मेरो Tweet

  • नबिल बैँकले यसरी ठग्यो मेरो ५ सय रुपियाँ t.co/NMt44w95L6 via @mysansar
  • पाँच ‘डन’- फँस्लान् कि बच्लान् ? t.co/scQgh1vVwH via @mysansar
  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

वेश्यासँग बिताएको एक साँझ

-प्रकाश आङदेम्बे-

होटल प्याराडाइजको रूम नं. १५मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन् । म भने अलि बिसञ्चो भएको कारण गइनँ । यसौ भनौँ अल्छी लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ । साथीहरूको नाम उल्लेख गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ, त्यसैले उल्लेख गरिन । सर्सर्ती कथा मात्र अगाडि बढाउन चाहान्छु । म बसेको होटल सायदै त्यहाँको होटलहरू मध्ये सबैभन्दा महङ्गो हुनुपर्छ । कारण एउटा कोकको दाम मात्र २५ रूपैयाँ (वि.सं.२०६० सालमा) पर्थ्यो ।

हिजो मात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ । समय बिताउन केही क्षण टि.भी. हेर्छु स्पोर्टस, एएक्सएन र नेशनल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छी लाग्छ र हेर्दिन । सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम । यसो बेला-बेलामा बाहिर निस्केर तल बाटो तिर हेर्छु। त्यहाँ पनि उही रिक्सा, उही गाडी वाक्कदिक्क । पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु । केही क्षण निदाए जस्तो गर्छु तर निद्रा लाग्दैन । ब्याग खोतल्छु र डायरी निकाल्छु । केही लेख्न खोज्छु अहँ ! फुर्दैन । त्यसलाई पनि थन्क्याउँछु । केही नभएपछि आफ्नो पुरानो गजल सङ्ग्रह (यात्रामा कतै निस्कँदा प्रायः बोक्छु) निकाल्छु र त्यति मज्जा नलागे पनि पढ्छु । यो होटल धेरै तवरबाट चर्चित रहेछ । सबै सुविधाहरूको ब्यवस्था छ । भनेको अर्डर तुरून्त पुरा हुन्छ । यी भन्दा छुट्टै विषय पनि छ यहाँ । त्यो हो समाजले नामाकरण गरेको वेश्याहरूको मुख्य थलो ।

चर्चित भनाउँदा ब्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण स्टाफहरूसम्म, सेमिनारमा भाग लिन आएका भलादमीदेखि धर्मका पण्डितसम्म, विद्यार्थीदेखि लिएर शिक्षकसम्म, कलाकारदेखि पत्रकारसम्म, व्यापारीदेखि चिकित्सकसम्म सबै-सबै यो स्थानबाट टाढा हुन सकेका छैनन्। यहाँ १५-२० जना युवतीहरू राखिएका छन् । कम उमेरकादेखि लिएर अर्ध उमेरसम्मका पनि छन् । ५० देखि ५,००० सम्म विविध मूल्यका ।
समय दिनको दुई बजेको हुँदो हो । दुई जना युवतीहरू बिना अनुमति मेरो रूममा पसे । मलाई थाहा छ पेशेवर युवती हुन तिनीहरू ।

“एक्लै हुनुहुन्छ ?” एउटीले सोधिन् ।

“जोडी छैनन् त” मेरो इत्रयाइं ।

“मिलाउँदा भै हाल्छ नि” सुझाव ।

“आवश्यक छैन” प्रतिक्रिया । त्यसपछि केही क्षण मौनता ।

“पत्रिका पढदा हुन्छ” थोरै समयपछि एउटीको जिज्ञासा ।

“किन नहुनु” मेरो भनाइ ।
मलाई थाहा छ होटलको चाप भन्दा धेरै उनीहरू छन् । त्यसैले सकेसम्म ग्राहक फकाएर रकम जम्मा गर्नु उनीहरूको पोलिसी हो । मसँगको उनीहरूको उपस्थिति पनि यस्तै मात्र हो भन्ने म बुझ्छु । मेरो प्रतिक्रिया केही नरहे पछि एउटी थपक्क उठेर बाहिर जान्छिन् । अर्की बसि रहन्छिन् ।

“तिम्रो नाम के हो” सोध्छु ।

“निलिमा” एक क्षण सोचेर बोल्छिन् ।

“आहा ! जस्तो काम त्यस्तै नाम” भन्छु ।

“बिल्ला गर्नुभएको” पत्रिकाबाट नजर हटाएर आँखा फार्दै भन्छिन् ।

“के को बिल्ला गर्नु” म सफाया दिन्छु ।

“यस्तो धन्दा गर्छ भनेर गिज्याउनु भएको हो तपाइँले, म राम्ररी बुझ्छु” दुःखेसो पोख्छिन् ।

“मैले तिमीलाई कहाँ त्यस्तो सोचेको छु र । आफ्नै जस्तो सम्झी रा’छु” कुटनीति प्रयोग गर्छु
मेरो सम्वादले उनलाई केही भए जस्तो लाग्यो । उनी खटपट गर्न लागिन । अनुहारमा एक्कासी वर्षा यामको पहाडको मौसम झैँ परिवर्तन झल्कियो ।

“तिम्रो हातमा यो के भा’को” उनको पाखुरामा भएको घाउको खाटो देखाएर सोध्छु । “यो सबै किन तपाईँलाई भन्नु” उनी मप्रति शङ्का ओकल्छिन् ।

“मैले तिमीलाई आफ्नो बैनी सम्झेर पो सोधेको त” भनें ।

उनी एक क्षण मौन साथै गम्भीर भइन् ।

“म अहिले जान्छु ल” यत्ति भनेर उनले मेरो गजल सङ्ग्रह समेत हातमा लिएर ओरालो झरिन् । मैले प्रतिवाद गर्न सार्न्दभिक ठानिन् ।

निलिमा बाहिरिएपछि म पनि केही क्षणको लागि ओरालो झरेँ । त्यो होटलको दोस्रो र तेस्रो तला अलि अँध्यारो देखिन्छ वा अँध्यारो देखियोस् भन्ने उदेश्यले निर्माण भएको लाग्छ । प्राय त्यहाँ दिउँसै पनि यौन क्रियाकलाप हुँदोरहेछ । सिँढी ओहोरदोहोर गर्ने क्रममा त्यहाँको सम्पूर्ण क्रियाकलाप नदेखिए पनि केही भने अवश्य थाहा लाग्छ । यौन क्रियाकलाप हुनु अघिका गाइँगुइ, अमर्यादित चुम्बनबाट उछिट्टिएका आवाजहरू मात्र हैन स-साना प्वालबाट दृश्य समेत बेला-बेला देख्न सकिन्छ, भित्र वत्ती निभाएको छैन भने ।

आधा घण्टा पछि नास्ता तलै गरेर म उकालो चढदै थिएँ । हेटौडाको एउटा केटाले प्वालबाट यौनकार्य गरेको देखेपछि फोटो खिचेछ । त्यसपछि समय निकै तनावग्रस्त भयो । यौन कार्यमा संलग्न युवालाई बाहिर निकालेर सबैले झपारियो ।

“के गर्नु जर्बजस्ती हैन, पैसा तिरेर सहमतिमा हो क्यारे” भनेर त्यो युवक त्यहाँबाट फरार भयो । भित्र हेरेँ कुनामा निलिमा लुकेर बसिरहेकी थिइन् । अनुहार छोपे पनि मैले उनको हातमा भएको घाउको खोटबाट चिनेँ प्रष्ट ।

“ल-ल साथी हो जाउँ यस्तै हो” भनेर सबैलाई भनेँ । क्रमश भीड पनि पातलियो । होटलवालालाई ‘अली मर्यादाको ख्याल गर’ भनेर सम्झाएँ ।

“के गर्ने सर ! त्यसै आम्दानी हुँदैन क्यारे, सेवा पनि, मेवा पनि क्यारे, धन्दा त गर्नै पर्यो क्यारे । फेरि जर्वजस्ती पनि हैन क्यारे, स्वेच्छाले आउनेलाई त दिनै पर्यो क्यारे ।” भनेर होटलवाला आफ्नो दारी मुसार्दै ओरालो लाग्यो । म मास्तिर रूममा लागेँ ।

यो घटनाले मलाई केही सोच्न बाध्य गरायो । यो पेशामा खराब को हो भनेर । यौन कार्यमा लाग्ने नारीहरू या यसमा सङ्लग्न पुरूषहरू । या त यस धन्दाका सञ्चालकहरू । या फेरि यस कार्यलाई अपराध ठान्ने समाज । या त यस्ता बिषयलाई प्रोपोगान्डा मच्चाउने लेखक, पत्रकारहरू । के नारी मात्र वेश्या बन्न सम्भव छ ?

के बिना पुरूष नारीमात्रको उपस्थितिले यस्तो हुन्छ – कतै हाम्रै समाजको सङ्कीर्ण दृष्टिको कारणले यो घटना अपराध त भएको हैन ? यावत कुराहरू सोचेँ । अनि लाग्यो निलिमा अब म कहाँ आउँदिनन् । यस्तै के-के सोच्दै गर्दा अचानक ढोका ढक्ढकियो । उठेर ढोका खोलेँ । थाहा भयो निलिमा रहिछिन् । मैले बिना कुनै बहाना उनलाई भित्र आउने इशारा गरेँ । उनी आइन र बसिन् । समय दिनको चार बजेको थियो ।
“अघिको घटनाले तपाईँलाई म प्रति घृणा जाग्यो होला हगि ?” बस्दाबस्दै सोधिन् । “कुन घटना ! मलाई त केही पनि थाहा छैन” अन्जान भइटोपलेँ ।

“जहाँ तपाईँले मलाई चिनेर त्यो हल्ला साम्य गराइदिनु भयो र मेरो इज्जत जोगाइदिनु भयो ।” प्रसङ्ग सम्झाइन् ।

तीन छक्क परेँ म । कस्तो इज्जत ! देह सबैलाई सुम्पिन्छिन् तापनि इज्जतको सवाल । उसोभए इज्जत कहाँ हुन्छ मान्छेको ? घोरिन्छु ।

“किन नबोल्नु भा’को -” ध्यान तोडिन् ।

“त्यहाँ तिमी थियौ भन्ने मलाई थाहा थिएन” बोलेँ ।
“मलाई अप्ठ्यारो पर्छ भनेर त्यसो गर्नु भएको हो तपाइँले” खोतलिन् ।

“हैन हैन” भनेँ ।

“के गर्नु यस्तो त जहिले हुन्छ । आ छाडदिऊँ यस्ता कुरा बरू साँच्चै यो किताब तपाईले लेख्नु भएको रहेछ, फोटोवाट चिनेँ, हजुरको नाम प्रकाश रहेछ नि” अचानक उनी आफैँले प्रसङ्ग मोडिन् ।

“अहँ ! हैन त” छल्ने प्रयास गरेँ ।

“फोटो तपाईँ कै छ, नाम तपाईँ कै छ त” विवरण बताइन् ।

“मेरो कपाल लामो छ, यो फोटोवालको कपाल छोटो छ” झुक्याउने प्रयास गरेँ ।

बरू हामी जस्तो खराब मान्छेलाई भन्दा इज्जत जान्छ भन्नुस् न” दह्रै उत्तर फर्काइन् ।
अब भने मैले यथार्थ बताउनै पर्ने भयो । उसलाई अरूले गरे भन्दा अलग ब्यबहार गर्नै पर्ने भयो । नत्र प्रत्येक पुरूष उनको नजरमा समान (यौन पिपासु) मात्र हुनसक्थ्यो ।

“मैले तिमीलाई खराब सम्झेकै छैन आफै त्यस्तो कुरा सम्झन्छौ ।”

“अनि किन ढाँट्नु हुन्छ त” भनिन् ।

“हैन के भन्छौ भनेर नि” यति भनि सक्ता नसक्ता मैले पुनः सोधेँ ।

“अनि किताब कस्तो लाग्यो त” मेरो जिज्ञासा ।

“राम्रो लाग्यो, सबै पढेर सिध्याएँ, अनि पहिलो पटक कुनै राम्रो मान्छेसँग सिधै बोल्न पाएँ” उनले आफ्नो कुरा भनिन् ।

“एउटा कुरा सोधुँ” भनेँ ।

“हुन्छ” टाउको हल्लाइन् ।

“तिमी मान्छे त राम्री छ्यौ, बुझकी छौ, फेरि किन यस्तो काम गर्र्छौ” सम्झाए जस्तो गरेँ ।

“यस्को विस्तृत कथा भन्न यहाँ सम्भव छैन ।”

“उसो भए कहाँ सम्भव छ त ?” कोट्याएँ कुरा ।

यदि मलाई विश्वास गर्नु हुन्छ र यो कथा जान्न चाहानु हुन्छ भने आज साँझ तपाई मसँग हिँड्नोस म बताउँछु, तर तपाईँलाई अप्ठयारो लाग्दैन भने मात्र ।” बिना बहाना नहिच्किचाई केही क्षण सोचेर प्रस्ताव राखिन् । विकल्पको समेत ठाउँ छाडेर ।

“हुन्छ” केही बेर सोचेर मैलै भनेँ । त्यसपछि उनी भरै भेटौँ ल भनेर तल झरिन् ।

साँझ पर्यो । समारोहमा गएका साथीभाइहरू सबै फर्किएँ रूममा । निलिमा होटल मालिकले ग्राहक थुप्रै छन् भन्दा पनि आज भ्याउँदिन भनेर विदा लिइन् । लगभग साँझ ७ बजेतिर उनी आइन् र जाउँ भनिन् । एकक्षणमा आउने निधोका साथ म साथीहरूबाट बिदा भएँ । साथीहरू “ल,ल दह्रो गरी चित्त बुझाएर आइज” भन्दै थिए मलाई । मैले हैन भनिरहन सार्न्दभिक ठानिन् ।

“सर माल त सोलिट छ क्यारे” हिँड्नु अघि होटलवालले मलाई जिस्कायो । मैले अभिनयको मुस्कान मात्र फ्याँकेँ । होटलबाट निस्केपछि उनले रिक्सा रोकिन् र चढाइन् । रिक्सामा बसेपछि उनले आफ्नो मुहार सलले पूरै ढाकेकी छिन् । लाग्छ उनी मुसलमान महिला हुन् । रिक्सा दक्षिणतिर लाग्यो । मनमा भने थोरै त्रास पनि पैदा भयो । पहिलो पटक समाजले नामाकरण गरेको वेश्यासँग म हिँडिरहेछु यतिबेला ।

रात अँध्यारो छ । भैरहवातिरबाट आएका गाडीको लाइट बेला-बेलामा हामीतिर पर्दा उनी अनुहार निहुर्याउँछिन् । हुन त मैले उनीसँग गएको सम्पूर्ण स्थान वा चोकहरूको नाम उल्लेख गर्दा पनि हुने तर उनको बसोबासको सवाल भएकोले मैले उल्लेख गरिनँ । लगभग १५ मिनेटपछि एउटा खोलाको बगरमा अवस्थित बाक्लो झुप्रा बस्तीमा पुग्यौँ । हल्लाखल्ला छ त्यहाँ । सायद सुकुम्बासी बस्ती हुनु पर्छ मेरो नजरमा । त्यसो त नहुन पनि सक्छ कारण रातको कुरो हो दृष्टि भ्रम पनि हुनसक्छ । सो ठाउँमा हल्ला, आपसी झगडाहरू प्रशस्त सुनिन्छन् । “सर यतै आउनोस् न” उनले मलाई भनिन् ।
“ए भै हाल्छ नि” मैले सहजता पस्कें ।

यतिबेलासम्ममा उनले चेप बाटो हिँडाएर एउटा झुपडीमा पुर्याई, ढोका खोलीवरि कुपी जलाएर मलाई बोलाइन्। म सरासर भित्र पसेँ । हतार-हतार उनले एउटा खाटबाट छरिएका लुगाहरू उठाउँदै तन्ना मिलाएर राखिन् । मैले अनुमान गरें त्यो उनी बस्ने घर रहेछ भनेर । खरको टाटीले बारेको झुपडी । त्यसलाई दुई कोठामा विभाजन गरिएको छ । हामी पहिलो कोठामा छौँ । दोस्रो कोठा बन्द छ । पहिलो कोठाको एक कुनामा चुला छ । नमाझिएका भाडाकुँडाहरू छरिएका छन् । बिहानै हतारमा हिँड्दा नभ्याई छाडेको हुनुपर्छ सायद । त्यति चिटिक्क परेर हिँड्ने मान्छेको यो हालत देखेर म आफैँमा अचम्म परेँ । मैले स्थिति अन्दाज लाउनै सकिनँ । म बस्दा-बस्दै उनले ती भाडाँकुडाँ माझेर ल्याइन् । अनि हतार-हतार आगो सल्काउन थालिन् ।

“केही दुःख नगर है” उनले केही पकाउन लागेको बुझेर म सम्झाउँछु ।

“सर जीवनमा राम्रो काम त गरिनँ तर आज भाग्यले राम्रो काम गर्ने मान्छेसँग भेट भएको छ केही गर्न नपाए पनि हजुरलाई यसो दुःख-सुख एक छाक खाना खुवाउन पाए मेरो जीवन धन्य हुन्छ कि भन्ने सोचमा छु । कृपया नाइँ नभनि दिनुहोला” उनले हतारमा चामल पखाल्दै मसँग अनुरोध गरिन् । उनको यो शब्दलाई नाइँ भन्न पनि सकिन ल भन्न पनि सकिन । मात्र म मौन बसेँ ।

“सर चिया पिउनुहोस ल” चिया बनाएर मेरो सामु राख्दै भनिन् ।

“हुन्छ-हुन्छ” मैले भनेँ । चिया पिउनु भन्दा पनि मेरो ध्यान भने अरू तिर नै छ ।

“निलिमा बरू गफ चाहिँ गरौँ न” प्रस्ताव राखेँ ।

“भै हाल्छ नि सर” उनले भनिन् ।

“गफ गर्नु भन्दा पहिला खाना चाहिँ खानै पर्छ क्या सर” उनले थप अडान राखिन् । मैले नकार्न उचित ठानिनँ । घडी हेरेँ साँझको ७:४५ भएको छ । दश बजे भन्दा अगावै पुग्नुछ होटल । नत्र गेटमा ताल्चा लाग्छ । यस्तै क्रममा चार पाँच पुरूषहरू पनि आउँदै फर्के ।

“हाताहाती हुन्छ हौ, किन नमानेको” निलिमालाई भन्थे । बुझेँ उधारोमा पनि काम चलाउँदी रहिछिन् उनी ।

“आज हुँदैन भनेपछि हुँदैन” निलिमा भन्थिन् र पठाउँथिन् । म बुझ्छु ती आउनेहरू ग्राहक हुन निलिमाका ।

“सर माइण्ड नगर्नु ल, के गर्नु यस्तै छ” उनी मलाई अप्ठ्यारो पर्यो कि भनेर सम्झाउँछिन् । म प्रतिक्रिया स्वरूप मुस्कान मात्र फ्याँक्छु ।

यत्तिकैमा उनको बन्द कोठाबाट आवाज आउँछ अचम्मको । मान्छेको जस्तो पनि जनावरको जस्तो पनि । दुई, तीन, पटकको आवाजले मलाई कता-कता भित्री त्रास र जिज्ञासा पैदा गरायो ।

“निलिमा के को आवाज हो यो” सोधेँ ।

“हजुरलाई सबै भन्छु , पहिला खाना खाउँ” यति भनेर उनले खाना पस्की र मेरो सामु राखी दिई । मलाई भने झन शंकाले घेर्यो ।

“अनि तिमीलाई चाहिँ खोइ त” मैले भने ।

“म एक क्षणमा खान्छु सर, पहिला तपाईँ लिनुहोस् न” उनले बताइन् ।

कता-कता शंका लागे पनि उनको अगाडि आफूलाई आदर्श बनाउनको निम्ति मैले खाना खाएँ ।

“ल सर यस्तै भयो है” उनले भनिन् ।

“अति मिठो लाग्यो मलाई त” जसोतसो औपचारिकता बताएँ । सम्झेँ अघि होटलमा मसँग एकक्षण बिदा मागेर उनी सपिङ गर्न गएकी रहेछिन् । खानाको साथमा च्याउको तरकारी, काँक्राको अचार, खुवाइन् । खाना खाइ सिध्याएपछि केहीबेर आराम गरेँ खाटमै ढल्केर । त्यसपछि उनले आवाज आइरहेको बन्द कोठाको ढोका खोलिन् । ढोका खोल्नासाथ नमिठो गन्ध आयो । मैले शंका गरे पक्कै कुनै बिरामी हुनुपर्छ या जनावर पालेको हुनुपर्छ । नभन्दै उनले कुपी पनि सल्काइन् । कुपीको उज्यालोले बिस्तारै कोठाको अँध्यारो हट्दै गयो । वस्तुहरूमाथि नजरको प्रभाव पर्दै गयो । म छक्क परेँ । डर पनि लाग्यो । त्यो भित्रको दृश्य देखेर । त्यहाँ एउटा साँपे बालक थियो जसलाई सिक्रीले बाँधिएको थियो । अघिको अपरिचित आवाज त्यही बालकको रहेछ । दृश्य देखेपछि म बोल्नै सकिन । शंका र अनुमानका विचारहरू मभित्र सागरको लहर भन्दा धेरै र उँचो भएर आयो ।

“मैले केही बुझिन नि निलिमा” भनेँ ।

“म बुझाउँछु सर” यति भनेर उनले भन्न शुरू गरिन् ।

“मेरो वास्तविक नाम शान्ति तामाङ हो सर । मेरो घर मकवानपुर जिल्लामा पर्छ । मलाई थाहा छ त्यसबेला हाम्रो घरमा एउटा लाहुरे जस्तो मान्छे आयो इन्डियाबाट । उ लगभग हप्तादिन जति बस्यो । उसले आमा-बासँग विवाह गर्ने भनेर मेरो हात माग्यो । छोरी कसरी पन्छाउने भनेर सोचीरहेको बखतमा सम्भावना भएर आयो त्यो युवक मेरो आमाबाको लागि । मलाई एक शब्द पनि नसोधी त्यो अपरिचित युवकसँग जबर्जस्ती विवाह गरिदिनु भयो । कति रोएँ कराएँ तर अहँ उहाँहरूले मेरो बिन्ती सुन्नु भएन । विवाह गरेपछि त्यो युवकले मलाई साह्रै माया गर्‍यो केही दिन । त्यतिबेला म १३ वर्षकी थिएँ । विवाह गरेको हप्ता दश दिनपछि त्यो युवकले घर जाने भनेर आमाबासँग बिदा माग्यो । आमाबा, साथीसङ्गी, गाउँघर छाडेर जानु पर्दा म कति रोएँ-रोएँ । तर जानु बाहेक मसँग अरू बिकल्प थिएन । त्यो युवकले मलाई इन्डियाको बानरहाट भन्ने ठाउँमा पुर्‍यायो । त्यहाँ उसले मलाई डेरा खोजेर राख्यो । उसको नाम हर्क रहेछ त्यहीँ थाहा भयो । इन्डिया पुगेपछि अचानक उसको व्यबहारमा परिवर्तन आयो । नेपालमा गरेको उसको माया-ममता सबै देखावटी मात्र रहेछ भन्ने थाहा पाएँ । मलाई त्यसले गर्नुसम्म जबर्जस्ती गर्यो । म कति चिच्याएँ तर उसले मेरो मुख छोपेर मेरो इच्छा विपरीत मलाई लुछ्यो । “मसँग बस्ने विचार छ भने चुप लाग हैन भने हल्ला गर । तँलाई यतिको लागि त तेरो बाउआमासँग किनेर ल्याएको नि” भनेर हप्काउँथ्यो । आफू बेचिएको कुरा विश्वाससम्म गर्न सकिन । पछि-पछि त कुट्न पनि थाल्यो । मैले यसरी कैयौँ रात आफू बलात्कृत भएर बाँच्न विवश भएँ । पीडा र चोटको त कुरा नै नगरौं । सायद तीन महिनापछिको समय हुँदो हो, मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ । त्यसपछि त झन कुटे पनि गाली गरेपनि उसकै माया लाग्न थाल्यो । पेटमा बच्चा छ भन्ने जानकारी गराएँ उसलाई तर ऊ खुशी हुनुको सट्टा अति आक्रोशित भएर आयो । त्यो बच्चा फाल्नु पर्छ भन्न थाल्यो । मलाई चुटाइको बजार पस्कियो । मैले त्यो नासो बचाउनको लागी उसलाई हैन भनेर टारेँ ।

एकदिन अचानक उसले मलाई नाटकीय रूपमा माया गर्‍यो । नयाँ कपडा, मिठा-मिठा खाने कुराहरू ल्याएर आँफै बनाएर खुवायो । मैले अनुमान लाउनै सकिनँ उसले के गर्न लाग्यो भनेर । एक मनले उनको मन फर्किएछ भनेर दङ्ग परेँ । त्यसको भोलिपल्ट हामी घुम्न जानुपर्छ भनेर उसले मलाई कलकत्ता लिएर गयो । एक रात रेलको यात्रा पछि हामी कलकत्ता पुग्यौँ । सालहदह भन्ने रेल जक्सनमा उत्रियौँ । उसले मेरो दिदीको घर छ जाऊँ भन्यो । त्यसपछि जक्सनबाट एकदम भीडभाड भएको ठाउँमा लिएर गयो, लाग्छ त्यो जग्गा झुपरपट्टी हुनुपर्छ । त्यहाँ अति मान्छेहरूको घुइँचो थियो । सबै मातेका, मुखभरी पान चपाएका पुरूषहरू मात्र देखिन्थे । बाटोहरू सबै-सबै थुकेर रातै रगत पोखिएको टाटो जस्तै देखिन्थ्यो । आइमाईहरू छिटपुट मात्र नजर पर्थे । दिउँसै पनि त्यो स्थान अँध्यारो लाग्थ्यो कारण त्यो जग्गा विशाल पुलमुनिको थियो। मलाई मनमनै डर चाहिँ अति लागिरहेथ्यो । तैपनि उसको भर थियो । “नई मुर्गा आई” भनेर त्यहाँका मान्छेहरू भन्थे । म भाषा बुझ्दिन थेँ । १५/२० मिनेट पछि चेपै-चेप हिँडेर हामी एउटा पुरानो भव्य घरमा पुग्यौँ । त्यहाँभित्र उसले मलाई लिएर गयो । कोठामा एउटी मोटी आइमाई बसिरहेकी थिइन् । हामीलाई देख्ने बित्तिकै “आऊ-आऊ, त राम्ररी आयौ” भनेर भन्यो । त्यसपछि हामीलाई “ल आराम गर” भनेर छुट्टै कोठामा लिएर गयो । मलाई कोठामा राखेर “एकछिन है, म दिदीसँग गफ गरेर आउँछु” भनेर उ बाहिर निस्कियो । एक घण्टा बित्यो, दुई घण्टा बित्यो, तर अहँ ऊ आएन । निकै बेरपछि एउटा भुसतिघ्रे काले पुरूषसँग अघिकी मोटी दिदी भने आइन् । “ल यो साहबलाई तिमी चित्त बुझाऊ” भनेर भन्यो । त्यो भुस तिघ्रे मधिशे मुसुमुसु हाँस्दै आफ्नो दारी मुसार्दै थियो । “दिदी भाइ खोइ त” भनेर मैले सोधेँ । “अरे छोकरी, म तेरो दिदी हैन । तँलाई अघिको केटाले १० हजारमा बेचेर चल्यो । तैले अब धन्दा शुरू गर्नु पर्छ बुझिस्” भनेर भन्यो । मैले आफू वेश्यालयमा पुगेको वास्तविकता थाहा पाएँ ।

कयौँ पटक गुहार मागेँ । रोएँ, कराएँ, प्रतिवाद गर्न चाहेँ तर सब असम्भव । आत्महत्या गर्न पनि कैयौं पटक सोचेँ तर उनीहरूको पलपलको निगरानीका कारण र मेरो पेटको बच्चाको कारण त्यसो सम्भव भएन ।

हप्तादिनसम्म त हरसम्भव प्रयास गरेँ । सट्टामा प्रत्येक दिन कोर्रा भुत्ल्याई खाइयो । जबसम्म आफू राजी भइनँ तबसम्म भोकै राखे । अन्ततः विवश भएर बाँच्नको लागि आफूलाई जिउँदो लाश बनाइ वेश्या बनाउन बाध्य भएँ । बिरामी, बिसञ्चो केही पनि भन्न पाइन्न रहेछ त्यहाँ । उनीहरूको खटन मान्नै पर्ने । दिनमा कम्तिमा आठ दश जना भन्दा बढीसँग सम्पर्क राख्नु पर्ने । यतिसम्म कि महिनावारी हुँदा पनि धर नपाइने । रक्सी खाएर, पान खाएर, मनपरी गर्दै र बोल्दै, आउँथे र आफूखुशी गर्थे । मानेन भने चुरोट वा अर्थोकले पोल्थे । तपाईँले सोध्नु भएको मेरो पाखुराको घाउ पनि त्यस्तै घटनाको चिनो हो ।”

थप प्रसङ्गलाई अघि बढाइन् “लगभग चार महिना पछि म दुइज्यूकी छु भन्ने कुरा त्यहाँको मालिक्नीले थाहा पाइन् । त्यो थाहा पाउने बित्तिकै मलाई मरणाशन्न हुने गरी चुट्यो । अन्तमा डाक्टर बोलाएर मेरो पेट खुलाउन भन्यो तर डाक्टरले यो कुनै हालतले सम्भव नहुने बतायो । त्यसपछि मलाई अति मानसिक र शारीरिक यातना दिएर त्यहाँबाट निकाल्यो । त्यहाँबाट प्रहरीको सहयोगले म पुन बानरहाट फर्किएँ र हर्कलाई खोजेँ तर पाउन सकिनँ । तीन, चार महिना अघि नै उसले त्यो ठाउँ छाडेको कुरा बताए सबैले । त्यसपछि म आफ्नो माइतघर फर्किएँ, बाटो-बाटोमा शरीर बेच्दै र लुछाउँदै । भारत र नेपालका प्रहरीले पनि सहयोगको सट्टा मेरो ज्यान लुछे । माइतघरमा एक डेढ महिना बसेँ । त्यतिन्जेलसम्ममा यो छोरा पनि जन्मियो । सुरूका दिन त गाउँमा राम्रै गरी बिताएँ । पछि आमा बाबालाई आफ्नो सम्पूर्ण यथार्थ बताएँ । मेरो कहानी थाहा पाएपछि अचानक बाबा-आमाको, घरपरिवारको र क्रमशः छरछिमेको म प्रतिको धारणा बद्लियो ।

“वेश्या भएर पो आएछ यो त यसलाई गाउँमा राख्नु हुँदैन लोदर लाग्छ” भनेर सबैले भन्न थाले । बाटो हिँड्ने, वल्लो गाउँ, पल्लो गाउँ, सबै तिरकाले मलाई हेर्न आउँथे । एकदिन समाज बस्यो र “कि यस्लाई यहाँबाट खेद कि आफू गाउँ निकाला हौ” भनेर मेरा परिवारलाई अप्ठ्यारोमा पार्यो । त्यसपछि म आफै छोरालाई बोकेर त्यहाँबाट हिँड्न बाध्य भएँ ।

अनि म नेपालगञ्ज गएँ । काम खोजेँ, बाँच्ने अन्यत्र मेसो खोजेँ तर पाउन सकिन । अन्तत यो बच्चाको लागि भए पनि मैले आफूले आफ्नो शरिर बेच्न बाध्य हुनुपर्र्यो, सुत्केरी भएको महिना दिन देखिनै । लगभग छ महिना पछि अलि अलि पैसा कमियो । त्यो पैसाले सानो घुम्ती पसल खोलेँ नेपालगञ्जमा नै, साथै त्यो बदनामी पेशा छाड्ने निधो गरेँ । एक महिना जस्तो के भएको थियो अचानक एक दिन पत्रकार भनौँदा आएर मलाई यौन कार्य गर्न खोज्यो मैले अस्वीकार गरेँ । त्यसको भोलिपल्ट एउटा अखबारमा चर्चित वेश्याले घुम्ती पसल थाल्यो भन्ने शीर्षकमा समाचार छापियो । त्यसपछि त त्यो क्षेत्रमा मलाई गिज्याउने, घृणा गर्ने, बस्नै नदिने भन्न थाल्यो । मेरो पसलमा कोही पनि केही किन्न आउन छाडे । घुम्तीको मालिकले पनि घुम्ती नदिने भन्न थाल्यो । अन्तत हिंड्न करै लाग्यो । त्यहाँबाट हिँडेपछि पोखरा, धरान, बिर्तामोड, बिरगञ्ज, बिराटनगर, काठमाण्डौ, हेटौंडा, भैरहवा सबै-सबै ठाउँमा यही पेशामा हिंड्न बाध्य भएँ । जहाँ गए पनि मैले यो मेरो मुटुलाई फाल्न सकिन । कारण मलाई त्यो अकल्पनीय नर्कबाट यसैले मुक्ति दिलाएको थियो । म यहाँ (बुटवल) आएको पाँच महिना जति भयो । यो अहिले पाँच वर्षको भयो ।” आफ्नो कहानी बताउँदा-बताउँदै उसको आँखाबाट आसुँको नहर बग्न थाल्यो । आसुँ नपुछी उनले पुन भन्न थालिन् ।

“यो जन्मँदा राम्रै थियो सर तर बाँच्नको लागि घृणित कार्य गर्ने बेलामा यसले थाहा नपावोस, कतै देखेर आमा शब्दप्रति घृणा नजागोस भनेर निद्रा लाग्ने औषधी खुवाउन बाध्य भएँ । लगातार औषधीको असरले गर्दा यो अपाङ्ग हुन पुग्यो । तर पनि मैले यसलाई माया मार्न सकिन, अनि आफूले पनि मृत्युसँग सम्झौता गर्न सकिन ।” उनको यो कथाले मलाई पनि कतिबेला भत्काएछ-भत्काएछ आँखाबाट आँसुको नदी बग्दा पो थाहा पाएँ ।

प्रसङ्ग जोड्दै भनिन्- “सर पहिलो पटक कसैले मेरो जवानी भन्दा पनि चोटलाई बुझने कोशिश गर्यो । मेरो नजरमा त्यो देवता समान हजुरलाई अन्तमा म एउटा कुरा भन्न चाहान्छु”

“भनन” भनें ।
“सर नारी जातिलाई पनि पुरूष सरह एक वा सो भन्दा बढीसँग सम्पर्क गर्न मन नलाग्ला भन्न सक्तिन तर सत्य कुरो कुनै पनि नारीलाई वेश्या बन्ने रहर हुँदैन” यति भनेर उनले कुरा टुङ्ग्याइन् । सम्बेदना र मायाले थाम्दैन रहेछ । साँझ छिप्पिन लागेकाले मैले उनीसँग बिदा मागेँ । उनले पनि अब केही उल्झन नगरी मलाई बाटोसम्म पुर्‍याउन आइन् र हात जोड्दै भनिन् ।

“सर फेरि भेट हुन्छ कि हुँदैन तर नर्बिसनु होला है”

“भै हाल्छ नि किन नहुनु” म यति भनेर उनीसँग टाढा भएँ । रिक्सा लाग्यो उकालो । निकै माथि पुगेर फर्की हेरेँ । गाडीको उज्यालोले देखेँ, उनी त्यहीँ उभिई रहेकी थिइन् हात हल्लाउँदै । निलिमाको कहानी सुनेर साढे नौ बजे तिर पुगेँ होटल ।

“एक्लै भ्याएर आइस् होइन” साथीहरूले गिज्याए । मैले भट्टीभित्र दूध पिएर आए पनि जाँड नै पिएर आउँछ भन्ने मान्यताले ग्रसित उनीहरूलाई प्रतिवाद गरिरहन उचित ठानिन् । म बहस नगरी निदाउन भनेर ढल्किएँ ।
“सालेले मरिञ्जेल गरे जस्तो छ” साथीहरू भन्दै थिए । म नसुन्ने जस्तै भएँ ।

भोलिपल्टको बिहान उनी होटल आइन कि भनेर हेरेँ तर अहँ देखिन । होटलवालालाई सोध्दा “हिजो तपाईँसँग गएको आकी छैन क्यारे” भन्यो । आज म पनि झापा फर्किने दिन । फर्किनुभन्दा अघि उनलाई एकपटक भेट्छु भनेर उनी बस्ने ठाउँ गएँ रिक्सामा । त्यहाँ जाँदा त्यो घरमा ताल्चा लगाएको थियो । छेउको एउटा दाइलाई सोधेँ । उनी राति नै त्यहाँबाट अन्यत्र सरिन तर कहाँ भन्ने थाहा भएन भन्ने कुरा थाहा भयो ।

“यो घर उनको आफ्नै होइन र” प्रश्न गरेँ ।

“कहाँ हुनु नि, भाडामा बस्थिन् नि, तीन महिनादेखि” जानकारी आयो ।

गाडी छुट्ने हुनाले म पनि त्यहाँबाट फर्कें ।

तीन वर्षपछि ।

२०६३/७/७ गतेको बिहान आज । भाइटिकाको दिन । टेलिफोनको घण्टी बज्यो । उठाएँ । मैले हेलो भनी नसकी स्वर गुञ्जियो निलिमाको । तीन वर्ष भो यसरी उनले मलाई भाइटीकामा फोन गरेकी । भनिन् “दाइ नमस्कार, आज भाइटिकाको दिन । हजुरको याद आयो र फोन गरेकी । म कहाँ छु कृपया नसोध्नु होला । बस आज भाइटिकाको दिन हो त्यसैले माइतीलाई सम्झेकी हुँ । हजुर कहाँ आउने मन त नभएको होइन तर मेरो उपस्थितिले हजुरको पवित्र छविलाई दाग लगाउन सक्छ त्यसैले आउन असम्भव छ । लाग्छ संस्कारले मानेको माइतीभन्दा मनले मानेको माइती उच्च र वास्तविक हुन्छ । यो अभागी चेलीले दुई मुठ्ठी सास भइञ्जेल अरू बेला नगरे ‘नि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे पक्कै झर्को मान्नु हुन्न होला ।”

उनले नभने’नि कलर आइडीमा पोखराको कोड प्रष्ट देखियो ।

“नानीलाई कस्तो छ ?” प्रश्न गरें ।

“५ महिना अघि वीरगन्जमा मृत्यु भयो ।……छाडौं दाइ यी कुराहरू……यस्तै…..हो……..। दाइ….अहिले फोन राखेँ है.. ।” मैले हुन्छ भन्न नपाई उनले फोन राखिन् तर फोन राख्न अघि उनको भक्कानिएको स्वर भने मैले प्रष्टसँग सुनें ।

मान्छेबाट छलिएर बाँच्न मान्छेलाई कति कठिन हुँदोरहेछ । निलिमाको कथा देखेपछि थाहा भयो । म आज पनि सोच्छु, यति ठूलो संसारले किन लुकाउन सकेन निलिमाको बाध्यात्मक कथा/व्यथा ।

(प्रकाश आङदेम्बेको “वेश्यासँग बिताएको एक साँझ” कथा सँग्रह प्रकाशित भइसकेको छ)

49 comments to वेश्यासँग बिताएको एक साँझ

  • uday kumar

    मलाइ भाबुक् ब्नाइ यो कथाले, आफ्नै प्तीले ग्र्णे सम ग्रेको र्हेछ आफ्नै श्रीमतीलाई र यो साम्ज ले पनि केटी मान्छेलाई कस्तो आँखाले हेर्दोरहेछ भने कुरा थाहा पाए
    धन्य्वआद काथाकर जयुलाई यसतो घटनालाई समाज माझ राखएकोमा …………………..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • प्रेम अभागी एकल खड्का

    यो कथा पढेर म सारै भाभुक भय यस्तो, ढु:ख कुनै नारी लै भोग न न परोश.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • bikas

    धेरै राम्रो लेखन कथा साचो तर तितो भएपनि! मेरो पनि आँसु औन खोजेको थियो तर रोके! एस्तो पनि हुँदो रहेछ भन्ने लग्यो! बिचार यता निलिमा कति होलान यो खराब ब्यबसायमा लग्न बाध्य भएकाहरु! लेखाक्ज्युले शिर्षक चाही बेश्या भनि नर्ख्नु भए हुन्थ्यो! वहाले निलिमलाई बहिनि सरह मानेर भोइ टिका लगुना सक्नु पनि पर्थ्यो! मार्मिक story चाही अबस्य हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • पुरुषोत्तम महर्जन

    आङदम्वेजीको कथा लेखन शैली राम्रो छ । तर सम्पूर्ण कथा पढेपछि सत्य घटनाभन्दा पनि धेरै अन्य मसलाहरु राख्नुभएको देखिन्छ । यसको पुष्टि कथाको शीर्षकले समेत गरेको छ । वहाँ आफूले आफैलाइ महान बनाउन खोज्नुभएको छ । तर सफल हुनुभएको छैन । किनभने तीन सालपछि अचानक कल गरिन् भन्ने लगायतका विभिन्न किसिमका अश्वाभाविक र अपत्यारिला कुरा उल्लेख गर्नुभएको छ । जुन कुरा असत्य हुन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • Narayan Adhikari

    मैले नयाँ काम थालें र कार्यथलो हेरें त्यो अति नै फोहोर थियो । मैले त्यसलाई सफा गरे, चटक्क पारें र पर्खें साहु आएर हेरोस् र मेरो कामको कदर गरोस् । साहु आयो, वरिपरी नजर लगायो र भन्यो– ऊ त्यो कुनामा अलिकति फोहोर छ, त्यो किन सफा नगरेको ? प्रशंसा गर्ला भनेर सोचेको त कहाँ कुनामा छोडिएको टिका जत्रो दाग देखाएर किन सफा नगरेको पो भन्छ । मैले प्रतिवाद गरें, हिजोसम्म यो कहिल्यै सफा नगरेको सुँगुरको खोरलाई चम्काएर हिरा बनाएँ, खुसी त कता कता, उल्टै फोहोरको टिका भन्ने ? साहुले भन्यो, बरु सफा नगरेको भए म केही भन्दैन थिएँ, तिमीलाई पनि पहिलेकै कामदारको कोटीमा राख्नेथिएँ तर तिमीले सफा गरेछौ तर सफा गरेपछि पनि दाग बाँकी रहेकोले मात्र सफा ठाउँमा दाग रहेको कुरा गरेको र त्यसालाई पनि सफा गर्नु भनेको पोत त भनेर सम्झायो । प्रकाशजीको कथामा आएका नकारात्मक प्रतिक्रियाहरु त्यति मात्र हुन् मेरो विचारमा तर कसैले भनेजस्तो वाहियात, वा समयको वर्वादी भने अवश्य होइन । कसैको शीर्षकमा चित्त दुखाइ छ भने कसैको केमा तर सबै कुरा ठीक छन् मेरो विचारमा यद्दपि परिस्कार जरुरी होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • रेखा बगाले

    सर्ब प्रथम त निलिमा तिमि जस्तो नारि यहाँ हजारौ छन्,,,जो बाहिर भन्ने र लेख्ने गरका हुदैनन् ..र , यसको मुख्य पात्र पुरुष नै हुन् ,, नेपाली चेलीहरु को यो कथा मात्र होईन यथॅथा हुन अति ममिॅक छ। यस लेखले नेपाली पुरुषहरुको सोचलाई केहि फरक पार्छ कि भन्ने आशा गर्दछु ,,,,,मेरो आशु बग्यो ,,,…(निलिमाको कथा र बेथा सुनेर .)..

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • madan bajracharya

    निलिमा बेस्या होईनन/ आत्मरछ्याको लागि हत्या गर्नेलाई कानुनले नै हत्यारा मान्दैन/ खुकुरी चक्कु लठ्ठी भन्दा भोक र अभाव घातक हतियार बन्न सक्छ/ कसैले खुकुरी चक्कु आदि हतियार उठायर आक्रमण गरे भागेर पनि आफुलाई बचाउन सक्छ/ तर भोक र अभावको हतियार बनायर कसै माथि आक्रमण गरे त् भाग्ने बाटो समेत हुँदैन/ त् भोक र अभाव बात आफ्नो जीवन बचाउन कुनै नारीले आफ्नो अस्मिता बेच्न बाध्य र बिबस हुन्छ भने उनि कसरि बेस्या हुन्छ?

    बास्तवमा कसैलाई बेस्या बन्न बाध्य गर्नेलाई नै बेस्या भन्नु पर्ने थियो; भोक र अभावको कारण अस्मिता बेच्न बाध्य हुनेलाई सहयोग गर्नु भन्दा उसको बाध्यताको फाईदा उठायर अस्मिता माथि खेलवाड गर्नेलाई बेस्या भन्नु पर्ने थियो/

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • Shree...

    हैन सालोक्य जी यो पहिला पनि mysansar मा प्रकाशित भै सकेको हैनर.. फेरि दोहोरियो. खै मेरो कमेन्ट त प्रकाशित नै भएन.. होइन भन्ने होइन भन्नुस!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4

  • ajay

    लेखक महोदय ले नेपालभित्रै र नेपालबाट बेचिएका अबला नारीहरुको भारतमा कस्तो नारकीय जिबन बिताउन बाध्य पारिन्छ, परिवार, अनि अन्धो समाजले कसरी तिरस्कार गरि पशु जस्तो जिबन जिउन बाध्य बनाइंछा, र पनि फेरी माया र सहानुभूतिको साटो बेस्या र नानाथरीको उपमा दिइन्छा भन्ने कुरा राम्रो संग ब्याख्या गर्नु भाछ, घृणा नगरौ बरु सम्मान, माया, सहानुभूति गर्न सिकौ; लेख राम्रो छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 0

  • Manoj

    यो कथामात्र नभई वास्तविक घटना हो .भारतको कोठीमा अहिलेपनि हजारौ नेपाली नारीहरु बेस्याको काम गर्न बाध्य छन् . नेपाली दलालहरुको काम हो यो. इ दलालहरु गाउ घरमा अहिलेपनि खुलेयाम हिड्दै चेलिहरुसंग बिहे गर्दै नेपालीनारीलाई भारतको कोठिभयेका ठाउँ जस्तै मुम्बई, देल्ही, कोलकत्ता आदि सहरहरुमा बेच्ने गर्दछन् .जबसम्म इ दलालहरुलाई सरकारबाट कारबाई हुदैन तबसम्म चेली बेच्ने काम रोकिदैन.दलालहरुको नुवाकोट, सिन्धुपाल्चोक जिल्लामा पकड छ. तर प्रसासनले इ दलालको तेती कारबाई गरेको देखिदैन . कथा सान्दर्विक छ. कथा पढी सकेपछि मेरा आखाबाट आसु बर्बर्ती झरे किनकि यो कथामात्र नभई बास्तविक घटनामा आधारित छ.
    तेसैले साथी हो हामी सबै नेपाली मिलेर यो समस्याको समाधान गर्नतिर लाग्नुपर्दछ .

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • sarmila

    सबै लेख पूर्ण हुन्छ भन्ने हुदैन थोरै आलोचन त भोग्नै पर्छ .तर मलाई पनि न राम्रो लागेको कुरा भनेको नारी को सम्मान गर्ने लेखक ले कथा को सिर्शक किन वेश्यासँग बिताएको एक साँझ भन्नु बरु निलिमा सँग बिताएको एक साँझ भनेको भय बेश हुन्थो कि र यौटा कुरा स्टोरी मा पनि जात भात को कुरा गारो भनेर चित्त न दुखाउनु होला ,यो सानो जात भनेर कसै लाई भेद भाद गर्न खोजेको चै पक्कै होइन होला /

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Anup Khanal

    ए अचम्म र उल्का ! लेखकले शान्ति तामांग भनेर नाम उल्लेख गर्दा समस्त तामांग जाति को मान हानी भो रे ? पुरै नकारात्मक सोचाई , (कालो चस्मा लगाएर हेरो भने संसारै अन्ध्यारो देखिन्छ साथि ) लेखकले यो लेख्दा , बरु ओहो हाम्रै साथीलाई एस्तो आपत परेको रहेछ भनेर सहयोग गर्ने आट छ कसै संग ?

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 2

  • ” I am very sorry!!! I have not been able to stop my tears for long time. A
    single worded question has been bothering me “why??????”.

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 2

    • raj

      To Feed her stomach Fool.

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

    • raj

      I couldn’t stay quiet without leaving feedback tear drop almost. After reading this article i consider you as a Great writer trust me even though there’s a minor issues with story behind but i don’t mind totally enjoyed while reading not you Definitely a Editor. You have so much talent and art while you were moving pen to fill blank pages daemn; however please always focus on key word in future that what is stand for other than that it is just Fantabolous. I’m not a analysis instead ordinary man but those phrase are still healing my heart so easily ‘wow’ trust me. I salute you with so much respect Mr. Prakash.

      From Afghanistan

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • anita

    कथा पढ्दा धेरै ठाउमा भाबुक भए , नारीलाई ब्येश्या बनाउने आफनै परिवार, बुज्रकहरु र समाज नै हो भन्ने झल्किएको छ कथामा , यधपी नारी कोमल मनको हुन्छे, तेसैले उनीले भाइ टिकामा फोन गरिन् , तर कथाको शिर्सक नै पढ्दा लेखक ज्यु पनि त्यहि समाजको पुरुष नै हो भन्ने कुरा बाट छुट हुन सक्नु भएन छ “ब्येश्या संग बिताएको एक साँझ” साह्रै नमज्जा लग्यो .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 61 Thumb down 1

    • atit

      अनिता जी,

      सायद बेश्या संग बिताएको एक रात को सट्टा निलिमा संग लेखेको vaye हामी बीच कति जना पाठक हरुले यो लेख नै पढ्ने थिअनन होला, हजुरको त थाहा भएन तर म आफै
      पनि पढ्ने थिएन होला, यो पनि कारण हुन सक्छ त्यो topic लेख्नु मा….

      मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • anita

    कथा राम्रो लग्यो , पद्दपद्दै धेरै ठाउमा भक्कानो फुटेर आयो , कथा अनुसार उनि ब्येश्या
    बन्नुमा उनि कै श्रीमान र समाज को हात देखियो , अनि उनि ब्येश्या नै भएनी तिहार मा माइती सम्झी फोन गरेको उल्लेख छ आखिर लेखक पनि त्यो समाज अनि पुरुस नै हो भन्ने शब्द बाट छुट हुन सक्नु भएन छ ,सबै कथा पढी सकेर अनि लेखक को कथा को सिर्सक ले झनै नमज्जा बनायो “ब्येश्या संग बिताएको एक साँझ “

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 1

  • kiran

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 5 Thumb down 47

  • shiva hari

    मान्छे लाइ परिस्थिति ले के पार्छ के यो त कथा भन्दा नि यथार्थ जस्तो लाग्यो है मित्रहरु मलाइ त कथा यक्दम राम्रो छ लेखक जिउ लाइ धेरै धन्दबाद अझै लेख्दै जानुहोला …..

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • मन

    कथा लेखन शैली र बनावट राम्रै लाग्यो| म आलोचक समालोचक होइन यद्यपि एउटा पाठकको हिसाबले हेर्दा कथामा यथार्थ हुनै पर्छ भन्ने तोकिएको नियम छैन होला वा कैले कंहि कथाकारले कल्पनाको दौडमा यथार्थको ट्रयाक देखि अलिकति बाहिर जान बन्देज छैन जस्तो लाग्छ| कवितामा जस्तो कल्पनाको मनचरी जति उडाए पनि धेरै हदसम्म स्वीकार्य हुने कुरो सायद कथामा लागु नहोला| यति राम्ररी पोखिएका उक्त कथामा दुई चार ठाउँमा गरिएको चित्रण अलि अस्वाभाविकता तिर मोढ लिएको देखिन्छ (जुन अन्य पाठक मित्रहरुले यँहा उल्लेख गरिसकेका छन्) जसले पढिसकेर पनि मीठो लागेको खान्कीले जिब्रोमा कता कता नमिठो स्वादको भान हुन्छ| तर पत्रकार सम्बन्धी लाइनहरुमा (हुनसक्छ नक्कली वा कीर्ते पत्रकार) चाँही यथार्थताका झल्कोहरु छन्|
    तल म्हेंदोजीको कमेन्ट पनि पठनीय छ जसलाई, आशा छ, विद्वान लेखकले सकारात्मक रुपमा लिनुहुनेछ|
    जे होस्, लेखकको प्रयास सफल ठान्दछु, अरु पनि थुप्रै पढ्न पाउँ| र उँहाको कलम बाट निस्केको कथा संग्रह भए कंहा पाईन्छ, बताईदिनुहोला किनेरै पढ़नेछु|

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • शैलेन्द्र ढकाल (म्याउ)

    लेखन शैली राम्रो हो तर हतारमा लेखेर हो या पाठकहरुलाई बेबकुफ बनाउन अलि बढी नै काल्पनिक तरिकाले कथालाई सत्य घटनाको रुपमा देखाउन खोजिएको छ. चुरोटले पोलेको,देखि अन्य घटनाक्रम आदि हेर्दा नेपाली फिल्म हेरेरै कथाबस्तु बटुलेको जस्तो लाग्छ. घर,समाज अनि पत्रकारले गरेको ब्यबहार तथा अति आदर्श “म” पात्रको चरित्र बाटनै कथा नितान्त काल्पनिक हुन् भन्ने अनुमान लगाउन सकिन्छ.जे भएनी कथाकारको मिहेनतको लागि बधाई छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 11

  • raj kunwar

    के भनेर कमेन्ट लेखौ , ………….. निकैनै लामो सास फेरी राखे यो कथा पड्दा,
    कथा काल्पनिक or वास्तविक जे भय पनि महिला बेसस्या हुनुको पछाडी थोर बहुत पुरुस को हात हुन्नछ एस्लाई समयमा नै समाधान गर्नु पर्छ, ! bad habbit should be nipped in the bud .

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 1

  • Biren kumar Rijal

    कथा को वास्तविक पार्ट सारै मन छुने र मार्मिक लाग्यो लेखक ले पत्रकार लाई नराम्रो पर्सङ्ग मा सम्बोधन गर्नु भएछ बास्तबिक होला नहोला तर कथा मा एउटा नेपाली चेली को बास्तबिक यातार्थ लाई पस्कनु भयेअको रहेछ पढ्दै गर्दा मेरो आखा बाट पनि अशु आयो! नमिता जस्ता हरेक नेपाली चेली हरु को अशु अब खुसि मा बद्लियोस मा भगवान संग यहि पार्थना गर्छु, हे भगवान हामी सबै लाई समान किसिम को जिन्दगी दिनु होस् तब कि कसैले पनि बच्न को लागि आफ्नु अमुल्य सरिर को मूल्य तोक्नु नपरोस!

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • chham rana

    उनको यो कथाले मलाई पनि कतिबेला भत्काएछ-भत्काएछ आँखाबाट आँसुको नदी बग्दा पो थाहा पाएँ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

  • sushil grg. uk

    कथा एक दम राम्रो छ. सत्य घटना भए को ले निलिमा लाई भगवान ले साथ दिउन…येही मेरो कामना…

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 3

  • Abhi

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 8 Thumb down 72

  • Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 4 Thumb down 51

  • Dipesh

    Good one dude! Kept me spellbound till the end..very touching and heartbreaking..

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 3

  • dipak

    खै के नमिलेको के नमिले जस्तो लागो | कथा भन्दा कथा जस्तो कलात्मक छैन, सत्य घटना जस्तो गरि लेखियको छ| शीर्षक वेश्यासँग बिताएको एक साँझ छ तर कथा माइती र चेली मा समाप्त भएको छ | कथा लाई होटेल सम्म मात्र सिमित राखेको भए राम्रो हुन्थो| निलिमा राता रात बुटवल छोडेर हिडेको नेपाली फिल्म को एउटा scene जस्तो लाग्यो…तर प्रयास राम्रै छ| लेख्देई जानुस…..

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 16

  • rases

    कथा मा महिना वारी भा को बेला मा पनि छोडेनन भन्नि चै अलि मिले न किन कि उनि पहिले नि बच्चा बोकी सकिथिन कोठी मा आउन पहिले |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 76 Thumb down 5

  • Dipendra Bagale, London

    खै के खै के भनेजस्तो लग्यो. mysansar.com मा राख्ने quality को कथा लागेन साचै भन्नुपर्दा. कथा पुरा बनावटी हो येस्मा कुनै बास्तबिकता पनि छैन.

    {सायद तीन महिनापछिको समय हुँदो हो, मेरो पेटमा उसको नासो हुर्किएको थाहा पाएँ

    दिनमा कम्तिमा आठ दश जना भन्दा बढीसँग सम्पर्क राख्नु पर्ने । यतिसम्म कि महिनावारी हुँदा पनि धर नपाइने}

    जहासम्म मेरो सामान्य ज्ञान को अधार मा गर्भावती भएपछी महिनावारी हुदैन.

    Complete waste of time indeed!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 20

  • shankar

    कथा ४/५ वर्ष अघि पढेको थिए. फेरी पुरै पढे कथा राम्रो छ

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • Fugyaljen

    यो नेपाली चेलीहरु कथा मात्र होईन यथॅथा हुन सकछ। अति ममिॅक छ। यस लेखले शिक्षित नेपाली पुरुषहरुको सोचलाई पनि सहि दशाॅएको छ?

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • कमल थापा (साउदी अरब)

    साहित्यिक सृंगार,भन्दा पनि निकै ब्यभाहारिक, अति सरल सहज प्रस्तुति लाग्यो/

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • Ramesh Kattel

    प्रकाश ज्यु,

    कथा सारै राम्रो लग्यो| एउटा कुरा भन्न मन लाग्यो अन्यथा नलिनु होला| तलको बाक्यले पर्दैन भन्ने जनाउछ बिशेष गरि “सायदै” ले गर्दा “सायद’ भएको भए मिल्थ्यो |

    ” म बसेको होटल सायदै त्यहाँको होटलहरू मध्ये सबैभन्दा महङ्गो हुनुपर्छ ।”

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 9

  • “लाग्छ संस्कारले मानेको माइतीभन्दा मनले मानेको माइती उच्च र वास्तविक हुन्छ । यो अभागी चेलीले दुई मुठ्ठी सास भइञ्जेल अरू बेला नगरे ‘नि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे पक्कै झर्को मान्नु हुन्न होला ।”………………..

    कथा पढदै जाँदा यो वाक्यमा पुगेपछि मेरा आँखामा पनि आशु भरिएछ थाहै पाइन । राम्रो लाग्यो कथा । यो कथा कोही कसैको पनि वास्तविक जीवनमा मेल नखाओस

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 2

  • म्हेन्दो

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 25 Thumb down 59

    • kiran Sharma

      तपाइको जवाफ र कथाको भाब राम्ररी प्रस्ट पर्नु भएको छ . मलाइ तपाइको प्रतिकिर्य मन पर्यो .. मेरो पनि सोचाई यस्तै छ ..

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

    • yam pun

      म्हेन्दो जी!
      कथा मन छुने खालको छ! कहिँ कतै अलि अलि कमजोरी नदेखिएका होइनन तर यसैको आधारमा कथा लाइ “कमसल लेख” भनेर टिप्पणी गर्नु पनि तेती उचित नहोला!
      कथाकारले कथाको मुख्य पात्र लाइ “शान्ति तामाङ्ग” भनेर नामांकरण गरि तामाङ्ग जातिलाई चोट पुर्याएकोमा मेरो पनि आपत्ति छ! “शान्ति” मात्र भन्दा पनि कथाको मर्म बाङ्गिने थिएन होला!

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 3

  • Jayami Maharjan

    धेरै बर्ष पछि कथा पढें अति मन पर्यो कथा भन्दा पनि बास्तबिकता बढी पाएँ लेखको लेख्ने सैली यक्दम राम्रो पाएँ. भबिसें मा पनि यस्तै कथा को आशा गर्दछु.

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 2

  • कथा राम्रो लाग्यो , तर हिजो आज निलिमाको जस्तो दु; ख पीडा भोग्नेहरु भन्दा पैसा कमाउन सजिलो र रहरले पनि बेश्या बनेकाछन |

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 15

  • sam

    किन हरेक लेखकहरु ले आफुलाई चरित्रवान, महान, यौनमा संयम भयको देखौन चाहन्छा | सायद हामी सबैले येस्त कथाहरु धरै चोटी पदिसकयको होला | कथा नराम्रो भनेको होईना तर सबैले एक थरि को कथा होला नाम र ठाउँ फरक तर अरु सबै awotai छ |नया गरम साथी naya soch को sath |

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 8

  • कथा मा दम छ ! काल्पनिक नै भए पनि येतार्थ परक छ! प्रकाश जी, लेखदै गर्नु होला,,,,, तपाईं को भबिष्य उज्वल छ !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 5

  • nimesh, bkk

    कथा एकदम मुटु छुने खालको छ, लाग्छ सत्य तथ्य घटनामा आधारित कथा हो भनेर . मान्छेलाई परिबन्धमा कसरि पारिँदो रहेछ भन्ने कुरा यस कथाबाट प्रस्ट्याएछ . अन्तमा अनेक चाहना र प्रयास गर्दा गर्दै पनि मान्छेलाई विवश पारेर त्यहि परिबन्धमा धकेलिँदो रहेछ . जुन निलिमाले ब्यक्त गरेका – “अचानक एक दिन पत्रकार भनौँदा आएर मलाई यौन कार्य गर्न खोज्यो मैले अस्वीकार गरेँ । त्यसको भोलिपल्ट एउटा अखबारमा चर्चित वेश्याले घुम्ती पसल थाल्यो भन्ने शीर्षकमा समाचार छापियो । …यही पेशामा हिंड्न बाध्य भएँ ।”

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 3

  • dhan

    संस्कारले मानेको माइतीभन्दा मनले मानेको माइती उच्च र वास्तविक हुन्छ । यो अभागी चेलीले दुई मुठ्ठी सास भइञ्जेल अरू बेला नगरे ‘नि प्रत्येक भाइटिकामा यहाँलाई फोन गर्छे पक्कै झर्को मान्नु हुन्न होला ।”

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 4

  • Sasha

    मुटु छुने कथा. यो कथा पढेर मैले हाम्रो समाजलाइ फेरी पनि धिकारे! कथाको पुरुष पत्र आदर्श लाग्यो.

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 2

  • Shyam

    ….थाहा नपाई कतिखेर आखाबाट आशु झरेछ….

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 10

  • bam bahadur

    कथा निकै नै राम्रो लाग्यो तर अचानक ३ साल पछि भाई टिका को दिन कसरि निलिमाले काल गरिन त ?

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 9

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker