अपडेट (फागुन २०): अधिवक्ता सुवास लामिछाने र विकल्प राजभण्डारीले लामो कपाल पालेको र कानमा मुन्द्रा लगाएकै भरमा प्रहरीले अपराधीसरह व्यवहार गरेर स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन गरेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकालाई विपक्षी बनाई आज रिट दायर गरेका छन्।
लामो कपाल पाल्ने र कानमा मुन्द्रा लगाउनेहरुलाई ‘चुल्ठेमुन्द्रे’ भन्दै गएको सोमबार र मंगलबार राजधानीमा हजारभन्दा बढी युवकलाई प्रहरीले नियन्त्रणमा लिँदै कपाल काटिदियो, मुन्द्रा नि फुकालिदियो। कानुनको पालना गर्ने शपथ खाएकाहरुले निर्दोषलाई बित्थामा पक्रेर दुःख दिए। कपाल कत्रो पाल्ने र कानमा मुन्द्रा लगाउने/नलगाउनेबारे कुनै पनि कानुनले केही भनेको छैन। लहडको भरमा प्रहरीले कानुन हातमा लिएर गरेको कार्यको अनलाइनमा व्यापक विरोध भयो। अब यही विरोध सडकमा पनि पोखिने भएको छ। आज शनिबार यी ‘चुल्ठेमुन्द्रे’हरु र उनीहरुको समर्थनमा अरुहरुले वसन्तपुरमा बिहान १० बजेदेखि १२ बजेसम्म विरोध प्रदर्शन गर्दैछन्। यस्तो गैरकानुनी आदेश कसले दियो भन्ने बारे जानकारी माग्न सूचना माग्न पाउने अधिकारको प्रयोग गर्दै उनीहरुले विवरण माग्ने भएका छन् र सर्वोच्चमा रिट पनि दर्ता गर्दैछन्। गैरकानुनी काम भएकोले सर्वोच्चले यस्तो नगर्नू भन्ने फैसला गर्ने नै छ। यस्तो फैसलाभन्दा पनि हिरो भइटोपल्न यस्तो वाहियात आदेश कसले दियो भन्ने बारे जानकारी सूचनाको हक अन्तर्गत लडेर लिएर सार्वजनिक गराउँदै उसलाई माफी माग्न बाध्य पार्न सके यो प्रदर्शन सार्थक हुनेछ र भविष्यमा यस्तो काम नदोहोरिने आशा गर्न सकिन्छ।

स्केच साभार र कार्यक्रम बारे थप जानकारी
सो समूहले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै
कानूनी शासनको प्रत्याभूती र दण्डहीनता र ज्यादतीको अन्त्यको माग गर्दै आफ्नो अधिकारहरूप्रति सचेत नागरिकहरूले भोली शनिवार, १९ फागून २०६९ का दिन बसन्तपूर डबलीमा १० बजे शान्तिपूर्वक विरोध प्रदर्शन गर्नेछन्।
यस विरोधको उद्देश्य नेपाल प्रहरीद्वारा हाम्रा नागरिक एवं मानव अधिकारको निरन्तर हनन गरिएको कार्यको विरोध हो। यस घटनाक्रममा सबैभन्दा पछिल्लो घटना १४ फागून २०६९ का दिन लामो कपाल पालेका हुनाले वा उनीहरूका शरिरमा ट्याट्टु खोपेका कारणले मात्र नेपाल प्रहरीले ७११ नागरिकहरूलाई विभिन्न तवरमा (रान्डम तरिकाले) पक्राउ गरे। यी व्यक्तिहरू कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न थिएनन्। नेपाल प्रहरीका यस्ता कार्यको कुनै पनि कानूनी अधिकार छैन र यसले नागरिकहरूको आफ्नो शरिरमाथिको अधिकार जस्तो सामान्य मानवअधिकारको पनि हनन भएको छ। नेपाल प्रहरी तथा धेरै संचार माध्यमहरूले लामो कपाल भएका वा ट्याट्टु खोपेका व्यक्तिहरूलाई “गुण्डाहरू”, “चोरहरू”, र “असामाजिक तत्व” जस्ता पूर्वाग्रही शब्दहरूको प्रयोग गरिएको छ जसको कुनै पनि कानूनी वा तार्किक आधार छैन, र यस्ता कारवाहीहरू बन्द हुनैपर्छ।
वसन्तपूरको डबलीमा १०-१२ बजेसम्म हुने यस शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजनाको उद्देश्य भनेको नेपाल प्रहरीको ज्यादतीबाट पीडित भएका व्यक्तिहरूप्रति एक्यबद्दता जनाउने, तथा नेपाल प्रहरीले आफूद्वारा गरिएको गैरकानूनी कारवाहीको लागि माफी माग्नु पर्दछ भन्ने माग पनि गर्दछ। यस विरोध कार्यक्रममा गितहरू गाइनेछ, नागरिक अधिकारहरू तथा प्रक्रियाहरू, र नेपाल प्रहरीले नागरिकहरूको विरूद्द नियतवश गरिने दुर्व्यवहारको बारेमा छलफल गरिनेछ। चेत नागरिकहरूको एक समूहले १४ फागून २०६९ का घटनामा आधारित भएर नागरिकहरूको सूचना प्रतिको अधिकारलाई प्रयोग गर्दै उक्त व्यक्तिहरूमाथि भएको ज्यादतीपूर्ण व्यवहारलाई नेपाल प्रहरीले उक्त आदेश गरिएको आधार, निर्णय मिती र आदेश दिने व्यक्तिको बारेमा जानकारी माग्नेछ। सोही समूहले उक्त विषयमा सर्वोच्च अदालतमा सार्वजनिक मुद्दा पनि दायर गर्नेछ।
हामीलाई समर्थन गर्नुहुने सबै सचेत नागरिकहरूलाई शनिबार, बसन्तपूर डबलीमा १० बजे उपस्थित हुन आव्हान गर्नुकासाथसाथै संचारकर्मीहरूलाई पनि उपस्थितिको लागि निमन्त्रण गर्दछौं।





महेश भाई ले भनेको कुरा १००% ठिक,अपराधीहरु राजनीतिक पार्टीहरुको संरछ्यान मा छाती फुलाई हिड्ने , गृह मन्त्रि को पार्टीमा गणेश लामा कार्यकर्ता ? मलाई केहि भन्नु छैन ,सिबाय हग्नेलाई भन्दा देख्नेलाई लाज भन्ने नेपालबाट हराएछ .
मन परे हरियो नपरे रातो !
1
0
हाम्रो एकदम प्रजातन्त्र, लोकत्रान्त्रिक भन्ने मुलुक नेपालमा कपाल पाल्नेहरुजतिलाई गुन्डा अपराधी देखि समाउनुको कारण समाजमा भएका कुरीतिलाई रोक्नु हैन कि प्रहरी र राजनैतिक दलका नेताहरु बाट भैरहेका ठुला तस्करी र अपराधिक क्रियाकलापबाट आम जनता र पत्रकारको ध्यान मोड्ने र केहि पागल तस्कर पुलिस अफिसरको हिरो भन्ने आकान्क्ष्या मात्र हो
मन परे हरियो नपरे रातो !
8
1
२१ sentury मा पनि एस्तो वाइयात नेएम कानुन ल्याएर ….मान्छे को मानव अधिकार हन्नन गर्न कहाँ तेसै मिल्छ ……….राजनीति गर्ने हरु चै……कोट पेन्ट लगाएर करोडौ रुपैया खल्ती मा हाल्दा केहि न हुने ……………..कपाल पाल्द मुन्द्र लगाउदा कसरि सबै गुन्डा हुन्छ ………मैले पनि कपाल पालेको छु …………मा राम्रो ओफ्फिस मा कम्प्युटर ENGINEER को जोब गर्छु क तेसो भए मा पनि गुन्डा हो.
मन परे हरियो नपरे रातो !
7
2
अच्युत कृष्ण खरेलले पहिला यस्ता उपद्रो मच्चाएका थिए, अहिले को परेछन यसो गर्ने?? आफ्नो असक्षमताको आबेगलाई यसरी जनमानसमा थोपर्नु त भएन नि, नेपाल प्रहरी| अहिले प्राय अपराध गर्नेहरु चुल्ठे-मुन्द्रे छन् त्यसैले यो अभियान ल्याईको होला, भोलि फेरी अपराध गर्नेहरुले “लुगा” लगाउछन, त्यसैले लुगा लाउन पाउदैनन भन्दै नाङ्गेझार पार्न बेर लाउदैनन| हन कस्ता कस्ताहरू छन् हो देश चलाउने नेपालमा| नमच्चिने पिंगको सय झट्का! चटकेहरु नौटंकी देखाउदै, लाज सरम छैन|
मन परे हरियो नपरे रातो !
8
2
रहर लाग्यो ….. कपाल पाले ………मैले के बिराए ??
सोख जाग्यो ….मुन्द्रा लाए ……मैले के बिराए ???
मन परे हरियो नपरे रातो !
7
2
एउटा टाटु बनाउ भन्या त थुञ्छ कि क्या हो .
मन परे हरियो नपरे रातो !
10
1
व्यापक बिरोध भैसकेको कारण यो सामाजिक अभियानलाई अलिकति परिवर्तन गरेर बरु निम्नलिखित कुरा मा कडाइ गरे चाही पक्कै धेरैले समर्थन गर्छन होला –
१) भट्टीमा रक्षि खादै भेटिएका युवाहरु( १८ मुनि ) लाइ नियन्त्रणमा लिने अनि अभिभावक को जिम्मा लाउने
२) तिब्र गतिमा ( ६० कि मि प्रति घण्टा) भन्दा बढी कुदाउने, मोडिफाई गरि चलाउने, जाम भएको बेला के के न हतार भाको जसो गरि साइड मिचेर अगाडी लाने बाइक्वालाहरुको लाइसेन्स प्वाल पार्ने
३) गल्लि गल्लीमा गाजा खाइ ट्याब खाइ बस्ने हरुलाई सिधै सुधारगृह / रिह्याब पठाइदिने
४) ग्याङ्ग बनाइ झगडा गर्ने युवाहरुलाई १० दिने ध्यान सिविर मा राख्ने
अपराध भनेको सबै युवा हरुले गर्ने हैनन् ! एस्तो सामाजिक अभियानले ठुलो अपराधहरु र भ्रस्टाचार नियन्त्रण हुन्छ भनेर सोच्नु हाय्स्यस्पद हो. तर यो नेता हरु र अरु ठुला अपराधि ( नेता हरु पनि अपराधी नै त हुन् नि! )ले प्रयोग गर्ने ड्न हरुले प्रयोग गर्ने कलिला युवा हरुलाई हुन् ! यिनलाई थुनेर समस्याको समाधान हुनिवाला छैन….सामाजिक सुधार बाहेक अन्य विकल्प छैन! अब यो अभियान केश कटाइले गर्दा अलोकप्रिय देखिएपनि भोलि यसमा परिमार्जन गर्न सक्छ प्रहरीले तर हाम्ले यस्ता सुधार अभियानलाई सपोर्ट गर्नु पर्छ
मन परे हरियो नपरे रातो !
14
1
केही यूवाहरुको नसुहाउदो लामो कपाल, कानमा मुन्द्रा र शरीरमा ट्याटु खोप्ने र सो को प्रदर्शनले गर्दा प्रथम दृष्टीमा उनीहरु प्रति आम नागरिकको नकरात्मक धारणा विकसित हुन गएको छ, जसको कारण भनेको ती यूवाहरु ड्रग्स, गुण्डागर्दी लगायतका समाज विरुद्धका कार्यमा लागेकोले गर्दा हो । सवै लामा कपाल हुने अपराधी होईन, हाम्रो प्रहरी सक्षम छ र कुशल छ । यस मानेमा उनीहरुले लामा कपाल र कानमा मुन्द्राधारी वास्तविक अपराधीहरुको पहिचान गरेकै हुनुपर्छ । त्यस्ता व्यक्तिलाई मात्र अहिले गरिएको कारवाही हुनुपर्ने हो तर सवैलाई एउटै मानेर सामाजिक वेईजती गर्नु ठीक होईन । तर दाजुभाईहरुले आफ्नो पहिरन वा आफ्नो पहिचान समाजलाई सकरात्मक सन्देश दिने तर्फ हुनु पर्दछ ताकी भोली कसैले त्यस्ता व्यक्ति देख्ने वित्तिकै डराउनु पर्ने, भाग्नु पर्ने वा उ चुल्ठे आयो भन्ने वातावरण नआवस।
मन परे हरियो नपरे रातो !
4
7
हाम्रो गृह प्रसासन ,आवाज आएको छैन भने शान्ति छाएको छ भन्ने मानसिकता मा रहेको छ ! चाहे त्यो तिहार मा सामान्य पटाका पड्काएको निहु मा विस्फोटक धारा प्रयोग गर्ने जस्तो निक्रिस्ट कार्य नै किन नहोस ! यिनीहरु का उपल्लो तहका साब हरु देश विदेश घुम्छन र आतसबाजी को मज्जा लिन्छन् तर जब त्येई कुरा यहाँ नेपाली ले गर्न खोज्छन त्यति बेला गृह मन्त्रालय विस्फोटक कानुन को सहारा लिन्छ ! कति सम्म को ज्याजति ,हाम्रो चाड पनि राम्रो संग मनाउन नदिने ! त्यसैले पटका पड्काउनु ,मुन्द्रा पाल्नु ,कपाल पाल्नु सबै यी हाम्रो संबिधान ले आधिकार दिएको छ ! पुलिस ले येस्मा आखा चिम लिए हुछा
मन परे हरियो नपरे रातो !
0
0
कपाल पाल्नु…मुन्द्रा लाउनु सम्म त नैसर्गिक अधिकार होला – तर हुँदा हुँदा पटाका पड्काएर अरुलाई रातभर डिस्टब गर्ने लाइ पनि “नैसर्गिक” भन्दिने?
तपाइले विदेशको उदाहारण दिनुभो, म विदेश गाको त छैन , तर सुने अनुसार त्यहाँ तल्लो फ्लोर को ले पार्टी गरेर हल्ला गरि दिस्त्ब गर्यो भने माथिल्लो फ्लरकोले कराउन आउछन रे…नमन्यो भने पुलिस समेत बोलाउछ्न रे ……यहाँ चाही रात भर सुत्न नदिने गरि बाजा बजाउनु पदका पड्काउनु=मा कडाइ गरेमा हाम्रो रिति रिवाज मनाउन नि नदिने भन्दै कुर्लिञ्छ्न ….
अब होलिमा बाटोमा युवतीहरुलाई लोला हान्नु पनि नैसर्गिक अधिकार होला, हैन?
मन परे हरियो नपरे रातो !
4
2
मान्छे ले कुरा नाबुजेको हो , केटिहरुलै मिनी स्किर्ट band केटा हरु लै मुन्द्र चुल्ठो band तेसै ले यो ठिकै हो. तपाई को घरमा कुनै चुल्ठे साथी आएर कोठा मा बसेर गयो भने घर क आरु मान्छे लै संका पर्छ – एसले को केटि लै घर मा लेयायेछा भनेर. आब जवानी मा ऎक्चिन केश पाल्नु त ठिक्कै हो , न दम्लू बनौन मिल्ने न २ चुल्तो बटन मिल्ने.त्यो जगल्तो ले मान्छे हरुलाई गुन्दापन को आभास किन दिनु. छोटो कपाल मा के खराबी छ र . म धरै नेपाली ले लामो कपाल पालेको कुरा बुज्दिना. मलाई येसो भन्न मान लग्यो .
केटा: मा तिम्रो केश मा हराउन चाहन्छु प्रेय
केटि: तिम्रो जगल्टा देख्दा त मलाई एस्तो लग्यो कति जुम्रा हरु तिम्रै केश मा हरे रहेका होलान.
police ले कपाल पालना पाउनु पर्यो नि – मानब आधिकार कै कुरा गर्दा त
गुन्डा- लामो केश , तकलु
हेरो- छोटो छोटो मिलेको कपाल
metal band – जगल्तो – देउता लागेको जस्तो गरि हलाउन
हजम हरु को बेपार चौपट नपरु समय मा नै केश कटौ
मन परे हरियो नपरे रातो !
1
8
राजेश हमाल को एस बारेमा धारणा के रैछ बुघ्नु पर्यो , राजेश जी त फिल्म को पुलिस अनि रेअल लैफे को चुल्ठे हो नि त .
मन परे हरियो नपरे रातो !
8
1
के को चुल्ठे मुन्द्रे समाई ऱा नम्वर वन चोर नेताहरु चोर नोम्वर दूई पुलिस देस बीगारने डाकाहरु सबै लाई सप्त कोशी को बादी मा हाल्नु पर्ने
मन परे हरियो नपरे रातो !
9
2
नेपाल को नाई संघ संग मिलेर प्रहरी ले यो गरेको हो /
मन परे हरियो नपरे रातो !
7
1
पुलिसको काम त असली गुन्डालाई सलाम ठोक्ने पो हो त .. गुण्डा नाइके गणेश लामा संग गृह मन्त्रि कुम जोडेर हिंड्ने , हत्याको आरोपमा सजाय सुनायियेका बालकृष्ण ढुंगेल संग प्रहरी IGP कुबेर सिंह राना कुम जोडेर बस्ने , एस्तो पो हो त पुलिसको सुशाशन ..
अन्यत्र जनता समस्या पर्दा पुलिसका जान्छन , नेपालमा पुलिसमा गए पछि चाही नभएको समस्या पनि आइलाग्छ .. नेपाल पुलिसको बिसेस्ता ..
मन परे हरियो नपरे रातो !
29
2
कुनै दिन नेपाल को जनसंख्या धेरै भो भन्दै प्रहरी ले केटाहरुको vasectomy गरिदिन बेर छैन /
नेपाल को पोलिस को के भर?
मन परे हरियो नपरे रातो !
40
4
कुबेर सिङ्ग राना जी ! नेपालप्रहरी का अरु बरिस्ठ जी हरु ! तपाई हरुलाई च्यालेन्ज ! हिम्मत छ र तपैहरु लुते होइन भने आज बस जलाउने हरु , जो हामीले बस जलेको हो भनि हाक्का हाक्की भनी रहेका छन् , तिनलाई समातेर देखौनुस , होइन भने पुलिस फर्म होइन फरिया लगाएर घर धन्दा गर्नुस ! एस्तो प्रहरी बाट हामीले के आशा गर्ने !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
74
7
अतिरंजना गरेर कुनै पनि कुरालाई यतिकै “स्विकार” वा “तिरस्कार” गर्नु भन्दा पनि तथ्यलाई केलाएर आनालाइसिस गरौँ -
- यो अभियानको खास उधेश्य : समाजमा , बिशेस गरि युवा वर्ग मा बढ्दो आपराधिक मनोवृत्ति लाइ नियन्त्रण गर्न अनुसासन पालन गर्न सिकाउने एउटा अभियान. कुनै कानूनी मिसन नभएर एउटा बिसुद्दा सामाजिक अभियान
- कसरि : टोल टोल मा जन्क्सन बनेर बस्ने अनि केटि जिस्काउने ; मनपरी बोल्ने ; गाजा खाने, ट्याब खाने, झगडा गर्ने हरुलाई केहि बेर नियन्त्रण लिएर सम्झी बुझाई छोड्ने
- भयो के : ति अल्लारे र हुल्याहा केटाहरु संगै केहि राम्रै केटहरुपनि ( हुलियाको कारणले) संगै परे र तिनको कपाल काटियो / मुन्द्रा फुकालियो
सायद तपाई मध्ये धेरैलाई आफ्नो आमा दिदि संग हिड्दा कान थुन्नु पर्ने गरि मुख छाडेको सुन्नु , गल्लीमा हिड्दा ट्याब/गाजा खाइरहेको केटाहरु देख्नु , सवारी साधन मा हिड्दा हुल्याहा प्रकारले बाइक कुदाएर , ओवर्टेक गरेर दिस्ताब गर्नु , झगडा गरेर रक्सि खाएर टोल अशान्त पार्नुलाइ सामान्य युवा हरुले “उमेर” मा गर्ने कार्य त हो नि भनेर छोड्नु गर्ने भाको छ भने चाही मेरो भन्नु केहि छैन…तर यस्ता केटाहरुलाई “ट्रयाक” मा ल्याउने प्रहरी ले केहि गर्छ भने मा चाही समर्थन गर्छु ! कपाल काट्ने र मुन्द्रा फुकाल्ने चाही अब प्रहरी को पक्राउ परेका साबलाई गर्ने पुरानो ट्राडिश्न नै भएको ले सायद गर्य होला – नियन्त्रण मा लिसकेपछी मान्छे हेरेर ( सभ्य हो कि हुल्याहा हो) छुट्याएर बल्ल कपाल छोट्याए त ठिकै पनि होला !
मन परे हरियो नपरे रातो !
35
35
मेरो आफ्नै अनुभब सुनाउछु;
—————————–
एसएलसी सकेपछि तेत्तिकै थिए, साथीहरुको देखेपछि मलाई पनि कानमा टप लगाऊ लगाऊ लाग्यो अनि घरमा गाली गर्दा गर्दै पनि लगाए / तेस्पछि त मलाई मुन्द्रा लगाउने, टप लगाउनेहरुले हात मिलाउन थाल्यो, उनीहरुले भावनात्मक मित्र ठान्दा रहेछन / मलाई पनि भित्रैबाट म आफै दादा हुँ कि जस्तो पनि लाग्ने, म देखेर अरु डराएको हो कि जस्तो पनि लाग्ने ! पछि क्याम्पस पढ्ने बेला फुकाले पछि त ममा केहि कम भाको होकी जस्तो पनि लाग्थ्यो !—- त्यसैले यो मुन्द्र लगाउनेहरुको मानसिकता नै अलि उग्र हुन्छ /
त्यस्तै, मैले पनि जीवनमा बेस्सरी कपाल पाले, कपाल पालुन्जेल कता कता अलि अलि त्यस्तै भ्रमले मस्तिष्कमा स्थान बनाएको हुन्छ /
त्यसैले, प्रहरीले यो अभियान बिना अनुसन्धान बिना कारण चलाएको चाँही होइन !! गहिरिएर सोचौं त… “नेपाल जस्तो कानूनी राज नभएको देशमा मानिसले आफूबाट नकारात्मक प्रभाव जमाउन पनि येसो गर्छन !!!”
मन परे हरियो नपरे रातो !
29
33
कपाल पाल्ने , मुन्द्रा लगाउने ,ट्याटु खोप्ने यी सबै कुनै पनि मानब जातीको नैसर्गिक अधिकार भित्र पर्ने कुरा हुन् र यसलाई कुनै पनि कानुन ले बर्जित गरेको छैन र गर्ने पनि कुरो हुदैन / तर हाम्रो देश संसार को कुनै पनि देश भन्दा फरक छ / हामी नेपाली को बानी हरेक कुरालाई नकारात्मक तबर बाट सोच्ने छ / त्यसलाई गहिरिएर विचार गर्ने बानि छैन / नेपाल मा कपाल पाल्ने कान मा मुन्द्रा झुन्डाउने मध्ये ९०% आबारा, लफंगा , दिनभरी काम न काज संग बरालिने उस्तै परे गुण्डागर्दी गर्दै हिड्ने ,उमेर न सुमेर बाटोमा चुरोट पिउदै हिड्ने , महिलाहरुलाई देख्ने बित्तिकै सिठी बजाएर छेडछाड गर्ने , उस्तै परे बलात्कार गर्न पछी नपर्ने खालका हुन्छन भन्ने कुरा धेरै नेपालीले बुझेका छौ र देखेका पनि छौ / त्यसैले स्वस्छ ,सबल र शान्त समाज निर्माण को लागि यस्ता वर्ग तथा समुहहरुलाई निस्तेज पार्न तपाइँ हामी सबै को सहयोग अपरिहार्य हुन जान्छ / त्यसैले बिरोध गर्नु भन्दा पहिले राम्रोसंग मनन गरौ कि समाज बाट अराजक तत्व खतम पार्न को लागि कुनै न कुनै तरिका त अपनाउनै पर्यो हैन र ??????
मन परे हरियो नपरे रातो !
38
26
DIWAA JI’
मानसिक सण्किर्णताको पनि सिमा हुन्छ । के त्यसो भन्नुको मतलब देख्दा सामान्य देखिनेहरू ( छोटो कपाल , मुन्द्रा नलगौने तथा टाटु नभयका ) सबै सभ्य हुन्छन् त ??????? वहियात कुरा गर्ने म पनि पेशाले एउटा नेट्वर्क इन्जिनियर हुँ कपाल पनि पालेकोछु , मुन्द्रा पनि लगयको छू ट्यटु पनि छा किनकी ती मेरा ब्यक्तिगत सोखका कुराहुन । अब तपैनै भन्नुस् म ९०% मा परे या १०% मा फेरि आनि त्यो आफ्नै छोरिलाई गर्भवती बनाउने , ८ लाख लुट्दा गोलिहनी हत्या गर्नेहरू सधैं जसो घटिरहेका हत्या-लुट्पाट-ब्लात्कार गर्ने हरू सबैको पहिचान मुन्द्रा – लामो कपाल- ट्यटु नै हुन् त ?????? फेरि यो तपाईंको ९०% वाला आकडाको कुनै अस्तित्व मा छ? या अंकै त हो लेख्दिउ भनेर हो ????? फेरि ब्यक्तिगत महसुसको भरमा तपाईं कसरी सम्पुर्ण युवाहरूको सोख – इछ्या को अनुमान गर्नुहुन्छ ? तपाईंको सोच र त्यो कपाल खुइलाइदिने निर्णए गर्ने दन्डहिन राज्याका कनुनी बिषेसंज्ञ ज्यु मा खासै फरक नहोला ।
मन परे हरियो नपरे रातो !
19
5
व्यक्तिगत स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप ,
मन परे हरियो नपरे रातो !
39
14
मुलुक चाँही लोकतान्त्रीक रे अनि नागरिकको व्यक्तिगत स्वतन्त्रताको अवस्था भने पुलिसको बौलठ्ठीपनमा ? रहर भए आफुहरुले पनि पाल्नु नी !!! बिना कुनै कारण, बिना कुनै कानुन पुलिसले चाँही जे गरे पनि हुने ? यद्दपी मेरो लामो कपाल छैन तर पनि पुलिस को यो कर्तूतको घोर निन्दा गर्दछु ….. पुलिसको कैची मुर्दाबाद !!!
मन परे हरियो नपरे रातो !
32
10
नेपाल प्रहरीको शिक्षा दीक्षा तालिम आदिकुराहरु नै गतल छ!
पब्लिक रिलेसन, नैतिकता, मानबियता, सभ्यता,आफ्नो पद र तेस्को सिमा अनि जिम्मेवारी, सामाजिकता र पारिवारिक मूल्य मान्यता आदि कुराहरु यिनीहरुलाई पत्तो सम्म दिदैनन!
यिनीहरुलाई ट्रेनिङ्ग दिदा नै,
ओइ,
मा**क्ने,
साले, गधा, हान,ठोक,समात, पछार, तेललाई मुण्ट्या, जाक्दे यल्लाई भन्ने जस्ता अतिक्रुर आभास दिने तालिम सिकाइन्छ र माथिकोलाई सलाम गर्न सिकाइन्छ अझै माथिलाई ढोग्न लगाइन्छ र तलाकोलाई हप्काउन सिकाइन्छ र अझै तलाकोलाई ढप्काउन लगाइन्छ!
संस्कार नै गलत छ नेपाल प्रहरीको,
प्रहरीहरु जस्तोसुकै होस् साधारण नागरिक संग कहिल्यै मित्रवत र आदरार्थी ब्याबहार गर्दैनन्!
शामंताबादको ज्वालंत नमुना हो यो!
यो हत्नालाई प्रहरी संगठन भित्र पनि आमुल परिवर्तन संगठनात्म टार्ग र संरचनात्मक तर्फ हुनु जरुरि छ! यो तत्काल हुन सक्दैन निकै समय लाग्ने छ!
प्रहरी भन्दा आर्मी धेरै सभ्य छ!
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
62
1
कपाल काटेर अपराध हट्ने भए त सबैलाई तालु खुइले बनाइदिए भैहाल्यो नि… त्यसपछि त यी पुलिसको काम पनि तालु खुइलाउने मात्रै हुनेथ्यो… सबैलाई हाइसन्चो….
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
62
1
लामो कपाल पालेका केटा pakrine भए छोटो कपाल पालेका केटि पनि पक्रिनु पर्छ अनि यसको सुरुवात baburam पुत्री बाटै सुरु गर्ने कि? अ joke….hahaha
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
49
3
Nepal police !!if you arrest male with long hair and mundra , why dont you arrest female with shirt pant, short hair and without mundra. I also have a advice to thieves , pick pocketers ( pocketmaras) do your job with short hair and suit. this act by police is a joke ………..are these people a real criminal of nepal……..??
मन परे हरियो नपरे रातो !
14
0
नेपाली कपाल कटान क्षेत्र मा धेरै भारतीय हरु को संग्लनता रहेको, नेपाली युवा हरु ले कपाल नकटाउने, बुढा पाका हरु प्राय को कपाल नै नहुने या घरै मा कटाउने भएको ले ब्यबसाय धराप मा परेको ले भारत सरकार को यस बिषय मा पहिले देखि नै आपत्ति रहदै आएको थियो ! ठाडो आदेश मा कपाल काट्नै पर्ने बाध्यकारी नियम ल्याएर डा. भट्टराई ले आफु लाई फेरी एकचोटी भारत परस्त प्रमाणित गरेका छन् ! भट्टराई पत्नी ले भारतीय कपाल कटान ब्यबसायी हरु संग मोटो आर्थिक लाभ लिएको पनि सुत्र हरु ले दाबी गरे !
स्मरण रहोस, नेपाल मा कैची को आयात पनि भारत बाटै हुने गरेको छ !
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
73
9
सहि व्यंग्य हान्नु भयो सार्है हासो उठ्यो र कुरा सहि पनि छ है,बिरोध माथि बिरोध गर्ने परम्परा र जे कुरा पनि भारत बाटै परिचालित हुन्छ भन्ने हरु लाइ दरो झापड…..
मन परे हरियो नपरे रातो !
11
1
उमेश जी , भारत ( मुख्य गरेरे बिहार) बाट भारतीय हरु आजकल आउन छोसिसके किनकि भारतका मुख्य मन्त्रि नितेश कुमार ले बिहारमा प्रशस्त रोजगारीको सिर्जना गरिसकेका छन् तेसैले बिहारी हरु कपाल काट्न नेपाल औदैनन . तेसैले तपाइको भनेमा सत्यता छैन
मन परे हरियो नपरे रातो !
3
5
न्याय न पाए गोर्खा जानु भन्थे बुडा पाका ले,गर्नु गरेछन गोर्खाली प्रधानमन्त्री ले नया नेपाल बनाउने सुरुआत/
मन परे हरियो नपरे रातो !
8
3
वाहियात प्रहरी प्रशाशन !! स्वन्त्रतापुर्बक जीउन पनि नपाउने !! म बिबाहित हु ! मेरो श्रीमान ब्यबहारिक Chan ! मलाई उनले मुन्द्र लगाएको मान पर्छ भलै उनि गुण्ड लफंगा होइनन !!
मन परे हरियो नपरे रातो !
22
4
समाजमा राम्रो प्रभाव पारौला भनेर गरेको सुरुआत अब त अदालतमा गयर टुंगिने भयो / प्रतिफल जे भए पनि मुन्द्रे र झ्यापुलते हरुको भाउ भने अबस्य बढ्ने भयो / यहि हो प्रजातन्त्र भनेको कसो ? अब नेपालमा कानुनी राज अर्थात् सुशासनको सुरुआत यहि मुन्द्रे र सुन्द्रे हरुबाट नै होला जस्तो छ है बा …/
मन परे हरियो नपरे रातो !
3
9
भनेपछि सरदार जी हरु ले पनि कपाल पाल्न नपाउने अब ?
मन परे हरियो नपरे रातो !
25
10
चुल्ठे मुन्द्रे सबै जुलुस मा भए पछि टोल टोल मा अलि हल्ला कम हुने भयो …………..
मन परे हरियो नपरे रातो !
40
24
अमेरिका तिर बदमास महिला, अल्लारे केटि, लागु अखोती खाने युवतीहरु प्राय नाकमा फुली (nose studs) मा सजिएका हुन्छन रे| के अब नेपाल पुलिश (foolish ???) नेपाली चेलीहरुको नि नाक फुली फुकाल्न लगाउने ??? कस्ता बेबकुफ रहेछन यी पुलिशका हाकिम भनौदाहरु|
मन परे हरियो नपरे रातो !
26
14
अधिकार, मानव अधिकार, देशको शान्ती शुरक्षा, र नेपाली सचेत युवा वर्ग, गर्ने र पर्नेलाई धेरै जानकारी होला, जसले जे गरे पनि आफु अनुकुल होइन, सर्वोपरी मुल्य मान्यतामा अघी बढे हुन्थियो कि!!??
मन परे हरियो नपरे रातो !
14
0
हामी हरु किन येसरी अबुझ हुन्छौ यो तपाही रहु को ठाउँ मा को बडी फटाहा छन् तपहिहरु ले नही बुल्नाकन गर्ने हो l तपाही को ठाउमा आझ देखि विचार गर्नुस को बडी फटाहरु छन् कपाल पाल्ने वा टाटु खोप्ने वा मुन्द्रा लगाउने वा गाजा चरेस तान्ने ….अन्य खाने देसमा सोचे भन्दा बडी भयो अनि बाद्य भएर गर्न्ही पारो नि पुलिसले …………. qatar
मन परे हरियो नपरे रातो !
6
8
व्यक्तिगत स्वतन्त्रता को हनन को चरम रुप , साधु लाइ शुली , चोर लाइ चौतारो हुने देश मा के अपेक्ष्या गर्ने त ?
मन परे हरियो नपरे रातो !
16
5
हाम्रो देशका पुलिस, नेता, कार्यकर्ता, हाकिमहरुले जेसुकै गर्दा पनि नियम कानून केही लाग्दैन / “ठुलालाई चैन सानालाई ऐन” भनेको यही हो / त्यो पनि कहीं नियम कानूनमा नभएको काम प्रहरीले गर्छ भने माथिका ठुला वडा भनाउंदाहरुले के मात्र गरेको छैन? नेपालका नेता, कार्यकर्ता, हाकिमहरुले देशको ढुकुटीमा जाने रकम कलमको र देशको ढुकुटीमा आँखा गाडेको हुन्छ भने चोर, गुन्डा, लुटेरा, ज्यानमारा, ड्रग-तस्करी,कालाबजारी, आदि सबै पुलिसका कुलदेवता हुन् / पत्रकार जनताले देखेको केहि केस कारवाही गरेको जस्तो देखाउंछ / अरु सबैसंग मिलोमतो गरि भाग बन्दा गरि राखेका छन् / अहिले कति आइ जी पी र मन्त्रिहरु जेलमा वसि रहेका छन् / ति आइ जी पी र मन्त्रीहरुले एक्लैले पैसा उठाएर जेल गएका त अवश्य होइन होला / त्यो त तलदेखि माथि सम्म पुर्याएकै हो / मैले भोगेको नेपाल ३० वर्षे पन्चे-तन्त्र, २० वर्ष गिरिजा-तन्त्र अहिले नेपाललाई कंगाल बनाउने बिदेशी चलखेल गणतन्त्र भएको छ /
मन परे हरियो नपरे रातो !
7
0
अनि बाबा-भोलेनाथको नि चुल्ठो काट्ने हो? खासमा नाइँ /हजामहरु पनि उत्रनु पर्यो चुल्ठेमुन्द्रेको सभामा, किनकि यसरि पुलिसले सब्बैको कपाल सित्तैमा काट्न लग्यो भने हजामको के काम?
मन परे हरियो नपरे रातो !
13
3
सरुभक्त पनि (माफी भक्तराज दाई)!
मन परे हरियो नपरे रातो !
0
0
केहि भ्रमपूर्ण सोचहरु:
१. ठुलो भुडी भएको लोग्ने मान्छे – हाकिम वा बेपारी
२. लामो कपाल पाल्ने, मुन्द्रा लगाउने लोग्ने मान्छे – गुण्डा
३. तालु खुइलिएको लोग्ने मान्छे – विद्वान
४. बाहुन जात भएको – धनि, शोसक, चलाख
५. दर्जी जात भएको – पानी नचल्ने
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
61
3
दारिवालाको दारी पनि काट्छ पुलिसले कुनदीन देखि , अनि हजाम बेरोजगार !
मन परे हरियो नपरे रातो !
24
3
हुति भए यी नेता भनौदा हरुले पालेका गुण्डाहरुलै पक्रने आँट गर्नु नि
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
0
NEPAL POLICE FORCE are the most corrupters, traitors,looters, illiterate & murderers on planet earth. If police force have guts then arrest all the dirty political leaders of Nepal , they r the one who is real criminal !!!!!
मन परे हरियो नपरे रातो !
19
3
त्यो समय शहर चोक गल्लि सफा गर्न खर्चेको भए कत्ति राम्रो हुन्थ्यो, साला पुलिस को हाकिम हरु हो तिमिहरु लाई मान्छे को
ब्येक्तिगत
सोतन्त्रता भनेको के हो तेती पनि थाहा छैन ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
78
30
पुलिस को सनक. के हो हाम्रो देश? कुनै अफिसर को सनक मा कानुन बन्ने र नबन्ने? पुलिस महोदय गुण्ड खोज्ने भए र गुण्ड नचिनेको भए:
गुण्ड न १) महेश बस्नेत
२) चक्रे मिलन
३) दीपक मनांगे
४) परशुराम बस्नेत
५) गणेश लामा
६) साजन महर्जन
७) कुमार घैते
८)राजु गोर्खाली
९) रमेश पाठक
१०) दिनेश चरी
११)प्रकाश रेग्मी (चमेरे ग्रुप)
१२) कमीले ग्रुप
१३) बाघे लामा
१४) बिष्णु लामा
”
अनि ति गुण्डा कहाँ छन् थाहा भएन?
धेरै जसो गुण्डा, गुण्डा नायक केपी ओली को बासस्थान बलकोट तिर पाइन्छ अनि केहि थान प्रदिप नेपाल, अनि कुमार घैते हरु नर्सिङ्ग केसी हरु( अर्जुन नर्सिङ्ग)
लामा हरु गच्छेदार को निबास तिर पाइन्छन, केहि गुण्ड खुमे को जेल गमन पछि उसको चम्चा शंकर भण्डारी को निबास तिर पाइन्छन.यो छर्लंग हुदा हुदै पनि के को नाटक गरेको पुलिस ले?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
164
3
कुरा त एकदम ठीक हो महेश जी . तर नेपाल प्रहरी को “गुन्डा” को परिभाषा अनुसार यिनी हरु ले चुल्ठा नपालेका-मुन्द्रा नलगाएका तथा tatoo नबनाएका हुन सक्छन नि त ! अनि के का आधार मा गुण्डा भनेर समात्ने हाम्रा police हरु ले
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
44
0
ढाका टोपी लाका गुन्डा हरु
मन परे हरियो नपरे रातो !
5
0
कपाल लामो हुने र मुन्द्री लगाउने जति चॊर गुन्डा हुने भय पुलिस को त सारै छोटो कपाल हुन्छ र मुन्द्री पनि हुन्दैन , तेसो भय पुलीसहरु त सारै सज्जन हुनु पर्ने , हैनर ?
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
170
9
सुमन जी सारै राम्रो कुरा
| कैदीको पनि कपाल छोटो हुन्छ, मुन्द्रा पनि हुदैन | किन राख्या होला जेलमा सोझासाझा छोटो कपाल वाला लाई…तलब पकाउने र जनतालाई त्राश पैदा गर्ने बाटो मात्र हो | कोही साचिकै खराब छ भने पनि कपाल काट्दैमा सहि हुन्छ र ………
मन परे हरियो नपरे रातो !
33
0
,,,,,,,,,,,,,अर्थात्
“कपाल पाल्ने” जति सबै फटाहा
“कपाल नपाल्ने” हरु सबै सज्जन
“तालु-खुइले” (नेता) हरु सबै महान
जागिर खादै छुस्स माइसंसार हेरेको त् प्रहरीको यो नियमले पेट मिची मिची हसायो, वरिपरिको सहकर्मी सबै,,,,,, ट्वा !!!!!, हाकिमले देखेको भए जागिरे जान्थ्यो होला, जागिर गा भए त् ,,,,,,,धरोधर्म, यस्तो नियम लगाएर अर्कालाई हसाइ हसाइ जागिर चट् गराउनेलाइ मुद्दा ठोक्थे
जदौ
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
59
2
ठिक गर्यो/ नेपालको प्रहरी जनताको बिस्वास कमाउन जान्दैन मात्र तर्साउन जान्छ/ तर्साउनु पनि अपराध हो/ नेपालको प्रहरीको सबै भन्दा नराम्रो कुरा तिनीहरुको फोहरी बोलि नै हो/ के नेपालको प्रहरी प्रशिछ्यन केन्द्रमा आमा चकारेर गालि गर्न सिकाउँछ कि कुन्नि/ देसको कुनै पनि ब्यबस्था प्रति जनताको विरक्तिको प्रमुख कारण प्रहरीको ब्यबहार नै हो/
निर्पराधिलाई दुख दिने लाई अपराधि मान्ने हो भने नेपालको प्रहरीलाई के भन्नु पर्छ त्यो सब्द्मै किटेर लेख्नु जरुरि छैन/ यस्तो प्रहरीको देसमा कुनै पनि ब्यबस्था टिक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण नेपालमा आय दिन देख्न सकिन्छ/ कपाल पालेका युबकहरुलाई चोर डाकालाई लखेटे जस्तै लखेटेर घिचार्दै फोहरी गालि गर्दै कपाल काट्न लगायको मैले पनि देखेको थिय/ थानामा नया प्रहरी अधिकृत आयो भने उसले टोलको जनताको बिस्वास जित्नु भन्दा टोलमा धाक जमाउन खोज्छ/
अब मुन्द्रिको बारेमा, हाम्रो समाजमा साधरनातया महिलाले मात्रै कानमा मुन्द्री लगाउँछ/ तर कसैको घरमा छोरा जन्मँदै मर्दै गरेमा अर्को पल्ट छोरा जन्ममा उसलाई कानमा मुन्द्री लगाई दिने चलन पनि छ/ यस अतिरिक्त पनि हिन्दु संस्कारकै कुरा गर्ने हो भने पुरुष देवताले लामो कपाल पालेको छैन; मुन्द्री लगायको छैन?
अहिले लामो कपाल पालेको कानमा मुन्द्र लगायको निरपराध युबा हरु माथि जुन ज्यादती गरेको हो त्यो बारेमा संगठित भयर सर्वोच्च अदालतमै रित हाल्नु पर्छ प्रहरी सिट बार्ता समेत गर्नु हुँदैन/
धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि?
46
6
काम पाइनस बुहारी पाडाको …कन्याई भनेको यहि हो,
के गर्नु कपाल लामो हुने जति सबै गुण्डा हुने र कपाल छोटो हुने जति सबै सज्जन देख्न थालेछ हाम्रो सुरक्षा निकाय ले,अचम्म छ बा लाज लाग्छ एस्तो कुरा सुन्दा र यहाँ अरु लाइ सुनाउदा,
अब केहि दिन पछि म पनि नेपाल आउदै छु,मेरो पनि कपाल लामो छ र कान मा मुन्द्रा पनि लगाइएको छ,यदि केहि गरि कुरै नबुझी मेरो कपाल काट्ने दुस्प्रयास भयो या दुर्ब्यबाहार भयो भने बिदा मनाउन छोडेर मुद्दा लड्ने हो,मानब अधिकार भन्ने कुरा कुन चरीको नाम हो व्यक्तिगत स्वतन्त्रता के हो त्यो पैले सुरक्षा निकाय ले बुझ्नु जरुरि छ,कि भने संबिधान संसोधन गरेर मापदण्ड बनाउ,कानुन बनाउ कपाल पाल्न नपाउने भनेर होइन भने यो मनपरी तन्त्र र प्रहरी को गुण्डा गर्दी बन्द हुनु पर्यो
मन परे हरियो नपरे रातो !
33
4
यो समाचार सुन्दा कतिलाई अनौठो लाग्दो हो, कति टाटुधारीको मन पोल्दो हो,तर बुझ्नु जरुरि के हो भने हरेक टाटुवालाले किन टाटु हान्यो र हरेक चुल्ठे ले किन कपाल चुल्ठो (जस्तै नेपाली महिलाले कपाल काट्नु हुदैन भन्ने पुरानो मान्यतानुसार लामो कपाल सम्हाल्नालाई चुल्ठाइयेकाले चुल्ठो भनिएको ) गर्यो,नाक कानमा सियोले प्वाल पारेर किन मुन्द्रो लगायो भन्ने चुरो कुरो नबुझी जनताको करले पालिएको पुलिस लगाएर अनावस्यक दुख दिनु अगाडी राज्य सत्ताले यो देश कुन दिशाउन्मुख गर्दैछ ?कति चुल्ठे मुन्द्रे ले त पश्चिमी सभ्यताको सिको गरेर चुल्ठो बाटयो होला,नाकमा मुन्द्री (राँगो वा भैसी )जस्तै तर कति निहत्था र निर्दोस छन् जसले आफ्नो परम्परा र संस्कृति अनुसार चुल्ठे मुन्द्रे हुदैमा अनावस्यक दुख पीडा दिनु आत्मनिर्णयको बर्खिलाप छ !
मन परे हरियो नपरे रातो !
7
19
प्रहरी ले गर्नु पर्ने काम गर्दैन नहुने काम गरेर कतिन गरे को छ भनेर देखाऊ छ बरु जौ न भ्रस्टचारी, गुण्डा हरु लाई समात हिम्मत छ भने. यो मानबको सोत्रनता हनन भए न?
मन परे हरियो नपरे रातो !
18
5
कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने मानिश खराब हो भन्ने बुजाई अति पतित सोच हो…. नेपालीले ढीडे भनेको तेसै होइन….. दिमाग हुदैन…डण्डा घुमायो बस्यो…..
यो त एउटा मानिश को सॊक मात्रै हो….
मैले पनि पालेको थिए teenage मा….. समय, उमेर फेरियो.. पाल्दिन अब..
आज २० वर्ष भयो, नेपाली मानिसहरुको सॊच जाहको तेही छ…….
कति don छन् पार्टीका, कति तस्करी गर्छ…..
आजकाल का don त सुटेड-बुटेड हुन्छन…. समात्न सक्दैन तिनीहरुलाई….
मानबअधिकारको हानन गरेर बसेछ….
आज gey हरुको प्रोग्राम छ येहा बिदेसमा….. एउटा मुन्द्रा होइन, जिउभरिनै लगाएका हुन्छन र मार्च गर्छन आज सडक मा……. आज festivel हो तिनीहरुको……. सान ले आफ्नो अस्तित्वो प्रस्तुतगर्छन…..
drug खाने लाई समात राम्रो काम हो…… तर ढीडे बुद्धि देखाएर सबैलाई दुक्ख नदेउ……
जामाना उल्टो छ अहिले… देश ध्रोही, गुसिया, चॊर, फटाहा….सबै यी पुलिश र नेपाल का नीता नै हुन्……
मन परे हरियो नपरे रातो !
26
3
होइन कस्ता कस्ता अपराधहरु घटेको छिनोफानो गर्नुको सट्टा बेकारमा अरुको लगाई र पलाईमा के को टाउको दुखाएको होला | हेर्दै जानुहोस है यसको बिरोधमा पक्कै हजामहरुले चक्का जाम गर्नेछ आफ्नो रोजीरोटी खोसेकोमा |
मन परे हरियो नपरे रातो !
9
1
मेरो पूर्ण समर्थन छ सबै सबै चुल्ठेमुन्द्रे साथीहरुलाई. कपाल लामो हुँदैमा कोहि अपराधी हुँदैन. पुलिसको दिमाग खुस्क्यो. नचाहिने बकवास.
मन परे हरियो नपरे रातो !
19
2
हाहाहा पुलिस हरु लाई झन् सजिलो हुने भयो
सबैलाही एकै ठाउँ मा समातेर कपाल काट्न पाउने भयो
मन परे हरियो नपरे रातो !
17
3
हो त् चुल्ठे मुल्ठे को समर्थन ?प्रजातान्त्रिक मुलुक मा बसेर कपाल भने अनुसार राख्न न पाइने ,ट्याटु खोप्न न पाउने ,?उनीहरु (सभासद भनौदा ,नेतो भनौदा )चै जथाभाबी कोठी जान हुने ,चप्पल लाएर राजधानी छिरेका हरु ले अनैतिक तबर बाट महल खडा गर्न हुने ??
ठुला ठुला संगीत कार ,गीत गाउने ,बजाउने को नक्कल गर्न न पाउने ? सास्त्रीय राग गाउने धोतीको चै नक्कल गर्नु पर्ने ?
मन परे हरियो नपरे रातो !
14
1
यो कस्तो लोकतन्त्र हो ??? कुरा बुझ्नै गारो..सबै उल्टो उल्टो कार्यहरु मात्र देखिन्छ …… अन्तरिम संबिधान र लोकतान्त्रिक मूल्य र मान्यता बिपरित आफुहरु मजाले जे गर्दा नि हुन्छ जस्तो गरेर न्यायधिसलाई प्रधान मन्त्रि बनाउन खोज्ने यता साधारण जनताले कपाल पाल्यो र मुन्द्र लायो भन्दैमा कानुनमा लेख्दै नलेखेको कुरालाई कानुन तोडेको जस्तो गरेर जबर्जस्त गर्ने…… REALLY ,,I DON’T GET IT …WHAT’S GOING ON !!! THIS IS TOO MUCH !!!…..कस्तो जबर्जस्त हो यो ….
मन परे हरियो नपरे रातो !
7
0
नेपाल को कानुन पुलिस नै जानुन भनेको एही हॊ साथी हो होटेल मा auta उमेर पुगेका ले बस्न पौने की तीनी हरुले टुडिखेल मा संगै बस्न र सुत्न पौने ???????????नेपाल को कानुन दैबनै जानुन
मन परे हरियो नपरे रातो !
7
0
ये बल्ल कुरा बुझियो ! मिलन चक्रे र दीपक गुरुङ को कपाल छोटो भएको कारण ले प्रहरीले कहिल्यै नपक्रेका रहेछन | कपाल लामो हुने पो गुन्डा त, छोटो हुने त साजन भै हाल्यो नि |
मन परे हरियो नपरे रातो !
31
0
कहिँ नभएको जात्रा हाँडीगाउँमा अनि काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भनेको येही हो !!!
मन परे हरियो नपरे रातो !
10
0
सिर्फ लामो कपाल र टाटु कै भर मा कसैलाई गुण्ड या बदमास भनेर मौलिक अधिकार को हनन गर्नु नेपाल को प्रहरी र प्रसासन को विछिप्त मनस्थिति को बहुलट्टे पन को उपज हो.
मन परे हरियो नपरे रातो !
12
1
This is disgraceful and pathetic act by Nepal Police and moreover Nepal Government.
I feel ashamed by even mentioning this news to my friends, we really are living in stone age.
Irony is, most of the crime is committed by the politicians how are supposed to be law maker and protector of the country.
मन परे हरियो नपरे रातो !
5
0
चोर, फटाहा, घुसखोरीलई पक्रन शक्दैन. हामी पनि काम गर्छु भनेने देखाउन शोझा शाझा नेपाली जनतालई दुख दिने को घोर बिरोद गर्नु पर्छ. येस्मा हाम्रो समर्थन छ. धन्यवाद
मन परे हरियो नपरे रातो !
5
0
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
9
41
Hidden due to low comment rating. Click here to see.
धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ?
16
51
कपाल लामो पाल्ने ,मुन्द्र लाउने केटाहरु खराब हुन्छा भ न्ने धारणा गलत हुन्, प्रहरीले गरेको यो कार्यले मानिसको व्यक्तिगत स्वतन्त्र हनन् गरेको छ|अपराधीलाई सजाय दिलाउने कम गर प्रहरी ,अपराध कपाल पाल्ने र मुन्द्र लाउने मात्र गर्दैन सिन्घदर्बरमा बस्ने ले पनि गर्छन |तेस्तालाई सजाय दिलाएर हेर नेपाल स्वर्ग बन्नेछन |
मन परे हरियो नपरे रातो !
10
3
कपाल कस्ले पाल्छ र कस्ले मुन्द्रा लगाऊ छ किन ? नेपाल सरकार लाई थाहा छैन आदरणीय दाजु भाईहरु यदि हामीले पालेको कपाल प्रति नेपाली दाजु, भाई पुलिसहरु र सरकार को नजरमा दाग लाग्छ भने नेपाल को सरकारले किन दौरा शुरवाल र टोपी लाई लगाऊन बिर्सेको,कानूनमा के छ ? सरकार लाई थाहा छैन मानवअधिकारको पनि हनन भएको छ यसमा,मुन्द्रा कानमा र कपाल पालेको देखदामा गुन्डा जस्तो देखे पनि यसमा तपाईहरुले हात्तीको तुलना गर्न सक्नु हुन्छ । चपव्ने दात बित्त्र देखाऊने दात बाहिर हुन्छ यो बिशोमा रहेका जतिपनि जन्ताहरुले यो गरेकै हुन्छ राजेस हमालले पनि पालेकै हुन्छ कपाल निखिलले पनि लगाको हुन्छ मुन्द्रा के गर्नु हुन्छ पुलिस दाजुभाईहरु हिरोहरुलाई के कस्तो सजाई छ नेपाली टोपी नलगाऊने नेताहरुलाई के बन्नु हुन्छ तपाईहरु ….मैले बाघ को छाला लगायो भन्दैमा, म बाघ बन्नेता हैन आखिरी म …मै …हु…
मन परे हरियो नपरे रातो !
4
2
धान खाने मुसो चोट पाउने भ्यागुतो ===आतंक मच्याउने YCL र Youth Force , पक्राउ खाने चुल्ठेमुंद्रे
मन परे हरियो नपरे रातो !
37
3
Nepal Police need to learn Human rights lesson. Since our country become rights for democracy these activities are illegal. High post Police officer remember if u guys have education if not leave your post don’t follow illegal rules
मन परे हरियो नपरे रातो !
7
0
This is what I would call practice of democracy.
मन परे हरियो नपरे रातो !
2
2
१. चुल्ठे मुन्द्रेले त के नै बिगारेका छन् र ? अपराधीले पक्कै पनि आफ्नो परिचय झल्किने गरि चुल्ठा पाल्ने र मुन्द्र लगाउने गर्दैन . चुल्ठ र मुद्र हुने जतिलाइ त अपराधि होस् भनेर आरोप लाउनु सरासर गैरकानुनि र अपराधिक कार्य हो.
२. त्यस्तै valentine day का दिन मन मिल्ने उमेर पुगेका युवा युबतीहरु के गर्दैन छन् भनेर होटेलका कोठा कोठामा गएर पक्राउ गर्नु अथवा अन्य आरोप् लाउनु पनि त्यतिकै ठुलो अपराध हो.
३. देशमा १५ वर्ष सम्म स्थानिय निकायको चुनाव नगर्नु, २ बर्सको संबिधान सभालाई आफूखुसी ४ बर्स बनाउनु अनि देशलाई केहि नदिनु अपराध हो कि होइन?
४. सरकारी पैसा आफ्ना कार्यकर्तालाई बाड्नु अपराध हो कि होइन ?
५. भो कति लेख्नु गालि र आरोपका लागि पनि अयोग्य राजनीतिज्ञहरुका बिसयमा .
मन परे हरियो नपरे रातो !
21
1
यहि भएर नेपाल प्रहरी र सेनाहरुलाई मुङ्गरे नाम दिन्छन मान्छे , यो भनेको दिमाग नभाको वा दिमागमा गोबरै गोबर भएको मानिन्छ ,आफ्नो व्यक्तिगत सोखको लागि जे गरेपनि ( अरुलाई हानि नहुने गरि ) लाइ स्वतन्त्रता मानिन्छ र गर्न पाउनु पर्छ तर समाजलाई हानि हुने अरुलाई दुख दिने लाइ पो कारबाही गर्नु पर्छ , साचिकै गुण्डा संग प्रहरीले मिलेर समाजमा उद्दण्डता मच्चेको कयौ उदाहारण छन् याहा , पैसा खाएर गुण्डाको सम्रक्षन गरेको र चेली बेटी को हुर्मत लिएको ब्लग यहि माइ संसारमा प्रक्राषित नभएको होइन ,आखिर किन प्रहरीलेनै यसो गरिरहेको छ ???? चिन्ताको बिसय हो यो , नेपाल प्रहरी भित्रै बाट अपराधिक गतिबिधि हुन्छ भन्ने कुरा यहि कपाल काण्डलाई लिन सकिन्छ , त्यो प्रहरी लाइ संचालन गर्ने गिरोह भयङ्कर अपराधि छ यसको लहरो नतानौ यहा किनकि फेरी बाबुरामहरु नै पछारिएलान यहा सडकमा ,
मन परे हरियो नपरे रातो !
7
1
प्रहरी लाइ २ प्रश्न
१. लामो कपाल पाल्ने ले अपराध गर्छ भनेर सबै लामो कपाल हुने हरु लै समात्दै उनीहरु को कपाल काट्ने भए , केहि समय अगाडी कुबेत बाट फर्केर आएकी एक चेली लाई प्रहरी ले बलात्कार गर्यो, अब भन तिमीहरु को चाही के काट्ने?
२. मा. प. से. मा सरकारी अधिकृत , सैनिक , डाक्टर , इन्जिनीर , शिक्षक सबै परेको छ भनेर गर्बका साथ पत्रकार समेलन गर्योउ , तर कोहि प्रहरी अधिकृत र जवान पक्राउ परेन. तिमीहरु को रक्शि खाने बानि सुध्रिए कै हो त?
मन परे हरियो नपरे रातो !
39
1
यो नितान्त व्यतिगत निर्णय हो – कपाल लामो पाल्नु या मुन्द्रा लगाउनु या नलगाउनु . school सम्म चाही ड्रेस code र code of conduct को हिसाब ले नियम पालना गर्नु पर्ने भए त्यो बेग्लै कुरा तर येसरी जबर्दस्ती बाटो बाट पक्रदै कपाल काट्नु चाही प्रहरी को जिम्मेदारी पनि हैन र हक पनि छैन .
विदेश मा चुल्ठे मुन्द्रे tatoo वाला हरु professor हुन्छन , in fact हरेक profession मा हुन्छन . यो त तलिबानी कदम जस्तै हो. आज येस्मा रोकतोक भोलि तेस्मा …चाहिने कुरा मा आफ्नो श्रोत र साधन अनि बुद्धि लगाउनु छैन. कहिँ नभाको जात्र नेपाल प्रहरी मा !
मन परे हरियो नपरे रातो !
18
0
यो काम प्रहरीको सस्तो लोकप्रियताको लागि मात्रै हो भन्ने कुरा कसले बुझेको छैन र ? साच्चै जनतालाई सुरक्षा दिन कै लागि र देशमा केहि गर्ने नै हो भने धेरै राम्रा कामहरु गर्न सक्छ नेपाल प्रहरीले, तर प्रहरीले जुन नौटंकी देखाई रहेको छ नि यसले जनतामा थोरै भएको विश्वासमा पनि संकट पैदा भैसकेको छ ।
मन परे हरियो नपरे रातो !
6
0
Get up stand up , stand up for your right !!!
मन परे हरियो नपरे रातो !
20
0
समर्थकको रुपमा चाही राजेस दाइ लाइ लग्नुपर्छ !!
मन परे हरियो नपरे रातो !
18
1
समर्थकको रुपमा मा राजेस दाइ लाइ लग्नुपर्छ !!
मन परे हरियो नपरे रातो !
10
0
कुरा ठिक र बेठिक दुवै हो, कपाल पाल्दैमा आँफु लाइ डन सम्झने लाइ गलत झापड हो भनि,गलत यो मानेमा कि- देश को लथालिङ्ग र भताभुङ्ग स्थिति लाइ तेसै राखी कसले कपाल पाल्छ कसले नङ र दारी पाल्छ कसले चप्पल लगाउन्छ एस्तो कुरामा किन सरकारको चासो बढेको होला ….? हुन त हो लामा लामा दारी कपाल र नङ पाल्दैमा सिच्छित र भलाद्मी हुने भए बन र जंगलका बाघ र भालु हरु पहीलेई नै सव्व्येताको चरम चुलीमा पुगिसकेका हुने थिए रे !
मन परे हरियो नपरे रातो !
3
3
चुल्ठो पाल्दैमा अनि मुन्द्रे लगाउँदैमा खराब आचरणको हुने भए अब हिन्दु पुरुस देउताहरुलै चाही के भन्ने हो नि ?
मन परे हरियो नपरे रातो !
14
2
त्यसो भए बुद्ध, क्रिस्ट, कृष्ण सबै चोर डाका ?
नेपाल मा कुनै आनुसन्धान गर्नु पर्दै न | न त कुनै कानुन नै छ | पुलिस ले र मिलेतरी ले जे गरे पनि हुन्छ | संसार मा अपराध गर्ने कति ले कपाल पालेका छन् वा कति अपराधी को छोटो कपाल छ | त्यति कुरा पनि न बुझ्ने स्वाठ हरु ले कसरि सान्ति कायम गर्लान ?
मन परे हरियो नपरे रातो !
10
0
यो माओबादी सरकार को निरंकुस प्रबृति को थालनी हो अनि यो माओबादी सरकार को असली रुप हो / नत्र सबै चुल्ठे मुन्द्रे बदमास हुन्न र सबै बदमास चुल्ठे मुन्द्रे हुन्न/ खै मानब अधिकार र स्वतन्त्रता? के येही हो नया नेपाल? येही हो प्रजातन्त्र?
मन परे हरियो नपरे रातो !
7
7
काम कुरा एका तिर कुम्लो बोकी थिमी तिर
मन परे हरियो नपरे रातो !
5
1
अपराधि को कपाल लामो हुन्छ रे, त्यसैले कपाल लामो हुने को कपाल काट,
अपराधीले कान मा मुन्द्रा लगाउछन रे, त्यसैले मुन्द्रा लगाउने को मुन्द्रा फुकाल,
जुँगा पाल्ने ले पनि अपराध गरेकै होला, अब जुंगे हरुको जुँगा उखाल,
कपडा लगाएर नै अपराध गरेका होलान, सबै को कपडा फुकाल,
जय फुलिस प्रशासन !
मन परे हरियो नपरे रातो !
17
0
कपाल पालने चुलठे,मुन्दरेलाई त आपराध गनेॅ भनेर उनीहरुको कपाल काटने र थुनने। तर दाहरी पालने सुशील,कपाल काटेर चिटिकका भएर अपराध गनेॅ प्रचण्ड,माधव,झालनाथ,कमले,बैधलाई कसरी कारवाही गनेॅ त?
मन परे हरियो नपरे रातो !
36
2