मेरो Tweet

  • @jwalabizay welcome, send at blog@mysansar.com
  • आजको मुसलधारे वर्षा हुँदै गर्दा खिचेका केही फोटोहरु- जलमग्न काठमाडौँ ! t.co/pisUzAMiOm via @mysansar
  • छिमेकी दाइ बित्नुभो। अनुहार झल्झली आइरा'छ। मान्छेको जीवन यस्तै रैछ। मरी लानु के छ र! #अनित्य

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

अँध्यारोमा काठमाडौँ


देशका अरु भागसहित राजधानी काठमाडौँमा यतिखेर १२ घण्टे विद्युत कटौतिको तालिका छ। बत्ती गएको समय होस् या नगएको, काठमाडौँका सडकमा बत्ती नबलेको जुग भइसक्यो। धेरै भइसक्यो गुड्ने गाडीका हेडलाइटको सहाराले सडकहरु उज्यालिएको। सन् १९८७ मा काठमाडौँमा सार्क शिखर सम्मेलन हुनुअघि काठमाडौँका अधिकांश मुख्य सडकहरुमा बत्तीको व्यवस्था गरिएको थियो। त्यतिबेला दिउँसैजस्तै घाम लागेको झैँ अनुभव गरेका थिए मानिसहरुले। अहिले कस्तो देखिन्छ त काठमाडौँका मुख्य सडकहरु रातको समयमा? आउनुस् केही फोटो र भिडियो हेरौँ। माथिको फोटो सहिदगेटको हो।


भोटाहिटी यस्तो देखिन्छ।


रत्नपार्क यस्तो देखिन्छ।


यो सुन्धाराको दृश्य।


अनि, यो चाहिँ रानीपोखरी।

देख्नुभयो होला, कुनै पनि मुख्य सडकमा सडक बत्ती बलेको छैन। यो फोटोमा भने एउटा मधुरो सडक बत्ती बलेको देखिन्छ। यो सडक बत्ती पुरानो बसपार्क नजिकै रहेको विद्युत प्राधिकरणको कार्यालयअगाडिको बत्ती हो।

सडक बत्ती र अपराधको सम्बन्ध

बेलायत र अमेरिकामा चार दशक लगाएर गरिएका अध्ययनहरुले सडक बत्तीको राम्रो व्यवस्था भएको ठाउँमा नभएको ठाउँमा भन्दा २१ प्रतिशत अपराध कम हुने देखाएको छ। यो अध्ययनले सडक बत्ती अपराध घटाउन निकै प्रभावकारी भएको निचोड निकालेको छ।

नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन। तर यही अध्ययनको निचोड पढेर चिन्तित हुनु जरुरी छैन। आजकल पश्चिमी देशमा लाइट पोलुसनको कुरा आइरहेको छ। हाम्रोमा लाइटै छैन बाल्न, केको पोलुसन! अंगुर अमिलो छ भन्नका लागि थप केही तथ्य पनि हेरेर चित्त बुझाउन सकिन्छ। ब्रिटिस जर्नल अफ क्रिमिनोलोजीले खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै उज्यालो बत्तीले अपराधीलाई अपराधकर्म गर्नबाट रोक्दैन भनेको छ। रातमा धेरै उज्यालो बत्ती बालिनुहुन्न भन्नेहरुले यहाँ अरु घटना पनि संकलन गरेका छन्। यो सब चित्त बुझाउने बाटो चाहिँ तपाईँहरुलाई काठमाडौँका मुख्य स्थानमा राति साढे ६ देखि ७ बजेको समयमा खिचिएका दृश्य देखाउन गरिएको हो। अपराधको कुरा छाड्नुस् यहाँका कति सडकमा त अँध्यारोले मान्छेले बाटो काटेको समेत नदेखेर दुर्घटना हुने अवस्था छ।

हेर्नुस् काठमाडौँका सडकको भिडियो-

49 comments to अँध्यारोमा काठमाडौँ

  • कमल थापा(साउदी अरब)

    हाम्रो देश जलश्रोतमा दोश्रो धनि देश, राजधानी शहरको अवश्था यस्तो छ/ विकास र बजेट, पार्टीका नीति नियम, दस्तावेज आर्थिक विकास र विधुतीय क्रान्ति यी सबैमा नेताजीहरुको सेवा सुविधा भए हुने रहेछ/

    गर्छु भनेर गर्ने को छ र? को भयो र? पानी पर्ने बेलामा बिस्कुन सुकाउन खोजे झैँ चुनाबमा घोसणापत्र निकाले भएको छ/ पूर्णेको जून औंशीमा खोजिनु हुदैन थियो/ समयमा काम गर्न सत्ता चाहिन्छ/ सत्ता पाए प्रतिपक्षले काम गर्न दिदैन/ नेता नै यस्ता भए जनताले के गर्ने जसको शक्ति उसैको भक्ति! लुट, महा लुट, ब्रम लुट, मुलुक यसरी चले पछि सक्ने(केहि देखि बाहेक) यस्तैमा बसे/ नसक्नेले के गर्ने? अनि जंगलमा बनमारा फैलिए जस्तो विकास आफै नफैलिए पछि हो यस्तै हो यस्तै हो…. मुलुक अन्धकार, भविस्य अन्धाकार/

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • धन्न मोटर हरुमा चाँही बत्ति रहेछ हगि !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • amit

    यो नेता हरु लै बत्ति को महतो नै थाह छैन , जनता साबि मेलेरा तिनी हरु को घर मा पनि बत्ति काटेपछि मात्र ताहा पाउछ

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • Sijan

    जंगल बाट आकाहरु कुर्सि मा छन् किन चयियो बिजुली
    बरु नेपाली लाई बिजुली चुरोट को चिन्ता होला बाटो को बिजुली बाल मतलब !!

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 4

    • Roshan

      जंगल बाट आएका मात्र नभएर शहरमा बस्ने चोरहरुले नै देश खत्तम पारेको हो/वर्ल्ड बैंक,एडीबी र बिभिन्न दात्रि राष्ट्र हरुले दिएको सहयोग ऋण अनुदान सब ति शहरमा बस्ने चोरहरुले पोको पारेर विदेशको बैंक मै थन्क्याएर राखेको चाहिं कसले देख्ने,बिस्वको पहिलो जल शक्ति भएको देशमा त्यहि देशको जनताले न पानि पिउनु पाएको छ,न बत्ति बाल्न पाएको छ,यो भन्दा लज्ज्स्पद अरु के नै हुन् सक्छ/यी लाज पचेका सत्ता शासक हरुलाई त चोक्टा चोक्टा पारेर नुनु र कुर्शानी अनि चुक हालेर जिउंदै जलाए पनि वास्तवमा चित्त बुझ्दैन/धनी हो नेपाली भेडे जनता
      यस्तो ज्यादत्ति हुँदा पनि मौन भएर बस्न सकेकै हो/

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 6

      • Sijan

        नाम रोशन तपाइको अनि अरु लाई किन दोष दिनु हुन्छ भन्छन नि संसार बदल्नु छ बने पहिला आफु बद्लिनुस !!!!

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • यहाँ देश बनाउने भन्ने पार्टी हरु लाई सरकार र कुर्सि मात्र चाहियको छ/उनि हरु को घर मा कहिले बत्ति जादैन /जहिले पनि फिडर को व्यवस्था छ रहयो जनता को कुरो,जाबो जनता हिजो टुकी बत्ति मै थिए आज नेता ले अग्रगामी परिबर्तन गरेर पुन कुपी,टुकी मै पुर्याए वा नेता ज्यु ,वा …………….

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • jumanu rai

    बरु अब देखि १ बर्ष २४ घण्टा लोड सेडिंग अर्को वर्ष नो लोड सेडिंग को सिस्टम बसाम. बानि बसाउन सजिलो.

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • kazi

    our country is moving backward direction bcoz we dont care. i feel shame to say we dont have unity to develop our country.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

  • Ashok KC

    वरी परि अन्धेरोछ आँखा चिम्ली हेर्दा
    आन्धेरोनै डेखिञ्छनि आँखा खोलि हेर्दा
    आफ्नो छाया आफ़ैसित भागि हिड्न थाल्यो

    हैन छाया देखिनत कमसेकम उज्यालो हुनु पर्योनित हैन?

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • Manoj Karki

    गरिव थिएन देश उनीहरुले लुटी सिद्द्याए
    अशान्त थिएन देश उनीहरुले युध्द मच्चाए ,
    प्रकृतिका यौवनामा बलात्कार जो हुँदैछ
    अँध्यारो थिएन देश उनीहरुले बत्ति निभाए ||

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 2

  • Toran Chhetri

    यसको मूल कारण संसदीय कालमा कुनै नया बिद्युत परियोजना लागु भएनन . पंचायतले थालेका केहि परियोजना मात्र पुरा भए . पंचायतकालमा बनेका संस्थान लाइ पनि गिरिजाले सबै बेचिदियो र RNAC त कोइराला परिवारको निजि भयो कति भ्रस्त्रचार भयो हिसाब छन् . त्यसकारण यो अवस्थाको मुख्य दोषी नर्कबासी गिरिजा कोइराला नै हो .

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

  • Pramod

    पंचायत हुदा सम्म २४ घण्टानै बत्ति बल्थ्यो, पानि पनि मान्छेले खाएकै थिए, विष्णुमतिको पानि खान हुने सफा थियो, शान्ति थियो |

    बहुदल आयो, सबै काठमाडौँ छिरे, नदीनाला सबैको किनार हडपेर हुकुम्बासी हरु पनि सुकुम्बासी भए, विष्णुमति, बागमती, हनुमति सबै ढलमती भए | बत्ति नेताको दरबार र कार्यकर्ताका घरमा बल्न थाल्यो, बिद्युत प्राधिकरण टाट पल्टियो, पार्टीका गोठाला, चम्चे हरु बिद्युत, दुर संचार, खाने पनि, साल्ट कर्पोरेशन यित्यादी छिरे, लुटे|

    अनि अर्को थपियो, लामखुट्टे मारे जस्तो पटा पट मान्छे मर्न थाल्यो, अलि अलि भएको महेन्द्रले विदेश घुमेर जम्मा गरेको पैसाले बनाएको पुल पड्काउने, झोलुङ्गे पुल काट्ने, पावर हौस फोड्ने गरि देशलाई ढुंगे युगमा फर्कायो |

    यी दुवै नहटे सम्म देश कहिले बन्दैन, नेपाल सोमालिया हुने होइन सोमालियाले चै हामी नेपाल जस्तो हुन हुन्न मात्रै भनेर भन्छ

    जय राष्ट्रबाद

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 61 Thumb down 0

  • shivaraj khadka

    माओबादी ले खोजेको समानता मा वा वर्ग हिनतामा देसैभर अधेरो भयको राम्रो के को टेन्सन हैन ?

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 7

    • गोबिन्द प्यासी

      माथिल्लो तामा कोशी, चिनिया ठेकेदार ले ड्राइभर चेन्ज गरेको निहुमा ड्राइभर र उनका आफन्त मिलेर २ हप्ता काम बन्ध गराइदिए ! बल्ल अहिले कुरो मिलाएर काम सुचारु भैरहेको छ ! मर्स्यन्ग्दी ३ ए को छमता बढाउने कुरा मा सरकार नै सर्बोच्च धाइरहनु परेको छ ! कर्णाली मा जी एम आर कम्पनि को कार्यालय नै खरानी पारियो ! मेलम्ची को हालत बल्ल केहि सुधरिदै छ ! त्येश को राम कहानी त बयान गरि साध्य नै छैन !

      केहि उदाहरण मात्रै हो यी त ! जब विकास को कुरा मा जनता र पार्टी हरु नै अबरोधक को रुप मा आउछन भने त्येस्तो देश मा कसरि बिकाश हुन्छ ? सरकार लाइ मात्र दोष दिएर के गर्नु ?
      हामीले आफ्नो नैतिकता जाच्ने प्रयास कहिले गरेनोउ ? आफ्नो छेत्र मा बिकास को केहि काम आयो भने १०० – २०० को भिड मा आफुलाई अब्बल लठैत को रुप मा प्रस्तुत गर्छोउ ! अनाबस्यक माग हरु तेर्साएर !

      जब हामी ले आफैले आफैलाई बदल्ने प्रयास गर्दैनोउ तब सम्म केहि हुने वाला छैन !

      र सरकार ले उचित मुआब्जा वितरण गरिसकेपछि निर्माण स्थल लाइ आपतकालीन छेत्र घोसित गरेर सेना को घेरा भित्र काम सपन्न गर्नु पर्छ ! अनि मात्र छिटो र सस्तो लागत मा काम सपन्न हुन्छ ! अनाबस्यक बिरोध र अबरोध गर्ने लाइ उचित कारबाही गर्नु पर्दछ !

      मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • विडियो अनुसार:- होस् गरेर हिनौ है मित्र हरु रात को समय मा माइक्रो ले हुत्यौला नि मित्र हरु अनि काठमाडौँ को रात नै हेर्न नापैएला नि …………………..

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • kedar hamburg

    दुखको कुरा हो . हामी नेपाली यति मेहनेती भएर पनि एस्तो हालत मा हुनु,

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • सर्बहारा ले चलैरखेको हो हाम्रो देश सबैको अधिकार समान रहनु पर्छ रात को त अधिकार नै हो नि त अन्धकार भैदिनु पर्ने दिन मै अन्धकार भैदियो भने त हो नि बिस्मात मान्ने कि कसो हौ कमरेड हरु?

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 3

  • बुद्ध (कोरिया )

    काठमाडौँ भुत को शहर :D

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 8

  • Subodh

    नेपालमा लोडसेडिङ 24 घन्टा पूर्याएर
    बिश्वको एकमात्र बिधुत मुक्त देश
    घोषणा गर्दा कसो होला??

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 91 Thumb down 5

  • Bhuwan

    खोरमा थुनिएका भेडा बाख्रालाई अध्यारो र उज्यालो को के अन्तर????? हामी भेडा बाख्रारुपी नेपालीलाई बत्ति आओस नआओस केहि मतलब छैन | पहिले पनि दिनचर्या चलेको थियो अहिले पनि यतिकै चल्ने छ | अझ कति वर्ष चल्ने हो थाहा छैन…….
    मन्त्रि क्वार्टरमा झिलिमिली, घर टोलमा अन्धकार !!!!!
    यहि हो हाम्रो सदाबहार सरकार

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 2

  • Gaurab Nepali "Oodaaseen"

    प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र ले पनि चिर्न नसकेको अँध्यारो राजधानी र अस्तव्यस्त नेपाल देश मा आयातित मुकुण्डधारीहरुको बोलवाला र प्रजातन्त्र, गणतन्त्र अनि लोकतन्त्र को फ़्फ़ूजन “छाडातन्त्र” जबसम्म जीवित हुन्छ अनि नेपाली जनताले त्यो जीवितलाई जीबन्ता दिइरहने छन् तबसम्म राजधानी अँध्यारोमा रुमल्लिरहेको हुनेछ र मृत्रुपी गन्जागोल कुवाभित्र पिरिजा देखि खाऊराम सम्म जस्ताले टांडबिय लाखे नाच को रिहर्सल गरि रहने छन काम भन्दा(काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर) गुलियो गुलियो भासन छाँटेर, राजधानी अँध्यारोम सुस्तैरहने छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

  • sujit

    तेती बेला अहिले का जस्तै ब्वासा हरु को राज्य थिएन

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 3

  • yam pun

    चोरलाई पनि उज्यालो मन पर्छ र??? सिंह दरबार र बालुवाटारमा बस्ने सबै चोरहरु हुन्! जब सम्म सिंह दरबार र बालुवाटारमा चोरहरु बसी रहन्छन् तब सम्म काठमान्दु उज्यालोमा होइन, अध्यारो अध्यारोमा नै बसी रहनु पर्छ! अभागी काठमान्दु!!!!!!!!!!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 1

  • sanjog

    अहा कति राम्रो काठमाडौँ गाडी को बत्ति नै कफी छ नि हजुर किन सडक को बत्ति ?

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • Pushpa

    नेताहरुको घर मा खिचे पो उज्यालो आउछ त अब जता ततै सार्बजनिक ठाउँमा खिचे पछि त अध्यारो आइ हाल्छ नि …..डिमाग लाउनु पर्यो नी पासा !!

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 2

  • Nab

    अब गाउँ काठमाडौँ, काठमाडौँ गाउँ हुन लागेको जस्तो छ I गाउँ तिर बत्ति मारामार काठमाडौँमा हाहाकार I हाम्रो देश यस्तो हुनुमा वास्तविक दोष त कांग्रेस र एमाले कै हो I गिरिजाले खाए, देउवाले खाए, मनमोहनले खाए तर देशलाई वास्तविक रुपमा दिन भने केहि दिएन I यसकारण कांग्रेस र एमालेले नेपाल देशको लागि केहि गरेन यसकारण कांग्रेस एमालेको पद लोलुपताले भरिएको आन्दोलन असफल बनाउनु पर्छ I

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 26

    • balaram

      हो पासा हो ….तिमीले भनेको साच्ची नै हो किन भने अहिले नि नेपाल को प्रधान मन्त्रि नेपाली कांग्रेस र एमाले कै छन है पासा | अब यो सडक आन्दोलन लाई निस्तेज पर्ने पर्छ | एक पटक तिम्रै नेतृत्व मा निस्तेज पार्न कोसिस नि गर्ने कि ??? यो काम खासै अफ्ठ्यारो पनि छैन नपत्याए तिम्रै भित्ते राष्टपति र क्राइम मिनिस्टर लाई सोध न ? तिनीहरु संग काठमाडौँ घेर्ने कार्यक्रम गरेको अनुभब नि छ क्यार ….कि कसो पासा ??

      मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • के गर्ने देशका नेताहरूले बेलैमा बुद्दी पुर्यायको भए आज हामिले यस्तो दुर्दसा देख्नु पर्दैनथ्यो । अझै पनि ५ / ६ बर्ष सम्म यस्तै अन्धकार मा बस्नु पर्ने बाधयता आइलगेको छ नेपाली जनतालाई । खोला झोला मा राखेर मात्रै देशको बिकास हुन सक्दैन त्यसैले अब झोले हारुलाई बाइ बाइ गरेर, जस्ले उत्पादन गर्न सक्छ तेसैलाई खोला दिनु पर्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

    • Rai Kanchha

      रमेश जी,तिनै भ्रष्टचारीहरुको स्वागतको लागि प्रत्येक देशमा जनसम्पर्क समिति,आफ्नै देशमा जन
      तर्सा समिति,भ्रष्टचारीहरुको संजाल स्वदेशमा मात्र नभएर विदेश तिर पनि झाँगिएको छ/जसको प्रमाण कांग्रेसको जनसम्पर्क समिति,एमालेको युएनडिएफ,माओबादिको जनप्रगतिशील संस्था खोलेका छन्/ स्वदेशमा जनता संग सम्पर्क गर्ने कुनै माध्यम,ठाउँ नरहेको र नभएको हुँदा दुइचार जना आसेपासे,उपौरे,धुपौरेहरुलाई प्रयोग गरेर के के नै खुल्क्याएको देखाउने भ्रष्ट हरुको दाउ/

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • अब येस्तै हो…प्रकृतिले नै रात लाई दिउसो पार्न खोज्ने मान्छेको काम लाई रोकिदिएको नि… आखिर रात लाई रात नै रहन दिनु रे क्या……….

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 6

  • Raju Ghimire

    जय चन्द्रमा.. जय पुर्णिमा..

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 0

  • गयो मेलम्ची , सुक्यो नि कुलेखानी
    बत्ती न पानी , यो कस्तो राजधानी ? ||

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 181 Thumb down 4

  • संसार मै सबै भन्दा राम्रो आँखा नेपाली हरुको हुन्छ हामी नेपाली हरुको आँखाले सानो भन्दा सानो कुरा पनि देख्न सक्छ तेस्मा पनि बिदेस मा बस्ने नेपाली हरुको भन्दा स्वदेशमा बस्ने नेपाली हरुको आँखा बढी शक्तिसाली हुन्छ कारण धेरै जसो समय लोडसेडिंग मा बस्नु पर्ने भएको ले बढी चम्किलो चीज कम देखिने भएकोले,नेट कम चल्ने भएकोले प्रकाश र बिजुली संग को काम कम गर्नु पर्ने भएकोले एस्तो हुन गएको हो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 2

  • bijay

    भनेपछि मोटरसाइकल वा गाडी बिना राती बाटोमा निसिक्नु नपर्ने भयो काठमाडौँमा / हामी सानो छदा बाटोमा आध्यारो हुन्थ्यो किन भने बाटोमा बत्ति नै थिएन / अहिले चाई ठाउं ठाउँमा बत्ती भएपनि अध्यारो नै छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • suman p

    This credit goes to NC/UML, ruled the country for 22 years .

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 72 Thumb down 70

    • सार्थक

      कांग्रेस, एमाले संगसंगै माओबादीको भूमिका पनि कम आक्न मिल्दैन | माओबादीले त झन नेपाललाई युग युगसम्म अन्धकारमा राख्ने दुरगामी उद्देश्य र योजना राखेर अगाडी बढे जस्तो लाग्छ | यी सबैको अतुलनिय योगदान छ देशलाई अन्धकारमा धकेल्न | यसै बीचमा ज्ञानेन्द्रको योगदानलाई पनि सम्झिनु पर्ने हुन्छ | छोटै संयम मात्र पाएको भए पनि देशलाई अन्धकारमय बनाउने कुरामा यिनको योगदान पनि कम महत्वपूर्ण छैन | यी सबै योगदानकर्ताहरुलाई सबै नेपालीको तर्फबाट हार्दिक सलाम टक्र्याउन चाहन्छु म |

      मन परे हरियो नपरे रातो ! Thumb up 48 Thumb down 14

  • Basanta Thapa,Maryland,USA

    अब भन्ने बेला भो पानी देउ ,बिजुली देउ ,रोजगारी र सुरक्षा देउ \यो पार्टी र उ पार्टी होइन बिजुली र पानी भन्ने बेला भो \ बरु केहि बढी शुल्क ,कर तिर्न तयार छौ तर पानी , बिजुली ,रोजगारी ,सुरक्षा बिना बाच्न नसकिने भो भनेर \ भासने,किताबे ,पत्रिके नेता ,पार्टी ,बिचार ,शिदांत लाइ आगो लगाइदे भो यिन ले धेरै युवाको जिबन खाए ,भबिस्य खाए ,देशको ढुकुटी सिध्याय \ सबै भन्दा ठुलो जिबन रहेछ र त राजा ,काग्रेश ,कम्युनिस्ट ,मधेशबादी ,जातिवादी
    भन्दै राजनीति गर्ने हरेक नेता,पार्टी ,समुह आफु र आफ्नो मान्छे मात्र ठुलो ठाउमा पुग्ने र ठुलो भाग खाने लडाई मै व्यस्त छन् \ अपराध र अपराधीको बाहुबलमा ब्यबसायी राजनीति सजिलै करोडपति .अरबपति बन्ने पेशा बनिरहेको छ \ पानी र बिजुली बिना हरेक जिबन ,ब्यबसाय कति निस्सासिएको छ \अब पनि हामि नेपालि जात ,धर्म .बिचार ,क्षेत्र भनेर लडिरहने ? बेमान नेता र पार्टीको पछि लागिरहने ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 74 Thumb down 0

  • shantdil

    जेहोस प्रकृति प्रेमी नेपालीले आफ्नो ठाउँमा भने कृतिमता को आभास हुन दिएका छैनन्. बिकसित देशमा दिन र रात छुत्याऊन गारो हुन्छ. नेपालमा तेस्को समस्या छैन. अब त ऋषिमुनीहरु बस्ने घना जंगल र ठुला ठुला जंगली जनावर बस्ने गुफा बनाउन यो सरकार ले लगानी गर्ने छ. तेस्पछी शितल निवास, बालुवाटार लगाएत सबै ठाउँमा भएंकर लोप हुनलागेका जनावरको बस्ति हुनेछ. त्यो दृश्य हेर्न संसार भरका पर्यटक यो देशमा भित्रिने छन्.
    साथै आर्थिक बिकाश को छलांग मारिनेछ.

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 1

  • द्रोण

    फेरी पनि उल्टै मिल्यो

    प्रजातन्त्र को बत्ति बल्यो ,घर को बत्ति निभ्यो |
    गणतन्त्र को बत्ति बल्यो ,सडक को बत्ति निभ्यो |
    लोकतन्त्र को बत्ति बल्यो ,देश को बत्ति निभ्यो |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 169 Thumb down 3

  • Ashok KC

    के गर्नु उमेश जी
    अब आफ्नो पुर्पुरोमा आफैले हान्नु सिबाये केहि विकल्प छैन.फेरी नेतालाई गाली गरौ भने प्रदिपे नेपाल रिसाउला भन्ने डर :)

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 63 Thumb down 0

  • Rabin Lama

    २०४६ सालपछि मात्रै भएपनि जलविधुत विकासमा त्यतिवेलाका सरकार प्रमुखहरूले ध्यान गएको भए अहिले यो हविगत देख्नै पर्नेथिएन । के गर्ने राजनीतिक दल र तिनका नेताहरूलार्इ पद पाएपछि दलीय र व्यक्तिगत स्वार्थ पूरा गर्नमै समय वित्यो । अव यो दुर्दशा हेर्ने भन्दा अरू के नै गर्न सकिन्छ र?

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

  • Dev

    मलाई त यस्तै राम्रो लाग्यो काठमाडौँ | यो १४ घण्टा को सत्ता मा २४ घण्टा पुरै अरु दस बर्ष सम्म लोड सेडींग हुने भयो भने बल्ल काठमाडौँ को अनुहार फेर्ने थियो कि ! गाँउमा बस्नु र काठमाडौँ मा बस्नु उस्तै हुने भए पछि किन महँगो भाडा तिरेर काठमाडौँ बस्नु पर्यो नि हैन ? बरु लाल्टिन बालेर गाउँमै रमाइलो | यसो भएमा काठमाडौँको प्रदुषण मुक्त हुने थियो |

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 0

  • हामी आभागी नेपालीको तितो सत्य /

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 0

  • Rajesh

    हाम्रो देश का मन्त्रिहर्रु कार्य बेस्ता ले होला , बिजुली आए को गए को ,बिजुली बलले को नबाले को थाहा नापयाए का ! एस्लाई दैनीक मेडिया हरु ले ठुलो ठुलो प्रिन्ट गरे मन्त्रि हरु को झुम्ने कुर्सि अगाडी राखी दिए थपौ थे कि ?
    हुन त मैले मन्त्रि को घर ,अफ्फिस , देख्या छेन ! देख्ने हर्रु ले तेहा सधै २४/७ बत्ति बलिरहन छ भन्छन ! अनि उनि हरु लाई बाल ….
    वास्तव मा हाम्रा राम्रा राम्रा नेता हरु जनता लाई अन्धरो मा राख्न नै मन्त्रि बने का हुन. होइएन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • Too much politics politics made country into ruins & disaster ! Shame on to all the corrupt, traitors, murderes & looters political leaders & government officials!! All of them go to HELLLLLLLLL !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • bj

    समस्याको समाधान भन्दा एक अर्का लड्नमा ब्यस्त छन, हामी नेपाली !

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • Nabin Bhai(बुकुने )

    त्यतिबेला दिउँसै घाम लागेको अनुभव गरेका थिए मानिसहरुले

    घाम दिउसो नै त देखीन्छ नि त हैन र ??

    कि कसो पो हौ

    **************
    ठीकै हो, दिउँसो जस्तै भन्न खोजेको हो :) धन्यवाद !

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 15

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker