मेरो Tweet

  • मुद्दा दर्ता हुनु मै रमाउनुपर्ने स्थिति। पाँच मध्ये एक डनमात्रै जेलमा छन्। बाँकी कसैलाई पक्रेर अदालतमा उपस्थित गराइएन। सबको हैसियत 'फरार'
  • @kedarsubedi नागरिकन्युज पढ्नुस् t.co/R6VWxLwIqv
  • गुड न्युजः गणेश लामाविरुद्ध पनि अवैध सम्पति थुपारेको अभियोगमा विशेष अदातलमा भर्खरै मुद्दा दर्ता भएको छ। कूल पाँच डनविरुद्ध मुद्दा दर्ता भयो

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

विनोद चौधरी नेपालका पहिला अर्बपति

अमेरिकाको फोर्ब्स म्यागेजिनले वर्षेनी निकाल्ने विश्वभरका अर्बपतिहरुको सूचिमा विनोद चौधरी नेपालको पहिलो अर्बपतिका रुपमा दरिएका छन्। उनको कूल सम्पति एक बिलियन अमेरिकी डलर अर्थात् झण्डै ८८ अर्ब रुपियाँ रहेको म्यागेजिन बताउँछ। म्यागेजिनले उनलाई नोटेबल न्युकमर्सको सूचिमा पनि राखेको छ। २१ जना एक बिलियन सम्पति भएकाहरुको नोटेबल न्युकमर्स सूचिमा उनको नाम २० औँ नम्बरमा रहेको छ।

‘भारतीय मूलका व्यापारी खान्दानबाट आएका विनोद चौधरी नेपालका प्रथम अर्बपति हुन्’, फोर्ब्सले लेखेको छ, ‘राजपरिवारलाई सामान आपूर्ति गर्नेदेखि देशको पहिलो डिपार्टपेन्ट स्टोर खोल्नेसम्म, चौधरी ग्रुपको अहिलेको लगानी बैँकिङ, खाद्य पदार्थ, सिमेन्ट, रियस स्टेट, होटल, ऊर्जा र इलेक्ट्रोनिक्स लगायतमा छ।’


यो वर्ष ४२ देशका २१० जना नयाँ व्यक्ति अर्बपतिको सूचिमा समावेश भएका छन्। कूल सूचिमा चाहिँ १४२६ जनाको नाम छ। सबभन्दा बढी अमेरिकामा नै छन् (४४२ जना), त्यसपछि एसिया प्रशान्त क्षेत्रमा ३८६ जना, युरोपमा ३६६ जना, अमेरिकी महादेशमा १२९ जना, मध्यपूर्व र अफ्रिकामा १०३ जना।

चौधरी भ्याट छली कान्डमा सबैभन्दा बढी विवादमा परेका थिए। विनोद चौधरी स्वामित्वको वाइवाइ उत्पादक कम्पनी सिजी फुडले १० करोड रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजस्व छलेको खुलासा भएको थियो। चौधरी ग्रुप अरु विभिन्न विवादमा पनि मुछिने गरेको छ। सात वर्षअघि नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीको अनुसन्धानले चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेको प्रतिवेदन दिएको थियो। प्रतिवेदन हेर्नुस्।

विनोद चौधरीलाई फोर्ब्सले माया गरेको यो पहिलो पटक भने हैन। यसअघि सन् २००८ मा पनि हिमालयन भिस्टाज शीर्षकमा फोर्ब्सले चौधरीबारे लामै प्रोफाइल छापेको थियो। उतिबेला ५०० मिलियन डलर सम्पति भएको र नेपालको राजपरिवारबाहेकको धनी परिवारको संज्ञा पत्रिकाले दिएको थियो। त्यसैमा नबिल बैँकमा उनले अप्रत्यक्ष रुपमा आयरल्यान्डको एनबी इन्टरनेसनल नामको कम्पनीको नामबाट लगानी गरेको खुलासा गरिएको थियो। भर्खरै बजारमा आएको उनको आत्मकथामा त्यसलाई औपचारिक रुपमा नै स्वीकार गरिएको छ। चौधरीको सिन्नोभेसन ग्रुप नामको विदेशी कम्पनी छ, जसको मुख्य कार्यालय सिंगापुरमा छ।

विनोदका बाजे भुरामल चौधरी राजस्थानका मारवाडी थिए। सन् १८७० मा उनी नेपाल पसेका थिए। न्युरोडमा उनले कपडा पसल खोलेका थिए र दरबारमा सामान आपूर्ति गर्न थालेका थिए। उनका एक्ला छोरा लुनकरण दास चौधरीले अरुण इम्पोरियम नामको नेपालको पहिलो डिपार्टमेन्ट स्टोर खोलेका थिए।

२ करोड ६६ लाख जनसंख्या रहेको देशमा विनोद ‘करोडौँमा एक’ बन्न सफल भएका छन्। भ्याट कान्डले धमिलिएको छविलाई के अब उनले ‘एथिकल बिजनेस’ गर्दै आउँदो पुस्तालाई उदाहरण बन्ने काम गर्लान् ? कि एनी हाउ, पैसा कमाउ कै रणनीति कायम राखी धन् झन् झन् थुपार्दै जान्छन् ? हेर्न बाँकी छ। विश्वले गरिब देशका रुपमा चिन्ने नेपालमा पनि आखिरमा एक अर्बपति त छन् नि भन्न चैँ पाइयो जे होस् !

110 comments to विनोद चौधरी नेपालका पहिला अर्बपति

  • Chandre

    ल ल नक्कली बिल चाहिएमा सम्पर्क गर्नु होला मैले पनि अरबपति को सुचीमा नाम लेखाउन परो क्या !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • sandip-sharma

    भ्याटचोरेर भय नि नेपालको पहिलो अर्ब पति भयको मा बधाई छ

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Pradeep

    नेपालमा भयको कानुन ठुलाबडा, भ्रस्ट , राज्वोस्वोमारा लाई लाग्ने हो भने अरबपति होइन जेल भित्र रहेको मानिसको लिस्ट मा नाम हुन्थ्यो ! के गर्ने सबैजना देस लाई बर्बाद गरेर जनता लाई सोसेर कमाउने कै पछि लाग्छन !

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • MKNepali

    अर्बपति त होइन, अरबपतिहरु नेपालमा थुप्रै छन्, अरबमा पति हुनेहरु लाखौ लाख सब अरबपति होइनन र!दुख पाएका अरबपति!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Harry

    Mr. Chaudary need to learn from Bill Gates and Warren Buffett. These richest poeple has big heart, donating and contributing billoins of dollors in the developing country for social welfare. Beside making money there are some corporate responsibilities which Mr. Chaudhary yet to learn. I haven’t heard any kind of donation he has made to the non profit making organisation of Nepal. What I heard is VAT fraud and may be more which we are not aware. Mr. Chaudhary follow these greatest philanthropist like Bill Gates and Warren Buffett, then you become role model. At this point you are just a money making machine.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • deepak

    बिनोद जी तपाइलाई बधाई छ र अब नेपाल को TAX तिर्दिन्नु हुन आग्रह गर्दछु , जति तपैले पहिले पहिले तिर्नु भयको छैन , त्यो तिर्न हुन बिनम्र अनुरोध छ त्यसपछि देश लै पनि केहि राहत मिल्छ कि !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • deepak

    बिनोद जी तपाइलाई बधाई छ र अब नेपाल को TAX तिर्दिन्नु हुन आग्रह गर्दछु , जति तपैले पहिले पहिले तिर्नु भयको छैन , त्यो तिर्न हुन बिनम्र अनुरोध छ त्यसपछि देश लै पनि केहि राहत मिल्छ कि !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • raju

    हामी नेपालीको आफ्नो राजा बिरेन्द्र जिउदो भयको भए,यी चोर फटाहरुको नाम इंडियाको एउटा मरुभूमि संग जोडिन्थ्यो, जिउदो राजा मरे पछि मरेका लाशहरु उठेर नांच देखौछान्, भ्याटमारा हो कि नेपालीहरूका भातमारा हुन् नेपालीहरुले समयमै बुझ्न जरुरि छ

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • Bir Man Singh

    I have been following the story of Binod Chaudhary being christened the world’s 1342nd richest man. At the outset let me put on record I respect Binod Chaudhary for what he is and the empire he has built up. Yes, hats of to him for reaching here, by whatever means but he did!!!!
    However, I am amazed at the hype and buzz going around in Nepal about BC’s new found rank. I mean he is a business man, running a pretty good organization. Now when he does an MOR (monthly operation review) does he want to know one of his brands is the 1342nd ranked brand in Nepal or for that matter the 99th ranked brand in Nepal?? He would kick his Vice President or any one of his employees if they came to him and blew their trumpets saying one of his brands was in that rank. Would he himself when meeting friends, associates and business partners globally mention the fact he was the worlds 1342nd richest man?? Would it make any sense? Would the student who came 32nd in a class of 60 students be recognized?? Let us ask ourselves this question??
    Now secondly if he is so rich because of his employees who have recently felicitated him (I don’t know whether they did out of compulsion or with the hope some wealth could trickle down to them also) has he even bothered to truly reward the very people who have slogged for him? It doesn’t look like?
    I have visited his so called HQ in Sanepa and have seen the state of the cafeteria where his employees eat, the washrooms his employees use and the office space allocated to his workers. And trust me the insides are deplorable and pathetic. Most unbecoming of such a man.
    The point I am trying to make is externally everything about him is fancy, impressive, and ostentatious but a façade. Let us Nepalese whether living in Nepal or out of Nepal spend our time, money and effort on more important things. We, including BC live in a country which has no access to the basics of life, let us think of giving back to the country, doing something for it more than squeezing it dry for our own selfish benefit.

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

  • Harry

    I am not bothered about this at all. How much corporation or personal tax he has paid to the Inland Revenue of Nepal. He has fudge huge amount of VAT tax. Government of Nepal should tax him on the whole wealth and assets he has maximised and need to do full investigation how has became Billionaire without paying right amount of Tax.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • कमल थापा(साउदी अरब)

    देशको राजनीति यस्तै हुने हो भने अब यस्ता विनोदहरुको लिस्ट थपिदै जान्छ/ दाजु धनि हुनु भनेको भाइको अंश खोस्नु होइन, भन्ने लाग्छ/ आमा र भाई बहिनीहरु रोहिरहेका बेला दाजुले म संग यस्तो- र उस्तो छ भनेर रिपोर्ट मा खुशी किन? संसार कै धनी हुने शुभकामना तर अरुलाई. … बोकाएर ….

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

  • xyz

    Majority of comments are negative. Mr. Chaudhari should now quell the rumour going rife in Kathmandu, that is, much of his wealth comes from clandestine investment made by former royal family members who were killed in palace massacre that took place on June 1, 2001.
    The domination of negative comments also indicates that majority of Nepali people are not proud of his wealth. The dangerous thing to look at is: least he does not use his wealth to acquire political power in Nepal. Mr. Chaudhari should also be careful of his own success: his excessive publicity makes other renowned businessmne in Nepal – Golchha, Khetan, Jyoti, Dugar, Vaidya, Panchakanya etc – all looks minows now.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 4

  • ramesh

    अब यहि आय स्रोत अनुसार कर पनि तिर्न लगाउने हो कि? अनि कुन बैकको कति ऋण छ (नतिरेको) त्यो पनि प्रकारमा आए अझ राम्रो

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 2

  • madan bajracharya

    भ्रस्ट नेताहरुको लंगौतिया यार लोतापतिहरु करचोरहरु अरव पति कसरि भयो त्यो भन्ने पर्दैन/ ईनिहरुले ऋण जत्ति बैंकलाई बोकाउन पाय; कर चोरेको प्रमाणित भयपनी कार्यवाहीमा नपर्ने भय सबै अरवपति हुन् सक्छ/ ईनिहरु जस्ता अरव पति बन्नु नै नेपालको ठुला बैंकहरु कंगाल बन्नुको प्रमुख कारण हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 42 Thumb down 7

  • Rajan

    http://www.mysansar.com/archives/2011/03/id/17973
    http://www.mysansar.com/archives/2011/04/id/18147
    http://www.mysansar.com/archives/2011/04/id/18212
    लौ यिनेरु त आफ्नै समाचार हो नि, यो समाचार मा येसो लिंक हाल्न पाएको भए पो समाचार पुरा हुन्थ्यो. मैले नै राखी दिए है

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

  • पुष्प

    “नेपाली जनताले तिरेको कर झ्वाम पारेर; गोदाम, कारखानामा आगो लगाउंदै कर छूट अनि बीमा कुम्ल्याएर” यहाँसम्म आइपुगेको भन्ने कुरो उल्लेख छैन प्रतिवेदनमा ? छैन भने हाल्न लाउनुपर्यो ।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 101 Thumb down 14

    • Harke

      १. बिजनेश म्यागजिनमा अपराधको बर्णन हुदैन…..! क्राइम म्यागजिनमा खोज्नुहोस !

      २. तेस्तो प्रतिबेदन तयार गर्ने काम सम्बन्धित देशको सरकार र तेस अन्तर्गतको कर कार्यालयको (राजस्व बिभाग) को हो….! कुनै बिजनेश म्यागजिनको होइन…..चेतना भया !

      मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 9

      • Anamol KC

        एमाले को टट्टू हरु को के कुरा गर्नु || हाम्रो नेपाल मा एमाले जस्तो पार्टी लाइ पनि support गर्ने मान्छे छन् भन्दा उदेक लाग्छ यार ||

        मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 14

        • Harke

          चौधरी एमाले,
          गोल्छा कांग्रेस,
          सुमार्गी माओबादी……!
          को छ र यो देशमा सुद्द ब्यापारी ?

          मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

      • पुष्प

        यस्ता भ्रस्टहरूको वाहवाही गर्नेहरूलाई ‘चेतना भया’ होस् भनेर लेख्या हूँ । अन्यथा नभुझियोस ।

        मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 8

        • Deepak Parajuli

          पुष्पजी तपाई हरु कै सरकार छ यसो कारबाई गर्नु हुन्थियो कि ? कम से कम एउटा कुरा तपाई को र मेरो मिल्यो बिनोद चौधरी बारे मा/

          मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

          • पुष्प

            पहिलो कुरो त अहिलेको जस्तो अति कामचलाउ सरकारबाट यस्ता कुराको आशा गर्नुको तुक छैन । दोस्रो, यिनी परे अरबपती कामरेड; यिनलाई चलाए एमाले बहुलाउने पीर । यिनले जनताबाट लुटेरा नेता पोसेका छन्, अनि तिनै नेताबाट टिका थपेर जनता लुट्ने लाइसेन्स पाएका छन । कसरी कारबाही हुन्छ ? बरु यसो उपाय भए बताउनुस ।

            मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

        • Harke

          हर्केको कमेन्टमा चौधरीको कालो कामको वाह-बाही देख्नु, तपाइको दृस्टी दोष हो मात्र पुष्प जी….!
          चौधरीको कालो कामको बारेमा फेरि अर्कै ब्लगमा चर्चा गरुम्ला….!

          देशको कानुनले कालो भन्न नसकेको धन (जुन कालो नै हो भन्ने करोडौ नेपाली मनलाइ थाह छ) को आधारमा धनिको लिस्टमा पर्यो…..! यो समाचार, मात्र धनी बन्न बिदेशिएकाहरुलाइ यो एउटा सबक हो….कमेन्ट, एकदम सरल छ….सिधा बुझ्न खोज्यो भने….! राजनीतिक चस्मा उतार्नु पर्यो !

          मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 4

          • पुष्प

            “नेपालमा केहि गर्ने बातावरण नै छैन…..” भन्ने(हामी)हरुलाई गातिलो झाप्पड हो… भन्नुको तात्पर्य अरूले पनि चौधरीले जस्तै गर्नु पर्यो भन्न खोज्नुभा हो हर्केजी ?

            मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • Lakshman

    यस्तो धुर्त ठग नटबरलाल चौधरी अरब पति बनेकोमा के खुशी हुनु पर्यो र ? VAT छलेर , मन्द विष वाई वाई बेचेर , गर्नु नगर्नु हथकण्डा प्रयोग गरेर , अनैतिकताको परम सिमा नाघेर बनेको अरबपति नेपालको लागि गौरब हैन अभिसाप हो / सुनिन्छ राजा बिरेन्द्र संग पनि एसको बिजनेस पार्टनरसिप थियो र राजा बिरेन्द्र को बंश नाश पछी त्यो अपुताली पनि येसैको हातमा पर्यो र तेश पछी एसको हैसियत एक्काशी माथि पुग्यो भनिन्छ / सत्य के हो भगवान जानुन /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 60 Thumb down 6

  • Bogati

    नेपाल सरकारले फरेनमा भाडा माझि राखेकाहरु लाइ नेपालमा लगानी गर भनेर दबाब दिने l उता बिनोद चौधरी महासय जुन देशमा बिजुली कल कारखाना केहि नभएको देशमा खरब पति हुने ! बिनोद चौधरीले फरेन मा उसको सम्पति लगानी गर्नु पर्यो एता नेताहरु बीचमा लबी गरि राखेका छन् l एक जनता पसिना कमाएर पैसा देश छिराउन्छl उर्को नेपाल नै कंगाल गरेर नेपालीको सम्पति फरेन पठाएर माग्न गर्न खोच्छ l एमाले कांग्रेस मदेशी प्रचण्ड समेत बिनोद संग मिलेर निजि बिमान देल्ही एरोपोर्ट छ l

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 2

  • Ramesh

    देखाउन नमिल्ने मात्र भएर हो नत्र हाम्रा कामरेड प्रचण्ड को नि चौधरी को भन्दा कम सम्पति त छैन !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 64 Thumb down 5

  • SASANG LAMA

    कर नछल्ने ब्यापारी त को होला र? कर छलेर र मजदुरलाई कम ज्याला दिएर न ब्यापारी धनी हुने हो | यस्तो छर्लंग कुरोलाई के विश्लेषण गरिरा होलान! बरु हुकुमी तन्त्रमा भाको भए “किन यतिविधि धनी भइस” भनेर विनोदले खप्की खान्थे होला!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 6

  • anil

    नेपाल मा गरेको business ले अरबपति भएको हो र? ..लगानी जति विदेश मा थियो..विदेश मा कमाए विदेश मा नै tax तिरे होलान नत्र frobe ले किन रोज्ने थियो होला र?..नेपाल मा vat तिरे नतिरेको कसले भनेको मान्ने? नेपाल को भ्रस्ट कर्मचारी, सरकार ले कि..भ्रस्ट ब्यापारी ले?

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 3

  • neerose

    बधाई छ चौधरी साहेबलाई!
    अब बिनोद चौधरी ले अरु नेपालि लाई पनि फोर्ब्स पत्रिकाको अर्बपतीको लिस्टमा नाम् चडाउन सहयोग गर्नुपर्छ! देशको लागि र उहाँ आफ्नै सुरक्षा र सह-अस्तित्वो आनि समाजिकता साथै साथको लागि पनि!
    खासगरी देश भित्र भयकाहरुलाई!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 10

  • Bikram KC ( saudi arabia)

    हाम्रो देश नेपाल को प्रवृति नै यस्तै छ देश लै कंगाल बनायर बिनोद चौधरी जस्तो वाट छली गरेर, बनेको अरब पति लै सरकार ले कुनै एक्शन नलिए उल्टै बिनोद जस्तो देश लाई चुसेर कमायको पैसा ले करोड पति बनेको भन्दा दुख लागछा सो, लाखु नेपाली हरु खान नापयारा भोक भोकै मर्ने अवस्था छ भने बिनोद जस्ता कर को छली गरि २ नोम्बरी धन्दा गरि कमायको पैसा जनताको मझ मा बहादुरीको नाम नदेखाया पनि हुन्छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • Gorkhe

    यी बिनोद ले एस्पाली सिजी को सतुंगल को उद्योग मा आगो लगेर अर्बपति भए आर्को साल आर्को उद्योग मा आगो लगाएर खर्बपति बन्न्लन जस्तो ६..

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • bibek dhakal

    देशको एउटा ठुलो प्रतिशत गरिबी को रेखामुनि हुनु र औंला मा गन्न मिल्ने मान्छे अर्वपति हुनु भनेको गर्व गर्नु पर्ने बिषय जस्तो त मलाई ! तैपनि एक नेपाली को नाताले बधाई सम्म चाही दिनुपर्ला – साम दाम दण्ड प्रयोग गरि भएपनि वा छली चोरी तस्करी जे सुकै गरेपनि अब मनग्ये सम्पत्ति कमाइसके क्यार , बरु एसो समाजसेवा गरिदिए, रोजगारी को मार्ग प्रशश्त गराएर युवाहरुलाई राहत दिनसके चाही गर्व गरिएला….नत्र त के स्वाद छ र हाम्लाई ?

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 7

  • के भन्नु र खै ? नकारात्मक प्रतिकृया गरौ भने दाह गरे जस्तो हुन्छ । सकारात्मक प्रतिकृया दिउ भने नेपालका धनीहरुको बानी सबैलाई थाहा छ । सरकारले करमात्र भए पनि राम्रोसँग हिसाब गरेर लिनु पर्छ । अरु त मतलब छैन ।

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 4

  • Bipin

    The message is “if you want to be a billionaire, skip the college and join the trade”. That’s what Binod did at the age of 18. Congratulations Mr. Binod!!

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 10

  • Sagar

    $ १ billion को tax चाही कति तिरेको रहेछ सरकार लाई ???
    कि tax चाही सुन्य ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 99 Thumb down 6

    • Anamol KC

      tax त सबै एमाले का नेता हरु लै बुझाए होला नि || tax त एमाले का नेता हरु ले चाटी रहेका छन् नि ||

      मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 6

    • balaraam

      एस्त प्रतिक्रिया डाह, इर्स्या र खुट्टा तान्ने परविर्ति ले भरिपूर्ण मात्र हुन् ! साथि १ बिलियन त उन को सम्पत्ति हो ! एक वर्ष भन्नाले साउन को पहिलो दिन बाट असार को मसान्त भित्र को कमाई जति हुन्छ त्येश मा नेपाल को ट्याक्स प्रसेंटेज ले दिने हो ! साएद नेपाली लाइ साउदीमा लात हान्दै काम गराउदै गर्या चाही मन पर्छ ! देश मा कमसेकम एउटा त भयो येस्तै २०-५० जना भए रोजगारी त पाउने थिए भन्ने चाही छैन ! एउटा के भाको थ्यो त्येसको जरो खन्न मै तल्लिन सबै जना ! र एउटा कुरा संसार मा कसैले ट्याक्स आफै दिदैन – सरकार ले लिन सक्नु र जान्नु पर्छ ! लिन नजान्ने अनि छली गर्यो भनेर कराउनु पारि जंगल मा कराएको स्याल जस्तै हो ! तु प्रतिक्रिया आउला अब – एजेन्ट भनेर

      मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 17

      • Anamol KC

        तिमि agent नै हो नि || येस्मा त केहि शंका नै छैन नि || कर सरकार ले लिन जान्ने होइन, कर सरकार लै तिर्नु पर्छ, कर नतिर्नु अपराध हो जता सुकै पनि || किन दिन्न तक्ष, सबैले तिर्न पर्छ र तिर्छ tax || Tax नतिर्ने अपराधी हो र सजाए को भागिदार हुन पर्छ सबै लै || र चौधरी सोल्टी लाइ पनि कर चलेको प्रमाणित भएमा, नियम अनुसार जेल मा कोच्ने हो कि के गर्ने हो गर्न पर्छ ||

        मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 13

        • balaram

          अरु लाइ भन्दा के सी बाबु आफैले कति कर तिरेका छोउ ? आफैले आफैलाई सोच एकपटक ! कर मेरो यति हो भन्दै कसैले आफै आएर तिर्दैन ! तिम्रो सरकार नै निकम्मा छ ! कर को निर्धारण गर्न बसेका तिम्रा कर कार्यालय का कर्मचारी लाइ निर्धारण गर्न नै आउदैन ! निर्धारण गरे उठाउन आउदैन ! यो तिम्रो डाह बाहेक अरु के होर के सी बाबु ! सत्य कुरो सत्य नै हुन्छ ! चाहे एजेन्ट भन चाहे दलाल भन ! हुन त सुँगुर लाइ ओछ्यान कहा मन पर्छ र उसको प्यारो त रछ्यान नै हुन्छ ! साउदी अरब, दुबई, कतार तिर को तातो बलुवा नै प्यारो छ तिमीलाई !
          धन्यबाद !!!

          मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 11

          • Anamol KC

            कस्तो सुँगुर को कुरा थाहा पाको हो तिमि ले || सोल्टी पनि सुँगुर नै हो कि जस्तो लग्यो ni || के के मन पर्छ सब थाहा रैछ || अनि फुर्ति त DV lottery परेको ले दिने जस्तो देको छौ त || म त एकदम तातो तातो बालुवा म सुतेको छु | के गर्ने, तिमि जस्तो DV परेन || आफ्नो त कतार को साउदी को DV पर्यो || कि सोल्टी पनि refugee status मा हो माओबादी ले लखेट्यो, नेपाल मा खान बस्न पयियेना भनेर ||
            ल त म लगाएत खाडी म भएका साथी हरु तातो बालुवा मा सुत्न लाग्येउ

            मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 5

          • Bibek Dhakal

            बलराम जी, अलिकति बुद्दि पनि लाउनु पर्यो कमेन्ट लेख्दा ! नेपालीहरुले खाडी मा गएर तातो मरुभूमि मा केहि हजार को लागि दुख गर्दै परिवार पाल्नु रहर होइन बाध्यता हो जुन देशको श्रोत को असामान वितरण ले गर्दा भाको हो…यहि असामानताको फाइदा उठाएर केहि नेताहरुले बन्दुक बोकाएर भाइ भाइ दिदि बहिनि लडाए जसको परिणाम आज देशले भोगी रहेको छ !

            अहिलेको जमानामा क्यापिटलिजम वा अर्थिक संचय को बिरोध गर्नु असान्दर्भिक जस्तो देखिएला तर १०१ जना रहेको समाजमा ९५ जना फुटपाथमा सुत्ने र ६ जना को परिवार महल मा बस्ने भयो भने के होला ? अहिले अस्ट्रेलिया र धेरै युरोपियन देशहरुमा ट्याक्स रेट उच्च रखिएको छ, जसले सम्पत्तिको ब्यापक भन्डारणलाइ केहि हद सम्म निरुत्साहित गर्छ ..तब त सोसल सिक्युरिटी पनि राम्रो हुन्छ! यहाँ त सरकारमा बस्नेहरु स्यवं ठुला व्यापारीलाई ट्याक्स छल्न सहयोग गर्छन! यस्तो बेलामा उनि १००यौ धनि भित्र परे पनि के हर्षोल्लास गर्नु?

            मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

          • वीना ढकाल

            बलराम जी,
            हामी सर्वसाधारणले त पाइलै पिच्छे कर तिरेका छौँ। रेस्टुरेन्टमा खाना खाँदा १३ % भ्याट र १० % सर्भिस चार्ज, फोन गर्दा ट्याक्स, फिल्म हेर्दा ट्याक्स।
            विनोद चौधरीले चाहिँ कर नतिरेर छलेका हैनन्, नक्कली भ्याट बिल बनाई नतिरेको कर तिर्‍यो भनी देखाएका हुन् । नक्कली नोट छापेको जस्तै । हामी उपभोक्तासँग लिएको १३ % भ्याट सरकारी ढुकुटीमा जम्मा नगरी आफ्नै गोजीमा हालेका हुन् । तिम्रो सरकार निकम्मा हैन तिम्रो मालिक चोर फटाहा हो ।

            मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 5

          • balaraam

            त्यो जाबो अमेरिका मा किन जाने केसी बाबु ? र तिम्रो जस्तो सरणार्थी सोच मेरो छैन ! बकाइदा पढेर सी ए फाइनल को तयारि गरिरहेको छु ! एकोनमि मा डिग्री गरिसकेको हु ! र जाबो नेपालै फर्केर ४०-५० हजार को जागिर को आस गर्नुपर्ने हामि लाइ छैन !सुँगुर भनेर तिम्रो ज्यान लाइ भन्या त होइन तर तिमेरु को दिमाग त्येही सुन्गुरे प्रबिर्ती भन्दा माथि चाही पटक्कै छैन ! @ बिना बिबेक का बिबेक जी संसार का कुनै धनि ले गरिब लाइ पाल्ने ठेक्का लिएका हुदैनन् ! बिबेक बिना का बिबेक जी त्येसो भए अमेरिकन हरु त कोहि पनि बाटो मा सुत्न बाध्य हुने थिएनन् ! अनि चिनिया हरु भिख मागेर बस्ने थिएनन् ! ब्यापारी को काम ब्यापार गर्ने हो !

            मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 5

            • Anamol KC

              यो बलराम सोल्टी ले धेरै खोक्यो | CA रैछ, धेरै ठुलो मान्छे, धेरै ठुलो विचार बोकेको मान्छे रैछ यार…;) ….अझै अर्थसास्त्र मा डिग्री गरेछु रे || सहि हसायो यार || एकदम ठुलै बाघ मारेछ यार CA र अर्थसास्त्र पढेर || आफु त औंठा छाप परियो, बालुवा मा सुत्ने परियो के गर्ने, हाहाहा क्या मज्जा ले ego hurt भएछ सोल्टी को येहा ब्लग को सबै लाइ ठुलो मान्छे भनेर चिनाएको रे || नहुने चामकिंच हुने गम्किंचा भनेको येही हो | अनि एकदम ठिक कुरा हो दिमाग त मेरो सुँगुर कै हो किनकि सुँगुर को मासु खान्छु मैले धेरै || तर तिमि त एकदम ठुलो मान्छे भएर पनि कस्तो सुँगुर को ……. जस्तो कुरा गरेको ….सुँगुर को …….त खान्नौ नि | अनि कसैले तेत्रो पढेको पनि छैन होला अहिले सम्म त, संसार मै त नभनम, नेपाल मै ;) ……तपाई धेरै ठुलो मान्छे हुनु हुदो रैछ …..sorry है म जस्तो ले तपाई ले जस्तो कुरा गरेको मा || ल त फेरि तातो बालुवा मा सुत्न gaye है म ||

              मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

            • Sagar

              बलराम बाबु तिमि इकोनोमिक्स मा मास्टर गरेको ले बुध्धी बिग्रिएर c A पढेको थुएक्क तिम्रो शिक्षा … CA को फुर्ति नलागौ बलराम .. पहिला study complete गर अनि कमेन्ट गर है संसार को बारे मा little knowledge dangerous !!!!

              मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 3

              • balaram

                यहि डाह गर्ने बानि त हो दिमागी सुकुम्बासी हरु को ! कोहि दिमागी सुकुम्बासी हरु ले सजेसन दिनु पर्दैन !

                मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 4

      • Sagar

        Meaning less कमेन्ट ब्रो
        Tax pay is obligation not optional ब्रो keep इन mind

        मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

    • madan bajracharya

      सगरज्यु
      कर तिरेको छैन छलेकोछ
      बैंक बात लियको ऋण पचायकोछ
      बैकलाई तिर्नु पर्ने ब्याज चपायको
      ठुला नेतालाई निजि सचिव बनायकोछ
      दलका कार्यकर्तालाई ढोकामा पाले राखेकोछ
      लियको ऋणतिर्नु परे लोतापति हुने अरवपति बनेकोछ/

      मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sam

    बधाई छ नेपाल को सेकेन्ड अरब पति लाई first त पूर्व राजा ज्ञाने नै हो क्यारे. Third र fourth मा रामे र पर्चंडे नाम औछाहोला. बधाई

    मन परे हरियो नपरे रातो ! Thumb up 47 Thumb down 10

  • कमल थापा(साउदी अरब)

    गरीव देशको धनि मानिस, ठीकै होला…. तर आमा बुबालाई बृद्धा आश्रम मा राखेर धर्मको प्रचार गरे जस्तै लाग्यो, किन कि यीनले देश र जनताका लागि ब्यापार गरे, आफ्नै फाइदाका लागि/ नाम राख्नु एउटा कुरा तर काम के ….. त्यो पैसा र नाम तीन करोड नेपालीले, नेपाल आमाले कसो गरेर, किन खुशी हुने??? मनमा प्रश्न खेली रह्यो/

    सगरमाथा, बुद्धको देश, जल को धनि … तर ब्यभहारिक उपयोग खोइ? यस्तै त होला…… !!! ……. ???

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 3

  • raj

    जे भनेपनि यो देशको नाम राखेकोमा खुसि छु अरू सफलताको कमान

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 21

  • damodar

    एसको को सर्बनास येइ जुनी मा हुन्छा…..कर छली अर्ब पति ध्हिकर छ एस्लाई…

    मन परे हरियो नपरे रातो ! Thumb up 45 Thumb down 8

  • देशको राजश्व छलेर धनी भएकोमा नेपाली जनता खुशी हुनुपर्ने कारण म देख्दिन……अब झन अरु व्यापारी पनि खरबपति हुने धुनमा देशको राजश्व छल्ने धन्दामा लिप्त हुने हुन कि भन्ने डर पो पलाएको छ…..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 43 Thumb down 2

  • Pasang

    लाटो देस मा गढ़ो तनेरी भने को पनि बिनोद चौधरी नै हो

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 7

  • Pasang

    काग लाई बेल पाक्यो हर्ष न बिस्मात!
    लासा मा सुन छ मेरो कान बुच्चै!
    भनेको येही हो

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 2

  • तेन्जिंग गाबा

    लौ बधाई छ कामरेड
    संसारको सबै भन्दा “धनि कम्युनिष्ट नेता” हुन् “कामरेड बिनोद चौधरी”

    जदौ

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 4

  • dev

    धनी झन् धनी गरिब झन् गरिब अरबपति भए र के गर्नु रोडको मान्छे रोड मै हो

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • तेन्जिंग गाबा

    धनि र गरीब बिचको खाडल संसार भरि नै बढ्दो छ त्येस्लाई नियन्त्रण गर्न हाम्रो औकात ले भ्याउदैन चीन-भियतनाम जस्तो साम्यवादी-समाजबादी भनाउदो देशमा पनि फस्टाएको समस्या हो /
    तर
    हाम्रो देशको समस्या चाही धनि धनि बिचमा पनि बिशाल खाडल तयार भैसकेछ यो कत्तिको भयाबह हुन्छ सबैलाई बेलैमा चेतना भए असल हुन्थ्यो कि भन्ने हाम्लाई लाईराछ /

    जदौ

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 1

  • Ashok Khadka

    बिनोद चौधरी नेपालको अब्यबस्थित,असन्तुलीत र अपारदर्शी अर्थतन्त्रको उपज एक ब्यापारीक खेलाडी मात्रै हुन् उनी उद्दमी ब्यबसायी हैनन्! धनी हुनु र उद्दमी ब्यबसायी हुनु फरक कुरा हो । खै उनले स्वदेशमा ठूला ठूला उधोग, कलकारखाना खोलेर नेपालीलाई रोजगारी सृजना गरया !? खै उनको सामाजीक उत्तरदायीत्व !?भ्याट छलेको काण्डै काण्ड कता सेलायो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 4

  • Sisir

    जे होश नेपालमा पनि अरबपति रहेछन , राम्रै कुरा हो .. उनले अरबौ कमौदा राज्यलाई तिर्नु पर्ने कर पनि सहि तरिकाले तिरी दिए राम्रो हुने थियो ..

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 3

    • Anamol KC

      आफ्नै team को पर्यो तेही भएर comment गरे जस्तो acting गरेको क्या सिसिर ले || कर तिर्दे भए हुन्थ्यो रे नत्र हाम्रै पार्टी लाइ तिर्दे भए हुन्थ्यो भने भैहाल्यो नि || हुन त पार्टी चलैदे को नै यिनैले होलान || अधिकारी बुढो अहिले अस्पताल मा लादिरचन जसले चौधरी लै कर चल्न मद्धत गरे || कता कता मर्ने बेला मा गरेको कुकर्म ले पोल्दो होला नि ||

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 4

      • Sisir

        कस्तो कस्तो घटिया मानसिकता भएका मनिषहरु हुदा रहेछन ..अलि सभ्य र तर्कसंगत कुरा गर्नुष न .. यो भन्दा अगि येही ब्लगमा यिनै चौधरीको सन्धर्भमा मेरो कोमेंट पदनुष अनि थाहा हुनेछ को कुन टिम को भनेर .. हरेक व्यक्ति कसै न कसैको एजेन्ट देख्ने कस्तो आखा हो यार यो ? येस्तै हरेक चिजमा नकारात्मक सोच र खुट्टा तान्ने प्रवृति नै हो हामी नेपालीले प्रगति गर्न नसक्नुको मूल कारण ..
        रह्यो कर छलीको कुरा यो मामलामा हामी कुनै पनि नेपाली कोहि भन्दा कोहि कम छैनौ , सानो कारोबारीले थोरै , ठुला ठुला कारोबारीले धेरै छली गरि रहेछौ ..चौधरीले पनि करोडौ छली गरेकै हुन् .. येस्मा हामी सबै उतिकै दोषी छौ .. आखिरी नुन चोरे पनि चोर सुन चोरे पनि चोर .. यी ठुला चोर हुन् हामी साना चोर हौ .. हामी मध्ये कति नेपालीले आफुले प्रयोग गर्ने मोबाइल को कर तिरेका छौ त , घर भाडा कर , लत्ता कपडाको कर , घरायेसी एलेक्त्रोनिक्स सामग्रीको कर लगाएतका कर राज्य लै सहि तरिकाले तिरेका छौ .. पहिले हामी सबैले आफ्नो मुख पनि ऐनमा हेर्ने हो कि ..
        यहाँ प्रसंग सकारात्मक कुराको हुनाले मैले सकारात्मक कमेन्ट गर्न खोजेको मात्र थिए , तर हामीहरुलाई हजम हुने कुरै भएन ..
        सबैलाई कसै नै कसैको एजेन्टको बिल्ला लागैदिनु भो, जादा जादै तपाई चाही कसको एजेन्ट त्यो पनि जान्न पाए आभारी हुने थिए .. भगवान्ले हामी सबै नेपालीलाई सकारात्मक सोच पनि प्रधान गरुन ..
        रह्यो भारत मोहन अधिकारीको कुरा, उनि प्रति मेरो कुनै सहानुभूति छैन.. यिनको त सम्पति छानबिन गर्नु पर्छ र मर्ने बेला नै किन नहोस भ्रस्टाचारको आरोपमा जेल कोच्नु पर्छ भन्ने मान्यता राख्छु म.. जय नेपाल ..

        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Deshbhakta

    सरकारलाइ दिने tax आफ्नु आम्दानीमा जोडे पछि, त बबाल नि, कामदार लाइ दिनु पर्ने पारिश्रमिक आफ्नु आम्दानीमा जोडे पछि

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • योगेश आदी

    निरपेक्ष गरिबीको रेखा-मुनी २९% जनसंख्या भएको गरिब देश नेपालको नागरिक “बिलियनायरपति” भयो; भन्ने समाचारले हर्ष र बिस्मात दुबै उर्लायो!!
    -अरु भन्दापनि बिदेशीहरुले दुइपटक जिब्रो टोक्ने भए; पहिलो, नेपाली पनि बिलियनायर भनेर.. अनि दोश्रो पटक, नेपाली बिलियनायरले अन्य मिलियनायरले जति पनि कर नतिरेको देखेर !!

    एमालेका युवा नेता योगेश भट्टराईजीले बिनोद चौधरीजीको बेस्सरी तारिफ गरेर यदि बिनोदजीले “१०% मात्र समाजसेवामा लगाए भने” भनेर मिठो कल्पना पनि गर्नुभएको रहेछ ।
    १०% त अत्ति भयो । १ बिलियन डलरको १% मात्र पनि नेपाली रु. ८७ करोड हुन्छ ।

    खैर जेसुकै होस् बिनोदजी तथा सम्पूर्ण नेपालीलाई बधाई !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • Sarju

    मात्र अरब पति होइन, त्यो सबै पैसा आफ्नो सिप र कलाले सबै कानुनी तवरले कर तिरेर कमाएको/जम्मा गरेको भए वाह अरब पति भन्नु गर्भ हुने थियो / भ्याट मारेर, नक्कली, जालसाजी, कालाबजारी, अपहरण गरेर जम्मा गरेको पैसा अरब होस् कि खरब? जनताको रगत शोशेर मोटाएको भाम्पायेर हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • rajendra

    यति धेरै सफलता पाउदा पनि बिनोदले त्यति राम्रो प्रतिक्रिया नपाउनुले उनले आफु अर्वपति भएको महशुश हुनेगरी जनताको सेवाकोलागि राम्रा राम्रा कार्यक्रम ल्याउनु पर्यो नत्र भन्ने छन् जनताले- कागलाई बेल पाक्यो हर्ष न बिस्मात /

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

    • rajendra

      यति धेरै सफलता पाउदा पनि बिनोदले त्यति राम्रो प्रतिक्रिया नपाउनुले उनले आफु अर्वपति भएको महशुश हुनेगरी जनताको सेवाकोलागि राम्रा राम्रा कार्यक्रम ल्याउनु पर्यो नत्र भन्ने छन् जनताले भन्ने छन्
      - कागलाई बेल पाक्यो हर्ष न बिस्मात /

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • भ्याटमारा पनि चोर, कुण्डले मुण्ड्ले, भुसतिघ्रे पनि चोर ! कोहि सुटबुट लगाएर चोरी गर्छन कोहि कुन्डल मुन्दल लाएर ! यिनीहरु सबै चोर हुन् | बरु यिनीहरु भन्दा ति सडक किनारमा गिट्टी कुट्नेलाइ हेर्दा मुटुदेखिनै स्रद्दा र इज्ज़त निस्किन्छ | नेपालमा कानुनीराज हुँदो हो त यस्ता भ्याटमारा र भातमाराहरु खोरमा हुने थिए……………

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

  • Nabin Nepal

    हाम्लाई बाल मतलब

    मन परे हरियो नपरे रातो ! Thumb up 55 Thumb down 17

    • गोबिन्द प्यासी

      टिप्पणी नै नकारात्मक छ, ! देश मा हजारोउ बिनोद चौधरी हुनुपर्छ ! एउटा बिनोद चौधरी ले ३०००० जना लाइ प्रत्यक्ष अप्रत्य्क्ष रोजगारी दिएको छ ! १००० जना बिनोद चौधरी भए भने कोहि नेपाली तातो बालुवा मा मर्नुपर्ने थिएन ! हुन त मेरो कमेन्ट सायदै छापिएला, छापिए पनि बिनोद को दलाल को ट्याग लाग्ला ! तर ध्रुब सत्य त्येही हो ! विदेश बाट फर्किदा बंगलादेश मा अलपत्र परेर ३ दिन सम्म ट्वाइलेट को पानि खाएर बसेका नेपाली लाइ उद्दार गर्दा देश को हालत सम्झेर यो मन जति रोएको थियो ! आज बिनोद को अन्तर राष्ट्रिय उपस्थितिले त्यति नै खुसि भएको छ ! एउटा होइन देश मा सयोउ बिनोद को आवस्यकता छ ! नेपाली को मानसिकता नै त्येही छ, धनीलाई गरिब बनायो भने समता मुलक समाज हुन्छ !

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 12

  • vanya

    देसै लुटे पछि त अर्ब पति हैन खराब पति हुन बेर लाग्दैन , नेपाल भन्ने मुलुक मा जसको सक्ति तेस्को भक्ति भै राखे को बेला मा ..बीनोदे का दिन फिरे क़ा,,

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 77 Thumb down 14

  • भ्याट छलेर , कर नतिरेर , देशको हितलाई भन्दा आफ्नो मात्र भुडी भर्न तल्लिन यस्तो बिस्वका गरिब देशको धनि ब्यापारी प्रति मा विस्वका गरिब देशको गरिब जनताले गर्ब गर्नु पर्ने कुनै कारण देख्दिन/
    मेरो देश झन् गरिबीको दलदलमा फश्दै जानुको मुख्य कारण यी ठग भ्याट , कर छल्ने अनि देशको बिकाशमा कुनै योगदान दिन नखोज्ने ठग ब्यापरिहरुनै हुन् भन्ने हाम्लाई लाइराछ /

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 99 Thumb down 7

  • त्यो बिदेशी पत्रिका फोर्ब्सलाई के थाहा अरबपति भनिएका बिनोद चोरको काण्डहरु.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 94 Thumb down 10

  • roshan

    अमेरिका मा हुने हो भने भ्याट छलेको काण्डले जेल पति हुन्थ्यो नेपालमा अरबपति नेपाल को कानुन बाबुराम र प्रचण्ड लगायात का दलाली नेताहरुले जानुन

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 104 Thumb down 8

  • Bal

    अरबपति भए पनि खरब पति भएपनि
    देश मारा हो नकली Vat बनाएर देश डुबाउने

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 98 Thumb down 3

  • sujan

    भ्याट छली प्रकरणमा मुछिएको मान्छे जति नै धनि भएपनि मेरो नजर मा गरिब नै हो !!! जनताको कर सरकार लाई नदिने येस्ता धनी पनि के धनी !!!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 79 Thumb down 6

  • Harke

    खाने मुखलाई जुंगाले छेक्दैन………..भन्थे…..!

    “नेपालमा केहि गर्ने बातावरण नै छैन…..” भन्ने(हामी)हरुलाई गातिलो झाप्पड हो यो समाचार….चेतना भया !

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 34 Thumb down 63

    • द्रोण

      इन्डिया को काख मा बसेर ,नेपालि बनेर ,माफियासग गतिलो रिस्ता बनाए
      नेपाल मा सफल ब्यापारी ,राजनीतिग्य ,बिद्द्वान ,बुद्दिजिबि भइन्छ |
      नत्र भगवान कोइराला हरु मात्र किन राजिनामा दिन बाध्य बनाइन्थे ?
      गरि खाने को उदाहरण मा यो मान्छेलाई लिदा अरु लाखौ गरिखाने को अपमान हुन्छ कि ?
      बिजनेस पढेर,प्राक्टिस गरे ब्यापारी हुने ,राजनीति सास्त्र पढेर नेता हुने ,बिज्ञान पढेर बैज्ञानिक हुने र साहित्य पढेर साहित्यकार हुने बाताबरण कत्तिको छ हामिकाहा प्रश्न उठ्छ |

      मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 4

      • Harke

        द्रोण जी,
        उ धनीको सुचिमा पर्यो र नेपालमै ठेगाना लेखेको छ…! भाको तेती हो…! चौधरीको धन कालो-हो या सेतो तेस्को बर्गिकरण गर्ने काम कानुनले गरोस !

        तेस्को भन्दा धेरै धन ज्ञाने वा पुकदाकै पनि होला…तर देखाउने हिम्मत त छैन नी तिनीहरुको !

        पढेर मात्रै पैसा कमाउन सकिने बाताबरण त अमेरिकामै पनि छैन नी, किन कि “बिल गेट्स” पनि त हार्वर्ड ड्रोप-ओउट हो नी…होइन र ?

        मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 7

        • द्रोण

          हर्के जी
          अमेरिका बा विश्व को कुनै पनि देश मा जहा नियम कानुन को पालना हुन्छ (अपबाद बाहेक ) ,सिस्टम छ त्याहा त् निश्चय नै पढेर प्रोफेसर हुन्छ ,बैज्ञानिक (पोस्ट डक) हुन्छ ,आजकाल धेरै नेपालि तेसैगरी पैसा कमाएका पनि छन् |खालि पसिना इमान्दार पुर्बक बगाए पुग्छ |
          हामि का सिस्टम न हुदा त्यो बाताबरण छैन ,र आर्को बिल्गेट्स अपबाद हुन् ,सबै मान्छे बिल्गेट हुन् सक्दैन | तेसो त् नेपाल मै पनि कति चार पास बिधायक भए ,करोडौ कमाए |हामीले सिस्टम को कुरा गर्ने हो ,सिस्टम मै रहेर ठुला बनेका भगवान कोइराला को तारिफ गर्ने हो ,एकै चोटी दुलो बाट निस्केर हिरो बनेको पु क दा ,सिस्टम मै चलेर भन्दा सिस्टम को घोडा चढेर धनि भएका बिनोद चौधरी को प्रसंसा गर्ने हैन नि हैन र ?

          मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

          • Harke

            द्रोण जी,
            हाम्रोमा राम्रो सिस्टम छैन, तेसमा हर्केको अर्को मत छैन…..!

            पढेर बैज्ञानिक हुन त नेपालमा सकिन्छ र तुलनात्मक रुपमा राम्रो जीवन स्तर पनि हुन्छ…! तर तुलना एस एल सी पास भएर प्राथमिक बिद्यालयको शिक्षक भएका संग गर्नु पर्छ. :) .
            अर्को कुरा, अमेरिकन post-doc को बार्षिक आम्दानी, कुनै पनि State को औसत आम्दानी भन्दा कम नै छ रे, होइन र ?
            राम्रो सिस्टमको आशा गर्ने हो भने, राम्रो कामको सुरुवात त गर्ने तर टुंगोमा पुर्याउन नसक्ने लाछीहरुको तारिफ गर्न पनि छोड्नु पर्छ…!
            चाहे त्यो डा. भगवान कोइराला होस् या रामेस्वोर खनाल…..!
            राम्रो काम सुरुगर्न त पदमा पुगेको जो कोइ ले पनि सक्छ तर टुंगोमा नपुर्याई बिचमा आफै राजिनामा दिनेहरु लाछी हुन्, कम पुरा गर्न नसक्ने तर प्रसंसाका भने भोकाहरु हुन्…..! तिनीहरुको प्रसंसा गर्नु र अपराधीलाइ नेता बनाउनुमा तात्विक फरक हर्केले त देखेन….तपाइले देख्नु भो कि ?

            FORBES ले गणना गरेको चौधरीको सम्पति, नेपाल सरकाले सेतो धन भनेर certified गरेको सम्पति नै हुनुपर्छ भन्ने हर्केको बुझाई हो…! सम्पति के-के गरेर कमायो तेस्को discussion अरु ब्लग मा गरुम्ला…! अहिले, उसले कमायो…र .नाम दर्ता गरायो…! नाम दर्ता हुनु ठुलै कुरो हो, जो बिदेसिएका उपेन्द्र महतो र डा रसेंद्र भट्टराई भन्दा फरक कुरो हो !

            मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

            • द्रोण

              हर्के जी
              तुलनात्मक रुप मा ब्यापार गर्ने को भन्दा त् एकेडेमिक लाइन मा निश्चय पनि औसत आम्दानी कम नै हुन्छ कुरा नेपालि रुपिया मा हिसाब गर्दा र नेपाल कै सम क क्ष्यी सग तुलना गर्दा को हो |
              आर्को कुरा इमान्दारी पुर्बक प्रयास गरिएको छ र तेस्मा असफल भएको छ
              भने पनि राम्रो थालनी गरेकोमा क्रेडिट त् दिने पर्छ नि हैन र ?हामि आम नागरिक ले तेस्तो प्रयास गर्ने को हौसला बढाउने ,वाह वाहि गरे पो नया आउने पिढी ले पनि तेस्लाई निरन्तरता दिन्छ र संस्कार बस्छ |
              तेत्रो पढेका ,पी यच दि गरेका ,खारिएका मानिस ले सकेनन भन्दा हामीले समस्या जटिलरहे छ भनेर पनि बुझ्नु पर्छ नि |
              सबै हिरो हुदैनन् हर्के जी ,तेसो भनेर उफ्रने प्रयास नै न गर्ने हो र उफ्रने कोसिस गर्नेलाई न हौस्याउने हो भने पर्खाल कसले नाग्न सक्छ ?

              सफल हुने हरु र पारि पुराउने हरुले मात्र जस पाउने ,र पोजिटिब प्रयास गर्ने तर असफल हुने ले जिरो जस पाउने भन्दा पनि ,पहिलो ले फुल क्रेडिट पाउने ,दोस्रो ले आम्सिक भन्दा राम्रो हुन्छ कि ?

              अनि घर को जुका लाइ परका ले चिप्ले किरा देखे भने त्यो त् उनीहरुको समस्या हो ,हामीले त् नजिक बाट देखेकोले चै जुका भन्न छोड्नु हुन्न कि ?

              मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

              • Harke

                द्रोण जी,
                जुकालाइ त जुकै भन्ने हो….!
                यहाँ छिमेकीले (FORBES) जुका वा चिप्लेकिरा भनेर बर्गिकरण गरेको भन्दापनि, को मोटो छ र को पातलो छ (त्यो पनि परेका निबेदनको आधारमा) भनेको हो, हैन र ?
                जसरि भएपनि मोटाउन मात्र खोज्नेलाइ नेपाल पनि फाप्दो रैछ भनेको पो त !
                रगत चुसेर मोटाउने जुका भन्ने वा साग-पात खाएर मोटाउने चिप्लेकिरा, त्यो त आफ्नो-आफ्नो बिबेक मा भर पर्छ, कि कसो ?

                मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

              • Harke

                द्रोण जी,
                जुकालाइ त जुकै भन्ने हो….!
                यहाँ छिमेकीले (FORBES) जुका वा चिप्लेकिरा भनेर बर्गिकरण गरेको भन्दापनि, को मोटो छ र को पातलो छ (त्यो पनि परेका निबेदनको आधारमा) भनेको हो, हैन र ?
                जसरि भएपनि मोटाउन मात्र खोज्नेलाइ नेपाल पनि फाप्दो रैछ भनेको पो त !
                रगत चुसेर मोटाउने जुका बन्ने वा साग-पात खाएर मोटाउने चिप्लेकिरा, त्यो त आफ्नो-आफ्नो बिबेक मा भर पर्छ, कि कसो ?

                मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • देस को केहि त राम्रो समाचार सुन्न पाईयो खुसि लाग्यो ,कर्म गरे भाग्य बन्दै जान्छा अरु नेपाली पनि अरबपति भएको सुन्न पाइयोस ,बधाई छ बिनोद दाई लाई देसको नाम राख्नु भएको मा ,अनि हजारौ लाई रोजगारी दिनु भएकोमा ,अझ राम्रो खबर सुन्न पाइयोस

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 36

  • arun

    देस को पैसा बाहिर गयो भनेको त होइन रहेछ बिनोद चौधरी ले पो राखेका रहेछन धन्य पशुपतिनाथ ले नेपालीलाई हेरेकै रहेछन / ल अब बिनोद जी संग सापटी लिएर हुन्छकी मागेर हुन्छ देस निर्माण गर्न तिर सम्पूर्ण नेपालि हरु लाग्नु पर्यो / फोर्ब्स पत्रिका लाइ धेरै धेरै धन्यबाद, करोडौ जनता गरिब भएको देस मा, एक्लो धनि व्यक्ति को पहिचान गरिदिएकोमा / अब हामी गरिब नेपाली को दुख का दिन गए जस्तो छ किनकि सारो गारो मा बिनोद जी सधैं हाम्रा माझ मदत को लागि दुइ हात मात्र नभैकन बिसाल छाती नै खोलेर तम्तयार का साथ रहनुहुने संकेत देखेको छु अब का दिन हरु मा /

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 21

  • sabita

    आफ्नो बुध्ही, मेहेनेत, लगन ले कमाएर धनी हुन देश को गरिबी ले रोकेन..यो पनि एउटा राम्रै, उदाहरनिय कुरो हो/ खुट्टा तान्ने, अड्चन थाप्ने हरु सबै लाइ पछारेर यो मुकाम मा पुग्नु सजिलो कहाँ होला र? जे होश यति भए पछि नेपाली सबै गरिब मात्र छैनन् है भनेर भन्न पायौ.. धेरै धेरै बधाई छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 29

    • भ्याट मारेर माथि पुग्नु पनि राम्रै कुरा हो | ल बधाई छ |

      मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 1

      • sabita

        vat मात्र मारेर माथि पुगेका हुन् रे? ये मलाई थाहा थिएन त्यस्तो कुरा त..मैले त worldwide businessman हुन् भन्ने पढेको थिए.. हुन त forbes त्यसै त रोजेन होला नेपाल मा नतिरे पनि अरु देश मा चाही तिरे होलान.. बल्ल बल्ल एक जना नेपाली धनि भनेर चिनिएका छन्..इजत राखिदिए हुने.

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • Biswash

    सम्पति आर्जन र सामाजीक कार्य समानुपातिक रूपमा गर्दै अमेरिकन बिलिनियर्स हरुले समाजमा राम्रै इज्जत र सदभाव कमाएको देखिन्छ | आशा गरौ नेपाली बिलिनियरले पनि सम्पति को साथ् साथै सामाजीक सदभाव र इज्जत कमाउन तिर पनि जोड दिन नाबिर्सुन | मेरो शुभकामना !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • nunho lama yolmo

    भारतीय मूल को रे नेपाली रे ,नेपाल बाट नै पहिलो अरब पति रे,यसमा नेपाली ले रमाउनु पर्ने केहि देख्दैन बरु नेपाल बाट कमाऊ भारत मा जमाउ,भ्याट छल्ने भने पछि सरकार को नजर मा चोर होइन त? खोइ त चोर लाइ कारवाही भएको? एउटा बिदेशी बिदेशी नै हुन्छा खराब पति होस् वा शंख पति होस् ,

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 5

  • pradip

    vat छलेर भए पनि अरबपति भएर छाड्यो , खपरमा त लेखेको नै रहेछ .

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 46 Thumb down 2

  • Kapil

    अब बिनोद चौधरीलाई भारतीय मुलका भनिरहन ठीक नहोला| उनी खाँटी नेपाली हुन्| नेपालीमा सुत्छन, रुन्छन, हाँस्छन, उठ्छन र बस्छन| त्यस्तै हो भने कतिपय छेत्री बाहुन र पछि बाट भित्रिएर उपत्यका बस्ने सबैलाई नेवार भनिएकोले गुजरात, उडिस्सा, महाराष्ट्र आदि बाट आएर नेपालमा पुस्तौ बसेकालाइ पनि भारतीय मुलका भन्नुपर्ने स्थिति आउँछ| नव मधेसीहरुको कुरै नगरौ|

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 6

    • Sisir

      बिनोद चौधरीका हजुर बुबा नेपाल आउदा भारत भन्ने देश नै थिएन तेसैले यिनी भारतीय मुलका भने होइनन , भारत र पाकिस्तान भन्ने देश त ६६ बर्स अघि सन् १९४७ मा ब्रिटिसले बनैदियेका हुन् .. यिनलाई बरु राजस्थानी पुर्बजका नेपाली भन्दा ठिक होला .. काठमाडौँ को नेवारी टोलमा जन्मी , फरर नेवारी पनि बोल्ने , १०० वर्ष देखि नेपालमा बस्दै आएकालाई नेपाली नै भन्नु पर्ला ..

      मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • kedar

    भ्याट छली तथा अनेकन ठगी गरेर पनी अर्बपती भइन्छ भन्ने उदाहरण बनेकोमा चौधरी जी लाइ बधाई छ / संबिधानशभाको सदस्य हुँदा काठमाण्डौ मै घर भएर पनी घर भत्ता थाप्ने र अरु साधारण सदस्य सरह सम्पूर्ण सुबिधा उपभोग गर्ने यिनले के चै माखो मार्लान र नेपालको पहिलो अर्बपती भनेर खुसि हुनु ? यिनी पशुपती दर्शन गर्न गए भने बाटामा बसेका भोका नाङ्गा माग्ने लाइ एक छाक नाटरने खुजुरा पैसा छर्दै हिड्छन र डकारेर बसेका भित्रका पुजारीलाई हजारका नोट र सुनका पाताले पुजा गर्छन / के खुसि के गम ?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • rajbhanu

    चोर, जाली र फटाहाहरुनै धनि हुने हुन् भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ !
    http://www.mysansar.com/archives/2011/04/id/18212

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 2

  • Prakash!

    बधाई छ, बिनोद जी|

    जसले जे सुकै भने पनि नेपालकोलागि खुसीको कुरा हो | अब गरिबी निवारण र युबाहरुलाई राम्रो हुने कार्यक्रमहरु ल्याउनोस, यसले तपाइलाई अमर बनाउछ | आखिर मरेर लैजाने के नै छ र, होइत ?

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 11

  • nabin bhai

    हाम्लाई बाल मतलब !

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 5

    • सन्जय

      बाल मतलब भएर त प्रगति हुदैन नि तपाई हरु जस्ता को ! पैसा कमौना कति गार्हो छ तपाई लै के थाहा !

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 6

  • Jenish

    कसरि नहोस त Tax नै छलेर सम्पति कमाए पछि?

    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 4

  • राज श्रेष्ठ

    $ १,०००,०००,००० सम्पत्ति हुनेले नेपाल सरकारलाई कति कर तिरेछन त? बताइदेउन फोर्ब्स, जान्ने मन लग्यो| हुन त सरकारमा बस्नेलाई तिरेपछि सरकारलाई तिर्न पर्दैन क्यारे!

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 58 Thumb down 3

    • bikka rana magar

      अनि त्यो tyaks भन्ने चाही जुन देस मा कमायो तही पो तिर्नुपर्छ भन्ने सुनेथे. यी कमेन्ट हरु हेर्दा नेपाल मा सबै मान्छे हरु इर्ष्य, द्वेष, डाह
      र जलन ले भरिएका छन् भन्ने लग्छ. गरिबी जहि पनि छ. नेपालको गरिबी बिनोद चौदहरी ले बडेको पनि होइन र उसले ठेक्का पनि लिनु छैन गरिबी घटाउन लै.

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 21

  • विजय

    सर्व साधारणको हीतमा न आउने पैसा नि के पैसा? गुणस्तरहीन सामान बेचेर, जनता ठगेर, स्वास्थ्य माथि खेलवाड गरेर कमाएको पैसा नि के पैसा? मन ठुलो हो, पैसा हैन ! फोर्ब्स ले लिस्ट मा राख्यो भन्दैमा चौधरी लाइ मैले धनि मान्दिन…..बरुआफु एक छाक खाएर दुनियाको हलो जोतेर आफ्नो परिवारको गाँस जुटाउने मेरो गाउँको हलिदाइको लागि मेरो इज्जत धेरै छ, लूटको कमाई गर्ने लाइ हैन !

    मन परे हरियो नपरे रातो ! Thumb up 40 Thumb down 7

  • prakash

    समाचर त राम्रो नै हो ! वहा अरब र खरबपति, करोडौ जनता रोडपति , तर पनि बधाई र सुभकामना !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 112 Thumb down 16

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker