मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (२)

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर केही वर्ष अघि बजारमा आएको थियो ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश गत हप्तादेखि यहाँ साभार गर्दैछौँ। पुस्तक अंश हरेक आइतबार राखिनेछ। यो दोस्रो भाग हो। पहिलो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]

यो कथाको शुरुवात ०३८ साल जेठ १८ गते काठमाडौं, लाजिम्पाटका दुई सम्पन्न परिवारबाट भएको छ।
जेठ १८ गते बिहान ७ बजे नमीता, सुनीता र नीराको पोखराका लागि प्रस्थान भयो। साथमा नमीता, सुनीताका दाजु (ठूलाबुबाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा पिन्टु (विनय) पनि थिए। नमीता–सुनीताको विद्यार्थी सहुलियतमा अघिल्लो दिन टिकट काटिएको थियो। बल्लभ बसको अघिल्लो भागमा ड्राइभरस“गै बसेका थिए भने केटीहरु सबभन्दा पछिल्लो सिटमा थिए।
बल्लभको घर चाबहिल र ससुराली लाजिम्पाटमा पर्दछ। उनैको संरक्षणमा रहनेगरी यी केटीहरुलाई पोखरा जाने अनुमति प्राप्त भएको हो। पोखरा भ्रमण नमीता–सुनीताका निम्ति नौलो अनुभव थियो भने नीरा यसभन्दा अघि दुईचारपटक पोखरा गइसकेकी थिइन्। पोखराको विन्ध्यवासिनी छेउ, सराङकोट जाने बाटोको फेदीमा नीराकी हजुरआमा र स्थानीय विद्यालयको प्रधानाध्यापक रहेका काका रुद्रमणिको बसोबास छ।

दिउ“सो अढाई बजेतिर पोखरा बसपार्कमा उत्रिएर सातै जनाले बगाले टोल जान अर्को लोकल गाडी पक्रिए। त्यहा“ बल्लभको सानो डेरा थियो। उनी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदार थिए। नीरा त्यसै सा“झ काकाको घरतर्फ लागिन्।

भोलिपल्ट बिहानदेखि पानी पर्न थाल्यो। तैपनि ७ बजे नीरा ट्याक्सीमा बगाले टोल आइपुगिन् र नमीता–सुनीतालाई समेत लिएर तुरुन्तै फर्किन्। नीराको काकाको घरमा उनीहरु केही घण्टामात्र बसे। १०.३० बजेतिर बल्लभको डेरा हु“दै पूर्णिमा सिनेमा हलतर्फ लागे। त्यसदिन उनीहरुले हेरेको हिन्दी फिल्मको नाम थियो– सञ्जीवकुमार र लाटीको भूमिकामा जया भादुडी(बच्चन)द्वारा अभिनित ‘कोशिश’। अघिल्लो दिनझैं त्यस दिन पनि नीरा साथीहरुस“ग रात बिताउने गरी बसिनन्। सा“ढे चार बजे नै उनी काकाको घरतर्फ लागेकी थिइन्। २० गते बिहानै उनीहरु फेवाताल हेर्न गए। एकैछिनमा पानी पर्न थाल्यो। डा“फे कला मन्दिरमा ओत लागेर उनीहरु १२ बजेतिर डेरा फर्किए। २१ गते बगर घुम्ने क्रममा बल्लभस“ग बसपार्कमा भेट भयो। उनी कार्यालयकै कामको सिलसिलामा स्याङ्जा जान लागेका थिए। बुधबारदेखि घुम्न जानेमा तीनजना मात्र भए किनकि उनीहरुका साथमा हि“ड्ने १३ वर्षीय भुवन (काकाको छोरा) को अन्तिम परीक्षा एकदमै नजिक आइरहेको थियो र घरमा सबै आउ“को बिमारीले पीडित हुन थालेका थिए। तसर्थ, बुधबार अर्थात् २२ गते भुवनलाई घरमै छाडी तीनजना केटी पेन्सन क्याम्पमा रहनुभएकी नीराकी सानीआमाकहा“ गए। सानीआमाले खाना खुवाउनुभयो। फर्कने बेलामा सानीआमालाई दुई–तीन दिनभित्र काठमाडौं जाने कुरा बताइएको थियो। दिउ“सो उनीहरु टु“डिखेलनेरै बन्दै गरेको सानीआमाको नया“ घर हेर्न गए, राति उपन्यास पढे, पढ्दापढ्दै थाकेर निदाए। बल्लभको कोठा सानो भएका कारण अघिल्लो दिनदेखि नमीता–सुनीता यता सरेका थिए।

भोलिपल्ट नमीता र सुनीता पत्र लेख्न बसे। सुनीताको पत्रमा यस्तो लेखिएको थियो–
२३ जेठ ०३८, पोखरा
आदरणीय बाबा तथा दिदीमा प्रणाम †
प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब दुई–चार दिनमा फर्की पनि हाल्छौं तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमीताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यहीं समाप्त गर्दछु। नीराको तर्फबाट मुमा, बुबामा प्रणाम सुनाइदिनुहोला।
– उही सुनीता

(यहा“ दिदी भनेर आमा सफलादेवीलाई संबोधन गरिएको हो। प्रदीप त्यतिबेला पश्चिम बङ्गालका तत्कालीन कम्युनिष्ट मुख्यमन्त्री ज्योति बसुको विशेष कोटाअन्तर्गत छात्रावासको कोठा नं. ६० मा बसेर कोलकाता– ४ को आरजी कर मेडिकल कलेजमा एमबीबीएसका छात्र हुनुहुन्थ्यो।)

२४ गते बिहान सबेरै उनीहरु बेगनास ताल घुम्न जाने योजना बनाएर घरबाट हि“डे।

अफसोच † दुई–तीन दिनमै घर फर्कने तिनको सपना कहिल्यै पूरा हुन पाएन। जेठ २४ गते बिहानदेखि तीनजना केटीहरु फेरि कतै देखा नपर्नेगरी गायब भए।

बिहानै हि“डेका केटीहरु त्यो सा“झ घर आइपुगेनन्। भोलिपल्टको सा“झ पनि त्यसैगरी बित्यो। रुद्रमणिले कुनै अनिष्टको आशङ्का गर्न सक्नुभएन। बल्लभकै डेरामा बसे कि † यही सोचाइमा उहा“हरुले रात बिताउनुभयो। तर, सोचाइ उल्टो सावित हुन पुग्यो। हजुरआमा थीरकुमारी र नाति भुवन सोमबार बिहान बल्लभको डेरा पुगेर सोधखोज गर्दा सबैजना आश्चर्यचकित भए। ३–४ दिनदेखि बल्लभस“ग ती केटीहरुको भेटघाट भएको थिएन। मनमा चीसो पस्यो। सबैजना क्षेत्र विभाजन गरेर ठाउ“–ठाउ“मा खोज्न हि“डे। हजुरआमा सानीआमा कहा“ जानुभयो, काका फोटो लिएर बेगनासतिर लाग्नुभयो। कतैबाट केही सुइ“को नपाएपछि आजित हुनुभएका काकाले २७ गते मङ्गलबार माधवराज (नमीता, सुनीताका बुबा) स“ग छोरीहरु फर्के–नफर्केको बारे ट्रङ्कमा कुरा गर्नुभयो।

रुद्रमणिले पुलिसमा रिपोर्ट गर्न अनुमति माग्नुभयो। तर, माधवराज मान्नुभएन। ट्रङ्कमा कुराकानी सकिएपछि माधव एउटा गाडीको तलासमा लाग्नुभयो। आफ्नो भूपू महानिर्देशकलाई गाडी दिनु उद्योग विभागका लागि गाह्रो काम थिएन। उहा“ले भतिज नीलप्रसाद भण्डारी (हाल सिन्धुपाल्चोक जिविसमा मनोनीत) र बासुप्रसाद रेग्मीलाई गाडी चढाएर पोखरातिर पठाउनुभयो। गृहमन्त्री नवराज सुवेदीलगायतका विभिन्न उच्चपदस्थ व्यक्तिहरुलाई गुहार्नमै केही समय बित्यो। माधवराजका अनुसार, उद्योग मन्त्रालयमा स“गै कार्यरत नवराजले कुरालाई गम्भीरतापूर्वक सुन्ने धैर्यता देखाएनन्। उनले माधवराजलाई सहानुभूति राख्दै यतिमात्र भनेका थिए– ‘तपाईं पोखरा गइहाल्नुस्, मैले शानेवानिलाई भनिदिएको छु। विमानस्थलबाट सोझै टिकट लिए हुन्छ। गइहाल्नुस्।’

यता, काठमाडौंको स्थिति यस्तो थियो भने पोखरामा नमीता, सुनीता हराएको कुरालाई लिएर सनसनी फैल“दै गयो। अनेक आशङ्काहरु उठाइन थाले। यसैबीच, अर्थमन्त्री यादवप्रसाद पन्त (नमीता–सुनीताकी जेठी दिदी अजिताको बिहे तीन–चार महिनाअघि मात्र पन्तका छोरा डा. गिरिशप्रसाद पन्तस“ग भएको थियो) र गृहसचिव कर्णध्वज अधिकारीबाट गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठ (स्व.) लाई ‘केटीहरुको राम्ररी खोजतलास गर्न’ निर्देशन गयो। काठमाडौंको सबै काम सकेर २९ गते बिहीबार माधवराज, उहा“की श्रीमती र नीराकी आमा प्लेनबाट पोखरातर्फ लाग्नुभयो। मोटरसाइकल दुर्घटना भएर हात मर्किएका कारण दमका रोगी थीरमणि उहा“हरुस“ग जानुभएन।

पोखरा एयरपोर्टमै कसैले एउटी केटीको लाश फेला परेको खबर सुनायो। उहा“हरुले अस्पताल पुगेर हेर्दा त्यो लाश नमीताको थियो। नमीताको शरीरबाट घा“टीमै झुण्डिरहेको लेडिज ब्याग, दुवै दिदी–बहिनीका परिचयपत्र, सुनको लकेटसमेत फेला परे। यसबाहेक मिलाएर बाटोको कपालमा दुईवटा क्लिप यथावत थिए। आ“खा बिस्फारित थिए। मोजा र जुत्ता पानीले बगाउन भ्याएको थिएन, एउटा खुट्टा अलिकति ठडिएको थियो, टाउको पछाडि घाउ, च्यातिएको सुरुवाल र केही फुलेको जिउ– यस्तै थियो लाशको अवस्था। १८ गते बिदाइको हात हल्लाउ“दै पोखरा गएकी अबोध कान्छी छोरीलाई त्यस अवस्थामा देख्नुपर्दा कुनचाहि“ आमा–बाबुको मुटु नभक्कानिएला † आमा बेहोश भएर लड्नुभयो, बेहोशीकै हालतमा घण्टा बिते, दिन बिते र हप्ता बिते। एउटी छोरी त्यस अवस्थामा फेला परिन्, अर्कीको कुनै पत्तो थिएन।

त्यस दिन पनि सेती नदी आफ्नै गतिमा कल्कलाएर बगिरहेकी थिइन्। उसै त वर्षेझरीको याम, त्यसमा पनि सेतीको प्रवाह साह्रै कञ्चन। त्यही कञ्चन प्रवाहबीच कोही अपरिचित महिलाको कहालीलाग्दो काया एउटा ढुङ्गामा अड्किएर रहेको थियो, मौन अनि स्तब्ध भावमा।

टाउको पूर्व फर्किएको र शरीर उत्तानो परेको अवस्थामा थियो त्यो महिला देह। प्याजी रङ्गको पाइजामा (पञ्जाबी पोशाक) थियो उनको शरीरमा। कम्मरमाथि लगभग निर्वस्त्र थिइन् उनी। पानीले बगाएर होला, उनका स्तनहरु प्रष्टै देखिन्थे, जसले गर्दा त्यो लाश महिलाकै हो भन्ने ठम्मिएको थियो। ती महिलाले हाफ बाउला भएको कुर्ता लगाएकी थिइन्। उनको कपाल कालो र एक हातजति लामो थियो। त्यसको टुप्पोमा फुर्को बा“धिएको थियो। र, फुर्कोलाई का“चको क्लिपले अड्याइएको थियो।

प्रहरी शेषमणि शर्माको जाहेरी प्रतिवेदनका आधारमा त्यसरी बेवारिश लाश फेला परेपछि प्रहरीले तत्कालै घटनास्थलमा प्रकृति मुचुल्का उठाउन थाल्यो। त्यसरी लाशको प्रकृति मुचुल्का तयार गर्ने क्रममा पोखरा– २ मिरुवाका २० वर्षीय दुर्गाप्रसाद रेग्मी, वर्ष १९ का विमलमणि पराजुली, वर्ष २२ का भोला गिरी, वर्ष २० का रामभूषण पराजुली, वर्ष ३० का भीमराज रेग्मी, वर्ष २६ का रामप्रसाद पराजुली, पोखरा– ७ पार्दीका २३ वर्षीय कुलबहादुर केसी, वर्ष १८ का एकबहादुर क्षेत्री र धम्पुस गाविस– ८ का १९ वर्षीय सूर्यबहादुर गुरुङ्गलाई साक्षी राखिएको थियो। ०३८ साल जेठ २९ गते बिहीबार गरिएको प्रकृति मुचुल्कामा काम तामेल गर्नेहरुमा कास्की, पुनरावेदनका तत्कालिन सहायक सरकारी अधिवक्ता मोहनमणि दाहाल, प्रहरी निरीक्ष्ँक बाबुराम पुन, प्रहरी सहायक निरीक्ष्ँक कृष्णलाल शर्मा र प्रहरी जवान सिंहबहादुर थापा रहेका थिए।

त्यो दिन नमीताको पोष्टमार्टम गर्न गण्डकी अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. कुमारसमशेर राणा तयार भएनन्। उनको भोलिपल्ट पोष्टमार्टम गरिदिने आश्वासनमा लाश त्यहीं छाडेर सबै फर्किए। भोलिपल्ट दिनको सवा बाह्र बजेतिर पोष्टमार्टम सकियो। पोष्टमार्टमपछि बिन्ध्यबासिनीतिरका नीराका आफन्तहरुले रामघाटमा लगी लाश जलाए। माधवराजसहित उपस्थित सबैका आ“खाबाट बरर्र आ“शु खसे। डा. कुमारले दिएको पोष्टमार्टम रिपोर्टमा अशिष्टताको पराकाष्टा नाघ्दै ‘पानीमा डुबी श्वास लिन नसकी मरी’ भन्ने भाषा प्रयोग गरिएको थियो। लाश फेला परेपछि प्रशासन केही तातेको जस्तो लाग्यो– कास्कीका मानिसहरुले यस्तो अनुभव गरे। तीनवटी केटीहरु फेवाताल घुम्न गएका थिए, त्यहा“ डुङ्गा चलाउने (बोटे) हरुलाई थाहा होला, भीडीओ हेर्न भलाम गएका थिए, दूध बेच्न आउनेहरुलाई थाहा होला– यस्ता अनेक हल्लाहरु पोखरामा फैलन थाले। प्रशासन ‘सक्रिय’ भयो। भएभरका बोटेहरुलाई पुलिसले पक्र“दै ल्याउन थाल्यो। दूध बेच्नेहरु, पाकेटमारहरु कोही बा“की रहेनन्।

यस्तै असङ्गतिबीच काठमाडौंमा असार १ गते राति माधवराजका वाल्यकालदेखिकै परिचित सूर्यबहादुर थापा मुलुकको निर्विकल्प र निर्विरोध प्रधानमन्त्री घोषित भए। बालुवाटारस्थित ध्रुव समशेरको घरमा बसी स्कूले जीवन बिताएका थापा माधवराजका छिमेकी हुन पुगे भने पढाइमा पनि उनी ३–४ कक्षामाथि थिए।

एउटा महŒवपूर्ण सूत्र
माधवराज भण्डारी प्रशासनको ब्यवहारदेखि उदासिन हुनुहुन्थ्यो। अझ भन्ने हो भने प्रशासनले घटनाको वास्तविकता पत्ता लगाउन सक्छ भन्ने कुरामा उहा“लाई विश्वास थिएन। यसैले उहा“ आफ्नै तवरले अनुसन्धानमा लाग्नुभयो। बिहान सबेरै उठ्नु, साझा सहकारीका क्षेत्रीय प्रमुख तथा आफ्ना साडुभाइ शिवप्रसाद शर्मालाई पनि उठाई स“गै मोटरसाइकल चढेर फूलबारी चौर र सेतीको बगर डुल्नु उहा“को दिनचर्या बन्यो। पृथ्वीनारायण क्याम्पसमुनि सेती नदीको खोंचबाट निकालिएको नमीताको लाश र लाशको प्रकृति हेर्दा घटना नजिकै कतै घटेको अनुमान लगाउन सकिन्थ्यो। क्याम्पस र फूलबारी वारिपारि पर्दछन्। फूलबारीबाट लाश भेटिएको ठाउ“ प्रष्टस“ग देख्न सकिन्छ। फूलबारी डुल्ने क्रममा असार ३ गते माधवराजलाई एउटा महत्वपूर्ण सूत्र हात लाग्यो। त्यो सूत्र बनपाले चूडामणि अधिकारी थियो।

जिल्ला वन कार्यालयमा कार्यरत चूडामणिलाई घटनाका बारेमा धेरै कुरा थाहा हुनसक्ने अनुमान त्यस इलाकाका अरु थुप्रै मानिसलाई थियो। चूडामणि प्रायःजसो कार्यालय समयपछि खाना खानका निम्ति क्याम्पसमुनिको काठेसा“घु तरी सेती नदी पार गरेर घर जान्थे र खाना खाएर त्यसरी नै फर्कन्थे। उनको घर क्याम्पसभन्दा ठीक पारिपट्टि पर्दछ। त्यो ठाउ“लाई अहिले काहु“, भलाम गाविस– ८ भनेर चिनिन्छ। सा“झ–बिहान नियमित ओहोर–दोहोर गरिरहने चूडामणिले पृथ्वीनारायण क्याम्पसमुनि घटेको घटनालाई नजिकैबाट देखेका हुनसक्थे। यस हिसाबले हेर्दा प्रशासनले घोषणा गरेअनुरुप सुराक दिने व्यक्तिका लागि तय गरिएको रु. ५ हजारको नगद इनामका एकमात्र हकवाला उनै थिए।

माधवराज भोलिपल्ट वन कार्यालय गई तत्कालीन डीएफओ ललितरत्न शाक्यस“ग एकैछिन चूडामणिलाई भेट्ने अनुमति माग्नुभयो। उनले चूडामणिलाई कमेरो पोत्ने काममा लगाइराखेका थिए। चूडामणिको कपडाको अवस्थाले त्यसै भन्थ्यो। माधवराज, शिवप्रसाद र चूडामणि चढेको जीप त्यहा“बाट सहकारी भवनतिर लाग्यो। भवनमा लगेर चूडामणिलाई वास्तविकता बताउन अनुरोध गरियो। कुराकानी चलिरहेकै स्थितिमा अकस्मात् दुईजना प्रहरी त्यहा“ पुगे र चूडामणिसहित माधवराजलाई डीएसपी कार्यालयतिर लिएर गए। कारण केही बताइएन। इन्स्पेक्टर बाबुराम पुनले जीपबाट ओरालेर चूडामणिलाई सा“झसम्म थुनिराख्ने आदेश दिए र माधवराजको पाखुरा समातेर अर्को गाडीमा हाले। २–३ वटा गाडीमा माधवराजलाई घटनाको सूत्र खोज्न जान लागेको बताइयो।

रोडछेउमै रहेको पोखरा डीएसपी कार्यालयको पर्खाल आज पनि होचै छ। भित्र के भइरहेको छ वा भित्र को–को छन् भनेर जान्नुपर्‍यो भने कुनै आइतबार बार्नुपर्दैन। चूडामणिलाई भित्र राखिएको कुरा जान्नु र जसरी पनि बाहिर निकाल्नु कसैका लागि महत्वपूर्ण काम हुनसक्थ्यो। र, भयो पनि त्यस्तै। सा“झ माधवराजलाई जचुकालीमा ल्याएर छोडियो। चूडामणिलाई भने बिना सोधपुछ डीएसपी कार्यालयबाट छोडियो। चूडामणिलाई छोड्दा पुलिसले विधिवतरुपमा ‘भोलिपल्ट दश बजे हाजिर हुन आउने’ व्यहोरा आफ्नो खातामा चढायो।

सा“झ चूडामणि घर फर्किए। जेठी श्रीमती ३५ वर्षीया टीकादेवी, अर्की एकजना अर्धलाटी श्रीमती, ६ वर्षकी छोरी, २ छोरा पाल्ने जिम्मा आफ्नो का“धमा बोकेका चूडामणि बहुतै गरिब थिए। १६–१७ वर्षको जागिरे जीवनमा उनले कसैको चित्त दुखाएनन्। भोलिपल्ट बिहान ९ बजे चूडामणिले हातमा बा“धेको घडी फुकाले, घरमा भएमध्येकी सबैभन्दा समझदार जेठी श्रीमती, जो बिरामी भएर ओछ्यानमा लडिरहनुभएको थियो, लाई दिए, पस्किएको भात खाए र हि“डे।

‘फूलबारी आइपुग्दा ९.३० जति भएको हु“दो हो’– ८० वर्षीय घान्द्रुके गुरुङबाले पुरानो कुरा सम्झ“दै ०४७ सालको बैशाख १३ गते मस“गको भेटघाटमा बताए– “चूडामणि म आज फर्किन पाइन भने बूढीलाई चिन्ता नले, पुलिसले बोला’को छ। के के हो सोध्नु छ रे भनिदिनु है गुरुङबा भन्दैथ्यो। मैले हुन्छ भनें। गयो ब्यारेकतिर खुरुखुरु।” चूडामणिलाई अन्तिमपटक देख्ने व्यक्ति यिनैमात्र थिए। त्यतिबेला यिनी आफ्नी नातिनीलाई स्कूल पुर्‍याउन दिनहु“जसो चूडामणिस“गै सा“घु तरेर नगरतिर लाग्थे। फूलबारीमा भएको बूढाबाको एकटुक्रा जमीन पनि चूडामणिले नै कमाउ“दै थिए। चूडामणि सधैं हि“ड्ने छोटो बाटो नहि“डिकन किन ब्यारेकतिरबाट गए? गुरुबाले आजसम्म यस प्रश्नको उत्तर फेला पार्नुभएको छैन।

बाबुको बिलौना
नमीता–सुनीताका बाबु माधवराज भण्डारीले ०३८ असार १ गते सोमबार पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा बेपत्ता छोरीहरुको खोजतलासका लागि एक जाहेरी दर्खास्त दर्ता गरेका थिए। उनकोे जाहेरीमा छोरीहरुले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको जनाउ“दै ०३८ सालको जेठ २४ गते शनिबारको बिहान १२ बजेभित्र घुमफिर सिध्याई महेन्द्रपुल पुगी तीनैजना नगरबस चढेको देख्ने साक्ष्ँीहरुको हवाला दिइएको थियो। उक्त जाहेरीमा अगाडि भनिएको थियो– ‘निजहरुको उमेर, सौन्दर्य, र हातमा लगाएको औंठी, घडी आदिसमेतको कारणबाट कुनै खराब गुण्डाले पिछा गर्दै सुनीता र नीरालाई कुनै घटना घटाउन खोज्दा कहालि“दै भाग्दा नमीता नदीमा खस्न पुगेको वा शीरमा कसैले प्रहार गरी मूर्च्छित अवस्थामा नदीमा फालेको पनि हुनसक्छ। नमीताको मात्र लाश भेटिनु र बा“की दुईको कुनै पत्तो नलाग्नुमा कुनै रहश्य हुनसक्छ। अतः निजहरुको सक्रियताका साथ खोजतलास गरिदिन यो दर्खास्त पेश गरेको छु।’

भोलिपल्ट १२५४ नम्बरमा दर्ता भएको उक्त निवेदनमा फेला नपरेकी सुनीताको उमेर १८ वर्ष, गोरो बर्णकी, लाम्चो अनुहार, बाक्लो कपाल, अत्यन्त लामो चुल्ठी, निधारमा केही झूस, बाया“ गालामा कोठी, सामान्यभन्दा केही अग्लो र पातलो शरीर, पञ्जाबी कुर्ता–सुरुवाल लगाएको व्यहोरा उल्लेख थियो। उनले हातमा नाडी घडी, एउटा सुनको औंठी, चा“दीको जडाउ अर्को औंठी लगाएकी थिइन् र ह्याण्डब्याग बोकेकी थिइन्। सोही जाहेरीमा नीराको हुलिया यसरी वर्णन गरिएको थियो– ‘उमेर १८ वर्ष, गहु“गोरो वर्ण, चेप्टो मोहोडा, साधारणतया केही मोटो र होचो शरीर, चस्मा, घडी र पञ्जाबी कुर्ता–सुरुवाल लगाएकी।’ अत्यन्त शोकाकूल अवस्थामा प्रशासनस“ग पुकारा गर्दै माधवराज भण्डारीले भनेका थिए– ‘छोरीहरु हराएदेखि नै म, मेरो परिवार र शुभेच्छुक सबै अत्यन्तै चिन्तित छौं, अतः विशेष अभिरुचीपूर्वक खोजी भई अपराध घटेको भए अपराधीलाई उचित दण्ड र नघटेको भए पनि जीवित अथवा मृतक जेजस्तो अवस्था पाइन्छ, सोका निमित्त खोजतलास गरिदिनुहुन विनम्र अनुरोध गर्दै रु. १ को टिकट टा“सी यो जाहेरी हुलिया दर्खास्त गरेको छु। व्यहोरा सा“चो हो, झूठा ठहरे ऐन–कानूनबमोजिम सहने छु।’

माधवराज भण्डारीको जाहेरीमा उल्लेखित व्यहोरामा यो कुरा ठीक सा“चो हो, झुठा ठहरिए कानूनबमोजिम सहुँला बुझाउ“ला त भनिएको थियो, तर अपराधीलाई कारवाही गराउने सम्बन्धमा भने सरकार थोरै पनि संवेदनशील भएको देखिएन। बरु, पछिल्ला घटनाक्रमहरुअनुसार जाहेरीवाल आफैं झूठ्ठा ठहराइए। उचित न्याय पाउने आग्रह त आकाशको फल नै भयो।

पोखरामा एकपछि अर्को रहश्यमय घटना घट्दै गए। ५ गते डीएसपी कार्यालय जान भनी हि“डेका चूडामणि ब्यारेक कटेर महेन्द्र पुल पुग्नै नपाई बेपत्ता बनाइए। यस्तो रहश्यमय र भयग्रस्त वातावरणमा माधवराजलाई राजधानीबाट तुरुन्त पोखरा छाड्न बारम्बार फोनमार्फत् ताकेता हुन थाले।

बगरमा दिदीको लाश
सम्भ्रान्त परिवारका सदस्यहरुको राक्षसी शिकारबाट नमीताले आफ्नो कल्कलाउ“दो वय त्याग्नुपरेको थियो र कुरुप मृत्युको शिकार बन्नुपरेको थियो। त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्षाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चा“दीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता। क्रमशः (बाँकी अर्को आइतबार)

1824 Total View 9 Today View

20 comments to दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (२)

  • bijaya thapa

    नमिता र सुनितालाई मार्ने अपराधीलाई सजाय दिलौनेको जयहोस

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • sandesh

    उमेशजी लाइ सुझाब :

    सरकार आफै हजारौ काण्ड/समस्या हरुले घेरिएको छ , तेसैले सरकारको तर्फा बाट यो मुद्दा बिउतिएला भन्ने नसोचे पनि भयो |

    नमिता सुनिता , निरा, चुडामणिको परिवारले यो मुद्दा उठाउला भन्ने पनि मलाई विश्वास छैन , कमसेकम नमिता सुनिता निरा को परिवारले चै केहि गर्दैन होला जस्तो लाग्छ |

    तेसैले नाम चलेको दैनिक पत्रिकामा एउटा लेख लेख्ने अनि कुनै युवा वकिललाइ यो मुद्दा मार्फत ठुलो ख्याती प्राप्त गर्न सकिन्छ भन्ने विश्वास दिलाएर file पुन खोल्न लगाउन सकियो भने चै केहि होला , नत्र ब्लग हेर्ने युवाहरु जो त्यो सामयेमा सानै थिए उनीहरुलाई जानकारी दिने बाहेक केहि हुन्न |

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

  • RB Ghimire

    धेरै धेरै धन्यबाद किशोर श्रेष्ठ लाइ येस्ता खोतल खाताल समाचार र प्रकासन को लागि …

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • shital

    खै देश नै बिचित्र को के भन्ने खै के, खै के,,,,,,,,,,,,,,,,, हात लाग्यो सुन्ना ??????????????????????

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • मित्र हरुको कमेन्ट मन पर्दा छन् , अझै पनि कानुनी कारबाही गर्नु हो भने
    अनुसंधन को लागि संकर होटल को मालिक बिनोद शंकर लाई सोदपुष गरे बास्तबिकता पत्ता
    लागिहाल्छ
    अरु तपसिलका……….

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • Kamal

    नीर शाहलाई पंचायतकालिन थर्ड डिग्री लाएर केरकार गरे सबै छर्लंग हुन्छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 0

  • कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया

    पापिले सजायं जसरी नि पाउछ भन्छन, तर
    यो दुनियमा शक्ति र पैसाको आडमा जसले जे गरेनी हुन्छ, यसका हजारौं उदारण हाम्रा सामु छन……
    खोई भगवान पनि मुर्तिमै सिमित भो !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 1

  • कमल थापा(साउदी अरब)

    पैसा र पावरको दुरुपयोग हुदै गर्दाका यी दुखद घटनाले नेपाली कानूनको निरहिता प्रस्ट पारेको छ/ अन्याय र अत्याचारको सिकार भएका चेलीको मृत आत्माले शान्ति पाउन पापीहरुलाई सजायको भागि बनाउनै पर्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 0

  • Tika Gurung

    माओबादी एमाले काँग्रेस को खिल्ली उदौएरा राज परिवार को भक्ति देखाऊ ने हरु यो पढेर कता गाएब भए हेहेहेह राजनीति पार्टी को ताल देखेर मेरो पनि टाउको दुख्छ तर राजभक्ति देखाउना तिनीहरु को विरोद गर्दिन किनकि सबको बाउ राजपरिवार हो

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

  • यो घटना म नजन्मिदै भएको रे तर घर परिबार मा कुरा हुदा ज्ञानेन्द्र र धिरेन्द्र ले मारेको रे भनेर मैले सुनेको थिए !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 6

  • samrat~

    निर शाह, राज भरौटे, सिनेमा Director नै यो साक्च्यात काहाली लाग्दो सिनेमा को पनि director थियो जसले ज्ञाने र धीरे लाइ खुसि पार्न हाम्रा सोझा साझा चेली हरु को भेटि चढाएर आफ्नो दुनो सोझ्याउने काम गरेको थियो भन्ने गाइ गुइ पनि सुनिएको हो तेसबेला. आशा गरम जो भए पनि यी पापी हरु मर्नु भन्दा अगाडी हामि सामुने यो अपराध को भागिदार होला भनेर अनि हाम्रो चेली हरु को आत्मा को शान्ति हुनेछ भनेर.

    तेस बेला को देउसे भैलो मा गाइने यो मर्म हिन गाना अझै पनि मेरो दिमाग मा छ.

    रक and रोल राँगा को मासु पोल
    रक and रोल राँगा को मासु पोल
    तलाई भने whisky Brandy , हामि लाई गुन्द्रुक को झोल ?

    हिजो आज पोखरा मा कति राम्रो सिनअ
    सीनअ हेर्न गएकी केटि आज कता छिन्अ
    रक and रोल राँगा को मासु पोल
    रक and रोल राँगा को मासु पोल

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 3

    • Sisir

      मैले बच्चा मा सुनेको चाही एस्तो थियो ..
      रक and रोल राँगाको मासु पोल
      कोहि खान्छन whisky Brandy , हाम्लाई गुन्द्रुक झोल ?

      चुरोट, रक्सि, गाजा, बिडी हामी केहि खादैनौ
      तिम्रो छोरि नलिकन हामी जादै जादैनौ ..

      रक and रोल राँगाको मासु पोल
      कोहि खान्छन whisky Brandy , हाम्लाई गुन्द्रुक झोल ?

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Lakshman

    अब यो नमिता सुनिता हत्या काण्ड को बारेमा फिल्म बन्नु पर्छ र त्यसमा खल नायकमा खेल्न लाइ उक्त हत्या काण्डको एक suspect निर शाहलाइ नै लगाउनु पर्छ /. निर शाह जो एक कलाकारको आवरण भित्र लुकेको कलङ्क हो / यो कलाकार हैन गुण्डा हो / दरबारको आडमा एसले गरेका सबै कुकृत्यको पर्दाफास हुनु पर्छ /
    उक्त फिल्ममा निर शाह ले खेल्यो भने एस्तो संबाद बोल्ने छ ” हर्के फ्याकी दे ति केटि हरुलाई सेती नदीमा लगेर , बडो ठुलो मान्छेले भनेको नमान्ने !!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 3

  • raj

    आज जसरि पत्रकार डेकेन्द्र थापाका murders हरुले ढिलै भय पनि सजाय पायका छन् , तेसै गरि अनिता , सुनिता का दोषी हरुले पनि अबस्स्य सजाय पाउने छन् , सत्य , सत्य नै हुन्छ NO ONE CAN FIGHT AGAINST THE TRUETH !

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 4

  • sujan

    नमिता सुनिता को आत्मा ले चिर शान्ति पाउन !!! कल्कलाउँदो उमेर मा मनुस्यरुपी दानव हरु को शिकार हुनुपर्यो, मेरो त आङ्ग नै सिरिङ्ग हुन्छ !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 2

  • rabi

    ज्ञानेन्द्रलाई कोर्रा हान्न सके यतार्थ पत्तो लाग्छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 10

    • Rajan Upriti

      ज्ञानेन्द्रेले के-के कुराको लागी कोर्रा खाने ?
      १. निर्भिक पत्रकार पदम ठकुराठी माथि ज्यान मार्ने उद्द्योग गरेको |
      २. दाजु र भाइको परीवार सखाप पारेको |
      ३. प्रेक्षा लाइ षडयन्त्र गरी मारेर हेलीकोप्टर दुर्घटना भनेर जनताको आँखामा छारो हालेको |
      ४. पागल अपराधि कुपुत्र पारसेलाई संरक्षण दिएको |
      ५. युद्द कालमा भैरवनाथ गणमा मान्छे मार्ने कारखाना चलाएको |
      ६. युद्द कालमा १२,००० मारेको |
      ७. जन आन्दोलन दबाउन मान्छे मारेको, देशलाई आफ्नो बाउको बिर्ता ठानेको |
      ८. भूमिगत गिरोहका उत्तम राइ लगायतका गुण्डाहरुले चेली-बेटीको इज्जतमा हात हाल्ने लगायत मान्छे मार्ने जस्ता अपराधहरुलाई प्रश्रय र संरक्षण दीएको |
      ९. गाँजा, चरेस, देवी-देवताका मुर्ति र अन्य पुरातात्विक महत्वका बस्तुहरु तस्करी गरेको |
      १०. के के लेख्ने हातै गाली सक्यो …
      मलाइ ज्ञानेले गरेको एउटा राम्रो काम देखाउ त…

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 54 Thumb down 14

  • rame

    जुन् देश मा जनता हरु जसले जे गरे पनि टुलु टुलु हेरी बस्नु बाहेक केहि गर्दैन अनि अफ्फुलाई पर्दा मात्र चिच्यौछन त्यो देश मा एस्तो हुनु कुनै ठुलो चिज भएन.

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • यो घटना म न-जन्मदै घटी सके को घटना हो.जब म११वर्ष को उमेर भएको थिए मैले सुने को थिए कि मेरो बाबा को मुख बाट,एस को planning काठमाडौँ बाट भए को ६.कैले,कहाँ,कति बेला . यो घटना को खलाडी हरु: ज्ञानेन्द्र शाह ,धिरेन्द्र शाह ,मुख्य पत्र हरु हुन् भने निर शाह को पनि भूमिका छ भन्नि सुनिंछ .नेपाल को राज सस्ता एस्तो थियो कि जहाँ गैडा को खाग, कुमारी को भोटो मुर्ति तस्करी को अखडा भए को थिए.नमिता सुनिता त एक संम्पन्न वर्ग को मान्छे भएर घटना अगाडी आयो यस्ता घटना कति होलान् लेखा जोखा गर्न पर्बिंन गुरुङ,बिना,रिना,संगीता जस्ता कति जना हरु त नागार्गुन जंगल मा गाडिए होलान .
    समग्रमा भन्दा,
    राज सस्ता संसार को धेरै देश मा थिए जुन मा अनुशान थिएन तिनी हरु को बिनाश भए को ६ जहाँ power,money,women, lack of startigy of knowledge,political discipiline,lack of communication of people. हाम्रो अगाडी देख्न सकिन २१ सताब्दी का राजा तानाशाहा पतन हरु : नेपाल rajsasta,libya,gaddafi,egypt,mubarak,TUNISIA,Zine El Abidine Ben Ali,YAMAN,Ali Abdullah Saleh.हुनेवाला syria,baharin,jorden,saudi araib.
    इतिहास जित्नी को घोडा हो ज्ञानेन्द्र शाह पराजीत पत्र हो he want or wouldn’t इतिहास का कहाली लाग्दा गरे का घटना हरु को पर्दाफास हुनेछ उस्ले इ घटना को सफाई दिनुपरनी छ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 121 Thumb down 11

  • गणेश घिमिरे

    पापी नै पापी ले भरियाको यो नेपाल मा खै कसले कसलाई क भन्ने

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 3