अपडेट (फागुन २१): टेलिकमले आज सूचना जारी गर्दै एडिएसएलमा समस्या आएको स्वीकार गरेको छ। ‘केही प्राविधिक सुधार गर्नुपर्ने’ भन्दै २० र २१ गते एडिएसएलको म्याद सकिने ग्राहकलाई सिस्टमबाटै २५ गतेसम्म थप गर्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ। यो अवधिमा रिचार्ज कार्डबाट महसूल भुक्तान गर्न सकिने पनि टेलिकमले जनाएको छ। सूचना हेर्नुस्। शनिबारै यस्तो व्यवस्था गरेको भए दिनभर मैले जस्तै अरु धेरैले हैरानी त भोग्नुपर्ने थिएन।
नेपाल टेलिकमले एडिएसएल सेवा सुरु गरेपछि बल्ल टन्न पैसा असुलेर कम गुणस्तरको इन्टरनेट बाँड्ने निजी आइएसपीहरुको ठगीबाट ग्राहक बचेका थिए। टेलिकमको एडिएसएल सेवा रोक्न उनीहरुले मुद्दामामिलासमेत गरेका थिए। तर, एडिएसएललाई उनीहरुले रोकेर रोक्न सकेनन् र उनीहरुले अनुमान गरे जस्तै नै यो छिट्टै लोकप्रिय पनि बन्यो। अनलिमिटेड इन्टरनेटका लागि अहिलेसम्म पनि एडिएसएल नै तुलनात्मक रुपमा सस्तो पर्न आउँछ। त्यसैले एडिएसएलका ग्राहकहरु धेरै छन्। तर उहिले बाजेको पालामा जस्तो शैलिको सेवाका कारण एडिएसएलका ग्राहकहरुले पाउनुसम्मको दुःख पाइरहेका छन्। ग्राहककै कारण आफूहरुको रोजिरोटी बनेको बुझेर पनि टेलिकमले भगवान मान्नुपर्ने ग्राहकलाई सुविधा दिनुको साटो असुविधाको भारी बोकाउने गरेको छ। आज मैले त्यस्तै अनुभव गर्नुपर्यो।
एडिएसएल चलुन्जेल त मज्जाले चल्छ। तर जब कुनै समस्या आइपर्छ, तब भगवान भरोसा। फोन गरेर समस्या समाधान होला भन्ने त आशै नगरे हुन्छ। सपोर्टका फोनहरु उठ्दै उठ्दैनन्। १९८ मा कम्प्लेन टिपायो, रेस्पन्स नै हुँदैन। ‘गर्ने त्यही हो, चल्नुपर्ने हो’ जस्ता हास्यास्पद कुरा गर्छन् कहिलेकाहीँ त। इन्क्वायरीलाई आउटसोर्सिङ गरी अर्कै कम्पनीलाई जिम्मा दिए जस्तो सपोर्टलाई पनि त्यसै गरिदिने हो भने ग्राहकहरुलाई सजिलो, टेलिकमलाई पनि हाइसन्चो हुने थियो।
यो त भयो कहिलेकाहीँ बिग्रँदाको कुरा। आज मैले अनुभव गरेको चाहिँ अर्कै विषय हो- शुल्क भुक्तानको। यसमा धेरै कुरा टेलिकमले मिलाउनु जरुरी छ, तर बेवास्ता गरिरहेको छ। ग्राहकलाई टेलिकमले गरेको हेपाहा व्यवहार हो यो।
१) सेवा अवधि सकिन लागेको अग्रिम सूचना दिने सिस्टम बिग्रेको महिनौँ भइसक्यो
टेलिकमले केही महिनाअघिसम्म तपाईँको एडिएसएल प्याकेजको शुल्क अनुसार सेवा अवधि फलानो मितिमा सकिन लागेको छ, समय मै रकम तिर्नुहोला है भनेर एसएमएस पठाउने गर्थ्यो। तर गएको वर्षको सेप्टेम्बर महिनापछि यस्तो एसएमएस आउन छाडेको छ। छ महिना बितिसक्यो, बनाउने सुरसार देखिएको छैन। अझ इमेलमा पनि यस्तो सूचना दिने भनिएको थियो। इमेल भने अहिलेसम्म आएको थाहा छैन। एसएमएस पाउन राख्नुपर्ने मोबाइल नम्बर परिवर्तन गर्न पनि नमिल्ने छ।
यस्तो सूचना नआउनाले कहिले मिति सकिन लागेको छ, थाहा नभई अकस्मात् सेवा बन्द हुने स्थिति आइपर्छ। यस्तै भयो मलाई आज। आज बिहान नेट चलाउन खोज्दा चलेन। पछि १९८ मा फोन गर्दा एडिएसएल प्याकेजको समय सकिएकोले सेवा बन्द गरिएको छ, शुल्क भुक्तान गरी सेवा सुचारु गर्नुस् भन्ने सन्देश सुनेर पो बल्ल थाहा भयो।
२) शनिबार काउन्टर नखुल्ने भए सेवा किन काट्नु !
शुक्रबार राति अबेरसम्म नेट चलाएर सुतेको, बिहान चलेन। शनिबार टेलिकमका काउन्टरहरु बन्द हुन्छन्। अब शुल्क तिर्छु भन्दा पनि कहाँ गएर तिर्ने ग्राहकले ? काउन्टर नखुल्ने भएपछि शनिबारको दिन सेवा नकाट्दा के पो बिग्रन्थ्यो र ! आइतबार तिरेपछि शनिबारको समेत सेवा अवधि गणना गर्ने व्यवस्था मिलाए भइहाल्थ्यो।
३) रिचार्ज कार्डबाट शुल्क तिर्न मिल्दैन
नेपाल टेलिकमले केही अघि एउटा नयाँ सुविधा थपेको थियो- प्रिपेड मोबाइलको रिचार्ज कार्डबाटै पोस्टपेड, ल्यान्डलाइन, एडिएसएलको शुल्क भुक्तान गर्न मिल्ने। पोस्टपेड र ल्यान्डलाइनमा यो सुविधा कायमै भए पनि गएको असार १ गतेदेखि अर्को सूचना नभएसम्म एडिएसएलका लागि रिचार्ज कार्ड, इ रिचार्ज र एमपीओएस पिनलेस रिचार्ज गर्न नमिल्ने बनाइएको थियो। सूचना हेर्नुस्। ८ महिना भइसक्दा पनि अर्को सूचना जारी गरिएको छैन। मतलब त्यो सेवा सुचारु गरिएको छैन। हद भो नि यो त, के समस्या हो खुट्याउन र त्यसलाई हटाई सेवा सुचारु गर्न ८ महिना भनेको कम समय हो ? ८ वर्षै लगाउने सुर छ कि के हो?
४) बैँकबाट तिर्दा पनि धर छैन
टेलिकम र निजी बैँकहरुको सहकार्यले ग्राहकलाई सजिलो बनाएको छ। एडिएसएलको शुल्क पनि बैँकहरुको अनलाइन बैँकिङ र एसएमएस बैँकिङबाट तिर्न सकिन्छ। केही महिनादेखि मैले पनि एउटा एसएमएस गरेको भरमा एडिएसएलको शुल्क भुक्तान गरिरहेको थिएँ। बैँकको एसएमएस सेवा बिग्रँदा भने हैरान भइन्छ।
बिहानै शुल्क तिरेपछि मात्र सेवा सुचारु हुने थाहा पाएपछि एसएमएस गरिहालेँ। बिहान ७ बजेर ३९ मिनेटमा बैँकले मेरो खाताबाट रकम काटेर टेलिकममा पठाएको जनाउ दियो एसएमएसबाटै। बिहान ८ बजेर ४७ मिनेटमा टेलिकमले एसएमएस पठाएर बैँक पेमेन्ट हामीले पायौँ भन्ने जनाउ दियो।

तर अहिले यी शब्द लेखिरहँदा रातको ९ बजेर ४७ मिनेट जाँदासम्म अर्थात् १३ घण्टा बितिसक्दा पनि सेवा सुचारु भएको छैन। १९८ मा कम्प्लेन लेखाउन खोज्दा अझै भनिन्छ- “एडिएसएल प्याकेजको समय सकिएकोले सेवा बन्द गरिएको छ। सम्बन्धित काउन्टरमा पैसा जम्मा गरी सेवा सुचारु गर्नुहोला”
दूरसञ्चार जस्तो अत्यावश्यक सेवामा शनिबार विदा बस्ने कुन चाहिँले आफ्नो जिम्मेवारी पूरा नगर्दा ग्राहकले यो हैरानी भोग्नुपरेको हो ? बैँक पेमेन्ट बैँककै कारण टेलिकममा नपुगेको भए लौ त भन्नुहुन्थ्यो। तर टेलिकम आफैले बिहानै बैँक पेमेन्ट बुझिसक्यौँ भनेर एसएमएस गर्ने अनि रातिसम्म सेवा सुचारु नगर्ने किन ? किन ग्राहकले दुःख पाउनु पर्ने ?
५) काउन्टरमा तिर्न पनि कति दुःख !
काउन्टरमा गएर पैसा तिर्न पनि ग्राहकले कम्ता हैरानी बेहोर्नु पर्दैन। गएको पुस १३, १४ र १५ गते सार्वजनिक विदा थियो। १३ गते उधौली, १४ गते शनिबार र १५ गते तमु ल्होसार। यही बीचमा एडिएसएलको सेवा काटियो। बैँकको एसएमएस सेवा पनि बिग्रेको थियो। काउन्टरमा नगई धर थिएन।
१६ गते काउन्टरमै तिर्न भनी पहिले तिर्दै आएको ठाउँ टेकुमा जाँदा ‘यहाँ त अहिले लिँदैनौँ, नयाँमा जानुस्’ भने। सिंहदरबारअगाडिको टेलिकम भवन भनेको होला भनेर त्यहाँ गएको त, त्यहाँ पनि हैन सुन्धाराको नयाँ भवनमा जानुस् रे। लौ त नि भनेर धरहरा नजिकैको भवनमा गएको त आम्मामामा….कति लामो लाइन। तीन दिन विदा भएकोले लाइन थुप्रिएको रहेछ। एक जनाले घण्टौँ भइसक्यो लाइन बसेको, अब नतिरी जान लागेको भनेर उसको टोकन मलाई दिएर सहयोग गर्यो। टोकन नम्बरै ९ सय कति पो थियो। बल्ल १ सय कति नम्बरको पालो आउँदै थियो। अझै घण्टौँ लाग्ने स्थिति थियो। समय थिएन। अनि टोकन फ्याँकेर ग्राहकलाई यस्तो दुःख पनि दिने भन्दै रिसले मुर्मुरिएर फर्कन बाध्य भएको थिएँ।
ग्राहकप्रति जिम्मेवार हुने कि नहुने!
ग्राहककै कारण आफूहरु नाफा कमाउने कम्पनी भएको कुरा टेलिकमका वरिष्ठहरुलाई सिकाइराख्नु पर्ने कुरा हैन। त्यही ग्राहकप्रति जिम्मेवार हुनु पर्छ कि पर्दैन ? शुल्क तिर्न आएका ग्राहकलाई सकेसम्म सजिलोसँग शुल्क तिर्ने व्यवस्था मिलाउने कि झन् झन् अप्ठेरो पार्दै लाने ? सार्वजनिक विदाका दिन सेवा बन्द नगरी भोलिपल्ट बन्द गरे आकाशै खस्छ र ? सेवा अवधि सकिन लागेको अग्रिम सूचना दिने सिस्टम बिग्रेको ६ महिना बितिसक्दा पनि किन बनाउनेतर्फ कसैको ध्यान जाँदैन ? रिचार्ज कार्डबाट शुल्क तिर्ने सिस्टम बिग्रेको ८ महिना बितिसक्दा पनि किन बनाइँदैन ? बिहानै शुल्क बुझिसकेको एसएमएस आएर पनि राति अबेरसम्म सेवा सुचारु किन गरिँदैन ? ग्राहकले केही समस्या पर्दा इमेलमा सम्पर्क गर्दा किन कुनै जवाफ दिइँदैन ? के यसको जवाफ पाइएला ?





मैले पनि NTC कै फोन, मोबाइल (पोस्टपेड), ईमेल, ADSL चलाउछु |
– फोन बिग्रन्छ हप्तौ बन्दैन १९८ को रेडिमेड जवाफ सुन्दै दिक्क | बल्ल कार्यालयमा गएर कराएपछि बल्ल जसोतसो चल्छ |
– मोबाइलमा पैसा नभएको जानकारी नै नदिई बन्द गरि दिन्छ, पैसा तिर्यो २-३ दिन सम्म पनि चल्दैन | कहिले पैसा तिरेर पैसा प्राप्त भयो भनि SMS आउछ अनि लाइन चलि सके पछि चाही फेरी पैसा तिर लाइन काट्छु भन्दै बारम्बार SMS आउछ |
– ईमेल १५-१६ बर्ष देखि उसैको चलाएको हुनाले अर्को लिएर परिवर्तन गर्न अप्ठ्यारोले गर्दा बाध्य भएर चलाउनै पर्छ | न त म्याद सकिन लाग्यो भनेर सुचना दिन्छ, शुक्रबार बिग्र्यो भने आइतबार नभई चल्दैन | फोन गर्यो कुनै फोन उठ्दैन, एक दिनमा ८०-९० कल सम्म गर्दा एक कल सम्म नउठ्नुलाइ खै के भनु ? सपोर्टको फोन नउठेपछि हाकिमको फोन/मोबाइल नम्बर माग्दा दिन मान्दैन |
– ADSL को कुरै नगर्दा हुन्छ, कहिले चल्ने र कहिले नचल्ने ठेगान नै हुदैन | अवधि सकिन लाग्यो भने लाइन काट्न अगाडी एउटा खबर गर्दा के बिग्रन्थ्यो ? बैंक बाट पैसा जम्मा गर्यो कहिले २ दिन सम्म चल्दैन | केहि गरि नेट बिग्र्यो भने फोन गर्यो कुनै फोन उठ्दैन, यसमा पनि दिनको सयौ कल सम्म गर्दा पनि एक कल सम्म नउठ्नुको कारण हैरान भएर बाध्यताबस ADSL लाई तिलान्जली दिई अर्को नेट लिन बाध्य भए |
(माथि यादबजीको भनाइ सत प्रतिशत सहि नै हो जस्तो लाग्छ)
मन परे हरियो नपरे रातो !
2
1
You can easily pay the ADSL Bill by using Pre-paid Recharge Card. I’m using that system. To pay the Bill, Dail 1413 and do what Telecom says. If you Recharge Rs.100, The Telecom gives you 3 days unlimited ADSL Service. Thank you !
मन परे हरियो नपरे रातो !
3
0
मेरो फ्लाइट पुस 16 गते थियो । अनि मेरो इन्टरनेट काटियो पुस १३ गते . राउटर बिग्र्यो कि भनेर यता उता गर्न खोजें, भएन। मलाई त थाहा पनि भएन कि मेरो भोलुम बेस्ड सकिएछ भनेर। फ्लाइट डिटेल, boarding पास , बाहिरको ट्रेन टिकेट, बैंक ट्रान्सफर केहि पनि गर्न सकिएन। साइबर गएर चलाम भने बैंक डिटेल प्रयोग गर्न पनि डर। कमसेकम भोलुम बेस्ड लिएको ग्राहकलाई आग्रिम सूचना त दिन पर्छ नि सक्किन लाग्यो भनेर। पैसा खाएर हामी भाग्दैनम क्यारे। भन्ने नै हो भने एडिएसएल सेवा ले गर्दा कहिले काही पारा तातेर आउछ
मन परे हरियो नपरे रातो !
1
3
खै के भन्ने, हैरान भै सक्यो, विकल्पको खोजि तिर लागु है, अब यसको भरमा काम चल्ने देखिएन.
मन परे हरियो नपरे रातो !
0
1
ग्राहक धेरै भएरै होला अन्य नेट लिंक ले भन्द टेलिकम का कर्मचारी हरुले ग्राहक हरुलाई सेवा सुबिधा दिन त्यति इच्छुक नदेखिएका | शुक्र वार दुइ तिन बजे नेट बिग्रियो भने आइतवार १२ बजे भन्दा अगाडी नेट के भएको हो सुचना पाउने माध्यम छैन | अनलिमिटेड ग्राहक हरुलाई तपैहरुले २४ घण्टा सेवा दिन पर्ने हैन भन्दा ,यस बिषयमा हाकिम कहाँ कम्प्लेन गर्नु भन्छन | त्यही पिरले NTC संग मोह हुदा हुदै पनि मैले ADSL छोडीदिए त्यस्तै झन्झट ले मेरो मित्र ले पनि छोड्ने कुरा गर्दै हुनु हुन्छ | यस्तै दुख व्यहोर्ने कतिहोलन कति ? यस्ता बिषयमा NTC ले समयमै ध्यान देओश | अन्न्यथा परिणाम राम्रो हुने छैन |
मन परे हरियो नपरे रातो !
8
0
यो adsl ले गयको केहि दिन बाट मलाई धेरै सातायको थियो नेट ५ मिनेट भन्दा चल्दै नचल्ने तर पैसा चै महिना पुग्न साथ काट्ने सो चोर काम गरेको यार यो adsl ले
मन परे हरियो नपरे रातो !
5
0
नेपाल टेलिकमको यो सब मनपरी तन्त्र नेपालमा इन्टरनेटको प्रतिस्पर्धी बजार नहुनाले नै हो | यदि अरु पनि सस्ता र राम्रा बिकल्पहरु हुन्थे भने बल्ल हामी ग्राहकलाई महत्व दिन्थे | अन्य राम्रा बिकल्प छैन अनि जे गरे पनि भा छ |
यहाँ कोरियाको कुरा गर्दा इन्टरनेट प्रदायक कम्पनि चेन्ज गर्दा त झन् बढी फाइदा हुन्छ | नया कम्पनिमा ३ बर्षको लागि सम्झौता गर्दा इन्टरनेट प्रदायक कम्पनिले सुरुमा ५/६ महिनाको शुल्क मिनाहा सहित नगद(२०/२२ हजार रुपैया) पैसा दिएर निशुल्क रुपमा जडान गरिदिन्छन | त्यो पनि १०० mbps को स्पिड सहित …….
कहिले होला यस्तो नेपालमा ?
मन परे हरियो नपरे रातो !
2
3
कामलाई आदर होइन पेशालाई आदर गर्ने संसारको विकास भयपछि यस्तै हो ग्राहक सेवा को ग पनि ज्ञान छैन, काम दाम दण्ड भेद बाट बनैयाका कर्मचारी को त झन् कुरै छाडौ ………यो देश भगवान को कृपा ले चलेको देश हो सिस्टम त कोष परि को कुरा ……….
मन परे हरियो नपरे रातो !
3
0
के भयो,के भएन? हुनुपर्ने सबै कुरा हुन खोज्यो, तर हुन सकेन/ सकरात्मक हुने, नकारात्मक नहुने रोगको उपचार खोजिनु पर्छ/ सेवा नदिने मेवा मात्र खाने त डाका र चोर कर्म हो/ जे भएपनि सुधारको आसा गरौँ/
मन परे हरियो नपरे रातो !
3
0
उमेश जी र मेरो समस्या एउटै रहेछ । अझ तपाई र म जस्ता करिव लाख ग्राहककै होला यो समस्या ।
मेरो अस्ति शुक्रबार राति १२ बजेसम्मको समय हुँदाहुँदै बुधबार नै टेलिकमको काउण्टरमै गएर रकम बुझाएको थिएँ । सिस्टम विग्रिरहन्छ भनेर थाहा पाएरै २ दिनअघि नै तिरेको । तर कर्मचारीको लापरवाही यो या सिस्टम काम नलाग्ने, मेरो एडिएसएल शनिबार दिनभर नै चलेन र आज आइतबार पनि कतिठाउँ फोन गरेपछि बल्ल बल्ल १२ बजेदेखि चल्न थाल्यो ।
यो पल्ट मात्र होइन, प्रत्येक महिना renew गरेपछि हुने यहि हो ।
अव चाहि अघाइयो ‘राष्ट्रको सञ्चार’ देखि ।
मन परे हरियो नपरे रातो !
8
0
यो समस्या बाट म पनि पिडित छु . यो सबै भ्रस्टाचार को कारण ले भएको हो . एसको ADSL को मात्रै के कुरा गर्ने Landline , mobile सबैमा समस्या आउछ तर फोन गर्दा कसैले response गर्दैन . मैले ADSL Rechange गरेर १ हप्ता नचलाई बस्नु परेको छ . चाबेल को साखा त सबै भन्दा गए गुज्रेको रछ . खै के गर्ने . टेलिकम कहिले सुध्रिएला ?
मन परे हरियो नपरे रातो !
3
0
धन्न बुद्धि पुराए छु, पहिले मैले पनि ADSL राखेको थिए तर अहिले अलि महँगो भए पनि WORLDLINK को नेट राखे
मन परे हरियो नपरे रातो !
2
7
worldlink pani testai ho …mahango….ali lamo time loadshedding bho bane internet nadine…plan change gari rakne…
मन परे हरियो नपरे रातो !
11
1
यो सबै हाम्रो देशको अस्त-ब्यस्त हाल ले गर्दा भाको हो! हामी हरु सबै जना ब्लग मा अनि मन मनमा मात्र रिसाउछौ, तातिन्चौ अनि सेलाऊछौ! खै त येति सारो हुदा पनि हामी लाटो ले केरा हेर्य जस्तै टुलु टुलु हेरी मात्र किन बसेको त? के यो सिस्टम अनि चलन चल्न मा हामी पनि दोसी छैनौ त? हामी सबैले हाम्रो रिस येह मात्र होइन अब सडक मा उतार्ने बेला भै सकेको छ, देश को माया मनमा मात्र होइन, अगाडी बढेर आफ्नो बलिदान दिने बेला भाको छ! येही लक्छ को साथ् एक जना महिला आमरण अनसन मा छिन् खै त जनता को साथ्? उल्टै भिभिन्न संका उपसंका गरछौ हामी! बालुवाटार सत्याग्रह मा साथी हरु बसेको ६५ दिन भैसक्यो, खै त समर्थन? अनि उल्टै नगो वाला ले चलाको, राजनैतिक चल-खेल आदि संज्ञा दिएञ्छ हाम्रो देश मा! जान्ने बुझ्ने धेरै भए, गर्ने कोइ भएनन्…..
आदरणीय एस ब्लग का सम्पादक, कृपया यी कुरा हरु तपाईको ब्लगमा छापिन दिनु होला! सबै जना को ब्लग मा मात्रै चुरी-फुरी देखेर हैरान भैयो, यो पढेर केही साथी हरु साचै नै देश को परिवर्तन को लागि बलिदान दिन तयार हुन्छन कि!
मन परे हरियो नपरे रातो !
11
1
सूचना ननिकालीकन recharge card बाट recharge सुचारु गरेको छ NTC ले |
मन परे हरियो नपरे रातो !
7
3
Telecom Engineers लाई Ncell वाला ले टन्न घुस दिन्छन रे सेवा सहज नबनाउन र ग्राहक लाई झन्झट दिन मलाई त यो कुरा मा पुरा विश्वास छ किन कि यो सूचना टेलीकम संग सम्बन्धित कुनै मित्र ले दिएका हुन् मलाई .जब जाबो बिदेशी कम्पनी ले जे भन्यो त्यो सेवा दिन सक्छ फटा फट भने telecom ले चाहे किन न सक्नु .येस्तै हो भने नेपाल telecom भन्ने नाम चाडै इतिहास मा सिमित हुने पक्का छ /
मन परे हरियो नपरे रातो !
26
5
मलाई पनि त्यस्तै लाग्छ यादबजी ।
३ जी, वाइफ़ाइ, वाइम्यक्स आदि भनेर जतिसुकै खोके पनि, अहिलेसम्म न त टेलिकमको न त महाठग एनसेल अनि अरू भुरेटाकुरे आईएसपीहरूको नै यस्तो सेवा गतिलो छ । बेलाबेला स्वाभाविक मान्न सकिने अवरोधबाहेक नेपालको लागि एडीएसएल नै अहिलेसम्म सस्तो-राम्रो-भरपर्दो सेवामा पर्छ । यसैकारण एडीएसएल सेवा यति लामो समयसम्म अवरोध पुर्याउनु भनेको टेलीकमका मान्छेहरू अरू आईएसपीहरूसंग बिकेकै अनुमान लगाउन गाह्रो छैन । यस्ता कुराको छानबिन हुनैपर्छ ।
मन परे हरियो नपरे रातो !
6
2
नेपालमा अलिक गतिलो सस्थान भनेको दुरसंचार नै थियो अब यसको पनि मिति पुगेछ/ अलिक सस्तोमा 3G -4G अनलिमिटेड सेवा सुरु भएको २-३ महिना भित्र दुरसंचार सस्थानले खरानी धसेर हिडे हुन्छ /
हाल 3G अनलिमिटेड सेवा मासिक ने.रु १६०० मा त् (5 mbps भन्दा बढी स्पीड भएको ) बिदेसी बजारमा छ्यास्छ्यास्ती पाइन्छ तिनीहरु नेपाल पस्न अब धेरै बेर लाग्दैन / जे होस् दुरसंचारले अब “खरानीको जोहो” गरे भो /
जदौ
मन परे हरियो नपरे रातो !
21
1
नेपालका सार्बजनिक सेवा दिने निकायहरुको बर्णन गर्न मैले कुनै शब्द नै भेटिन | मनमा यति उकुसमुकुस छ कि त्यसको कुरा गरि साध्य नै छैन | तर त्यसलाई ब्यक्त गर्ने उपयुक्त शब्द नै भेटिन मैले | अरु के भन्नु खोई ? जय नेपाल !
मन परे हरियो नपरे रातो !
7
2
एउटा कुरा नि, पोस्टपेड टेलिफोन सेवा जस्तै यो ए.डि.एस.एल. लाई चाहिं किन पोस्टपेड नबनाएको होला ? त्यो गर्यो भने त समस्या धेरै हद सम्म समाधान हुन्थ्यो नि |
ए.डि.एस.एल. मात्र होइन, ल्याण्डलाईन फोन सेवा पनि त्यस्तै हो | हाम्रो घरको लाईन त महिनामा ५/६ पटक बिग्रिन्छ | हैरान पारिसक्यो | त्यहि नम्बरमा फोन गर्यो, मानिस संग कुरा हुने होइन | कहिले बन्दै बन्दैन | मानिस संग कुरा हुने भए पो रिसाउनु | क्या गजबको तरिका रहेछ जस्तो लाग्छ | अरु देशमा व्यस्ततालाई ध्यानमा राखेर यो अटो कम्प्लेन सिस्टम बनाएको हुन्छ | हाम्रोमा चाहिं ग्राहकलाई दुख दिन बनाएको रहेछ | टेलिकमको मानिस नै भेट्ने हो भने पहिले दुई मुक्का दिएर मात्र अनि फोनको कुरा गर्नु जस्तो हुन्छ | के गर्नु र खोई ?
मन परे हरियो नपरे रातो !
11
0
लौ आशा मार्नुहोस शालोक्य जी !!!! यो नेपाल हो / नेपाल का कर्मचारी देख्दा यमराज पनि भाग्छ / घुस को बिटो टेलिकम को पियन लाइ लगेर दिनुस एक बर्ष सम्म पैसा तिर्नै पर्दैन / दिक्क भएर मैले त तेसै गरेको छु / नियम र कानुन हाकिम को गोजी मा भएको देश मा यस्तै हो ///////
मन परे हरियो नपरे रातो !
11
4
भनेको कुरा त दिनु पर्यो नि पैसा लिए पछि. निजि कम्पनीहरु पनि प्रतिष्पर्धामा आउनु पर्यो, राम्रो र सस्तो सेवा सहित.
मन परे हरियो नपरे रातो !
2
0
बादर को पुच्छर लौरां न हत्तियर भनेको यही हो
मन परे हरियो नपरे रातो !
1
0
यस्तै हो साथी अरु विकल्प नभए पछि…. जस्तो गरे पनि उसकै ADSL चलाउनु पर्छ…..
तँ पाजी भन्दा त अन्तै राम्रो छ भनेर जाने ठाउँ नभए पछी यस्तै हो… हेप्छन्… Buyer को भन्दा Supplier को पावर धेरै भएको अवस्थामा Supplier अनुसार नै चल्नु पर्यो नि. कि त तेरो ADSL चाहिएन भन्नु पर्यो कि त उसकै नियममा हिड्नु पर्यो…. यस्तै हो व्यापार को संसार…
मन परे हरियो नपरे रातो !
4
0
बरु यो भन्दा त वोर्ल्ड लिंक नै ठिक छ | अलि पैसा धेरै पर्छ तर तेही अनुसारको सुबिदा छ | य दि एसल सस्तो भन्ने मात्र हो, दिनु सम्म दुख मात्र दिन्छ | फेरि त्यहाको कर्मचारी को बेबहार पनि उस्तै हुन्छ | सालोक्य जी, बरु अलि थप पैसा तिरेर कम्पनी फेर्नुस | अब मेरो घरमा नेपाल टएलिकमको तेही एउटा लण्ड लायिन मात्र छ | मोबिलेले गर्दा त्यो हुन न हुन केहि फरक परेको छैन | येस्तै हो भनी एक दिन उही नेपाल आएल निगम र नेपाल यरलाइसको हबिगत हुन्छ | सरकारको नाममा भाको येही एउटा हो राम्रो कम्पनी | अब दुइ चार वर्ष पछि यन सेलले निल दिन्छ |
मन परे हरियो नपरे रातो !
5
0
विदेशका फोन कम्पनिहरु को नारा भनेको ‘connecting people’ हुन्छ भने नेपालको फोन कम्पनि ‘नेपाल टेलिकम’ को चैं ‘disconnecting people’ हुन्छ/विदेश बाट फोन गर्यो भने २० चोटी मा बल्ल १ चोटी मात्रै लाग्यो भने पनि त्यो त भाग्य नै मान्नु पर्ने हुन्छ/जहिले फोन गर्यो ‘अहिले उपलब्ध छैन पछि गर्नुस भन्छ’ त्यसका बाजे को पछि कहिले गर्नु ‘जहिले पनि ब्यस्त को ब्यस्त’/ कमसेकम ग्राहक बाट पैसा असुलेपछि त राम्रो सर्भिस दिनु नि!कति कमिसन खाएर ‘चाइनिज सामान’ ल्याएका छन् त्यै त हो नि ‘made in china’! कुनै दिन नेपाल टेलिकममा नै चीनले शेअर हाल्न बेर छैन किनकि सबै कर्मचारी त पैसा मा बिकीहाल्छन उनीहरु लाई ग्राहक को सेवा सुबिधा सग के मतलब!!!
मन परे हरियो नपरे रातो !
3
1
लौ न यिनी हरुलाई कसरी तह लगाउने होला? अर्को विकल्प ईन्टरनेट सेवा प्रदायक कुन हुनसक्ला ? हिन्न जान्दैन कुद्न खोज्ने ? अझ आईंम्याक्स कि के रे?
मन परे हरियो नपरे रातो !
3
2
५-७ दिन अघि देखि त नेट पनि स्लो भाको छ Adsl को .. complain गर्दा नि सुनुवाई हुन्न
जय होस नया नेपाल !
मन परे हरियो नपरे रातो !
4
0
जबाफ पाइदैन सालोक्य जी , पाइदैन | किनकि हामी नेपाल भन्ने यस्तो अज़बको देशमा जन्म लिएका छौं की हामीलाई उत्तरदाईत्व / जबाफदेहिताको मतलब हुदैन तर सियो बराबरको अधिकारको पनि चासो रहन्छ | जनताको रगत पसिनाले सिंचेको करले तलब भत्ता पचाउने सरकारी कर्मचारीहरु त्यहि जनतालाइ तुच्छ प्राणि जस्तो ब्यबहार गर्छन | यो रोग नेता , ब्यापारी देखि , कर्मचारी हुदै सामान्य ट्याक्सी ड्राइभरहरुमा समेत छ |
मन परे हरियो नपरे रातो !
2
0
देश कै अवस्था डामाडोल भएको बेला खै के भन्नु र सोल्टी ? प्रस्न गर्ने मात्रै हो उत्तर आए पो…
मन परे हरियो नपरे रातो !
1
0
अब सबै मिलेर telicom लाइ मुद्धा हाल्नु पर्छ, नत्र इनिहरु हेपिरंचन ग्राहकलाई
मन परे हरियो नपरे रातो !
4
0
पोस्ट paid सिस्टम भन्ने छैन कि क्या हो? मासिक फोन बिल मा जोडिएर आउने किन नगरेको होला कुन्नि?
मन परे हरियो नपरे रातो !
0
0