मेरो Tweet

  • दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ? t.co/P5ZbJK9dxT via @mysansar
  • RT @mugaali: @dotNP मलाई नि Kumari Bank को सर्भिस चित्त बुझेन । आजकाल बरु टोलको स्टेसनरी पसल को साहुजीलाई मेसेज पठाउछु, तुरुन्त आइपुग्छ पीन…
  • कास्कीमा आफूलाई जिस्क्याएको भन्दै केटीहरुले कुटेर मरणासन्न भएका लेखनाथ नगरपालिका डेरा गरी बस्ने ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ।

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

कथा : साथीको लोग्ने

- सुनिल सङ्गम -

आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ। पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।

अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न। म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ। आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे ! तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ।
अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन। 1-2 पटक त उनले मलाई सम्झाई पनि सकिन्। तर मेरो आफ्नै कुरा ………! मेरो परिबर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दिहोलिन्। मीरा मेरो अफिसको सबै भन्दा पुरानो र असाध्य मिल्ने साथी हुन्। उनी सोझी , जेहेन्दार ,इमान्दार ,सरल र राम्री पनि छिन्। उनी मलाई हरेक कुरामा सल्लाह-सुझाव दिने गर्छिन्। वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्। न त म नै उनको घरमा पुगेकी छु। तर पनि हामी असाध्य मिल्छौं।
चाँडो-चाँडो अफिस आउने त मेरो आदत नै भै सक्यो। सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ! उ पनि त अचेल अलि चाँडो आउन थालेको छ। कति सुन्दर मान्छे ! अग्लो , गोह्रो .चिटिक्क परेको जुँगा अनि मीठो मधुर हाँसो , कति मायालु अनुहार ,चौडा छाती , टम्म मिलेको खाइलाग्दो जीउडाल , देब्रे तिर लरक्क लर्किएको केश ,जति हेरे पनि नघाउने रुप ! मिल्ने भए देखि त म आँखै भित्र राख्ने थिएँ ! अनि आफैलाई हेरे जस्तो ऎना भित्र हेर्ने थिएँ !
के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस। भत्किने छैन पनि। काम नै गर्ने होला कहाँ होला उसको काम ! यतै कतै नजिकै होला। नत्र किन दिनहु यही बाटो ओहोरदोहोर गर्थ्यो होला र ? काम पो कस्तो छ कुन्नि ! राम्रै होला। मान्छे त त्यति राम्रो छ। सँधै 10.00 बजे आएर 05.00 बजे फर्किन्छ सायद सरकारी जागिर हुनु पर्छ। सरकारी पनि अधिकृत नै जस्तो छ ! तलब पनि राम्रो होला ! सायद भन्सारमै होकी ! ज्यान हेर्दा पनि हाकिम जस्तै छ। प्राइभेटमा भए कहा 10.00 बजे गएर हुन्छ ! यी हाम्रो त 09.00 बजे नै खुल्छ। बरु नजिकै भएर पो गाडी नचढेको होला ! आ अब जे सुकै होस ज्यान गए नि छोड्दिन म उसलाई। अँह कुनै हालतमा नि छोड्दिन। बरु एकदिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु। साच्चै कति धेरै मन पराउँछ होला मलाई उसले ! नत्र किन सँधै यही बाटो हिंडछ त ? हिंडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात म बसेको तिर ढल्की-ढल्की हेर्छ ? हेरे मात्र पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ ?
अचेल उसको त्यो मधुर मीठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु। जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन-प्रतिदिन त्यो मीठो सुन्दर सपनाको संसारमा कता-कता हराउन थालेकी छु। उसको हरेक हेराईमा अचेल जिन्दगी खोज्छु म। उसको हरेक हाँसो संगै मायाको श्वास आनन्दले फेर्छु। सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी ! कतै केही कहिल्य कमी महसुस हुने छैन। उसको भन्सारमा सरकारी अधिकृतको जागिर ! प्राइभेट नै भए पनि मेरो पनि राम्रै छ। बिहे पछि पनि म जागिर छोड्दिन। पोलिक्ल्निक बाताबरण पनि राम्रो छ। कोही बिरामी पर्दा पनि त सजिलो। तलब पनि राम्रै छ किन छोड्नु ? मेरै तलबले खान पुगी हाल्छ। उसको त पुरै जोगिन्छ। बरु गाडी छैन भने बिस्तारै त्यो पो किन्नु पर्छ। घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त ! जिन्दगी साँच्चै सुनौलो हुने भो ! भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ। भावीले भाग्य पनि बलियो साइत मै लेखिदिएको रहेछ। जोडा पनि असाध्य मिल्छ हाम्रो। धन्य छ भगवान तिमीलाई पनि। सबैले डाहा गर्ने भए बा ! मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भो।
मीराको पनि उ जस्तो राम्रो त पक्कै छैन होला। उ जस्तो हुनु त यो जुनीमा त्यतिकै हो। मीरालाई पनि एकचोटी देखाई दिन्छु त्यो मेरो मान्छे। आ होस् ! डाहा मात्र गर्छे बेकारमा भो देखाउदिन। मिल्ने साथी भनेर हुन्छ र ? हुन त सबै कुरा उनलाई भनेकी छु तर त्यो मान्छे भने कहिले पनि देखाएकी छैन मैले। बिहेमा देखिहाल्छे नि ! बरु अब चाडो भन्दा चाडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही बैशाखमै बिहे गर्छु। बिहे गर्ने बेला पनि त भयो अब ! आमा पनि भन्दै हुनुहुन्थियो अब छोरी हुर्की ज्वाइको घर पठाउने !
ठिकै हुने भो। 25 बर्ष काटे पछि हामी केटीहरुको बिहे गर्न हतार नै गर्नु पर्छ। हुन पनि हो नत्र फेरि केश फुलाएर चाहुरिदै बुढी कन्या भएर बस्नु पर्छ। के को चाहुरिनु के को बुढीकन्या नि अब ! मेरो उ सँग चांडै बिहे हुदै छ नि ! आमा पनि उसलाई देखेर मख्ख पर्नु हुन्छ सायद ! सपनामा पनि कहिले सोच्नु भाको छैन होला त्यस्तो राम्रो ज्वाई त !
अब त झन मेरो राजा बोलु-बोलु गर्न थालेको छ। मलाई हेरेर नहाँसेको त दिनै छैन। मैले जस्तै उसले पनि मीठा-मीठा सपनाहरु सजाएको हुनु पर्छ। बिचरा …………..! सबै कुरा मलाइ भनेको भए पनि त हुने थियो नि ! कति निष्ठुरी छुच्चो कहीको ! आ होस एकदिन मै बोलाउँछु। समय मिलाएर कतै जानु पर्ला ! टाढा-टाढा कतै सुनसानमा जहाँ हामी दुइ बाहेक अरु कोही हुने छैन। अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैन। मेरो राजालाई चाहे जति माया गर्ने छु म ! अनि उसको चौडा छातीमा लपक्क टाँसिएर मायाको श्वास आनन्दले फेर्ने छु ! उसले पनि माया गर्दै घ्वाप्प अंगाल्ने छ। अनि मेरा यी बैशालु अंग-अंग चाहे जति धीत नमरे सम्म चुम्ने छ। सपनाको सुनौलो मीठो संसारमा हामी दुवै हराउने छौं।जिन्दगीका खाली पानाहरु सबै मायाले कोरिने छ। अनि समय सँग सम्झौता गर्दै जबरजस्ती फर्किने छौं। फर्किए पछि सबै कुरा एकएक मीरालाई सुनाउने छु। उनी दंग पर्नेछिन्। डाहा/इष्या पनि गर्नेछिन्। अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाई देउन त्यो तिम्रो राजा ! अनि उसको जिद्दी पन सँग म सजिलै हार्ने छु र भोलिपल्ट मेरो राजकुमार मीरालाई देखाउने छु। मीराले डाहा र इष्या सँगै धेरै-धेरै तारिफ पनि गर्नेछिन्।
खै उसलाई देखे देखि, उसले हेर्न थाले देखि मेरो मन बरालिएको छ। आजभोलि मनमा यस्तै-यस्तै कुराहरु मात्र खेली रहन्छ। उ आउने बाटो तिर मात्र आँखा दौडी रहन्छ केवल उसकै आकृति खोज्दै निरन्तर-निरन्तर ! मनभरी अनेक कुराहरु खेलाउँदा खेलाउँदै कहिले निकै चाडो अफिस आइपुग्छु। के के सोच्छु के के ! पागल्नी जस्तो ! पागल्नी नै हुन लागि सकें म ! कहिले खाना खानै बिर्सन्छु ! कहिले एउटा आँखामा मात्र गाजल पोत्छु ! निद्रा पटक्कै पर्दैन ! आँखाभरि पल-पल उसैलाई मात्र देखि रहन्छु। कोही कसै सँग बोल्नै मन लाग्दैन ! हे दैव के हुन लाग्यो यस्तो ? मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ ! माया साँच्न झन गाह्रो हुँदो रहेछ ! तड्पिएर बाँच्न त झन त्यो भन्दा नि गाह्रो हुँदो रहेछ ! तर पनि भोलिको सुन्दर सपाना बोकेर आशै आशमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति !
आज मैले मीराको जिद्दी पन सँग हारेर बचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन मीराले ! डर,त्रास र खुशी मनभरि सबै एकैचोटी तछाड-मछाड गर्दै छ। मीरा भने भित्र काममा व्यस्त छिन्। त्यो मान्छे आउने बेला नि भै सक्यो। न भन्दै उ पनि आयो तर सदा झैँ हाँसेर गएन आज ! उ त सोझै म भए तिरै आयो ! मेरो खुशीको सिमा रहेन। खै कसरि आज यस्तो भयो ? सपना हो कि बिपना यो ! मेरो राजा ! मेरो राजकुमार ! मेरो प्राण ! मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिदै आउँदैछ। के गरूँ कसो गरूँ म आत्तिएँ। होस सबै हरायो। तै पनि क्षण भरमा आफुलाई सम्हालें। उ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो। म पनि उ जसरि नै हाँसें। उ नम्र भएर भन्न लाग्यो – ” मीरा कहाँ छिन् ? म मीराको श्रीमान। आज अलि ढिला फर्किनु पर्ने भो त्यसैले यो चाबी मीरालाई दिनुस है।” खै त्यस पछि के के भन्यो उसले केही थाहा भएन। केही बेरमै उ हिड्यो। म हेरेको हेरेकै भएँ। मुहार रातो भयो। मनभरि पीडा र डाहाको आगो एकैचोटी दन्कियो। यतिनै बेला भित्रवाट मीरा फुत्त निस्किन् र मेरो छेउमै आएर सोधिन् -” खै त् तेरो राजकुमार आज आएन ? ” मेरो बोलि ठप्प रोकियो। केही बोल्नै सकिन। अनुहार रातो र तातो भयो अनि उसले छोडेको त्यही मीराको चाबीको झुत्तामा एकोहोरो हेरिरहें – हेरिरहें …………..!

41 comments to कथा : साथीको लोग्ने

  • ankita kandel

    यक्दमै राम्रो कथा

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • Bharat kshetri

    मलाई त यो कथा सारै मन पर्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Raut kaji

    सुनिल जि हजुर को कथा पढेर धीरै खुशी लाग्यो! कथा धेरी राम्रो अनि मर्मिक र राम्रो लाग्यो औत केटी को मनोबल लाई समेती लेखिएको रैछ एस्तो कथा हरु फेरी फेरी पनि पढ्न पाइयोस् सुनिल ज्यु फेरी पनि एक चोटि मिठो कथा को लागि धन्यवाद जहेर गर्दछु!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • laxmi

    सरल अनि सबल कथा निकै रोचक प्रस्तुति अनि भावमय निकै पछि एउटा मनछुने कथा पढ्न पाइयो | नबुझ्नेहरुले जे पनि कमेन्ट गर्छन गर्दा रहेछन |

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • yam pun

    खोइ…………??? कथा हो कि होइन भन्ने भनेर किटान गर्न सकिन! लेखक ज्यूँ ले कथा भने पछि कथा नै त होला!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 10

  • shyam gahatraaj

    सुनिल जी कथा एउटा साहित्यको महत्वपुर्ण विधा हो,कथा लेख्दा समय सन्दर्भ,शिर्षक,त्यसको नैतिक शिक्षा,शब्द,भाब, अनि लेखनशैली र पाठकको रुचि यी कुराहरुलाइ मध्यनजर गर्दै लेखिनु पर्छ,मलाई तपाईं रहरले लेख्दै हुनुहुन्छ जस्तो लाग्यो,वा त साथिभाइको अघि साहित्यकार hu भन्ने भ्रम पार्न मात्र,
    आजको शिक्षितवर्ग कस्तो कथा पढ्न रुचाउछ त्यो बारे हेक्का राख्नुस नत्र साहित्यको खिल्ली उडाउन यस्तो नगर्नु होला मेरो बिनम्र अनुरोध यद्धपि तपाइको सिर्जनालाइ हामीले सम्मान garnaii पर्छ माने मिहेनतको अर्थमा मात्र
    हैन भने तपाईं अरु साहित्यकारको कथा पनि पढ्ने बानि बसाल्नुस,
    अर्को कुरा यो ब्लग संचालक ज्यु आफ्नो ब्लगलाइ सामग्री पायो भन्दैमा ब्लगको स्तर खस्काउने काम नगर्न अनुरोध गर्दछु/
    साहित्य पारखी

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 9

  • bishnu

    सुनिल जी!
    कथा को लागि दुंखागर्नु भयेछ तर एश्को बेअर्थ लाग्छकी जस्तै
    -केटि भन्सार मा घुसखाने को पछाडी लाग्छन
    -केटालाई चिन्नु भन्दा अगाडी लाखौ सपना देख्छन
    यो कथा त मा १६ वर्ष हुदा ठिक थियोहोला (५० वर्ष पछि) अलि सुहाएन
    यो मेरो मात्र विचार हो सहि नहुन पनि सक्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 9

  • sabu bhattarai

    राम्रो छ कथा अझै मेहेनत गर्दै जानु होला येही सुभकामना छ

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • योगेश आदी

    कथासार त राम्रै हो तर लेखनशैली र शब्द संयोजन कच्चा लाग्यो ! Better luck for the next time !!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 8

  • Deepak

    एकदमै प्रसंसनिय . धेरै पछि एउटा राम्रो कथा पढेको भान भो

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 9

  • hemanta rana

    मनोबादमा उनिएको अति नै सुन्दर कथा बरु शिर्षक चाहि अरु नै भैदेको भए सुनमा सुगन्द हुन्थियो | सुनिल संगमका गीतहरु मैले धेरै सुनेको छु निकै राम्रो गीतकार हुन् कथा पनि उत्तिकै राम्रो लाग्यो बधाई तथा शुभ-कामना

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 2

  • कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया

    भन्न त मन थिएन तर कथा त झूरै हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 28

  • यो मेरो संसारमा कमेन्ट हेर्न मज्जा आउछ तर कहिले कहिँ आफु पनि लेख्न नजान्ने अरुले लेख्न प्रयास गरेको बिसयालाई प्रोत्साहन दिन नजान्ने उपबुज्रुक खाते हरुको टिप्पणी हेर्दा वाक्क लाग्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 46 Thumb down 12

  • raj

    खासै राम्रो भन्न मिल्दैन होला ! पहिलो त कथा को शिर्षक बाट guess हुन्छ , के हुदै छ , ! अनि over thinking जस्तो लाग्यो!

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 10

  • radhikasanjel

    यो कथाः धेरै राम्रो छ तर के टिको मनमा चल्ने मनोबाद ठिक हो माया गर्नु त एशोरिया उपहार हो यो नि स्वोर्थ भैदियाको भय राम्रो हुन्थियो यसमा धन दौलतको कुरा ले गर्दा क ति लै अलिक हेपेको जस्तो लग्यो किन ki सबै केटि उस्तै नहुन पनि सक्छन कसैले नि स्वोर्थ प्रेम पनि गर्न सक्छन . कुनाही राम्रो कुरालाई राम्रो मान्नु नराम्रो पनि त हैन नि के तले जस्तो झोट्टै क तीले भन्न सक्दैनन् . यो सोच मा भर पर्ने कुरा हो . कथा राम्रो छ . तर नारि पुरुस मा भेद नराखे राम्रो हो .

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 4

  • chiran

    बिसय बस्तु र girl’स को कल्पना एकदम मीलेको छ
    चिरनजीबी

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 4

  • Ramesh

    कमेन्ट हरु देख्दा, बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खुर्पाको बिंड जस्तो लग्यो| कथा उत्क्रिस्त छ| सायद पोषण पाण्डे ले लेखेको भए पनि यस्तै लेख्नु हुन्थ्यो होला|

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 7

  • hari

    कथाको सिर्शक अरु नै केहि राख्नु पर्ने अनि पढ्न पनि रमाइलो हुन्थ्यो. ..

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 2

  • shiva hari

    मलाई त यक्दम राम्रो लाग्यो त मित्र हरु एस्तो भयकै छ त धरै ठाउँमा यौटा प्रमाण म पनि हु

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 7

  • लक्ष्मी खनाल

    मनोबाद भित्र मजाले जमेको सुन्दर कथा कथाकारलाई बधाई छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 6

  • Binod

    नराम्रो भन्न मिल्दैन ! तर needs improvements….If its a first try I would appreciate…keep on writing time will guide you further. Good luck!

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 5

  • शिव

    यस कथामा शहर बजारको केटीहरुको मनोविज्ञान दर्साउन खोजेका छन् / हाम्रो देशमा सबै भन्दा danger केटीहरु भनेकै सहर बजारका पढे लेखेका जाने बुझेकाहरु हुन् / यिनीहरुलाई लाज, शरम, इज्जत, धर्म, सस्कृति भनेको सबै बिर्सी सकेका छन् / यिनीहरुको दिमागमा खाली पैसा पैसा र मोजमस्ती मात्र गर्न पाउने मात्र भए तिन चोटी बिहे गरिसकेका र ३-४ जना छोराछोरीहरुको बाऊ भए पनि पोइलो जान वा बिहे गरी राखेको देखेको सुनेका छौं / अझ युरोप अमेरिका भने पछि जस्तो सुक्कै लफंगा केटा भए पनि अभिभाबक देखि केटीको भुइंमा खुट्टा हुँदैनन् /

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 46

    • om

      गत्त न पत्तको कमेन्ट. कमसे कम कथा त राम्रोसंग पड्नुस केहि लेखिहाल्नु भन्दा पहिला. साउनमा आँखा फुटेको गोरुले सधैं हरियो मात्र देख्ने जस्तो कुरा भो नि यो त.

      मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 5

  • Damodar Dhungel

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 11 Thumb down 44

  • Lal shrestha

    Title “साचो को झुप्पा” रख्येको भए ….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 0

    • नरेश

      म लाल सर सग १००% सहमत छु,किन कि यस कथा को शीर्षक ले कथा यसरि टुंगिन्छ भनेर पहिले नै कथाको मिठास भंग गरेको जस्तो लाग्छ मलाई …..

      मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 1

  • फुर्सदमा पढ्ने कथा ,

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 7

  • murari

    पुरुष भएर स्त्री मनोबाद मा आधारित कथा लेख्नु औता चुनौती हो र यस चुनौती लै लेखकले पुरा न्याय गरेका छन् / एकदम राम्रो लेखाई / लेखक लै धेरै धन्यबाद!

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 9

  • Guru Gopal

    वाइयात मनोबाद ,,,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 24

  • Sujan Babu Simkhada

    वोहियात कथा

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 27

  • ashish

    4th ग्रेड मा पदने बचा ले जस्तो लेखेको कथा नि छापी दिने मित्र? तट

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 31

  • Shyam

    !!!!!!.दामी !!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 30

  • Nischal timila

    ramro छ .अर्काको लोग्नेमाथि आखा गाड्ने लै येस्तै हुनुपर्छ !तेसैले कसैलेपनि कसैमाथि नासोचिनबुझी विश्वास गर्नुहुदैन,तेसैले उखानै छ आस त् गर तर भर नपर !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 16

    • om

      उसलाई कहा था थियो त नि त्यो मान्छे अर्काको लोग्ने भनेर …. वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्। न त म नै उनको घरमा पुगेकी छु। तर पनि हामी असाध्य मिल्छौं।
      के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस।

      मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 2

  • sunil sharma

    पुरै सडक छाप कथा. बेकार को. झन् अलिअलि रहस्य पनि त्यो टाइटल ले गर्दा शुरुमै हट्यो . लेखक लाई केटीहरुले कहिले आफै प्रस्ताव राख्दैनन् भन्ने समेत हेक्का रहेनछ . :)

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 16

  • Bishnu Chapagai

    निकै राम्रो तर पनि के हुन्छ भन्ने कुरा title बाट सजिलै अन्दाज़ लगाउन सकिने भयो| अलिक फरक title राख्न सकेको भए बढी रोचक हुने थियो|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 49 Thumb down 4

  • राम्रो लाग्यो | thoughtful lagyo…… देव

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 17

  • roshan

    स्साला यो वोन साईड लभ पनि द्यंजर नै हुने रहिछ …केटी लै मात्र होइन केटा लाई पनि हुने गर्छ,म नै छू क्या प्रमाण !!

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 1

  • anrup

    सपनाको को संसार मा खरानी को घर बनाउने येस्तै हुन्

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • bibek dhakal

    अती उत्कृष्ट! धेरै पछि रेउत राम्रो कथा पढ्न पाइयो . एकदमै यथार्थपरक मनोवाद
    सुनिलजी पक्कै पुरुष हुनुहुन्छ होला तर जुन हिसाबले तपैले एक महिला सुत्रधारको रुपमा कथा प्रश्तुत गर्नुभको छ ,साचैं नै पारिजातको उपन्यास याद दिलाउछ. यदि नितान्त ओरिजिनल हो भने ( यति राम्रो लाग्यो कि ओरिजिनल हो हैन संकै लाग्यो :D ) लेख्दै जानु होला! फेरी पनि, मैले एग्ज्याज्रेट गर्या हैन, धेरै राम्रो लेख्ने क्षमता रहेछ .

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 36

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker