-दीपेन्द्र दोङ तामाङ-
सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ महिना पछि हङकङबाट भर्खरै फर्केको उसलाई कामको पनि कुनै चटारो थिएन । त्यसो त ऊ हङकङ जानुको पनि छुट्टै कथा छ । प्रसँग निस्कियो भने त्यसबारे पछि अवश्य उल्लेख भएर आउनेछ ।
ऊ उठेको थाहा पाएर आमाले उसको लागि मीठो मिल्क कफि बनाएर ल्याउँनुभयो । ऊ करीब १५ वर्षको हुँदा देखि नै उसले आफ्नो हरेक विहान आमाले बनाइदिनुभएको मिल्क कफी पिएरै सुरुवात गर्दै आएको छ । नौ महिनाको हङकङ बसाइमा भने त्यो पक्कै पनि सम्भव थिएन,तर नेपाल फर्किएपछि त्यो भंग भएको क्रमले फेरि निरन्तरता पाउन थालेको छ ।
उसले कफि पिइ नसक्दै मोबाइलमा म्यासेज आएको अलर्ट बज्यो । उसले इनबक्स खोलेर हेर्यो । हेप्पी भ्यालेन्टाइन डे,लेखिएको रहेछ । म्यासेज पढेर एकछिन् त ऊ झस्कियो । किन कि आज फेब्रुअरी १४ भन्ने पनि उसलाई थाहा थिएन । म्यासेज पढेर कताकता खै केले हो विझे जस्तो पनि लाग्यो उसलाई तर तुरुन्तै आफूले आफैलाई सम्हाल्यो उसले ।
पोहोर साल यही दिनको लागि ऊ एक हप्तादेखि कति व्यग्र वनेको थियो । यही दिन एक थुँगा गुलाफको फूलको जोहो गर्न सिंगो काठमाडौं फन्को मारेको र लभ कार्डमा सिर्फ मायाका तीन शव्द लेखेको आर्फैंलाई चित्त नबुझेर दर्जनौं महँगा कार्ड च्यातेर फालेका ती क्षणहरू कता कता एक एक गर्दै सजीव भएर आए । अनि अनायसै उसको मनमा एउटा जिज्ञासा उठ्यो–साँच्ची हिजोआज माया कहाँ होलिन् ?
माया अर्थात गत वर्षको भ्यालेन्टाइनको दिनसम्मकी उसकी प्रेमिका,हृदयकी रानी,मनकी जून..अनि मायालुलाई दिन मिल्ने र दिने हरेक उपमाकी एक्ली हकदार ।
उनीहरूको अफेयर करीब दुई वर्ष चल्यो । उनीहरू एउटै अफिसका सहकर्मी थिए । मायाको इन्टिलेजेन्सले उसलाई उनीप्रति आकर्षित बनाएको थियो भने उसको केयरिङ बानीले माया ऊप्रति आकर्षित थिइन् । यो कुरा मायाले भनेकै आधारमा हो उसले थाहा पाएको । उनीहरू एक अर्काप्रति यति नजिक थिए कि एकपल पनि छुट्टिन नपरे हुन्थ्यो जस्तो लाग्थ्यो दुवैलाई । त्यसैले उनीहरू सुखका कुरा पनि बाँड्थे भने दुखका कुरा त झन् नबाँड्ने भन्ने कुरै थिएन । सधैं एक अर्काका कुरा सुनिरहूँ लाग्ने, सधैं साथै रहिरहन मन लाग्ने त्यो पल साँच्चिकै अहिले सम्झदा पनि अद्भूत लाग्छ उसलाई ।
“प्रेम,के हाम्रो माया जीवनभरका लागि हुनसक्ला ?” पोहोर उसकै कुममा स्नेहपूर्वक आफ्नो शीर अड्याउँदै मायाले आफ्नो मनको आशंका यसै गरी व्यक्त गरेकी थिईन् ।
“तिमी एउटा जीवनको कुरा गछ्र्यौ माया ? यो जुनी त के सातौं जुनीसम्म पनि हामी साथै रहनेछौं ।”प्रेमले पनि बडो भावुक हुँदै कन्फिडेन्डका साथ भनेको थियो ।
यतिकैमा आमाले खानाका लागि सोधेर उसको फ्ल्यास व्याकको सिलसिला भंग गरिदिनुभयो । “आमा आज म वाहिरै खाना खान्छु । एक ठाउँमा जान मन लागेको छ मलाई ।” यति भनेर ऊ आफ्नो डायरी,ल्यापटप र केही सामान बोकेर हिड्यो । जाँदा जाँदै आज राति सम्भवतः घर नआउँने पूर्व जानकारी पनि आमालाई दिएर गयो ।
ट्याक्सी चढेर ऊ सीधै काठमाडौभन्दा अलि पर रहेको पार्क भिलेज होटेलतिर हानिएर गयो । प्रेम दिवसको दिन भएकोले स्वभाविक रूपमा होटेलका रेष्टुराँ मायालु कपलहरूले नै भरिभराउ भैसकेका थिए । विभिन्न वर्ग,वर्ण र उमेरका ती कपलहरू एक अर्कामा हराइरहेका थिए । कोही गफिदै थिए,कोही हाँस्दै थिए त कोही दुनियाँको आँखा छल्ने कोशीसमा पनि देखिन्थे ।
ऊ सरासर रेष्टुराँको दायाँ कुनाको टेवुल ताकेर गयो । तर त्यहाँ अगाडि नै एक जोडी आएर बसिसकेका रहेछन् । त्यो टेबुल त्यही थियो जहाँ पोहोर सालको यही दिन माया र ऊ बसेको थियो । मन भारी भएर आयो उसको । तैपनि गर्नसक्ने केही थिएन उसले । त्यसैले त्यो टेबुल भन्दा दुइटा परको अर्को टेबुलमा गएर बस्यो ऊ । उसले चारैतिर आँखा डुलायो । वातावरण नै प्रेममय थियो । रेष्टुराँको सजावट र मधुर स्वरमा गुञ्जिरहेको गीतले प्रेममय त्यो वातावरणमा अझै रंग घोलिरहेको थियो । त्यही टेबुलमा बसेर पोहोर माया र उसले कति सपना सँगै बाँडेका थिए,कति कसम मिलेर खाएका थिए । एक एक गर्दै त्यो दिनको सम्झना ताजा हुँदै आयो ।
“म त तिमी विना एकपल पनि बाँच्न सक्दिनँ जस्तो लाग्छ । केही गरी तिमीबाट छुट्टिएर बस्न परे म त ज्यूँदै मर्छु होला..” मायाको यो कुरा उसले सुन्न सकेन । त्यसैले उसले आफ्नो हत्केलाले मायाको कोमल ओंठ छोपिदियो र बोल्यो–“भो आजको दिनमा यस्तो कुरा नगरौं माया । फेरि असम्भव कुरा गरेर के नै फाइदा छ र ? बरु आकाशमा यो जुन तारा नरहला,तर हाम्रो माया अमर भएर रहनेछ माया,”प्रेमले आदर्श छाँट्यो । उसको त्यो कुराले मायाको मुटुको देव्रे कुनामै छोएछ कि कसो,उनी त हर्षले बरर्र आँसु झार्दै रोइन् र प्रेमलाई कसिलो आँगालोमा निकैबेर च्यापिरहिन् ।
यसै गरी उनीहरूबीच जिन्दगीका कुराहरू पनि चले । समाजका दृष्टिकोणका एजेण्डा पनि उठे गफको सिलसिलामा । त्यो पार्क भिलेजको खुला चौरमा अरु थुप्रै जोडीहरूको बीचमा एक जोडी उनीहरूका पनि थिए । रात छिप्पिदै थियो । तर चिसोको बाबजुद पनि ती जोडीहरू आकाशको त्यही ताराको प्रतीक्षामा थिए,जुन् झरेर वा खसेर जानेछ । र,त्यही खस्दै गरेको तारासँग आफ्नो प्रेम बलियो पार्ने शक्ति माग्ने योजनामा ती जोडीहरू थिए । नभन्दै एउटा तारा झरेर गयो । प्रेम र मायाले पनि आफूहरूको माया अमर रहोस् भन्ने वरदान मागे । त्यसमा उनीहरू ढुक्क पनि थिए । किनकि खस्दै गरेको ताराले अरुको मनोकाँक्षा पूरा गराएर जान्छन् रे भन्ने उनीहरूले धेरै पटक सुनेका थिए । त्यसैबीच प्रेमको मोबाइलमा म्यासेज आएको अलर्ट बज्यो । उसले मोबाइलको इनबक्स खोल्यो । म्यासेज स्मृतिले पठाएकी थिइन् । कुनै केटीको म्यासेज आएको थाहा पाएर मायाले प्रेमसँग त्यसबारे सोधिन् । उसले आजको दिनमा सबै साँचो बताउँने अठोट गर्यो र भन्यो–“स्मृति मेरी फस्र्ट लभ थिइन् । तिमीसँग भेट्नु तीन महिना अघि हाम्रो ब्रेक अप भयो ।”
प्रेमको कुरा सुनेर मायाको अनुहारको भाव फेरियो । “फस्र्ट लभ ? व्रेक अप ? त्यसो भए अहिले किन म्यासेज गरेकी त ? कुरा के हो प्रेम ? टेल मि दी ट्रुथ ।” माया आवेशमा आइन् ।
“कम अन् माया । त्यस्तो केही होइन । अहिले हामीबीच केही छैन त्यस्तो । तर पनि हरेक भ्यालेन्टाइनमा हामी एक अर्कालाई यसरी नै वीस गर्छौ । अप्टर अल इट वज आवर फस्र्ट लभ..” प्रेमले सहजै उत्तर दियो । तर माया उसको कुरामा कन्भिन्स हुन सकिनन् । “नो इट्स नट फेयर प्रेम । तिमीले मलाई धोकामा राख्यौ । यू लाइड मि..यू डिसिभ मी..” रुँदै माया उठेर गईन् । प्रेमले स्मृति र आफ्नो सम्बन्धको बारेमा मायालाई बुझाउँन र मायालाई रोक्ने हर कोसीस गर्यो । तर माया रोकिइनन् । एउटा ट्याक्सी समातेर त्यो रातको निरवतामा यसरी विलाइन् कि त्यसपछि आजसम्म पनि उनी प्रेमको सँसारमा प्रकट हुन सकेकी छैनन् ।
डायरीका पानाहरू पल्टाउँदै पोहोरसालको भ्यालेन्टाइनको ‘ल्यासब्याकमा हराइरहेको प्रेमको ’ल्यासब्याकलाई होटलको आँगनमा जम्मा भएका जोडीहरूको चिच्याहटले भंग गरिदियो । फेरि आकाशबाट एउटा तारा झर्दै रहेछ । त्योसँगै ती जोडीहरू आँखा चिम्म गर्दै छातीमा हत्केला राखेर आफ्ना लागि वरदान माग्दै थिए । सायद ती सबैले फेरि मागे होलान्–आफ्नो प्रेम अमर बनाइदिने वर । अनि झरेको त्यो तारालाई साक्षी राखेर मनमनै कसम खाए होलान् जुनी जुनी सँगै रहने । जसरी पोहोर साल माया र उसले पनि खाएको थियो । आज प्रेम दिवसमा ऊ एक्लै थियो । तैपनि तुलनात्मक रूपमा उसलाई यसपालिको भ्यालेनटाइन डे सार्थक लाग्यो । किनभने यसपटक उसले एक थुँगा गुलाफका लागि राजधानीको चक्कर मार्नुपरेन । तीन शब्द लेख्न दर्जनौं कार्ड च्यात्नुपरेन । एक अर्काको हातमा हात राखेर मायाको झुटो कसम खानुपरेन,वाचा गर्नुपरेन । अनि एक्कासी अलप भएको मायाको वियोग विर्सन देश छोड्न परेन ।
ऊ डायरीका पानाहरू पल्टउँदै थियो । एउटा पानामा गएर अड्कियो ऊ । र,त्यहाँ लेखिएको एउटा शीर्षकमाथि घोरियो । अनि एक्लै हल्का मुस्कुराउँदै रातो साइनपेनले शीर्षकमा लेखिएको व्ल्याक शव्दलाई मेटेर त्यसै माथि थपिदियो रेड,अनि मनमनै उसले शीर्षक पढ्यो –रेड भ्यालेन्टाइन् ।





मलाई त कथा राम्रो लाग्यो . कमेन्ट गर्ने साथीहरु अलि पूर्वाग्रही भएको हो कि ?
मन परे हरियो नपरे रातो !
0
0
पोहोर साल मात्र affair चलेको रे, अनि ९ महिना पछि back रे, फेरि affair २ वर्ष चलेको रे. खै के खै के! दिमाग नै टन टानी दुख्यो.
मन परे हरियो नपरे रातो !
3
0
साथी को असफल प्रयास को लागि धन्यवाद
मन परे हरियो नपरे रातो !
8
0
दाईलाइ टन्न तुम्बा तानेर अब के गरु, के गरूँ भएपछी यो लेख लेख्न मन् लागेजस्तो छ. मलाई पनि धेरै खाए पछि दिमाखमा अनेक कुरा खेल्न थाल्छन, भाबुक हुन्छु अनि कैले कहिँ लेख्छु पनि, त्यै लेख भोलि उठेर हेर्दा आफै माथि हास उठ्छ, दाईको र मेरो राशी एउतै हो जस्तो छ…..हा हा
मन परे हरियो नपरे रातो !
16
0
सारै झूर….छेउ न टुप्पोको….कथा जस्तोनि छैन…कथानै त लेखेका हुन् है यिन ले? येत्तिकै हावादारी उत्पटाङ्ग जेपायोत्यै लेखेर तेस्लाई कथा भन्दिने है मान्छेहरु नि ! foren return केटो भन्ने देखाउनु लाई Hong kong बाट नौ महिनामा फर्केको भन्दिए भईहाल्यो है? मलेशिया, कोरिया, साउदी अरबमा जान्छन् नि मान्छेहरु, तेस्तै होला नि है Hong kong जाने….जे भन्दिए नि भै हाल्यो नि….कसलाई के पो थाहा छ र? “तानसेन को झरी मा येस्सो बाहिर निस्केको त बटौलीको बजार पुगिएछ”…. होइन?
मन परे हरियो नपरे रातो !
16
0
यो कथा त मोदर्न आर्ट जस्तो छ नि लेखक ले बाहेक अरुले नबुझ्ने? कि दोस्रो भाग आउदै छ?
मन परे हरियो नपरे रातो !
12
0
आचानो को पिर खुकुरीलाई के था / प्रॆमको तड़प प्रॆमलाई मात्र थहचा/ लोवे मा कति बिवास गर्थियो प्रॆम तर उ आफ्नो प्रथम प्रॆम बाट आफुनै फासो / येदि प्रथम प्रॆम बस्त्बिएक हयेना भने कसरि विश्वास गरुन माया ले / तर पनि माया ले प्रेम को कुरा एअक्पतक सुन्नु नै परथियो / माया ले गलत गरिन, प्रॆम जी तपाई प्रति मेरो साहना भुटी छ है /
मन परे हरियो नपरे रातो !
1
11
Story is not well connected but thank you for at least trying your best..
मन परे हरियो नपरे रातो !
9
0
ताल न बेताल आशिक धिताल भन्थे साथीहरुले हामी स्कूल पढ्दा/ त्यस्तै रहेछ कथा /
मन परे हरियो नपरे रातो !
18
0
त्याप खाएर लेखेजस्तो मुले कथा बेकारमा सिटामोल खाने बनाइदियो.
मन परे हरियो नपरे रातो !
19
0
worth less , like कुनै उपन्यास को दुई पेज उतारे र कथा बनाए जस्तो Neither head nor a tail ( न त कुनै शिर छ यो कथा को न त कुनै पुछर)
मन परे हरियो नपरे रातो !
21
1
कथा पूर्ण रुपमा हावादारी छ,अली स्तरिय कथाले मौका पाओस!!!
मन परे हरियो नपरे रातो !
11
1
कथालाई नराम्रो भनेमा कथाकार माथि अन्याय हुनेछ कथा कि मायालाई जस्तै सबै युवती हरुलाई आफ्नो केटा साथीको आर्कै केटि साथी छ भन्दा आसैह्य लाग्ला तर प्रेम ले त बास्तबिकत लाई मायाको समक्ष रेखेको हो यदि प्रेमले झुटा कुरा गरेर उसको आरु कसै संघ प्रेम थियो नभन्द उ राम्रो हुने र बास्तबिकता भन्दा उ नराम्रो हुने भन्ने कुरा छन् यी सबै आफ्ना अनुभूति हुन् सबै युवती लाई चेतना भय
मन परे हरियो नपरे रातो !
7
4
आजकल बुढो भएर हो कि प्रेमय कहानीहरु पढ्न तेती जागर चल्दैन ! कुनै जमाना थियो यस्ता प्रेम कहानीहरु बाट शब्द सायरी कपि गरेर मायालुलाई खुब प्रेम पत्र लेखिन्थ्यो !
मन परे हरियो नपरे रातो !
13
0
राम्रै लाग्यो ……………………….
मन परे हरियो नपरे रातो !
1
18