अमेरिकामा थुप्रै नेपाली मूलका मानिस बसोबास गर्छन्। तर दर्शन रौनियारको एउटा छुट्टै पहिचान छ। गत वर्ष अमेरिकी संसद (कङ्ग्रेस)को लागि उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा अमेरिकामा मात्र हैन, विश्वभरका नेपालीमाझ भयो। राष्ट्रपति बाराक ओबामाको सत्तारुढ डेमोक्रेटिक पार्टीबाट वासिङटन क्षेत्र नम्बर एकबाट उनले दिएको उम्मेदवारी सफल भएन। २ हजारभन्दा पनि कम मत ल्याएर उनी छैटौँ नम्बरमा रहँदै पराजित भए। तर उम्मेदवारी दिने पहिलो नेपाली मूलका नागरिकको कीर्तिमान भने उनको नाममा रह्यो। अमेरिकी राजनीतिको केन्द्रमा पुग्ने प्रयासमा रहेका यी ‘सेलिब्रिटी’लाई एक सामान्य नेपाली दिदीले दह्रो आरोप लगाएकी छिन्। नेपालमा खासै ठूलो नमानिने भए पनि उनले लगाएका आरोप अमेरिकी सन्दर्भमा निकै गम्भीर र संवेदनशील हुन्छ। के रहेछ आरोप ? हेर्नुस् उनको भनाई भिडियोमा भित्र।
उनी हुन् फूलमाया विष्ट। अहिले काठमाडौँमा घरायसी काममा सघाएर (लुगा धुने, सफा गर्ने आदि गरेर) जीविकोपार्जन गरिरहेका छन्। उनका अनुसार उनी दर्शन रौनियारकी आमाको काठमाडौँस्थित घरमा काम गर्थिन्। त्यहीँ दर्शनले उनलाई भेटे र अमेरिका जानुपर्छ, मेरो घरमा सानो बच्चा छ, हेरिदिनू भने। उनलाई टुरिस्ट भिसामा अमेरिका लगियो पाँच वर्षअघि।
नेपालमा खासै केही काम गर्नुपर्दैन भनेर लगे पनि उनलाई सियाटलस्थित रौनियारको घरमा बिहानदेखि बेलुकासम्मै दिनभर घरायसी काममा लगाइयो। त्यसवापत् उनलाई महिनाको मात्र १० हजार नेपाली रुपियाँ दिइयो। १० महिना त्यहाँ काम गरेर उनी नेपाल फर्किए।
विष्टका अनुसार उनको पासपोर्ट अझै पनि रौनियार परिवारकै साथमा छ। ‘एकचोटी गएर मागेको थिएँ, तर दिन मन गरेनन्। काम गर्न मात्रै बोलाउँछन्, पासपोर्टको कुरै गर्दैनन्’, उनी भन्छिन्।
उनको भनाई उनकै बोलीमा सुन्नुस् तलको भिडियोमा-
कुरा यति हो। नेपालको सन्दर्भमा १० हजार रुपियाँ मासिक दिनु ठीकै देखिन्छ। तर यो नेपालको नभएर अमेरिकाको कुरा हो। विष्ट दिदीले भने अनुसार नै उनलाई टुरिस्ट भिसामा लगिएको हो भने घरायसी होस् वा अरु कुनै, केही काममा पनि लगाउन पाइन्न। अमेरिकी कानुनको यो गम्भीर उल्लङ्घन हुन जान्छ। कङ्ग्रेसम्यानका पूर्व उम्मेदवार भएको कारणले यो झनै ठूलो इस्यु बन्न सक्छ त्यहाँ।
दोस्रो, उनलाई दिइएको ज्याला अमेरिकी सन्दर्भमा कममात्र हैन, शोषण हो। यसलाई पनि त्यहाँ गम्भीर अपराधको रुपमा लिइन्छ। अमेरिकामा अहिलेको न्युनतम ज्याला प्रति घण्टा $७.२५ हो। वासिङ्टन राज्यमा त झन् प्रति घण्टा $9.19 छ। सात वर्षअघिसम्म अमेरिकाको संघीय न्यूनतम ज्याला दर प्रति घण्टा $५.१५ थियो। पाँच वर्षअघिको विनिमय दरलाई हेर्ने हो भने पनि उनले पाएको ज्याला महिनाको $ १५० भन्दा थोरै बढी मात्रै हुन आउँछ। जबकि दिनको ८ घण्टाको मात्रै हिसाब गर्ने हो भने पनि त्यो दरले उनले ४० डलरभन्दा बढी त दिनकै पाउने ग्यारेन्टी त्यहाँको सरकारले तोकेको न्युनतम ज्याला दरले गरेको छ।
के भन्छन् दर्शन ?
यस विषयमा प्रतिक्रिया माग्न दर्शन रौनियारको व्यक्तिगत इमेलमा गरिएको प्रश्नको कुनै जवाफ प्राप्त हुनसकेको छैन। जवाफ पाउने बित्तिकै हामी त्यसलाई यहाँ अपडेट गर्नेछौँ। अपडेटः उनको जवाफ यहाँ राखिएको छ।
यस्तो छ नजिर
सन् १९९१ मा आइएमएफमा अर्थशास्त्रीका रुपमा काम गर्ने नेपाली सुखदेव शाह र उनकी पत्नी विजयाले न्युनतम ज्याला नदिएको भन्दै कानुनी लडाइँ लडेपछि नेपाली घरायसी कामदार संगीता सत्याललाई अदालतले ज्याला र कानुनी खर्चवापत् ४० हजार अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। संगीतालाई पनि उनीहरुले बालबच्चा हेर्ने भन्दै अमेरिका ल्याएका थिए। अनि १३ घण्टासम्म काममा लगाउँथे। अमेरिकी अदालतले गरेको यो फैसलालाई नजिरका रुपमा व्याख्या गर्ने गरिन्छ।





कुमारजी ,दिलिप्जी र सन्तोष जी का तर्क र पेश गरिएका आधार लाइ तर्क संगत जस्तै देखिएकोले तेती नकारात्मक भनी हाल्न मिल्ला जस्तो लाग्दैन | सस्तो लोकप्रियताको लागि जो,जसले जे जस्तो हचुवाको भरमा प्रतिक्रिया प्रस्तुत गर्ने बानीले कोहि कसैलाई घात अन्तर घात हुन सक्छ |
जहासम्म श्रम शोषण र योंन शोषण को कुरा छ | गरिबले बढीसे बढी पारिश्रमिक पाउन भन्ने सबैको सदिछ्या हो | फुलमाया बिष्ट ज्युको उमेर जिउ डाल हेर्दा रौनियार जी ले के कस्तो कबुल गरेर अमेरिका लगिएको हो ,उनलाई भिसा लगाउदा , लादा ,पनि त खर्च भयो नै होला | रौनियार परिवारले बिष्ट लाइ अहिले सम्म राम्रै गरेको होला ,तर उनलाई उक्साउने एजेन्ट र अरु तत्तोहरुले गर्दा उनको सुरक्ष्या भन्दा उनको जिबनमा अरुदुख पिडा थपिने प्रबल सम्भाना पो आइपर्न बेर छैन | अजय को सजाए सम्बन्धमा अदालतले अन्न्याया नै गरेको देखिन्छ | अदालत बाट यस्ता त्रुटी समय समय मा हुने गरेको देखिन्छ | यसबाट चोर लाइ चौतारो र साजन लाइ शुली हुने गरेको पनि समाजमा देखिन्छ |
मन परे हरियो नपरे रातो !
1
1
आफना खर्चले आफ्नु प्रयासले ति दिदि त्यहा पुगेको भए अमेरिकन विधिअनुसार उनले तलब को माग गर्नु उचित नै थियो तर पासपोर्ट , वीसा टिकट सबै खर्च बिहोरेर परिवारको सदस्य झैँ त्यहा पुगेकी ति दिदि ले बसी बसी अमेरिकन खर्चमा रानीसाहेब बन्ने सपना देखेकी हुन् को कसो / अम्रेरिका मा प्रतेक मान्छे ले आफ्नु काम आफै गर्नु कुन ठुलो कुरो भयो ति दिद्लाई /यदि दर्सन रौनियार गलत थिए भने उनकी आमाको साथी बसेकी दिदिलाई नेपालको काम मा पनि चित्त नबुझ्नु पर्ने हैन भने कुन दलाल को सल्ल्हाले दिदीले यो कदम चलेकी हुन् जो उनको लागि नै हानिकारक छ ,घरमा काम गर्ने हैसियत को मान्छे लाई आफ्ना खर्च मा अमेरिकन सयर गराउदा दर्सनले यहाँ सम्मको बेइजति खप्नु पर्ने यदि ति दिदि नियम कानुन जानेर कामको दाम यहि तोकेर गएकी थियन भने कुरा जायज थियो तर दर्सनको पैसा मा मस्तिले एक चक्कर अमेरिका घुमेर फर्के पछि उनको तलब को खोजीनिती गरिदिन जान्नेले पहिले त्यो कुरा सर्त नाम गराएर हुनु पठाउनु पर्थियो / यो अरुकेही हैन दर्सन रौनियार को उचाई को कद काट्ने हरुको कुनियत मात्रै हो/ पौरखी पुरुष यस्ता झिना मसिना अल्झ्को पछि लगेर जवाफ दिनु पर्ने कुनै तुक छैन / यदि बिस्त दिदि रौनियार परिवारकोमा नया मान्छे भएकी भए उनलाई अन्यय परेको मान्नु यो त जुन थल मा खायो त्यसैमा बिस्टायो भयो है दिदि !
मन परे हरियो नपरे रातो !
35
22
आखिर दर्शन जी मा पनि त नेपालीको रगत छ \ केहि नेपाली राजनीतिपन त देखाउनु नै पर्यो नि, कास्टिंग होला यो |
ल है नेपाली दाजु-भाइ हो येसो एङ्ग्लिश भाषा सिकौ, एङ्ग्लिश्म भासण गर्न sikau, धन जम्मा गर्दै जाऊ कतै दर्शन जी अमेराकको रास्ट्रपति बने भने सेक्रेटरीको लागि भाग्य नाच्म्केला भन्न सकिदैन !!!
मन परे हरियो नपरे रातो !
2
18
टुरिस्ट विसा छ मैना मात्र दिञ्छ. चार मैना illegaally राखे को रहेछ.
मन परे हरियो नपरे रातो !
6
19
टुरिस्ट भिसा एक्स्टेण्ड गर्न मिल्ने भएकोले यस्तो निचोड निकाली हाल्ने आधार छैन|
मन परे हरियो नपरे रातो !
14
1
प्राय visa ३ महिना देखि ५ वर्ष सम्म को हुन सक्छ. तपाई ले भन्नु भएको duration of stay ६ महिना हो. यो सक्यो भने अर्को ६ महिना थप्न मिल्छ.
मन परे हरियो नपरे रातो !
14
1
साउथ एसियन मेण्टलिटी भनेको यहि हो| हालै क्यानाडाको पार्लियामेन्ट सदस्य रुबी ढाल्ला माथि पनि यस्तै आरोप लागेको थियो| वहाले पनि दुइ जना फिलिपिनो गरेलु कामदारहरुलाई दिनरात काम मा दलाएर पारिश्रमिक चाही न्युनतम दिने गरेको तथ्य बाहिर आएको थियो| तर दर्शन ब्रोले भन्दा चाही राम्रै दिएको थियो| दर्शन ब्रोले त अति नै गरे| महिनाको १२० डलरमा दिन तो १० घन्टाको हिसाबले ३०० घण्टा काम गराउनु भनेको त दानवीय हर्कत नै हो| त्यसमाथि सोमले नेपालबाट टुरिस्ट भिसामा ल्याएको रैछ| खोइ के भन्ने यस्तो बुद्दिलाई| त्यसमाथि पनि राजनीतिक महत्वाकांक्षा राख्ने व्यक्ति| धत्| यो त हदै भो| वहाले चुनाव जितेको भए आज वहाको हालत झन् खराब हुन्थ्यो होला| यो त सिधै फौजदारी केस हो नि, दर्शन सोम!!!
मन परे हरियो नपरे रातो !
18
8
कुरा ती दिदीले नेपालमा कति कमाउथिन अमेरिकामा कति कमाउथिन भन्दा पनि ठुलो दर्शन महोदएको नियतको कुरा हो – नियत नै नराम्रो भएपछि त्येस्म जतिनै लगानी गरे पनि परिणाम नराम्रै हुन्छ – हेरौ यो कुराले कस्तो परिणाम निकाल्छ – दर्शन महोदयलाइ अमेरिकाले कस्तो दर्शन गरौछ-
मन परे हरियो नपरे रातो !
24
8
बाहिरको नौटन्की प्रष्ट देखियो
मन परे हरियो नपरे रातो !
12
5
Last year so many friends here in America ask with me to donate to Mr. Rauniyar for the election. Thankfully I didn’t do.Now his picture is coming more clear. This is the time for all who donate for him to comment in this issue. Lets see how our Nepalese -American friend will react on this issue.
मन परे हरियो नपरे रातो !
25
11
खोइ के भन्नु कसको सपोट गर्नु,त्यो दिदि को खासै नजिक मान्छे नि होइन रे ,कसैले चिनाई देको मानिस रे ,तेसरी विश्वास गरेर अमेरिका लग्यो सबै आफ्नो खर्च मा त्यो बेला मा ,तेसरी अमेरिका लानु नि सजिलो छैन यो कुरा नि बुज्नु पर्ने हो महिना को ६०० कमाउने दिदि ले १०००० कमाउनु भएछ !!!खास अमेरिका मा घरयेसी काम के नै हुन्छ र !!! पहिले दर्सन रौनिहार लै कसले पो चिन्थ्यो र ऐले आएर त हो नि सबैले चिन्न थाल्या नत्र पैला त हामी जस्तै त हुन् नि!!! त्यो बेला मा अमेरिका जना पाकै ठुलो हो नत्र त्यो दिदि ले कहाँ बाट सक्नु ?एस्लाई उछालेर केहि फाइदा छैन !!!!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
101
46
होइन Asis जी । अमेरिकामा पनि त घर सफा गर्ने पकाउने भाडा माझ्ने आदि काम भइ हालिन्छ नि । यहाँ कुरो चाहिँ श्रम शोसणको हो । हो ती महिलाले नेपालभन्दा धेरै पैसा पाइन तर अमेरिकी कानूनी दर भन्दा धेरै नैँ कम पाइन । यो दर्शनको अपराध हो । आफ्नो घरैमा कानूनको सम्मान गर्न नसक्नेले देश र जनताको लागि भाषण दिँदै हिँड्नु र नेपालमा कम्यूनिषट घटाउनु पर्यो भनेर भाषण छाँट्दै हिँड्नु कतिको जायज ?
मन परे हरियो नपरे रातो !
12
22
तेस्तै हो भने त्यो दिदि ले अमेरिका जादा खेरि को ऐले प्रचलन अनुसार खर्च रौनियार लै नि दिनु पर्यो नि !!!अनि बल्ल कुरा त्यो दिदि ले नि यो कुरा उठाउनु राम्रो होला ,पैसा भन्ने कुरा रुख बाट फल्दैन सबै ले कमाउने नै हो तेही कमाउने तरिका फरक हुन्छ!!
आफु चै फ्री मा जाने रे ऐले चै फलानो ले येसो गर्यो उसो गर्यो भन्ने यो त सरासर ब्लाकमेल भएन र !!!
मन परे हरियो नपरे रातो !
12
1
आसिस सर , तपैले भन्न खोज्या त सरासर मानब बेचबिखन भएन र ?? के तपाई लै मैले सम्पूर्ण खर्चहरु भेहोरेरा मेरो घरमा काम गर्न ल्याए भने गर्नु हुञ्छ?
मन परे हरियो नपरे रातो !
1
1
अब दर्शनले जवाफ दिए पनि मलाई फसाउन, मेरो सफलता देखन नसकेहरुले गरेको सडायन्त्र मात्र हो भनि दिने त होला नि/
मन परे हरियो नपरे रातो !
32
7
सही हो । अरु उत्तर आउने नै छैन ।
मन परे हरियो नपरे रातो !
5
2
कुरो अलि गम्भीर छ जस्तो छ …….अति न्युन पैसामा श्रम शोषण त भयो नै ….कतै पासपोर्ट नफर्काउनु को अर्थ हाम्रा बिगतमा केहि प्रतिनिधि सभा सदस्य ले रातो पासपोर्ट …..गरेझै …….कतै त्यो आमाको ठाउमा अर्को मान्छे अमेरिका ???? नत्र भने पासपोर्ट किन नफर्काएको त ?
मन परे हरियो नपरे रातो !
35
8
Mr. Rauniyaar ji please come in media/public, according to civilized world you have done serious inhuman act. Please clearfy the matters, what is trure and what is wrong.
मन परे हरियो नपरे रातो !
19
4
फुलमाया दिदि को कुरा सुन्दा खासै उनि ठुलो अन्यामा परे जस्तो लाग्दैन , उनि पनि १० ,१२ लाख दलाल लै दियर USA गयकि होइनन ,even आफ्नो passport पनि उनि आफैले बनाए जस्तो लाग्दैन , अरु खर्च को त कुरै छाडोउ, जे होस् फ्री मा USA पुगिन अनि १० मैना को RS १०००० ले RS १००००० पनि भयो उनि लाई , उनि नेपालमा नै काम गरेको भय पनि तेही जम्मा मैना को 600rs त हैछा नि कमाई , ज होस् येस्मा मलाई सारै अनायाए भय जस्तो लाग्दैन , अनि दर्शन को कमेन्ट पनि सुनौ न खास के रहिछ ,अनि पस्स्पोर्ट न दिनुको कारण फेरी पनि try गर्दै छनकि………….? ITS JUMP TO CONCLUSION …………..
गरमागरम बहस! तपाईँको के विचार छ?
63
30
हुन त म दर्शन रौनियार ले सबै राम्रो गरे भन्ने पक्ष म छैन, तर कुरा के भने यी बिस्त बहिनि ले यदि वाशिंगटन राज्यको न्युनतम ज्याला पाउने कुरा खोज्ने हो भने उनि आफै अमेरिका आउने प्रबन्ध मिलाउन सक्ने क्षमता पनि त हुनु पर्यो नि, होइन र? डी भी चिट्टा परेर यता बसेको ५ बर्स काटेर पनि मेरो आफ्नै आफ़न्तिले आफ्नी छोरीलाई भेट्न बोलाउँदा त अमेरिका ले भिसिटर भिसा दिएन, आफ्नो दाजु अमेरिकी सेनामा भर्ति भएर पासिङ्ग आउट परेडमा आउने भन्दा पनि वीसा दिएन, २ साल पहिले कन्भेनिएन्स स्टोर म काम गर्दा मरिएका महर्जन को अन्तीम दर्शनका लागि उनकी छोरी लाइ पनि वीसा दियियेन भने यी बिस्ट बहिनि आफै कसरि यता आउन सक्थिन होला र? मेरो भन्नु को मतलब रौनियारले आफ्नो कुनै नाता नभई उहाँ लाइ यता ल्याउने क्रम म केहि परिपत्र अवस्य मिलाउनु पर्यो होला र सो का लागि केहि समय र रकम खर्च त भएकै होला. हो यता को कानूनले शायद उहाँलाई समस्यामा त पर्छ नै होला र क्षति पूर्ति पनि शायद भराउञ्छ होला तर अमेरिका काम गर्न शीप नभएकाहरुलाई आउनु भनेको धेरै गाह्रो कुरा हो.
मन परे हरियो नपरे रातो !
37
11
तिम्रो पनि दिन गयो दर्शन ब्रो
आखिर तिमि र नेपाल का भातमारा नेताहरु मा केहि फरक रहेनछ.
मन परे हरियो नपरे रातो !
21
14
दुवै तर्फ़ को प्रतिक्रिया सुनेर,बुझेर आ आफ्नो विचार, प्रतिक्रिया लेख्नु जायज होला जस्तो लाग्छ जहाँ सम्म दर्शन रौनियार को प्रतिक्रिया आउन नै बाकी छ
मन परे हरियो नपरे रातो !
13
2
सबै भन्दा पैला तीओ दिदि को पस्स्पोर्ट मगनी अनि तेस्मा 5 year ko multi visa hola तेसै कारण ले भिसा भए र अमेरिका जान्छे भने र न दे को हो पस्स्पोर्ट.पस्स्पोर्ट देयेना भने American embassy मा गए र domestice human traffing case,passport hold case हाल्दिनी नि. नरमल मान्छे ले बिना कारण पस्स्पोर्ट राख्न पाउदैन कि त teo मान्छे (company) ले काम को लागि hire gare ko huna par6.Hire गरि पस्स्पोर्ट राख्न पनि नि नीस्चिअत time हुन्छ.visit भिसा मा लागि काम लागौनी government lai tax नतिरनि, minium labour cost नि न दिनी.अमेरिका ले एस्तो लाई दरो case मान्छ .
मन परे हरियो नपरे रातो !
6
7
नेपालीको इज्जत अमेरिकामा राख्ने भयो भनेर निकै मैले सम्मान गरेको त यो पनि ताक्कतुक्क नेपालका नेताहरु जस्तो जाली फटाहा पो रहेछ, युरोप र अमेरिकाको कानुन अनुसार रौनियारले भारी सजाय पाउछन यो भिडियोमा एक अबला नबुझेकी नारीलाई कसरि चरम श्रम-शोषण गरिएको छ प्रस्ट छ, सम्बन्धित नारीले न्याय पाउन, मेरो शुभ-कामना,
मन परे हरियो नपरे रातो !
12
3
दर्शन रौनियारजी दोषी छन् कि छैनन् त्यसबारे बारे पहिले उंहाबाट पनि एकचोटी सुनेपछि मात्र आआफ्नो दृष्टिकोण बनाए ठिक होला|
अर्को कुरो, थाहा भए अनुसार, दर्शनजीले कांग्रेसको चुनावमा भाग लिनको लागि आफ्नै पार्टीमा उम्मेदवार हुनको लागि चाहिने प्राइमेरी भनिने चुनाव पूर्वको प्रतिस्पर्धामा नै हार खानु परेको हो| एकप्रकारले उंहाले पाएको भोट हेर्दा नेपालमा गर्जन पैदा गरेर र तरंग फैलाएको अनि स्थानीय समर्थनको आधारमा उँहाको हार प्राइमेरिमा लज्जास्पद थियो|
चुनावको लागि अति आवश्यकीय फ़डिङ्ग सपोर्टको अभावमा पनि नेपाली छोरोले हिम्मत देखाए त्यसको रेकर्ड बनिरहनेछ| तर उनको हारको फलस्वरूप गत नोभेम्बर महिनामा हुने चुनावमा कांग्रेसको लागि उम्मेदवार हुन् उनी बन्चित रहे|
काठमान्डौ चुनाव क्षेत्र ३ मा ४० जना उम्मेदवार परे पनि दश नम्बर देखि माथिको उम्मेदवारलाई ध्यानै दिइदैन| यो पनि ठिक उस्तै नहोला तर करिब करिब उस्तै उस्तै हो|
अहिले नेपालमा बिभिन्न पत्र पत्रिका र संचार माध्यममा छाएर रहेका दर्शनजी श्रब्य र दृश्य रहेका छन्| मजदुर शोषणको अभियोगले सुखदेव शाहजीलाई कति चोट पर्यो होला त्यो हामी कल्पना मात्र गर्न सक्छौ| फुलमाया बिष्ट दीदिले लाउनु भएको आरोपमा सरसर्ती हेर्दा तथ्यका बुँदाहरु छन् जस्तो लाग्छ त्यसैले दर्शनजीले समयमै शाहजी बाट सल्लाह मुशावरा लिए राम्रो हो|
मन परे हरियो नपरे रातो !
6
2
अमेरिकामा नेपालीको हक हित गर्ने नाममा खुलेका संघ संस्था माथि यो एक नपाली(फुल माया बिस्ट) लाइ अर्को नेपालीले (दर्शन रौनियार जसलाई हज्जारौ नेपालीले उसको उमेदवारीमा हजारौ डलर सहयोग गरेको छ )गरेको शोषण लाइ कसरि लिन्छन अब यो हेर्न बाकी छ …….बिशेस त वाशिंगटन स्टेट मा रहेको नेपाली संथाहरु वा अरुकुनै संथाले यो शोषण बारेमा जानकारी लिएर , साचो पाईएमा मुद्दा हाल्न सहयोग गर्नु पर्छ फुल माया लाइ …….उपलब्ध भिडियो हेर्दा दर्शन रौनियार लाई सजाय र जरिवाना हुने निश्चित जस्तै छ ………..
मन परे हरियो नपरे रातो !
6
4
दर्शन यहाँ सानदार महलमा बसी रहेको छ/ मैले देखेको उहाको जीवनस्तर निकै ठुलो छ. तर किन ….? महिनाको मात्र १० हजार नेपाली रुपियाँ यो त अति भयो. यहाँ seattle Washington State भनेको अमेरिकामा सबै भन्दा बढी नूनतम तलब बएको STATE हो जुन प्रति घण्टा 9.19 USD छ/
मन परे हरियो नपरे रातो !
38
5
I understand the challenges of running a successful business while creating jobs and provide a decent wage, safe work place, and healthcare for my employees.
यो दर्सन ब्रो को website बाट लिएको हो.
http://www.darshanforcongress.com/
मन परे हरियो नपरे रातो !
22
0
दर्शन जी येस्ता व्यक्ति हुन् जो नेपाल गएर जे पायो त्यो बोलेर हिडेका मान्छे हुन्…उनीलाई नेपाल बारे टिक्का टिप्पणी गर्न जरुरत छैन…अमेरिका ले नेपाल लाई हस्तछेप गर्नु पर्छ भन्ने अभिव्यक्ति दिने मान्छे हुन्,,,,,नेपालको गाउको ढिडो खाएर अमेरिका को बर्गर को धमास दिनु त भएन नि !! रास्त्रियता को कुरा पनि त बुझ्नु जरुरत छ,,,जाबो नेपाली हरुलाई भावनामा चोट पुराउने अभिव्यक्ति दिएर अमेरिकन नागरिकहरु बाट भोट लिएर सिनेट बन्छु भनेको होला चिप्लिहल्यो नि हाहाहा !!
मन परे हरियो नपरे रातो !
39
4
ठुलो राजनीति गर्छु भन्ने व्यक्ति को लागि यो गम्भीर आरोप हो. टुरिस्ट विसा मा ल्याएर काम लगाउन पाइदैन. न्युनतम दर भन्दा कम ज्याला पाइदैन. यो बेकानुनी काइदा हो.
मन परे हरियो नपरे रातो !
23
3
नेपाली समाजमा हुने येस्तै प्रवृति जसलाई अपराध मानिदैन
१. दांग-बर्दिया तिरबाट १२-१३ बर्सका गरिबीले पिल्सिएका थारु जातिका बालिकाहरुलाइ काठमान्डूमा बसेर जागिर गर्ने प्रोफेसर, अफिसर हरुले ल्याएर घरेलु कामदार बनाउछन| पढाउने, तलब दिने भनेको अपबाद नै हो. यो त अन्याय भयो नि भन्यो भने एसले दाङ्ग तिर खुब दुख पाकी थि, येहा त मजाले खान लौन पाकी छे भन्ने उत्तर आउछ. बिसेस गरेर मध्ये पस्छिम सुदुर पश्चिमका कथित ठुलो जातका मान्छे हरुमा यो संस्कार व्यापक छ. सायद कमैया प्रथाको निरन्तरता होला.
२. राम्रै चलेको बॉर्दिङ्ग स्कुलमा पनि टिचरलाइ अति कम तलबमा काम गरैन्छा, सांगठानिक रुपमा नभई व्यक्तिगत रुपमा असन्तुस्टी पोख्यो संचालक संग भने हिजो सम्म बेरोजगार थिइस, आज येही भए नि पाको छस भनेर सोसंड गरिन्छा.
३. देश गरिब हुनुको फाइदा स्वोदेशी ले मात्र होइन बिदेशीले पनि उठाई राका छन्. गल्फ कन्ट्री हरुमा काम गर्ने फिलिपिनो, भारतीय हरुको भन्दा आधा तलब मा तेही काम गर्नु पर्छ, तलब ब्रिदीको कुरा भयो भने तिमि नेपालीहरु घरमा खान पाएका थिएनौ, यहाँ मजाले खान पाएका छौ भनेर कम्पनि मालिक देखि दले सम्मले हेप्छन.
४. यी रैनियार जस्ताले नेपालमा ६०० रुपैयाम्मा काम लागौछां, अनि अमेरिका लगेर ८ गुना बढी तलब दिएको छु भनेर दिउसै रात पार्ने गरेर ठगछन सोझा साझा लाइ. नेपालीलाई त यो कुरा पच्ला, तर अर्को चुनाबमा कुइरेले यो कुरा थाहा पाए भने १ भोट पनि दिन्नन रैनियार लाई, सायद सकियो उनको पोलिटिकल क्यारियर. जुन देशमा बसेको छ तेही देशको नियम मान्नु पर्छ भन्ने सामान्य ज्ञान त हुनु पर्ने यी बुज्रुक लाई. अमेरिका मा काम गराएर नेपाल को तलब दिएर हुन्छ कहिँ? दांग बाट कलिला थारु जातिका बच्चिहरु ल्याएर काठमाडौँमा भाडा मझाये जस्तो हो र?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
105
4
बिदेस मा नेपाली ले नै नेपाली को श्रमषोसन गर्दछन् /किन कि कम पारिश्रमिक मा डराएर धम्काएर काम गराएको धेरै देखेको छु मैले विदेश मा /उ त् झन् अमेरिकी कांग्रेस को मान्छे न परो/
मन परे हरियो नपरे रातो !
32
0
That’s the end of your political carrier.Honestly, nobody really vote for you beside few nepali chamchas. Well, now they know some some of your secrets and I hope they give up on you. Once a nepali, always a nepali.
मन परे हरियो नपरे रातो !
45
14
Dear Nepali brother and sister,
We don’t know the whole truth but after listening to Mrs Bista , it seems like Mr Rauniyar must clarify lot regarding this issue. It is a serious issue. Lets wait for time . Hope he comes clean.
If he doesn’t come clean and comes stupid reason, we can together do many thing against him.
1) Can register about this case with local democratic party.
2) Can register with national democratic party.
3) Can register with FBI
and so on. Lets brainstorm. I will support with donation and find more doners if anyone start to do anything.
And also like to warn other Nepali brothers and sisters not to do things like Mr Rauniyar. We are wathching you. And you know you are living in the States, not in Nepal where you can do almost anything.
मन परे हरियो नपरे रातो !
43
15
यो दुनिया, अनि नेपाली समाज, नाम काम र दाम सबै कुरामा चर्चा पाउने चलन अनुसारकै घटना हो जस्तो लाग्यो यो/ पिडितलाइ अमेरिका पुग्नु र मासिक दस हजार पाउनु ठूलो कुरा भो होला त्यो समय/ तर रौनियारले आफ्नो हैसियतको तिलान्जली दिदै श्रम सोसण गर्नु उचित होइन/ हाम्रो समाजमा यस्ता घटना कयौ छन्/ जहाँ कथा कहानीका पात्र बनाउनु भन्दा अर्को काम हुदैन/ पेटभरी खान दिएकै भरमा दिन रात काम लगाउने भद्र भलाद्मीको खाचो छैन अझै पनि/
बोकेको कुकुरले मृग मार्दैन, तर जब्बरजस्ती गरिन्छ, पिडितलाई बोकेर संचार गरियो,सकियो तर पिडितलाई न्याय दिन पीडक रौनियार जस्ताले सहज गल्ति स्वीकार गर्नुको बदला उल्टै बल पर्योग गर्ने धांक धम्कि दिने काम गरिन्छ/ यो घटनामा यस्तो नहोला, तर यस्तै हुने गरेको पाइन्छ/
मन परे हरियो नपरे रातो !
13
0
अमेकिकामा एकजना वकिले काम पाउने भयो / तर वकिल राख्नलाई अमेरिकावासी नेपाली सबैले एक एक डलर चन्दा दिन कसैले आह्वान गर्नु पर्यो / यो दर्शन रौनियारलाइ तिन वटा मुद्दा लाग्छ / एउटा न्युनतम ज्याला नदिएको, अर्को टुरिष्ट भिषामा आएकालाई काम दिलाएको र राजश्व कर छलेको / यो केसमा ५० सौं हजार डलरको छ्यातिपुर्ती मागेर मुद्दा हाल्न मिल्छ / किनभने जिन्दगि भर अर्काको घरमा नोकरी गर्ने फुलमाया विष्ट दिदीको आजीवन सुख होस् / हाम्रो देसको पानी खाएर हुर्केका स्वदेश या विदेशका पढे लेखेको भनाउंदा यी नेताहरु फट्याई, जालसाजी, किर्ते, रकमी, अनैतिक काम गर्न माहिर हुन्छन /
मन परे हरियो नपरे रातो !
39
5
‘दाल मा कालो’ हैन ‘दाल नै कालो छ’/ यो दर्शन को नियत नै हो भन्ने बुजिंछ पासपोर्ट नदिनु मेल को जवाफ नदिनु..’बर्मा गए कर्म संगै’ नेपाली मूल को नेता हो पारा देखाईहाल्यो ‘नव अम्रिकाने’ ले/अमेरिका को कानुन सम्मत ‘दण्ड’ को लायक छ भने ‘दण्डित’ गर्न सहयोग गरौ ताकी कुनै ‘नव बिदेसी’ ले नेपाली ‘श्रम’ कौडीको भाउ मा किन्ने दुस्साहस नगरुन…
मन परे हरियो नपरे रातो !
19
2
मेरो बिचारमा यसै तथ्य कुरो नथाहापाईकन अरुलाई दोष दिनु राम्रो होइन| दर्शनजी को भनाइ पनि सार्बजनिक हुनुपर्छ र यो कुरो लाई कानुनी हिसाबले मात्र नभई ब्यबहारिक दृस्टीकोणबाट पनि हेरिनु पर्छ| कतै कसैलाई भलो गर्न खोज्दा उनिबाट कुनै त्रुटि त भएको होइन!
गरमागरम बहस! तपाईँको के विचार छ?
55
58
प्लेनमा हाल्य पैसा , अमेरिका को दर्शन , अनि नेपाली पारामा ज्याला | प्लेनको टिकेट आउ-जाउ एक लाख भन्दा बढी पर्न आउछ | तर कुरा सुन्दा दिन भरि घोताउदा रछ, येसरी दिन भरि काममा लाउनु अमेरिका मा गैरकानुनि मानिन्छ , तेस माथि जाबो १२० दोल्लर महिना को ज्याला | येहाका पोडेहरुले सजिलै संग २२०० दोल्लर कमौछन | तेस मानेमा एस्लाई अमेरिकामा labor abuse मान्न सकिन्छ | दस महिना को १२० को हिसाबले जम्मा १२०० हुन आउछ | प्लेनमा हाल्य टिकेटको पैसालै १७०० मानौ | १२०० + १७०० = २८०० हुन् आउछ | दस महिनामा २८०० ??? एक थरि ले भन्ला घरमा बस्न दिए, खान दिए तर अमेरिकामा तेस्ता live – in maid हरुले अझ दोब्बर पैसा पाउछ | अरु त अरु पासपोर्ट जफत गरेर राख्नु उसलाई कुनै पनि अधिकार छैन | अब दर्शन sir ले चाडै court र जेल को दर्शन गर्ने भो |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
93
17
हजुरको अरु कुरा त ठिकै छ तर पोडे सब्दले चाहिं कामलाई अपमान गरेको जस्तो लग्यो एवं होच्याएको जस्तो लाग्यो अरुलाई कस्तो लाग्दो हो कुन्नि ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
55
11
janitor लै नेपालीमा मैले त्यो ‘पोडे’ शब्द भन्दा अरु भेटिन | हामी नेपाली किन येति संकुचित | खै अमेरिका मा janitor भन्दा कसैले चित्त दुखौदैनन | शायद नेपालमा हुने भेदभाव अमेरिकामा पनि उस्तै सोच्नु हुन्छ साथीहरु | मैले janitor सब्द प्रयोग गर्नुमा कुनै हेइ भावना छैन |
मन परे हरियो नपरे रातो !
3
5
नविन जी,
सफाई कर्मचारी भन्न पनि मिल्छ नि! “पोडे” नै भन्नु पर्छ र?
मन परे हरियो नपरे रातो !
7
6
ब्रो त्येही अमेरिकामा आजकल कालेहरुलाई (black) होइन अफ्रिकन अमेरिकन भन्छन नि त तेस्तै पोडे भन्ने सब्द हेपेर प्रयोग गरिने सब्द हो | काम भन्दा पनि जाति बिभाजन गरिने सब्द हो | त्येही भएर सच्याएमा राम्रो भन्न खोजेको हो न कि संकुचित भएर |
मन परे हरियो नपरे रातो !
7
1
अमेरीकाको कानुन अनुसार न्युनतम ज्याला घण्टा को ७.२५ डलर हो | हफ्तामा चालिस घण्टा भन्दा बढी काम गराएमा घन्टाको करीब ११ डलर दिनै पर्छ अन्यथा अपराध ठहर्छ | हफ्ता मा १ दिन बिदा दिनै पर्छ … ई. ई. यो मुला रौनियार को अब खैरियत छैन, कि त कानुन अनुसार पैसा बुझाओस मोरो | भारत का केही डिप्लोम्याट हरुलाई यस्तै समस्या परेको थियो |
मन परे हरियो नपरे रातो !
20
1
Mr . Rouniyar ,
I think your political future in US are numbered if this lady is speaking even 50% truth and there is no reason not to believe her unless you can prove otherwise .
Besides paying the poor lady her rightful dues and fair amount of compensation as per your country of residence , her passport should be returned back to her at once and you should publicly apologize to her for your shameful behavior .
Hope to hear your version of the story soon .
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
47
3
”जति सुकै बाक्लो आवरणमा सुसज्जित हौ तर एक न एकदिन तिमी जे हौ , नाङ्गिनेनै छौ |”
यो सास्वत बाणी दर्शन रौनियारमा पनि छिट्टै लागु भएछ | बेइमान राजनीतिग्यको असली अनुहार देख्न पाइयो | यिनको क्यारियर त यसै सकिई हाल्यो अब ति दिदिलाइ न्याय दिलाउन नेपाल र अमेरिकामा रहनु भएका न्यायप्रेमी साथीहरुले भरमग्दुर कोशिस गर्नुपर्यो | के हेक्का राखौं भने , तपाई हाम्रो पहलले ति दिदीले न्याय पाउनु भनेको बेइमान राजनीतिग्यहरुको गालामा दरो झापड हान्न नेपालीहरु आफै सक्षम छन् भन्ने सकारात्मक संदेश प्रबाह हुनु हो |
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
71
9
हिजो अमेरिकी कांग्रेस मैनको उमेद्वार हुनु पुर्ब साहेद रौनियार जी लाइ कमैले चिन्द थे |
अब त यात्रा तत्र उनलाई नचिन्ने साहेद कमै होलान | यस बिषय मा रौनियार्जी सिरियस हुनैपर्छ र सत्य तथ्य हामी समू प्रस्तुत गर्दा राम्रोहुन्छ | उनलाई कुन सर्त मा लागियको थियो र किन श्रम शोषण गरियो ?,यदि तस्तै हो क्भाने उनको मजदुरी दिएरै पन्छिदा राम्रो होलाकी ?
मन परे हरियो नपरे रातो !
27
8
दुख लाग्यो | तर दर्शन जी को पनि प्रतिक्रिया सुन्नु पर्ने हो केहि कमेन्ट गर्नु भन्दा पहिले | अनि कोहि पनि perfect हुदैन | त्यहि भएर सब कुरा बुझेर केहि कदम चल्नु राम्रो | नत्र आफ्नै मान्छे को international बदनामी नहोस भन्ने म चाहन्छु |
मन परे हरियो नपरे रातो !
25
24
१२ वर्षा पछि पाप पनि आफै घरको धुरीबाट करौछा vaneko येही हो गरिब भनेर नहेप्नु , धनि vanera नडराउनु
हो कि होइन
मन परे हरियो नपरे रातो !
39
10
ब्रो ले राम्रो काम त पक्कै गरेन. गालि चाही गरम तर chance पाई हाले खुट्टा तानी हालु* भनेर सोच नराखम कि. बुढी आमा ले नेपाल मा बसेर कमाउने पैसा अमेरिका हेर्दै कमायो भन्ने ठानौ न. नेपाल मा नि दैनिक १५-१६ घण्टा काम गरेर नै जिबिका गुजार ने हो क्यार . १० वर्ष अगाडी त नेपाल को अधिकृत ले भन्दा बढी नै कमाउनु भएको रहेछ. अब घण्टा को ५-७ डल्लर तिर्ने हो भने आमै लाई नेपाल बाट अमेरिका कसले लग्थ्यो होला.
ल आमै , नेपाली केटो अमेरिका को राम्रै स्थान मा छ . बालख सम्झेर माफ गरि दिनुस. तपैले सोझो मन ले भन्नु हुन्छा, के गर्ने येहा अब ngo/ingo हरु ले उफ्रिने मेसो पाई सकेछ.
हाम्रा अरु दाजु भाइ हरु ले नि ज्यान जोखिम मा हालेर मलेसिया मा तेसबेला कमाउने भनेको तेही रु. १०००० नै हो नि त. आगे हजुर को मर्जी…
गरमागरम बहस! तपाईँको के विचार छ?
104
71
दिनको १० घन्टाको कामको लागि $५ कै दरले पनि $५० अनि हप्तामा ५ दिनमात्र हिसाब गर्दा पनि $२५० हुन्छ | महिनाको $१००० हुने भैहाल्यो |
अब खान र बस्नको लागि $५०० कटायो भनेपनि कम्ति मा पनि $५०० त दिनु पर्छ नि | तेस्मथी तेसरी काम नै गर्नको लागि tourist visa मा लग्नु त गैर कानुनी भयो |
होइन, पैसा धेरै खर्च नगर्ने हो भने , कोहि फुर्सदिलो नजिकको आफन्त लगे हुन्छ नि | पैसा दिएर काम नलगाउने भएपछि गैर कानुनी पनि भएन , अनि तेस्तो आफन्तलाई अनेक तरिका बाट उपहार दिन सकिन्छ |
मन परे हरियो नपरे रातो !
17
9
होइन सोझी आमा, तपाई ले उसलाई बालक सम्झेर माफी दिन मिल्दैन चाहे उ जति सुकै ठुलो मान्छे होस् ! तपाई ले माफी दिनु भनेको येस्तै ठुला भनौदा तर मानवता नभएका हरुबाट हाम्रा चेली/ आमा हरु लाई थप श्रम शोषण गर्न प्रोत्साहन गर्नेछ ! कृपया यी आमा लाई कसै संग नझुक्न भंदिनुहोला !!!
मन परे हरियो नपरे रातो !
9
0
घर भित्र रातदिन काम गर्ने लाइ न अमेरिका न नेपाल , उस्तै उस्तै हो भन्ने बुझौ कि ???
मन परे हरियो नपरे रातो !
2
1
How dare he exploit an uneducated fellow Nepali? This POS should be dragged to court, and made to pay for all those hours the poor woman worked for him and his family like a slave.
मन परे हरियो नपरे रातो !
23
10
अब यस्ता केस कति खुल्ने भए कति। अमेरिका मात्र होइन बेलायततिर पनि घर सहायकका रूपमा नेपालबाट मानिस लैजाने अनि दिनको १४ देखि १८ घण्टा काम लगाउने अनि नेपालमा सम्बन्धित मानिसका आफन्तलाइ नेपाली रूपैयामा पैसा दिने एक से एक नामधारी मानिसहरूको परिचय सार्वजनिक हुने भयो अब। मेरो त घरमा कान्छी छ उसले साँझ हामी पुग्दा सबै कुरा ठिक ठाक पारेकी हुन्छ भनेर आप्रवासी समाजनमा पाँडे धाक लगाउनेहरूका परिचय खुल्ने भए अब। हे भगवान साँच्चै पाप धुरीबाट कराउने भयो। माइ सन्सारले हिम्मत गरेर विदेशमा घरायसी काममा लानेहरू र उनिहरूबाट ठगिने र श्रम शोषणमा पर्नेहरूको धाररावाहिक श्रूङ्खला निकाल्नुपर्छ। यो काम नेपालका कान्तिपुर नयाँ पत्रिका अन्नपुर्ण पोष्ट जस्ताले गर्न सक्दैनन्। यदि माइ सन्सारले हिम्मत गर्ने हो भने बेलायतमा हुने त्यस्ता शोषण र त्यसता शोषकका नाम सार्वजनिक गर्न सकिन्छ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
4
पुजी बादी मान्छे को पुजी बबी सोंच हुन्छ ठुलो कुरो होइन जस्तो लाग्छ
मन परे हरियो नपरे रातो !
7
18
दर्शन दाई अमेरिकी भए नि नेपाली पारा छुटेको छैन रैछ… अमेरिकामा पुगेर पनि नेपाली पैसा मा काम गराउने? ……… अमेरिकामा नाक को कुन प्वाल बाट सास फेर्ने भन्ने पनि कानून हुँदो रैछ रे भन्ने अस्ति भर्खर यतै पढ्न पाइयाथ्यो, अब बुढा ले कानून भेट्ने भए कि त ?
मन परे हरियो नपरे रातो !
22
4
प्रमाणित भयो भने जेल को दर्शन गर्ने भए दर्शन रौनियार भाइ ले !
मन परे हरियो नपरे रातो !
30
5
दर्शन रौिऩयारको अमेरिकी नेपालीहरू बीच राम्रै परिचय छ।खास गरि गतवर्षको कंग्रेसमेनको ऊमेदवारीले गर्दा।सबै नेपाली ले गर्वको रूपमा लियर सकेसम्मको सहयोग गरेकाहुन ।जहाँ सम्म नेपाली हुने खाने वर्गको आम ब्यबहार नै हो कि काम गराउने तर उिचत ज्याला नदिन।अझ शारीरिक ,मानसिक यातना दिने, यौन शोषण गर्ने।अजय देव भन्ने एक नेपालीले ३-४ वर्ष अघि घरमा काम गर्न नेपालबाट ल्याएकी किशोरीलाइ यौन दुराचार गरेको ठहर गरि ३७८ वर्षको कारावास पाएर जेलमा छन्।यहंा फुलमाया विष्टको पनि आर्थिक शोषण साथै पासपोर्ट नदियर मानसिक दवाब दिएको देखिन्छ।अब ऊनळाइ न्याय दिलाउन क़ानूनी प्रक्रिया बाट जानु पर्ने हुन्छ।जसको शुरूआत गर्न म स्वंमसेवी संस्था हरुलाई अनुरोध गर्दछु। फुलमाया िददीले काठमांडू अमेरिकी दूतावास मा ब्यहोरा खुलाएर निवेदन नै दिएपनि प्रक्रिया सुरु हुन्छ।
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
131
17
कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि !!!
ति अजय देवले नेपाल बाट किसोरी लाइ काम गर्न हैन छोरी बनाएर ल्याएका थिए | उनकी गोरी जहान बाट ९ साल सम्म बच्चा नभए पछी गोरी र अजय दुवै को सल्लाह बाट उनि छोरी भएर आएकी थिइन | अजय र गोरी दुवै काम मा गएपछि घरमै एउटा इन्डियन क साथ सहबास गर्दै जाँदा गर्भ रहन गए पछि विवाद सुरु भो | २ पटक सम्म गर्भ पतन गराउंदा पनि नानी को ताल उस्तै रहे पछी अजयले उनलाई आफ्नो उत्तराधिकारी बाट हटाइ घर बाट निकाली दिए | नानी उनको मेक्सिकन साथी कहाँ गइन र उनीहरु कै सल्लाह मा बाबु ले बलात्कार गरेको जाहेरी गरिन | पछी जाहेरी फिर्ता गरिन र मिलापत्र भयो | उनि नेपाल गईन र नेपालमा नागरिकतामा जन्म मिति किर्ते गरेको भनि मुद्दा पर्यो फलत उनि अमेरिका आउने समय सकियो | अमेरिका फर्किने उपायको खोजीमा उनलाई अजयको सत्रुले बलात्कारको जाहेरी ब्युँताउने सल्लाह दियो र त्यहि भो | नानी अमेरिका आइन र अब उनि संग पछी सर्ने ठाउँ थिएन | अब दाबी छाडे उनि जेल जानु पर्ने थियो, उनले अजय लाइ नै जेल पठाइन |
यो मुद्दा चलेको योलो काउन्टि मा विभेदपूर्ण रुपमा व्यवहार गरिने तथ्य पनि छन् | यो रोचक मुद्दा थियो र आज पनि ४/५ सय को संख्यामा नेपाली हरु अजय को निर्दोसिता मा विश्वास गर्दै अदालतमा प्रदर्सन गर्छन | यो वेबसाइट हेर्नु होला http://www.advocatesforajay.com/
मन परे हरियो नपरे रातो !
34
8
link पढेर विचार शुन्य भो…. अमेरिकी बसाई को लागि कसैको जीवन सँग खेलबाड गर्ने कस्ती केटि रैछिन् तिनी…. अनि अमेरिकी कानूनका रखवाला हरु पनि कस्ता रैछन् त?…
मन परे हरियो नपरे रातो !
9
4
कुमारजी,
अजय देव सर को बारेमा मैले पनि थोर बहुत अध्ययन गरेको छु| तपाइले दिएको वेब साइत त अजय सरकै मान्छेहरुबाट संचालित छ| त्यसैले यसलाई निस्पक्ष मान्ने आधार म देख्दिन| अजय सरले आफ्नी छोरी (धर्मपुत्री) संग पटक पटक यौन सम्बन्ध राखेको स्वीकार गरेको तथ्य वहाले अदालत मै स्वीकार गरेको हो| धर्मपुत्री र प्राकृतिक छोरीमा फरक म देख्दिन| यस आधारमा भन्ने हो भने अजय सरले आफ्नै छोरीलाइ कामवासनाको शिकार बनाएको छ| बलात्कार गरेको होइन भन्ने वहाको अडान हो| सम्पूर्ण केसलाइ निस्पक्ष अध्ययन गर्ने हो भने वहाको छोरी पनि निक्कै चालु टाइप कै देखिन्छ| तर जे भए नि आफ्नै छोरीलाई संग यौन सम्बन्ध राख्ने व्यक्ति प्रति समबेदना राख्ने आधार म देख्दिन| अदालतले बलात्कार नै गरेको भनेर सजाए दिएको छ, अजय सर होइन भन्छन| त्यसमा तपाइलाइ अजय सर को बढी बिश्वास लाग्दो रैछ, तर म चाही छोरीलाई पनि बाकि नराख्ने पशुको भन्दा अदालतको बढी बिश्वास गर्छु| एक नजर यता पनि दिनुस|
http://www.rexroad.com/?p=402
मन परे हरियो नपरे रातो !
8
3
दिलिप जी
तपैले दिनु भएको लिंक हेरें, धन्यवाद | नेपाली समाजमा यौन कुरा गर्न सकिने बिषय हैन, त्यसो हुँदा अध्यारो को कुरा अनुमान गर्न गारो हुन्छ नै, तपाइलाई पनि त्यसो लाग्नु सोभाविक हो | अदालत लाई विस्वास गर्ने पर्छ तर त्यो नै सधै सत्य हुन्न | अमेरिकाको संघिय सरकारका अनुसार एक लाख चालिस हजार भन्दा बादी अमेरिकन हरु wrongfully convicted भएको कुरा बाहिर ल्याएको छ | innocent प्रोजेक्ट को काम पछि गरिएको सुनुवाईले आजै मात्र पनि जहान मारेको अभियोगमा जेल परेको २५ बर्ष पछि एउटा मानिस निर्दोष रहेको समाचार आएको छ, उक्त मुद्दामा सरकारी वोकिल ले प्रमाण गाएब गराएका थिए | त्यो अजयकै गोरी जहानले चलाएको साइट हो |
१) अजयले अदालतमा कहिले पनि यौन सम्बन्ध रहेको स्वीकारेका छैनन् | त्यो लिंकमा दिएको संबाद करिब १ घण्टा लामो फोन संबाद बाट निकालिएको हो र त्यो अनुबाद सपना (छोरि) ले गरेको को भाषा अनुवादकले गरेको हैन | अगाडी र पछाडी को कुरा उल्लेख नहुदा “नरो वा कुन्जरो वा” को स्तिथिमा संबाद लाइ प्रस्तुत गरिएको छ | बिशेसज्ञले अनुबाद नमिले कुरा अदालतमा छ तर जुरी लाइ त्यो दिइएन |
२) अजयले lie detector टेस्ट गरेका छन् र उनि क्लिन छन् |
३) डाक्टर र सैकोलोजिस्ट को प्रतिबेदनले सपनामा कुनै बलात्कार को संकेत भेटेको छैन |
४) अजयले उनकै श्रीमतीसंग सुतेको बेला बलात्कार गरेको आरोप छ, या त गोरि ब्युझनु पर्थ्यो या त दुवै लाइ मुद्दा लाग्नु पर्थ्यो या त झुट हो | त्यस्तै अजयको अड्डा भन्दा ३/४ घण्टा टाढा को ठाउँमा मोटेल ६ मा बलात्कार भनेको दिन अजय सरकारी अड्डामा काम मा भएको र मोटेल मा कुनै बैंक कार्ड वा नगद मा पनि कोठा लिएको प्रमाण छैन |
४) ५ जना संगै सुतेको ठाउमा पनि बलात्कार भयो भन्ने आरोप छ |
५) २ वटा गर्भ पतन गरिएको छ र अरु लाइ नै पोलिएको छ |
६) त्यो न्यायाधिस र सरकारी वोकिलको टोलीले गरेका कामको बारेमा davisvanguard हेर्नु होला |
७) अजयको क्षेत्र का ३ सहर डेभिस, सेक्रामेंतो,वूडल्याण्ड का नेपाली संग सोध्नुस १ परिवार ( जसले सपना लाइ पुन अमेरिका आउने जुक्ति बताए, उनको अजयको परिवार संग दुस्मनी छ) बाहेक सबै लाइ यो कहानी थाहा छ ले अजयलाई निर्दोष मान्छन | तेताका मानिसहरु पनि सारै स्वाठ त छैनन् |
नेपाल र नेपाली लाइ त्यो सरकारी वोकिलले कति अपमान गरेको थियो त्यो त छदैछ |
मन परे हरियो नपरे रातो !
4
0
कुमारजी:
davisvanguard.org बाट निम्न लिखित सामग्री लिइएको हो| यसलाई पढेर जो कोहिले पनि अजय सर को छोरी संग कस्तो सम्बन्ध थियो भन्न सकिन्छ| बचाउ पक्षको वकिलको अनुबादमा गोलमाल भएको भन्नेद कुरो धमिलो पानीमा माछा मार्नु जस्तो मात्रै हो| “you f..ked me after you turned 18.” लाइ अजय सर ले नेपालीमा भन्नु भएको रैछ र यो कुरा सरकारी वकिल र अजय सरको वकिल को मतैक्य छ| अंग्रेजीमा f..k laai सायद धेरै अर्थ लाग्ने गरि प्रयोग गर्न सकिए पनि नेपालीमा सकिन्न| f..k भन्ने शब्द १८ बर्ष पुगेपछि भन्ने प्रसङ्ग संगै सुनिनु र consent भन्ने शब्द पनि यहि प्रयोग हुनुले खासमा भाको के थियो भन्ने कुरो थाहा पाउन ज्युरीलाइ गाह्रो नपरेको जस्तो देखिन्छ| अब अजय सरको छोरी पनि दूधका धुला चाही अवस्य होइन| निक्कै चालु टाइप कै हुन् उनी| तर गर्डियनको हैसियतमा बसेको “daddy” ले यस्तो नैतिक पतन काम गर्नुले नै वहाको पतन भएको हो| अब धेरै जस्तो अपराधीको नजिकको मान्छेले तिनीहरुलाई निर्दोष नै भन्छन र कानुनि संरचनाले गल्ति गर्दैन भन्ने पनि होइन| तर अजय सरको केसमा त्यो भएको जस्तो लाग्दैन| ३०० बर्ष भन्दा बढी जेल सजाए दिनु सायद चाहिने भन्दा बढी हो, यो कुरामा बिबाद गर्न सकिन्छ जस्तो लाग्छ|
The critical evidence that convicted Mr. Dev was a phone conversation, recorded by Detective Mark Hermann. After the trial, one juror blogged in the Daily Democrat, “Yes, her testimony was difficult to swallow. If for her testimony alone, he would be a free man.”
Other jurors made it clear that it was the pretext phone call that decided his guilt or innocence.
The DA posted this portion of the transcript:
>>>Defendant: I have been telling you from the very beginning that my life will be gone but how about your life, your life will be gone, how can you save your life, just tell me.
Victim: How is my life re . . ruining daddy?
Defendant: Because you have [expletive for sex] me after 18 years of your age.
Victim: Ok, so?
Defendant: That means you have given me consent.
Victim: No, I have not given any consent to you.<<<
The DA went on to explain, "This part of the translation of the phone call was agreed upon as correct by both the victim and the defense hired expert translator."
According to the family, in a response to Mr. Rexroad's post, "As for the "you fu…d me…" exchange from the pretext call – Ajay was not speaking English. He was speaking Nepali. The prosecutor and the defense attorney did agree that the word "Fu…d" was used. However, and most importantly, they did not agree on the meaning or context in which that word was spoken."
It has been the contention of the family that that segment has been mistranslated and also taken out of context. It was actually a hypothetical posed by Mr. Dev.
http://davisvanguard.org/index.php?option=com_content&view=article&id=4534:district-attorney-and-supervisor-rexroad-respond-to-ajay-devs-supporters&catid=74:court-watch&Itemid=100
मन परे हरियो नपरे रातो !
0
0
राम्रो कुरो उठौनुभो उमेश जी, बिष्ट दिदि लाइ छार्तिपुर्ती दिलाउनाइ पर्छ.
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
82
21
हाम्रा एक से एक घघडान अम्रिकाने माईसंसारे साथीहरुले वर्षा गर्ने भए कमेन्ट को अब !!! कानुनको फेहरिस्तनै तेर्साउनेपो हुन् कि !!! जे होस् यी दिदीलाई अन्याय भएको रहेछ भने उचित क्षतिपूर्ति मिलोस, क्षतिपुर्तिको लागि कहिले पनि अबेर भएको हुदैन !! जदौ !!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
52
10
I can fight justice for her , if this is true its very shame for us because i have donate to him twice to make first nepali congressman.
when he came taxes wow.. its pain full to us when we heard that……..why we should lost our every penny for darshan.
darshan pls listen this usa its not nepal keep in mind you should answer at court & have pay ….
pls pls if anyone give to me her contact no even my sansar team i have american & nepali lawyer we can file the case at court & give her justice against DARSHN ….PLS help her & stop to her use by darshan……………..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
8
यिनी पनि नेपाली राजनीतिज्ञ भन्दा कम रहेनाचन …………..
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
89
2
जती ठुला मान्छे उती धेरै डकैती,
जती धेरै समाजसेवी उती घिनलाग्दा खेल,
जती धेरै नेता उती धेरै घात अन्तर्घात
यो सबैमा माहिर नेपाली हो हाम्रो जात /
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
89
4
दाल मा केइ कालो छ है !
दर्सन ब्रो ले reply दिनुपर्यो अब छिट्टो
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
83
9