मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (४)

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर केही वर्ष अघि बजारमा आएको थियो ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश यहाँ हरेक आइतबार साभार गर्दैछौँ। यो चौथो भाग हो। पहिलो भाग यहाँ दोस्रो भाग यहाँतेस्रो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]

दुनिया“मा अन्तिम दिन
बेगनास ताल जान भनी हि“डेका केटीहरु सा“च्चै त्यहा“ पुगेको कतैबाट पुष्टि हुन सकेन। तब के उनीहरु भलाम गएका थिए त? यसको पनि स्पष्ट जवाफ कसैस“ग छैन। हो, त्यतिबेला भलामका एकचन्द्र गुरुङको होटलमा जेनेरेटर चलाएर भिडियो फिल्म देखाउने गरिन्थ्यो। यसैकारण ती केटीहरु भिडियो हेर्न गएको चर्चा पनि चलेको थियो। भलाम पुग्न पीएन क्याम्पसबाट अन्दाजी २ किलोमिटर उबडखाबड बाटो पार गर्नुपर्छ।
पीएन क्याम्पसमुनिको चौर आज पनि सा“झ परेपछि चकमन्न हुन्छ। मानिसहरु त्यो चौर भएर एक्लै–दुक्लै हि“ड्न डराउ“छन्। अञ्जान कुनै पर्यटक त्यतातिर लाग्यो भने फर्कन सल्लाह दिन्छन्, यद्यपि दिउ“सोको अवस्थामा कसैलाई कुनै किसिमको डर रह“दैन। वारि–पारि गर्दा दिनको ५–६ सय मानिसले टेक्ने त्यो चौरलाई भयावह चौरको संज्ञा दिएका छन्, त्यहा“का बासिन्दाहरुले। ०३८ साल जेठ २४ गते सा“झ ५.३० बजेतिर त्यही चौरबाट ‘बचाऊ बचाऊ’को ठूलो आवाज वरपरका ढिस्काहरुमा ठोक्कि“दै पटक–पटक प्रतिध्वनित भयो। आवाज भयग्रस्त नारी कण्ठबाट निस्किएको प्रतीत हुन्थ्यो।


एकैछिन त्यहा“ भागदौड मच्चियो। कुर्ता–सुरुवाल लगाएकी सानी केटी काठेसा“घु (हाल त्यस ठाउ“मा फलामको पुल हालिएको छ) बाट सेती नदीमा हामफालिन्। तिनी नमीता थिइन्। नमीता यसरी खसेपछि त्यहा“बाट कुनै आवाज उत्पन्न हुन पाएन।

त्यो सा“झ नमीता–सुनीताको यस धर्तीमा अन्तिम सा“झ थियो, त्यो आवाज आफ्नो अस्मिता र जीवनरक्षाको निम्ति कसैबाट सहयोग पाउने आशामा कलिला दिदी–बहिनीको अन्तिम आवाज थियो। अफसोच, आवाज जीवनस“गै दबेर गयो। ५ या ६ जनाको संख्यामा रहेका अपराधीहरुको उद्देश्य पैसा वा गहना लुट्ने थिएन। काठमाडौंबाट आएका, सम्पन्न घरानास“ग सम्बन्धित, आकर्षक नाकनक्सा भएका नमीता–सुनीताको इज्जतमाथि जस्तोसुकै मूल्य चुकाएर भए पनि धावा बोल्ने दह्रो निश्चय लिएर त्यसदिन अपराधीहरुले त्यस्तो ठाउ“ छानेरै ढुकी बसेका थिए। नमीता–सुनीतामाथि अप्रत्यासित आक्रमण भएर नमीता सेतीको अथाह गहिराइमा विलिन भइसकेपछि सुनीतालाई उठाएर नजिकैको व्यारेक या १ सय ५० मीटर जति पूर्व–दक्षिणतिर लगी सामुहिक बलात्कार गरियो। घटनास्थलभन्दा केही वरबाट शुरु भएको चौर करिब १ किमीसम्म फैलिएको छ र बीच–बीचमा ठूल्ठूला रुख, झाडी हु“दै नदीपुरको फेदीमा गएर अन्त्य भएको छ। एक किलोमिटरको सेरोफेरोमा सिकिस्त बिरामीहरुलाई ल्याएर राखिने दुईवटा पाटी पनि छन्। पाटीबाट ४० फिटमुनि सेती नदी र तुल्सीघाट अवस्थित छ। यही घाटको वरपर नमीता र सुनीताका लाश फेला परेका थिए।

घटना विवरणपश्चात् स्वभाविकरुपमा एउटा प्रश्न उठ्नसक्छ– नमीता, सुनीता त्यस्तो ठाउ“मा किन गए? यसनिम्ति बिहानैको एउटा प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुनेछ। त्यसदिन बिहान विन्ध्यवासिनी मन्दिर परिसरमा एउटा नौलो युवक देखापरेको थियो। त्यो युवक पिछा गर्नेमा खटिएको पनि हुन सक्थ्यो। यदि यस्तो हो भने बस चढेर महेन्द्रपुल पुग्दा केटीहरुले यस कुराको भेउ पाएको हुनुपर्छ। महेन्द्रपुलबाट उनीहरु बेगनास नगएबाट पनि यस्तो अनुमान लगाउन सकिन्छ। बेगनास नगएपछि बा“की रहे तीनवटा विकल्प– या त ब्यारेक पार गरेर फूलबारी हु“दै भलाम जानु या महेन्द्रपुल, सिनेमा हल, बगर हु“दै सुस्ताउन पीएन क्याम्पसको विशाल प्राङ्गणतिर छिर्नु अथवा काठमाडौंतिरकै नीराको चिनाजानीमा रहेका कसैको गाडीमा लिºट पाएर पोखरा डुल्नु। यी तीनवटा विकल्पहरुमध्ये पहिलोले मध्यम हैसियत राख्दछ। केटीहरुले भलाम अथवा महेन्द्रपुलबाट फूलबारी हु“दै क्याम्पस निस्केर घर जाने तरखर गरेको भएदेखि उनीहरुका प्रत्येक गतिविधि ‘कसैलाई’ थाहा भइरहेको हुनसक्थ्यो। किनभने भलाम र फूलबारी वारिपट्टि नदीपुरबाट एकदमै सफास“ग देख्न सकिन्छ। गतिविधि हेरिरहेका अपराधीहरुलाई केटीहरु फूलबारी आइनपुग्दै क्याम्पसमुनि हमलाको लागि तयार भएर बस्नु कुनै गाह्रो काम मानि“दैन। दोस्रो विकल्प, पृथ्वीनारायण क्याम्पसभित्र थुप्रै प्लट मनमोहक घा“से मैदानहरु छन्। त्यतिबेला देशभर शैक्षिक अस्तव्यस्तता छाएको हु“दा क्याम्पसमा विद्यार्थी, प्राध्यापक र अन्य कर्मचारीहरु थिएनन्। सुस्ताउन मैदानमा बसिरहेका केटीहरुमाथि यस्तै स्थितिको फाइदा उठाएर अपराधीहरुले हमला गर्न खोजेको र त्यसबाट बच्न ओरालो लाग्दै चौर पुगेका केटीहरुमाथि हातपात गर्न अपराधीहरु सफल भएको हुनसक्छ। तेस्रो विकल्पअनुसार, चिनाजानीका व्यक्तिले कारमा राखी पोखरा घुमाउञ्जेल अरु पनि अपराधीहरु घटनास्थलमा तम्तयार बनेका र घर पुर्‍याइदिने नाममा घरको बाटो नलागिकन क्याम्पसको तल्लो छेउसम्मै कार लगेर केटीहरुलाई ओराली घचेट्दै चौरसम्म पुर्‍याएपछि साथीहरुस“गै मिली हमला गरेको पनि हुनसक्छ। नमीता–सुनीता हत्याकाण्डको अन्वेषण गर्ने क्रममा हामीलाई प्राप्त एउटा महत्वपूर्ण सुराक अपराधीहरुद्वारा प्रयोग गरिएको कार नम्बर पनि हो। आजभन्दा तीन–चार दशकअघि नेपालमा बहुप्रचलित भक्स–वागन कम्पनीको उक्त कारको प्लेट नम्बर ३२९६ थियो। पोखरामा २–३ दिनसम्म मनपरी ढङ्गले कुदाइएको त्यस कारलाई चिप्लेढुङ्गाबासीहरुले हिलाम्मे अवस्थामा देख्ने गरेका थिए। हत्याकाण्डपछि रहश्यमय तवरबाट त्यो कार गायब भयो।

‘हत्यारालाई फा“सी दे †’
पोखरामा एकपछि अर्को गर्दै हत्याका घटनाहरु बढ्दै जानु तर हत्याराहरुलाई छुने हिम्मत प्रशासनले नदेखाउनुले जनमानसलाई उत्तेजित बनाउ“दै लग्यो। ‘हत्यारालाई फा“सी दे’, ‘जनजीवनको सुरक्षा गर्’जस्ता नाराले देश गुञ्जायमान हुन थाल्यो। असारको शुरुमा पोखरामा विद्यार्थी र महिलाहरुले बनिता कतिला, माया केसी र प्रभा कोइरालाहरुको नेतृत्वमा हत्याकाण्डको न्यायिक जा“च तथा हत्याराहरुमाथि कारबाहीको माग गर्दै जुलुस निकाले। हालको एमालेनिकटस्थ अखिल नेपाल महिला संघ, पोखरा नगर तयारी समितिको आयोजनामा असार १७ गते हत्याकाण्डविरोधी जुलुस प्रदर्शन भयो। विभिन्न वर्ग र तहका करिब १९ हजार जनताको उत्साहबर्द्धक सहभागिता रहेको उक्त जुलुस चिप्लेढुङ्गा पुगेर आमसभामा परिणत भएको थियो। दाङ्ग, भैरहवा, स्याङ्जा, काठमाडौं, चितवनका भित्ताहरु वालिङ र पोष्टरिङ्गले रङ्गिए। काठमाडौंको अस्कल र पद्मकन्या क्याम्पसमा आमसभा र जुलुस भए। प्रदर्शनकारीहरुमाथि दमन अभियान शुरु गरियो।

राष्ट्रिय पञ्चायतमा रडाको
यता, सडकबाट सरकारी अकर्मण्यताको विरोध भइरहेको थियो भने राष्ट्रिय पञ्चायतको बैठकमै पनि दोषी जो कोही भए पनि कारबाही गर्न माग उठिरहेको थियो। काठमाडौंकी चर्चित महिला रापंस नानीमैया“ दाहालले असार १८ गते रापंको सेशनलाई संबोधन गर्दै भन्नुभएको थियो– “पोखरामा भएको हत्याकाण्डको घटना ज्यादै दुःखलाग्दो हो, यसबाट प्रशासनको अदक्षता झल्किन्छ। त्यसमा पनि यस किसिमको जघन्य अपराधमा ठूला र बरिष्ठ व्यक्तिहरु संलग्न रहनु ज्यादै अनैतिक र अमानवीय काम हो।” (गोरखापत्र– असार १९, ०३८) सोही दिन नुवाकोटका रापंस प्रकाशचन्द्र लोहनीले सदनमा भन्नुभयो– “यस हत्याकाण्डको विरोधमा उठेको जुलुसमा भाग लिनेहरुलाई थुन्ने, पिट्नेजस्ता कार्यले कसरी जनताले न्याय पाउन समर्थ हुन्छन्? हत्यारालाई पक्डन नसक्नु तर न्याय चाहने जनतालाई चाहि“ दमन गर्नु कस्तो न्याय हो?” (सोही अंक, गो.प.) अर्का रापंस पुहातु चौधरीको भनाइ थियो– “यस काण्डमा ठूलाबडा संलग्न छन्।” त्यसदिन रापंसहरु लोकेन्द्रबहादुर चन्द, आङवाङ शेर्पा, एकराज शर्मा आदिले समेत अपराधीहरुमाथि कडाभन्दा कडा कारबाही गर्ने माग सदनमा राख्नुभएको थियो। असार २२ गते सोमबारको गोरखापत्रले ‘२१ गते राष्ट्रिय पञ्चायतमा शाही संबोधनमाथिको छलफल जारी’ शीर्षकमा मुख्य समाचार प्रकाशित गर्‍यो। त्यस समाचारअन्तर्गत प्रथम पृष्ठमा प्रकाशचन्द्र लोहनीको भनाइ यसरी छापिएको छ– “पोखरामा हालै घटेको घटना अचानकै घटेको हैन। सोर्स पुगे जे गरे पनि हुन्छ भन्ने भावना बढेकाले यस्तो घटना घटेको हो।” लगत्तै राष्ट्रिय पञ्चायतको ३२ औं अधिवेशनअन्तर्गत २३ गतेको बैठकमा माधवराजका सम्धि तथा अर्थमन्त्री यादवप्रसाद पन्तले आर्थिक वर्ष ०३८/३९ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गरे भने पर्सिपल्ट दिनको ११ बजे नमीता–सुनीता हत्याकाण्डसम्बन्धमा छलफल गर्न बैठकका अध्यक्ष मरिचमान सिंहले अनुमति दिएबमोजिम पोखराका माननीय राधेश्याम कमारोले रापं नियमावलीको नियम ५४ अनुसार प्रस्ताव टेबल गरे। त्यस अवसरमा गृहमन्त्रीले विज्ञप्ति दिएको ५–६ दिनभित्रै बोरामा बा“धिएर ºयालिएको एक लाश भेटियो भन्दै सिन्धुपाल्चोकका पशुपतिसमशेर जबराले यस्ता हत्याकाण्डहरुमा अभियुक्तलाई पक्रिनुपर्ने ठाउ“मा काण्डहरुको झन् विकास भइरहेको र वीरगञ्जमा पनि पसल लुटिएर त्यस्तै अशान्ति छाएको बताए। राणाको ठोकुवा थियो– ‘प्रत्युत्तरको दिन प्रधानमन्त्री सदनमा पड्किनुहुन्छ, अर्कोतिर वीरगञ्जमा बम पड्किन्छ। असुरक्षा छ भन्ने भावना देशमा फैलिएको छ। यो नैतिक बल नभएको सरकारले तदारुकताका साथ काम गर्ने अवस्थै छैन। देशभरि आएको ज्वरोको पोखरा हत्याकाण्ड खटिरामात्र हो।’

यस विषयमा पटक–पटक कुरा उठाउ“दा आफूमाथि अज्ञात व्यक्तिहरुद्वारा बारम्बार धम्की आउन थालेकोमा आक्रोशित नुवाकोटका प्रकाशचन्द्र लोहनीको स्वर अझ चर्को थियो। उनले भनेका थिए– ‘हत्याको अनुसन्धानमा प्रशासन असमर्थ हुन्छ र सुराक दिन जाने व्यक्तिलाई पनि शिकार बनाइन्छ भने यसको दोष कसलाई दिने? चूडामणि मारिएको भन्न मिल्दैन भन्ने प्रशासनको भनाइ छ भने अर्कातिर अनुसन्धान जारी रहेको जानकारी पनि दिइन्छ। हत्याको वास्तविक अभियुक्त पत्तो नलागेपछि जनताले बेग्लै अर्थ लगाउनेछन् र यसको मूल्य पनि निकै मह¨ो हुनेछ।’

‘केही दिनअघि गृहमन्त्रीले दिनुभएको जानकारी शायद पोखराबाट कुनै पुलिस इन्स्पेक्टरले पठाएको रिपोर्टबाहेक केही थिएन’– तनहु“का श्रीभद्र शर्माले भने– ‘हाम्रा आ“खा र कान कति टाढा छन्? जम्मा दुई इञ्च। आ“खाले देखेको र कानले सुनेकोमा फरक पर्छ। ती बालिकाहरुले कौमार्यको सुरक्षाका निम्ति कति संघर्ष गरे होलान्?’

पा“चथरका पद्मसुन्दर लावतीले भनेका थिए– ‘हामीले जनमत संग्रह र त्यसपछिको आमचुनावमा समेत सुधारिएको पञ्चायतबाट मात्र देशमा शान्ति र सुरक्षा संभव छ भनेर एक–दुईपटक मात्र होइन बारम्बार जनतामा विश्वास दिलाउन कोशिस गरेका हौं। तर, आज महिनौं दिन भयो हामी झूठ्ठा सावित भएको। यसको आक्रोश र विरोध देशभर फैलिई विद्यार्थीहरुमा हड्तालको वातावरण पैदा भएको छ। र, यस्तो अवस्थामा सरकारले कुनै ध्यान दि“दैन भने देशभरिका दाजुभाइ–दिदीबहिनीले सोच्ने बेला आएको छ।

सोलुखुम्बुका आङबा¨ शेर्पाको एक कदम अगाडि बढ्दै ठोकुवा थियो– ‘यस घटनाको लिङ्क भारतसम्म पनि हुनसक्छ।’ बैतडीका लोकेन्द्रबहादुर चन्दले थापा सरकारप्रति व्यङ्ग्य गर्दै भनेका थिए– ‘अब त स्कूलमा छोरीहरुलाई पढाउने वा तालिम दिलाउने कुनै प्रयोजन नै रहेन। बरु यसको बदला उनीहरुलाई बन्दूक चलाउने, छुरी चलाउने काममा पो लगाउनुपर्ने हो कि †’

‘श्री ५ को सरकार आफ्नै परिवारको ज्यान सुरक्षा गर्न त असमर्थ छ भने सर्वसाधारण जनताको सुरक्षाको निश्चितता कसरी हुनसक्छ?’– पर्वतका डम्बरबहादुर मल्लको प्रश्न। मुकुन्दबहादुर बस्नेत त्यतिबेला भोजपुरबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्दथे। उनले अर्कै एउटा घटनाको उदाहरण दि“दै सदनलाई जानकारी गराए– ‘केही दिनअगाडि कुपण्डोलमा राष्ट्र बैंकका एकजना कर्मचारी मोटर एक्सिडेण्टमा परी मरे। किच्ने गाडी आईजीपीको रहेछ। तर, त्यसबेला कसैमाथि पनि कारबाही नगरी वास्तविकतालाई लुकाइयो। पोखरा हत्याकाण्ड पनि नदबाइएला भन्ने छैन।’ पोखरा हत्याकाण्डको विषयमा छिट्टै अपराधी पत्ता लगाइयोस् भनेर आफूहरुले सदनभित्र बारम्बार उठाएको आवाजको सुनुवाई नभएकोमा चित्त दुखाउने पाल्पाली माननीय यादवसिंह रायमाझीको थप गुनासो थियो– ‘यहा“ उपस्थित हामी १३५ जना रापंस पनि असुरक्षित छौं जस्तो लाग्न थालेको छ। पोखरा हत्याकाण्डमा ठूलाबडाका छोराहरु संलग्न छन् भन्ने सुनिन्छ। ठूला व्यक्तिहरु कानूनको पञ्जाबाट फुत्किने र साना मात्र पञ्जामा पर्ने तरिका गलत हो।’

‘हत्याराहरुको नाम बाहिर छ्याप्छ्याप्ती चर्चामा छ तर पनि उनीहरुमाथि किन कारबाही गरि“दैन?’– इलामकी सरस्वती राईको प्रश्न।

सरकारको सन्त्रास
पोखरा ६ महिनासम्म पर्यटकविहीन बन्यो। माछापुच्छ्रे र फेवातालसम्बन्धी बृत्तान्त सुनेर नेपाल भित्रिएका पर्यटकहरु नमीता–सुनीताप्रति मनमनै श्रद्धाञ्जलि व्यक्त गर्दै काठमाडौंबाटै आ–आफ्नो देश फर्किए। रापंस एकराज शर्माले अबलाबाट सबला बन्न खोज्ने छोरी–बहिनीजस्ता कुमारीहरुको बलात्कारपछि हत्या गरिएको छ, जनउत्तरदायी सरकारबाट पनि सन्तप्त परिवारले समवेदना नपाउनु आश्चर्यलाग्दो कुरा हो भन्दै सरकारस“ग समवेदना प्रकट गर्न आग्रह गरे। तर अह“, सरकारले कहिल्यै यस कुरामा ध्यान दिएन। प्रधानमन्त्री पदमा बालककालदेखि नै चिनाजानी भएका सूर्यबहादुर थापा थिए, प्रम निवास र माधवराजको घर पनि नजिकै थियो। थापाले त्यसपछि कहिल्यै माधवराजस“ग भेट गर्न चाहेनन्। कारण के थियो? समवेदना प्रकट गर्दैमा वा भेट्न जा“दैमा उनको या उनको सरकारको जागिर जान्थ्यो? या त्यसो गर्नेबित्तिकै हत्याकाण्डमा संलग्न आफ्ना मालिकहरुलाई पक्रनैपर्ने दायित्वको बोझ आफ्ना थाप्लामा बोकेको महसूस गर्नुपर्थ्यो? समवेदना व्यक्त गर्न त हिम्मत नहुने सरकारले अपराधी पत्ता लगाउन सक्ला भन्ने कुरामा विश्वास गर्ने शायदै कोही थिए त्यसबेला नेपालमा।

पत्रिकालाई पुर्जी
आखिर पञ्चायती कालरात्रि न हो, जनतालाई सुसूचित गर्ने प्रेसको अधिकार त थिएन नै, ठूलाबडाले गरेका कर्तुतमा कतैबाट कसैले छेस्कोमात्रै झिके पनि ठूलै अनिष्ट झेल्नुपर्थ्यो। त्यसमा पनि प्रेसमाथि कहालीलाग्दो व्यवहार हुन्थ्यो राज्यपक्ष्ँबाट। यो घटनामा पनि प्रेसमाथि राज्यको नियत सफा रहेन।

राजधानीबाट प्रजातन्त्रको पक्षमा प्रकाशित हुने राष्ट्रपुकार साप्ताहिकमाथि स्थानीय प्रशासनले पुर्जी काट्यो। राष्ट्रपुकारले नमीता–सुनीता हत्याकाण्डको विषयलाई लिएर समाचार सामग्री प्रकाशित गरेको थियो। चूडामणिको हत्याकाण्डपछि पोखरावासी कति सन्त्रस्त थिए भन्ने कुरा उल्लेख गर्दै राष्ट्रपुकारले लेखेको थियो– ‘…अपराधीहरु यिनै हुन् भन्ने कुरा आमजनताले अड्कल काटेका भएपनि भन्न नसक्ने, नमिल्ने र भन्न जा“दा हत्याको शिकार शिकार हुनुपर्छ भन्ने डरले जनता तैं चूप, मैं चूपको स्थितिमा रहेका छन्। प्रहरीको तदारुकता प्रचारमा मात्र सिमित छ।’

२०३८ साल साउन १३ को मितिमा कास्कीका तत्कालिन प्रमुख जिल्ला अधिकारी पद्मराज सुवेदीले राष्ट्रपुकारका सम्पादक होमनाथ दाहाललाई पत्र लेखी समाचारमा प्रकाशित भएअनुरुप घटनाको वास्तविकता पत्ता लगाउन सहयोग गर्नका लागि अनुरोध गर्दै घुमाउरो पारामा धम्क्याएका थिए। पत्रमा भनिएको थियो– ‘घटनाको रहस्योद्घाटन गर्न र खास अपराधीलाई उम्किन नदिन तपाईंले पनि यथार्थ जानकारी उपलब्ध भएसम्मका ठोस आधारहरु यहा“ प्राप्त गराई दिनुभई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु।’

तर, यो पत्रमा पनि प्रेसमाथि राज्यको दमनकारी नीति रहेको प्रष्टस“ग खुलेको थियो। राष्ट्रपुकारलाई पुर्जी वास्तवमा प्रमुख जिल्ला अधिकारी सुवेदीले आफ्नो स्वविवेकमा काटेका थिएनन्। उनकै भनाइअनुसार, पुर्जी काट्ने आदेश गण्डकीका तत्कालिन अञ्चलाधीश गणेशमान श्रेष्ठले दिएका थिए। प्रजिअ सुवेदी केही समयपछि कास्कीबाट सरुवा भई काठमाडौं गए। पत्रकार दाहालस“गको भेटमा उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै माफ मागेका थिए।

पुर्जीमा कुनै दुराशय थिएन र घटनासम्बन्धमा बुझ्ने मात्रै प्रशासनको नियत थियो भने त्यो पुर्जीका बोधार्थ प्रतिहरु किन अन्य निकायहरुमा पठाइए? जटिल प्रश्न यो हो। त्यो पत्र तत्कालिन गृह पञ्चायत मन्त्रालय, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, गण्डकी अञ्चलाधीश कार्यालय, बागमती अञ्चलाधीश कार्यालय, गण्डकी अञ्चल प्रहरी कार्यालय, बागमती अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला प्रहरी कार्यालय, काठमाडौंलाई बोधार्थस्वरुप प्रेषित गरिएको थियो। र, जिप्रका काठमाडौंलाई लेखिएको पत्रमा पक्रने आदेश प्रष्टै झल्किने गरी अगाडि भनिएको थियो– ‘संबोधित व्यक्तिको पत्र बुझाइदिनुहुन र निजलाई यहा“ उपस्थित गराइदिनुहुनसमेत अनुरोध।’

प्रहरी प्रमुखका काइते कुरा
पोखरा घटनाले राष्ट्रिय चर्चा त पायो, तर त्यसलाई ढाकछोप गर्नका लागि राज्यको उपल्लो निकायका सरोकारवालाहरु निक्कै जोड्तोडका साथ लागिपरे। अझ त्यसबेला पोखरा आसपासमा अपराधिक घटनाहरुको ओइरो लाग्नाले पञ्चायती शासनको आडमा व्यभिचारीहरु कति सल्बलाएका रहेछन् भन्ने तथ्य पुष्टि हुन्छ।

नमीता–सुनीता हत्याकाण्डपछि तत्कालिन प्रहरी महानिरीक्ष्ँक दुर्लभकुमार थापाले राजधानीबाट प्रकाशित हुने चक्षु साप्ताहिकका सम्पादक पद्मभक्त खरेललाई दिएको अन्तर्वार्तामा पञ्चायती प्रशासनका लापरवाहीहरु स्पष्टतः झल्किएका छन्। पत्रकारस“ग आइजीपी थापाले घटना भएको छ दिनपछि मात्रै आफूसमक्ष जानकारी आएको बताए। उनले पोष्टमार्टम रिपोर्टको हवाला दि“दै बलात्कृत भएको नभई ‘उद्योग भयो होला’ भन्दै घटनालाई अन्तै मोड्ने प्रयत्न गरे। उनले यत्रो संवेदनशील विषयलाई पनि नजरअन्दाज गर्दै भनेका थिए– ‘सेक्स विकृति भएका मान्छेले हत्या गरेर पनि यौन सन्तुष्टि लिने गर्छन्। अघि बलात्कार भएको हो कि † पछि त भएको छैन †’

घटनाको बारेमा प्रष्टस“ग बताउनसक्ने सम्भावना भएका बनपाले चूडामणि अधिकारीलाई पक्राउ गरेपछि ‘भोलि आउ“छु’ भन्दा प्रहरीले छाडिदिएको र त्यसपछि उनको हत्या भएको प्रसङ्ग कोट्याउ“दै घटनामा प्रहरीको सा“ठगा“ठ भएको विषयलाई पनि महानिरीक्ष्ँक थापाले नकारेका थिए। उनले घटनाका खास साक्षी चूडामणिलाई साधारण बोलावट मात्र भएको भन्दै शंका लागेर नल्याइएको दावी गरेका थिए। उनले काइते जवाफ फर्काएका थिए र भनेका थिए– ‘संयोग भनौं वा के भनौं भोलिपल्टदेखि चूडामणि बेपत्ता भए। पछि लाश भेटियो। लाशको प्रकृतिबाट चूडामणिको लाश मारेर फालेको भन्ने साबित हु“दैन, नदीको किनारामा भेटिएको लाश हु“दा चिल, गिद्दहरुले खाएर आन्द्राभू“डी नहुनसक्छ, यदि गोली–छुरा हानिएको भए लाशको प्रकृतिले बताउ“थ्यो। यससम्बन्धमा पनि अनुसन्धान भइरहेको छ।’ (२२ असार २०३८ को तर्क साप्ताहिकमा साभार गरिएको)

स्मरणीय के छ भने, नमीता–सुनीता हत्याकाण्डताका पोखरा आसपासमा अपराधको श्रृङ्खला निक्कै नै बढेको थियो। माघको दोस्रो साता जापानी युवती कोतोमी सिमादाको लाश आ“बुखैरेनीको ५ किलोमिटर पूर्वमा भेटियो। त्यही समयमा अग्रवाल परिवारका केटा र एउटी केटीको लाश फेला परेको थियो। यी दुईमध्ये जापानी युवतीको बारेमा अनुसन्धान भइरहेको र अग्रवाल परिवारले आफन्तहरुको सद्गत गरी दाहसंस्कार गरेको भनी महानिरीक्षक थापाले बताएका थिए। नमीता–सुनीता हत्याकाण्डलगत्तै स्थानीयवासीले प्रहरीको संलग्नता रहेको भन्दै सबैलाई निलम्बन वा बदली गर्नुपर्छ भन्ने माग गरे। महानिरीक्ष्ँक थापाले भने प्रहरीहरुको बचाउ गर्दै अनुसन्धान भन्ने कुरा नया“ मान्छेले भन्दा पुरानो मान्छेले राम्रोस“ग गर्ने उल्लेख गर्दै तिनै प्रहरीहरुले ठोस प्रमाण फेला पार्ने विश्वास व्यक्त गरेका थिए। तर, विश्वासका साथ ठोस प्रमाण भेटाउ“छन् भनिएका प्रहरीहरुको रबैया पछिल्लो समय मुद्धा फिर्ता गर्नेबेलासम्ममा छर्लङ्ग भइसकेको छ। महानिरीक्षक थापाले सो अन्तर्वार्ताको क्रममा प्रत्येक प्रश्नहरुलाई सतही रुपमा विश्लेषण गर्दै ‘हु“दैछ…, गर्दैछौं, गर्छौ…’ भन्ने शैलीका जवाफ दिएर पन्छिएका छन्।

गृहमन्त्रीले घु“डा टेके
देशभित्रबाट उठिरहेको चर्को विरोधका सामु आखिर गृहमन्त्री नयनबहादुर स्वा“रले घु“डा टेक्नुपर्‍यो। असार २३ गते रेडियो नेपालबाट एक वक्तव्य जारी गर्दै ‘अपराधी जो कोही भए पनि कारबाही गर्न श्री ५ को सरकार पछि नपर्ने’ दाबी उनले गरे।

हत्याराहरु लखनउमा?
२०३८ असार २४ का दिन प्रकाशित सा“घु साप्ताहिकले नमीता–सुनीता हत्याकाण्डका अपराधीहरु भारतको लखनउमा बसिरहेको समाचार प्रकाशित गर्‍यो। सा“घुले आफ्नो समाचारमा लेखेको थियो– ‘हत्याराहरु तीनजना भएको विश्वास गरिन्छ र यी अति प्रभावशाली व्यक्तिहरुका सन्तान हुन्। चर्चामा आएअनुसार तीनैजना वारदात भएको भोलिपल्टै राजधानी फर्किएका थिए। त्यसमध्ये एकजनाको मुखमा कोतरिएको थियो, जसको उपचार डाक्टरबाट गर्दा हल्ला हुन्छ भनेर घरेलू कम्पाउण्डरबाट गराइयो। यसबाट यो स्पष्ट भएको छ कि मृत्यु र बलात्कारअगाडि तीन किशोरीले आफ्नो रक्ष्ँाका लागि ठूलो संघर्ष गरेका थिए।’ अपराधीहरु लखनउतर्फ भगाइएको दावीसाथ सा“घुले लेखेको थियो– ‘..उनीहरु एक नेपाली राजनीतिज्ञकै होटलमा मोजमस्तीपूर्ण जीवन बिताइरहेका छन्। हत्याराहरुको सम्पर्क र प्रभाव अति शक्तिशाली व्यक्तिहरुस“ग भएकाले यसलाई यत्तिकै दबाइने र हत्यारा कहिल्यै पक्राउ नपर्ने चर्चा पनि यहा“ प्रशस्त सुनिन्छ।’ पोखरामा तीन चेली पशुवत हत्याको शिकार भएको विरोधमा राजधानीका विभिन्न स्थानमा प्रदर्शनहरु भएको उल्लेख गर्दै समाचारमा भनिएको थियो– ‘…काठमाडौंमा दोस्रोपटक गत आइतबार पद्मकन्या क्याम्पसको युनियनको आयोजनामा जुलुस तथा सभाको आयोजना गरियो। महिलाहरुको अधिक उपस्थिति रहेको उक्त जुलुसले विभिन्न नारा लगाउ“दै नगर परिक्रमा गरिसकेपछि प्रधानमन्त्रीको कार्यालयमा गई विरोधपत्र दियो। त्यसपछि जुलुस पद्मकन्या क्याम्पसमा पुगी सभामा परिणत भएको थियो।’

सा“घुमा उल्लेख भएअनुसार पद्मकन्याभन्दा अघि अस्कल क्याम्पसमा पनि हत्याको विरोधमा प्रदर्शन भएको थियो। उसले लेखेको थियो– ‘अस्कल क्याम्पसबाट पोखरा हत्याकाण्डको विरोधमा निस्किएको एक विशाल जुलुसले गुण्डागर्दी मूर्दावाद, प्रशासनिक हेलचेक्य्राईं मूर्दावाद, महिलाको सुरक्ष्ँा हुनैपर्छ, बन्दी साथीहरुलाई छाडी दे जस्ता गगनभेदी नाराहरु लगाउ“दै सिंहदरबार पुगी ९ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विरोधपत्र बुझायो। स्मरणीय छ, विरोधपत्र दिनलाई उक्त जुलुसले सिंहदरबारअगाडि एकघण्टा भन्दा बढी समय पर्खिनुपरेको थियो। त्यसपछि जुलुस त्रिचन्द्र क्याम्पस पुगी आमसभामा परिणत भएको थियो।’

घटनाप्रति प्रशासनले लापरवाहीपूर्ण कारवाही गरेको प्रसङ्ग कोट्याउ“दै समाचारमा लेखिएको थियो– ‘वास्तविक हत्यारालाई पक्राउ गर्ने र जनजीवनलाई शान्त पार्ने हो भने शाही आयोगको आवश्यकता सर्वत्र महसूस गरिन्छ। भण्डारी दिदीबहिनी हराएको खबर प्राप्त भएपछि काठमाडौंबाट गएका उनीहरुका बाबुको लिखित निवेदनको आधारमा तत्काल खोजतलासी गर्नुभन्दा अञ्चल प्रशासन तथा डीआइजीपीले तरुनी केटीहरु भागे होलान्, दार्जिलिङ्ग गए, लखनौ गएजस्ता गैह्रजिम्मेवारीपूर्ण जवाफ दिने गरेको र अभिभावक वर्गले आफ्नैतर्फबाट खोजीतलासी गरी प्रत्यक्ष्ँदर्शी चूडामणि अधिकारीलाई प्रहरीसमक्ष्ँ बुझाउ“दा यसको बयान भोलि लिउ“ला भनी फिर्ता पठाइयो। भनिन्छ, अधिकारीको बयानबाट यो हत्याकाण्डको सम्पूर्ण पर्दा उठ्ने थियो, तर प्रहरीको गैह्रजिम्मेवार रवैया र अपराधीस“गको मिलिभगतले गर्दा उसको बयान दर्ज हुन पाएन। हत्या प्रत्यक्ष्ँ देखेको अपराधमा स्वयं अधिकारीले मृत्युवरण गर्नुपर्‍यो।’

सा“घु प्रतिनिधिले गरेको घटनास्थलको स्थलगत अध्ययनपछि प्रकाशित विवरणमा जेठ २४ गते दिउ“सो ११ः३० बजेतिर ती चेलीहरुलाई महेन्द्रपुलमा देखिएको र त्यसपछि कसैले उनीहरुलाई नदेखेको दावी गरिएको छ। संवाददाताको रिपोर्टमा उल्लेख गरिएको छ– ‘नीरा पराजुलीका काकाको घरको ठीकअगाडि चिया व्यापार गरी बस्ने एक वृद्धाका अनुसार, केटीहरु घुमेर फर्किएको १०–१५ मीनेटपछि दुईजना युवक केटीहरु बसेको घर वरपर घुम्ने गर्दथे। ती युवकहरु केटीहरु हराएको दिन पनि बिहान ५ बजेतिर त्यहा“ देखिएका थिए र तिनैले हत्या गरेको आभाष पाइन्थ्यो। चिया पसल्नीले ती केटाहरुको फोटो तथा अनुहार देखे चिन्नसक्ने दृढता पनि व्यक्त गरिन्।’

सा“घु प्रतिनिधिस“गको भेटमा ५ जना छोराछोरी तथा एउटी सौता भएकी श्रीमती चूडामणि अधिकारीले आफ्नो लोग्नेको हत्याको बारेमा ‘सा“ढेको जुधाइ, बाच्छाको मिचाइ’ भएको बताएकी थिइन्। उनले प्रतिनिधिस“ग हत्यालाई माकुराको जालोस“ग तुलना गरी हत्यारा कहिल्यै पक्राउ पर्न नसक्ने दृढता पनि व्यक्त गरेकी थिइन्। चूडामणिको घरभन्दा तल्लो गाउ“मा सा“घु प्रतिनिधिले बुझ्दा चूडामणिले अघिल्लो दिन आफूलाई बयान दिने क्रममा प्रहरीले यातना दिएकोलगायत आफूले थाहा पाएसम्मका सम्पूर्ण रहश्य अभिन्न मित्रहरुलाई बताएका थिए। ती मित्रहरु चूडामणि मारिएपछि प्रहरी आतङ्कद्वारा त्रस्त भएर केही नबोल्ने मात्र होइन, प्रशासनसमक्ष उपस्थितसमेत नहुने पक्षमा गएके र जसमध्ये एक–दुईजनाले त घरको ढोकामा ताल्चा लगाएर भित्र लुकी समय काट्ने गरेको पनि संवाददाताको दाबी थियो।

राष्ट्रपुकार साप्ताहिकले २०३८ असार १५ को अङ्कमा बनपाले चूडामणिको लाश भेट्टाएपछि लेखेको एक समाचार यस्तो थियो– ‘चूडामणि अधिकारी नामक बन डिभिजनका पियनको (लाश) भन्ने तथ्य पत्ता लागेको छ। लाशको स्थितिलाई हेर्दा अपराधीहरुले लाश जनावरले खाओस् भनी पानी बाहिर राखेको बुझिन्छ। लाशका दुबै आ“खा र च्यु“डो जनावरले खाएको छ भने छातीमा भ्वाङ पारेको छ, जो ढाडमा आएर निकै चाक्लोगरी फुकेको हु“दा नीज चूडामणिको हत्या गोलीप्रहार (राइफल?) बाट भएको भन्ने आशङ्का गरिएको छ। अपराधीहरुको अनुसन्धानको क्रममा निजलाई प्रहरी निरीक्ष्ँक कार्यालयबाट बोलावट भएको र त्यहा“ पुगेपछि भोलि आउनु भन्ने लापरवाही आदेशअनुसार घर फर्किएका चूडामणिको लाश अचानक त्यसरी देखापर्नुबाट अपराधीहरुको समूह सशस्त्र र परेको समय जोसुकैको पनि हत्या गर्न सक्ष्ँम छ भन्ने अड्कल काटिएको छ।’

प्रहरी–प्रशासनद्वारा पालित–पोषित अखबारहरुको अहिले बाढी आएजस्तै त्यतिबेला पनि हण्डीखोरहरुको कुनै कमी थिएन। ५–७ सय गोजीमा हाल्नु र हाकिमहरुको ढाकछोप गर्दै हि“ड्नु तिनीहरुको सनातन धर्म नै हो। पत्रकारिताको नाममा पर्चाकारिता गर्ने तिनै हण्डीखोरहरुमध्येको एक थियो– केन्द्रीय कार्यालय : धर्मपथ (गोर्खा प्रिन्टर्स, पो.ब.नं. ११८, फोन ११५८५, काठमाडौं, शाखा कार्यालय : विराटनगर नगर पञ्चायत– १, पोखरिया पानी ट्याङ्की) भई भूपाल थापाद्वारा सम्पादित तथा प्रकाशित ‘प्रतिविम्ब’ साप्ताहिक। ०३८ साल साउन १८ गते आइतबारको मितिमा विशेषाङ्क– ४ निकाल्दै त्यसले गृहमन्त्री नैनबहादुर स्वा“र, आईजीपी, डीआईजी र अञ्चलाधीशको निर्लज्ज बचावट गरेको थियो। पोखरा हत्याकाण्डलाई एकदमै सामान्यिकरण गर्दै र सम्पूर्ण प्रकरणको दोष नीरा पराजुलीको थाप्लोमा हाल्दै उसले लेखेको थियो– ‘हाम्रो देशमा मात्र होइन, संसारमा नै यस्ता प्रकारका घटनाहरु भइरहन्छन्। कुरा साधारण हो, जसलाई तिलको ताड बनाइएको छ। जनआवाजका नाममा केही व्यक्तिले बेजोडका हल्ला फि“जाएर जनमानसलाई दिग्भ्रमित पार्न खोज्नु दुःखलाग्दो कुरा हो। यस्ता घटनालाई आजको भोलि नै पत्ता लगाउनुपर्छ भन्ने छैन।’ घटनाको वास्तविक रिपोर्टि¨ गर्ने सहकर्मी पत्रकारहरुप्रतिको उसको आक्रोशपूर्ण अभिव्यक्ति थियो– ‘काठमाडौंमा बसेर पोखराको वास्तविक स्थिति बुझ्ने, दशमा शून्य थपेर सय बनाउने बुज्रुकहरुले गर्दा देशमा आज ज्यादै ठूलो त्रासको वातावरण फैलिएको छ। काठमाडौंमा चर्चा भएअनुसार पोखराका जनतामा सुरक्षा छैन, हाल पोखरामा विदेशी पर्यटकहरुको आगमन छैन भन्ने कुरा कपोलकल्पित र निराधार हुन्। हजारौं पर्यटकहरु आवत–जावत गरिरहेका छन्। जनजीवन सामान्य छ। प्रशासन आफ्नो जिम्मेवारी कटिबद्धरुपले बहन गरिरहेको छ। नमीतालाई बलात्कार गरेको भन्न सकि“दैन। दिदीचाहि“को लाश कुहिएको र ढाडिएकोले गर्दा यकिन भन्न सकिएन। चूडामणिको सम्बन्धमा उनी कमजोर आत्मा भएको मानिस भएको र केटीहरुका बाबुले जबर्जस्ती समातेर त्यो केटालाई देखेको हु“ भन्न कर गरेपछि निर्दाेष मानिसले मर्नु न बा“च्नुको फरक नदेखेर नदीमा हाम्फाली आत्महत्या नै गरेको ठहर्छ। पोखरा मात्र होइन, अन्य अञ्चल र मुलुकमा पनि यस प्रकारका हत्या भइ नै रहन्छन्। विदेशमा अपराध भएको पा“च–छ वर्षपछि पनि दोषी पक्राउ परेका छन्।’

नूनको सोझो चिताउन दलालहरुले कतिसम्म कुतर्क गर्नुपर्दोरहेछ भन्ने कुराको प्रष्ट उदाहरण हो तलको अंश– ‘यो हत्या अञ्चलाधीशको छोरो, डीआईजीका छोराहरुले गरेको भन्ने छ तर अञ्चलाधीशज्यूको छोरोको उमेर १२ वर्ष छ। डीआईजीसा’पको त छोरो नै छैन। अब भन्नोस् मानिसहरु कतिसम्म हल्ला गर्न सक्दा रहेछन् †’ साउन १० गते शनिबार आफ्ना विशेष प्रतिनिधि वास्तविकता पत्ता लगाउन पोखरा गएको र निजले दूधको दूध, पानीको पानी छुट्याएको भन्दै प्रतिविम्बले पूरै पा“चौं पृष्ठ सत्ताको ताबेदारीमा समर्पण गरेको थियो। उसको दाबी थियो– ‘नचाहि“दो हल्ला गरेर पोखराको जनमानसलाई विचलित पार्न खोज्नु ठूलो अपराध हो। रुद्रमणिको घरनजिकै चिया पसल थापी बस्ने अधवैंशे महिलाका अनुसार, २० गते बेलुकी ५ बजे केटीहरु घर पसेपछि अगाडिपट्टिको सानो ढिस्कोमा प्याजी र¨को सर्ट, प्यान्ट र गमबुट लगाएको एउटा केटा र कालो सर्ट, प्यान्ट लगाएको, लामो कपाल भएको अर्को केटा उनको पसलतिर ढाड फर्काएर पा“च मीनेटजति बसे। २१ गते आएनन्। २२ र २३ गते त्यसै समयमा आए। २४ गते बिहान ५ बजे केटीहरु नित्यकर्मका निम्ति ज¨लतिर पस्दा तिनै केटाहरु आएर ढिस्कोमा ढुकी बसे। त्यसको पा“च मीनेटपछि ज¨लबाट फर्किएर केटीहरु तिनको पछिपछि गए। ११ बजेतिर महेन्द्रपुलबाट बगरतर्फ जान गाडी चढे। ३ बजे दिउ“सो क्याम्पसपछाडि घुम्दै गरेको अवस्थामा देखिए।’ रिपोर्टको निश्कर्षमा थापामण्डलीको जिकिर थियो– ‘अब रह्यो हत्यारा को, दोषी को र यो कसरी हुन गयो? भन्ने प्रश्न। यस विषयमा छोटकरीमा जाने–बुझेको कुरा भन्न चाहन्छौं। नमीता–सुनीताको हत्यामा मुख्य भूमिका नीरा पराजुलीको नै हुनुपर्छ। उनको पृष्ठभूमि बुझ्दा पनि त्यही कुरा थाहा लाग्छ। ऊ मरेकी छैन। ज्यू“दै छ। खोज्दै लग्दा भेट्न सकिन्छ। नभेट्न पनि सकिन्छ। जबसम्म नीरा फेला पर्दिन, तबसम्म तथ्य पत्ता लाग्न मुस्किलै होला। गृहमन्त्रीज्यू, हजुरको शुभचिन्तक– सम्पादक/प्रकाशक प्रतिविम्ब पत्रिका।’

अपराधी भगाउने आतुरी
त्यत्रो जघन्य काण्ड घटाएर सुरक्षित स्थानतर्फ पलायन भइसकेका अपराधीहरुलाई खोज्ने नाममा सारा प्रशासनयन्त्रलाई पोखरामै केन्द्रित गरेको नाटकबाजी गरेर सरकारले वास्तविकतामाथि पर्दा हाल्ने कुटिल चाल चल्यो। १८ असारका दिन पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका नायव महानिरीक्षक सीबी राईको अध्यक्षतामा विशेष अनुसन्धान टोली गठन गरी त्यसैको सक्रियतामा पोखरामा ताण्डवनृत्य प्रदर्शन गरियो। तत्कालीन एसपी तथा गृहमन्त्रीका गाउ“ले रणबहादुर चन्द (हालः कोशी अञ्चलाधीश), एचबी खड्का, डीएसपी रामविनोद सिंह, दिगम्बरबहादुर बस्नेत, रामेश्वर खरेल, अपराध अनुसन्धान शाखाका रामकाजी बान्तवा (पछि एआइजीबाट राजीनामा), अञ्चल जनसम्पर्क अधिकृत मुकुन्द पाण्डेलगायतका व्यक्तिहरु त्यस टोलीस“ग सम्बद्ध थिए। यिनीहरुले तीन महिनाको अवधिमा कास्कीका झुपडी–झुपडीमा लाठी बजारेर १६१ जना निर्दोष व्यक्तिलाई रातारात हिरासत पुर्‍याए। चुट्दा–चुट्दा गरेर ‘सुन्दर फिड’का वीरबहादुर गुरुङ (वीरे) को खुट्टा भा“चे, अन्य कैयौंलाई अधिकतम सात महिनासम्म जेलजीवन यापन गर्न विवश तुल्याए तर एकजना दोषी पनि पत्ता लगाउन सकेनन्। अनुसन्धानको नाममा १६१ जना पक्राउ पर्नु, ती सबै निम्न मध्यमवर्गीय परिवारका सदस्य हुनु, कोही पनि दोषी प्रमाणित नहुनु, ‘अपराधी खोज्ने’ कार्यलाई पोखरामा मात्रै सिमित गर्नुले के अर्थ निकाल्छ? यसको एउटै मात्र अर्थ हुन्छ– जनता र राष्ट्रका आ“खामा छारो हाल्नु र वास्तविक अपराधीहरुलाई उम्कने मौका दिनु।

अपराधी को थिए त?
जुन दिन चूडामणिको लाश फेलापर्‍यो, त्यसै दिनदेखि अपराधीका संभावित नामबारे पोखराबाट गुपचूप चर्चा चल्न शुरु भयो। चर्चा डरका कारण सारा बारबन्देजलाई तोड्दै निमेषभरमै देशभर फैलियो। त्यतिबेला नेपालका बच्चा, बूढा, युवा, युवतीमात्र होइन, अञ्चल र जिल्लाका प्रशासकहरु समेतले नमीता–सुनीता काण्डको सूत्रधार ठहर गरेर आफ्नो दिमागको कुनै कुनामा दर्ता गरेका नामहरु यस्ता थिए….क्रमशः बाँकी अर्को आइतबार

14 comments to दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (४)

  • sushil grg. uk

    एस मा त साहा परिवार ले नै हो. भन्ने त सबै लै थाहा भए कै हो. ज्ञाने र परसे त इंडिया संग मिलेर बिरेन्द्र राजा को बंस नास गरे.त्येस पछि साहा सासन नै खत्तम गरि अहिले त्यसै को फल भोगी रहेछ. महिला हिंसा बिरुद्द ज्ञाने बोल्ने, परसे देश भक्त हुने हाहाहाहा …अरबौ,खरबौ रुपैया छ. यिनी हरु संग परसे करोडौ को गाडी मा र केटि फेरी फेरी हिडने. कुनै काण्ड मा फस्यो भने मेरो देस मेरो जनता भन्न आउछ,. येदि देस र जनता को लागि माया छ भने कहिलेइ कतै एक लाख सहायोग गरेको छ???????….

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 3

  • raj

    येस घटना मा संलग्न अधिकांस राजपरिवार का सदस्य हरु लाई त पशुपतिनाथ ले नै सजाय दि सक्नुभयो / उनीहरु लाई मात्र नभएर अलि अलि साखा सन्तान ले पनि तेस को राप भेटे / सायद पुर्व राजा बिरेन्द्र ले तेस घटना को निस्पक्ष छानबिन नगराएकाले तेसेरी मृत्यु बरण गर्न पुगे / पुर्व राजा बिरेन्द्रलाई धेरै ले निकै राम्रो भन्छन मैले बुझ्न नसकेको के भने उनले के चै एस्तो गरे देस र जनात को लागि ? के उनले चाहे को भए यो घटना को निस्पक्ष छानविन हुने सक्थेन ? येदि दरबार को दबाब थियो भने तेती जाबो कुरा मा आफ्नो बिबेक प्रयोग गर्न नसक्ने मान्छे लाई राजा त के मानिस भन्न पनि सुहाएन /
    अब अलि बाकी छन् घटना दबाउन खोज्ने, घटना को बारेमा गैह्रजिम्मेवारीपूर्ण जवाफ दिने हरु / तिनी हरु ले पनि कुनै न कुनै रुप मा सजाय पाई नै राखेका होलान/ राज्य ले त पहिला पनि न्याय गर्न सकेन अब उप्रान्त पनि गर्न सक्ने अवस्था छैन / घटना नहुनु पर्ने भयो, तर बढी दुख को कुरा त अपराधी जग्जाहिर भएर पनि कहिले समतियेनन चाहे त्यो पंचायत कल मा होस् चाहे बहुदल मा होस् या लोकतान्त्रिक गणतन्त्र मा नै किन नहोस /

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 10

    • sujan

      बिरेन्द्र ले उस बेला हत्यारा लाई कारबाही गरेको भए २०५८ जेठ १९ सम्म कुर्नु पर्दैन थियो, २० वर्ष पहिले २०३८ जेठ – असार तिरै उनको बंसनाश हुन्थियो !!!

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 5

      • raj

        ये तेसो भए बिरेन्द्र (तत्कालिन कार्यकारी प्रमुख / राष्ट्र प्रमुख ) ले हत्यारा हरु लाई कार्यवाही नगेरेको ठिकै हो ?

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

        • sujan

          ठिकै हो ! कारबाही नगरेर उसले आफ्नो परिवार लाई त्येस बेला बचाए !!!

          मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 4

  • Krishna ranabhat

    देश लाई निकास त तेस्तै हो …..सिंहदरबारमा फोटो झुन्ड्याउने रहर पुरा हर्न मन लागे जस्तो छ रेग्मीलाई पनि…………….प्रचण्ड को गुलियो मा लुत्पुतिने भए यी पनि……….

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • nimesh, bkk

    नेपाली शासकहरु कहिले पनि स्वच्छ र जनताको सुख-दुखमा साथ दिने खालका थिएन र छैन पनि . सबै शासकहरु कुनै न कुनै रुपमा अपराधबाट रंगिएकाहरु छन् . २१ सताब्दिमा त हत्यारा र अपराधीलाई सरकारले साथ् दिंदै छ . अझ भनौं कथामान्दौंका मैया छोरी महर्जन हराएको यत्रो दिन भईसक्दा त जिउँदो या मृत्यु भयो भन्ने केहि सुराक प्राप्त गर्न सकेको छैन . झन् त्यो बेला त शक्तिसाली त्यो पनि (सरकारकै) माफियाले गरेको अपराधलाई कसरि तह/पत्ता लगाउन सक्ला र ??? तरपनि तत्कालिन सरकारमा रहेका सुर्य ब. थापा अहिले पनि जिउन्दै रहेकोले केहि गरेर सत्य तथ्य बाहिर ल्याउन सक्ला कि ??!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • राम राज

    इतिहास को त्यो काल खण्ड को के कुरा गर्नु र खै !!
    के त्यो बेला बन्दा अहिले हामि सुरक्षित छौं र ?? के अहिले बिधि को साशन छ र ??
    शक्तिसाली अपराधि हिजो नि निर्धक्क संग अपराध गर्थे आज नि गर्छन |

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 2

  • rojan rai

    त्यस बेला का जति पनि मुख्य ओहदा मा बस्ने व्यक्ति हरु छन् तिनीहरु बिरुद्ध पुन यो बिषय मा न्यायोचित फैसला हुन जरुरि छ.यो पढदै गर्दा तत्कालिन सरकार अनि सरकारी संयन्त्र हरु देखि यति रिस उठ्यो कि जीवित ति सब लाई अहिले मृत्यु दण्ड दिदा पनि फरक नपर्ला.

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 3

  • antara limbu

    नमीता–सुनीताको हत्यामा मुख्य भूमिका नीरा पराजुलीको नै हुनुपर्छ। उनको पृष्ठभूमि बुझ्दा पनि त्यही कुरा थाहा लाग्छ। ऊ मरेकी छैन। ज्यू“दै छ। खोज्दै लग्दा भेट्न सकिन्छ। नभेट्न पनि सकिन्छ। जबसम्म नीरा फेला पर्दिन, तबसम्म तथ्य पत्ता लाग्न मुस्किलै होला। गृहमन्त्रीज्यू, हजुरको शुभचिन्तक– सम्पादक/प्रकाशक प्रतिविम्ब पत्रिका।’ यो भनाइ अनुसार के नीरा जिउदै छिन् त ?

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 4

  • santosh

    best i can expect from media / blog……

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • PREETHAK

    अब हेर्नेनै हो भनेत त्यो आरोपीहरु अहिलेपनि खुल्ला हिडेकै छन् सक्नेनै हो भने कुरा गर्नुको सट्टामा समायार कारबाही गर्नुनी अहिलेत न सत्ता छ न केहि अबपनि कारबाही गर्न सकेन भने यो कुरा पुस्टि हुन्छ कि अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भनेर ……………………………….

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • raj kunwar LONDON

    मण्डले , र वाई, सी , एल, दाजु भाई ,
    यी दुवै लाई गरौ है बाई बाई !
    तियो समय का मण्डले ऐले का माओबादी समान हुन् .

    मन परे हरियो नपरे रातो ! Thumb up 50 Thumb down 11

  • कमल थापा(साउदी अरब)

    अहिलेको गणतन्त्रले त जनतामा सुशासन दिन सकेको छैन/ गुण्डागर्दीका नाइकेलाई पार्टी प्रवेस गराएर अझ चर्को राजनीति गरिन्छ/

    पहिलेका शासकले गरेका अत्याचारको पनि यो घटनाले प्रस्ट परिचय दिएको छ/ यो घटनाको जानकारीले यो घटनाका नाइके जो कोहि भए पनि डर लाग्दा राक्षस रहेछन्/ यीनलाई अबको गणतान्त्रिक सरकारको जिम्मा लगाएर कडा कारवाही गरिनु पर्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 3

eXTReMe Tracker