मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (३)

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर केही वर्ष अघि बजारमा आएको थियो ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश यहाँ हरेक आइतबार साभार गर्दैछौँ। यो तेस्रो भाग हो। पहिलो भाग यहाँ दोस्रो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]

बगरमा दिदीको लाश
सम्भ्रान्त परिवारका सदस्यहरुको राक्षसी शिकारबाट नमीताले आफ्नो कल्कलाउ“दो वय त्याग्नुपरेको थियो र कुरुप मृत्युको शिकार बन्नुपरेको थियो। त्यसको ठ्याक्कै ९ दिनपछि, अर्की उस्तै निर्दोष चेली उस्तै–उस्तै शैलीमा नदी किनार बालुवामाथि चीर निद्रा सुतेको अवस्थामा फेला परिन्। सेती नदीको ५० गज उत्तर, पानीको बेग चल्मलाउने भन्दा अन्दाजी ४ हात बाहिर बगरमा मनोरम आकांक्ष्ँाहरुमा डुबुल्की मार्ने उमेरकी उनी ढलेकी थिइन् घोप्टो परेर। उनले कलेजी रङ्गको हाफ–बाहुले कुर्ता र तल्लो भागमा कालो बुट्टे अण्डरवेयर लगाएकी थिइन्। देबे्र हातको माझी औंलामा चा“दीको सानो पत्थरवाला औंठी, साईंली औंलामा सुनको औंठी र दाहिने हातमा सेतो धातुको नचिनिने बाला देखिन्थ्यो। उनी थिइन्, नमीताकै दिदी सुनीता।

असार ६ गते सेतीबाट उनको लाश निकालियो। नमीताको लाश भेटिएभन्दा थोरै तलमात्र लाश फेला परेको थियो। त्यस ठाउ“लाई तुल्सीघाट भन्छन्। घाटभन्दा माथि ४० फिटजतिको उचाइमा केही पाटी पनि छन्। आश्चर्यलाग्दो कुरा के छ भने नमीता, सुनीता र नीरा हराएको भोलिपल्ट आइतबारकै दिन बालुवा लिन जानेहरुले पाटीमुनि एउटी केटीको लाश देखेका थिए। जुन पछि नमीताको भनी सनाखत भयो। सुनीताको लाश फेला परेको ठाउ“ वरपर मान्छे पोल्ने गरिन्छ र बालुवा निकाल्ने काम पनि हुन्छ। के सुनीतामाथि चाहि“ कसैको ध्यान पुगेन त? हैन, साक्ष्यहरुले सुनीताको सन्दर्भमा अर्कै कुरा बताउ“छन्। सुनीताको लाश नदीको छेवैमा फेला पर्दा उनको शरीरमा सुरुवाल थिएन, अण्डरवेयर दोब्रिएको थियो, घा“टीमा कालो (सल) चुनीले बेस्कन कसिएको थियो। छेवैमा लामो बा“स थियो। यसले के पुष्टि हुन्छ भने सुनीतालाई घटनास्थलबाटै उठाएर लगी कतै सामुहिक बलात्कार गरियो, पोल खुल्ने डरले उनकै चुनी (कुर्ता, सुरुवाल लगाउने केटीहरुले घा“टीमा प्रयोग गर्ने पातलो कपडा) ले घा“टी कसेर हत्या गरियो। हत्यापछि लाशलाई बोकेर ल्याई थपक्कस“ग त्यहा“ राखियो। अथवा यसो पनि भन्न सकिन्छ, लाश त्यसरी राखेर अपराधीहरुका तर्फबाट सुनीताका अभिभावकमाथि ‘दया’ देखाइयो।

सुनीताको लाशको पोष्टमार्टम रिपोर्टमा सिभिल सर्जन डा. कुमार समशेर र मेडिकल अफिसर बृजकिशोरप्रसादले लेखे– ‘घा“टीलाई दोपट्टाले बेरी श्वास लिन नदिएर मारेको देखिन्छ।’

पर्याप्त प्रमाण
प्रहरीले सुनीताको लाशको प्रकृति मुचुल्का उठाउ“दा उनीहरु जबरजस्ती करणीको शिकार भएको एउटा गतिलो प्रमाण बोलेको छ। सुनीताको लाशको प्रकृति उल्लेख गर्दै मुचुल्कामा भनिएको छ– ‘घा“टीमा मलमलको पछ्यौरीको दुई फन्को लगाई गा“ठो पारिएको, छातीमा सेतो चेष्टर लगाएको, अगाडिपट्टी कुर्ताको बटम खुल्ला हु“दा भित्री भाग देखिएको….।’ प्रकृति मुचुल्काले नै किटान गरेअनुरुप गतिलो प्रमाण त के छ भने, शरीरमा गहिरा–गहिरा चोटहरु रहेका छन्।

सुनीताको लाशसम्बन्धमा पनि प्रहरी नै जाहेरवाला रहेका थिए। उनी हुन्– प्रहरी जवान गुणबहादुर थापा। र, साक्षीहरु थिए– पोखरा नगरपञ्चायत वडा नं. ११ फूलबारी बस्ने १७ वर्षीय शिवप्रसाद बा“स्तोला, लक्ष्मीप्रसाद बा“स्तोला, स्याङ्जा, आरुखर्क गाउ“ पञ्चायत– ८ टोड्के बस्ने ४० वर्षीय रुद्रबहादुर गुरुङ्ग, कास्की हेम्जा गाउ“ पञ्चायत– ३ बस्ने २१ वर्षीय रामबहादुर कार्की, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत बनेपा घर भई त्यतिबेला पोखराको नदीपुर बस्ने १९ वर्षीय हरिनारायण मानन्धर, गुल्मी जिल्ला पर्वास गाउ“ पञ्चायत– २ पूर्तिघाट घर भई पोखरा– ९ महेन्द्रपुल बस्ने ३५ वर्षीय मानबहादुर क्षेत्री, भारत गोरखपुर घर भई महेन्द्रपुल बस्ने २४ वर्षीय मन्नुलाल शर्मा, पर्वत जिल्ला घण्टे देउराली घर भएका १८ वर्षीय देवकर ठकुरी र पोखरा– १ बगर बस्ने २० वर्षीय भूपेन्द्र गुरुङ्ग।

असार ६ गते शनिबारको दिन थियो त्यो। र, लाशको प्रकृति मुचुल्का तयार पार्ने काम पुनरावेदन अदालतका सरकारी वकिल छत्रराज रेग्मी, जिप्रकाका प्रहरी निरीक्षक बाबुराम पुन, हवल्दार रामबहादुर पाण्डे र प्रहरी जवान मोहलाल श्रेष्ठले गरेका थिए।

बनपालेको पनि प्राणहरण
असार ६ गते बिहानसम्म नमीता–सुनीता काण्डको जीवित र सबैभन्दा भरपर्दा साक्षी चूडामणिको लाश असार १२ गते रामघाटमा फेलापर्‍यो। टीकादेवीले एकफेर लाश हेर्न पाउनुभयो। लोग्नेको हातको बूढी औंला भा“चिएको थियो, कोखामा एक रुपैया“ (डबल) जत्रो प्वाल थियो, खुट्टामा एउटा चप्पल थियो, भर्खरै हातमा बा“धेको डोरो पनि केही भएको थिएन, शरीरचाहि“ कालै भइसकेको थियो। गहभरि आ“शु पार्दै पंक्तिकारस“गको कुराकानीमा टीकादेवीले बताउनुभयो– “मेरा लोग्ने बाठा थिएनन्। किन मार्नपर्‍यो अनाहक? कसको के बिगार गरिदिएका थिए उनले?”

उहा“ले भन्नुभयो– “मैले कतैबाट न्याय पाइन। राजा–रानीलाई लोग्नेको फोटो र भएभरका व्यहोरा लेखेर पठाए“। केही सुनुवाई भएन। राजा पनि धनीकै मात्र कुरा सुन्दा रहेछन्।”

टीकादेवीले लोग्नेको हत्यापछि जिल्ला घुमेर चन्दा मागी–मागी छोराछोरी हुर्काउनुभयो। अहिले छोराहरु मेहनत–मजदुरी गर्छन्।

पोष्टमार्टमको कथा
चूडामणिले षड्यन्त्रकारीस“ग जीवनको सौदाबाजी गर्नुको बदला स्वाभीमानको गह्रौं मृत्युवरण गर्न रुचाए। हृदयविदारक तर माछापुच्छ्रेको शीर ठाडो पार्ने ओजस्वी उनको मृत्युले जनताको अदालतमा प्रश्नको पुलिन्दा छाडेर गयो। पुलिन्दाभित्र खामिएको थियो एउटा मिसिल। र, मिसिलभित्र उतारिएको थियो– षड्यन्त्रकारीहरुको षड्यन्त्रको लामो फेहरिस्त।

चूडामणिको लाश फेला परेकै दिन केन्द्रीय गुप्तचर विभागका मुख्य अधिकृत चा“दबहादुर राई र अञ्चलाधीश गणेशमान श्रेष्ठ ‘राम्रोस“ग’ पोष्टमार्टम गरिदिने अनुरोध लिएर चिप्लेढुङ्गास्थित डा. कुमारको क्लिनिकमा गएका थिए। नमीता–सुनीताको पालामा झैं यसपटक पनि डाक्टरले भोलिपल्ट पोष्टमार्टम गर्ने जवाफ सुनाएर राई र श्रेष्ठलाई फर्काइदिए। डाक्टरले त्यसको खुलासा दि“दै मलाई बताए– ‘कृत्रिम प्रकाशमा सा“झ पोष्टमार्टम गर्न मिल्दैन।’

भनिन्छ, हरेक अपराधका पछाडि जानेर वा नजानेर केही सबुतहरु छुटेका हुन्छन्। चूडामणिको हत्याका पछाडि पनि केही सबुत अवश्यै छुटेका थिए। सरकारी गोलीले यो दुनिया“बाट चोला उठेको चूडामणिको शरीर परिवारलाई जिम्मा नदिइकन जुन हतारका साथ डढाइयो, त्यसले हत्याराहरुको का“तर मनस्थितिलाई राम्ररी उजागर गर्छ। लाश डढाउनुभन्दा केही घण्टाअघि नै उनको शरीरबाट कमीज गायब हुनु र डा. कुमार समशेरले पंक्तिकारस“गको एक छोटो भेटका दौरान त्यो कमीज कसैले डढाइदिएको कुरा स्वीकार्नुले हत्याराहरु प्रशासनभन्दा एक कदम अगाडि रहेको प्रमाणित हुन्छ।

यतिमात्र हैन, हत्या भएको १२ दिनपछि सुनीताको पोष्टमार्टम संभव हुनु तर ७ दिनमै फेला परेका मृतक चूडामणिको सम्बन्धमा भने असमर्थता प्रकट गर्दै ‘कुहेको, तिघ्रा भा“चिएको र आन्द्राभू“डी नभएको हुनाले पोष्टमार्टम गर्न नसकिएको’ भन्ने जिकिरका साथ डाक्टरी रिपोर्ट दिलाउन सक्नुले उनीहरुको पहु“च र शक्तिको पनि असामान्य परिचय दिन्छ।

को हुन्– नमीता, सुनीता र नीरा?
काठमाडौंको लाजिम्पाट, पानीपोखरीको बीचमा अवस्थित साङ्ग्रिला होटललाई उत्तर–पश्चिम पारेर एउटा पिच सडक पूर्व लाग्छ। कहिलेकाहीं उत्तर दिशातर्फ मोडि“दै गएको यो सडक भएर प्रधानमन्त्री निवास, बालुवाटार पुग्न सकिन्छ तर त्यहा“सम्म नपुग्दै एउटा मोडमा राजाका हालका पनि अङ्गरक्षक लेºिटनेन्ट जनरल शान्तकुमार मल्लको भव्य बङ्गला आइपुग्छ। त्यहा“भन्दा अलिकति पूर्वतर्फ त्यो सडक फाटेर एउटाचाहि“ उत्तरतर्फ हान्निएको छ। पूर्व लाग्ने मोटरबाटो हु“दै करिब आधी मीनेट हि“डेपछि ‘३०१, खुर्सानीटार मार्ग’ लेखिएको ठूलो कम्पाउण्डसहितको एउटा अर्को बङ्गला भेटिन्छ। त्यसको फलामे ढोकाबाहिर घरधनीको नाम लेखिएको छ– ‘माधवराज भण्डारी।’ भण्डारी नमीता–सुनीताका बुबा हुनुहुन्छ। गिरिजाप्रसाद कोइरालाको शासनकालमा उहा“लाई पर्यटन मन्त्रालयको कायममुकायम सचिव पदबाट अवकाश दिइएको थियो ०४८ सालमा। अन्तरिम सरकारका पर्यटनमन्त्री नीलाम्बर आचार्यद्वारा इमान्दार कर्मचारीका रुपमा जलस्रोत मन्त्रालयको अतिरिक्त सचिव पदबाट पर्यटनतिर सारिनुभएका माधवराजको बर्खास्तीको कथा पनि उत्तिकै रोचक छ।

०४६ सालको परिवर्तनपछि पहिलोचोटि सम्पन्न आम निर्वाचनमार्फत् नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त हुनुभएपछि सर्लाहीका रामहरि जोशीलाई पर्यटन मन्त्रालय जिम्मा लगाइयो भने यी सोझा मन्त्रीमाथि अंकुश लगाउन गिरिजाप्रसादले आफ्ना भतिज निरञ्जनप्रसाद कोइरालालाई उक्त मन्त्रालयको सल्लाहकारमा नियुक्त गरिदिनुभयो। ०४८ सालकै दशैंताकाको कुरा हो, एक बिहान माधवराजलाई प्रधानमन्त्री निवास बालुवाटार आउन आदेश दिइयो। पहिलोचोटि त्यहा“ पुगेका माधवराजलाई दिइएको आदेश थियो– ‘शानेवानि बोर्डले अस्ति गरेको एउटा आदेश तुरुन्तै फिर्ता लिनुहोस्।’ माधवराज पर्यटन सचिवका हैसियतले शानेवानिको बोर्ड अध्यक्ष पनि हुनुहुन्थ्यो। र, उहा“कै नेतृत्वमा बोर्डले टिकट एजेन्टहरुको अनियमितता नियन्त्रण गर्न एउटा निर्णय लिएको थियो। स्वीकारोक्तिमा टाउको हल्लाएर सौदाबाजीमा सहमति जनाउ“दै फर्किएको भए केही बित्ने थिएन, शायद। तर, माधवराजले त्यसो गर्न मान्नुभएन। बाहिर निस्कने बेलामा प्रधानमन्त्रीका सल्लाहकार दीर्घराज कोइरालाले उहा“लाई भनेका थिए– ‘यति सानो कुरा पनि मान्नुभएन हगी †’ आफ्ना सचिवले बालुवाटारको आदेश उल्लंघन गर्दा एक जमानामा आफू पनि माधवराजजस्तै माध्यमिक विद्यालयको शिक्षक रहनुभएका रामहरि जोशीले त क्याबात् भन्नुपर्ने हो तर उहा“ पनि गिरिजाकै चक्रव्यूहमा फस्न पुग्नुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जथाभावी लोडर भर्ना गर्ने, क्यासिनोहरुमा आफ्ना कार्यकर्ता घुसाउने, हवाई विभागबाट लवविक्रम शाह र पर्यटन विभागबाट दीपेन्द्रपुरुष ढकालद्वारा पठाइएका कर्मचारीको विदेश मनोनयनसम्बन्धी टिप्पणी उल्टाइदिने बानी बस्दै गएका मन्त्री जोशीले एक थोपै संकेत नदिई माधवराजलाई फाल्नुअघि आफ्नो दुःखका दिनमा वीरगञ्ज चिनी कारखानाको महाप्रबन्धकका रुपमा कार्यरत रह“दा पीर पोख्न उहा“समक्ष गएको दिनलाई बिर्सिदिनुभयो। कोइराला परिवारस“ग जागिर जोगाई पाउने आशा गरौं भने त्यतापट्टि माधवराजको कुनै साइनो थिएन † फलतः असोजको अन्तिम साता सञ्चारसचिव कालीप्रसाद रिजाल (चर्चित कवि तथा गीतकार) र उद्योग सचिव रविदेव शर्मास“गै उहा“लाई खोसुवा पुर्जी थमाइयो। बाटाका का“डा हटाउ“दै आफ्नो गोजी भरेर शानेवानिलाई सखाप पार्ने कोइराला परिवारको सोही अभियानअन्तर्गतै हो, त्यसपछि धमिजा काण्ड, लाउडा काण्ड र अनेकन काण्डैकाण्ड जन्म“दै गएको।

नीराका बुबा थीरमणि पराजुलीको घर र माधवराज भण्डारीको घर मुस्किलले ७–८ मीटरको दूरीभित्र पर्छ। थीरमणि पराजुली त्यतिबेलादेखि नै श्री ५ को सरकारको मुद्रण तथा प्रकाशन र सूचना विभागस“ग सम्बद्ध रह“दै आउनुभएको थियो।

कलकत्तामा शाही नेपाली महाबाणिज्य दूत भई चार वर्ष काम गरिसक्नुभएका माधवराजलाई ०३६ सालमा आकस्मिक ढङ्गले फिर्ता बोलाइएपछि नमीता–सुनीताले पनि बीचैमा स्कूल छाडेर काठमाडौं आउनुपर्‍यो। ३५ इ एल्गिन रोड (कलकत्ता) स्थित उच्चस्तरीय जुलियन डे स्कूलमा अध्ययनरत नमीता–सुनीता काठमाडौं फर्किएपछि एसएलसी परीक्षाको मुखैमा लैनचौरको कन्या माविमा भर्ना गरिए। अल्पावधिकै सही तर कडा परिश्रमले राम्रो परिणाम निकाल्यो। दुवैजना प्रथम श्रेणीमा जम्मा दुई नम्बरको अन्तरले ५७५ र ५७७ नम्बर ल्याएर उत्तीर्ण भए। ०३७ सालको भदौ १० गते प्रकाशित परिणामअनुसार दिदी सुनीता बहिनीभन्दा अंग्रेजीमा ७ नम्बर र गणितमा ३ नम्बरले पछाडि परिन्। ५१४८६ ‘एफ’ सिम्बोल नम्बर भएकी नमीतालाई अंग्रेजीमा ७७, नेपालीमा ५६, गणितमा ९५, पञ्चायतको ५० पूर्णाङ्कमा २४, विज्ञानमा ४७, स्वास्थ्य शिक्षामा ५० पूर्णाङ्कमा २६, इतिहास र भूगोलमा ४८, सिलाई–बुनाईको २ सय पूर्णाङ्कमा १४० र ऐच्छिक गृह विज्ञानमा ६२ नम्बर प्राप्त भएको थियो भने सुनीताले बहिनीलाई नेपालीमा ५ नम्बरले, पञ्चायतमा दश नम्बरले विज्ञानमा ११ नम्बरले स्वास्थ्य शिक्षामा ३ नम्बरले, इतिहास र भूगोलमा ६ नम्बरले जितेकी थिइन्। सोही परीक्षामा सहपाठी नीराले भने दोस्रो श्रेणीमा नाम निकालिन्। परीक्षाको नतिजाअनुरुप नमीता र सुनीता अमृत साइन्स क्याम्पस लैनचौरमा बायो गु्रुपमा भर्ना भए। कतै उनीहरु पनि दाजु प्रदीप झैं डाक्टर बन्न चाहन्थे कि † क्याम्पसमा उनीहरुको रोल नम्बर ३३१/०३७ र ३३०/०३७ (प्रमाणपत्र तह, प्रथम वर्ष) रह्यो।

नीरा पद्मकन्या क्याम्पसमा भर्ना भइन्। यी तीनैमध्ये भानुभक्त स्कूलको रेकर्डअनुसार १६ डिसेम्बर १९६४ मा जन्मिएकी सबैभन्दा कान्छी नमीताको उमेर क्याम्पस भर्ना हु“दा १६ वर्ष थियो। बहिनीभन्दा २० महिनाले जेठी सुनीता १८ वर्षकी थिइन् र नीरा १९ की। नाच्न–गाउनकी शौखिन नमीता अलि कमजोर मनकी थिइन्, उनको डायरी अध्ययन गर्दा यो अन्दाज लगाउन सकिन्छ। डायरीको अन्त्यतिर एक ठाउ“मा उनले एउटा सपनाको उल्लेख गरेकी छन्– मृत्युको सपना † सोही डायरीको कुनै–कुनै पानामा उषा मंगेशकरले गाएको ‘झल्झली आ“खामा कस्तो बस्यो मायाप्रीति सक्दिन म बिर्सन तिम्रै हो यो लैजाऊ जोवन’, धु्रव केसीको ‘मायालु हजार हुन्छन् तर माया एकै हुन्छ, बुझेर माया देऊ दिनुपर्ने एउटै हुन्छ’, तारा देवीको ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा, कहिले भेट होला हे राजै यो जिन्दगानीमा’, ‘नौ सय खोला तरेर जाने बिर्सने पो हो कि मलाई, बिर्सने पो हो कि, नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई, बिर्सने पो हो कि’, नारायणगोपालको ‘ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर, तिम्रो टाढाको माया पुगेन मलाई बरु आई सताउने गर’ सहित हिन्दी चलचित्रमा लता मंगेशकरद्वारा गाइएका ‘तेरी आ“खोंके सिवा दुनिया“मंे रख्खा क्या हे, ए उठे सुबह हो चले ये झुके शाम ढले मेरा जीना मेरा मरना इन्ही पलकों के तले’, मोहम्मद रफीको ‘सौ साल पहले मुझे तुमसे प्यार था, आज भी है और कल भी रहेगा’, मुकेशको ‘इक दिन बिक जाएगा माटीके मोल जग में रह जाएगें प्यारे तेरे बोल’ र अंग्रेजी कविताका केही पंक्ति पनि कोरिएका छन्।

चर्चित मानवअधिकारकर्मी पद्मरत्न तुलाधर त्यतिबेला लाजिम्पाटस्थित आफ्नै छापाखानाबाट नेपाल भाषाको दैनिक पत्रिका चलाउनुहुन्थ्यो। पत्रिकामा ‘प्रतिभा परिचय’ नामक एउटा स्तम्भ थियो। नमीता–सुनीताले त्यसको एक अंकमा स्थान पाएका थिए। अमृत क्याम्पसका प्रतिभाशाली छात्राका रुपमा दुई दिदी–बहिनीको फोटोसहित परिचय छापिएको थियो। र, त्यो पत्रिका शंकर होटलमा पनि पुग्थ्यो।

दुई किलोमीटरको दूरी
काठमाडौं लाजिम्पाटस्थित नमीता–सुनीताको घर, उनीहरुले पढेको लैनचौर मावि र अस्कल क्याम्पस जम्मा दुई किलोमिटरको सेरोफेरोभित्र पर्दछन् र यसैभित्र विनोदशंकरको शंकर होटल र केन्द्र समशेरका छोरा उदय समशेरको घर पनि पर्दछ।

माधवराज कलकत्तामा छ“दा उदय समशेरका बुबा केन्द्र समशेर त्यतिबेला बन्ने क्रममा रहेको श्री ५ को नागार्जुन दरबारका निम्ति आवश्यक सामग्री खरिद गर्ने काममा सहयोग माग्न त्यहा“ पुग्ने गरेका थिए। चिनाजानी राम्रै थियो।

०३७ सालको मंसीर २१ देखि नेपालको शैक्षिक क्षेत्र आन्दोलित बन्यो। दिनहु“ सभा, जुलुस हुन थाले। विद्यार्थीले अघि सारेका माग कत्ति पनि पूरा नभएकाले ०३८ साल साउन २४ गतेसम्म हड्ताल चलिरह्यो। नमीता, सुनीता र नीराले यस्तै शैक्षिक अस्तव्यस्तताको बीच पोखरा घुम्न जाने अठोट गरेका थिए।

पोखरा जा“दा नमीता, सुनीता, नीरा र बल्लभहरु चढेकै बसमा एउटा शंकास्पद मानिस पनि यात्रा गरिरहेको थियो। लामो पहाडिया कट्, तेल लगाएको कपाल, थेप्चो नाक, मध्यम उचाई, गतिलो पोशाक, अनुहारमा कोठी– पछि बल्लभले सम्झ“दा यस्तै नै थियो उसको सामान्य पहिचान। त्यो व्यक्ति बारम्बार चुरोट पिइरहन्थ्यो। अधैर्य देखिन्थ्यो र बल्लभको छोरो पिङ्कीलाई बिस्कुट दिएर हिमचिम बढाउने प्रयत्न गरिरहन्थ्यो। आश्चर्यको कुरा, हुनेखाने वर्गको जस्तो लागे पनि ऊस“ग घडी थिएन। यसर्थ उसले सुनीतास“ग एकचोटि समय सोध्यो। जबकि उनको हातमा पनि घडी थिएन।

पोखरा पुगेको भोलिपल्ट त्यही व्यक्ति बगाले टोलमा एकछिन देखापर्‍यो। त्यस कुरामा कसैको पनि राम्ररी ध्यान जान पाएन। त्यो व्यक्ति को थियो र उसको उद्देश्य के थियो? त्यसदेखि यता आजसम्म किन ऊ कतै देखापरेन? ऊ वास्तवमै सुनियोजित तवरले पो पछि लागिरहेको थियो कि † अह“, आजसम्म यी प्रश्नहरुको उत्तर कतैबाट पाउन सकिएको छैन।

दुनिया“मा अन्तिम दिन
बेगनास ताल जान भनी हि“डेका केटीहरु सा“च्चै त्यहा“ पुगेको कतैबाट पुष्टि हुन सकेन। तब के उनीहरु भलाम गएका थिए त? यसको पनि स्पष्ट जवाफ कसैस“ग छैन। हो, त्यतिबेला भलामका एकचन्द्र गुरुङको होटलमा जेनेरेटर चलाएर भिडियो फिल्म देखाउने गरिन्थ्यो। यसैकारण ती केटीहरु भिडियो हेर्न गएको चर्चा पनि चलेको थियो। भलाम पुग्न पीएन क्याम्पसबाट अन्दाजी २ किलोमिटर उबडखाबड बाटो पार गर्नुपर्छ।

पीएन क्याम्पसमुनिको चौर आज पनि सा“झ परेपछि चकमन्न हुन्छ। मानिसहरु त्यो चौर भएर एक्लै–दुक्लै हि“ड्न डराउ“छन्। अञ्जान कुनै पर्यटक त्यतातिर लाग्यो भने फर्कन सल्लाह दिन्छन्, यद्यपि दिउ“सोको अवस्थामा कसैलाई कुनै किसिमको डर रह“दैन। वारि–पारि गर्दा दिनको ५–६ सय मानिसले टेक्ने त्यो चौरलाई भयावह चौरको संज्ञा दिएका छन्, त्यहा“का बासिन्दाहरुले। ०३८ साल जेठ २४ गते सा“झ ५.३० बजेतिर त्यही चौरबाट ‘बचाऊ बचाऊ’को ठूलो आवाज वरपरका ढिस्काहरुमा ठोक्कि“दै पटक–पटक प्रतिध्वनित भयो। आवाज भयग्रस्त नारी कण्ठबाट निस्किएको प्रतीत हुन्थ्यो। एकैछिन त्यहा“ भागदौड मच्चियो…… क्रमशः (बाँकी अर्को आइतबार)

1098 Total View 9 Today View

11 comments to दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (३)

  • Sunil, London

    R . B . जी मैले पनि यो प्रश्न सेनओली जी को किताब कै बारेमा उठाएको हु ! किशोर श्रेष्ठले जे लेख्नु भयो त्यो ठिक छ , किन भने उहाले गर्न सक्ने कुरा नै केहि थिएन(लेख्ने बाहेक) ! तर सेनओली जी ले पनि येस्तै कुरा उठाउनु भएको छ (त्यो तपाइले पनि स्वीकार गर्नु भएको छ) , सेनओली जी त तेती खेर को निकै टाठा बाठा र शक्तिसम्पन्न व्यक्ति हुनु हुन्थ्यो तर उहाले किन केहि गर्नु भएन र पुस्तक लेख्नु भो भन्ने मेरो प्रश्न हो ! तपाई कै भनाइ अनुसार किशोर जी ले यो पुस्तक २०-२२ बर्ष पछि लेख्नु भएको रहेछ, जहाँ सेनओली जी को नाम बारम्बार आएको पाए त्यहि बिषय र प्रसंगमा मैले सेनओली जी संग आफ्नो कौतुहलता मेटाउन प्रश्न गरेको मात्र हु ! एसलाई अन्यथा नालियिदिनु हुन सादर अनुरोध गर्दछु !

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • कमल थापा(साउदी अरब)

    यो घटना निकै पुरानो रहेछ/ त्यो बेलाका शासक, शोसक मात्र होइन, निकै निर्दयी क्रुद र पिपासु पनि रहेछन/ यो नेपाली समाजको कहिलै निको नहुने पिडादाही रोगको रुपमा आजसम्म कायम छ/ गोठमा पालिएको भैसीले दूधको बदला विषादी दिएर पनि उसलाई नै पोसेर पाल्नुपर्ने बाध्यताका साथै विसादिलाई दूध ठानेर हाँसी-हाँसी पिउनु पर्ने हाम्रो यो नियती भएको छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • द्रोण

    ति मारिएका चेली ले यो जुनीमा न्याय पाएनन् र सायद पाउदैनन पनि होला ,बिस्तारै यो कथा हुदै फेरी लोक कथा बन्न जानेछ |

    १२ बुदे अगि मारिएका को कुरा न उठाउ भन्छन ,यो पनि तेही अनुसार हुने त् होला |
    एस्तो लाग्छ इतिहास को केहि काल खण्ड मा कोइ कोइ खसी र कुखुरा झैँ मारिन कै लागी जन्मेका रहेछन |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

    • mahesh

      “१२ बुदे अगि मारिएका को कुरा न उठाउ भन्छन ”
      कुरा गलत पर्यो द्रोण जी, १२ बुदे अगाडी को कुरा न उठौ भनेको होइन, जनयुद्द कालिन समय को युद्द संग सम्बन्धित कुरा लाइ फौजदारी मुद्दा को हिसाव ले न उठौ भनेको हो. जहाँ सम्म नमिता सुनिता हत्या काण्ड को मुद्दा फिर्ता लिने कुरा हो, अहिले दैनिक दैलेख मा कराइरहने कांग्रेस को सरकार र राम्चंद्रे ग्रिह मन्त्रि भएको बेला मा उसकै सक्रियता मा फिर्ता लिए एको हो(मुद्दा अगाडी नबढाउने निर्णय)

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

  • rabi

    यो वर्ग भित्रको कुरो भएकोले यतार्थ पत्तो अहिले सम्म चलेन . पीडित पक्छ्य ले सिनो खानेले स्वोस्थ गाइ मरोस भनेर सरापे झैँ सराप्दैमा मरेको आत्माले शान्ति पक्कै पाउदैन . परिवारले अन्याय बिरुद्ध बिद्रोह गर्न सक्नु पर्थ्यो . थुप्रै मौका हरु थ्यो त्यो परिवारमा ! यो जमाना मा सहनुको कुनै तुक रहन्न !
    ज्ञानेलाई अझै कोर्रा हान्न सके गल्छ यतार्थ थाहा लाग्छ . रुप चन्द्र बिष्टले त्यसै थाहा भनेका हैनन् . बाकि नीज का आफ़न्तिका हातका कुरा हुन्…..

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • यस्तो काण्ड नेपाल मा कति छ कति यस्ता हत्त्यारा हरु लाइ कडा भन्दा कडा सजाय देनु पर्चा
    ,

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • Sunil, London

    एउटा प्रश्न सेनओली ज्यु लाई, यहाले सबै जना लाई दोषी देखाउन खोज्नु भएको छ ! जस्तै डाक्टर , अञ्चलाधिश , प्रहरी आदि ! तेस्पछि तपाइलाई कास्की को प्र.जी.अ. बनाएर पठायीयो , पंचायत कालका प्र.जी.अ. को शक्ति कति हुन्थ्यो भन्ने कुरा मैले तपाई लाई बताई रहनु परेन ! अनि एस्ता रुन्चे कुरा हरु पुस्तक मा लेख्न भन्दा अपराधी लाई कारवाही गर्न तिर किन लाग्नु भएन ! तपाईले एक दुइ जना लाई शंका को दृष्टि ले हेर्नु भएको छ र बारम्बार नाम लिनु भएको छ (बिनोद शंकर श्रेष्ठ) तेसो हो भने तपाइले तेती खेर उनलाई कारवाही गर्न नसक्नु को कारण के होलान त ? मैले जाने अनुसार पछि तपाई कोशी र सगरमाथा को अञ्चलाधिश पनि बनाइनु भयो, यो सबै पोखरा काण्ड दबाएकै पुरष्कार त हैन ? जब तपाइले केहि गर्नसक्नु भएन , वा चाहनु भएन ,वा परिस्थिति ले चुप लाग्न बाध्य बनायो( त्यो त तपाई लाई नै थाहा होला) तब अरुलाई दोष दिएर के फाइदा ? अरु लाई पनि परिस्थितिले तपाई लाई झैँ बाध्य बनाएको थियो कि तेती खेर ? साचो जवाफ पाउने इच्छा राख्छु , कृपया एस्लाई व्यक्तिगत र अन्यथा नलियीदिनु हुन अनुरोध गर्दछु, यो मेरो मन मा उठेको प्रश्न मात्र हो !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 83 Thumb down 3

    • RB Ghimire

      सुनिल जी सेन ओली को पुस्तक मा पनि यो कुरा कतै लेखेका छन् तर यो बुक पत्रकार किशोर श्रेष्ठ ले २०/२२ वर्ष पछि लेखेका हुन् ……………..गणतन्त्र जन्मने क्रम मा … अलि राम्ररी पद्नुस त ………….

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 8

    • mahesh

      “पंचायत कालका प्र.जी.अ. को शक्ति कति हुन्थ्यो भन्ने कुरा मैले तपाई लाई बताई रहनु परे”
      सुनील जी, पंचायतकालीन सिडिओ को शक्ति सर्बसधरहण लाइ दबाउन असिमित थियो तर दरबार को सवाल मा दरबार को परिसर को मुसो को जति पनि हुन्थेन. प्रम मरिचमान लाइ तिमि भनेर पिठिउ मा धाप त भरत गुरुङ ले मार्थ्यो भने ज्ञानेन्द्र, धिरेन्द्र उदय शमशेर, निर शाह, बिनोद शंकर संग्लग्न भएको केश मा के गर्न सक्थ्यो होला जाबो सिडिओ ले?

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 4

  • यिनि हरुको हत्त्यारा तेतिबेलाका दरबार का आफन्त हरुनै हुन् तेसैले यो काण्डको अनुसन्धान हुनु जरुरि छ. यी नमिता, सुनिता र निर को हत्याको पापले यी कुत्ता हरुको बंसा नास भयो र अझ हुनेछ. हे इशोर तिमीले यी कुत्ता हरुलाई please कारबाही गरिदेउ हे प्रकिर्ती माता तिमीलाई कोटी कोटी नमस्कार छ यिमिहरुको सत्यनास गरिदेउ.
    जय प्रकिर्ती माता

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 8

  • sujan

    देश मा दण्डहीनताको पराकाष्ठाको उच्चतम नमुना हो यो हत्याकाण्ड !!! उदेकलाग्दो कालो कथा लाई यस ब्लगका पाठक माझ पस्किनु हुने उमेश जी लाई धेरै धेरै धन्यवाद !!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 3