मेरो Tweet

  • ट्विटर चलाउन थालेको ५ वर्ष भएछ “@TwBirthday: @salokya Happy 5th TwBirthday! You've been around since 18 May 2008! t.co/g06hHNWOkh
  • २४ घण्टा नाघिसक्यो तर एकनासले टाउको दुख्यादुख्यै :(
  • RT @surajshakya: Thamel after fire, books of 'pilgrims' still buring t.co/3OhPyOPWlO

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

प्रचण्डको नजरमा विपक्षी ‘लिडर’ को ?

भंग भइसकेको संविधान सभाको निर्वाचनले सबैभन्दा ठूलो दलको रुपमा ल्याएको एमाओवादीका अध्यक्ष प्रचण्डले विपक्षी नेता कसलाई मान्दा रहेछन् ?
कांग्रेस सभापति सुशील कोइराला ?
एमाले अध्यक्ष झलनाथ खनाल ?
कांग्रेस नेताहरु रामचन्द्र पौडेल वा शेरबहादुर देउवा ?
एमाले नेताहरु माधव नेपाल वा केपी ओली ?
अहँ। तपाईँ अचम्म हुनुभयो होला। विपक्षी नेताहरु यिनै त हुन् नि। विपक्षी पार्टीका प्रमुख नेताहरुलाई विपक्षीहरु अघि बढ्ने रणनीति बनाउने मान्छे नमान्ने हो भने अर्को को छ त प्रचण्डको नजरमा ? माओवादीको मुखपत्रमा प्रचण्डले प्रचार प्रसार राज्य समितिको बैठकमा गरेको सम्बोधन भनेर लामो फेहरिस्त छापेको छ। त्यसमा विपक्षीहरुको ‘लिडर’ भन्दै फरक व्यक्तिको नाम लिइएको छ।

त्यसमा भनिएको छ-

उनले आफ्नो त्यो सम्बोधनमा शान्ति प्रक्रिया र लडाकुलाई क्यान्टोन्मेन्टमा लगेर राखिसकेपछि लडाइँको मोर्चा बदलिएर कलमको मोर्चा वा प्रचारको मोर्चा प्रमुख भएको बताएका छन्। अर्थात् उनीहरुले अब मुख्य मोर्चा प्रोपोगान्डालाई बनाउँदैछन् भन्ने प्रष्टै छ।

उनले भनेका छन् उनीहरु जसरी योजनावद्ध र मेहनतका साथ लागे हामी लाग्न सकेनौँ। प्रचण्डले प्रचारकै कारण आफूहरु हार्नसक्ने चिन्ता पनि व्यक्त गरेका छन‌्-

बाहिर बाहिर महाधिवेशनपछि चुनावी सरकारको नेतृत्वका स्वतन्त्र व्यक्तिलाई दिने गरी सहमतिको नयाँ सूत्र भेटिने भनी प्रचार गरिए पनि भित्री कुरा अर्कै देखिएको छ। बाहिर माओवादीले कांग्रेस एमालेले पनि अस्वीकार गर्न नसक्ने सहमतिको सूत्र प्रस्तुत गर्ने भनिएको छ। तर आफ्ना प्रचार कार्यकर्ताहरुसामु भने उनले भनेका छन्- चुनावमा पनि सहमति बन्छ भन्ने देखिएको छैन। त्यसैले महाधिवेशनपछि पनि यो राजनीतिक अन्यौल हल हुनेमा शंकै छ। माओवादीहरु मोर्चा बदलिएको ‘युद्ध’ मै रहेको उनको भनाईले प्रष्ट पार्छ। पूर्ण रुपमा ‘सत्ताकब्जा’ नै यो युद्धको उद्देश्य हुनुपर्छ। उनले त्यहाँ गरेका कुराहरुबारे विस्तृत यहाँ छ।

36 comments to प्रचण्डको नजरमा विपक्षी ‘लिडर’ को ?

  • प्रवेश

    तपाइलाई थाहा होला अर्थशास्त्र अदम स्मिथ को भनाइ लाई रबिन्स ले परिभाषा बिस्लेशन गरेको छ कि” अर्थशास्त्र धन को बिज्ञान होइन भनेको छ ” यसले गर्दा “कम्निस्ट नाम ले मात्र हो तर यो एक दिन लोप हुछ यसमा मेरो भनाइ हो “

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

  • Nayandra

    हाहाहा रमाइलै भयो कनक मणी जस्तो राष्ट्रघाती मान्छेलाइ सर महासय भन्ने मान्छे पनि रहेछ यो दुनियामा…………आज खाना नखाइ सुतिन्छ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 8

  • माओबादीको केहि खेताला हरुको कमेन्ट हेर्दा लाग्छ म Facebook मा चुटकिला पढ्दैछु ! होइन यी भरौटे हरुको चाहना चाही के हो खासमा ? के कनकमणि सर पनि मुक्ति प्रधान जस्तै माओबादिको टट्टू बन्नु पर्ने हो? के कोहि पनि आफ्नो सिद्दान्त र अडानमा अडिग रहेर माओबादी भन्दा भिन्न बस्नै नपाउने हो अबको नेपालमा ?? को हो माओबादी ?? जसको बिरोधमा जनताले केहि लेख्नै नपाउने ? मेरो प्रश्न माओबादीका लठैत हरुलाइ ??

    जय नेपाल !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 17

  • Nakul Gautam

    समस्या हो शत्रु!
    बिधिको बिधान हो मित्र!

    अनी यस्लाई पारीपालन गर्ने जोसुकै नेता पनि पक्ष/कार्यरत नेता!
    जो पालन गर्दैन त्यो बिपक्षनेता!

    कती सामान्य छ लिडरशिप तर यहाँ Sheep को Leader बन्दैछन धिक्कारीहरु।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Ang sherpa

    माओवादीहरु लाई देसको विकास चाहिएको होभने जनताको मुखमा ,माछा ,हल्नुपर्दैन
    बरु जनतालाई आफै माछा मारी खान सिकाऊ l र पार्टी को नाम पनि बिदेसी प्रबु किन टास्नु पर्यो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 3

  • cRIS

    बास्तवमा देशलाई लुछ्ने, बेच्ने र पर्दा पछाडीबाट खाल्टोमा जाक्नेहरु, तिनै डलर खेति चलाउनेहरु नै हुन्| अब पुच्छर देखाएर लुक्नु पर्दैन| यो चलनलाई पनि काठमान्डूको सडक फराकिलो पार्दा ज्याद्रो खम्बाहरुलाई सोहोरे जसरी, सफा गरिनु पर्दछ| अरुमा त मा ह्याकुला देख्दिन…|

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 37

    • mahesh

      कनकमणि माओबादी को होइन देश कै शत्रु हो किनभने बान कि मुन लुम्बिनी आउँ खोज्दा तेस्लाई बिथोल्न न्वारन देखि को बल लगाउने यही मदन शमशेर को हुक्के हो. येदि वान कि मून आएको भए ‘ बुद्द भारत मा जन्मेको भन्ने ” भारतीय दावी एक झोक्का मा पानि को फोका जस्तो फुट्ने थियो. तेसैले यो डलर मणि मात्र होइन भारु मणि पनि रहेछ भन्ने प्रमाणित भएको छ.

      मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 26

      • Prakash Sharma

        ए हजुर हिजो लडाई लडेको बखत माओबादी को गूण गान गएर लेख हरु लेख्दा सम्म कनकमणि हरु हीरो भएका थिए कामरेड हरुलाई , डलर ल्याउने बिदेशी संग चीनजान गरिदिदा सम्म हाई हाइ नई थिए , आज जब कामरेड हरुको असली अनुहार देखेर हिजो को गल्ती को पछुतो मनाउन थाले तब बल्ल कामरेड र आशे पाशे हरुलाई खान नपाइने भैयो कि भनेर पीर परेको छ हई…अजब देश को गजब चाला माओबादी का बिरोधि सबै दुश्मन भै जाला…

        मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 5

    • bikka rana magar

      डलर खेति भनेको के हो? Maobadi का अनपढ भूत हरुले लाउने यो आरोप को पुस्टि गर्नु पर्छ . चोर ले आफुलाई बचौना चोरको भीडमा पसेर झन् ठुलो आवाज ले चोर भनेर कराए जस्तै लुटेरा (अग्नि सकोता) भ्रस्ट (तोप बहादुर), आफ्नै लडाकु को अरबौ रुपया कुम्ल्याउने (प्रचंडे बाबुराम), देशका सार्वजनिक संस्थान हरुमा ससुराली भर्तीकेन्द्र बनउने (बाबुराम, हिसिला), लुटेको पैसा ले टावर ठड्याउने (मुक्ति टावर, कृष्ण टावर महरा, प्रचंदेद) हरु नै वास्तविक डलर खेति का नाईके हुन्. यिनकै पहिलो सफाया हुनुपर्छ.

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 61 Thumb down 19

  • Aakar Bhushan Nepali

    “यो मान्छेको बोलीको टुंगो छैन” भन्ने पनि हामी !
    उसकै पछि लागेर उसको कुरा नसुनी नछोड्ने पनि हामी !
    लौउ भनौउ साथी हो, उ र हामी को दामी ?

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 15

  • bikka rana magar

    इंडिया लाई प्रधान शत्रु भन्न सकिएन. हिम्मत रहेन. उसैको छाक चाट्न जनुपरो. जयन्त ले फेरी हप्कौला भन्ने डर. त्यसैले त्यो प्रधान शत्रु चाही अब कनक मणि लाई किटान गरेर जानु पर्छ. अथवा डेकेन्द्र थापा लै भए पनि गर्नु पर्छ. फेरी कनक मणि लाई केहि भयो भने हेग मा मुद्दा खेप्नु पर्ने पनि हुन सक्छ. चोर प्रचंडे. तेरो दस्ताबेज त कुकुरो पिंध जति पनि छैन. लाज नभएको डाका.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 92 Thumb down 28

  • bikka rana magar

    अब एमोबदी को प्रधान शत्रु कनक मणि हुने भए. बिचार माओबादी हरु. कनक ले त बिरासत मा सम्पति पाए. तर उनको आरिस गर्ने माओबादी नेता ले त लुटेरा, चोरेर, ठगेर, घूस खाएर सम्पति जोडेको न हो. प्रचण्डको घरको नै कुरा गरौ. बीस वर्ष अघि नेपालको सर सम्पति बेचेर अमेरिका मा बस्ने कान नसुन्ने ६५ बर्सको शिशु अर्याल लाई अहिले आएर यो बुदेस्कलमा प्रचडले डेरा खोजेको बेलैमा १५ करोड को घर किन्नुपर्ने अवस्था कसरि आयो? कुरो प्रस्ट छ सुमार्गी कि जेठी सासू उनलाई नक्कली मालिक बनेर त्यो घर लुटेको पैसा ले किनिएको हो. नक्कली जग्गाधनी बनेयेरा जमीन जोड्ने त नेपाल कादलाल हरु को पुरानै पेस हो. यति पनिनबुझ्ने माओबादी लाउके हरु यो देश का कलङ्क त हुदै हुन्, लुटेरा को मतियार पनि हुन्.

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 60 Thumb down 23

  • Manoj Karki

    पहिले रुक्मांगत-फोबिया थियो | अहिले कनकमणि-फोबिया भएछ यो क्षण क्षणमै बोलि फेर्ने सनक मणि उर्फ माउवादीको माउलाई | माउको मस्ती छ भने बच्चाका बिचल्ली भाको छ | आक्रोश साम्य पार्न माउलाई धौ धौ | रुन्चे बच्चालाई आमाले ‘नरु बाबु गुजीले खान्छ’ भने जस्तै लाग्यो मलाई त यो प्रसंग |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 17

  • bhupen

    नेपालको इतिहासमा पछिल्लो दसकलाई हेर्दा देशलाई दिशानिर्देश गर्ने र एउटा सम्माननीय व्यक्ति (वि.पी. कोइराला सरह) बन्न सक्ने सबै भन्दा ठुलो मौका पाएको व्यक्ति प्रचण्ड हुन् ,,,तर अहिलेको अवस्थालाई हेर्दा त्यो अवसरलाई उनि आफैले लत्याएको देखिन्छ र कतै देशलाई ओझेलमा पारेर एक कलंग्क बन्नेत हैन भन्ने तर्फ़ उनि मोडिएका छन् …
    पिरोले खानामा स्वाद बढौछ भन्दैमा सबै खानामा पिरो हाल्नु उचित हुदैन त्योत परिकारमा फरक पर्छ….त्यस्तै प्रचण्डजीले आफ्नो जनयुदकालिन स्वभाब र शैली सबै अवस्थामा उचित हुन्छ भन्ने सम्झनु गलत हो र त्यो साबित भैसकेको छ…. मिचेर अगाडी बढ्नु र मिलेर अगाडी बढ्नुमा धेरै अन्तर छ र त्यसको परिणाम पनि फरक हुन्छ…. त्यस कारण प्रचण्ड जी ले अवस्थालाई हेरेर आफ्नो स्वभाब र शैलीलाई परिवर्तन गर्नु पर्यो…..खाली बोलीलाई मात्र परिवर्तन गर्नु भएन ….

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 58 Thumb down 8

  • Mohan Khadka

    देबत्वकरण भयको व्यक्तिलाइ राक्षसी राजका सरदार भन्दै हाल गद्दार भन्न थलिएको छ,देबत्व र राक्षसी प्रवृति एकै व्यक्तिमा कसरि विद्यमान भयो ,यहाँ निर हामी अलि तठस्थ छैनौ जस्तो लाग्छ …

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 12

  • बिस्वाश

    श्री ८ (३ + ५) बडा भन्दा पनि महा बडा महाराजा धिराज प्रचण्ड !!!!
    यसैलाई “गाई मारी गधा पोसेको” भन्छन क्यारे !!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 104 Thumb down 16

  • raj kunwar LONDON

    प्रचण्ड को बोलीमा कुनै तुक छैन , आज कसैलाई महान सत्रु भन्छन भने भोलि उसैलाई महान मित्र हो भन्छन , आज कसैलाई गद्दार हो भन्छन., भोलि उसैलाई महान सरदार हो भन्छन , येस्ता नेता को कमेन्ट गर्नु भने को आफु ले आफैलाई पागल बनाउनु हो ,
    यिन को कमेन्ट भनेको …………..
    न त यिन को कुनै ज्ञान छ ……….
    हात्तिको जस्तो ज्यान छ ………..
    न त कुनै यिन को भर छ
    मात्र अरबऑ को घर छ ……….
    सबैलाई जानकारी भया…………………………

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 97 Thumb down 17

  • Shearshan

    भने पछि प्रचण्डको पार्टी ले एउटा कनकमणि पत्रकार का बिरुध्हा सुरुङ्ग युध्ह गर्नु पर्यो !ठुलो भन्ने पार्टी को दशा !!हैतारिका !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 83 Thumb down 13

  • bhuwan

    रंगमंच मा अर्को नाटक! मैले पिटेजस्तो गर्छु तँ रोए जस्तो गर| सब मिलेका छन्| कैले शत्रु बन्छन कैले मित्र, यी त प्रहसन का कलाकार हुन्| नाटकको अन्त्य, मुर्ख जनता र ५ तारे होटेलको भोज!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 62 Thumb down 6

  • Ananda

    नाच्न आउदैन आगन टेड़ो भनेको येही हो …..कमिसन नखाइकन पोखरा विमानस्थल बनाएर देखयिदिनुस न, कमिसन नखाइकन पश्चिम-सेती प्रोजेक्ट बनाएर देखयिदिनुस न , तब नेपाली जनताले मान्ने छन् कि तपाईहरु खायोबादी हैन सच्चा नेता हुनुहुन्छ भनेर …..देश बिकाश गर्न पनि येति सारो नौटंकी गर्ने पर्छ र ????

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 69 Thumb down 9

  • Nayan

    हिमाल मेडिया र बिशेष गरेर कनक मणि दीक्षितको प्रचण्ड बाबुराम र माओवादी संगको बैरभाव, सिङ्ग जुझाई र कटाक्षे कुनै सिद्धान्त र लोकतन्त्र र स्वतन्त्रताको निम्ति नभएर दुवै तर्फवाट नीजी स्वार्थका लागि हुन् जस्तो लाग्छ|

    माओवादीले हिमाल मेडियामा भौतिक हमला गरेपछि र बाटो फराकिलो पारने योजनामा हिमाल मेडियाले वा दीक्षित सरहरुले चेपेका जग्गा छोड्न पर्ने अडान माओवादी सरकारले देखाए पछि शत्रुताले चरम सीमा लिएको हुनसक्छ| नेपाली कांग्रेस र एमालेले पनि कनक सरलाई नै गुरु थाप्दै माओवादीको खैरो खन्न प्रत्यक्ष सहयोग र उत्प्रेरित गराएको लान्छना लाएको सुन्नमा आएको छ|
    त् यसमा दोषी को? संधै नीजी स्वार्थमा डुबेर देशलाई पनि डुबाउने पत्रु राजनीति गर्नेहरु कि बिश्वको सामु आफुलाई लोकतन्त्र, स्वतन्त्रता र उदारताको हावी दिने पत्रकार? आफैं बुझ्नुस|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 75 Thumb down 15

    • bikka rana magar

      दीक्षित हरुले कहाँ को जग्गा च्यापे र छोडेनन्? त्यो प्रस्ट पार्नुस वा ढाँट को खेति नगर्नुस.

      मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 8

  • Sudip Sharma

    नेपाली जनताको भेडो प्रवृति यहाँ कमेन्ट मा पनि प्रस्ट देखिन्छ…कहिले देबत्व करण गर्ने अनि कहिले राक्ष्यसी करण गर्ने ..सवाल प्रचण्ड को मात्र हैन ..

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 9

  • सत्ता कब्जाको लागि माओबादीको नाटक ……चुनाब प्रति चासो छैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 22

  • द्रोण

    नेपाल मा अब प्रचण्ड ,बाबुराम (बौद्दिक ब्यक्तीत्त्व लाइ पन्छाएर ),एमाले ,कांग्रेस,रा प्रपा जति सबै बाहुन छेत्रीको प्रतिनिधित्त्व गर्ने |
    जान जाति ,मधेसी को कुनै लोक प्रिय नेता न निस्के सम्म को लागि केहि समय यिनले हल्ला गर्छन | अहिले नेपाल को निर्णायक शक्ति (लुकेको ) पश्चिमी रास्त्रहरु (अझै बेलायत !!!!)रहेछ |
    यिनीहरुले २५० को राजतन्त्र लाइ पाखा लगायो ,यिनकै जोड मा धरम निर्पेक्ष्य भयो ,
    यिनीहरु ग्रिह युद्द को सुरवात को लागि बडो सतर्कता को साथ् लागि परेको छ |नेपाल लाइ झिल्को को रुप मा प्रयोग गरेर भारत र चीन लाइ डढाउने प्रयत्न मा उनीहरु र अमेरिकी समेत छन् |
    अब कुरा गरौ भारत को :
    ()()()()()()()()()()()()()
    भारत आफैमा अनियात्न्त्रित जनसंख्या बोकेको ,अस्थिर नीति भएको ,भ्रास्ताचार मा डुबेको कागज को बाघ मात्र रहेछ नेपालि र बिस्वको लागि |त्यो बाघ देखाएर नेपाल मै पनि कम्निस्ट नेताहरुले बिगत मा नेपाली तर्सायो र काठमान्डू मा महल खडा गर्यो (??)
    किन
    १) ७ प्रतिसत आर्थिक ब्रिद्दि दर,ठुलो प्रजातान्त्रिक देश को ध्वास दिएपनि के छ त् इन्डिया मा ?
    —–धनि र गरिब को बिसाल खाडल
    —–एक राज्य को मान्छे आर्को राज्य मा जागिर पाउन धेरै गारो छ ,एक राज्य को मान्छे आर्को राज्यको लाइ सत्रुबत ब्यबहार ,गर्छ |गुजराती हरु ,बम्बैया हरु रेसिजम पनि गर्छ ,बिहारी र यु पो लाइ चोर ,डाका को ब्यबाहार गर्छ |
    —–१० प्रतिसत मुसलमान भनिन्छ ,तर अधिकांस मुसलमान भारत कम ,पाकिस्तान लाइ आफ्नो घर सम्झिन्छ ,बिस्तारै २०-३० बर्स मा पाकिस्तान -२ टुक्रिने धेरै सम्भाबना छ |
    १०-१२ जना मुसलमान आतंकबादी समुद्र को बाटो आयो ,बम्बै को ,दिल्ली को मेन होटेल मा दिन दहादे २-३ दिन सम्म तेत्रो आतंक मचायो इन्डिया को अर्थतन्त्र लाइ समेत ठुलो धक्का दियो ,सी यन यन ले बकाइदा पाकिस्तान बाट कन्ट्रोल भएको प्रमाण सहित देखायो ?के गर्न सक्यो इन्डिया ले ??
    हालै एउटा इन्डियन सैनिक को टाउको काटेर इन्डिया पठायो ,पछि त्यो काट्ने मान्छेलाई पाकिस्तान आर्मी को प्रमुख ले ५ लाख नगद पुरस्कार दियो |
    तेही बेला इन्डिया दिल्ली रेप काण्ड मा यति व्यस्त थियो कि त्यो कुराअलि छाया मा पर्यो |
    हल्ला को अझ अब आएर केटि रेप काण्ड गर्ने लाइ मृत्यु दण्ड को कानुन समेत पास गर्यो |(यो केटि रेप गर्ने निस्चय जघन्य अपराध हो तर मृत्यु दण्ड नै दिने ब्यबस्था बिस्व मा कहिँ छैन ,मुसलमान को सरियल ल को कुरा छोडौ )
    सारांस मा नेपाल को अस्वाभाविक हल्ला ,खाला र परिस्थिको जो प्रमुख जिम्बेबार हिजो सम्म भारत र बिसेस ”र” भन्ने जस्तो लाग्थ्यो ,तर ”र” ले तेती योग्यता हासिल न गरिसकेको आभास मिल्छ ,नेपालि राजनीतिग्य हरु ले भारत को नाउ लिएर आफ्नो दुनो
    सोज्याएको मात्र प्रस्ट हुन्छ |नेपाल को मेन खेलाडी फिरन्ते हरु (पृथ्बी नारायण को भासा )नै देखियो |
    यहा का झिंगा नेताको के कुरा गर्ने आज छ भोलि छैन ?सडक मा मर्ने हो कि ढल मा ठेगान छैन ,इज्जत पनि आज छ भोलि छैन ,यिनले पाएसम्म सक्दो कमाउने हुन् |
    नेपाल मा पृथ्बी नारायण ,जंग बहादुर जस्तै आटिलो नेता चाहिन्छ |बाबुराम र प्रचण्ड लाइ दोस दिनु हुन्न,बिचरा जातैले दिदैंन |

    मन परे हरियो नपरे रातो ! Thumb up 36 Thumb down 37

  • Hari Rokka

    I wish Comrade Prachanda understood the true communist/Marxist spirit and did not worship the corrupted images of Stalin. Communism’s strength is is what it represents (people) and not so much who it’s main enemy is. Sure, the bourgeois class/ feudal hangover/ urban elites is a must for there to be a true people’s revolution but to define the people/proletariat only by who it is fighting against and not what it is fighting for is utterly tragic. Comrade Prachanda, the new democracy would be more successful if you could provide the work, and the means to work (how is an urban proletariat to ever function when it is crippled by loadshedding 14 hours during the day?). Kanak Mani and his Rupert Murdoch styled media can only do as much damage. It’s utter lack-of-idea about the plight of the majority of wage-less and wage-labourers is itself their downfall. You should no better since it was not through the power struggle that you ultimately got the power that has blinded you, but through bourgeois, democratic process, a supposedly playground of the likes of “DollarMoneyDeepShit”(xyz).

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 6

  • Laxman Gurung

    कुनै जमानामा २ माना चामल लाई झोल बनाएर २०० जना लडाकु भनौदा हरु ले खाएको भन्ने हरु अहिले करोडौ को घर मा बसेर लाखौ को गाडी चद्छां एस्ता हरु को पराजय हुनु भने को कुनै नौलो कुरो होइन र पराजय हुन पनि जरुरि छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 126 Thumb down 11

  • Nabin Adhikari

    चिन र रुष का मात्र हैन सारा संसार बाट कमुनिस्ट हरु सिद्दीदैछन् ! आब पालो नेपालका यी कमुनिस्टको नाम मा कलङ्कहरु को!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 99 Thumb down 17

  • Nabin Bhai(बुकुने)

    प्रचण्ड गतिलो मान्छे होइन ! तर कनक मणि दिक्चित झन् खत्तम हो !

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 57 Thumb down 33

  • kedar

    अब अझै एउटा ठुलो चरम मुठभेडको अन्त्य नभई देखिईरहेको समस्या समाधान हुने छाँट छैन /

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 4

  • balaraam

    डलर मणि नै हो जहिले नि भाड भैलो ल्याउने !

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 43 Thumb down 46

  • Aakash Regmi

    जनता ढटुवा प्रचण्ड भनेर बिपक्षी ले त्यसै भनेका त होइनन भन्ने कुरा यहाँ बाट पनि प्रस्ट हुन्छ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 118 Thumb down 24

  • कमल थापा(साउदी अरब)

    (४५-४६)धेरै बुधें माग राखेर दश वर्स बिद्रोह गर्ने पार्टीले, आफूले दुई-दुई पटक राज्यको प्रधानमन्त्री हुँदा के कति काम गर्यो? सत्य कुरा यही हो, काम नै भएन भने जो कसैको विज्ञापन हुन सक्दैन/ र पहिले भए गरेका/ गरिएका सम्झनाहरु हराउदै जान्छन्/ र वस्तु लोप हुदै जान्छ/

    यी कुरा गर्दै गर्दा अरु सबै राम्रो तर प्रचण्ड नराम्रो, मेरो मुल्यांकन होइन/ तर जब आफ्नै पाखामा नयाँ पालुवाको आस गर्दै आगो झोस्दा पहिले रोपिएका नर्सरी नै सखाप भए भने त्यो काम भुलेर पनि कसैले गर्न चाहादैन/

    त्याग, समर्पण सहित देश र जनताको नेता हुन नसकेपछि, सबै लाछी र कातर भएर जो कसैलाई गालि गर्दै हिड्छन्/ नेपालमा जनताले नेताको छनोट र नेताले जनताको नेता हुन सकेनन्/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 65 Thumb down 6

  • Sisir

    होइन अहिले पनि नेपाली जनताले (उनका पार्टी क्याडर होइन ) यी फटाहा , दस जिब्रे, धुर्त , ज्यानमाराका नाइके , महा विलासी नब महाराज प्रचण्डको कुरा पत्यौछन ??
    यो कस्तो राजनीतिक दर्शन हो जहाँ कसै न कसैलाई दुस्मन बनाउनै पर्ने ? अरुको कुरा चित्त नबुझे तथ्य र तर्कले सामना गर्नु पर्छ .. दिक्षितको कुरा चित्त नबुझे तर्कले सामना गरन, काएरले जस्तो किन अरुलाई भड्काउने .. उनको मिडिया हौस तोडफोड गर्ने , महिनौ बन्द गराउने , आफ्ना भरौटे मार्फत राष्ट्र र जनताका दुश्मन जस्ता आरोप सहितको लेख लेख्न लगाउने ? कुनै राष्ट्रिय इस्तरको नेतामा हुने गुड यिनै हो … तपाइको पार्टीको आफ्नै भरमार मिडिया हरु छन् तेस्को प्रयोग त व्यापक नै गर्नु भैरहे कै छ , रुन्चे पारा किन ?
    रह्यो प्रोपोगान्दा कुरा महामहिम प्रचण्ड भन्दा ठुला ग्वेबल्स को होला र यो देशमा ??

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 87 Thumb down 16

  • Raj Maharshi (राज महर्षि )

    कुन कुन देशको कम्निष्ठ कसरि बिग्रे भन्ने कारण बताउन ट्याउँ-ट्याउँ कराउनु अघि इतिहास राम्ररी अध्ययन गर्न जरुरी छ ; सिद्दान्त र आदर्शको भीरबाट खसेर पैसामुखी ,पदमुखी र सत्तामुखी भएकाले नेपालका कम्निष्ठहरु सकिएका हुन् ( सकिने खतराको त कुरै छैन ) ! उनीहरु जनमुखी बन्न सकेनन ; जनयुद्ध धोका भयो !
    “मान्छे मार्दैनम, घुस खाँदैनम, चन्दा लुट्ददैनम; दरबारी सुख-सयल चाहिदैन, निस्वार्थ जनता र देशको सेवा गर्छ्म ..” भनेर कुनै एकजना कम्निष्टले देशको माटो छोएर किरिया खाएको देख्नु भा’को छ ? सुन्नु भा’को छ ?
    कनकमणिलाइ निकै “हिट” बनाएछ प्रचण्ड कमरेडले, कति मुल्यमा हो कुन्नि ?
    जिउँदामध्येमा कनकमणि , जिउदै मारिएकामा डेकेन्द्र होलान् प्रचण्ड कमरेडको नजरमा विपक्षीको लिडर !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 97 Thumb down 14

  • xyz

    I have no respect for Prachanda but glad to see the name of Mr. Dollar Money Deep Shit mentioned in Prachanda’s document.

    मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 19

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker