मेरो Tweet

  • हाम्रो अनलाइन संस्करण धधध।भचबवमजबलष्।अयm मा नियमित रूपमा समाचार सम्पे्रषण भइरहनेछ पो रे ! t.co/5MoZRGQq4P
  • RT @KC_Prasanna: Don't understand how banks can afford such negative publicity MT@salokya:नबिल बैँकले मेरो ५ सय रुपियाँ ठगेरै छाड्नेभो http…
  • RT @arpan_shrestha: @KC_Prasanna @AnilKesharyShah @salokya yup they treat you like dirt beginning with the security guard. They don't if yo…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

चार दिन बन्द हुँदा नि कसैले वास्ता गरेन

देशमा अहिले दुई वटा विषयमात्रै चर्चामा छ। पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण र दैलेख, जहाँबाट २२ पत्रकार विस्थापित भए त्यहाँका सबै पत्रपत्रिका र एफएम बन्द हुने गरी। अनि अर्को विषय- विपक्षीहरुको आन्दोलन। आजदेखि त्यो आन्दोलन राजधानीकेन्द्रितसमेत भएको छ। मिडियामा यही विषयमा समाचार छापिन्छन्। तात्तातो बहस यही विषयमा भइरहेका छन्।

तर यही देशको पूर्वी भागको एउटा सदरमुकाम चार दिनदेखि बन्द थियो। कसैलाई फूर्सद समेत भएन यो विषयमा ध्यान दिन, त्यहाँको विषयमा बहस गर्न। अन्ततः थाकेर बन्द आयोजक आफैले आज चार दिनको बन्दपछि बन्द स्थगित गरी अरु विरोधका कार्यक्रम जारी राख्न बाध्य भयो। खासमा किन भएको थियो त बन्द ? गोरु काट्नेलाई पक्रेको विरोधमा।

विषय गम्भीर हो। यसमा बहस गर्न जरुरी भइसक्यो। तर कसैलाई यसमा वास्ता छैन। बदलिँदो परिस्थितिमा यस्ता घटनालाई कसरी लिने भन्ने विषयमा सोच्न समेत कसैलाई फूर्सदै छैन। समयमै यस्ता विषयलाई व्यवस्थापन गरिएन भने त्यसले भविष्यमा नराम्रो परिणाम निम्त्याउन सक्छ।

घटना के हो ?
गएको पुस २७ गते पाँचथरको सदरमुकाम फिदिमको फेमेखोला छेउमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्र्यो। अन्तरिम संविधानमा नेपाललाई हतारमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि के के गर्न पाइने, के के नपाइने भन्ने विषयमा नयाँ कानुन बनेको छैन। त्यसैले पुरानै कानुन अनुसार गाईगोरु काट्नु गैरकानुनी हो। त्यही कानुनलाई टेकेर प्रहरीले गोरु काट्दै गरेका ६ जनालाई पक्र्यो।

धर्म निरपेक्ष भइसकेको देशमा पुरानो कानुन अनुसार गोरु काट्नेलाई पक्रन पाइन्न, हामीले हाम्रो परम्परा अनुसार गोरु काट्न पाउनु पर्छ, त्यसैले पक्राउ परेकालाई निशर्त छाड्नु पर्छ भन्दै नेपाल आदिवासी जनजाति महासंघ, एमालेबाट टुक्रिएर बनेको अशोक राईको संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति विद्यार्थी परिषद् लगायतले आन्दोलन चर्काए। फिदिम बजार तीन दिन ठप्पै भो। मेची राजमार्गको फिदिम खण्डमा लामो तथा छोटो दूरीका सवारी साधन चल्न पाएनन्।

बुधबार पाँचथर जिल्ला अदालतले दलबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्दै अरु पाँच जनालाई सामान्य तारेखमा रिहा गर्‍यो। शुक्रबारदेखि भने आयोजकले बन्द स्थगित तर धर्ना लगायतको विरोध कार्यक्रम जारी राख्ने बतायो।

के छ कानुनमा ?
मुलुकी ऐनको चौपायाको महल ११ मा जानीजानी गाईगोरु काटेको ठहरेमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यही कानुन अनुसार गएको सेप्टेम्बरमा पर्वतमा जिल्ला अदालतले माझफाँट गाविस ९ का हिरा नेपाली, सोही स्थानका डिलबहादुर नेपाली र म्याग्दी जिल्ला राखुपिप्ले गाविसका गोरे नेपाली १२ वर्ष कैद सजाय सुनाएको थियो।

हरेक वर्ष यस्तै घटना
सन् २०११ को डिसेम्बरमा खोटाङको सदरमुकाम दिक्तेलमा पनि ठ्याक्कै यस्तै घटना भएको थियो। दिक्तेलमा गोरु काटेको अभियोगमा चार जना युवा पक्राउ परे। किराँती समुदायको संस्कृति अनुसार गोरु काट्नेलाई जेल हाल्ने भन्दै जनजाति संगठनहरु आन्दोलित भए। उनीहरुले पक्राउ परेकालाई छाड्न भने पनि प्रहरी छाड्न तयार भएन। आन्दोलनकारीहरुले दिक्तेल बन्दको आह्वान गरे। पुस ११ गते दिक्तेल बजार बन्द भयो। १२ गते उनीहरुलाई प्रशासनले रिहा गर्‍यो। शान्तिपूर्ण रुपमा छाड्न आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै रिहा भइसक्दा पनि कालो कानुनविरुद्धको आन्दोलन जारी राख्‍ने भन्दै आन्दोलनकारीहरुले पुस १५ गते सार्वजनिक स्थानमा गोरु काटेर सामूहिक रुपमा भोज खाने घोषणा गरे। र, २ सय जनाको उपस्थितिमा खुला रुपमा गोरु काटेर भोज गरे।

अब के ?
सङ्क्रमण काल टुङ्गिएला, संविधान बन्ला, एक किसिमको संघीयता आउला र त्यसै अनुसार संघहरुले आफ्नो ठाउँमा आफ्नै परम्परा अनुसारको कानुन बनाउलान् भन्ने सोच राखिएको भए त्यो अब टाढाको विषय भएको छ। दलहरु कुर्सी लडाइँमा व्यस्त छन्। संविधान नबनाई संविधान सभा भंग भइसकेको छ र अर्को संविधान सभाको निर्वाचनको टुङ्गो छैन। दलहरुले अधिकार माग्न सिकाएका छन्, तर त्यसको व्यवस्थापन गर्न उनीहरुले सिकेका छैनन्।

पछिल्लो जनगणनाले २०५८ सालमा भन्दा बढी ८१.३ प्रतिशत जनसंख्या हिन्दू भएको देखाएको छ। जसले जे भने पनि आधिकारिक तथ्याङ्क यही हो। होला, कसैले आरोप लगाए जस्तो तथ्याङ्क लिँदा लिनेहरुले लापरवाही गरे होलान्। तर आधिकारिक तथ्याङ्क यही हो। ८१ प्रतिशत हिन्दू भएको देशमा धर्म निरपेक्षता ठीक हो कि हैन, जनताको इच्छा यो हो कि हैन ? जनतालाई कसैले सोधेका छैनन्। जनताको प्रतिनिधित्व गरेका भन्ने दलका सीमित नेताहरुले त्यसको ठेक्का लिएका छन्।

घटना भएको ठाउँ पाँचथरको तथ्याङ्क जनगणनामा हेर्ने हो भने यहाँको जनसंख्या १ लाख ९१ हजार छ। त्यसमा झण्डै ६६ हजार मात्रै हिन्दु हुन् भने बाँकी गैर हिन्दु हुन्। सबभन्दा धेरै संख्या किरात धर्म मान्नेहरुको छ झण्डै १ लाख।

जनगणना अनुसार पाँचथरमा हिन्दु र गैर हिन्दुको संख्या

जनगणना अनुसार पाँचथरमा विभिन्न धर्म मान्नेको संख्या


गोरु काट्न नहुने हिन्दु धर्मको परम्परा हो। किरात समुदायको संस्कृतिमा गोरु काट्नु हिन्दुको जस्तो पाप हैन, अरु जनावर काटे जस्तै सामान्य हो। यस्तो अवस्थामा पाँचथरमा रहेका बहुसंख्यक किरात र अरु धर्मावलम्बीहरुको परम्परा कायम गर्दै, उनीहरुको अधिकारलाई पनि ध्यानमा राख्दै अनि अल्पसंख्यक हिन्दुहरुको संस्कृतिमा समेत चोट नपर्ने गरी व्यवस्था मिलाउन पाए सबैको सम्मान हुन्थ्यो। तर यस्तो कुरामा ध्यान जाने कसको ? राजनीतिका कुरामा मात्रै सबको ध्यान छ।

52 comments to चार दिन बन्द हुँदा नि कसैले वास्ता गरेन

  • Chetan Nepali

    “काल्पनिक कथित धर्म ग्रन्थ महाभारत मा लेखिएका छन् (महाभारत अथवा पाचौ‘ बेदमा यसरी गोमांस भक्षण गरेको पाईन्छ) ः

    “सांस्कृति रन्ति देब च मृतं सञ्जय † शुश्रुमा
    आसन बिकत्शाहास्रा तस्य सूदा महाम्त्मनः ।।
    गृहान भ्यागतान् बिप्रान् अतिथिन्, परिवेषकाः ।।”—द्रोणपर्व ६७ः१–२
    … “तन्त्र स्म सूदाः क्रोशान्ति सुमृष्टमणि कुण्डलाः ।
    सूपं मूयिष्टमश्नीध्व नाध मांस यथा पुरा –द्रोणपर्व—६६ः१५–१६
    सूपं भूयिष्टमश्नीध्वं नाध भोज्य यथा पुरा ।।”

    अर्थात, रन्तिदेबको भान्सामा भोजन गर्ने भान्सेहरु प्रायः अढाई हजार जना थिए । ब्राह्मण अतिथिहरुको धुइरो यति साह्रो लाग्थ्यो कि भान्सेहरुलाइ मासु पु्याउन कठिन परेर ‘दया गरेर आज सूप मात्र ग्रहण गर्नुस ।’ भनि अनुरोध गर्नु पथ्र्यो । यो कथित बैदिक सेरोफेरोले प्रष्ट पार्द छ कि बाहुन क्षेत्रीले गाइ गोरु ऋनिवार्य थियो भने बाहुनहरुको परमपुज्य गुरु वशिष्टले भनेका छन् —“तिम्रो छोरालाई वलवान, बुद्धिमान बनाउने हो भने वाछाको मासु घ्युमा पकाएर खुवाउने गर ।” भनेका छन् कसरी आमा भयो गाई? “

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 6

    • siddhanta bikram pandey

      पहिलो कुरा महाभारत पाचौ वेद होइन| यो कथित शब्द को प्रयोग गर्नु भन्दा अगाडी वेद को अध्ययन गरे राम्रो हुन्थ्यो| गाई लाई हिन्दुहरु ले आमा मान्छन, तर तेस्को उल्लेख वेद हरु मा कहिँ कतै गरिएको छैन| पेलेका ऋषिमुनीहरुले गाईको मासु खान्थे जुन क्रम परशुराम को पाला देखि बन्द भएको हो| गाईलाई आमा मान्नु मा साधारण तर्क छ| एउटा बालकले आफ्नी आमा को दुध खान छोडेको दिन देखि गाई को दुध खान सुरु गर्छ| तेसैले गाई दोस्रो आमा बनेर पोषण गर्छिन| अर्को कुरा गाई समृद्धि को सूचक पनि हो| तेसैले गाई लाई लक्ष्मीको अवतार मानिन्छ|

      कुरा महाभारत र वेदमा के लेखेको छ भन्ने होइन| कुरा हो ऐले को समाज ले के मान्छ र मान्दैन भन्ने| एउटा नेपाली ले आमा मान्ने जीव लाई अर्को नेपालीले काटेर खाइदिदा नेपाली नेपाली को सम्बन्ध कहाँ पुग्ला भन्ने हो| देश मा ८०% हिन्दु छन् रे, स्मरण रहोस यी हिन्दु तिनै हुन् जसले कहिले पनि धर्मनिरपेक्षता को बिरोध गरेनन. नत्र हिन्दु राष्ट्र बनाएर गाई मार्न अबैधानिक गराउन को लागि जनमत संग्रह भए पनि ३/४ जनमत गाई मार्न नहुने पक्ष्य मा पर्ने रहेछ|

      धर्मनिरपेक्षता सबै धर्म यहाँ बराबर मानिन्छन भन्न को लागि मात्रै हो| अर्का को आस्था माथि चोट पुर्याउने हतियार एस्लाई नबनाऊ| धर्मनिरपेक्षता को नाम मा हिन्दुहरु को अगाडी गाई काट्ने, मस्जिद को अगाडी सुगुर काट्ने गर्न थाल्ने हो भने पछि एसले एउटा नेपाली ले अर्को नेपाली काट्ने अवस्था सिर्जना नहोला भन्न सकिदैन| कानुन को आड लिएर अर्का को आस्था माथि चोट पुर्याउने काम गर्नु हुदैन कसैले पनि| देश १० वर्ष को युद्ध ले हायलकायल भैसकेको छ, अब द्वन्द को अवस्था सिर्जना नगरौ|

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • Aakar Bhushan Nepali

    किरात भन्ने कुनै धर्म थिएन र छैन, यो केवल संस्कृति मात्र हो| अब यसलाई धर्म बनाएर कसैलाई मोहमद, यशु, बुध्द, बिष्णु/कृष्ण आदि बन्ने रहर छ भने पनि बने हुन्छ, कुनै छेकबार छैन है देशमा |

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 6

  • Sisir

    नेपाल जातीय आतिबादमा फसी सकेको छ .. समय अनुसार नियम कानून संस्कृति परम्परामा परिवर्तन जरुरत छ ..

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • madan bajracharya

    गाई गोरु काटेर मासु खानेलाई जेल हालेकोमा जनजाति आदिबाशीका कोहि अधिबक्ताले अदालतको त्यो गलत निर्णयलाई चुनौती किन दिंदैन?

    नेपाल हिन्दु रास्ट्र भयको बेलाको कानुन ए संविधानको कुरा गर्नु अहिले गैरसंबैधानिक र गैरकानुनि कुरा हुन्/ अहिलेको नेपालको संबिधानमा गाई गोरु मारेमा अपराध हुने केहि लेखेकै छैन र अहिले नेपाल मात्र हिन्दु रास्ट्र पनि होईन/ संविधानमै सबै नागरिकहरुले आआफुले मानेको प्रचलन मान्ने अधिकार दियकै छ/ संबिधान अनुशार पनि संबिधान सिट बाझिने कुनै पनि कानुन स्वत निस्क्रिय तथा खारेज हुने भनियकै छ/ त् फैसला गर्ने न्यायधिस गाई गोरुको मासु नखाने हुँदैमा खाने जातकाले खायको कसरि अपराध हुन् सक्छ? त्यो फैसला र आफुले नखाने कुरा खाने जातकाले अरुले खायो भन्दैमा चिच्याउने आवाज पनि असंबैधानिक र अलोकतान्त्रिक छ/

    गाई गोरुको मासु खानु पाप हो अपराध हो भन्नेहरुले नेपाली मुस्लिमले नखाने सुँगुर र नेपालको नेवार बुद्धिस्टहरुले नखाने कुखुरा र कुखुराको फुल मज्जा सिट खान्छन/ बुद्धको खुट्टाको औंलामा खटिरा पिप जमेर निको हुन् सकेन र बुद्धले तेतिबेला कुनै कुखुराले त्यो खातिरामा ठुँगेर तेस्को पिप खाय पछि त्यो खटिरा निको भयो/ यसै कारणले केहि बुद्धिस्ट जातकाले आज पनि कुखुरा र कुखुराको फुल खांदैनन/अब के मुस्लिम र बुद्धिस्टजातको न्यायधिसले सुँगुर र कुखुराको मासु खानेलाई सजाय ठोक्दै गर्ने?

    हिमाली छ्य्त्रमा बस्ने हिन्दुहरुले मज्जा सिट चौरी गाई गोरु काटेर खाँदै आयकै छ/ के उनीहरु हिन्दु होईनन? भन्ने बेलामा संसारका सबै मानव क्रिस्चियन मुस्लिम बुद्धिस्ट आदि सबै ब्रम्हाजीको श्रीस्ती हुन् भन्ने तर आफुलाई बाहेक अरुलाई ब्रम्हाले श्रीस्ती गरेको नमान्ने कस्तो हिन्दु हुन् बा “हिन्दु खुमेनी” उनीहरुनै जानुन/

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 24

    • nidhi

      मदन जी, एसको लागि कुनै वकिल ले अदालत लै चुनौती दिए पनि केहि हुन्दैन किन भने अदालत ले हेर्ने भनेको कानून मिचिएको छ कि छैन भन्ने हो. संबिधान मा लेख्दैमा कानून बदलिन्दैना, प्रकिया मिलाएर संसोधन गर्नु पर्छ भन्ने यहालाई थाहा हुनु पर्ने हो. बरु, कानून परिवर्तन गर्न चाही, यहाले नै पनि अदालत मा रिट हाल्न सक्नु हुन्छा. यहाँ अदालत र कानूनलाई गाली गर्नु भन्दा कुनै वकिल लाई सम्पर्क गर्दा उपयोगी हुनेछ.

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

      • Aakar Bhushan Nepali

        राम्रो कमेन्ट | तार्किक र अर्थपूर्ण निकासको प्रक्रिया नै त्यहि हो | संबिधान आईसकेको र स्थायी संसद भई सकेको अवस्था भए व्यबस्थापिका बाट आवस्यक कानुन बनाईनु पर्ने हो | तर अहिलेको जस्तो तरल अवस्थामा एउटै उपाय भनेको सर्बोच्च नै हो जस्तो लाग्छ | अत उक्त दुबै व्यवस्था नभएको स्थितिमा पुलिस प्रशासन तथा राज्यले हेर्ने भनेको प्रचलित कानुन अनुसार कुनै पनि घटना कानुनी छ कि गैरकानुनी छ भन्ने नै हो| तर त्यसको अर्थ त्यो घटना गलत वा ठिक थियो भन्ने चाहिं कदापी होइन | मदनजिको तर्क संग बिमति हुनु आधारहीन मात्र होइन हास्यास्पद पनि हुने बास्तबिकता हुँदा हुँदै पनि उपाय बिनाको compaints मात्र ले कहिले काहीं जनमत बनाउनु भन्दा पनि irritate गराउनुमा चाहिं मदत पुर्याउछ कि भन्ने मात्र हो |

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

      • madan bajracharya

        निधि ज्यु
        कुरा तेसो होईन/
        देसको प्रचलित कानुन संबिधान सिट बाझियाको छ छैन भनेर मात्र प्रहरीले हेर्न सक्दैन/ प्रहरीले मात्रै प्रचलित कानुन अनुशार कार्यवाही अघि बढाउँछ/ तर अदालत ले कुनै कानुन लगाउनु भन्दा पहिला त्यो कानुनको बैधता हेर्नै पर्छ / अदालतले संबिधान सिट बाझियको कुनै कानुन अन्तर्गत कुनै फैसला गर्ने पाउंदैन/ गरेमा त्यो फैसला पनि उच्च न्यायलय बात बदर गरिन्छ/ यो कुराको बारेमा कुनै पनि कानुनविद सिट बुझ्न सक्नु हुन्छ/

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • razen

    ओहो नेपालमा पनि कानून रहेछ बल्ल थाहा पाइयो | लौ अब येसो मान्छे मार्नेलाई पनि सजाए दिने हो कि, खाली पशुको मात्र कानून लाग्छ यहाँ |

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 3

  • Ekaraj Agasti

    माओवादी ले १० बर्ष युद्ध गर्‍यो, आदीबासी जनजाती, अल्प सङ्ख्यक मुस्लिम, लगायत का मान्छे हरु लाई देखाउनु सम्म सपना देखायो, मलाई लाग्थ्यो त्यो युद्ध ले साच्चै हाम्रा जनजाती आदिबासी हरु को चेतना को स्तरलाई धेरै माथि पुर्यायो, तर वास्तविकता त अर्कै रहेछ, अन्तमा हाम्रा आदिबासी जनाजाती हरु लाई अधिकार को आशा देखाएर युद्ध मा होमको त गाई को सिनो खान पाउने अधिकार माग्न सक्ने पो बनाएछ!!?? हाम्रा आदिबासी जनजाती हरु लाई गाई को सिनो मा लडाईं गर्ने र जिते पनि सिनो जितिने, हारे सिनो हारिने!? अचम्म को अधिकार माग्न सक्ने बनाएछ! साच्चै भन्ने हो भने गाईको सिनो खाने कुरा लाई जनजाती को अधिकार को लडाईं सँग जोड्नु भनेकै जनाजाती माथि युद्ध को समय मा देखाएको सपना लाई सिनो सँग साट्नु हो। अनी हाम्रा जनजाती हरु तेही सिनो का लागि लडाईं गर्छन्, तेस्कै लागि आन्दोलन गर्छन्, अह त्यह आदिबासी को शिक्षा, स्वास्थ्य, रोज्गार, उनिहरु को भाषा को सम्रक्षण हुनु पर्‍यो भनेर कतै बन्द गरेको देख्नु भा छ ?? सिनो मा लडाएर फेरी राजाइ गर्ने दाउ लाई जनजाती ले बुझ्न नसक्नु जत्ती को बिडम्बना अरु के हुन सक्छ?? तेस्तई मुर्ख लाई लाग्दो हो, गाई को सिनो खादा हिन्दू हरु माथि साङ्केतिक जित जितिन्छ, तर जनजाती ले यो बुझी राख्नुस् कि एही सिनो को लडाईं लाई उनिहरु लम्ब्याइ रहन चाहन्छन, ताकी एही सिनो माग्दा माग्दा अहिले नै मुख्य माग ओझेल मा पारी सकेको छ, अब केही महिना बर्ष लम्बिने हो भने एही नै मुख्य माग बन्छ र अन्तमा जिते पनि सिनो!!!!!! स्वोएम केही हिन्दू अतिबादी समुह पनि एही चाहन्छ कि इनिहरु एही सिनो को माग मा अल्झिरहुन, तेसैले जनजाती नेता हरु जो गरीब जनजाती को नाम मा राजनीति गर्छन्, र गरीब जनजाती लाई गरीब बाहुन को बिरोध गर्न लगाउछन अनी सधैं भरी यस्तै झिना मसिना सिनो र हड्डी सँग सपना साट्छन।

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 16

    • Sheela

      टपरे बाहुन को बुद्धि हेर न, सिनो रे . गोरु को ताजा मासु भनेको, के को सिनो ?

      मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 51

      • siddhanta bikram pandey

        शीला जी! मान्छे कति सभ्य छ भनेर थाहा पाउने एउटा माध्यम तेस्ले प्रयोग गर्ने भाषा हो| प्रयोग गरिएको भाषा ले लाई मान्छे को सोच कति दरिद्र रैछ भनेर थाह पाउन नि मदत गर्छा|

        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • मेरो बिचारमा जो राज्य सत्तामा बस्दछ अर्थात राज्यको कानुन निर्माण गर्ने तहमा पुग्दछ तेस्ले आफ्नो र आफ्नो समर्थकको हितका लागि नै कानुन निर्माण गर्दछ तेसो हुनाले अल्पसंख्येक्को हितका लागि कानुन बनाइदैन . हाम्रो देशमा पनि गाइ नाखहनेहरुले राज्य चलाएको हुनाले तेस्तो कानुन बनाए .हुन त मैले पनि खाएको छैन तर जसले आफ्नो संस्क्रृति अनुसार खान्छन तिनीहरुलाई गर्न दिंदा ठिकै होला जस्तो लाग्छ एस्तो कुरामा किन राजनीति गर्नु पर्छ र ?जस्तै उदाहरणका लागि मुलुकी ऐनमा हाडनातामा बिवाह गर्न पाइदैन तर येदि आफ्नो परम्पर्रानुसार संस्कृति अनुसार गरेकोमा भने हाडनाता मानिदैन /एस्तो नियेम बाहुन ,छेत्री लगाएत लाइ मात्र लागु हुन्छा भने जनजातिहरुलाई लागु हुदैन तेस्तै जसले गाईलाई पुज्छन तिनीहरुले गाइ मारेमा कानून लाग्ने र जसको धर्म र परम्परामा गाइको मासु खान हुन्छा तिनीहरुलाई कानुन नलग्गौने गरे त भै हाल्छ नि ,कि कसो ?अर्को कुरा यदि नेपालको शासन चलाउने ठाउँमा गाइ काटी खानेहरु बसेका हुन्थे भने त नियेम बनाउदा गाइ को मासु खान हुने निएम नै बनाउथे होलान नि वा गाइ काटे पनि अपराध मानिदैनाथ्यो / तेसैले जहिले पनि बहुमत संस्कृतिले अल्पमत संस्कृतिलाई दबाएकै हुन्छा /

    गोरुले खेत जोत्ने हुनाले गाइ मार्न नहुने ,तेस्तै रान्गोले पनि खेत जोत्ने हुनाले भैसी काट्न नहुने /

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 10

  • Gaurab Nepali "Oodaaseen"

    कानुन र नियम को घेरा भन्दा कोहि पनि बाहिर हुन् सक्दैन ! एडी कानुनले यो गर्न हुन्न बह्न्यो भने त्यो गर्न हुन्न जसलाई विधिको सासन भनिन्छ ! नियम मा नाचाल्नेलाई पशु भनिन्छ पशु भनिन्छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 5

    • madan bajracharya

      गौरव ज्यु
      संबिधान सिट बाझियको कारण संबिधान अनुशारनै निस्क्रिय तथा स्वत खारेज हुने कानुन अन्तर्गत फैसला हुने कार्यवाही गरिने देसलाई के भन्नु पर्ने हो त्यो पनि भनि दिनु भय राम्रै हुने थियो/

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 10

  • अरे हो मान्छे मार्नेहरुलाई कुनै कारबाही छैन गोरु काट्नेलाई चाही कारबाही रे / मान्छे ठुलो कि गोरु? बहस पनि हुन सके राम्रो हुनेथियो/

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 7

  • कमल थापा(साउदी अरब)

    नियम र कानून भन्दा, चेतनामा भर पर्ने कुरा हो जस्तो लाग्यो/ क्षेत्रीको घरमा कुखुरा पाल्नु हुदैन- ५-६ वर्स अघि यसो भन्नेहरुको घर खर्च मात्र होइन, पाहुना सत्कारको लागि अहिले क्षेत्रीहरुको घरमा कुखुरा काटिन्छ/ अधिकारीको छोराले बगुर पालन गर्छ/ व्यवसाय भयो/ समाजले यसलाई पचाउनु मात्र होइन, उदारणीय कार्य भनेर खुब बयान गर्न थालिसक्यो/
    मूल कुरा समाज परिबर्तन, खोलाबाट नहर, बिजुली झिके जस्तो भयो त सक्यो उपयोग शुरु, भएर परिबर्तन नहुदो रहेछ/ त्यसैले मेरो विचारमा काट्न हुने वा नहुने होइन- यसलाई कसरी तपाई हामी सुहाउदो समाज परिवर्तन गर्ने भन्ने कुरा मूल हो/
    हो, यो हाम्रो वहस हुनु पनि एउटा सकारात्मक परिवर्तन हो/ अरुलाई सुन्न सक्नु, र आफुले भन्न सक्नु पर्छ, समस्या समधान हुनेछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 2

  • बुद्ध (द. कोरिया)

    कसैको धार्मिक आस्था माथि खेलबाड गर्ने अधिकार कसै लाई छैन , खान मन लागे घर को चार दिवार भित्र खाउ …. यो माओबादी आए पछि मान्छे मा जे गर्न पनि छुट छ भन्ने भवाना बिकसित हुदै गयो त्यही साउदी लगाएत का अरु मुस्लिम देश मा सुगुर काटेर देखाओस त कसैले तेस्को के हाल हुन्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 11

    • Dr. Lax

      “कसैको धार्मिक आस्था माथि खेलबाड गर्ने अधिकार कसै लाई छैन” भन्ने अनी किरातलाई तर्काउन खोज्ने ? मान्छे मार्नेहरुलाई कुनै कारबाही नहुने देशमा गोरु काट्नेलाई कारबाही गरिन्छ भने कुन मुस्लिमको देशको गुणगान गर्न खोज्नु भएको हजुरले ?
      साउदीमा कामका लागि जानेहरु मध्ये धेरैको हालत अति दयनिय छ । बरु एक घोडाले बडि सम्मान र बस्ने-खानेको व्यवस्था पाउछ भने कामगर्नेहरुको गोरु/गधाको अवस्था पनि साउदी अरबमा छैन । खाडीमा काम खोज्ने क्रममा गएका १४ नेपालीलाई आतङ्गकारीको दर्जा दिई तडपाई-तडपाई मार्ने मुस्लिमहरुको प्रशम्सा नगरेकै बेस !!!

      मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 22

  • khem

    के कुरा गर्ने गाँठे, हाम्रो समाजको खाली कुरा मात्र गर्ने … गोरु लाई पिट्दै , अमानवीय बेवाहर गर्दै जोत्न अनि गाडा तान्न लगाउन हुने, अनि घरर मा पाल्द बाछो पायो भनेर नाक खुम्चौने अनि तेही बाछो लाई लगेर जंगल मा अनि सडक मा छोड्न हुने, हाम्रै समाज को पण्डित बजे ले आजकल गौ दान भन्दा पैसा नै दान माग्छन, कता गयो हाम्रो धर्म, यहि धर्म को बारेमा राम्रो नराम्रो भन्नेले नै गौ को महत्व पैसा मा गर्न हुन्छा भने, लावारिस अनि दुनिया को पिटी अनि बिठाई गर्दै हिड्न दिन भन्दा त काटेर खाएमा के भयो त, अहिले हाम्रो समाजको पशु पालन क्षेत्र मा गौ पुत्र ले धेरै समस्या लयको छ, यदि यसलाई उपयोग गर्न सके यो क्षेत्र मा पनि राम्रो हुने छ,

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 11

  • xyz

    Let me intervene on this debate by asking pro-cow, anti-janajati bahuns – Do you really know how cheese is made? Do you know what goes into fermenting of cheese? Khali dekhne kura matra satya hunchha?
    One more info to bahuns – Do you know how bhuteko tori ko tel is produced locally in Kathmandu? Do you still believe that you do not take buff?

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 37

  • Basanta Thapa,Maryland,USA

    आदरणीय नेपाली दाजुभाइ ,दिदीबहिनी ,
    कसैले कसैको आस्था , सस्कार .धर्म माथि चोट नपुग्ने गरि
    पुज्नेले पुज्न पाउने ,खाने ले खान पाउने गरि बिधि र थिति बनाउ \
    सबै रहने , हुने र मान्य हुने बाताबरण बनाउ \
    ठाउ ,जाती ,धर्म ,सस्कार अनुसार कुनै पनि कुरा फरक फरक हुन् सक्छ \एक अर्काको आस्था माथि चोट नपुग्ने गरि कुनै पनि चलन चलाउ यसमै सबैको हित हुनेछ \ अन्यथा रिस ,आवेग ,घृणा ,बदला ले सबैको नाश गर्छ \

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 49 Thumb down 4

  • गणेश घिमिरे

    सबै जना आ-आफ्नो कामको स्वार्थी छन् जाहा बाट फाइदा हुन्छ तेता मात्र जान्छन अनि काहा बाट थाहा हुनु र

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • संकीर्ण विचार,संकुचित भावना ले गर्दा नेपाल र हामी नेपाली सधै पछि परेका हौ/गाई,भैसी पालेर दुध खान हुने,गोरु जोतेर खेति बाली लाउन हुने सगै मा रागो,भैसी ममचा,म:म:,छोइला,कचिला बनाएर खान हुने अनि बुडो गोरु कसै ले काटे वा खाए नेपाली अन्धो कानुन लाग्ने?सिमा हुन्छ नि मानब अधिकार हनन को पनि/किन अन्तरिम संबिधान ले धर्मनिर्पेक्ष राष्ट्र घोसणा गरेको?लाटा,सोझा लाई मात्र कानुन लाउनु भएन हो माडसाप हरु तपाई हरु को कानुन काठमाडौँ को सुपरमार्केट मा परेको छ कहिले? त्यहा बिफ भनेर बेचेको देख्नु भएको छ कि छैन?

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 13

  • bibek dhakal

    सारै नै दुख लाग्दो कुरा. अब देशमा काइदा-कानून भन्दा भिड्तन्त्र हावी हुन थालिसक्यो. कुनै समस्या समाधान गर्नुपरेकी बन्द गर्यो तोडफोड गर्यो पुलिस लाइ ढुंगा हान्यो , भयो !
    हुन त जहाँ जस्तो बाहुल्य छ त्यहाँ त्यो अनुसार को रिति रिवाज मान्न दिनु त पर्छ, यदि आरु धर्मलाम्वी लाइ असर गर्दै भने. जस्तो हिमाली भेगमा , मानौ डोल्पा को शे गाउमा चौरी( जुन गाइ नै हो) काटिएपनि त्यसलाई ठुलो रुपमा लियिन्न किनकि त्याँहा बर्सौदेखी त्यो प्रचलन छ. एउटा कुन चाही हिमाली गाउँमा चौरीको रगत पिउने पर्व नै हुन्छ क्यार अनि सो हेर्न र रगत पिउन बिदेशी हरु पनि औछां..पर्यटन ब्यवासाही हरुले पनि प्रचार गर्छन क्यार! खै त यतिबेला प्रशाशन ले हस्तक्षेप गर्दैन नि!
    जहासम्म यो घटनाले अल्पसंख्यक(सो क्षेत्रको ) हिन्दुहरुलाई आस्था मा असर पर्ने कुरा छ २ वर्ष अघि बार मा गढ़िमाइ को मेला मा त्यत्रो रक्तपात हुदा त्यहाँ रामकृष्ण बम्जन को अनुयायीहरुलाई पनि त दुख लाग्यो होला नि! किन सकेन त प्रशाशन ले यस्तो धर्म को नाममा रक्तपातपुर्ण मेल रोक्न?
    त्यसैले बरु कुनै बेला देख्या नदेख्य जस्तो गर्ने, अनि कुनै बेला चाही मुड को भरमा नियन्त्रणमा लिने भन्दा पनि स्पस्ट रुपमा कानूनको ब्याख्या गरिदिए हुन्थ्यो. जस्तो हिमाली क्षेत्र र हिन्दु धर्मालम्बी कम भएको क्षेत्रमा जहाँ यस्तो कानूनको औचिंत्य कम छ, प्रशाशनले देख्या नदेख्य गर्नु भन्दा पनि एउटा छुटको प्रावधान भए अलि राम्रो हुन्थ्यो होला…

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 3

  • Nikhil-Sharma

    कानुन या नियम भन्दा पनि ठुलो कुरा “मोरल” हो किनकि सबै कुरा कानुन ले समेट्न सक्दैन| जस्तो कि अमेरिका मा कुनै गोरे ले कुरान जलाउन नपाउने भन्ने प्रस्ट कानुन छैन तर यो मोरल को बिपरित हुन्छ, सामाजिक सद्भाव बिग्रिन्छ ,कसै को आस्था मा घात गर्दछ तेसैले मानिस ले त्यो काम गर्दैनन्| गोरु काट्ने पनि येस्तै येस्तै कुरा हो , यो सिक्न को लागि प्रतेक नागिरिक ले अर्को नगरिक लाई सम्मान गर्न सीकाउने culture को विकास हुनु पर्दछ र त्यो Education अनि गरिबी निवारण बाट सम्भब हुन्छ| जस्तो कि किराती दाजु भाई ले पनि बाहुन हरु को अस्ता लाई ख्याल गरि खोला मा गोरु नकाटेर कतै अरु ठाउँ जहाँ कसै को आखा पर्दैन तेहा काटेको भए यो होहल्ला नै हुने थिएन| सबै जना “तै रानी मै रानी को भर्छ कुवा को पानी” जस्तो निउ खोजहा हुनु देश को लागि अवस्य पनि राम्रो हुदैन| धन्यवाद
    निखिल
    हाल सिंगापुर

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 7

  • rajbhanu

    कानून लाग्ने भनेको यस्तै कुराहरुमा त हो नि ! अरु त सबै नेता र पार्टी कार्यकर्ताले गर्छन, कसलाई समात्ने?

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • prabesh

    “नेपालमा अहिग्सा धर्ममा लेखेको छ ” बुद्द धर्म ले भनेको छ की मासु मानिसले खाने हैन मासु बाग ले खाने हो,कुकुरले खाने हो र बिरालोले खाने हो यदि मानिसले खाने हो भने किन मानिस जन्मिद दात निस्केको हुन्न ?जसको जन्मिद दात हुन्न तेस्ले मसुखाने हैन भनेको छ” बिरालो को हेर्नुस,कुकुरको हेर्नुस बागको हेर्न नसकेपनि जन्मिन्ने बितिकै दात हुन्छ की हुन्न बनेकुर …..

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • shailendra dhakal

    बाहुनको छोरो हु,न कहिले बाहुन हु भनेर घमण्ड गरियो न कहिले बाहुननै भएकोमा कुनै फाइदा नै भयो ! जन्मिदै बाहुनको घरमा बाहुन जात लिएर जन्मेको हो.सानैदेखि जात भात बाबु आमाले सिकाएनन.
    अहिले विदेशमा छु साथी भाईले गोरुको मासु खाएको(अत्यन्त कमले मात्र खाने रहेछन) पनि देखेको छु एक चोटी आफैले पनि चाखी हेर्न खोजेको तर बेग्लै किसिमको गन्द अनि स्वादको कारण निल्न सकिन! सानै देखि नखाको चिज तेही माथि खान नहुने भनेर सानै देखि सिकाएको भएर होला सारै घिन लगेर आयो.येदि कसैलाई मन पर्छ भने खानु स्वाभाविक होला तर तर हाम्रो देशको संबन्धमा प्रतिबन्ध धर्म निरपेक्ष मात्र एउटा आधार नहुन सक्छ. हाम्रो देशको राष्ट्रिय जनावर पनि गाइ हो.बाहुन छेत्री(हिन्दु)लाइनै देखाउन बाटोमै काटेर खानु कत्तिको बुद्दिमत्ता होला? के हामीले जातीयताको हिंसात्मक लडाई लड्ने निहु त बनाउदै छैनौ? के सबै समान हुन् भन्ने खालको भावना राख्नु गलत हो र? बाहुनले हारेरै देखाउनु पर्ने हो र? एक पटक दुनिया हेर्नुस हामी नेपाली कहाँ छौ ? सूचना प्रबिधिको यो युगमा हामी अरुबाट सजिलै धेरै सिक्न सक्छौ हामी बिस्वकै सबै भन्दा असभ्य नागरिक मध्यका एक भइसक्यौ. साथीहरु हाम्रो देशमा धेरै परिबर्तनको जरुरि छन्.सिक्षा,सरसफाई, औधोगीकरण, बैज्ञानिक प्रविधिको हरेक छेत्रमा प्रयोग, निर्माण,कृषि अनुसन्धान, मानबअधिकार व्यक्तिगत स्वतन्त्रता,नागरिक कर्तब्य र अधिकार.यी सबै कुरोमा हामी दुनियाको अगाडी १०० वर्ष पछाडी हुनु अनि जात,सस्कृति अनि धर्मको आधारमा एक अर्कालाई दोष देखाई कुनै बहस गरिनु लाजमर्दो हुनु पर्ने होइन र? के राज्यले समान अधिकार र अवसर दिनु पर्याप्त छैन र? मैले जे देखे तेही भन्दैछु हामीमा संयमता अनि अनुशाशनको खाचो छ ! गाई काट्न पाउने नपाउने बहस विवाद गर्न केहि समय कुर्नु ठिक होला.एक्कासी हुनसक्ने सकारात्मक परिबर्तन पनि अब्यबहारिक अनि कलहको कारण बन्न सक्छ. एकअर्काको भावनाको सम्मान भएमा भबिस्यले सहज र अग्रगमन फैशला दिनेछ!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 11

  • Karam Gurung

    You guys carry on talking but I having beef ko choila yummy yummy n spicy hot with whisky.

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 30

  • Mohan Sitaula

    यी गाइ गोरु काटनेहरुलाई कुनै हालतमा छोड्नु हुदैन . यिनेरको गोरु काटने परम्परा होइन हिन्दुको बिरोध गर्नको लागि काटेको हो . हामीलाई पनि थाहा छ मतुवालीको कस्तो परम्परा छ भन्ने कुरा . बिदेशीको खोल ओडेका आडम्बरीहरुले कानुनको खिल्ली उडाउन गोरु काटेको हो . विस्वका धर्म निरपेक्ष भनिने धनि देशमा पनि कतिपय जनावर काटन पाइदैन . अमेरिकामा त धर्मको नाममा कसम खानु पर्छ रास्ट्रपतिले . नेपालमा त छाडा तन्त्र छ . जे पायो तेही गर्ने ? सभ्य संस्कार सिक्ने कि ढुङ्गे युगमा पर्कने . होला दुंगे युगमा सबै थोक काटेर खान्थे . नाङ्गै जंगलमा बस्थे . तर सभ्य समाजमा आएपछि सभ्य परम्परालाई आफ्नो बनाउन सक्नु पर्छ . हिन्दु भनेको सभ्यहरुको धर्म र सभ्यता हो जहा हिंसा र काटमारको स्थान छैन . गाइ गोरुको संरक्षण गर्नु हामि सबैको कर्तब्य हो .

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 64 Thumb down 49

    • Dilip Gurung

      सिटौला जी यो कुरा लाइ जतियेता तिर नाजोड्नुस भो, ब्यर्थ कुरा मात्र लामो हुन्छ , मन ले मागेपछि खादै मा त केहि बिग्रिदैन होला सायद, हामी पनि साथी हरु मिलेर गाउ हुदा ठुलाबडा लाई थाहा नदिकन लुकेर काटेर खाने गर्थ्योउ :D

      मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 24

  • madan bajracharya

    के साँच्चै नै हिन्दु धर्म र हिन्दु धर्मको मूल ग्रन्थ बेदहरुमा गाई गोरुको मासु खान बर्जित गरेको छ? के वेदमा गाईको बलि दिने कुरा कहिँ कतै लेखियको छैन?

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 12

  • amar

    सबै कुराको सुनुवाई हुनु पर्छ तर सुनुवाई को नाम मा राजनीति करन गर्न भएन . पत्रकार हत्या भएपनि राजनीति करन , गोरु को हत्या भए पनि राजनीतिकरण …सला नेता हरु जुक्कीएर कुकुर मर्यो भनेर पनि आन्दोलन गर्न बाकी छैन …

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

  • जीता कट्टुवाल 'कालिपार'

    हैन हो गाँठो बिदाशाँ गका नेपाली त मज्जाले खान्छन् त हौ बाच्छाको मासु । बाच्छाको मासुलाई सेतो मासु वर्गमा राखेका छन् अनि गोरुको मासुलाई रातो मासु वर्गमा राखेका छन् । दुइ वटै मिठो पो हुन्छ त हो दाजु । नेपालाँ किन बकबक गर्या हुन् ।
    मजाले खान देउ मन लागेकालाई । रोक्यौ भने झन् उपद्रो हुन्छ । किराँतले खायो त उसकै खान्छ हो । बाहुनको के जान्छ । खान हुन्न भनेर बाहुन उफ्रिन थाले भने बाहुनकै गाइ गोरु सोत्तर पारेर चोर्छन् हो पछि पछि । बिदाशाँ छोरा छोरी पठाउने बाउ र आमा नेता र नेतीनी ले था पाउन पर्यो कि छोराछोरी गोरु खान थालेका छन् । छोरा छोरीले नखाका भए केहि गरी नाति नातीनाले त हसुरी सके । यता हसुरी सके उता नारायन नारायन् भन्छन् काठे बाहुन । स्कूलाँ त्यहिँ दिन्छन् नखार के खानु हो घुँडो ? भुत्रा खसी पाइन्छ र बिदाशाँ । भेडो पाइन्छ त्यहि पनि गनाको । त्यो भेडो पनि छोइखान छैन । मेरो बिचारमा सबै गाबिसमा स्वतन्त्रता देउ खानलाई । खाली यो शर्त राख कि बाहुनका घर छेउ र मन्दिर आसपास गोरु नकाट । मुसलमानका घर छेउ र मस्जिद नजिक सुँगुर र बुँगुर नकाट । मानिसको श्रद्दाको सम्मान गर्न सिक । सबैभन्दा राम्रो गोरु काट्ने कसाइघर निर्माण गर्न लगाउ ठाउँ ठाउँमा । कसैले खोलातिर काटे भने काट्न देउ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 17

    • Saugat Thapa

      हैन यी कट्टु वालनी कत्ति चाँडो बिदेशी भा:की भन्या ! अब बिदेशमा छोराछोरीले के² खान्छन, के के पनि गर्छन रे जस्तै पैसा लिएर प्रेमालाप, नेपाल बाट मान्छे ओसार पसार आदि इत्यादि| नेपालका निर्दोष बाआमालाई किन नि चुनौती? के उनीहरूले पनी बाच्छा खानै पर्ने? के नेपालको सबै गाउँहरु युरोप भैसकेकोहो? सब बकम्फुसे राजनिती! खानेले हल्ला नगरी खाए भैगोनी!

      मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 6

  • द्रोण

    गाइ लाइ हिन्दुले माता मानेपछि ,गोरु उनीहरुको पिता पर्यो ,त् आफ्नै पिता लाइ काट्न दिने कुरै आएँन ,तेसैले सके सम्म यो बध रोक्ने प्रयास हिन्दुहरुले कोसिस गर्नु अस्वाभाविक हैन |
    म आफै पनि पशु बध को बिरोधि भएकोले घोर भर्त्सना गर्दछु |
    बिदेस मा गोरुको पुछार को सुप खाने मित्र हरुलाई नेपाल गएको बेला घिरौला र फर्सि को सुप खाने हार्दिक सल्लाह दिन्छु |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 109 Thumb down 46

    • Ale

      गोरु जोत्ने परम्परा को पनि भर्त्सना गर्छौ कि साथि?

      मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 22

    • Chetan Nepali

      अनि आफ्नै मातालाई दूद नदिने, बुढी हुने बेलामा भारत तिरको ब्यापारीको हालतमा धपाएर पथौन पनि भएन नि ? उनीहरुले त जिउदै पालेर राख्दैन होला तपाइको मातालाई! सुकुटी अनि के के जाति बनाउछ भन्ने थाहा भए पनि घर बाट निकाल्न त नहुने हो नि हैन मित्र?

      अलि सोच मा परिवर्तन ल्याऊ न होउ मित्र!

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

      • Shankar

        आफ्नो पुस्तौनी (नेपाल मा प्रायस सार्की ले नेपालि लेख्छ ,चलन अनुसार )तरकारीको खिलाफ अरुले बोल्दा दिमाग तात्नु जायज कुरा हो | तर गाईलाई माता प्रतीकात्मक रुप मा लिएका हुन् ,नत्र जनाबार लाइ मानिस ले कसरि आमा ,बा भन्छ ?
        ढुंगा लाइ देउता मान्यो भन्दैमा सबै ढुंगालाई घर मा ल्याएर थोडी राखिन्छ ?
        सायद कुनै हिन्दुले काट्न लाइ तिम्रो गाइ देउ भन्दा दिदैंन होला ,आर्थिक विपन्नता मा परेर आफ्नै छोरा छोरी पनि बेचेको प्रसस्त उदाहरण छ ,गाइ गोरुको के कुरा |
        कुरालाई बंग्याएर लेख्दैमा त्यो साचो हुन्न ,माथि तपाइले संस्कृत को उदाहरण दिएर गाइको मासुको प्रसस्त गाउनु भो |जुन गलत छ | सबैले प्रायस महाभारत पढेको र फिल्म समेत हेरेको छ |
        तर तपाइको संस्कृत ज्ञान चै प्रसंसा योग्य छ , तर अल्प ज्ञान र जानी न जानी गलत बिस्लेसन हानिकारक र प्रत्युद्पादक बस्तु हो |

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • kedar

    हुन त म हिन्दु हुँ र एस्तो गाइ गोरु काट्ने समाचारले दुखित तुल्याउँछ र पनी आफ्नो संस्कृती र इच्छा अनुसार अरुलाई असर न पर्ने गरि खान पाउनु पर्छ भन्छु म / तर यहाँ धेरै छुल्याहा हरुले राजनिती गरे जस्तो छ /

    १. पहिलो कुरो येसरी गाइ गोरु काट्दा अरुलाई असर पर्छ बरु भैंशी, सुँगुर, खसी, भेंडा, कुखुरा खाउँ न त भन्दा पनी त हुन्थ्यो होला नी ति गाइ गोरु काट्नेले ?

    २. दोस्रो न खानु खाइ त हाले, देश धर्म निरपेक्ष भैसकेको छ, सबैको आ-आफ्नो संबैधानिक अधिकार हरु छन्, के को पुराना कानुनको आड लिएर निउ खोज्नु है भनेर बरु देखेको नदेखेकै गरे पनि भै हाल्थ्यो /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 94 Thumb down 9

    • Suresh Dhakal

      केदार जी,
      हामी भित्रको एक अर्कालाइ सम्मान गर्ने मनहरु गृहयुद्धको आगोसंगै जलिसकेको छ | त्यस्को फलस्वरूप जातीय सांगठानिक मुक्तिमोर्चा र समाजको नाममा गन्धा राजनीति गर्ने स्वार्थीहरुको उदय भैसकेको छ | मान्छे मार्नेलाई भन्दा गोरु काट्नेलाई चाडो कारबाही हुन्छ | थाहा छैन हाम्रो समाज कहिलेसम्म हामी यस्तै खिचातानीमा र गोरु काट्ने मुद्दाहरुमा अल्झीरहने हो ?

      मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 4

  • शशांक लामा, न्युयोर्क

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 56 Thumb down 153

    • Bardan

      Ox Tail सुप त दामी त हुन्छ भन्नु भयो, एक चोटी Dog Tail सुप पनि चाखेर भन्नुस न कस्तो हुन्छ??

      मन परे हरियो नपरे रातो ! Thumb up 57 Thumb down 18

      • madan bajracharya

        बरदान ज्यु
        भियतनाम कोरिया फिलिपिन्स आदि मुलुकहरुमा कुकुरको मासु पनि खाईन्छ/ हिन्दु बेद कै अनुशार पनि जीव को आहार जीव नै हुन्/ आफुले नखाने जनवारको मासु अरुले खायाकोमा गिल्ला गर्ने अपराध ठान्नेहरु जति अधार्मिक व्यक्ति अर्को कुनै हुन् सक्दैन/

        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ramesh Kandel

    साला भाते खान पाए भन्दैमा गोरु नै काटेर खाने हो त?नेपालको कानुन थाहा छैन?नेपाल र भारत मा गाई र गोरु लाइ किन सम्मान र पुजा गरिन्छ भनेर एकचोटी बुझ्नु जरुरि हुन्छ/नेपाल र भारत भनेका कृषि प्रधान मुलुक हुन्/पहिले पहिले को जमाना मा आजको जस्तो खेत बारी जोत्ने ट्याक्टर हुदैनथ्यो/कृषक हरुले खेत बारी जोत्नका लागि अरु केहि माध्यम पनि थिएन त्यसकारण गोरु को प्रयोग गरेर खेत बारी जोतेर बालीनाली लगाउने कम गरिन्थ्यो जुन आज सम्मपनि बिध्यमान छ/यो कुनै जाति बिशेसको नभएर एउटा सस्कृति पनि हो/यदि त्यस बेलाको समयमा गाइ काटेर खाने हो भने गोरु कहाँ बाट जन्मंथ्यो अनि खेत बारी केले ज्योतिन्थ्यो?हो यहि कारण गाइ लाइ माता भनेर पुजा गर्न थालियो र संग संगै यसलाई तिहारमा गाइ तिहार को संज्ञा पनि दियियो/यहि कारण ले गर्दा कृषक ले खेत बारी बाँझो राख्नु पनि परेन/यदि त्यो समयमा नै गाइ काटेर खाने कल्चर बनेको थियो भने हाम्रो कृषि प्रधान मुलुक मा कृषक ले के गर्ने थिए होलान यो कुरा सोच्नु जरुरि छ/कसै कसैले यो हिन्दु को मात्र देवता हो त्यसकारण मानु हुदैन काटेर खानु पर्छ भन्छन जुन सोच एकदम गलत छ/कृषकको कुनै जात हुदैन चाहे त्यो मुस्लिम होस् चाहे हिन्दु चाहे किराँत/अझै पनि हाम्रा नेपालका कुनै कुनै जाति हरु कुरै नबुझी गाइ काट्ने भन्छन तिनीहरु लाइ थाहा हुनुपर्छकि उनीहरुको खेत बारी पनि त्यै गोरुले नै जोतिरहेको छ भनेर त्यसकारण कुरा बुझेर मात्र कमेन्ट गर्नु राम्रो हुन्छ र नेपाल मा गोरु काट्ने भाते हरुलाई कडा कारबाही हुनुपर्छ/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 145 Thumb down 85

    • madan bajracharya

      रमेश कंडेल ज्यु
      नेपालाई हिन्दु खुमेनिको देस बनाउनु परे, तपाईंले मानेकै धर्म र प्रचलन नमान्नेले मनपरी गालि गर्न पाउने देस बनाउनु परे “सट्टा” तपाईंको हातमा सुम्पे पुग्ने रहेछ/

      तपाईंले भारतमा गाई गोरु कसैले नखाने भनेकोमा भारतको स्वामी बिबेकानद र महात्मा गान्धीले समेत हिन्दु धर्ममा गाई गोरुको मासु खान नहुने भनेको छैन पहिला खान्थ्यो पछि खान छोडेको हो भनेको छ/ दुध दिने खेतमा जोत्तिने पशु मात्र गाई गोरु होईन अरु पनि छन्!!!/

      कंडेलज्यु अहिले सट्टा र कानुन गाई गोरुको मासु नाखानेको हातमा भयकैले मात्र नेपालमा गाई गोरुको मासु खाय कडा कार्यवाही गर्नु पर्ने हो भने गर्नुस कार्यवाही; तर यति याद गर्नुस सट्टा र कानुन संधै तपाईंहरुकै रहीरहँदैन/ आत्म निर्णय गर्न सक्ने संघीय राज्यहरु बन्दै छन्/ आत्म निर्णय गर्न सक्ने राज्यले राज्यमा लागु हुने कानुन आफै बनाउने छन्/ तेतिबेला कुनै राज्यमा तपाईंहरुले अहिले काटेर खाँदै गरेको पशु त्यहा काटेर खायमा कठोर दण्ड पाउने हुन् सक्छ है/

      नेपालमा गाई गोरुको काटेर मासु खानु हुँदैन भन्नेले अरुनै ब्यबहारिक कारण देखाउनु पर्छ/

      गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 41 Thumb down 45

    • xyz

      ओह मिस्टर कंडेल खुब बैज्ञानिक तर्क दिनु भो तेसो भय नेपाल बाट प्रतेक वर्षा किन ठुलो परिणाम मा बुढो गाइ गोरु भारत को कोलकोता मा निर्यात हुन्छ त?

      मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 26

      • madan bajracharya

        xyz ज्यु
        अरुले गाई मारेकोमा सजाय दिनु पर्छ भन्नेहरुले नै दुध दिउञ्जेल दुध र मुत पनि पन्चामृत मानेर पिउने अनि गाई बुढी भयमा लठ्ठीले चुत्तै घर गोठ बात निकालेर सडकमा भोकै मर्ने गरि छोडेको मात्रै होईन भारतमा समेत बेच्दै आयको हो/ तिनीहरुले जति गाई गोरु अरु कसैले मारेको छैन/ यदि गाई गोरु मारेमा सजाय दिनै पर्ने हो भने तेस्तालाई पनि १२ बर्ष को जेल ठोक्नु पर्ने जस्तो लाग्छ है मलाई त्/

        मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 6

    • Suman Thapa

      मिस्टर कंडेल… भारत को दार्जीलिंग, सिक्किम, मेघालय, नागाल्याण्ड, मिजोराम, अरुणाचल प्रदेश, लडाक यी सब्बै ठाउँ मा गाइ गोरु मज्जाले खुलेआम बेचिन्छ खायिन्छ.

      मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 9

  • Anjan Shrestha

    हरे ! कस्तो देशमा जन्म लिनु परो नि, सुन्दा पनि लाज लाग्ने, देश बिकसित हुन जनतामा चेतनाको विकास हुनुपर्छ | खोक्रो कुरा गरेर लाल्ध्वोजहरुले जब्बरजस्ती थोपरेको हेर त, नेपालमा गणतन्त्र नपचेको ..!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 114 Thumb down 25

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker