[देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा 'महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ' भने। यसैसँग जोडेर नमिता-सुनिता हत्याकान्डको कुरा उठाएर एउटा ब्लग लेखेको थिएँ। त्यसपछि हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा 'मेरो कथाहरुको कथा'मा लेखिएका केही अंश उद्धृत गरिएको ब्लग पनि धेरैले रुचि दिएर पढे। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले 'दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड' लेखेका थिए। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश यहाँ साभार गर्दैछौँ। पुस्तक अंश हरेक आइतबार राखिनेछ]
प्रतिनिधिपात्रहरुको रामकहानी
को हुन् नमीता–सुनीता? के हो नमीता–सुनीता हत्याकाण्डको कथा? र, कोसँग जोडिएको छ यसको लहरो? २५ वर्ष पहिलेको रहस्यमय घटनालाई लिएर अहिले पनि अँध्यारा कोठाहरुमा किन षड्यन्त्रका जालहरु बुनिँदैछन्? किन नमीता–सुनीताको ‘हंस’ दरबारमार्गको शालिक वरिपरि घुमेझैं प्रतीत भइरहेछ?
यो कथा तिनै अभागी चेलीहरुको हो, जसले वास्तविक जीवन जिउनै पाएनन् र जसका कलिला एवं निर्दोष रहरहरु कोपिलामै निर्ममतापूर्वक निमोठिए। तिनलाई दुख्दा संवेदनशील मन भएकाहरुले ‘कठै’ त भने तर आफू सकिएर अनन्तमा बिलाउँदा पनि बिचरीहरुले सहानुभूतिबाहेक न्यायको ‘न’ समेत पाउन सकेनन्, अझै सकिरहेका छैनन्। अझै पनि नेपालका दूरदराज एवं शहरी इलाकामा दैनन्दिन हिंस्रक मनुवाहरुद्वारा रचिने षड्यन्त्रहरुको शिकार भइरहेका लाखौं अबलाका गुमनाम प्रतिनिधि पात्रहरुको रामकहानी पनि हो यो।
लाखौं नेपाली महिलाहरुको नियति नै भन्नुपर्छ, उनीहरुलाई न बाँच्दा चैन छ, न मरेर मृत्युको मूल्य हासिल हुन्छ। दशकौंदेखि दासताको जञ्जिरमा लपेटिएका नेपाली महिलाहरु २१ औं शताब्दीको अत्याधुनिक कालखण्डमा आइपुग्दा पनि उही नियतिको शिकार बनिरहेका छन्। समाज अन्धो छ, उनीहरुमाथिको विभेद निर्मूल पार्नमा। त्यसमा पनि राज्यको उपल्लो तहका व्यक्तिहरुको नामसँग कुनै कृत्य जोडिँदा त्यसको ढाकछोप, त्यसउपर जालझेल, षड्यन्त्र र नानाथरिका साँठगाँठका कथा हामीले धेरैपटक सुन्दै र भोग्दै आएका हौं। त्यही ढाकछोप, जालझेल र षड्यन्त्रको अनुपम नमूना हो यो कथा।
तर,जालसाजीपूर्वक इतिहास जित्नेहरुको कृत्य एक दिन पटाक्षेप हुन्छ। इतिहास सधैं कुटिलतापूर्वक जित्नेको घोडामात्रै बनिरहँदैन रहेछ। बहुलवादी समाजमा नागरिकको चेतनास्तर उकासिँदै जाँदा जस्तै षड्यन्त्रका बान्कीहरु पनि एकदिन एक–एक गरी खुल्दा रहेछन्, र जनताले तिनलाई नाङ्गेझार पार्दै जाँदा रहेछन्।
झण्डै–झण्डै हामीले भुल्न लागेको यो एउटा त्यस्तो कथा हो, जसमा राज्यको उपल्लो तहका नागरिकले कतिसम्मको षड्यन्त्र रचेर अपराध गर्दछन् र ढाक्छन् भन्ने कुरा छर्लङ्ग प्रस्तुत भएको छ। यो पंक्तिकारले केही बोल्नुपर्दैन, जे बोल्छ तथ्य बोल्छ, लिखितम्को एक–एक अक्ष्ँर बोल्छ र भन्छ– ‘इतिहास सधैं षड्यन्त्रको पुलिन्दामा कैद भइरहँदैन!’
‘विशेष’ मान्छेहरुलाई अझै पनि के भ्रम छ भने इतिहासमा भए/गरिएका घटनाहरुलाई गगनसिंहको हत्यालाई जस्तैगरी लुकाउन सकिन्छ र हर मान्छेका विभत्स हत्याहरुलाई पनि रहस्यमय बनाइरहन सकिन्छ सधैंभरि। इतिहासलाई सधैंभरि गुमराहमा राख्न खोज्ने र त्यसलाई नाङ्गेझार पार्न खोज्नेहरुको हारजीत हुन बाँकी एउटा लडाइँको आयाम पनि हो यो घटना।
काट्टो नखाँदै ढिसमिस
उसो त रगतै रगतले लत्पतिएको, अनि षड्यन्त्रै षड्यन्त्रको पुलिन्दाले भरिएको एउटा दुर्दान्त इतिहास हो– नेपाली राजदरबारको चौपर्खाल र त्यस वरिपरिको भूगोल। जनताप्रतिको उत्तरदायित्वमा भन्दा आफ्नै मनोदशाहरुको तृप्तिमा व्यस्त रहने नकारात्मक दरबारिया प्रवृतिकै एउटा कडी हो ०५८ जेठ १९ कालरात्रिको शाही संहार। तर, त्रिपुरेश्वरमा राजा वीरेन्द्रको काजक्रिया सकिएको थिएन, बाहुनहरुले काट्टो खाएर हात्ती चढ्न पनि भ्याएका थिएनन् र वीरेन्द्र राजाको बंश–बध गरिएकोमा नेपाली जनता अश्रुमिश्रित आक्रोशमा रुमल्लिइरहेका थिए। सर्वसाधारण सबै स्तब्ध थिए, सुचारु केही थिएन। तर, त्यही स्तब्धताका बीच, अर्थात् राजा वीरेन्द्रको वंशबिनाश भएको १० औं दिन दरबारियाहरु मुछिएको एउटा मुद्दालाई हठात् टुङ्गो लगाइयो, त्यो पनि अत्यन्तै गोप्य तवरमा।
मुलुकको गति टक्क रोकिएको बेला व्यापक रुपमा प्रहरी, प्रशासन र कानूनकर्मीहरु परिचालित हुन्छन्, र ‘माथिको आदेश’ मा, संदिग्ध शैलीमा अदालतै नपुर्याई पुनरावेदन सरकारी वकिल कार्यालयबाटै गुपचूप मुद्दा टुङ्गो लगाइन्छ भन्ने कुराको कसले पो अनुमान लगाउन सक्ला र! तर, भयो त्यस्तै।
पञ्चायतकालीन नेपालमा राज्यको बर्बरताअन्तर्गत खूबै चर्चाप्राप्त विषय हो यो। निहत्था तीन चेलीलाई बलात्कार गरी उनीहरुको जीवनहरण गरिएको र वर्षौंदेखि जोडतोडका साथ उठ्दै आएको विषय पनि हो यो। २० वर्षदेखि किनारा लाग्न नसकेको यो मुद्दालाई इशारा–इशाराकै भरमा किनारा लगाइयो र दरबारियाहरु सुनपानीले चोख्खिने चालमा लागे।
२०३८ साल जेठ २४ गते पोखरामा भएको नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डसम्बन्धी मुद्दाको ठ्याक्कै २० वर्ष ६ दिनपछि, अर्थात् ०५८ जेठ २९ मा हठात् टुङ्गो लगाइएको छ। पोखरास्थित पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई त्यसदिन गोप्य र अति जरुरी एक पत्र पठायो। वादी श्री ५ को सरकार र प्रतिवादी ‘नखुलेको’ सो मुद्दा ‘सह–न्यायाधिवक्ताज्यूसमक्ष्ँ पेश हुँदा’ भन्दै पत्रमा ‘हाललाई कोही कसैउपर मुद्दा नचलाउने गरी मिति ०५८।२।२९ मा निकासा भएकाले कानूनबमोजिम गर्न’ आदेश दिइएको थियो। पत्रमा मुद्दाका जाहेरीवाल शेषमणि शर्मा कहाँ–कुन अवस्थामा छन्, भन्नेबारे केही उल्लेख छैन। सोही हत्याकाण्डका भरपर्दा साक्षी वनपाले चूडामणि अधिकारीको लगत्तै भएको रहश्यमय मृत्युसम्बन्धी मुद्दाको बारेमा पनि ‘आदेश दिनेहरु’ चूपचाप छन्। पुनरावेदन सरकारी वकिलको कार्यालयले त्यसरी जिल्लालाई पत्र पठाएपछि जिल्लाले ‘पछि खोजी भएका बखत उपलब्ध गराउन सक्नेगरी’ भन्दै प्रशासनलाई कागजातहरु कसैले भेट्टाउनै नसक्नेगरी लुकाएर राख्न अनुरोध गर्दै अर्को पत्र पठायो।
उता अपराधी पत्ता लाउनमा माखो नमार्ने प्रहरी प्रधान कार्यालयको उक्त हत्याकाण्डको फाइल बन्द गराउनमा चाहिँ चासो र संलग्नता अचम्मैसँग फूर्तिलो ढङ्गको पाइएको छ। उसले सि.नं. १०८९९ को सञ्चार आदेश क्षेत्रीय प्रहरी कार्यालय, पोखराको नाममा जारी गर्दै ०६० साल मंसीर १८ गते दिउँसो १५ः२० बजे दर्ता नम्बर ११५९८ मार्फत् भनेको थियो– ‘आर्थिक वर्ष ०३७/०३८ वा ०३८/०३९ मा दर्ता भएको समिता–नमीता हत्याकाण्डसम्बन्धी मिसिल सुरक्षिततवरले अबिलम्ब पठाउनुहुन नि. अनुरोध छ।’ यसको भोलिपल्टै डीआइजी कार्यालयका प्रहरी नायव उपरीक्षक रामजी थापाले क्रमसंख्या ४२२९ रहेको ताकेतापत्र जिल्ला प्रहरी कार्यालय, कास्कीका नाममा प्रेषित गरेका थिए। सोही ताकेताअनुसार प्रहरी निरीक्षक तुलबहादुर कार्कीले पुस १४ गते नक्सालस्थित अपराध अनुसन्धान विभागको अभियोजन महाशाखाका नाममा पत्र (मु– २–१– ३९/०६०/६१, च.नं. ४५४८) लेख्दै प्रहरी जवान बालकृष्ण देवकोटाको जिम्मा लगाई हत्याकाण्डको मिसिल काठमाडौं पठाएर माथिको हुकुम तामेल गरे। त्यसको पर्सिपल्ट दिउँसो १४ः५० बजे प्रहरी नायव निरीक्ष्ँक (सइ) इन्द्रबहादुर थापाले उक्त मिसिल बुझेर हाकिमहरुसमक्ष टक्र्याएका थिए। त्यो मिसिलमार्फत् जिल्ला प्रहरी कार्यालय, कास्कीले ०५८ को जेठमा नीरा पराजुलीको अवस्था अज्ञात रहेको र नमीता–सुनीता भण्डारीलाई कसले, कसरी हत्या गरी घटनास्थलमा फ्याँकेको भन्ने कुरा ‘हालसम्मको अनुसन्धानबाट खुल्न नआएको’ भन्दै पछि खुल्न आएको बखत कानूनबमोजिम गर्नेगरी उक्त मुद्दा टुङ्गयाउने तारतम्य मिलाएको थियो।
स्मरणीय के छ भने, मुद्दा फिर्ता लिने प्रक्रिया सट्याकसुटुक चलिरहेका बेला नेपाली कांग्रेसका रामचन्द्र पौडेल उपप्रधान तथा गृहमन्त्री थिए भने मुद्दाको फायल पूर्णतया बन्द गरिँदा बद्रीप्रसाद मण्डल उक्त पदको रैथाने भइसकेका थिए। संयोग पनि कस्तो भने, पोखरामा नमीता–सुनीतामाथि बलात्कार हुँदा मण्डल यता राजधानीको वीर अस्पतालमा स्वास्थ्यमन्त्रीका हैसियतले एकजना नर्समाथि दिनदहाडै हात हाल्दै थिए। राजा वीरेन्द्रको वंशबिनाश भएलगत्तै पौडेलले एक सार्वजनिक कार्यक्रममा ‘माओवादी निर्मल निवासबाट सञ्चालित छन्’ भन्ने अभिव्यक्ति दिएका थिए र ‘त्यसैबापत’ उनको ‘जागिर खोसुवामा’ परेको थियो भने ०५९ असोज १८ पछि प्रभूको पाऊमा आफ्नो आधा पार्टीसहित लम्पसार परेबापत मण्डलले मुलुकको सुरक्षा संयन्त्र हाँक्ने महŒवपूर्ण जिम्मेवारी प्राप्त गरेका थिए। दरबारलाई हुने/नहुने सबै काममा आँखा चिम्लेर साथ दिने भएपछि लोकेन्द्र,मण्डल र सबैखाले मण्डलेहरु घुम्दैफिर्दै रुम्जाटार भनेझैं सत्तामा पटकपटक सामेल हुनु अस्वभाविक कुरा पनि त भएन!
वीरेन्द्र मारिएको शोकमा सिङ्गो राष्ट्र डुबिरहेको मौका छोपेर अपराधीहरुलाई अभयदान दिने प्रक्रियाको शुरुवात गर्नका लागि पनि यसअघि उत्तिकै नाटकीय कसरत भएको थियो। जिल्ला प्रहरी कार्यालय, कास्कीका तत्कालिन प्रहरी उपरीक्ष्ँक (एसपी) रमेशशेखर बज्राचार्यले प्रहरी निरीक्ष्ँक (इन्स्पेक्टर) नरेन्द्रबहादुर सापकोटालाई ‘त्रुटीरहित तवरबाट कार्य गर्न’ अनुसन्धान अधिकृत खटाएका थिए। अनुसन्धान अधिकृत खटिएका इन्स्पेक्टरले जिम्मेवारी पाएको पाँच दिनपछि सइ राजेन्द्रप्रसाद रेग्मीको नाममा एक पत्र (मु.मि.नं. ४० ०३७/३८, ०५७/०५८) लेखी काठमाडौं नयाँ सडकस्थित महिला संगठन (तत्कालिन) को कार्यालयअगाडि विजय पान भण्डारका मालिक सानुबाबु भन्नेको छोरा राजु भन्ने झलकमान रावतसँग केही कुरा बुझ्नुपर्ने उल्लेख गर्दै झलकमानलाई खोजेर फेला परेमा कार्यालय (जिप्रका, कास्की) मा उपस्थित गराउन आदेश दिएका थिए। उनले प्रहरी हवल्दारहरु ताराप्रसाद पोखरेल र आत्माराम रिजाललाई पनि झलकमानको खोजीका लागि खटाएका थिए, तर झलकमान फेला परेनन्। यिनै झलकमानको खोजीका निम्ति २० वर्ष पहिले ०३८ साल जेठ ३२ गते आइतबारका दिन (पत्रसंख्या मु. १८/१२४२ मार्फत्) नमीता–सुनीता हत्याकाण्डका तत्कालिन अनुसन्धान अधिकृत प्रहरी निरीक्ष्ँक बाबुराम पुनले नायव निरीक्ष्ँक नरबहादुर शेरचनको नेतृत्वमा प्रहरी जवान सिंहबहादुर थापासहितको टोली खटाएका थिए। उक्त टोली राउतको खोजी गर्दै हनुमानढोकासम्म आइपुगेको थियो, तर न त्यतिबेला न त अहिले नै प्रहरीले निजलाई पक्रन सक्यो। उक्त हत्याकाण्डमा निजको के–कस्तो संलग्नता थियो, जसले गर्दा पछिसम्म पनि निजको पिछा छोडिएन, यसको रहश्य भने गर्भमै रह्यो। बरु, अनौठो संयोग त के देखियो भने दुबैचोटी निजको खोजीमा सुरक्षाकर्मी खटाउने प्रहरी हाकिमहरु त्यसलगत्तै या त सरुवा गरिए, या राजीनामा लिएर घर पठाइए।
यसरी, राजा वीरेन्द्रको जूठो नसकिँदै नमिता–सुनीता हत्याकाण्डको मुद्दालाई ढिसमिस पारियो, जुन कुरा अहिलेसम्म बाहिर नल्याई लुकाइराखिएको छ।
कति कठोर नियति!
कलिला मुनाजस्ता आफ्ना छोरीहरु अकालमै चँुडिएपछि लाजिम्पाटस्थित भण्डारी निवास अझै पनि सुनसान छ। १७ सालमै असाध्यै व्यथाले च्यापेपछि २८ वर्षकै युवा उमेरमा आर्यघाट लगेर पनि पुनर्जन्म पाएका माधवराज भण्डारीलाई अचेल मधुमेहसम्बन्धी रोगले सताइरहेको छ। यसबाट बचेर कृत्रिम रुपमा जीवनयात्रा अघि बढाउन उहाँले दिनको चारचोटि इन्सुलिनको सुई लगाउनुपर्छ। कति कठिन हुन्छ जीवन, जब मानिसको शरीरमा हरेक दिन पटक–पटक घोचिरहनुपर्ने हुन्छ! दिनचर्या पूरै बद्लिएको छ उहाँको। सुई लगाइरहनुपर्ने हुँदा धेरै समय उहाँ घरबाहिर बिताउन सक्नुहुन्न। साथीभाइसँगको सङ्गत एकादेशको कथा भइसक्यो। कलेजोमा खराबी देखियो भन्छन् चिकित्सकहरु। जीवनको उत्तरार्द्धमा पुगिसक्नुभयो उहाँ। उमेरले ७३ नाघिसक्यो। ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं थरिथरिका बिमारीले सताएको उहाँको आँखाबाट अनियन्त्रित आँशु बगिरहन्छ। घुँडोले राम्ररी टेको दिँदैन। माधवराजको जीवनमा आइलागेको आपत्ति गन्दै जाने हो भने एकभारि पुग्न बेर छैन। ०४६ सालको परिवर्तनपछि पोखरा हत्याकाण्डको निष्पक्ष्ँ छानविन होला र हत्याराहरुले सजायँ पाउलान् भन्ने आशा पलाएको थियो उहाँको परिवारमा। तर, जनान्दोलनका दौरान नरसंहार मच्चाउनेहरुलाई मल्लिक प्रतिवेदनसमेत फोहोरको डङ्गुरमा मिल्काएर सात खत माफ दिने बहुदलीय नेताहरुले अरु सर्वसाधारणसरह भण्डारी परिवारको आशा र भरोसामाथि समेत निर्मम कुठाराघात गरिदिए। त्यतिमात्र कहाँ हो र, छोरीहरु मारिएको १० वर्ष पनि नपुग्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सनकमा उल्टै माधवराजको अनिवार्य अवकास पाउनु दुईवर्षअघि नै जागिर खोसियो। केही महिना कुरेर कन्फर्म सचिव हुन दिइएको भए उहाँले अहिले मासिक निवृत्तिभरण कम्तिमा १२ हजार पाउनुहुन्थ्यो। तर, सत्ता नै पछि लागेपछि कसको के लाग्दो रहेछ र!
आफू महावाणिज्यदूतका रुपमा कलकत्तामा कार्यरत रहँदा त्यहाँको रथुद्दिन होटलमा ०१५ सालका कांग्रेसी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग सुटुक्क भेटघाट गर्न गइरहनुहुन्थ्यो उहाँ। सुवर्णसमशेर बित्दा श्रद्धाञ्जलि दिन पनि गणेशमानजीसँगै जानुभएकै हो। शायद यस्तै–यस्तै गतिविधिका कारण समय नपुग्दै पटक–पटकको ताकेताबाट फिर्ता बोलाइयो। र, अतिरिक्त समूहमा थन्क्याइयो लामो समयसम्म। ००६ सालको एसएलसी बोर्डमा हालका चर्चित इञ्जिनियर गौरीनाथ रिमालसँगै तेस्रो स्थान हासिल गर्ने मेधावी छात्र हुनुहुन्थ्यो माधवराज। सरकारी जागिर खानुअघि उहाँसँग लैनचौरको शान्ति विद्यागृहमा प्रधानाध्यापकको हैसियतले राष्ट्रसेवा गरेको अनुभवसमेत हासिल छ।
सिन्धुपाल्चोकको ठोकर्पामा पर्छ उहाँको पुर्ख्यौली घर। त्यहींको बाघभैरव उच्च माविमा हुन लागेको माओवादी अभिनन्दनमा सेनाले चारवटा हेलिकप्टरबाट बम बर्साउँदा ०६२ चैतको १४ गते विद्यालय क्षतविक्षत हुनुको अलावा नजिकै बाख्रा चराइरहेका …वर्षीय बृद्धको ज्यान गएको थियो। अरु पनि थुप्रै घाइते भएका थिए। त्यहींबाट आउँथ्यो वर्षको ३५ मुरी धान। तर, विश्वास गरिएको नजिकको मान्छेले नै घात गरेपछि बिगत ४ वर्षदेखि गाउँबाट आउने अन्नको आश पनि मरेको छ। त्यसमाथि मोहीबाट बाली बुझेर वर्षेनी काठमाडौं ल्याइदिने छिमेकी टङ्कप्रसाद न्यौपानेको ०६१ सालको दशैंताका निधन भएपछि त आउने बाटो पूरै बन्द भइगयो। त्यसो त उनी जीवित छँदै पनि माओवादीले उठाएर लगिदिएको र आएर खाइदिएको भन्दै बाली बुझाउने क्रम टुट्दै गएको थियो।
यत्तिमै मात्र टुङ्गिँदैन नमीता–सुनीताका अभिभावकहरुको रामकहानी। ६५ वर्षीया माता उच्च रक्तचापको व्यथाद्वारा सताइनुभएको छ। एक्ला दाजु प्रदीप बेलायत गएर उतै बेरोजगार हुनुभएको छ। आफ्ना बहिनीहरुमाथि भएको क्रुरतम् अत्याचारका कारण मानसिक तनाव उत्पन्न भएपछि कलेज छाडेर जोगी हुन्छु भनी तीन महिनासम्म अलप हुनुभएका उहाँको जीवन विदेशमा पनि सुखपूर्वक व्यतित हुन पाएको छैन भने आमाबाबुको समस्या हेर्ने त कुरै आएन। एकान्तप्रेम बढ्दै गएको छ उहाँमा। त्यसैले प्रदीपको जीवनमा पारिवारिक विखण्डनको पहाड पनि आइलागेको छ र भर्खरै उहाँले आफ्नी जीवनसङ्गीनीको साथ छाडेर अर्कैसँग गृहस्थी सम्हाल्न थाल्नुभएको छ।
माधवराजकी आमा ९० वर्षको हुनुभयो। उहाँ पनि लाजिम्पाटमै बस्नुहुन्छ। बस्, तीनजना बूढाबूढीको सुस्त पद्चाप सुनिन्छ त्यो घरमा। र, घरपछाडिको बगैंचाबाट आउने चराचुरुङ्गीको आवाजबाहेक कुनै पारिवारिक कोलाहल छैन त्यहाँ। एउटी सानी फुच्ची छिन्, उनले बेलाबखत पानी तताइदिन्छिन्। घरमा अरु कोही बस्दैनन्, त्यसैले भाडा आउने कुरै भएन। जागिरे जीवनको निवृत्तिभरणबापत प्राप्त हुने महिनाको ८ हजार ८ सय ६४ रुपियाँले गुजारा चलेको छ। माधवराजकी दुईजना आमा हुनुहुन्छ। त्यसमध्ये जेठीपट्टीबाट जन्मनुभएका ठूला दाजु उद्धव भण्डारीको ०१४ सालदेखि नै अत्तोपत्तो छैन भने भतिज बल्लभ अहिले जनकपुर चुरोट कारखाना लिमिटेडको बानेश्वरस्थित कार्यालयमा सातौं तहको जागिरे हुनुहुन्छ।
नीराका बुबा थीरमणि पनि ०५७ सालको मंसीर १० गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बितिसक्नुभएको छ। नीराका जेठाभाइ किरण रक्सीको लतमा लागेर पिताजीको पद्चिन्ह पछ्याउँदै ०५९ फागुन ६ गते काठमाडौँ मेडिकल कलेजमै बिते भने कान्छो भाइ सञ्जीव हाल अमेरिकामा छन्। किरणका एक छोरी र एक छोरा हाल टुहुरो अवस्थामा छन्। संभवतः नीरा यतिखेर हुन्थिन् भने त्यो घरमा यसरी अन्धकार छाउने थिएन होला।
सबैको एउटै बोली
हो, यिनै दुई परिवारलाई आज पनि धरधरी रुवाइरहने पोखरा हत्याकाण्ड सम्पूर्णतः टुङ्गयाउने प्रयोजनका निम्ति राज्यको सिङ्गो संयन्त्र यसरी सक्रिय भयो कि त्यसको चपेटामा पर्नबाट कोही पनि बच्न सकेनन्। मुद्दा चलाउनका निम्ति प्रमाण पुगेन भन्ने दुनियाँलाई देखाउन घटना भएको ठ्याक्कै २१ वर्षपछि पोखरावासीहरुलाई घर–घर पुगेर प्रशासनको पक्षमा सकारात्मक बयान दिन बाध्य बनाइयो।
यसक्रममा ०५८ जेठका विभिन्न मितिमा पोखरा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ४६ का अर्जुनबिक्रम राणा, सोही स्थानमा बस्ने ४० वर्षीय बिनोद पराजुली, वडा नं. १ का बासिन्दा रामभूषण पराजुली र मिरुवा निवासी ५४ वर्षीय रुद्रमणि पराजुलीबाट झण्डैझण्डै उस्तै व्यहोराको बयान लिइयो भने सकारात्मक परिणाम हात नलाग्ने ठहरका साथ बल्लभराज भण्डारीको हकमा चाहिँ १८ वर्षअघि नै बगालेटोल पोखरा–८ छाडेर हिँडेको र हाल अत्तोपत्तो नभएको व्यहोरा कागजमा उतारियो। राजन श्रेष्ठ र ६१ वर्षीय बृद्ध देवीप्रसाद गुरुङ्गको रोहवरमा प्रहरीले लिएको बयानमा सबैको जवाफ थियो– ‘२०३८ जेठ २९ र २०३८ असार ६ गते पोखरा ११ फूलवारी तथा वडा नं. ३ नारायणस्थानको बीचमा पर्ने सेती नदीको किनारामा नमीता तथा सुनीता भण्डारीको मृतक लाश फेलापरेको थाहा पाएको हुँ, निजहरुलाई को–कसले उक्त अवस्थामा हत्या गर्यो मलाई थाहा भएन, हालसम्म हराइरहेकी नीरा पराजुली के–कहाँ छन् थाहा भएन भनी सही–छाप गर्ने………।’
पोखरा प्रस्थान
यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ।
दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।
भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित …कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।
भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता
(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)
२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।
अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए। क्रमशः
यसरी जन्मियो यो पुस्तक
सुन्दर नगरी पोखरामा ०३८ जेठ २४ गते एउटा जघन्य अपराध हुँदा बाह्र वर्षको शैशवावस्थामा थिएँ म, र रिचोक्टार (मलेखु) को बागेश्वरी निमाविमा ४ कक्षामा पढ्दै थिएँ। आजै जस्तो लाग्छ उक्त काण्डमा संलग्न ठूलाठालूहरुमाथि कारबाहीको माग गर्दै स्कूले हामी भुराहरुले बजारभरि वालिङ, पोष्टरिङ गर्दै हिँडेको।
धादिङमै राजकाज मुद्दा लागेपछि राजधानी भित्रिएर नौ कक्षामा भर्ना भई अध्ययन र राजनीतिबीचको सन्तुलित जीवनयात्रा अघि बढाउने क्रममै मैले खोजी पत्रकारिता अङाल्न पुगें। प्रबुद्ध पाठकवर्गले मन पराइदिनुभयो मेरा प्रस्तुतिहरुलाई र हौसिँदै हौसिँदै म चिसो मरुभूमिका ताता राजासम्बन्धी रिपोर्टिङ गर्न कहिले मुस्ताङको लोमन्थाङ पुगें त कहिले सेतीका बगर–बगर डुल्न थालें। बहुदलीय व्यवस्था पुनर्स्थापनाको लगत्तै ०४७ बैशाखमा आफू पोखरा पुग्दाको परिणाम थियो दृष्टिमा प्रकाशित नमीता–सुनीता हत्याकाण्डसम्बन्धी धारावाहिक विवरण। भर्खरको शिकारु विद्यार्थी एवं केही नयाँ गरेर देखाउने तरुणको निम्ति परिणाममा अरु कुन कुराको प्रतिक्षा रहन्छ– आफ्ना सिर्जनामाथि प्राप्त हुने प्रतिक्रिया सिवाय? नेपाली जनताले रगतको मूल्य चुकाएर फिर्ता ल्याएको प्रजातन्त्रमा निरंकुशताको आड लिएर यसअघि अनेकन आततायी अपराध दोहोर्याइरहने दुर्दान्त खलनायकहरुलाई कानूनी कठघराभित्र उभ्याइएको देख्न चाहनु कनै नाजायज आग्रह पनि त थिएन! त्यसैले मैले आफ्नो रिपोर्टमा त्यतिबेला लेखेको थिएँ– ‘जुन समयमा यो घटना घट्यो, त्यसबेला मुलुकमा एकदलीय अधिनायकवादको कालो सवारमा बसेर यात्रा हाँकिरहेको पञ्चायतरुपी प्रणाली आफ्नो दानवी कायासहित उपस्थित थियो। अब त्यो राक्षस यो मुलुकमा छैन। तर, त्यस समयमा भएका अपराध र ज्यादतिका दुःखद् कथाहरु भने चिहानबाट बाहिर निस्कन आतुर छन्। अब हेर्नु छ, चिहानमा गाडिएका ती अपराधहरुको सूचीमा भएको नमीता–सुनीता हत्याकाण्डका सूत्रधारहरुलाई कांग्रेस–कम्युनिष्टसहितको बहुदलीय सरकारले कस्तो उपचार गर्ने हो! अपराध पुरिएका चिहानहरु उधिन्नु र त्यस प्रेतको छायाँबाट मुक्ति चाहनु प्रजातन्त्र सुदृढ पार्नुजस्तै अर्को महत्वपूर्ण कार्य हो। समय अहिले यही आवाजसित एकाकार छ।ँ
तर भयो के? जनआन्दोलनको बलमा बनेको अन्तरिम सरकारको मात्र के कुरा, त्यसपछिका सबैजसो जननिर्वाचित सरकारले समेत मल्लिक आयोगलगायतका सैयौं प्रतिवेदन र रिपोर्टहरुलाई त्यत्तिकै थन्क्याइदिए। त्यहींबाट शुरु भएको हो– जनताका अनेकन आकांक्षाहरुमाथि कुठाराघात गर्ने शासकीय अभियान। फलतः पञ्चातकालीन अपराधीहरुले पुनः फणा उठाउँदै गए र शीर्षासनमा तिनै खलनायकहरु पुनर्स्थापित हुँदै गए। बिनाकुनै परिश्रम, सत्ता घुमिफिरी हातमा आएपछि आफ्नो पालामा भएका अनेकन कुकर्महरु ढाकछोप गर्न तिनीहरु उद्यत हुने भइहाले। इच्छाअनुरुप नै मकरतन्त्रमा मौका जुर्यो उनीहरुलाई र आफ्नो हात जगन्नाथ गर्न पछि परेनन्।
हालैका दिनमा उनीहरुद्वारा गुपचुप तवरबाट गरिएका थप तिनै अपराधहरुमध्येको एक प्रमुख अपराधमा आधारित भएर लेखेको हुँ मैले यो पुस्तक। ‘माघ १९ को महाभारत’प्रति यहाँहरुले देखाउनुभएको अगाध स्नेहले जन्माएको हो– ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’लाई। अन्य विषयहरुमाथिका मेरा थप खोज–अन्वेषणहरु यहाँहरुकै अमूल्य सुझाव एवं प्रतिक्रियाहरुद्वारा निर्देशित हुने प्रतिबद्धता दोहोर्याउँदै अहिलेलाई बिदा चाहन्छु। धन्यवाद।
– किशोर श्रेष्ठ





हेर्नुस महानुभाब हरु यो समएमा म महाराजगंज मेडिसिन मा पद्थिया / यो हत्या काण्ड ले धेरै लाइ रुवाएको थियो / बालुवाटार मा मेरा केहि साथी हरु संघ एस बिसयेमा कुरा हुदा यो बुझिन्तियो कि येस्मा राजनेता भनाउदा र दरबारिया हरुको ठुलो प्रेसर यो काण्ड लाइ दबाउने नै थियो/ एस को मतलब तेस्खेमा भित्र का केहि पात्रहरु येस्मालागीपरेका हुन्/ एस बाहेक निरा को कुरा औछा / धेरै महिना पछि ननिता, सुनिता को बिसयेमा मेरा एक जना साथीले भन्नुभएको थियो/ एक दिन य़ेऊटाई टोल मा बस्ने भएका ले ननिता सुनिता को आमा लाइ उहाहरुले चिन्नुहुदोरहेछा/ चिनजान कै क्रम मा आमाले भन्नु भएछ के गर्नु बाबु आफ्ना डूईटाई छोरि हरु को त्यो गति भयो/ छिमेकमा त निराको फोन आइ बस्छारे / येस्तई रेछा हाम्रो भाग्य र हाम्रा छोरीहरुको दशा/ तेसै ले मर्नु न बचुनु भइयो/ यो कुरा तेती बेलाको हो/ आखिर के गर्ने निराको खोजि पनि कसैले गरेन/ होला उ कतै आरके नामले बसेकी होलि/
मन परे हरियो नपरे रातो !
5
0
नमिता सुनिता काण्ड हुदा म सानै थिए कता कता थाहा पाउछु, अहिले बुझ्न पाए दरबारिया र उसको आसे पासे को संग्लाना रहेछ तर मलाई अचम्म लागेको के भने आखिर के कारण ले गर्दा ति दरबारिया हरु लाई नमिता सुनिता को हत्या गर्नु पर्ने भयो जान्न पाए हुने थियो
मन परे हरियो नपरे रातो !
28
1
बाबु संग को रिसिबि ले गर्दा छोरीहरु लाइ तेसो गरेका हुन भन्ने सुनेको हो
मन परे हरियो नपरे रातो !
1
0
नमिता-सुनिता को हत्या काण्ड निकै नै भएंकर छ, नेपाल को इतिहास मा भयका हत्या काण्ड हरु कहाली लाग्छ छन् , कुपुत हरु ले गर्दा नेपाली आमा सधै आसु मा डुबेकी छिन् , कैले सम्म सहने येस्ता ठुलो आन्या र आपराध
मन परे हरियो नपरे रातो !
13
2
यो काण्ड मा न ज्ञानेन्द्र थियो न धिरेन्द्र संलग्न थियो यो काण्ड मा छोटे गुन्डा हरुको संलग्नता थियो. ति थिए उदय शमशेर राणा, (रानी ऐश्वोर्य का भाई), बिनोद शंकर र नीर शाह .तर मुद्दा दबाउन मा बिरेन्द्र ,ज्ञाने हरु संलग्न थिए .मैले तथ्य सुने अनुसार उदय शमशेर र अरु दुइ जनाले त्यो अर्को केटि निर संग कुरा मिलाएका थिए र ति केटि हरु लै सेती को किनार मा लागिएको थियो त्यहाँ बलत्कार गर्न खोज्दा सेती को gorge मा खसी मरेका थिए . येही हो कहानी न बुझ्ने हरु का लागि जानकारी .
मन परे हरियो नपरे रातो !
14
7
ओहो यहालाई पनि तथ्य थाहा रैछ | येदि उदय समशेर , बिनोद शंकर र निर शाह संलग्न थिए भने पनि यी छोटे गुन्डा मात्र भन्न मिल्दैन |
अनि , “”ति केटि हरु लै सेती को किनार मा लागिएको थियो त्यहाँ बलत्कार गर्न खोज्दा सेती को gorge मा खसी मरेका थिए”" रे , भने पछि बलात्कार भएको थिएन ?? गर्न खोज्दा नै चिप्लिएर सेतीमा खसेचन ???
अनि अर्को कुरा : “”मैले तथ्य सुने अनुसार उदय शमशेर र अरु दुइ जनाले त्यो अर्को केटि निरा संग कुरा मिलाएका थिए”"…ओहो , तेस्तो तथ्य त बाहिर ल्याउनु पर्यो नि | यी माथिका तिनै जना जिउदै छन् क्यारे | अनि कति सजिलै निराले कुरा मिलाएको रे …..
मन परे हरियो नपरे रातो !
11
2
RKDUBE ज्यु
सहि नै भन्नु भयो/ मैले नाम लिन नचाहेर रानीका भाई संलग्न थिय/ नमिता सुमिता काण्डमा यो नाम घटना भयको लगतै चर्चामा आयको थियो र अहिले पनि इन्टर नेटमा उल्लेखित नै छ/
मन परे हरियो नपरे रातो !
9
1
त्यो बेला मा पनि ६ को स्तुदेंत थिएँ मैले पाएको तत्कालिन पत्रिका र भित्रि जानकारी अनुशार यो हत्याकाण्ड को सहभागी हरु ज्ञानेन्द्र, धिरेन्द्र ,जगत गौचन, निर शाह, बिनोद शंकर श्रेष्ठ(शंकर होटेल मालिक) हुन्.
मन परे हरियो नपरे रातो !
24
0
ओहो, अब भित्रि जानकारी भने पछि त होला नि त | पत्रिकाको कुरा त तेस्तै हो , भित्रि जानकारी त एकदम महत्वपुर्ण हो है | उमेश जी लाइ निबेदन: यहाँ साथीलाई सम्पर्क गरेर धेरै भन्दा धेरै कुरा निकाल्न पर्यो है
तर मलाई त यो भन्दा पहिले जगत गौचन को नाम एस काण्डमा मुछिएको थाहा थिएन |
अनि सबै जनाले ज्ञानेन्द्र ज्ञानेन्द्र भंचन , मलाई त ज्ञानेन्द्र त्यो बलात्कार- हत्यामा प्रथ्यक्ष्य संलग्न थिएनन् जस्तो लाग्छ है | येदि धिरेन्द्र हो भने त अप्रथ्यक्ष्य संलग्नमा पहिलो नम्बर मा पूर्व राजा बिरेन्द्रको नै नाम आउन पर्छ. किन भने उनले यो घटनालाई लुकाउन निर्देशन दिएको हुनु पर्छ |
यहाँ उमेश जी ले ज्ञानेन्द्रको नाम लिएको चै , आफु सत्तामा आउने बित्तिकै त्यो घटनाको file close गर्न लगाएको ले होला |
मन परे हरियो नपरे रातो !
6
1
संदेश ज्यु
नमिता सुमिता काण्ड हुँदा जगत गौचन सायद सानै थियो कि जस्तै लाग्छ/
मन परे हरियो नपरे रातो !
1
2
यो घटना मा जो जो को संग्लग्नता थियो त्यो चोर हरु सबै लाइ जेल हाल्नु पर्चा | साथ साथै राम चन्द्रे गोरु जसले मुद्दा नै बन्द गर्यो तेस्लाई पनि पट फर्काएर जेल मा कोच्नु पर्छ | येस्मा कांग्रेसी को हात छ | तेसैले त्यो नेता भनौदो डाका हरु लै जेल मा सुकाउन पर्छ | देश मा त फोहोर को थुप्रो बनाउने कांग्रेस र एमाले नाइँ हो नि | येति बिधि देश बिग्रेको यिनै पार्टी का चोर नेता हरु ले गर्दा नै हो |
जय देश |
मन परे हरियो नपरे रातो !
19
4
यो घटना हुँदा मा धेरै सानो थिए कता कता सुने जस्तो लाग्थियो, तर धेरै पछि माई संसार मार्फत यो घटना को सदेंत्र र तथ्य कुराहरु थाहा भयो, हरेक आइतबार नमिता सुनिता हत्याकाण्डका अझै रहस्यमय कुराहरु लिएर आओस; ढिलो चांडो यो हत्याकाण्डसंग सम्बन्धित हत्याराहरु(बाकी रहेका) न्याएका कठघरामा उभिएको देख्न पाउ, लेखक महोदय र माई संसारलाई धेरै धेरै धन्यबाद,
मन परे हरियो नपरे रातो !
19
1
हाम्रा सयौ नमिता-सुनिता हरु लाई,सयौ डेकेन्द्र हरु लाई,सयौ मैना सुनुवार हरु लाई सयौ………….लाई हामी ले नै नस्ट गरेका हौ चाहे त्यो बिस्नु-अबतार धारी महाराज को ‘गाथ’ मा चढाएर होस् चाहे बस्नेत जर्साब को ‘पोल्टा’ मा हालेर होस् वा महारुद्र प्रचण्ड लाई ‘भोग’ दिएर होस् /हामी नै हौ किताब लेख्छौ अर्को एउटा ब्यापारी महाराज लाई टक्राउछौ अनि बजार मा समबेदना बिक्रि गर्छौ… नाफा???? मनग्य होला तर ‘थापा’ परिवार,भण्डारी परिवार,सुनुवार परिवार………लाई के त??फेरी सानो आस अनि किताब बिक्रि सकियो ‘माल’ ले गोजी भरियो तेस पछि को भण्डारी को थापा को सुनुवार????सक्छौ न्याय दिलाऔ सकिदैन प्रत्येक वर्ष नया सस्करण को लागि बजार नतताऔ प्लिज……
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
7
अनि राजा बिरेन्द्र लाई निकै राम्रो भन्थे है केको राम्रो हुनु , अहिले लेका नेताहरु जस्तै त रहेछ नि .
मन परे हरियो नपरे रातो !
33
10
राजशाही परम्परा मा हुर्केको ले यौन को मामला मा अलिक आशक्ति त देखाएकै हुन्, विविध कुरामा आफ्नो परिवार को दवाब झेल्न पनि नसकेहोलान तर देश र जनता माथि घात गर्ने अहिलेका गुण्डापोषक जस्ता चाही थिएनन् होला बिरेन्द्र ! उनि बाचिरहेका भए देश को रुप अहिले भन्दा फरक त पक्कै हुनेथियो !
मन परे हरियो नपरे रातो !
30
5
तेती बेला राजा कति शक्तिशाली थिए बताई राख्नु पर्छ जस्तो लाग्दैन, उनले चाहे यो छानबिन हुन्थेन ? अनि नमिता-सुनिता हरु चै जनता थिएनन् त ? यो भन्दा कति बढी घात गर्नी पर्यो , अनि त एस्तो राजा अहिले लेका नेताहरु जस्तै त रहेछ नि . मुख राम्रो भएर के गर्नु ?
मन परे हरियो नपरे रातो !
14
4
That rape and murder case was investigated by my father. He found the proof of involvement of royal people (dhirendra etc) but he was firstly tried to bribe and when my father objected he wa forced to resign from the police post.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
81
5
If that is the case why didnt your father, who was so brave to object the bribe offer didnt dare to come forward even after the fall down of royal family.
मन परे हरियो नपरे रातो !
8
2
मैले यो घटना सुनेको लगभग २५ वर्ष भयो तर अपुष्ट नै सहि त्यो अपराध गर्ने हरु को नाम चै थाहा पाउन सकिन ………………….लौ न अहिले त देश मा राजा को शासन पनि छैन, दरबारिया को पनि सिङ्ग फ़ुक्लिएको छ कसैले त भन को को हुन् ति मान्छे हरु जो यति शक्तिशाली थिए
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
2
म सानो हुदा यो कुरा निकै चर्चामा थियो । तर मैले खास कुरॊ बुज्न खोजता पनि बुज्न पाएको थिइन । सालोक्य जी मार्फत अब केहि भएपनि बुज्न सकिञ्छ कि । प्रत्यक आईतबार यो हेर्नेनै छु ।
मन परे हरियो नपरे रातो !
20
1
यो घटना हुँदा म ९ मा पढ्दै थिए / तेतिखेर नै व्यापक चर्चा थियो यो नमिता सुमित काण्ड / यो काण्डका मुख्य खलपात्र धिरेन्द्र र ज्ञानेन्द्र लगायत का चम्चेहरु हुन् भन्ने कुरा हामी बिद्यार्थी लगायत सबैलाई थाहा थियो / धिरेन्द्र ले त सजाय पाईहाल्यो बाकी रह्यो अर्को ? तेस्लाई पनि नमिता सुनिता को आत्माले कुन हालत बनाउछन् देख्न पाईनछ / माओबादी , सेना , र पुलिस को आडमा नेता हरुले गरेको हत्याको को त कुरै नगरौ , डेकेन्द्र जी , कृष्ण सेन जी हरुको आत्माले शान्ति पाउने कुरा पनि संका कै घेरामा छ /
मन परे हरियो नपरे रातो !
33
8
आखिर कस्ले मारेको रैछ नमिता-सुनिता लाई जान्न पाए हुनेठियो।
मन परे हरियो नपरे रातो !
37
2
अपराधी चै को रहेछ त ? यति को भर मा यो भन्न सकिन्न ! रामचन्द्र पौडेल लाइ पाता हिर्काउने हो भने अपराधी पत्ता लाउन मुस्किल नपर्ने देखिन्छ ! सबै को ध्यान दर्बार तिर गैरहेको देखिन्छ ! के थाहा नेपाली कांग्रेस को कुनै अमुक नेता को पो संलग्नता छ कि ? कि त स्पस्ट जवाफ देउ मुद्दा फिर्ता लिने रामचन्द्र …..होइन भने त्येश मा तिमेरु कै संलग्नता छ !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
109
17
दरबारसंग सम्बन्धित कोही संलग्न नभएको भए हत्यारा पंचायतकालमा नै पक्राउ पर्ने थियो, त्यो बेलामा कोही कांग्रेसी कानूनबाट बच्यो होला भन्ने सम्भब देखिदैन |
मन परे हरियो नपरे रातो !
22
15
राजनीति लेनदेन को हुन्छ ! के भयो भन्न सकिन्न ! मुद्दा फिर्ता किन कांग्रेस को गृह मन्त्रि ले लियो त? कांग्रेस र पंचायेत त घाटी जोडिएको व्यवस्था हो नि ! आफ्नै पार्टी को कोहि थियो र उसलाई बचाउन लिएको होकी ? जसरि अहिले बाबुराम सरकार ले माओबादी कार्यकर्ता को मुद्दा फिर्ता लिएको छ !
मन परे हरियो नपरे रातो !
12
3
सता को आडमा गारिय को अपराध र तेस अपराध का प्रमाद लाई कसरि सत्ता को आडमा नस्ट गर्न अपराधी हरु केहि हद सम्म सफल भयका छन् भन्ने सत्य खोज मुलक किताब प्रकासित गरिदिय को मा किसोर श्रेष्ठ र सालोक्य जी प्रति हार्दिक आभार प्रकट गर्दछू! ढिलो चाडो अपराधी हरुले सजाय pauchan भन्ने मा २१ औ सताब्दी का नेपाली जनता मा विश्वास छ !
जय देश, जय जनता !!!
मन परे हरियो नपरे रातो !
35
1
कुख्यात ज्ञान बहादुर शाह र उसको, देशमा मात्रै नभएर विदेशमा समेत हुल्दंग्याहा को उपाधि पाउन सफल, अपराधि कुपुत्र पारस बहादुर शाह अझै सत्ता हतियाउने दीवा सपना देख्दै छन् | पंचायत कालमा दीउसै ज्यान मारेर हिंड्ने, दरवारको जुठो हड्डीमा पालिएको, कमल बहादुर थापा उनीहरुलाई सत्तामा ल्याउन प्रयास गर्दै हिंड्दै छ | म अमेरीकाको बाल्टिमोरमा एउटा राम्रै status लीएर बस्छु | एक दिन बिहान बाल्टिमोरका नेपाली किराना पसले प्रेम कुमार श्रेष्ठ ले एक दिन बिहानै फोन गरेर , कमल थापा पाल्नु हुँदै छ , आएर समर्थन देखाउन फुर्सद मिल्थ्यो की ? म देख्छु यहाँ intellectual भनाउँदाहरु केही राजाको समर्थन गर्दै हिड्छन | पैसा र पावरको लागि गलत कुरा समर्थन गर्न मेरो आत्माले दिंदैन | मेरो पेट पोलेर आउँछ, आत्माले धिक्कार्छ | मानीस कसरी यस्तो गर्न सक्छन |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
104
49
चाकडी प्रथाको भूत ले नछोडेका बुढापाका लाइ त ल ठिकै छ भन्नु, तपाई को उमेर नि बित्यो भन्नु, केहि गुनासो रहेन ! तर युवा हरुलाई चाही के को दास हुन मन लागेको हो कुन्नि ! हैन, अझै समय छ नि, हामी ले नै भोट दिएर जितायेपछी हाम्रो हीतमा काम गरेनन भने हामीसंग धेरै उपाय छन् नेता हरुलाई तह लगाउन, यो त अधिकार पो हो त हाम्रो ! येसरी सिधा बाटो नहिडेर उही मिल्काएको फोहोर लाई शोकेस मा सजाउन तत्पर हुने ? येसरी नि अग्रगामी भइन्छ?
मन परे हरियो नपरे रातो !
16
3
नेताहरु बदमास भए भनेर प्रजात्रन्त्रिक व्यवस्था नै ठिक होइन भन्ने निस्कर्ष निकाल्नु हामि नेपालीको अज्ञानता हो | नेताहरु तपाइले चुनेको व्यक्ति हुन् | अर्को पल्ट सही व्यक्ति चुन्नुहोस न, प्रजातन्त्रले तपाईलाई त्यो अवसर दिएको छ | ज्ञाने लाइ नै प्रधानमन्त्री बनाउनु होस् | ज्ञानेलाई देशको मायाले तेस्तो सताएको छ भने किन पार्टी खोलेर स्वस्थ प्रजातान्त्रिक अभ्यास गर्दैन ? त्यसलाई त फेरि निरङ्कुश राजा हुन परेको छ | त्यही उद्देश्यले दाइको बंश नै नाश गरेको | तर त्यो तेस्को दिवा सपना मात्रै हो | तेस्को छोरो चाहिं आफु पागल र अयोग्य भएको स्विकार्छ | त्यसैले राज पाठ चलाउने कुरामा कुनै रुचि राख्दैन, बरु थाईल्यान्डका केटी खोज्दै हिड्छ |
मन परे हरियो नपरे रातो !
7
2
this should be shaped into a movie now..the reach would be immense i assume
मन परे हरियो नपरे रातो !
12
3
कसकसको पिडा र बेदना सुनेर रुने खै!
हरेक कथाहरुले रसायको र खसेको आशुले गर्दा आखानै एलर्जि भैसक्यो अब त्!
मन परे हरियो नपरे रातो !
23
21
किन रुनु पर्यो र मित्र, डेकेन्द्र थापा को केस मा जस्तै यो केस पनि पंचायती द्वन्द को बेला भएकोले बिर्सिदिउ भनेर भन्नुस न!!!! pun intended
मन परे हरियो नपरे रातो !
6
4
म त यस्ता अमानाबिय घटना फिलिम माँ मात्र हुन्छ भन्थे, राक्षस खोज्न अन्त जाने पर्दैन, यही धर्तिमा पाइन्छ !!
मन परे हरियो नपरे रातो !
31
3
पूर्व राज दरबार, त्यसका आसे पासे, अनि अहिले का, भाले, शेरे, प्रचंडे, बाबु रामे ( डेकेन्द्र को हत्या दबौना सहयोग गर्ने ), माकुने, खुमे, बामे ओली ( सबै गुण्ड को नाइके ). यी सबै यस्ता घटना का नायक हुन् | सबै लाई चेतना भया|
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
7
“ईतिहास संधै जित्नेहरुको घोडा बनिरहँदैन” सालोक्य ज्युले भन्नु भयको यो कुरा अत्यन्त सहि हो/ देख्नेले देखेको र भोग्नेले भोगेको कुरा अलिखित नै रहे पनि बास्तविक ईतिहास तेही हो/
जिते पछि ठुला बनिने ब्यबस्थामा जित्नको लागि जित्न खोज्ने जे पनि गर्न सक्छ र आफु जिते पछि आफुलाई र आफ्नो जितलाई कुनै पनि नाम दिन सक्छ/ म प्रजावत्सल हुँ म नेता हुँ यो जनताको जित हो यो प्रजातन्त्र हो लोकतन्त्र हो आदि आदि जे पनि भन्न सक्छ लेख्न सक्छ र लेखाउन सक्छ/ तर व्यक्ति र व्यक्तिले गरेको कार्य र कर्तुतको नामाकरण उसको कार्य र कर्तुतले नै गर्छ/ चोरी गर्नेले आफ्नो नाम सज्जन कुमार भन्दैमा उसको नाम सज्जन कुमार हुँदैन चोर हुन्छ/
कर्तुतलाई दवाउनु बिउलाई माटो मुनि दवाउनु जत्तिकै हुन्छ/ अब हेर्दै जाउँ ईनिहरुले दवायाको बा दवाउन्दै आयको कर्तुतहरु पनि यक पछि अर्को यक दिन त् पलाउँछनै/ नमिता सुनिता हत्या काण्ड हुँदा रानीहरुको यक जना भाईको नामको कानेफुसी चलेको थियो/ उसको बारेमा केहि सब्दहरु आज पनि इन्टरनेट उल्लेखित छ/ त्यो को थिय र उसले के गरेको थियो त्यो पनि समयमा खुल्नेनै छ/
अब राजदरवार हत्याकाण्डमा सिलसिलामा दवेको अर्को हत्याकाण्डको बारेमा/ काठमान्डू १७ वडा पोडे टोलमा बस्ने यक जना पोडे राजदरवारमा सरसफाईको काम गर्थे/ उ राजदरवार हत्याकाण्ड हुँदा पनि दरवारमै कार्यरत थियो र हत्याकाण्ड पछि सरसफाई गर्नेमा उ पनि थियो/ उसको ढलको टोलमा यउटा भिडियो पसल पनि थियो/ काम बात फर्केर आय पछि उ त्यो भिडियो पसलमा बस्थ्यो/ दरवार हत्याकाण्डको महिनौ पछि कसैले त्यो पोदेलाई उसको भिडियो पसलमै गोलि हानेर मार्यो/ घटनाको बारेमा केहि चर्चा समेत कहीं कतै भयन/ तर त्यो कुरा देख्नेले देखेकै थियो र भोग्नेले भोगेकै थियो/ यक दिन त्यो हत्याको रहस्य समयले उघार्नेनै छ/
दरवार हत्याकाण्ड पछि गद्दीमा बसालेको ज्ञानेलाई गद्दी बात हटाउँदा दरवार भित्र बात रास्ट्रिय महत्वोको उहिले देखिको सन्धि सम्झौताहरुको मूल प्रति लगायतका कागजातहरु नारायण हिटी बात सिंहदरवार सम्म पुर्याउने क्रममा गायव भयको कुरा पनि इन्टरनेटमा उल्लेख छ तर विवरण के हो बास्तविकता केहो त्यो मात्र तेतिकैमा सिमित रहे/
मन परे हरियो नपरे रातो !
21
8
धन्यबाद सालोक्य ज्यु ,
यो लेख को लागि किताबको detail सहित KUWAIT बाट कसरि किन्नु सकिन्छा?
धन्यबाद!!!
मन परे हरियो नपरे रातो !
6
8
क्रान्ति पूर्ण सफल भएर परिबर्तन भएको हैन ,प्रतिक्रिया बादी सग हात मिलाएर बाडी चुढ़ी
खाएको अबस्था भएको हुनाले सुनिता ,नमिता ले न्याय पाउला भन्ने कुरा गाह्रो छ |
डेकेन्द्र ले न्याय पाएन,दर्बार हत्याकाण्ड को पुन छन् बिन भएन भएन त्यो कुरा अब कथा मै साबित हुने होला |लेखेको पनि कथा जस्तै नै छ ,तेसरी मान्छेको नाउ कसरि थाह हुन्छ (छान बिन कमिटि मा यो यो थिए ,तस्पछी फलानो यहा बाट याहा गए ,येसो उसो गरे !!!आदि आदि कृपया सत्य लेख्ने ,बोल्ने बानि बसालौ )|
आजको अबस्था भनेको क्रान्ति कारी ले न जितेको ,प्रतिक्रीयाबादीले न हारेको झन् बडी सहानुभूति र समर्थन बटुल्दै गरेको अबस्था पनि हो |
मेन क्रान्तिकारी नेता स्खलित हुदै ,झिंगा मिठाइ कै वरिपरी लठेर मोर्न आटेको स्थिति मा छान |
मन परे हरियो नपरे रातो !
13
2
दर्बार हत्याकाण्ड अनि बारबुन्दे संग साटीएको नेपालको सांचो को मुर्तरुप हेर्ने हो भने संकाको घेरा धेरै फराकिलो देखिन्छ ! अब यी सबै घटना परि घटनालाई केलाउने हो भने दर्बार हत्याकाण्ड कि त सांचो बुझाउनेलाई थाहा होला किट सांचो हातपर्नेलाई थाहा होला ! एकातिर नमिता सुमितको हत्याको कुरा छ भने अर्को तिर १६ हजार नेपालीको हत्याको कुरा छ ! नमिता सुमितको हत्या त कुनै व्यक्तिले गरेको हो जसको प्रमाण फेला पर्न सकिदैन! तर १६ हजार को त केहि व्यक्तिको य्स्काहत र आदेशमा भयको हो जसको प्रमाण आँखा समू छ!
मन परे हरियो नपरे रातो !
12
4
Dui चार जना नाथे कार्यकर्ताको अपराध लुकौना त बबुरावणे हरु यसरि लागेका छन् भने, राजपरिवार र वोसेपोसेहरु शंकामा रहेको अपराध लुकौना के कसर बाकि राखे होलान र?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
106
22
दरबार एउटा सद्येंत्र को अखडा थियो नेपाल मा अहिले त्यो पेरिस डाडामा सरेको छ जब सम्म ति अकदहरु भात्कैदैना नेपाल र नेपाली को भलो हुने छैन
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
141
23
पेरिस डाँडा सरेको धेरै भा को छैन , २०४७ साल पछि त्यो गिरिजा निबास मा पछि बुडा निलकण्ठ ( शेरे निबास) मा, बल्खु निबास मा, सरि सकेको छ र अहिले पनि पेरिस डाँडा भन्दा कांग्रेस र एमाले मा खुंखार निबास मा बादी हुन्छ त्यो शडयन्त्र |
जस्तै राष्ट्र पति कांग्रेसी भएको ले एमाले र कांग्रेस हरु बाबु रामलाई कसरि हटाएर सत्ता हत्याउने भन्ने षड्यन्त्र को तन बन बुनि रहनछ | नत्र राष्ट्रपति ( कंग्रेस को एउटा लुरे कार्य कर्ता जसको हर्कत अहिले पनि तेस्तै छ ) किन चुनाब गराउने बिधेयक रोकी राख्छ ? अनि किन ठग को मह नायक – राम शरण महत रास्ट्रपति ले निर्बाचित पी एम लाई हटाउने पर्ने वकालत गर्छ |? के तेही को कांग्रेसी प्रजातन्त्र ?
गरमागरम बहस! तपाईँको के विचार छ?
41
66
हो जीवन जी
कांग्रेसी भूपू महामन्त्री राम बरण यादव चुनाव को अत्यधेश रोकेर राख्ने अनि शुशिल राम्चंद्रे हरु यो सरकार ले चुनाव गर्न सकेन भन्ने!
मन परे हरियो नपरे रातो !
23
25
महेशज्यु
रास्ट्रपतिले कुन चुनावको अध्यादेस रोकेर राखेकोछ?
अर्को चुनाव संविधानले ब्यबस्था गरे अनुशर हुनु पर्छ तर अहिलेको अन्तरिम संबिधानमा अर्को संबिधान सभाको चुनाव गर्ने प्राबधान नै छैन त् अर्को चुनाव गराउन अहिलेको अन्तरिम संबिधान नै संसोधन गर्नु पर्छ भनेर निर्वाचन आयोग र कानुनविदहरु भन्दै आयकैछ/ यो कुरा सम्भंदित कुनै अध्यादेस बाबुरामले रास्त्र्पतिकोमा पठायको कुरा बाहिर आयकै छैन/
मन परे हरियो नपरे रातो !
4
5
धन्यबाद सालोक्य ज्यु ,
यो लेख को लागि किताबको detail सहित UK बाट कसरि किन्नु सकिन्छा?
धन्यबाद
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
8
[...] साभार गर्दैछौँ। यो पाँचौँ भाग हो। पहिलो भाग यहाँ दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ र [...]
मन परे हरियो नपरे रातो !
0
0
[...] साभार गर्दैछौँ। यो चौथो भाग हो। पहिलो भाग यहाँ दोस्रो भाग यहाँ र तेस्रो भाग यहाँ [...]
मन परे हरियो नपरे रातो !
0
0
[...] साभार गर्दैछौँ। यो तेस्रो भाग हो। पहिलो भाग यहाँ दोस्रो भाग यहाँ क्लिक गरी पढ्न [...]
मन परे हरियो नपरे रातो !
0
0
[...] राखिनेछ। यो दोस्रो भाग हो। पहिलो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते [...]
मन परे हरियो नपरे रातो !
2
1