मेरो Tweet

  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv
  • गुड न्युजः गणेश लामाविरुद्ध पनि अवैध सम्पति थुपारेको अभियोगमा विशेष अदातलमा भर्खरै मुद्दा दर्ता भएको छ। कूल पाँच डनविरुद्ध मुद्दा दर्ता भयो

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

खिलराजले भो अब म बन्दिन भने रे, टाउके नेताहरु बन्दिनु परो भन्न बुधबार घरै जाने

प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन दलहरुले सहमति गरिसके भने पनि अझै लिखित सहमतिमा हस्ताक्षर गर्न सकिरहेका छैनन्। आज भने उनले भो अब म बन्दिन भने रे भन्ने खबर आएको छ। जनआस्था सम्पादक किशोर श्रेष्ठले फेसबुकमा राखेको जानकारी अनुसार आजको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले-कांग्रेसका नेताहरुलाई खिलराज रेग्मीज्यूले ‘भो म अब बन्दिन भन्नुभो’ भनेको सुनाइदिएछन्।

रेग्मीले अहिलेसम्म यो विषयमा औपचारिक रुपम केही पनि बोलेका छैनन्। त्यसैले उनको कुरा अरुबाटै आउने हो। तर अर्को एउटा प्रसंगले पनि प्रधानमन्त्री बन्न प्रधान न्यायाधीशको मन मर्दै गएको हो कि भन्ने भान हुन्छ।

दलहरुले प्रधानमन्त्री भएपछि प्रधान न्यायाधीशले न्यायपालिका नहेर्ने गरी सहमति गरेको कुरा आएपछि आइतबार उनले आफूलाई कुनै पनि इजलासमा पारेका थिएनन्। दलहरुको कुरालाई उनले समर्थन गरेको रुपमा यसलाई लिइएको थियो। तर दलहरु ङ्यारङ्यार ङुरङुर गर्दै सहमति गर्न आलटाल गर्दै गएपछि उनको मन मरेको जस्तो छ। सोमबार प्रजातन्त्र दिवसको विदा भएकोले सर्वोच्च बन्द थियो। आज भने उनी दुई वटा पूर्ण इजलासमा बसेका छन्।

एउटा इजलासमा २१ पेशी थियो भने अर्कोमा २४। अरु सबै पेशी हेर्न नभ्याइए पनि एउटामा भने उनीसहितको इजलासले आदेश पनि जारी गरेको छ। के एण्ड एस इन्टरप्राइजेजका प्रोपाइटर विपिनबहादुर कर्माचार्य पक्ष भएको स्वास्थ्य सेवा विभाग समेत ३ विपक्षी रहेको मुद्दामा उनीसहितको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

उता गोरखा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले भने प्रधान न्यायाधीश चुनावी सरकारको नेतृत्व लिन तयार रहेको त्यहाँका पत्रकारहरुलाई बताएका छन्। साथमा उनले प्रधान न्यायाधीश नभए मेरै नेतृत्वको सरकारले चुनाव गराउँछ पनि भनेका रहेछन्।

खासमा प्रधानमन्त्री भट्टराई र प्रधान न्यायाधीश रेग्मीबीच सुटुक्क भेट भएको रहेछ। कां‍ग्रेस र एमालेका केही नेताहरुले अझै पनि विरोध गरिरहेको र औपचारिक सहमति गर्न पनि ढिलाइ भइरहेकोले ह्या त्यस्तो भए त बन्दिन, पूरै सहयोग चाहिन्छ भनेका हुन् कि उनले।

त्यही भएर होला, चार प्रमुख राजनीतिक शक्तिका शीर्ष नेताहरु भोलि प्रधान न्यायाधीशको घरैमा जाने भएछन्- लौ न लिइदिनुपरो हजुर, हामी सहयोग गर्छौँ भन्ने प्रतिवद्धता जनाउन।

दिनदिनै औपचारिक सहमतिमा आज हस्ताक्षर हुन्छ भने जस्तो समाचार आइरहे पनि आज पनि सहमति हुन सकेन। बरु सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहमति नभएसम्म अर्थात् राष्ट्रपतिकोमा भएको विधेयक जस्ताको तस्तै पास नगरेसम्म सहमति हुनेवाला छैन भन्ने माओवादी नेता हरिबोल गजुरेलको कुरा सुनियो। धमला क्लबमा कांग्रेसी नेता दीपकुमार उपाध्यायले भने त्यो यत्तिकै पास नहुने बताए।

यही विषयमा कुरा नमिलेर आज राष्ट्रपतिले अपराह्न डाकेको शीर्ष नेताको बैठकै बसेन। बरु बिहान प्रचण्ड निवास र पछि नयाँ बानेश्वरको विशेष समितिको कार्यालयमा बैठक बस्यो। बानेश्वरको बैठकमा प्रधान न्यायाधीशको घरमा जाने निर्णय भएको हो।

44 comments to खिलराजले भो अब म बन्दिन भने रे, टाउके नेताहरु बन्दिनु परो भन्न बुधबार घरै जाने

  • Satik

    बुद्धि भए खिलराज, हुन्न भनिदेउ,
    फोहोरी त्यो राजनीति, छुन्न भनिदेउ |
    न्याय मुर्ति बनेर, नेताहरुलाई नभाग भनेर |

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • damodar

    भो नाटक नगर्नुस रेग्मी ,……………. रेग्मी जी तपाईं ऐले सम्म चुप लग्नु नै तपाईं मा लोभ रैछ र महातोखंछा छ भन्ने बुजियो ..
    .
    तपाईं प्रधान न्यायाधिस बन्न त के साधारण नेपाल को कर्मचारी बन्न पनि लायक नै हुनु भएन……

    जहाँ गुलियो तहाँ कुन्नि के हो भुल्लियो भन्ने तपाईं बाट प्रस्ट भयो…तपाईं मा लालच china भन्ने कुरा कुनै नेपाली नागरिक ले पत्त्यौने छैन…जात त धेखौनु भो नि….

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 13

  • Rai Bhojpure

    घोडा चड्न दिने लगाम चाहि नेताहरु आफु लिने | अनि त कसरी श्रीमान् ज्यु ले स्विकार गर्नु हुन्छ त “फलामको चिउरा लाई ” कठै बिचरा श्रीमान् |

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • खोइ , के के गर्दा रहेछन हेर्नु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Jeevan

    अहिलेको अवस्था मा बाबुराम को सरकार लाई कांग्रेस र एमाले ले समर्थन नगर्ने हो भने चुनाब सम्भव छैन/ खिलराज ले चुनाब गराउन सक्लान भनेर मैले त पत्याउन सक्दिन है/

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 4

  • cRIS

    जिन्दगी न्यायालयमा आफ्नो निधार धसार्नेले नि एक भागी पाउने भो भनेको त…|

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 5

  • xyz

    He has not refused to take up the executive position, he is only bargaining for extensive power. What I do not understand is: How can political parties easily agree to extend the date of election from 22 Jestha to Mangsir? If there is going to be six months extension, why would Baburam tender his resignation now?
    Conclusion: The latest Maoist formula is simply turning into Nepali mula

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

  • शशांक लामा, न्युयोर्क

    ईतिहासमा नाम लेखाउने अवसर गुमाए खिलराजले! म चाँहीँ खिलराजको ठाउँमा भाको भए पद ग्रहण गरेर नेताहरुलाई झ्याक झ्याक पार्थेँ|यदी काम गर्न दिएन भने क कसले दिएन,तिनको नाम पर्दाफास गर्थेँ|हदै भए दलका गुण्डाहरुले गोली हान्ला, शीर ठाडो पारेरै मर्ने थिएँ|

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 11

  • शशांक लामा, न्युयोर्क

    नेपाली राजनीति पेचिलो भएर जाँदैछ| सिक्किमिकरण,भुटानीकरण र तिब्बतिकरण २१औँ शताब्दिको नेपालमा हुनै सक्दैन|बित्थाको हौवा खडा गरेर दिमाग भुटने काम नगरे हुन्छ,कसैले पत्याउँदैन|नेपालभित्रकै पुरातनवादी र मै खाउँ मै लाउँ बाँकी सबै मरुन भन्ने तत्वहरु अझै जम्जमाएकोले नै नेपालको अवस्था यो भएको हो|भारतले हात हालेको नभै तिनै तत्वले आफ्नो दुनो सोझ्याउन भारतलाई हात हाल्न लगाएका हुन| ति तत्वहरु सबै राजनीतिक दलहरुभित्र घुसेर धमिराको काम गर्दैछन|ती बिभिन्न रुपमा छन: एन जि ओ, मानव अधिकारवादी,सन्चारकर्मी र भुइँफुट्टा बाबुसाहेबहरु,,,, केही राजनीतिक कर्मीहरु पनि तिनका पिछलग्गु छन र ति तत्वले राजनितिज्ञहरुलाई साम दाम दण्ड भेद निती अपनाएर लपेटेका छन| ति तत्वको मुख्य मिशन नै नेपालमा परिवर्तन हुन नदिएर यथास्थितिमा राखी आफ्नो हालिमुहाली फिर्ता गराउनु हो| अहिले हामी पिलो निचोरेको,तर खिल रही रहेको अवस्थामा छौँ|ईतिहासले परिवर्तनकामीहरुलाइ ठुलो जिम्मेवारी सुम्पेको छ! खवर्दार! नडगमगिनु! साथीले साथ नदिए पनि समयले तिमीहरुलाई साथ दिनेछ!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 15

  • प्रचण्ड एक तीरले दुइ सिकार गर्न माहिर छन ! खिलराजले माने दैलेख घटना लगाएत सबै ज्यानमारा फ्री नमाने घुम्दै फिर्दै रुम्जाटार भनेझै प्र.म.को कुर्चि पक्का किनभने कांग्रेसका गगने हरुको लागि कांग्रेस भन्दा माओबादी प्यारो भै सकेको छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 7

    • Jeevan

      राजनीति भनेकै यही त हो नि हाहा हाहा

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

    • Chitaune

      “प्रचण्ड एक तीरले दुइ सिकार गर्न माहिर छन ! खिलराजले माने दैलेख घटना लगाएत सबै ज्यानमारा फ्री नमाने घुम्दै फिर्दै रुम्जाटार भनेझै प्र.म.को कुर्चि पक्का मात्रै ठिक” त्यस्तै हुँदैछ /

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • यिनले पनि सुरुमै नौत्तन्की देखायर साबित गरिदिय कि अरु नेता भन्दा कम छैनन् . नत्र खिलराजले खिलनै गाडेर राज गर्ने लोभ त कसो नहोला

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 8

  • तीन दर्जन भन्दा बढि बिभिन्न राजनितिक दल लगायत त्यसैको हाराहारीमा रहेका बिभिन्न छोटे समुहहरू र त्यहाँ अाबद्ध, बिभिन्न छल-छाम र तिकडम जानेका, सयौं बेरोजकार नेता तथा कार्यकर्ताहरू हुदा हुदै, सर्वोच्चमा राम्रै जागिर खाइरहेका न्यायाधीशको नेतृत्वमा सरकार गठन गरि काम अगाडि बढला भनेर बिश्वाष गरिहाल्ने अाधार केहि देखिन्न । यो कतै पशुपति, सेनापति एवं राष्टपतिहरूको जस्तै बचेखुचेको इज्जत उजिल्याउने चाल त होईन न्यायाधीस महोदयले बेलैमा बुझ्नु जरुरि छ है ।

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • मणि

    हैन चुनाब हुदैमा सब्बै थोक सल्टिने हो र? ४ बर्ष अगि पनि चुनाब भाथ्यो त?
    खै यस्तो बेला झन् महंगी बढाउने भो, सुरुवात ग्यास बाट!
    अब रेग्मीजीले सत्ता सम्हाल्ने हो भने कार्यपालिका (अनि न्यायपालिका आफ्नै हातमा!), रास्ट्रपति अनि प्रधान सेनापतिसंग मिलेर सबै नेतालाई ठोक्छन अनि ठिक पर्छ! यिनीहरुलाइ घ्यु नपचेको|

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • madan bajracharya

    मैले मेरै पुरानो प्रतिक्रियामा केहि थप बिचार सहित लेख्दैछु/
    पुरानो प्रतिक्रिया:
    “यो प्रस्तावमा प्रधान न्यायधिसको आफ्नै “धारणा” के छ?
    यो प्रस्ताव प्रधान न्यायधिसलाई मनायरै राखियको हो?
    नेताहरु माने पनि प्रधान न्यायाधिसले नमाने के हुन्छ?

    नेताहरुको सहमति प्रधान न्यायधिश पदमा रहेको व्यक्तिलाई बाध्यात्मक हुँदैन/ नेताहरुले राजिनामा गर भन्दैमा प्रधान मन्त्रि राजिनामा गर्न बाध्य छैन/ ठुलो भन्दा ठुलो नेतालाई पनि कानुनको डण्डा देखाउन सक्ने पदमा रहेको व्यक्तिलाई ” कुनै ठुलो निर्णय गर्न नसक्ने” लाचार सरकारको नेतृत्व गर्न उहाले नमाने के हुन्छ?

    थप बिचार:
    बहालवाला प्रधान न्यायधिसलाई अर्को कुनै पनि पदमा राख्न नपाईने; काज सरुवा गर्न नपाउने भनेर अन्तरिम संविधानले नै भनेको छ/ ईनिहरुले अहिलेकोपदमा रहेको प्रधान न्यायधिसलाई चुनाव अबधि सम्मको निमित चुनावी सरकारको नेतृत्व गराउने र चुनाव सकिय पछि फेरी सर्वोच्च अदालतमै पठाउने भन्नु उहालाई काज सरुवा गराउनुनै हो/यस्तै गर्नेनै हो भने पहिला अन्तरिम संविधानमै संसोधन गर्नु पर्ने हुन्छ/तर गरेको छैन त् अन्तरिम संविधानको पालाना भय नभयको मुद्दामा संबिधान अनुशार फैसला गर्ने व्यक्तिले कसरि ई नेताहरुको यस्तो संबिधान सिट बाझियको निर्णय स्विकार्न सक्छ?

    अहिलेनै यो नेताहरुको प्रस्ताव माथि रित परि सक्यो/ संबिधान अनुशार फैसला गर्ने कुनै पनि न्यायधिसले यो रित माथि फैसला गर्नु परे कस्तो फैसला गर्छ त्यो उल्लेख समेत गर्नु पर्दैन/

    यदि ई नेताहरुले साँच्चैनै कुनै न्याय प्रेमी र निस्पछ्य र निर्भिक व्यक्तिकै नेतृत्वमा सरकार गठन गर्न चाहेरै यस्तो निर्णय गरेको भय सिधै कुनै भूतपूर्व प्रधान न्यायाधिसको नेत्रित्वोमा चुनावी सरकार गठन गर्ने भन्नु पर्ने थियो/ तर तेसो भनेनन् बहालवाला प्रधान न्यायधिसलाईनै चुनाव अबधि सम्मको निमित सरकारको नेतृत्व गराउने अनि चुनाउ सकिय पछि उहालाई पुन सर्वोच्च अदालको प्रधान न्यायधिस पदमै फर्काउने निर्णय सदासयता पुर्वक गरेको देखिंदैन/

    मधेशबादीहरुले पहिलेको मतदाता लिस्त्कै आधारमा मतदान गराउनु पर्छ र नेपालको नागरिकता लिई सकेका बिहारिहरुको बिहारमै जन्मेका परिबारहरुलाई पहिला नागरिता दिलाउनु पर्छ र तिनीहरुलाई पनि मतदान गर्ने अधिकार दिलाउनु पर्छ भनेर अहिलेको यो कांग्रेस यमाले र मावोबादिले अब हुने चुनाउमा नेपालको जन्मसिद्ध नागरिकहरुलाई मतदान गराउने भन्ने सहमतिको बिरोध गरिनै सके/ मधेश्बादिको मागमा ई नेताहरुले असहमति गर्न सक्ला भनेर हामीले सोच्न पनि सक्दैनौ/ अब यस्तो कुरामा सहमति गरेर संबिधान सभाको चुनाउ भयमा त्यो सरासर असंबैधानिक चुनाव हुन् जाने छ/

    तेस्तो रिटको प्रमुख बिपछ्य खिल राज रेग्मीनै हुनेछ/ त् चुनाउ पछि पुन सर्वोच्च अदालतको प्रधान न्यायधिस पदमै फर्केर जाने खिर राज रेग्मीले आफैलाई बिपछ्य बनायको तेस्तो मुद्दमा कसरि कस्तो कस्तो फैसला गर्न सक्ने हुन्छ? के यस्तै हुन् दिन त् बहालवाला प्रधान न्याय्ध्सिलाई चुनावी सरकारको नेतृत्व गराउने षड्यन्त्र गरेको होईन ईनिहरुले?

    उहिले पंचायत कालको राजाको हुकुम तेतिबेलाको संबिधान भन्दा माथि हुने भने झैँ ई नेताहरुले ले आफुलाई संविधानको श्रोत माने झैँ ई नेताहरुले पनि अन्तरिम संबिधानलाई “मात्र आफ्नै सहमतिको “पोको” ठानेको छ/ पंचायत कालमा समेत राजाले कसैको स्वीकृति बिना कसैलाई मन्त्रि प्रधान मन्त्रि बनाउन्दैन्थ्यो/ ई नेताहरुले त् …../ ईनिहरु लोकतान्त्रिक होईन “पर-तान्त्रिक” हरु हुन्/

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • नेताहरुलाई चाहिएको प्र.म.,
    जनतालाई दिन्छन भ्रम ,
    कार्यकर्ता लाइ शरम,
    विदेशीलाई छैन धरम ,
    कोहि नेता पनि हुदैनन् नरम ,
    एक आपसमा गर्छन गरमागरम ,
    डुब्ने भयो जनताको परिश्रम ,
    लौन हामीले के गरम ?

    कसले हो देशलाई बचाउने ,
    बिग्रेका नेताहरुलाई सच्याउने ,
    बिदेसिले भड़ाउने,
    नेपालीहरुलाई लडाउने ,
    प्रधानमन्त्रीलाई हटाउने ,
    न्यायपालिकालाई सताउने,
    चिनौ फटाहा, फुटाउने ,
    संबिधान बनाउ सबै अटाउने /

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 1

  • Prayog

    नेपाली राजनीति मा अड्केको खिल खिलराज ले निकाल्ला त? कि झनै पकाएर राख्ने हो? लौ न खिलराज नेपाली राजनीतिको खिल चाडै निकाल्देउ! अब त घाऊ पाकेर दुख्न थालिसक्यो!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • Satya

    मुलुकलाई अगाडी बढाउने हो भने ठुला चार दलको प्रधानन्यायाधिशलाई प्रधानमन्त्रि सहमति बनाउने सहमति भै नै सकेको छ / राष्ट्रपतिले तुरुन्त प्रधानन्यायाधिशलाई बिना सर्त प्रधानमन्त्रिमा नियुक्ति गरि हाल्नु पर्छ / नयाँ प्रधानमन्त्रिलाइ कुनै पनि राजनैतिक दलहरुको सर्त राख्नु हुदैन / उनले देशको प्रशासनिक गतिबिधि. निर्वाचन तयारी, मतदाता नामावली र राजनैतिक दलहरुसंग सरसल्लाह गरेर मात्र संबिधान सभाको चुनाबमा जान सक्छ / अहिलेनै राजनैतिक दलहरुले यसो गर उसो गर भन्न मिल्दैन / चुनाव जेष्ठमा नभए मंसिरमा होला / तयारी त राम्रो हुनु पर्यो नि / जेष्ठमा चुनाव नभए गलहत्याएर निकाल्ने रे यस्तो पनि कहाँ हुन्छ / अनि मुलुकको हालत के हुन्छ? चार दलको सर्तहरु हेर्दा नयाँ प्रधानमन्त्रिलाइ त गधालाई भारी बोकाउन लागेको जस्तो लाग्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Dipesh

    सत्ता मा हुदै मा चुनाब जितिदैन भन्ने त अघिल्लॊ चुनाब मा नै साबित भै सक्यो…गिरिजा PM, सिटौला Home Minister हुदा त काँग्रेस पत्ता साफ हुने गरि हार्यो…भोट हाल्ने जनता ले हो..माओबादीको सरकार हुदैमा उसले चुनाब जित्छ भन्ने guarantee छ र?

    यो सब सत्तामा पुग्ने खेल हो..देश र जनता को कसैलाई पनि चिन्ता छैन…

    बिजयकुमार को दिशानिर्देश को एउटा अन्तरबार्ता मा प्रचण्ड ले भनेका थिए कि नेता हरु लाई धेरै गाली गर्नु हुदैन किनभने नेता हरु भनेका जनताका प्रतिनिधि हुन्..नेता हरु लाई हद भन्दा धेरै आरोप प्रत्यारोप लाउनु भनेको जनता लाई गाली गर्नु हो…..तर मैले बुझ्न नसकेको कुरा के हो भने तिनै टाउके नेताहरु एक अर्कालाई येसरी आरोप प्रत्यारोप लाउदैछन कि एक अर्कामा उनीहरु को पटक्कै बिश्वाश छैन….अब येस्ता लाई कसरि हामी जस्ता जनता ले बिश्वाश गर्नु?

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 2

  • kedar

    यो नाटकीय खेलको प्रमुख पात्र प्रधान न्यायाधिस नै हुनु पर्छ, नत्र येत्रो दिन सम्म प्रधानन्यायाधिस लाई नै प्रधानमन्त्रि बनाउनु पर्छ, अब प्रधानमन्त्री बनाइदैछन, अब बन्ने भए, अब यिनैले चुनाब गराउने भए, न्यालय ध्वस्त भयो, याहा पनी राजनीती पसो, लोभी प्रधान न्यायाधिस, के के र के के भन्ने हल्ला हुन्जेल सम्म के हेरेर बसेका थिए र अहिले बाबुराम मार्फत सुचना पठाका नि ? यी प्रधान मन्त्रि भएर चुनाब गराएर देश लाइ निकाश देलान भनेर जती नेपालीले बिस्वास गरेका थिए तिनकै मात्रै इज्जत गरिदिएको भए पनि हुन्थ्यो नी अलिक अगाडीनै यो खोकी खोकेर /

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 17

  • RP Khanal-Kailali

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 51 Thumb down 89

  • govind

    लौन आब एकपटक प्रधानसेनापति लाई पनी प्रधान्मंतारी बनाउना पर्यो, तेस्पचेइ सबॆको कल्याण हुन्छ / आब त्यो प्रस्ताब आए हुन्थो हाम्रा नेता बाट आनी मात्र चुनाब हुनसक्छ र देसमा सान्ती पनी?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 78 Thumb down 6

  • तेन्जिंग गाबा

    “बिहेको चटारोले केटी माग्नु नै बिर्सिएछ” भन्या यहि हो !
    खिल ब्रो लाई सोध्दै नसोधी सहमति ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 191 Thumb down 1

  • द्रोण

    खिलराज ले बन्न पर्छ| क्ष्यमता छ र आफुमा बिस्वास छ भने ,किनकि देश लाइ संकट बाट जोगाउनु हरेक नेपालीको कर्त्यब्य हो |
    देस लाइ सम्हाल्ने कोसिस ज्ञानेन्द्र ले गरे सकेन ,बद्नाम भए ,प्रचण्ड ,झलनाथ ,माकुने ,बाबुराम ले सकेन अब खिलराज ले मौका पाउछ भने गर्नु नै बुद्दिमानी हुन्छ ,परे देश को लागि सहिद बन्नु पर्छ भन्छन त् बदनामीको के कुरा ??

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 33

  • ड्यास माओबादीको बन्द , जनजातिहरुको बिरोध , मधिसेहरुको मताधिकारको बिषयमा च्याखे दाउ अनि जताततै भद्रगोल भएको बेलामा खिलराज त के मलाइनै प्रधानमन्त्रीको अफर आएपनि बन्दिन |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 123 Thumb down 6

    • bibek dhakal

      झन् चुनौती अको बेला पो हो त बन्ने भन्या- पक्का स्टेट्स्म्यान हो भने …..सजिलो भाको बेला त मलाई अफर गरे नि बनिदिन्छु नि -
      जे जस्तो भएनी यो देख्दै अल्लेर्जी हुनेह नेताहरुलाई केहि महिना देख्नु नापर्नेभो भन्ने लागेको थियो अब फेरी तेइ भातमारा हरु कै सरकार होला जस्तो छ…i :(

      मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 4

  • माओको यो सत्ता लम्ब्याउने चाला मान्नै पर्छ , बिशेसगरि काँग्रेस र एमालेलाई कोक्क्रोमा सानो नानीलाई खेलाए झैँ खेलाए | यो नहुनु पर्ने थियो भयो हामी यसरी कुरामात्र गरिरहेकाछौ देश त बुढाहरुले भ्याउन लागे लौन युवा हो …….आब पनि हामीले केही नगरे एका देशमा नेपाल भन्ने एउटा देश थियो रे, भनेर कथामा पढ्नु पर्ने अवस्था आउनेछ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 73 Thumb down 2

  • neerose

    यो देश,
    सबैलाई प्रम बन्नुपर्ने!
    एकले अर्कोलाई,
    गरेको हेर्न नसक्ने!
    गर्न सकोस नसकोस,
    सबैलाई आफै गर्नुपर्ने!
    आफूभन्दा जान्ने,
    कसैलाई नठान्ने!
    अबत,
    समाधान को बाटो,
    नागरिकता होइन,
    प्रम बाढौ!
    मृत होइन,
    सहिद भनौ!
    सब्दकोषः सच्याउ,
    अनि हामि सच्चिंछौ कि?

    (जे देखे सुने पनि कबिता फुरन थाल्याछ भन्या आजकल,
    मन कबिमय भाछ, जीवननै कबिमय हुनालाछ, खै के खै के)

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 0

    • Badesh

      नीरोले रोम जल्दा बाँसुरी बजाएको थियो, निरोजजीलाइ कविता फुर्दो रहेछ | तर बाँसुरी भन्दा कविता नै ठिक हो | कवितामय भएकोमा बधाई छ |

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • himal

    लोकतन्त्र को नाम मा काँग्रेस एमालेले देस डुवाउने भए .यो फर्मुला त कामरेड झलनाथ खनाल ले ल्याको
    भन्थे नि dr महत साप ?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 41

  • Sagar BC

    माओबादीले प्रधान न्यायाधिशलाई प्रधान मन्त्रि दिने रे भन्ने सुन्ने बित्तिकै यसमा केहि रहस्य छ जस्तो लागेको थियो…, यो माओबादीको बार्गेनिंग वा खुराफाती कदम पक्कै हो….. , हेर्नुस साथिहरु हो… दाल मे कुछ काला है !!!! माओबादी ले सत्ता सजिलै छोड्ने… हा हा हा…….फेरी अर्को नौटंकी……..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 62 Thumb down 10

  • खिल राज रेग्मी साची कै राष्ट्र बादी हुन् भने यो पद मा जानै हुन्न! प्रधान मन्त्रि को पद भन्दा प्रधानन्याधिशको पद धेरै नै गरिमामय पद हो / उनले येदि एस्तो भनेको भए बुद्दि पुराए जस्तो छ !!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 57 Thumb down 6

  • Mahesh

    हेर रेग्मीजी छोडी देउ, बुझ तिमि अर्को बाबुराम मात्र हुन्छौ, भगवान बाट दानव, तिम्रो अशल नियतले मात्र केइ हुन्न
    एकचोटी घुमेर हेर तिमीलाई असफल नेतृत्व प्रमाणित गर्न खोज्ने हरुको कमि छैन
    भोलि तिम्लाई फेरि प्रधानन्यायाधिसमा फर्कन पनि गारो हुन्छ
    असफल भयौ भने तिमीलाई त्यो राजनीतिक गन्धले तिम्रो न्याय मुर्तिको छबिमा पनि दाग लाइदिञ्च

    प्रधानमन्त्री एउटा हड्डी भइसको त्यै कुकुरहरुलाई लुच्न देउ, तिमि टाढै बस, टोकाई बाट बच
    अरु त के भन्नु र मैले

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 82 Thumb down 4

    • मनीष

      बाबुराम वा रेग्मी वा अरु कसैको छविमा दाग लाग्नु ठुलो कुरो कि देशको समस्या समाधान गरेर देश विकास गर्नु ठुलो म त रणभुल्लमा परे बा !

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • कमल थापा(साउदी अरब)

    चार दल प्राइभेट लिमिटेडको प्याकेज सहमति, सहमतिको कुराले खुशी लाग्यो/ यो सहमति खरानीको डल्लो भन्दा बलियो, पाकेको इँटा जस्तो होस् भनेर गरेको मेरो कामना पनि खेर गएछ/

    खरानीको डल्लो जस्तै बलियो सहमति गर्ने नेताहरु……. विश्व रेकर्ड तोडिने भो/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 40 Thumb down 0

  • यदी यो साचैकै महान्यायधिसज्युको निर्णय हो भने एकदम ठीक भन्नु भयो । देश बिगार्ने बेला नेताहरु अब अन्तिम घडीमा बाँदरको घाडो कुकुरलाई झुण्ड्याउन खोजेको मात्र हो । अहिलेका अबसरवादी प्रतिगामी तत्वहरुले बाबुरामले मात्र उपचार गर्न सक्छ । राम्रो गर्दा पनि सानो सानो त्रुती हुन सक्छ तर बाबुरामलाई प्रधानमन्त्रीबाट हताउनु पर्ने कुनै कारण छैन । शायद नेपालका सबै जनताहरुले यो कुरा बुझेका छन । अर्को कुरा आज काठमाडौंका गुण्डाले अब नेपालमा लगातार बन्द हद्ताल हुन्छ होला । हाम्रो पनि काम हुने भयो रे ? नेताहरुको के चाला हो यो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 27

  • Mahesh

    मलाई त संखा लागेकै थियो अब अर्को बक्रा को होला त
    हाम्रो देशका पार्टीहरुको दशैँ राम्रो चल्या छ
    हा हा म त अब समाचार पढ्न पनि छोड्नु पर्ला यार
    धेरै चिन्ताले हार्ट फेल होला भन्ने डर
    मेरो गर्ल फ्रेन्डको मन भन्दा चाडो चेन्ज हुन्छ हाम्रो देशको समाचार र नेताका बोलि
    कै नभाको जात्रा नेपालमा
    रकछ्या गर पर्भु !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 1

  • माओबादीको भारतीय योजना असफल हुने संकेत ! प्रजातन्त्र प्रेमी हरुको लागि सुखद खबर !!!

    जय नेपाल

    मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 32

  • कमल थापा(साउदी अरब)

    नेपाली खबर, अचम्म! सहमतिमा हस्ताक्षर नभई, यो सहमति धोखा हो भन्दै नेपाल बन्द गरिन्छ/ बन्द सकिन नपाउदै, म हुन्न भनेको सुन्न पर्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 1

  • dhan

    खै के खै के नया नेपाल को पारा…. मनपरी तन्त्र जो छ नेपाल मा/

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker