मेरो Tweet

  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv
  • गुड न्युजः गणेश लामाविरुद्ध पनि अवैध सम्पति थुपारेको अभियोगमा विशेष अदातलमा भर्खरै मुद्दा दर्ता भएको छ। कूल पाँच डनविरुद्ध मुद्दा दर्ता भयो

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि


नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ।
फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो हेरौँ।

फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित भएकी हुन्। रुचि भक्तपुर निवासी हुन्।

थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्

15 comments to नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि

  • Yam Chand

    बधाई छ विजेता रुचि भुजु लाइ.

    सानो ठुलो जस्तो भए पनि पुरस्कार विजेता बधाई को हकदार हुनुपर्छ, तर मेरो विचारमा यो कुनै ठुलो पुरस्कार भने होइन. ५० भन्दा धेरै युनिवर्सिटी भएको मुलुक फिलिपीन्स को एउटा मात्र युनिवर्सिटी भित्र भएको प्रतियोगिता बाट उहाँ पुरस्कृत हुनु भएको हो. यस कारण त्यति ठुलो प्रतियोगिता भने यो होइन जस्तो मलाई लाग्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 8

  • yam pun

    मैले देखे सम्म नेपालमा दुइ ओटा कुरा सुन्दर छ!
    १. नेपाल स्वयम् देश
    २. नेपाली नारीहरु
    रुचि भुजु लाइ बधाई तथा धन्यवाद!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 4

  • Hari Gautam

    हाम्रो नेपाली सोच… यसो जे भए पनि प्रतियोगिता मा बिजयी हुनु चानचुने कुरा त हैन नि… खाली नकारात्मक टिप्पणी मात्र गर्ने. | बधाई छ रुचु कमसे कम नेपाल मा पनि सुन्दर मान्छे हरु हुदा रहेछन भनेर चिनाउन त सकेउ | नक्कल झक्कल भन्ने हरु चाही कस्ट छन् हौ तिनीहरुले आफ्नो फोटो यो माई संसार मा अपलोड गरे हुन्थ्यो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • काउचा मगर, बाग्लुंग

    हो त , सौन्दर्य दिमागको मात्र नभएर तनको पनि रहेछ हाम्री चेली रुचि भुजु को…बधाई छ रुचि लाई…..रुचि भुजू लाई यति राम्री बनाउने,भक्तपुरे जुजु ध:उ लाई धन्यवाद….

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 3

  • सुभाष सिद्धि उदास

    ~~~नेपा:या म्ह्याय्मचा रुचि भुजु~~~
    फिलिपिन्सय ‘बानला: मयजु’ ल्यल अले हन

    हेर्दै तिपुं लाग्ने कमल फुल्छ हिलोमा /
    सुन्दै फोहोर लाग्ने हाम्रो राजधानीमा //
    जन्माएको सार भयो बाबु – आमाले /
    रुचि, तिम्ले यो सौन्दर्य खेर नफाले //

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 29

  • pradeep

    नेपाली राष्ट्रपतिको सहमति-आव्हान प्रति दलहरुको बेवास्ता , प्रधानमन्त्रीको पद-लोलुपता र गैरकानूनी अभिव्यक्ति , मुलुकमा व्याप्त चरम घुस-खोरी र भ्रष्टाचार, महिला हिँसा, अपराध-अनुसन्धान अवरोध, महंगी, लोडशेडिंग, संविधान-विहिन अवस्था … आदि इत्यादी समस्याहरुले देश आक्रान्त दुखिरहेको बेला फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित भएकी सुखद समाचारले एक छिन भए पनि हाम्रो “मुड -अन” बनाएको छ , भुजु बहिनीलाई बधाई र शुभकामना !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 4

  • Kumar

    बिधार्थी तान्नु छ , जे पनि गर्छा. तेहा अहिले कोहि बिधार्थी आउदैन नेपाली मात्रै हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 21

  • Milan Thapa

    कसै को पनि कमेन्ट नाइँ आएन अहिले सम्म | जे भए पनि भुजु जी ले सुन्दरी को प्रमाणपत्र चाही लिएर आउनु होला | अब डाक्टर को प्रमाणपत्र ल्याए पनि NMC को परिक्षा पास गर्न तेस्तै होला क्या रे ||
    बधाई छ तपाई लाइ || अब आउने Miss Nepal प्रतियोगिता मा प्रथम तपाइँ नै हो ||

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 12

  • नक्कल,झक्कल मा नै चलेका हामी नेपाली हरु यस्तो काम मा त अगाडी हुनु कुनै युद्द जितेको जस्तो तामझाम गर्नु साएद राम्रो न होला /

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 48

  • subba kaka

    इ नानीले त पारदेशमा आफ्नु देशको नाम र इज्जत राखेछ … साबाश बाबु !!!

    के गर्ने गाठे … यता नेता भनौंदा बज्याहरुले देश बेचेर खान लागे ….

    साखापै पार्ने भो बज्याहरुले …

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 8

  • योगेश आदी

    बिश्वबिध्यालय स्तरिय सुन्दरी प्रतियोगिता भनेपछि पक्कै पनि बिशेष महत्व बौद्धिकतालाइ दिएको हुनुपर्छ / यस्तो किसिमको प्रतियोगिताको बिजेताको नामसंग आफ्नो देशको नाम जोडिदा गौरवान्दित भएको छु /
    बधाई रुची !!

    मन परे हरियो नपरे रातो ! Thumb up 43 Thumb down 6

  • shailendra dhakal

    ल बधाई छ ! नानी राम्री रहिछिन !

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 10

  • Barun

    बधाई छ

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 6

  • raj

    ल अब यहाँ मकाउ मा फिलिपिएन्स केटीहरु दाहा ले खत्तम हुन्छ/ राम्रो हा हा हा

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 8

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker