मेरो Tweet

  • जापानमा १५ वर्ष जेल बसेका गोविन्दप्रसाद मैनालीको यो कुरा धेरैलाई थाहा थिएन, अब उनैको मुखबाट निस्केको छ t.co/9kzmwKXaxf via @mysansar
  • RT @RajeshGurung2: गोलढुंगा र धर्मस्थलीको सीमाबाट मलखाल्डोमा लुकाइराखेको एसएलआर, थ्री नट थ्री, म्यागनम, इफल आदिमा प्रयोग हुने ३ सय २ राउण्ड…
  • Wow~ Flickr ले त क्रान्ति नै गर्‍यो नि 1 TB स्पेस फ्रि दिएर। अब फूल रेजोल्युसनको फोटो ढुक्कैसँग अपलोड गरिन्छ t.co/w0hYADkpOb

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

अमेरिकी उपनिवेशलाई नेपालको आधा दर्जन गोल

खेलले देश चिनाउँछ त्यसै भनेको हैन रैछ। नर्दन मारियाना आइल्यान्ड नामको देशबारे धेरै नेपालीलाई अत्तोपत्तो थिएन। आज नेपाली राष्ट्रिय टोलीसँग भएको खेलपछि बल्ल मानिसहरुले यो देशबारे सोधखोज गर्न थाले। यो देशका राष्ट्रपति बाराक ओबामा हुन्। अर्थात् यो देश अमेरिकाको उपनिवेश हो। सानो टापु, कम जनसंख्या, ओसेनियाबाट भर्खरै एएफसीमा आवद्ध हुन आएको, ठूलो प्रतियोगिता अहिलेसम्म नखेलेको नर्दन मारियाना आइल्यान्डलाई नेपालले आज दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कप छनौट प्रतियोगिता अन्तर्गत भएको खेलमा आधा दर्जन गोल ठोक्यो। भरत खवासले त ह्याट्रिकै गरे। सन्तोष साहुखल, राजु तामाङ र सन्दिप राईले बाँकी तीन गोल ठोके। अन्तर्राष्ट्रिय प्रतियोगितामा गोलको खडेरी परिरहेको बेला सँधै निराश बनेर फर्कनु पर्ने नेपाली दर्शकहरुले घरेलु मैदानमा लामो समयपछि खुसीले उफ्रने मौका पाए।

तर अनुभवहीन निर्धो टोलीलाई पराजित गर्दैमा नेपाली टोली बलियो भएको ठान्नु सही हुनेछैन। नयाँ प्रशिक्षक आएपछि पहिलो पटक पाकिस्तानसँग खेलेको दुई मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो। नेपालको असली प्रतिस्पर्धा नेपालकै जस्तो स्तर भएको बंगलादेश र प्रतियोगिताकै बलियो टोली आँकिएको प्यालेस्टाइनसँगको खेलमा हुनेछ। आजको विजयले चन्द्रसूर्यको टोलीको मनोबल उकासिएको भए मात्र अर्को खेलमा फाइदा हुनेछ। नत्र सँधै जस्तो नेपाल ‘राम्रो खेल्यो तर जित्न सकेन’ को स्थितिमा हुनेछ। बाँकी दुई खेलमा पनि नेपाली समर्थकहरुले आजकै जस्तो खुसी हुने मौका पाउन् !

इमेज च्यानलको भिडियोमा खेल अंश हेर्नुस्-

हिमालय टेलिभिजनको खेल हाइलाइट्स हेर्नुस्-

कान्तिपुर टिभीको गोल हाइलाइटस्-

३ सय र ७ सयको टिकट

यो प्रतियोगिताका लागि भिआइपी प्यारापिट (छत भएको ठाउँ) को टिकटको मूल्य सात सय रुपियाँ तोकिएको थियो भने बाँकी ठाउँ (नर्मल प्यारापिट) का लागि ३ सय रुपियाँ। टिकट महँगो भए पनि रंगशाला भरिभराउ थियो। रंगशालाभित्र मात्र हैन, महँगो टिकट किन्न नसक्नेहरुले बाहिर पर्खाल चढेर र गेटको प्वालबाट यसरी चियाएर समेत खेल हेरेका थिए-

तपाईँलाई के लाग्छ, टिकटको मूल्य त्यति तोकिनु ठीक हो ? आजको खेल र बाँकी दुई खेलमा नेपालको प्रदर्शन कस्तो होला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

21 comments to अमेरिकी उपनिवेशलाई नेपालको आधा दर्जन गोल

  • नेपाल बाट ६ गोल खाने टीम को स्तर कस्तो होला त?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Biswash

    हात्ती चढ्ने औकात नभएकोले धुरी चढेर खुशी हुनु जस्तै जस्तै हैन र साथी ?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • dawa dorje yolmo

    जाबो ७७.००० हजार जनसंख्या भएको खेल्नै न जान्ने टिम संग जीतेरा कुन चै ठुलो जीत हार पार्यो,मल्दिव्स ले नै ठिक पार छ नेपाली टिम लाइ त, खेल को स्तर राम्रो मान्ने हो भने बाकि रहेको खेल हेर्नु पर्छ बंगलादेश,र पलास्तिने संग को खेल मा जीत हात पारेको खण्डमा भन्न सक्छौ नेपाल राम्रो खेल्ने भए छ,नर्दन मारियाना आइल्यान्ड नामको देशबारे धेरै नेपालीलाई अत्तोपत्तो थिएन। भन्ने बारे को चै लेखक महोदय लाइ के भन्न चाहन्छु भने आज भन्द१३-१४ वर्ष अगाडी धेरै नेपाली हरु को बैदेशिक रोजगारी को गन्तब्य हुन्थियो बरु नर्दन आइलैंड को नाम चै होइन “सैपान” देश को राजधानी को नाम बाट तपाई को जानकारी को लागि

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

    • surya

      दावा जी ले दाबी गरे जस्तो धेरै नेपालीको रोजगारीको गन्तब्य थियो भने हाल सम्म कति नेपाली हरु त्यो मुलुक मा बैधानिक तवरले पुगेका छन् कृपया त्यो पनि भन्दिनु हुन्थ्यो कि/ नत्र धेरै नेपालीले नामै नसुनेको भन्दा तपाइलाई थाहा हुदैमा सबैलाई थाहा छ भन्ने अर्थ निस्कदैन जस्तो लाग्छ-तपाइको जानकारीको लागि/ र त्यसको टिका टिप्पणी उठाएर आफुलाई ठुलै भूगोलविद ठान्नु उचित देख्दिन/

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 9

  • Deepak

    I don’t see any reasons to be excited here. That territory still gives a shit to Nepal no matter how many goals were there in that bullshit match… Be proud where you have to be. Not every country plays soccer and not every number of goal reflects a country’s overall status…Perhaps Nepal can beat USA in future but still that won’t change the picture of Nepal…Stop wasting time by boasting on such garbage things,,,. Try to work on those issues where we are lacking,,,,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 3

  • Vijay,England

    ANFA should organize many domestic cup compitations like Gurkha cup, Ncell cup & international friendly matches(especially with highly ranked central asian,south east asian countries & some lowly ranked arab countries) in order to improve nepalese football in international level.
    If these all requirement meet then I’m sure Nepal will give tough fight(of course it takes a lot of time to improve) to any highly ranked asian countries.
    Good luck Nepal !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 5

    • Rai Yang pitang chhu Oxford, Belaayat

      विजयजी,competition भनेको प्रतियोगिता हो भनेर बुझे तर compitations भनेको के हो?बुझ्न सकिन|अंग्रेजी शब्दकोशमा पनि यसको अर्थ भेटिन| एउटा कुरा नि विजयजी,यो माइ संसार नेपाली बाहेक गोराहरूले हेर्छ वा पढ्छ र? फेरी सबैले बुझ्ने नेपाली भाषामा लेख्दा के सानो भइन्छ ?

      मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 5

      • Vijay,England

        Rai bhai,
        Do you understand ? humun erorrrrrrrrrrrrrrrr………….. actually that’s none of your business whether I write in English or nepali !
        got it !

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 9

        • Rai Yang pitang chhu Dharan haal-Oxford

          बिजय दाईजी,human कि humun? फेरी humun भनेको के हो? तपाइले नेपालीमा सायद लेख्न सक्नु हुन्न होला तर अंग्रेजीमा लेख्दा भाति पुर्याएर लेख्नु होस् न दाइ ताकि तपाइको अमुल्य टिप्पणी पढ्न हामीलाई सजिलो होस् |

          मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • खुसी ले मात्तिनु पर्ने कारण नै छैन मात्र ‘भकुण्डो लाई हान्न जान्ने’ टिम संग खेल्दा नि गोल
    गर्ने कला भाको खेलाडी को अभाब खड्की रह्यो/नेपाल ले जानेर हैन उनीहरु कम्जोर भएको मात्र मैदान मा देखियो…३०० को त के kuro भो र चर्पी को हालत तेस्तो छ एउटा खेल बाट आधा करोड…..

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • मुख्य कुरा भनेको अब बाकिका टफ म्याचहरु जित्नु पर्यो/

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • तेन्जिंग गाबा

    ” जीतको लागि बधाई छ ”
    तर
    फुरुक्क फुर्केर फुटबल एउटा कुनामा फालेर बलबान छाप खैनी माडनु थाल्नु चाही हुन्न है ब्रो हरु /
    यो जीत भनेको नेपाली शैक्षिक सस्था “त्रिभुवन बिश्वबिद्द्यालय” ले अमेरिकी शैक्षिक-सस्था ” श्री,,,,,,,,,,,, नर्सरी स्कुल” लाई हरायो भनेको जस्तै मात्र हो /
    कताको लगभग ३ करोड जनता भएको नेपाल कताको ५० हजार जनसंख्या भएको ठाउ /

    जदौ

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 2

    • prakash subba

      गाबा जी, जनसंख्या को आधार मा खेल को स्तर हेर्ने हो भने त चिन र इंडिया सबै भन्दा अगाडी हुन पर्ने होइन र?

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • robin (Aus)

    नेपाली टिम ले राम्रो खेल्यो भन्नु भन्दा पनि प्रतिस्पर्धी टिम ज्यादै नै कम्जोर रहेकोले नेपाल ले आधा दर्जन गोल गरेको हो नत्र नेपाली टिम को खेल को गुणस्तर भने तेती राम्रो देखिएको थिएन … बाँकि कुरा त अब हुने खेल ले नै देखाउने छ …अनि रह्यो कुरा टिकट दर को..! नेपाली दर्शक ले कति सम्म पैसा तिरेर हेर्न सक्छन भन्नु भन्दा पनि जति राखे पनि हेर्न आउछन भन्ने मनासये ले राखे जस्तो लाग्यो… यो त सिधै कमाउ धन्दा भयो … ब्यबस्थापक ले सोच्नु पर्ने कुरा हो येसमा …
    नेपाली टिम को विजय को कामना गर्छु…

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 6

  • BikashDai

    नर्दन मारियाना आइल्यान्ड भन्दा पनि “साइपान” धेरैले सुनेका हुन्छन. बैदेशिक रोजगारको राम्रै ठाउँ थियो कुनै समयमा साइपान.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • samir dai

    हाम्रो सोल्टी हरु ले येसपटक मजा ले जित्छन के

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4

  • Yam

    अब को वोर्ल्ड कप नेपालले जित्नेरहेछ ३ जना कुदेर तेस्रो भएर खुसि भए जस्तो हो

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 2

  • sushil grg. uk

    नेपाल ले येस्तै गर्दै सफलता होस्. तर यो यो देश अमेरिका को उपनिबेस त भनियो तर कहाँ पर्छ यो देश कृपया बताई दिनु न ???

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Aakar Bhushan Nepali

    सर्बप्रथम नेपाललाई बधाई |
    त्यसपछि,
    Northern Mariana Islands अमेरिकाको उपनिवेश होइन| यो अमेरिकाको territorial, commenwealth state हो | सालोक्यजी, तपाई जस्तो स्थापित पत्रकार बाट हामी सहि सूचनाको अपेक्षा राख्दछौं | सांस्कृतिक उपनिवेश होला, जुन process दुई वा दुई भन्दा बढी चलनहरुको समागम पश्चात समाजशास्त्रीय कोणले inevitable नै छ| तर राजनैतिक र त्यसले निर्धारण गर्ने आर्थिक कोण तथा Islands को Independence र Union संगको unification को प्राबधानको कोण बाट हेर्दा यो उपनिवेश होइन | होला, एतिहासिक कोणबाट हेर्दा र , शुरुमा Islands को स्वामित्व प्राप्तिको प्रक्रिया हेर्दा ओउपनिबेशिक नै लाग्दछ | तर त्यस पछिको Islands को भबिस्य निर्धारणको ईतिहासले यो उपनिवेश नभएर Union संग unifiacation हुने सम्भावना भएको एउटा territory हो भन्ने बुझाउँछ |

    धन्यवाद

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 19

    • Rabi

      अमेरिकाको धेरै पक्षपोषण गर्नु पर्दैन
      A colony is an area of land under loose or strict control by another state/country.
      Northern Mariana Islands उपनिवेश नै हो। पोलिटिक्कली करेक्ट भइराख्नु पर्दैन Puerto Rico पनि कोलोनी नै हो अमेरिकाको

      यता हेरौँ यता नि छ लिस्ट विश्वका राष्ट्रहरुको
      http://academic.evergreen.edu/g/grossmaz/pacificrim.html

      मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • एक थुकी सुकी सय थुकी नदि भन्छन बरु टिकेटदर अलिक कम गरेर stadium भर्नु पाएको भए त खल्ती कम्जोर हुने fan हरु को पनि इच्छा पुरा हुनी stadium पनि पुरा full हुने त्यो पो काइदा हुन्थ्यो कि जति भए पनि उत्टर तिर आर्मी ऑफिस side तिर सधै खाली नै हुन्छ . दर्शक हरु त्यो side लै चर्पी को रुप मा use गर्नी परम्परा को पनि अन्त्य हुन्थ्यो कि हजुर …………

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker