मेरो Tweet

  • आइन्दा #NabilBank को sms banking प्रयोग गर्दिनँ। सुविधा हैन झण्झट। अघि NT को रिचार्ज पिन किन्दा पिन नं गलत पठाइदिएर हेर्नुन। अब भोलि झण्झट
  • @SujanPoudel PIN मात्रै छ यसमा त सिरियल नम्बर छैन।
  • RT @SujanPoudel: @salokya होर त्यस्तो त नहुनु पर्ने । जुन सुकै सेवाबाट लिईएको भए पनि सिरियल नम्बर हुनु जरुरी हुन्छ । बैक सँगै कुरा गर्नु पर…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

माघ १९ को सम्झना

१९ माघ एकाबिहानै सञ्चार माध्यमका कार्यालयमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ। त्यतिबेला म च्यानल नेपालमा कार्यरत् थिएँ। आफ्नै टेलिभिजनले प्रसारण गरेको भए पनि भाषणमा के थियो, हामीलाई केही थाहा थिएन। सेनाले ल्याएको टेप मीनभवनस्थित केन्द्रबाट स्याटेलाइटमार्फत् प्रसारण हुँदै थियो, हामी यता शान्तिनगरस्थित कार्यालयको टेलिभिजन सेटमा बसेर हेर्दै थियौँ। त्यतिबेला न आज जस्तो अनलाइन मिडियाको उपस्थिति थियो, न त फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल नै। एचटिएमएलमा बनेको एउटा व्यक्तिगत साइट थियो, फ्रन्टपेजबाट अपडेट गर्नुपर्ने। त्यसैमा भाषण हुँदाहुँदै राजाले शासन हातमा लिए भनेर न्युज लेखेर अपडेट गर्न बटन थिच्छु, अपडेट नै हुँदैन! अफिसको डायल अप इन्टरनेटमा अक्सर समस्या आइरहन्थ्यो। त्यही ठानेको थिएँ। तर हैन रहेछ, सम्बोधन सकिनुअघि नै देशभरको सञ्चार सम्पर्क बन्द गरिएको थियो। टेलिफोन, मोबाइल र इन्टरनेट सम्पर्क विच्छेद गरिएको थियो। सञ्चार माध्यमका कार्यालयमा नबोलाइएका पाहुना उपस्थित भइसकेका थिए- सैनिक। ती पनि हतियारसहितका।

च्यानल नेपालको शान्तिनगरस्थित कार्यालयमा त सेना आएनन् तर प्रसारण केन्द्रमा बसेर सेनाका अधिकारीले सेन्सर गरेछन्। साथीबीच कुरा हुन्थ्यो, अब पत्रकारिता गरेर काम छैन। अब सैनिक शासनमा अभ्यस्त हुनुपर्छ भन्दै साथीहरु हाकिमले कुनै काम अह्राउँदा पनि ‘हस् साब’, ‘हुन्छ सा’ब’ भन्दै जिस्किन थाले। ‘मेन न्युज’ के छ भनेर सोध्दा मेन हैन अब मेजर न्युज भन्न थालौँ भन्ने प्रस्ताव न्युजरुममा आउँथ्यो। हुन पनि आर्मीका मेजरहरु प्रसारण हुनुअघिका एक एक टेप हेर्दै यो हाल, त्यो नहाल भनिहाल्थे। च्यानल नेपालको समाचारलगायतका प्रसारण ‘लाइभ’ हुने नभई रेकर्ड गरी टेपबाट प्रसारण गरिने भएकाले उनीहरुलाई सेन्सर गर्न झन् सजिलो भएको थियो।

माघ १९ को दिन के भयो, कसो भयो थाहा पाउन एकमात्र उपाय सर्टवेभ रेडियोमा बीबीसी सुन्ने थियो। कयौँ दिनसम्म कडा सेन्सरसीप लागू रह्यो। केही दिनपछि लाजगालले टेलिफोन र इन्टरनेट चालु भयो तर मोबाइल भने लामो समयसम्मै बन्दै रह्यो। बन्दुक बोकेका ‘अतिथि सम्पादक’ हरूले समाचार सामग्रीहरूलाई सेन्सर गरी नै रहे । त्यसबेला प्रजातन्त्र र स्वतन्त्रताका आवाज निर्भिकरूपमा फैलाउने साहस गरेका थिए- ब्लग साइटहरूले र त्यसमा संलग्न थिए ब्लगरहरू। खासमा माघ १९ को त्यही कदमले वैकल्पिक पत्रकारिताको एउटा रुप ब्लगलाई फस्टाउने मौका दिएको थियो।

त्यतिबेला मुख्यतः दुई ब्लग साइट यस काममा सक्रिय थिए- युनाइटेड वी ब्लग (युडब्लुबी) र रेडियो फ्री नेपाल। युडब्लुबी कान्तिपुरमा कार्यरत उज्ज्वल आचार्य र दिनेश वाग्लेको प्रयासमा सुरु भएको पत्रकारको सामूहिक ब्लग थियो भने रेडियो फ्री नेपाल उनै उज्ज्वलले नै गोप्यरुपमा चलाएको अर्को ब्लग थियो। जुन धेरै वर्षसम्म कसले चलाएको भन्ने कसैले सुँइकोसम्म पाएनन्। दुवै साइट अङ्ग्रेजीमा थियो र मैले नेपालीमा अर्को ब्लग माइ संसार (त्यतिबेला मेरोसंसार डट ब्लगसम डट कम) ज्ञानेन्द्रको कुको एक महिनापछि सुरु गरेको थिएँ। आन्दोलनका कार्यक्रममा जाने, देखेका कुरा लेख्‍ने, फोटो-भिडियो खिच्ने र त्यसलाई तत्काल ब्लगमा राखी सार्वजनिक गरिहाल्ने। कुपछि राजाको विपक्षमा जान नसक्ने भनी च्यानलका अध्यक्ष जमिम शाहले आन्तरिक छलफलमा नै भनिसकेको अवस्थामा कर्मचारी कटौती थालियो। त्यस क्रममा आफू पनि परेपछि पूर्ण रुपमा ब्लगिङ नै दैनिकी बन्यो। डायल अप इन्टरनेटमा भिडियो र अडियो सामाग्री अपलोड गर्न कम्ति गाह्रो थिएन। तर एक किसिमको जोश भएपछि जस्तै असंभव जस्तो लाग्ने कुरा पनि संभव हुने रहेछ। सम्पूर्ण सञ्चार माध्यममा कडा सेन्सरसीप लागु भइरहेका बेला नेपालभित्र र बाहिरकालाई यी ब्लग साइटले बिना सेन्सरको सत्य र तथ्य घटनाहरू प्रस्तुत गरेर आफूलाई वैकल्पिक सूचनाको स्रोतका रूपमा प्रस्तुत गरेका थिए।

कुका धेरै नराम्रा पक्ष छन् तर वास्तवमा ब्लग र वैकल्पिक पत्रकारिताको बाटो भने यही घटनाले खोलेको थियो। मलाई ब्लगरको रुपमा पहिचान दिने कार्य र जिन्दगीमा पहिलो पटक अमेरिका नेपाल सोसाइटीबाट नगद पुरस्कारसहितको सम्मान खाने अवसर पनि जुराइदिएको थियो। ब्लग कै अनुभव सुनाउन एक पटक दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने मौका पनि जुरेको थियो। यी त भए फाइदाका कुरा, शत्रु पनि निकै कमाइयो। हरेक दिन जसो खानुपर्ने धम्की र यहाँ उल्लेख गर्नै नसकिने परिवारका सदस्यहरुप्रति समेत लक्षित गालीहरुको तीतो अनुभव पनि थु्प्रै छन्। पछि त ज्यान मार्ने धम्की पनि सामान्य लाग्न थाल्यो। धन्न ती धम्कीहरु अनलाइनमा मात्र हुन्थे।

यो पनि हेर्नुस्-
समाचारवाचकको अगाडि बन्दूक ताकेर सेना बसे..

10 comments to माघ १९ को सम्झना

  • Subodh

    अहिले पनि के नै फरक छ र …पहिले एउटाले सताउथ्यो अहिले झन् धेरैले सताउछन् …फरक यति मात्र छ कि नेपाली को हातमा अहिले NOKIA १२०० को सट्टा iphone , smartphone हरु छन् .

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

  • bipin

    माग १९ गते को उदेश्य राम्रो थियो. तर राजा ले खुट्टा टेक्न नै सकेनन.आटे पछि दह्रो गरेर टेक्न पर्थ्यो.
    राजा को कमजोरी

    १)असक्षम दल भन्दा भन्दै जानेर पनि तिनै दल बात स्वच्छ प्रम को अपिल गर्ने उल्टो कुरा थियो.
    २) अर्को संबिधान नबनिन्जेल आफै ले अस्थाई प्रकार को संबिधान तुरुन्त जारि गरेर तेस्को आधार मा दह्रो उभिन पर्दथ्यो र केहि समय संकटकाल को घोषणा गरेर काम गर्न पर्दथ्यो.
    ३) भ्रस्ट दल क नेता लाइ मुद्दा मात्रै होइन कि तुरुन्त जेल मा राखेर भ्रस्टचार को मुद्दा लगाइदिनु पर्दथ्यो र ४७ पछि तिन का सम्पति बढोत्तरी जनता मा राख्नु पर्दथ्यो.
    ४) तिनै हिजो पंचायत मा गन्हाएका को जगत गौचन तुलसी गिरि को सत्ता राम्रा छवि भएका पशुपति शमशेर, डा लोहनी, हर्क गुरुङ, जस्ता लाइ साथ् लिनु पर्दथ्यो.
    ५) तुरुन्त एक पक्षीय नै भए पनि माओबादी संग युद्द बिराम गर्न पर्दथ्यो. तेसो भए माओबादी ले युद्द जारि राख्ने बहाना पाउदेन थियो र उ पनि युद्द बिराम गर्न बाध्य हुनेथियो. जनता ले शान्ति को राहत पाउने थिए र आफ्नो कदम लाइ समर्थन गर्ने थिए.
    ६) माओबादी को पुरा माग पुरा गर्न नसके पनि सके सम्म उसलाई बार्ता मा अल्मल्याएर शान्ति बार्ता लाइ लम्ब्याउन दिन पर्दथ्यो. जसले गर्दा माओबादी र दल हरु को एकता हुन् सक्थेन.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 3

  • nimesh, bkk

    अहिले पनि त्यस्तै स्थिति छ भन्दा केहि फरक नपर्ला माओवादी कार्यकर्ताहरु बाहेकका लाई नेपाली जनता नै ठान्दैन अहिले पनि .

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • Sudip Sharma

    यो अस्लिल र अनुशासन हिन हरुको देश मा चाहिन त त्यस्तै साशन चाहीने हो | तर के गर्नु ज्ञानेन्द्र मा राजनीति गर्ने दरो मुटु र स्पस्ट विचार रैनछ | ब्यापारी न परे | पारश ले पनि डुबाएको हो | मोरो अलि पढेलेखे र चलाख भाको भए जनता ले राजतन्त्र बिरुद्ध आन्दोलन नै गर्ने थिएनन् नि | अहिले भुटान मा हेरौ त, बर्तमान राजा जिग्मे खेसर मात्रै ३२ बर्सको छ , Oxford University बाट International Relations मा Graduate छ | बाउ ले पनि छोरो को भरमा साशन हस्तान्तरण गरे | उसले पनि कस्तो Wise ढंगले साशन संचालन गर्दै छ !! साला हाम्रो देश त दलाल हरु मात्रै भाको देश रैछ| नेता दलाल, कर्मचारी दलाल. जनता तिनै नेताको गुलाम..अनि कहाँ देश गतिलो बन्छ??

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 68 Thumb down 1

  • kedar

    धम्किलाइ सहजरुपमा लिएर आफ्नो काम सुचारु राख्न सक्नु एक्लो ब्यक्तीको लागि तेती सहज होइन, त्यो पनी यो नेपालमा /

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • रबिन्द्र धिताल

    खास अर्थमा हेर्ने हो भने माघ १९ को आफ्नै महत्व रहेको पाइन्छ, बिशेषगरी ब्लगिङ्ग क्षेत्रमा |धेरै जसो सुधार तथा बिकाश हरु कुनै दुर्घटना पछि नै भएका थिए | माघ १९ को भित्रि उदेश्य के थियो त्यो त ज्ञानेन्द्रले नै जान्ने कुरा हो, तर जनताहरु आशान्वित भएका थिए |लामो द्वन्द र अशान्तिको बिचमा अब चैं केहि हुन्छ कि भन्ने लागेको थियो| ज्ञानेन्द्र को मुर्ख्याई , असमझदारी र बस्तुस्थितिको सहि विश्लेषण गर्न नसक्नु उनको असफलताको कारण बन्यो, जसबाट आज राजतन्त्र नै नेपाली ईतिहासको किताबी पानामा सिमित हुन पुग्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • Mohan Subba

    त्यो बेलाको माघ १९ को ज्ञानेन्द्रको कदम ले गर्दा नेपाल गणतन्त्रमा प्रवेश गरेकै हो /नेपालमा केहि परिवर्तन पनि आएकै हो तर आजको माघ १९ ले चाहि केहि होला जस्तो लागेन है !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • yogi

    के गर्ने सालोक्य जी, त्यो बेला सबैले राजा लाई कम्तिमा ५ बर्ष को लागि देश चलाउन दिएको भए आज देश को यो दुर्दासा हुने थिएन, प्रधान मन्त्रि को लागि विदेश धाउनु भन्दा राजदरबार धाउनु नै उपुक्त थियो नि होइनर ?
    -सिमा मिच्दा पनि बोल्ने कोहि भएन
    -देश तुक्र्याउछु भन्दा पनि बोल्ने कोहि भएन
    -नक्कली लुम्बिनी बनाएर नेपाल मा नै प्रचार गर्दा पनि बोल्ने कोहि भएन
    -प्रधान मन्त्रीले नै अपराधीलाई खुल्लम खुल्ला छोड्न लगाउने दिन देख्नु पर्यो
    -देश नै भारतीय राजदुताबास मा बन्धक हुदा पनि प्रचण्डले त झन् देश अब स्वतन्त्र भयो भन्न थाल्यो
    प्रजा नै सहि नेपाली हुनु मा त गर्ब थियो नि…..
    अब जनता भएर भुत्रो गर्नु सुनको पिजडा त्यो पनि अरुको खटन मा बस्नु परे पछि ..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 48 Thumb down 4

  • xyz

    …… since then I have been a great fan of mysansar or merosansar. I do followed UWB and contributed many materials during Gyane Regime.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 16

  • [...] गरून्। जय नेपाल। यो पनि हेर्नुस्- माघ १९ र माइसंसार – मेरो अनुभव February 1st, 2013 | Category: पाहुनाको पालो | 0 views |Leave a Reply [...]

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker