसस्था खोल्ने कुनै अधिकार छैन | तर बिभिन्न नाममा खुलेकै छन् , दर्ता भएका हुन् कि होइनन उनीहरु नै जानुन | गत बर्षसम्म कांग्रेस निकट राजदूत हुदा कांग्रेसी समर्थक हरुको चुरीफुरी, कार्यक्रम अनि राजदूतलाइ बोलाउने गरेको देखिन्थ्यो भने यो बर्ष देखि माओबादि निकट राजदूत परेछन क्यारे माओबादि निकटका संगै बढी देखिन्छन | मेरो आफ्नो बिचारमा यी सबै सामान्य कुरा हरु हुन् र स्वाभाविक पनि | यस्ता कुराहरुलाई उछिल्याउनुको कुनै जरुरत छैन भन्ने मेरो व्यक्तिगत बिचार हो |
जहासम्म लेखकले राजदूतलाई ‘यो कार्य गैरकानुनी हो’ भनेर नेपाल र नेपालिलाइ असर पर्ला भन्ने सकारात्मक सोच राखेर यो ब्लग लेख्नुभएको हुनसक्छ भन्ने तपाइको आशय प्रति चाहि, माफ गर्नुहोला, म सहमत हुन सकिन | किनकि त्यसको लागि ब्लगमा समाचार बनाउनु पर्दैन बरु त्यसको साटो बेल्जियमको नियम कानुन उल्लेख गरेर पर्नसक्ने असर बारे सिधै राजदूतलाई इमेल गरेर पठाउदा नै प्रभावकारी हुन्छ |
जब लेखकले नै ती माओबादि कोटाका राजदूतको ‘हुर्मत’ लिने सोच बाट ब्लग लेख्नुहुन्छ त त्यसको पक्ष बिपक्षमा कमेन्टहरु त स्वाभाविक रूपमै आइहाल्छन नि, होइन र ?
मन परे हरियो नपरे रातो !
6
6
स्पस्टिकरणको लागि धन्यबाद! मेरो कमेन्ट को उद्देस्य खाली कुनै कुरालाई पनि सेन्टिमेन्ट संग जोडेर हेर्ने , निरपेक्ष हुन नसक्ने हाम्रो वानी प्रति लक्षित थियो. अब फेरी तपाइको जुन घटना सार्वजनिक गर्नु भन्दा इमेल पठाएर खबर दिदा प्रभाभकारी हुने भन्ने कुरा छ – त्यो त अब गल्ति गरेपछि (कानून खिलाफ जानु गल्ति त हो नि हैन र?) पत्र पत्रिका मा छापिन सक्छन- सायद यो ब्लग मा न आएर कुनै दैनिक मा नि आउन सक्थ्यो नि , त्यतिबेला के त्यो दैनिक को रिपोर्टर लाइ दोष दिने- किन इमेल गरेर सम्झाउनु सट्टा पत्रिका मा छापेको भनेर ? के त्यो सम्वाददाता लाइ माओवादी-विरोधी भन्ने? तपाइले भन्या जस्तो अरु पार्टीले यदि त्यसरी “अबैधानिक”/”भूमिगत” तवरले कार्यक्रम गरेको छ तपाई बसेको देशमा भने तपाइको पनि आम नेपालीलाई सुसुचित गराउने जिम्मेवारी हो….यसमा सेन्टिमेन्ट को कुरा आउदैन.(जहाँ सम्म बेल्जयम को कुरा छ यहाँ कांग्रेसले चाही ओर्गनाइजेसन दर्ता गरिसकेको भएर कार्यक्रम गर्न पाउने रहेछ!! )
देश अहिले धुर्विकृत छ राजनैतिक रूपमा र दुखलाग्दो कुरा जनताहरु पनि धुर्विकृत छन. राजनैतिक दलहरु आन्दोलन गर्ने जनतासमक्ष जाने भन्दैछन र सत्तापक्ष पनि. यस्तो बेला ति सब दलका नेताहरु(दुवै पक्षको ) को मुख मा थुक्नु सट्टा हामि जनाताहरुपानी तिनीहरुकै लहिलाही मा लगेर यसको समर्थन गर्ने, उसको बिरोध गर्ने , थुक्क तेरो पार्टी को कुरा भन्नु सारै नै दुर्भाग्यपुर्ण हो! अझै पनि आन्दोलन गर्न लागेका नेताहरुप्रति सहनाभुती जनौछौँ, समर्थन जनाउछौँ. अहिले त हामीले भन्न सक्नु पर्ने हो – ” खबरदार! अब हामी जनता तिमीहरु सहमति मा आएर संबिधान नबनेसम्म, देशलाई संक्रमंकालिन अवस्थाबाट ननिकालेसम्म राजनीति को र सम्म पनि सुन्न तैयार छैनौं….आन्दोलन वा जनपरिचालन को नाम मा वा जातिय मुद्दा वा अरु कुनै राजनैतिक मुद्दा मा बन्द गर्यौ, चकका जाम गर्यौ अनि फेरी हाम्लाई दुख दियौ भने ढुंगा हानेर समेत खेद्ने छौं हामी!!!” …तर खैचियापसलमा, अफिसमा, कलेजमा जाहा सुकै नि त्यही राजनैतिक गफ र चिन्तन गर्ने, राजनैतिक बिषयमा बाझाबाझ गर्ने बानि लागेका हामि जनताहरु ले एकजुट भएर तेस्तो भन्ने दिन कहिले आउने हो?
मन परे हरियो नपरे रातो !
3
1
बेल्जियम तीम्रा बाबुको घर हो कि , ससुराली हो र अरुले केहि गर्न नहुने , ए बाबा दुस्मनी पनि कति गर्न सकेका हँ | आफु राम्रो काम गरेर बस्नुनी ,धरै चियो चर्चो गर्न हुन्न है साथी हो , देह्रै चियो चर्चो गर्न थाल्यो भने .. कुन्नि के के पनि देखिन्छ रे के |
मन परे हरियो नपरे रातो !
7
26
हाहाहा मलाई त केही होइन यो आज्काल बिदेसतिर मुद्दा हाल्ने लहड/हावाको एक सुइक्को यता पर्या जस्तो लाग्यो। यसो हेर्दा पनि सामान्य स्टोर हाउस भित्र कसैले ध्वजापताका टाँगेर आफ्नो तत्काल समय जागिर अनी नेपाल फर्केसिको जोहो बाहेक केही गर्या हो जस्तो लागेन।
यो सब्बै पार्टी ब्यबस्था नै सबैथोक भन्ने सोच्ने एकोहोरो गधातन्त्र पारीपट्टिको सोचको उपज हो जस्तो लाग्छ। समस्या सुल्झ्याउनेलाई सुन्ने गरौन!!
मन परे हरियो नपरे रातो !
13
4
एकदम सहि भन्नुभो! तर हाम्रो देशका भेंडा जनताहरु जो “बहुदल वा कुनै निश्चित प्रकारको संसदीय व्यवस्थालाई प्रजातन्त्र र सुशाशन को पर्याय ठान्छन , उनीहरुलाई के थाहा एउटा राम्रो उदार “स्टेत्स्म्यान ” ले एक्लै चलाएको देशमा १५ २० थरि स्यालहरुले मिलिजुली चलेको देशभन्दा राम्रो प्रजातन्त्र हुन्छ भनेर? यहाँ त आर्थिक उपलब्धि; अपराधीलाई तत्काल दण्डको व्यवस्था; कार्यालयमा छिटो छरितो सेवा लाइ नभएर बिरोध; आन्दोलन; मजदुर युनियन, कर्मचारी युनियन, विधार्थी युनियन, जातिय संस्था खोल्न र तिनको नाममा मनपरी गर्न पाउने हक , तोडफोड ,क्रान्ती , जुलुश लाइ प्रजातन्त्र को सुचाङ्क मानिन्छ अझै , सन् १९०० ताकाको को Primitive राजनैतिक चेतना जस्तो !
मन परे हरियो नपरे रातो !
3
2
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
20
54
ब्लग स्वन्त्र हुदैन ,ब्लगरको मनको कुरो नै ब्लग हो.ब्लगरले कसैको पक्ष लिनु नलिनु वा स्वतन्त्र विचार राख्नु नराख्नु ब्लगर आफैमा निर्भर रहन्छ! कम्मेन्टको सुबिधा भएकाले कमेन्ट मार्फत खण्डन गर्न पाएका छौ!
मन परे हरियो नपरे रातो !
13
1
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
15
51
हरे !! के सुन्नु परेको यस्तो हरिराज जी राम्रो लेख्नु भय छ अनि सबै को यसै गरि लेखौना पहिले गगन थापा त्यस्तै गरि आयका थिय अनि पहिले को राजदुत को तल पनि लेखे हुन्थ्यो नि उनि पनि कता कता जान्थे सपुत चाहियो ?? अनि तिमीलाई थाहा होला कुनै पनि राजदुत कसै नेपाली समुदाय ले निमंत्रना गर्छा र त्यहाँ गायन भने कस्तो NEWS बनाउछु नि ???
मन परे हरियो नपरे रातो !
10
19
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
31
76
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
53
93
चलिआएको सस्कार ! पंचायत कालमा आर्मीका लप्टन देखि माथिका सबै राजा र उनका भाइ भारदार अनि आसेपासेका नातेदार / शेष अझै बाकि छ ,, सिडि ओ , अन्चला धिस सबै राजाकै हुन्थे प्रधान पन्च , जिल्ला सभापती , रा. पं.स . सबैको चुनाबमा नाटक मन्चन हुन्थ्यो / अञ्चलाधिशले सिधै यो यो लाइ जिताएर ल्याउनु भनी निर्बाचन अधिकृत लाइ उर्दी गर्थे -अटेर गर्ने नमान्ने जती खोलामा बग्थे ! बहुदल ,प्रजातन्त्र, गणतन्त्र पछि पनि त्यस्तै त्यस्तै भयो -पात्र हरु मात्र फेरियाका हुन्… रास्ट्रपति कांग्रेसका खुंखार आदमी होइनन? यस्तो पदमा तटस्त मान्छे राख्नु पर्दैनथ्यो? जो जसको पालो आयो उसैले आ-आफ्ना मान्छे आर्मी कप्तान, इन्स्पेक्टर , अधिकृतमा भर्ना गरेका छन् -उपल्लो पदमा प्रमोसन गरेका छन् – सम्पती कामाका छन् -मोज गरेका छन्… नचाहने, नसक्ने पहुच नहुने जती बिदेसियका छन् ! कती राम्रा ,योग्य सक्छ्यम ब्यक्ती आज विदेशीले प्रयोग गरेका छन् बिना लगानी …थिती नभाको देशको राजा हुनुभन्दा प्रणाली गतिलो भाको देशको नागरीक हुनु बेस भन्दै चित्त बुझाउदै बसेका छन् बिचारा हरु ! हुनत – आफ्ना गैरि खेत बाझो राखेर अर्काको पाखो बारी जोत्न जादा कसको मन रुन्नर ? कहिलै सोचेका छन् नेताहरुले? बरु सन्चो मानेका छन् यीनले काडा पन्छ्यो भनेर! खुन्कार ,बुद्धिमान , डिग्री प्राप्त हरु अनपढ झारपात नेताहरुको ठाडो आदेशमा काम गर्न कस्लेपो चाहनछर? चम्चे योग्यले बाहेक / त्यसैले आश्यर्य नमाने हुन्छ ……….
मन परे हरियो नपरे रातो !
37
9
Dear friend, I have heard from my friends in Nepal they are working to collect proof to sue this ambassador. As soon as I get all the evidence I will contact one of the Belgian lawer and sue against him. Please post if you have any evidence against him. Thanks
मन परे हरियो नपरे रातो !
48
20
धेरै गफ्फ नदेउ प्रेम तिमि पनि तिम्रो REFUGEE बनेर कार्ड APPLY गर्दा को नक्कली प्रमाण खोजेर बेल्जियन पुलिस लाइ बुझाउन नपरोस .
मन परे हरियो नपरे रातो !
26
16
अहिले सम्म कहिँ नभएको र हुनै नसक्ने कुरा जस्तो गरि लेख्नुभएछ | सायद तपाइलाइ माओबादि मन पर्दैन होला त्यसैले लेख्नुभयो | यो भन्दा पहिला बेल्जियम नै हो कि कुन देशमा हो मिनेन्द्र रिजाल र गगन थापाले आफ्ना कार्यकर्ताका साथ पार्टीको झण्डा भित्तामा तर नेपाली झण्डालाइ टेबलक्लथ बनाएर रक्सि खाए भन्दै फोटो आएको थियो | त्यो बेला कांग्रेस मन नपर्नेहरुले हुन सम्मको रास्ट्रबाद देखाउदै गालि गरे | अहिले तपाई यो फोटो देखाउदै हुनुहुन्छ , माओबादि मन नपर्नेहरुलाइ गालि गर्नेका लागि राम्रो बिषय नै छ , अनि आजभोलि यस्तो मसला बिक्छ पनि | बेल्जियममा मात्रै होइन, बिदेसेहिलाई राजनीतिक गतिबिधि गर्न धेरै देशमा गैर कानुनि हुन्छ तर सरकारले त्यस्ता व्यक्तिलाई जेल कोच्ने या नेपाल फर्काउने भन्ने त त्यस्तै हो | खोइ त, न त्यो बेला गगन थापाहरुको कार्यक्रम रोकियो, न यीनीहरुलाई केहि हुन्छ | नेपालले तोक्ने राजदूत हरु निश्चित प्रतिशत मा निजामति कर्मचारी र राजनैतिक व्यक्ति हुने संबैधानिक ब्यबस्था नै छ | यी राजदूत पनि माओबादि कोटामा गएका होलान | माओबादिनै भएपछी आफ्नो पार्टीको बैठकमा जानु के नौलो कुरो भयो त ? फेरी यी नै राजदूत भएका पहिला राजनैतिक व्यक्ति पनि होइनन | कांग्रेस सरकारमा आउना साथ् लोकराज बराल, जयराज आचार्य, सुरेश चालिसे हरुको पालो आउछ, एमाले सरकारमा आउनु हुन्न, हिरण्यलाल श्रेष्ठ, सुर्य मिश्रहरुको भाग्य खुल्छ,| माधव नेपालले त झन् आफ्नो इन्जिनीयर भाइलाई हंगकंगको महाबाणिज्यदूत बनेर पठाएका थिए | सबै उस्तै हुन् | अनि यी सबै राजदूतहरु आ-आफ्ना पार्टीदुत बनेर सम्बन्धित देशमा आफ्नो पार्टीप्रति बफादारी गरिरहेकै हुन्छन् | त्यसैले धैर्य गर्नुस, केहि पछि तपाइलाइ मन पर्ने पार्टीको सरकार आउनासाथ यीनको देश फिर्ती हुन्छ अनि त्यो पार्टीको भरौटे जान्छ त्यहा राजदुत भएर | त्यो बेला माओबादिको होइन उसकै पार्टीको अधिबेशनमा भाग लिन्छ | अनि तपाइको पनि मन शान्त हुन्छ |
मन परे हरियो नपरे रातो !
45
20
उनि माओबादीकै कार्यकर्ता त रहेछन..फरक कतिभने पहिला अन्तै जागिरे थिए होला अथवा चन्दाबाट भरण पोषण गरिन्थे होला अहिले बेल्जियम मा जागिरे भएछन प्रचण्डका तर्फबाट/ उनि नियम कानुन नमान्ने परिपाटी बाट प्रशिक्षित व्यक्ति हुन्/ उनले कथित ‘जनअदालतले’ बनाएका नियम कानुन मात्र मान्नुपर्छ भन्ने उर्दी पाएका होलान…त्यसैले अरु नियमको ख्याल गरेनन….फेरि एउटा पार्टीको धुपौरे भएको नाताले पाएको जागिर त हो नि, कुटनीतिक ज्ञान र विद्वताले भएको राजदुत भए पो कुटनीतिक मर्यादामा रहन्थे त…भोलि बाबुरामको पद खुस्किदा उनको पनि चट् भैहाल्छ….
खाली नुनको सोझो गरेका हुन् बुढाले……हा हा
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
109
11
भविष्यमा कुनै दिन …….
मामु …मामु …..यो माओबादी भनेको के हो ?
नानी .. एस्तो फोहोर सब्द मुखबाट निकाल्नु हुदैन
किन मामु ?
जा ..पहिला गएर मुख कुल्ला गरेर आइजा अनि भन्छु ..
कुनैदिन घृणाको यो स्वरूपमा देखिने छ – कथित नेपालको माओबाद
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
229
27
नेपाल का कथित माओबादी ‘ न कि कथित नेपाल ….
मन परे हरियो नपरे रातो !
8
8
नेपालमा चिनिया राजदुतले वैद्यमाओवादीको आमसभामा भाग लिएका थिए । चीनमा त झनै यसरी नै उडाएर मिडियामा लेखियो त ? अमेरिकी राजदुत हाम्रो देशको सेनाको छाउनीमा जान्छन् । उनीहरुलाई कुतनैतिक मर्यादा पालना नगरेको भनेर सम्वन्धीत देशको मिडियाले लेख्छ ? नेपालका अधिकांश राजदुतहरुको ताल यहि हो । च्याउसरी खुलेका नेपाली संघसंस्थाको कार्यक्रममा भाग लिनु अतिथि भएर जानु अनि भाषण छाट्नु । अनि विभिन्न व्यक्तिहरुसँग फोटोको पोजदिएर उनीहरुको फेसवुकमा टाँसीनु । आखिर गरुन पनि के ? उनीहरुको काम नै के छ ? नेपालको राजदुतलाई विदेशमा सम्वन्धित देशले भाउ नै पो के दिन्छ र ? नेपालमा विदेशी राजदुतहरुले चाहे भने दिनको दशैं पटक राष्टपति प्रम आदीलाई भेटनछन् । तर हाम्रा राजदुतहरुले सम्वन्धित देशको सरकार प्रमुखलाई भेट्ने ओहोदाको प्रमाणपत्र बुझाउँदा मात्रै हो । त्यसकारण यो कुनै नेपाली भलै त्यो कुनै राजनितिकदल भात्तृसंगठनको कार्यक्रममा भाग लिन जाँदैमा कोकोहोलो मच्चाउनु आवश्यक छैन । नेपाली कै कार्यक्रममा गएका हुन् । विदेशमा गएपछि सवै भाई भाई हुनपर्दछ । उनी काँग्रेसको एमालेको कार्यक्रममा पनि जाँन पर्दछ कसैलाई पाखा कसैलाई काखा गर्न हुदैन । बोलाएको ठाँउमा उपस्थित हुन पर्दछ । कमसेकम नेपालीहरुले खादा र माला लगाउने मान्छे त पाउछन् । तपाई हाम्रो करले पालिएको मान्छे हाम्रो कार्यक्रममा नआइ सुख । आखिर कि त हामीले राजदुतहरुलाई काम दिन सक्नु परयो कि त ठुलो शक्तिशाली राष्ट वनाउन सक्नु परयो । होइन भने नेपाली ले वाहिर जाँनसाथ व्यक्तिपिच्छे संस्था वनाउने काम रोक्न परयो । नत्र अमेरिकी राजदुत अमेरिकनले नेपालमा गरेको कार्यक्रममा जाँदा यत्रा कुटनितिक मर्यादाको उलंघन् ? अमेरिकीहरुले नेपालमा न्युर्योक अमेरिकी एसोसियसन, क्यालिफोर्नियन एसोशियसन नेपाल, गैह्र आवासिय अमेरिकी संघ नेपाल शाखा, अमेरिका सेतासंघ नेपाल, नेपाल-अमेरिकी डेभिड समाज, अमेरिकी डेम्रोक्रयट पार्टी काठमाडौं शाखा, रिपल्किन पत्रकार महासंघ नेपाल शाखा जस्ता नेपालीले जसरी नै संस्था खोल्ने भए अमेरिकी राजदुत पनि त्यसरी नै जान्थे होला । वाहियात । पहिले आफ्नो अनुहार हेर्न परयो नि । देशको अवस्था विचार गर्नु परयो ।
मन परे हरियो नपरे रातो !
32
40
नेपालका राजदूत देशको नभई कुनै अमुक पार्टीको कार्यकर्ता हुन्छन .. तिनीहरुबाट यो भन्दा धेरै आशा नगरेकै बेश .. राजदूत को मर्यादा यिनीहरुलाई के थाहा .. राकेश सुद संग मित लैदे हुन्छ ..
मन परे हरियो नपरे रातो !
46
11
यिनै देश-द्रोही हरुहुन माओबादी लाइ फनडिङ्ग गरि सर्बसाधारण लाइ मार्न सहयोग गर्ने , थुक्क लाज , घिन र शर्म नभएका दुइ खुट्टे पशु हरु हो , हुन त जसको मुली नै हिंसालाई प्रबर्धन गर्छ त्यसको पिछेलग्गु लाइ के भन्ने , होइन यी गु र गोबर मा भेद छुत्याउन नसक्ने पनि बेल्जियम मा पुग्दा रहेछन बा ? बेल्जियम मा हुनुभएका असल माहानुभाब हरु को नाकै काट्ने भए नालायक हरुले !!!!!!
आतंककारीको गतिबिधि संचालन गर्न पनि मिल्ने रहेछ हगि बेल्जियममा ???
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
113
15
तिमि को हो नि … देश को नाम बेच्ने अनि ठुला कुरा गर्ने
मन परे हरियो नपरे रातो !
1
16
रेबन्द्रजी,
म एक आत्मनिर्भर श्रमजीवी नेपाली जो २ , २ पटक लोकसेवा आयोगले लिने मौखीक परिक्षा मा फेल ( कसरी फेल भइयो त्यो चाही नलेख्यौं धेरै लाई असर पर्न सक्छ ) भै हाल बिदेसी बजारमा दक्ष कामदार को हैसियत मा कार्यरत छु , भन्नुहोला त्यस्तो दक्ष मान्छे किन बिदेसीएको, यही संघर्ष गरेको भए ंंंंं के गर्ने आफु जन्मे हुर्केको ठाऊ धेरै नै सम्झना आउछ , तर बास्तबमा माया, सम्झना या राष्ट्रीयता अलापेर म र म जस्ता जो साना किसान परिवारमा जन्मियौं , लाइ पेट भर्न पुग्दैन रहेछ , आफु र परीबारको हितका लागी निकम्मा धूर्त नेता र तिनका पार्टीको रबर स्ट्याम्प भै पशुवत् जिबन जिउनु भन्दा आफ्नै बुद्दी , बिबेक, ज्ञान र सिप मा बिस्वास गरि ११ बर्ष पुर्ब बिदेसीएको हुं वर्क-परमीट सहित !
यि तपसीलका नर-पशु हरू मेरा ब्रिद्द ( ७५-८० बर्षे ) माता-पीता संग चन्दाको नाम मा जबरजस्ती अनाज, पैसा असुल थ्थे !
माथीका अनुहार तिनै लुटेरा गिरोहलाइ प्रत्यक्ष सहयोग गर्नेहरूको झुन्ड हो के तपाई पनि तेही झुन्डलाई समर्थन गर्नुहुन्छ हो ?
नत्र तपाई को हो त ?
मन परे हरियो नपरे रातो !
16
0
परासर जी धेरै दुख्ख लग्यो तपाइको कहानी पढेर तर तपाइलाई थाहा छ नेपाल मा के के भयको थियो भनेर किन आफ्नो मात्र समस्या देखाउनु ‘नाच्न नजान्नेलाई आगन टेढो’ हामी saबै त्यहि पिडा मा बाचिरहेका छौ किन ????? अनि कसले गर्दा हामी आफ्नो देश छोड्नु परेको हो त्यो कांग्रेस ले नेपाल कति चलायो देश राम्रो बनायको भय के यो माओबादी आउथ्यो अनि हाम्रो अर्काको देश मा भाडा माझ्ने दिन आउथ्यो अहिले को मात्र होइन पहिले को र पछि को हेर्नुस वोली हाम्रो छोरा छोरी को पनि त्यो हालत नआयोस …कसैलाई मैले दोस दिदैन तर अरुको बारेमा केहि कोत्तौनु छ भने आफ्नो पहिले हेरौ त्यति हो …
मन परे हरियो नपरे रातो !
1
5
बेल्जियम का असल नागरिक हरु रे……….एकदम हसायो | कहिले कहिँ त क्या नजानिदो तरिका ले जोक हुन्छ यार कमेन्ट पनि | बेल्जियम मा १% असल नागरिक भए त के भन्ने | सबै लाइ थाहा छ बेल्जियम मा रहेका नेपाली हरु को लेवल | के गर्नु र सबै कुरा खोल्न पनि नमिल्ने |
मन परे हरियो नपरे रातो !
10
3
माओबादीमा पढेलेखेको एउटै व्यक्ति छ त्यो हो डाका – डाक्टर कामरेड यानेकि बाबुराम . उ पनि संबिधान सभामा आएका अरु अनपढ माओबादि भन्दा माथि उठ्न सकेन . उसले आफुलाई माओबादिको मात्र नभएर सारा नेपालीको प्रधानमन्त्रि हु भनेर साबित गर्न सकेन . आफ्नो पार्टीका कार्यकर्ताले जिउंदै पत्रकारलाई गाडेको स्वीकार गर्दा पनि उनीहरुलाई कारबाही नगर्न सुरक्षा निकायलाई आदेश दियो. आफ्नो श्रीमतीले ब्रम्हलुट गर्दा मुक दर्शक बनेर बसेको छ . पढेलेखेको माओबादिको त यो हालत छ भने बिचरा परराष्ट्र नीति र डिप्लोमेसि को क ख न जान्ने, माओको रेड बुकका दुइ चार वोटा श्लोक कण्ठ पारेर र माओबादी नेताहरुको चाकरी गरेर राजदुत बनेको व्यक्ति बाट के आशा गर्न सकिन्छ ??????
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
114
23
भाइ भाइ का दुश्मन भएजस्तो लाग्यो |नेपालि कांग्रेस,एमाले दुवै ले माओबादि पार्टी लाइ सधै संका को द्रिस्तिकोण ले हेर्ने प्रबृत्ति त्याग्नु पर्यो | उनीहरुको पनि पार्टी छ ,भात्री संगठन होला ,अधिबेसन गर्ला आजकाल त् झन् उनीहरु बढी सक्रिय देखिन्छ ,अरु पार्टी त् भएर पनि बचा ले चकलेट मागेजस्तो हामीलाई ”सत्ता छोड दे ” भनेर रोएको रोयेइ छ |
म माउबादी पनि हैन ,म लाइ उसको समर्थन गर्नु पनि छैन तर भएका अरु पार्टी अब मोरेको बिरालो च्यापेर कासी जान मात्र बाकि छ ,गति छाडेको देखेर छक्कै पर्नु छ |
देश मा न नियम न कानुन ,किन छोड्छ भट्टराई ले ,नेपाल ,खनाल र कोइराला लाइ ?
नेपाल ,खनाल र कोइराला ले भट्टराइ भन्दा नौलो के गर्छ ??
के छ एजेन्डा ??
अनि कांग्रेस को भाइ संगठन ले देउबा ,सुजाता,राम ,सुसिल लाइ बेला बेला यु एस बोलाएर अधिबेसन गर्न हुने ,काग्रेस को राजदुत छ भने उ पनि चाकडी बजाउन आउछ ,
माउबादिले गर्न किन न हुने ?
खास कुरा के भने पुरानो पुस्ता र रैथाने हरुलाई परिबर्तित समय सग अरुले खाएको ग्राह्य न हुने रहेछ |हामि त् जनता सधै अरुले लुट्ने न हो ,सदै कांग्रेस र एमाले लाइ मात्र लुट्न ठेक्का दिएको थ्यो र ?अब माउबादी र मदिसेलाई पनि लुट्न दिम न |भोलि आर्को आउला ,सके तेल्ले खाला |
मन परे हरियो नपरे रातो !
28
49
गर्नु,गर्यो बलाराम भैसी पालेर भनेको यही हो/कहि नभएको जात्र नेपाल मा ,हाउ जसले जहा पनि जे गरे पनि हुने हो?कस्तो बेज्येती काम?लु हेरुम त?
मन परे हरियो नपरे रातो !
23
5
I think it would be great to focus on bringing law and order in our country. I am sure once we have law and order functioning properly most of the things we have complained about will not be there anymore. We would not even get an opportunity to blame other people as well. Because we won’t have time for that.
मन परे हरियो नपरे रातो !
9
2
हेर्ने तरिका फरक मात्र हो, हामी सबै नेपाली हौ पार्टी बिसेसले नहेर्दा राम्रो हुन्छा जस्तो लाग्छ . एउटा पार्टी को प्रोग्रामम हुँदा राजदुत आउदा हामीलाई नरमाइलो लाग्दैन…किन कि हामी नेपाली हौ भन्ने परिचय त छदै छ…
वाल्से स्त्रात ४३
राजु कडेल
मन परे हरियो नपरे रातो !
11
34
I will write to Belgium authorities regarding this. I would be glad if you can post more proofs.
मन परे हरियो नपरे रातो !
41
8
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
9
44
पर्चंड र यो राजदुत लाई अब बेल्जियम को अदालत मा अब मुद्धा हाल्नु पर्छ! राजदुत ले त कसरी देस को लागि र आफ्नु देस का जनता को लागि सहयोग गर्न सकिन्छ तिर ध्यान नदिएर नेता बन्नु पर्नी! अब येस्लाई कर्नेल लामा को हालत मा पुराउनु पर्छ! म बेल्जियम त बस्दिन नत्र म नै मुद्धा दिन्थे लौ न बेल्जियम बस्नी नेपालीहरु देस भक्त हरु येसो कुरा बुजौ न मुद्धा को लागि येस्ता ले त फेरि नेपाल गए पनि देस को भलो गर्दैन! कि कसो ????
मन परे हरियो नपरे रातो !
41
14
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
8
51
नेपाल को कानून को धोज्जा उडाएर भएन भनेर अब बेल्जियम मा नि मरेछन?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
199
14
सारै राम्रो कुरा उठाउनु भो ! येश बिसये मा मैले पनि एक पटक कुरा उठाएको थिए ! नियम सबै देश का आ – आफ्नै हुन्छन ! जुन देश मा गइन्छ त्यो देश को कानुन को सम्मान गर्नु पर्छ ! विदेश मा बस्ने नेपाली लाइ राजनीति नै गर्न मन छ भने नेपाल फर्केर राजनीति गरे भै हाल्यो नि ! विदेश को राजनीति गर्नु छ भने त्येहा पनि राष्ट्रिय पार्टी हरु छन् तिन बाट राजनीति गरे भैहाल्यो नि !
एस्ता पशु मेला नेपाली पुगेका जहा पनि लाग्दोरैछ ! आफु त पशु मेला बाट १००० कोष टाढा बसिन्छ !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
2
कर्नेल लामा लाइ बेलायतमा मुद्दा चलाएजस्तो एस्लाई बेल्जियममा मुद्दा चलाए कसो होला?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
249
17
मा हजुर को भनाई पूर्ण रुप मा सहमत छु! यस्ता किर्यकालाप गर्ने विरुद्ध कडा कारबाई गर्नु पर्छ नेपाल मा त यो सम्बव छैन यस्ता नेता राजदुत गोरु लाई यतै को कानुन लगाएर कारबाई गर्नु पर्छ!
मन परे हरियो नपरे रातो !
43
8
हाम्रा नेता ले आरुको आफ्ठरो को बारेमा कैले पो सोचेका छन् र ? always self-centred bulls….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
100
3
के नौलो कुरा भयो र ? नेपालमा सबै ठाउमा त राजनैतिक नियुक्ति त हुन्छ .काँग्रेस को सरकार उसका कार्यकर्ताको नियुक्ति सबै तिर ,एमाले को सरकार उसका कार्यकर्ताको पालो खाने , माओबादी को सरकार उसका कर्येकर्ता सबैतिर , के को लाज के को अचम्म ? सबै नेपालीलाई थाहा त छ तेसैले लुक्ने जरुरि नठानेका होलान नि …..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
95
2
राजनीतिक नियुक्ति त अमेरिका र अरु देश मा पनि हुछ पुजा जी …. जस्तो ओबामा ले हिलारी लै scretary of state बनायो तर कुनै पनि राजनीतिक कुरा गर्दिनन र चुनाब प्रचार मा भाग पनि लियिन्नन … त्यो पद को मर्यादा हो … तर हाम्रा जस्ता लाज नभएका नकचरा र पद को मर्यादा न जान्ने का पैन्छा ???
मन परे हरियो नपरे रातो !
26
3
पदको मर्यादा नबुझेका मान्छे राजदुत भए पछि येस्तै हुन्छा
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
146
6
यो पनि अनोठो भएन … माओबादी सिद्धान्तले पार्टी लै भगवान को ठाउमा राक्छ …. पार्टीले भेन्यो भने कसै को हत्या मात्र होइन जिउदै गढ़नु पनि पर्छ …. पार्टी गुरु आमा पररिबर भन्दा ठुलो हो … पार्टी को कानुन देश को कानुन भन्दा ठुलो हो …. तेसैले संसार लै देखाउन पार्टी छोडेको बतए पनि महासय पार्टी कसरि बिस्र्शन सक्छन … अनि जसले राजदुत बनायो … नेपाली जनता को महानता लै सलाम छ, हामीले माओबादी लै परिबर्तन गर्छ कि भन्ने आसमा बिजयी गरायो …
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
90
7
माओबादीले गैरकानुनी काम आफ्नो देशमा मात्र नभएर बिदेशमा पनि गर्छ, आफु सरकारमा भएको बेलामा हत्यारालाई कारबाई नगर्न सुरक्षा निकायलाई आदेश दिन्छ . हत्या लुट र अधिनायकबाद यसको मुख्य लक्ष्य छ. यसैले यसको पतन अबश्यम्भाबी छ , DOWN WITH MAOISTS !!!!!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
171
16