मेरो Tweet

  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv
  • गुड न्युजः गणेश लामाविरुद्ध पनि अवैध सम्पति थुपारेको अभियोगमा विशेष अदातलमा भर्खरै मुद्दा दर्ता भएको छ। कूल पाँच डनविरुद्ध मुद्दा दर्ता भयो

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

कर्णेल कुमार लामा छुटाउने प्रयास असफल

बेलायतमा मानव अधिकार हननको अभियोगमा पक्राउ परेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई छुटाउन नेपाल सरकारले गरेको कुटनीतिक तथा कानुनी पहल तत्कालका लागि असफल भएको छ। कुटनीतिक पहलका क्रममा बेलायती पदाधिकारीहरुले अदालती प्रक्रियामा गइसकेको विषयमा हस्तक्षेप गर्न नमिल्ने जवाफ दिएका थिए। धरौटीमा भए पनि छुटाउन सरकारले ५० हजार पाउन्ड (६८ लाख रुपियाँभन्दा बढी) को जोहो गरेको भए पनि आजको पेशीमा पनि बेलायती अदालतले उनलाई रिहा गर्न मानेन। यसअघिको सुनुवाईमा पनि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरिएको थियो। अब उनी कम्तिमा अर्को सुनुवाई हुने मिति १० मेसम्म जेलमा बन्दी अवस्थामा नै रहनेछन्।

Plea and case-management hearing को मिति १० मेमा तोकिएको हो। Provisional trial भने लन्डनको Kingston crown court मा ५ जुनमा सुरु हुनेछ। यो trail ६ देखि ८ हप्तासम्म लम्बिन सक्नेछ।

आज भएको सुनुवाईमा पनि कर्णेल लामालाई अदालतमा सशरीर उपस्थित गराइएको थिएन। उनी दक्षिणपूर्वी लन्डनको ग्रिनविचमा रहेको बेलमार्श जेलबाट भिडियोलिङ्कमार्फत् उपस्थित भएका थिए। ४० मिनेटको प्रारम्भिक सुनुवाईमा उनी चुपचाप रहेका थिए।

मानवअधिकार हनन्
कर्णेल लामामाथि गोरुसिङ्गे ब्यारेकमा जनकबहादुर राउत र करम हुसेनले यातना दिएको अभियोग लगाएका छन्। एउटा अभियोग सन् २००५ मा जनकबहादुर राउतलाई कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा गैरन्यायिक हिरासतमा १५ दिनसम्म दिइएको यातना हो। सोही ब्यारेकमा झण्डै छ महिनासम्म यातना दिएको अर्को अभियोग करम हुसेनले लगाएका छन्। कर्णेल लामाविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २०६४ सालमै राउतको मुद्दामा उनलाई दोषी ठहर गर्दै विभागीय कारबाही र क्षतिपूर्तिका लागि आदेश गरिसकेको थियो।

मानवअधिकार हननको अभियोगमा थुनामा रहेका कर्णेल लामालाई बेलायती अधिकारीहरुले औषधीसमेत नदिएको खुलेको छ। टिएचटीका अनुसार उनी हाइ ब्लड प्रेसर र सुगरका रोगी हुन्। तर उनलाई औषधि दिइएको थिएन। राजदूत सुरेशकुमार चालिसेले जेलरलाई भेटेर समयमा औषधि दिन आग्रह गरेका थिए। गुनासो दर्ता गरेपछि भने उनलाई औषधि दिन थालिएको रहेछ। परिवारका सदस्यलाई पनि जेलमा भेट्न दिइएको छैन।

के हुन्छ सजाय ?
अभियोग प्रमाणित भए आजीवन कारावास सजाय हुन्छ। अर्थात् ४६ वर्षका कर्णेलले ६६ वर्षसम्म नेपालमा गरेको गल्तीको सजाय त्यहाँको खोरमा भोग्नुपर्ने हुनसक्छ। लामाको अभियोग प्रमाणित भयो भने २५ वर्षअघि कानुन लागू भएपछि सजाय पाउने उनी मात्र दोस्रो व्यक्ति हुनेछन्। सजाय पाउने पहिलो व्यक्ति पनि दक्षिण एसियाली राष्ट्र कै युद्ध अपराधी हुन् – अफगानिस्तानका ४२ वर्षीय Faryadi Zardad. फरक के भने, फरयादी विद्रोही ‘वारलर्ड’ थिए, लामा देशको आधिकारिक सैन्य फोर्सका बहालवाला अफिसर हुन्।

दोषी ठहर हुन लामो अदालती प्रक्रिया जरुरी हुन्छ। यो कानुन अनुसार सजाय पाउने पहिलो व्यक्ति फरयादीकै उदाहरण लिउँ- उनलाई सन् २००३ को जुलाईमा गिरफ्तार गरिएको थियो। एक वर्षभन्दा धेरै समयपछि २००४ को अक्टोबरमा बल्ल अदालतमा औपचारिक रुपमा मुद्दाको सुनुवाई सुरु भयो। तर १२ सदस्यीय संयुक्त इजलासमा मत बाझिएपछि सात साताको सुनुवाई पछि पनि जुरी कुनै निर्णयमा पुग्न नसकी फैसला हुन सकेन। अर्को वर्ष बल्ल फेरि अदालतमा सुनुवाई (रिट्रायल) भयो र सन् २००५ को जुलाईमा बल्ल उनलाई दोषी ठहर गरियो।

यसका लागि प्रहरीले अफगानिस्तानमा समेत गई पीडितहरु खोजी अनुसन्धान गरे। अदालती मुद्दासहित यसका लागि कम्तिमा ३० लाख पाउन्ड खर्च भएको बीबीसीको तथ्याङ्क छ। बेलायती अदालतमा साक्षीहरुको बयान काबुलस्थित बेलायती दूतावासबाट पठाइएको भिडियो लिङ्क गरेर देखाइएको थियो।

43 comments to कर्णेल कुमार लामा छुटाउने प्रयास असफल

  • nila

    आज हामि सबै नेपाली ले यो तेरो मेरो भन्ने बेला हैन बरु आपरादी लाइ कारबाही गर्यो भने भोलि हाम्रो सन्तान को पनि सुरक्ष्य हुन्छा आज दकंद्र को परिवार लाई जे भयको छ भोलि हाम्रो लाइ हुनसक्छ तस्सै ले हामी सबै ले एक जुट भयर आपरादी लाई सजाय दिलौनुपर६.अनि आयो लामा को कुरा यदि उसले अपारद गरेको छैन भने उस्लेई बेलायत को जेल मा १०००००० £ खर्च गरेर राख्दैन यदि उ दोषी छ भने बाबुराम र हिसिला को सबै कालो धन पठाय पनि निक्लिदैना.भोलि हामी लेइ पनि यस्तै होला भनेर यो सत्ता का दलाल हरुले जेल बाट छुतौना खोजको हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • pramod

    अब बाबुराम र प्रचण्ड को पनि उजुरी राख्नु पर्यो बेलायत मा कि कसो साथीहरु ? अनि तिनीहरुलाई पनि विदेश जान सोच्नुपर्ने हुञ्छ. झुन्ड्याउनु पर्ने ति हत्याराहरुलाई.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 2

  • Sheela

    सांकेतिक रुपमा भन्नु र बुझ्नु पर्दा:
    १. $मणि , यूरो-मन्दी (रा) र पाउण्ड-र्याल दाजु भाइले संयुक्त रुपमा ‘उतैका लागि’ गरि दिएको ‘प्रोक्सी आन्दोनल’ को एउटा प्रतिनिधि हो दैलेख र कर्नेल लामा काण्ड…!
    २. यो र यस्तै झडप खासमा ‘इंडिया (बाबुराम) vs पश्चिमी संसार’ हो, बित्थामा नेपालि रास्त्रप्रेमी जनहरु….!! यति बुझेर यो प्रोक्सी वार को सट्टा $मणि , यूरो-मन्दी (रा) र पाउण्ड-र्याल दाजुभाइ, US -युरोप र इंडिया तिण्टै को नकाब उतार्ने प्रकारले जानु जरुरि छैन र!
    ३. यति बेला दैलेख र कर्नेल लामा त भा.रू र $ को लडाईको पर्याय मात्र हो…/.यहि मौकामा हाम्रा कांग्रेस-एमालेलाइ मौकामा चौका हानी बाबुरामको कुर्चमा सुशील दा लाइ थपक्क बसाउनु छ…! कुरो कति फरक छ भने बाबुराम ले गर्ने दलाली आफुले गर्न पाइयोस भन्ने मात्र हो…

    अनि नेपालि सच्चा जनता, जसले यो गुह्य बुझेको छ ऊ किन सडकमा जान्छ ….चेतना भया…

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 4

  • madan bajracharya

    नेपाल ब्रितिशको उपनिवेश होईन त् त्यो कर्नेल जस्तो सुकै होस् दोषी होस् बा निर्दोस उहा माथि कार्यबाही गर्ने अधिकार नेपालकै अदालतलाई मात्र छ त्यो ब्रिटिश सरकारलाई छैन/

    बेलायतको कानुनले जायज मानिने कयौं कुराहरु नेपालमा नाजायज छन्; जस्तै गाई मारेर मासु बेच्नु खानु/ गाई मारेर गाईको मासु अरु देसमा समेत निर्यात गर्छन बेलाईतको सरकार तेस्को नागरिकहरु/ नेपालमा गाई मारेमा १२ बर्ष जेल जानु पर्ने हुन्छ/ अब नेपालले पनि नेपालको कानुनले निषेध गरेको अपराध गरेको आरोपमा नेपालमा घुम्न आयको बेलाईतको नागरिकहरुलाई नेपालमा खोजि खोजि समाउन्दै जेलमा किन थुन्ने?

    यदि अहिलेको नेपालको सरकारमा हिम्मत छ भने यो कुरामा नेपालले आफ्नो बिरोध जनाउन ब्रिटिश सरकार सिटको दौत्य सम्भंदमा बिचार गर्नु परे त्यो पनि गर्नु पर्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 27

    • Yam Chand

      मदन जी,

      हामि १९९१ मा नै UNCAT (UN Convention Against Tortures ) को सदस्य भै सकेको अवस्थामा तपाइले भनेको कुरा अलि पचेन. बरु यौटा सदस्य को हिसाबले हामि पनि कुनै अन्य देशका नागरिकहरु लाई यस्तै कारवाही गर्न सक्षम छौँ भन्ने पट्टि जाने कि? बेलायत को कानूनले होइन, अन्तररास्ट्रिय मान्यता अनुसार कणेल सापलाई कारवाही हुन्छ होला, त्यति बेला सम्म हामीहरुले बोल्न उति उचित नहोलाकी? यस मुद्दामा हामि बेलायत संग झुके जस्तो त मलाइ लाग्दैन.

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 4

      • madan bajracharya

        यमचन्दज्यु/
        नेपालमा त्यो कर्नेलको मुद्दामा अन्तिम फैसला हुन् अझै बाकीनै छ/ जनयुद्धको बेला भयको घटनाहरुमा नेपालले आफ्नो अन्तिम निर्णय गरेकै छैन तर गर्न खोज्दैछ/ यस्तो बेला बिचमै बिदेसिले हस्त्छ्याप गर्न सक्ने तेस्तो कुरा uncat मा भयको कुरामा बिस्वास गर्न सकिंदैन/

        हो नेपालको सरकार र कानुनले मानवाधिकार हनन गर्ने माथि कार्यवाही गर्दैन र आम माफी दिन्छ भने unicat ले त्यो मुद्दामा कार्यबाही गरेमा नेपाल माथि बिदेसिले हस्त्छ्याप गरेको मान्नु हुँदैन/

        यमज्युलाई सम्झना हुनु पर्छ कि भर्खरै मात्र पनि रास्त्रपतिको कार्यालय बात बाबुरामले जनयुद्धको बेलामा आरोपित अपराधीहरुलाई आम माफी दिने भनेर बनायको अध्यादेस रास्ट्रिय र अंतर्रास्त्रिय कानुनको बिपरित भयकोले स्वीकृत नगरेको बिज्ञप्ति सार्वजनिक गरेको थियो/ यसैले पनि सिद्ध हुन्छ कि त्यो कर्नेलको मुदामा नेपालमा कार्यवाही हुन् बाकीनै छ/ यदि बाबुरामको त्यो अध्यादेसले स्वीकृति पायको भय मात्रै unicat ले यो कर्नेलको मुद्दा उठाउन सक्छ/

        यो मुद्दामा त् बेलाईत सरकारले नेपाललाई हेपेको हो बा राजनैतिक दवाव दिन खोजेको जस्तै लाग्छ मलाई त्/

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 8

        • Yam Chand

          मदन जी,

          नेपाल मा के हुन्छ, के हुँदैन भन्ने कुरा त हामि भित्र को कुरा भयो, तर यो अन्तर रास्ट्रिय सन्धि अनुसार torture को उजूर पर्यो भने त सबै सहभागी देश ले कारवाही गर्ने नै भए. यी विकसित देश हरुमा हामि कहाँ जस्तो कानून हीनता हुने कुरै भएन. र अर्को कुरा नेपालमा कर्नेल सापलाई कारवाही गर्नु त परै जावोस, उहाँ लाइ ४- ४ पटक अब्सर्बर बनाएर UN मा पठाइयो. र गाँठी कुरा के भने उहाँ बेलायतको ILR नलिएको भए, नेपाली पस्स्पोर्ट ले वीसा लिनु पर्ने भएको ले यस्तो पक्राउ मा पर्नु हुने थिएन. मेरा अर्का मित्र आइ जी कुबेर राना वीसा लिनु पर्ने भएकोले काठमाडौँ मै वीसा नपाएर बच्नु भो. तर नेपाल सरकार वा सेना लाई समेत जानकारी थिएँ कि उहाँ यति सजिलै बेलायत छिर्न सक्नु हुन्छ र गिरफ्तार हुनुहुन्छ भनेर .

          मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 3

  • Sunil, London

    कर्णेल लामा लाई जमानतमा छुटाउन बाबु राम जी ले ५०००० पाउन्ड छुट्याएछन् , धन्यवाद उहालाई ! डेकेन्द्र को हत्यारा लाई कारवाही नगर्न दवाब दिए छन् अर्को धन्यवाद उहालाई !नेपाल का प्रधानमन्त्रिले काम गर्दैनन् भनि कुर्लने हरु लाई यो दह्रो झापड हो ! एस्तो काम आज सम्म कुनै प्रधानमन्त्रिले गर्न सक्या थिए ? बाहुनबाद को बिरोध गर्नेले एस्ता बाहुनको बिरोध गरे मलाई कुनै आपत्ति छैन , बाबुराम का मतियार प्रचण्ड, जो अर्का बाहुन हुन् उनको पनि बिरोध गर्नुस , स्वागत छ , तर कुनै सरकारी कार्यालय का खरिदार मुखिया बाहुनको बिरोध गर्ने प्रवृति त्यागौ , सहि लाई सहि र गलत लाई गलत भन्न नहच्कियौ !

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 1

  • Dhan bahadur Tamangd

    तर आफ्नै देशमा दोशी ठहरिएको ब्याक्ती लाई किन करबही भएन त कि नेपालमा नियम कानुन छैन!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 2

  • Jas

    देवानी मुद्दा मा मात्र धरौटी राख्न मिल्ने हुनुपर्ने, फौजदारी मुद्दा मा पनि धरौटी राख्न पाइने नियम चाही कानुनलाई पैसा मा बेचेको हुन्छ l यो पहुचवाला को र पैसावाला को पक्ष मा छ l

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • anamak sharma

    इराक मा १२ जना नेपाली अपहरण मा परेर मारिए . त्यस्तै कयौ सोझा नेपाली जो विदेश मा श्रम गरेर आफ्नो परिवार पलौला भनेर गएका थिए, विदेश मा अलपत्र परेर बसेका छन्. कयौ लै फसाएर झुटा मुद्धा हरु लगिएका छन्. तिनीहरु लाई छुटाउन चै केहि नि पहल नगर्ने. त्येस्ता नागरिक लाई उद्धार गरेर ल्याउन चै सरकार संग पैसा नहुने, अब यो अपराध गर्ने मान्छे लाई बेलायत ले भए नि सजाय दिन लग्यो भन्दा चै एस्तो किन हो? सरकार मा रहेका मान्छे डराएका हुन् कि के हो, भोलि आफु पनि परिन्छ भनेर?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 85 Thumb down 3

  • bibek dhakal

    यो घटनापछि हामि कुटनीतिक रुपमा बेलायत अगाडी कति निरिह छौं भन्ने त प्रस्ट भैहाल्यो तर पनि दिन दिनै केहि नगरेका सोझा जनताले त कैदी ले नपाउने दुख पाइरहेको देशको अब एकजना गल्ति गरेकै मान्छेले विदेशको जेल मा सजाय पाएकोमा चित्त बुझाउनुपर्यो!

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 3

    • Dhan bahadur Tamangd

      हुन त यो राम्रो कुरा होइन । तर के गर्नु त नेपाली अदालतले पनि त दोसी ठहर गर्दै बिभागीय कारबाहीको लागि सुझाएको रहेछ त तर हाम्रो नेपालको कानुन नुन भएर हुनेखानेको खल्तिमा परे पछी ठुला ठालालाइत छुट पाउनेनै भो नि त ।

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

      • Yam Chand

        नेपाली सेना ले त उहाँ लाई कठोर सजाय दिएर ४- ४ पटक यु. एन. अब्सर्बर गराएर पठाएछ, जबकि साधारणतया अरु अफिसर लाई एकपल्ट जान पनि गाह्रै पर्छ, उहाँले परिवार बेलायत लग्न, घर किन्न, र ILR लिन पनि भ्याउनु भयो.

        मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

      • bibek dhakal

        नराम्रो त अब दोषीले सजाय पाउनु लाइ नराम्रो भनेर कसले भन्छ र ? राजनैतिक आस्थाको भरमा जेलमा, नजरबन्दमा परेकालाई यातना दिने, कुट्ने, मार्ने हरुप्रति सहनाभुती त मेरो पनि छैन, कदापि हुने छैन .. …..तर खाली यो घटनाको कुटनीतिक पाटो नजरअन्दाज गरिएकोले मात्र अलिकति दुख लागेको हो… जुन “विशेष” कानून अहिले बेलायतमै कानून-कर्मी बीच बहस बनेको छ कुनै दिन “ओबामा” वा “पुटिन” बिरुद्द जाला भनेर, जुन कानों एकचोटी इजरेली मन्त्रि लाइ लगाउन खोज्दा नेतान्यहू ले “जोकर कानून” हामि मान्दैनौ सम्म भने र बेलायती प्रधानमन्त्री ले पछि आफै सो इजरेली मन्त्रि समक्ष माफी मागेर खेद ब्यक्त गर्नु पर्यो, नेपालको मामला मा चाही अलि भेदभाव गरेको जस्तो लाग्य मात्र हो. इजरेल, रुस र चीनलाइ गरिने व्यवहार र नेपाल लाइ गर्ने व्यवहार फरक किन भन्ने पाटो मा मात्र दुख लागेको हो :)

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

      • bibek dhakal

        अपराधीले सजाय पाउनुलाई नराम्रो त कसले भन्या छ र कसरि भन्न मिल्छ र ? दोषीले सजाय पाउनु ठीक त हो तर दुख लागेको चाही यो हर्षोलास्मा सबैबाट नजरअन्दाज गरिएको कुटनीतिक पाटो मात्र हो. जबकि बेलायतमै यो “बिशेष” कानूनको बारेमा छलफल भैरहेको छ , कुनै दिन यो कानून ओबामा वा पुटिन वा नेतान्यहू बिरुद्द लाग्ला भनेर, २०११ मा इजरेली नेता लिवनी बिरुद्द पक्राउ पुर्जी आदेश हुदा नेतान्यहू ले “यस्तो जोकर ल ” मान्दैनौ भनेर खिल्ली उडेर र पछि तत्कालिन बेलायति प्रम ले लिवनी लाइ कोप्न्हेग्न मा भेट हुदा माफी समेत मागे , हाम्रो कर्नेललाई पक्रिदा न बेलायत को हामि जस्ता सानो मुलुक प्रति र चीन, रुस र इजरेल प्रति हेर्ने दृष्टिकोण फरक भाको हो कि भन्ने दुख मात्र हो!

        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • priyanka

    हत्यारा हरु मात्रै हैन तिनी हरु को मतियार हरु लाई पनि सख्त कारबाही हुनु पर्छ . हत्यारा हरुको सपोर्ट गर्ने पुष्प जी को पनि ओठ मुख सुको होला यो खबर पढ्दा . खै त केहि कमेन्ट देखिएन .

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 0

  • gobind

    सहि सुरुवात ! यसले समाज परिबर्तन मा अलिकता भयपनी सहयोग गर्छ ! मानब अधिकार जुन मान्छे को जन्म सिद्द अधिकार हो नेपालका तथाकथित शक्तिवान हरुले अपहरण गरि सर जनतालाई बिचार बन्न बिबस बनायका छन अन्तरास्ट्रिय कर्बहिले भयपनी सचेत बनौ छ !
    janata

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 2

  • राजनैतिक र पैसाको आड्मा निमुखा र निरिहलाई ऐन र आडम्वरि शोषक र सामन्तिलाई चैन हुने हाम्रो देशमा, यो घट्नाले पीडितहरूको चहर्याएको घाउमा मलम लगाएको छ ।अव फेरि मुलुकको घुम्ने मेचमा वसेर क-कस्ले ज्याददी गर्दा रहेछ ,सवैलाई चेतना भया !

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 1

  • Puru Joshi

    हाम्रो देशले गर्नु पर्ने काम बेलायत सरकारले गरेको छ . अब अरु बाकि को को छन् बेलायत सरकारलाइ भन्नु पर्यो र यस्तै गर्नु पर्यो .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 4

  • nawraj adhikari

    जे होस् अपराधी लाई जसरि नि सजाय मिल्ने भयो . नेपाल मा नै राम्रो कानुन भएको भए आज यो समाचार आउने थिएँ युद्द अपराध गर्ने जर्नेल कर्नेल जो सक्ति को भरमा सोझा जनतालाई त माओबादी होस् तेरो घर हिजो खान आथे भन्दै बुट बजारेको आज भोग्दैछ कर्नेल परिवार बाट बन्चित हुदा बल्ल चेत पायो होला कस्तो हुदो रहेछ परिवारको माया , कति परिवार लाई बेपत्ता पार्यो त्यो बेला अहिले बेलायेती जेलमा हिसाब गर्दै होला .. त्यो ज्यादती आज तैले नि भोग्दैछास . विश्वास लाग्न थालेको छ धर्म कर्म मा भन्थे जसले जे गर्यो त्यो येही धर्ति मा भोगेर जानु पर्छ …..भोग कर्नेल भोग …

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 3

  • raj

    हामी नेता देखी जनता सम्म नियम कानुन नमान्ने थरि परेकोले अलि असजिलो लागेको मात्र हो / केहि दिन पछि नेपाल को कुरा हैन क्यारे खैरे को देस मा के पो गर्न सकिन्छ भन्छन, चुप लाग्छन / सुरु मा नेपाल मा जस्तै थर्काएर हेरुम के त गर्छ भनेर बोलेका पो हुन् त / हुदैन भन्ने थाहा पाएर त राजदूत छुट्टि मजाले मनाउदै थिये / नेपाल मा जस्तो हुल दङ्ग गरेर तेहा चल्दैन क्यारे / अर्काको देस मा आफ्नो कानुन लाद्न खोजेर पनि हुन्छ ? नेपाल मा पो अपराधी र प्रहरी एकै कार्यक्रम मा अतिथि भएर बेथिति गर्छन सबै ठाउँ मा तेस्तो चलन कहाँ हुन्छ र /

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 0

  • tulsi paudel

    यो सुनेर खुसि लग्यो कि ब्रिटिश मा भए पनि अपराधी लै कारबाही हुदैछ / अरु युद्ध सरदारहरु को पालो कहिले आउने हो ? लौ न पर्भु चाडै आवोस /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 42 Thumb down 2

  • Dill

    होइन हो यो हजारौ मान्छे मर्ने मुख्य नाइके पर्चंडे लै यु के मा मुदा हाल्न मिल्दैन , यो सुन्न पाए मात्रै पनि कान पबित्र हुनेथियो .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 6

  • काउचा मगर,बाग्लुंग

    खबर पढेपछि नेपाली नागरिक हुनुको नाताले त च्व: च्व : त भन्नु पर्ला ……तर अपराधी लाई छुताउन खोज्ने सरकारलाई पनि अपराधी मुद्दा लगाएर केहि गर्न मिल्दैन? ५० /५० हजार पाउण्ड तिरेर एउटा देश-बदनामी लाइ छुताउन खोज्ने? त्यसको हजुरबाउले छोडेर गएको सम्पत्ति हो कि क्या हो, हामी सर्वसाधारण ले रुपैया-रुपैया गरेर तिरेको कर त्यो नाथे अपराधीलाई खर्चिन लागेको ? ल है कर्नेल साब, अब धितमरुञ्जेल बेलायतको जेलको अनुभब ग्रहण गरिस्योस ..कर्नेल साब लाई मे १० २०१३ सम्म हैन, ११ मे २०३३ सम्म थुनेर अरु अपराधी हरुलाई पनि खवरदारी हुनु पर्छ……..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 3

  • govinda

    सभ्य र कानुनी राज्य स्थपित गर्न यस कारबाही प्रक्रिया अरु सबै मनाबधिकर उलनघनकर्तहरुलैपनि कर्भिको भागीदार नेपालमा असम्भब पर्य भयकाले अन्तरास्ट्रिय अदालतमा कारबाहीको भागीदार बनाउनु पर्छ. जय जनता , जय देश

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 87 Thumb down 5

    • yogi

      अनि हाम्रो देश को जमिन खाएर सबै नेपाली लाई दुख दिने देश लाई युद्द मा धकेल्न बाध्य पार्ने अपराध गरेको इंडिया लाई चाही बेलायत ले कारबाही गर्छकी गर्दैन रे?/

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 7

  • Lalit Narayan

    पाप धुरीबाट कराउछ भनेको हो रैछ गाँठे ! नेपालमा त करसाब, जस्तो सुकै पेलान दिए पनि हजुर हजुर गर्नु पर्ने, जंगी अफिसरहरु त आफुलाई राजा, महाराजा नै ठान्छन नि l सिपाही हरुलाई स्वास्नीको फरिया धुन देखि लिएर घर बनाउने काममा समेत लगाऊछन् l गाडीमा बस्दा समेत पछिल्लो सिट भन्दा पछाडी सुँगुर जस्तो कोचेर हिड्नु पर्ने उसकै चालक ?? उसको नजरमा अपराधी भएको जनकबहादुर र करम हुसेनलाइ कति यातना दिएको थियो भनेर अनुमान गर्न गार्हो नपर्ला l

    एक सार्वाभौं, स्वतन्त्र रास्ट्रको बहालवाला सैनिक अधिकारीलाइ बिना प्रमाण, आरोपको भरमा पक्राउ गरि जेल चलान गर्ने, अदालती फैसला गर्ने जस्ता बेलायती साम्राज्यबादी दुसाहसलाइ एकछिन बेवास्ता गरेर हेर्यो भने जे गर्यो त्यसमा खुच्चिङ्ग भन्न मन लग्यो l

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 123 Thumb down 5

    • jeevan verma

      एक सार्वाभौं, स्वतन्त्र रास्ट्रको बहालवाला सैनिक अधिकारीलाइ बिना प्रमाण, आरोपको भरमा पक्राउ गरि जेल चलान गर्ने, अदालती फैसला गर्ने जस्ता बेलायती साम्राज्यबादी दुसाहसलाइ एकछिन बेवास्ता गरेर हेर्यो भने जे गर्यो त्यसमा खुच्चिङ्ग भन्न मन लग्यो l —–
      र यसले नेपाली ससक हरुलाई केहि हद सम्म भए पनि पाठ सिकाउछ |

      मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 11

    • amrit thapa

      ललित जी ,
      तपाई को दोश्रो paragraph एअक्दम संकुचित सोचाई को छ मित्र, माफ गर्नु होला

      (१) के सर्भावौमा नेपाल को बहालवाला सैनिक भन्दै मा, न त नेपाल मा कारबाही हुने , न त बिदेस मा ?? अनि बिदेस मा कारबाही गर्दा तपाई हरु जस्तो ले ‘हाम्रो सर्बभौमता ‘ भनेर एउटा अपराधी को पक्ष्य मा किन कुर्लने ?
      (२) के नेपाल सार्बभौमता को अर्थ नेपाल का सब (सैनिक , पुलिस , सरकारी अधिकृत , जनता ,….) लाइ अपराध गर्न छूट छ ? अनि कानुन नलाग्नु भनेको सार्भाभौमता हो ??
      (३) बेलायत ले हाम्रो नेपाल राष्ट्र को सम्मान मा आंच आउने काम गरेको भए मात्र सर्भाभौमत्ता को कुरा गर्नुस मित्र … कुनै अपराधी लाइ समाउदै मा देश को सार्भाभौमत्ता संग जोडेर अर्को अर्थ लाग्ने कुरा नगर्नुस मित्र !!!!
      स्मरण होस् : “कर्णेल लामाविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २०६४ सालमै राउतको मुद्दामा उनलाई दोषी ठहर गर्दै विभागीय कारबाही र क्षतिपूर्तिका लागि आदेश गरिसकेको थियो।”
      कर्नेल लामा त अघि नै अपराधी ठहर गरि कारबाही को आदेश नेपाल कै अदालत ले गरेको रैछ (कारबाही त भएन होला नेपाल मा उनलाई )

      येसरी अपराधी प्रमाणित भै सके का लामा लै के कारबाही भयो नेपाल मा ?? ललित मित्र .. याद गर्नुस … अबश्य तपाई सर्भाभौमत्ता सम्पन्न बिशाल नेपाल को स्वतन्त्र नागरिक हुनुन्छा … तर पनि कानुन (राष्ट्रिय , अन्तर राष्ट्रिय ) हामी भन्दा माथि छ , हामीले कानुन को दयेरा मा रहेर काम गर्नू पर्छ .. सार्भाभौमत्ता नेपाल भन्दै मा हामि लाइ मनपरी गर्न छुट छैन .. हामी सब लै राष्ट्रिय , अन्तर्रस्त्रिया कानुन लग्छ …

      अपराधी लाइ प्रोत्सान गर्न को लागि देश को सर्भाभौमत्ता को बाजी लगाएर सर्बसाधारण को दिमाग चोर्ने काम नगर्नुस !!!!!

      मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 5

      • ganesh shiwakoti

        ललित जी, बेलायेतले अहिले सम्म ३ वटा येस्ता मुद्दा हेरेछ/ संसारमा ३ जना मात्रै कुमार लामा जस्ता अपराधी बेलायेत पुगेछन त? बेलायेत ले नंग्रा देखाएको मात्रै हो/

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • Janak b Thapa

    कुमार लामा को मुद्दा मा नेपाल सरकार ले चुप लग्यामा राम्रो हुनेछ नेपाल र ब्रिटेन सम्बन्द राम्रो हुनेछ किनकि कुमार लामा अपरादी नै हुन् नत्र बिना कारण कसैलाई पनि पक्राउ गर्ने हिमत गर्दैन बिश्वो को कुनै पनि देसले /कुनै देसको आफ्नै कानुन हुन्छा र सजायको भागी हुनुपर्छ
    मान्छे बिश्वो भर्मन गर्छन किन पक्राउ पर्दैन किन कि कुनै गल्ति छैन भने किन पक्राउ पर्ने ??
    बरु कुमार लामा को धरुती पैसा त नेपाल को गरिब र निमुखा जनतालाई दिनु लाई म नेपाल सरकार लाई शुजब दिन चाहन्छु /धन्यवाद

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 75 Thumb down 8

  • Yam Chand

    नेपाल सरकारले कर्नेल साप लै छुटाउने प्रयास गर्नु नै यौटा हास्यास्पद कुरा जस्तो मलाइ लाग्छ. १९९१ मा नै नेपाल यो अन्तररास्ट्रिय सम्झौता मा सहभागी भैसकेको अवस्थामा हामि कसरि उहाँ लाई चाहिँ कारवाही नगर्नु, छाडी दिनु, भन्न सुहाउँछ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 91 Thumb down 10

  • aman

    सारा मानव अधिकार हनन गर्नेहरुलाई भटाभट UK मा मुद्धा हाल्नुपर्छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 129 Thumb down 7

    • गगने

      यो मानबाधीकार हनन सम्बन्धी मुद्दा होईन यो त अमानबिय यातना सम्बन्धीको कुरा हो! अब मानाबाधिकार हनन र अंआनबिय यातनालाई एउटै डालोमा राखी मथ्ने हो भने कुरो अर्कै हुन्छ!

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 7

  • सुभाष सिद्धि उदास

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 41 Thumb down 128

    • राजु

      जयहोस |
      हा हा हा हा हा मोरो गोरेले पनि जनजाति लाइ नै समतेछ हगी ?
      हैन मुलुक जातिले बिगारे कि फटाहा ले ? हामी जातले पछी पर्दैछौ कि अशिक्षाले ? अन्तरजातीय बिबाह गरेका हाम्रा पी एम छन्, बाहुन पी एम को त हैन जनजाति म्याडम को मात्रै चर्चा छ भूमिगत आर्थिक कारोबार को दुनियामा | बिदेसी दलालीमा बिआरबी भन्दा जनजाती नेता गछ्छदार कम छन् कि ?
      सबै जातमा सबै थरमा सबै रंगमा लिंगमा भूगोलमा असल र खराब मानिस छन् भन्ने बुझ्नु जरुरि छ | ज्यादै थोरै मानिस असल र इमान्दार छन् धेरै मानिसहरु सामान्य छन् (माने स्वार्थी मानिस मौका परिस्थिति अनुसार चल्छन ) थोरै मानिस फटाहा छन् ,अर्थात् कानुन र नियम लाइ सर्ब शक्तिमान बनाइन सकियो भने ९९% समाज असल बन्छ |
      समाज परिबर्तन हुन्छ र हुनु पर्छ अनि हुदैछ पनि यो निरन्तन प्रक्रिया हो | यसलाई रचनात्मक र सकारात्मक ढंगले गतिशिलता दिन सकिन्छ | विभाजित सोचले समाजमा बिकृति ल्याउछ, त्यसो हुँदा हामीले पो यो विभाजित सोचबाट माथि उठेर मुलुक रुपी डोको बाट जातिलाई हैन खराब आलुहरु लाइ छानेर गोलघर को मलखाडी मा फालौ |

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 96 Thumb down 9

    • kedar

      हैन हौ मित्र बेलायेतका खैरे पनी बाहुन नै परेछन कि के हो ? हुन त साउनमा आँखा फुटे पछि संधै हरियो नै देख्छन भन्थे, मित्र ले पनी जता ततै बाहुन देख्न थालेछन / राम्रै भो, खैरेले नेपालमा क्रिस्चियन धर्म बढाए भनेर हल्ला खल्ला भै राखेको बेलामा मित्रले खैरेलाई माइ संसार मै भए पनी बाहुन बनाइदिए, बाहुनका पनी दिल खुस भए अब / धन्यबाद मित्र, येस्ता शुभ बिचारको संधै अपेक्षा रहनेछ /

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 5

      • मित्र कहाँ बाट आयो धर्मको कुरो बाहुनहरु के क्रिस्चियन भए बाहुन हरुता हिन्दु हैन र भन्य ! जत जत बाहुन उत उतै श्वह ! तेई भएर बिचार निमुख लामालाइ समातेर क्यबिजोक | अस्ति भर्खरै हो दलाइ लामाले बुद्ध भारतमा भन्द झन् क्होवा क्होवा रुदै उसकै खुट्टा समात्दै गरेको याद पो आयो मलाई त ! ताइ काजि तामू

        मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 23

      • Damodar

        हो नि त केदार जी खैरे को अनुहार पनि बाहुन संग मिल्छ नि त नाक चुचो अनि धेरै भुत्ला भएको .

        मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 2

    • amrit thapa

      धिक्कार छ तिमि हरु जस्तो २१ औ सताब्दी को नर पशु हरु जो अझै जातियता को कुरा भुकेर मेल मिलाप भद्कौना खोज्दै छौ !!!!!
      हामी बाहुन छेत्री ,… सब दाजु भाइ दिदि बहिनि किन भन्न सक्दैनौ …
      कुन चाइ जात छ सर्ब गुण सम्पन्न ???

      जाउ मुर्ख हो … लक्ष्मी प्रसाद लाइ फर्केर हेर :
      “मानिस ठुलो दिल ले हुन्छा जात ले हुदैन ”
      अनि फेरी दिमाग लगाउ :
      “मानिस सानो दिल ले हुन्छा जात ले हुदैन ”

      फेरी तिम्रो जस्तो घटिया दिमाग मा जात भात को कुरा किन ???

      मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 1

    • सुगत शरण

      केवल आफ्नो थर ‘बाहुन’ भएको नाताले ब्राह्मणवादको विरोध देख्न र सुन्न नसक्ने यस ‘माइ संसार’ का पाठकहरुको प्रवृत्ति देख्ता दया लाग्छ . यौटा प्रबुद्ध र जिम्मेदार नागरिक को हृदयले अन्यको स्वतन्त्र विचारलाई तटस्थ भावले बुझ्ने व्यक्तिलाई नै सही अर्थमा ब्राह्मण भन्न सकिन्छ. किनकी एक सच्चा बाहुनको प्रथम लक्षण भन्नु नै सहिष्णुता हुन् .
      नेपाली पार्टीहरुका हजारौं कार्यकर्ताहरुले पनि यो गुण आफूमा विकसित गर्न सके उनीहरुको आफ्नै दलहरुको कल्याण हुने निश्चित छ.
      तर अतिनै दु:ख मनाउनु पर्ने कुरो यहीं छ कि यहाँका दल र व्यक्तिहरुमा पनि यो मानवीय र सकारात्मक मनोवृत्ति को खडेरी छ. हाम्रो मुलुकको अग्रगामी विकासमा यो एउटा ठूलो वन्धन नै हो .

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker