मेरो Tweet

  • आइन्दा #NabilBank को sms banking प्रयोग गर्दिनँ। सुविधा हैन झण्झट। अघि NT को रिचार्ज पिन किन्दा पिन नं गलत पठाइदिएर हेर्नुन। अब भोलि झण्झट
  • @SujanPoudel PIN मात्रै छ यसमा त सिरियल नम्बर छैन।
  • RT @SujanPoudel: @salokya होर त्यस्तो त नहुनु पर्ने । जुन सुकै सेवाबाट लिईएको भए पनि सिरियल नम्बर हुनु जरुरी हुन्छ । बैक सँगै कुरा गर्नु पर…

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?

अहिले नेपालको राजनीतिमा विपक्षी सत्तापक्षको खेलौना भएको छ। सत्तामा रहेको माओवादीले एउटा प्रस्ताव फ्याँक्छ, विपक्षीहरु त्यसैमा प्रतिक्रिया जनाउँदै बस्छ। अहिले फेरि प्रचण्डले एउटा नयाँ प्रस्ताव फ्याँकेका छन्- बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावी नेतृत्वको सरकार बनाउने। आन्दोलनरत विपक्षी पार्टीहरुले यो प्रस्तावबारे पार्टी कै बैठक बसी संस्थागत निर्णय गर्न बाँकी छ। एक लाख उतार्ने भनिएको आजको काठमाडौँको आमसभामा नेताहरुले शायद यो बारे बोल्लान्। केही दोस्रो तहका नेताहरुले भने ‘हुँदैन’ भनिसकेका छन्। माओवादीको यो चालमात्र हो कि के हो बुझ्न बाँकी नै छ। शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि न्यायपालिका प्रमुखले कार्यपालिका प्रमुख हुन नमिल्ने तर्क आएका छन्। संविधान संशोधन हुनुपर्ने तर्क पनि आएका छन्। विपक्षीलाई भुलाउने एउटा अर्को बहाना भएको आरोप पनि लागेका छन्। तपाईँलाई माओवादीको यो प्रस्ताव कस्तो लाग्यो ? पार्टीहरुले निर्णय गर्दै गर्लान्, अब तपाईँको पालो, आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

कमेन्ट लेख्न समय नभए आफ्नो मिल्ने विचारमा भोट गर्नुस्-

98 comments to प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?

  • Prakash Joshee

    नेपाल का कानुन व्यवसायीहरु पार्टी को झन्डा बोक्चन र मानिस लडाएर खान्चन भने कुरो एसबाट सांचो देकिनछन्। वरिष्ठ भनुऔद अधिवक्ता हरिहर दाहाल ज्यु तथा विश्वकान्त मैनाली ज्यु तपैले भने अनुसार अन्तरिम संविधानले बहालवाला तथा पूर्व प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउन सक्ने कल्पना नगरेको कुरो त सांचो हो तर कहिँ बिपछ दलले भने जस्तो सुसिल कोइराला जो कि संबिधान सभा को सदस्य नरहेको अझ संबिधान सभाको चुनाबमा हरेको बेक्ती लै प्रधानमन्त्री बनाउनु पर्ने चै कुन्चाई संबिधान मा लेखेको छ नि?
    अधिवक्ता विश्वकान्त मैनालीले तपाई ले भने अनुसार राजनीतिक दलहरु सक्षम भयको भए यिनेहरु कुकुर बिरोलो को जस्तो झगडा गर्दैन थ्यहोला। दलहरु को असक्षम ता ले गर्दा नै आजको स्तिथि आयको हो नि. आजाव माग भने को सबैको सहमतिमा आबस्यक परे संबिधान नियम परिबर्तन गरेर भयपनी चुनाब प्रयाजन्को लागि प्रधानन्यायाधीशलाईप्रधानमन्त्री बनाएर निर्वाचनमा जानु नै उत्तम उपाय हुन्छ।. पूर्व प्रधानन्यायाधीश भन्ने कुरा ल्यायम कुन्चाई पूर्व प्रधानन्यायाधीशलाई भने फेरि झगडा गर्न thalchan

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

  • कमल थापा(साउदी अरब)

    कसलाई दिने????….. तातो आलु खेल जस्तो जसका हातमा पर्दा घन्टी बज्छ उसैलाई दिने/ तीन करोड जनतालाई त्रास,डर, धम्कि अनेक बहाना!!! कुन राजनीतिक शास्त्र को खेल हो यो? यो वा त्यो, जनताको अघि राजनीति, ठूलो पार्टी भएर पनि,न्यायलय वा मन्दिरको पुजारी, कि हिरो राजेश हमाल, कि गणेश लामा, कि चक्रे अरु अरु …. के गर्न राजनीति गरेको “नेताजीहरु”????

    मैले पाइन भने तलाई पनि दिन्न, तलाई दिनु भन्दा त अरुलानै तलाई .. हुदै हुदैन/ यसै गर “माइलो” ज्ञाने ले एकै छाक पार्ने दाउमा होला/ एउटा खोरमा हाल्दा थाहा होला.. होस् गरे है होस् गरे.. दिमाग बिगारेर जनता लडाउने १-२-३-४-५-…. सबै खेर गएका …

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • रबिन्द्र राज गिरी

    प्रचण्डले बहालवाला वा भुतपूर्ब प्रधान न्यायधिस भनेका रहेछन | यदि यो कुरा जोक गरेको होइन भने यो नै अहिलेको परिस्थितिमा सबैको लागि मान्य हुनसक्ने उत्तम समाधान हो भन्ने लाग्छ | ब्रिरोधको लागि बिरोध गर्नुको के अर्थ छ र | सबै कुराको बिरोधै मात्र गरिबस्ने हो भने त कतै पनि पुगिन्न |

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 8

  • sanjog

    हाम्रो प्रचण्ड जी को दिमाग त मान्न पर्छ हरेक दिन न्यु Idea वा रे वा बत्ति बाल्ने जुक्ति पनि निकाल न हौ प्रचण्ड जी
    सफेटी टाँक बाट निक्लालने कि
    गोबर बाट निकाल्ने हो कि
    हावा बाट निकाल्ने कि
    घाम बाट निकाल्ने कि
    पानि बाट निकाल्ने कि
    lau त फुरु त जुक्ति प्रचण्ड बा
    कोटी कोटी प्रणाम
    कोटी कोटी प्रणाम
    १२

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • arun

    सबै समाधान त हुन्छ भन्दिन तर चुनाब गराउन पक्कै मदत हुन्छ,बिश्वको प्राय देश मा येही प्रचलन मा छ, हाम्रो देश मा १० ओटा पार्टी १० तिर फर्केको बेला अरु उपाय नि के हुनसक्छर !!! माओबादी ले येस्मा नि फाटआइ गर्न खोजे चै जनता ले अब उनि हरुलाई छोडदैनन् भन्ने बुझे हुन्छ !!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • nimesh, bkk

    प्रचण्डले पासा फ्याकेको फ्याकेकै छ, बिपक्षीहरु चाहि त्यसको बिरोध गर्दै छ
    बहालवाला न्यायाधिसलाई किन प्रधानमन्त्री बनाउने, यदि बनाउने नै हो भने भूपू न्यायाधिसलाई बनाएर निकास निकाले हुन्छ . कतै बहालवाला न्यायाधिसलाई प्रधानमन्त्री दिएर न्यायालयलाई पनि पंगु बनाउन त खोजेको हैन प्रचण्ड एण्ड कम्पनीले . यो झुसे सुशीललाई पनि मर्ने बेला प्रधानमन्त्री खाउँ खाउँ लाग्यो होला बिचरा मर्ने बेला हरियो काँक्रो . खुरुक्क कमण्डलु लिएर तिर्थ नगईकन .

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 1

  • krishna nepal

    येले को निकाश को येउतै मात्र विकल्प भनेको : रास्ट्रपति ले सासन आफ्नो हातमा लिएर निस्पक्ष चुनाव गर्ने र सबै अपराध गर्ने हरु चाहे माओ बादी होस् या कांग्रेश, एमाले वा पन्चे होस् सबैलाई अदालतमा लगेर कानुन बमोजिम कारवाही गरेर जेल हाल्ने र देशमा कानुनी राज्य को स्तापना गर्नु हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 9

    • देवराज जोशी, कैलाली

      हाल सम्मको राष्ट्रपतिको चाला हेर्दा त उहाँले तठस्त भूमिका निभाउन सक्नुहुन्छ जस्तो लाग्दैन वहाँ राष्ट्रपति भैकन पनि कांग्रेसी हुन छाड्न सक्नु भएन |

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 9

  • Raj

    थुक्क प्रचण्ड को बुद्धि अब हुदा हुदा राजनीतिलाई न्यायपालिका मा पनि चिरौदै छ . हे दैब उठौ हो उठु य जन्तुलाई .

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 11

  • Ananda

    कुन्नि कुन चाही बिदेशी प्रभु को इशारामा चल्छ यो माओबादी, जुक्तिहरु चाही सहि निकाल्छ, सबै आफुलाई मात्रै फाइदा हुने खालका …..बिपछीले माने पनि नमाने पनि माओबादीलाई नै फाइदा हुनेछ किनकि, बिपछिले माने भने उसको ठाउमा आफ्नो मान्छे राख्न पायीयो र नमाने भने बिपछी चुनाब गरौन चाहदैनन् भन्यो …..तर हामी साधारण जनताले खै कसको कुरा पत्याउने कसको नपत्याउने ? – गारो सारैनै ……

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 5

  • BK Thapa

    मेरो बिचारमा अब संबिधान सभाको चुनाव होइन संसदको चुनाव र गावं विकास समितिको चुनाव एकै चोटी गर्नु पर्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 3

  • देवराज जोशी, कैलाली

    कुन समस्या समाधानको कुरा गरेको? यो त खाली चुनावी सरकार बनाउने भनेको होइन र तठस्थताको लागी ? कि मैले नबुझेको हो, अब त नेपालमा जे कुरा गरे पनि विरोध मात्रै होला जस्तो छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 9

  • Harke

    जब माओबादि संग संसद्को २०५ मा जम्मा ९ सिट थियो तेतिबेला बाट समस्याको बिजारोपण भएको हो……!
    अहिले माओबादी तेतिबेलाको भन्दा निकै ठुलो बनेको छ….तेसैले समस्या तेतिबेलाको भन्दा ठुलो र समाधान पनि जटिल त हुने नै भयो….!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 7

  • Subodh

    तेसो भए अब सबै जना मिलेर सर्वहारा प्रधानन्याधीश खोज्न तिर लागुम न त ….

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • Bhuwan

    सबै पाटी टेबलमा बसेर एक खालको निर्णय नगरिन्जेलसम्म प्रचण्डले नेपालका जनता सबैलाई प्रधानमन्त्री बनाए पनि निकास हुनेवाला छैन….।

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 1

  • डा. बाबुराम भट्टराई लाइ प्रधान न्यायधिश बनाइयोस, अनि न्याएधिश लाइ प्रधानमन्त्री
    अनि पो कुरा मिल्ला जस्तो छ

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 5

  • मन

    मलाई लाग्छ प्रधान न्यायधीशलाई प्रधान मन्त्रि बनाउनु पर्दैन|

    तर गुज्रदो स्थिति हेर्दा के आवश्यक देखिन्छ भने एउटा स्वतन्त्र व्यक्तिको नेतृत्वमा र उनका मातहतका टोली (क्याबिनेट) ले मुख्य रुपमा चुनाव गराउन र चुनाव नसकिन्जेल सम्म अन्तरिम सरकार चलाउन व्यवस्था गरिनु राम्रो हो|
    यसरी अन्तरिम सरकारमा रहने सबै सदस्यहरुले
    १. आगामी चुनावमा भाग नलिने,
    २. कुनै पनि दलहरुसंग प्रत्यक्ष रुपमा आबद्ध नभएको
    ३. अर्को चार बर्ष सम्म सरकारले नियुक्ति दिने वा नियुक्तिमा स्वीकृति दिने कुनै पनि (लाभको वा, अवैतनिक, बिना लाभको) पद नलिने
    ४. सकेसम्म निष्पक्ष प्रमाणित भएको, भ्रष्ट छवी नभएको
    ५. सम्पति विवरण सार्बजनिक गर्नपर्ने
    ६. बिषयको बिज्ञ वा प्रमाणित कार्यक्षमता भएको वा दक्षता हासिल गरेको
    कुनै पनि दललाई वा दल हरु मिलेर चुनाव सम्म सरकार गठन गर्ने हो भने त्यो निश्चय रुपमा पूर्वाग्रह रहित हुनेछैन र सरकारमा रहने अवधि अझ बढाएर जाने सम्भावना बढी देखिन्छ|
    टोलीको नेता लाई मुख्य सल्लाहकार नाउँ दिने र अन्य सल्लाहकार रहेर तोकिएका मन्त्रालयको कार्यभार सम्हाल्ने|
    चुनाव गराउन नसके के गर्ने र म्याद कतिसम्मको हो र कठिन स्थिति आए के गर्ने भन्ने पनि व्यवस्था हुनपर्छ|
    नत्र भने हाम्रा संबिधानविद र कानुनविद अनि बिज्ञहरुले भोलि के हुनसक्ला भन्ने बारेमा हावा खाएकोले रामचन्द्र पौड्यालले १८ पल्ट सम्म प्रधान मन्त्रि पद पाउन लडेर समय नष्ट गरे अनि अहिले बाबुराम सरकारलाई कसरि निकास दिने भन्ने स्थितिको सृजना भए बारेमा पनि केही उल्लेख छैन |

    दल हरु मिलेर सहमति भए यो सबै सम्भव छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • Pramesh

    नेपालमा प्रधानमन्त्रिको पद भनेको तेस्तो हो जहाँ बसेपछि, जो कसैले पनि जिबनभर कमाएको साख गिरौछ| बाबुरामको ताल देखिहालियो, प्रचण्डको ताल देखिहालियो| माकुने, झलनाथ, रामचन्द्र (उमेद्वार मात्र) को त के कुरा गर्नु| माओबादिले प्रधानन्यायाधिशलाइ प्रधानमन्त्री बनाउने प्रस्ताब गर्नु पनि यहि कारणले हो| जनतामा कांग्रेश, एमाले, राजाबादी, सेना सबैप्रति त नकारात्मक धारणा बनेकै छ, सबै काम नलाग्ने पन्गुमा गनिएकै छन्| बेलाबखतमा एक दुइवटा राम्रो काम गरेर झिनो आशा देखौन सफल न्यायपालिकालाई पनि केहि काम नलाग्ने पंगु को लिस्टमा दर्ता गर्न सकियो भने त न्यायपालिका प्रतिको सबैको विश्वास टुट्छ| फाइदा कसलाई त? माओबादिले पुरानो संरचना भत्काउने भनेकै यहि त होला नि| अन्त्यमा सबै शक्तिहरुलाई असफल तुल्याएर, जनतालाई विकल्प रहित बनाएर, माओबादी नै अन्तिम विकल्प हो भन्ने बनाउने योजना हो यिनीहरुको| हेर्दै जानुस|

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 7

  • Ratna Thapa Magar

    बहाल वाला प्रधानन्यायधिस प्रधानमन्त्री भन्दा पनि यी दलहरुको हिसाबकिताब मिलाउने चुनाबको लागि प्रधानमन्त्री हुनु ठिकै जस्तो लाग्छ, एउट रेफ्री जस्तो, नत्र अवकाश प्रप्ता कुन चाही छान्ने तेसमा पनि बहस होला बिरोध उठ्ला, बरु हालका बहालावाला न्यायधिस नै उपयुक्ता ठान्छु ,

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 15

  • सबै ले आफ्नै गोरु को बार्है टक्का भनिरा’ बेलामा प्रचण्ड ले गैर- राजनीतिक व्यक्ति खिल राज रेग्मी को प्रस्ताब ल्याउनु (अन्य कुरा यथाबत भएमा) उपयुक्त विकल्प देखिन्छ तर बहालवाला प्रधान न्यायाधिश लाइ राजनीति मा तान्नु भन्दा कुनै भू पु तर कुनै दल संग संलग्न व्यक्ति लाइ जिम्मेवारी दिनु उपयुक्त हुन्छ | …प्रतिपक्षी ले नि सकारात्मक सोचून प्रचण्ड ले नि यसलाई अर्को चाल-बाजी को रुप मा नखेलुन

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

  • nagendra rai

    एमाओवादीले प्रधानन्यायाधिसलाई प्रधानमंत्री बनाउने प्रस्ताव मलाई मन परेको छैन ।

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 16

  • Mahesh

    Our opposition parties have no plans for the nation, neither the government side. However, for now we need to give a brake to our system of changing government every 6 months. Unstable government is the worst thing a country can imagine for its prosperity. And I don’t see any logic in opponents statements about handing over the government to them. Are they the members of constitutional assembly now? No. Are they elected members? No. So far I know, congress is asking for the leadership because they are running out of funds to spare in the election since they are out of government for really long period which they had never experienced or thought after 2046 BS. UML is a gay party. I don’t mind if that bothers you but it’s truth. I was UML member till it started showing gay characteristics. If u don’t let them lead government, they are the first to talk shit about the government. Oli, Nepal, khanal, and mahesh basnet (my name too, but sorry) stupid creatures. since, so far I know, if the house breaks down, the then elected government continues till there is another elected body created by election (I am not Maoist either). So if opposition fears the election won’t be fair, they should participate under this government and make sure they are into fair competition. Better for them if they use the expenses of these street protest to help poor people feed. UML pls stop safeguarding thugs and gang members. congress stop crying for government, just like a kid asking for a lollipop. For now every party should concentrate for the betterment of people rather than themselves. We already broke, now pls don’t cut us into pieces. For now rather than asking for leadership, join the government, let’s pass the full budget (freezing budget means it goes to party members), gather best leaders from all parties to every ministries and work together. We need to raise above an individual party for now. If u prove, people will choose u the next leader. Trust me there are whole lot of people like me who are looking for a better leader. I doubt if any. Prove me wrong. But, whoever is criticizing Baburam, I am damn sure u are a party member just thinking for for favor. He is the only better candidate for the post so far. despite the lack of budget and implement his plans, despite the cheap cabinet members of madhesi morcha (I am not racist to our madhesi people, but they proved that they are cheap), unhelpful portion of own party (Baidya group), he did some of the best jobs at the risk of his own in the peace process. To catch up peace and constitution was his way in Maoist. He tried to do something good in different fields like constrution in Kathmandu, cleaning up bad food system in Kathmandu restaurants etc but couldn’t get the support. This person has guts and vision to do something but he is lacking enough support. You guys know, government is a team work. You can’t just hang up with a single person. I had great expectation from gagan thapa, but since I saw him catching up the path of sushil and Arjun narshing, I shattered. a visionary should overcome the defects, create a path and make others follow his vision. But he is proving young sushil. Baburam despite troubles in party and outside did what he was talking about and turned Maoist itself into radically a political party from a violent group. He beat prachanda in implementing his theory. he has weakness too but despite leading nation in hard time, unsupportive president and opponents, unsupportive party, he is trying to show the nation a way. If u think just being a Nepali, u will probably feel it. and I felt in the same way.
    Thank you.

    मन परे हरियो नपरे रातो ! Thumb up 46 Thumb down 14

    • Manoj Khadka

      You are absolutely true, dude. This is what the people should know. We all people have enough awareness to distinguish between good and bad. Whatever people say, Dr. Bhattrai is the best. He is the only leader who can change Nepal. Me too support for what he did and his vision to transform poor Nepal into into its prosperity.

      I wish him good luck.

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 12

  • गगने

    देशको निश्पक्ष न्याय दिने सस्था को प्रमुखलाई देशको बिबाद र सन्क्रमणकालिन समयको चुनाब गरायर दुधको दुध पानीको पानी छुट्याउन दिदा राम्रै हुन्छ! अब अन्यथै मानिरहने हो भने र बिबादै गरि रहने हो भनेत के कुरा भो र? यो पनि हुदैन त्यो पनि हुदैन शुशिललाई प्रम बनाय मात्र हुन्च तर ल बनाउछु भनेर भनेमा अन्तमा काङ्रेस भित्रबात वा एमाले भित्रबाट अर्को बखेडा निस्किहाल्छ क्यारे! निस्चित समयको चुनाब सम्पन्न गर्ने निस्चित म्यान्डेड दियर देशको निस्पक्ष सस्था को निस्पक्ष प्रमुखलाई यो बिबाद र समस्या टुङ्याउने कार्यभार सुम्पिदिदा राम्रै हुन्छ!
    अहिले प्रम बन्न पायन भने शुशिल कोइरालाको सात जन्ममा पनी सम्भावना छैन्! रामचन्द्र् आदिको पनि तेस्तै हो यो जुनिमा तेसैले जसरिपनी यिनीहरूलाई अहिले र यसैगरी प्रम बन्नु छ यो भन्दा अर्को समय र बाटो यिनीहरूको लागि पुर्‍ऐ बन्द छा आनि किन मान्थ्यो!
    यिनीहरू आफूलाई प्रम नबनाम्जेल केही पनि मान्दैनन र बनाइहाल्यो भने यी माओवादीलाई पेलेर प्रतिगमन तीर जान्छन तेसैले खुरुक्क यिनीहरूलाई सडकमा छाडेर द्श अघि बढाउ बाबुराम! यिनीहरू सडकमा चिच्याउछन आनि घाटी र मुख सुक्छ तेही सुकिढाल जसरी बिलय हुन्छ!
    यिनीहरू तीर दोहोरी खेलेर समय बर्बाद गर्नुभन्दा खुरुक्क अब देशको बिकाश र सम्ब्रिद्दीको लागि उत्पादन र निर्माण तीर ध्यान दिउ!

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 13

  • बलराम

    किन न हुनु नि, एक महिना पुनर्स्थापना ले समाधान भो, एक महिना सुशील दा प्रधानमन्त्री भएर समस्या समाधान भो, एक महिना अब प्रधानन्यायाधिश प्रधानमन्त्री भएर समस्या समाधान हुन्छ, त्यसपछि अर्को फर्मुला छिट्टै आउछ, किन त्यसै आत्तिएको?

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 6

  • hari majhi

    कम्निस्त्लाई सत्ता दिनु र बादरको हातमा नरिवल दिनु उस्तै उस्तै हो न त नरिवल खान्सकछ न त सत्ता कम्निस्तले सत्ता छोद्छ यी जंगली बाबुराम उस्तै हुन्

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 33

  • sandhya

    कांग्रेस एमाले जस्ता हिजडा पार्टीका पिछलग्गुहरुलाइ कति हतार परेको कमेन्ट गर्न र क्लिक गर्न, सक्छौ भने भन्नु नि तिम्रा प्यारा नेताहरुलाइ सहमतिको विकल्प ल्याउन भनेर, हुन त विकल्प भए पो ल्यावोस् पाजी हरुले

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 58 Thumb down 47

  • Lakshman

    अब नेपालका सबै हास्य बंग्य कलाकारहरु हरिबंश , मदन कृष्ण , जितु नेपाल ,सिताराम कट्टेल , कुन्जना, दमन रुपाखेती , मनोज गजुरेल ,सन्तोष पन्त हरु सबै बेरोजगार हुने भय , उनिहरु सबैको काम अब प्रचण्ड प्रतापी भूपतिले नै गर्ने भयो / बेला बेलामा हावादारी कुरा गरेर एसले जनतालाई मनोरंजन दिने गर्दछ / यो माओपुत्र प्रचण्ड अब कुराजनितिग्य मात्र हैन कमेडियन पनि बन्ने भयो /

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 15

  • नेपाल को राजनीतिक धेरै मन पर्छ मलाई त | नेता हरु सबै जोक्कर परे | हसाउन धेरै सिपालु छन् | जनता लाइ यिनी हरुको कुराले अहिले सम्म पनि हसाइरहेको छ | यो हासो जनता मा धेरै दिन सम्म रहदैन, यक दिन राजनीतिक गर्ने हरुको लागि जनताले मिलेर यक यक गरि सबै लाइ आफ्नो औकात मा ल्याउने छन् | यस्तै पर रही रह्यो भने जनताको हातमा सत्ता आउने छ अनि नेपाल बिकसित हुने छ | भष्टाचार अन्त्य हुनेछ | हामीले त्यो दिन देख्न नपाय पनि हाम्रो पुस्ताले चमत्कार भयको हेर्न पाउने छ | अझ पनि सिध्रने टाइम छ , सुध्र नेता हो, जनता माथि भयको अन्याय तिमि हरु को लागि १ दिन कहाली लाग्दो दिन हुनेछ | त्यो दिन तिमि हरु को सर्ब नाश हुनेछ |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • Jeevan

    मैले कुरो नबुझेको क भने कांग्रेस र एमाले किन अहिले को सरकारमा गएर चुनाब मा जान नहुने?
    यदी कांग्रेस र एमाले हिम्मत भएको पार्टी हुन्थे भने कुर्सि को पछि मात्र लाग्ने थिएनन् /
    नेपाली जनताले अब बुझ्नुपर्ने कुरा के हो भने चुनाब लड्न नचाहने पार्टी भनेको कांग्रेस र एमाले हो माओबादी होइन/

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 13

  • यो केवल अन्धो ले आँखा दान गर्छ रे भन्ने हल्लामात्र हो भन्ने हाम्लाई ळाइराछ /

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 2

  • kedar

    रास्ट्रीय संस्थाहरु भित्र खेल्दै र भत्काउदै जानेको नियतको यो चरम रुप हो / हेर्दै जानुस यो प्रस्ताबको उपयोगिता सकिए पछि उप रास्ट्रपति लाई प्रधानमन्त्री बनाउँ भनेर आयेनछ मलाइ टन्नै गाली गरे हुन्छ साथीहरुले /

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • रबिन

    प्रचण्डले सबैलाई नचाउनु -नचाउने भयो ! अनि अरु नेता लोमे हरु खाली बिरोध मात्रै गरेर बस्ने भए , आखिर दुख जति जनता ले पाउने त होनी !

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

  • naresh

    हरेक कुराको बिरोध गरेर हुदैन | राजनीति सहमति गरेर पक्का पनि चुनाब गर्ने हो भने भुतपुर्ब प्रधान न्यायाधिस को प्रधन्मंत्रित्यो मा चुनाब गराउदा राम्रो हुन्छ | तर तेस्को पनि बिरोध भएमा हरेक पार्टी ले विकल्प हरु प्रस्तुत गर्न सक्नु पर्छ | नत्र बिरोध मात्र गर्ने तर विकल्प प्रस्तुत नगरेर हलो अड्काउने हरुलाई फेरि गलामा हान्ने बहादुर हरुको खोजि गर्नु पर्ने हुन्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

  • Ekraj

    जोक त गर्यो पर्चान्देले तर सारै गनाउने जोक पर्यो| एदी प्रधान मन्त्रि न्यायेधिश हुने हो भने अरु मन्त्रि पनि अलि सिक्षित, भास्त्रचार को दाग नलागेका र कुनै पनि फोहॉरि राजनीति उदेस्य नभएका, कुशल राज्य संचालन गर्ने आँट र शिप भएका बेक्तीलै मन्त्रि बनाए हुन्छा | यी बज्रस्वान्थ, भेडा,र भास्त्रचारी को सासन बाट हामी सबै वाक्क भैसकेका छौँ| जेल मा कुहून पर्ने ले सासन चलाए पछि यस्तै हो| त्येस्तो स्वतन्त्र बेक्ती हरुले चुनाब गराउने हो भने हाल का नेता भनौदा हरुमा, अनुसन्धान गर्नेहो भने ९०% जति अर्को चुनाब मा उम्मेदार हुन मिल्ने नैतिकता छैन यो म लेखेर दिन सक्छु|

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 4

  • xyz

    Nepal’s judiciary is no less corrupt and feudal, probably, it is more corrupt than the Executive – at least, the Executive is far more inclusive than the corrupted Judiciary. Because this simple reasining, Prachanda’s proposal to have an Executive led by the CJ will fail to realize. If we are looking for an Executive just to hold elections why not ask the President himself to take the responsibility?

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • Deepak Parajuli

    सरकार को आयु लम्बाएर देश को ढिकुटी लुट्ने चाल हो माओबादी को /

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 13

  • Nik

    मैले देखेको कुरो चै, “माओ-”वादीले आफ्नो लागि धेरैनै राम्रो काम गरि रहेको छ|पद लोलुप मुख्यधारका भनाउदा राजनैतिक पार्टीका नेताहरुले बुझ्न नसकेको कुरा कम्युनिष्टहरुले गरि देखौछां भन्ने उदाहरण हो|यसो भन्नु पर्दा अलि पछि हटेर २०६२-६३ को आन्दोलन अनि त्यसको पृष्टभूमिलै हेर्यो भने आजको हाम्रो देशको अबस्थाको निचोड र “माओ-” वादीको ever lasting strategy के भन्ने कुरो छर्लंग हुन्छ|यसको लागि निश्चय पनि “माओ-” चश्मा धारिका लागि त्यो गलत नै हुन्छ|२०६२-६३ सम्म देशमा तिन अंग खम्बा झैँ उभिएका थिए|१. राजसंस्था,२. नेपाली सेना, र ३ न्याय पालिका| २०४७ को संबिधान जुन खासैमा भन्ने हो भने राजा बाट नभई यै आजका “मलाई प्र. मं. देउ” भन्ने नेताहरुका पार्टीले नै लेखेर पारित गरेको संबिधानले माथि उल्लेखित ३ संबैधानिक अंगको अंगिकार गरेर तिनैलाई एक अर्का बाट स्वतन्त्र संबैधानिक अंग गोश्हित गरेको थियो|माओ – बादीले जब हथियार बाट राज्य लिन नसकिने देखेपछिका उसको माकुरीजालमा एक एक गरेर यी तिन अंग खतम पार्ने strategy बनाएको हो|यो कुरो बुझ्न स्वयम् चीनको जनक्रान्तिलाई हेरे मा प्रष्ट हुन्छ|जब माओ ले क्रान्तिमा राष्ट्रबादिलाई नलिई क्रान्ति सफल नहुने देखेपछि, यस्तै प्रलोभन नै प्रलोभन देखाएर च्यांग काई सेक लै आफु संग मिलाएका थिए र पछि जब उनको हात माथि पर्यो, तिनै राष्ट्रबादी नेता र सेनालाई खेदी खेदी देश बाट बाहिर निकालेको बिर्सनु नै हाम्रो देशका यसबेलाका र २०६२-६३ को नेताहरुको कमजोरी हो|नत्र चुनाब बाट आएको संबिधान सभा जसमा राजसंस्था, सेना र न्यायपालिका बारे कुनै पनि पार्टीको agenda मै थिएन, पहिलो बैठकमै त्यसबेला सबै भन्दा अप्ठ्यारो मा परेको राजसंस्था हटाउने काम भयो जुन बस्ताब मा भन्ने नै हो भने गैर अनुनी कुरा थियो|”नेपालको पहिलो राष्ट्रपति” को प्रलोभन मा परेर माओ-बादी लाइ कांग्रेसले यो देशद्रोही काम मा सहयोग गरेको कुरो आज सबै लै प्रष्ट था छ|जब त्यो ढल्यो, त्यसपछि सेना समायोजन र समाबेशी को नाम मा नेपाली सेना माथि माओ-बादीले आफ्नो जालो फेकेको कुरो यहाँ बुझ्नु आवश्यक छ र आज सेना देशको र जनताको लागि केहि गर्ने क्षमतामा नभएको कुरो त ऐना जस्तै नै छर्लंग भैसक्यो| अब बचेको एक मात्र स्वतन्त्र अंग न्यायपालिका माथि माओ-बादी ले गिद्दे दृष्टि राखेको छ|कारण यिनै न्यायधिस हुन् जसले यी नेता हरुलाई अप्ठ्यारो मा त्यो पनि कानुनी रुप मा एउटा स्वतन्त्र अंग ले गर्नु पर्ने काम गरेका ले अब यिनलाई पनि यो राजनैतिक भुङ्ग्रो मा हालेर सेकुवा बनाउने दाउमा यो माओ-बादी भएको कुरा अब पनि नबुझे कैले बुझ्ने?समग्र रुपमा भन्ने हो भने जब सम्म हामी सबै मिलेर यो माओ-बादी रुपी कालो बादल देश बाट हटाउन सक्दैनौ तब सम्म हामी परमुखी भएर बन्छ्नु पर्ने बाध्यता आउँछ नै आउँछ|

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 11

    • madan bajracharya

      निकज्यु/
      धेरै लामो समय पछि यहाको प्रतिक्रिया पढ्न पाउँदा मलाई मात्रै होईन धेरैलाई खुसि लाग्यों नै होला/ नेपालमा भयका नाम मात्रका मार्क्स बादी मावोबादीहरुको आलोचना आज सबैले गर्दै आयकैछ/ त् यसैमा सिमित रहुँ मित्र निकज्यु/ संसारको ईतिहास साछी छ कि साम्म्य्बादी र प्रजातान्त्रिक राजतान्त्रिक सबै मुलुकहरुमा पनि कपुत राजनीतिग्यहरु निक्लेकै थिय/

      यस्तै कपुतहरुले नेपालमा प्रजातन्त्रलाई “परिकोतन्त्र” र लोकतन्त्रलाई “लुत्नेतन्त्र” बनायो भने भारतीय ससुराको ज्वाईं राजाले स्वतन्त्र नेपाललाई उसको स्वास्नीको दाईजो राज्य जस्तै ठानेको थियो/ प्रमाण चाहिन्छ भने २००७ साल पछि पुन गद्दीमा बसेको राजाले आफ्नो निजि सहायक किन भारतीय नागरिक तथा भारतको पुर्व सचिव(गोबिन्द नारायण) राखियो भनेर सोच्नु भय पुग्छ/ त् आलोचना यस्तै कपुतहरुकै गरूँ/

      नेपालको प्रजातन्त्र बादीहरूलाई गालि गर्दा गणेशमानको सम्मान जोग्यायर गरूँ/ कम्युनिस्टहरुलाई गालि गर्दा पुष्पलाल मदन भण्डारी जस्तै व्यक्तिहरुको अपमान हुने गरि नगरुँ/ सबै कम्युनिस्टहरुको आलोचना गरेर यस्ता “कपुत” हरुलाई किन कम्युनिस्टको सम्मान दिने? सहि कम्युनिस्ट गलत छैन/

      आजको मावोबादी “मावोबादी” होईनन/ सायद हिजो भारतीय बिस्तारबादको बिरोध गर्ने मावोबादी “मावोबादी” होलाकी भन्न सकिन्थ्यो/तर आज भारतकै समर्थनमा भारतकै चाकरी गरेर; भारतलेनै उच्चालेको मधेशबाद कै निमित सट्टा कब्जा गर्ने मावोबादिलाई मावोबादी भन्न मान्न सकिंदैन/

      अहिले आफुलाई बहुमत पायको दलको प्रधान मन्त्रि भयको कारण देखायर आफ्नै नेत्रित्वोमा सरकार रहनु पर्ने दावी गर्दै आयको सबैले सुन्दै आयको हो/ तर के बाबुराम प्रधान मन्त्रि बनेको उसको दलले देसको जनताको बहुमत पायको कारणले हो?

      बाबुराम त् झलनाथको नेत्रित्वोको “बहुमतीय” सरकारको बिरोध गर्दै देसमा बहुमतीय होईन सहमतीय सरकारको बन्नु पर्छ भन्दै सहमतिकै आधारमा प्रधान मन्त्रि बनेको थियो/ झलनाथ मात्रै बहुमतीय प्रधान मन्त्रि थियो/ बहुमतीय प्रधान मन्त्रि झलनाथको बिरोध गर्ने बाबुराम मात्र सहमतीय प्रधान मन्त्रि हुन्/तर आज बाबुरामले अरु दलहरुको मात्रै होईन उसैको पार्टीको आधा जसो कार्यकर्ता र नेताहरुको समेत सहमति गुमाई सकेको छ/बाबुरामलाई समर्थन गर्ने मधेशबादिको मुकुण्डो लगायको भारत मात्रै हो/ अरु त् अरु मधेश बादीहरुमा भारतको बिरोध गर्ने उमेश यादव समेत बाबुराम समुहमा सामेल छैन/

      अन्तमा अहिले देसको चुनावी सरकारको नेत्रित्वो दलहरु भन्दा बाहिरकोले गर्नु पर्ने कुराको बिउ मावोबादी आफैले रोपेको त् छ/ तर उनीहरुले मात्रै होईन कुनै दलले पनि यो “बिउ” लाई पलाउन दिंदैन/ यो मात्र बिबाद अल्झायर जति सकिन्छ तेती लामो समय सम्म सत्तामा रहिरहने झेल मात्रै हो/

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 15

    • SARAD

      लौ माओबादी लाई खेदेर देखाऊ लौ खूळ्ख्य़ाऊ

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • तप्त भण्डारी,पेरीस,फ्रान्स

    स्वतन्त्र ब्यक्ति चुन्ने भए दल किन चाहियो? हिजोको निर्दलिय पँचायति ब्यबस्था र राजा फर्काए भयो नि त्यसो भए, यो प्रचन्द पागल भयो अब पागल कुरा मात्र गर्छ । यस्लाई १५००० मान्छेको रगतले पोलेको छ। यस्लाई अन्तरराष्ट्रीय अदालत डेनहाग हलैन्डमा उभ्याउनु पर्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 13

  • hari

    प्रचण्डले कुनै प्रस्ताब ल्याउनु भन्दा अगाडी धेरै सोच बिचार गर्छन आफ्ना नजिकका मान्छेहरु संग गहिरो छलफल गर्छन अनि विपक्षीहरुले उनको प्रस्ताब कुनै हालतमा मान्दैनन भन्ने निस्कर्ष निस्कियेपछी बल्ल प्रस्ताब सार्बजनिक गर्छन. अनि जनातामा आफु फराकिलो छाती भएको मान्छे बिपक्षी हरु यो भने पनि नमान्ने त्यो भने पनि नमान्ने सानो सोच भएका मान्छे भन्ने पार्न खोज्छन.

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 5

  • Nabin Adhikari

    नामचीने पिङ्ग को सय झड्का भनेको येही हो| तिमिहरु को नाटक धेरै भईसको..

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 14

  • bibek dhakal

    प्रधानन्यायाधिस भनेको जोकर हो र – लहड मा आएर जे भन्यो तेइ मान्नलाई ? हुन त मलाई स्वयं अहिलेको अवस्थामा खालि न्यायपालिकाले मात्र केहि भरपर्दो काम गर्न सक्छ जस्तो लाग्छ तर प्रधानन्यायधिस जसको स्थान एक अभिवावक सरह हुन्छ , जसलाई रास्ट्रपति वा प्रधानमन्त्री भन्दा पनि माथि हेरिन्छ जो अति निस्पक्ष हुनु जरुरि छ – यस्तो व्यक्तिले राजनीतिक कार्यवार सम्हाल्नु ठिक नहोला ! जहासम्म लाग्छ प्रधान न्यायाधिस ज्यु ले वा सर्वोच्च ले आज भोलि नै यो बारे खुलस्त परेर प्रतिक्रिया दिन बेर छैन. बरु पुर्व न्यायाधिस वा प्रधान न्यायाधिस लाइ चाही प्रधान मन्त्रि बनाए एकदम उत्तम हुन्थ्यो होला, चुनाब नहुन्जेल लाइ. कमसेकम ” ल ” एण्ड “अर्डर” त धेरै मजबूत हुन्थ्यो!

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 5

  • bikka rana magar

    pusपकमल दाहालले बहालवाला प्रधान न्यायाधिशलाई चुनाबी सरकारको प्रमुख बनाउन प्रस्ताब गरिराख्दा यी कुरा विचार गर्ने कि?
    1) शक्ति पृथकीकरणको सिद्धान्त खलबलिन्छ, राज्य व्यवस्था माथि कसैको निगरानी रहन्दैन।
    2) आज सम्म न्यायको लागि खम्बा रहेको सर्वोच्च अदालत ‘कम्प्रोमाइज’ हुने।
    3) सबै राष्ट्रिय संस्थाहरुलाई ध्वस्त पार्ने योजना अन्तर्गत थप एक गोटी चालिएको।
    4) द्वन्दकाल ज्यादतीको लागि जवाफदेहिताको अभियान कम्जोर हुन जाने सम्भावना।
    5) उक्त सरकार स्वतन्त्र हुने हो कि पार्टीको सरकार?
    6) प्रधान न्यायाधिशले राजिनामा दिनेकि बहालीमै रहने? तेती बेला सरकार बिरुद्धको मुद्दा कसले हेर्ने?
    7) राजिनामा दिने भए विचार गर्न सकिने। ‘डेपुटेशन’मा पनि कोहि प्रधानमन्त्रि हुन्छ?
    8) हाम्रो संबिधानले यसरि प्रधान न्याधिशले उक्त पद बहाली गर्न बर्जित गरेको छ कि छैन?
    आखिर बहालवाला नै किन चाहियो अध्यक्ष् दाहाललाई, मननयोग्य छ। सबै मुख्य पार्टीको सर्बदलिय सहमतीय सरकार हो चुनाब को लागि सबै भन्दा राम्रो, एउटा परिपक्क नागरिक रहेको समाजमा।
    बाबुराम नाम गरेका एक मित्रको कमेन्ट लाई जस्ताको त्यस्तै यहाँ उधृत गरेको छु.

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 12

  • जो आए नि उस्तै हो नारन, तिम ले कुरा न बुज्या के कारण /यस्तै नेपाल मा,सर्बोच अदालत न्याधिश बिहिन भै रहेको बेला प्रचण्ड सर ले जालो हाल्नु हुदैछ कांग्रेस र एमाले सर हरु लाई/जनता को एक मात्र कानुनी भरोसा भएको सर्बोच्च लाई पनि तान्यो प्रचण्ड ले फोहोरी नेपाली राजनीति मा /

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 4

  • Laxmi

    माओबादी ले केहि प्रस्ताब ल्यायो काँग्रेस ले मान्दैन अनि काँग्रेस को के हो त प्रस्ताब ? सरकारमा गएर कसरि समस्या को समाधान हुन्छ भनन त !

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 24

  • karan

    माउबादी सरकार का मनलाग्दी गरेका निर्णय लाई ,एंन, कानुन र नियम आनुसार गर भनेर निर्देसन गरेका ले श्रीमान लाई विवाद मा तानेर वा प्रम को पाषा फ्याकेर न्यायालय को खिल्ली उदाउनु बाहेक केहि होइन ,

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 8

  • कार्य पालिका,न्याएपालिका ,बेवास्थापिका सबै एक व्यक्तिको हातमा सुम्पिएर ३० करोड जनताको भाग्य खोसी उनि तानाशाह बने भनि के हुन्छ ? येसैले यो सरासर गलत छ

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 12

    • Madan Pahari

      उनि USA को लागि प्रस्ताब गरिएका होइनन हउ I नेपालमा त मोटामोटी ३ करोड मात्र छन् जनता

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 4

  • madan bajracharya

    रामचन्द्र प्रधान मन्त्रि बन्न मरिहत्ते गरिरहेको बेला प्रचन्द्र्ले सुसिललाई ‘तपाईं बन्नुस न प्रधान मन्त्रि” भनेको पनि मात्र सुसिल र रामचन्द्रलाई फुताने यउटा जाल मात्रै भयको कुरा अहिले सुसिललाई पनि प्रधान मन्त्रि पद दिन नचाहे बाटै प्रस्ट हुन्छ/

    अहिले सर्वोच्च अदालतको बहालवाला प्रधान न्यायधिसलाई प्रधान मन्त्रि बनाउने भनेको कुरा लोकतन्त्रको कुनै शिधांत सिट मिल्ने कुरै होईन/ लोकतान्त्रिक सरकार कर्मचारीले कहीं कतै चलाउन्दैन/ कर्मचारीले सरकार चलाउने हद सम्मै गिरेको देसमा न्यायालयमा बस्ने कर्मचारीले होईन ब्यारेकमा बस्ने कर्मचारीले सरकार चलाउँछ/

    अहिले मावोबादिले बहालवाला प्रधान मन्त्रीलाई चुनावी प्रधान मन्त्रि बनाउने प्रस्ताव त् मावोबादीलाई अप्ठ्यारो पर्ने फैसला गर्दै आयको सर्वोच्च अदालत प्रति मावोबादीको भित्रि आक्रोशको प्रदर्शन मात्रै हो/ यदि मावोबादिले स्वतन्त्र व्यक्तिकै नेत्रित्वोमा चुनावी सरकार गठन गर्न चाहेकै भय मावोबादिले बहालवाला प्रधानन्यायधिसलाई प्रधान मन्त्रि बनाउने कुरा अघि सार्नु भन्दा भूतपूर्व प्रधान न्यायधिसलाई चुनावी सरकारको प्रधान मन्त्रि बनाउने प्रस्ताव राख्नु पर्ने थियो/ तर यसो कहा भन्न सक्छ तिनीहरुले? भूतपूर्व प्रधान न्यायधिसहरुमा जनताको मन जितेको तर सबै दललाई तर्सायको राम प्रसाद श्रेस्त अझै जिउन्दै छन्!!!/ राम प्रसाद श्रेस्त बा उहा जस्तै न्यायप्रेमी र निडर अर्को कुनै व्यक्तिको नेत्रित्वोको सरकार बन्ने कुरा मात्रै उठेमा पनि ईनिहरु सबैको मुटु हल्लिन्छ होला!!!/

    कांग्रेसले सरकारको नेत्रित्वो चाहेको पनि मात्र आफ्नो नेत्रित्वोको सरकारले चुनाव गराउन पाय चुनावमा राम्रो नतिजा निकाल्ने खेल खेल्न सजिलो होला कि भनेरै मात्र हो/ कांग्रेसले जनताको माझमा मात्र मावोबादीको गलत कुरा गनेर देखाउन सक्छ तर कांग्रेसले देस र जनतालाई के कस्तो असल कुरा गरेको थियो भनेर भन्न सक्दैन!!!/ यस्तै हालत यमालेको पनि छ/

    बास्तवमै भन्ने हो भने बाबुरामले जनताले चितायकै जस्तो अलिकति मात्रै:
    ०१. लोकतान्त्रिक प्रबिती देखायको भय;
    ०२. देसको दोश्रो ठुलो दल कांग्रेस र तेश्रो ठुलो दल यमाले सिटको सहमतिको बिरोधि नभयको भय;
    ०३. आफ्ना मन्त्रि मण्डलमा क्लिन ब्यक्तित्वोहरुलाई सामेल गरेर न्याय माग्ने जनता प्रति सकारात्मक भैदियको भय.
    ०४. भारत सिट नलहसियाको भय;(यो कुरा नमान्नेले बैद्यलाई जवाफ दिउन)

    कसैले पनि बाबुरामको सरकारको बिकल्प खोज्ने थियन र मावोबादीको पुर्व प्रसंसकहरु पनि आज आलोचक बन्ने थियन/बाबुरामकै नेत्रित्वोको मुनि कांग्रेस यमाले पनि सामेल हुनेनै थियो(भै सकेको पनि थियो!!); संबिधान ‘संबिधान सभाले नै जारि गरि सकेको पनि हुन्थ्यो र यस्तो “दल जिताउने जनता हराउने” चुनावी सरकारको षड्यन्त्र कसैले गर्नु पर्ने नै हुने थियन/

    उहिले गिरिजालाई भारतले समर्थन गर्दा कांग्रेस टुक्रियो, जनताको नजर बात गिर्यो/ यमालेमा माधव ओलीलाई भारतले अंगाले पछि यमाले पनि टुक्रियो जनताको नजर बात गिर्यो/ अहिले भारतले बाबुरामलाई समर्थन गरेकै कारणले मावोबादी पनि टुक्रियो र जनताको नजर बात गिर्दै गैराखेको छ!!!/यता तिर मावोबादीको हरायक कुरा गलत कुरा पनि ठिक भन्नेहरुले बेलैमा सोचे राम्रो हुनेछ/

    स्वतन्त्र नागरिक कै नेत्रित्वोको चुनावी सरकार बनाउने परे भूतपूर्व न्यायधिस रामप्रसाद श्रेष्ठ जस्तै व्यक्तिको नेत्रित्वोमा बन्नु पर्छ/ तर यसो गर्न पनि पहिला अन्तरिम संबिधान नै संसोधन गर्ने पर्ने हुन्छ/ अन्तरिम संबिधान संसोधन गर्ने भने पछि फेरी पनि “सहमतिकै पर्खाल ठडिन्छ सहमतिको खाडल खनिन्छ” /

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 14

    • arjun lama

      अहिले मावोबादिले बहालवाला प्रधान मन्त्रीलाई चुनावी प्रधान मन्त्रि बनाउने प्रस्ताव त् मावोबादीलाई अप्ठ्यारो पर्ने फैसला गर्दै आयको सर्वोच्च अदालत प्रति मावोबादीको भित्रि आक्रोशको प्रदर्शन मात्रै हो/ यदि मावोबादिले स्वतन्त्र व्यक्तिकै नेत्रित्वोमा चुनावी सरकार गठन गर्न चाहेकै भय मावोबादिले बहालवाला प्रधानन्यायधिसलाई प्रधान मन्त्रि बनाउने कुरा अघि सार्नु भन्दा भूतपूर्व प्रधान न्यायधिसलाई चुनावी सरकारको प्रधान मन्त्रि बनाउने प्रस्ताव राख्नु पर्ने थियो/ तर यसो कहा भन्न सक्छ तिनीहरुले? भूतपूर्व प्रधान न्यायधिसहरुमा जनताको मन जितेको तर सबै दललाई तर्सायको राम प्रसाद श्रेस्त अझै जिउन्दै छन्!!!/ राम प्रसाद श्रेस्त बा उहा जस्तै न्यायप्रेमी र निडर अर्को कुनै व्यक्तिको नेत्रित्वोको सरकार बन्ने कुरा मात्रै उठेमा पनि ईनिहरु सबैको मुटु हल्लिन्छ होला!!!/

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • Suman bhote

    भट्टराई को राजिनामा माग्नुमा बिपक्छी (झन् भनम कांग्रेस को) प्रमुख माग हो…. किन? किन भने, प्रधानमन्त्री हट्नासाथ, रास्ट्रपति ले सासन चलाउनुपर्ने हुन्छ….. र सहमति भएन भने, तेसै चलिरहनछ…. र कांग्रेस माथि पर्छ…
    प्रचण्डले पहिले छोडेर भोगी सके…. माधव नेपाल लाई हटाउन मावोबादीलाई कति गार्हो भयो…. सबै लाई थाहै छ….
    कांग्रेस गएपनि सहमति हुनेबेला छैन…. तेसै ले किन छाडथ्यो मावोबादिले…
    सबै लाई मान्ने मान्छे…. चहियो….
    कांग्रेस लाई छाडदैनन्… एउटा कुकूर अर्को बिरालो हो…मल्ने कुरै भएन… मारामार कुटाकुट गर्छन….
    कसैलाई त बनाउनु पर्यो??
    यो जमाना मा कसैले कसैलाई तेतिकै खा भनेर दिदैन…
    मलाई देउ, अरु कुरा मान्दै मान्दिन भन्छ…
    राजेश हमाल वा हरिबंस आचार्य लाई माने बनाए भयो…
    प्रधान न्याधिश ले राजिनामा दिने र प्रधानमन्त्री हुने… ठिकै छ… सबै माने….
    आफै हुनुपर्ने….. नत्र नहुने….. कस्तो बिडम्बना……
    बरु मदनकृष्ण श्रेष्ठ लाई बनैदिए पनि भयो….
    election हुन्छ, तेसपछि तिमीहरु फेरि राजनीति गर…

    मन परे हरियो नपरे रातो ! Thumb up 43 Thumb down 16

    • bikka rana magar

      माथि बाट हस्तक्षेप को एक उत्कृस्ट नमुना हो यो. अब तल बाट हस्तक्षेप गर्न यहि माग लिएर जनपरिचालन गर्ने.

      मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 3

    • Jeevan

      यो हरिबंस भन्ने को हो? सरकार चलाउनु भनेको कुनै फिल्ममा बद्रि को नाटक गर्नु होइन…….

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 9

  • Abhi

    प्रधान न्याधिस प्रधान मन्त्रि भए पछि प्रधान न्याधिस चाही को बन्ने नि ? तेस्माथि अदालत पहिले नै खाली भैसकेको छ . एती कुरा पनि नबुझेर माओबादी प्रस्ताब राम्रो भनेर तीन भित्ता उफ्रने हरुलाई म के भनौ र खै ????? बुझ पचाउनु को पनि हद हुन्छा नि यार !!! शायद अन्ध भक्त हरु पर्नु भो कि!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 16

    • Gagan

      अरे यार, सहमति भयो भने त, पुर्व प्रधान न्यायाधिशलाइ पनि बनाउदा भै गयो नि, राजिनामा माग्ने दिन्न भन्दै बसेर देशलाई यथास्थितिमा राख्नु भन्दा त कसैको नेतृत्वमा गएर चुनाब गर्दा भै गयो नि

      मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 3

  • झट्ट कुरा सुन्दा राम्रो जस्तो लागे पनि कसरि रातारात उनको नाम राजनीतिमा गाँसियो ? पक्कै पनि प्रचण्ड र उनिको बिचमा भलाकुसारी चलेको हुनुपर्छ एदी एस्तो हो भनि बहालवाला न्यायधिस राजनीतिमा आउन मिल्ने कुनै कानुन छैन उल्टो एक स्वच्छ छबि भएका कानुनका ज्ञाता ले राजनीतिमा परबेस गर्छु भन्नु भएको हो भनि गलत हो उहालाई सजाय हुनु पर्छ एदी प्रचण्ड ले उहा लाइ बनाउनु पर्छ कसरि भन्नु भो ? यो पनि बुझी नसक्नु को छ अरु त सबै क्षेत्र राजनीति ले धोस्त परेको बेलामा न्यायपालिका लाइ नि राजनीति तिर तान्नु राम्रो होइन जिन्दगि भरि राजनीति गर्ने र देशको लागि केहि गर्छु भन्ने हरु नि पार्टी मा नभएका होइनन असल मान्छे खोज्न न्यायपालिका मै जानु पर्छ भन्ने छैन प्रचण्ड जी ले जसरि प्रधान न्याधिश लाइ बिबादमा तान्ने काम गर्नु भो तेस्मा के देखिन्छ भनि आफ्नो पार्टी ले त सरकार चलाई हाल्यो माओबादी पार्टी ढलेर सरकार बनाउन खोज्ने हरु लाइ नै सत्ता नमिलोस बरु अरु नै व्यक्तिमा सरकार सरोस भन्ने प्रचण्डको बिप्च्छी हरु लाइ सत्तामा जना बाट रोक्ने एक चालबाजी मात्र हो

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 17

  • sabnam

    माओबादीको अर्को पासा( चालबाजी हो) हो यो. बेलैमा सचेत हुनु राम्रो. येस्तै कुसग्र विचार देसको विकास गर्न लै लगाए कस्तो होला प्रचण्ड कमरेड?

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 12

  • Manoj Thapa

    तेत्रा तेत्रा ठुलो दलहरुलेत सरकार चलाउन नसकेर कुर्सिकालागी येतिठुलो भिडन्त भैरहेको देशमा एउटा जाबो नायाधिसले भनेको कसले कुन पार्टीले सुन्ने . कहिनभयेको जात्रा हांडी गाउँमा. दलिय राजनीतिको असफलताको परकास्था. नेपाललाई एउटा निरङ्कुश तर corruption free सिस्टम को आबस्यकता छ. ये सबै पार्टीका चोरहरुलाई एउतै खाल्डोमा हालेर पुर्नु पर्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 2

  • पौडेल Ram L.

    रामायणमा रावणको दशओटा टाउका भएझै कलियुगको रावण प्रचण्ड हो जुनसुकै बेलामा छेपाराले रुप फेरेको जस्तो रुप मात्र फेरेको मात्र हो येसैमा विश्वास गर्नुपर्ने कुनै आधार छैन . तसर्थ जुनसुकै पार्टीको नेताहरुले नेपाली जनता सधै भेडाको भेडा नै देख्न छाडे हुन्छ .
    कुरा “प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर समस्या समाधान होला?” भन्ने प्रस्नमा यदि कुनै राजनीतिक आस्था र राजनीतिक दबाब नभएको खण्डमा एकदमै उपयुक्त कदम हुन जान्छ . तर नेपालको न्याय क्षेत्र पनि राजनीति बाट टाढा त कहाँ छ र ? नेपाली ले कसरि विश्वास गर्ने ?

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 14

  • Gn grg

    प्रधान न्यायधिसलाई प्रम बनाए पछि सर्बोच्च अदालतको काम नै बाकी रहेन नि प्रधान न्यायाधिस कम प्रधान मन्त्रीले केहि गल्ति गर्यो भने कुन अदालत जाने? अन्तरास्ट्रिय?

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 6

  • hiralal

    माओबादीलाइ जो मन पर्दैन , त्यसलाइ प्रधानमन्त्री बनाउने भनेर बेकारमा बेइज्जत मात्र गर्छ । यो चाल मात्र हो अरू केही हैन । माओबादीले सत्ता कब्जा गरि सक्यो अब छोड्ने कुरा चै बिर्सिए पनि हुन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 7

  • sushil

    माओबादीले १५ २० वर्ष राज गर्छ यो कुरामा २ मात न गरे हुन्छ त्यो पनि बैधानिक तरिकाले चुनाब गरेर बहुमत न ल्याए पनि ठुलो पार्टी भएर राज गर्छ येदि कसैलाई संका लाग्छ भन्ये प्रचण्ड र बाबुराम को विकल्प दिन सकुन .

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 36

  • Mantra

    प्रचण्डले असल नियतले प्रस्ताब ल्याएका हुन् भने बहालवाला हैन भुतपुर्ब प्रधानन्याधिशको नेतृत्वमा सरकार बनाएर चुनाब गराउनु पक्कै एउटा समाधानको बाटो हुनसक्छ किनभने अहिले कुनै पार्टीले कुनै अर्को पार्टीको नेतालाई बिश्वास गर्नसक्ने अवस्था देखिदैन/ बहालवाला प्रधान न्यायाधिशलाई प्रधानमन्त्री बनाउदा सक्तिपृथकीकरणमा समस्या आउन सक्छ र “म नै राज्य हुँ र कानुन पनि मै हुँ” भन्ने सोचाइ बिकसित हुन सक्छ जसको परिणाम घातक हुनसक्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 1

  • पुष्प

    संविधानसभा विघटन भएको र संसद नरहेको अहिलेको अवस्थामा प्रधानमन्त्रीजस्तै राष्ट्रपति पद पनि कामचलाउ नै हुन् । अहिले देशको एकमात्र वैधानिक सर्वोच्च पद भनेकै प्रधानन्याधीश हो । त्यसैले यो प्रस्तावलाई पनि गलत भन्नेहरू पूर्णरूपमा नाङ्गिए भनेर जाने हुन्छ ।

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 79 Thumb down 105

    • Vijay

      हाहाहा, फेरि हसाउनुभयो पुष्प जी ले ! न्यायपालिकाप्रमुख लाइ उनकै क्षेत्रमा राम्रो गर्न दिउ, प्रधानमन्त्रीमा उठाएर आफ्नो स्वार्थ पूर्तिको लागि प्रयोग नगरौ भन्ने मात्र कुरा हो ! तपाई त्यसै जंगीदिने…….फरक मतको कदर गरम न, स्वस्थ वैचारिक बहस गरम ! हामी धेरै लड्यो भने मौका हेरेर बसेका दख्खिन र पश्छिमका गिद्दहरुलाई चानस मिल्छ के !

      गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 38 Thumb down 54

      • पुष्प

        अनि के गर्ने त विजयजी ? विपक्षीहरूको प्रमको ताँतीमा त हरूवाहरू नै बढी छन । विरोधमात्र होइन समाधानको उपाय पनि दिनुपर्यो नि !

        मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 13

      • विजय जी,
        Never argue with an idiot; they’ll drag you down to their level, and beat you with experience.
        So don’t argue.

        मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 30

        • पुष्प

          सही कुरा गर्नुभो प्रदीपजी; हाम्लाई पनि त्यस्तै लाइराको हो । तर आफूले आफूलाई विद्वान ठान्दिन म ।

          मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • अनिल मिश्र

    श्रीमान प्रधान न्यायाधिश प्रधानमन्त्री हुनु राम्रो हो तर बर्तमान अवस्थाको समस्या कसैले समाधान गर्न सक्ने जस्तो मलाई लाग्दैन । जो प्रधानमन्त्री बने पनि नेपाली जनताको चित्त बुझाउन गाह्रै छ । अहिलेको अवस्थामा बाबुराम भट्टराई सरकारलाई नै चुनाव सम्म सरकार दिलाउदा राम्रो होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 48 Thumb down 26

  • अनिल मिश्र

    यो एउटा उत्तम बिकल्प हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 43

  • Shiv

    हाम्रो जस्तो देशाँ कानूनी राज्य र विधिको शासनको जग बसाल्ने नै हो भने १०-१५ वर्ष पुर्व प्रधानन्यायाधिशलाइ पालै पालो प्रधानमन्त्री बनाएर दलका मन्त्रीहरु राखी कानूनको पाठ सिकाउने गरी सरकार चलाउनु राम्रो हुन्छ / देशमा बहुदलीय शासन आएको बीसौं वर्ष नाघी सक्दा पनि नियम कानून खल्तीमा राखेर हिड्ने दलका नेताहरु बाट केहि आशा नराखे हुन्छ / अहिलेलाई प्रधानन्यायाधिशको नेत्रित्वोमा यथाशिघ्र चुनाबी सरकार घोषणा गरी देशलाई अत्यन्त आबश्यक संबिधान दिन सफल होस् भनि कामना गर्दछु / यो विकल्प पनि नमान्ने हो भने यो देशमा अनिष्ट हुन सक्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 6

    • डिल्लीरमण न्यौपाने

      शिव जी,
      पूर्व प्रधानन्यायाधिश कि प्रधानन्यायाधिश भन्न खोज्नु भा’को प्रस्ट भएन / पूर्व प्रधानन्यायाधिश हो भने कुरो ठिकै हो … नत्र …..

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • रबिन्द्र राज गिरी

    प्रस्ताब त त्यति बेठिक होइन कि ? तर एक पछि अर्को प्रस्ताब राख्दै हिड्ने प्रचण्डको यो प्रस्ताब पनि साँच्चिकै हो भन्ने कुराको चाहिं भरोसा छैन | यदि सुशील कोइराला लाई प्रधानमन्त्री हुन्दैन भन्ने थियो भने किन प्रचण्डले त्यो प्रस्ताब राखेर फेरि फेरे ? उनीहरुको चालमा शंका गर्ने धेरै ठाउँ छन् अहिले | प्रधानमन्त्रीको कुर्सिको ललिपप खुवाउँदै हिड्ने माओबादिको रणनीति पो हो कि भनेर सोच्ने धेरै ठाउँ बनिसकेको छ अहिले

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 23

  • Samsundar

    संबिधान सभा भंग गर्ने आदेश दिने प्रधान न्यायधिश लाई नै प्र म बनाउने यो सत्ता लम्ब्याउने खेल हो प्रचण्ड जी को | अदालत लाई विवाद मा तानेर रानीतिकरण गरेर राज्यसत्ताका सवैअंगहरुलाई राजनीतिकरणगर्ने र कमजोर वनाउने यो रणनीतिले आज सम्म न्यायको लागि खम्बा रहेको सर्वोच्च अदालत ‘कम्प्रोमाइज’ हुने निश्चित छ | साथै बुधवार प्रधानमन्त्री जु सर्वोच्च अदालतले काम गर्नै दिएन भनि सराप्ने अनि बिहिवार प्रचण्डले प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार को माग गर्ने , यो सोच कति कुटिल र पूर्वाग्रही छ यहि बाट स्पस्ट देखिंछा | सर्बोच्चले अनेकौं अंकुस लगाउदा त बाबुराम अधिनायकबादी नयाँ तानाशाह बन्न लागि परेका छन् भने अब न्यायालयलाई नै शासन गर भन्नु सरासर तानाशाही ब्यबस्था लागु गर्न अग्रसर हुनु हो | फेरि बहालवाला न्यायधिष कुनै पनि अन्य लाभ को पद स्वीकार गर्न नसक्ने संबिधान ले निषेध गरेको अवस्था मा यो त्यसै पनि सम्भव होला जस्तो छैन – केवल खिलराज जी को हुर्मत लिन खोजेको जस्तो देखिंछा …………………

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 18

  • Sisir

    पुकदा : मने मैले यो निश्चित रुपमा मजाक गरेकै हो ..
    दोर्जे : बास्तबमा हाम्लाई पनि अदच्य कमरेडले ठट्टा गरेकै हुन् भन्ने लाइराछ ..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 76 Thumb down 26

    • Prabesh Thapa

      Hidden due to low comment rating. Click here to see.

      धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 38 Thumb down 92

      • Sisir

        तपाइको प्रतिक्रियामा तपाइको संस्कार,पृष्ठभूमि , मनस्थिति, तर्कसिलता आदि इस्पस्ता झल्किन्छ र मलाई भन्नु येति मात्र छ
        “Never argue with an idiot; they’ll drag you down to their level, and beat you with experience.”
        तपाई जस्तो महान व्यक्ति संग मलाई विवाद गर्नु छैन .. एस्तो तुच्छ र निम्न कोटीको आरोपको खण्डन गर्नु पनि ब्यर्थ छ .. तपाइको जय होश ..

        मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 7

  • SANU

    राजनतिक दलका नेताहरु कोहि पनि ठिक चै छैनन् / सहमति सरकार बनाउनको लागि यो नै उत्तम बिकल्प हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 16

    • madan bajracharya

      सानु ज्यु
      हो तर बहालवाला न्यायधिस होईन भूतपूर्व न्यायधिस/ बहालवाला सर्वोच्च अदालतको प्रधान न्यायधिस पनि सेनाको कमान्डर जस्तै यउटा कर्मचारी मात्रै हुन्/ कर्मचारीको नेत्रित्वोमा लोक्तानात्रिक चुनाव गर्ने कुनै पनि शिधान्तले उचित मान्न सकिंदैन/ स्वतन्त्र व्यक्तिकै नेत्रित्वोमा चुनावी सरकार गठन गर्ने हो भने भूतपूर्व प्रधान न्यायधिस कै नेत्रित्वोमा सरकार बन्नु पर्छ/

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

      • तेन्जिंग गाबा

        न्याय क्षेत्रलाई नचलाउने दृस्टीले “भुतपुर्ब (प्रधान) न्यायधीश” लाई सरकार प्रमुख बनाउने कुरो जायज हो तर त्येसो गर्दा पनि “भुतपुर्बहरुको लामो लिस्ट” वाट कसलाई चाही बनाउने भनेर बबाल हुन्छ नि /
        हुनत बहालवालालाई पनि दिने कुरो मात्र हो, साह्रै देलान जस्तो त् लाग्या छैन, दिने भए अस्ती जेठ १५ मा नै दिन्थे होलान नि, त्येस्बेला पनि बहालवाला प्.न्यायधीश त् थिए नै कि कसो ?

        जदौ

        मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • sushi

    माओबादीहरुको अर्को नया चाल मात्र हो/ यिनले ज्ञाने ले जस्तै सजिलै सत्ता छोड्ने वाला छैन / यी जुका जस्तै हुन्/

    मन परे हरियो नपरे रातो ! Thumb up 41 Thumb down 29

    • तेन्जिंग गाबा

      कालूले धेरै पटक “बाघले बाख्रो लग्यो” भनेर झुक्काई सकेको छ
      अब पनि गाउलेले कालूलाई तह नलगाउने हो भने यसले भरे-भोलि-पर्सि पनि झुक्काउछ / त्येसैले
      अहिले कालूले “बाख्रो लग्यो” भनेर कराउदा त्येसको बाख्रो लुकाई दिनु मा नै कालु र गाउले दुबैको भलाई छ /

      जदौ
      तेन्जिंग गाबा

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 6

  • कुमार जी

    मावोबादी चुनाब को पक्षमा नरहेको कुरा अघिल्लो ब्लग बाट आएकै हो | चुरो कुरा माइसंसार ले नै बोलिसकेको छ मावोबादीको सत्ता लम्याउने चाल , बिपक्षीलाइ अनावस्यक बिषयमा इन्गेज गराउने तुरूप र जनतालाई ए मावोबादिले त चाहेकै हो बिपक्षी नै अर्घेला भने जस्तो देखाउने भ्रम मात्र हो |

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 25

    • sushil

      कुमार जी मावोबादी ले चुनाब त्यो बेलामा गर्छ जब उसको प्रस्ट बहुमत आउने अबस्था हुन्छ नत्र येसरिनै हल्लैरहांचा ह्येर्दै जानु होला आब अदालत एउटा बाकी छ त्यो पनि आफ्नो कब्जामा बनाउने रणनीति लिएर आउदै छ छिट्टै अदालत पनि कब्जा गर्छ मावोबादिले उसको चाल नै सत्ता कब्जा हो र गर्छ पनि किनकि कांग्रेश र एमाले भनेको कुनै सोच र योजना न भाको पार्टी हो सुशील कोइराला को त के कुरा गर्ने प्रधान मन्त्रि को कुरा छाडौ वोड़ा अध्चेमा मा पनि हार्छ .

      मन परे हरियो नपरे रातो ! Thumb up 43 Thumb down 5

      • कुमार जी

        शुसिल जी
        म तपाई को कुरा संग सहमत छु | त्यसै पनि खाली हुन लागेको स. अ. मा प्र. न्या. लाइ पनि बिबादित बनाउने यो अत्यन्त बदनियत पूर्ण चाल हो | त्यस पछी न्यायपालिका पनि ध्वोस्त हुन्छ | एस कुरा को विपक्षीले बिरोध गर्दै गर्दा प्र.न्या.को सहानुभूति मावोबादी तिर बढ्ने र विचाराधीन राजनैतिक मुद्दा हरुमा उनीहरु लाइ फाइदा हुन सक्ने पनि हुन सक्छ | भू पु. प्र. न्या. को प्रस्ताव आएको भए सकारात्मक हुने थियो |

        मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 1

    • Gagan

      कुमार जी,
      बिपक्षीबाट आउनु पनि त पर्यो नि विकल्पहरु, लिएर, सुशिल कोइरालालाइ प्रधानमन्त्रि दे, बाबुरामले राजिनामा दे बाहेक अरु के भन्या छ र ?

      मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 14

      • कुमार जी

        गगन जी
        विकल्प भनेकै त्यहि हो, १० वोटा नया कुरा ल्याउदैमा के हुन्छ र ?प्रमुख कुरा नियतको हो,मलाई लाग्छ मावोबादी सत्ता कब्जाको रणनीतिमा छ र उसका हरेक चाल हरु त्यहि उन्मुख हुन् | प्रचण्डहरु अझ पनि लोकतन्त्रका प्रति इमान्दार छैनन् भन्ने मेरो बुझाई हो | प्रचण्डले नै ल्याएको हो नि शुसिल को विकल्प शुसिलको सफा छबी लाइ खत्तम पार्न र त्यो भयो पनि, बाबुरामले मानेनन् भनेर प्रचण्ड सहमति बाट पछी हटेका हैनन् ? हामी नेपाली मा एउटा समस्या छ short term memory को | प्रचन्डले जेठ चौध पछी कति विकल्प दिए र के के भयो त्यो पनि त हेर्नु पर्यो | बिपक्षीहरु संग बहु विकल्प छैनन् तर लोकतन्त्र प्रति प्रतिबद्द छन् | बहालवाला प्र.न्या.लाइ यो प्रस्ताब पठाउनुले मावोबादीको नियत देखाउछ | उनीहरुलाई च्यालेन्ज गर्ने एक मात्र शक्ति अदालत लाइ ध्योस्त गर्ने यो चाल हो भन्ने हाम्लाई लाइराछ |

        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

  • Gagan

    प्रधानन्यायधिसलाइ प्रधानमन्त्रि बनाउदा दलहरु असफल भएको संदेश जान्छ रे, मुलाको साग दलहरु सफल भएको भए त समय मै संबिधान बनि हाल्थ्यो नि, मलाई सत्ता दे अह तलै त मरी गए पनि दिन्न भन्दै बस्नु भन्दा त न्यायमूर्तिकै प्रधानमंत्रित्व मा सरकार बनाएर चुनाब गरेर अघि बढ्नु बेश

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 15

  • Basanta Thapa,Maryland,USA

    पहिले सहमतीय संबिधान बनाउ अनि चुनाब गर मुर्ख नेताहरु \ चुनाब पछि संबिधान कहिल्य बन्दै बन्दैन \

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 6

  • गोबिन्द प्यासी

    सकारात्मक ढंग ले हेर्ने हो भने यो पनि एउटा उत्तम बिकल्प हो ! तर भन्ने ले कुन ढंग ले सोचेर भनेको छ अनि मान्ने ले कुन ढंग ले सोचेर मान्ने हुन् ! त्यो आ आफ्नै सोच को कुरा हो ! जान्ने हो भने कोदो बाट नुडल्स, बर्गर, पिज्जा, पाउरोटी, हलुवा, व्हिस्की, ढिडो, रोटि,माढ, डिजर्ट सबै बनाउन सकिन्छ होइन भने कर्णाली तिर कुखाना भन्दै मिल्काएर चामल को लाइन मा बसेजस्तै सत्ता पछीय र बिपछी आफ्नै लिडे ढिपी मा बस्ने हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 6

  • Sudip Sharma

    समस्या को पूर्ण रुपमा समाधान त नहोला तर पनि उपलब्ध विकल्प मध्ये यो उत्तम विकल्प हुन चाही हुन सक्छ…एक ले अर्को लाइ निषेध गर्ने र एउटाले बनाएको सरकारमा अर्को नजाने दल को व्यवहार रही आएको सन्दर्भ मा निस्पक्ष्य चुनाब गराउन प्रधान न्यायाधिश अथवा पूर्व प्रशासक को नेतृत्व मा सर्बदलिय सरकार बनाएर जाने विकल्प नराम्रो हैन..अब जुन प्रस्ताब मा पनि संका मात्रै गर्ने हो भने विकल्प के त ? बरु सबै मिलेर येही प्रस्ताब लाइ कार्यान्वन गर्नु नै उत्तम देखिन्छ !!

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 10

  • तेन्जिंग गाबा

    “राम्रो” कुरोलाई “राम्रो” नै भनौ
    प्रस्ताब जसले ल्याएको भए नि राम्रो छ
    जहा सम्म “अन्तरिम संबिधानले निर्दिस्ट नगरेको कदम” भन्ने सवाल छ त्येसो त् बर्तमान संबिधान अनुसार त् अब कहिले पनि अर्को सरकार नबन्ने र यहि संबिधान अनुसार त् अब चुनाब पनि कहिल्यै नहुने अबस्था छ /

    जदौ
    तेन्जिंग गाबा

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 13

  • Rinji Sherpa

    अर्को जोक गर्या मात्र हुन् प्रचण्डले ।

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 57 Thumb down 28

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker