
माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको कोत्रेबाट कास्की जिल्लाको भरतपोखरी गाविसको पूँडीटारमा सेती नदीमाथि ५२० मिटरको लम्बाइ र २५ मिटरको उचाइमा दुई वर्षदेखि यो सञ्चालनमा छ। अरु ठाउँमा पनि यस्तो पुल बन्ने क्रममा छ। थप जानकारी दिँदैछन् ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल) का अध्यक्ष गुणराज ढकाल।
-गुणराज ढकाल-
यो यान्त्रिक पुल विश्व बैंकको सहयोगार्थ नेपाल विकास बजार मञ्चले द्वन्द्व प्रभावित क्षेत्रहरुको गरिवी निवारणको लागि उपयुक्त प्रस्ताव “लौन अब त केही गरौ” नारासँगै आयोजना गरेको देशव्यापी प्रतियोगितामा उत्कृष्ट ठहरिएको परियोजना हो। तनहुँबाहेक गरिबी निवारण कोष तथा स्थानीय पहलमा सिन्धुली जिल्लाको टाँडी गा. वि. स. अन्तर्गत धनसरी र उदयपुर जिल्लाको त्रिवेणी गा. वि. स. अन्र्तगत वेलसोत बीच कमला नदीमाथि ६३५ मी लामो यान्त्रिक पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।
विदेशी उच्च प्रविधि आँफैमा अत्यन्त महँगा हुन्छन्। त्यसैले नेपालको दिगो विकासका लागि उपयुक्त प्रविधिहरुको खोज, अनुसन्धान तथा पहिचान गरि पूर्वाधार प्रविधिहरुको विकास लाई प्रमुख प्राथमिकता दिनु पर्छ। परम्परागत प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको स्थानीय मान्यतालाई कायमराख्दै अन्तराष्ट्रिय मापदन्डसम्म पु¥याउनु पर्दछ।
असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भू–भाग पहाडै पहाडले ढाकेको छ। तिनै पहाडहरुको खोचमा अवस्थित करीव ६,००० को संख्यामा रहेका नदीनालाको उपस्थिति का कारण आज हाम्रो देश विश्वसामु तुलनात्मक रुपमा जलसम्पदाको धनी देशको रुपमा चिनिएको छ। तर तिनै नदीनालाको उपस्थिति दुर्गम पहाडी भेगमा बसोबास गर्ने किसानहरुका लागि चाहि अभिशाप बन्न पुगेको छ। किनभने नदीको अर्को किनारमा रहेको बजार क्षेत्र वा सडकसम्म पुग्न केवल पाँच मिनेट लाग्ने बाटोलाई पनि तिनै खोलानालाको कारण वैकल्पिक बाटोको रुपमा २–३ घण्टाभन्दा बढी हिंड्नुपर्ने बाध्यता रहेको छ। साथै शिक्षा, स्वास्थ्य, रोजगार समेतबाट बन्चित बन्नुपर्दा उनीहरुको जीवन कष्टमय बन्दै गएको छ।
स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिबाट संचालन भई दुर्गम पहाडी भेगका किसानहरुलाई व्यापारीहरु सँग सम्पर्कमा आउन, उनीहरुका कृषिउत्पादन वेचविखनलाई प्राथमिकता दिन, उनीहरु नदी पारीको गाँउ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वन्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गैरहेको विद्युत शक्तिको प्रयोगबाट संचालन हुने परम्परागत तुईन घिर्लीङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत शक्तिबाट संचालन हुने खोला तर्ने नयाँ प्रविधिको रुपमा मेकानाईज्ड वृज (Mechanized Bridge) अर्थात् यान्त्रिक पुलको विकास गरिएको हो। माथिका दुवै आयोजनाहरु ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल), र एकिकृत प्रविधि विकास नेपाल ललितपुरको नेतृत्व, पहल, डिजाइन, उत्पादनमा जडित छन्।
कसरी काम गर्छ त ?
मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित (Bi-Cable Bi-Directional) रोप वे हो। स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो। साथै डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ। विद्युत्शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ। नियन्त्रण इकाइ (Control Panel) बाट स्विच दवाए पछि २५ अश्व शक्तिको (Horse Power, HP) मोर्टारले फित्ता (Belt) को सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्का (Sheave) लाई तेर्सो पारि गाँसिएको हुन्छ। यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ। अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम (Clutch system) र ब्रेक सिस्टम (Break System) को पनि व्यवस्था गरिएको हुन्छ। यात्री बस्ने कोक्रो (Trolley) रोक्नको लागी प्लेटफर्म र ड्रााइभ सचेतक (Sensor) को ब्यवस्था गरिएको हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ। ड्राइभ टर्मिनल (Drive terminal) बाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ। ट्रलीको माथिल्लो भाग लचकदार जोर्नी (Universal Joint or Ball and Socket Joint) को सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ।
अप्रेटर तथा सर्वसाधारण यात्रुहरुलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरुको समेत ब्यवस्था गरिएको हुन्छ , विश्वब्यापी यातायात सुचकहरुका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ। मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन।
परम्परागत साधन तुइन÷घिलीङ्ग, प्रयोग गर्दै वारीपारी गर्नुपर्ने वाध्यताबाट मुक्ति दिने यो साधन भिराला पहाडहरुमा प्रयोग गर्न सकिन्छ। यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत संचालन हुन्छ जहाँ दिवा समयमा विद्युत शक्ति खपत गर्न नसकेर खेर गैरहेको हुन्छ। नेपाली प्राविधिकहरुद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनताकै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ।
परम्परागत रुपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरु ३५० मीटरभन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन्। तर यो मेकानाइज्ड बृज १,५०० मीटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ।

टिकाउपन
मागका आधारमा संचालित कार्यक्रम भएकोले समुदायमा आफ्नोपनाको भावना जागृत गराई योजना बनाउने कार्यदेखि नै समुदायको सहभागिता हुने हुँदा उनीहरु त्यसको उचित व्यवस्थापन गर्न सक्षम हुने विश्वास लिइएको छ। उनीहरुलाई सामान्य तालिम प्रदान गरे पछि मर्मत तथा संभारको लागि पनि सक्षम हुनेछन्।
मेकानाइज्ड वृजको प्रयोग गरी नदी वारपार गरे वापत यात्रुले समुदायले निर्धारण गरेको शुल्क तिर्ने हुँदा उक्त रकमले मर्मत संभार गर्न तथा आवश्यक पर्ने पाटपुर्जा, मेसिन फेर्न समेत समुदाय सक्षम हुने देखिन्छ। त्यसबाट पनि बचत भएको पैसा उनीहरुले आलोपालो गरी आय आर्जनका कृयाकलापहरु जस्तै तरकारी खेती, बाख्रापालन, कुखुरापालन, अदुवा खेती, भैंसीपालन, इत्यादिका लागि सस्तो ब्याजमा ऋण प्रवाह गरी गरीब किसानहरुको जीवनस्तर समेत अभिवृद्धि गर्न सक्छन्।
ग्रामीण जनजीवनको जीवनस्तर अभिवृद्धि गर्ने अभिप्रायले निर्माण गरिने यस मेकानाइज्ड वृजका कारण ग्रामीण जनताहरु, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि उत्पादन समयमै बजारमा पु¥याई बेचविखन इत्यादि कुरामा सघाउ पुग्ने भएकाले दीर्घकालसम्म दिगो रुपमा संचालन गर्न समुदाय स्वयं सक्रिय हुनेछ।
उपभोक्ता स्वयं लगानीकर्ता भएकोले परियोजनाको प्रत्येक चरणमा उनीहरुको सहभागिता हुन्छ। परियोजनाबाट प्राप्त प्रतिफलमा उनीहरुकै हक हुन्छ। त्यसैले उनीहरु परियोजना सञ्चालनमा हरबखत लागि पर्दछन्।
नेपाली प्राविधिकहरुकै सक्रिय पहलमा उनीहरुकै डिजाइनबमोजिम बनेको प्रविधि भएकोले प्राविधिक समस्या आइहालेमा तुरुन्तै सम्पर्क गरी मर्मत तथा सम्भार गर्न सकिने, यी प्रविधिहरूको पार्टपुर्जाहरु नेपालभित्रै नेपाली प्राविधिकले निर्माण गरेको हुनाले स्थानीय कारखानाहरुमै सम्पूर्ण पार्टपुर्जा उपलब्ध हुने यी प्रविधिहरू नेपालको आफ्नै मौलिक उत्पादन हुन्
अनुकरणीयता
नेपाल जस्तो पहाडी जटिल धरातल भएको क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नका लागि तुइन, घिर्लिङ आदिको सट्टा मेकानाइज्ड बृजको अत्याधिक संभावना देखिन्छ। मेकानाइज्ड ब्रिजको सफलतासँगै स्थानीय रोपवेको स्थापना हुने भएकोले गाउँ तथा बेसीसम्म जानका लागि पनि स्थानीय रोपवेहरु प्रयोग हुनेछन् जसले गर्दा मेकानाइज्ड बृजले नेपालमा रोपवे स्थापना तथा संचालन गर्न कोशे ढुङ्गाका रुपमा महत्वपूर्ण भूमिका खेल्नेछ।
देशको कुना काप्चामा छरिएर रहेका आन्तरिक स्रोत साधन प्रविधि र जनशक्तिको परिचालन नगरी पूर्णरुपमा वैदेशिक सहयोगको आशा र भरोसा गर्दा देश विकासको नाममा जतिसुकै ठूलो रकम भित्रिए पनि जति नै ठूलो प्रविधि भित्रिए पनि यसको उचित व्यवस्थापन, विनियोजन र आर्थिक अनुशासनको अभावले गर्दा ग्रामीण विकास ओझेलमा पर्न जान्छ अनि विकास प्रक्रिया केवल कागजी प्रतिवेदनमा मात्र सिमित रहन्छ। स्थानीय युवाहरुलाई उद्धमशीलता सम्वन्धी चेतनाको विकास गर्नु पर्छ। युवाहरुलाई ग्रामीण विकासमा व्यापक सहभागी गराउनका लागि लादिएका विकासका क्षणिक नारा र आश्वासन अनि कागजी प्रतिवेदनमा मात्र सिमित राख्न हुदैन उनीहरलाई त योजनाको प्रारम्भीक चरण देखि प्रत्यक्ष सहभागी गराई निति नीर्माण देखि योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदिमा स्थानीय स्तरमा उपलव्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालनको रणनिति अनुरुप विकास प्रक्रिया प्रति युवाहरुलाई उत्तरदायी र जिम्मेवार वनाउनु आजको आवश्यकता हो।





कृषिमा यान्त्रिकीकरण र सहकारीको अवधारणा को कार्य योजना सफलता पुर्वक पूर्वी तराइमा प्रयोग गरि रहेका बुद्ध एयर लाइन्सका अध्यक्ष बिरेन्द्र बस्नेत र mechanised bridge को योजना कार्यान्वयन गर्ने ग्रिड का अध्यक्ष गुणराज ढकाल नै नेपाल आमाको सुपुत्र हुन् ,यत्रो नेताहरुको भिडमा एक -दुइ यस्ता सपुत भै दिएका भए नेपाल आमाको मुहार कति उज्यालो हुन्थ्यो होला !
मन परे हरियो नपरे रातो !
8
0
सम्पुर्ण सुझाब, प्रतिक्रिया, सल्लाह र हार्दिकता प्रदान गर्नुहुने मित्र हरुलाई धेरै धेरै धन्यबाद हामि यहाँहरुको सदभाब र सहकार्य बिना हाम्रो रोपवे अभियान को यात्रा अनिश्चित नै छ, सरकारि तथा गैरसरकारि निकायबाट हामिले खासै उपलब्धिमुकल अपेछ्या गरेका छैनैा सामान्य प्रबर्दन बाहेक, त्यसैले निजि छेत्र बाट नै व्यबस्थापन हुने गरि लैजान खोजेका छैा, पर्बत को कुश्मा देखि बलेवा जाने यान्त्रिक पुल यसको नमुना हो……त्यसैले हामिले अबको यात्रा निजि छेत्र सँगको सहकार्यलाई बढि महत्व का साथ अघि बढ्दै ब्यबसायिक बनाउदै लैजाने, बिदेशि उच्च प्रबिधि सँग सहयात्रा गर्ने सोच बनाई रहेका छैा…
मन परे हरियो नपरे रातो !
16
0
ओहो गोविन्द प्यासीजी बहुत राम्रो कुरा गर्नु भो | साच्चै, कसैले नेपालमा यो यो कुराको सम्भावना छ, वा फलानो ठाउमा खेति योग्य जमिन छ, वा पशु पालनकोलागि योग्य छ आदि आदि कुराहरु समेटेर एउटा blog नै संचालनमा ल्यायो भने यसले देशलाइ टेवा दिने माने है मैले त |
मन परे हरियो नपरे रातो !
5
0
नेपाल जस्तो पहाडी मुलुकलाई सुहाउदो प्रबिधि हो तर सामान्य गोरु जुधाउने कार्यक्रम मा त राजनीति रुपमा लिने हामी नेपालीहरु भोलि गएर तेही प्रविधिमा संचालित Mechanize bridge माथि राजनीति गरेर एउटा पार्टीको सक्रियतामा पुल बनेमा आर्को पार्टीका मान्छे ले बिगारी दिन के बेर बाँदर को हातमा नरिवल जस्तै
बिष्णु अधिकारी
मन परे हरियो नपरे रातो !
4
0
पहाडमा सडक निर्माण / सम्भारको मुल्यको र यान्त्रिक पुलको विश्लेषण गर्दा यो प्रविधी निकै सस्तो लागत, वातावरण मैत्री, छरितो र नेपालको पहाडी भूभागका लागी दिगो विकासको अाधार हुने देखिन्छ । यस्तो प्रविधी सामुदायिक रूपमा सन्चालन गर्न सकिने र बैकल्पिक उर्जाको स्रोत अर्थात लघुजलविधुत जस्तो ग्रामिण स्तरमा विकास गर्न सकिने प्रविधीले समेत साथ दिनेखालको हुनाले यो प्रविधी अत्यन्त प्रभावकारी देखिन्छ । गुणराजजी यसकालागी धन्यवादका पात्र हुनुहुन्छ ।
मन परे हरियो नपरे रातो !
15
0
ग्रेटनेपाल प्रालिका संस्थापक तथा ग्रिड नेपाल का अध्यक्ष श्री गुणराज ढकाललाई फेरि एकपटक अभिनन्दन। उहाँलाई व्यक्तिगत तवरले पनि चिनेको र उहाँका असीम योजना, महत्वाकांक्षा, आत्मविश्वास तथा क्रियाकलापलाई नजिकबाट जानेको आधारमा उहाँलाई मैले सच्चा देशपुत्र भन्ने गरेको छु। नेपालको माइक्रोहाडड्रो क्षेत्रमा देन पुर्याउनेहरूको सुचीमा पनि उहाँ नछुट्ने नाम हो।
मन परे हरियो नपरे रातो !
12
0
अतित्युम !! न्यूयोर्क शहरमा अहिले पनि “इस्ट रिवर” आवत जावत गर्न ‘ट्राम’ (रोप वे) प्रयोग गरेको देखिन्छ / नेपाल जस्तो भौगोलिक विषमता भएको देशमा यस्ता प्रबिधि कार्यान्वयन आउनु आफैमा बिकाशको ठुलो फड्को हो /
ग्रिड नेपाल तथा श्री गुणराज ढकालजीलाइ – साधुबाद !!
मन परे हरियो नपरे रातो !
15
1
यसलाई भन्छन विकास.
न कि टुडिखेलको भाषण वा रेडियो टिभीको अन्तर्वार्ता
मन परे हरियो नपरे रातो !
27
0
धेरै राम्रो लाग्यो यो योजना अब सके सम्म धेरै गाउ मा पुराउन पायो हुन्थ्यो.. इ तोरीलाहुरे नेता हरुको मुख ताकेर बस्नु भन्दा त हामी सब मिलेर येस्ता प्रोजेक्ट हरु को आफ़ये मिलेर सुरु गर्नी हो भनि देस को बिकाश छिटो हुनी ढेखे है मेले त.. अत्तन्तये राम्रो कम.. “लौन अब त केही गरौ” खुशी लाग्यो यो पढेर!!!
मन परे हरियो नपरे रातो !
14
0
येहाँ उल्लेख गरिएका कुराहरु राम्रा छन् , साचिनै काम पनि हुनेभेये झन् राम्रो हुन्थ्यो / म आसबादी छु र एसको सफलताको कामना गर्दै , येस्मा सम्मिलित सबैको म सरहाना गर्छु/
मन परे हरियो नपरे रातो !
9
0
This is the most viable business in Nepal. How much does it cost?
मन परे हरियो नपरे रातो !
6
0
पर्वतको कुश्मा देखि बाग्लुङ्गको बलेवा सम्म जोड्ने केवल कार संचालनमा आएको छ भन्ने पढेको थिएँ मैले, त्यो सत्य होइन र उमेशजी ?
मन परे हरियो नपरे रातो !
4
0
असाध्यै राम्रो; देश गुनाको भेष; नेपालको लागि उपर्युक्त्त
मन परे हरियो नपरे रातो !
5
0
अति राम्रो काम,बिकाश र सहयोग को लागि” लौन अब त केहि गरौ!” तथा बिश्व बैंक लाई धेरै – धेरै धन्यबाद ज्ञापन गर्दछु /
मन परे हरियो नपरे रातो !
7
0
देश विकासको लागि दुर्गम पहाडी जिल्लाहरुमा यसको विस्तार अति आवस्यक छ/
मन परे हरियो नपरे रातो !
10
0
विदेश मा स्विच भएका र उनकै इसारामा हिजो बिरता पुर्बक आफ्नै देश को टेलिफोन टावर ,बिकास संरचना धोस्त पार्दै आज सत्ता मा पुगेको र देसै लुटिरहेको एक मात्र महान गणतन्त्र बादी पार्टी मावोबादी र यिनका महान नेता द्वय जस्तै स्विच बाट नै चल्ने यो बिद्दुतीय तुइन भोलि चुनाब भै हाले इतर मावोबादी नेताहरुले मावोबादी चिनाउन पनि प्रयोग हुन् सक्छ |
तेसैले मावोबादी बाट एस्लाई जोगाउनु जरुरि छ |प्रचण्ड पथ मा यो न परोस ,कामना गरौ |
मन परे हरियो नपरे रातो !
26
5
उपत्यका को अनेक दर्शनीय ठाउहरुमा त्यस किसिमको साधन प्रयोग गरि परिक्षण गर्न सकिन्छ. उदाहरण को लागि , फूलचोकी ; जामाच्व , सेतो गुम्बा जस्ता डांडा चढ्न नसक्ने जेष्ठ नागरिकहरुको लागि यसबाट निकै सहुलियत हुने पक्का छ.
दुर्गम जिल्लाका दुसाध्य र कष्टकर खोलाहरु मा त यसको शिघ्र स्थापना जरूरी नै छ.
मन परे हरियो नपरे रातो !
8
0
ल गजब धन्यबाद गुणराज र सबै टोलीलाई नया कम खर्चिलो प्रबिधि को लागि .
All the best.
मन परे हरियो नपरे रातो !
10
0
Heard a good news after do long time.
मन परे हरियो नपरे रातो !
4
0
Nice knowing it.
नेपाली शब्द को लागि धन्यबाद /
मन परे हरियो नपरे रातो !
3
0
निक्कै रमाइलो अनि चित्तबुझ्दो खबर बिहानै पढ्न पाए! माइसन्सारलाइ धन्यबाद! यो काम थाल्ने सम्पुर्ण टीमलाई बधाई अनि शुभकामना. तपाइँ हरुको काम निक्कै उपयोगी र सफल बन्ने छ भने बिस्वास छ !
मन परे हरियो नपरे रातो !
9
0
अत्यान्त राम्रो र जानकारी मुलक लेख ! नेपाल मा प्राइभेट जंगल को सम्भावना छ कि छैन ? कस्तो कानुन छ ? कसैले संचालन मा ल्याएको छ कि छैन ? कृपया कसैलाई जानकारी छ भने सेयर गरिदिनहुन अनुरोध गर्दछु !
उमेश जी लाइ सुझाब : नेपाल मै बसेर केहि गरिरहेका युवा, उनीहरु को ब्यबसाय र उनीहरु को विचार लाइ साप्ताहिक ब्लग बनाइदिनु भयो भने विदेश मा रहेका नेपाली हरु ले पनि देश मा चुपचाप क्रान्ति गरिरहेका हरु को बारेमा थाहा पाउने थिए ! कतिपय विदेश मा रहेका साथि भाई हरु नेपाल मा क्रिसी क्षेत्र मा लगानी गर्ने कुरो गर्छन ! तर उचित व्यक्ति र ठाउँ फेला पर्दैन !एस्ता खाले स्तम्भले उनि हरु लाइ जानकारी हुन्छ ! अनि नेपाल मा सम्भावना भएका तर आर्थिक आधार कम्जोर भएका हरु लाइ पनि आर्थिक आधार भेटिने सम्भावना हुन्छ !
आगे हजुर को जो मर्जी !
मन परे हरियो नपरे रातो !
10
0