मेरो Tweet

  • जापानमा १५ वर्ष जेल बसेका गोविन्दप्रसाद मैनालीको यो कुरा धेरैलाई थाहा थिएन, अब उनैको मुखबाट निस्केको छ t.co/9kzmwKXaxf via @mysansar
  • RT @RajeshGurung2: गोलढुंगा र धर्मस्थलीको सीमाबाट मलखाल्डोमा लुकाइराखेको एसएलआर, थ्री नट थ्री, म्यागनम, इफल आदिमा प्रयोग हुने ३ सय २ राउण्ड…
  • Wow~ Flickr ले त क्रान्ति नै गर्‍यो नि 1 TB स्पेस फ्रि दिएर। अब फूल रेजोल्युसनको फोटो ढुक्कैसँग अपलोड गरिन्छ t.co/w0hYADkpOb

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

दिवंगत पत्रकारलाई ‘क्रियाशील’ पत्रकारिता पुरस्कार

माओवादीले जिउँदै गाडेका दैलेखका पत्रकार डेकेन्द्रराज थापा अहिले चर्चामा छन्। प्रायश्चित गर्न चाहन्छु भन्नेलाई पनि क्यास र ड्यास दुवै माओवादीदेखि प्रधानमन्त्री र महान्यायाधिवक्तासम्मले बचाउन चाहेर नाङ्गिएको संसारले देखेकै हो। यही कारण दैलेखमा भएको तनाव तपाईँ हामीहरुलाई थाहा नै छ। सामान्यतया मानिस मृत्युपछि सम्झनामा मात्र रहन्छ। तर डेकेन्द्रको मृत्युपछि पनि देशको राजनीतिक घटनाक्रमलाई नै क्रियाशील बनाइराखेकोले पो हो कि, उनले मरणोपरान्त ‘क्रियाशील पत्रकारिता’ पुरस्कार पाएका छन्। उनलाई क्रियाशील पत्रकारिता पुरस्कार दिने घोषणा भर्खरै भएको हो। दिने संस्थाको नाम हो प्रेस चौतारी, नेपाल।


नामैले धेरैलाई थाहा नहुन सक्छ। तर वास्तवमा पत्रकारहरुको यो संस्था एमालेको झण्डा बोक्ने पत्रकारहरुको संस्था हो। त्यसैगरी कांग्रेसको झण्डा बोक्ने पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन हो। माओवादीको झण्डा बोक्ने पत्रकारहरुको संस्थाको नाम भने क्रान्तिकारी पत्रकार महासंघ हो। नेपाल पत्रकार महासंघ चाहिँ यी सबै पत्रकारहरुको छाता पत्रकार संस्था हो। यसमा भने झण्डा नबोक्ने पत्रकारहरु पनि सदस्य हुन्छन्। तर पदको लागि हुने निर्वाचनमा भने दलीय गठबन्धन नै हुन्छ। पछिल्लो पटक एमाले र माओवादीको गठबन्धनले अधिकांश पद जितेको थियो।

स्वर्गीय पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय चाहिँ पत्रकार महासंघका उपाध्यक्ष समेत रहेकी यशोदा तिम्सिना पनि रहेको सिफारिश समितिले गरेको हो।

अझ अनौठो कुरा त के छ भने, जसको नाममा यो क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरिएको छ, वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार-उनको हत्या डेकेन्द्रराज थापाभन्दा पछि भएको हो।

वीरेन्द्र साहको हत्या २०६४ सालमा भएको हो। डेकेन्द्रको हत्या भने २०६१ सालमै भएको हो। आफूभन्दा तीन वर्षपछि मारिएका पत्रकारको नाममा डेकेन्द्रले भर्खरै क्रियाशील पत्रकारिता पुरस्कार पाएका हुन्। मारिएको चार वर्षपछि २०६५ सालमा पत्रकार महासंघको सक्रियतामा उत्खनन् गरेर उनको शव फेला पारिएको थियो। त्यतिबेला कसैले उनलाई पत्रकारिता पुरस्कार दिनुपर्ने सोच्न भ्याएका थिएनन्। मृत्युको आठ वर्षपछि आफूभन्दा पछि मारिएका व्यक्तिको नाममा राखिएको क्रियाशील पत्रकारिता पुरस्कार डेकेन्द्रलाई दिनु सम्मान हो कि अपमान ? कि यो राजनीति पो हो ? छुट्याउने जिम्मा तपाईँहरुकै।

24 comments to दिवंगत पत्रकारलाई ‘क्रियाशील’ पत्रकारिता पुरस्कार

  • aditi

    ति पत्रकार नै होइनन एमालेका कार्यकर्ता………..

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 4

  • Aayush

    झोले हरु को संगठन ले जानेको त्यहि त हो …………पुरस्कार दिनु नराम्रो होइन तर कस्तो पुरस्कार कसलाई दिने त्यो छुट्याउन सक्नु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 4

  • कृष्ण

    एमालेको जहिले पनि sympathy र घटिया राजनिती। यसले जानेको यती हो

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 6

  • saroj

    हैन बाब्बा कत्रो हंगामा मचाएको हो यो डेकेन्द्रको हत्या काण्डमा | घटना गम्बिर हो तर राजनीति धेरै भयो यो माथि | आठ वर्ष भयो कसैले केहि भन्यो ? आज आएर किन येत्रो नि ? हाम्रो नेपालमा पत्रकारको रबाफ ठुलै भयो जस्तो लग्यो | चितवनको मादी मा ३८ जना निर्दोष व्यत्तिलाई माओबादीले बसमा बम पड्काएर मार दियो | यो कुरा त कहिँ औउदैन त, किन ? तेह कोहि पत्रकार न भाकोले हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 5

    • अनुराधा पौडेल

      त्यसो त मेरी भतिजी हरिकलालाई पनि प्रहरीले छपनिले किचेर मारेको थियो त्यो पनि त मानव अधिकारको घोर हनन थियो । पत्रकारले लेखेनन । लाशमाथि राजनीति गरेर काट्टो खान जानेकाहरुले काट्टो खाएपछि सबै भुल्छन् । परिवारलाई दोहोरो तनाब ।

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • अनुराधा पौडेल

    लाश माथि राजनीति गर्यौ प्रेश चौतारिले । हुन त यिनिहरु राजनीति गर्नै जन्मिएका हुन् ।

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 4

  • dambar

    आज मर्यो भोलि ओखति भन्थ्यो तेस्तै छ … यो डेकेन्द्र थापा को ठाडो अपमान भएको ठान्दछु, सबैलाई आफ्नो आफ्नो तरिकाले सोच्ने अधिकार छ मेरो लागि यो राजनैतिक फाइदा को लागि गरेको जस्तो लग्छ….

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 4

  • himal

    पत्रकारिता र राजनीति बीच को सिमा रेखा कसरि छुट्याउनु ?? बिष्णु रिजाल प्रेस चौतारी को अध्ध्यक्ष ??…यिनी त खुंखार एमाले पो हुन्…यिनीहरुको लासको राजनीति गरेर सत्ता मा पुग्ने दाउ मात्रै हो ..हैन भने आज ७-८ वर्ष मा डेकेन्द्रको बारेमा किन केहि बोलिएन? उनलाई क्रियाशील होउञ्जेल “क्रियाशील पत्रकारिता” किन दियिएन ? डेकेन्द्र जस्तै हत्या गरिएका हजारौ निर्दोष हरुको बारेमा किन कुरा उठ्दैन?. घिन लाग्दो राजनीति….

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 11

  • Sudip Sharma

    पत्रकारिता र राजनीति बीच को सिमा रेखा कसरि छुट्याउनु ?? बिष्णु रिजाल प्रेस चौतारी को अध्ध्यक्ष ??…यिनी त खुंखार एमाले पो हुन्…यिनीहरुको लासको राजनीति गरेर सत्ता मा पुग्ने दाउ मात्रै हो ..हैन भने आज ७-८ वर्ष मा डेकेन्द्रको बारेमा किन केहि बोलिएन? उनलाई क्रियाशील होउञ्जेल “क्रियाशील पत्रकारिता” किन दियिएन ? डेकेन्द्र जस्तै हत्या गरिएका हजारौ निर्दोष हरुको बारेमा किन कुरा उठ्दैन?. घिन लाग्दो राजनीति….

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 9

  • ००% अपमान गरेको हो यो ए मा ले को हनुमान हरुले

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 16

  • tulsi paudel

    यो त सरासर पत्रकारिताको नाममा राजिनिती गरिएको हो / पुरस्कार पाउनु राम्रो मनिएपनि डेकेन्द्र भन्दा पछि मारिएका पत्रकार बिरेन्द्र साह को नाम को पुरस्कार उनि भन्दा पहिलेयी मारिएका पत्रकार डेकेन्द्र लै दिनु ?? खै के खै के भने जस्तो /

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 11

  • shristi99

    कुरो र कुलो जता बगायो उतै बग्छ भने जस्तै एस्लाई मान सम्जे मान नै हुन्छ अपमान सम्जे अपमान नै.तर क्रियाशील पुरस्कार मरे पछि भए पनि शिर्षक सुहाउदो छ/उनको हत्या लाइ ढाकछोप गर्न स्वोयेम बिस्नु (बाबुराम)ले त सकेनन्/उनको यो काण्डमा देश देरै क्रियाशील भयो बाबुरामलाई थुक्क म गधा अझै डाक्टर भट्टराई देशको प्रधान मन्त्रि मैले के बोलेचु ३ करोड जनता मा ३ जना जनाले पनि पचायेनन भन्ने त पक्कै लाग्यो लाग्यो तेसैले उनको मरेपछि पनि चर्चाको शिकार लै क्रियाशील पुरस्कार ठिक हो तर पुरस्कार नै राखे पछि त कम्तिमा पचास हजार त दिनु नि त्यो जाबो ७ हजार पिउन को तलब वन्द पनि कम पैसाले डेकेन्द्रको एउटा बच्चाको फिस तिर्न पनि पुगदैन

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 7

  • प्रेस चौतारी नेपालले डेकेन्द्र थापालाई पुरस्कार दिने जुन निर्णय गरेको छ ,त्यो पुरस्कार .स्वो .डेकेन्द्र ज्युको सम्मानको निम्ति नभई अपमानको रुपमा छनौट भएजस्तो लाग्छ | किन कि यो पुरस्कार बेमौसमको बजाइएको बाजा जस्तै भएको छ | एकतर्फ एमाले र नेपाली कांग्रेस ले सत्ता हटाउको आन्दोलन थालिरहेकै बेला र दैलेख्ख बाटै प्र .मं .लाइ सत्ता चुत गर्ने धावा दिएकै बेला डेकेन्द्र ज्यु लाइ ” क्रियाशील पत्रकारिता पुरस्कार ” त्यै पनि उनको मृत्यु परन्त तिन बर्ष पछि स्थापित पुरस्क दिने निर्णय औचित्य हिन र अपमान स्वोरुप देख्द छु |

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 9

  • देख्नु पर्यो कही न भाको,जात्रा हाडी गाऊ को भनेको येही नै हो/ बाच्नु मात्र पर्छ यी आखा ले के, के देख्न र यी कान ले के,के सुन्न पाइने रहेछ नया नेपाल मा/ मरे पछि अनि चर्चा मा आए पछि नेपाल मा पुरस्कार को ओहिरो नै पो लाग्छ त लु हेरुम त कस्तो अचम्म?

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 8

  • KARAN

    यो डेकेन्द्रको अपमान हो- यो सुद्द राजनीति हो i

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 10

  • गोबिन्द प्यासी

    डेकेन्द्र प्रति मेरो पनि श्रद्धा छ ! पुनश्च एक पटक फेरि हार्दिक समबेदना प्रकट गर्दछु !
    उनको पत्रकारिता को सम्मान गर्दछु !
    मैले अहिले सम्म बुझेको उनि पत्रकार हुन् ! माओबादीले मारे …… तर उनि पत्रकारिता गर्दा गर्दै मरेको भन्ने अहिले सम्म कहिँ कतै उल्लेख छैन !बरु खाने पानि को बिचोउलिया को भूमिका मा उनि मारिए ! के एक पत्रकार को भूमिका बिचोउलिया को पनि हुन सक्छ ब्यबसायिक पत्रकारिता मा ? कृपया पत्रकार साथि हरु हुनु हुन्छ भने मेरो अज्ञानता लाइ हटाई दिनुहोस !
    मैले कुरो को चुरो नबुझेको यहि हो साथि हो ! यद्दपि येसो भनिरहदा पत्रकारिता को लागि उहाको योगदान को भूमिका न्युन पार्न खोजेको चाही होइन !

    यो सम्मान को बारेमा त सबैको आ आफ्नै विचार होला ! तर मेरो बिचार मा अमुक राजनीतिक पार्टी लाइ राजनीतिक हित हुने गरि आफ्नो स्वार्थ साधेको मात्रै हो ! होइन भने अहिले सम्म उनका परिवार लाइ ति पार्टी ले या यो अहिले पुरस्कार दिने सस्था ले के हेरेर बसेको थियो त ? भबिस्य मा पनि हेर्दै जाउ यी संस्था र पार्टी ले के गर्दा रहेछन ?

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 9

    • नाम चै प्यासी लेखेकने महोदय लै खाने पानि मा पनि बिचौलिया देखे है .

      रातो चस्मा लगाए पछि संसार नै दलाल देखिन्छ

      बेलैमा चेतना भए !

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 12

  • गगने

    डेकेन्द्र मरेपछि बढि क्रियाशील भयका छन्! मृत्यु पूर्व बरु यत्तिको चर्चित र यत्तिको क्रियाशील साथै सक्रिय अनि यत्तिकुरा कार्य गरेको थियन वा गर्न भ्यायको थियन होला मरे पछि त यिनले निकै गरेका छन्! मृत्यु पूर्व डेकेन्द्रले आफ़्नोलागि बढी गरे होला(जुन आबस्यक पनि छ) अनि समाजको लागि केहि गरे होला र पत्रकारिताको लागि अलिअलि गरे होला तर मृत्यु पर्यान्त देकेन्द्रल्ले सिर्फ अरुको लागि गरे, राजनीति गर्ने, बिरोध गर्ने, अशान्ति चाहनेको लागि खुबै कार्य र मद्दत गरि रहेका छन् तेसैले आफुलाई यत्रो मद्दत सहयोग गरेको देखि यिनलाई क्रियाशील पुरस्कार दियका हुन् नत्र यत्रो पुच्दथ्यो! सबै आफ्नो लागि हेर्ने त होनी, चिहान खोतलेर लाशको राजनीति गर्न जानेका हरुको त झन् के कुरा भो र?
    मरेर पनि आफ्नो लागि यत्रो सक्रिय रहनेलाई त पुरस्कार दिनेनै भयो नि!

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 8

  • Ravi Sherpa

    एमाले को भ्रस्ट नेताहरुको दिमागको उपज हो यो, अरु केहि होइन

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 8

  • Gagan

    मलाई यसको बारेमा कमेन्ट गरेर, स्वतन्त्र पत्रकारिता विरोधीको रुपमा दरिनु छैन

    उमा चौधरी पारिवारिक कारणबश मारिए पनि प्रथम शहिद पत्रकार भएकी नै छिन् क्यारे

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

  • अनिल

    यो त अल्पत्रकरिता भयो नेपालको राजनीति र पत्रकारिता खै के खै के

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 5

  • पत्रकारिता पढेका र कुनै राजनीतिक व्यापार मा नलागेका औलामा गन्न सकिने बाहेक साहित्य र राजनीतिमा समेत अयोग्य ठहरियकाहरु पत्रकारितामा छन् l बिचारहरु आज पैसा र भोलि पदका लागि पत्रकारिता पेसाको इज्जत हरण गर्दै छन् l गर्ने मन भए फोहोरीनै भयपनी राजनीतिनै गर्नु नि तल्लो तहको कार्यकर्ता भयर पनि l क्रान्तिकारी, चौतारी, फोरम, युनियन आदि भनेर किन पेसाको बदनाम गर्नु?

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • कमल थापा(साउदी अरब)

    सबै कुराको राजनितीक हिसाबले हेरिनु ठीक नहोला/ चलन नै भएको छ, चलन चले अनुसार नै, समाजमा जसको नाम चलन चल्तीमा आउछ, उसैलाई दिएको होला/ पहिले के थियो तर अहिले त पुरै देश र जनतालाई डेकेन्द्र, पत्रकार डेकेन्द्र डेकेन्द्र दैलेखी जनताको आसा र भरोसाको निडर ब्यक्ति, भन्ने कुराको छापा,पार्टी तथा अन्तरास्ट्रिय सम्म कुरा पुग्यो/ हो, यति धेरै चर्चा भएकाले यो नाममा सिफारिस दिन सजिलो भो होला/ वर्स अघि, पछि को के सम्बन्ध, सम्मान सम्मान नै हो, ठीकै लाग्यो/

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 16

  • Tilak Pokharel

    यो सिधै अपमान हो । मेरो सानो प्रश्न प्रेस चौतारीलाई – डेकेन्द्रको हत्या नभएको भए, हत्या भए पनि माओवादिको हातबाट नभएको भए, मानी लिउ ४-५ बर्ष अघि युथ फोर्स को हातबाट भएको भए (यिनिहरुको कृयाकलाप हेर्दा नहुन सक्ने नि हैन । मेरो लागि त ycl, युथ फोर्स सबै एकै हुन), यो चौतारीले डेकेन्द्रलाई पुरस्कारको लागि सिफारिस गर्थ्यो होला ? तैपनी भन्नै पर्छ – आफु मरेको झन्डै ९ बर्ष पछी यत्रो कृयाशिल हुनुभएकोमा डेकेन्द्रलाई बधाई ! हुन पनि वहा त देशै हल्लाउने गरी कृयाशिल हुनुभाको छ । यही देख्यो होला चौतारीले – कृयाशिल राजनीति । बरु चौतारीले डेकेन्द्रलाई पुरस्क्रित गरेकोमा चौतारीलाई नै धन्यवाद स्वोरुप किन पुरस्क्रित नगर्ने ?

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 6

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker