मेरो Tweet

  • जापानमा १५ वर्ष जेल बसेका गोविन्दप्रसाद मैनालीको यो कुरा धेरैलाई थाहा थिएन, अब उनैको मुखबाट निस्केको छ t.co/9kzmwKXaxf via @mysansar
  • RT @RajeshGurung2: गोलढुंगा र धर्मस्थलीको सीमाबाट मलखाल्डोमा लुकाइराखेको एसएलआर, थ्री नट थ्री, म्यागनम, इफल आदिमा प्रयोग हुने ३ सय २ राउण्ड…
  • Wow~ Flickr ले त क्रान्ति नै गर्‍यो नि 1 TB स्पेस फ्रि दिएर। अब फूल रेजोल्युसनको फोटो ढुक्कैसँग अपलोड गरिन्छ t.co/w0hYADkpOb

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

उहिले र अहिले – ३


माथिका दुई वटा फोटोको समयको अन्तर ९३ वर्ष रहेको छ। हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ मन्दिर देखिने गरी खिचिएको बायाँको फोटो सन् १९२० को हो भने अर्को फोटो अस्ति भर्खर खिचेको हुँ। दुई फोटोमा झट्ट हेर्दा खासै अन्तर देखिन्न।

९३ वर्षअघिको भन्दा अहिलेको फोटोमा मन्दिरहरु झन् राम्रो देखिएको छ। पुरानो फोटोमा टोपी लगाएका मान्छेहरु देखिन्छन्, तलको फोटोमा भने एक जनाले पनि टोपी लगाएका देखिन्नन्।

त्यसबाहेक पुरानो फोटोमा बायाँ छेउमा रहेको स्तम्भ मैले कति खोज्दा पनि त्यहाँ भेट्टाउन सकिनँ। तपाईँहरुले अरु केही फरक पो देख्नुभो कि ?

यो शृङ्खलाका थप पुराना ब्लगहरु-

उहिले र अहिले- २

उहिले र अहिले-१  

7 comments to उहिले र अहिले – ३

  • Binod Dc

    नया तस्बिर मा दाया तिरको स्तम्भ अलि कोल्टे पर्दै गयको छनि….बाया तिरको स्तम्भको नाम निशान दय्खिदैन्न…

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Anup

    पहिलेको मानिसमा नेपाली पन छ अहिलेको मा बिदेशी

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • Sagar

    पुरानो फोटोमा परेवा एउटा पनि देखिदैन, अहिले को फोटोमा कत्ति धेरै परेवा हरु?

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • प्रवेश लामा

    पुरानो समान चोरेर बेची सकेको छ जस्तो लाग्यो नया समान हालेर बनाएको जस्तो छ कति चाडो परिबर्तन गरेको यो मन्दिर लाई देश लाई यसरी परिबर्तन गर्न सकेपो हुनु देश परिबर्तन नगरे पनि मन्दिरको सामान परिबर्तन गर्ने पुर्खाहरुलाई बदाई छ …………….

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ravi Aryal

    सच्चि भन्नु पर्दा पुरानो फोटो ब्ल्याक एंड व्हाइट छ अहिले को कलर छ खासै फरक छैन ,पुरानो संरचनालाइ दुरुस्तै राखे पनि ओरिपरि विकास भएको हुनुपर्थ्यो त्यो पनि छैन ,त्यहाको देब्रे तिरको स्तम्भमा रत्न जडित भएकोले होला,ठुला बडाले बेचेर खाए होलान भन्ने मेरो अनुमान छ

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • Biswash

    सबलाई समात्दै चुल्ठो काट्दै टोपी लगाई दिनु पर्ने बेला भएको बुझेरै नेपाल प्रहरीले त्यसो गरेका हुन् कि जस्तो लाग्यो | हाहाहा ……

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • sherpa

    दुबै फोटोहरु हेर्दा शान्तिको प्रतिक परेवाहरु चाहीँ अहिले धेरै देखिन्छ । तर देश चाहीँ किन अशान्ति भएको होला सायद् टोपी लगाएको स्वाभिमानी मान्छेको कमि अहिले भएकोले हो कि ऽऽऽऽऽ

    मन परे हरियो नपरे रातो ! Thumb up 38 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker