मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (५)

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर केही वर्ष अघि बजारमा आएको थियो ‘दरबार कान्डपछि दबाइएको अर्को हत्याकान्ड’ पुस्तक। पुस्तक नपढेकाहरुका लागि माइसंसारमा यसबारे जानकारी राख्न पाए हुने जस्तो लागेर लेखक तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग अनुमति लिई पुस्तक अंश यहाँ हरेक आइतबार साभार गर्दैछौँ। यो पाँचौँ भाग हो। पहिलो भाग यहाँ दोस्रो भाग यहाँ तेस्रो भाग यहाँचौथो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]

अपराधी को थिए त?
जुन दिन चूडामणिको लाश फेलापर्‍यो, त्यसै दिनदेखि अपराधीका संभावित नामबारे पोखराबाट गुपचूप चर्चा चल्न शुरु भयो। चर्चा डरका कारण सारा बारबन्देजलाई तोड्दै निमेषभरमै देशभर फैलियो। त्यतिबेला नेपालका बच्चा, बूढा, युवा, युवतीमात्र होइन, अञ्चल र जिल्लाका प्रशासकहरु समेतले नमीता–सुनीता काण्डको सूत्रधार ठहर गरेर आफ्नो दिमागको कुनै कुनामा दर्ता गरेका नामहरु यस्ता थिए– तत्कालीन अधिराजकुमार धीरेन्द्र वीरविक्रम शाहदेव, नीर शाह, उदयसमशेर जबरा र विनोदशंकर श्रेष्ठ।

गुप्तचरहरु गलेपछि
राजशाहीको छत्रछाया“मा मौलाएको गुप्तचर विभाग (बरफ बागस्थित हालको राष्ट्रिय अनुसन्धान विभाग) ले असारको दोस्रो साता आफ्ना प्रमुख चन्द्रबहादुर राई (स्व.) र डीएसपी (गोर्खा निवासी) चन्द्रध्वज गुरुङलाई पोखरा पठायो।

नमीता–सुनीता काण्डमा गुप्तचर विभागको भूमिकाबारे विविध व्यक्तिले विभिन्न कुरा बताएका छन्। तत्कालीन गण्डकी अञ्चलाधीश गणेशमान श्रेष्ठका अनुसार, पोखरा आउ“दा चन्द्रध्वज गुरुङस“ग नीर शाह, उदयसमशेर र विनोदशंकरको फोटो थियो तर त्यसलाई प्रयोगमा ल्याइएन। यससम्बन्धमा त्यसबेलाका गुप्तचर प्रमुख विष्णुराज पन्त भन्नुहुन्छ– “हामीले प्रहरीलाई सहयोग गरेका हौं। आवश्यक पर्‍यो भने जस कसैको पनि फोटो उपलब्ध गराउन सकिन्छ।” नीराका काका रुद्रमणिले बताउनुभयो– “चन्द्रध्वजले महेन्द्र पुलको एउटा होटलमाथि लगेर मस“ग सीधै सोधपुछ गरेका थिए।” नीर शाहको भनाई यस्तो थियो– “गुप्तचर विभागका एक अफिसरले जम्मा एकपटक जेठ २४ को सेरोफेरोमा तपाईं कहा“ हुनुहुन्थ्यो भनेर सोधेका थिए।”

गुप्तचर विभागले ठूल्ठूला राजनीतिक योजनाहरु पत्ता लगाएर पञ्चायती सरकारलाई सघाउ पुर्‍याएको इतिहास जिउ“दै छ। ०४२ साल असारमा नारायणहिटी राजदरबारको गेट र सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवनलगायत देशका केही भागमा बम बिष्फोटन भएको भोलिपल्टै त्यसस“ग सम्बद्ध भनिएका कैयन व्यक्तिलाई दूरदराज इलाकाबाट पक्रनमा गुप्तचर विभागले ‘सफलता’ पाएको थियो। सो काण्ड घट्नुभन्दा तीन महिनाअगाडि तत्कालीन भेरी अञ्चल प्रमुख कुमार उपाध्यायले विभागलाई सतर्क गराउ“दै रिपोर्ट पठाउनुभएको थियो। तीन महिनाअघि नै त्यत्रो बम काण्डको सुराक पाउने गुप्तचर विभागले नमीता–सुनीता काण्डको गहिरो छानबिन गर्न नसक्नु, गुप्तचर प्रमुखसमेत फोटो लिएर पोखरा घुम्नु तर वास्तविक अपराधीहरुलाई छुने हिम्मत नदेखाउनु, एउटा फाइलसम्म खडा नगर्नु, तीन महिनासम्म नाटकबाजी गरेर चूपचाप बस्नुले पनि उसको नियतमाथि शंका गर्ने प्रशस्त आधारहरु छाडेको छ।

सेट नै सरुवा
नमीता–सुनीता–चूडामणि हत्याकाण्डको तीन महिनापछि भदौमा अचानक कास्कीका सम्पूर्ण प्रशासकलाई फिर्ता बोलाइयो। तत्कालीन प्रजिअ पद्मराज सुवेदी (पछि उद्योग सचिव) ले बताउनुभयो– “म फर्ष्ट क्लासको प्रजिअ भए“। मेरो ठाउ“मा सेकेण्ड क्लासको प्रजिअ सूर्यबहादुर सेन ओली, जो त्यतिबेला कपिलवस्तुमा कार्यरत थिए, गए।” सा“ढे आठ वर्षसम्म अञ्चलाधीश पद सम्हालिसकेका गणेशमान श्रेष्ठका ठाउ“मा खड्गबहादुर जीसी (०६१ माघ १९ मा राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि नियुक्त स्थानीय विकास मन्त्री) गए। नालायकको बात लगाएर झिकाइएका हाकिमहरुका ठाउ“मा गएका ती ‘लायक’ महाशयहरुका पछिका क्रियाकलापबाटै बुझ्न सकिन्छ, उनीहरु वास्तवमै नमीता–सुनीता काण्ड पत्ता लगाउन गएका थिए वा वास्तविकता लुकाउन †

उत्तम पुनलाई आपत?
नमीता–सुनीता काण्डको चर्चा गर्दा उत्तम पुन (हाल नेपाल विकास बैंकका अध्यक्ष तथा टाइम्स अफ काठमाडौं साप्ताहिकका प्रकाशक) को नाम छुटाउनु स्वयं उनकै निम्ति पनि अन्यायपूर्ण काम हुन जानेछ। आजभन्दा सा“ढे चार दशकअघि म्याग्दीबाट झरेका नेपाल प्रहरीको भूपू इन्स्पेक्टरका आठ भाइ छोरामध्येका एक उत्तम पुनको आर्थिक स्थिति नमीता–सुनीता काण्डपछि एकदमै सुधि्रएको छ। निजको नाममा रहेको काठमाडौं, कान्तिपथस्थित विशाल कम्पाउण्डवाला यति ट्रेकिङ्ग, महङ्गो कार, ताहाचल (बाफल) को भव्य बङ्गलासहितको आजको शौखिन जिन्दगी र हिजोको म्याग्दीको सामान्य जिन्दगीको तुलना गर्दा भयानक अन्तर भेटिन्छ। ‘संसारको कुनचाहि“ मुलुकमा चुनावमा धा“धली हु“दैन?’ भन्ने उत्तम पुन ०३९ सालको स्थानीय पञ्चायती चुनावमा राघवलाल बैद्य, आनन्दराज मुल्मी (नेपाल उद्योग बाणिज्य महासंघका भूपू अध्यक्ष), श्रीप्रसाद गुरुङजस्ता हस्तीहरुलाई हराएर अप्रत्यासित रुपले पोखराको प्रधानपञ्च बनेका थिए। त्यसपछि उनी रापंस बने र सहायक मन्त्री पनि बने।

स्व. अधिराजकुमार बसुन्धरा शाहको पोखरा बैदाममा जनआस्थाकी स्तम्भकार बारबरा एडम्सले नाम जुराएको भव्य ‘फिसटेल’ होटल छ। ०३७–३८ तिर धीरेन्द्रको त्यस होटलमा खूब आतेजाते हुने गर्थ्यो। गर्वका साथ ४२ सय कार्यकर्ता आफ्नो साथ रहेको दाबी गर्ने दुस्साहसी उत्तम पुन धीरेन्द्रलाई केटी पुर्‍याउन त्यहा“ गइरहन्थे। अथवा यसो भनौं, का. रोहितले भन्नुभएझैं धीरेन्द्र भक्तपुरका जनताको निम्ति ‘अलाद्विनको चिराग’ थिए भने पोखरामा उत्तम पुन धीरेन्द्रको लागि। ‘फिसटेल’का तत्कालीन वेटरद्वय दिलबहादुर पुन (म्याग्दी) र नन्दप्रसाद बराल (बैदाम) जो लागूपदार्थको कारोबारी पनि थिए र ०४७ भदौमा गृहमन्त्री योगप्रसाद उपाध्यायको कृपाले चौखण्डीअन्तर्गत कास्की कारागारबाट रिहा भए, लाई उत्तम पुन र धीरेन्द्रको दोस्तीबारे बताउन कुनै हिच्किचाहट छैन। ‘धीरेन्द्रस“ग कत्तिको भेटघाट चल्थ्यो?’ उत्तम भन्छन्– “म उहा“बाट कहिल्यै सञ्चालित भइन तर नेपाल गल्फ क्लबको सदस्यका हैसियतमा भेट भने भैरहन्थ्यो।” यसै प्रसङ्गमा उत्तम पुनमाथि लागेको क्रिस्ती गाउ“को डा“का मुद्दा र मूर्तिचोरी मुद्दा फासफुस भएको कुरालाई धीरेन्द्रस“गको दोस्तीको फल भन्छन् कास्कीबासीहरु। भनिन्छ, क्षेत्रीय अदालत, पार्दीमा कार्यरत टाइपिष्ट कृष्णकुमारी बानिया“, रेयूकाईकी पूर्व केन्द्रीय अध्यक्ष शोभा जोशी र सिम्पानीकी एक महिला प्रहरीलाई धीरेन्द्र र उत्तमको दोस्तीबारे धेरै कुरा थाहा छ।

कुन चा“जो नमिलेर हो, असारको एकदिन उत्तमलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्यो, कुटपिट गर्‍यो र नमीता–सुनीता काण्डबारे सोधपुछ गर्‍यो। तीन दिनपछि किन हो कुन्नि त्यत्तिकै छाडिदियो। स्मरणीय छ, उक्त काण्डका अनुसन्धान अधिकृत बाबुराम पुन र उत्तम पुन दुबैको गृहजिल्ला एउटै, अर्थात् म्याग्दी हो। र, यसअघि भैरहवा र पोखरामा गरी उत्तमले तीनचोटि हिरासत यात्रा गरिसकेको थियो।

शङ्काको घेरा नं. –१
० नमीता–सुनीता काण्डमा तपाईंको नाम किन मुछियो?
– थाहा छैन।
० हल्ला चलेपछि खण्डन गर्नुभएन त †
– गरिन, किन गर्ने?
० पोखराको क्रिष्टल होटलमा ०३८ जेठ १९ देखि हुनुहुन्थ्यो नि, हैन?
– हैन, थाहा छैन।
० उदय समशेरस“ग चिनाजानी छ कि छैन?
– छ, उनको घर र हाम्रो होटल स“गस“गै छ नि †
० त्यस काण्डमा ठूलै मान्छेको हात छ रे हो?
– थाहा छैन।
० तपाईंलाई आवारा स्वभाव भएको कारणले बाबुले तीन महिनासम्म घरमा बस्न नदिएको, खर्च कटौति गरेको होइन?
–हैन। कहा“ हुनु †
०४७ साल मंसीर २८ गते ३० र ४० बीचको उमेर भएका चारतारे शंकर होटल (यो त्यही होटल हो, जहा“ ०६० बैशाख १४ गते राजा ज्ञानेन्द्रले आफ्ना पहिलेदेखिका विश्वासपात्र नारायणसिंह पुन, रमेशनाथ पाण्डे र बद्रीप्रसाद मण्डललाई माओवादीस“ग वार्ता गर्न पठाएका थिए) का मालिक विनोदशंकर श्रेष्ठस“ग गरिएको यो रोचक टेपवार्ता हो। कुराकानीका दौरान उनको मुड खराब थियो।
यहा“नेर एउटा कुरा उल्लेख गर्नु एकदम जरुरी छ। त्यो के भने रापंको अधिवेशन चलिरहेको बेला असार २१ गतेको ‘शून्य समय’मा रापंस नानीमैया“ दाहालले राजाद्वारा मनोनित एकजना रापंसतर्फ इङ्गित गर्दै ‘यो हत्याराको बाबु हो, यस्तालाई रापंमा ल्याउन कसले सिफारिश गर्‍यो?’ भन्नुभएको थियो। इङ्गित गरिएका ती व्यक्ति रामशंकर श्रेष्ठ (स्व.) थिए। विनोदशंकर उनैका छोरा हुन्।

शङ्काको घेरा नं. –२
० तपाईं त्यतिबेला के पेशामा हुनुहुन्थ्यो?
– कान्तिपथमा हाम्रो एउटा पार्टनरशीपवाला फर्म थियो। त्यसले ठेक्कापट्टा र व्यापारको काम गर्थ्यो।
० घटना घट्दा कहा“ हुनुहुन्थ्यो नि †
– सार्वजनिक तवरले हामी ‘स्मृतिको पर्खालभित्र’ नामक नाटक प्रदर्शन गरिरहेका थियौं काठमाडौंमा।
० तपाईंको नाम कसरी मुछियो त †
– शाही नेपाल चलचित्र संस्थानमा नियुक्त हुनेमध्ये मेरो नाम पनि चर्चामा थियो। यसर्थ मलाई त्यहा“ जान नदिन इर्ष्यालूहरुले नाम मुछिदिएको हुनसक्छ।
० खण्डन नआउनुको कारण?
– त्यो घटना गम्भीर प्रकारको हु“दाहु“दै पनि मेरो नाम मुछिएकोमा मैले चिन्तित हुनुपर्ने कारणै थिएन। किनभने म त्यसमा संलग्न थिइन“। त्यसमाथि मैले जान्ने भएर खण्डन गर्दा उल्टै नराम्रो शंका उत्पन्न हुन सक्थ्यो।
० पोखरामा १६१ जना निर्दोष व्यक्तिहरु गिरफ्तार हुनु तर तपाईं मुछिएको व्यक्तिचाहि“ अछुतो रहनुको पछाडि के कारण हुनसक्छ? यसमा कतै राजदरबारस“गको नाताको त भूमिका छैन?
– एकजना गुप्तचर आएर त्यो बेला तपाईं कहा“ हुनुहुन्थ्यो भनेर सोधेका हुन्। यसबाहेक अरु केही भएन। किन ममाथि अरु बढी अनुसन्धान भएन भनेर त मैले बताउने कुरा आएन। राजपरिवारस“गको सम्बन्धबाट मैले कहिल्यै अनुचित फाइदा उठाएको छैन।
० उदयसमशेर, विनोदशंकर र धीरेन्द्रस“ग कस्तो सम्बन्ध थियो?
– धीरेन्द्र मेरा राम्रा साथीमध्येमा पर्नुहुन्छ। उदयसमशेर, विनोदशंकरलाई चिन्दछु, म अरु होटलसरह शंकर होटल पनि जान्थें।
० विनोदशंकरहरु आवारा थिए रे नि † यहा“को टिप्पणी?
– टिप्पणी गर्न तथ्य फेला पर्नुपर्छ। त्यस्तो तथ्य मस“ग छैन तर पनि सामान्यतः अहिलेका युवाहरुमा देखिने प्रवृत्ति त्यसबेला उहा“हरुमा नभएको हैन। बाहिर घुम्न जाने काम पनि हुन्थ्यो नै †
० नमीता–सुनीता–नीरा कसैस“ग तपाईंको चिनाजानी थियो वा थिएन? घर आतेजाते नि †
– अह“, पटक्कै थिएन।

(नेपाल टेलिभिजनको सिंहदरबारस्थित केन्द्रीय कार्यालयमा पत्रकार विजयकुमार पाण्डेका सामु ०४७ सालमै गरिएको टेपवार्ताको अंश हो यो। तर, हामीलाई उहा“का कतिपय कुरामा विश्वास लागेन। यही विषयमा हामीले थप अनुसन्धान गर्‍यौं र तीन दिनपछि नीर शाहस“ग पुनः कुराकानी गर्‍यौं।)
‘तपाईं एकचोटि नीरा पराजुलीको घर जानुभएको थियो, हो?’ “अ“, गएको थिए“। मस“ग फिल्म निर्देशक प्रेम बस्नेत पनि हुनुहुन्थ्यो। हामी त्यहा“ तास खेल्न गएका थियौं।”
यस विषयमा हामीले उदयसमशेरस“ग कुरा गर्न चाहेका थियौं। तर, उहा“ केही दिनयतादेखि देशभित्र नरहनुभएकाले सम्पर्क हुन सकेन। उहा“ श्री ५ बडामहारानी कोमलका भाइ हुनुहुन्छ।
स्व. अधिराजकुमार धीरेन्द्र त्यतिबेला आफ्नो शाही पद्वी त्यागेर बेलायत प्रवासमा गइसक्नुभएको हु“दा उहा“स“ग कुरा हुन पाएन। तर, १६ वर्षसम्म उहा“को अङ्गरक्षक रहेका लेºिटनेन्ट कर्णेल भरत गुरुङस“ग हामीले त्यतिबेलै नख्खू कारागारमा भेट गरेका थियौं। उनको स्पष्टोक्ति थियो – “कुनचाहि“ राणा वा शाह परिवारका सदस्यको चरीत्र बेदाग होला र † मेरा मालिक पनि बेदाग छन् भन्न म सक्दिन। पोखरा जाने गरेको कुरा सा“चो हो।”

अरु को–को आशङ्कित?
राजु राणा– वीरगञ्ज (१६, श्रीपुर पद्मरोड) निवासी भूपू कर्णेल ढुण्डीराज समशेर जबराका जेठा छोरा २७ वर्षीय राजु राणा भन्ने हंशसमशेर राणा पनि त्यस काण्डमा संलग्न थिए भन्ने चर्चा छ। राजदरबारभित्रको बटालियनबाट मकवानपुर सुपारीटार सरुवा गरिएका क्याप्टेन राणा नमीता–सुनीता हत्याकाण्डताका पोखरा पुगेका थिए र पछि उनलाई भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालयमा सरुवा गरियो भन्ने कुरा अन्वेषण क्रममा सुन्नमा आयो। पश्चिमाञ्चलका पुराना गुप्तचर प्रमुख कुमार उपाध्यायले आफू जिल्ला तहमा कार्यरत छ“दा चलेको एउटा हल्ला सुनाउनुभयो। त्यो पोखरा ब्यारेकका कर्णेलको संलनग्तासम्बन्धी हल्ला थियो। ०३८ सालमा त्यहा“ कुनचाहि“ गण कार्यरत थियो र कर्णेल को थिए? भनी प्रश्न गर्दा कामु मेजर मोहनबहादुर बस्नेतले यकिनका साथ बताउन असमर्थता प्रकट गर्नुभयो।

कागजातहरु कता?
नमीता–सुनीता–चूडामणिको हत्याकाण्डसम्बन्धी सरकारी कागजातहरु अहिले सम्बन्धित कुनै पनि निकायमा छैनन्। अन्तरिम कालका गृहमन्त्री, गृहसचिवलगायत मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुस“ग कागजात उपलब्ध गराइदिन हामीले अनुरोध गरेका थियौं। तद्अनुरुप उपसचिव तथा हालका पनि प्रवक्ता गोपेन्द्रबहादुर पाण्डे तथा रेकर्ड शाखाका प्रमुख रामानन्द बैद्यलाई कागजपत्र खोजिदिन आदेश जारी भएको थियो। उहा“हरुले हप्तौं लगाएर खोज्नु पनि भयो तर कागजात गायब थियो। यतिमात्र हैन, दुई साता लगाताररुपमा गण्डकी अञ्चल अस्पतालमा पोष्टमार्टम रिपोर्ट खोजियो। रेकर्डमा ०३८ बैशाखपछि एकैचोटि भदौका रिपोर्टहरु फेला परे। नमीता–सुनीता र चूडामणिको रिपोर्ट भने त्यहा“ थिएन। यही हालत डीएसपी कार्यालय र जिल्ला अदालतको पनि थियो। कागजपत्र कसले गायब गर्‍यो, कसैस“ग जवाफ थिएन। (खुशीको कुरा, वर्षौंको खोजपछि ०६२ चैत्र पहिलो साता यस लेखकले नमीता–सुनीता हत्याकाण्डसम्बन्धी सम्पूर्ण कागजात राजधानीस्थित एउटा महत्वपूर्ण सुरक्षा निकायबाट फेला पार्न सकेको छ।)

०३८ सालमै प्रहरीले रुद्रमणिका १३ वर्षीय छोरा भुवनलाई नमीता–सुनीता र नीरालाई २३ गते (शुक्रबार) सम्म पोखरा घुमाएको बयान दिन कर गर्‍यो। इन्स्पेक्टर बाबुराम पुनले टीकादेवीको घरमा गएर लोग्नेले आत्महत्या गरेको कुरा कबूल गरेको खण्डमा रु. दश हजार दिने लोभ देखाए। यी सब चालबाजीका पछि के कारण हुन सक्थ्यो? सहजै अनुमान गर्न सकिने कुरा हो।

पोखरा अपराधीहरुको शरणस्थली हो। त्यहा“ थरिथरिका अपराधिक घटनाहरु घट्छन् र सुल्भि्कन्छन् पनि। आर्थिक वर्ष ०४४/४५ को जिप्रका, कास्कीको रिपोर्ट हेर्दा यो कुरा बडो राम्रोस“ग प्रष्ट हुन्छ। त्यसै आर्थिक वर्षमा जम्मा १ सय २२ वटा अपराधहरु दर्ता भएका थिए। जसमध्ये प्रहरीले एउटाबाहेक जम्मैजसो अर्थात् १ सय २१ वटा गुत्थी सुल्झायो। सुल्भि्कएकामा आत्महत्या १०, हत्या ४, ज्यान मार्ने उद्योग २, चोरी १८, बलात्कार १, जुवा ९ र लागूपदार्थसम्बन्धी २१ वटा अपराध थिए। भवितव्य परेर सुल्झन नसकेको एउटा अपराधलगायत अन्यचाहि“ सामान्य खालका थिए। जबकि एक वर्षअघि ०४३/४४ को आर्थिक वर्षमा १ सय ४१ वटा अपराध दर्ता हु“दा आत्महत्या ७, हत्या २, ज्यान मार्ने उद्योग ५, चोरी २०, बलात्कार २, जुवा २ र लागूऔषधसम्बन्धी २० वटा अपराध सामेल थिए।

यतिमात्र हैन, भदौमा जुन दिन अञ्चलाधीशलगायतका प्रशासकहरु फिर्ता बोलाइए, त्यसको अघिल्लो दिन अधिराजकुमारी शान्ती सिंह र कुमार दीपक पोखरा पुगेका थिए। स्याङ्जाको मालुङ्गोस्थित कुष्ठरोग केन्द्र जान लागेकी अधिराजकुमारीस“गै अञ्चलाधीशको पनि त्यता जाने कार्यक्रम थियो।

बाढीमा बगाइएको बोरा
प्रहरी प्रमुख दुर्लभकुमार थापाले कसैको पनि सरुवा नहुने पत्र–पत्रिकामार्फत् दावी गरिरहेका बेला कपिलवस्तुबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएका सूर्यबहादुर सेन ओलीका डायरीमा लिपीबद्ध घटनाक्रमहरु नमीता–सुनिता–नीरा–चूडामणि हत्याकाण्डका सम्बन्धमा थप चाखलाग्दा हुनसक्छन्।

नया“ जिम्मेवारीमा बहाली हुन पुगेका ओलीको त्यसको भोलिपल्टै, अर्थात् ०३८ भदौ १८ गते बिहान एउटा उदेकलाग्दो पात्रस“ग जम्काभेट हुनपुगेको थियो। साविकका प्रजिअ पद्मराज सुवेदीस“ग विन्ध्यवासिनी भगवतीको दर्शन गरी फर्कंदा सोही मन्दिरको काखैमा घर हुने प्यान्ट–सर्ट लगाएका रुद्रनाथ नामक पूजारीले ठट्टा गर्‍यो– ‘ती रा“डीहरु मर्दा के? तिनले गर्दा हाम्रा सुवेदी सीडीओ सा’बको सरुवा भयो।’ यसअघि काठमाडौंमा भएको एक संक्ष्ँिप्त भेटमा श्री ५ का प्रमुख सचिवले ओलीलाई खुसुक्क भनेका थिए– ‘विन्ध्यवासिनीको पूजारी कामुक छ रे, होश गर्नु है †’ दरबारका सचिवको सङ्केत र त्यसदिनको पूजारीको तल्लोस्तरको बकबास नै उसलाई शङ्काको घेरामा राख्नको निम्ति पर्याप्त कारण थियो। त्यसैबेलादेखि ओलीले नमीता–सुनीता हत्याकाण्डमा उसको संलग्नतासम्बन्धी अनुसन्धान शुरु गरे। तर, त्यसको परिणाम के–कस्तो आयो, सो भने थाहा हुन सकेन। बरु, सेनका कोशिशहरुमा अडङ्गा लाग्ने क्रम भने त्यहींबाट प्रारम्भ भए। भदौ ३१ गते उनले पोखराको जनजीवनमा भिजेका त्यहींका बासिन्दा रामप्रसाद (खरदार) लाई उनी कार्यरत चितवन मालपोतबाट सरुवा गराएर ल्याउन अनेक बिन्तीभाउ गर्दा मन्त्रालयले कुनै टेरपुच्छर लगाएन। रामप्रसाद पोखरा आइदिए घटनाको अनुसन्धानमा सहयोगप्राप्त हुने उनको अपेक्ष्ँालाई यसरी प्रारम्भमै निमोठ्ने काम भयो। असोज ४ गते दिउ“सो ३ः३० बजे सेती–त्रिवेणी नजिक अलिकति माथितिर खोलामा दुई ठूला ढुङ्गाको कापमा बोरामा हालिराखेको एउटा पुरानो लाश भेटिएको सूचना कसैले ल्याइपुर्‍यायो उनकोमा। त्यतिबेला बाबुराम पुनलाई बद्ली गर्न भर्खरै पोखरा पुगेका थिए, हालका अतिरिक्त महानिरीक्ष्ँक ओमविक्रम राणा। सीडियो ओलीले उनलाई तुरुन्त लाश उठाएर पोष्टमार्टमका निम्ति अस्पताल पुर्‍याउन आदेश दिए। भोलिपल्ट बिहान ११ बजेसम्म पनि प्रहरीको तर्फबाट कुनै रिपोर्ट प्राप्त हुन नआएपछि उनी आफैं जिल्ला प्रहरी कार्यालय गए, र इन्सपेक्टर राणासहित १३ जना प्रहरीको डङ्खफा लिएर र्‍यालेचौर जाने भीरको बाटो हु“दै कालीखोला झरे। त्यहा“ खोलाको तीरमा बोरामा हाली मुख बा“धिएको अवस्थाको पुरानो लाश भेटियो। त्यसदिनको सम्झना गर्दै ओली भन्छन्– ‘जनसम्पर्क अधिकारी मुकुन्दकेशरी पाण्डेले असोज १ गते नै लाश भेटिएको खबर पाएका रहेछन् र भोलिपल्ट बिहान प्रहरी इन्स्पेक्टर, सब इन्स्पेक्टरस“गै आफू गएर लाश हेरेका रहेछन्। फुटेको बोराबाट देखिएर निस्किएको लाशको तल्लो हर, जा“घका हाडहरु, एउटा खुट्टा र करङ्ग भएको, मासु माटो र बोरामा टा“स्सिइसकेको अवस्थाको लाश देखेछन्। बोरा खोली धोईपखाली हेरेछन्। त्यसरी हेर्दा लाश आइमाईको भन्ने यकिन गरेछन्। लाश कुर्ने र पोष्टमार्टम गराउने कुरालाई बेकार सम्झेर फर्किएछन्।’ आफ्नो आदेश पालना नभएकोमा आगो भएका ओली अगाडि भन्छन्– ‘किन हिजै लाश उठाइएन र जा“च गराइएन? यससम्बन्धमा मलाई प्रहरी इन्स्पेक्टरमाथि शंका लाग्यो। गत राती खोलामा बाढी आएछ र लाश छ भन्ने थाहा पाएपछि प्रमाण गुमाउन खोज्ने गिरोहमध्ये कसैले राती वा कुनै बेला बाढीमा लाश बगाइदिएछ। मैले भनेकै बेला तदारुकता देखाएर प्रहरीले लाश उठाएको भए निश्चय नै एउटा प्रमाण मेटिने थिएन। त्यही पनि मैले बगरबाट पाइएसम्मको हाडखोर बटुल्न लगाए“। संयोगबस् बालुवामा पुरिएका दुई टुक्रा मासुका डल्ला, दुईवटा करङ्ग, कम्मर–जोर्नीको एउटा हाड फेला पर्‍यो। तिनलाई हात हातमा लिएर फर्किए“। इन्स्पेक्टर ओमविक्रम राणालाई मेरै गाडीमा राखी अस्पताल पुर्‍याएर तपाईं पनि राणा नै भएकोले डा. कुमारसमशेरबाट लाश जा“च गराउन सजिलो होला, बस्नुस्, तपाईंले २ गते लाश देख्नुभएको थियो, त्यसको समेत आधारमा लाश जा“च गराई प्रतिवेदन लिएर आउनुहोला भनी हस्पिटलमा छाडेर फर्किए“।’

फोनमा सा“झ इन्स्पेक्टरले बताए– ‘लाश महिलाको हो, बयस्क महिलाको। सग्लो लाश फेला नपरेको हु“दा उमेर र मृत्युको कारण अनुमान गर्न सकिएन।’

ओली– लाश कति पुरानो रहेछ?

राणा– कुरैकुरामा ५ महिनाजति पुरानो हुनुपर्छ भन्थे डाक्टरले।

सबै सन्दर्भ र संयोग जुराउ“दा उक्त लाश नीरा पराजुलीको हुनुपर्ने ठहरमा पुगे प्रजिअ ओली। सोहीअनुसार उनले आफ्नो तालुक अड्डा गृहमन्त्रालयमा जानकारी दिए। अरु एकहप्ता यस विषयमा सोधखोज गर्दा उमेर पुगेको अरु कुनै महिला यसबीच मारिए या हराएको बुझिन आएन। यसले गर्दा पनि उनको ठहर सत्यको नजिक पुगेको देखियो। उनले त्यस सा“झ आफ्नो डायरीमा लेखे– ‘एउटा बाख्रो चितुवाले मारेको त गाउ“भर थाहा हुन्छ भने काठमाडौंबाट गएका युवतीहरु मारिनु, हत्यारा पत्ता नलाग्नु, बोराको लाश १ गते देखेर ४ गतेसम्म पनि प्रशासनमा जाहेर नगर्नु, ४ गते नै लाश ल्याई पोष्टमार्टम नगराउनु, सोही राती सो लाश हराउनुबाट अत्यन्त ठूलो र प्रभावशाली गिरोहबाट यो हत्या भएको स्पष्ट हुन्छ। धेरैजसो पुराना अनुसन्धानकर्ता त सरुवा भइसके, एउटा जनसम्पर्क अधिकृत पाण्डे छन्, उनी र प्रहरी इन्स्पेक्टर पनि प्रभावमा परी ४ गते बोराको लाशको संरक्षण गरेनन्। यसबाट पनि यो गिरोह पोखरामा अझै सक्रिय छ भन्ने लाग्यो।’

ओलीको डायरीमा अगाडि लेखिएको छ– खोसिएका डीआइजी १५ गते बिहीबार पोखरा आएर सोझै जिल्ला प्रहरी कार्यालयमा गई भीमबहादुर तामाङ्गको हत्याबारेको मिसिल हेरेछन्। नमीता–सुनीताको हत्यातर्फ कति प्रगति भयो, के–कसरी अनुसन्धान हु“दैछजस्ता कुराहरु सोधेछन्। आजै जिल्ला बन अधिकृत (डीएफओ) लाई सम्पर्क गरे“। उनले भने– ‘पर्सि बिहान भेट्छु। नमीता–सुनीता–चूडामणि तीनैजनाबारे केही न केही खबर ल्याउ“छु।’

पोखरा हत्याकाण्डताका गृहसचिव थिए हाल भारतका निम्ति शाही नेपाली राजदूत कर्णध्वज अधिकारी। उक्त काण्डको केही समयपछि निजलाई पुरस्कारस्वरुप अर्थ मन्त्रालयमा लगियो। उनको ठाउ“मा आए विष्णुप्रताप शाह। शाहले १७ गते अञ्चलाधीशमार्फत प्रजिअ ओलीलाई काठमाडौं आउन आदेश दिए। भोलिपल्ट राजधानीतर्फ प्रस्थान गर्नुअगाडि उनले पोखरा हत्याकाण्डबारे दिनभर र राती पनि यथासम्भव सूचना सङ्कलन गर्दै रहे। यसक्रममा सहायक अञ्चलाधीश दामोदर उपाध्याय (हाल दिवंगत, घर काठमाडौं, कमलपोखरी) ले भनेका रहेछन्– ‘के–कसको आदेश, निर्देशनमा हो, समयमै प्रहरीले हत्यारा पत्ता लगाउन सकेन। दबाउन नै खोजेको छ भन्ने जनसाधारणसमेतको मनमा परेको छ। हामी यस केसमा सफल हुनसक्ने अवस्था छैन।’

चिताइनसक्नुका चिकित्सक
आउ“छु भनेको समयमा डीएफओ आइदिएनन्। प्रहरीबाट लाश बरामद, अर्थात् मौका तहकिकात गर्दा खडा गरिएको लाशको प्रकृति मुचुल्का र अस्पतालको पोष्टमार्टम प्रतिवेदन पनि बाझिएको देखियो। प्रहरीको प्रकृति मुचुल्कामा नमीताको योनीबाट रगत निस्किएको, च्यातिएको जनाइएको छ भने पोष्टमार्टमले माछाले नै खाएको भन्छ। माछाले नै खाएको भन्ने कुरा डाक्टरलाई कसरी थाहा भयो? माछाले खाएको भए मृत्युपछि खाएको हुनुपर्छ। मृत्युपछि खाएकोमा रगत आउ“दैन। चूडामणिको प्रकृति मुचुल्कामा काखीमुनि एकातिर ५ पैसा छिर्ने प्वाल, अर्कोतर्फ लोटा छिर्ने भ्वाङ भनिएको छ। जब कि, पोष्टमार्टमले गिद्धले खाएर बनेको घाऊ भन्ने ठोकुवा गरेको छ। गिद्धले नै खाएको भनेर डाक्टरले कसरी भेऊ पायो? त्यसो हो भने त शरीरको अन्य भाग पनि गिद्धले नै खोसलेको हुनुपर्ने, त्यस्तो त केही छैन † चूडामणिकी स्वास्नीलाई प्रहरीले चूप लाग्यौ भने आवश्यक धन पाउ“छ्यौ भनी आश्वासन दिएको छ। घटनासम्बन्धी चासो राख्ने भद्र–भलाद्मीलाई दुःख दिईएको छ। शहर–बजार, गाउ“–घरमा गुण्डागर्दी नियन्त्रण नगरी आतङ्क मच्चाइएको छ, यसबाट प्रहरी र प्रशासनले घटनालाई दबाउन खोजेको प्रष्ट हुन्छ। दशी प्रमाणहरु दबाउन, बिगार्न र फुस्सा पार्न प्रहरीले शुरुदेखि नै कोशिश गरेको देखिन्छ। अञ्चलाधीश गणेशमान श्रेष्ठ, डीआइजी चन्द्रवीर राई, डा.कुमारसमशेर राणा, जनसम्पर्क अधिकृत मुकुन्दकेशरी पाण्डे र शाही सेनाका कर्णेल छत्रविक्रम शाहलाई यस हत्याकाण्डबारे पक्कै जानकारी रहेको हुनुपर्छ– यस्तै–यस्तै तर्कनामा ओलीले त्यो रात बिताए। पछि उनले उल्टोपाल्टो रिपोर्ट दिएको आशङ्कामा डाक्टरलाई सरुवा गराउन खोजे। रुद्रसमशेरका नाति तथा धैर्य समशेरका छोरा कुमार समशेरलाई हटाउने उनको कोशिश पनि चितवनबाट मालका खरदार रामप्रसादलाई कास्की झिकाउने प्रयत्नजसरी नै बीचैमा तुहियो। बरु, कालान्तरमा डाक्टर आफैंले राजीनामा दिएर पोखरामै निजी क्लिनिक खोली बसे। अंग्रेजी भाषामा राम्रो दखल भएका सप्तरी निवासी जनसम्पर्क अधिकृत मुकुन्दकेशरी पाण्डेमा त्यहींदेखि डिप्रेसन बढ्दै गयो र उनी ०४२ सालमा गयलखाली भएर जागिरबाट बिदा भए। पोखराका तत्कालिन कर्णेल छत्रबिक्रम शाह सेनाको सेकेण्डम्यानको तहसम्म पुग्न सफल भए। संयोगको कुरा, शाही सरकारले उनलाई पोहोर पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा नियुक्त गरेको छ। र, उनको कार्यालय पनि पोखरामै रहेको छ।

काठमाडौंबाट फर्किएर ओली असोज ३० गते सा“झ ६ बजे डीएफओ ललितमान शाक्यको घर गए। उनीस“ग शाक्यको माग थियो– ‘म आफैं त हत्याबारे पूरा कुरा जान्दिन“, जान्ने मान्छे बाहिर छ। लिन पठाउनुपर्छ। बाटो खर्च चाहिन्छ।’ ओलीले तत्काल बाटो खर्च भनी गोजीबाट निकालेर ५ सय रुपिया“ शाक्यलाई हस्तान्तरण गरे। खुशी हु“दै शाक्यले भनेका थिए– ‘हत्याकाण्डको रहश्य चा“डै खुल्छ। मैले खास मान्छे पत्ता लगाइसकें।’
त्यसको २२ दिनपछि बिहान ८ः३० बजेतिरको कुरा हो, शाक्यको घरमा एउटी महिला ओलीका सामु उपस्थित थिइन्। उनले भन्दै गइन्– ‘असार ५ गते सा“झ भोल्गाजस्तो रसियन जीपमा राखी सेनाले बन्दूक तालिम गर्ने ठाउ“मुनी लगी चूडामणिलाई गोली हानेर सेती नदीमा फालेका हुन्। त्यसरी गोली हान्ने ४ जनामध्ये हवल्दार कृष्णबहादुरलाई चिन्दछु, अरुलाई चिन्दिन“। अरु कुरा कृष्णबहादुरबाटै खुलोस्।’ तर, जति खोज्दा पनि हवल्दार कृष्णबहादुर फेला परेनन्। यसैबीच नमीता–सुनीता हत्याकाण्डस“ग सम्बन्धित भनी आशङ्का गरिएका एकजना मेजरको पोखराबाट वीरगञ्जतिर सरुवा भयो। राणा थरका ती मेजरको विस्तृत विवरण भने सेनाले सीडीओलाई उपलब्ध गराउन चाहेन।

सबै कुरा सीधै प्यालेस
रात्रिबस चढी त्यसको भोलिपल्ट बिहानै ७ः३० बजे डीएफओलाई लिएर सीडीओ काठमाडौं पुगे। सीडीओ नेपाल लजमा बसे भने शाक्यचाहि“ आफन्तहरुको घरतिर लागे। ओलीका अनुसार, १० बजे मन्त्रालयमा उनको सचिवस“ग भेट भयो। डीएफओ पनि आफूस“गै आएको र निजलाई हत्याबारे जानकारी रहेको बताउ“दै उनले हत्यारा पत्ता लगाउने काममा साथ दिए आफूले हरप्रकारको सहयोग गर्ने बचन शाक्यलाई दिन त्यस अवसरमा सचिवसमक्ष आग्रह गरेका थिए। सोही आग्रहअनुसार २४ गते १० बजे शाक्यलाई आफ्नो घरमा ल्याउन सचिव विष्णुप्रतापले अह्राए। निर्धारित समयमा सचिव र शाक्यबीच कुराकानी भयो। ओलीस“ग अझै पनि उक्त भेटघाटको सम्झना ताजै छ। उनी भन्छन्– ‘चूडामणिलाई प्रहरीले जीपमा राखी लगेको, दिनभरि आफूस“ग राखी सा“झ गाडीमै सेनाले तारो हान्ने चौरको ढिकमा लगेर गोली हानी नदीमा फ्या“केको कुरा सत्य हो भनी शाक्यले सचिवज्यूसमक्ष इतिबृत्तान्त सुनाएका थिए।’ ओलीका अनुसार, सचिवले धैर्यपूर्वक शाक्यको कुरा सुन्नुभयो र भन्नुभयो– ‘राम्रोस“ग बुझ्दै जानुस्। काम गर्नेलाई कदर गर्नेछौं। यो सबै कुरा प्यालेसमा पुग्छ। अन्त खुल्ने छैन।’

समय मिलाएर गएको भएपनि २५ गते बिहान ८ बजे बालुवाटारमा प्रजिअ ओलीले प्रधानमन्त्रीस“ग कुरा गर्न पाएनन्। उनलाई २७ गते आउनु भनी फर्काइयो। त्यतैबाट उनी दरबारका प्रमुख सचिव रञ्जनराज खनालकहा“ पसे। नमीता–सुनीता–नीरा–चूडामणिको हत्याकाण्डसम्बन्धी अनुसन्धानमा भएको प्रगति विवरण सुनाउ“दै उनले खनाललाई बताए– ‘डीएफओलाई लिई आएको, गृहसचिवस“ग उहा“को भेट गराइसके“। प्रधानमन्त्रीलाई भेटेपछि फर्कन्छु।’ रिपोर्टिङ्गको प्रतिउत्तर भने आङ्गै सिरिङ्ग पार्नेखालको थियो। प्रमुख सचिवले त्यसबेला सल्लाहको शैलीमा भनेका थिए– ‘सतर्क हुनु, हत्याराले तपाईंलाई मारिदेला। एकजनालाई मार्नेले अरुलाई पनि सिध्याउन के बेर † मार्ला है, मार्ला, बच्नुस् †’ २६ गते बिदा हुने सन्दर्भमा उनी गृहमन्त्री र गृहसचिवकोमा गए। धेरैबेर कुरा भयो। तर, यसपटक भने पहिलेझैं गृहसचिवको प्रस्तुति उत्साह र हौसला बढाउनेखालको थिएन। ओली भन्छन्– ‘त्यसबेलाका प्रहरी र जिम्मेवार अफिसरहरु हत्यारास“ग मिलेको भन्ने कुरा डीएफओबाट पेश भएपछि उहा“को बिचारमा केही बद्लाव आयो कि †’ २८ गते बिहानै प्रधानमन्त्रीले उनलाई समय दिए। स्वभाविकै रुपमा हत्याकाण्डबारे प्रसङ्ग छेडिए– ‘खोज्नुस्, सकेसम्म पत्ता लगाउनुस्। केही परे मलाई खबर गर्नुस्।’ भन्न त प्रधानमन्त्रीले यतिसम्म भने, तर ओलीलाई यो कुरा पनि भित्री मनदेखि भनिएजस्तो लागेन। यो यात्राले उनको मनमा द्विविधामात्र सिर्जना गर्‍यो– ‘के नेपालका ठालुहरु हत्यारा पत्ता लगाउन चाह“दैनन्?’

मंसीर १० गते दरबारले नारायणी अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गलाई हत्याको ‘अनुसन्धानमा मद्दत पुर्‍याउन’ गण्डकी पठायो। भोलिपल्ट दिउ“सो ३ बजेदेखि नारायणी अञ्चलाधीशको टोलीले गण्डकीका सुरक्ष्ँाफौजलाई अघिपछि लगाएर पृथ्वीनारायण क्याम्पस मुनीका खरबारी, खोल्सा–खोल्सी, बयरघारी र तुलसी बनमा ‘केटीहरु यहा“ आए होलान्, केटाहरुले यो घारीमा, त्यो कुनामा केटीहरुलाई बलात्कार गरे होलान्, त्यो पुलबाट हि“डे होलान्, पुलबाट आउ“दा वा जा“दा चूडामणिले देखे होलान्, तब उनलाई पनि मारिदिए होलान्’ जस्ता अनुमानका कुरा गर्दै हि“ड्यो। र, राती ड्रागन होटलमा रमझम गरेर आफ्नो कर्तव्य निर्वाह गर्‍यो।

ओलीलाई फोनमार्फत् गाली
फागुन २६ गते बिहान ६ बजे प्रजिअ ओलीलाई कुनै वयस्क आवाज भएको व्यक्तिले फौजीपाराले फोन गर्‍यो र कल्पनासम्म नगरेको शैलीमा धम्क्यायो। कहा“बाट, को बोलेको भन्ने परिचय नखुलाइकन उसले प्रजिअलाई थर्काइरहेको थियो।
अपरिचित– सीडीओ हो?
प्रजिअ– हो, म सीडीओ बोल्दैछु।
अपरिचित– ए त“ सीडीओ † फूर्ति नगर् है तैंले † जे गरिस्, यत्तिमै बस् † अरु अगाडि बढिस् भने तेरो या त यहा“ बसाइ छैन, या खैरियत छैन † कुरो आफैं बुझ् † अगाडि नबढ्।

कुरो यत्तिमै सकियो। त्यो अपरिचित मान्छेलाई प्रजिअ ओलीले कुनै जवाफ फर्काउने मौका पाएनन्, फोन घड्याप्प राखिदियो उसले। त्यो बयस्क आवाजको फोन आएको डेढ घण्टापछि प्रजिअ ओली डीएफओकोमा पुगे। चिया र तारेको अण्डा खा“दै उनीहरुबीच नमीता–सुनीता–नीरा–चूडामणि हत्याकाण्डबारे विस्तृत छलफल भयो। प्रजिअ ओलीले आफ्नो टिपोटमा उल्लेख गरेका छन्– ‘जेठ १६ गते दुईजना केटाहरु काठमाडौंबाट नमीता–सुनीता–मीराहरु आएकै बसमा पोखरा पुगेका थिए। बाटोमा ती केटीहरुलाई बिस्कुटहरु पनि दि“दै, पोखरामा कहा“कहा“ घुम्ने? कहा“ बस्ने? सोध्दै आए। १७ गते उनीहरु बसेको ठाउ“ वरिपरि टहलिएर फर्किएका पनि थिए।’ घटना सत्यसामु पुगेको भन्दै प्रजिअ भन्छन्– ‘जेठ १८ गते एउटा नीलो कार आयो र ब्यारेकमा पस्यो, बस्यो। यसपछि बसमा आउने केटाहरुलाई कहा“ जान्छन्, के गर्छन् भन्ने कुरामा पछि लगाई कारमा आउनेहरुले ती केटीहरुस“ग भेटघाट गरेर विश्वासमा ल्याई जेठ २४ गते पोखरा ब्यारेकमा खाने–बस्ने निम्ता गरी लगे। यसपछि उनीहरुको लाशमात्र फेला पर्‍यो।’

घटनाको रिङ्ग लिडर, जसको भूमिका घटना दबाउनमा महŒवपूर्ण भएको भनी त्यसैताका चर्चा भएको थियो, उनी हुन् डीएसपी जयराम मुल्मी। प्रजिअ ओलीको दावी छ– ‘डीएसपी मुल्मीलाई पैसा खुबाएर र अरु ओहदाधारीलाई माथिको प्रभावमा पारेर केश पचाउने कुरा मिलाई संदिग्ध मानिसहरु सोही कारमा काठमाडौं फर्किए। चूडामणिले यो घटना आफ्ना आ“खाले देखेको हो, त्यसबेला छाडिदिए। पछि खुल्ने डरले असार ५ गते चूडामणिलाई प्रहरीले डीआइजीको गाडीमा राखी जिप्रकामा लगेर राखे। राती पेस्तोलले हानी पुरातŒवमुिनबाट सेतीमा खसाली बगाइदिए। केटीहरुलाई मार्ने हत्यारा नीलो कारमा काठमाडौंबाट आएका व्यक्तिहरु हुन्।’ चूडामणिलाई उनीहरुकै निर्देशनमा प्रहरीले मारेका हुन् भन्ने कुरा आजसम्मको सुनाइबाट बुझिन आएको भनी प्रजिअ ओली र डीएफओले सो भेटघाटमा निश्कर्ष निकालेका थिए। काठमाडौंबाट नीलो कारमा पोखरा पुगेका विनोदशङ्कर श्रेष्ठ, राजु राणा हुन् भन्ने कुरा पोखराको जनसमाजमा चर्चा भइरहेको विषयमा पनि उनीहरुबीच छलफल भएको थियो। प्रजिअले छलफल भएका विषयहरु गृहसचिवलाई फोनबाट अवगत गराउ“दै ‘त्यही“ आएर निवेदन गरु“ कि, लिखित प्रतिवेदन जाहेर गरु“, अरु कारवाही के–कसरी अगाडि बढाउ“्क?’ भनी सोधेका थिए। तर, गृहसचिवले योपटक अर्कैखाले जवाफ दिए। गृहसचिवले ‘पठाउनुपर्दैन, यी त सुनिराखेकै कुरा हुन्, नया“ अञ्चलाधीशले पनि केही गर्नुहोला’ भन्ने जवाफ प्रजिअ ओलीलाई दिए।

गृहसचिवद्वारा व्यक्त भनाइ सुनेपछि प्रजिअ ओलीले दिक्दार मान्दै ‘हस् ˜˜’ भनेर फोन राखिदिए। प्रजिअले बुझे– अनुसन्धान गर्ने जिम्मेवारी पनि अञ्चलाधीशतिरै गयो भन्ने कुरा। प्रजिअले दरबारलाई सोझै लेखापढी गरेर पठाउने अधिकार थिएन, त्यो जिम्मेवारी वास्तवमा गृहमन्त्रालयको थियो। ओलीले राजदरबारका प्रमुख सचिव रञ्जनराज खनाललाई जानकारी गराउ“दा उनले ‘गृह मन्त्रालयको निर्देशनबमोजिम गर्नू’ भन्ने जवाफ फर्काए। ओलीले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पोखरामा सबैतिरबाट सुनिन आएको कुरा नै निश्कर्षको रुपमा अवगत गराउ“दा कारवाहीलाई अगाडि बढाउन र स्थानीय प्रशासनलाई अगाडि बढ्न तताएको अनुभव भएन अनि ‘ताप्के नताती बि“ड तातेको’ अनुभव गरे।

प्रजिअ ओलीले डायरीमा गरेको टिपोट यस्तो छ–
विश्लेषण र निश्कर्षभन्दा विन्ध्यवासिनीका पूजारी रुद्र बाहुन र बसमा काठमाडौंबाट पोखरा पुगेका केटाहरुको माध्यमबाट तीनवटै केटीहरुको अरु दुईजना तन्नेरी तथा निकै खानदानी र शौखिन परिवारकाजस्ता देखिने दुईजना मान्छेसित फेवातालमा भेट भएको र डुङ्गा सयरसमेत गरेको, जेठ २४ गते ५–६ बजेतिर महेन्द्रपुल तरी व्यारेकतर्फ लागेको भन्नेसम्म सुन्नमा आएबाहेक अरु थप जानकारी प्राप्त हुन सकेन।

चैत १५ गते डीएफओ ललितरत्न शाक्य काठमाडौं गएकाले प्रजिअ ओली भोलिपल्टै काठमाडौं पुगे। उनले गृहसचिव विष्णुप्रताप शाहस“ग १६ गते बिहान ७ः३० को समय लिए। डीएफओसहित प्रजिअले संयुक्त रुपमा गृहसचिवस“ग भेट गरे। शाक्यले गृहसचिवलाई भने– ‘सर, मेरा मान्छेबाट सुनेबमोजिम नमीता–सुनीताको हत्या काठमाडौंबाट केटीहरुको पछि लागी गएका तीनजनाबाट भएको हो। बा.अ. ११३२ नं.को कारमा पोखरा गएका हुन्। चूडामणिको हत्या भएको हो, आत्महत्या वा अरु कारणले मृत्यु भएको होइन †’ यति भनेपछि गृहसचिवले डीएफओलाई सोधे– ‘कसरी पक्का भो?’ डीएफओले सचिवको जवाफ फर्काउ“दै ‘त्यसो त नभनौं’ भने। गृहसचिवले प्रजिअलाई डीएफओस“ग आफूले मात्रै कुरा गर्ने बताए। प्रजिअले भने– ‘उहा“लाई (डीएफओ) सुरक्षाको ग्यारेण्टीमा शङ्का छ, त्यति पनि मेरो पुच्छर नछोडाई र कुरा, व्यवहार, सम्झाइबुझाईआदि प्रयासबाट मात्र निस्केको हो।’ त्यसपछि प्रजिअ ओलीले प्रतिवेदन तयार पारेर गृहसचिवको हातमा थमाए। भोलिपल्ट बिहान गृहसचिव र डीएफओबीच कुराकानी भयो। त्यसलगत्तै प्रजिअले क्रमशः प्रधानमन्त्री र गृहमन्त्रीकहा“ गई घटनासम्बन्धी जानकारी गराए। उनले विशेष अदालत वा आयोग गठन गरी अनुसन्धान कारवाही गर्न उपयुक्त हुने सुझाव पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए। तर, प्रजिअ ओलीको कुराको सुनुवाइ कतैबाट पनि भएन। उनले लेखेका छन्– ‘नेपाल आमाका कलिला बिरुवारुपी छोरीहरु र सानै तहबाट भए पनि नेपाल आमाको सेवा गरिरहेका चूडामणिको हत्यामा उनीहरुको आत्माको चीरशान्तिको लागि प्रार्थना गर्नुबाहेक अरु केही गर्न सकिएन।’

यसैबीच डीएफओ ललितरत्न शाक्यको पोखराबाट कञ्चनपुरमा सरुवा भयो। प्रजिअ ओली झन निराश भए। काठमाडौंमा भएको दौडधुप सकिएपछि डीएफओ र सीडीओबीच एकपल्ट पनि भेट भएन भने सरुवा भएर जा“दा उनले प्रजिअस“ग एक बचन ‘जान्छु’ सम्म भनेनन्। हुनसक्छ, सीडीओको भरमा निर्भिकतापूर्वक जानेका कुरा बताउन तम्सिएका ललितरत्न आफैं त्रस्त र आतंकित भएका थिए।

प्रजिअ ओलीलाई गृहसचिवले २०३९ बैशाख २१ गते बिहान फोन गरेर काठमाडौं बोलाए। रातिसम्म पर्खेर बस्छु भन्दै गृहसचिवले फोन गरेपछि उनी हि“डे। मुग्लिङ्गमा खाना खाई राती १ः३० बजे प्रजिअ ओली गृहसचिवको काठमाडौंस्थित घरमा पुगे। गृहसचिव सुतेका थिएनन्। आफैंले ढोका खोलेर प्रजिअ ओलीलाई भित्र लगे। त्यो रात कास्की जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक तथा पर्यटनलगायतका विषयमा छलफल भयो।

शान्ति–सुरक्ष्ँाको स्थिति बिग्रन गएको र विभिन्न किसिमका हल्लाहरु चलेको कारण देखाई गण्डकीका अञ्चलाधीश गणेशमान श्रेष्ठ, डीआइजी चन्द्रवीर राईदेखि प्रजिअ पद्मराज सुवेदी, इन्स्पेक्टर बाबुराम पुनसमेतलाई सरकारले बर्खास्त गर्ने विषयमा गृहसचिवले प्रजिअस“ग राय माग गरेका थिए। प्रजिअ ओली लेख्छन्– ‘पछि प्रकाशमा आयो, श्री ५ बाट अञ्चलाधीश गणेशमान श्रेष्ठलाई त पुसमै अवकाश मिलेको थियो। डीआइजी चन्द्रवीर राई र डीएसपीहरुलाई पनि श्री ५ को सरकारले अवकाश दियो। टाठो भएर सुन्दा प्रजिअ र इन्स्पेक्टरको अवकाश रद्द भएछ।’

चैत १ गतेदेखि नया“ अञ्चलाधीश खड्गबहादुर जीसी अनुसन्धानतर्फ सक्रिय हुन थालेको महसूस प्रजिअ ओलीले गरेका थिए। उनले लेखेका छन्– ‘सा“झ डीआइजीले कार्यालयमा रुकु र रुद्रमणिलाई सपरिवार बोलाउनुभएछ। मलाई र एसपीलाई पनि बोलाउनुभयो, गयौं। १० बजेसम्म सोधखोज गर्नुभयो। मलाई गृहसचिवले अञ्चलाधीशले पनि अनुसन्धान गर्नुहोला भनेको ठीकै रहेछ भन्ने लाग्यो र उहा“लाई सुझावको रुपमा अनुसन्धान गरेर मात्रै केही नहुने, शंका लागेका व्यक्ति वा अभियुक्त देखिने खालका मानिसमाथि बुझ्ने, केरकार गर्नेजस्ता कारवाही हुने भएमात्र अनुसन्धानको महŒव हुने सुझाव दिए“।’ ‘अहिलेसम्मको अनुसन्धान स्वाङ्ग, ढ्वाङ्ग र केटाकेटी खेलेको वा जनताको आ“खामा छारो हालेको मात्र हुन गएको छ’– ओलीले अञ्चलाधीशलाई भने। अञ्चलाधीशले भने अब त्यसो नहुने र कारवाही शुरु गराई छाड्ने प्रतिबद्दता व्यक्त गरे। प्रजिअ खोलीले अगाडि लेखेका छन्– ‘तर, चल्ती गाडी आफ्नो बाटोमा चल्दै गयो।’

नया“ अञ्चलाधीशले नीरा जीवित रहेको भन्ने ढङ्गबाट कुरा बुझिरहेका थिए। तर, प्रजिअ ओलीले नमीता–सुनीताका बाबु माधवराज भण्डारीस“ग कुरा गर्दा थाहा पाए– नीरा पराजुली निर्भिक थिइन्, चरीत्रहीन थिइनन् भन्ने कुरा। बोराको लाश वयस्क आइमाईको भनिएकोमा त्यो नीराकै हुनुपर्ने तर्कना ओलीको मनमा खेल्न थाल्यो। ओलीको भनाइ छ– ‘ऊ निर्भिक भएकीले बलात्कारको प्रतिवाद गर्न खोज्दा उसलाई पहिला नै मारिएको हुनुपर्छ। चरीत्रहीन र जीवित छ जस्ता कुरा हत्याराका तर्फबाट फैलाइएका हल्ला हुन्।’

बाबुरामको बयान
नमीता–सुनीता हत्याकाण्डताका जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत बाबुराम पुनले आजभन्दा छ वर्षअगाडि प्रहरी वरिष्ठ उपरीक्ष्ँक पदबाट अवकाशप्राप्त गरेका छन्। उक्त हत्याकाण्डको लाश जा“च मुचुल्का तयार पार्नेदेखि अनुसन्धान गर्नेसम्मका सम्पूर्ण कानूनी प्रक्रियामा संलग्न रहेका उनीस“ग ०६२ चैत १८ गते सा“झ पंक्तिकारको फोनवार्ता (४४३२५५४) भएको थियो। प्रत्यक्ष्ँ भेटवार्ता गर्न तयार नभएपछि उनीसमक्ष फोनमै केही जिज्ञासाहरु राखिए। पोखराबाट आफूलाई सरुवा गरी प्रधान कार्यालयको प्रशासन महाशाखामा हाजिर गराइएको जानकारी दि“दै संक्ष्ँिप्तमा उनले बताएका थिए– ‘आफू त हजुर, सानो तहको कर्मचारी परियो। हाकिमहरुले लाए–अह्राएको काम गर्ने हो। बोसहरुले अनुसन्धानको योजना बनाउ“थे, आफू फिल्डमा खटिइन्थ्यो। मुचुल्का उठाउने, प्रतिवेदन तयार गर्ने, यस्तै त हो हाम्रो काम † हाकिमहरुले गड्बडी गरे भन्नका निम्ति आफूस“ग प्रमाण हुनुपर्‍यो। उहा“हरुको काममा ओभरटेक गर्न पनि मिलेन।’ अपराधीहरु कसरी आए? कता गए? उनीहरुले चढेको गाडी कता हरायो? बनपालेको परिवारलाई किन प्रलोभन दिइयो?– पंक्तिकारको प्रश्नमा ‘म त सोझो मान्छे, बूढो पनि भइसके“, घटना धेरै पुरानो पर्‍यो, सबै कुरो सम्झन सकिएन हजुर †’ भन्दै उनले फोनको रिसिभर बिसाइदिएका थिए।

अनिर्णित निश्कर्ष
२०३८ सालको नमीता–सुनीता काण्डलाई एक्काइस वर्ष पुगिसकेपछि किन उल्ट्याइयो? यसका पछाडि अनगिन्ती कारणहरु हुन सक्दछन्। दरबार हत्याकाण्डको घाउ सुक्न नपाउ“दै तात्तातै नमीता–सुनीता हत्याकाण्डलाई थान्को लगाउने जुन प्रपञ्च रचियो, त्यसलाई काकतालीमात्रै मान्ने या लामो सिलसिलास“ग तादात्म्य गराएर हेर्ने? अर्को एउटा जटिल प्रश्न पनि हाम्रासामु अनुत्तरित छ। हामी केवल अनुमान र परिकल्पनाहरु मात्रै गर्न सक्दछौं कि नमीता–सुनीता काण्डलाई दोस्रोपटक दफनाइएको घटनाले इतिहासका निम्न हु“डारहरुलाई सतहमा ल्याएको छ।
१. ठूला मान्छेप्रतिको आशंकामा अभिबृद्धि :
नमीता–सुनीता हत्याकाण्ड एउटा नसुल्भि्कएको मुद्दा मात्रै होइन, ठूला र विशेष मान्छेहरु संलग्न रहेको आशङ्का गरि“दै आएको पाशविक घटना पनि हो। राजदरबारमा एकखाले शक्तिको अवशान र अर्को टिमको अभ्युदय हुनासाथ यो मुद्दाले महत्व पाएका कारण यसमा ‘ठूला’ र विशेष मान्छेहरुको संलग्नता सा“च्चै नै थियो वा रहेछ भन्ने आशङ्कालाई ०५८ सालको षड्यन्त्रले बढावा दिएको छ। वीरेन्द्रको वंशनाशपछि जसरी यो मुद्दालाई दफनाइयो, त्यसले नमीता–सुनीता काण्डको बात लागेकाहरुलाई कहिल्यै उक्सिन नसक्नेगरी आशङ्काको इनारमा खसालेको छ। जहिलेसम्म मुद्दाहरु दफनाइन्छन्, तबसम्म अभियुक्तहरुले सफाई पाउन सक्दैनन्।
२. सामन्ती स्खलनको निरन्तरता :
इतिहासको अध्ययन गर्ने हो भने सामन्तहरु षड्यन्त्र र हत्या–हिंसामा मात्रै टिकेका छैनन्, उनीहरुले प्रत्येक हिंसा र कत्लेआमलाई रहस्यको कालो ओढारमा धकेल्ने प्रयास गर्दै आएका छन्। नमीता–सुनीता काण्ड त्यसैको एउटा सिलसिलामात्रै हो, फरक यत्ति हो– यस काण्डमा कुनै भारदार वा अमुक नेताहरुको साटो निरीह र निर्दोष अबलाहरु मात्रै परे, चूडामणिजस्तो गौप्राणी राष्ट्रसेवकहरु मात्रै परे। अर्थात् उन्मत्त सा“ढेहरुको ताण्डव उफ्राइमा कलिला फूलहरु निमोठिए, निमिट्यान्न भए। इतिहासमा यस्तै भएको छ। भीमसेन थापा, बहादुर शाहजस्ता बहादुर र ठूलाहरुका हत्यारालाई समेत अहिलेसम्म सजाय“ भएको छैन। टाढा किन जाने? मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरु पनि गुमनाम छन्। त्यसको एक दशक बित्न लाग्दा अमर लामाहरु मारिन्छन्। यस्तै अमर लामा मारिएजस्तै घटना हो– ०५८ जेठ २९ गते भूमिगत तवरबाट गरिएको मुद्दा नचलाउने निर्णय। यो निर्णय खुनी इतिहासको स्वभाविक निरन्तरता हो।
३. जनतामाथिको अपमान :
नमीता–सुनीता हत्याकाण्डलाई रातारात थान्को लगाइनु भनेको जनता र तिनको शक्तिलाई लल्कार्नु र घोर अपमान गर्नु पनि हो। जनताका छोराछोरीलाई जे गर्दा पनि हुन्छ, तिनीहरुलाई भोग्दा, बलात्कार गर्दा, मार्दा वा जे गर्दा पनि हुन्छ भन्ने सामन्ती शासक र त्यसको आडमा बा“चेका सरकारी गुण्डाहरुलाई भ्रम हु“दोरहेछ। त्यही भ्रमको एउटा पोको हो यो हत्याकाण्ड। र, अड्डा–अदालत तथा कानून आफ्नो दाया“ हातका गोटी हुन् भन्ने कुराको पुष्ट्याइ“ हो षड्यन्त्रको त्यो अन्तिम कडी। हाम्रा अदालतहरु स्वतन्त्र छैनन् र जनताका हक–अधिकारहरु मिट्टीमा मिलाउन तिनले ठूला मान्छेलाई नै सहायता गरिरहेका छन् भन्ने देखाउ“छ ०५८ जेठ २९ गते कालो कोटले गरेको त्यो निर्णयले।
४. बा“की रहेको जिम्मेवारी :
सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं।
हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो। (समाप्त)

[नमिता-सुनीता हत्याकान्डबारे विगत पाँच हप्तादेखि यो पुस्तक अंश रुचिका साथ पढिदिनुभएकोमा सबैलाई धन्यवाद। पुस्तक साभार गर्न अनुमति दिने लेखक किशोर श्रेष्ठलाई विशेष धन्यवाद। अहिलेको पुस्ताले थाहा नपाएका र पुरानो पुस्ताले बिर्सन नसकेका यस्तै अन्य घटना भए भविष्यमा त्यसलाई पनि तपाईँहरु सामु प्रस्तुत गर्नेछौँ - माइसंसार]

पढ्न छुटाउनुभएको भए-
पहिलो भाग यहाँ
दोस्रो भाग यहाँ
तेस्रो भाग यहाँ
चौथो भाग यहाँ क्लिक गरी पढ्न सकिन्छ।]

15 comments to दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (५)

  • prabes

    I request all the media persons to bring this issue to the light & those murderers must be either hanged to death or given as life-imprisonment.
    Why don’t journalists bring this matter to the public. Let the Supreme court judge this case once & Mr. Pun including Shahs must be slapped into the Jail. Let law prevail in Nepal!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

  • Rajan Upriti

    म त्यति बेला १०-१२ बर्षको थिएँ, प्रजातन्त्र दिवसका दिन nagar परिक्रमा नगरे माष्टरको कुटाइ खानु पर्थ्यो | पानि प्यास लागे पनि, गले-थाके पनि, लाइनमा;
    हाम्रो राजा हाम्रो देश: प्राण भन्दा प्यारो छ
    हाम्रो भाषा हाम्रो भेष: प्राण भन्दा प्यारो छ
    श्री पांच बिरेन्द्र, चिरायु रहुन
    श्री पांच ऐश्वोर्य, चिरायु रहुन
    खानु न खुट्नु प्रजातन्त्र भन्दा राजाको गुण गान ज्यादा | उनीहरु चाहि हाम्रै चेली बेटी बलात्कार गर्दै हामीलाई मार्दै हिंड्थे |

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 2

  • manjari

    नमिता सुमिता माथि भएको पाशविक ब्यबहार, हत्या, र घोर नाइन्साफ़ि लाइ हाल आएर काण्ड पुनः उल्ताइयेर निर्लज्ज पशु दर्जाका हत्याराहरुलाई घोर सजाय एस्तो दिनु पर्यो कि कुनै पुरुष/आइमाई इज्जत लूटने सब्द सुन्दा टाउको देखि तेस्को नतिजा मा हुने सजाय समझदा खुट्टा सम्म थरथरी कापोस, पशिना छुतोस. यो दर्दनाक घटना जस्तै हजारौ हाम्रा दिदीबहिनी हरुलाई येसरी इज्जत लुटिए पश्चात मुद्दा दायर गर्न नदिएर आफ्नो परिवारको इज्जत सम्हाल्ने भरि बोकौदै जीवन भरि त्यो ब्यथा बोकेर बाच्न अथवा आफ्नो प्रण त्याग्न बाध्य गरायिञ्छ. मलाइ लाग्छ अहिले त्यो समय आएको छ तपाइहरु उठ्ने बेला आएको छ आफ्नो बर्चस्व लूटने ति गिध्धहरुको पर्दा फास गर्न धेरै संस्थाहरुले तपाइन्हरुलै सहयोग पुर्युना सक्छ. र ति सबै अभिभाबक हरुले पनि आज अवाज उठाउने समय आएको छ. हरेक मुद्दा ले थोपा थोपा गर्दै यो कुप्रब्रित्ति माथि धबा बोल्ने सागरको सिर्जना गर्ने छ. भोलिका सन्ततिका लागि भय मुक्त संसार बनाइदिन एक अर्को कदम थप्नेछ. so go for it! best of luck!

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • कमल थापा(साउदी अरब)

    यो कुनै दन्त्य कथा जसरी हाम्रा दिमागमा चलिरहने भयो/ जहाँ जंगलको राजा सिहंले दैनिक बसी बसी आफ्नो सम्पूर्ण प्यास मेट्ने गर्द थियो/थोरै निरासा भए पनि न्याय र अ-न्याय छुटिएला/ खरायोले सिहंलाई दिएको सजाय जस्तै सजाय दिएर, फेरी यस्तो पनि हुदो रहेछ भनेर सुन्न पाए आत्मा सान्ति हुने थियो/

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • sujan

    निर शाह जी नेपाली चलचित्र छेत्रको उज्ज्वल तारा/नायक भन्ठानेको त यो हत्याकाण्ड बारे पढेपछि निर शाह प्रति मेरो धारणा परिवर्तन भयो / उ त खल नायक पो रहेछ ///

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 5

  • Biswash

    अरु कुरा त्यस्तै हो…तर किशोर श्रेष्ठ जी लाई सलाम नगरी बस्न सकिन , उहाँको अदम्य साहस ,इमान्दारिता र निडर प्रवृतिको लागि |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 0

  • Shankar

    नमिता र सुनिता काण्ड मा को को थिए यो जान्न श्री ५ बिरेन्द्र र राज महिसी श्री ५ येशोर्य पनि स्वयं स्वर्ग सबारी भै बस्केको छ | र अभियुक्त को संका लागेका धिरेन्द्र पनि उतै छन् |
    त्यो टोलि फर्केपछि चै कारबाही अगि बढ्न सक्छ |
    नत्र यो जनमुखी सरकार लाइ तेस्तो झिना ,मसिना काम गर्ने फुर्सद काहा छ ?

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 29

  • raj

    राजपरिवार र तिनका क केहि सन्तति ( कोहि निर्दोष समेत) ले सजाय पाई सके अब बाकी रहेका हरु लाइ देश को कानुन ले दोषी प्रमणित गरि सजाई देला भन्ने त कुरै भएन, भगवान ले नमिता – सुनिता का बुआ-आमा जिवितै हुदा ति कुकुर हरु लाइ पनि सजाय दिनु भए सुखद हुने थियो | येही प्राथना छ भगवान संग | तत्कालिन अवस्था र परिस्थिति मा प्रजिअ ओलीले गर्नु भएको काम प्रसंसा गर्नै पर्ने देखिन्छ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 2

  • Ekraj

    नमिता सुनिता काण्ड ( घटनाका) खलानायेक हरु र अनुसन्धान मा ढाक छोप गर्ने हरु अझै
    जिउदै छन्? बिनोद शंकर, निर शाह, राजु राणा सम्भावित हत्यारा हरु पुन अनुसन्धान को दयेरा मा ल्याउन हाल केले रोकेको छ|
    सुर्य बहादुर थापा, पोलिचे अर केहि आर्मीक मानिसहरुले पनि त्यो बेलाको सरकारी लाचारी थक्छोप को कुरा र निकालन पुन: अनुसन्धान गर्दा|
    यो घटना हुधा म भर्खर काठमाडौँ मा जागिरमा लागेको थिंए| त्यो बेला पनि मान्छेहरु माथि उल्लेक गरेका नामहरु बलात्कारी र हत्तायारा रुपमा लिने गर्थे|
    अहिले राजसंस्था नभएको बेला यसलाई के ले रोकेको छ| कि माओबादी ले ब्ल्याकमेल गरेर यी हत्त्यारा बाट पैसा असुली राखेको छ|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 2

  • Ratna Thapa Magar

    धन्यबाद सालोक्य जी
    नेपालमा खुल्ला राजनीति आउदै छ, अबस्या पनि यस्ता घटनाहरुको रहस्या र निचोड साधरण जनताले चाल पाउने छन् !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 0

  • rabi

    अन्याय अत्याचार कसैलाई पनि पर्नु हुन्न चाहे सामन्त शोषक जो कोहि होस् ! पिडित परिवार को सम्बन्ध पनि उछ ब्यक्ती संगै थियो / यादब राज पन्त (गभर्नर ) पीडितका सम्धी हुन् र पनि अन्याय खेप्न बाध्य हुनु पर्यो / भनेपछि सिधै जो कोहिले बुझ्न सक्ने कुरा दरबारी शाशन कालमा साधारण जनताले कति सास्ती खेप्नु परेको थियो ! अझै पनि यी शाहा राणा हरुको पारा घटेको छैन / आर्मीमा जागिर खान यी शाहा र राणालाई निषेध लगाउनु पर्छ अब आउने दिन हरुमा … नत्र त्यस्तै हो…
    नमिता सुनिता को केशमा हुने खाने का छोरिबेती भायकैले हो यति पनि हाला चलेको साधारण का छोरी पर्थे भने सात दीन भन्दा बढी हल्ला हुदैनथ्यो होला / सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं।
    हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले।

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 0

  • nimesh, bkk

    “दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड” को सत्य तथ्य घटना यस माईसन्सारमा पढ्न पाए, दुखका साथ् खुशी पनि लाग्यो . दुख यसकारण कि अबोध नमिता-सुनिताहरुको निर्मम हत्या . खुशी यसकारण कि पुरानो पुस्ताले बिर्सन खोजेर पनि विर्सन नसकेका र अहिलेका पुस्ताहरुले थाहा नपाएका क्रुर हत्या काण्ड अटुट रुपमा पदना पाएँ . मन एकदम रोएको छ . दिवंगत हुनुभएका सबैले सद्गति पाउन र हत्याराहरूले ढिलो चांडो सक्त सजाएँ पाउन र नमिता-सुनितहरुका परिवारजनले न्याय पाउन यहि कामना .

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 0

  • Pankaj

    थप पढ्ने इच्छा हुँदा हुँदै समाप्त हुँदा खल्लो लागो / बास्तव मा भयको के रहेछ बिदा मा नेपाल फर्कदा बुवा संग सोध्नु पर्ला, तेस बेला असहि हुनु हुन्थ्यो र सो घटना को क्रममा अनुसन्धान विभाग थानकोट बाट पोखरा जानुभयको थीयो /

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • नमिता र sunitalae ल्याउने दुइ जना केटाहरु को को थिए भन्ने पत्ता लगाउनु पर्छ . नाम के थियो केटाहरुको ?

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • amrit thapa

    बा.अ. ११३२ नं.को कार kasko थियो त्यो बेला ?? — यो रेकर्ड निकाल्दा पनि केहि कुरा थाहा होला कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 1

eXTReMe Tracker