मेरो Tweet

  • हिरो अर्जुन र हिरोइन निशा दुवैले सगरमाथा चढे। बधाई! अब उनीहरुले असफल फिल्मको सगरमाथा चढ्न नपरोस् भन्ने कामना पनि !
  • @KC_Prasanna @arpan_shrestha I got call from Nabil today, stating they are 'looking' in it and will call later or send new PIN by sms
  • हाम्रो अनलाइन संस्करण धधध।भचबवमजबलष्।अयm मा नियमित रूपमा समाचार सम्पे्रषण भइरहनेछ पो रे ! t.co/5MoZRGQq4P

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

गरे के हुन्न रैछ त नि

बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही नगर्ने ? यही सोचका साथ निजी क्षेत्र जुट्यो र केवल कार मोडलको यान्त्रिक पुल बनाउने सोचमा अगाडि बढ्यो। खर्च लाग्ने भयो झण्डै ५ करोड। अहो, यति धेरै रकम कसरी जम्मा गर्ने ? एकले थुकी सुकी, सयले थुकी नदी- यही उखान अनुसार उद्योग वाणिज्य संघले स्थानीय स्तरमै शेयर संकलन गर्न थाल्यो। जसले जति सक्छ, त्यति। २५ हजार रुपियाँदेखि १५ लाखसम्म गरी ४ सय ३५ जनाबाट रकम उठ्यो र गएको जेठ-असारदेखि पुल बनाउन थाल्यो नेपालकै रोपवे नेपाल प्रालिले। हिजो सोमबारदेखि यो व्यवसायिक रुपमा सञ्चालन हुन थालेको छ। अब बलेवाबाट कुश्मा पुग्न ५ देखि ७ मिनेटमात्रै लाग्छ।

यान्त्रिक पुल प्रयोग गर्न एकतर्फी भाडा अहिलेलाई सय रुपियाँ तिर्नुपर्नेछ। सार्कका पर्यटकलाई ३ सय रुपियाँ र विदेशीलाई सात डलर भाडा तोकिएको छ। प्रत्येक यात्रुको पाँच लाखको बीमा पनि गरिएको छ।

अहिलेलाई यो पुल निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छैन। त्यसैले परीक्षणको रुपमा व्यवसायिक सञ्चालन गरिएको हो हिजोदेखि। परीक्षणका क्रममा यात्रुको चाप, सञ्चालन खर्च, प्राविधिक समस्या हेरेर नयाँ भाडादर तोक्ने भनिएको छ।

दुई वटा यान्त्रिक कार (डब्बा) यो पुलमा जडान गरिएको छ। एउटा कारमा ८ जना अट्छन्। यो हिसाबले दुवैतर्फ गरी एकपटकमा बढीमा १६ जना आवतजावत गर्न सक्छन्। एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको छ।

यो पुलको लम्वाई ४ सय ८७ मिटर छ। सो पुलमा दुवैतर्फ पोल गाडेर ५ सय ५० मिटर लामा छ वटा फलामका लट्ठा जडान गरिएको छ।

पुल निजी क्षेत्रको लगानीमा कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडको स्वामित्वमा निर्माण गरिएको हो। यसले सरकारको मुख नताकी निजी क्षेत्र सक्रिय भएर आफै गरे पनि ठूल्ठूला काम संभव हुने देखाएको छ। व्यवसायिक रुपमा सञ्चालन भएर नाफा कमाउन थालेपछि यसको सफलताले सबैलाई दङ पार्ने पक्का छ।

कस्तो छ त पुल ? हेरौँ भिडियोमा-



कसरी काम गर्छ ?
मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित (Bi-Cable Bi-Directional) रोप वे हो। स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो। साथै डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ। विद्युत्शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ। नियन्त्रण इकाइ (Control Panel) बाट स्विच दवाए पछि २५ अश्व शक्तिको (Horse Power, HP) मोर्टारले फित्ता (Belt) को सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्का (Sheave) लाई तेर्सो पारि गाँसिएको हुन्छ। यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ। अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम (Clutch system) र ब्रेक सिस्टम (Break System) को पनि व्यवस्था गरिएको हुन्छ। यात्री बस्ने कोक्रो (Trolley) रोक्नको लागी प्लेटफर्म र ड्राइभ सचेतक (Sensor) को ब्यवस्था गरिएको हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ। ड्राइभ टर्मिनल (Drive terminal) बाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ। ट्रलीको माथिल्लो भाग लचकदार जोर्नी (Universal Joint or Ball and Socket Joint) को सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ।

अप्रेटर तथा सर्वसाधारण यात्रुहरुलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरुको समेत ब्यवस्था गरिएको हुन्छ , विश्वब्यापी यातायात सुचकहरुका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ। मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन। थप जानकारी यहाँ छ। फोटो सौजन्यः रोपवे नेपाल

अर्को भिडियो हेर्नुस्-

40 comments to गरे के हुन्न रैछ त नि

  • सर्बप्रथम mysansar.com धेरै धेरै धन्यबाद, हाम्रो सानो प्रयास लाई स्थान प्रदान गर्नु भयकोमा, उचित सल्लाह, सुझाब, प्रतिक्रिया, हैासला, उत्साह प्रदान गराउनु भयकोमा पाठक मित्त्रहरु प्रति हार्दिक आभार प्रकट गर्दछु
    परमपरागत तुईन घिर्लिन् हरु लाई यान्त्रिकरण गर्दै यान्त्रिक पुल बनाउन महत्वपुर्ण योगदान पुर्याउनु हुने सर हरु डा. नरेन्द्र लाल जोशि, जिबन प्रधान, गणेश पाठक, आोम भक्त उप्रेति, झलक प्रसाद खनाल तथा मित्र हरु रमेश चैाधरि, प्रल्हाद चैाधरि, शुरज कार्कि, प्रकाश गुरुन, किरण रैानियार, पारस पैाडेल, जगत प्रजापति, प्रकाश भन्डारि, यदु गैातम, राधा क्रिस्न मल्लिक, गोपाल गैातम, असिम दाहाल, मनेस पँडित छेत्रि लगायत ग्रिड नेपाल, ग्रेट नेपाल, रोपवे नेपाल, आईटिडि नेपाल, पानि सदुपयोग फाउन्डेसन, रोपवे एन्ड केबलकार, पर्बत उध्योब बाणिज्य सँघ, नेपाल उध्योग बाणिज्य सँघ, बिश्व बैँक, नेपाल बजार बिकाश मन्च, गरिबि निबारण कोश, जिबिस तनहुँ, जिबिस कास्कि, जिबिस, सिन्धुलि, जिबिस उदयपुर, जिबिस पर्बत, जिबिस बाग्लुन, झोलुन्गे पुल बिभाग लगायत प्रत्यछ्य अप्त्यछ्य सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोग कर्ता हरु को सहयोग अबिस्मरणिय छ, आगामि दिनमा अझबढि परिस्क्रित रुपमा नेपालि भुमिमा रोपवेको बिकास का लागि सहकार्य गर्न का लागि हामि तत्पर छैा, आउनुहोस नेपाल को भुमिमा पुर्बाधार प्रबिधिको बिकास मार्फत देशबिकाश मा सहभागि बनैा

    गुणराज ढकाल
    सँस्थापक अध्यछ, ग्रिड नेपाल
    info@ropewaynepal.com
    977985101008

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Sanu Nepali

    सरकार को मात्रै मुख नाटकी निजि छेत्र बाट पनि ठूलो काम भएकोमा धेरै खुशी लाग्यो . यो प्रबिधि सधै नै चलिरहोस . येस्मा कति जना कर्मचारी हरु छन् ./ कर्मचारी हरु ले नेपाल बंद गरे जसो यहाँ पनि बंद नगरोस . राजनीति को ” रा ” पनि भित्र नछिरोस

    संचालकसमिति ले एसको मर्मत सम्भार समय समय मा गर्नु अति अबसेक छ . जेनेरेटर को जगेडा को ब्यबस्था होस् . लोड सेदिंग को मार मा नपरोस . यात्रु बोकी रहेको बेला बीच मै रोक्यो भने आपत पर्छ यसमा ध्यान पुगोस . जय होस् यान्त्रिक पुल को

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • सर्वप्रथम योजनाकारलाई धन्यबाद / येस्तै कार्यहरु देशको अन्य स्थानहरुमा पनि शुरु होउन/बिकास निर्माणका कार्यहरु शुरु गर्दा स्थानिय जनसहभागिता भएमा अवस्यपनि बिकास कार्यको संरक्षण गर्न टेवा पुरयाउने छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 0

  • Jham Gurung (Parbat)

    अति नै राम्रो कुरो आफ्नो जिल्ला मा भएको बिकाश को बारेमा अबस्य नै संसार भरि नै हल्ला फ़िजाउछु !!!!! जय पर्बत !!!!!!!!!!!!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • उदारनिया काम सबै लाई धन्यवाद

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • navaraj sharma

    गरे जे पनि गर्न सकिन्छ मात्र सकारात्मक सोच र रचनात्मक अठोट हुनुपर्छ ,सरकारले केहि गर्दैन ,नेपालको राजनीतिग्यबाट केहि आसा न गरेपनि हुन्छ किन भने उनीहरुमा त्यति बुद्धि र दुरदर्शिता भएको भए मुलुक र जनताको यस्तो दुरदसा हुने थिएन I अब स्थानीय स्तरबाट यस्ता सत्प्रयास भए मुलुकले छिटै मुहार फेर्ने थियो र जनताले छिट्टै विकासको अनुभूति गर्ने थिए र जनस्तर र जनसहभागितामा यी कामहरु हुने भएकोले त्यसको उचित प्रतिफल पनि पाइन्थ्यो I मात्र आवस्यकता छ त जनता मध्येबाट र स्थानीय स्तरबाट एक इमान्दार नेतृत्वको जसले योजना परियोजनाको सफल संचालन गर्न सकोस , विकासका सबै क्षेत्र यातायात ,विद्युत ,कृषि ,स्वास्थ्य मा जन सहभागिता जुटाई ,सेयर बिक्रीबाट पुंजी परिचालन गरि युवा शक्ति रोजगारको लागि विदेसिने चलन हतोत्साहित होस् ,आज सम्पूर्ण नेपाली त्यस्तो नेतृत्व वा नेताको खोजीमा छन् i

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • SNEHA SINGH

    धेरै खुशी को कुरा हो खाली अरु को भरमा मात्र नबसी जसले जति सक्छ तेती सहयोग गरे त असम्भव केहि छैन भन्ने एउटा दह्रो उदाहरण बनेको छ आज देखि सबै जना ले हात मा हात मिलाएर हिड्ने प्रण गरौ जय नेपाल

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • GyaRel

    यो एकदम राम्रो कुरा हो . बधाई छ इन्जिनियर साथी हरु लै . मेरो एक सल्लाह . फलाम को कार को सत्ता अलुम्नियम (सिलवट Alumnium) को कार याने Trolly बनाउन सके वोजन १/३ मा झरना सकिने थियो . जसले गर्दा क्यापासिटी बढाउने सकिने थियो . यस्तो किन ? जापानीज कार ले अलुम्नियम प्रायोग गर्छन त्यसैले आमेरिकन कार भन्दा हलुन्गा हुनाले धेरै माइल जाने हुन्छन थोरै तेल मा . त्यो त्रोली को माथि फलाम गरुङ्गो छ जसको आफ्नै वोजन साएद १ टन छ, यसलाई १/३ मा झरना सके क्यापासिटी धेरै माथि जाने थियो भन्ने मेरो सोचाई छ . अलुम्नियम को डेनसिटी २.५ किलोग्राम प्रति लिटर छ भने फलाम को डेनसिटी 7.8 किलोग्राम प्रति लिटर हुन्छा . यो कुरा ति एञ्जिनॆर साथी लै पुरै दिउ .

    म त पुल बनौदीन तर पुल बनाउने कयेदा पढ़ौछु अनि पुल बनाउने एञ्जिनॆर बनाउछु . त्यहि हो मेरो पेसा. त्यसैले माथिका कुरा भनेको हम . कुरा काटेको होइन.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 43 Thumb down 2

  • राम्रो काम भएको मा खुशी लग्यो /तर राजनीति को शिकार भएर बन्द भएको सुन्नु नपरोस /राजनीतिक नियुक्ति को चपेटा मा साझा बस,आर.एन.ए.सी,खाद सस्थान,नेसनल ट्रेदिंग जस्तो धरासाही नहोस मेरो शुभकामना छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 0

  • dnes

    स्वार्थी नेता को आव्हान मा नेपाल बन्द जस्ता राष्ट्रघाती कार्य मा लाग्ने युवा जमात र घर घडेरी किन्न खर्च गर्ने पैसा को सहि सदुपयोग हो यो कार्य खुसि लग्यो यस लाइ यौटा उदाहरण को रुपमा लिदै अरु पनि येस्तै काम हरु गर्नुपर्छ :

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • shantdil

    हर्षले मन नै गद्गद् भएर आयो हाम्रो नेपाल मा पनि यस्ता काम को सुरुवात भएकोमा. महत्वपुर्ण कुरा एसको दिगोपन र सुरक्षा अहिलेको जटिल चुनौती हो. कृपया कसैले पनि येस्माथी गलत राजनीति नगरे राम्रो हुने थियो.

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • Suman Gurung(UK)

    म हरेक दिन को नागरिक र कान्तिपुर दैनिक हेर्ने गर्दछु तेसै गरि क्यानाडा नेपाल र माई संसार पनि हेर्ने गर्दछु नछुटाइकन, जब देश सम्बन्धि नया र आशा लाग्दा खबर हरु छापिएका हुन्छन मन सारै खुसि हुन्छ जस्तो कि राजनीतिक पार्टी हरु बीच को सहमति, नया जहाज ल्याउने सम्झौता, बारा र लुम्बिनी मा बन्ने अन्तरास्ट्रीय विमानस्थल आदि आदि तर अर्को दिन माथिलो कर्णाली बन्द गर्न दबाब, मेलम्ची खानेपानी परियोजना फेरी अलपत्र, काठमान्डू को सडक धुलाम्य, पेट्रोल को अभाव, लोड शेडिंग, सबै भन्दा ठुलो नेपाल को दुख “नेपाल बन्द” जस्ता खबर ले उत्तिखेरै मन पोल्छ, येसो आखा चिम्ल्यो मन थाम्न गारो हुन्छ, बिदा मिलेकोबेला नेपाल जाउ लाग्छ परिवारको लागि दुइसरो लुगाफाटो, केहि सामान लगिदिउ लाग्छ कहिँ कतै दुख नपाको दुखा आफ्नै देश को बिमान स्थल मा पाएको समझदा बिदा तेत्तिकै खेर जान्छ, येस्तै हामी विदेश मा बस्ने हरु को गर्हौ मन अलि हल्का भयो आज. अहिले प्रतिक्रिया लेख्दा रात को करिब दुइ बजेको छ केहि मात्र मा मिठो निन्द्रा लाग्नेछ यो मिठो बिकाश को खबर ले. सम्बन्धित सबै लाइ धन्याबाद! जय नेपाल.!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 0

  • Deepak

    नेपाल मा केहि पनि हुदैन भन्ने हरुलाई यहाँ एउटा अर्को विडियो . यो कोत्रे को केवल कार हो . माथि को ब्लग जस्तै यो पनि यान्त्रिक पुल हो.

    http://youtu.be/4S4_DViwYGs

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • shristi

    १० बर्से युद्द गरेर सरकारको बिरुद्द मा लडेको भन्दै जनताको अत्यावस्येक संरचना जस्तै स्वास्थ चौकी,पुलिस चौकी,वारी पारी जोड्ने पुल स्कुल केहि बाकी राखेनन् चोर माओबादीले देश लै ५० वर्ष पछाडी धकेले अहिले सत्तामा पुगेर पनि कसरि आफ्नो ७ पुस्ते सुधार्ने र पार्टीलाई धनि बनाउने बाहेक अरु केहि खेल खेलेनन्/३ करोड जनता लुट्ने लुटेरा हरुलाई एस्तो विकास निर्माण को कार्य मा केको आखा जान्थ्यो र जे होस् नेपाली जनता आफु आफु मिलेर यी चोर फटाहा नेताको भर नपरी देश बिकाश मा लागौ र भबिस्य निकाश मा लागौ येही मेरो कामना श्री पशुपतिनाथ ले चोर फटाहाको सत्यानाश गरुन जय होस्

    मन परे हरियो नपरे रातो ! Thumb up 25 Thumb down 2

  • योगेश आदी

    स्थानीय स्तरबाट बिकाश निर्माण हुनु सराहनीय !! बरु बैद्य बा पुन: जनयुग्द्ध गर्ने भन्दै छ, लट्ठा काट्ला भन्ने पो पिर…

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • Rajesh shrestha

    If we all people need to do the job of government then why do we need any government, any ministry for development… And why should we pay VAT and tax to government…….

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 3

  • Divakar

    उदाहरणीय काम ! यसरि नै बन्छ कि अब नेपालीले चाहेको साच्चै को नया नेपाल…..

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • karma

    धेरै राम्रो खबर ! तर माओबादी नामक भाइरसको आतंकबाट बच्न सक्ला र? कुन दिन बैद्य समुहको माओबादीले आएर चन्दा दिएन भनेर अस्ति अखिल क्रान्तिकारीले स्कूल बस जलाए जस्तै जलाइदिने हुन् | माओबादी नामक भाइरसलाई बिनम्र अनुरोध: कृपया मान्छे भित्र भएको बेला नजलाई दिनुहोला | के गर्ने माओबादीले कसैलाई गरेर खान नदिने भए |

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • sushi

    यो धेरै राम्रो समाचार/ ज्यादै खुसि लाग्यो/ यसै गरि ठाउँ ठाउँ मा यो सेवा विस्तार गरि देश मा यातायात सुबिधा बढाउदै गए देश को मुहार चाडै न फेरिन्थ्यो / /

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • नेपालको भौगोलिक अवस्था र स्रोत साधन सुहाउदो निर्माण गर्न सक्षम स्थानियबासी तथा रोप वे केबलकार प्रालीलाई धेरै धेरै धन्यबाद । कृपया यस लेखमा एमाले, काङ्रेस, माओवादी, मधेशबादी, राजाबादीको कुरो लेखेर गाली गलौजमा उत्रिनु भन्दा आफ्नो दिमागमा आएका सिर्जनात्मक कुराहरू लेखौ है । के थाहा तपाईको सानो कमेण्ट अन्य पाठकको नीम्ति रोजगार निर्माण गर्ने प्रेरणा बन्न सक्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • ramesh

    राम्रो काम, कामना गर्दछु पूर्ण रुपमा सुरक्षित छ

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • जनता जनार्दन ! भ्रस्ट नेता मुर्दाबाद !

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • आज म धेरै खुसि छु

    बिहानै चीया संगै, नेपालको news सुन्ने बानी,जहिले पनी नराम्रो कुरा सुन्दा,मन खिन्न हुन्थेयो,आज त आहा ,सारै राम्रो,प्रगति को,नेपाल को उन्नतीको, news सुन्दा आज मंगलबार को, दिन सारै राम्रो समाचार सुन्न पाइयो, सुन्दा आनन्द आयो, अबकादिन हरुमा पनी,नेपाल को प्रगति,उन्नतीका कुरा हरु सुन्न पाइयोस..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 86 Thumb down 3

  • madan bajracharya

    सत्तामा पुग्न भत्काउनेले बनाउनु पर्ने जनताले नै बनाउनु परे बात सरकार कत्तिको जनमुखी छ भनेर स्पस्ट देखायो/

    मन परे हरियो नपरे रातो ! Thumb up 27 Thumb down 2

  • RB Ghimire

    धन्यबाद गुणराज ढकाल र सबै समूह लाइ. Really very nice work, Keep it up. We are together with you.

    RG Ghimire

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 1

  • raju kadel

    म धेरै खुसि छु

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • द्रोण

    गाउका गुण्डा ,दादा ,नेता हरुलाई सित्तै सहुलियत न दिए फेरी कुनै दिन तार काट्ने ,खम्बा ढाल्ने ,आगो लगाउने हुन् कि ,चुनाब को कुरा आउदैछ ,आफ्नो पार्टी को ब्यानर स र र केवल कार मा राख्न पाए ????यो सुरक्ष्या को ग्यारेन्टी चै अब कसले दिने ?
    खुसि को कुरा होस् ,कामना गरौ येस्ता झमेला न होस् |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 122 Thumb down 0

  • Yatharth

    देश गरिब र ब्यबस्थापन कार्यमा असफल भए पनि जनता त धनी तथा कुशल र दक्ष नै छन् भन्ने कुराको प्रमाण हो यो / ठोस नीती सहित सुरक्षीत लगानीको अबधारणा बिकशीत ओस त देश बन्न कति पनि समय लाग्ने छैन …..

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 0

  • suren

    This is very insipiring, as it a perfect example of use local resources without the help of state for development. This can serve as bench local enpowerment for such development in the future, viz hetauda -ktm tunnel way. Congratulation to locals of banglung and parbat. Lets get together for nation building works, collectively utilising all our resources we can achieve the unthinkable. I am buying share of npbcl, are you?

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • abhaya

    superb job ………सरकार को मात्र मुख ताक्नु हुदैन .येसरी नै देश को बीकास गर्नु पर्चा सबै जना मिलेर …………….सबै भिर कन्दरा भएको ठाउमा जहाँ यातायात को बिकाश गर्न गाह्रो हुने ठाउ हरुमा येस्तै rope way को बिकाश गर्न गाह्रो पनि नहुने र पर्यटकीय बिकाश को लागि पनि राम्रो हुन्छ तेसैले आफ्नो थाउको बिकाश आफैले गर्नु पर्चा …अनि चोर नेताहरुलाई ठोक्नु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • xyz

    Instead of giving mechanical details why not have some info on the enterpreneur(s) who came up with the idea, who took the risk and organized the construction work. Why also not have their pictures. I think we Nepali people are poor at giving credits to the people. Also why not have some info on possible time and cost savings from this bridge/cable system?

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 3

    • ajaya

      The idea of this kind of technology came from some :) mechanical engineering students of Pulchowk Campus in 2003-2004. Gunraj and team’s consistent effort help it sell to public.

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

    • Sisir

      The prototype of such system was designed and successfully demonstrated by students(group of Electrical and Electronic / Computer / Mechanical Engineering) of Kathmandu University, Dhulikhel during 2000-01 annual engineering project . These projects are also demonstrated to the public too. Many students from different colleges are invited in such programs. Students of different Engineering colleges also worked on such similar projects later on. I think now its in implementation. Couple of dozens of such projects were done annually in KU, then. Different types of automatic computer controlled robots were also made.

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

    • Hira

      i highly doubted that Mr Guna Raj is the person who busted balls in order to bring this idea live.. This was developed by some other people in IOE pulchowk.., and with lots of politics these peoples are fired away and Mr Guna ji came to the pictures. to look at by another set of eyes, this is because Nepal had no patent very common at least at that time.. and i m very positive that one day people who are making tons of money out of this will stand in front or judge..
      Anyway, its a good starting of development. god bless Nepal.

      मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • कमल थापा(साउदी अरब)

    यो धेरै राम्रो काम हो/ सरकारले गरिदिएला भनेर आस गर्नु, आँकाशको फल आँखा तरी मर भन्दा कठिन भएको छ/ हरेक गाउँ- ठाउं, प्रत्येक परिवारले यस्तै गरेर देश विकास हुदै छ, हुनु पर्ने बाध्यता छ/ ५० लाख युवाले प्रवासबाट पठाएको रेमिटान्स र जनश्रम पनि नेताको फोहोरी राजनीतिले आफ्नो बाटोमा अघि बढन् सकेको छैन/ धन्यावाद, जसले पैदल हिँडेर डेढ दुई घण्टा लाग्ने ठाउँलाई, ५ देखि ७ मिनेटमात्रै लाग्ने बनाए/ उदाहरणीय काम, राम्रो रह्यो नाम/

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • स्वदेशी सरम र सिपको उत्कृस्ट नमुना हो । स्थानीय स्तरबाटै संचालन र सुरक्षा हुने हुदा यो आफैमा प्रभावकारी हुने छ । यस्तै प्रबिधि देशका दुर्गम भेगहरुमा पुराउन सक्नु पर्छ, यसको लागि सरकारी तवरबाटै आर्थिक र प्राबिधिक सहयोग गर्न देशको जिम्मेवार व्यक्तिहरु तप्पर हुन सक्नु पर्छ । यसरि नै बन्ने हो नेपालीले चाहेको साच्चैको नया नेपाल…..

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • puran pandey

    वास्तवमा विकास भनेको यो हो | न कि नेताको मुखबाट निस्कने फुस्रो भाषण | विकासको सुरुवात यस्तै स-सानो रुपबाट हुने हो | एकदम खुसि लाग्यो फेरी अर्को यान्त्रिक पुल संचालनमा आएको देखेर | यात्रा सधै सुरक्षित सफल होस् शुभकामना छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

    • puran pandey

      त्यहि पहिलेकै हैच क्या ? म त फेरी अर्को आयो भनेर झुक्या

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

      • deepesh baral

        यो भन्दा अघि यो जस्तै पुल तनहु को कोत्रेमा बनि सकेको छ मित्र… माइसंसार मा आइ सकेको छ हेर्नुहोला l

        मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker