मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथाः फेसबुक ट्रयाजेडी

-पोस्तक श्रेष्ठ-

कलेजको क्याफ्टेरियामा कुनाको एउटा टेवलमा एक्लै अक्सर एक्लै हुन्थिन् उनी। दुब्ली, अलि छरपरष्ट कपाल, चस्मा लगाउने। ब्याकप्याक, फेरी प्लाष्टिकको झोलामा केही कितावहरु वा यस्तै केही सामानहरु, कानमा इयरपड्। मिन्नेसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन्। हस्याङ-फस्याङ गर्दै आउथिन्, एउटा कफीसंग बेगल लिन्थिन् र त्यसबिचमा झोलाबाट एउटा किताब निकालेर केही पृष्ठ हेर्न भ्याउथिइन् र फेरि हत्तार गरेर निस्किन्थिन्।

एकदिन उनी अलि लामै समय बसिन्। म छेउको टेवलमा थिंए। कुनै चिनजान थिएन, बोल्ने कुरा भएन। उनी एशियाली मुलुक को त हुन् तर कुन देशको होलिन् भनेर कुतुहलता लागिरहेको थियो। यत्तिकैमा उनको फोन बज्यो। चिनीया म्यान्डरिन भाषामा बोलिरहेकी थिइन्। नेपालमा हुँदा मैले पनि केही म्यान्डरिन सिकेको थिंए। राम्ररी बोल्न नसके पनि अलि अलि बुझ्दथें।

“नि श चोंगकुओ रेन मा? ( तिमी चिनिया हौ?)” मुखबाट बिनायोजना फ्याट्ट प्रश्न फुत्किहाल्यो।
उनले पुलुक्क हेरिन् र मुसुक्क हांस्दै भनिन्। “व श (हो)।, बट आइ क्यान स्पिक इंगरिश”। उनको बोलीमा चिनिया लवज थियो।

“तिमीले अंग्रेजी बोल्न जान्दैनौ भनेर मैले चिनिया भाषा बोलेको होइन। धेरै समय पहिले मैले चिनिया भाषा सिकेको थिंए। तर सबै बिर्से होला। तिमीले फोनमा चिनिया भाषा बोलेको सुनेर अलिकति अभ्यास गरेको।” मैले स्पष्टिकरण दिंए।

“ए हुन्छ हुन्छ, मेरो संगत गर तिम्रो चिनिया भाषा राम्रो हुन्छ”। अलिकती आंखा झिम्क्याउदै भनिन् र उनी आफ्नो सामानहरु बटुल्न थालिन्। उनी अलि बोलक्कड रहिछिन् भनेर बुझें।

“मेरो कक्षा शुरु हुन लाग्यो। म जानु पर्छ। चाइ चियान” (फेरि भेटौंला)।
“चाइ चियान”। मैले पनि जवाफ फर्काए। उनी गइन् तर उनको आँखा झिम्क्याइले केही तरंग भने छोडेर गयो।
********
अर्को कुनै दिन उनलाई फेरि क्याफ्टेरियामा देखें। उनको नजिक जान मन लालायित थियो। उनको अगाडिको सिट खालि नै थियो।
“यो कुर्चीमा अरु कोहि छ की? खाली हो भने म बसूँ?” मैले सोधें।
“यो सिट त खाली छ, तर त्यो बाहेक अरु सबैकुरा भरि छ।” उनले हाँस्दै भनिन्।
“तिम्रो दिल पनि भरि छ?” मलाई पनि जिस्किन मन लाग्यो।
“हो दिल पनि” उनी खित्खिताएर हाँसिन्।
“ए म त यो कुर्ची भन्दा त तिम्रो दिलमा पो बढी आकर्षित थिंए त” मैले अझै जिस्किन छोडिन।
“ए तिमी ढिलो आयौ नि, के गर्छौ त, अहिले यो कूर्चीमा नै चित्त बुझाऊ, हा हा”
हामी दुबै जना बेस्सरी हाँस्यौ।

त्यसपछि सामान्य कुराकानी भयो। परिचय आदान प्रदान भयो। उनको चिनिया नाम चु मेइ-लीएन रहेछ। अंग्रेजी नामचाँहि “मिली” रे। मिली बेइजिङगबाट आएकि रहिछन्। स्नाकोत्तरको अन्तिम वर्ष रहेछ।
मैले पनि मिलीलाई आफ्नो बारे सामान्य जानकारी दिंए। पढाइ सकेपछिको भविष्य बारे समान चिन्ता थियो हाम्रो। अमेरिकी अर्थतन्त्रको बिग्रदो अवश्था, रोजगारीको कम अवसर आदि इत्यादि बारे कुरा भयो।
उनको कक्षाको समय भए पछि उनी गइन्।

त्यो दिन रमाईलो लाग्यो। मिली फरासिली थिइन्। हल्का फुल्का ठट्टा गर्ने तर जीवन र भविष्यप्रति उत्तिकै चिन्तित। उनको उन्मुक्त हाँसो, हाँस्दा गालामा पर्ने खोपिल्टो र, निधारमा छरिएको केशरासी सुन्दर थिए।

***
कलेजको क्याफ्टेरिया, कुनाको टेवल मिली र म। हाम्रो नियमित भेटघाट हुन थाल्यो। हामीले फेसबुकमा एकले अर्कालाई साथी बनायौं। फोन नम्बर साटासाट गर्यौ। कुनै दिन क्लास नै नभए पनि कलेज जान थालें। कुनै दिन उनी मेरो अपार्टमेन्टमा आउथिन्, म नेपाली खाना पकाएर खुवाउथें। कहिले काँहि म उनको मा जान्थें, उनी चिनिया खाना खुवाउथिइन्। तोफू खान, चप स्टिक प्रयोग गर्न मिलीबाट नै सिकेको थिंए।

एकचोटी म बिरामी परें। मिलीले मेरो धेरै ख्याल राखिन्। मलाई क्लिनिकमा लिएर गइन्। दिउसो कलेज गए पनि बिहान र बेलुका भने उनी मेरो हेरबिचार गर्न आईन्। ज्वरो आउदा चिसो पानी पट्टी लगाइदिईन्। तातो सुप बनाएर खुवाइन्। यो उनको म प्रतिको माया थियो वा एउटा असल साथीको कर्तब्य मात्र? मैले बुझ्न सकिरहेको थिइन तर मैले भने उनलाई मन पराउन थालिसकेको थिंए। मिली मेरो मन मन्दिरमा सुटुक्क बसिसकेकी थिइन्। तर औपचारिक रुपमा मैले उनलाई मन पराउने कुरा कहिले भन्न सकिन। मौका पनि परेन।

हाम्रो पढाइ सकियो। अब जागीरको लागि भौंतारिदै थियौं। हाम्रो भेट पहिले भन्दा अलि कम हुन थालेको थियो। भेट हुंदा पनि उनी गम्भीर देखिन्थिन्। सायद जागीरको समस्याले पिरोले र हो कि। मैले एक दुई पटक सोधेरको पनि थिंए। तर उनले केही होइन भनेर टारिदिएकि थिइन्।

एकदिन उनी मेरो अपार्टमेन्टमा आइन्। साह्रै उदासिन् देखिन्थिइन्।
“म चीन फर्किन लागेको। भोली मेरो फ्लाईट छ। म फर्केर आउछु कि आउदिन थाहा छैन। त्यस्तो आउनै पर्ने कारण त केही छैन।”

“हँ”, म आश्चर्यमा परें। “किन यस्तो अचानक निर्णय ?”
” आमा बिरामी हुनुहुन्छ रे। आमासंग केही समय पनि बिताउन चाहन्छु। यहाँ जागीर पनि पाउन सकेको छैन। भिसा पनि सकिन थालिसक्यो। यहाँ रोकिनु पर्ने अरु कारण पनि केही भएन”।

‘मैले रोके भने बस्छौ?’ सोधुँ जस्तो लागेको थियो। तर भन्नै सकिन। मेरो पनि अवश्था त त्यस्तै थियो। भिसा सकिन लागेको थियो र जागीर पनि भइरहेको थिएन। यस्तो अवश्थामा मैले प्रेम प्रस्ताव राखुँ पनि कसरी राखुँ? फेरि मिलीले मलाई त्यस्तो नजरले नहेरेको पनि त हुन सक्छ नि । म चुपचाप बसेँ। मेरो प्रेम अव्यक्त नै रह्यो।

भोलि पल्ट मिलीलाई एयरपोर्ट छोड्न गएँ। उनी सिक्योरिटीबाट भित्र जानु भन्दा अघि मलाई अँगालो मारेर रोइन्। मन त मेरो पनि दु:खि रहेको थियो तर कुन अभिमानले हो आँसु भने निस्किरहेको थिएन।

“चीन पुगे पछि मलाई फोन गर है”। मैले भने।

उनी केही नभनी भित्र पसिन्। हेर्दा हेर्दै मानिसको भिडमा उनी हराइन्।

मिली गइन्। एक दिन बित्यो, दुई दिन बित्यो। तीन, चार, हप्तौं बित्यो, तर फोन आएन। फेसबूकमा केही सन्देश छ किन भनेर हेर्थें, त्यहाँ पनि केहि थिएन। मैले मिलीको घरको फोन नम्वर पनि लिन बिर्सेछु। मिलीसंग बिताएका रमाईला पलहरु एक पछि अर्को गर्दै मेरो मानसपटलमा तैरिन थाल्यो। मिलीको याद झन झन आउन थाल्यो।

‘यहाँ अमेरिकामा रोकिनु पर्ने कारण पनि केही भएन’। मिलीको यो भनाईको अर्थ के थियो? के उनी मैले रोकोस् भन्ने चाहन्थिन्? उनी किन पछिल्ला दिनहरुमा मसंग गम्भीर देखिन्थिइन्? के उनी मसंग प्रेम गर्थिन्? मलाई लाग्यो, मैले सायद मिलीको मनोभाव बुझ्न सकिन। मिलीको प्रेम महसुस गर्न सकिन। मैले मिलीलाइ मेरो प्रेम ब्यक्त नगरेर ठूलो भूल गरें कि भनेर मन थकथक लागिरह्यो। सायद मेरो प्रेमले मिलीलाई चीन फर्किनबाट रोक्थ्यो कि?

फ्रेब्रुअरी १४, प्रणय दिवस। मिली प्रतिको मेरो प्रेम धेरै गुम्स्याएर राख्न सकिन। फेसबूकमा मिलीलाई सन्देश पठांए।

‘मिली, मलाई माफ गर, तिमीलाई चीन जानबाट रोक्न सकिन। तर म तिमीलाई भित्री हृदयदेखि नै प्रेम गर्छु। के तिमी अमेरिका फर्किन्छौ? कृपया मलाई जवाफ देऊ’।

त्यसपछि हरेक पल फेसबूकमा मिलीको जवाफ केहि छ किन भनेर हेर्थे। तर मिलीको जवाफ केही हुन्थेन। मिलीको फेसबुकमा कुनै अपडेट पनि थिएन। त्यो सपाट थियो। एउटा शान्त तलाउ जस्तो। कुनै छाल, तरंग केही थिएन।

त्यसपछि मैले एउटा जागीर पाएँ अनि त्यसैमा ब्यस्त हुन थालेँ। मिली मेरो एउटा मिठो सपनामात्र बनेर रहिन्। महिना बित्यो। बर्ष बित्यो। मिलीको कुनै खबर आएन। यता मलाई नेपालबाट बुवाआमाले बिवाहको लागि केटीहरुको फोटो पठाएर हैरान पार्दै हुनुहुन्थ्यो। केहि समय त बिभिन्न बहाना पारेर टारे, तर त्यो धेरै धान्न सक्ने अवश्था थिएन। मिलीको आशा गरेर बस्ने कुनै आधार पनि थिएन। अन्तत: यतै अमेरिका बसोबास गर्ने एकजना केटीसंग बिहेको कुरो अघि बढ्यो। परंपरागतरुपमा मेरो बिवाह भयो। मिली अब मेरो लागि एउटा अतित बनिन्।

समय बित्दै गयो। समयले धेरै कुराको उपचार गर्छ भन्थे, हो रहेछ। मैले मिलीलाई लगभग भुलिसकेको थिँए। तर एक दिन अचानक मेरो फेसबूकमा मिलीको सन्देश थियो।

‘तिम्रो चार वर्ष पुरानो सन्देश आज पढ्दै छु। कस्तो विडंवना। चीनमा फेसबूक प्रतिबंधित छ। त्यसकारण तिम्रो सन्देश मैले पहिला कहिले पाउन सकिन। कामको सिलसिलामा म अहिले चीनबाट बाहिर रहेकोले मात्र फेसबूक हेर्ने मौका पाएं। म अमेरिकामा नै हुँदा सायद तिमीले यो पोष्ट गरेको भए म चीन फर्किनु पर्ने नै थिएन। अमेरिका हुँदा म तिम्रो यो प्रस्ताव सुन्न म कति ब्यग्र थिँए। गल्ती त मेरो पनि थियो। चीन फर्किसके पछि मैले तिमीलाई कहिले सम्पर्क गरिन। कारण म तिमी प्रति निराश थिंए।’

‘तर अव धेरै ढिलो भइसकेछ। फेसबूकमा तिम्रो बिवाहको तस्वीरहरु देखें। तिम्री श्रीमती राम्री रहिछिन्। तिमी भाग्यमानी रहिछौ। मैले तिमीलाई पाउन त सकिन, तर तिमी मलाई प्रेम गर्दो रहेछौ, यो थाहा पाएर धेरै खुशी छु। म पनि तिमीलाई माया गर्छु, यो थाहा पाएर तिमी पनि खुशी हुन्छौ होला। प्रेममा पाउनु पर्छ नै भन्ने छैन, महसुस हुनु नै काफी छ। मलाई अब फेसबुकमा सन्देश पठाउने कष्ट नगर किन भने म भोली नै चीन फर्किदैछु। तिम्रो सुखी दाम्पत्य जीवनको धेरै धेरै वधाइ तथा शुभकामना।’

म स्तब्ध भएँ। मेरो मस्तिष्क शून्य भयो। मनमनै कामना गरें-
‘मिली, तिमीलाई पनि मेरो शुभकामना। तिमी जहाँ रहू, सुखी रहू।’

180 Total View 9 Today View

34 comments to कथाः फेसबुक ट्रयाजेडी

  • डिल्लीरमण न्यौपाने

    कथाकार लाइ मुला, काथर, भन्नु भन्दा अगाडी यो एउटा कथा हो भन्ने बुझौ, सत्य घटनामा आधारित हुन पनि सक्छ, नहुन पनि सक्छ / कथा कस्तो छ त्यो चै भनुम /

    कथाको पात्रले चाइनिज केटि मन पराएको कथा पढेर दङ्ग परेर म’भा येसो गर्थे भन्ने साथीहरुलाइ मैले देखेको एक, दुइटा कुरा भनिहालुम -
    (१) इन्डियन हिन्दु केटो अम्रिकानी क्रिस्टियन खैरेनी, दुइटा १३-१४ बर्षका छोराहरु, छोराहरुको नाम इन्डियन नै छ / केटो सनिबार हिन्दु मन्दिरमा भेटियो, खरेनी त हिन्दु मन्दीर किन जान्थी, छोराहरुपनि बाहिर पार्किंग लट मै गाडीभित्र छन् भन्थ्यो / मैले अरु धेरै खोतल्न चाहिन /
    (२) लेबनानको मुस्लिम केटो, अम्रिकाने क्रिस्टियन खैरेनी, दुइटा बच्चा साना साना: समुद्री किनारमा भेटिए / खैरेनी बच्चा लिएर पानीमा रमाउदी छ / केटो सबै लुगा लगाएर छातामुनी बस्दो छ / कुराकानीको क्रममा थाहा भयो उसको धर्मले उसलाई त्यसरी पानीमा खेल्न प्रतिबन्धित गरेको छ / धर्म को कुरा आएपछि त्यसपछि मैले धेरै सोध्न उचित ठानिन /
    (३) नेपाली केटो, फ्रेन्च केटि: अहिले नेपालमा बस्छन दुवै जना राम्रै काम गर्छन नेपाल मा / केहि दुख छैन / फ्रेन्च केटि फ्रान्स जाउँ भन्छे, नेपाली केटो फ्रान्सको जीवन भोगेर आएको छ, उ जान मान्दैन / तिनको बैबाहिक जीवनमा खटपट हुन थालेको सुनेको छु /
    (४) नेपाली केटो, इन्डियन केटि: अम्रिकामा बस्छन, सबै परिवार अंग्रेजी बोल्छन, इन्डियन ले नेपाली सिक्न खोजेकी छैन, नेपालीले हिन्दि बोल्न मानेको छैन / इन्डियन केटि हिन्दु हो कि मुस्लिम हो या क्रिस्टियन हो मलाई थाहा भएन /

    आगे तपाइको मर्जी ……

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • Abhisek

    Heart Touching !!
    Good one !!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • laxmi aryal

    मन गरुङ्गो भएर आयो . प्यार किया तो डरना क्या ? यो शिक्षा सिक्नु पर्यो भाई बहिनि हरु ले .

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • harkaman shahi

    सुन्नेलाई सुनको माला भन्ने लै फुलको माला, यो कथा बैकुण्ठ जाला

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • yam pun

    AMERIACA मा बसेर पनि एउटा नाथे LOVE PROPOSE पनि हान्न नसक्ने कस्तो ल्वाठ रहेछ यार! म भएको भए भेटेकै दिनमा ” I LOVE YOU ” भन्दिन्थे!
    जे होस्, कथा राम्रै लाग्यो!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 4

  • Ganga

    मन पर्यो क्या … मलाई पनि येस्तै लेख्ने मन छ तर सब्द सम्योजन मिलेको छैन …

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Damodar

    अब आउने पिढीले एस्तो कथा नलेखोश आट गरेर वार कि पार गरोश. मेरो विचार मा यो कथाको नैतिक संदेश येही हो .

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Bishnu

    आज भन्दा करिब बिस वर्ष अगाडिको याद आयो जसमा उही मिलि र कथाकारको जस्तो . आज मात्र सम्झना मात्र

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • dipankar

    मध्यम स्तरको कथा भन्न मिल्ला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 13

  • Hari sharma

    तेइत, कस्तो काइते मान्छे जानेबेलामा त भन्न पर्छ नि !

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • Bishnu pd subedi

    हो कथा निकै भावनात्मक छ र एथार्थ-परक पनि छ, मलाई लाग्छ यो घटना मेरो जीवन मा घटी रहेको छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • nita

    यो फेसबुक ले पनि मन्छे को हालतलाई बेहालत बनेदिञ्च /

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • शैलेन्द्र ढकाल (म्याउ)

    कथाको शीर्षक अरुनै केही भएको भए कथा अझ रोचक र मज्जाको हुने थियो.लेखकको जीवन्त लेखनशैलीले गर्दा कथाको गति अनुसार कथा धारा प्रवाहित भएको छ.मलाई धेरै मन पर्यो. लेख्दै गर्नु होला.कथाको लागि धन्यबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

    • Mahesh

      सोल्टीलाइ चै सिर्सकको चिन्ता परेछ मान्छेको हालत बिग्रीसकेछ उता, बिचरा अब नया श्रीमतीलाइ चै नभन्नु नि फेरी त्यो पनि बिच्कि भने सोल्टीले महाभारत लेख्नु पर्ने दिन आउला

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Gita

    बेकूफ, हुतिहारा, अमुक, डरछेरुवा केटाहरु, जो कोहि केटीलाई असाध्यै माया गर्छ तर आफ्नो प्रेमको प्रस्ताव राख्ने आट र हति पटक्कै छैन को प्रतिबिम्ब झल्किने कथा रहेछ यो |

    आफ्नो सामुन्ने छउन्जेल चाही टुलुटुलु हेरिरहने थरथर कापी वाक्य नफुट्ने अनि टाढा भैसके पछि चाही फेरी उसैको सम्झनामा कल्पी कल्पी छटपटौने र पछि अर्की बिहे गरि अनि फेरी एकदिन यस्ता कथाहरु लेखने | त्यस्ता सबै हुतिहारा केटाहरुमा यो कथा समर्पित |

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 8

  • Mahesh

    सोल्टी यार पिडा भयो मलाई पनि सायद हामी नेपालीहरु प्रेम अभिब्यक्त गर्ने मामलामा धेरै पछि छौ बिसेष गरि बिदेशी संग कता कता एकोहोरो हो कि जस्तो लाग्छ अनि गुमौना चाहन्नौ त्यै साथी पनि, बिडम्बना हाम्रो
    जिन्दगि लण्डवा फिर भी घमण्डवा

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 3

  • Aryan

    एकदम राम्रो कथा. पहिले प्रेम लुकाउनु भयो अहिले आफ्नो नाम नै लुकाउनु भयेछ कथाकारले त ;-)

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 0

  • कथाको बिषय बस्तु राम्रै छ तर सुरुको दिनमा कुर्शीमा बस्ने बेलाको मिलि ले भनेकी कुर्शी खाली छ तर अरु खाली छैन भन्नुको अर्थ नै निकै जरुरि र अर्थहीन थियो, जसमा तपैले गम्भीर भएर तेस्को अर्थ बुझेर अर्कै कुर्शीमा बस्नु पर्ने वा अर्कै बाटो लग्नु पर्ने थियो ! अन्तिम मा हिस्स बुडी खिस्स दात bhaenata ? तेत्रोलामो कथा किन? छोटो मै सिद्दिने कथा हो ! खाली र ब्यर्थ हिन भएन? खुब राम्री केटि देखेर माखा भयौ तर हात लग्यो ०.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 9

  • Dehsantar

    कथा राम्रो छ I तर, अन्त्य बियोगान्त I कथामा वर्णन गरिए अनुसार मिलि गम्भीर हुनुको कारण छ I तर लेखकले आफुलाई स्वच्छता देखाउने प्रयाश गरेको देखिन्छ जुन विरोधाभास पूर्ण छ I

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 4

  • Biswash

    “दिल माया दिल माया …हराएकै माया ठुलो ..खै कसको भूल …” भन्ने गीत याद आयो !
    राम्रो कथा छ ..फेरी फेरी लेख्नु होला |

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 2

  • sushil grg. uk

    राम्रो लाग्यो.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • anrup

    while reading this, I feel like i m my own reading story. I went through same situation.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • badboy

    कसैलाई सम्झिएर आफुलाई उसको याद मा डुबाउनु को पनि आफ्नै खालको मज्जा हुन्छ / कसै संग बिताएका दुइ मिठा पल पनि दुख परेको बेलामा सम्झिएर खुसि हुने साधन बन्न सक्छ / सारै घत लाग्यो रमेश जी

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • कथा मार्मिक लाग्यो, यो कथा भित्र कतै म आफै पात्र बनेर उभिएको आभास भो तर दुखको कुरा यति मिठो लेख्ने सर्जकको नाम नै थाहा पाउन सकिएन किन गुमनाम छन् सर्जक ? के हामी जान्न सक्छौ ?

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 1

    • yam pun

      राई जी!
      लेखकको नाम पोस्तक श्रेष्ठ हो नि! माथि टुप्पोमा एक चोटी हेर्नुस त !!!!!!!!!!!!!!

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Subodh

    मिली तर ” हमको नई मिली ”
    राम्रो कथा रहेछ ……कि सत्य घटना पो हो ?? थाहा पाउनै सकिएन

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • अनिता अधिकारी

    बिषयबस्तु राम्रो छ, प्रस्तुति सामान्य | जे होस पढ्दा रमाइलो नै लग्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 9

  • hridaya

    यथार्थपरक कथा / अनुभव राम्रो लाग्यो !! सलल बगेको छ र कुनै पनि बाक्यहरु अतिरिक्त भएको महसुस हुदैन !! भबिस्यमा अरु पनि यस्तै सिर्जनाहरु पढ्न पाइयोस भन्दै लेखक महोदयलाई साधुबाद !!

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Harke

    फोन नम्बर नलीनु सम्म त ठिकै थियो, तर जी-मेल र इमेल बिना फिमेलको माया फेसबुकबाट खोज्ने गल्ति कथाको नायकले गरेको हो..!

    कथामा ट्रेजेडी फेसबुकले पारेको भन्दापनि नायक स्वयम् र चीन सरकारको फेसबुक नीतिले ट्रेजेडी पर्न गएको हो !

    तेसैले, कथाको शिर्षक, “चीन र फेसबुक” पनि हुन सक्थ्यो की ?

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 4

  • न भनेर चाहनु मा अर्कै आकर्षण हुन्छ / आफुलाई लाग्न पनि सक्छ उनि पनि मलाई चाहन्छिन कि चाह्दिनन /अव्यक्त प्रेम त्यस्तो घाउ बनेर मुटुमा बसिरहन्छ कि जस्तो सुकै औषधिले पनि निर्मुल पर्न सक्दैन / हो रोकथाम हुन् सक्छ / ति साथीले पनि त धेरै पर्खेका त् थियेनी तर पनि उनले पहिलेनै ब्यक्त गर्न नसकेका हुदा उनको त्यो अव्यक्त प्रेम जिन्दगि भरिको लागि शुल बन्न पुग्यो / कथम्कदाचित श्रीमती संग झगडा पर्यो अथवा कुनै असमझदारी भयो भने त्यो अव्यक्त प्रेमिका आफ्नो अगाडिनै आइपुग्छिन सहानुभूति स्वरूप तर स्मृतिपटल मा मात्र अनि त्यतिखेर को मन मा उठेको तिनी प्रतिको माया शायद कसै संग पनि तुलना हुन् नसक्ला / त्यसैले कसैलाई सम्झिएर आफुलाई उसको याद मा डुबाउनु को पनि आफ्नै खालको मज्जा हुन्छ / कसै संग बिताएका दुइ मिठा पल पनि दुख परेको बेलामा सम्झिएर खुसि हुने साधन बन्न सक्छ / हो प्राप्ति मात्र पनि माया हैन चाहेर संगै बसेर पनि ब्यक्त गर्न नसकेर झन् ठुलो माया हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 5

  • मिलि को समर्पण र तपाई को माया लाई साधुबाद तर तपाई हरु दुवै को अभिव्यक्ति न हुदा कता -कता न रमाइलो लगेर आयो/यस मा मिलि को भन्दा तपाई को नै गल्ति प्रस्ट देखे मैले/जे होस् मिलि जस्तो साथी छोटो समय को लागि पाउनु भएछ दुवै जना लाई बधाई छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 3

  • Ganesh

    सुनेर मन खिन्न भयो …..!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • Sabin

    गज्ज़ब!

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • यो कथा पढेर त म स्तब्ध नै भएँ …कस्तो मूला रैछ…फ्याट्टै भन्नु नि…आए आँप गए झटारो

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 146 Thumb down 9