मेरो Tweet

  • पाँच ‘डन’- फँस्लान् कि बच्लान् ? t.co/scQgh1vVwH via @mysansar
  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

वैद्य माओवादीको सभामा पत्रकार युवराज घिमिरेले के भाषण गरे? अडियो सुन्नुस्

वैद्य माओवादीले फागुन ८ गते गरेको नेपाल बन्द ‘जनयुद्धकालीन मुद्दा ब्युँताउने षड्यन्त्र’ दैलेख कान्डको विरोधमा हो भनी व्यापक पर्चा पोस्टरिङ गरेको थियो। दैलेख कान्ड पत्रकार डेकेन्द्रराज थापाको हत्याबाट उब्जिएको हो। यही बन्दका क्रममा पाटन, बानेश्वर र रत्नपार्क गरी तीन ठाउँमा आयोजित सभामा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्बोधन गरेको खबर सुनेर धेरै जना तीनछक्क परे। सामाजिक सञ्जालमा पनि यसको खुबै चर्चा भयो।

नेपालका तीन ब्रोडसिट दैनिकहरु ‘कान्तिपुर’मा तीन वर्ष, काठमाडौँ पोस्टमा एक वर्ष र राजधानी दैनिकमा समेत सम्पादक रहिसकेका घिमिरेले त्यसअघि बीबीसीमा पनि काम गरिसकेका थिए। लामो समय भारतमा पत्रकारिता गरी सम्पादकीय टिमको माथिल्लो जिम्मेवारीसमेत सम्हालिसकेका उनी अहिले इन्डियन एक्सप्रेसका कोलमिस्ट हुन्। भारतीय पत्रिकाको मूलधारमा उच्च तहको सम्पादकीय जिम्मेवारी सम्हालिसकेका उनलाई त्यहाँ निकै सम्मानका साथ हेरिन्छ। आउटलुक म्यागेजिनमा उनी सहायक सम्पादक थिए। इन्डियन एक्सप्रेस र बीबीसी नेपालीमा उनी एसोसिएट एडिटर थिए। अहिले उनको साप्ताहिक कोलम साँघु साप्ताहिकमा पनि छापिन्छ। आखिर किन वरिष्ठ पत्रकार घिमिरे वैद्य माओवादीको सभामा भाषण गर्न गए ? के भाषण गरे उनले ? आउनुस्, सुनौँ उनको भाषण।

भाषण सुन्न तलको प्ले बटनमा क्लिक गर्नुस्-


अडियोका लागि बिक्किललाई धन्यवाद।

वा यसमा सुन्नुस्-

तपाईँलाई के लाग्छ ? वरिष्ठ पत्रकारले राजनीतिक दलको सभामा भाषण गर्नु ठीक हो ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला। हिजो ट्विटरमा देखिएका केही विचार यस्ता थिए-


51 comments to वैद्य माओवादीको सभामा पत्रकार युवराज घिमिरेले के भाषण गरे? अडियो सुन्नुस्

  • Khagendra Thapa

    साथी हो हामी सबैले माथि मदन बज्राचार्य जी ले लेखेको सत्य कुरा ध्यान दियर पढौ मदन जी ले धेरै राम्रो र सत्य कुरा लेख्नु भयो वउहले जहिले पनि सत्य कुरा लेख्नु हुन्छ हमर कुकुर जस्ता भारतीय दलाल नेता हरुको मदन जी को जस्तो १% मात्रै रास्त्रियता भएको भए हामी नेपाली ले यति धेरै धुखा पौने थियनौ

    खगेन्द्र थापा

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • tm

    नेपाल को आज को अवस्था साधारण हुदै होइन निकै संबेदनसिल र डरलाग्दो अबस्थामा छ नेपाली जनता को भरोसा दल का नेता मा हुन सकेको छॆन युबराज घिमिरे ले सुस्पस्ट ढंग ले देश र जनताले अनुभुत गरेका धारणा जनता समक्ष पेस गरेकाछन आखिर जनता बिधि र प्रक्रिया बाट देश चलोस् भन्ने चाहना मा हुने तथ्य लाई गलत भन्न सकिन्न आज लाखौ युवा बिदेशी को भूमि मा कठिन का साथ पसिना बगाउनु पर्ने दुखद अवस्था छ यदि नेता भन्न पनि घिन लाग्ने दल का मानिसले देश मा विकास को लागि लागे को भेइ नेपाल को विकास निकै हुनेथ्यो युबराज घिमिरे का विचार प्रति मेरो सकारत्मक सोच छ

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Bhu

    घिमिरे जी ले समस्या समाधान कसरि गर्ने भन्ने बारेमा केही सल्लाह नदिएर समस्या मात्र निकालेकाछन्.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 3

  • Bir

    बेथिति ले पराकस्टा नाघे पछि बिद्रोह का जवालामुखी हरु बिस्तारै फुट्नु पर्छ यो एउटा स्वैस्फ़ुर्त कुरा हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 5

  • madan bajracharya

    नेपालको सम्बैधाकिन राजतन्त्रको बारेमा सबै भन्दा ठुलो कुरा त् नेपालीले नेपालको संबैधानिक राजालाई हटाउन कुनै माग गरेको समेत थियन/संबैधानिक राजा नेपालको लागि अप्रिय पनि थियनन; अप्रिय त् भारतलाई मात्रै भयको थियो/ त् दिल्ली पुगेका संबैधानिक राजतन्त्रको समर्थन नेपाली कांग्रेसको सरकार र जनयुद्ध भरि कहिँ कतै संबैधानिक राजतन्त्रको बिरुद्ध यक बचन नबोल्ने मावोबादिले दिल्ली पुगे पछि नेपालको राजतन्त्र उन्मुलन गर्ने निर्णय कसरि गरे?

    जनयुद्ध लड्ने मावोबादी दिल्ली सम्झौता हुनु अघि सम्म मात्रै मावोबादी थियो/ बिरेन्द्रको हत्या भयको बाबुराम र प्रचंद्र दुबैले भारतलाई दोष दियको थियो/सन् २००१को जुनमा बाबुरामले त् कान्तिपुरमा बिरेन्द्रको हत्यालाई भारतले गरेको नया कोट पर्वको संज्ञा दियको थियो/ तर तेही बाबुरामले जुन २००२मा भारतको प्रधान मन्त्रीलाई आफ्नो गुरु यस दि मुनिको हात बात पठायको चिठ्ठीमा तेस्को उल्टो कुरा जसरि लेखे तेस्ले पनि जनयुद्ध लड्ने मावोबादी र आज सत्तामा पुग्ने मावोबादी उही नरहेको स्पस्ट देखाउंछ/

    दिल्ली सम्झौता देख्नमा मात्रै मावोबादी र तत्कालिन सरकारको बिचमा भयको थियो/ बास्तवमा त्यो सम्झौता नेपालको नेताहरुलाई भारतको यउटा लिखित निर्देशन मात्रै थियो/ भारतीय विस्तारवाद र भारतको पिठ्ठु बनेका नेताहरुको कुशसानको बिरुद्ध जनयुद्ध लड्ने मावोबादी नेताहरुले दिल्ली सम्झौता पछि भारतीय विस्तारवाद र भारतको पिठ्ठु नेताहरु मात्रै होईन मधेशबादको भारि समेत बोकेर नेपाल फर्के/ आजको मावोबादी भारतीय विस्तारवादको बिरोधि होईन भारतीय विस्तारवादको भरिया बनेकोछ तेसैलेत मधेश्बादिको साथ् पायकोछ/

    हुनत दिल्ली सम्झौता पछि प्रचान्द्र्ले सक्ने हद सम्म भारतीय विस्तारवादको बिरोध गरेको देखियको थियो/ भारत र मधेश्बादिको समर्थनमै प्रधान मन्त्रि बन्न समेत अस्विकार गरेको थियो/ तर बैद्य-बाबुरामले प्रचान्द्र्लाई भारतीय विस्तारवादको बिरोध गर्नै नसक्ने मात्रै होईन भारतीय विस्तारवादको अगाडी घुंडा टेक्न बाध्य बनायो/ आज प्रचंद्र समेतको अनुहार मात्रै उही छ, बिचार र ब्यबहार बदलि सकेकोछ/ यसकारण आज जत्तिसुकै बैद्यले भारतीय विस्तारवाद, मधेशबाद र बाबुरामको बिरोध गरेता पनि आज नेपालमा भारतीय विस्तारवाद र मधेशबाद हाबी हुनुमा बैद्य पनि दोशिनै छन्/

    जसरि भारत सिट झुक्न नमान्ने बिहारीहरुलाई नेपालको नागरिकता दिन नमान्ने बिरेन्द्रको सपरिवारको हत्या गरियो; जसरि २०४६ सालको क्रान्तिको सुरुवातमै भारतको निर्देशनमा चलाउन खोज्ने भारतको नेता चन्द्र शेखरलाई झपार्ने गणेशमान र नेपालको सेनामा “बिहारी ब्रिगेड” बनाउन नमान्ने कृष्ण प्रसादलाई पाखा लगाईयो तेस्ले नेपालमा भयको हरायक क्रान्तिका सहि नायक तथा नेताहरुलाई भारतमै जन्मे हुर्के पलेका नेपालीको जनादेसलाई भन्दा दिल्लीको आदेशलाई ठुलो मान्ने नेताहरुले पाखा लगाउंदै आयको छ तेस्ले स्पस्ट संकेत गर्छ कि सिक्किम बनाउन नसकिने नेपाललाई कमसेकम भुटान जस्तै बनाउन भारतले भरमग्दुर प्रयत्न गर्दै आयकोछ/ नेपालको जनता र नेपालीको नेताले गरेको कुनै पनि क्रान्तिलाई भारतले आफ्नै स्वार्थ पुरा गराउनेको षडयन्त्र रुपमा रुपान्तरित गर्दै आयकोछ/

    क्रान्ति नेपालको रगतको बलमा लड्ने, सत्तामा भारतको बलमा टिक्न खोज्ने ई कुनै पनि नेता नेपाली जनताको नेता हुन् भन्न सकिंदैन/ यस्ता नेताहरुको राज जहिले सम्म सिंहदरवारमा चल्छ नेपालको राजनीति नेपाली जनताको चाहना अनुशार चल्दैन/ यस्ता नेताहरु रहीरहे सम्म नेपालमा भारतको हस्त्छ्यापको अन्त कहिले हुँदैन/ ई नेताहरु नेपालको नेता होईनन भारतको बिनाबर्दिको सेना हुन् र आज नेपालमा नेपाली जनताको नेताहरुको होईन भारतको बिनाबर्दीको अघोसित सेनाको कमाण्डरको सैनिक शासन चल्दैछ/

    फेरी मैले यसो लेखेकोमा बिकसित हुँदै गयको भारतलाई नेपाल जस्तो गरिब र अविकसित मुलुकमा हस्त्छ्याप गर्नु पर्दैन कसैले भन्नु भन्दा अघि नै नेपाल नेपालीको निमित मात्रै गरिब मुलुक बनेको छ तर भारतको निमित नेपाल सम्पन्न मुलुकनै हो/ अबको केहि दसक सम्म मात्रै बिस्वको राजनीति पेट्रोलियम तेलमा केन्द्रित होला/ तेस्पाछी बिस्वको राजनीति पानीमा केन्द्रित हुनेछ/ नेपाल बिस्वमा दोश्रो धनि मुलुक हो/ भारतको हस्त्छ्याप नेपालको माटोको लागि होईन नेपालको तेही अपार पानीको श्रोत आफ्नो कब्जामा पार्नको निमित हो/ अहिलेनै अर्व अरव नागी सकेको भारतको जनसंख्या अबको २० बर्षमा १० अर्व त् हुनेनैछ; भारत सिट उसको त्यो दस अर्व पुग्न सक्ने जनालाई चाहिने पानि छैन नेपाल सिट छ/

    यो कुरामा अरु धेरै उदाहरण किन दिने मात्र कोसी नदीमा भारतले बनाउन खोजेको बिस्व मै उच्च २६८ मिटर अग्लो जलाशय कै मात्र उदाहरण दिन्छु/ भारतले नेपालको ४० गाउँ हरुलाई भारतको जलासयको रुपमा रुपान्तरित गर्ने योजना बनायाकोछ/ भारतको कलकत्ता सम्मको जनताको पानीको आबस्यक्ता पुरा गर्ने योजना अन्तर्गत सन् २००५मा नेपाल सिट त्यो जलासय बनाउने सन्धि त् भारतले गरिनै सकेको छ/ तर नेपालको भूमिमा भारतको त्यो जलाशय बनाउन नेपालको राजा र २०४८को संबिधान बाधक बनेको थियो/ त् नेपालको राजा र त्यो संबिधान खारेज गरायो/ अब बनिने संबिधान पनि त्यो जलासय बनाउन बाधा नहोस भनेरै भारतले नेपालको संबिधान बनाउन समस्त तराईमा मधेशबादीहरुको आत्म निर्णय गर्न सक्ने राज्य बनाउन सहमत गराउन यो दवाव दिंदै आयकोहो/यो त् मात्र यउटा उदाहरण हो/ यस्ता उदाहरणहरु कति छन् कति/

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 8

    • thakkar singh

      वाहियात, मन गढ़नते, झुठ, एस्ता लेख लेख्ने हरुलें नेपालमा राम्रो हिउँदे खेति गर्छन अनि जनता लाइ एक छिन् भएनी मुत को न्यानो राहत मिल्छ.

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

      • madan bajracharya

        ठक्कर सिंहज्यु
        के सन् २००५ मा भारत र नेपाल बिचमा नेपालको समस्त कोशी समुहको नदीको पानिमा बिस्व्मै अग्लो बाध नेपालको भूमिमै बनायर जलासय बनाउने सन्धि गरेको कुरा मनगढ़ंध हो झुठ हो? नेपाल जस्तो भूकम्पीय जोखिममा परेको मुलुकमा यस्तो बाँध बनाउन दिनु हुन् भन्ने जलश्रोत बिशास्ग्य र बिभिन्न दलका नेताहरुको बिरोध वाहियात हो? तत्कालिन सरकारले भारत सिट सन् २००५मा यो सधि त् गरे तर त्यो सन्धिलाई सरकारले अनुमोदनको निमित सदनमा प्रस्तुत नगरेको र गरेतापनि २०४८को संबिधान अनुशर त्यो सन्धि पास नहुने कुरा झुठ हो? मधेशबादी नेता उमेश यादव नेपालको विदेश मन्त्रि हुँदा नेपालमा त्यो जलाशय बन्ने भनेर भासन गरेको झुठ हो?

        सो बाँध र जलाशय बनाउने प्रारम्भिक अध्ययनको निमित नेपालमा कार्यालयहरु समेत खोलि बसेको भारतीय स्वार्थको कालो चस्मा लगाउनेले मात्रै देख्दैन/ भारतीय स्वार्थलाई हामि नेपाली “मुत” नै ठान्छौं र तेस्तो “मुत” को न्यानोमा भारतीय स्वार्थको दलाली गर्ने भारतीय मूलको किराहरुले मात्रै राहत महसुस गर्छ, नेपालीले गर्दैन/

        मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kindly Implement it….and keep it up to save Nepal and nepali rights..

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • Kedar

    युबराज घिमिरेजी मलाई सारै मन पर्ने पत्रकार हुनुहुन्छ. लेख, रचना र सम्बद सकेसम्म नबिराई पढ्ने र सुन्ने गर्दछु.
    प्रक्रियाको कुरा गर्दा राजा हटाउने, हरुवाले संसदमा सिटौलाले प्रस्ताब राख्ने गर्न मिल्दैन त भन्नु भयो ठिक लग्यो.
    यो बन्द पत्रकार डेकेन्द्रजी को हत्यारा लाई बचाउन गरेको होइनर? निस्पक्ष छु भनेर होइन गरेर देखाउना पर्ने होइनर? पत्रकारिता अब ठाउँ सानो भएको हो? मेरो जानकारी मा यो पहिलो मंच बाट बोलेको हो जस्तो लाग्छ.
    प्रक्रियाको कुरा गर्दा गलत मंच बाट आफ्नो अभिव्यक्ति दिएको मलाई लग्यो है साथी हो. तपाई हरुलाई नि?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

  • काउचा मगर

    पत्रकार अनि एक बुद्धिजीवीको नाताले उहाले बोल्नु भएको सार्है सह्रानीय छ, एउटा आमनागरिक भएर कुनै आमले गरेको आमसभामा बोल्नलाई किन थुनछेक ? पार्टीले गरेको सभा भन्दैमा स्वतन्त्र व्यक्तिले पार्टीको बारेमा पो वकालत गर्नु ठिक नहोला…त्यो पनि प्रेस जगत को ख्याति बटुलीसकेको व्यक्तिले समसामयिक अनि स्वतन्त्र विचार राख्न जसले पनि पाउनु पर्छ…धन्यवाद छ युबराज घिमिरे ज्युलाइ……अब नागरिक समाजका अगुवाई गर्नुहुने अरु वुध्दिजिवीहरुले पनि यसरी नै आफ्नो विचार,योजना अनि सल्लाह-सुझाब दिएर नेताहरुको भाषण र नक्कली मनको लड्डु घिउसंग खाने कुरा सुनेर वाक्क भैसकेका हामीजस्ता सर्वसाधारण हरुलाई सचेत गरिदिनु होला….

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 4

  • द्रोण

    घिमिरे जी बरिस्ट पत्रकार हुनुहुन्छ ,नेपाल भारत .पश्चिमी रास्ट्र को राजनीतिको मोफसल मा बसेर काम गर्नु भएको छ |उहाले देश को अस्त्तित्त्व खतरा मा देख्नुहुन्छ त्यो पनि सहि हो जुन सारा नेता र बुद्दिजिबि पनि तेही भन्छन |
    मेरो बिचारमा मुलुको बर्तमान स्थिति
    —————————————
    पुछार ले हाती हल्लाएको स्थिति छ | सिमित पश्चिमी खुफिया ( युरोप र अमेरिकी ) हरुले आफुले चाहेको बेला चीनर भारत बिरुद्द युज गर्न सक्ने गरि मुख मा राखेर चापाएको स्थिति मा हामि छौ |१९४७ देखि राजतन्त्र को अन्त न हुदा सम्म पुरा इन्डियन छाता भित्र देश चलेको थ्यो |(हामि आत्मनिर्भर रास्ट्र भन्थेउ ,तर राजा हरुले र तत्कालिन नेताहरुले गरेको बार्गेन कमै मात्र सायद बाहिर आउथ्यो ,जसको सिदा उदाहरण खुला सिमाना बाट निर्बाध भारतीय घुस पेठ रोक्ने ठोस प्रयास किन गरिएको थिएँन ?)
    अब आएर त् पुरै बिदेसी एड मा चल्ने अर्थतन्त्र भएपछी र उसै पनि खुरापाती खैरेको दिमाग ले नेपाल जस्तो महत्त्वपूर्ण देश किन छोड्थ्यो ?(सम्जिनुस इराक ,लिबिया को,सिरिया को तेल को लागि भएको प्रोपोगान्डा र माली जहा हिरा को ठुलो खानि छ , राजनीतिक समस्या त् धेरै अफ्रिकी रास्ट्र मा छ त्यहा उनीहरुको ध्यान किन छैन ???)

    न्यायाधिस को नेत्त्रित्त्व ठिक कि बेठिक ???
    _______________________________

    बिद्द्वान पत्रकार घिमिरेले र धेरै नेता बेठिक भन्दैछन ,तर बाबुराम ले देश को चाबी अन्तै छ भनेजस्तै देश महादेव को अधिन भए पनि जिजस को अधिन भएपनि जसको बढी शक्ति छ उसको अधिन होला तर हाल
    देश लाइ चाहिएको निस्पक्ष्य चुनाब हो | जसको लागि प्रधान न्यायाधिस ठिकै व्यक्ति हुन् जस्तो लाग्छ | झलनाथ ,सुसिल ,प्रचण्ड र अरु केहि नेता जसले यो निर्णय गर्यो
    यो चै उनीहरुको जिबन मा गरेको राम्रो काम जस्तो लाग्यो म लाइ त् |
    हाम्रो देश मा चलखेल हुन् सक्ला ,केहि समय धेरै नै हस्त छेप होला तर जसरी हाम्रो पृथ्बी नै बडो ब्यालेन्स को कारण टिकेको छ हाम्रो देश पनि चीन र भारत को आपसी प्रतिस्पर्धा र द्वेस मा टिक्ने हो |
    खतरा त्यहा हुन्छ जब यहा पश्चिमी र अमेरिकी अधिपत्य ज्यादा हुदै जादा चीन र भारत को आर्थिक उन्नतिमा बाधा पुगे चीन र भारत आपस मा मिलेर म तिब्बत त् नेपाल भन्ने स्थिति आउछ | सायद हाम्रो देश को अस्त्तित्त्व हाल सम्म हाम्रै हात मा छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 8

  • parashar

    साचिकै युबराज घिमिरे जी ले जे सोचेका थिए त्यहि नै परिणाम निस्कियो ! उनीले सके सम्म आम जनतामा यी तथ्यहरु पुगुन भनेर बैद्द्य बा को शभा प्रयोग गरे ! आजकाल कति % साधारण जनताको पत्र-पत्रिका पहुच छ ? के आम जनताले उनले लेखेका त्यहि कुराहरु पढ्छन ? आम जनताले त अझ बिशेष गरि माओ बादी दल को आम शभा मा क कसले के के बोले भनेर चाख राख्छन , त्यसैले उनले त्यो आमशभा रोजे ! उनको त्यो भाषण को कुरा ले सिङ्गै देश ढाकेको छ अहिले शही ‘तिर ‘ चलाए उनले !

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 1

  • neeta

    उमेश जी
    म मेरो संसारको पाठक हो. मलाई यो ब्लग मन पर्छ. तर म सुस्त श्रवण भएको कारणले ब्लग पढ्दै जादा अन्तिम मा audio राख्नु हुन्छ जसले गर्दा म जस्तो अरु सुन्न समस्या भएका ले समाचार बुझ्न पाउदैन. त्यसले मेरो अनुरोध छ कि यदि तपाई हरुले audio record राख्नु हुन्छ भने त्यसैई subtitle राख्न अनुरोध गर्दछु.

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

    • समय अभावका कारण अडियोलाई शब्दमा उतार्न नसकेकोमा तपाईँ लगायत सुस्त श्रवण भएका पाठकहरुसँग माफी माग्छु। माइसंसारका कुनै पाठकले यसलाई सुनेर मुख्य बुँदा उहाँ जस्ता पाठकहरुका लागि उतारिदिनु हुने आशा गरौँ।

      मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 10

  • Gaurab Nepali "Oodaaseen"

    यो युबराज घिमिरेको आवाज मात्र होइन, यो गौरब नेपाली “उदासिन” को पनि आवाज हो ! ! ! किनकी मा एक सच्चा नेपाली हुँ र एक स्वाभिमान नेपाली बुवा आमाको छोरो पनि!

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

  • chakra

    भविष्यमा भाटे कारबाई मा पर्न बाट जोगिन का लागि खेलेको कुटनीति हो / १ पत्रकार ले आफ्नो कुरा प्रतेक दिन पत्रिका मार्फत दिएको हुन्छ / TV रेडियो मा दिएको हुन्छ / यो केवल चर्चा र अप्रत्यक्ष फाइदा लिन हो कि भन्ने शंका देखिन्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 11

  • बिक्रम नेपाली

    वरिष्ठ पत्रकारको खोल ओडेका युवराज घिमिरेजी वैधबाको सभामा निस्पक्ष श्रमजीवि पत्रकारिताको भाषामा कुर्लिएछन् – “50/100 को झुण्डमा पनि जान्छु र राष्ट्रको सार्वभौम सत्ताको रक्षा गर्छु” ।

    विचरा वैध बाले मंच दिएर उनैका विरुद्ध 50/100 को झुण्ड भन्दै बदख्वांई गरेको पत्तो पाए की पाएनन् कुन्नि ? त्यसै पनि ढिलो बुझ्ने तर हतारमा निर्णय गर्ने गरेका बाको झुण्ड कम्तिमा अलिक बढी त हुनै पर्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 8

  • sushi

    उनि कति को उदाहरनिय हुन् त्यो चै उनको क्रिया कलापले भबिष्य मा देखाउने नै छ / तर बोल्ने ठाउँ को चयन चै यी पत्रकार ले सहि ठाउँ मा गरेनन / जुन पार्टी ले पत्रकार को सम्मान गर्न जान्दैन त्यसैको मंच मा उनको गएर एउटा बरिस्ठ पत्रकार जस्तो मान्छे ले आफ्नो मनको कुरा राख्नु पर्ने त थिएँ /उनका विचार र मन मा लागेको कुरा त पत्रिका मार्फत गर्न सकी हाल्थे नि / यस्तो बाटो बिराउने मानिस को नेपाल मा कमि चै छैन /

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

  • madan bajracharya

    जे बोले हिम्मत देखाययरै बोले; बोल्नै पर्ने बोले/ उहाले मावोबादी नतुक्रियको बेला देखिको बिकृति औंल्याउन्दै उहाले यदि आज बाबुरामले ठिक नगरेको मान्ने हो भने यसको लागि बैद्य पनि कम जिम्मेवार छैन भन्ने कुरा गरेकोछ/ बैद्य्कै मन्चमा गयर यति बोल्नु पनि ठुलो साहसको कुरा हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 2

    • शरद-क्षितिज पारीबाट

      उनले स्पष्टै रुपमा भनेका छन् उनि किन यो सभा बाट बोले भनेर अनि उनको यो बोलि दलहरुका अघोषित मुखपत्र रुपी मिडिया अनि मिडियाकर्मी बाहेकका आफ्नै देशमा आफ्नै प्रतिनिधि बाट आफ्नो बाँच्ने अधिकार खोसिएका हामि जस्ता करोडौं आम नागरीकको बोलि हो ! यसलाई राजनीतिक रंग नदिइ एक पटक मात्र नेपाली भै सुनेर हेरौ यो कति सान्दर्भिक छ ! देशको सर्बोच्च संस्थाका नायक मानिएका सम्माननीय प्र.न्या. ज्यू जस्तो मानिसले खोइ कुन अनि कसको इसारा,लोभ वा डरले वार्गेनिङ्ग गरी गरी यो अवस्थालाई स्वीकार्दै हुनुहुन्छ …तर यो राज्यको लागि शुभ संकेत होइन ! यहाँ खुफिया रुपले धेरै पर सम्मको योजना बनेको स्पष्ट छ अब त ०५२ को यात्रा देखि १२ बुंदे समझदारी, दरवार हत्याकाण्ड, राजसंस्थाको अन्त्य, बिपा सम्झौता, विमानस्थलको हस्तान्तरण, बहुमतको बिरोधका बाबजुद पनि अल्पमत बाट यो निर्णयमा सहमतिको टाँचा, के.पी. जस्ताले सहमति जनाउनु यी सबै घटना सबै एक आपसमा जोडिएका छन् जस्तो देखिन्छन ! खुलेरै भन्नु पर्दा त भारतले नेपालको बर्वादीको लागि निक्कै खतरनाक गेम खेलेको छ र हाम्रै मानसिक दरिद्र नेता,प्रशासक, पत्रकार आदिको कारण उ सोचे भन्दा सजिलै सफल पनि भएको स्पष्ट छ !

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • Tilak Pokharel

    मलाई त आकाश नै खस्ला जस्तो गरेर कुर्लिनु पर्छ जस्तो लाग्दैन । अझ कनक मणी, नारायण वाग्ले सबैले यसरी नै भाषण गरे माओबादी अली सुध्रिन्थ्यो कि । खाली पत्रीकामा पाडे गाली गर्‍यो । तेल्ले त झन समस्या बल्झाएको छ । अली मति बिग्रन लागेकालाई त engage पो गर्नु पर्छ । भड्कायो भने त कसैलाई नि फाईदा पुग्दैन । अब युबराज घिमिरेले एमाले काङ्रेस र क्यास माओवादी सबैको सभा, मीटिङमा गएर यसरी नै कुरा राख्नु पर्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 3

  • Sisir

    युबराज घिमिरेले मात्र होइन सबै सचेत जनताले आवाज उठाउने बेला आएको छ .. भासन प्रस्ट नबुझे पनि उनले कुनै गलत कुरा गरे जस्तो लागेन .. एक असल नागरिकको कर्तब्य पुरा गरे .. मन्च सहि भयोकि भएन त्यो अलग कुरा हो .. यो राजनीतिक अत्याचार कहिले सम्म सहने जनताले ?

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 2

  • diwakar

    उनले येसो गरेको ठिकै लाग्यो ! किनकि जब रास्ट्रपति स्वयम् धम्कीको भाषा बोल्छन् र शासन सत्ता अराजनीतिक मान्छे तिर सुम्पियीन्छा भने त्यो बारे खबरदारी गर्नु एकदम राम्रो काम हो ! उनले माओबादी को डेकेन्द्र सम्बन्धि अडान को समर्थन गरेका छैनन् !
    येस्मा डेकेन्द्र घटना ठुलो हो को राष्ट्रको शासन सत्ता भन्ने प्रस्न मूल हो !

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 4

  • Gemmi

    युबराज घिमिरे प्रतिभाशाली हुदाहुदै पनि बेरोजगार बन्न पुगेकाले चंचल हुन थालेका होलान | यिनले कान्तिपुरमा बाबुरामको लेख छाप्दा गिरिजा सरकारले २,३ दिन जेलमा कोचेको थियो, त्यतिबेला केहिले यिनलाई भारतका संस्थाहरूसंग नजीक रहेको भनी प्रचार गरेको जस्तो लाग्छ | तर साधारणतया शक्तिमा रहेको पक्षसंग (या जुनसुकै पक्षसंग) त्यति नजिक हुन नचाहने र तटस्थ रहने यिनको स्वभाव भए जस्तो देखिन्छ | त्यसैले ठुला मिडियामा अहिलेको शक्तिसंग नजिकिएकाहरूले बाजी मारेपछि यी जुरासिक पार्कमा घुम्दै छन् |

    वैद्यको कार्यक्रममा कुनै टिप्पणी गर्न पुगेका होलान, आधिकारिक कुनै पदमा नहुदा विदेशी चलखेल सम्बन्धी विषयमा टिप्पणी गर्न वैद्यको कार्यक्रम भएकोले जान नहुने भन्ने त कही नहोला | तर नेपाल बन्दको समर्थन हो भने चाहिँ ठीक भए जस्तो लागेन |

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 7

    • bikka rana magar

      उनले बैद्य हरु लै राष्ट्रिय झन्डा पनि बोक्न सल्लाह दिए. बाबुराम प्रचण्ड इंडिया को दलाल भयकोमा भने बैद्य हरु संग इनको सहमति देखिन्छा, जुन सहि हो. घरि घरि राजा फर्काउने पनि कुरो गर्छन. तर मेरो सनक के हो भने बैद्य हरु लै खेदेर किनारा मा पुर्याउदा देशभक्त हरु संग मिल्ने भन्दै राजाबादी हरु संग गठबन्धन भयो भने अर्को दरो शक्ति चाही निर्माण हुन्छा है .

      मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 2

  • Satik

    घिमिरेले चाहेको ठाउमा गएर बोल्न पाउछन्, वाक स्वतन्त्रताको सम्मान गरौ. उनले चाहेको विचार अगाल्दा कसैले टाउको नदुखाए हुन्छ .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 9

  • Ganesh Paudel

    युवराजजीलाई मनका कुरा व्यक्त गर्न छुट छ । तर जहाँ जानु भयो त्यो उपयुक्त थिएन भन्ने मेरो पनि ठहर हो । लेखेरै विरोध गर्न सक्न्ु हुन्थ्यो भाषण किन गरेको होला ??? ल भाषण पनि गर्न नमिल्ने होइन तर उदारवादका विरोधी बैद्यबाको मञ्च किन उपयोग गरेको होला ?? पत्रकार डेकेन्द्रराज थापको हत्यारालाई कारवाही प्रकृया सुरु गरेको विरोधमा भएको कार्यक्रममा एउटा वरिष्ट पत्रकार सहभागि हुनु साह्रै नमज्ज लाग्यो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 15

  • आवाज राम्रो सुनिएन कसरि कमेन्ट गर्नु?मेरो विचार मा अब बरिस्ठ पत्रकार,कनिस्ठा पत्रकार,समाज का बुज्रुक सबै ले नै बोल्ने र भासन गर्ने बेला पक्कै आयो जस्तो लाग्छ /कति सहनु नेता को अन्याय?कसरि बाच्नु नेपाली ले अन्याय सहेर?यहाँ अन्याय गर्ने भन्दा पनि अन्याय सहने निमुखा हामी जनता ले भासन अहिले न गरे कहिले गर्ने??? जे गरे युबराज सर ले ठिक नै गरे /

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • कुरा राम्रो गरेका छन् तर उभिएको धरातल पटक्कै मन परेन । यिनी पत्रकार भएर यी कुरा बोल्ने फोरम अन्त पाएनछन् कि क्या हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 16

  • Prakash

    आवाज प्रस्ट सुनिएन, एसको स्क्रिप्ट पनि राख्न सकिन्छ कि सालोक्य जी ?

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • mahesh

    केहि गलत भेनेको जस्तो लागेन …जे बोले ठिक बोले ….अनि फेरी कहाँ मान्छे भेला हुन्छा मा बोल्छु भनेका छन् किनकि बोल्ने बेला भएको छ आम नागरिक ले अनि क नै गलत बोले र?

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 2

  • Krishna poudel

    कुरा त ठिकै हो तर यो भासण नागरिक समाज को मंच मा गरेको भय अति उत्तम हुने थियो .

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 4

  • Biswash

    कसैलाई आफ्नो राष्ट्रिय पहिचानबाट तल झरेर व्यक्तिगत पहिचान बनाउन मन लाग्छ भने कसले के भन्ने खै ? कुरा के गर्यो भन्दा कहाँ गर्यो भन्ने कुराले बिगार्यो | तर प्रधान न्यायाधिश ले प्रधान मन्त्रि बन्न खुट्टा उचालेको बेला बरिस्ठ पत्रकारले पनि आफ्नो स्थान बनाउन खोज्नु कुनै अनौठो होइन |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 7

  • पुष्प

    Hidden due to low comment rating. Click here to see.

    धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 35 Thumb down 76

    • Vijay

      बैद्यबा माओबादी बाट छुट्नु अगाडी युवराजको यो विचार आएको भए त तपाई नि ‘ चुइक्क’ बोल्नुहुन्थेन होला, हगि?

      धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 51 Thumb down 9

    • kedar

      हैन थाल नै चाटी चाटी येति सारो जुठो पुरो नै न खाउँन हौ पुष्प जी एमाओबादी र प्रचण्डको / ……….. लाइ भन्दा देख्ने लाइ लाज भने जस्तो /

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3

    • शरद-क्षितिज पारीबाट

      हुन् त अहिले देशमा उदण्डहरु कै बोलवाला छ तर पनि यो युबराज जी को बोलि सामान्यतया दल भन्दा बाहिर राष्ट्र नदेख्ने हरुका लागि नभई हामि जस्ता कहिले मावोवादी, कहिले मधेशवादी कहिले राज्य अर्थात यी कुकुर,निर्लज्ज नेता अर्थात भारतीयका नेपाली राजनीतिक बेश्याको आतंकमा सर्व साधारणको बोलि हो ! हिंजो सम्म भारतलाई परम शत्रु भनेर दुष्ट भारत बाट हाम्रो राष्ट्रियताको रक्षा गर्ने बिषयको नारा बनाएर देशकै ठुलो पार्टी बनेर अहिले उसकै अवैध सन्तानको अभिभावक बनेर गर्व गर्ने कथित माओवादीलाई यस्ता कुरा पच्दैनन !

      मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • युबराज दाजु !
    तपाइँको कुरा त सहि हो तर बन्द -हड्ताल ,तोडफोड , बन्दुक र धम्कीको भाषामा विश्वास गर्ने पार्टीको झण्डामुनि बसेर भाषण गर्दा तपाईको आफ्नै व्यक्तित्व धुमिल हुने त होइन ? |

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 5

  • आफ्नो भासनको सुरुवातमै घिमिरेजीले स्पष्ट संग भन्नु भयकोछकि वहा कुनै पार्टी संग आबद्द हुनुहुन्न. वहाले केवल आफ्नो विचार पोख्न यो मंचलाई प्लात्त्फर्मको रुपमा युज गर्नुभयको मात्र हो .
    युबराज घिमिरे निर्दलीय व्यबस्थाको बिरुद्ध उभिनु भयो. त्यहाँ उभियको ठाउमा कुन रंगको झन्डा थियो र कुन प्रकारको मानिसहरु थिय भन्ने कुराले महत्वो राख्दैन.

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 1

  • aditi

    युबराज, डलरमणि, नारन आदिले बैद्यको सभामा बोल्छन र बोल्ने पनि छन् किनभने उनीहरु बैद्यको काँधमा बन्दुक राखेर प्रचण्डलाइ प्रहार गर्न चाहन्छन, युबराजले रास्त्रियता को कुरा गर्नु भनेको हासोको कुरा हो…किन भने यी र का मान्छे हुन्….उनले चलाएको पत्रिका राजधानी दैनिकले र को हवाला दिंदै सिंगापुरमा प्रचण्ड र गिरिजाको सम्बाद भनेर छापेको थियो—अर्को यी डलरबादी वा दलालबादीहरु बामपन्थीको जन्म दुश्मन हुन्….एमाले, बैद्य, एमाओ सबैलाइ पाए यिनले खाडलमा हाल्छन-आज एमाओ बलिओ छ एमाले र बैद्यको काँधमा बन्दुक राखेर एमाओलाइ हान्छन भोलि एमाले बलियो भयो भने बैद्य र एमाओको काँधमा बन्दुक राखेर एमालेलाइ हान्छन यीनले…सबैको चेतना भया

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 29

  • kedar

    पैसाले मातेका र धेरै girl friend बनाएर थाकेका Hollywood का Hero हरु लाइ के गरूँ गरूँ जस्तो सक सक भएर Homo बन्ने जाँगर लाग्छ अरे केहि नयाँ चाख्ने ध्येयले, यी युवराजलाई पनी पत्रकारितामा सबैतिर चाखी सकेर तेस्तै के गरूँ गरूँ भन्ने सक सके रोग लागेको जस्तो छ / तेसैले केहि नयाँ चाख्दैछन /

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 19

  • kedar

    नेपाल मा चोखो एउटा पनी छैन, यिनले पनी एउटा भित्तो समाते, के बिगारे? को कस्तो भन्ने त नेपालि ड्याङ्गका मुला चिनेकै हुन् सब ले, निर्बाचन हुन् मात्रै पाए देखि भित्तो, पर्खाल, बार र ढाट सबैको छिनो फानो हुन्थ्यो, तेही नहुन्जेलको नाटक हो यो /

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 3

  • sanjay khadka usa boston

    युराज घिमिरे धेरै अशल बेक्ती हुनुहुन्छ .उहा को बारेमा कसैले नराम्रो लेख्धा मलाई धेरै दुख लाग्छ.

    .

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 12

  • raj kunwar LONDON

    कमिलो ले मर्नि बेलामा पखेटा हाल्छ रे , youbaraj ghimire ले पनि तेही गर्न लागे , किन पार्टी को सभा मा गयर भासण गर्नु परेको हो ! उनि त बरिस्त पत्रकार हुन् आफ्नो कुरा जनतामा लैजान ड्यास माओ बादी को सवा मा जानु पर्छ र …….? पत्रकारिता मार्फत गयको भय हुनी थियन , think your self ………….

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 21

  • himal

    सरकार बाहिर बसेर देशी -बिदेशी शक्ति हरु लाइ गालि गर्न सजिलो छ तर सत्ता को बागडोर सम्हाल्ने कुनै पनि राजनीतिक पार्टी होस् वा राजाबादी नै किन नहोस बिदेशी प्रभु हरु संग प्रणाम दण्डबत नगरी सुखै छैन यो एथार्थ हो , अहिले सम्म नेपाल मा तेस्तो नेता नै जन्मेको छैन जुन बिदेशी हरु संग नझुकेको होस् , मोहन बैध्ह प्रधानमन्त्री होस् वा बादल वा येही भासन गर्ने बरिस्ठ पत्रकार घिमिरे नै किन नहोस तेती बेला घुंडा टेकना बाध्य हुन्छ जब सरकार को बागडोर चलाउनु पर्ने हुन्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 3

  • balkumar

    युवराज घिमिरेको भाषण आमसभाको लागि त साह्रै सुहायो | तर आमसभा युवराज घिमिरेको लागि कति सुहायो त्यो चाहीं घिमिरेले नै सोच्ने कुरा हो |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 7

  • Ashok Khadka, Canada

    यो देश कसैले बिगारेको छ भने तिनै बरिस्ठ भन्नेहरुले नै बिगारेका छन्, चाहे त्यो जुनसुकै क्षेत्रकै किन नहोस, यो वा त्यो पक्षको पक्षधरता लिएर बिगारेका छन्, याँहा प्रक्रिया मिचेर राजतन्त्र हटाइयो भन्ने नाउँमा पत्रकार घिमिरेले राजा र राजतन्त्र फर्क्याउने कुरा गरेछन् , दुनियाँमा आन्दोलन, क्रान्ति वा परिबर्तन निरन्तरतामा वा प्रक्रियातामा भएका छैनन्, देशमा अग्रगामी परिबर्तन हुन्छ भने कानुन, नियम र संविधानको अलाप रटेर मात्रै काम छैन जुन देशमा संबिधान नै छैन त्यहा नियम, कानुन र विधिको के कुरा गर्नुर ?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 14

  • sudarshan

    सरकार बाहिर बसेर देशी -बिदेशी शक्ति हरु लाइ गालि गर्न सजिलो छ तर सत्ता को बागडोर सम्हाल्ने कुनै पनि राजनीतिक पार्टी होस् वा राजाबादी नै किन नहोस बिदेशी प्रभु हरु संग प्रणाम दण्डबत नगरी सुखै छैन यो एथार्थ हो , अहिले सम्म नेपाल मा तेस्तो नेता नै जन्मेको छैन जुन बिदेशी हरु संग नझुकेको होस् , मोहन बैध्ह प्रधानमन्त्री होस् वा बादल वा येही भासन गर्ने बरिस्ठ पत्रकार घिमिरे नै किन नहोस तेती बेला घुंडा टेकना बाध्य हुन्छ जब सरकार को बागडोर चलाउनु पर्ने हुन्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 46 Thumb down 10

    • madan bajracharya

      सुदर्शनज्यु
      यहाको कुरा सहिनै हो/ तर यस्तो किन भयो? ई नेताहरु विदेश भारत सिट झुक्नबिक्न नचाहने नेतालाई हटाउने मार्ने हतियार किन बन्दैछन? नेपालको जनताको प्रतिनिधि बन्छौं भनेर नेपालीको मत लिने ई नेताहरु आज भारतको गुलाम किन बन्दैछ?

      नेपाल र नेपालीलाई चाहिने बस्तु भारतले सित्तैमा दिने पनि होईन/ भारतले नेपाललाई बेच्न नमाने अरु देस सिट किनौंला/ नेपालमा काम भयन भने भारतले नेपालीलाई बेकारी भत्ता दिने पनि होईन/ अझ भनु भने भारतमा काम नपायका लाखौँ भारतीयहरु नेपालमा पसेकै कारणले पनि नेपालीलाई नेपालमा काम पाउन मात्रै गाह्रो भयो तर ई नेताहरुलाई त् तराईमा अब भोट पाउन पनि गाह्रो भयो/

      विदेश भारतले ई नेताहरुलाई रस निक्लुन्जेल चुस्ने रस निक्लन छाडे पछि ठुकिने “उखु” जस्तै ठानेको स्पस्ट देखाईरहेको छ/ तापनि ई नेताहरु भारतको निमित “उखु” जस्तै किन बन्न खोज्दैछ?

      आकार र शक्तिको मात लागेको भारत जस्तो छिमेकी भयको नेपालको राजनीतिलाई सन्तुलित बनाउन तेही आकार र शक्तिको मात लागेको छिमेकी सिट घुंडा नै टेक्नु पर्दैन भनेर महेन्द्रले प्रमाणित नै गरेको थियो/ महेन्द्रले भारत भन्दा आकार र शक्तिमा ठुलो; नेपालको अर्को छिमेकी देस चीन सिट गहिरो सम्भंद बनायो/ महेन्द्रको पालामा चीनको प्रधान मन्त्रि चाउयनलाईले भारतलाई नेपालमा हस्त्छ्याप नगर्न धम्कीकै भाषामा सचेत गरेको थियो/ आज त्यो चीन सिट नेपालको सम्भंद महेन्द्रको पालामा जस्तै किन राम्रो भयन? अरुत अरु चीनको माउत्सेतुङ्ग्को बिचारको झण्डा बोक्ने दल र नेता समेतले चीनको बिस्वास किन जित्न सकेन?

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • साचिकै एथार्थ विचार युबराज घिमिरे जी को/ देश अप्ठ्यारोमा परेको बेलामा पेसागत भन्दा माथि उठेर जनता समक्ष्य आउनु सबैको कर्तब्य हुन्छ.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 98 Thumb down 10

  • kapil rimal

    पत्रकार युवराज घिमिरे नेपाल र
    नेपाली जनताको लागि उदाहरण हुन्

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 87 Thumb down 26

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker